माओवादी नेतृत्वको सरकारले तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई कारबाही गर्न लाग्दा दुई किसिमको हल्ला चलेको थियो- एउटा हल्ला थियो माओवादीले सत्ता कब्जा गर्ने, अर्को राष्ट्रपति शासन लगाउने। माओवादीले पछिसम्मै पनि भाषणहरुमा विदेशीको इशारामा निर्वाचित सरकारलाई हटाएर राष्ट्रपति शासन लगाउने षड्यन्त्र भइरहेको बताउँथे। तर यो सब हल्ला वा आरोपमा मात्र सीमित थिए।
आज भने पहिलो पटक खुल्लमखुल्ला एउटा दलले राष्ट्रपति शासनको माग गर्न पुगेको छ। संविधानमा कतै व्यवस्था नभएको राष्ट्रपति शासनको माग गर्ने दल अरु कुनै नभएर राजाको शासनविरुद्ध आन्दोलन गर्ने तत्कालीन सात दलको एक घटक नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे हुन्। भक्तपुरमा एक पुस्तक विमोचनको साहित्यिक कार्यक्रममा राजनीतिक भाषण गर्दै बिजुक्छेले भनेछन्, यदि तत्कालै राजनैतिक सहमति हुन नसके कि राष्ट्रपति शासन लगाउनु पर्छ कि चुनाव हुनुपर्छ।
अहिलेसम्म कसैले नगरेको यस्तो माग सार्वजनिक रुपमा उठ्नुले ‘राष्ट्रपति शासनका लागि वातावरण तयार पारिँदैछ’ भन्ने ‘षड्यन्त्र सिद्धान्त’लाई नै बल दिन्छ।
हालको अन्तरिम संविधान अनुसार संविधान सभाले पहिलो बैठक बसेको मितिले दुई वर्षभित्र संविधान बनाइसक्नु पर्छ। पहिलो बैठक मे २८, २००८ मा बसेको हो। अब ७ महिनामा संविधान नबने संवैधानिक संकट आउँछ।
संविधान अनुसार ‘मुलुकमा संकटकालीन स्थितिको घोषणा भएको कारणले संविधान निर्माण गर्ने काम पूरा हुन नसके’ मात्र थप छ महिना संविधान सभाको अवधि बढाउन मिल्छ। त्यसभित्र पनि संविधान बनेन भने के हुन्छ, संविधानमा उल्लेख छैन।
त्यसपछि तत्कालीन सेरेमोनियल राजाले बाधा अड्काउ फुकाउने धारा प्रयोग गरे जस्तै राष्ट्रपतिलाई केही गराउन नै अहिले सार्वजनिक रुपमा यस्तो माग उठेको हो त ? नभए अकस्मात् यो राष्ट्रपति शासन लगाउन संविधान सभामा प्रतिनिधित्व गर्ने दलले नै माग गर्ने स्थिति कसरी आयो ?
अहिले राष्ट्रिय सहमतिको विकल्प छैन। राष्ट्रपति शासन भन्नु राष्ट्रपतिलाई मोहरा बनाएर देशमा अशान्ति र अन्त्यहीन द्वन्द्व फैलाउन चाहनेहरुको शासन हुनेछ।
यदि त्यस्तो चाहनेहरुले यस्तै वातावरण बनाउँदै रहेछन् भने बिस्तारै अब राष्ट्रपति शासनको पक्षमा पत्रपत्रिकाहरुमा लेख रचनाहरु आउन थाल्नेछन्। बिस्तारै अरु नेताहरुको मुखबाट पनि यो कुरा बोलाउन लगाइनेछ। अनि सात महिना हुँदानहुँदै राष्ट्रपति शासनबाहेक केही विकल्प नभएको जनमानसमा पार्ने काम हुनेछ। हेर्दै जाउँ त्यस्तै हुने हो कि यो मात्र एउटा संयोगको हावा भाषणबाजी हो, बिस्तारै थाहा भइहाल्छ नि !
नारायण मन बिउजुस डाका नेता हो
बन्दुके हरु नेपाल मा बन्दुक को राजनीति गर्न चाहन्छन खाली कुर्सि मा लिप्त छन् जनता को रगत र पसिना ले ल्याएको लोकतन्त्र का मालिक उनीहरु मात्र हो भन्ने ठान्छन जनता को टाउको मा गिर खेल्न पाएका छन् श्रीमती संग सम्भोग गरेको ढाल को पैसा पनि जनता को ढुकुटी बाट बिल पेस गर्दै खादै गर्छन कंगाली क बिराला हरु ले देस बनाउलान भनेर तपाई हामी जस्ता नेपाली हरु ले नसोचे पनि हुन्छ .एक जना नेता थिए छोरी को गोठाला भए प्रचण्ड र बाबुराम लाई अरु को खेदो खन्दै मा राजनीति प्राप्ति गरेको महसुस भएको छ देस मा ब्रम्ह लुट भै रहेको छ कसैलाई ध्यान छैन बाटो घाटो हेरिसक्नु छैन नेता का घर मा भात पाके भयो जनता भोक भोकै मरेको थाहा छैन भासन गरेर मात्र न देस बन्छ न जनता सुखी हुन्छन जनता मरेका मरेई छन् कसैलाई मतलब छैन जता ततै अराजकता छ मानिस मा सभ्यता पटकै छैन इ नेता हरु लाई मतलब छ त खाली पैसा स्वास्नी छोराछोरी
कुर्सि सत्ता पजेरो र भब्य महल विथ गार्डेन को मात्र मतलब छ नेपाल त्यसै बन्दैन नेपाल बनाउन पहिला सभ्य समाज बनाउनु पर्छ सभ्यता ले सिक्षित बनाउछ सिक्ष्या ले नीति निर्माण बनाउछ नीति निर्माण ले सम्भाव्यता बनाउछ सम्भाव्यता ले लगानी बढ्छ लगानी ले रोजगारी सिर्जना गर्छ रोजगारी जहाँ बढ्छ त्यहाँ समानान्तर समाज हुन्छ समानान्तर समाज मा एकता हुन्छ एकता ले राष्ट्र निर्माण मा अहम भूमिका खेल्छ तेस पछि मात्र देस मा सान्ति र दिगो विकास हुन्छ भिखारी नेता हो
नेपाली को छोरो हो भने दुइ करोड जनता को हात मा कुटो कोदालो हुनुपर्छ नेपाल अबस्य बन्छ पजेरोबाद मुर्दा बाद सभ्य समाज जिन्दाबाद
सी यम नेपाल
विजुच्छे त राम्रो नेता लाग्छ
हाम्रो देश को नेता सबै को किन बुद्धि बिग्रियको होला है / केहि गरौ न साथी हो /
himal
विजुच्छे त वाइयात नेता लाग्छ मलाइ त |
तपाईहरु चिन्ता नगर्नुस संबिधान बन्न ७ महिना छ लास्टको २ महिना बाकी छदा नेपालमा राष्ट्रियसरकार बन्छ इ डाका हरुले जे भने पनि अहिले हाम्रो बुद्दी भुटन अनेक कुरा बोलेको हो | पछी राष्ट्रिय सरकार बनाएर संबिधान संसोधन गरेर राष्ट्रिय सहमतिको आधार देखाएर संक्रमण काल भन्दै २ ४ वर्ष येसरी नै देस चलाउने दाउ छ इनको अनि लास्टमा उही रिदहेंद्र जिन्दाबाद गर्दै नेपाल अधिराज्यको संबिधान २०४६ औछा यो देस को केहि हुने वाला छैन |
बिजुक्छेले जे भने पनि भक्तपुरका मतदाताले उहालाई आजीवन प्रतिनिधि बनाईदियेकै छन् जनताको नाम बदनाम!
हिमाल खबर पत्रिकाको लेख चोरेर आफ्नो नाम राख्नलाई कत्ति पनि लाज नभएको लबस्तरो पो रहेछा ज्ञवाली त. गाउमा हुदा खुर्पा चोरेर खुर्पा चोर ज्ञवाली भन्ने गर्थे अझै पनि एसको सो बनि गएको रहेन छ. अब पत्रिकाको लेख पो चोर्न थालेछ. नानी देखि लागेको बनि कसरि जावोस.
धन्य छ, चोरको बुद्दी. एउटा लेख त पुरै बाक्य हरु नै सार्छ भने, अरु कुरा के चै चोर्न बाकी राखेको होला ह! कठै
यो चोरले गर्दा इमान्दार ज्ञवाली हरुले पनि चोरको पगरी पाए!
य साथीहरु हो, रास्ट्रपति सम्बंदी संसदमा छलफल गराउन कि नगराउने सरकारले निर्णय लियको हो र ? यो त संसदीय समिति ले होएन र ?
एमालेले राष्ट्रपतिको कदमका वारेमा संसदमा छलफल गराउन दिने ।
यसो गर्दा काँग्रेस सरकारबाट फिर्ता भएमा वा समर्थन पनि नदिएमा माओवादीले एमालेको मौजुद सरकारलाई समर्थन दिएर संविधान निर्माणको समयसम्म एमाले र माओवादी मिलेर सरकार र संसद संचालन गर्ने संविधान निर्माण गर्ने । यही अन्तिम विकल्प हो ।
I agree with Gagane’s comment. There is no problem of President’s rule if the president is elected by people like in America not by criminals and some crook parliamentarians. May be Rambaran may not qualify for the type of the President Nepal needs. I have some sense that India might have some elements not to allow Nepalese constitution to be drafted. They will allow all the party to work together. They want divide and rule. There is a right person at the President’s post for Indian at the current government. He will be proper puppet than the President elected by general public of Nepal. If the current situation continues, India will have upperhand, use army and pressure Nepalese parties to accept President rule. This will suit Congress gajadi’s they never had big picture for the country, they always wanted bit of tips being a servant India will give that. UML are even happier lower status than congress, they just want few positions as long as their ministers and members can continue corruption as brokers, NGO, agents for labour export. Maoist are still like wild animal so do not much about what is good and what is bad just heavily obsessed with their ideology and they don’t mind keep fighting for that improsing the country and the Nepalese people. If this situation continues I believe the President rule might come dispite not many of want to see it. In the current context officially surrendering countries administration to Indian but for the name sake Name of the contry will still remail Nepal.
Despite complete control of Nepal India will not take Nepal. India only need some people and country who it can bully and humilate to prove itself a powerful country. It also does not want to take the responsibility of floods and other atrocities its people do with Nepalese. Once India take Nepal it will have to fix these problem because they will be responsible of law and order for Nepal, huge cost of border security with China and direct confrontation with China on border issues and other direct confrontation.
So India is only interested to dump their anger, experiment theire mismanagement, at least keep place where their century old corrupt practice can continue in someway and they will have direct control of Nepali army then onward. They would not give any dam for how Nepalese people will suffer morally and Psychologically, economically. So to not let all this happen there is lot on ourselves (people of Nepal) not to be victim of this ultimate fate designed by India and their agents in Nepal..
दुइटा कुकुर हड्डीको लागि लड्चन भने तेस्रो कुकुरले हड्डी कप्चर गरेर मोज गर्नु कुनै अचाम्मकोकुरा होइन .
राम्रो अति राम्रो रास्ट्रपति साशन नै ठिक छ
सय मुसाहरुको प्रजा हुनु भन्दा एउतै सिंघको प्रजा हुनु मा गर्व हुनेछ
जय होस्
सम्भाबना लाइ नकार्न सकिदैन . समस्या को समाधान
सरकारले गर्नु पर्ने हो
उमेश जी, संभिधान मा भएको मात्र माग कुन दाल बिशेष ले गरेका छन र ?
१. चुनाब हारेको मान्छे प्रधान मंत्री हुने कुरा संभिधानमा छैन तर भयो !
२. रास्ट्रपतिको काम को बारेमा संसद मा छलफल हुने छैन भनिएको छ तर माओबादिलाई त्यों तोडंन संसद लाइ नै बन्धकी राखेको छ !
तेसैले बैजुक्छेले संभिधान मा नभएको कुरा माग गर्नु के नै अचम्म भो र ?
फेरी, हामी नेपाली विभिन्न खालका साशन सत्ता हेर्ने मामलामा निकै भाग्यशाली छौ !
हामीले बिगत ४-५ बर्षमा ज्ञानेको एकतन्त्रात्मक साशन, गिरिजाको खिचडी (कांग्रेस, माओबादी र एमालेको) साशन देखि प्रचण्ड को स्वीटज़र्लं बनाउने साशन होस या माँ कु ने र कुजाता को सासन सम्मा हेर्ने सौभाग्य पैसकेका छौ !
अबा एक पटक तस्त्रपति साशन हेर्ने सौभाग्य पनि प्राप्त होला जस्तो छ !
I do agree with you shriprakash.
साथी, बिजुच्छे कुन स्तरका नेता हुन् र तिनले जे भन्यो त्यो हुने अहिले नेपालका नेता हेर्दा त मलाई यी नेता हरु पागल हुन थाली सक्यो जस्तो लग्यो. नेपालमा अब त्यस्तो राजाको शासन गर्ने प्रणाली टिकाउ हुन सक्दैन. यदि यी नेताले आफ्नो लागि हैन जनताका लागि सरकार चलाउन सक्दैनन भने जनता सामु आत्मसमर्पण गरे हुन्छ, जनताले मात्र अब को नया नेपालको चाहना लाई पुरा गर्न सक्छन. हैन यी हाम्रा नेताहरुलाई के भाको हो, काठमाडौँ नगर पालिका मा सोध्न पाए हुन्थ्यो कतै गल्लीहरुमा बौलाह कुकुर को बिगबिगी त छैन कतै यी कुकुर ले हाम्रा नेता भनौदा लाई टोक्यो कि क्या हो, नेताको बनि व्यहोरा हेर्दा त त्यस्तै देखिन्छ, ऐ नेताहरु हो किन गल्लीका कुकुर जस्तै वाहियात किन भुकिरहेका छौ. के यो देश तिम्रो बाउको बिर्ता हो तिमीले जे भन्यो त्यो हुने खबरदार नेताहरु हो यो देश मा १९ सौ सताब्दीका नेपाली बस्दैनन २१ सौ सताब्दिका नेपाली हरु बस्छन, जो तीम्रो जस्तो भ्रस्ट अनि गैर जिम्मेवार सोच अनि व्यवहार छैन. यी नेताहरु ले के सोचेका छन् हँ. अन्तरिम संबिधानमा नै नभाको कुरा रास्ट्रपति शासन कसरि लागु हुन्छ त कस्तो गैर जिम्मेवार अभिव्यक्ति अनि सोच हो यो, माकुने को सरकार भारत ले चलाईदिएको छ अनि कार्यकारी रास्ट्रपति शासन के अमेरिकाको संबिधान बाट नेपाल मा शासन गर्न खोजिदै कि छ, हा हा यी नेताहरुको हुन यी बुद्दी नभाको जोकर हरु हुन, ऐ जोकर हरु हो अब संसद हैन कला प्रदर्शनी मा जाऊ, नत्र भने नेपाली जनताले त्यत्तिकै तिमीलाई छाड्ने छैनन्.
अहिले देशमा सबैकुरा अन्तरिम छ: अन्तरिम सदन, अन्तरिम राष्ट्रपति, अन्तरिम सरकार र नयाँ संबिधान नलेखुन्जेल देशै पो अन्तरिम जस्तो देखिएको छ| अन्तरिम राष्ट्रपतिले जननिर्वाचित राष्ट्रपतिले झैं राष्ट्रपति शासन लादन मिल्ला र? अंतरिमले अंतरिमकै स्थानमा बसेकै बेस!
शशांक लामा
!!!!!!
सम्राट पनि उहिले देखिन नै राष्ट्रपति साशन भएको देख्न चाहन्छ किनकि एउतै ज्वलन्त उधाहरण दिन्छु कि कमसेकम जनता बाट तिरस्कृत मान्छे त कमसेकम बिदेशी को इशारा मा लाज पचाई पचाई रास्ट्रपति हुन पाइन्दैन. रास्ट्रपति लाइ जनता ले चुन्ने नियेम बनाउनु पर्छ पर्छ…अनि येस्ता जनता बात तिरस्कृत बौलाह हरु लाइ चाइ घाती अठ्याएर निकाल्नु पर्छ. पार्टी र देश लाई आफ्नै बाउ को सम्पति सम्झने कोइराला परिवार लाइ डाडा कटाउनै पर्छ.
जसले जे भने पनि अहिलेको नेता मा राम्रो विचार लियर देशको लागि बोल्न थालेको नेता मा चित्र बहादुर केसी र कामरेड रोहित नै लाग्छ ….यिनी हरु अरु चोर हरु जस्तै गनाई सकेका होइन्नन्न, तेसैले बिजुक्छे को कुरा मा सहमत छु,
राम्रो विचार भयको नेता कसले देखौना सक्छ अहिले ….सबै चोर ….डाका ,,,फटाहा …..भर्स्ता चारी ,,माओबादीको बाबुराम भट्टराई बाहेक ….
we want strong and long lasting government what ever the system. We want peace if President system can give that then why to be terrified. The writer seems biased I feel.
And one more thing whether he won from one place or more, Bijukchhe has done a lot in Bhaktapur from education to cleanliness. And I am confident that there is no other true leader as Bijukchhe.
So while Writing Comment don’t use mischievous words.
dherai राम्रो kura, euta nikas त nikalna paryo नि. arko kura प्रकाश jee ले भने jastai rastrapati sasan प्रणाली पनि नराम्रो hunchha भन्ने छैन. हो biswako केहि bpramukh deshharuma yahi प्रणाली ramrai संग abhyas bhai raheko छ.
पहिलो कुरा त लेखक लाई रास्ट्रपति प्रणाली भनेको के हो थाहा नै छैन. किन नराम्रो हुन्छ रास्ट्रपति प्रणाली ? बिश्व का प्रमुख देशमा यहि प्रणाली छ मात्रै भारत मा प्रधानमन्त्री को साशन छ. मा पनि बिदुक्छे सग सहमत छु.
शायद लामो पदमा बसेर होला बिजुक्छे खुस्कियेछ! निद्रामा बर्बराए जसरी जथाभावी बोल्न लागेछ
राष्ट्रपति डाक्टर रामवरण यादवले सेनापति प्रकरणमा चालेको कदम र भारतीयको अतिक्रमण विरुद्ध सडकमा उत्रिएका बरिष्ठ माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाश, डाक्टर बाबुराम भट्टर्राई र सचिवालय सदस्य गिरिराजमणी पोख्रेल घाइते हुनुभएको छ । बिहान काठमाण्डौमा भएको प्रदर्शनमा प्रहरीसंगको झडपमा उहाँहरु सामान्य घाइते हुनु भएको माओवादीले जनाएको छ । बिहान काठमाण्डौमा माओवादी सभासद्ले प्रदर्शन गरेका थिए । प्रदर्शन पछि माईतीघर मण्डलामा गरिएको कोण सभालाई सम्बोधन गर्दै एकिकृत माओवादीका बरिष्ठ नेता डाक्टर बाबुराम भट्ट्र्राईले सरकार राष्ट्रियताको बिषयमा संबेदनशिल हुन नसकेको बताउनु भयो । उहाँले आफ्नो पार्टि राष्ट्रियताको रक्षा गर्न सरकार छोडेर बाहिर आएको बताउनुभयो । त्यस्तै माओवादी समर्थित जनवर्गिय संगठनले राष्ट्रपतिको कदमको विरोधमा बिहान १० बजेदेखि २ घन्टा देशभर चक्काजाम गरेका छन । सरकारको निर्णय बिपरित राष्ट्रपतिले प्रधानसेनापतिलाई पदमा रहन दिएको निर्देशन बिरुद्ध एकीकृत माओवादीले सडक देखि सदन सम्म आन्दोलन गर्दै आएको छ । यसैबीच राष्ट्रपतिको कदम विरुद्ध एकीकृत नेकपा माओवादीको थारुवान राज्य समितिले गरेको बन्दका कारण मध्य र सुदुरपश्चिम तर्राईमा बिहानैदेखि गाडी चलेका छैनन । दाङ,बाँके,बर्दिया,कैलाली र कञ्चनपुरमा बन्दका कारण बजार खुलेका छैनन । बन्दकै क्रममा बर्दियाको बाँसगढीमा व्यवसायी र बन्द आव्हान कार्यकर्ताबीच झडप भएको छ । झडपमा बाँसगढी उद्योग व्यापार संघका अध्यक्ष पुष्पराज बराल,व्यवसायी तोरणबहादुर थापा र ध्रुब थापा र्घाईते हुनु भएको छ । र्घाईते तोरणबहादुर थापा र धु्रब थापाको नेपालगञ्जमा उपचार भैरहेको छ । माओवादीले व्यवसायीले गर्न व्यवसायी र सभापनि रोकेका छन । झण्डै एक महिनाअघि माओवादी सहितको र्सवपक्षिय छलफलले बर्दियालाई बन्द मुक्त जिल्ला बनाउने सहमति गरेको थियो ।
रास्ट्रपतिय साशन कै पक्षमा छ गगने पनि तर अहिले को सांसद ले चुनेको होइनकी जनताको प्रत्यक्ष सहभागिताको मत बाट चुनेको रास्ट्रपति अनि तेस्लाई सांसद र संबैधानिकताले एक हद सम्मको नियन्त्रण ताकी निर*कुश बन्न नसकोस.
तर नेपालको लागि उचित चाहि रास्ट्रपति सासन ट्याक्क चार बर्षको अनिता ४९ र ५१ को खेल खत्तम, तेही सर्बोत्तम हो.
हैनर ?????????
रास्ट्रपति सासन नै ठिक छ नेपाल को लागि त !!!!! किनकि पार्टी हरु को सासन त देखिसकियो नि त !!!!!!!१ नेतालै जेल मा कोचेर रास्ट्रपति सासन लागैउनै पर्छा!!!!!!!!!!!!!!!!!!!!!!!
बिजुक्छे चोर हो i
नेपालको कम्निस्टहरूको राजनैतिक सन्दर्भमा भन्ने नै हो भने कम्निस्टको नाममा कंलका फैलाउनेहरू भनेको नारायणमान बिक्जुछे र केपी अोलि र केशरजंजहरू नै हो।
साथीहरु
खै कसरि सहमति को बाटो खुल्लार?
जब भारत ले र तेस्को इसारामा कांग्रेसले कटुवालको समर्थन गर्दै रहे अनि उनीहरुकै तोक आदेशमा रास्त्रपतिले कटुवालको पुनर्स्थापना गरे, माधव नेपालजी ले तिन पाना पढेर भने रास्त्र्पतिको को निर्णये संबैधानिक छ भनेर/ अब उ नै प्रधान मन्त्रि छ देसमा माओबादीको उही पुरानै माग छ, त्यो गलत भनेर उसले उहिलेनै भनि सके/
हुनत साता टिकिरहनु को लागि जे पनि भन्ने ले हिजो के भने भनेर के सम्झिन्थियोर? कुर्सि हल्लियो भने जय नेपाल भन्नु को साटो जाए भारत पनि भन्न नसक्ने त होयिनन यिनीहरु/
जे भए पनि देसमा ठुलु कुरा हरु लाई सानो ठानेर कतुवालकै पछी लाग्नु पनि गलत नै थिए/ फेरी कटुवाल जस्तो जावो एउटा कर्मचारीको कुरामा पनि भारतको इसारामा बोल्ने गर्ने पनि गलत नै हुन्/
तर बलिको बुबुरो त रास्त्र्पतिनै हुन्/ कांग्रेस पार्टी को सदस्य कांग्रेस पार्टीको सभापतिको हुकुन उसले माने बिचरा बबुरो भई फसे/ तर एउटा गुण देखियो रास्त्र्पतिमा कटुवालको बारेमा बाहेक अरु बिशयेमा रस्त्र्पतिको भूमिका बिबादस्पत देखिएन/ तर हेर्दै जानुस रास्त्र्पतिलाई बलिको बोको नबनुन्जेल न माओबादी छु रहन्छ न कांग्रेसले रस्त्र्पतिको निर्नायेमा कुनै सहमतिको बाटो निकाल्न दिन्छ/ गिरिजाको दाउनै आफु घाटमा भोलि जाने तर आज एक दिन त रास्ट्रपति बन्ने नै हो क्यारे/
बर्मा गय कर्म संगै छुट्दैन भन्थे बुढा पाका
चाहे बस अमेरिका युरोप चाहे अरब अनी ढाका
जता ओरालो उतै बग्ने रहेछ खहरे अनी खोली
जे मन लाग्यो त्यही बक्दै हिंड्ने नेपाली नेता को बोली
एउटा भन्छ राजा चाहियो अर्को भन्छ रास्टपती
कोही भन्छन क्रान्ति गर्छु लाउछौ सक्ती जती
कहिले आउँला दिमाख मा सुबुद्धिको मती
जहिले पनि मार काट जनताको मात्र खती
संबिधान बनाउन पनि टेन्डर माग्नु पर्ला जस्तो छ | चीन अथवा भारतलाई संबिधान बनाउन ठेक्कामा दिय भैहाल्योनि | के को किचकिच !!!!!!
देश स्थिर हुन रास्ट्रपति शासन नै चाहिन्छ ……….
aba jammaa 6 mahinaa pani chhaina ni sambidhan lekhna ……samaya gharkisakeko chha …aba estaita holaa ni …….aru ta k bikalpa
what Narayanman bijukchhe speaks about that is not imoprtant, but the suitation demands the rule of presedent, if the leaders are not being able to made thaeconsesus then big constitutional vaccume will be created in the country and situation automatically demands the rule of presedent.
I agree with Narayan Man Bijugchhe. We most of common Nepali were expected better politics and work for good governance and development from Maoist. But Maoist are following the same kind of politics as Congress and UML were doing. They have same kind of corrupted style politics , and Maoist are also pursuing more party and their cadres focused politics and policy. Maoist leaders also became talkative and they usually offering hollow slogan to common people. Now , in Nepal, there is no rule of law , everywhere is anarchy. Leaders don’t have honesty and clear vision rather they only can offer hollow speech and criticize opposition party. Even if Maoist violence is ending but most of Nepali people can not feeling sense of security. Tarai is worse now. We common people can see the indiscipline behavior in public places like using abusive and bad language Bus , street and almost everywhere. There is complete lack of discipline and honesty in the society.Many ill minded people have encourage and motivated that we can do anything because Police can not reach them and common people can frightened easily. So, ill minded and criminal minded people are quite active and motivated this time. There are many cases on political shelter for criminal and Police is losing its faith from common people because it is too much politicization. In single word , i can say the Nepal is really in trouble due to the bad and selfish politics as well as criminal activities. We can not move forward and establish a democratic system from such a environment. Democracy means rule of law and discipline in the society. We can see the current situation. Therefore i really agree with Mr. Rohit that we need a strong Army Rule ( Rastrapati sasan) for certain time being with certain objective. Our ultimate goal is to bring peace and economic development of the country. Without rule of law , discipline , and good image of Nepali people and country around the world, we can not achieve the economic development in the country. Economic development only the solution of Nepali people in the 21st century. So, I agree with the idea of Army rule for certain time being with certain objective.
स्यानो पार्टी ले भनेको के नै सुनुवाई हुन्छर ? तिनै ठुला पार्टीहरु तर अदुरदर्शी अपरिपक्क नेताहरुको इशारा मा देश चल्ने गर्छ..देश लाइ कगाल त बनाए बनाए अब टुक्रा टुक्रा पारेर भारत लाइ बुझाउने योजाना मा छन्
ठूला ठूला नेताहरुको कुरालाई मात्र स्थान दियर सम्बिधान बन्ला जस्तो छ त? भक्तपुरमा बिजुक्छेको कारण राम्रा काम हरु पनि भयका छन नि . के तपाईं लाइ थाहा छैन?
रास्ट्रपति शासननै राम्रो हैन र यो खिचातानी भन्दा त ? खै यार विदेशमा बसेर नेपालको कुरा तेत्ति थाहा त हुदैन त्यहि पनि यसो विचार गर्दा त नेपालमा अब कि रास्ट्रपति शासन ठिक होला कि होला कि जस्तो पो छ है
जथा भाबी गाली नगरौं
त्यो बिजुक्छे त एक नम्बरको शोषक हो. जाबो एक सिट जित्ने शोषक नेताले भन्दैमा राष्ट्रपतिको शाशन आउन्छ र ? उसले भनेको त भक्तपुर त्यो पनि नगर मा मात्र हुन्छ. भक्तपुर मा केबुल नेटवर्क को विरोध गर्ने र गर्न लगाउने पनि तिनै हुन् नि. अहिले उनकै कार्यकर्ता त्यही केबुल नेटवर्क को लाइन राखेर फेशन टिवी हेर्छन. त्यस्ता ध्वास नेताको ध्वास कुरालाइ पनि यहा स्थान दिने ? वाहियात काम.
उखान छ नी “बोल्न पैसा पर्दैन भन्ने” तेही भएको हो | जिते पनि तेही भक्तपुर हारे पनि तेही भक्तपुर, बोले पनि सुन्ने तेही भक्तपुर, नबोले पनि जिताउने तेही भक्तपुर | भएको कुरालाइ मिलाउने होइन, नभएको कुरा माग्ने बानि नै छ नी हाम्रो, चाहे तेस्को परिणाम जेसुकै होश |
रास्ट्रपति शासननै राम्रो हैन र यो खिचातानी भन्दा त ? खै यार विदेशमा बसेर नेपालको कुरा तेत्ति थाहा त हुदैन त्यहि पनि यसो विचार गर्दा त नेपालमा अब कि रास्ट्रपति शासन ठिक होला कि होला कि जस्तो पो छ है.
साले बिजुक्छे जे मन लाग्यो तेइ बोल्छ ,,, कत्ति न तेस्ले भनेर रास्ट्रपति को सासन हुन्छ जस्तो ,,,,,,,,,,,,,,
मर्नु भन्दा बहुलाउनु निको | अहिलेको लुछाचुडी र परिस्थितीलाई हेर्दा त देश उभो लाग्ला जस्तो लागेन, त्यसैले यदी राष्ट्रपती शासन लगाएर देशले निकास पाउछ भने राष्ट्रपति शासन लगाए केही फरक पर्दैन | माओवादीको ठुलो आश गरेका थियौ तर जुन जोगी आएनी कानै चिरेको देखियो क्यारे |
यो सब माओबादी को चाल हो आफ्नो माग लाई पुरा गराउन
राष्ट्रपतिले चालेको कदम असंवैधानिक थियो भने त्यसलाई प्रेरित गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको सेनापति हटाउनेे निर्णय पनि संवैधानिक थिएन मा’वादी स्थायी समिति बैठकले सहमति जुटाउन १४ असोजमा गठन गरेको वार्ताटोलीका अध्यक्ष, डा. बाबुराम भट्टराईलगत्तै जिल्ला दौडाहामा निस्किएर सहमतिविरुद्ध बोल्दै हिँडे भने अध्यक्ष पुष्पकमल दाहालले चाहिँ राजधानीमा शीर्ष नेताका घरघर पुगेर सहमतिको नाटक गरे। नेतृत्वतहमा सार्वजनिक रूपमै प्रकट यी घटनाक्रमले मा’वादीभित्रको अन्तरविरोध झ्ल्काउँछन्, जसमा पार्टी चलाउन पार्टीभित्रका हार्डलाइनर समूहका नेता मानिने मोहन वैद्यसँग मिल्नेदेखि नेकपा (एकताकेन्द्र-मसाल) बाट आएका नारायणकाजी श्रेष्ठ प्रकाश लाई अगाडि सार्ने अध्यक्ष दाहालका कदमले मा’वादीको शान्तिपूर्ण राजनीतिका मूल योजनाकार डा. भट्टराईलाई हतोत्साहित बनाएको देखिन्छ। सरकारको नेतृत्व गर्ने अवसर आएमा कसले गर्ने भन्ने टकराव यसमा जोडीन्छ। राष्ट्रपतिसँग भेटेर दुई-दुई घण्टा भलाकुसारी गर्ने मा’वादी अध्यक्ष दाहाल सम्बन्ध सुमधुर बनेको प्रतिक्रिया दिन्छन् र बाहिर आएर चाहिँ राष्ट्रपतिको असंवैधानिक कदम सच्याउनैपर्छ भन्दै कुर्लिन्छन्। “हदैसम्म लचकतामा जान पार्टीभित्रबाट पनि त्यति अनुमति छैन। लचकता धेरै भइसक्यो भन्ने बुझ्ाइ पार्टीको ठूलो पङ्क्तिमा छ, त्यसैले नेतृत्वले चाहेर मात्रै पनि केही गर्न सक्ने अवस्था छैन।” सरकारको नेतृत्व गरेको नाताले सहमतिको राजनीतिलाई अघि बढाउने प्रमुख जिम्मेवारी एमाले र प्रधानमन्त्री माधवकुमार नेपालको हो, तर एमाले त्यो भूमिकाबाट च्यूत हुँदै गएको छ। केही गरे सरकार ढल्ला भन्ने भयले एमाले र सरकारको नेतृत्वको ध्यान गतिरोध सुल्झ्ाउन भन्दा पनि सबैलाई खुस राख्नमा केन्द्रित भइरहेको छ। काङ्ग्रेसभित्र सभापति गिरिजाप्रसाद कोइरालाले पुत्रीलाई सत्तादेखि पार्टी राजनीतिमा स्थापित गर्न सिङ्गो पार्टी र देशकै भविष्य दाउमा राखिरहेका छन् भने संसद् सुचारु नहुँदा सरकारको बजेट पारित हुनसकेको छैन। यही सिलसिला लम्बिए सरकार अध्यादेशबाटै भएपनि बजेट पारित गर्ने दिशामा अघि बढ्नेछ। नभए, अन्तिम घडीमा मा’वादीले बजेट पारित गर्नका लागि मात्रै एक-दुई दिनको लागि संसद् त खोलिदेला, तर जनप्रतिनिधिले छलफलसमेत नगरी बजेट पारित गर्ने अवस्था आउनु संसदीय व्यवस्थाकै खिल्ली उड्नु हो। ,बजेट पारित हुननसके देशमा सङ्कटपूर्ण स्थिति शुरु हुने र संसद् पनि विदा हुने भएकाले देशमा स्वतः राष्ट्रपति शासन भित्रिने बताउँछन्। “अहिल्यै त्यो अवस्था देखिइसक्यो, सरकारले काम गर्न सकेन, संसद् चलेन भने या आमनिर्वाचन गर्नुपर्यो, होइन भने राष्ट्रपति शासन लागू गर्नुपर्यो”, संविधान नबनाउने र संविधानसभालाई नै मार्ने खेलमा दलहरू नै लागिरहेको जिकिर गर्छन्। “सबैले सङ्क्रमणकालबाट मनग्गे लाभ लिइरहेका छन्, त्यसैले कोही पनि देशमा आउनसक्ने सङ्कटप्रति चिन्तित देखिँदैनन्”, बनाउनै नचाहेपछि कसरी बन्छ संविधान? संविधानसभा राख्नै नचाहेपछि त मर्ने नै भयो समय घर्कियो भने शान्तिप्रक्रिया विथोलिन्छ, संविधान बन्दैन। त्यसपछि सरकार र संविधानसभाको मात्रै होइन, राजनीतिक दलहरूकै वैधानिकता गुम्न सक्छ।” तर बिडम्बना…………
Ram chandra