ओबामालाई नोबल शान्ति पुरस्कार

यसपालिको नोबल शान्ति पुरस्कार अमेरिकी राष्ट्रपति बाराक ओबामालाई दिने भएछन्। नर्वेको ओस्लोमा आज गरिएको घोषणा अनुसार ओबामाले अन्तर्राष्ट्रिय स्तरमा शान्तिका लागि कूटनीतिक प्रयासलाई विशेष गति दिएकोले सम्मान गरिएको रे। बाराक ओबामाले मानिसहरुबीच परस्पर सहयोग, सहकार्य बढ़ाउनमा पनि मद्दत गरे रे। उनलेअंतरराष्ट्रिय संगठनलाई मज़बूत बनाउन र परमाणु अप्रसारलाई बढ़ावा दिने दिशामा पनि महत्त्वपूर्ण काम गरे रे। कस्तो लाग्यो तपाईँलाई ओबामालाई नोबेल शान्ति पुरस्कार दिने यो घोषणा सुनेर ? अब तपाईँको पालो- आफ्नो प्रतिक्रिया छोटो र तर्कका साथ राख्‍नुस्।

null

तपाईँलाई कस्तो लाग्यो कुन्नि मैले भने तीन पटक चेक गरेँ समाचार गलत त परेन, कसैले ठट्टा गरेको त हैन भनी।

हो रहेछ भनेर निश्चित भएपछि भने छक्क परेँ। ममात्र किन विश्वका धेरैलाई यो घोषणा अप्रत्याशित नै लागेछ। होलान् ओबामाले योगदान दिएका। तर नोबल पुरस्कार नै दिनुपर्ने गरी त छैनन् भो। तुलना नै गर्ने हो भने पनि पूर्व अमेरिकी राष्ट्रपति बुससित चुनावमा हारेका अल गोरले जति योगदान दिएका छन्, त्यति ओबामाले दिएका छन् त ? बीबीसीका विश्लेषणकर्ता पल रेनल्डसको भनाई सटिक लाग्यो- बल्ल आठ महिना त भो उनी राष्ट्रपतिको कुर्सीमा बसेका भलै आठ वर्ष कुर्सीमा बस्ने आशा उनले गरेका हुन्। परमाणु हतियारमुक्त विश्व बनाउने उनको आकांक्षा गर्नलाई भन्दा भन्नलाई मात्र सजिलो छ अनि मौसम परिवर्तनको मुद्दामा अमेरिकाले सहमति गर्न अझै बाँकी नै छ।

के हेरेर दिए त नोबल पुरस्कार। विश्वका मिडियाहरुमा पनि बहस थालिएको छ। मलाई भने यी नोबल पुरस्कारवालाहरुले पनि ‘मिलाएर’ गर्ने रैछन् सब कुरा जस्तो लाग्यो। त्यहाँ पनि ठूलै राजनीति घुसेको हुँदो रैछ जस्तो देखियो। जे होस्, यो पुरस्कारको भारले उनीमा जिम्मेवारीबोध होस् र विश्व शान्तिका लागि अहिलेसम्म कसैले नगरेको योगदान उनले गर्न सकून्। स्केच सौजन्यः Ben Heine

125 Comments

  1. Obama छन् नै यस्तै हेरेक कदमबारे केहि न केही प्रतिक्रिया बटुली हाल्छन ।
    यसपाली नोबल शान्ति पुरस्कार बारे धारणा साटा साट गर्न रमाइलो भयो ।
    जसमध्ये,
    Obama सँग आफ्नो देसको नेताहरु तुलना गर्दै mysansar मा राखेको हेरेक प्रतिक्रिया मन पर्‍यो ।
    साथि भाईसँगको बहसमा Jay र Mangesh Dai को निम्न प्रतिक्रिया मन पर्‍यो ।
    Jay – He deserves it because he stood against Bush and that had been approved by majority.
    Mangesh Dai – I support Obama but this current decision is very immature for him. It’s like getting marks before you sit in exam.

    Obama लाई नोबेल पुरस्कार दिने निर्णय सबैले स्विकारे जस्तै आँफैमा Bold त अबस्य छ। सन्योग ले हो या सुनियोजित ढंगले यो पुरस्कार-
    १ बुश प्रसासन अन्त्यको सुभेक्षिया हुनपुकेको छ ।
    २ अमेरिकाको प्रथम अस्वेत रास्ट्रपती हुनुलाई जोडदार स्विकरोक्ती मीलेको छ ।
    ३ वासिङ्टनले शान्ति पुनर्स्थापना लाई आफ्नो हित मात्र नहेरी सदा कदर गर्ने “आस” जगाएको छ ।

    मेरो बयक्तिगत धारणाको कुरा गर्नु हुन्छ भने त म Obama प्रती सधैनै Bias हुन्छु । मलाई उसको हजारौं भिडमा देखिने सिर र समस्याको दलदलमा पनि नभासिने पैतला सैली मन पर्छ । उसको पुस्तक अधेययन, इन्टर्भ्यू र speech लाई आधार मान्ने हो भने –
    He has got appreciable way of agreeableness with the differences, self inner awareness and the situation specific interaction.

    अनी अर्को कुरा सधैं उसको Charismatic ब्यक्तित्व बाट ताइनतुइको Jealous बनीरहन्छु । यो समय भनेको नेत्रित्वमा काम गर्ने मात्र नभएर गरेको कुरा सबैलाई महसुस गराउन सक्ने कला हुनेहरुको हो । (जस पाउन त्यती सजिलो कहाँ छ र ?)जुनकुरामा Obama माहिर छन् । “आसा” को बिजय भएकोले “आसा” गर्ने साहस बढेको छ ।

    म उसलाई चिन्छु उसले मलाई चिन्दैन। त्यहि भएर योभन्दा धेरै कुरा के गरौ ?

  2. गिरिजा प्रसाद कोइराला लाई दिदा राम्रो हुन्थियो होला!! कम से कम गिरिजा ले प्रचण्ड लाई शान्ति सम्झौता मा त ल्याए को हुन्. ओबामा भन्दा त गिरिजा ले ठुलो विश्व शान्ति लायाये को हुन्.

  3. हरि दास नेपाली जी अमेरिका को नीति तपाई लै कसले सोदेको छ ओबामा को नीति को कुरा गर्नुस न तपाई ले त छेउ न टुप्पा को पो कुरा गर्नु भयो त बा ….

  4. बिरेन्द्र जी कहिले ओबामा अफगानिस्तान मा सैनिक थपेचन ह यो तपाई लाइ कता बाट थाह भयो बा ….

  5. यस्तो दुर्घटनाले नोबेल शान्ति पुरस्कारको साख दिनानुदिन घट्दै जाने निश्चित छ। जुन देशको गलत नीतिले विश्वमा मत्स्यन्यायलाई प्रोत्साहन मिलिरहेको छ, जुन देशको हैकमवादी नीतिले गर्दा इराक,अफगानिस्तानमा लाखौँ मानवविनास हुने युध्द भयो। सद्दामलाई सद्दाम बनाउने उनीहरू नै, विनलादेनलाई बढाइचढाइ महत्त्व दिने पनि उनीहरू नै। जर्ज वुस वा त्यसभन्दा अगाडिकै लिगेसी होइनन् बाराक ओवामा? दुर्भाग्य हो मानव जाति को। त्यही देशको एउटाले सिध्द्याउछ मानव जातिलाई अर्कोले यसो केही मिलाएको जस्तो गर्छ उसले पाउँछ विश्वप्रसिध्द पारितोषिक अर्थात् सम्मान। यसलाई हेर्दा लाग्छ अब शान्तिको परिभाषा नै नयाँ रूपमा गर्नु पर्ने देखिन्छ। शान्तिको अर्थ अमनचैन, अहिंसा, जीउज्यानको सुरक्षा, शान्तसँग बाँच्न पाउने भन्ने रहेन भन्ने लाग्छ। यसमा नकारात्मक दृष्टिले कसैले विचार नगरिदिनु होला। यथार्थ कुरालाई तटस्थ रूपले भन्दैछु। शान्ति अब मजाक बन्न थाल्यो, उपहास हुन थाल्यो,ख्याल-ख्याल हुन थाल्यो। बाराकको ४ वर्षे कार्यकालको नौ महिनै वित्न नपाइ यस्तो सम्मानले पुरस्कृत गर्नु आश्चर्यै भन्नपर्छ। बाँकी अवधिमा उसको कस्तो रणनीति हुने कसैलाई थाहा छैन।
    बाराक ओबामाले विश्वमा निशस्त्रीकरणलाई साँचो रूपमा लागू गर्ने सके र त्यो आफ्नै देशबाट सुरु गरे भने, विश्वमा अब लडाइ-झगडा भूमिको लागि नगर्ने तथा कुनै अर्को देशमा त्यस देशको नियम-कानुन मिचेर अतिक्रमण नगर्ने अवस्था ल्याउन सके भने नोवेल पुरस्कारको सार्थकता हुने छ अन्यथा नोवेल पुरस्कारकै अपमान र अवमूल्यन हो भन्न हिच्किचाउनु पर्दैन।
    संसारमा सबैभन्दा बढी मानवविनासका घातक हतियार थुपार्ने अमेरिका हो र त्यसको निर्देशन र जवाफदेहीता राष्ट्रपतिको हुने सर्वमान्य सिध्दान्तको विपरीत तिनै देश र त्यस देशका राष्ट्रपतिलाई नोवेल पुरस्कारले पुरस्कृत गर्नु भनेको अब विश्वमा अरू हैकमवादी बन भनेर उक्साउनु होइन भनी किन नसम्झने? यो पुरस्कारले त उसलाई हरियो झण्डा दियो।
    यसले विश्वलाई अरू आतङ्कित बनाउने छ। मुस्लिम देशहरूलाई यसले अरू रुष्ट बनाउने छ। अमेरिका र अमेरिकन नागरिकहरूप्रति नै विश्वका जनताहरूको दृष्टिकोण सकारात्मक हुनभन्दा नकारात्मक हुने निश्चित छ।

  6. Elected as president on Jan 20th 2009 and the nomination for the NOBEL ended on Feb 1st 2009.

    Merely 2 weeks!!!!!

    What is this? SURPRISE!!!!!!!!!!!!!!!!!!!!! to him and everyone?

    Reasons for giving:
    1) His pledges to reduce the world stock of nuclear arms,
    2) Ease U.S. conflicts with Muslim nations and
    3) Strengthen its role in combating climate change.

    Any person who will go for the presidential election in US will include these promises on the ONGOING-ISSUES in his manifesto/speech… The above said points; Nuke-debates, Global-warming, US-muslims conflictions will never end…

    So the next NOBEL “peace-prize” again can go for promises again rather than achievements…. Could be next US Pres again…

    The five-member Norwegian Nobel Committee including Thorbjoern Jagland, chairman of the Norwegian Nobel Committee should start searching and giving prizes to the unsung heroes other fields too, for trying ‘heart-out’ to achieve something but ending up nothing… @least they try but not promise before the start…

    Now the bullet is already fired… lets see if it hits the BULLS-EYE..

    Good thing, “Obama will donate the $1.4 million cash award that comes with the prize to charity”…

    Hey hamra pyara mantri haru… kehi sekhau… try to make “BIGGER PROMISES” rather endless promises… WHO KNOWS…you could b next NOBEL PEACE PRIZE WINNER…

  7. हो येही त राजनीतिक हो ………जतिसुकै कमेन्ट र जिज्ञाशा भरेपनि आखिर ओबामाले शान्ती पुरस्कार पायिसके अबजतिसुकै चिचाये पनि के हुनेहोर…कुरो के भने अब यो आवाज अंतरास्स्तिये रुपमा पुर्याई ति evaluater जुन ति कुर्शी मा छन् तिनीहरुलाई नै एसको महवत्तो भुझाउने होकी ?
    कि तिसब गोरुहरुलाई निकाला गर्न मद्धत गर्ने कि ताकी एस्तो अबका दिनमा नहोस ???
    डोलराज सिग्देल
    बंगलादेश

  8. मलाई सार्है दुख्ख लग्यो यो खबर सुनेर.! ओबामा जस्तो मान्छे ले यो पुरस्कार पाउनु भनेको सारा बुध्दिजीबीहरुको अपमान हुनु हो. बरु हाम्रो नेपाल को ज्ञानेन्द्रले पायको भय हामी सबैलाई चित्त बुझ्थ्यो होला
    बिष्णु काप्री
    सिड्नी बाट
    धन्यवाद !

  9. थिस इस पावेर ओफ पैसा हो ?सोहि अनुरूप ओब्मा ले पनि पाय /

  10. It’s too early to give NOBEL Peace Prize to Obama. We still need to see and wait how he is going to take his words during his time in US presidency. It is not right decision to offer him such a great honour only based on his speech and his plans. We need to see his plans in action and speech into actions and we can figure out whether he will be right person to give any prize or not.

    Anyway, it’s too early decision.

    Thank you.

  11. नोबेल पुरस्कार पाउन योग्य व्यक्ति हुन् बराक ओबामा | राष्ट्रिय र अन्तराष्ट्रिय शक्ति सन्तुलनका लागि उनका केही बाध्यता होलान तर ऊनी जे चाहन्छन त्यो शान्ति नै हो | बुशको जस्तो उनी सोझो युद्धको भाषा बोल्दैनन् र मित्रताको लागि नै जोड दिन्छन | बधाई छ बराक ओबामालाई |

    नारायण अधिकारी
    अमेरिका |

  12. शशांक लामा जी, एकपटक hi5 गरौँ है! ठ्याक्कै मेरो मनको कुरा लेख्नुभयो यस बिसयमा! मेरो व्यक्तिगत सोचाइमा ओबामा लाइ नेता को रुपमा पाउनु नै अमेरिका को ठुलो भाग्य हो !त्यति सभ्य,अनुसासित,दुरदृष्टि,लगन भयको नेता हरेक देशलाई आवस्यक छ!
    बुश प्रसासन ले जिर्ण बनायको अर्थतन्त्र,गिरेको अन्तरास्ट्रिय छबी पक्कै पनि ठुलै चुनौती को रुपमा उभियको छ उनको अगाडी,ता पनि उनको यो छोटो समयको भनाइ र गराई को जुन तारतम्यता छ,त्यसले विश्वलाइ नै एउटा आशा को संदेश दियको छ!
    यधपी,जहाँ सम्म नोबेल पुरस्कार को सम्बन्ध छ, मित्र जिल्लाबासी बाबुरामजी को भनाइ एकदमै यथार्थ परक छ ! नोबेल कमिटी को सोच पनि प्रोत्साहित गर्ने नै होला जस्तो लाग्छ! पाउन त यो मान्छे ले पाउथ्यो नै!तर अलि हतार चाहिं भा कै हो !
    20 january ओबामा ले पद सम्हालेको,नोमिनीज हरुको नाम लिने मिति 1st february सम्म मात्र रहेछ,पद मा बसेको ११ दिनमै नोमिनीज भै सक्नु त अति नै छिटो हो! फेरी ओबामा जुन आँट र इमान्दारिता को साथ काममा लागि परेका छन् त्यो हेर्दा कुनै पुरस्कार को कमीले उनको कदम त पक्कै रोकिन्थेन!
    जे होस् ,बधाई छ ओबामा लाइ !

  13. नेपाल को मदन पुरस्कार र नोबेल पुरस्कार दिने तरिका उस्तै हो | कहिँ चाकडी गरेको हुदा दिईनछ भने कहिँ चाकडी गर्न को लागि दिन्छ | सच्चा जनता को सेवा गर्ने ले पाउने त १० प्रतिशत मात्र छन् | जसले पाएपनि के टाउको दुखाउने यार
    हामी ले बोल्दै मा केहि हुने होइन क्यारे तर पनि प्रतिक्रिया लेख्न मन लाग्छ |

  14. जित्नेहरुको यो संसारमा ओबामा जित्नेहरुमा पर्दछन् तसर्थ उन्को कृयाकलाप नै नहेरी शान्ती नोबेल पुरस्कार दिइएकोछ। उनीबाट संसारमा शान्ती स्थापना गर्नमा राम्रो पहल हुन सक्छ तर कुनैपनी परीणाम बिना प्रदान गर्नु धेरै हतार गर्नुहो जसले उक्त पुरस्कारको गरीमा राह्श ल्याउछ।

  15. मा ओबामा ले सान्ति पुरस्कार पाएको मा प्रोउद छु तर उसले गर्न धेरै नै छ …………………

  16. अलिक हतार भयो नोबेल पुरस्कार पाउने मान्छे चाही हो है

  17. यसले नोबेल पुरस्कार प्रति सम्पूर्ण संसारका मान्छेहरुको विस्वास कम भए जस्तो लाग्यो, नोबेल पुरस्कारनही पाउनुपर्ने काम गर्न अझ बाँकी नही छ जस्तो लाग्छ मलाईत
    यो नोबेल पुरस्कार पनि कतै फिक्स्ड त हुदैन क्रिकेट जस्तै ????

  18. ओबामालाई जिस्क्याएको हो कि जस्तो लागयोउ मलाई त नोबले पुरस्कार दिएर

  19. सबै सबै सस्थाहरु पैसाका पछी दौडेका छन् . संयुक्त रास्ट्र संघ भन्नुस वा नोबेल समिति ति पनि पैसा र शक्तिका पछाडी दौदिएका प्रस्टै देख्न सकिन्छ . संयुक्त रास्ट्र संघ र उसका दाँया बाँया हात-खुट्टाहरु, स्वतन्त्र भनिएका अन्त्ररास्त्रिय सस्थाहरु, सबैको ध्याउन्न अमेरिकाको गुलामी गर्नुमा नै आफ्नु जागिर र जीवनको सुनिस्चितता देखियको छ . अमेरिकामा त्यहि जन्मिएको-यो त ठिकै हो- क्रिस्चिएँले मात्र रास्ट्रपति हुन पाउँछ . अनि धर्म परिवर्तनको कुरापनि त्यस्तैछ. नेपाल लगाएतका गरिब मुलुकका गरिबहरु बीच धर्म प्रचार गर्न जानेहरुलाई कसले पालेकोछ ? अन्तरास्ट्रिय अणु एजेन्सी कसको पक्ष्यमा छ? इराकमा आक्रमणको बातावरण कसरि बनाइयो? के यो सबैलाई थाहा छैन र? र यो सबै किन भैरहेकोछ. यो सबैको पछाडी शक्ति प्राप्त गर्नु हो र शक्ति जंहासुकैहोस त्यो राजनीतिबाटै प्राप्त हुनेहो . त्यसैले आफ्नाहरुलाई गिरिजे, माकुने, प्रचंडे भनेर गालि गर्नु भनेको आफ्नु बाउलाई बेकुब देख्नु र जिम्बाल्लाई भगवान सम्झनु जस्तै हो. र ओबामा के उ अमेरिकी प्रसासन भन्दा भिन्न छ , छैन . बुस र उसमा २० – १८ को भिन्नता होला.अब हाम्रा बारेमा ककसले के के बिगारे यो अलग्गै बिरोध, आलोचना र समिक्षाको बिसय हो . यिनको त यांही छाला काड्नु पर्दछ. अन्तरास्ट्रिय नोबेल समितिले अहिले ओबामालाई नोबेल शान्ति पुरस्कार दिनुचाही नोबेल पुरस्कारले तटस्थता अपनाउछ भंनेहरुकैलागी गतिलो जबाफ होइन र?
    जनार्दन दाहाल, mahaankal-7, manDikhatar काठमान्डू

  20. यो जस्तो हास uthado कुरा त malai केहि पनि लागेन. Obama ले शान्ति को लागि के नै gareko छ र उसले prize paunu parne. yesale शान्ति को लागि kaam garne haru को मन मा chot purayeko छ. येअमा पनि rajniti hudo rahecha bhaane कुरा tha भयो. मलाई चै यो कुरा chitta bujena.

  21. ओबामालाई नोवल शान्ति पुरस्कारको घोषणा हुनु र नेपालका प्रचण्डको नागरिक सर्बोचताको बयानबाजी एकै लाग्छ मलाई त…………..

  22. इतिहास जित्ने हरुको हो …
    हार्ने लाई कसले पो गन६ र ..
    ओबामा ले पनि हारेको भय
    कसले गंथ्यो र
    यो भन्दा अगाडी बुश लाई पनि
    यहि पुरस्कार दियको हो
    इराक मा लडाई गरेर
    लाख्वो मान्छे मारे
    अफगानिस्तान मा मार्दै छन् मर्दै छन् ..
    ओबामा त बाठो पर्यो
    इराक मा मात्र होइन
    अफगानिस्तान मा पनि
    भियतनाम म जस्तै
    युद्द को वाट लाग्ने भय पछि
    सैनिक थप्न लाग्दै छ
    नोबल पुरस्कार बिजेता बुश ले
    अन्तिम मा
    इराकी पत्रकार को जुत्ता मात्र खायो
    यके ४७ खान बाट बच्यो
    ओबामा अजै अफ्गैन्स्तान मा सिपाही ज्यादा बनाउन खोज्दै छ
    पाकिस्तान को त वाट लगायर
    मात्र अफगानिस्तान बनाउन बाकी छ …
    यक वर्ष पनि भयको छैन
    सेतो घरमा बास बस्न थालेको
    म ठोकुवा को साथ भन्छु
    ४ साल भित्र मा जिउदो फर्कने छ कि छैन
    अन्तिम मा यो
    सान्ति पुरस्कार भनेको शान्तिको लागि काम गर्ने ले पाउने हुदै होइन
    नत्र अरु शान्तिको लागि काम गर्ने छैनन र ???\
    यसको लागि कमेन्ट इरानको राष्ट्र पति या हुगो चावेज लाई सोधे कसो होला….

    मेरो विचार म त फ्रान्स को राष्ट्र पति या
    ban ki mun thik thyo ,,,

  23. अफगानिस्तान र इराक मा भएको शान्ति ले गर्दा होला साएद | नोबेल पुरस्कार नै पाउने खासै काम गरे जस्तो लाग्दैन| मेरो विचारमा यासेर आराफत पछी को बिबादास्पद येही जस्तो लाग्यो| खै उनि हरु को देखेको कुरा होला |

    \

  24. अब त झन् ओबामाको ग्रुप ( कालो ग्रुप ) को स्टायलनै फेरिने होला | ओबामा राष्ट्रपति भएदेखि कालोहरु रोडको बीचभागमा गाडी रोकेर सिकरेड पिउने गर्थे ! जे होस् नोवेल पुरस्कार पाउनु भनेको सानो हैन, गएको दिनहरुमा त्यति ठुलो राम्रो काम नभए पनि आउदो दिनहरुमा राम्रो गर्छ होला जस्तो देखियो होला उनीमा !
    आशा छ राम्रै गरोस् |

  25. शान्ति पुरस्कार को भार ले ओबामालाइ सधै थिची राखोस अनि बिस्वमा शान्ति कायम गर्न प्रेरणा दीराखोस, बधाई छ ओबामा………

  26. i do not have any comment on OBAMA getting any kind of prizes however, i am very skeptic to Nobel prize comitte. up to my knoweldge, nobel peace prize nomination held on february 2009 ( roughly a month after inaguration). So, How come OBAMA was nominated on the list. i am dissapointed with the comittee
    although i am very much optimisitc for his goal and understand his need for world peace and american economy

  27. obama लाई त सान्ति को पिजडा मा पो थुन्न लागेका रहेछन बा !!!!अब हेरौ यो kalaajar ले बिश्वो सान्ति को लागि के के गर्दोरहेछा …..

  28. ~ नोबेल प्राइज एण्ड माकुने~

    ओबामाले नोबेल पुरस्कार पाएको सुन्दा
    रिस पो उठेर आयो
    चाउरे, लिखुरे,लम्बुलाई छान्ने को?
    मन भित्रैदेखि कुँडिएर आयो
    के हाम्रा माकुने कम थिए र?
    उनलाई वास्तै गर्न नहुने?
    दुई ठाउँबाट हारेको भन्दै मा
    एक वचन सोध्नै नहुने?
    कसैले हेर्या छ
    हाम्रो प्रमको मुस्कान?
    आहा!
    देख्दै विश्वले चीर शान्ति पाउला जस्तो
    कसैले सुन्या छ
    उनले देको भाषण?
    सुन्दै लादेन भैयाले सन्यास लेलान् जस्तो
    छ ओबामाको आँट
    Geri Halliwell सँग खुलेआम म्वाइँ खाने?
    छ ओबामासँग कला?
    अँगालो हाल्दै शान्ति बाँढ्ने?
    ओबामा जत्तिकै अग्लो नभएर के भो?
    खाइलाग्दो जुङा लामो छँदै छ
    फोटू त जस्तो नि निकाल्न सकिन्छ!
    फोटोशप जान्ने कार्यकर्ता छँदै छ
    कति दुखेसो गर्नु अब
    अन्याय भो, अत्याचार भो
    लौ अब जे सुकै होस्
    माननीय प्रम माकुनेले
    पुरस्कार नपाएकै निउँमा
    भोली “नेपाल बन्द” घोषणा भो!!

  29. नर्वे को नोबल पुरस्कार कमिटी भित्रका पदाधिकारी हरु बीच जहिले पनि पुरस्कार बितरण सम्बन्धी ठुलो बहस हुन्छ र जो जसको बढी पहुच छ उसैको बोलवाला छ त्यहा पनि / कुरा स्पस्ट छ, ओबामा लाइ पुरस्कार दिए उसको मन जित्न सकिन्छ अनि उसको मन जिते अहिले को बिस्व मा सक्दो रजाइ गर्न सकिन्छ. त्यसै पनि नर्बे संग अकुत सम्पति छ. नर्वेजियन सरकार संग आफ्नो सम्पुर्ण जनता लाइ सात साल भन्दा बढी समय सम्म काम नगरी बसी बसी ख्वाएर राख्ने स्टक सम्पति छ.साथै हालको सरकार को बैंक डिपोजिट रकम को ब्याज मात्रै को १०% रकम मात्रै लगानी गर्ने हो भने पनि अमेरिका को ब्यापारीक मुटु म्यान हेटन किन्न सक्छन. अनि यत्रो सम्पति कतै युज गर्नु परेन त! तेसै ले अहिले देखि नै ओबामा लाइ रिझाएका होलान नि नोबल पुरस्कार दिए र बिस्व मा रजाइ गर्न लाइ.

  30. I am not satisfied with the decision that obama gets the nobel peace prize although there are other nominees who deserve it. I think this is given to obama not for his deeds but in the hope that he will do something good in future which is absolutely a premature decision. Sima samar, chair person of AIHCR, and prime minister of Zimbabwe Morgan Tsvangarai were the best candidate to deserve this award. Anyway lets hope this prize will make him more responsible.

  31. lau यो पाली को नोबेल पुरस्कार त गिरिजा लाइ होइन र??? मलाई लाग्छ ओबामा ले भन्दा त हाम्रो गिरिजा बाबु ले हरिप को योगदान देको छ नि यार शान्ति मैन्तैन गर्न..जे सुकै होस यो निर्णय मलाई चै ठिक छ जस्तो लाग्दैन.

  32. संसारको जनसंख्याको आधारमा Christian र Muslim धर्म अग्र स्थानमा छन् | ओबामाले देखाएको Christian र Muslim बीचको सम्बन्ध सुधार कार्यमा अग्रसरताले यो संसार साच्चै नै धेरै शान्त र सुरक्ष्यित हुने बिस्वास धेरैको छ | यो पुरस्कारकले विश्वव्यापी सहयोगको ग्यारन्टी दिएर ओबामालाइ त्यस कार्यमा जिम्मेवार बनाउने छ मेरो विस्वास छ |

  33. अरबौ मान्छे हरुको मनमा शान्ति कसले ल्याउन सकेको छ अहिले सम्म? अधिकांस संसारका लिडरहरुमा जोन मककेइनले जित्छ र संसार युद्दस्तरमा उत्रिन्छकि भन्ने डर थियो ! मेरो बिचारमा sansaar का मान्छेहरुले बराक ओबामा अमेरिकाको रास्ट्रपति भएपछि शान्तिको सास फेरेको हुनाले नोबेल शान्ति पुरस्कार दियो होला.
    कुरा आयो नोबेल पुरस्कार को! यो पुरस्कार दिने कमिटीमा संसारका ख्याती प्राप्त मान्छेहरु छन्, सबैले भोटिंग गरेर छान्ने हो. सबैलाइ दिउ जस्तो लागेर दिएको होला नि. हैन र. जहिले पनि सकारात्मक तरिकाले सोच्नु पर्छ. यसले बराकलाइ अझ शान्तिपूर्ण तरिकाले सोच्न बाध्य गराउछ जस्तो मलाइ लाग्दछ. हेर्दै जाउ के हुन्छ! जे हुन्छ राम्रो नै हुन्छ !

  34. गिरिजा ले पाउनुपर्ने मा ओबामा ले पायेछ/ यस्मा मेरो घोर बिरोध र जसले ओबामा लाई नोबेल शान्ति पुरस्कार दिने घोसना गर्यो त्यसलाई कालो झन्डा ल ज /
    हाकु

  35. If you guys know the world politics little bit, Obama can not do much even he wants.

    If you guys thinking Obama is in the top position in the world, explore the information! Know the politics. He needs to REVOLT if he wants change. Wait and see.

    Let’s get rid of lobbeying media and start total revamping in thinking.

  36. Mahatma Gandhi did not get nobel peace prize. Who was not recognized Mahatma Gandhi or nobel peace prize committee.
    Mr. Obama is the most popular and dynamic leader of the 21st century. Entire world has definite expectation from him so why not nobel peace prize committee will recognize him.
    Finally I do not see any quality in nepalese leaders that I should mention here.

  37. Obama is a good leader. But for Nobel Peace prize, he is quite immature. He has not done anything significant to be adored with a Nobel Peace Prize. So far, he has proven nothing than a good speaker. He speaks what people like to hear. He has to prove by work what he has spoken. Too early.

  38. ओबामा सायद perfect व्यक्ति होइनन होला तर मैले त उनि भन्दा माथि कोहि देखेको पनि छैन है | को छ र अहिले सान्ति पुरस्कार पाउन लायक | नोबेल पुरस्कार जस्तो कुरा हो, तेत्तिकै दिएको त पक्कै होइन |

  39. खासै ओबामा ले केहि गरेको छैन. | ऊ गर्ने प्रयासमा चाहीं छ | तर कति हतारमा उसले पुरस्कार पायो | यो नोबेल committee के भाको होला ? तर अरु को हुन सक्थ्यो सम्भावित उम्मेदवार भनेर पनि सोचिराको छु नि म त हो !

    एनिवेज़ congrats ओबामा तिमीलाई | आइ होप यु क्यान डु बेटर फर अल अफ आवर फ्युचर !

    गोद ब्लेस अमेरिका एंड रेस्ट ओफ द वोर्ल्ड |

  40. मलाई लाग्छ यो निर्णय एकदमै सहि छ किनकि ओबामा ले negotiation को हात बिस्ववर
    फैलाएका छन् ,उनको नीति अगाडी बुश को जस्तो आक्रामक खालको छैन नत उनि कुनै देश बिरुद्द war को मोर्चाबन्दि नै गरेका छन् ! ओबामाले बिस्व सान्ति का लागि गरेको initiative को प्रसंसा गर्ने पर्दछ!

  41. खाने मुखलाई जुंगाले छेक्दैन क्या साथी हो ………ओबामाको पुर्पुरो बलियो छ क्या यो सब पुर्पुरोको कमाल हो I

  42. मेरो विचार मा हाम्रो राजा ज्ञानेन्द्र ले नोबेल पुरस्कार पाउनु पर्ने हो किनभने उनले शान्ति का लागि राजगद्दी नै छोडेर बनबास रोजे |

  43. एल गोर ले भन्दा बाराकले खास यति छोटो समयमा केहि गरेका छैनन् पछि ३-४ साल को अवधि भएको भए साईद केहि भन्न सकिन्थ्यो किनकि बाराक एउटा जुजारु नेता हुन् , एल गोरले जब क्लिन्टन लाई मोनिकाको केसमा माहाभियोग लग्यो त्यति बेला एलगोरले क्लिन्टनलाई साथ दियेअनन आफु रास्ट्रपति हुने आशामा तर पछि अधिकतम सिनेटर क्लिन्टन पक्षमा उभिए र पुन पदमा बहाल भए.
    बदलामा क्लिन्टन परिवारले सन २००० को निर्बाचनमा कुनै साथ दिएन तर जितेकोपानी बुसले धाधली गरि रास्ट्रपति बन्यो, यदि एल गोर रास्ट्रपति भनेको भए न अफगानमा न इराकमा हमला हुन्थ्यो न इरानसंग न उत्तर कोरिया संग अमरिका को सम्बन्ध चिसिन्थ्यो जलबायु परिबर्तन त किलिन्तनको पाला देखिको नारा हुन् र हाल बाराकका नारा त्यहि केन्द्रित छ कि कसरि सम्बन्ध सुधार्ने बिस्वोसंग, एस अर्थमा नोबेल एल गोरलाई जानुपर्ने हो, बाराकले चुनाब जितको नारा इराकबाट सन २०११ भित्र सेना फिर्ता ल्याउनु हो तर अफगानमा थप्दै छ

  44. मेरि बास्सै का कलाकार धुर्मुसेले (श्री सिता राम कट्टेल्ज्युले) भनेझैं मता खोइ के खोइ के केइ भुझ्न सकिन । त्यो नोवेल बाड्ने कमिटिले के मा शान्ति ल्याको देखेर वोबामा लाइ नोवेल प्रदान गर्‍यो कुन्नी मता खोइ के खोइ के !!!!!!!!

  45. गर्न त ओमाबा ले राम्री कम गर्न खोजका छन् तर यति चाडै चै नोबेल पुरुस्कार दिनु पर्ने चै थियन जस्तो लाग्छ , त्यो त अब आउदा दिन हेरु मा राम्रो कम गरुन भनेर मात्र दियको हो

  46. अहिलेको मानिसहरुले २% दिमाग मात्र उपयोग गर्न सकेको अबस्था छ रे | बाकि ९८% पनि उपयोग गरिएको निर्णयको अपेक्ष्या कसरि गर्ने?१००% दिमागी प्रयोग भै आएको निर्णय त निश्चय पनि फरक होला तर त्यसलाई कसले बुझ्ने?सबै उही ड्यांगका मुलाहरू |

  47. स्कुल मा बादबिबाद प्रतियोगिता हुन्थो अनि सधै जस्तो मेरा हर्ने साथी हरुले एउटा एउटा निरनायक को गल्ति पोइन्ट गर्थे. हरुवा मनस्थिति हुने हरुले यो पुरस्कारको निन्दा गर्नेछन. सकारात्मक सोचाई र सफा रिदय हुने हरु बधाई दिंदै शान्तिमय बाताबरण को सिर्जना गर्ने कार्य मा सहयोगी हुनेछन. स्थगित डिप्लोमेसी लै अर्को मौका दिंदै बिस्वभर कोंवेर्सेशन सुरु गर्ने कम के पुरस्कृत हुन योग्य छैन? ऐतिहासिक रुप मा नोबेल बिजेता को नै क्रितिसिज्म बाट मुक्त छ र?

  48. ओबामा ले यो पुरस्कार फिर्ता गरे उनको साख बढ्ने छ |

  49. जुन राष्ट्र सैनिक लडाई लडी रहेछ उसैको राष्ट्रपति लाई नोबेल पुरुस्कार | यो भन्दा अर्को मजाक के हुन् सक्छर ?

  50. यो केहि पनि होइन !!!
    नोबेल पुरस्कारको निति परिवर्तन भएको हो
    (पहिले पुरस्कार पछि शान्तिको लागि योगदान)

  51. कुरा सही हो, नोबेल पुरस्कारै पाउने काम त गरेका छैनन् भो ।

  52. के गर्ने साथी हो निधारमा नै श्री लेखेर आउनुपर्दो रहेछ जे पनि हुँदो रहेछ, रिस दाहा गरेर भएन अब निधारमा नै श्री नलेखेको भए त्यो कहाको अफ्रीकाको मान्छेको छोरा, भएन भनेर बाउले समेत छोडेर गएको, आमा अर्कैसंग पोइल गएर बाजे बज्यैले पालेको मान्छे अमेरिका जस्तो देशको रास्ट्रपति हुने भनेको त सपनामा पनि नचिताउने कुरो हो, अझै भएन भनेर रास्ट्रपति भएको ११ दिन भित्र उसको नाम नोबेल पुरस्कार नोमिनेशनमा जानु, (खै ११ दिन भित्र के त्यस्तो चमत्कारी काम गरेछ कुन्नि?) त्यसपछि अरुले बर्षौ काम गरेर नपाएको पुरस्कार उसले ९ महिना मै छडकाई दियो | अबो पुर्पुरोमा नै लेखेर आए पछी के भन्नु, तिर्खाले होइन खोलाले नै धाएर आउदो रहेछ | हेर्दै जाउ अझै के के चमत्कार देखाउने हुन् ओबामाले | सायद माओबादीले भन्ने गरेको छलांग भनेको यहि होला, कतै ओबामाले पनि माओबादीहरु बाटै यो छलांग लगाउन सिकेका त होइनन? यदि होइनन भने माओबादीहरुले पो बरु ओबामाबाट केहि सिक्नु पर्छ कि? सधै बुशले जस्तै मेरो गोरुको बाह्रै टक्का भन्ने कुरा गर्नु भएन कि ? बिपछ्यको पनि कुरा सुनौ र सम्मान गर्न सिकौ कि ? त्यस्तो गरेमा कमरेड प्रचण्डको घाँटीमा पनि अर्को साल नोबेल पुरस्कार को मेडल झुन्डिन के बेर ? कुनै असम्भब कुरो होइन |

  53. from today i dont have any faith on nobel peace prize,still i have faith on physics,chemistry ,economy ,literature and medicine.
    those who got nobel prize in these sector really contribute in their respective field ,but i dont think obama contribute that much in peace.
    He is increasing the number of armed forces in afghanistan,day to day numbers of civilian are dying due to american and NATO troops.
    America is still the country which produced largest number of arms and ammunation, Obama doesnt do anything to stop it,he even cannot rehabilate the prisoner of guantanameo jail.America press the switzerland government to capture polonski.
    i think it is the greatest mistake of nobel comittee hope the mistake wont repeat again.

  54. ओबामा ठिक छैन भन्ने हरुले अरु को ठिक छ भन्दिनु पर्यो मलाई?
    १.० प्रचंडे.
    २.० गिरिजे
    ३.० फिडेल क्यास्ट्रो
    ४. हुगो चाभेज .
    ५.० चाइना को राजा ( आफु सकुन्जेल सत्ता मा बस्ने नसके पछि आफ्नै भाई/ छोरा लाई सुम्पने हुनाले )
    ५.० उत्तर कोरिया को राजा ( आफु सकुन्जेल सत्ता मा बस्ने नसके पछि आफ्नै भाई/ छोरा लाई सुम्पने हुनाले पहिला बाउ अहिले छोरा छ नि )
    ६.०अहम्दिनेजद (इरान)
    ७.० गोन्जालो (पेरु को गोरिल्ला )
    ८.० भेलुपिल्लाई प्रभाकरण ( मरोणपरन्त)

    सुझाब पाउ त साथी हरु.

  55. संसार एस्तै हो साथी हो बलेको आगो सबैले तप्छन नेपालमै हेरौना माओबादीको गुणगान गाउने कसरी बढे ७०% जनता माओबादी को विश्वास मा फसिसके के गर्ने र !

  56. ओबामा को चाकडी गरेको हो | नतिजा देखिने गरि खास कुनै काम भएकै छैन |

  57. Only very rarely has a person to the same extent as Obama captured the world’s attention and given its people hope for a better future. His diplomacy is founded in the concept that those who are to lead the world must do so on the basis of values and attitudes that are shared by the majority of the world’s population. The vision of a world free from nuclear arms has powerfully stimulated disarmament and arms control negotiations around the world. Thanks to Obama’s initiative, the USA is now playing a more constructive role in meeting the great climatic challenges the world is confronting. Since taking over his office he has handled multi-tasks at once..so he deserved it.

  58. एक दमै राम्रो लग्यो येस्तई बेक्ती लाई दिनु पर्छ .

  59. यो भन्दा राम्रो जोक अरु केहि पनि लागेन ……हाहाहाहाहाहा

  60. Jimmy Carter has also won the Nobel Peace prize, but he is one of the most unpopular president of USA and his contribution for world peace is not highly appreciated , may be popular in our country for some of our politicians, lets wish Obama hype will not get the same result in future. Most of the politics commentators already said that his honeymoon period was already over and he is not upto that level what has been expected from him n’ his administration.

  61. He deserved it. Since taking over his office he has handled many tough tasks at once, from war abroad to recession at home. He has plans and goals on his future leadership and he is wining on his every steps. He is stepping one step forward than any of us to bring back peace in this world. So why not….?

  62. खास मा तेती सरो भनि हाल्नु ठिक हुन्छ जस्तू मलाई लाग्दैन नोबले पुरस्कार भने को सानो कुरा हैन अनि त्यो चुन्ने काम पनि चनछुने ढंग ले हुन्छ जस्तू मलाई लाग्दैन

  63. ओबामा अफगानिस्थान मा अमेरिकन सैनिकको संख्या थापिरखेको छ त्यो नै उसको शान्ति प्रतिको प्रतिबद्ता हो

  64. राम्रो छ नि , आणबिक हतियार अप्रसार मा उनको योगदान आतुलनिय नै छ, अब पृथिवी का भार हरु इरान र उत्तर कोरिया लाई ठोक्नू पर्छ ओबामा ले अनि अर्को पल्ट को नोबेल सान्ति पनि उनलाई नै.

  65. मलाई पनि समाचार पड्दा अचम्म लग्यो तर ढिलो चाडो ओबामालाई दिन्थ्य नै …जेहोस बुश हरु हेय्र्य हेय्रै भय अब अनि ओबामा ले अब जे बोल्या छ सबै कुरा हरु पुरा गर्नु पर्ने छ जस्तो लाग्छ …हेरुम के के गर्छः…

  66. बन्दुकको नालबाट नै सक्ति निक्लिने पक्कै हो भन्ने कुराको आवास गराउछ साचै
    भन्ने हो भने मानिस हरु नर्वे होस् या अमेरिका सक्ति को पछाडी लाग्दोरहेछा भन्ने कुरा को आवास गराउछ हामीहरु त केवल
    कमेन्ट मात्र गर्छौ तर बर्सौ शान्तिको लागि तपस्या गर्ने हरु को मनमा एसले ठुलो चोट पुराएको महसुस हुन्छा

  67. ठिकै लाग्यो……नोबेल शान्ति पुरस्कार पाए जसरि काम गरिदिए हुनत्यो …उनको जुन जोश, जागर र लिडरशिप छ त्यो अत्यन्त प्रसंसनिय छ …

Comments are closed.