न्युयोर्कमा हुटिङ भएपछि 'टाप कसे' प्रधानमन्त्री

विजय पौडेल/न्युयोर्क

यता जाँदा पनि कालो झण्डा, उता जाँदा पनि कालो झण्डा देखाएकाले सार्‍है चित्त दुखाएर भाषण गरेर अमेरिकातिर हान्निनुभएका प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकामा पनि सुख पाएनन्। न्युयोर्कमा भएको एउटा कार्यक्रममा सहभागीहरुले व्यापक हुटिङ गरेपछि प्रधानमन्त्री लुसुक्क टाप कस्न बाध्य भए। प्रमलाई सुरक्षाकर्मीले बाहिर निकाल्न भ्याउँदा नभ्याउँदै कार्यक्रम स्थल पूरै सिठीको साइँसुइँ र डाङडुङ आवाजले भरियो। यस्तो अवस्थामा परराष्ट्रमन्त्री सुजाता कोइरालालाई गाडीसम्म पुग्नै हम्मेहम्मे पर्‍यो।यो पूर्व नियोजित कालो झण्डा देखाउने कार्यक्रम थिएन। प्रम निर्धारित समयभन्दा ढिला आएकाले आफूहरुले कुनै प्रश्न सोध्न नपाउने भएपछि त्यसरी जात्रा देखाएका थिए न्युयोर्कवासी नेपाली सहभागीले।

होहल्ला भएपछि मञ्चबाट टाप कस्दै प्रधानमन्त्रीज्यु। सरकारप्रमुख जस्तो व्यक्तिलाई यस्तो बेइज्जतिपूर्ण व्यवहारको लागि दोषी को ?


हरेक वर्ष न्युयोर्कस्थित म्यानहाटनमा रहेको संयुक्त राष्ट्रसंघको वार्षिक साधारण सभाको मेला भर्न विश्वभरका राष्ट्र वा सरकारप्रमुखहरु आउने गर्छन्। वर्ष दिन जसो सरकार परिवर्तन हुने नेपालबाट धेरै प्रधानमन्त्रीले यसमा भाग लिइसके। पोहोर मात्रै त हो माओवादी प्रधानमन्त्री प्रचण्डको टोलीले आफ्ना कम्प्युटर अपरेटर छोरासहित न्युयोर्कको भ्रमण गरेको! यसपालि माधव नेपालको टोलीले फौजदारी अभियोग फिर्ता लिएरै ऋषि धमलालाई साथ लगेको छ। पोहोर प्रचण्डको टोलीले मोटामोटी पौने दुई करोड सरकारी सम्पति सकाएको थियो। यसपालिको खर्च विवरण आउन बाँकी छ।

प्रम र परराष्ट्रमन्त्री सुजाता कोइराला नियमित कार्यक्रममा सहभागी भएर बचेको समय न्युयोर्कको नेपाली समुदायले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भइरहेका देखिन्छन्। टोलीमा सहभागी एमाले र काँग्रेस निकटका पत्रकारहरुसहित अन्य भने न्युयोर्कको यत्रतत्र एउटा ठूलो मिनिबस भाडामा लिएर घुमिरहेको दृश्य रोचक देखिन्छ।

अमेरिकामा रहेका नेपालीहरुले खोलेको नेपाली आदिवासी जनजाति महासंघले सेप्टेम्बर २५ को साँझ एउटा कार्यक्रम आयोजना गरेको थियो। अन्तर्क्रियाको विषय थियो नेपालमा सं‍घीयता र नयाँ संविधान। १२५ जना जति थिए सहभागी। समय छ बजे तोकिएको थियो। तर प्रधानमन्त्री आए सात बजे। राष्ट्रिय गान बजाएर कार्यक्रम सुरु भयो।

कार्यक्रमलाई ‘अन्तर्क्रिया’ भनेर प्रचार गरिएको कारण न्युयोर्कवासी नेपाली प्रश्नको ओइरो बोकेर फ्लोरमा बसेका थिए। तर विडम्वना, स्वागत भाषणबाट सुरु भएको कार्यक्रम वक्ताहरुको लामो पट्यारलाग्दो भाषणका कारण डेढ घण्टा समय खर्च भइसकेको थियो। १७ वटा आदिवासी जनजातिसँग सम्बन्धित संघसंस्थाहरु र अन्य १५ वटा संघसंस्थाहरुको संयुक्त आयोजनामा भएको कार्यक्रममा आयोजकका तर्फबाट वक्ताहरुको लामो सूचिका कारण मञ्चमा आसीन परराष्ट्रमन्त्री सुताजा कोइराला छटपटाइरहेकी थिइन्। प्रधानमन्त्रीको पनि धैर्यको बाँध फुट्ला जस्तो भएको महसूस गर्न सकिन्थ्यो। तर सर्वसाधारण भने पक्कै पनि अन्त्यमा प्रम र परराष्ट्रमन्त्रीलाई दुई चार वटा समसामयिक प्रश्न सोध्न पाउनेमा ढुक्क देखिन्थे।


अब दोषी हैनः ऋषि धमलाको शान

बीचबीचमा रातो सर्ट र कालो कोटमा सजिएका ऋषि धमला भने आफ्नो भिजिटिङ कार्ड बाँड्न व्यस्त देखिन्थे। तर उनले दिएको भिजिटिङ कार्ड लिउँ कि नलिउँ भन्दै अर्कोतिर मुन्टो बटारिरहेका नेपालीहरुको दृश्य झन् रोचक देखिन्थ्यो।

कार्यक्रम चलिरहेको थियो। परराष्ट्रमन्त्रीको वक्तव्य पनि सकिसकेको थियो। त्यसपछि पनि आयोजककै तर्फबाट फेरि अर्को भाषण बीचमा हालियो र ज्ञापनपत्र पूरै पढेर सुनाइयो। त्यसपछि प्रधानमन्त्रीले लिखित भाषणको पूर्ण पाठ वाचन टुंग्याए। वाचन सकिनासाथ कार्यक्रमका सभापतिको मन्तव्य नै नटुंगिकन प्रम बाहिरिन हतारिनु भयो। न्युयोर्कवासी नेपाली अर्जुन मैनालीले प्रधानमन्त्री राहत कोषलाई रु एक लाख चन्दास्वरुप हस्तान्तरण गरे। चन्दा हस्तान्तरण गर्दैगर्दा फ्लोरबाट ‘चन्दा हैन त्यो पैसा त प्रमलाई दशैँ खर्च हुने भो’ भन्दै व्यापक हुटिङ भो।

दुई घण्टादेखि धैर्यपूर्वक बसिरहेका नेपाली कार्यक्रमको अन्त्यमा प्रश्न राख्‍न पाउने आशामा थिए। तर अकस्मात् जब कार्यक्रमका सभापति कर्मा ग्याल्जेन शेर्पाले प्रधानमन्त्रीले भने जति समय नदिएर डिनर र भोज खान हतार गरेको कुरा सुनाए, फ्लोरबाट तत्काल प्रम र परराष्ट्रमन्त्रीविरुद्ध हुटिङ सुरु भयो। त्यसपछि त के छ र हलभित्र टेबल ठटाउन थालियो। वातावरण उत्तेजक भयो। पानीका बोतल समेत प्रहार भए। प्रमलाई सुरक्षाकर्मीले बाहिर निकाल्न भ्याउँदा नभ्याउँदै कार्यक्रम स्थल पूरै सिठीको साइँसुइँ र डाङडुङ आवाजले भरियो। यस्तो अवस्थामा परराष्ट्रमन्त्री सुजाता कोइरालालाई गाडीसम्म पुग्नै हम्मेहम्मे पर्‍यो। बिचरा अमेरिका घुम्न आएका नेपालका विशिष्ट ‘पाहुना’हरुले के सोचे होलान्।


मन्त्री सुजाता कोइराला भाग्दै।

भ्रमण दलका अन्य व्यक्तिहरु तीन छक्क परे। ऋषि धमला गाडी चढिसकेका परराष्ट्रमन्त्री सुजाता कोइरालासित गाडीको झ्यालबाट कानेखुसि गरिरहेका थिए। सहभागीहरु भने प्रम जवाफ दिन डराएर भागेको आरोप लगाउँदै थिए।

प्रधानमन्त्रीको के त्यस्तो महत्त्वपूर्ण काम थियो त केही समय बस्नै नभ्याउने भनी सोधखोज गरेको त त्यस्तो केही रहेनछ। कुटनैतिक भेट वा बैठक केही रहेनछ। नेपालका आफ्नै साथीभाइसँग डिनर खाने योजना मात्र रहेछ।

जे होस् संयुक्त राष्ट्रसङ्घको ६४औँ महासभालाई सम्बोधन गरेर उनी आजै स्वदेश फर्कने तयारी थाल्नेछन्।

नेपाली समयअनुसार राति पौने १० बजे उनले सम्बोधन गर्ने कार्यक्रम छ।

अमेरिकी समयअनुसार, आज राति ११३५ बजे कतार एयरको विमानबाट कतारको राजधानी दोहातर्फ र पर्सि बिहान साढे ८ बजे दशैँ मनाउनका लागि नेपाल पुग्नेछन्।


164 Comments

  1. यिनीहरुलाई नेपालनै छिर्न नदिए धेरै राम्रो हुन्थियो नेपाली जनाताहरुकोलागी

  2. हैन यिनी हरुको काम घुम्ने मात्र हो . सम्भिधन चाँही कहिले बनाउने हो ?

  3. बर्मा गय कर्मा संगै भने जस्तै भयो हाम्रा नेपाली दाजु भाई हरुको अमेरिकामा गरेको कर्मत । बिरोद त गर्नु पर्नेनै थियो तर अमेरिका जस्तो सभ्य मुलुक्मा पनि नेपाली पारा न देखौनु भयपनी हुनेहो अनी पूर्व योजन चै थियन भनियको रहेछ त्यसो भय त्यहा कसरी कालो झन्डा पुग्यो होला ? जे होस् बिरोद लाई खेप्नु पर्ने काम हरु हाम्रा राज्नेत हरुले पनि न गरुन धन्यवाद

  4. माकुने इन्डियन, कुजता gerमन को बुहारी इन्दिएं को पक्का छोरी किन टुकी दुकहुने नोपाली हरु हो सासन त बिदेशी ले गरेको छ भने नोपाली को किन भलो गर्ने. जत्ति aरु मेरो sitta पक्का छ जब सम्म बिदेशी को सम्मान गर्छा. नेपाली को सम्मान हुने भए पछी पो नेपाल को शासन दगमगौन्छा. मा माकुने विदेश पुत्र सोदेशी ले किनाषा गर्नु मम बाट मत बिदेशी को लागि बिदेशी ले शसna गर्न पठाएको. आब गर्लाश र मेरो बिरोध नयन सुरक्छ्या नियम अनुसार पर्लाश है नेपाली हरु जेल.
    जे….. खोकसको भन्ने भनाइ आएन
    जे विदेश’
    महुन नेपाल को माकुने विदेश को नगरिक९ हेर्नुश कहीं म्य्संसर मैन मिल्च्चा सबुद नभए इन्डियन पत्रक हरु khjojnush

  5. बस्ताब मा देस यौटा गम्भीर मोदेमा छ … नेताहरु को यो चलेल केहुनेहो थाहा छैन..प्ल्ज आज को bbc सुन्न नाभुल्नोस है….

  6. देस को प्रतिष्ठा …… सुन्दा पनि हासो उठने ………. न्यूयोर्क बासि नेपालीहरूले जे गर्नू भयो ठिक गर्नु भयो ……………

  7. सालिन तरिकाले बिरोद गर्नु राम्रो हुने थियो – बिकसित देश मा पुगे को विद्यार्थी ले बिरोद गर्ना तरिका पनि फरक हुनु जरुरि नै हुन६ जसबाट नेपालमा समेत उदाहरनिय हुन सक्थ्यो
    दोस्रो कुरा जस्जस ले हुटिंग गरे तिनी हरु ले नेपाल र नेपाली को लागि केके गरे भनेर आफै लेआफैलाई सोद्धा राम्रो हुने थियो
    आयोजकले गद्दारी गर्यो भन्दा फरक नपर्ला कार्यक्रम राखेर हुटिंग गर्नुभने को विश्वासघत गर्नु हो
    सबैन्दा राम्रो तरिका यी प्रतिनिधि मण्डल लाई कुनै नेपाली ले न भेट्ने , कुनै कार्यक्रम नै नराखे र बिरोद गर्न सकिन थ्यो
    लिखित बिरोद दिनसकिन्थ्यो
    खै सिछित तरिकाअपनायको ?
    म पनि यिनी हरु को समर्थक होइन पुरै स्वन्त्र हु तर पनि अमेरिका मा पढ्न गयका विद्यार्थी हरु लाई यो सुहौदैना नत्र यिनी नेता हरु र सिछित विद्यार्थी हरु म फरक नै के भयो र ?

  8. आकाश तिर फर्केर थुक्ने झुण्ड हरुले आफ्नो स्वभाभ देखाएर छोडे/येस्ता झुण्ड बाट देश को प्रतिष्ठा बढाउने कुरा को के आशा गर्नु?

  9. चुनाब जितेर प्रधानमन्त्री भएको भए पो जनता संग फेश गर्न सक्थे. आफ्नै छाया संग भाग्दै हिड्न परेको छ बिचारलाइ. जसरि भए पनि जुको जस्तो गरि प्रधानमन्त्री को कुर्सिमा तासिनु परेको छ. थुक्क तिम्रो जुका को जुनीलाई.

  10. यो के पार हो nepali को beijat भयो अमेरिका पुगेका gothale behora का nepali haru murdabad

  11. I guess………………………..this is a good example of bad time management. It’s a problem as we do not give importance to do things on time. If the organizer had gone through all the speech and done proper time allotment, the whole thing would have gone smoothly same with our PM and team

    We are all Nepali wherever we are. Please respect each other.

    Happy Vijaya Dashami 2066
    Arnav

  12. Amazing, i guess……………………….

    This is a good example of bad time management. It’s a problem as we do not give importance to do things on time. If the organizer had gone through all the speech and done proper time allotment, the whole thing would have gone smoothly same with our PM and team

    We are all Nepali wherever we are. Please respect each other.

    Happy Vijaya Dashami 2066
    Arnav

  13. Good to see the Nepalese presence on blog. No doubt, people have preference to someone than others; same applies PMs case as well.

    Whatever happended PM should have gotton the opportunity to express his views even though I don’t like his TARIKA!
    To the commentors: everybody think they got the right views and are best, which is just not possible. I wish we could be little more polite to each other and keep disagreeing! Anyway, keep going guys.

  14. हो यसरि हरुवा, भ्रस्टचार, देश द्रोही नेता हरु विदेश भ्रमंद गर्नु आउदा सबै नेपाली हरुले यसरि बिरोध गर्यो भने चोर नेता हरु यसरि मनपरी विदेश आएर देश को सम्पति त सकौदैना थिए होला

  15. जहाँ गएपनि आखिर, नेपाली खाते नै हुन् र खाते, कुकुर, बिरालो को जस्तो व्यवहार त देखैल हल्च्चन नि.

    खातेहरु

    अनि खैरेको गुलाम गर्यो बस्यो!

  16. माकुने सिड्नी आइज मात्र यहाँ त तेरो लागि जुत्ताको माला नै तयार छ याद होला ३ वर्ष अघि ग्रान्डविल्ल्को कार्यक्रमा मैले प्रश्न पनि सोधेको थिएँ.

  17. त्यों भुस्तिघ्रे स्वाठ, त्यों मकुने नेपाली नागरिक हरु को प्रतिनिधित्त्वो गरेर त्यहा गाको भये नागरिक हरुको प्रश्न को जवाफ दिनु पर्दैन ?
    तेसले के ठानेको छ आफुलाई ? कसैलाई जवाफ नै दिनु नपर्ने को हो त्यों ? आजको जमाना माँ कसैलाई जवाफ दिनु नपर्ने कुन चाही मान्छे छ हं ? यो हाम्रो समय हो र एस समय माँ सिर्फ पसु ले मात्र कसैलाई जवाफ दिनु पर्दैन | मकुने, कुजाता अब पसु नै भय त ? पसु नै भैसकेको भय त निक्कई सम्मान जनक ब्यबहार गर्नु भएछ न्यूयोर्क बासी नेपाली नागरिक हरु ले | मान्छे हो भने त्यसरी लुसुक्क भाग्नु हुन्छ धोका दियर ? छलफल गर्ने भन्ने आफ्नो कुरा मात्र भनेर भागने पसु ले यो भन्दा ज्यादा के हक़ राख्छ त ?

    यत्रो ठुलो बेइज्जती सहेर पनी कंत्री ( मंत्री त के भन्नु, धोती हरु ले भन्लान “अपना आदमी मंत्री हुवा है ” भनेर) बन्नू पर्ने , थुइक्क मान्छे को नीचता !!!!

    गणेश प्रसाद ढकाल
    बर्लिन जर्मनी

  18. होइन हो मित्र , नेपालको नेताहरु को लागि एती धेरै सहानुभूति नि नाराख्म के अमेरिकामा बस्ने नेपाली ले हाम्रा नेताको वास्तविक हैसियत देखैदियेका छन् वाह वाह तापैहरुलाई मेरो धन्यबाद . यी चोर नेताहरु र तिनका पिछलग्गु हरु लै कालो झण्डा होइन अब डण्डा दिनु पर्चा यहा कुई कार्यक्रम मा आउने दिनु हुन्न बहिस्कार गर्नु पर्चा तेसो गर्दा आरु हरु को चेत खुल्थ्यो कि?

  19. ओई सम्रत्जी ,
    तपैले अमेरिका मा बसेर के सान दिएको| क्यानाडा मा बस्ने सब नेपाली amercan visa reject होइनन| तपाई जस्तो लुकेर अमेरिका मा बस्नु भन्दा त क्यानाडा मा legally बस्नु इज्ज़त को कुरा होनि | तपाई हरु जस्तो लुकेर बस्ने नेपाली हरु को त refugee जति दर्जा पनि छैन| Student Visa wa H1B wa kunai ghatiya visa ma basera Permanent Resident ra citizen haru sanga dajinu suhaudaina….

  20. Good to know that we are effectively preserving our national past time, that is, dhunga hanne and hutting garne.. May be we should now announce New York banda…

    Keep it up dudes!

  21. आ जे पर्ला पर्ला, ती राष्ट्रका ढुकुटी सिध्याउदै मोज मस्ती गर्दै हिड्ने,सभा महासभा को बहानामा आफ्नो अरौटे भरौटे जम्मैलाई साथसाथै हिडाउने ती देश घाती लाइ बरु हुटिंग हैन सिधै शूटिंग गर्द्या भए लन ठै साफ हुन्थ्यो, आखेरी मा कु ने आओस कि चारकुने आओस गर्ने केहि हैन टी देशको सम्पति जनताको रगत पसिना मा मोज मस्ती गर्यो झुटो आस्वाशन बाड्यो,लुट्यो कुम्ल्यायो अनि भारि पुगेपछि आए आप गए झटारो भन्दै जे पे टी गर्ने हरुलाई नखेदेर नभगाएर के एउटा मजदुर गरेर झाडुपोचामारेर खानेलाई खेदाउनु त? त्यो त अति राम्रो भो, मा भाको भएत अझै सिधै झटारो हान्थे, हैन के नै गर्याछन के नै परिबर्तन गर्याछन भन्या खोइ? नाथे हरु लाइ जम्मैलाई कच्याककुचुक पार्दै डस्ट्बिन मा हालिदिनु पर्ने अझै, धेरै राम्रो गर्यौ अमेरिका निबाशी साथीहरुले, अझै कम भयो,

  22. हे पशुपतिनाथ नेपालीहरुलाई सत्बुद्धि देउ प्रभु.

  23. America ma basera Nepal premi dekhaune Nepali bhusiya kukur harule tyo bahek aru ke nai garna sakcha ra????? Makune ko thaun ma Prachand bhayako bhaya testo garne himmat kasle gariyala????? Ke Makune ko matra kura garchau, Makune ko din ta jana lagyo , Tihar pachi Prachanda le nataunki dekhaundai cha re tyo bichar gara. Sala tehi Prachanda le nasakera Makune lai chodidiyako hoina ra??? Yo kukur haru le 9/9 months chalayaar sabai neta haru le desh ko dhukuti matar udaundai cha ra janta haru lai tension dindaicha.

    Asti maile yehi blog ma padeko thiyan USA ma 100 bhanda badi nepali professor haru cha re aru desh ma kati hola aba desh lai ramro gati ma agadai badaune ho bhane tini haru aayaar desh chalaunu parcha natar sacha desh Bhakti Army aau desh chalau ramro gara , badha dina khojne haru lai goli hana.Yo congress,communist, f**king Prachnd le kehi garne wala chaina.

  24. DOG NEED GOOD TRANING,NEPALI BROTHER SISTER NEED GOOD EDUCATION.
    THEN WE CAN HAVE GOOD LEADER.
    LEADER COME FORM OUR COMMUNITY.NOT FROM SKY,
    AS YOU SEE YESTERDAY WHAT KIND OF LEADER WE HAVE.
    DINNER IS MORE INPORTEN THEN PEPOLE VOICE.
    WHAT GREAT NEPALI LEADER HA!!!!!!!!!!!!!!!!!!!!!

  25. कुरा जति नै घुमाए पनि, एस ब्लग वा अन्य प्रकाशित, भासिक विवाद, झन्डा विवाद मा साच्ची भन्नु पर्दा, एक तर्फ, जनजाती समुदाय, अर्को तर्फ खस समुदाय, को सध्भाव देखिन्छ, वास्तब मा यी दुइ समुदायनै, हुन् जो नेपालमा अहिले समस्या खडा गर्न खोज्ने, एउटा
    तिघ्रा ठटाएर, जे पनि हुन्छ भन्ने, अर्को समुदाय पुर्खादेखि खाइ पाई आएको छट्टु, धुर्त
    स्वभाब लाइ, निरन्तरता दिने,
    अनि, सबै जना, मेरो नेपाल, मेरो नेपाल, तेरो नेपाल ……………. मुनि,
    एक पाइला अघि सरेर हुन्छ कि, पछी सरेर नेपाल आमाको लागि सोच
    स्वार्थी कपुत समूह हो, अन्यथा तिमीहरुको सदबुद्धि आउन्जेल, नेपाल भन्ने देश थियो भन्ने कथा बनि सक्नेछ

  26. योई जनता हरु , त्यो माकुने र कोइराला पुत्री कहाको को हो र ? प्रधान मन्त्रि , पररास्ट्र मन्त्रि ? येत्रो को प्रधान मन्त्रि , पररास्ट्र मन्त्रि ! साला हरुवा हरु को जत्था लाइ ले गर्यो निउयोर्क बासि ले ठिक गरे , मुजी त्यो माकुने र कोइराला पुत्री यता आएको भए के के हुन्थ्यो !!!!

  27. हामी सबै नेपाली हरुलाई आफु ठुलो हुने आफुले सेवाढोग गर्न पाउनुपर्ने मनास्थितिथिको उपज हो . एकजना योग नाम का मित्र ले माइसंसारको बारेमा राम्रो कमेन्ट दिनु भएछ मलाई खुसि लग्यो उमेश जे एकपटक सोच्ने हो कि ? अलि सृजनात्मक बाट टाढा भागेर अनैतिक राजनीतिक, असोस्थ कमेन्ट को प्रतिस्पर्दा देखिरहेछु पर्देक दिन ….

  28. “बाह्र हात लामो कपाल पालेर टोलमा गुण्डाराज चलाउने मनुवाहरू चलचित्रका हिरो अरे! एक/दुईवटा विवाह छोडपत्रमा टुंग्याएर अर्को वरको खोजी गरिरहेकी नायिकालाई सेक्सको कुनै अनुभव छैन अरे!
    राजस्व ठगेर, भन्सार छलेर र बैंक डुबाएर अकुत सम्पत्ति बटुलेका एलसीकाण्डका महानायकहरू प्रसिद्ध उद्योगपति अरे! विचार, दृष्टिकोण र चौथो अंगको मर्यादा होइन, नेताका ढोका र दूतावासका झ्याल ढुकेर दक्षिणा थाप्ने अगस्ती अक्टोपसहरू वरिष्ट पत्रकार अरे। अझ उनीहरूको गुनासो राज्यले आफूलाई सम्मान गरेन रे! राज्यको काम भट्टीमा खाएको उधारो जाँड–पानीको बिल तिर्ने होइन। तर, उनीहरूकै बोली बिक्ने यो देशमा जाजरकोटका अभागी आत्माहरूले सिटामोल पाउँदैनन् राज्यले भने भट्टीको उधारो तिर्न बजेट छुट्याउँछ। …..
    … बिपी कोइरालाको आदर्शबाट चारतारे झन्डामुनि क्रान्तिमा होमिएर ज्यान गुमाएका राम–लक्ष्मणका सालिकमाथि जब सूर्यबहादुर थापा झन्डा ओढाउन आइपुग्छन्, त्यसपछि शिवप्रसाद कंगालहरूले पोटासियन साइनाइटको सिसी खोल्नुबाहेक अर्को विकल्प रहँदैन। साम्यवादको पाठशालामा दीक्षित भएर बन्दुक उठाउनेहरू अमेरिका र दिल्लीबाट गुड ब्बाईको प्रमाणपत्र पाउन परीक्षामा सामेल हुन्छन्। अनि माओका रेडबुक जलाउन लाज मान्दैनन् भने यमराजको बैठक–कक्षबाट पुष्पलालले जति हकारे पनि उनीहरूलाई दिल्ली दरबारको भुइँ सफा गर्ने कारिन्दाबाट माथि बढुवा गर्न सकिँदैन। ..मेचीदेखि महाकालीसम्मका विभिन्न स्थानमा सीमा अतिक्रमण हुँदा मन नदुखाउने सुजाता कोइरालाहरू जब राष्ट्रवादको प्रवक्तामा नियुक्ति हुन्छन् त्यतिवेला वीर भक्ति थापाको वीरताले आत्महत्या गर्नुबाहेक अर्को विकल्प रहँदैन। जब चर्खा आन्दोलनका तुलसीमेयर श्रेष्ठको प्रतीकात्मक आन्दोलनको शैलीमाथि बम र बारुदको रजाइँ चल्छ, त्यतिवेला जुलिया चाङका नेपाली अवतार शेरबहादुर देउवाहरूको बजार मूल्य नबढ्ने कुरै भएन।…” जनआस्था पत्रिका बाट केहिअन्श मात्र. |

  29. अमेरिका मा बसेर पनि हामी नेपाली हरु अमिरिकन जस्तो हुन सकेनछौ!!! बेदम्बन्ना मान्नु पर्छ यो नेपाल मा बस्ने नेपानीले!!!! अमिरिकन को अगाडी राम्रो छाप पर्न सके पनि आफ्नै नेपाली संग बेजितिनु पर्ने कस्तो बैराग !!!!!!!
    धेक्कर अमरिकन भनौदा नेपालीहरु !! बेदेस मा बसेर नाबद्लेका हरु!!!!!!!!!!!!!!

  30. ठिक गरे साथीहरुले कमसेकम माकुने जस्तो कुलान्गारलाइ तेस्थो ठाउमा पुराउने प्रचंडे पनि त कुर्कुर्नै होइन र साथी हरु बरु अब कुनै पनि पार्टीको पछि नलागेर सोसिअल वोर्क तिर लागौ सथिहो तेसै मा हाम्रो भलाई छ

    पोषनाथ शर्मा
    बेल्जियम

  31. What a shame from both sides!! I don’t approve the Nepali people doing such a thing to their PM in a foreign land. J bhaye pani hamro desh ko pradhaan mantri ho yar. Tyo makune ta lusukka hidchha tya bata. Nepali haru ko po beijjat hunchha ta?

    When will people understand to respect themselves? When will they understand that such behavior will only make us shameful?

    These people must have waited and asked why makune was late!! Instead of creating such a mess!

  32. इज्जत भय पो बेइज्जत हुन्थ्यो इज्जतै नाभायाको प्रधानमंत्री लई के को बेइज्जत ? हरुवा र भ्रस्ताचारी को नाइके प्रधानमंत्री लई के को बेइज्जत तयेसी ले ता यो प्रधान मंत्री को मंत्रिमंडल माँ हरुवा र भ्रस्तारी सुत्केरी को ओखाती खाने येस्तै येस्तै मात्र सदस्य छन

  33. यो त्रिकल्दारसी लाई त रेबीज लग्यो जस्तो छ ,कुकुर हो कि बादर हो यो,यो त मान्छे नै होइन रहेछ बा !एसले टोकला है साथीहरु!होसियार !!!!!!

  34. साथीहरु
    माकने किन ताप कसेयको राइछ त ? मदन बज्रचार्य जी को कमेन्ट एक पटक तपाईं हरु को फुतेको आँखा ले राम्ररी पढनुस् न हो !

  35. माकुने को त मैले ऐले कुनै दोष देख्दिन येसरी उनलाई हुटिंग गरेर बोतल हान्नु पर्ने
    तर धमला र सुजाता लाई हो भने त मलाई भन्नु के हि छैन

  36. As one of the participants, I clearly see this as organizer’s incompetency in time management and unprofessionalism. There is also a false statement in the article…PM did not leave because of hooting which in fact began right after PM left while the organizer thought PM rushed out to avoid upcoming questions from the participants.
    The program did not begin on time. The organizer requested PM to arrive late even if the program was called for 5:30 pm to begin. There were too many speakers and unorganized lengthy and boring speeches. Almost similar repetitive messages were delivered from all the speakers. I was there to listen what PM had to say and analyze his expected answer to mine and other Nepali’s questions rather than organizers monotonous speeches.
    I could easily see that PM warned the organizers too many times about his time shortage and requested them to shorten their speeches so he could timely deliver his speech. When organizers did not respond his request, he walked to the podium himself to deliver the speech before his name was called. It appeared that everyone enjoyed PM’s speech. During the organizer’s speech, almost all speakers appreciated PM for his long devoted politics with no stain of corruption. When PM left, same speakers began shouting with bad mouth and invited everyone to join the ‘black flag’ riot planned against him on the following day.
    Personally, I wasn’t expecting any big thing coming out of these leaders in this program. God knows why PM and FM rushed out.. whether it was to avoid difficult questions related to “Dhamala”or join a big dinner party organized by UN, I believe that the organizers should have behaved properly to control the situation.
    This type of activity makes me feel that how shameful I am being a Nepali living in New York who invites a guest in my house to insult him. One thing I must ask people in Nepal not to comment cumulatively as “Unprofessional Nepalese organizations in New York” because not all organizations act and behave the same way.
    Anyway, it’s never too late to realize the mistake from the lessons learned. Lets not repeat it again.

  37. अनिल जी सर्बपर्थम २०६६ विजयदसमी को पवन अवसर मा मंगलमय शुभकामना !
    मलाई त तपाईंको कमेन्ट पढेर हास्न पो मन लाग्यो। तपाईं यहाँ यो मरुभुमी मा किन के र कस्का लागि आउनु भयो तो त मैले बुझन सकिन?पथ्बर्स्त महान banaudha नेता माकुने जस्ता नेता हरु ले हामी जस्ता गरीब का छोरा छोरी प्रती किन उत्तर दाए भयनन। सधैं खोक्रो वासण् गर्ने तपाईं का नेता हरु किन देश बिकास मा अग्रसर नभयको। देश मा झादापखला ले ३०० भन्दा बढी जनता को जान जादा पनि किन तपाईं को नेता हरु मौउन ?देश मा गरीब का chorachori शिक्षा ,सव्स्थ्य रोज्गारी ,आदी कुरा ले पीडित किन ?एस्ता नेता हरु को कारण ले की तपाईंको ?लाखौं नेपाली आमा का chorachori किन यो मरुभुमी मा भसिन पुगेका ?रहर की वाध्यता ? देश र जनता को लागि के के न गर्छु भन्ने प्रतिनिधि हरु ले के के गरेचन त ?अमेरिका मा बस्ने नेपाली को कुरै नगरनुस्स । रत्नपर्क बाट पनि एअस्ता माकुने हरु को बिरोध नभयको चै होइन नी । खाँदै गरेयको थालमा ता माकुने ,सुजाता ,देश्द्रोइ धमला हगेर खाए रछैन नी । तपाईं पनि तेस्कै पिछा त गर्नु भयको होइन??????
    अर्को साथी राम्चन्द्र जी तपाईं अफ्गानेस्तन मा तिनै कुकुर हरु को सेवा मा त होइन सम्रज्बदी हरुको भाडा मजदा एत्रो ठुलो गर्व ?वा वा वा वा

  38. कुकुर को पुछर बाह्र बर्ष दुन्ग्रा मा राखे पनि जस्ता को तेस्तै थुइक्क अमेरिकन नेपाली हरु तिमि हरु को दिमाग मा जर्ज बुश को कुकुरले सु गरे जस्तो छ / माकुने जस्तो सुकै भए पनि (भलै २ ठाउँ बाट चुनाब हरेको हरुवा भए पनि ) आफ्नो घर को झगडा दुनिया को अगाडी तमासा देखाउने बहादुर नेपाली थुइक्क/

  39. संसार को जुनसुकै कुनामा भएपनि आखिर नेपाली आफ्नो बानी कहिलेइ बिर्सदैन होइन र ?

  40. एसले के संदेश दिएको छ भने, नेपालमा केहि गर्न नसक्ने नेपाली लाफुन्गाहरु अमेरिका भाशियेकाहरुको स्वभाब को पुरा झल्को दिएको छ | नेपालीलाइनै लाज लाग्ने कुरा त्यो पनि न्यु योर्क बस्ने हिमालयन बाँदर हरुको बाँदरे प्रवृति…. हे कहिले सुध्रने हो तिमीहरु….. सुध्र हो सुध्र…

    माने,
    नोर्थ करोलिना
    युएसए

  41. जे जस्तो किसिम ले प्रधान मंत्री भए पनि सबै नेपाली ले इजेत गर्नु पर्चा अरु को देश मा तेशारी रस्था पर्मखु को बिरोद गर्नु न राम्रो हो बिदेशी को माज मा नेपाली को बैजत हो एस्तो कम गर्दा अक चोटी नेपाल र नेपाली जनता को इजत लि हेर्नु पर्चा अमेरिकन साथी हो

  42. होइन यो प्रचन्ड लाई प्रधन्मन्त्री बाट कस्ले हो निकलेको? मैले त आँफै रजिनामा दिएको जस्तो लागेको थियो। एदी उन्ले भनेको जस्तै बिदेसिको भूमिका थियो भने किन त नेपाली जनता लाई खुल्ला रुपमा भन्न नसकेको ? त्यो सूदले केही भनेको भये तेस्लाई देश निकलेर नेपाल लाई बिदेसी बाट बचाउनु पर्थ्यो न की घुडा टेक्ने? तेसो गरेको भये आज मकुन जस्तो मान्छे प्रधानमन्त्री हुदैन थियो। सम्पुर्न जनतले सथ दिन्थ्यो तर आज भुस्या कुकुर को लेवेल म पुगेर भुक्ने बहेक केही गर्न सकेको छैन मात्र जनतालाइ बन्ढ तोड्भोद आदी को दु:ख हेर्नु परेको छ।

  43. नेपालि हरुले बिरोध गरे पनि शिष्टताका साथ गर्नु पर्थ्यो

  44. We are just looking on one part of the story…PM is not there in US to attend such private programs but he is there for different reason…he has time limitations and now if you people were interested to hear from him and interact then why did you put so many speakers…what were they lecturing there…you have invited PM and not the leader of any political party…you should give him the respect as he is carrying the dignity of Nepal….

    If you wanted him to know about your programs you could have briefed him instead of giving lectures…I know whenever Nepali gets dias to speak they stick to it and wants to proof that rest of the world is foolish and only he is the one who can save the world…

    What kind of question do you want to ask..if you want to ask question then come here in Nepal and first face the problems and see what you can do and what leaders have been able to do…you guys have only questions and no any answers..

    Making up your minds just by reading the online news and interacting on whiskey table is not the nepal you perceive….

    I want to ask is there any relation between his loosing election and becoming PM..the constitution gave right to him to be PM and same constitution threw prachanda out of PM…If Prachanda thinks he is winner of the election then why did he had to leave PM……if he was threatened from outsiders then why don’t he come out openly and name them and give proof..if it was Mr. Sood then why did he leave PM post instead of protecting Nepal from such people..he should have thrown Sood out of Nepal and come out in mass and justify for throwing Sood so that there would have no parties going against him…We know barking dogs and Prachanda is not different from stray dogs who can just bark but can never protect the people’s interest….If he was really people’s leader then how could he bring person like MaKuNe to CA who was rejected by them….

    So guys come on grow up…

  45. बसेको होटलमा रक्सी पिउन नपाएपछि सुजता
    न्युयोर्क – नेपाली पोष्ट प्रतिनिधि
    प्रकाशनको मिति २६ सेप्टेम्बर २००९ ११:११ बजे | ० वटा प्रतिक्रिया

    “म नेपालकी परराष्ट्रमन्त्री हुं भन्ने तिमीहरुलाई थाहा छैन ? परराष्ट्रमन्त्री जस्तो व्यक्तिलाई “बार” नै नभएको होटलमा बस्ने व्यवस्था गर्ने तिमीहरुलाई मैले जानेको छु सालेहरु” (लेख्न नमिल्ने आमाचकारी) गाली गर्दै परराष्ट्रमन्त्री सुजता जोष्ट ।

    यो गाली अन्य कतै नभएर न्युयोर्कस्थित ह्यात होटल लवीमा आफ्ना नियोगका कर्मचारीहरुलाई २३ तारिख राती गिरिजापुत्री सुजताले आफूलाई बसेकै होटलमा रक्सी खाने “बार” नभएको ठाउंमा बस्ने व्यवस्था गरेकोमा नियोगमा रहेका नेपाली कर्मचारीहरुमाथि गाली गरेकी हुन् ।

    सोही दिन दिउंसो उनले अमेरिकी राष्ट्रपति ओबामासित तस्वीर खिचाएकी थिइन् । उनलाई सांझ परेपछि रक्सी चाहिने रहेछ हामीलाई के थाहा परराष्ट्रमन्त्रीलाई त्यसरी रक्सी बारमै बसेर खानुपर्छ भन्ने ? कि त नेपालबाट आउनुभन्दा पहिले नै हामीलाई त्यो जानकारी दिइएको भए त हामीले “बार” भएकै होटलमा बस्ने व्यवस्था गरिदिने थियौं नि त्यसको जानकारी नभएका कारणले नै हामीले परराष्ट्रमन्त्रीको तुच्छ शब्दका गाली खानुपरेको नियोगका एक कर्मचारीले नाम उल्लेख नगरिदिने सर्तमा नेपाली पोष्टलाई बताए ।

    साथमा आएका सुजताका भित्रिया राकेश हमाल र ऋषी धमलाले त्यो रात होटल लबीबाट बल्लबल्ल होटल कोठामा पुर्याएका थिए ।

    सुजताले आफू बसेकै होटलको “बार”मै बसेर रक्सी पिउन नपाएपछि होटल बाहिर कुनै “बार”मा भनेजति पिउन नपाई सुरक्षाका कारण राती छिट्टै होटलमा

  46. साथिहरु

    जन-आक्रोश उकासाउने बा उकासायिएको बाताबरण यो मिलीजुली जनमत तिरस्कार गर्ने समुहको सर्कारलेनै गरेको हो/ मुहार हेर्दैमा दिक्क दिक्क लागने गरि रनबीर सेनापति ऋषि धमाला पछाडी सूद-मति सुजाता अनि पछाउँदै गएका महाकाली-माधव जस्ता फोजदारी-अभियोग लागेका, जनताले हुत्यायियेकाहारू कहीं कतै एकै साथ देखिनु एस्ता घटना घत्न उकासाउने नै हुन्छ/

    ०१. के नेपाली जनताले तेत्रो आन्दोलन गरेको एस्ताको नेत्रित्वोमा देस धल्मालिएको हेर्न चाहेर गरेको थियोर?
    ०२. के एस्ता बिदेशी आतंककारी समुहको मतियारीको आरोप लागेको ब्याक्तिको लागी सर्बोच्च अदालत समेत लायी पंगु बनाएको हेर्न कसैले सहन सक्छ्र?
    ०३. प्रजातान्त्रको लागी त्याग तपस्या र बलिदान दिने पत्रकार्हरू सबैलाई पाखा फालेर ऋषि धमाला जस्तो लायी काखी च्यापेर सुजाताले भारतको औपचारिक भ्रमण गर्ने अनि माधव नेपालले तेसैलाई साथ लिएर अमेरिकामा आएर नेपालिहरुलाई जिस्काउन होच्याउन खोजेको हो?
    ०४. ऋषि धमाला माथि लागेको आरोप के निराधार थियो?
    ०५. ऋषि धमाला लायी माधव नेपाल अमेरिका आउने बेलामै मंत्री परिशादले येसरी अपराध मुक्त गरिनु पर्ने के कारण र कुन आधार थियो?
    ०६.के सूद-माधवको सरकारले ऋषि धमालालाई कुन आधारमा अपराध मुक्त गरे भनी जनतालाई जानकारी दिन समेत आबस्येक नथान्नुले यिनिहरूले फलाकिराहेको की यिनीहरुको सरकार जन-सर्बोच्च्ताको प्रतिनिधित्वों गर्छ भनेको झूठो हो भनी प्रमाणित गर्दैन र ?
    ०७. अस्ति दांगमा भारतले सिमा मिचेर नेपाली नारिहरू माथि बलात्कार गरेर नेपालिहरुलाई त्याहाँ बात लाखेटर पठाएको कुरा साँचो हो भनेर संसदिये अध्ययेन टोलीले समेत प्रमाणित गरेतापनी राती सूद भेतेर भोली पल्त भारतले तेस्तो कही गरेको छैन भन्ने त्यो सुजाता नेपालको छोरी हुन की भारतको बुहारी?
    ०८. अस्ति भर्खरै आफ्ना जागीर-दाताहरुलाई ढोग-भेट गर्न भारत गएका सूद-माधावले नेपालको कालापानी, सुस्ता, दांग र सयौं थाहुंमा भारतले सिमा मिचेको बारेमा किन एक सब्द बोलेनन?
    ०९. नेपाली जनताले भारतको थिचो मीचो चाहन्दैनन र भारतले नेपाल माथि येसरी दवाव राखेर नेपाल अस्मिता लाई हनन गर्न सकेको मात्र त्यों १९५०को रास्त्र घाटी संधिको कारनले हो भनेर बुझेरनै त्यों संधिको समर्थन गर्दै हामी भारत मुखी हौं भन्नेहरुको नेपाली कांग्रेस पार्टीलाई जनताले चुनावमा लात्याउँदै आएको थियो/ तव एमालेले उनिहरु त्यों १९५०को संधि को बिरोधी भन्दै जनतालाई फकाउँदै भोत बतुल्दै आएको हो/ मन मोहनको पालामा १९५०को संधि कमसे कम संसोधन हुनै पर्छ भनी आवाज उठाए/ तर माधव नेपालले १९५०को संधिको बारेमा केही बोलेनन किन? के एस संदर्वमा एमालेको भारत हेर्ने नितिने बदलियोकी मात्र सुद-माधवको?

    येसता धेरै प्रस्नहरुको उतर नदिएर भागनेहरुलाई जनताले बिरोध गरिनु अस्वोभाबिक थिएनन र बिरोध गर्ने क्रममा हाम्रो प्यारो नेपालको पानी बेयिज्जतित भये तर येसमा दोषी यिनै सूद-मति सूद-बादी माधवको ऋषि धमाला-मुखी सरकारने हो/

  47. आयोजक,नेता,सहभागी सबैको अमिलो ब्यबहार नै यो घटनाको कारण हो \ ठिक समयमा उपस्थित हुनु,छोटो र मिठो बक्तब्य गर्नु,धैर्य र सालिन ढंगले कुरा सुन्नु र राख्नु यी कुनै पनि पक्ष्य न त नेपालमा न त बिदेशमा हामि नेपालीले गर्न जानेका छौ \ किन चाहियो च्याउ जस्ता संगठन ? जात,धर्म,क्षेत्र अनि अनेक बिचारको द्वोंदले नेपाल बिग्रिएको होइन र ? किन चाहियो सयौ राजनैतिक पार्टी ? अनि अमेरिकामा हामि नेपाली भएर बाच्ने कि आदिबासी,जनजाती,राजाबादी,माओबादी,प्रजातन्त्रबादी वा अरु भएर बाच्ने ? नेपालमा त हामि आपस मै लडेर बिग्रेउ ! बिदेशमा त नेपाली मात्र भएर बाच्न सिकौ !
    आयोजक ले अनाबस्यक समय र कुरा किन राख्नु र लिनु पर्यो ? नेता भएर जनताको कुरा किन सुन्न नसकेको ? कुरा राख्न र सुन्न आएका सहभागी किन अभद्र र जंगली बन्नु पर्यो ? बिग्रेको घरको भत्केको चाला कहिले जाला ?

  48. नेपाली लाई जहाँ गय पनि जात देखाउन पर्नी, चन्द्रमा मा गय पनि ढुङ्गा हान्न र टाएअर बाल्न छोड्ने भयन बा, स्यबास साथी हो बधाई छ।

  49. हैन सबैले यहाँ अमेरिका बासिलाइ गालि मात्र गरेको देखियो त | आफु त सबै दुधले धोएको जस्तो | सडकमा जति गाडी गुद्छां त्यो भन्दा बढी टायार बिरोधमा जलाउने हामीहरु अहिले अमेरिका बासीलाई गालि गर्न सुहाउदैन | वर्षमा एक चोटी नेताहरु आउछन, मनमा लागेको प्रस्न सोधुला भनेर दुइ घण्टा कुरेकाले एउटा प्रस्न पनि सोध्न नपाउने भए पछी रिश त उठी हाल्छा नी | तेही dinner र भोजमा नै देशको ढुकुटी सकेकालाई अमेरिकामा एक छाक खान कति हतार | हुन त जवाफ पनि हुनु पर्यो नी | ऋषि धमलालाइ किन ल्याएको भनेर सोधे भने के भन्ने ?? हुटिंग त गरेको हो नी, टायर बालेको होइन, रेलिंग भाचेको होइन, टेलिफोन बुथ जलाएको होइन | बिद्रोही संग पैसा लिएर देशमा बम पद्काउन सघाउनेलाइ दुधले धोएर ल्याउने लै अलिकति इज्जत दिएको त हो नी |

  50. दशैको उपहार | भगुवा माकुने | भगुवा सुजाता | भागो…भागो भागो…. नेपाल भागो | किन डराएर भागेको प्रश्न सोध्छन भनेर |

  51. यो माई संसार भन्ने ब्लोग साईट, पहिला त राम्रै लाग्थ्यो. अहिले आएर हेर्यो भने कसरी तल्लो स्तरमा झरेर गाली गर्ने भनेर प्राक्टिस गर्ने ठाऊ जस्तो लाग्छ. लेख्ने हरुलेले नै शिस्ट भाषा प्रयोग गर्दैनन, कमेन्ट ता झन तल्लो स्तर मा झरेर गरेको हुन्छ

  52. जे भए पनि प्रधान मन्त्री हो सम्मान गर्न नसके पनि बेजत गर्न नहुने हो /

  53. Peole rejected thugs like PM and FM their accompany should be treat irrespectfully every where. So, New yorker-nepalese have done the right things. Now those thugs have to realize that people are great, supreme and their votes should be respected. Whatever they have been doing since last few months, that are all against people’s respect, people’s supremacy.

  54. यो त नेपालीहरूको बिशेसतानै हो नी |

    यसमा नौलो के नै छ र |

  55. – न्युयोर्कमा भएको एउटा कार्यक्रममा सहभागीहरुले व्यापक हुटिङ गरेपछि प्रधानमन्त्री लुसुक्क टाप कस्न बाध्य भए।

    -प्रधानमन्त्रीले लिखित भाषणको पूर्ण पाठ वाचन टुंग्याए। वाचन सकिनासाथ कार्यक्रमका सभापतिको मन्तव्य नै नटुंगिकन प्रम बाहिरिन हतारिनु भयो।

    -बीचबीचमा रातो सर्ट र कालो कोटमा सजिएका ऋषि धमला भने आफ्नो भिजिटिङ कार्ड बाँड्न व्यस्त देखिन्थे।

    बिजय जी को लेख अलिक झारे जस्तो लाग्यो| उहा को लेख र फोटो हरु मिलेन | धमला रातो सर्टमा रे? कतै सोमरस को ताल मा त लेख्दैहुन्हुन्न ? अनि प्रधानमन्त्री लै हुटिंग र बोतल हानेको फोटो राखेमा अलिक मज्जा औथियो कि? साथी हो बिजय अलिक बढी माकुने को बिरोधि जस्तो लाग्यो | अरु कोहि साथी सो कार्यक्रम मा भय अलि सहि सूचना प्रबाह गर्नुस्न|

  56. तपाईं को इजेअत छैन जस्तो छ किन सबै लाई यकै साथ् लिनुभयको । इजत न हुने भाते सर्भहारा बर्ग को हित मा तेरो सरकार ले कैले काम गरको छ र तो खाते माकने ले । माकने को पुचर हरु ।।।।

  57. wat else is there to do…this is the frustation that is coming out…at least general public has not started the “killing” spree, that i guess would rather have been more justified. but i can see it may not be that far…but.

  58. बिजय पौडेल को समाचार सहि छ. तर केहि थप तथ्य हरु छन्

    आयोजकले साँझ छ बजे देखि नौ बजे सम्म भनेर निमंत्रना पत्र मा लेखेका थिए
    सहभागी हरुको संख्या कम भए पछी आयोजकले नै प्रधानमन्त्री लाई ढि लो आउन भनेका थिए
    तर पछी पर्धानमन्त्रि हिंडे पछी दस बजेसम्म समय लिएको भनेर धतेका थिए आयोजकले तोकेको समाए भन्दा तिन चार गुना बढी समय बक्ताले बोलेर समय खर्च गरेका थिए
    आयोजकले बक्ता हरु लाई समय दिदा विभेद गरेका थिए
    पर्धन्मंत्रिले आयोजकले बोल्न अनुरोध नगर्दै आफै डायस मा गइ बोलेका थिए
    समएको कुशल ब्येबस्थापन गर्न आयोजकले सकेका थिएनन
    अनौठो कुरा त के भने आयोजकले नै प्रधानमन्त्री हिंडे पछी माइक समातेर बर्तमान सरकार लाई भारतीये द…… टाट ….उ भन्दै भोलि कालो झन्डा देखाउन आउने भनेर सार्बजनिक आग्रह गरेका थिए

    अब भन्नुस पाहुना बोलाएर उनैलाई निमंत्रना कर्ताले तथानाम गालि गर्नु टेबल ठटाउनु नेपाली सभ्येता र संस्कृति भित्र पर्छ र ?
    बिरोधका सभ्य तरिका पनि छन् जुन कुरा आज कालो झण्डा देखाउने साथीहरुले बताइसकेका छन् त्यो के भने उनीहरुले बिरोध प्रदर्शन गर्नु पूर्व नुयोर्क को पुलिस र पार्क अथोरितिसंगा आनुमति लिएको भनेका छन् अब नेपालमा पनि रत्नपार्क र सार्बजनिक ठाउमा प्रदर्शन गर्दा नेपाल पोलिस र पार्क अथोरिटी को अनुमतिमा गर्ने परम्परा बसालेर नागरिक सर्बोच्चता को सम्मान गर्ने हो कि ?

  59. होइन अस्ति माइ संसार ले नै प्रधानमन्त्रिलाइ झन्डा देखाउने कार्यक्रम रहेको लेखेको थियो | तर आज चाही पुर्व नियोजित नभाको लेखेको छ | खोइ कुरै बुझिएन …उमेशजी एस बारे
    केहि भन्नुस न है

  60. वहा हाम्रा साथी हरु तिमि हरु लै बधाई छ आफ्नो देश को बेईजात गरको मा आज सारा नेपालीले गर्ब गर्ने दिन रहेछ हाम्रा अमेरिकन नेपाली विद्वान भनौदा हरु को काम हेरेर

  61. गलत कुरा को बिरोद गर्नु सही हो, तर पनि अन्तरास्त्र्य स्तरमा नै नेपाल को बेइजत हुने गरे बिरोद त गर्नु भयन नी, हुन त हामी नेपाली को कहा नै इज्जत छ र? इजत भय पो बेइजत होस् /

    जय नेपाल

  62. प्रधान मन्त्री तथा अन्य नेपाली सदस्यहरुलाई यसरी हुल्दङा गरेर भगाई हाल्नु पर्ने त थिएन नि एसो बाटो छेकेर फकाइ वरी गरेर प्रश्न सोध्नु पर्ने नि। खासमा न्युयोर्क बासिहरुले नेपालको शान्ती प्रकृया संबिधान निर्माण बारे स्पस्ट जान्न चाहेका थिए रे न कि कालो झन्डा देखाउन।

  63. घरै पिडालु वनै पिडालु , ससुराली गएको बाह्र हाते पिडालु |

  64. गौरब गर्न लायक पनि हुनु पर्यो नि . त्यो छली हरुवा माकुने, अपराधी मुख हेर्दै चिथारेरा मारुजस्तो सुजाता जोस्ट को नाठो धमाल, दुनियालै बैंस लुतौने गिरिजाकी कुपुत्री बन्दर्मुखे सुजाता जोस्ट. नेपालीको बेयेजत गर्न आएका चोरहरुको झुन्दहरु

  65. नेपाली भएकोमा गौरव गर्ने यस्तै कुराले त हो नि । लाज मर्दो ।

  66. त्यो धमला सुजाताको नाठोहो तेसैले काँही जदपानी छोड्न सक्दिन. राती मालिस गर्नु परेन राम्रो संग . धमला जेलमा बस्दा कति गाररो भयो होला सुजाता जोस्टलै .

  67. अमेरिका माँ बसने साथी हरु le
    खुब राम्रो काम गरेछन लाज नभयका हरु आफ्नो देशको इज्जत राखेचन बहुलट्टी हरुले लाज हराएका हरु., waa wa wa wawawa wawawa …..i

    khagaraj ghimire abudhabi uae

  68. साथीहरु माकुने जस्ता ले नेपाल र नेपाली को बिकास र हित को लागि कैले सोचको छर। अरेरिका म बस्ने नेपाली साथीहरु तपाईंहरु ले जे गर्नु भयो ठीक गर्नु भयो । एस्को लागि मेरो तर्फ बाट पूर्ण शर्मार्थन छ है ! हाम्रा बिपक्ष म हुने साथीहरु माकुने केइ कार्यकर्ता हुन जस्तो लागो । काग कराउदै मा केही हुने वाला छैन । कुकुर हरु ले आफ्नो जात जनाइ हाले नी !माकुने ,धमला र सुजता कुजाता को पक्ष लिने हरु । देश द्रोही को सम्मन तिमीहरु जस्ता ले नै गर्ने हो ।

  69. राम्रो भानु भने खोइ के राम्रो नराम्रो गरे भनेर भन्न पनि गारो| देश विकास जिरो छ| नेपलमा भासन धोकेर रासन कमाउने नेताहरुको युएन मा सयेर गर्ने सोख त हुन्छन नै| के आसा गर्ने उही माखो मर्ने होइन बिकासको नाम मा| प्रचंडे आयो गयो माकुने को पनि त्येही हो दंगदास हरुले केहि गर्ने छैनन्|
    बरु अर्को पाली पनि देस विकास नगरी युएन मा आएर भासन नै गर्न थाले याने प्रचंडे मकुनेले जस्तै सयेर गर्नको लागि आए भने मैलो जुत्ताहरु चाँही त्येंह ठिक परेर राखे हुन्छ|
    नेताहरुहो अर्को बर्स धेखी जुत्ता बात हिसियर!!!

  70. अमेरिका मा छौ भनेर देखायको होला | UN जस्तो गरिमामाया संस्थान को कार्यक्रम मा नेपाली कै बैज्जत भो | बिरोध गर्ने नि ठाउँ हुन्छ , तरिका हुन्छ | आफ्नु घर को कुरा दुनिया सामु बैज्जत नै हुने गरि राख्नु कति सम्म ठिक हो |

  71. ल है अमेरिकमा पनि मा कु ने को राम्रो स्वागत गरेको रहेछन, नेपालीहरूले अब त हाम्रो प्रम ले पनि थाहा भयो होला नि जनता ले कतिको सहयोग र सदभाव को भावनाले हेर्ने रहेछन भन्ने कुराहरू, माकुने,कुजाता र धमालालाइ जुत्ताको माला लगाएरा स्वागत गर्नु पर्ने थियो तर हुटिगले मात्र स्वागत गरेको रहेछन त्यो पनि राम्रै कुरा हो जे भए पनि दशैको शुभकामना र स्वागत त हाम्रो अमेरिकमा रहेने नेपालीहरूले राम्रो संगै गरेको रहेछन हरूवा सरकार प्रमुख लाइ।

    मित्र हो तंपाइहरूले त्यो देशद्रोही र हातहातियार अोसरपसार गर्ने धमालालाइ चाँही जुत्ता नै जुत्ताले मुखमा हान्नु पर्ने थियो त्यो काम चाँही भुल्नु भएको रहेछन दु.ख लाग्यो।
    जे भए पनि तंपाइहरूले स्वागत राम्रो गर्नु भएछन धन्यबाद छ।

  72. माकुने ले त्यति नेपाली को बैज्जत गरेन त्यति यहाँ उपस्थित बोत्तल फाल्ने र सित्ति बजाउने ले गर्यो | UN जस्तो गरिमामाया संस्थान को कार्यक्रम मा नेपाली कै बैज्जत भो | बिरोध गर्ने नि ठाउँ हुन्छ , तरिका हुन्छ | आफ्नु घर को कुरा दुनिया सामु बैज्जत नै हुने गरि राख्नु कति सम्म ठिक हो |

  73. होइन नेपालीलाई खाली एस्तै काम मात्र आउन्छ अनि के गर्नु….बिदेस बस्ने हरु खाली रक्सि घोक्ने बेला देस सम्झने हो…अब साथी भाई भेट हुदा आफ्नो प्रगति र काम को बारे बोल्यो भने कसले के गर्दै छ थाहा पाई हाल्छ तेसैले देसको को कुरा गर्यो अनि आफु बाहेक अरु कसैसंग देस विकास गर्ने उपाई छैन भनेर बस्यो . नेपालको समस्या कति गारो छ भन्ने कुरा अमेरिका बसेर प्रस्न सोधेर हुदैन …नेपाल आएर अनि येही system भित्र बसेर काम गर्नु अनि कुनै चित्त भुजेना भने बल्ल प्रस्न सोध्नु…मैले माकुने लाई प्रस्न सोधेको नि भनेर फेरी अर्को रक्सि को सितन को लागि मात्र प्रश्न सोध्ने हो सबैले…

  74. मित्रहरु,अमेरिका बासि नेपाली दाजुभाई हरु को गुनासो र रिश स्वाभाविक हो/ देस को प्र.म.आउदापनि केहि धैरताका का साथ नेपाली समाज र नेपाल बारे कुरा उठ्दा वा उठने सम्भाबना बाट भाग्नु पक्कै राम्रो होइन / तर यस मा प्रमुख दोष आयोजक मित्रहरु को हो / किनभने अन्तेर्क्रिया भनेर एकोहोरो भाषण लदाउनु नालायकी हो अथवा नादानी हो/
    तर रहयो ढुंगा मुडा वा पानि का बोटल फाल्नु ….त्यो हामी नेपालीहरुको जन्म जात अधिकार र परिचय हो/हामी अरु संग सभ्य हुन जानेका छौ तर आफु संग आफुलाई त्यो गुण लागु हुदैन /यो लाजमर्दो कुरा हो/ म अनुरोध गर्न चाहन्छु , एकपटक आयोजक साथीहरु लाइ सालिन तरिकाले सोधपुछ गर्नुहोस……किन नेपाली दाजुभाई हरु लाइ नेपाल मा जस्तै अमेरिका मा पनि उही झुकाउने कम हुदै छ?

  75. माकुने ले नेपाल मा २ ठाउंबाट हारे पनि अमेरिका बाट चाहिं हार्या होइननी किन तेस्तो गर्न पर्या होला कुन्नि !!!!!!!!

  76. नेपाली हरु को baani नै एस्तो जो होचो उसको मुख मा घोचो भने जस्तै बिचार माकुने लाई येत्रो बेइजत गरि पठायो यदि माकुने को ठाउं मा प्रचण्ड भयको भय एस्तो गर्ने हिम्मत होला नेपालीहरु को.
    जे गर्यो राम्रो गरियो अब अर्को वर्ष को aauncha tesko pratikchaya ma basnu hola.

    Ra KUKur politician haru lai swagat gardai basnu hola.

    Jai Nepal

  77. माकुने , ऋषि धमला र सुजाता तिनैजना लाइ नुयोर्क्मा जुत्ता हान्न सक्ने कोहि माइका लाल निस्केन ? देशको लागि, जनताको लागि , रास्त्रियता , सार्वभौमसत्ता अनि अरु केके भनेर बकबक मात्र गर्ने जमात हरु कता गए ? कि धमला आए भनेर थरथरी कांपे ?, ठुलो मौका थियो जुत्ता को उपहार दिने तर चुक्यो !!!!

  78. गधा लाई धोयर गाइ हुँदैन , जस्तै जँहा गयर बसेअ पनि नेपाली हरु को आफ्नो बानी परिबर्तन हुन नसकेअ को देअक्दा दुख लग्यो
    बार वर्ष कुकुर को पुछर धुन्ग्रा मा राखेया पनि बांगा को बन्गै
    कहीले होला सोजो हुने?
    थांक्स

    saam

  79. कम्ता को बाठो छ यो माकुने ! अरु लै चक्मा लगाउन मा माहिर छ , तेसै ले २,२ ठाउँ बाट हारेरा पनि नेपाल को पर्धान मन्त्रि हुन पाएको नि !२ ठाउँ बाट जितेको प्रचण्ड लाई २ ठाउँ बाट हारेको बेक्ती ले जित्यो बरी लै!!

  80. अमेरिका माँ बसने साथी हरु
    दुई तीर बाट चुनाब हारेको माकुने र आफ्नो क्षेत्र माँ तेश्रा भएकी सुजाता इमेल्डा को बारे माँ बिदेशी संग कुरा नगर्नु होला, के गर्ने देश कै बेइज्जत.

  81. खुब राम्रो काम गरेछन लाज नभयका हरु आफ्नो देशको इज्जत राखेचन बहुलट्टी हरुले लाज हराएका हरु.

  82. के गर्नु हाम्रो हरुवा पर्धन्मंत्री को बिजूग हेर जहाँ गए पनि सुख भन्ने हुनेछैन ये माकुने सरकारलाइ सबै देश बाट दक्ष्य मान्छे मान्छे हरुको भीड मा हरेको जनता ले लात हानेको मान्छे लै देख्दा के भन्या होलान …….

Comments are closed.