विश्वभरका हामपन्थीहरू एक हौं – माकुने सूद

उही कुमार लामा, ८ असोज २०६६

सभाध्यक्ष महोदय,

यस कोलम्बिया विश्वविद्यालयको सभामा उपस्थित विश्वभरका वामपन्थी, समाजवादी, मार्क्सवादी, लेनिनवादी, माओवादीहरूको घोर भत्सर्ना गर्दै हामपन्थी, दामपन्थी, फासीवादी, खाओवादी र पूँजीवादीहरूको म हार्दिक अभिवादन गर्दछु। नेपाली मतदाताले समाजवादीहरूलाई बढी रुचाउने भएकालेमात्र देश गुना भेष कपाल गुना केस भने जस्तै हामीले आफ्नो पार्टीको नाउँ कम्युनिष्ट राखिरहेका हौं। वास्तवमा म कम्युनिष्ट-सम्युनिष्ट केही होइन। समाजवादी पनि होइन। मभन्दा बरू अमेरिकी राष्ट्रपति बाराक ओबामा बढी समाजवादी देखिनुहुन्छ। उहाँले ग्वान्टानामो “यातनागृह” बन्द गर्ने योजना बनाइरहनु भएकोबेला हामी भने भैरवनाथ गणका यातनाकारहरूलाई पुरष्कृत गर्दै विशेष सुरक्षा योजनासमेत ल्याएर लोकतान्त्रिक अधिकार माग्ने जनतालाई ठोक्ने तर्खर गर्दैछौं।


विश्वास गर्नुस्, म कहिल्यै मार्क्सवादी वा समाजवादी थिइनँ। अंग्रेजीमा लेखिएका मार्क्सवाद र समाजवादका पुस्तक मलाई पढ्नै आउँदैन, नेपालीमा उल्था गरिएको पढ्ने जाँघरै छैन। कुरो नबुझी नानाथरिका वादमा लाग्ने कुरै भएन। वास्तवमा मैले जानेको र मानेको वाद भनेको ब्राम्हणवाद हो। त्यो भनेको आफूलाई उच्च र अरूलाई तुच्छ मान्ने वाद हो, अरूलाई थिच्ने-मिच्ने-किच्ने वाद हो, अनि खाइसिने/लाइसिने भाषा बोल्ने स्वांग् हो।

ब्राम्हणवादलाई ज्यूँकात्यूँ राख्न श्री ५ महाराजाधिराजहरू अपरिहार्य होइबक्सिन्छ। त्यसमा पनि ज्ञानेन्द्र त मेरा परमपूज्य होइबक्सिन्छ। तर कालो पदार्थ ज्यूनार गर्ने मौसुफलाई केही वर्षपहिला के सनक् चढ्यो कुन्नि, मौसुफबाट हामीलाई भुस्याहा कुकुरलाई झैँ लखेटी बक्सियो। मौसुफको कमल चरणमा दाम चढाएर प्रधानमन्त्री नबनिने भएपछि हामीले जनतालाई समावेशी लोकतन्त्रको हावादारी मिठाइ खुवाएर जनआन्दोलन- २ मा ल्यायौं। अनि सत्ता पाएपछि भत्ता खाने मन्त्रिमण्डलमा चाहिँ बाहुनै-बाहुन समावेश गरिदियौं। केही समयअघि हामीले बुटवलमा एमालेको कोटीहोम गरी क. झोलानाथको अध्यक्षतामा बाहुनै-बाहुनहरूको केन्द्रीय पुरेत समिति पनि गठन गर्‍यौं। अब चार वर्ण छत्तीस जातका एमाले कार्यकर्ताहरू धुपौरो लिएर केन्द्रीय पुरेतहरूको वरिपरि नघुमेर धरै छैन। बाहुनबाहेक अरू कसैलाई यो देशको राज्यसत्ता हाँक्ने हुती छ? हुती नै नभई समावेशीको कुरा गरेर हुन्छ?

आगे हाम्रो कार्यनीति भनेको मौसुफको नारायणहिटीमा फिर्ति सवारी गराउनु हो। यसका लागि नेपाली सेना, शिवसेना, डिफेन्स आर्मी, रणवीर सेनाहरूको समायोजन गर्ने काम धमाधम गर्दैछौं। पत्रकारको खोल ओढेको एउटा रणवीर सेनालाई त जेलबाट निकालेर उसउपरको मुद्दासमेत फिर्ता गरीवरी आफ्नै साथमा अमेरिका लिएर आएको छु यसबाट कानूनी राज्य कसरी चलाउनुपर्छ भनेर अमेरिकीहरूले समेत हामीबाट सिक्नुपर्छ। अब रणवीर धमलालाई अमेरिकाको केकेके (कू क्लक्स क्लान) बाट जातीवादी-फासिष्ट रणनीति सिक्नु छ। हुन त केकेकेभन्दा हाम्रो ब्राम्हणवाद बढी बहुआयामिक छ। केकेकेले अफ्रिकी मूलका मान्छेलाई मात्र हान्थ्यो, हाम्रो ब्राम्हणवादले त अरूलाईमात्र होइन, ब्राम्हणवादको बिरोध गर्ने बाहुनहरूलाई समेत डाँडो कटाइदिन्छ। प्रचण्ड र बाबुराम जस्ता ब्राम्हणवाद विरोधी बाहुनहरूलाई पूरै ठेगान लगाएरै छाड्ने योजना हामी बनाउँदै छौं। डिफेन्स आर्मीका मैनाली र पाँडेलाई जनताको आँखामा छारो हाल्नलाई मात्र थुनेका हौं। थुप्रै मैनाली र पाँडेहरू असनका साँढे जस्तै खुलम्खुल्ला छाडेको जानकारी गराउन चाहन्छु।

महिला र पिछडिएको बर्गलाई अगाडि ल्याउने जनआन्दोलन-२ को अनुमोदनअनुरुप वित्था पाण्डारी, कुजाता गोष्ट जस्ता एक-एक ठाउँबाट चुनाव हारेकालाई मन्त्री बनाएको छु। संविधानभाको निर्वाचनमा दुई-दुई ठाउँबाट हारेको एकमात्र उम्मेद्‍वार म प्रधानमन्त्री भएको छु। मेरो बुझाइमा जति धेरै ठाउँबाट चुनाव हारिन्छ, त्यति नै बढी पिछडिएको वर्गमा परिन्छ। सिंगै हवाइजहाज खाने भीमकाय खावल र सुत्केरीको दबै खाने फणिन्द्र तिमल्सिनामारा विजय मच्छरदानी जस्ता सर्वहारीलाई गृह र उपप्रधानमन्त्री बनाएको छु। उहिल्यै हाम्रा कार्यकर्तालाई शहिद बनाउने दीपक “बोरा”लाई मन्त्री पदले सुशोभित गरेको छु। पूजनीय ज्ञानेन्द्रको फिर्तीसवारी गराउन दीपक बोरा नभइनहुने तत्व हुन्।

मेरो राजनीतिक दर्शन भनेको राज्यशक्ति काठमाडौंका गल्लीहरूमा पजेरोमा सवारी हुने नेताहरूको खल्तीमा राख्ने हो। त्यसैले म भन्छु- संघीयतामा जाँदा देश टुक्रिन्छ, भत्किन्छ, नाशिन्छ, आकाशै खस्छ अथवा के-के हुन्छ के-के? मेरो कुरा सुनेर अमेरिका, जर्मनी, भारतलगायत अन्य संघीय मुलुकका प्रतिनिधिहरू नहाँस्नु होला। नेपालमा थरुवान, तमुवान, खम्बूवान, लिम्बूवान जस्ता वानैवानहरू बनाउँदा ब्राम्हणवाद परमधाम पुग्ने भएकोले हामीले संघीयताले देश टुक्रिन्छ भनेर आग्रा जाँदा गाग्राको कुरा गरेका हौं। नेपालमा जसले जेसुकै तर्क, बितर्क, कुतर्क गर्नेदेखि झुटैझुट् बोल्नेसम्मको वाकस्वतन्त्रतामात्रै होइन बक्बक् गर्ने स्वतन्त्रता पनि छ।

म ब्यांकको खजाञ्चीबाट कसरी सीधै राजनीतिमा घूसेँ? वास्तवमा म राजनीतिमा प्रवेश गरेको होइन, घुसेकै हुँ अथवा घुसाइएको हुँ। तत्कालीन भूमिगत नेकपा माले (हाल एमाले) भित्र के-के हुँदो रहेछ, सूचना ल्याउनु भनेर महेन्द्र र वीरेन्द्रका दाहिने हात दामोदरशम्शेर बाबुसाप्‍ले मलाई मालेभित्र घुसारेका थिए। पछि क. मदन भण्डारीलाई दासढुंगाबाट ओह्रालो र मलाई एमालेमा उकालो लगाएपछि एमालेलाई हामपन्थी बनाउन मैले अथक प्रयास गरेँ। एमालेलाई डेढ दशक बायाँबाट घुमाएर यति दक्षिण पुर्‍याइदिएँ, अहिले त पार्टी केन्द्रीय कार्यालय नै बल्खुबाट दिल्ली पुर्‍याएको छु। काजु र सुत्केरीको दबैमात्र होइन, पजेरो र पासपोर्टसमेत खानाले हजम नभएर हाम्रा कमरेडहरू बेला-कुबेला बिरामी परिरहन्छन्। उपचारका लागि दिल्लीभन्दा उपयुक्त अस्पताल दुनियाँमै छैन।

माओवादीहरू नागरिक सर्बोच्चता भनेर कराइरहन्छन्। म पनि कराएरै भन्छु- के कट्टुवाल र गुरुङहरू नागरिक होइनन्? के उनीहरुको सर्बोच्चता नागरिक सर्बोच्चता होइन? माओवादीले सत्ता कब्जा गर्छ भन्ने हौवा हामीले यसरी पिट्यौं, झुटो कुरालाई आखिर सत्य साबित गरेरै छाड्यौं। सरकारी सञ्चारमाध्यम हामपन्थीहरूको र निजी सञ्चारमाध्य दामपन्थीहरुको हातमा भएको मुलुकमा माओवादीहरूलाई हल्लैहल्लाले उडाएर सडकमा पुर्‍याइयो। सञ्चारीय प्रोपगाण्डा नबुझेका जंगली माओवादीले यो कुराको सुइँकै पाएनन्। वास्तविकता त के हो भने माओवादीले सत्ता कब्जा गरेर समाजवाद ल्याउला भनेर पूँजीवादीहरू नडराए हुन्छ, बरू माओवादी अर्को एमाले बन्ला भनेर समाजवादीहरू डराए हुन्छ। अहिले नेपालको राजनीतिक चक्र यसरी चलिरहेको छ, लडिजाफसादले माइलाविक्रमको ठाउँ लिइसकेका छन्, मैले लडिजाफसादको ठाउँ लिएको छु, भने प्रचण्डकमल चाहिँ मेरो ठाउँमा आइपुग्नलाई सडक नाप्दैछन्। ज्ञानेन्द्रले १२७ को घनचक्करमा हामीलाई घुमाइदिए जस्तै हामीले पनि सहमति र सहकार्यको चाकाचुलीमा माओवादीलाई फन्फनी पारिदिएका छौं। उनीहरूलाई त सकेसम्म मास छर्नै पठाउने हामी तानाबाना बुन्दै छौं, तर समस्या भनेका गरीब नेपाली जनता हुन्। गरिबलाई ठेगान लगाउन गरिबमारा नीतिलाई पूर्णरुपेण लागू गर्न हाम्रा अर्थ (न बर्थका) पाँडे मन्त्री लागिपरेका छन्। त्यसैले अबको एमालीय नारा हो, “नेपालभरका गरिबहरूको शोषण गरौं।“

प्रचण्डकमल दाहाल भन्दा म बढी मितब्ययी छु। उनले राज्यकोषको खर्चमा आफ्नी श्रीमती र छोरासमेत पोहोर साल अमेरिका लिएर आएका थिए। मैले त आफ्नी श्रीमतीमात्रै लिएर आएको छु। अर्काकी श्रीमती लिएर आउने कुरा भएन। बिना श्रीमती नेपाली नेताहरू विदेश त के ट्वाइलेट समेत जान सक्दैनन्।

अब मेरी गायत्रीलाई पनि भाषण गर्न दिने हो कि? अस्ति कायरोमा त ठोकेकी थिइन्।

जय भारत जय अमेरिका!

[यस व्यंग्यबाट मर्माहत भई माइसंसारलाई गाली गरेर समय खेर फाल्नु भन्दा व्यंग्यकारलाई सीधै गाली गर्ने भए सम्पर्कः- [email protected]]

110 Comments

  1. “अन्य समूह वा जातिलाई हरेक प्रकारको ‘थिचो-मिचो’ गरिरहनु, पीडितहरूले जातिय समताको कुरो निकाली हाले, ल भो जात-भात हामी मान्दैनौं – जातिय कुरो नगर भन्दै संसारको सबैभन्दा बढि चलाखी साम्प्रदायिक बन्ने धुर्तहरू हाम्रै समाजभित्र छन्..

    जातिय जनसँख्यालाई आधार मानेर गाउँदेखि माथिल्लो सदन सम्म समानुपातिक प्रतिनिधित्व गर्नु अत्यन्तै बैज्ञानिक हुंदा हुँदै पनि किन केहि समूह वा वर्गहरू हच्किन्छन् भन्ने कुरोको हेक्का हामी सबैलाई थाहा छ! तर त्यसको फाइदा भने उनिहरू मध्ये सबैले देखिसकेका छैनन् किनकि यो विषय नै उनिहरूका लागि अत्यन्त नविन हो ।” – जे. बी. राई, फेसबूक

  2. कुमार भाइ
    बाहुन क्षेत्रीलाई सत्तो सराप गरेछौ । के गर्ने योग्यता र क्षमताले नेतृत्व गर्नेलाई कसैले रोक्न सक्दैन भन्ने तिमीले बिर्से छौ । नत्र हेर कांग्रेसमा सभापति गिरिजानै किन भए दोस्रो पुस्ताबाट पनि किन रामचन्द्र पौडेल शेरबहादुर नै आए । एमालेमा मनमोहनपछि किन मदन भण्डारी आए माधव किन आए किन झलनाथ आए । त्यहाँ पनि दोस्रो पुस्तामा बाहुन क्षेत्रीनै किन छन । अब हेर तिम्रो पार्टी माओवादीमा पुष्पकमल दाहालपछि बाबुराम भट्टराइ छन अनि मोहन बैद्य ती रामबहादुर थापा मगर त कति ओं रोलक्रममा पर्छन था छैन ।
    त्यही भएर बाहुन क्षेत्रीलाई गाली गरेर भुटभुटिनुभन्दा क्षमता विकास गर्ने तिर लाग भाइ हो ।

  3. थेबा कुमार,
    फ्याफुल्ला.
    अति राम्रो. लेखि रहनु .

  4. धन्येबाद, कुमार जी, सत्तेलाही पचउने दिमाखहरु को कमि भएपनि तपाही को लेख लाही मा सेलुट गर्छु, येस्ता लेख लेख्ने हातहरु कहिले पनि पछाडी नपरुन/

  5. कुमार जी,

    मलाइ त नेपाल मा ब्राम्हण वाद भन्दा लामाबाद बादी हाबी भा ‘ हो कि जस्तो लाग्न थाल्छ कहिले काही . हेर्नुस न नेपाल मा तमाम जाति हरु लाइ चरम शोषण गर्ने बाहुन हरु आज यो कतार को खाडी मा लावा लस्कर लागेर कुल्ली का काम मा देखिन्छन भने हजुर जस्ता बाहुनबाद बात पिडित UK र US बाट ति बिरुद्ध स्वोतान्त्रता को आवाज उठाउदै हुनुहुन्छ .
    ———–
    रमेशजी,

    तपाईंको कुरा मननीय छ। तर कुरा यहाँ ब्यक्ति विशेषको नभई समग्रको हो, समानता र समावेशीको हो। पीडित बाहुन पनि छन्╝, अरु पनि छन्। सुबास नेम्बाङ् संविधानसभाको अध्यक्ष भएर के भो, बाँकी लिम्बूलाई त्यो कागलाई बेल पाके जस्तै छ। माकुने प्रधानमन्त्री भएर के भो, कयौं अरू बाहुन कोही दिनभर हलो जोतेर दुई छाक राम्ररी खान पाउँदैनन् त कोही विदेशिन बाध्य छन्। समानताका लागि समाजवाद अपरिहार्य छ। नेपालको सामाजिक संरचनाका आधारमा समावेशी अपरिहार्य छ। तर बिडम्बना समाजवाद र समावेशीका नारा भोट माग्ने भाँडोबाहेक केही हुन सकेका छैनन् नेपालमा।

    अनि ब्राम्हणवाद र बाहुन जात एकै कुरा होइनन्। कमेण्टहरू पढ्दा धेरैको यसबारे मिस्मास् धारणा रहेको पाइयो। समय मिले पछि एउटा छुट्टै लेखमा ब्याख्या गरौंला।

    उही कुमार लामा

  6. यो लेख आधि पढे पछी – देश बन्न , बनाउन , नेता हरु मात्र राम्रो भएर हुदैन हामि पनि राम्रो हुनु पर्छ, हाम्रो सोचाइ पनि राम्रो हुनु पर्छ जस्तो लाग्यो. हामि मा नै नकारात्मक बिचार छ भने अरु बाट के आशा गर्न सकिन्छ र?

  7. कुमार लामा जिको लेख आती मनासिब छ यो सत्य हो नेपालमा येअस्तई भैरयाको छ .

  8. कुमारजी, तपाइको लेखबाट माओबादीप्रतिको तपाइको अन्धभक्त नझल्किएको भए लेख अलि स्तरीय हुन्थ्यो कि!

  9. कुमार महोदय अरु लाई खसाली राख्ने बनि गएको रहेनछ एक पटक मानसिक अस्पताल मा जाने सलाह दिन्छु , बेला न कुबेला को गाइजात्रा राम्रो हुदैन

  10. एस्तो लेख मन नपराउने पनि माकुनेको जातकै हुन्, उनीहरु राम्रो नराम्रो फरक नदेखेको देख्दा दुख लग्यो. आँखा खोल्नुस!

  11. मित्र कुमारजी!
    तपाई को लेख बुझ्ने हैसियत नभएकाहरु को प्रतिक्रिया पढदा आफैलाई लाज लग्यो
    राजनीतिक सब्दकोस को ज्ञान को विकास गरे राम्रो हुन्थियो प्रतिक्रिया लेख्ने मित्रहरुले

  12. फ्याफुल्ला कुमार थेबा,

    लेख्दै रहनु ल ? हाम्रो पुर्खाहरुमा एतिका हुति भएको भए हामी पनि…
    अति राम्रो, फेस्बुक्मै तानी दिएँ मैले त.
    Readership
    नहुनु नै सारा नागरिकको अभिशाप हो.

  13. बिरोधका लागि बिरोध गर्ने हो भने त केही छैन, जसले जुन कुरामा पनि बिरोध गरिदिए हुन्छ । कोखै देखी नेपाल बन्द र दुर्गान्धित राजनीति सिकेर आएपछी जसले जहिले पनि बिरोध गर्छन् नै । अरु कुरा जानेका पनि हुँदैनन । तर एउटा कुरा के भने बिरोधको लागि बिरोध मात्र गर्ने बानीले कालान्तरमा बिरोध सुन्नेले सुनिदिदैन ।नेपाला तेसै भएको हो । बिरोध गर्नेको सिमा नहुँदा जती पनि जहिले पनि बिरोध मात्र गरी रहे । सुन्नेको पनि कनै पाक्ने भएकोले सुन्न नै छोडिदियो । तेस्तै हविगत हुन्छ अमेरिकामा पढ्न भनेर गएका विद्यार्थीका । पढ्न छोडेर बिरोध गर्नेतिर लागेपछी कसले उनिहरुका कुरा सुन्ने । किन सुन्ने । अरुलाई छै बन्द हद्ताल गर्‍यो भनेर बिरोध गर्ने, आफु छै अमेरिकामा गएर पनि आफ्नै राष्ट्र प्रमुख्को बिरोध गर्ने । तेसमा पनि एउटा प्रजान्त्रिक ब्यबस्थालाई अगालेर राजनीति गरेको ब्यक्तिको बिरोध गर्दा तिनै विद्यार्थीहरुले एउटा कट्टरपन्थी प्रचन्डको फुलमालाले स्वागत गर्ने ? किन ? बुद्धी कती गयो तेतिखेर ?

    तेसैले माधव नेपाल,तिमिलाई देशका प्रजान्त्रिक पार्टिहरुका मात्र समर्थन छ । गैर प्रजातान्त्रिक पार्टिका ब्यक्तिहरुले बिरोध गर्दैमा केही लछारपाटो लाग्दैन । हात्ती लम्कदै गर्छ, कुकुर पछाडिबाट भुक्दै गर्छ । काला कागहरु कराउदै गर्छन्, पीना सुक्दै गर्छ । आफ्नै पार्तिभित्रका कागहरुले कुनै लछार्पाटो लगाउन सक्दैनन । बाहिर कुकुर कराउदै गर्दा भित्रको काम रोकिदैन । आफ्नो कर्तब्यबाट बिचलित नहुनु । तेही नै मुख्य सुत्र हो । बिरोधका लेख जती नै पाखे भएपनी अनी जती नै लामो भएपनी तिनको बुद्धी पनि उती नै छोटो हुन्छ भन्ने सबैले बुझेका हुन । जो आज बाहुन्बाद र जातिबादको कुरा गर्छ, उसले आफ्नै बादलाई छै कत्तिको योगदान पुर्याएको छ त्यो ब्यक्ती आँफैले नै सोच्ने कुरा हो । तर कुरा छर्लङ छ कि तेसले आफ्नु जात र परम्परालाई पालना पनि गरेको हुँदैन । केबल टाढाबाट अरुलाई यसो गर , उसो गर भनेर उपदेश मात्र दिने हो । जातबादको कुरा गर्नेले जात के हो र परम्परा के हो भन्ने कुराको गुदी बुझेको नै छैन । तेसले कुनै अध्ययन नै गरेको हुँदैन । तेस्ता ब्यक्तिलाई उपदेश दिएर आफ्नु समय खेर फाल्नु पनि हुँदैन । टाउका धेरै हुँदैमा बुद्दिमान कहलाउदैन , एउटै शिर भएका राम दश टाउके रावण मार्न सफल भएका सबैलाई थाहा छ । बुद्ध एउटाले नै आजको संसारमा एक छुट्टै धर्मको बिस्तार गर्न सफल भएका हुन ।
    आज नियम र परम्परालाई पालन गर्ने हिम्मत नभएकाहरु नै जातबाद र परम्पराको ठाडै बिरोध गर्ने भएका छन । भाईचाराको मालामा जातले केही नराम्रो गर्दैन । परम्परा धेरै भएकाले नै नेपाल सुन्दर भएको हो । खोइ कुरा भुझेको ? भुजेकोले पनि जनता भड्काउने निर्लज्ज काम गरेका छन । झन अलिकती के पढे लेखेका थिए, के बिकसित देशमा गएका थिए, तिनै भुइमा न भाडामा भएका छन । बोलिको ठेगान छैन । जस्तो बेलामा पनि बिरोध गर्न तम्सिएका छन । तेस्ताले ऐना हेर्नु राम्ररी !!!!

    जय देश

  14. मलाई कुमार जिको लेख्ने सैली मन पर्यो तर बाहुन र ब्राम्हणवाद भनेर माकुने लै जोडेको मलाई मन परेन. बाहुनले केहि गर्न दिएन भन्नु भन्दा बाहुनहरुले जस्तै मेहनत गरेर नेत्रितो तह मा पुग्न अरु जातिले पनि जोड दिने होकी.

  15. मेरो संसार को स्तर यो लेखले आकलने भए मलाई दुख लागेको छ | मेरो संसारका शुभ चिन्तकहरु येस्ता लेखले निरन्तर प्रश्रय पाउने हो भने बिच्किये भने आश्चर्य मान्नु नपर्ला !!

  16. लामा जी को त दिमाग लाई त मनै पर्छ;
    वहा ले वर्तमान संबिधान सभा को संरचना प्रति तेती ध्यान न दियको जस्तो लाग्यो/ यस सभा बाट २ वा २ भन्दा बढी पार्टी नमिली सरकारनै बन्दैन | अब रह्यो वहा ले उठायका केहि कुरा :
    -फडिन्द्र तिमिल्सिना को हत्यारा प्रचण्ड कमरेड को सरकार मा पनि थिया
    -प्रचण्ड ले सुद लाई एक दिन मा ३/३ पटक भेटेकै हुन्| इंडिया संग को लसपस त १२ बर्षे भारत बसी बाट थाहा हुन्छ | त्यो पनि प्रचण्ड कमरेड ले बाबुराम कमरेड लाई लगायको आरोप बाटै थाहा हुन्छ |
    -माकुने ले त सबै को अगाडी दाम राखेका थिया तर तेती बेला नै राजा संग भित्रि रुपमा कार्यगत एकता थियो रे प्रचण्ड कमरेड को लेख बाट थाहा हुन्छ कम्तिमा मा माकुनेले त उज्जालो मा नै अझ ने टी भी कै अगाडी दाम राखे | तर प्रचण्ड ले त अँध्यारो मा राजा संग कार्यगतएकता | हुन पनि होनी बाबुराम कमरेड ले प्रचण्डलाई दरवारिया भनेको धेरै भा छैन |
    – २ /२ वटा ठाउँ बाट हार्ने लाई आफ्नो सरकार को आयु लम्बौना रास्ट्रपति र संबिधान सभा को सदस्य मा प्रस्ताब गर्ने व्यक्ति पहिले अनैतिक हुन्छ | यदि माकुने लाई संबिधान सभा मा जानु नै थियो भने हार्ने बितिकै जान्थे होला| प्रचण्ड ले रोइ कराई प्रभु हजुर बिना संबिधान नै न बने भो भने अनि काला माओबादी (माओबादी मा पनि स्तरीय मान्छे हरु छन् काला माओबादी भन्नाले चैते अपराधिक गतिबिधि मनपराउने र मुढे बलमा विश्वास गर्ने ) हरु हरुवा भन्दै सतोसराप गर्ने| हारेको सबै लाई थाहा छ साथै कसको कुन स्वार्थ को लागि सबैलाई थाहा छ \ अब स्वार्थ न मिले पछि त अन्ने घटनाक्रम सुरु भा को हो नि -प्रधान मन्त्रि असंबैधानिक रे? जुन शभा बाट सोहि प्रक्रिया बाट प्रचण्ड चुनिदा संबैधानिक माकुने चुनिदा असम्बैधानी? कस्तो दोहोरे नीति |हो रास्ट्रपति को कदम के हो त्यो विवाद होला तर माकुने त २२ वटा पार्टी ले समर्थनबाट पी एम भयका हुन् \
    -अब मन्त्रि को को भय भने कुरा रहेन किन कि आफु प्रधानमन्त्री हुन प्रचण्ड माकुने कति लचक हुन्छन हामी सबै लाई थाहा छ| चाहे बबन लाई पनि मन्त्रि बनाउनु परोस |
    जे होस् लामा जी र संग्रौला दाई को दिमाग त मिल्दा जुल्दानै छन् लामा अन्ने ब्रामंड बाद बारे त मेरो तपाईं लाई समर्थन एसो ब्रामंड बाद लाई हान्दा प्रचण्ड ,किरण ,बाबुराम र गजुरेल बाहुन हरु लाई पनि छुनुस अनि त तपाई को लेख को प्रसंसक बढने छ हौ |

  17. लेखन सैली स्तरीय छ. बिषय बस्तु धेरै नै मिल्दोजुल्दो छ , तर यो घोच्पेच्लाई बाहुन्बाद्को संज्ञा नदियर अरु नै भनेको भए अति नै राम्रो हुन्थ्यो | किनकि जन्मजात नै ब्राह्मण भैतोबलेकाहरुले पचाउन सजिलो छैन, पाचाक्को धेरै कमि छ | रोग के हो पत्ता लगायकै हो, नामाकरण गलत भयो, कुमार जी |

  18. कुमार जी,

    तपाई को उत्तर लाइ पुन प्रस्न्र?
    >>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
    राम तो सापकोटाजी, चौध प्रतिशत (लगभग) ले ९० प्रतिशत (लगभग) नेपालको सरकारी जागीर र नीति-निर्माणको ठाउँ ओगटेका छन्। छयासी प्रतिशत (लगभग) जनतामाथि योभन्दा ठूलो के रेसिजम हुन सक्छ, यो २१औं शताब्दीको कथित ग्लोबलाइजेशनको जमानामा?

    >>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
    उत्तर

    यो के कारण ले हो/ औनूहोस पदनुस रा जागीर रा निति निर्माण तीर लागनुस, तपाई लाइ कसले छेकेको छ जागीर खाना/ /८६% प्रतिशत को कुरा गर्दा तै ली नेता बन्ना कसले रोक्र्को छ त बहुमत ८६% छ/ आफु आउन नसक्ने अरुको रिश गरेर भएन/.जागीर खान पढ्नु पर्छ अनि मात्र जागीर मिल्छा/ मागेर जागीर पैदेना/लोक सेवा ले जागीर बाहून भैरा दिदैना/ अहिले राइ प्रमुख छन/

  19. Kumarji and all janajati Mitra haru,

    90% of busisness is by Newar and Madwari. Is that Newardad?If you want to do a business, just do it DO NOT ask Newar to give it.

    similarly, more Bahun Chhetri are in Jagir as they always go for education? This group do not go for Business, Lahure etc. Send your children to education and get a job? Job can be available by begging or reservation? Do not fear for a competion with Bahun Chhetries. No one is brillient by birth ,it is a education that makes you compete for job.

  20. यो कुमार लामा भन्ने मान्छे अरुलाई होच्याएर मात्रै बोल्ने अनि लेख्ने छुद्र स्वोभावको मान्छे लाग्यो | कलमको बलमा सब्दसंग खेल्न जानेको छु भन्दैमा अरुको मानमर्दन गरेर ठुलो भईन्छ भन्ने अहंकारले यो मान्छेको येस्ता खाले कम्मेंट्सहरु पहिले पनि पढेकै हो | यो मान्छेले कहिले पनि कसैको वास्तविक सकारात्मक कुरा गरेको सुन्न पाएको छैन | अरुको बारेमा बिष बमन मात्रै गर्न जानेको येस्ता छुद्र स्वोभावक मान्छेलाई एकचोटी बिपस्वाना सिविरमा ध्यान गर्न जान मा सल्लाह दिन्छु, के थाहा यसको लेखकीय खुबीबाट पाठकहरुलाई केहि फाइदा हुन्थ्यो कि |
    ———————
    आर्जुनजी, मलाई न त एमालेहरूको जस्तो खुकुरी चलाउने बिचार/आँट छ न त ज्ञानेन्द्र, गिरिजा, माओवादी र पूर्व पञ्चहरूलाई जस्तो बन्दुक चलाउने बिचार/आँट छ। मैले चलाउन र खेलाउन जानेको त शब्द नै हो। यही शब्दको भरमा उनीहरूको नालीबेली केलाउने मेरो धर्म हो।

    अँ, तपाईं पहिला कलेज भ्याउनुस्, त्यसपछि राजनीति शास्त्र र इतिहासका केही ठेली पढ्नुस्। अनि तपाईंले भनेको शिविर, कफिसप वा माइसंसार, जता भए पनि छलफल गरौंला। हवस्त पछि भेट गरौंला! 😉

    उही कुमार लामा

  21. यो बिसयमा मेरो बिचारमा छलफल हुनु जरुरि छ, किनकी यो येथार्थता हो, मित्रहरु यो घाउलाई कुहाएर क्यान्सर हुन नदिउँ.

  22. तपाई ले राम्रो कमेन्ट गर्नु भयो
    गौतम परिवार
    चिरन्जिबी, बिष्णु , वर्षा शैका र अनु गौतम

  23. बाहुनबाद देखि जब सम्मा नेपाल मुक्ता हुदैनन तब सम्मा नेपालको बिकास हुनु असम्भाब नै छन,
    अहिले केपी अोली पनि जनजातीको बिरोधमा बोल्दै छन र हामी जनजातीलाइ मावाबादीले जगाँएका मसान हो भनि सकेका छन यो नै कम्निस्टको शब्द हो ? यो पनि बाहुनबादको संज्ञा हो त्यो मसानले के गर्नु सकिन्छन त्यो अबको समयले नै बताउने छ।

  24. कुमार दाई
    नमस्कार ।
    तपाईंको लेख्न कला राम्रो छ भने, यसलाई मान्नै पर्छ। तर व्यंग्यको उदेश्य के हो ? म जस्तो पटमुर्खलाई अलिक बुझ्ने गरी ब्यांग्य लेखदा कसो होला? ब्यांग्य पनि अलिक शालिन हुनुपर्छ नी हउ । होइन भने नाप-जांच,तौल तरिका नभए नी, कमसेकम हाँसो त हुनुपर्छ नी। जाड खाएर तिर्मिरिए आँखा जस्तो, ठाम्यौ नै गाह्रो। दाजु यसरी नसाहरु नबाडनु होला, सबैजना अंमली होलन् ।

  25. कुमार लामा जि,
    कुनै जातिको विरोद गर्ने तपाईंको अधिकार हो किनकी तपाईंले भने झै: नेपालमा जसले जेसुकै तर्क, बितर्क, कुतर्क गर्नेदेखि झुटैझुट् बोल्नेसम्मको वाकस्वतन्त्रतामात्रै होइन बक्बक् गर्ने स्वतन्त्रता पनि छ।
    तर यो लेखको उद्देश्य ब्राम्हणवादको ब्यङ्य जस्तो लागेकोले मेरो दिमागमा केही प्रश्नहरु उठे। के हो त ब्राम्हणवाद? मैले बुझ्नै सकिन!
    आफ्ना सन्तान, नातेदार र चिन्जानका मान्छेहरुको राम्रो होस् भन्ने भावनालाई ब्राम्हणवाद भन्न सक्छौ? तर त्यस्तो भावना त सबै जातीमा हुन्छ, त्यो त मानववाद हो।
    अब कुरा आउछ अर्काको खुट्टा तानेर आफ्नो राम्रो गर्न खोज्ने प्रब्रितीको! के तपाईंले त्यस्लाई ब्राम्हणवाद भन्नु भएको हो? त्यो प्रब्रिती पनि जाती विशेस नभएर ब्यक्ती विशेस हुन्छ। Survival Of the Fittest त सुन्नु नै भएको होला, मानब ईतिहासमा आफ्नो ज्यान बचाउन अर्को मान्छेको ज्यान लिनु पर्ने परिस्थिती पनि थियो। तर अहिलेको संसारमा अझै पनि गरीब देश्हरुमा यस्तो देख्न पाईन्छ। के गरीबवादलाई ब्राम्हणवाद भन्नु भएको हो? कि ति ब्यक्ती विशेस जो मिडियामा आएर पनि त्यस्तो प्रब्रिती देखाउछन, त्यस्लाई ब्राम्हणवाद भन्नु भएको हो?
    कसरी छुट्याउने को को मा ब्राम्हणवाद छ भनेर? कि सबै बाहुनमा नै ब्राम्हणवाद हुन्छ? कि तपाईंको कुरा चित्त नबुझाउनेहरुमा ब्राम्हणवाद हुन्छ?

    खुशीजी, यसरी नझोंक्किनुस् न भन्या!
    बरू कूल भएर मेरो लेख एकलल्ट फेरि पढ्नुस्। अनि माथि मैले लेखेका केही जवाफहरू पनि। तपाईंका सवालका जवाफ पहिल्यै हाजिर छन्। आफूले आफैँलाई उल्लु बनाउने के कमेण्ट गरिरा’ तपाईंले पनि? 😉

    उही कुमार लामा

  26. Excellent writing……..one of the best article ever published in Mysansar………..thanx man ……….keep on moving……….. u just rock…….

  27. कुमारजी
    थोरे कुरा साचो रहे पनि धेरै कुरा पुर्बागही र अनाबस्यक छन \ असल र खराब पक्ष्य हरेकमाँ रहन्छ \असलले खराबलाइ जित्न सके मात्र देश र जनताको हित बन्न जान्छ \ भनी रहन नपर्ला कुनै पनि लेखको उदेश्य के हो भन्ने कुरा अनि तपाईको उद्येस्य पनि ! कुनै पनि बाद आफैमा खराब हुदैनन \यदि नेतृत्व असल भए देश र जनताले सुख पाउछ्न\ नेपालका हाल सम्मका कुनै पनि नेतृत्व सही रुपमा देश र जनताको पक्ष्यमाँ देखिएका छैनन \ आज सम्म धेरै पल्ट जनआन्दोलन संपन्न भए तर देश र जनता चुस्ने किरा कुनै पनि जनआन्दोलनले मास्न सकेन,चुस्ने र चुसिने स्थितिको अन्त्य कुनै पनि बिचार र नेतृत्वले समाप्त पार्न सकेन \ मुख्य कुरा नै यही हो \भन्न लाइ सबै भन्छन हामी कारबाही गर्छौ तर ब्याबहारमा कहिले लागू भएन \ जहा सम्म जात र संघियताको कुरा छ \ अक्षितित जनता बिच अधिकार र राहत ठीक ढंगले जान सक्दैन \ अधिकारको नाममा तराई,पूर्बीनेपाल,पक्षिम नेपाल अनि उपत्यकामाँ रहेका बहुमत जाती भाषा वाला जनताको चाहाना र ब्याबहारले साचो रुपमा नेपाल र नेपालीको हित गरिरहेछ या गर्नेछ भन्ने कुरा येना झै छलंग छ \ समाजबाद आफैले देश र जनता बनाउदैन \सही नेतृत्वले बनाउछ\ अमेरिका समाजबादी राष्ट्र होइन तर अमेरिकी राज्यले जनताको पक्ष्यमाँ गरिरहेको कार्य कुनै समाजबादी राष्ट्र भन्दा कम छैन\ देश,जनता,पार्टी,नेता,समाज कानून अंतर्गत चल्नु पर्छ देश त्यहि बाट माथी उठ्छ \ हाल हामी सबैले महसूस गरिरहेका छौकी शक्ति भए पछि कुनै कानून र बिधि मान्नु पर्दैन \यो नै देश अधोगति तीर जाने आधार हो अनि कसरी सही सरकार,नेतृव र समाज बन्छ \ आफ्नो भने पछि सबै राम्रो अरु भने पछि सबै खराब देख्ने हाम्रा सोचाइ,ब्यबहार देश बिग्रनमा कारक छैनन र ?

  28. सत्य सधै तितो हुन्छ भन्ने ध्रुब सत्य सिद्धान्त लाइ आज एक पटक चिन्तन मनन गर्न मन लग्यो .
    लामाजीका प्रत्येक सब्द सत्य छन् तर के ति तिता छन् त ? येत्ति मिठो बेङग्य, अथार्थको यत्ति मिठो बर्णनआज सम्म जिन्दगि मा पढ्न पाइएको थियन . कुमार जी तपाई लाइ यो आर्टिक्ल को लागि धरै धरै धन्यवाद, तपाईं को सिर्जनसिल मस्तिस्क लाइ सम्पूर्ण स्वाभिमानी नेपाली (दासहरु र दसनुदासहरु बाहेक ) को सलाम.

    गणेश प्रसाद ढकाल
    बर्लिन जर्मनी

  29. Kumar jee

    I am of the view that this article is better than your previous CARTOONS. I guess this article is produce of utter frustation in you. I would like to call you a bhramin, you know why? Gita says that those whoever are educated and are able to impart education are bhramins. And you have admitted this in your article as well (Surya Gurung as a Bhramin, though I do not). So if I go for the definition then I must say that Nepal is being governed by SUDRAS not the BHRAMINS. I guess you got my indication.

    I see that you enjoy a lot by stabbing a knife on the dead monarchy. May be its because you still believe that defaming the monarchy would make you popular among the commentators. I would like to suggest you to analyze the condition of Nepal THEN and NOW without being biased to any particular “ISM” and then write your view.

    You know why monarchy was uprooted from Nepal and who played the pivotal role? You know right. Why there is strong demand for federalism and the sound of autonomy is more vibrant from South-east region of our country?

    Think once again Kumar jee. Okay, I will give you a chain of incidents and I would like to have your answer, because I see all incidents differently.

    1. Disapproval of proposal intended to distribute citizenship to Terains (around 3500000)by king Birendra which was submitted by then cabinet.

    2. Royal massacre followed shortly after King Birendra’s poopular China visit.

    3. Massacre was intended to make former king Gyanendra unpopular, so massacre was so well planned that the culprits left alive his (Gyanendra’s) family only. (Got it??)

    4. Gyanendra’s reign though not welcomed but was seriously kept under observation.

    5. Puppets of the designer started filling minds of the nepalese to make them believe what they wanted.

    6. Gyanendra became very unpopular especially among uneducated mass.

    7. Gyanendra’s step towards China and his China card during SAARC hurt the DESIGNER so much.

    8. Amid the rising unpopularity of Gyanendra, the designer called all its puppets and united them showing carrot to each puppet.

    9. Monarchy uprooted. Citizenship distributed.

    10. Proportional voting system was demanded, allowed and Madesh baadi dal are now in a position to imbalance any government.

    11. Designer got success in implanting YADAV and JHA duo as Nepal’s first Presidents.

    12. Rest of the things from fedaralism to SIKKIMIZATION and chanting of SOOD MAHATMYA we are seeing and we will see more in coming days.

    Would you please answer who the designer is?

  30. यथार्थ, तितो सत्य, र गल्ती महशुस गर्न गाह्रो हुन्छ; झन स्वीकारना त साह्रै गाह्रो हुन्छ !

  31. “प्रचण्ड र बाबुराम जस्ता ब्राम्हणवाद विरोधी बाहुनहरूलाई पूरै ठेगान लगाएरै छाड्ने योजना हामी बनाउँदै छौं। डिफेन्स आर्मीका मैनाली र पाँडेलाई जनताको आँखामा छारो हाल्नलाई मात्र थुनेका हौं। थुप्रै मैनाली र पाँडेहरू असनका साँढे जस्तै खुलम्खुल्ला छाडेको जानकारी गराउन चाहन्छु।”

    The above quote denotes that you are pro-Mao supporter. Your definition of brahmanism can lead me Mr.Prachanda for his power craze, lavish life style nepotism &favoritism.

    Sorry mate, I disagree with your view and even do not feel to read entire portion of your work.

  32. Yo talako line chahin MALE goruharule ghoknai parne rahe chha! 🙂

    म ब्यांकको खजाञ्चीबाट कसरी सीधै राजनीतिमा घूसेँ? वास्तवमा म राजनीतिमा प्रवेश गरेको होइन, घुसेकै हुँ अथवा घुसाइएको हुँ। तत्कालीन भूमिगत नेकपा माले (हाल एमाले) भित्र के-के हुँदो रहेछ, सूचना ल्याउनु भनेर महेन्द्र र वीरेन्द्रका दाहिने हात दामोदरशम्शेर बाबुसाप्‍ले मलाई मालेभित्र घुसारेका थिए।

  33. Nepal’s reality is reflected by below lines
    वास्तविकता त के हो भने माओवादीले सत्ता कब्जा गरेर समाजवाद ल्याउला भनेर पूँजीवादीहरू नडराए हुन्छ, बरू माओवादी अर्को एमाले बन्ला भनेर समाजवादीहरू डराए हुन्छ। अहिले नेपालको राजनीतिक चक्र यसरी चलिरहेको छ, लडिजाफसादले माइलाविक्रमको ठाउँ लिइसकेका छन्, मैले लडिजाफसादको ठाउँ लिएको छु, भने प्रचण्डकमल चाहिँ मेरो ठाउँमा आइपुग्नलाई सडक नाप्दैछन्।

  34. लामाले लामाको समर्थन गर्‍यो,दुधको साछी बिरालो भयो भनेर भन्नेहरु स्याउं स्याउँती निस्कन्छन नै ! कुमारजीले बाहुनलाई बिरोध नगरी ब्राह्माणवादको, आफुलाई उच्च जात भन्नेहरुको, अरु जातलाई लठेब्रो ठान्नेहरुको, मै खाउँ मै लाउँ अरु सबै मरुन् भन्नेहरुको, अरुलाई भुसुना ठान्नेहरुको बिरोध गर्नु भएको छ। सुर्य कुमार गुरुङ्ग त्यही ब्रह्माणवादभित्र पर्छ भनी सकेपछि कुरो छर्लङ्ग भएन र ? कुमारजी? यस किसिमको सन्देश दिइरहनु होला। तपाईं धेरै दिन बेपत्ता हुनुभयो।

    शशांक लामा
    न्युयोर्क

  35. किना होला माओबादी हरु लाइ आफु बाहेक अरु कोही मन नापरेको?
    किना प्रचंड नै प्रधान मंत्री हुने पर्ने?
    किना १५ हज्जार को रगत पिएको ब्वासो को भुडी अझै भरिनु पर्ने?
    कती खानु परेको तेस्लाई जनताको रगत?

    धन्न टाइसुट,रोलेक्स घडी, डेढ लाख को पलंग, २ करोड़ को गाडी, सयौ जाना कमारा कमारी को मालिक!
    जनता को रगत चुस्दै इंडिया लाइ दिदै ट्रक का ट्रक हतियार भित्र्याउदै नेपाली मार्दै गर्ने घ्याम्पे भुडी भएको छट्टु धूर्त बाहुन!

    किन यो उही कुमार लामा नामक हनुमान लाइ आफ्नो गुण गाण गाउन पठाउछ

  36. I dont know much about the facts but i enjoyed the humour.well written.being humourous(if not cheap n bias) is the best part in human.
    hope u r able to be humourous to every political party or leader in reasonable way including the party or leader u support.

  37. कुमारज्यु ले सही कुरा लेख्नु भयो म सहमत छु।

  38. लुनजी आज तपाईंले धेरै राम्रो कुरा गर्नु भयो । राजा फाले पछी के के न हुन्छ होला भनेको त नेता हरु ले त्यो भन्द खत्तम बनाए खोइ नेपाल आमा को कोख नै नराम्रो रैछ ऐले सम्मा सच्चा सन्तान जन्मौन सकिनन । एस्ता देश्द्रोही जन्मौनु भन्द त कोख्मै तुहाको भए राम्रो हुन्थियो ।

  39. Yo….. Makunelai yeti matrai??????? Kumar Sir plz keep it up! Makunele kalo jhanda ta pachai sakyo now time to give him black dog’s shit.Dear Makune’s fans better u respect bhusya kukur.He is bloody basturd Girija’s hali, Sood’s Sucker.

  40. माइन्ड फ्रस्टेड हुँदै छ धेरै नै नेपालीको नेपाल को राजनतिक च् ल देखेर ! मुलुकको प्रधान मन्त्री पत्रकार को नाममा कलन्क लाई बोकेर बिदेश भ्रमन मा जान्छन ! कसरी बिश्बास गर्ने यस्ता नेता हरु बाट नेपाल को हित होला भनेर !
    होइन भनेर बिरोध गर्न पनि नसकिने हो भनेर बाह ! बाह ! भन्दै समर्थन गर्न पनि जागर नलाग्ने पाठक परे म त कुमार जि ।
    भू पू राजालाई चै ओभर नै दिनु हुन्छ तपाईं !
    प्रचन्ड हरु ले दिनु पर्ने बेलामा दिन सकेनन शायद त्यो भित्र नेपाल हित को स्बार्थ थियो या के थियो माबोबादी नेताहरु नै जानुन ! ( जुन बेला माबोबादी ले सरकार ह्यान्डल गरेको थियो त्यो बेला किन प्रमाण सहित भू पू राजा र तिन्का ब्यक्तिलाई राम्रै सँग जेल मै किन थुन्न सकेनन ! गल्ती बलियो प्रमाण सहित देखाउन सके त जनता ले साथ दिने नै थिए नि , माबोबादिलाई के को डर थियो र ! जब जनता जनार्दन नै साथ मा भए पछी ! , )
    राजनीति यस्तै रहेछ घ्रीना को खेल !
    कम्तिमा उन्ले भारत सँग झुकेर आफ्नो गद्दी त जोगाएनन !
    लोन्डुप दोर्जे बन्न चाहेको भए अझै पनि उनी राजा नै हुने थिए । मुलुकको स्बाधिनता को लागि उन्ले त्यसो गरेनन ।
    अब अन्य गल्ती को कुरा आफ्नै ठाउँ मा छ त्यो गल्तिको अगाडि तिन्को त्याग ( त्याग नै भन्दा हुन्छ ) को उचाइ माथि नै छ ।
    ( दरबार हत्या कान्ड को कुरामा चाँही ग्रान्ड डिजाइन छ भनेर गिरिजा ले नै भन्नु भएको हुनाले भू पू राजा एक्लै त्यो ग्रान्ड डिजाइन गरेको पुषटी हुने कुरा भएन , सिधै भन्नु पर्दा त्यो भारत निर्देशान् मा हो , अब यो कुरामा पनि प्रमाण भेट्टाउन सकेको छैन तर घाम जत्तिकै छरलङ्ग भने छ —– )
    कती खेदो गर्ने भू पू राजालाई ! जती हामीलाई माया छ नेपाल को त्यती तिन्लाई पनि छ ।

  41. timile sidhai prachanda ramro bhane hunchha ni kumar bhai yeti samay kina makune lai ghumai phirai gali garer khera phaleko?

  42. कुमार
    जी भनेर आदर पनि किन गर्ने यसरि बाहुन लाइ भुडी फुटून्जेल गाली गरे पछि, साची सानो बाल्य काल मा साथी हरु संग गीत गएर खेलेको

    लामा झ्यामा गुम्बा मा
    टाउको फुट्यो ढुंगामा भनेर खेलिन्थ्यो

    साँची तिम्रो article मा यसरि गाली गरेको देख्दा तिम्रो अगाडी भए यसरि नै बाल्य काल को गीत गाएर उफ्रिन्थिये होला


    sumanu जी, म कुनै जाति बिरोधी होइन, न त यो लेख नै त्यस्तो छ। उक्त लेख पूरा पढ्नु भयो कि आधा, पूरा पढेर पनि आधामात्रै बुझ्नुभयो कि? मेरो आशय बुझेको भए शायद तपाईंको अभिव्यक्तिमा परिवर्तन आउने थियो। यो अंश फेरि पढ्नुस्- ” केकेकेले अफ्रिकी मूलका मान्छेलाई मात्र हान्थ्यो, हाम्रो ब्राम्हणवादले त अरूलाईमात्र होइन, ब्राम्हणवादको बिरोध गर्ने बाहुनहरूलाई समेत डाँडो कटाइदिन्छ।”

    ब्राम्हणवाद (brahmanism) र ब्राम्हण (बाहुन) जात एकै कुरा होइनन् भनेर म कुन उदाहरण र शब्दले सम्झाउँ? सबैभन्दा सजिलोगरी यसरी बुझ्न सकिन्छ- ताप्लेजुङ्‍मा हलो जोत्ने एउटा गरीब बाहुन ब्राम्हणवादी होइनन्, तर त्यहीँबाट चुनाव जितेर आई काठमाडौंमा बसेर खाइसिने/लाइसिने भाषा बोल्दै आफ्नै मतदातालाई पाखे देख्ने सूर्यमान गुरुङहरू बाहुन नभएर पनि ब्राम्हणवादी हुन्। यो गुरुङको व्यक्तिगत आलोचना होइन, नेपालमा व्याप्त आम ब्राम्हणवादी चरित्र हो।

    अब रह्यो- नीति-निर्माण र सरकारी सेवामा समावेशिको कुरा। जब संख्याको हिसाबले १४ प्रतिशतमा रहेका बाहुनहरूले देशको सबै नीति निमर्माण तहमा हैकम जमाएका छन् भने त्यसको बिरोध हुनु त स्वभाविकै हो। उनीहरू पढेका छन्, त्यसैले त्यसो भयो भन्नु कुतर्क हो। कता गयो- जनआन्दोलन- २ को नारा समावेशी लोकतन्त्र? के अब पनि राणा र पञ्चायतकालमा जस्तै जनतालाई झुक्याउने?

    कमेण्टहरू वस्तुगत भएको राम्रो (व्यक्तिगत होइन)!
    -उही कुमार लामा

  43. यस व्यंग्यबाट मर्माहत भई माइसंसारलाई गाली गरेर समय खेर फाल्नु भन्दा व्यंग्यकारलाई सीधै गाली गर्ने भए सम्पर्कः- [email protected]]
    कुमार जी लाइ,
    आलोचना सबैको सामु सुन्ने हिम्मत अओस, बड़ा दशैको येही सुभकामना !!

  44. होइन यो ब्यङ्ग ले क भन्न कोजेको हो ? थाहै भएन्,

  45. यो पनि कोई ब्यंग हो र ? ब्यंगको नाममा कलंक !

    ब्यंग त पंचायतको पालामा राजालाई गरिथ्यो (मह जोडिले जस्तो) ! सामाजिक बिसंगति लाइ भैरब अर्याल ले जस्तो ! किनकी साधारण जनता राजाको बिरोध गर्ने हैसियात राख्दैनथे, सामाजिक बिसंगति को बारेमा बोलना सक्दैनथे !! अहिले सात समुन्द्र पारी जादा पनि कालो झंडा को सामना गर्नुपरेको निरीह माकुने को पनि के ब्यंग ?

    कुमार जी, यो पदच्युत-ज्ञाने निरीह माकुने आदिको आदिको ब्यंगको नाममा कलंक गरेर मरेको बाघको जुंगा तान्न भन्दा, जन सेना बाट सुरक्षित, ३० हजार नेपाली युबालाई घर को न घाट को बनाउने हरुको सांचो ब्यंग गर्ने की ? एउटा सुझाब हो, अन्याथा नालिनु होला !!

  46. तपाइको को लेखन सैली सारैनै राम्रो छ तर मा अब राजनीतिमा कमेन्ट गर्न चाहन्न किनकि , यसले हामीलाई र हामी माथि पिडा नै पिडा दियको छ , चाहे घरमा जादा बाटोमा होस् , चाहे ओफिसियल काममा होस् ,मलाई त यो देश क कर्मचारी ,नेता ,ब्यापारी सबै सक्तिबादी र काला सर्प हुन् , नेपाली जनता सहनबादी हुन्, यस्तै यस्तै छन् हिमालयको देसमा , जसले देसको लागि गर्न खोज्छ ,उसको यहाँ पासो लगाइन्छ, +++++++++++++++++++++ यो इतिहास समय मा बदलियोस मेरो कामना छ .
    नबिन बन्जाडे
    कपिलबस्तु ,
    हाल बेलायत

  47. hello lama ji,,,,lama ko bahun bannu vayya ko rhichha,,balla jana jati haru agdi badeka chhan,,tapae ta chatur lama hunu hudo rhaichha,,,,badar lae mandir hai lama ji

  48. वाहियात, काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तो…………………… राष्ट्रप्रमुख जस्तो गरिमामय पदमा बसेको मान्छे मन नपर्न सक्छ तर यसरी तल्लोस्तरमा झरेर गाली गरिएको लेख पढेर हामी पाठकले के सिक्ने ? राष्ट्रियताको कुरा माथि अनावश्यक टिप्पणी भएको यस्तो लेखलाई पश्रय नदिए राम्रो होला ब्लगर जी ।
    —–
    पहिला नेपालको राष्ट्रप्रमुख को हुन्, त्यो त थाहा पाउनुस् साम्पाङ्जी! अनि त्यसपछि आगे छलफल गरौंला नि है!
    उही कुमार लामा

  49. कुमार लामा जि बाहुन को बिरोध गर्नु वा सपोट त्यो तपाईं को कुरा हो तर तपाईं ले लेखेको कुरा कही पनि तर्क योग्य छैन खाली माधव वा मन्त्री को बिरोध मात्र हो भने मेरो केही भन्नु छैन नत्र नेपाल का सबै नेता लाई देश द्रोही र राज द्रोही को मुद्दा लागेकै छन कुन नेता को कुरा गर्ने खोजेको ?? जाती जनजाती दलित अगाडि बद्न पनि बाहुन हरुले बाटो बनाइदिनु पर्ने ??? आँफै केही गर्न नसक्ने हो भने परजिवी भाईहाल्यो नि >केही गर्न सक्ने लाई कसले छेकेको छ ?? बाहुन हरु पढेर केही जागिर वा राजनीति मा आउन भन्ने बाबु आमा को बिचार हुन्छ तर जनजाती हरु मलाया ,भारत तिर लाहुरे होस् भन्छन केही अपवाद बाहेक अझै पनि त्यो छ ।।नेवार थकाली हरु ले आफ्नो सन्तान ब्यापारएे होस् भन्ने चाहन्छ यस को मत्लाब नेवार थकाली राइ लिम्बु मगर गरुङ राजनीति मै छैनन भन्ने होइन ..
    जितेका नेता बाट जब केही हुँदैन हारेका नेता को पनि देश र जनता पर्ती केही उत्तर दाई हुन्छ
    माधव को लागि सपोट गर्ने २ वटा कारण छन .
    १। लामोसमय सम्मन सरकार बिहिन देश राख्न हुँदैनथ्यो सम्सद मा बहुमत पुरय मन्त्री भय .
    २। पर्चन्ड कम्रेड ले उपेन्द्र यादब लाई पर्धान मन्त्री बनाउन खोजेका थिय त्यो रास्ट घातिकदम पनि हुन सक्थ्यो ।। त्यो पनि रोक्नु पर्ने थियो

    राजा सँग साठ गाठ सबै ले गरेकै थिय नि तपाईं लाई थाहा छ नै नत्र अर्को कमेन्ट मा सबै बताउलानी ल..
    धन्यवाद
    राम चन्द्र ज्ञवाली

Comments are closed.