विरोधको विरोध

विरोध अहिले नेपालको एक प्रमुख विशेषता बनेको छ। फुटपाथ पसलेदेखि उच्च ओहोदाका पदाधिकारीहरुले समेत विरोध गरिरहेका छन्। विपक्षी माओवादीको त के कुरा गर्ने, विपक्षीले पनि विरोध नगरे त के विपक्षी ? विरोध कै कारण संसद ठप्प छ, बजेटसमेत पास गर्न सकिएको छैन। तर विपक्षीमा मात्र छैन है विरोधको भाइरस पसेको, सत्तारुढ दलमा पनि उत्तिकै छ। प्रधानमन्त्रीले पनि हिजो विरोधै गरिदिए। माओवादीले चियापानमा आफूलाई ‘प्रधानमन्त्री’ भनेर नबोलाइकन ‘एमाले नेता’ मात्र लेखेर निमन्त्रणा पठाएको विरोधमा कार्यक्रमै बहिस्कार गरिदिए।

चीन भ्रमणबाट फर्किएका माओवादी अध्यक्ष प्रचण्डलाई चियापान बहिस्कार गरेर प्रधानमन्त्रीले नेपालले गतिलै ‘सन्देश’ दिए।

काँग्रेसमा सुजातालाई उपप्रधानमन्त्री बनायो भनेर पार्टी सभापति कोइरालासमेतको विरोध भइरहेको छ। एमालेमा संस्थापन पक्षको विरोधमा ओली पक्ष लागेका छन्। हिजो जनकपुरमासमेत ओलीको उपस्थितिमा समानान्तर कमिटी गठन गरियो। भाषणमा ओलीले भनेछन्- पार्टीभित्र हरुवाहरुको चलखेल बढेको छ। बाली सपार्न झारपात हटाउनु पर्छ।

ओली आफै संविधान सभाको निर्वाचनमा हारेको र प्रधानमन्त्री त झन् दुई दुई ठाउँबाट हारेको भनेर उनले त्यसो भनेका हैनन्, महाधिवेशनमा हारेकाहरुलाई समेटेर जिल्ला कमिटीहरु बनाइयो भनेर उनले त्यसो भनेका रे। हारेकाहरु प्रधानमन्त्री हुनसक्छन् तर पार्टीको पदाधिकारी हुनसक्दैनन् भनी उनी विरोध गरिरहेका छन्।

राजनीतिलाई पर सार्ने हो भने पनि कसको विरोधमा कसले बन्द गर्ने भन्ने प्रतिस्पर्धै चलेको छ। सङ्खुवासभाको शारदा उच्चमाविका सम्पूर्ण शिक्षकले विद्यार्थीको विरोधमा पढाउन बन्द गरेका छन्। विद्यार्थीले गर्दा पेशागत सुरक्षाको ग्यारेन्टी भएन रे। विद्यार्थी भने शिक्षकले राम्रो पढाएनन् भनेर विरोध गर्दैछन्।

बिरामीको विरोधमा डाक्सापहरुले उपचार बन्द गरेर आज दोस्रो दिन आन्दोलन गरिरहेका छन् धरानमा। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्सापहरुले उपचारमा हेलचक्र्याइँ गर्‍यो भनेर बिरामीका आफन्तहरु भने डाक्सापहरुको विरोध गर्दैछन्।

विरोधको निरोध नगरेसम्म यसले हामीलाई सताइ नै रहनेछ। त्यसो गर्न ‘सिस्टम’ नबसी हुन्न। सिस्टम भनेको अहिले तुरुन्तै बस्ने चीज हैन। अहिलेलाई विरोधको विरोध गर्नुबाहेक अरु केही छ त ?

53 Comments

  1. राई जी थ्यांकयू , अनि प्रदिप दाहाल दाजू तपाइको जानकारीको लागि भन्दी राखूँ मा कुनै पनि पार्टीको होइन ,म एक सामान्य नेपाली हुँ आफुलाई मन नपरेको र सारा नेपालीले खराब नेताको कारण भोग्नु परेको पिडा शब्दमा निकालेको हुँ ,तर तपाई चाही माओको सप्पोर्टर हुनु भयो भन्दैमा सबैलाई उही चस्मा ले नहेर्नु भय बेस हुन्थ्यो ,तपाइको माओ झन केहि गर्लाकी भनेको त झन भुक्ने कुकुर मात्र रहेछ ,

  2. माकुने को घमण्ड ठिक हैन यदि उनि सम्मानको चाहना राख्छन भने ,हैन यसरि नै अरुको काँधमा बसेरनै तिक्छु भन्छन भने राजनीतिक जीवनको अन्त्य न होला भन्न सकिन्न ,जब्बरजस्तीले कि पास कि फेल अवस्य हुन्छ ,माकुनेको चाला हेर्दा पासको कुनै चान्स छैन ,

  3. उमेश जी,

    हामीहरु पनि तपाइको खाली बिरोध गर्ने समाचारहरुको बिरोध गर्छौ, अब खालि बिरोध मात्र गर्ने समाचार मात्र नलेखी समर्थन गर्ने खालका समाचारको नेत्रित्वो गर्न हाम्रो आग्रह

  4. नया नेपाल र पुरानो नेपाल विच को फरक छुट्याई दिनु होस् …. पुरानो नेपालमा के हुन्थ्यो? नया नेपाल मा के हुन्छ के हुदै छ के हुने छ?

  5. नेपाली लाई बिरोध गर्नु भन्दा क नै औछा र त्यो भने को जन्मिनु भन्दा पहिला नै सिकेर अको हुन्छ आफु केहि गर्न नसक्नु अरुले गरे को नि देखि नासहनु…..

  6. विरोध गर्न पाउनु नई प्रजातान्त्रिक पद्दति होईन र?

  7. यहि हो नया नेपाल , हरुवा नेताले चलायको देश,
    भ्रस्ट नेताले चलाएको देश ,औंठाछाप नेताले चलाएको देश प्रभुको पुच्छरले चलायको देश ,भुक्ने कुकुरले चलाएको देश ,बिदेशीको हनुमान हरुले चलाएको देश ,मैमात्र खाउँ मै मात्र लगाऊ भन्ने हरुले चलायेको देश, गरिब जनता भोकै रात बिताउने देश,गरिब नेता करोडपति बन्ने देश, गरिब जनता जीवनजल र सिटामोल नपाई मर्ने नेता लाई रुघा लाग्दा बिदेसी हस्पिटल पठाउनुपर्ने देश, यति धेरै बिसेषता भएको नया नेपाल हो हाम्रो अझै के -के देख्नै छ भोग्नु छ हामीले .

    ,

  8. प्रधान मन्त्रि लाइ उसको पद अनुसार सम्बोधन नगरेको कुरा मलाइ पनि मन परेन | जसले बनाएको भए पनि (नेपाली नागरिक हरु ले हटाउन नसके पछी ) प्रधान मन्त्रि त प्रधान मन्त्रि नै हो नि | होइन उसलाई प्रधान मन्त्रि नै स्वीकारेको छैन भने तेही अनुसार कुरो गर्नु पर्यो नत्र त आवाज बिहिन लाइ लाटो भनेर गाली गरेको जस्तो भैगो नि बिचरा मिस्टर माकुने लाइ |

    गणेश प्रसाद ढकाल
    बर्लिन जर्मनी

  9. भोलि प्रचण्ड पी. एम. भय पछी पिउन भनेर सम्बोधन गर्नेहोलाकी के होला ? खै के खै के ?

  10. “प्रधानमन्त्री” नलेखेर “एमाले नेता” मात्र लेख्यो भनेर निम्तो बहिस्कार गरि हाल्न नहुने, नेपालीलाइ जसरि पनि इज्जत नै चाहिएको छ | सरकार टिक्ने हो वा होइन को दोधारमा परेको बेलामा, सहमति खोज्ने कि उल्टो इज्जतको खोजि तिर लाग्ने | ठुलो कुरो थिएन गएर बस्दा सायद केहि सहमतिकै कुरा हुन्थिये होलान | प्रधानमन्त्री भएर अहिले सम्म धेरैले प्रधानमन्त्री साब भनेर बोलाए होलान नी, अब एक चोटी देश तिर फर्केर आफुले देशलाई र आफ्नो पदलाई पो कति इज्जत गरियो भनेर हेर्ने हो | आफ्नै पार्टीमा किचलो छ | बहुमत नभएको सरकारमा कसैले रिश उठाउनु हुन्न भन्ने सोच्नै पर्ने हो | अब प्रचण्डपनि आफ्नो बेज्जत भयो भनेर सडक, सदन थर्काउने होलान, येही कुराले अर्को के रुप लिन बेर छैन | बजेट पास भाको छैन, संबिधान बन्नेवाला छैन | बन्दा बन्दै सडक भत्किन्छ | दुनिया तिर बिरोध भाको बेलामा हे नेता हो तिमिहरु त उदाहरण बनि देओ | बिन्ति बिन्ति बिन्ति

  11. सेनापति प्रकरणमा आफैं विधि, प्रक्रिया र नियम-कानून मिचेर अघि बढेको मा’वादीले त्यही मुद्दालाई अजङ्गको पहाड बनाएपनि घटनाक्रम, तथ्य र निचोडहरूले गतिरोधको मूल कारक ऊ स्वयम् नै भएको देखाउँछन्। सामान्य झ्ाडापखालाले मध्य र सुदूरपश्चिममा ३०० भन्दा बढी मानिसको ज्यान जान्छ, मध्यअसोजको प्राकृतिक विपत्तिले त्यही क्षेत्रमा ७० को हाराहारीमा मान्छे मर्छन्, महङ्गीले आकाश छोएको छ। तर, जनसरोकारका यी र यस्ता थुप्रै संवेदनशील सवालमा गहन छलफल गर्ने र सरकारको ध्यानाकर्षण गराउने थलो, संसद्को ढोका खुल्दैन। “सरकारलाई सही दिशामा हिँडाउने जिम्मेवारी समेत प्रमुख प्रतिपक्षी दलकै हो, तर मा’वादी संवेदनशील मुद्दामा आँखा चिम्लँदै असान्दर्भिक, अनुपयुक्त र अनावश्यक मुद्दाको पछिमात्रै कुदिरहेको छ।” भारत र अमेरिका ले साथ नदियपछी चाइना गयका पर्चन्ड लाई चाइना ले पनि पुरा विश्वाश गर्न सकेको छैन किन भने तित्रा को मुखै बैरी भनेझै पर्चन्ड जि जता गयो त्यतै को भाषा बोल्नु नै मुख्य कारक तत्व हो यो चिनी पानी मा पनि प्र.म. नभनेकै कारण माकुने ले बहिस्कार गरेको होइन कूट्नितिक अर्थ छ बिमान इस्थल मै नरम देखियका पर्चन्ड को नारी छाम्दै छन गिरिजा र माकुने,, माकुने लाई पर्‍योग गरी अप भै सकेकी लाई फुल पियम दिने जोखना गिरिजा को र बिदेश पर्चन्डलाइ नपत्याय आफु पियम पत्याय सहमति भन्दै महानता देखाउने दाउ माधव को
    राज निती मा ताक परे तिवारी नत्र गोतामे भन्छन यही पो हो कि ???????
    राम चन्द्र ज्ञवाली

  12. नेपालमा जेपनि हुन्छ तेसैले कसैकोपनि विश्वास गर्नु राम्रो होइन है

  13. मेरो बिचारमा त ठिकै हो माकुने लै त अरुले हैन आफैले बहिस्कार गरेर आफनैबेइजेइत गरेयों कस्तो बिडम्बना हगी

  14. उमेश जी,

    हामीहरु पनि तपाइको खाली बिरोध गर्ने समाचारहरुको बिरोध गर्छौ, अब खालि बिरोध मात्र गर्ने समाचार मात्र नलेखी समर्थन गर्ने खालका समाचारको नेत्रित्वो गर्न हाम्रो आग्रह

  15. सम्मान दोहोरो हुनुपर्छ। आदर सबैको गर्नुपर्छ। मैले कसैको आदर-सम्मान गरे भने अरूले पनि गर्छन् नभए किन गर्छन् भन्ने कुराको ख्याल राख्नु जरुरी छ जीवनमा। यो कुरा नेताहरूले बुझेका छैनन्। दई ठाउँमा हारेकै भए पनि अहिले जो प्रधानमन्त्री छ आखिर देशकै प्रधानमन्त्री हो जबसम्म उसलाई हटाइन्न सत्ताको जोड-घटाउ गरेर। जावो एउटा चिया पार्टीको निम्तामा समेत माओवादी पार्टीले किन कन्जुसाइ गरेको होला प्रधानमन्त्री सम्वोधन गर्न। हुनत पत्र लेख्ने न प्रचण्ड हुन् न बाबुराम, कार्यकर्ताले लेख्ने हो। के सुर चढ्यो वा उसलाई माकुने प्रधानमन्त्री भएकै पनि थाहा नहुन सक्छ।
    चिया पार्टीको फेसन पार्टीमा खुब बढ्न थाल्यो। सुरुवात काङ्ग्रेसबाट हुँदै अहिले त एमाले, माओवादी सबैतिर पुगिसक्यो। उनीहरू कम्ता चलाख छैनन् यस्तो चिया पार्टीको आयोजनाको नाम दियो भने चर्चा पनि पाइने साहु-महाजन-व्यापारीबाट चन्दा पनि मनग्गे पाइने। ओहो कति जानेका।
    ‘देश बनाउने छलफल कार्यक्रम’ भनेर जमघट गर्ने दिन कहिले आउँछ होला नेपालमा। सबै पार्टीका नेताहरूलाई लौन तपाईँका कोही नातेदार पर्ने छन् भने सिकाइदिनु प-यो। खालि कोही चीन, कोही भारत, कोही अमेरिकाको कुरामात्र सुन्ने भए। देशका जनताको कुरा यिनीहरू कहिले सुन्लान्?
    जसलाई जे-जस्तो सम्वोधन गरेर हुन्छ देश बनाउने, जनताको जीवनस्तर बढाउने, उनीहरूको पीर-मर्का उठाउनेतिर लाग्नु प-यो। नत्र सबै नेपालीको सराप लाग्छ है नेताहरूलाई। पछुताउनु पर्ने छ जीवनमा।

  16. यहाँ कसैले कुरो बुझ्नु भएन जस्तो छ, माकुने यहाँ पनि कालो झण्डा देखाउलान भनेर नगएका हुन क्या, खै कुरो बुझेको ।

    विचरा माकुने ।

  17. “चीन भ्रमणबाट फर्किएका माओवादी अध्यक्ष प्रचण्डलाई चियापान बहिस्कार गरेर प्रधानमन्त्रीले नेपालले गतिलै ‘सन्देश’ दिए।” यो कस्तो गतिलो ‘संदेश’ भनेको हो कुरो बुझिएन |

  18. prime minister भय पछि के को TEA PARTY मा जाने , यसो WHISKEY, RUM, VODKA with snacks party भय पो जाने होइन त माकुने ?

  19. ओलीलाई हरुवा भनेकोमा साह्रै नै बिझेको रहेछ, मौका पाउनासाथ आफ्नै पार्टीको हरुवाहरुलाई हरुवा भन्न पाएकोमा उनको मन ठण्डा भएको होला|

  20. प्रधानमन्त्रीले कार्यक्रम बहिस्कार गरे भंदापनी मा.कु.ने. ले कार्यक्रम बहिस्कार गरे भन्दा उपयुक्त होला कीनकी माओबादीले प्र. म. लै नाबोलायर मा कु ने लाइ बोलायाको हो | त्यसैले प्र म ले बहिस्कार गरे भन्ने कुराको कुनै तुक छैन माओबादीले कहीले सिक्ने होलाअरुको सम्मान गर्न अनी सिस्ताता सभ्यता मानवता र इमान्दारीताका कुराहरु |

  21. देश को प्रधान मन्त्रि भनेको त जनता ले जिताएको होस् न ! २-२ ठाउँ बाट पनि हरेर मन्त्रि पटकaउन पाए किन चुनाब को नाटक गर्नु ! ठिकै गरेछ माओबादी ले invitation card मा प्रधान मुन्त्री भनेर नलेखेर | देश चलाउन नसके राजिनामा दिनु नि,टन्न छन् त बहानाहरु, जनता र देश लाई डुबाएर सात पुस्ता सम्म पुग्ने कमाए लास्ट मा गएर फलना कारण ले गर्दा सरकारमा बस्न दिएनन भनेर राजिनामा दिए wa नेपाल को सरकार.. सबै नेता मोरहरुलाई बाधेर घास हाल्नु पर्ने ..

  22. आखिर जेसुकै भनेपनि प्रचण्डले भन्दा त माधव नेपालले धेरै राम्रो गर्यो है . प्रचण्डको त फुर्ति मात्रै रहेछा हो साथी हो.

  23. यो बिरोध निरोधक चक्की कहिँ पनि पाहिन्न कि के हो ?

  24. नेपालमा सिस्टम बसाल्नको लागी सबै भन्दा पहिले हरुवा हरु लाई सरकार बाट हटाउनु पर्छ.

  25. एमाले समर्थक र कांग्रेस समर्थक कै पनि उनि प्रधान मन्त्रि हुन् नै , अनि अब
    नियम कै हिसाबले हेर्दा पनि उनि मुलुक कै प्रधान मन्त्रि हुन् . भलै दुइ दुइ ठाउँ बाट
    हारेका इत्यादि त्यो आफ्नै ठाउमा छ गणतान्त्रिक पद्दति अनुसार नभएको गुनासोको
    लागि .
    जे भए पनि अन्तागोत्बा मुलुक कै प्रधान मन्त्रि लाइ ” प्रधान मन्त्रि ” भनेरै सम्बोधन
    गरि लेख्नु पर्ने थियो . यो एउटा अनुशासन को कुरा पनि हो .
    अनि धेरै भन्दा धेरै जनताको हिर्दय बस्न नसके पनि तिनै थोरै जनताको हिर्दय बसी
    रहेका प्रधान मन्त्रीले आफूलाई सबै भन्दा पहिला ” म जनताको नेता हु ” भन्ने भाबना लिनु भएको भए यस्तो कुरामा मन सकिर्ण नबनाई चिया पान समारोह मा
    सहभागी हुनुहुन्थियो होला तर अपशोच ! माधब नेपाल ले आफूलाई जनताको नेता भन्दा पनि बढी शूद हरु को आशिर्बाद बाट निर्मित प्रधान मन्त्रि बढी सोच्नु भयो – –

  26. ‘प्रधानमन्त्री’ भनेर नबोलाइकन ‘एमाले नेता’ मात्र लेखेर निमन्त्रणा पठाएको विरोधमा कार्यक्रमै बहिस्कार गरिदिए।
    एक dam thik pardhan mantri lai त सम्बोधन गर्नु paroni maoist मा ghamnda नै badi k

  27. नया नेपाल भनेको येहि नी हो क्या रे. जनता को भावना बुझ्ने होइन, बिरोध को स्वोरुप मा जनता लाइ नी दुख, जनता द्वारा जनता को लागि गरिने साशन येही हो त ????????? सब आफ्नो स्वार्थ पुरा गर्न लडीरा छन.. वैएयात नेताहरु

  28. जनता ले के सम्मान दिएका छन र प्रचंड ले सम्मान दिने माकुने लाइ? दुई दुई ठाम बात तिरस्कृत भए पनी भारत ले टेको लगाएर उभ्याएको बुख्याचा को येत्रो फुर्ती?

  29. हाहाहा बिरोधको बिरोध गर्नु बाहेक अहिले केहि पनि छैन हजुर छैन बरु केहि भए ऋषि धमलालाइ सोध्नुस अनि रिपोर्टर्स क्लबमा आउनुस यसको बारे जनाकारहरुलाई बोलाएर छलफल गरम्ला के रे .

  30. भाषणमा ओलीले भनेछन्- पार्टीभित्र हरुवाहरुको चलखेल बढेको छ। बाली सपार्न झारपात हटाउनु पर्छ। हा हा हा हा हा Good Joke ,,,,,,,,,

Comments are closed.