मिथिलाञ्चलको महान पर्व छठअन्तर्गत आज चतुर्थीका दिनदेखि मुख्य विधि सुरु हुँदैछ। सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ।सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ। यस पर्वमा चाहिने भाँडाकुँडा वस्तुजातको बन्दोबस्त मिथिलामा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ। यो पर्व चार दिनसम्म मनाइन्छ।
पहिलो दिन चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहान खान भन्ने गरिएको छ। व्रतीले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन्।
पञ्चमी तिथि (दोस्रो दिन) लाई ‘खरना’ (पापको क्षय) भनिन्छ। गाईको गोबरले लिपपोत गरी अरुवा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले यस दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खिर) गरी सोही प्रसाद ग्रहण गर्छन्। यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ।
षष्ठीका दिन (तेस्रो दिन) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्यसामग्री बनाइन्छ।
सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरुकिया तथा मूला, गाजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हाथी ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन्।
परिकारहरू जलाशयको किनारमा राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टाङ्क दण्डवत गर्छन्। त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरूप ‘अरिपन चित्र’ कोरेका हुन्छन्।
त्यसपछि व्रतीले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्ने गर्छन्।
यस क्रममा व्रतीले दुवै हत्केलामा ‘पिठार’ र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन्।
पर्वको चौथा दिन (अन्तिम दिन)लाई पारन (पार्वण) भनिन्छ। यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातकालीन सूर्यलाई अर्घ दिन्छन्।
अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ। व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन्। त्यस कथामा एउटी सासू र बुहारीको सम्बन्धबारे चर्चा गरिएको छ।
सासू दुष्ट र कञ्जुस प्रवृत्तिकी थिइन्। कञ्जुस्याइँले गर्दा सासूले उखुको एक टुक्रा पनि बुहारीलाई खानका लागि दिइनन्। फलस्वरूप कुष्ठरोग भयो तर बुहारीले सबैलाई उखु खान दिइन्। त्यसैले उसको घरभरि सुनैसुनै भयो।
प्रातःकालीन अर्घमा दीप मालाले सजिएका जलाशयमा अपूर्वको अनुभूति हुन्छ। त्यसबेला असङ्ख्य नारीकण्ठले बेरी बेरी बरजु हे दीनानाथ, तिरिया जनम नहि देव, तिरिया जनम जं देव हे दीनानाथ सौतिनकसँग नहि देव (म पटकपटक बिन्ती गर्छु हे सूर्य देउता अर्को जुनिमा मलाई स्वास्नी मानिस नबनाऊ, स्वास्नी मानिसलको जुनी दिए पनि सौतासँग बस्नुपर्ने दुर्भाग्य नदेऊ) ले समाजमा विद्यमान महिला उत्पीडनको पनि झल्को दिन्छ।
महाभारतका अनुसार द्रोपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए। उक्त समयमा पाण्डवहरू मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ। लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको छ भने सूर्यपुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन्, फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुवात भएको तथ्य उल्लेख छ।
सातौँ शताब्दीमा सरापबाट पीडित प्रसिद्ध कवि मयुर भट्टले सूर्यको उपासनाबाट सुन्दर र कञ्चन शरीर पुनः प्राप्त गर्नुभएकाले नै त्यहीदेखि छठका दिनदेखि सूर्यको आराधना सुरु भएको कथन पनि पाइन्छ।
छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि त्यतिकै छन्। वैज्ञानिक ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन्।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन्। तिनको शक्तिविना रूख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्य कसैको पनि अस्तित्व रहन सक्दैछ। सूर्य किरणको चिकित्साले कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ। कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ।
साम्य पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्य सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्त पाइन्छ भन्ने जनविश्वास छ। यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देउता प्रसन्न भई व्रतीलाई कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ।
यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्याउनुपर्छ तर चढाउन सामर्थ्य नभएकाहरू ‘गम्हरी’ चामलमात्र चढाए पनि देउता प्रसन्न हुनुहुन्छ भन्ने विश्वास पाइन्छ।
यसमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन्। आर्थिक अभाव रहे पनि भिक्षा मागेर भए पनि यो पर्व मानिसहरू मनाउने गर्छन्। रासस फोटोःआरिफ सिद्दिकी
हरेक नेपाली धन कमाउने आसमा विदेश तर्फ लम्किन्छं न तर उनीहरुलाई थाहा हुदैन कि यहाँ के हुन्छा हरेक देश को एम बि सी राम्रो छ तर नेपाल को हेर्दा त दुख्ख लगेर आउछा किन भने कसैलाई समस्या परेको छ भने सहयोग गर्ने पछ्यामा छैन किन कि हाम्रो सरकार नै दरो छैन जहाँ कुर्सि को लागि खिचा तानी हुन्छा उनीहरुले जनताको होइन आफ्नो स्वार्थ पुरा गर्न चाहन्छन नेपाल विकास होइन देशलाई खोक्रो बनौछां बहुदलीय व्यवस्था आएको कति भयो?जुन समयमा कस्तो थियो?जनताले के सोचेका थिए? तर आज के भयो?
कहिले कांग्रेस , कहिले एमाले ,कहिले जनयुद्ध मावो को कतिले ज्यान गुमाए शहिद भन्यो तेसमा नेपालीले चित्त बुझाउनु सिबाय केहि छैन ,तर उनीहरु लड्दा शहिद हुनलाई लडेका थिएनन उनीहरु देशको परिबर्तन हेर्न चाहन्थे तर नेताहरुले कहिले त्यो सोचेनन तेसैले त हामी जस्तो हिजो तेस्तै आज बिस्वमा के के अविस्कार भयो तर नेपालमा सियो बन्दैन किनकि अबसरनै छैन २१औ शताब्दीमा नेपाल बामे सर्न सकेको छैन भने कहिले ठुलो भएर बिकाश गर्ला?????????………………………………बुद्धी मगर ,साउदी अरब ००९६६५०३८०२३१३
छट पर्वको धेरै धेरै मंगल मय शुभकामना!!!! साथै म अरबा–अरबाइन को अर्थ प्रस्ट पर्न चाहछु! यस को अर्थ माछा माशू र लहसुन प्याज रहित शुध खाना पिन हो! यो कुनै अरबिक शब्द होइन बरु बेसुध्ह मैथली शब्द हो भन्ने जानकारी दिन चाहन्छु.!
छट पर्वको धेरै धेरै मंगल मय शुभकामना!!!! साथै म अरबा–अरबाइन को अर्थ प्रस्ट पर्न चाहछु! यस को अर्थ माछा माशू र लहसुन प्याज रहित शुध खाना पिन हो! यो कुनै अरबिक शब्द होइन बरु बेसुध्ह मैथली शब्द हो भन्ने जानकारी दिन चाहन्छु.!
शुभ कामना छठ पर्वको उपलछ्यमा .
छठ पर्बको सबैलाई धेरै धेरै शुभकामना सबै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा!!! यस पटकको यो पर्वसंगै नेपालमा सुखशान्ति अनि समृद्धि छाओस!!!
छठी माता ले परमानंदा झा को बुद्धि माँ लगाको चाबी खोलिदिउन.
Happy छठ-पर्बको धेरै-धेरै शुभकामना!
मेरो तर्फबाट पनि छठ पर्व मान्नु हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीहरुलाई धेरै धेरै शुभ कामना |
छठ पर्ब को शुभ उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना .
छट पर्वको उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाई हरु लाई हार्दिक मगलमय शुभकामना /
छठ-पर्बको धेरै-धेरै शुभकामना,
आज मा बेलायतमा छु तर मेरो मन जनकपुर पुगेको छ. जनकपुरका धनुष-सागर, गङ्गा-सागर, दशरथ-तलाउ, बिशाहारा पोखरीको छेउछाउ झिलिमिली, छठ को संगीत अनि पोखरी किनारमा पड्किने पटाका, छुर्छुर्री, रकेट – सम्झिदै मन फुरुंग हुन्छ. जे होस् छठले सम्पूर्ण नेपालीहरुलाइ निरोगी राखुन.
तर यसै पालि म जनकपुर जादा मलाई कुनै पनि रिक्साले चढाउन मानेनन किनकि म नेपाली मूल को देखिन्थे, जहा म जन्मे, जहाँ मेरो घर छ, मलाई मैथिली बोल्न आउछ, मेरा मधेसी साथीहरुछन् र बेलायत मा पनि हामि कहिले काही मैथिली नै बोल्छौ र म मा कहिले पनि पहाडे-मधेसी बीच भिन्नता आएन तर पनि आफैलाइ धिक्कार लाग्यो कि म पहाडे मूल को मधेसी भएकोमा.
छठी माइले दुष्टहरुको नास गरुन.
छठको सुभकामना,तराईमा शान्ति सुरक्ष्या छावोस I
छठ पर्व को शुभ अवसर मा सबे दाजुभाई तथा दिदिबहिनिहरु लाई हार्दिक मंगलमय शुभकामना!!
छठी माइले सबैको कल्याण गरुन.
जय छठी माइ !!!!!!!!
छठ पर्व को बारेमा जानकारी गराउनु भएकोमा धेरै धेरै धन्यवाद लेखकजी लाई .. समय समय मा यही प्रकारले मिथिलाका साथ साथै अरु पनि जातजाती र धर्मलाम्बी हरू ले मनाउने चाड वाडका बारेमा जानकारी दिनु हुनेछ भन्ने बिश्वाश लिएको छू. सम्पूर्ण साथी भाई लाई छठ पर्व को अबसरमा हार्दिक शुभकामना. आज धेरै नै मिस गरिरहेको अनुभूति भैरहेको छ. मनोज कुमार महतो, हाल दोहा, कतार.
“पहिलो दिन चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहान खान भन्ने गरिएको छ।”
यो कुरो अलिक बुज्न सकिएन सालोक्य जी, यो “अरबा–अरबाइन” वन्ने सब्द अरबिक हो र एसको मतलब ४४ हो तर यो छठ पर्व जस्तो हिन्दु धर्ममा कसरि एस्तो सब्द आयो र नहान खान (मुसलमान) नाम पनि आएको छ के हो यो ? म त अचम्ममा परे ! प्रकाश पार्न सक्नु हुन्छ कि Please…………….
KK, Doha, Qatar
शुभकामना
एस्तो राम्रो संस्कृति भएको मिथिला-नेपालीहरु को परिचये अजम्बरी होउन/
मेरो तर्फबाट पनि छठ पर्व मान्नु हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीहरुलाई धेरै धेरै शुभ कामना |
!!!
यो सम्राट को पनि हार्दिक mangalmaye suva kaamanaa !!!
हाम्रो देश नेपाल चार जात ६तिश बर्न को साझा फुलबारी.
सबै ले सबै को कल्चर हासी खुशी मनाऔ..रिति रिवाज र कल्चर ले भरेको हाम्रो देश नेपाल गरिब भए पनि कत्ति सुन्दर आहा !
लौ सबै छठ मान्नु हुने साथीहरुलाई छठको सुभकामना
छठ पर्वको उपलक्ष्यमा हाम्रा हितैषी साथीहरु लाई धेरै धेरै शुभकामना छ!
घर बाट टाढा बसेको हुनाले यो रमाइलो चाडलाई मिस गर्दैछु.
छठी माता ले सबैको कल्याण गरुण
शुभकामना ……….सबै छठ मनाउने नेपालीहरुलाई
छठ पर्व को शुभ अवसर मा सबे लाई हार्दिक मंगलमय शुभकामना!!
chhath mata ले hami sabai को rakchya garun
हो bastbma नै यो parba aati नै राम्रो छ | म my sansr को यो blag बाट नै सम्पूर्ण pathak sathi lai chat को subha kaman bhana chahan छु | sathei नेपालमा रहनु भयक मेरो pariwar lai समेत subhakamana छ l
Wish you’ll a happy Chhath!! I miss Janakpur!
छठी माता कि जै हो ! छठी मैया ले हामी सबैको कल्याण गरुन!
छठ को हार्दिक मंगलमय सुभकामना |
Happy chhatha to all Nepalese brothers and sisters.
Like all Nepalese living particularly in the Tarai (Madhesh) area, we miss this festival. We remember going to Chhati Mai mela and eating thekuwa.
बिस्तृत जानकारीको लागि लेखकलाई धेरै धेरै धन्यवाद | धर्मका माध्यमबाट व्यक्ति, परिवार, समाज अनि राष्ट्रमा शान्ति छावोस् | महान चाड छठको अबसरमा सबै ब्रतालुहरुमा मेरो यहि शुभकामना छ |
Chati mata ki jai.
Mata please bless nepal so that it can come out of this predicament.
Jai chati mata
यो एकदम राम्रो चाड हो र मैले पनि यसलाई मिस गरेको छु कारण म मेरो घर बाट एकदम टाडा छु , घर मा हुदा मैले यो पर्ब मा एकदम रुची राख्ने गर्थे