न्हू (नयाँ) दँया (वर्षको) भिन्तुना (शुभकामना) !

आज नेपाल संवत् अनुसार नयाँ वर्ष सुरु हुने दिन। नेपाल स‍ंवत ११३० को अवसरमा आज बिहान ७ बजे बसन्तपुरबाट एउटा भव्य सांस्कृतिक जुलुस निस्कन्छ। जुलुसको अग्रभाग नगर परिक्रमा गरेर फर्कँदा पूछारको भागलाई छुने गरी विशाल हुन्छ यो जुलुस। नेपाल संवत् ८८८ वर्षसम्म आधिकारिक संवतका रूपमा प्रचलनमा रहेकामा वि.सं. १९६० मा राज्यस्तरबाट नै यसमाथि रोक लगाइएको थियो। नेपालमा वि.सं. २००७ मा प्रजातन्त्रको उदय भएदेखि नै नेपाल संवतलाई पुनःस्थापित गराउन विभिन्न प्रयास हुँदै आएको थियो। पञ्चायत कालमा नेपाल संवतको जुलुसमा सहभागी हुनेलाई समेत धरपकड गरिन्थ्यो।

वीरगन्जमा नयाँ वर्षको जुलुस।

नेपाल संवत् प्रारम्भ गरेर समाज तथा राष्ट्रलाई युगान्तकारी योगदान दिएकै फलस्वरूप शङ्खधरलाई सरकारले वि.सं.२०५५ मा राष्ट्रिय विभूति घोषणा गरेको थियो। गत वर्ष सरकारले नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा मान्यता दिएको छ।

यसपालि तिथिको अलमलका कारण काठमाडौँबाहिरका केही जिल्लामा आइतबारै नयाँ वर्षको भिन्तुना र्‍याली निस्केछ। काठमाडौँमा सोमबार मात्रै निस्कन्छ र काठमाडौँका फोटोहरु साँझसम्ममा राख्‍नेछु। यहाँका सबै फोटो सौजन्यः रासस

आजै नेवार समुदायले म्हपूजा पनि मनाउने गर्छन्। यसपालि शोकका कारण हाम्रो परिवारमा म्हपूजा मनाइँदैन। म्हपूजाका बारेमा राससको यो सामाग्री जानकारीमूलक छ-

यमपञ्चक (तिहार)को चौथो दिन अर्थात् कात्तिक शुक्लपक्षको प्रतिपदा तिथिमा नेवार समुदायद्वारा मनाइने “म्हः पूजा” नेपाली चाडपर्वमा अद्वितीय र विशिष्ट रहिआएको छ।

विभिन्न जातिअन्तरजातिमा विभाजित नेवार समुदायमा सबै चाडपर्व समानरुपमा नमनाइए पनि म्हः पूजा सबै नेवारद्वारा स्वीकारिएको छ।

म्हः पूजाको नामकरण नेपाल भाषाको म्हः र पूजा यी दुईवटा शब्दबाट हुन गएको छ। म्हः को अर्थ नेपालीमा शरीर हो। यसको समग्र अर्थ शरीरको पूजा हो।

शरीरको सेवाबाट स्वस्थ र पवित्र बन्न सकिने दृष्टिकोण र यो समग्र सृष्टि परमात्मा–परमेश्वरको हो भन्ने सर्वात्म भावले आफ्नो शरीरलाई पनि परमात्मा मानेर आफूले आफूलाई आराधना गरी ‘म’ र ‘परमात्मा’ बीच कुनै अन्तर नभएको महसुस गर्दै शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष रहेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय संस्कृत विभागका सहप्राध्यापक डा.ऋषिप्रसाद शर्मा विश्वास राख्नुहुन्छ।

डा.शर्मा विश्व ब्रह्माण्डकै स्वरुप रहेको मानवशरीरमा सबै प्रकारका धर्म र कर्मप्राप्तिका प्रमुख साधन रहेकाले विश्वका सबै धर्मले यस शरीरलाई ईश्वरसँग भेट्ने र ईश्वरलाई बुझ्ने मन्दिरका रुपमा उपयोग गरेको बताउनुहुन्छ।

शरीरभित्र समग्र देवता, शक्ति, विश्व ब्रह्माण्ड र परमेश्वरको बास हुने मान्यता राख्ने डा.शर्माले आफूलाई चिनेरबुझेर आफ्नो उद्धार गर्न आफू नै अघि सर्नुपर्ने सम्बन्धमा वेद, गीता, उपनिषद्, पुराण, बौद्ध दर्शन, जैन दर्शन, नेपाली, नेपालभाषा वाङमयका साथै कुरान, बाइबल, आदि सबै धर्मग्रन्थसमेतमा एकमत भएकाले आत्मोद्धारका लागि प्रेरक पर्व म्हः पूजा मनाउन अनिवार्य भएको बताउनुभयो।

म्हः पूजा कहिलेदेखि प्रारम्भ भएको हो भनेर यकिनका साथ भन्न नसकिए पनि एकपटक नेवार समुदायमा ठूलो दैवी (प्राकृतिक) प्रकोप परेकाले धेरै मानिसको क्षति हुन गएको र त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याइएको विश्वास पनि गरिन्छ।

स्वस्थ शरीरद्वारा नै सबै प्रकारका धार्मिक, सांस्कृतिक, सामाजिक, राजनीतिक आदि कर्म गर्नसकिने मान्यता राख्नुहुने त्रिवि केन्द्रीय बौद्ध अध्ययन विभागका प्रमुख सहप्राध्यापक डा.मिलन शाक्य यो यमपञ्चकसँग जोडिएकाले पनि यसको प्रारम्भ यमपञ्चकको सुरुवातसँगै भएको अनुमान गर्नुहुन्छ।

डा.शाक्यले स्वस्थ शरीरभित्रको स्वस्थ मनबाट मात्र ब्रह्मको चिन्तन सम्भव भएकाले त्यसको प्राप्तिका लागि शरीरलाई शुद्ध बनाएर मनलाई स्थिर राख्नका निमित्त यो पूजा गर्ने गरेको बताउनुहुन्छ।

शरीरको अभावमा कुनै पनि विषयवस्तुको अस्तित्व नरहने हुँदा शरीरप्रति विशेष आस्था र भक्ति प्रकट गरिने म्हः पूजालाई वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी नेवार समुदायमा पास्नी गरेपछि नमरुन्जेल उसको मर्यादाक्रमअनुसार गरिने पूजा भएको बताउनुहुन्छ।

जोशी शरीरप्रति रहेको चैतन्य (चेतना) तत्वलाई प्रतिनिधित्व गराइने गरी करिब दश इन्च लामो बत्ती बाली तान्त्रिक विधिले शरीरको आराधना गरी प्रज्वलित दीपलाई मानवदेहसँग परिकल्पना गर्ने गरिएको बताउनुहुन्छ।

जोशी भन्नुुहुन्छ– म्हः पूजा गर्नका निमित्त बाहुन पनि नचाहिने तथा शुभसाइत पनि हेराउन नपर्ने भएपनि मण्डलको निर्माण गरी ब्रह्मा, विष्णु, महेश्वर, यमराज, यमुनाका साथै विभिन्न फूल अक्षतालगायत सयपत्री फूलले पूजा गरिने म्हःपूजामा विशेषतः आफूले आफूलाई वास्तविक (यथार्थ) धरातलमा महसुस गरिन्छ।

बौद्ध सम्प्रदायभित्रका नेवार समुदायले पनि आफ्नो शरीरको विशेष पूजा गर्ने गरेको पाइन्छ। यस सम्प्रदायले गर्ने म्हःपूजाको स्रोत उही भएपनि पूजाको शैली भने केही फरक छ। यस सम्प्रदायअन्तर्गत विभिन्न नौ किसिमका बिही (गेडागुडी) को प्रयोग गरी मण्डल निर्माण गरिन्छ। सौर्यमण्डल गोलो भएकाले सोहीअनुरुप विश्व ब्रह्माण्डलाई प्रतिनिधित्व हुने गरी मण्डल निर्माण गरिएको हुन्छ।

बौद्ध पुरोहित फणीन्द्र बज्राचार्य त्रिरत्न (बुद्ध, धर्म, सङ्घ), यमराज, कुलदेवताको आराधना गर्दै दशै दिशाका लोकपालको पनि म्हःपूजा गर्दा पूजा गरिने परम्परा रहेको जानकारी दिनुहुन्छ।

त्रिरत्न र दशलोकपालको पूजापश्चात् घरको मूलीले अनिवार्य पूर्वदिशातिर फर्केर म्हःपूजा गर्ने र अरु सदस्यले आफ्नो अनुकूलअनुसारको आसनमा रहेर शरीरको पूजा गर्न सकिने बज्राचार्य बताउनुहुन्छ।

मण्डलको दाहिनेतर्फ विशेष तरिकाले गरिएको लामो धागोको तेल बत्ती (खेलुइता)लाई म्हः पूजाको आदिदेखि अन्त्यसम्म (समापनसम्म) अविच्छिन्नरुपमा बलिरहन दिनुपर्ने हुन्छ।


51 Comments

  1. साची साथी भाईहरु नया बर्सको प्रिन्ट मिस्ताके भएको जस्तो छ, सिर्सक मा त ठिक छ तर तल हाम्रा दिदि बहीनीहरु तथा दाजु भाइहरुले लिनु भएको Flek प्रिन्टमा नया वर्ष भन्ने नेवारी सब्द गलत छ कृपया राम्रोसंग हेर्नुस त |

  2. हामी नेपाली हो तर हाम्रो आफ्नो नेपाली सम्बत किन प्रयौग गर्देनौ ? अब हामी नेपाली जनताले प्रयौग गर्नु पर्यो .नेपाली सम्बत वनेको हाम्रो चेनारी हो .

  3. न्हुगु बर्ष नेपाल सम्बत ११३० या लसताये सकल नेपामी पिन्त भिन्तुना देछाना चोना {

  4. भितुना दू भिन्तुना न्हुदया भिन्तुना नेपाल सम्बत 1130

  5. नेपाल सम्बत (राष्ट्रिय सम्बत ) ११३० या लासयाया सकल नेपामी मी पिन्त दुनुगला निसे भिन्तुना ….नेवा गुठि न्युयोर्क या पाखे अक्टोबर २३ खुनु सुक्रवार या बहनि न्युयोर्क या कुइन्स सहरे न्हुदया लास्ताय भिन्तुना साँझ कार्यक्रम जूए तेंगु डु सफलता या लागि सकल नेपामी पिन्त इनाप याना याना चोना .
    आदित्य महर्जन

  6. आर्यन शर्मा नि आफ्नो घर मा बस्नु र अरुको घर मा डेरा गरेर बस्नु दुवै बस्नुनै हो तर सबैले आफनी घर होस् भन्ने चाहन्छ, हो…….. बि सं र नेपाल सम्बत मा पनि तेस्तै भिन्नता छ

    सबै नेपालीलाई नया बर्ष ११३० को सुभकामना, अनि तिहारको पनि

    यसरि नै सधै नेपाली हरु एकबद्द हुन सकुन र नेपालीहरु जातीय रुपमा टुक्रा होउन भन्ने हरुलाई एक झापड लागोस /
    हामी हरु धार्मिक रुप मा पनि सधै यस्तै सहिस्नु हुनु पर्दछ अनि मात्र देश सधै एक ढिक्का भैराख्छ/
    र अर्को कुरा, इंडिया को गुजरात मा चले को सम्बत सक सम्बत हो र त्यो अहिले २०६६ मा चल्दै छ, नेपाल सम्बत र गुजरात को सक सम्बत दुवै चन्द्र मास मा आधारित सम्बत हुन् , जसरि इस्वि सम्बत र बि सम्बत सुर्यमास मा आधारित सम्बत हो, नेपाल सम्बत र गुजरात को सम्बत को नया बर्ष एकै दिन परेको ले भ्रम परेको हुनु पर्छ,र सकिन्छ भने बिस्तारै बिस्तारै देवनागरी लिपि को ठाउमा रन्जना लिपि ले प्रतिस्थापन गर्दै लैजानु पर्छ, किन भने देवनागरी इन्डियन लिपि हो भने रन्जना नेपाली लिपि हो

    हामि कोहि पनि कट्टर हुनु हुदैन सबैले एक अर्कालाई सम्मान गर्नु पर्छ र मात्रै देश एक ढिक्का हुन्छ

  7. मैले यो हिसाब किताब बुझिन, म SLC पास हो तर बुझ्न गाह्रो भो, कसै ले मलाई बुझाई दिनु भए आभारी हुने थिए .
    धन्यबाद
    It was used for national calendar till NS 888 until the erstwhile government decided to use the Bikram era in 1960 BS.

    I could not understand the mathematics here. It is stated that NS 888 govt banned NS and started BS 1960. so Bikram sambat is not in use in govt level for (1130 – 888 =) 242 years. On the other hand if I calculate date date is Bikram sambat it confule me too, if you calculate the date you will get (2065 – 1960= ) 105.

    So what is the real date ???

    I am SLC pass but could not understand this mathematics.
    I really need help.

  8. साथि हो एस्ता कुरा मा कहिले सम्म अल्झिने हो भन्या! अरे जुन सम्बत भय नि के फरक पर्छ र? विक्रम सम्बत के नराम्रो छ र ? कुनै कुरा लाइ बहस मा ल्याएर बहस गरि सके पछी तेस्को उपलब्धि के भन्ने पनि ख्याल राख्नु पर्छ नि हैन र ? ल यो नेवा सम्बत लाइ राष्ट्रिय सम्बत बनायो भने के फाइदा हुन्छ देशलाई कसैले प्रस्ट पारौ त!अनि विक्रम सम्बत लाइ राष्ट्रिय सम्बत बनाउदा चाही के नराम्रो भाको छ र ? यो बकवास कुरा हरु मा कति छलफल गर्न मन लागेको हो हामीलाई भन्या मा त अचम्म लाग्छ हो! छोडौ यी अनाबस्यक कुरा हरु लाइ अब!!!

  9. नेपाल संवत ११३० को सुभकामना !!!!!!!!!!!!!
    तर यो संवत लै सबै नेपाली को साझा भनाउने हो भने एस्लाई नेवारिकरण बाट नेपालीकरण गर्न पर्छ.. येस्मा पर्योग भएको भाषा पनि नेपाली मा प्रयोग गर्न पर्छ…हुनत मेरो यो कमेन्ट नाछापियेला………..तर जब सम्म नेवारी भाषा र यो संवत लै अलग्यौना सकिदैन तबसम्म यो संवत सबै नेपाली को हुने सक्दैन…. नेवारी भाषा लै यो संवत बाट हटाउने मुख्य दायित्वो नेवार हरुको हो ….नत्र भनेत नेपाल का
    धेरै जाति हरुको आफ्नो संवत छ…. हामि तामांग हरुको पनि तामांग संवत छ रे…… के सबै लै सरकार ले मान्येता दिन सक्छ?????
    जय नेपाल, जय नेपाली

  10. न्हूँ दं ११३० यागु लसताय दकिस्त नं दुनुग्लां निसे योक्को योक्को भिन्तुना

  11. नया वर्ष को मंगल मय सुभकामना समस्त नेपाली जनता मा !!! जय देश

  12. “शरीरभित्र समग्र देवता, शक्ति, विश्व ब्रह्माण्ड र परमेश्वरको बास हुने मान्यता राख्ने डा.शर्माले आफूलाई चिनेरबुझेर आफ्नो उद्धार गर्न आफू नै अघि सर्नुपर्ने सम्बन्धमा वेद, गीता, उपनिषद्, पुराण, बौद्ध दर्शन, जैन दर्शन, नेपाली, नेपालभाषा वाङमयका साथै कुरान, बाइबल, आदि सबै धर्मग्रन्थसमेतमा एकमत भएकाले आत्मोद्धारका लागि प्रेरक पर्व म्हः पूजा मनाउन अनिवार्य भएको बताउनुभयो।”

    शर्मा जि, कहा बाइबल र कोरान को प्रसन्ग यहा ल्याउनु भयेको?

    यो कुरा बाइबल र कोरान मा छ भनेर भन्नु भयो भने बाइबल को देश मा blasphemy law ले समात्छ किनभने बाइबल को अनुसार आफ़ु लाइ पुजा गर्नु वा आफ़ै मा इश्वर देख्नु “evil idolatory” हो

    कोरान वाला हरु ले यो लेखको अर्थ थाहा पाये भने उनिहरु को देश मा भये म्रित्यु दण्ड दिन्छन्

    हामि जस्तो उदार दर्शन उनिहरुको छैन

  13. सकल नेपाःमि पिन्त नेपाल सम्बत ११३० या लसताय् दुनुगलँ निसे भिन्तुना देछाना च्वना।

  14. न्हू दं नेपाल सम्बत ११३० या लसताय सकल नेपा:मी पिन्त भिन्तुना |

  15. भिन्तुना भिन्तुना भिन्तुना सकल नेपाःमि पिन्त नेपाल सम्बत ११३० या लसताय् दुनुगलँ निसे भिन्तुना देछाना च्वना । नेवा: झी नेवा य जुई !

  16. न्हू दं नेपाल सम्बत ११३० या लसताय सकल नेपा:मी पिन्त भिन्तुना |

  17. न्हु दया भिन्तुना ११३० !! हप्प्य न्यु एअर नयबरस को सुभकामना सबै नेपाली लाई …….हप्प्य तिहार ……

  18. सकल नेपाःमि पिन्त नेपाल सम्बत ११३० या लसताय् दुनुगलँ निसे भिन्तुना देछाना च्वना।

  19. “पञ्चायत कालमा नेपाल संवतको जुलुसमा सहभागी हुनेलाई समेत धरपकड गरिन्थ्यो” मन नपर्ने मान्छेको शासपनि गन्हौछा भनेको यहि हो. त्यो बेला पनि यस्ता जुलुसहरु हुन्थे र हामीले पनि त्यसमा भाग लिने गर्थ्यौ. लोकतन्त्र भन्दैमा जे पायो त्यहि त भन्नु हुदैन नि!!!
    जे होश ने सं ११३० न्हुदया भिन्तुना सकल नेपा मि पिन्त

  20. भिन्तुना दु भिन्तुना न्हुदँया भिन्तुना ,ने सं ११३० न्हुदँया लसताय सकल् नेपामि: पिन्त भिन्तुना

  21. न्हुदया भिन्तुना…………… सक्कल नेपा मि पिन्त नेपाल सम्बत ११३० या दुनुगल निसे भिन्तुना///////////////////////भिन्तुना दु भिन्तुना

  22. सकल नेपामी पिन्ट न्हुगु दया ११३० लासताया भिन्तुना

  23. पुजा पवित्र तथा पवित्रता अनिबार्ये भएको कसैको पनि गरिन्छ/ शरीर भित्र मन मंशाये तथा बिचार रहेको त्यो पबित्र हुनै पर्ने भएकोले र शरीरकै माध्येम बात राम्रो कर्म गरिनु पर्ने भयेकोले शरीरको पुजा गरिन्छ/

    आत्मा को अस्तित्वो परिकल्पना समेत बिना शरीर गर्न सकिंदैन/ धर्म र साम्प्रदायिकाले फरक देखिने कुरा मात्र फरक विचार र फरक सोच को कारणले हो/ तर शरीर त सबैको एकै हो/ शरीरको एक रुपतालेनै हामीमा एकताको लागि प्रेरणा दिन्छ/ एसको पुजा गरेर बन्धुबाद्को महत्वो बोध गरौन्दछ/ शरीर जन्मन्दै न हिन्दु हुन्छ न मुस्लिम बा अरु कुनै/ सहरी जन्मन्दै न गरिब हुन्छ न धनि/ शरीर जन्मन्दै न ठुलो हुन्छ न सानो/ एसको पुजा गरे एसको गलत उपयोग गर्न हुँदैन भन्ने चेतना जाग्छ/

    सबैलाई मह-पुजाको शुभकामना/

  24. नया वर्ष तथा तिहारको पावन अवसरमा नेपाल र विश्वभरि छरिएर रहनु भएका सम्पूर्ण नेपाली दादुभाई दीदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना !

    DN KHANAL
    USA

  25. नेपाल सम्बत राष्ट्रिय सम्बत दिपावली को सुभकामना उत्तोरोतर प्रगति को मंगलमय कामना माता लक्ष्मी ले सबै मा सद्बुद्धि प्रदान गरुन सबै धनि र सम्पन्न बनुन येही मेरो सुभकामना!!!!!!!!!!!!

  26. नया वर्ष को मंगल मय सुभकामना समस्त नेपाली जनता मा !!! जय देश

  27. भिन्तुना या भिन्तुना न्हुदया भिन्तुना |
    नेपाल सम्बत रास्ट्रीय सम्बत.

Comments are closed.