भन भन भाइ हो, के भन्ने? सं‍विधान छिटो ले भन्ने

२५ दलका २५ मुख
२५ तिर चिहाउँछन्
अनि यिनले संविधान
कहिले ल्याउँछन् ?

तपाईँ हामीले भोगिरहेका यथार्थलाई व्य‍ंग्यात्मक रुप दिएर सिस्नुपानी नेपाल नामको संस्थाले केही वर्षदेखि देउसी खेल्दै आएको छ। यस पटक पनि त्यसरी नै देउसी खेलिएको छ। सिस्नुपानी नेपाल २०५५ सालमा बनेको संस्था हो . यस संस्थामा मनोज गजुरेल, लक्ष्मन गाम्नागे, टन्कराज आचार्य जस्ता हास्यब्यङ्गक स्रष्टाहरु क्रियाशील छन्। सामाजिक बिकृति र विसंगतिलाइ नया शैलीमा ब्यङ्ग गर्न खप्पिस यो संस्थाले यो वर्ष खेलेको देउसीको केही अंश सुन्न भित्र आउनुस्।

कता गयो सपना
बन्ने नयाँ नेपाल
आखिरीमा हात लाग्यो
माधव नेपाल !

उही अनुहार उही विचार
बासी भात जस्तो भो
०४६ साल फर्केर
आए जस्तो भो

सिस्नुपानीले राष्ट्रपति र कटवाललाई पनि व्य‍ंग्यको सिस्नु हानेका छन्।

राष्ट्रपति चेस खेल्ने
भारत गोटी चाल्दिने
सिपाहीले नै देशको प्रधानमन्त्री फाल्दिने

माओवादीलाई मात्र के बाँकी राख्‍थे र-

बेलाबेलै प्रचण्ड उफ्रिरहन्छन् फुत्रुक्क
राकेश सुदको एकै फोनले जुंगा लुत्रुक्क

नडराउनुस् अब माओवादी ज‍गल फिर्दैन
किनभने पजेरो जंगल छिर्दैन

यति राम्रो हाम्रो झण्डा फेर्छु भन्छन् हेरन
झण्डाभन्दा पहिले देशको मुहार फेरन

गिरिजालाई पनि उनीहरुले बाँकी राखेनन्-

गरे गरे जस्तो गर्छु म त केही गर्दिन
छोरी प्रधानमन्त्री नभई मर्दै मर्दिन
जर्मनीकी बुहारीले उपप्रधान खाइरहने
काँग्रेसका नेता जति मुख बाइरहने

सीमा विवादका बारेमा उनीहरु यसरी व्यंग्य कस्छन्-

दक्षिणका साँढेले
खायो भन्छन् बाली
हाम्रै साँढे लबस्तरा
तिनलाई किन गाली ?

पूरै सुन्न तल क्लिक गर्नुस्-

38 Comments

  1. राम्रो छ समय सुहाउदो सुभकामना छ सिस्नो पनि परिवार……

  2. हेल्लो सिस्नोपानी नेपालका संचालकहरुमा मेरो मुरीमुरी हासो र खुसीका पोका हरु साह्रै समय सान्दर्भिक र व्यंग्यात्मक लाग्यो,यो देउसे प्रोग्रामले अवस्य नेपालका भुडे नेताहरुको पर्दाफास हुनेछा भन्ने मैले विश्वास लिएको छु र नेताहरुको निदहराम भो होला हगी? फेरी फेरी एस्तो कार्यक्रमहरु उपलब्ध गराउदै जानु होला हामी जस्ता प्रवाशी लाई येही छ शुभकामना सिस्नुपानी संचालकद्वयहरुमा धन्यवाद सुनिल राई(तोर्ण) हाल ;मलेशिया

  3. सारै राम्रो लाग्यो , येस्तई कोसेली हरु पस्किदै गर्र्नु होला हामी दर्सक स्रोता सामु .
    सिस्नुपानी नेपाल लाइ धन्यबाद .
    अब त नेता लाइ मुख को सिस्नुपानी भन्दा काम को सिस्नुपानी नै लगाउनु पर्ला जस्तो छ . मनोज दाइ तपाइँ हरु तयारि भएर बस्नु होला .
    कलाकार को पनि जय होस्

  4. यी नेता हरु ले कसैको कुरा सुनने वाला छैनन तेसैले मनोज दाई तपाई ले नै सिसंनो पानी लगाओउदा बेस होला देश को सीमा मीचे र के भयो आफ्नो कट्टु न तान्दा सम्म चिर निंद्रा माँ हुन्छन् हाम्रा नेता हरु

    सागर अधिकारी भैरहवा बाट

  5. मैले यो पड़ना त पायो तर सुन्न पाएन किन होला मेरो कम्प्युटर मा खराबी हो कि तपाई को यो ब्लग मा हो मैले कुरै बुझेन कृपया सुन्न पाए राम्रो हुन्थ्यो !!!

  6. साथी प्रेम

    तपाई ले भने को जस्तै यी नेता लाई यिनीहरुको घरमा काला अरिंगाल हुलेर ढोका बन्द गरि सम्पर्क बिहिन पुरा २४ घण्टा थुन्नु पर्छ त्यस पछि या त मर्छन यदि बाची हाले भने देशका लागि बल्ल केहि गर्छन | त्यो चै होइन .अरिंगाल संग थुने अरिंगाल लाई नै मन्त्रि बनाय र निस्खन छन् | यस्ता छन् हाम्रा नेता हरु |

  7. धर्मराज जी तपाई त प्रचण्ड ले बोलेको झैँ गरेर पो कुरो गर्नु वो बा…..लाल सलाम है कमरेड!!

    के भो त झन्डा फेरौ, देश को नाम पनि फेरौ, अनि देश को लोकेशन पनि फेर्ने हो कि??
    जीरो बाट नै सुरु गर्नु पर्ने हो भने देश लाई सम्म पारेर पो काम सुरु गर्ने हो कि??

    तराई- पाहाड भन्न पनि नपर्ने, कि कसो??
    के के फेर्ने??
    अनि हाम्रो बुद्दी चाहि नफेर्ने??

  8. अधिकारी ज्युको, नेपालको झन्डा नफेर्ने बारेमा मेरो कमेन्ट |
    हाम्रो देश नेपालको झन्डा फेर्नु या नफेर्नु भन्ने कुरा साह्रै ठुलो कुरो/विषय होइन | यस भित्र लुकेका कुराहरु अनेकौं हुन सक्छ | तर निति-ग्रिटीमा मलाई थाहा नहुन भने हुन सक्छ | मेरो जानकारी अनुसार, हालको झन्डाले पुर्ब कालका सूर्य/चन्द्र बंसी राजा/राज्यका मात्र एउटा संकेत जनाएका छन | यदि हामी संपूर्ण नेपालीहरु देश भक्त प्रेमी हुं भन्न र हुन चहान्छ भने, हाम्रो देशको झन्डा कुनै ब्यक्ति, पार्टी, धर्मं, सस्था, छेत्र, लिंग आदिको नभएर संपूर्ण आम नेपालीहरुको साझा झन्डाको रुपमा संपूर्ण देश बासी छेत्रलाई समेट्ने गरि हाम्रो रास्ट्रीय झन्डा बनाईनै पर्दछ र यसैमा बुद्दिमानी हुनेछ | मेरो भानाइको मतलब, हालको झन्डालाई पूर्ण रूपले धोस्त / नस्ट पार्ने कुरा होईन | यसलाई एउटा कुनै संग्राहलायमा सुरक्छित साथ राख्न सकिन्छ | ताकि भबिस्यमा हाम्रा पछिका भाबीपीडीहरुले थाहा पाओसकी, हाम्रो नेपालको पहिलेको/पुर्बकालको झन्डा भनेर | आर्को कुरा, हाम्रा देशका संपूर्ण कुराहरु नाराम्रा छन भन्ने मेरो भनाई होईन | जुन कुराहरु पुरानै भए पनि अहिलेको समय/युग संग सुहाउदैन/मिल्दैन भने त्यसलाई हामी संपूर्ण देशबासी एक भएर आत्मासाथ दिई ति त्रुटीहरुलाई सच्याउनु र परिबर्तन गर्नु हामी र हाम्रा भाबी सन्ततिका लागी एक्दमै ठुलो योगदान हुनेछ /पुग्नेछ भन्ने मलाई लाग्छ |
    जसको कारण आज बिकसित मुलुकहरू बिकासको चरम सिमामा पूगी सकेका छन भने हाम्रो देश नेपालमा, अधिकारी ज्यु र यस्तै बिचार राख्ने नेताहरु र जनाताहरूका पुरानै सोच-बिचार भएको कारण देश बिकासको दिसा तीर नभई उल्टो दिसा तिर गईरहेकाछन | त्यसैको फल आज हामी नेपालीहरुले भोगी रहेकाछौं | अझै पनि हामी नेपालीहरुको
    घैटोमा घाम नलागे कहिले लाग्नेहो ? प्रस्न हामी आफैमा छ | अब हामी नेपालीहरूले आफै गहिरेर केही सोचौ र केही गरौं | कति दिन बिदेसिको मुख ताक्दै बस्ने ! खोसेको रोटीले मेरो पेट अगाईन्न, मागेको धोतिले मेरो लाज छोपिन्न……………….धन्यबात मेरो समर्थक देश प्रेमी मित्रहर्लाई !

  9. सिस्नोपानी नेपाल नेपाली को मुटुको धडकन बन्न सकोस दिपावलीको शुभकामना

  10. सिस्नुपानी को प्रयास ले ठोस रुप लिन सकोस
    सिस्नुपानिले जनताको आवाज उठाएकोछ ,तर मेरो विचार मा त अझै कम भयो
    मुर्ख नेता हरुलाई छानी छानी सिस्नु पानी लगाउनु पर्छ नेपालमा

    धन्यबाध
    रियाध साउदी अरब बाट
    दुर्गा खनाल

  11. शुभ दीपावलीको शुभकामना ! आशा गरौ दिपावली को उज्वालो र देउशी भैलीको आवाजले नेताहरुमा सुविचार, एकता र बिबेक आउनेछ | सिस्नुपानिले जनताको आवाज उठाएकोमा धन्यबाद |

  12. हाम्रा नेपाली कलाकारहरु महान छन । यसरी घाटी सुक्ने गरी देउसी गाएपनी मुर्ख नेताहरुको कानमा पर्दैन । कस्तो बिडम्बना ? जे होस् यो देउसीगीतले तिहारमा मुड फ्रेश गरिदियो ।

  13. धेरै राम्रो सिश्नुपानी नेपालको यो प्रयासलाई प्रत्येक नेपालीको मन छोएको छ.

  14. वहा सिस्नोपानी वहा!
    मलाई त अति मन पर्यो यो 21 सौ सताबदिको देउसी ल badai छ हाई मित्र ……/////
    साथै सबै कमाण्ड लेख्ने साथिहरुमा यस tiharko शुभकामना है ……..//////
    धन्यबाद…….!!!!!!!///….!!!

  15. सिस्नुपानिको यो पस्तुति एकदम समय संद्रभिक छ ! मलाई मनपर्यो !
    दीपावलीको हार्दिक मंगलमय शुभ-कामना सम्पूर्ण नेपालीहरुलाई

    प्रकाश पुन मगर
    नोर्थ भिक्तोरी बेस क्याम्प
    बगदाद इराक

  16. धेरै राम्रो छ ] सबै साथीभाई तथा दिदीबहिनी हरुलाई दीपावली को हार्दिक मंगलमय शुभकामना /

  17. सिस्नुपानी को यो प्रस्तुति साह्रै राम्रो लाग्यो.सबै पाठक ब्रीन्दहरुलाई दिपावली को शुभकामना >>>>

  18. मलाई त लक्ष्मन जी को सबे लेक हरु मन पर्ह्च. दम्ददोल.काम मा नेपाल मा खोजी खोजी पदने गर्छु. तर अजी नया नया पदना पाए राम्रो, मज्जा आउने थीओ होला. बहुत रर्मो छ देउसी भेलो ल ………..

  19. एक दमै राम्रो छ . तर के गर्ने नेताहरु ले कहिले सुन्ने.

  20. प्रतिक्रियाका लागि सबै साथीहरुलाइ धन्यबाद .
    लक्ष्मन गाम्नागे

  21. कस्त्यो राम्रो बनायको धन्यवाद छ सिस्नुपानी लाई,

  22. साह्रै राम्रो तर यिनीहरुलाई एस्तो व्यंग्य ले छुदैन “लात को भुत बात ले मान्दैन ” त्येसैले भाते कारबाही नै उत्तम सबै लाइ १ नम्बर मा चाही छबिलाल लाइ

    जय नेपाल
    हिमाली

  23. प्र्यास राम्रो छ तर हाम्रा नेताहरु लै केहि असर गर्दैन ! मौका मा हिरा फोर्नु भन्ने
    यिनीहरु ले सानैमा पढेका छन् .

  24. हाम्रा नेतालाई येस्ता ब्यङ्गले केहि फरक पर्दैन यिनीहरुको घरमा काला अरिंगाल हुलेर ढोका बन्द गरि सम्पर्क बिहिन पुरा २४ घण्टा थुन्नु पर्चा त्यस पछि या त मर्छन यदि बाची हाले भने देशका लागि बल्ल केहि गर्छन.

    देपावलीको शुभकामना!!!!!!

  25. हा.हा..हा…हा….सारै मिठो प्रस्तुती
    बदाई छ सिस्नुपानी नेपाल लाई,

    तिता मिठा प्रसाद चौतारीमा लिएर सबैलाई बाद्दिनुहुने मेरो संसार परिवारलाई दिपावलीको शुभ कामना।
    र पाठक लगायत सम्पूर्ण नेपाली जन्तामा राम्रो सोचेको सबै पुगोस् र नराम्रो सोचेको कहिल्यै नपुगोस् भनी शुभ कामना….
    अनी नेताहरुमा सिस्नुपानीका यी आवाजहरु ढुङ्गा भन्दा सारो छातीलाई छिचोलेर भित्री हृदयमा बिजोस् अनी सबै मिलेर छितो संबिधान बनाई जन्तालाई भुजाउन् यही शुभ कामना…

  26. नेपालमा बर्साई भरि गाइजात्रा, येस्ता नकचरा नेतालाई एस्तो भैलो ले के नै फरक पर्ला र खोइ. औटा राम्रो हैजा नैफैली नेपालका नेता स्वर्ग नजाने भए, अनि कसरि बन्नु नया नेपाल……………….

  27. धेरै राम्रो एस्तै हो भने संबिधान बन्दैन भन्ने कुरा मा पुर्बेली लाई पुरा बिस्वाश छ | बाकी प्रभु को निगाहा कि कसो साथी हो ?

Comments are closed.