राजनीतिक दलहरूको न्वारान

उही कुमार लामा, ११ असोज २०६६

एक वर्ष अघि डा. बाबुराम भट्टराईले अमेरिकामा भनेका थिए, आवश्यक परे हामी आफ्नो दलको नाउँ फेर्न पनि तयार छौं। एकदम मनासिब कुरा! दलहरूको नाम त्यस्तो रुपमा फेरियोस्, जो उनीहरूको कामसँग विरोधाभाषी नहोस्। उनीहरूको नाउँले आफ्नो विगत र आगतलाई छर्लंग प्रतिबिम्बित गरोस्। आग्राको नाउँ, गाग्राको काम नहोस्। पुच्छरप्रिय कम्युनिष्ट पार्टीहरूको पुच्छरले समेत त्यस्तो विरोधाभास नल्याओस्। लोकतन्त्रमा पारदर्शिता र इमान्दारिता अत्यावश्यक छ। ठोकतन्त्र मान्ने हो भने कुरै अर्को, लोकतन्त्र मान्ने हो भने माओवादीले मात्र होइन, अरू पनि वाम र हाम दुबै पन्थीहरूले आफ्नो नाउँ फेर्नलाई तयार हुनु पर्छ। के-के हुनसक्लान् त दलहरूका सुहाउँदा नाउँरुपी टाउको र पुच्छर? आउनुस्, नेपालका राजनीतिक दलहरूको विगत र आगतलाई सत्यताको ठेकीमा हालेर घ्वार्रघुर्र पारौं।

संविधानसभाको मापनमा सबैभन्दा ठूलो दल एनेकपा माओवादीको नाउँ गणतन्त्र नेपाल कम्युनिष्ट पार्टी (गनेकपा) – बन्दुक सुहाउँछ। गोर्खे भरुवादेखि अमेरिकी एम-१६ सम्मका बन्दुकहरूको उस्ताद दलको नाउँ योभन्दा अर्को लायक हुनै सक्दैन। गनेकपाको माओवादी पुच्छर ढेँडुको जस्तै देखिन्छ, जसले न हतियार न लौरोको काम गरेको छ। सिपाहीँ, हवल्दार र वार्डअध्यक्षहरूलाई तारो हानेर अनि भ्रष्ट मन्त्री र सांसदहरूलाई फिटिक्कै नछोएर “महान जनयुद्ध” गरेको माओवादीको इतिहास जनताको मथिंगलमा अंकित छ। जनआन्दोलन-२ पछि सहमति र सहकार्यकको ललीपप चुस्दै ठकुरी माइलालाई नक्खुको सट्टा नागार्जुन सुटुक्क सार्ने गुपचुपे-भूमिका खेल्दै संविधानसभाको निर्वाचनमा दुई-दुई ठाउँबाट हारेको एकमात्र उम्मेद्वार माकुने सूदलाई संविधानसभासम्म घिसारेर ल्याउनेदेखि कानूनको आँखामा फौजदारी अभियुक्त गच्छेदारलाई मन्त्री पदले सिंगार्ने माओवादी शैली काम कुरा बायाँतिर, कुम्लो बोकी दक्षिणतिर देखिन्छ। माओवादी यसैगरी दक्षिणतर्फ घुम्ने रोगले ग्रस्त हुने हो भने संविधानसभामा लागेको बोसो फोक्सेमासमा परिणत हुन बेर छैन।

बि.सं. ०२८ सालमा माओवादीको खोल ओढी झापाका किसानहरूको ब्यक्तिहत्या गरेर राजनीति शुरु गरेको हालको नेकपा एमालेको इतिहास क्रान्तिकारी होइन, “फौजदारी” छ। उसले आफ्नो नाउँले सुझाए जस्तो एउटामात्र काम कहीँ, कतै, कुनै पनि कुइनेटोमा गरेको छ? दुनियाँका आँखाले त एमालेलाई खुकुरीवादी, शाहीवादी, भूँडीवादी, अवसरवादी, भारतवादी र अमेरिकावादीमात्र देखेका छन्। वास्तवमा एमालेको वर्तमान चाल-ढाल काम कुरा एकातिर, कुम्लो बोकी भारततिर भएको छ। यसैकारण ऊ सुकेनाश लागी राप्रपाको साइजमा खुम्चियो पनि। उपचार भनेको उसको नाउँ परिवर्तन हो। शाही नेपाल कम्युनिष्ट पार्टी (शानेकपा) – खुकुरी एमालेको नाउँ सर्बोत्तम छ। झापामा खुकुरी क्रान्तिको विगत, ठकुरी माइलालाई नारायणहिटि फर्काउने आगत, यही हो घ्वार्रघुर्र पार्दा निस्किएको एमालेको घिऊ। जनतालाई आफ्नो इतिहास र आगे एजेण्डा प्रष्ट्याएमा एमालेको सुकेनाश निको भएर या त ऊ मोटाउँछ या त प्रजापरिषद झैँ इतिहासको पानामा अंकित हुन्छ। आम जनताले सार्वभौम नागरिक बन्न कर गर्दा पनि आफू प्रजा नै भएर बस्न रुचाउनेहरू प्रजापरिषदको इतिहासको पानामा रहन पाउनु सौभाग्य नै हुन्छ। एमालेलाई बिगठन नै गरेर ब्राम्हण गुठीमा परिणत गरिदिए झनै सुहाउँछ।

बि.सं. ०७ सालमा मा राणाहरूलाई धपाउने उल्लेखनीय काम गरेको नेपाली कांग्रेसले पञ्चायतकालमा बिराटनगरबाट काठमाडौं उडेको एउटा हवाइजहाजलाई बिहारतिर उडाएर बिन लादेनको भूमिकातर्फ बटारिँदै ०४६ पछि पूरै राजनीतिलाई अपहरण गरी बन्धक बनाउने भूमिका खेलेको छ। बीपीले राजासँग आफ्नो घाँटी जोडिएको बताएका थिए, जीपी एकपल्ट झण्डै पञ्चायत छिरेका थिए। उनै जीपी ०६४ सालमा बडो गणतन्त्रवादी भएर निस्किए। तर गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बन्न नपाएको झोंकमा लोकतन्त्र भाँडतिर जा भन्दै ज्ञानेन्द्रको कट्टुवालको कट्टु सम्हाल्न थाले। यस्तो दलको नाउँ ठाडै ताक परे गणतन्त्र नपरे राजतन्त्र पार्टी राख्नु इमान्दारी हुन्छ। युरोपेली राजनीतिक दलहरूबाट प्रजातान्त्रिक समाजवाद सिद्धान्त सापटी लिए पनि नेकामा आन्तरिक लोक/प्रजातन्त्र कहिल्यै देखिएन। जसो-जसो लडिजा बाजे उसै-उसै स्वाहामा चलिरहेको छ कांग्रेस। समाजवाद कुन चराको नाउँ हो, कांग्रेसीजनलाई मालुम छैन। कतिपय कांग्रेसीहरू त कांग्रेसी समाजभित्रको आपसी विवादलाई नै समाजवाद भन्या हो कि भन्ठान्छन्। मास पार्टी भनिए पनि चालामाला घाँस जस्तै भएकोले कांग्रेसको नयाँ नाउँ घाँस पार्टी राख्दा पनि फरक पर्दैन।

भाषणमा भारतको बिरोध तर व्यवहारमा सधैँ उसको हीतमा ल्याप्चे धस्ने अनि महेन्द्रको १४ अञ्चललाई संघ मान्ने नारायणमान बिजुक्छे र संघीयताका एकमात्र बिरोधी चित्रबहादुर केसीले पार्टी एकता गरी आफ्नो नयाँ दलको नाउँ महेन्द्रमाला पार्टी राख्दा उनीहरूको नाम र काम ठ्याक्कै मिल्ने छ।

वीरेन्द्रका कर्मठ पञ्च याने घोडाहरूको दल राप्रपाको फुटाइ र जुटाइ यति गतिमान छ, अब त मतदातालाई तिनका दल, खेमा र नेताको नाउँ सम्झिनसमेत हम्मे भएको छ। बरू तिनका नेता सुहाउँदा नाउँहरू राखे जनतालाई रिंगटा लाग्ने थिएन। सूर्यबहादुर थापाको खोकुछिन्ताङ् पार्टी, पशुपतिशम्शेर जबराको पिष्कर पार्टी, लोकेन्द्रबशादुर चन्दको जदौ ख्वामित पार्टी र कमल थापाको दल बांगे पार्टी सबैभन्दा उपयुक्त नाउँ हुन सक्छन्।

राजनीतिक दल बन्नका लागि इतिहास र सिद्धान्त चाहिन्छ। तर गणतन्त्र नेपालमा भने भलले ल्याएको मल, वर्षामा उम्रिएको च्याउ, नेपालको शरीर खाने परजीवी र दिल्लीको भरमा बाँच्ने पराश्रयीहरूले समेत आफूलाई दल भनेर चिनाउन थालेका छन्। माओवादी उर्फ नेकपा – बन्दुकलाई मधेशबाट चारकोशेतिर धपाउन नेपाली कांग्रेस उर्फ घाँस पार्टी र दिल्लीको आँखा झिम्क्याइमा मधेशमा बगेको भलबाट फुत्फुत्ति निस्किएका मधेशी दलहरू नजुट्दै फुटिरहेका छन्। फुट्नुमा उनीहरू वीरेन्द्रका कर्मठ पञ्चहरूभन्दा पनि महसूर छन्। बैठक बस्दैपिछे आफूलाई गब्बर सिंहका रुपमा प्रस्तुत गर्छन्। डा. लक्ष्मीनारायण झा, रामराजाप्रसाद सिंह जस्ता नेपालप्रेमी मधेशी नेताहरूलाई पहाडीयाका दलाल मान्ने दिल्लीको छक्का/पञ्जा गोटीहरूको सुहाउँदो नाउँ मधेशी भल, बिहारी मल, लालुको आलु, च्याउ, जुम्रा, उपियाँ, छिछिमिरा जे-जे राखे पनि सुहाउँछ।

बिभिन्न दलहरूको भातृ, भगिनी, संगीनी संगठनहरूको पनि काम सुहाउँदो नाउँ राख्न आवश्यक छ। जस्तैः- यंग कम्युनिष्ट लिगको नयाँ नाउँ तन्नेरी भाटा संगठन, युथ फोर्सको ठोक-फोर्स, तरुण दलको गल्लावाल दल आदि।

राजतन्त्र सूलीमा चढेको ट्राउमामा परेर ठकुरी माइला भने बाह्रै काललाई तिहार भन्ठानी इण्टरनेटमा जुवा खेलेर बसेको सुनिन्छ। उनले बमलाई पनि तिहारको पटाका सम्झेका छन् कि क्या हो, काठमाडौंको व्यस्त सुन्धारादेखि मधेशका भीडभाडहरूमासम्म पड्काउन लगाइरहेका छन्। अहिलेसम्मका जस्ता लिखुरे होइन, जनताको असली सरकार आयो भने पड्काउने खेतालाहरूलाई होइन, पड्काउन लगाउने मालिकलाई नै ठेगान लगाउने निश्चित छ। त्यसैले ठकुरी माइलाले पनि बेलैमा भूमिगतबाट स्थलगत भई भटट पार्टी नामक राजनीतिक दल खोले बुद्धिमत्तापूर्ण हुन्छ। जनतालाई विश्वास दिलाउनका निम्ति भटटपर्वको कुरा, मूर्ति र सुर्ति व्यापारको कुरा, पम्फादेवी र आफ्नै नाउँको विदेशमा लुकाएको सम्पत्तिको कुरा आमजनतालाई गुरुकूल नाट्यशालाका दर्शक नठानी साबिती बयान दिनु आवश्यक छ। माइली भाउजू अलिक सोझी छिन् भन्ने सुनिन्छ। उनी सीता दाहाल प्रचण्डको र गायत्री नेपाल माकुनेको पछि-पछि लागेर अमेरिका गए जस्तो ठकुरी माल्दाइको पछि-पछि लागेर विदेश नजान सक्छिन्। अहा! राज्यकोषको पैसाले बुढी विदेश नघुमाउने नेता पाए नेपाली जनता खुशीले बुर्कुसी मार्थे होलान्? ठकुरी माइलाले यसो गरे राजनीतिक सफलता नमिल्ला भन्न सकिन्न। मनुज चौधरीहरूको जस्तो मौसुफ र बक्सियो जस्ता दासी शब्दाबलीहरूले भरिएको होइन, जिन्दगानीमा साँच्चै काम लाग्ने व्यवहारिक सुझावहरू मसँग प्रचूर छन्। चाहिएमा सम्पर्क गर्नु होला।

[यस व्यंग्यबाट मर्माहत भई माइसंसारलाई गाली गरेर समय खेर फाल्नु भन्दा व्यंग्यकारलाई सीधै गाली गर्ने भए सम्पर्कः- [email protected]]

69 Comments

  1. यी मेरो संसारमा लेखहरु पढ्नेको दिमागमा पनि आजकल भुसन भन्ने व्यक्तिको दिमागमा भुस भरिएको जस्तो छ. राम्रो लेख लेख्नेलाई के के भनेर नाना भाती गालिगरेको छ फेरी जे जे पायो त्यहि त्यहि लेख्नेलाई प्रोत्साहन दियको छ. लौ यहाँ लेख पढेर प्रतिक्रिया दिने मान्छे हरु पनि राजनीतिक पार्टीका नेता हरु ने विभिन्न नाम फेरेर प्रतिक्रिया दियको जस्तो लग्यो है मलाई त , नत्र त राम्रो को कदर गरेको खै त यस्तै भयको हो हाम्रो देश्क्लो बिकाश मा पनि साथी हो अरु नया नौलो केहि भयको होइन.

  2. ल ल कुमार थेबा,
    सत्ते सत्ते सबै सत्ते . राम्रो छ . खै मैले देको files को चाही उत्तर आएन .
    नबनाउने बुक कभर ?

  3. एकदम राम्रो लेख सार्है राम्रो लाग्यो तपाइको यो बेंगे. ब्यांगे भनेको येस्ती हुनु पर्छ किन कि तेसमा भेदभाव नहोस. तेही भएर मलाइ यो कुमार जी को अहिले सम्म को रामोर ब्यांगे येही नै हो जस्तो लाग्यो सहि र स्वछा छ.

  4. देशका कुनै पार्टी र नेताहरुप्रति बिश्वास छैन भने जानेकाले संविधानको खाका बनाएर सरकारलाई दिनुपर्यो / प्राविधिक शक्ति कति छन् बिदेशमा जो नेपाललाई खुलेर सहयोग गर्न सकुन !! तेतातीर ध्यान गएको देखिएन / गालि गर्नु पर्छ . त्यो कुरामा सन्देह छैन / यस्ता साहित्यले नेपाली भाषालाई अझ उच्च हुन र बिकसित हुन सहयोग हुन्छ / तर देशले अरु कुनै शक्ति चाहेको छ जुन शक्ति देश बन्नमा महत्वपुर्ण होस् / साहित्य पनि देशको अवश्यकता हो तर आजको प्राथमिकता होइन /

    अब कुरा रह्यो कमेन्टको / कमेन्ट कुनै व्यक्ति बिशेषको लागि होइन / समाजको लागि हो / जुन कुरा पाठकका लागि भनेर पेश गरिन्छ, त्यो लेखकको व्यक्तिगत भएर रहदैन / सार्बजनिक भैसकेपछी यो लेख मेरो/तेरो भन्ने अधिकार कुनै व्यक्तिमा हुदैन / तेसको मतलव के भने ‘माइ संसारमार्फत जनताको’ हुन्छा / तेसैले कमेन्ट पनि सार्वजनिक हुनु जरुरि छ / haamro लागि माइसंसार महत्वपूर्ण हो / व्यक्ति होइन / आफ्नु एडरेस दिनु गलत छ / यदि कमेन्टको अपेक्षा नगर्ने हो भने ब्लक गर्दा भै हाल्यो नि !!!

    जय देश

  5. “सिपाहीँ, हवल्दार र वार्डअध्यक्षहरूलाई तारो हानेर अनि भ्रष्ट मन्त्री र सांसदहरूलाई फिटिक्कै नछोएर “महान जनयुद्ध” गरेको माओवादीको इतिहास जनताको मथिंगलमा अंकित छ।”

    As Lama-Ji, speaks clearly, no one will deny that the victims on both sides in the past destructive civil war had been rural teachers, ordinary peasants, low-ranking policemen, and average villagers whose death did never provoke national and international sympathy or condemnation.

  6. माफ़ गर्नुहोला कुमार जी मलाई तपाईको लेख तेती सारो राम्रो लागेना मैले मेरो कही समाया बर्बाद गरे तपाई को लेख पढेर.

  7. कुमार जी

    सारै राम्रो लेख प्रस्तुत गर्नु भो

  8. कुमार जी तपाइको तिक्ष्णताको कदर गर्दछु, तपाइत लाइत आधुनिक भैरब अर्याल नै भन्न सुहाउने रहेछनि! अनि saanu जी को कुरा एकदम पक्काहो, किनकि सुजाता आन्टी पनि कम चालु छैनन्,जर्मनी माहीर ठिटोलाई छ्याप्प आफ्नो छत्र छायामा पारेर ऐले भोक भोकै रहनुभाहोला, धमला जी नि के कम, तेसैले त नि सुजाता आन्टी ले धमला लाइ जेल मुक्त गर्न लगाई “इन्डाइरेक्ट हनिमून” मनाउन ए मेरी का गाका त, त्यसो गरे कसैले कुरा काट्न नि नपाउने कसैलाई थाहानी नहुने, पशुपतिको जात्रा सिद्राको ब्यापार, यिनले त झ्याम्मै मनाएनी त, दशैको शुभ मुहुर्त पारेर, अब कल्लाइ के भन्नु? गर्नेले गरे हेर्ने तीनछक्क परे,

  9. perfect names for these so called parties , but sadly not a single one is left that means we dont have anyone to speak for ourself, i am really touched by the fact that u share the same feeling that i have, thank u kumar bro.

  10. Maoist love black flags. Since they received maximum vote during constituent assembly pole, let’s make black flag —— our national flag and that will be the true representation of our democratic republican of nepal.

  11. सबै कुरालाई नकाराकतम मात्रै नसोचौ न. हो दल हरुले राम्रो काम गरेका छैनन्, जन आन्दोलन को भाबना अनुरुप काम गरेका छैनन् तर तेसो भन्दै मा नकाराराक्तम मात्रै नसोचौ न . राम्रो’ काम क गरेका छन् त्यो पनि केलउन . मैले यहाँ म्य्संसर मा कमेन्ट गर्ने धेरै साथि हरु नकारात्कम मात्रै कमेन्ट गरेको भेटको छु .

  12. कुमार जी निकै व्याँङया गरेर सन्धर्भिक लेख्नु भएछन राम्रो लाग्यो,
    जुन तंपाइले न्वारन गरेको नाम छ नि कांग्रेसको त्यो अलि राम्रो लागेन र कांग्रेसलाइ गाइ पार्टी र एमाले लाइ घाँस पार्टी र अरू साना तिना पार्टीको नाम छिछेमिरे, चाच्इमुइ क ख ग घ ङ च छ ज राख्ने र फोरम र माधेश बादी दलको नाम विहार, दिल्ली, उतरप्रदेश राख्दा कसो होला भने मावाबादीलाइ जंगली पार्टी राख्ने । सबै नेपाली जनताको पार्टी चाँही गोठलो पार्टी राख्ने त्यस पछि यो पार्टी ले जीपि,केपी,पिपि,विग,बाभ,माकुने,रापो,पशु,सुथा,सुको,उया,राय, सबैलाइ घाँगरूको लाठीले टाँउको दिनु पर्छ जस्तो लाग्यो भनेको,

  13. राम्रो लेख ..
    कुमार जी लाई राम्रो लेख को लागि धन्यवाद ….

    दशैं को मंगल मया शुवा कामना ..

  14. वाह.वाह..वाह…कुमार लामा सर,
    दलहरु लाई ठेकीमा राखी घार्रघुर्र पारेर निकालेको धिउ सारै मिठो लाग्यो,मजाले खाएँ तर खाँदा खाँदै सिद्दीयो,धितै मेतेन, अली कमै निकाल्नु भयो जस्तो लाग्यो मलाई। केही छैन यती मिठो पार्ने हातहरु कहिल्य नपातिउन पार्दै गर्नुहोला र निस्केको घिउ “मेरो संसार” नामको चौतारीमा आएर सबैलाई बाँडनु होला…..
    बडा दशैंको शुभ कामना

  15. कुमार लामा जी | तपाइलाई जसले जे भने पनि तपाईमा बिकसित हुदै गएको ब्यङ्ग-क्षमताको म मुक्त कण्ठले प्रसंशा गर्दछु | तपाईको ब्यङ्गको गति यहि रहिरहे भैरव अर्यालको उचाईलाई छुन सक्छ | धन्यवाद |

  16. कुमार जी सारै राम्रो लेख. कसैलाई पनि छोड्नु भयनछ. फेरी कति सुहाउने नाम सारै सुहाउदो चै mawobadi lai. sachchikai yastai छन् हाम्रा पार्टी हरु.फेरी फेरी पनि यस्तै लेख हरु लेख्दै गर्नु होला.

  17. सबै नाम त मन पर्यो तर माओबादी को चै अलिक भयन जस्तो लग्यो किनकि भारत मा बसेर १२ बर्ष जनयुध संचालन गरेको, भारतीय भुमि मा सम्झौता गरि नेपाली प्रबेस गरेको, प्रधानमन्त्री हुनको लागि दिन को ३/४ पटक सम्म सुद लै भेट्ने माओबादी का नेता, भारतीय प्यारा नेता रामराजा लै रास्ट्रपति को उमेदबार बनाउने पार्टी, प्रचण्ड को भनाइ अनुसार बाबुराम भारत संग लसपस , राजा बिरेन्द्र संग कार्यगत एकता भयको पार्टी र बाबुराम ले प्रचण्ड लाई दरबारिया भने को ले , सुदको मान्छे लाई २/२ ठाउँ बाट हारे पनि सभा मा लगी समिति को नेत्रितो र रास्ट्रपति को लागि प्रस्ताप गर्ने, आदि आदि कुरा ले गर्दा माओबादी लाई नेपाली अबसरबादी पार्टी (भारतीय) नै राम्रो होला यो मेरो सुझाब मात्र हो | अन्यथा न लिनु होला|

  18. Very good political satire. I believe most unbais people who have experiened Nepal and those who are not blind follower will agree with you in most counts. Can any one make read all these valu butte, thugs, criminals, corrupts, rebelian, liars and mean creature of the society will ever realise how much they are hurting people of Nepal. Over the years we have seen too many of them and in Nepal occupying a positon in government has bee like a certificate given to do all sorts of immoral activities and abuse power and loot the national treasury.
    What is the right justice for this mob of criminals, people have to decide and give them proper justice.

  19. खुशी लाग्यो धीरै राम्रो छ का कुमार लामा जी .

  20. कतिपय कांग्रेसीहरू त कांग्रेसी समाजभित्रको आपसी विवादलाई नै समाजवाद भन्या हो कि भन्ठान्छन्। मास पार्टी भनिए पनि चालामाला घाँस जस्तै भएकोले कांग्रेसको नयाँ नाउँ घाँस पार्टी राख्दा पनि फरक पर्दैन।

  21. धन्यवाद व्यंग्यको लागि हाम्रो देशको सम्पूर्ण पार्टीहरुको विचारहरु नराम्रो छैन व्यक्ति व्यक्तिको विचारहरु नराम्रो भएको कारणले नै आज देशको स्थिति यस्तो भएको हो आफ्नो पार्टीको विचारधाराहरु जे जे छन् सबै तेसैमा लागेको भए केहि न केहि देशमा हुनेथियो तर भएको छैन..गाली गर्नु र काम गर्न पनि धेरै फरक पर्छ तालमेल नपाई सरकारमा गएको नेताहरुलाई देश चलाउन धेरै दुख पर्छा तेस्को खुट्टा तान्ने होइन सहयोगको खाचो छ तब मात्र देशको बिकाश हुन्छ

  22. सबै मा राम्रो र नराम्रो भन्ने गुण हुन्छ , यो लेखमा सबै नराम्रो मात्र देखाइएको छ एस्तो भन्दा सम दुरी राखेर लेख्ने प्रयास गर्नुस लेखक महोदय तेस्ले तपाई को लेखकीय ऊचाई लाई बढाउला ……..निखिल

  23. रमाइलो लागो !!! जब सम्म यी पुराना, बुदा २ खुट्टे पशु राजनेताहरु लाई तुदीखेल मा राखेर गोलि ठोक्नु पर्छ आनी चै बन्थेओ की नया नेपाल !!!

    जय देस !! जय नेपाल !!!

  24. अनि नेमकिपा को नाम किन फेर्नु पर्यो के नेमकिपाले पनि प्रभु हरुको देसमा गएर बर बुँधे सम्जौता गरेको थियोर?

  25. ek chhuttai prasanga:

    Rishi Dhamala ra Sujata ko Laspas chha bhanne khub halla chha bazzar ma. Kasai-lai tha chha ki. Aafno ta chiyo-charcho garne bani. Pakka kura tha napauna jel samma khanai pachena.

  26. कुरा त ठिकै हो, तर पनि हामीले जे नै गरे पनि यहाँ हुने वाला केहि छैन,चाहे जत्तिनै ब्यङ्ग गरेपनि जे नै गरे पनि,खाने खाका खै छन्,विदेश घुम्ने घुमेका घुमाई छन्,हात्ती आयो हात्ती आयो फुस्सा भनेको जस्तो छ,सबै देशका नेता ,मन्त्रि,कार्यकर्ता कहिले काही प्लेन दुर्घटनामा पर्छन,तर हाम्रा देशका नेता,मन्त्रि हरुलाई चाही किन केहि पनि नभयको होला? हाम्री बिदे३श्कि मंत्रिनी भै खायाकी सुजाता होकी कुजता हो चाही उहा अमेरिका मा गएर पनि बारमा रक्सि पिउन पाइन भनेर त्यहाका नेपाली कार्यकर्तालाई गाली गर्ने भयाकी रे,कस्तो लाज नलागेको त्यस्ता लाइ त खुरुक्क घोक्रे ठ्याक लगायर मा भय देखिन समुन्द्रमा लगेर गोहीलाई आहारा बनायर हास्दै घर फर्कन्थे,हाम्रो देशका जनताले तिरेको कर र विदेशले नेपालको बिकाशको लागि दियको रकम मा मोज मस्ती गर्न पायर पल्केका यी जुकाले गर्दा हामी सम्पूर्ण नेपालीले सिर झुकयारा हिड्नु पर्ने भयो ,सबैलाई काल औछा तर यिनीहरुलाई लाने काल पनि कता गयाछा? तिमीहरुलाई लिन छिटै काल आओस अनि सम्पूर्ण नेपालीले सुख पौछां,

  27. के राम्रो छ भन्या प्रदेसी, मैले त केहि बुझिन| यो कुमार लामा भन्ने पनि सेकेन्ड प्रचण्ड जस्तो र छ याने नेपाली जनतालाई मुर्खानै सम्झने रैछ, जे पस्केपानी हुने, खिचडी पकाउने पाले जस्तो लग्यो मलाई|

    ज्ञानेन्द्रले त नेपालका महान महान नेताहरुलाई ल तिमीहरु नै गरि खाओ बनेर छोडेको त निकै भैसक्यो तर, देस बिकासको नौमा माखोपनी मरेका छैनन्| फेरी यो कुमार लामा भन्या चै बन्द बुद्धि भएको अन्ध भक्त रहेछ|

    ल ल ठिक छ कुमार लामा, एस्तै एस्तै खिचडी पस्कदै जानु, ओके?

    छुटेछ: गालिगर्नु भनेर अद्द्रेस छोडेको रैछ, त्यो ब्येक्तिगत इमेल मा के गाली लेख्नु, मलाई त सार्बजनिक मी संसार नै मन पर्छ!

  28. धेरै राम्रो लेख लेख्न्लु भएको छ , यस्तै राम्रा र मिठा रचनाहरु लेख्दै गर्नुस ल ? हामी पनि तपाई को लेख सुनेर आनन्द लिन पाइयोस |

  29. बहुत सुहाउने नाम राख्नु भएछ . नेमकिपा को नया पार्टी को नाम ठ्याक्कै मिल्छ महेन्द्र माला पार्टी ( रोयल कम्युनिस्ट ) /
    हुनत सबैको छानी छानी नाम राख्नु भएछ . ति नाम हरु अबस्यनै प्रख्यात हुने छन् . जस्तै काजु कान्छा/ हाहाहा \

  30. येस्मा तपाई लाइ गालि गर्ने ठाउँ नै छैन. राम्रो छ.

  31. गाली गर्न सजिलो छ तर तपाइले चाँही के गर्नु भयो देश को लागि?

  32. आज बल्ल कुमार लामाको घैटो माँ घाम लागेछा की क्या हो ????
    “संविधानसभाको मापनमा सबैभन्दा ठूलो दल एनेकपा माओवादीको नाउँ गणतन्त्र नेपाल कम्युनिष्ट पार्टी (गनेकपा) – बन्दुक सुहाउँछ। गोर्खे भरुवादेखि अमेरिकी एम-१६ सम्मका बन्दुकहरूको उस्ताद दलको नाउँ योभन्दा अर्को लायक हुनै सक्दैन। गनेकपाको माओवादी पुच्छर ढेँडुको जस्तै देखिन्छ, जसले न हतियार न लौरोको काम गरेको छ। सिपाहीँ, हवल्दार र वार्डअध्यक्षहरूलाई तारो हानेर अनि भ्रष्ट मन्त्री र सांसदहरूलाई फिटिक्कै नछोएर “महान जनयुद्ध” गरेको माओवादीको इतिहास जनताको मथिंगलमा अंकित छ। जनआन्दोलन-२ पछि सहमति र सहकार्यकको ललीपप चुस्दै ठकुरी माइलालाई नक्खुको सट्टा नागार्जुन सुटुक्क सार्ने गुपचुपे-भूमिका खेल्दै संविधानसभाको निर्वाचनमा दुई-दुई ठाउँबाट हारेको एकमात्र उम्मेद्वा र माकुने सूदलाई संविधानसभासम्म घिसारेर ल्याउनेदेखि कानूनको आँखामा फौजदारी अभियुक्त गच्छेदारलाई मन्त्री पदले सिंगार्ने माओवादी शैली काम कुरा बायाँतिर, कुम्लो बोकी दक्षिणतिर देखिन्छ। माओवादी यसैगरी दक्षिणतर्फ घुम्ने रोगले ग्रस्त हुने हो भने संविधानसभामा लागेको बोसो फोक्सेमासमा परिणत हुन बेर छैन।”
    I wish Happy Dashain to all my friends! May this festival bring prosperity and peace to our country
    ——-

    माधवजी,

    तपाईंको चाहिँ अझै एकतर्फमात्रै घाम लागेको र बाँकी पूरै अँध्यारो देखिन्छ। लेखको बाँकी अंश पढ्नु भएन कि क्या हो? कि डर लाग्यो? 🙂

    जबसम्म दुनियाँलाई एउटै भाँडोमा राखेर हेर्नसक्ने खुबी नागरिकहरूमा विकास हुन्न तबसम्म दलहरूले जनतालाई एक वा अर्को तरिकाले झुक्याइरहन सक्छन्। यही त हो हाम्रो बिडम्बना!

    उही कुमार लामा

  33. समग्रमा सबै पाटिलाइ सुहाउने यौटै नाम चोर पाटी

  34. किन गाली नि , कुमार लामा लई त राम्रो लेख को लागि धन्यवाद दिनु पर्छ.
    सुन्दर

Comments are closed.