शनिबार साहित्यः कविता लेख्‍नुस्

शनिबार साहित्य अन्तर्गत यस पटक तीज, नाचगान र यो फोटोमा आधारित रहेर कविता लेख्‍न तपाईँलाई चुनौति-

कविता बाहेक यसमा अरु कमेन्ट नगरिदिनु होला।

26 Comments

  1. तीज म पर्खि रहन्छु है

    राता र रंगी चंगी पहिरन को भेसमा
    आज को दिन अरु सगै
    सिउदो मा झपक्क रातो सिन्दुरले भरेर
    रातो साडी को सप्को सप्का छोडेर
    झुत्ते पोते मा भूत्ते तिलहरी उनेर
    स्वामीनाथ को दिर्घायुको कामना मा
    मन खुसीले
    गद गद छ

    साथी, संगी ,दीदी,बहिनी ,आमा ,सासु ,बुहारी
    सबै,,सबै.. संगै ..संगै..
    आहाहा.. हेर ,,ससाना
    नानी हरु पनी त हामी संगै……..खुसी.

    के जात के धर्मं …को ठुलो को सानो….
    सबै भन्दा ठुलो त सस्कृति
    सबै मा उही चाहना र
    उदेसेले तयार
    भाग्य बिधाता ले सिंदूर त खोसे पनी रातो नलगै
    पनी त
    म खुसी साटन खडा भयको
    छु ,,,यस्मा मेरो के दोस छ र …
    तैपनी संस्कृति र परम्परा को पुरानो धार लाई
    मान्दै आफुलाई रातो मा सिंगारना
    बाट बंचित गरायको छु

    टुमके जोरमादल को झ्याउरे तालमा
    नमच्कियको कम्मर
    मरक मरक मर्काउदा
    आज हामीलाई कसले रोकने
    आजै त हो,,, यकदिन …

    गलानै लच्कौने लचक्क परेका
    झुत्ते पोते र भूत्ते तिलहरी ले
    गरुंगो भार त किना बनाउथ्यो र
    यो त हाम्रो पहिचान .निसानी ,पतिको चिनो ,
    सस्कृति , इज्ज्यत
    झपक्क सिउदो मा रातो सिन्दुरले भरेर
    खुसी साथ
    भोक भोकै पति परमेश्वर को दिर्घायुको कामना
    कती खुसी….कती आनंन्द
    तीज
    तर
    मेरा माइती सकी नसकि
    लीन आय / नआयपनी..

    परेला का डील बाट
    बग्न खोजेका आँसुका
    तप्कालाई म
    चिम चिम
    गरेर
    आखा मै मिलाइदिन्छु
    किनकी
    मलाई भुलेर त होइना होला
    नि है भनेर
    मन बुजाउदै छु
    फेरी
    सबै जाना माइती नै त गयंनन होला
    नि है…
    म बुज्छु मेरा माइती हरु …

    जे जस्तो भय पनी..
    खुसी संग दर खायर
    टुमके जोर मादल को साथमा छम छम पारेर
    सिउदोमा झपक सिन्दुरको धरको
    रातो झिलमिले साडीको सप्कोमा
    पिदाको दर्द पखाल्दै छु
    बेदना को गर्भ पखाल्दै छु
    बिरहको बह निखार्दै छु

    जोर मादल संगै कम्मर
    मर्काइ मर्काइ
    यो तीज मनाउदै छु
    खुसी साटा साट
    गर्दै छु
    अनि तिमी तीज हरेक साल यसरी नै आऊ है
    अनि मेरो पतिको दीर्घायु गर है भनेर कामना
    गर्दै छु
    अनि
    अर्को
    साल यसरी नै परखने छु है
    भनेर बाचा गर्दै छु
    बाचा गर्दै छु

    थापा राज
    कनाडा drumhller.

  2. कुन सब्दमाँ उनेर कुन भाका र तालमाँ
    कुन गीतमा छम छम नाचेर
    तिनी हाँसुन ?
    दासताका सीकरी पनि
    रंग , पहिरन र श्रिगार खोसीएका ..
    सबै चेलीहरुको भीड़माँ
    तई पनि हाजिर छीन उनी
    tijako melama kasto tija.

  3. हाम्रो तीज

    बर्ष दिनमा आउने तीज आयो राम झम
    आउन दीदी आउन बहिनी नाचौ छम छम
    ब्रिसिएर दुःख पिर ब्रिसिएर गम
    आफ्नै पन सम्झिएर नाचौ छम छम

    जे सकिन्छ त्यही खाऊ जे छ त्यही लाऊ
    हुने नहुनेको भेद्भाब आजै देखि हटाऊ
    सप्त रंगी चुरापोते सप्तरंगी साडी
    कति राम्रो सुहएको भन्छन साथी संगी

    स्वरमा स्वर मिलाएर दिल साटन
    तालमा ताल मिलाएर कम्मर भाचन
    नाच्दै गाउदै साथी संगी दर खाउला
    बाचिरहे अर्को साल फेरी भेटुला

    बर्ष दिनमा आउने तीज गरौ रम झम
    आउन साथी आउन संगी नाचौ छम छम
    ब्रिसिएर रिस राग ब्रिसिएर घृणा
    बजाऊ हजूर मन भूलने छन छनी चुरा

  4. तीजको रमझममा निलो सारीमा एक महिला देखे
    उनैलाई आकर्शनमा राखेर यो कबिता लेखे
    सबैले रातो सारी पोते हातभरी रातै छ चुरा
    उनको निलो सारी सबै खाली मनमा रोपिन छुरा
    सबैको निधारमा रातो टिका ओठमा रातो लाली
    बिचरीको सिङार पटार केही छैन सबै खाली
    सबै छम छम नाच्दा के के कुरा सोचदिहुन
    गीत गाउन जाने त मनको दुख्ख पोख्दिहुन
    अहिले त सबै फुकुवा बनाएको छ कानुनले पनि
    किन रातो नलगाएको होलिन एकल नै छु ठानी
    टाढाबाट देख्ननेले भन्दा हुन एकल महिला रहिछन
    बिचरी बैसैमा दैब संजोक बिधुवा भैछन्
    तीजमा नाच्ने दिदी बहिनी यही माझमा हेरन
    न्याय कानुन हक अधिकारको लागि अघी बढन
    मैले फोटोमा यही देखे यही कबिता लेखे
    हेर्नेको नजर मा अरुले के के देखे मैले त उनैलाई देखे
    एकल महिला हकको लागि सबैले गरम सामना
    २०६६ सालको तीजको सबैलाई यही नै शुभ-कामना ।

    चम्पा देबी खड्का
    बागलुङ नगर पालिका – २
    हाल अमेरिका
    ———

  5. बर्ष र दिनकै ठूलो चाड तिजैमा
    नाचेर आउँछु नि बरिलै
    नाचेर आउँछु
    साथी र सँगी भेला है पारी
    धोको फेरि गाउँछु
    धोको फेरि गाउँछु नि बरिलै
    धोकै फेरि गाउँछु

    माइती देश बादलुले ढाक्यो
    बेशी धान हरियो नि बरिलै
    बेसी धान हरियो
    शिरका स्वामी नौ डाँडा पारी
    एकलै भइयो नि बरिलै
    एकलै भइयो

    पानीको दुख काठमान्डुको शहर
    पशुपति बिचैमा नि बरीलै
    पशुपति बिचैमा
    यो तिज सम्म आउँछु भन्थ्यौ स्वामी
    तिमीले पत्रैमा नि बरिलै
    तिमीले पत्रैमा

    फर्केर आउ हे मेरा राजन
    एक्लो हुँदा गार्हो भो नि बरीलै
    एक्लो हुँदा गाह्रो भो
    छोरा र छोरीले बाबा भन्दा खेरी
    भित्री मन सारै भो नि बरीलै
    भित्री मन सारै भो

  6. बर्ष दिनको तीज

    बर्ष दिनमा आउने तीज आयो रम झम
    आउन दीदी आउन बहिनी नाचौ छम छम

    ब्रिसिएर दुःख पीर ब्रिसिएर गम
    आफ्नै पन सम्झिएर नाचौ छम छम

    जे सकिन्छ त्यही खाऊ जे छ त्येही लाऊ
    हुने, नहुनेको भेद्भाब आजै देखि हटाऊ

    सप्तरंगी चुरा पोते सप्तरंगी साडी
    कति राम्रो सुहाएको भन्छन साथी संगी

    स्वरमाँ स्वर मिलाएर दिल साटन
    तालमा ताल मिलाएर कम्मर भाचन

    नाच्दै गाउदै साथी संगी दर खाउला
    बाचिरहे अर्को साल फेरी भेटुला

    बर्ष दिनमा आउने तीज आयो रम झम
    आउन दीदी आउन बहिनी नाचौ छम छम

  7. देखासिकी देखावटी सबै हुन् ई चाडको नाउमा
    कहिँ नभाको जात्रा यै हाडी गाउमा

    जब देख्दछु यी सब बकबास कर्म कर्कशा
    ततिन्छ रनक्क चड्छ उकालो मेरो पारो
    मनमा कालो पोती तनमा रातै सिंगारी
    के फल्नेहो खै तात्तो न छारो

    महिला नाच्छन,गाउछां रम्छन खान्छन
    डकार्छन समानता र अधिकार माग्छन
    पुरुष खाडीमुलुक बिरानो देशमा एक एक पैसा
    कसरि जम्मागरी उनैलाई पठाउने तिर लाग्छन

    तिम्ले ब्रत बस्यौ क्यारे मेरो शुभाशिर्बाद गर्दै
    तर मेरो रित्तो पेट रित्तो गोजीको भोक त गएन नि
    कोइ मरी मरी,कोइ परी परी यो त बालै भएन नि !!!!

  8. उनलाई

    नाच्दै होलीन मेरी पनी,
    संगी संगै छम छम गरी।
    म भने काम नपाई ,
    रुएँ आज दिन भरी।।

    जस्तो पहाड आए पनी,
    अघि बदुन गरी सामना।
    भन्दै भयो होला मेरो,
    पनी दिर्घायुको कामना।।

    नबस भोकै मेरो नाममा,
    यही इच्छा मेरो छ।
    सजाई राख दिल भरी,
    यहि मलाई धेरै छ।।

    पर्खे होलान माईती तिमलाई,
    म नभएनी जानु प्रिय।
    जे जे दिन्छन हासी खुसी,
    बाँदी चुदी खानु प्रिय।।

    गर्छु बिन्ती हेरी दिनु,
    मेरा बा आमा लाई।
    हासी खुसी मेरो जिबन,
    सुर्य बनी तिमी छाई।।

  9. उमंग
    रातासारी हरिया पोते
    हातभरी चुरा छन्
    पोख चेली तीजको दिन
    जति मनमा पिडा छन्
    आफ्नै चाड आफ्नै संस्कार
    दिल खोलेर हासी देऔ
    आफ्नै भाका आफ्नै ताल
    छम छम नाचिदेउ
    जति सक्छौ सजाउ आज
    पहिरन र श्रिगार
    नदेखाउनु तिमीले
    घमण्ड र अहम्कर
    जति सफा तिम्रो मन छ
    उचा राख विचार
    ब्यथा पिडा जे जति छन्
    सबै आज पखाल

    सबै चेली हांसिदिये
    आमा कति हाँस्ने छिन
    ज्रिना शरीर भए पनि
    युग युग बाच्ने छिन
    नाच तिमि नचाउ संगी
    संदै संदै तीजमा
    तिमि जस्तै सबै नाचुन
    कोहि नपरुन पिरमा

    गोपाल पौड्याल {अकिन्चन}
    खुदुनाबारी ४ ,झापा
    हाल अमेरिका

  10. तरुनी देखि बज्यै सम्म सबलाई लाछ तीज
    रातो पहिरनमा सजिएरा तछाद मछाद बिच
    लोग्ने संग दंगएरा किनेको नि गहना
    तीजको नाममा तिनीले देखाउने नि बहाना
    एक महिना को तीजा फलिनी चाही पहिली रे
    चार पाच वता साडी अनि तिलहरी चाही कती फेरिन रे
    स्वामीजी को नाममा बर्त बशी भ्याउने
    सामंती चाही ठुस्स परी फैशन चैनल हेरी भ्याउने
    येस्तो बर्तले हुदैन तिम्रा स्वामीको दीर्घायु
    सदाबहार ग्यास्त्रिकले चाही थाला पर्लाऊ बरु
    तिज को लहर आयो बरी लै

  11. “तीज को रम्झम“

    आऊ आऊ दीदी बहिनी नाचौ रमाएर
    गाऊ गीत एक अर्काको हात समांएर

    बर्ष दिन घर बाट बीते हिडन नपाई
    आजको दिन खेर जाला नाचन गाउन नपाई

    बर्षा भरी खेतिपाती घरकई काममा ब्येस्त
    अब चाहि आनन्द भो हुनुपर्छ मस्त

    रातो सारी चुरा पोते गहना हो हाम्रो
    सबै जना भिडमा पनि भाछ कति राम्रो

    महादेब को पूजा गरि ब्रत बसेका छौ
    पानी पनि नखायेर कम्मर कसेका छौ

    यो तीजको बहार सगै शांति देश मा छाओस
    देश बिकास गर्नु पर्छ सबको मनमा आओस

    शुभकामना तीजको आज सबै नारी जाती
    पीडा हरु भुल्न सक्छ्यौ तिमी सधै माथि

  12. बधाइ
    धर्मभन्दा पनि ठूलो हुँदो रहेछ सँस्कृति!
    मान्दै जाँदा कतै नहोस्,सानासाना ती विकृति!
    हाम्रा सन्दर्भमा भन्दा -‘नारीको उपवास’ हो,
    हाँस्तै-रमाउँदै नाच्ने,बाँच्ने सौन्दर्य आस हो,
    उन्मुक्ति पनि हो आज,वर्षको एक दिनमा
    “नारी सम्पूर्ण सृष्टि हुन” बधाइ छ यो तीजमा!

  13. त्तिजको बेलामा
    गैछिन बुढी मेलामा
    थ्याप्ले आटो टपरिमा
    मोही पेलामा
    म बुढो अभागी
    कस्को मैत जाउ

  14. पतिको दीर्घायुको कामना
    नाच्ने, गाउने चाहना
    तीजको ‘बहाना?’

  15. यो रातो रङ हाम्रो प्रेमको निशानी
    यसै बाट सुरु भयो हाम्रो मधुर काहानी
    आज तिम्रै लागि फेरी रङिएकी छु
    हिजो अस्ती भन्दा निकै फेरिएकी छु
    नाना श्रिङ्गारले प्रिय सजिएकी छु
    आज मैले पहिरेका हरेक आभुसण बोल्छन
    हाम्रो प्रेमको सारा राज खोल्छन
    तपस्विनी भये म आज हाम्रो प्रेम सफल पार्न
    जस्तो सुकै बाधा आएपनी चाहन्न म हार्न
    गर्दै छु म तिम्रै लागि आरध्यदेवसँग प्राथना
    दिर्घायु मिलोस हाम्रो प्रेमलाई यै छ कामना

  16. हरियो पोते घाटिमा तिम्रो,कानमा तिम्रो बुलाकी |
    माँत्तेर धेरै न नाच नानी ,सारिले भुई छुलाकी |
    पोइला जाने उमेर छैन,के बिधि किरिम लगाकि,
    झिल्के को बाटो हेर्दा हेर्दै ,आउला फेरी हुलाकी |

    दर खाऊ प्रसाद खाऊ आफ्नो संस्कृति बचाऊ |
    आफु मात्र न नाच धेरै,अरुलाई पानी न चाऊ |
    बूढा पोई ले| देख्दैनन भन्दै ठिता ला इ आखा न झिम्काऊ |
    लाठो ले हान्लान,भाचेला कारंग यो कुरा समज ,समझाऊ |

  17. रातोसारी निलो पोते
    शरिरीमा लाएकी
    मायालु मेरी प्रेमकी डोरी
    चिटिक्क परेकी
    छमछम नाच्छिन्
    मादलको तालमा र्
    ईश्वर पुकारी
    जीवनकी शक्ति प्रेमकी भक्ति
    लाजकी खानी हुन्
    लाजु नजर झुकेका अधर
    कापेका ओटछन्
    लगनकी खानी त्यगकी मूर्ति
    ती सहनशीला छिन्
    पतिका खाति भोक भोकै वसी
    ईश्वर पुकारछिन् ।

  18. यो लहर
    गाऊ घर सहर
    यो तीज को लहर

    गाउने रहर
    लाउने रहर
    नाचने रहर
    यो तीजको लहर

    गाऊ बेशी सहर
    बर्सेनी आउछ
    यो तीज को लहर

  19. रातो चुरा रातो सारी रातै टीका लाएर
    नाच गाउ दिदी बहिनी धोको फेरेर
    बर्ष दिन सम्म तिम्रो पिन्जडाको बास भो
    पीडा,दर्द,खुसी सबै आज भुल्ने दिन हो ।

    लोग्ने अनि घरको कुरा जे जस्तो नि गीतमा
    साथी सङि मनको कुरा खोल्ने छन नि तिजमा
    परम्परा हाम्रो निम्ती जगेर्ना नि हुने छ
    प्रगतीका पथ हिड नया नेपाल बन्ने छ ।

    हर्षले मन मातिएछ उताउलो पन देखेनि
    सारा दु:ख भुलेरनै मस्का मस्की देखेनि
    तछाड मछाड गरेरनै को राम्रो हो भन्दैछन
    हाउ भाउ गीत सङ आफ्नो ध्यान तान्दैछन ।

    बिचरी ति बुढी आमा बिगतका दिन सम्झन्छिन
    दोन्दकालको परिणाम मा आफ्नो पति घुमाउछिन
    खुसी छैन उनको मन सबै लाग्छन नाच्नलाइ
    राजनीतिले एक्लो पार्‍यो निर्दोश चेलीबेटिलाइ ।

    जात्र जाने बाहानामा गर गहना देखाउछन
    धनी गरीब बिचको खाडल झन ठुलो बनाउछन
    यस्तो नहोस नया युगको सङ्घारको तिजमा
    समान रुपले नाच चेलि कम्बर भाची तिजमा ।

    माइती घरको इज्जत राख आफ्नो घर छदैछ
    घर असल बन्यो भने देस असल बन्दछ
    कुरितिका बिचारहरु फ्याकिदेउ धोएर
    आफ्नो हक अधिकार लेउ चेलि लडेर ।

    शोषण दमन अत्याचारको खिल्लि उडाउ जुटेर
    अनि नाच तिज जस्तै छम छमि हासेर
    तिमी हासे सन्सार हास्छ किन तिमी रुने हो
    एक्को छैनौ तिमी चेलि माइती साथमा लाग्ने हो ।

    ध्रुब कुमार थापा
    सगाचोक-७ सिन्धुपाल्चोक
    हाल कबुल अफगानिस्थान

  20. नेपालीहरुको महान चाड तीज /
    दिदी बहिनी कति छन हसिलो /
    संपूर्ण दुख बिर्सेर भए पनि
    भएका छन रसीलो पोसिलो//

    हरेक बर्ष दिदी बहिनी पोख्छन गाथा गीत /
    एक दिन भएपनि बोल्न पाउदा हुन्छन् हर्षित//
    अब बाट होस नारी पुरुष समान,
    महिला पुरुष दुबैमा नहोस हिंशा येही नै मेरो तीजको शुभकामना
    येही नै संपूर्ण नेपालीहरुमा तीजको शुभकामना!!!!!!!!!!!!!!!

  21. रातै सारी रातै चोलो आहा कती सुहाको ..!!
    झल्को आउछ तिम्रो त्यो हसिलो मुहार्को …!!
    खोइ मलाई त पोएम लेख्नै आएन तर धेरै खुशी लाग्छ नेपाली पन अनी सस्कर्ती देखी

  22. आओश सबैमा खुशी र उमंग ,
    होश सबै को प्रगती र बिकास ।
    देश मा अब शान्ति रहोस्,
    निक्लोस द्वन्द को निकाश ।

    पुराहोश सबैको मनोकामना,
    सबै लाई तिजको शुभ कामना ।

  23. रातो सारी चुरा र पोते
    एसैमा छ तिम्रो रौनक !
    भुलेऊकी मलाई यस पलमा
    देख्दा तिम्तो छनक !

  24. हिन्दुवादी समाजमा
    नारी भएर
    नारीहरुबाट नै पिल्सिदै
    जीवनका खण्डहरहरु
    गुजारिरहेका चेलीहरुको
    चार चौकोस भित्रको
    संसार बाट
    मात्र एकदिनको लागि
    स्वतन्त्र हुदै
    पारिवारिक उत्पीडन
    अनि
    सामाजिक कुसंस्कारलाई
    छताछुल्ल बनाउन
    अनि त्यस्तै
    पीडित र पीडित बन्नको लागि
    लामबद्ध पीढिहरुलाई
    सचेतना जगाउनको लागि
    उपयोग रहोस्
    शुभकामना
    अनि हार्दिक शुभकामना ।

Comments are closed.