'काँचो मासु'को व्यापार फस्टाउँदैछ पोखरामा

-डी. पौडेल/पोखरा-

हिजोसम्म सफा, सुन्दर, सभ्य रुपमा चिनिएको पर्यटकीय नगरी पोखरा विकृत बन्ने क्रममा छ। गन्हाउने गरी बदनामी नहोस् भनी यो विषय उठाउँदैछु।

पोखराका चोक र कुनाहरुमा अहिले खुल्लमखुल्ला यौन व्यापार हुन थालेको छ। विशेषगरी बाग्लुङ बसपार्क, बगर, सृजनाचोक, पृथ्वी (लखन थापा)चोक, जिरो कि.मी. र लेकसाइडका विभिन्न होटलहरुमा यसको व्यवसाय फस्टाएको छ।


एउटा सटरमा रेष्टुराँको नाम दियो र काम भने अर्कै गर्‍यो। बाग्लुङ बसपार्कभित्रका गल्लीहरु छिर्नुहुन्छ भने त्यहाँ प्रत्येक घरका सटरहरुमा रेष्टुराँका नाम लेखिएका छन्। त्यहाँ बाहिर त मःमः, चाउमिन र विभिन्न खाजाहरु खान पाइन्छ भनेर लेखिएको हुन्छ तर भित्र भने केको खाजाको व्यापार हुन्थ्यो, ‘काँचो मासु’को पो हुने रहेछ। लिपस्टिक, पाउडर लगाएर सजिएर बसेका मैयाँहरु ग्राहकको इच्छामा छानी छानी मोलतोल हुँदा रहेछन्। यौनप्यासीहरुका लागी क्षणिक यौनतृप्तिको व्यवस्था त्यहीँ पनि हुँदोरहेछ र यदि बाहिर आफैसँग कुनै होटलमा लिएर जानुहुन्छ भने भाडाको ट्याक्सी जस्तै मूल्य तिर्नुस् उपभोग गर्नुस् सिद्धान्त लागू हुने रहेछ।

एक जना साथी र म यही यौन व्यवसायको रिपोर्ट तयार गर्नको लागि ती क्षेत्रहरु घुमेका थियौँ। प्राय ती सबै क्षेत्रहरुमा सीधै मोलतोल गर्ने काम भै हाल्थ्यो। अझ लेकसाइडमा त पूरै घरै भाडामा लिएर यौन व्यवसाय सञ्चालन गरेको पाइयो।

हामीले ग्राहकको भेषमा सोध्यौँ, यहाँ पुलिस प्रशासनको डर हुँदैन ? त्यहाँका साहुजीले सजिलै जवाफ दिए- पुलिस त हाम्रा ग्राहक नै हुन्। अझ उसलाई पैसा पनि मासिक पेलेका छौँ, केको डर ? ढुक्कले बस्नुस्।

उनको यो जवाफपछि साँच्चैनै नेपालको कानुन र कानुन हातमा लिनेहरु प्रति घृणा लागेर आयो।

प्रत्येक इलाका-इलाका वडा-वडामा पुलिस प्रशासन किन राखिन्छ? त्यही विकृति विसंगति र कानुनले बन्देज गरेका कुराहरु नियन्त्रण गर्न होइन र? तिनै कानुन हातमा लिनेहरुले राम्रोसँग काम नगरेको कारणले गर्दा आज समाज र राज्य नै विकृत बन्दैछ। पैसाका कारणले गर्दा आज सामाजिक विकृति विसंगति रोक्न, नियन्त्रण गर्न राखेको निकाय नै मौन छ।

राजनीतिक दलहरुले पनि कुर्सीमोह त्यागेर यस्ता क्रियाकलाप नियन्त्रणतिर लागे कति वाहवाही पाउँथे होलान् ?

हुनत यौन व्यवसायमा लाग्ने युवतीहरु पनि गरिबीकै कारणले गर्दा लागेका होलान्। प्रत्येक रेष्टुराँमा ५,६ जना युवती त कम्तीमा हुँदा रहेछन्। एक श्रोतका अनुसार प्रायः युवतीहरु सिन्धुपाल्चोक, काभ्रे, धादिङतिरका धेरै छन् रे। त्यसमा पनि अधिकांश अशिक्षित नै छन्। हुन त यो बाध्यता जस्तो पनि हो। तर बाध्यता भयो भन्दैमा यौन पेशा अंगाल्नु पर्ने त केही छैन नि, भारी बोकेर पनि खान सकिन्छ।

यो व्यवसायलाई तत्कालै नियन्त्रण गर्न नसके सुन्दर पोखरा भन्ने नामलाई नै चुनौती हुनेछ। यदि यसलाई नियन्त्रण गर्न सकिँदैन भने यौन व्यवसायमा लागेकालाई उचित प्रबन्ध गरी रेडलाइट एरिया घोषणा गर्नुपर्‍यो र अन्य ठाँउलाई यौन व्यवसायमुक्त क्षेत्र घोषणा गर्न छिटो कदम चाल्नुपर्‍यो। नत्र पोखराको छविमा गम्भीर असर पर्छ।

88 Comments

  1. jane belama sabai jana lukera bhaye pani janchhan, ahile blog ma chahi thulo thulo kura garne? k “kacho masu” kunai so called sajjan grahak nabhai bechna milchha ra?

  2. Such a disaster!!!
    Some Police personals are secret creminals, they are the one creates every single problems, and they taking bribes for all doing so, really there you can’t fight with them easily, they are so organized to do such a things by the name of police organization.
    they took money and they even go there if any fresh raw meat,even more spam. Every terrorist causing by some police when they punish the enocent people and panic. it’s better and true.
    But lets manage brothels center i say green flies centers to make it better situation then the blue raw meat, at least not the 100 rupees for a dirty unsafe and stinking Rat child business.

    Stay away.

    Shrwan
    Pokhara

  3. yo ketiharule raharle hoina garibiko karanle ra badyatale bani parera ho afno swastya aafaile suraksha garnu jarui 6……

  4. Dear Pushpa,
    “सधैं एउटै विचारको बुइ चढेर हिँड्ने हो भने कतै पुगिन्न । झन् मेरो संसारजस्तो ठाउँ भनेकै वैचारिक मनथन गर्ने हो; विभिन्न विचारहरूको मनथनबाट नै असल विचारहरू प्रष्फुटित हुन्छन् । लुनाजी वा अरुले पहिले के भन्नुहुन्थ्यो भन्दा पनि अहिले के भन्दै हुनुहुन्छ भन्ने कुराले महत्व राख्छ । लुनाजीमा मेरो स‍सारको वैचारिक मनथनको प्रभाव हो यो ।”
    This would make a perfect sense had it told by Luna. If you think having a controversy thought over issues is a explosion of new thought then I have nothing to say. What I wanted to say was totally different from what you understood. The most important thing to be noted here is- A real friend lets you know if you have a dirt on your face whereas the others do not. If someone honestly points out my weaknesses that would be a great great favor on my behalf and also a great opportunity to correct myself.

  5. यौन पारखीहरु यौनको लागि जाने हो । कसैको इच्छा बिपरित यौनकार्यमा लगाएको वा मानव अधिकार हनन गरेको भए कारवाहीपनि गर्नु पर्ने हो । आफ्नो शरीर आफ्नो सम्पत्ति हो त्यस्लाई कसरी सदुपयोगगर्ने हो त्यो आँफैमा भर पर्ने कुरा हो । मान्छे प्राणी मध्येको उत्कृष्ट प्राणी हो । उनीहरु आँफै हरेक कुराको बिचारगर्न सक्षम छ । त्यसैले इजाजत प्रणालीद्वारा यौन ब्यवसाय गराउदा हुन्छ । यौनकर्मीहरुको आचार सहिता बनाएर कार्वन्यन गराउदा फरक पर्दैन । इजाजत प्रणाली भयो भन्दैमा आफुलाई इच्छा नभएको काम त कसैले गर्दैन नि । तर पुरुषहरुको कमाइ भने हुनु पर्‍यो होइन भने फेरी लुतपात र चोरी ठगी जस्ता अपराधका घटना पनि सँगसँगै बददै जाने सम्भावना हुन्छ । मलाई चित्त नबुझेको कुरा लेखकले काँचो मासुको ब्यापार भनेर मानव शरीरलाई हेला गरेको जस्तो लाग्यो । संसारमा कहाँ छैन यौन ब्यबसायीहरु , अमेरिका,जापान ,युरोप ,कोरिया , आदी । वास्तबमा कुनै पनि देसको अर्थतन्त्रलाई सन्तुलन राखी राख्न्न पनि यौनब्यवसाय अनिवार्य छ । किनभने कमाएर आफ्नो इच्छा अनुसार खर्चगर्ने ठाउँ भएन भने पनि जिन्दगी रमाइलो हुँदैन ।

  6. यौन ब्यापारलाई ब्यबस्थीत गर्नुको अर्थ जबरजस्ती कसैलाई यौन ब्यापार गर्न लगाउनु या मानब बेचबिखन गर्नु हो भन्ने बुजिदैन र यस्तो कदापी हुनु पनि हुन्न । यालाखममा मात्र १५,२० हजार नजा यौन कर्मी हरु छन भनेर हरेक पत्रपत्रिकाहरुमा पढ्न पाईन्छ। ति सबैजना के कसैको डर, धम्किमा यो पेशा अंगालेक हुन त ? होइनन भने यदी कसले यो पेशा अंगालेर आफ्नो जिबिका चलाऊन चाहन्छ भने उसलाई यो अधिकार छ, पाउनु पर्छ ।
    अब रहयो “एडस” कुरा । मेरो विचारमा यौन ब्यापारलाई ब्यबस्थित बनाउदा “एडस” को किरै किराले भरिन्छ भन्नुको पछाडि कुनै टुक छैन। बरु ब्यबस्थित गरियो भने धेरै सुरक्षीत होला । यौन बजारलाई ब्यबस्थी त सुरक्षीतको किन वकालत गरेको हुँ भने म सँग एउटा अनुभव छ। मेरो एक्जना दाई हुनुहुन्छ,मा भन्दा धेरै शिक्षित हुन्हुन्छ। त उहा सधैं चुरिट वा खैनी खानु हुन्छ। चुरोट नखनको लागि धेरै अनुरोध गरे । बाजी थपियो,बियर किनियो कसम खुवाइयो, बिन्ती भाउ त कती हो कत्ती । तर मै हारे। हामी सबैलाई थाहा भएकै कुरा कि जाड,रक्सी,चुरोट,खैनी, रन्डी-बाजी,तास जुवा सबै गर्दै नगर्नु पर्ने,खेल्दै नखेल्नु पर्ने तर यि सबको अधिकतम प्रयोग भाईरहेको छ। यो हामीले चाहेर मात्र सम्भव छैन । बरु हरेक कुरालाई बल प्रयोगबाट मिर्मुल पार्न खज्नु भन्दा ब्याबस्थित गर्नु राम्रो हुन्छ ।

    नागेश कुलुङ

  7. साचै को काचो मासु भनेको त अर्कै पो रहेछ! देह ब्यापार भने भै हाल्थियो नि, म त काचो मासु भनेर किन्न पो जान लागेको, आखिर पकौनै नमिलने रहेछ! पोखरा मा मात्र किन?? यो ब्यापार त नेपाल अधिराज्ज्य भरी नै फस्तायको छ नि!

  8. haina tati saro bhayako hola ta maila chodako pokhara pani dheri ta bhayajasto lagdyna jamma 2 barsa ho……. malai tapaika lekhako aantim haraf la maro ma choyo …… pachhai kati ma pokhara maro ghar bhanna na hune samaya aaune ta hoina.

  9. Luna jee tapai ke thaha tapai pardesh ma pani husband sanga basnu bhayako chha; so you are lucky. It is natural you oppose or you are aginst open sex.But you do not realize that many peoples live out side theirs home with out wife. you can not realize the seriousness of this affairs. We have everywhere satisfaction but man. Luna jee do not advocate communist ideology very blindly. If you are real communist and moral lady you are to settle in you land Nepal. But do not show your oversmartness from Mysansar ! OK Luna !

  10. what the heck, at least people are supporting their families and getting food with it, lets make an area and called it as RED LIGHT.

  11. यहाँ सबैले आफ्नो आफ्नो बिचार राखे भने कतिले हासो मजाले पनि केही कुरा राखे तर पनि सबै कुरा धेरै नै गम्भिर छन । यस्तो कार्यको लागि सबै भन्दापहिले आफु आफुमा शिक्षाको जरुरी हुन आबस्यक पर्दछ । साथी भाई तथा दिदी बहिनिहरु तपाईंहरु नै यो कुरामा सबै भन्दा पहिले सजक हुनु पर्दछ तर के तपाईंहरु यसो गर्न सक्नु हुन्छ ? सक्नु हुन्न किन भने सबैको आफ्नै आफ्नै इच्छा हुन्छन सुखले जीवन यापन गर्ने तर गरीबहरुले कसरी त्यस्तो सुख पाउने ? त्यसले उनिहरु यो क्षेत्रमा आएका हुन जस्तो मलाई लाग्छ । यसमा उनिहरुको केही गल्ती त म देख्दिन किन भने नेपालमा रोजगारी छैन सबैलाई एकै रुपले हेर्दैनन । ऐले यहाँ कती साथीहरुले आफ्नो बिचार त राखे तर आफु कस्तो छु भनेर हेरेका छैनन । के धेरैले यस्ता काम नगरि बसेका छन कमेन्ट लेख्ने साथीहरुले ? सबै भन्दा पहिले आफु बन्नुहोस् अरुलाई केही उपदेश दिनु भन्दा अगाडी ! आफु के हो र कस्तो काम गर्दै छु एक पटक आफुलाई चिन्ने कोशीस गर्नु होस् । किन ब्यर्थैमा अरुको पेट माथि लात हन्ने काम गर्नु हुन्छ ? जती नेपाल बाहिर बसेर कमेन्ट लेख्नु हुन्छ नि एक पटक उनिहरुको ठाउमा आफु आएर बसेर सोच्नु होस् कस्तो हुन्छ कि नेपालमा बाँच्नलाई ………… उही अभागी कान्छा गाउले(झापाली ) ओझेल हुन चाहन्छ

  12. Duniyalai Bina parisram dherai paisa chahinchha, mojamasti chahinchha, thaha chha naramro kam ho vanne tara pani lagi pareka chhau, hamra DIdi bahini haru tyaasta peshama lageko kaslai man parlara? tara hami chahi tyahi kothi haruma lukera janchhau kina? Arko kura kanunko, ma pani bampanthi hu, tara hamro nepal ko awastha herauna kasto chha, sarkar chalaune neta jantale man naparako, chunab hareko lai pathainchha tyo jantako mag hoina, Usko ek patak p. mantri hune sapan thiyo ta, Desh bigarnu thiyo ra? vanthe Girija babuko palama,India bata satta chaleko chha. tara ahile khoi sima michida sameta kura garna skyo? khutta dhogna janu ko sibaya! tyahi vayera nepal ma tapai sanga bal & paisa chha vane je garnus hunchha. kanunko ke kura? Airport ma khulla ghus magnelai ke gareko chha? yo ta ek udaharan matra ho.

  13. Yo may have different view on the same case. I see that if we close this type of workers we may have the rape cases. If these sex workers are trained and aware about the hazards of unsafe sex. Prevention of STD,s are easy.

    No one can work under pressure may be they are working for pleasure.Its their will to work their choice of job.
    But its their weakness to work for money or under pressure.

  14. वेश्यावृत्ति, मानव बेचबिचनको अर्को स्वरूप । यस हिसाबले यो ‘धन्दा’ कुनैपनि दृष्टिकोणबाट राम्रो हुन सक्दैन । जसरी लुटपाट, चोरी नियन्त्रण गर्न रोजगारी, अवसर आदिको सिर्जना गर्नुपर्छ; वेश्यावृत्तिलाई नियन्त्रण गर्ने पनि त्यसरी नै हो । फेरि कसैले यौनलाई मानव आवश्यकता भएकोले यो फरक विषय हो भन्लान् । तर हैन । यौन संवेदना हो; संवेदनालाई दबाउन त सकिन्न, तर विभिन्न उपायहरू छन्, जसबाट यस्ता संवेदनालाई वशमा राख्न सकिन्छ वा शान्त गर्ने अरु थुप्रै उपायहरू छन्, जसले अरुलाई हानी हुँदैन । तर हामीले आफ्ना यी संवेदनालाई वशमा राख्न सकेका छैनौ वा गलत उपाय अपनाइरहेका छौं । बरु देशको मुद्दाहरू भने हामी संवेदनहीन हुँदै गइरहेका छौ ।

    हामीले हाम्रा छोरीचेली बलात्कृत भएको, बेचिएकोमा दु:ख मनाउबाहेक अरु केही गर्दैनौं; वेश्यावृत्तिलाई कानूनी मान्यता दिनुपर्छ भन्नेहरूबाट त यो पनि आशा गर्न सकिन्न । तर, दुइजना विदेशी, जो हाम्रो इच्छाविपरीत हाम्रो पुजारी बनाइन्छ, उनीहरूलाई गरिएको सामान्य अभद्र व्यवहारलाई समेत कुटपिटको संज्ञा दिएर आफ्नाहरूका विरुद्ध आफ्नो रगत उमाल्छौं । कस्तो संवेदनाको विकास गरिरहेका छौं हामी कुन्नि !

    कसैले वेश्यावृत्तिलाई परापूर्वकालदेखि चल्दै आएको ‘धन्दा’ भन्लान् । तर के पहिला जुन कुरालाई सामान्य मानिन्थ्यो, अहिले त्यसैलाई ‘नजीर’ बनाएर त्यस्तो कार्यलाई वैध वा सामान्य मान्न सकिन्छ ? एकचोटि विचार गरौं त ।

    अमेरिकामा मेक्सिकोजस्ता देशहरूबाट विभिन्न प्रलोभन वा डरत्रास देखाएर युवतीहरूलाई वेश्यावृत्तिमा लगाइन्छ । अफ्रिकाजस्ता देशहरूबाट घरेलु कामदारका रूपमा मानव बेचविखन हुन्छ । अफ्रिकामात्र किन, हाम्रै नेपाल र अन्य एशियाली देशहरूबाटसमेत अदक्ष कामदारका रूपमा ‘वैध मानव बेचबिखन’ चलेकै छ । भारतमा नेपाली कामदारहरू कति छन्, त्यसको लेखाजोखा शायदै कसैसँग होला । तर बम्बईलगायतका कोठीहरू हाम्रै छोरीचेली भरिएको कुरा शायद कमैलाई थाहा नहोला ।

    देशमा रुमल्लिएर बस्नुभन्दा विदेशमा गएर केही पैसा कमाउनु ठीकै होला, तर के यस्तै हुन्छ समस्याको समाधान ? अहँ पटक्कै हैन । समस्या उपज हो; समस्यालाई तह लगाउनुभन्दा समस्या आउनै नदिनु उत्तम हो; उही रोग लाग्नु भन्दा लाग्न नदिनु नै उत्तम हो भन्छन् नि । हामी यति सरल मन्त्रलाई किन ‘जप्न’ सक्दैनौ ?

    तेस्रो मुलुक अमेरिकामा र ‘छिमेकी’ भारतमा गरिने वैध-अवैध मानव बेचबिखनका पछाडिको कारणलाई हामीले बुझ्नुपर्छ । वास्तवमा यो अतिपूँजीवादको नमूना हो । हैनभने ती देशहरूमा अरु देशकै मानिसहरू किन बढी बेचबिखन हुन्छन् त ? भारत-नेपालको कुरा त झन् के गर्नु र ! लुनाजीहरूले लाख बुझाउने कोशिस गर्दा उल्टै हामी उहाँहरूमाथि खनिन्छौं ।

    नेपालीहरू विदेशमा दास र वेश्या ‘बनाइने’ क्रम त चलिरहेकै छ; त्यसमाथि आफ्नै देशमा दास र वेश्या बन्नुपरे त्यो भन्दा विडम्बना अरु के हुनसक्छ ? आज पैसा र डरत्रासको आडमा जसरी अरुका छोरीचेलीलाई आफ्नो ‘शिकार’ बनाइरहेका छौं र वेश्यावृत्तिलाई मानव आवश्यकता भन्दै वैधता प्रदान गर्ने कुरा गरिरहेका छौं; भोलि अर्को कोही बढी पैसावालले हाम्रो छोरीचेलीलाई ‘शिकार’ बनाउला भन्ने कुरा हामीले किन बुझ्दैनौं ? यस्तै चाला हो भने भोलिका दिन आफ्नै छोरीचेलीका लागि वेश्यालय खोल्नुपर्ने दिन नआउला भनेर कसरी भन्ने ?

    तसर्थ, हामीले हाम्रो विभिन्न संवेदनालाई ठीक-ठीक ठाउँमा प्रयोग गर्नुपर्छ । बेला यही हो ।

  15. मान्छे अनुरुप विचार भने झैं यहाँ दुईटा कुरा मुलभूत रुपमा उठ्यो। यौन व्यवसायलाई कानुनि मान्यता दिने कि कडा कानुन ल्याएर निरयन्त्रण गर्ने। तर्क आफ्नो होला र आफ्नो तर्क आफूलाई सहि लाग्नु स्वभाविक पनि हो तर वास्तविकता तर्क सँग मेल खानु पर्छ भन्ने छैन। हुन त नेपालमा यौन व्यवसायालाई गरिवी, अशिक्षा र सजिलो पैसा( easy money)सँग जोडिन्छ र यहि कारक रुपमा व्याख्या गरेको पाइन्छ। तर कारण यि मात्र नहुन सक्छ किनकि अति विकसित देशमा पनि यसलाई बैद व्यवसायको रुपमा लिईन्छ भने यो व्यवसाय र यौन जन्य सामाग्रि कै वर्ष मा अर्वौ डलरको कारोवार हुन्छ।
    नेपाल संदर्भमा के यौन व्यवसायलाइ वैधानिकता दिनु जरुरी छ? जरुर छ। यसले लुना जी ले भने झै एड्स रोग बढने होईन गतिलो रोक रोकथाम गर्ने सकिन्छ भने यसले यौन कर्मिहरुले पनि कानुनि र सामाजिक मान्यता पाउँछ। जुन निर्यन्त्रण गर्ने सकिन्दै न त्यसलाई व्यबस्तित गर्नुको विकल्प छैन

  16. Yo kehi hoen Garibi Nibaranko Aauta namuna matra ho. Jagir 6en tesaile kancho masuko business garnu pareko matra ho.Yeso gare kaso hola tapai hami sabai meler National Planning Commission ma Aaeta Proposal halneki ?

  17. com on guyes…we need sex,,,no complain….business in sex is lot of profit..no hard work..just be safe,,,,sex is sex so just do it….

  18. Government le “REDLIGHT AREA” banayera यौन ब्यवसायको रुपमा ब्यबस्थित गर्नु राम्रो हुन्छ। लाइसेन्स दिए हुन्छ /SINGAPORE KO GEYLANG JASTAI. ani mero euta sathi GOVINDA pani tehi kam ma lageko chha aare ni? singapore bata gayera.

  19. Deha byapar lai kanuni manyeta dinu ramro hola.Red light area chhutyaera rakhidinu parchha.Yeslai niyentrad hoina byebasthit garnu nai ramro upaye ho jasto lagchha. Hamile raro sanga bujhne kosis garnu parne kura Sabai pesebaar chahana ra paribandha le matra hoina bibasta le pani lageka holan.

  20. यौन ब्यवसायलाई नियन्त्रन गर्न सकिएमा एक्दै राम्रो कुरा तर अहिलेको अवस्थामा यो सम्भव प्राय छैन। त्यसैले यो ब्यवसायको रुपमा ब्यबस्थित गर्नु राम्रो हुन्छ।

  21. संसारको हरेक कुना काप्चामा सेक्स बेपार भैरहेको सुनिन्छ तर बेबस्थित तरिकाले .जस्तै थाईलैंड घुम्न जांदा केटाहरु बडी रमौछन रे,

  22. ye khubai ho?tyo lipistic ,powder lagayara basne saga jane chahi padhe lekheko sabsa manchhe nai badhi hunchha—-ketaharuko padhera pani budhhi haraune kina hola
    Riya FROM EARTH

  23. i close my eye,ear and mouth. i don’t care for those who doesn’t early prepare and initiate against bad things in life whether its going to be prostitute or coming under starvation…..

  24. It cant be control. Hamro desh garib ani manche dhani bhayeko nai yesto kura haru ko sarkarle rules banayera tax lina nasaknu ho.
    tetika manche haru corruption le garda dhani bhayeka chan.
    Still jale real work gareko huncha they are with limited budget.
    Policemen, hotelwala haru le akut sampati kamayeko yestai karan le ho .
    Why this 605 &%&%$$% savasad haru cant make proper laws on this????

  25. We need to job create & by law strickly then possibilty otherwise…………
    Provery, uneducation & diaseases of soceity as like politics.

  26. देह व्यापार विस्वका धेरै ठुला र बिकसित सहरहरुमापनि एउटा समस्या को रुपमा आएको छ. कति देशहरुमा यसलाई कानुनी मान्यता दिएर ब्यबस्थित गरेको पनि सुनिन्छ. तपाइले पोखराको कुरा उठाउनु भयो त्यो बाहेक नेपालका अन्य सहरहरुमा पनि यो ठुलो समस्या भएको छ. अब यसलाई निर्मुल पार्छु भन्ने सोचाई शायद सफल हुन गार्हो हुन्छ. काठमाडौँमा पूर्व गृहमन्त्रि बामदेव गौतमले dance restaurant त बन्द गर्न सकेनन अब पोखरामा रावलजीले के सक्लानन र!!! डरलाग्दो कुरो चाही हाम्रो जस्तो गरिब देशमा यो पेसालाई कानुनी बनाउदा महिलाको सोषण अझ बद्छ कि भन्ने मात्र हो.

  27. ma ta assaralla ma chhu yaslai niyam ra paridhi vitrai layaunu parchha ta ki nirmul garna dharai garo chha j vayapani mr bamdev jindabaad tara niyamkanun purayara area ghosada ramro hola……….

  28. Samasyako mukhya karan nai garibi, ashikshya ani berojgar nai hun bhanda pharak naparla. Yo samasya ko samadhan yeslai pratibhanda lagayera pani sambhav hudaina.Nepal sarkharle yeslai kasari vevasthit garna sakin6a bhanera bichar garnu parne bela 6a.Sarkharle yesto euta niyam/kanun banayos jalse garda kasaile garibi/ablako phaida na-uthawos…………..

    Kacho-masuko byapargarne dalalharu -Murdavad 1000

    Jun dalal-le garibi/abalako phaida uthauna chahan6an tyo dalal-le ekpatak patak afno janma dine aama gharka 6ori cheli lai ekpatak samjhera yo byavasay garun……..Pashupatinathle dalal harulai sworga ra nargako bato chinna subuddhi diun.Kali yug ho sworga ra nagarka dekhna arko juni lina pardaina yehi junima dekhin6a. NEPAL AAMAKO JAY HOS!!

  29. राम्रो कुरा उठाउनु भएको रहेछ, मेरो सोचाई मा यौन ब्यबसाय अहिले नियन्त्रण बाहिर गइसक्यो। यसलाई अब कसैले नियन्त्रण गर्छु भने पनि सक्ने छैन। तसर्थ उत्तम बिकल्पको रुपमा यौन बायबसायलाई ब्यबस्थित गरी कानुनी मान्यता दिएर कर को दायरा मा ल्याएको खण्डमा सामाजिक बिकृती पनि हट्ला र यौन कर्मीहरुले पनि सम्मानजनक रुपमा ब्यबसाय गगर्न सक्लान। साउदी अरब जस्तो कडा कानुन भएको (जहाँ महिलालाई हेर्न समेत प्रतिबन्ध छ) देशमा त यौन ब्यापार हुन्छ भने नेपाल मा कुन आइतबार पर्खनु पर्यो र ?

  30. I am also of the opinion that sex itself is not sin..just manage it..do it…
    enjoy..
    Just be safe..
    bachaun ra bachna diun…

  31. I also think that prostitution should be legalized. It has many benefits.
    1. Sex workers will be protected by law.
    2. Police and administrative corruption will be reduced.
    3. It would help fill the demand of sex workers and their client without fear.
    4. City can better manage red light area when it is legalized.
    5. City can generate additional revenue through tax which can be used in other good purpose.
    Furthermore, No amount of policing would eliminate prostitution. If we ask government to step up to eliminate, that won’t work. It leads to more corruption.

    dilli

  32. I think the government need to declare the Red light area where the prostituton rate is getting high day by day.furthermore,the awarness programme can be launched to at least make people aware about the diferent sexual diseses.

  33. वास्तबमा यौन क्रियागर्दा आनन्द नहुने हो भने संसारमा मान्छेको जात धेरै अगाडी नस्ट भै सकेको हुन्थ्यो होला . तपाईहरुलाई कस्तो लाग्छ ? मान्छेले सन्तान उत्पादनको लागि मात्र यौन सम्पर्क गर्ने हो भने कैले सम्म सन्तान जन्माइ दिन्थे होलान सायद हाम्रा बाजे बराजु जन्मनु अघि नै यो प्रक्रिया बन्द भै सकेको हुनेथियो .सृष्टिको यस्तो महत्वपूर्ण बिषयलाई बन्देज गर्नु भनेको खोला थुन्नु जतिकै गारो कुरा हो यसलाई बर्जित गरिनु सम्भब पनि हुन्न र गरिनु पनि हुन्न . यदि यौन बर्जित नहुदो हो त ति घुस्याहा प्रहरी हरुले गर्दा कमसे कम यो बिषयमा सबै प्रहरीको बेइज्जत हुने थिएन प्रसासनलाई यस्ता कुराको जानकारी नभएको जस्तो चाही लाग्देन बरु कतै यस्तो ब्यबसाय अबैध रूपमा संचालन गरेर कानुनको पालना गराउने हरुले नै कानुन हातमा लिइ मोटो रकम हात पारि राखेको हुनाले यसलाई ब्यबस्थित गर्न तिर नलागी यथायिस्थिमै राख्ने अनि टेबल मुनि बाट मोटो रकम हात परि राख्ने गरेको त हैन ? बरु यो पाटा बाट पनि एक पटक सोच्ने हो कि ?

  34. Having sex with strangers is not anyone interest or desire itself but It is the obligation/compulsion. Nepal is very poor and many people can’t come out from their two meals problem. There is high unemployment rate. No industries,no factories and no means of life sustenances. politicians are always bickering for powers. No one care to the poors.
    Even in the developed countries, sex industry is burgeoning day by day.No one can curtail it but can be managed in a disciplined way. Those who are intersted can go there , have satisfied their sexual thirst. sex is a physical need for adult like hunger and thirst. It can’t be suppress ,If anyone try, It can be went off.
    Therefore, let us take it easy and try to handle it in a prudent way.It can be legalized and some revenues can also be collected.

  35. यो पेशालाई बन्द गर्न गाह्रो छ त्यसैले एउटै बिकल्प भनेको ब्यवस्थित पार्नु हो ।

  36. Kanun ko Avab chha. Bamdev ji le suru gareka thiya sath payanan. Deha byapar rokna sakidaina but yeslai byabasthit bhane pakkai garna sakinchha.

    1. Government le deha byapar ko birudha ma Jana chetana jagaune khal ka program haru leraune
    2. Deha byapar ma lageka haru ko pahichan gari License ko byabastha garne
    3. Uniharu ko Niyamit check jach garne
    4. Deha byapar ko lagi kunai chhuttai place ko byabastha garne

    “But….I hate Deha Byapar”

  37. देहब्यापार: बिश्व आर्थिक मन्दीले पनि केहि असर नपारेको, .. पहिले पनि उत्तिकै चलेको…. अहिले पनि उत्तिकै चलेको र भबिस्यमा पनि उत्तिकै चल्नेवाला ब्यापार यै यौटा मात्र देखैं, जहिले पनि अति फस्टाउने ब्यापार… तपाँइ संग पुँजी छ भने आदरणिय दाजुभाइ तथा दिदी बहिनीहरु, निर्धक्क लगानी गरे हुन्छ है…. यो ब्लग पढेर कत्ति ठिट्टाहरुलाइ पोखरा जाउँ जाउँ लागी सक्यो होला … यो रिपोर्टको जानकारी बिग्यापन त भएन??

  38. Every mankind is independent to select his/her profession and I think sexual intercourse is not a crime I think its the human right . But I don’t like your way of presenting the news, why you blame the police and administration in every small matter they are not the magician they also are the human being. So I want to suggest you instead of blaming the administration try to teach the bad impects of insecure sex to the sex workers.

  39. I didn’t get most of your opinion. Having kept such profession available doesn’t mean that it is a bad thing. What you can only cry for here is that it has to be managed. Most of you are PRETENDING (Dhongiharu) like one doesn’t need sex in their life. Man, this is the freedom and just be relax. If you can suggest something to organize or manage such business.

  40. काँचो मासु नभनी देहा बयापर भन्नु के को लाज हो ? निर्मूल होइन येस्लाई बेबस्तित बनाउनु पर्छ

  41. राम्रो कुरा उथाउनु भयो ब्लगर जी!!
    काँचो मासु को व्यापार पोखरा मा मात्र हैन देस का प्रमुख शहर फास्टाउदै छ। सचै नै यो व्यापार लइे नियन्त्रण गर्नै पर्ने भको छ। यो व्यवसाय गर्ने र गराउने लाइे उचित प्रबन्ध गरी रेडलाइट एरिया मा छुटयाउनु पर्ने भको छ! अपराधिक गतीभीदी पनि काम हुन्थे की?

  42. yo kura pokharako matrai hoina worldwide hune kura ho, yeslai banned garera pani samasya samadhan hudaina, byabasthit garera nischit area chhuttaunu ramro hunchha….

  43. हो यो कुरा साचो हो. यो समस्या पोखरा को मात्र हैन. नेपाल को धेरै सहरहरु मा अहिले येस्तई छ.

  44. k ho lau yo ta sarai bhayo………..khai k garne hola kunni..licence system garauna parcha aba

Comments are closed.