मेरो नेपाल प्यारो नेपाल

नयाँ वर्षदेखि माइसंसारले यो नयाँ स्तम्भ सुरु गरेको हो। हरेक साता अब हामी राष्ट्रियता झल्कने एउटा सामाग्री राख्‍नेछौँ। भौगोलिक सीमाको बन्धनबाट मुक्त भएर संसारका जुनसुकै स्थानमा बसे पनि हामी सबै नेपालीलाई राष्ट्रियताको एउटै सूत्रले बाँधेर राखेको हुन्छ। यो दिन हामी राष्ट्रियता जगाउने छौँ। देशलाई सम्झनेछौँ। राष्ट्रियता सम्पूर्ण नेपालीको पहिचान हो। कसैकसैले कमेन्टमा झण्डा बोकेर फोटो खिचेर राष्ट्रियता देखाउने नाटक गर्‍यो भन्दै नकारात्मक कमेन्ट पनि गर्ने गरेका छन्। ल मानौँ, नाटक नै गरे रे। के बिग्रियो त ? एक क्षण कै लागि भए पनि नेपाली झण्डा बोकेर फोटो खिचेर राष्ट्रियता प्रचार अभियानमा सहभागी भए त कसलाई हानी भयो ? झण्डा फेर्ने वाहियात बहसमा लागेकाहरुलाई हामीलाई हाम्रै झण्डा प्यारो लाग्छ भनी देखाउने यो एउटा अभियान पनि हुनेछ। त्यसैले त्यस्ता कमेन्टलाई बेवास्ता गर्दै निर्धक्क आफ्नो फोटो पठाउनुस्। यो स्तम्भमा हामी एउटा राष्ट्रिय भावना जगाउने गीत र फोटोहरु राख्‍नेछौँ। फोटो तपाईँहरुले पठाउनु पर्नेछ। देशबाट टाढा रहँदा देशको माया झल्काउने कुन चिज तपाईँले आफ्नो कोठामा राख्‍नुभएको छ ? आफू पढ्ने विश्वविद्यालयमा राख्‍नुभएको छ। तपाईँको कोठामा झुण्डिएको चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा होस् वा तपाईँको नोटबुकमा टाँसिएको नेपाल अंकित स्टिकर वा तपाईँको नेपाल लेखिएको टिसर्ट। [email protected] मा विवरणसहित पठाउनुस् र राष्ट्रियताको भावना जगाउन सहायक बन्नुस्।


हामी यो स्तम्भबाट ठूलो परिवर्तन हुने आशा राख्दैनौँ। हामी त देशविदेशका नेपालीको मनको कुनामा रहेको राष्ट्रियताको भावनालाई फैलाउने सामान्य माध्यम बन्न खोज्दैछौँ।

तपाईँहरुले पठाएका फोटोहरु क्रमशः राख्‍दै जानेछौँ, थप फोटोहरु पठाउँदै गर्नुहोला। फोटो साथै राष्ट्रियता जगाउने संस्मरण, अनुभूति पनि लेखेर पठाउन सक्नुहुन्छ। राष्ट्रगान वा राष्ट्रिय गीत गाएर त्यसको भिडियो युट्युबमा अपलोड गरी माथि कै इमेलमा पठाउनु भए पनि हुन्छ।

बेलायतमा पनि रोधी घर
नेपाली संस्कृति विदेशमा पनि हेर्न पाइने भएको छ। नेपाली संस्कृतिलाई बेलायतमा व्यवसायिक रुपमा उपयोग गर्ने जमर्को गरेका छन् नेपालमा निरमाया रोधीघरका संस्थापक व्यवसायी रमेशबाबु श्रेष्ठले। अक्टोबर १५ तारिखदेखि सुरु भएको यो रोधी घरमा विशुद्ध नेपाली पाराले ठेट नेपाली परिकारहरु पनि पस्कने उनले बताएका छन्। हेरौँ केही फोटोहरु-

नेपाली पहिरनमा परिचारिका।

नेपाली कपडासहितको सजावट।



फिनल्यान्डको Riihimäकि मा अध्ययनरत नेपालीहरुले मनाएको तिहार। फोटोः गोविन्द आचार्य

कोरियामा मनाइएको तिहार
-नवीन गौतम-
देशको पहिचान र माया कोरा राष्ट्रवादमा हुँदैन। न त केबल भौगोलिक सिमानाको मायाको रटान लगाएर नै हुन्छ। देशको माया भनेको जनताको माया हो, यहाँका भाषा, भेष, कला, सँस्कृतिको माया हो। चाहे स्वदेशमा रहेर होस्, चाहे विदेशमा रहेर होस् देशको कला र सँस्कृतिको सम्मान गर्न सकिएमा देशको माया झल्किन्छ, साथसाथै राष्ट्रियताको मजबुतीकरण पनि हुनजान्छ। प्रत्येक नागरिक देशका अवैतानिक राजदुत हुन भन्ने कुरा प्रत्येक नागरिकले बुझेमा विदेशमा देशको बारेमा सकारात्मक सन्देश निश्चित रुपमा जान सक्छ। राष्ट्रको प्रतिष्ठामा सबै जनताको सम्मान लुकेको हुन्छ। तसर्थ सबैले आ-आफ्नो ठाऊँबाट आफ्नो राष्ट्रलाई चिनाउने प्रयत्न हुनु पर्छ।

विदेशमा रहेर पनि धेरै साथीहरुले नेपालको प्रतिनिधित्व गर्दै उचित फोरमहरुमा आफ्नो कला र सँस्कृतिको प्रदर्शन गर्दै आउनु भएको छ। यसपालीको तिहारको समयमा दक्षिण कोरियाको ख्वाङ्जु सहरमा “चुङ्जाङ्न्यो” महोत्सवको आयोजना भएको थियो। उक्त महोत्सवमा कोरियाली कलाकारहरुका साथसाथै विभिन्न विदेशी कलाकारहरुले आफ्नो कला र सँस्कृतिको प्रदर्शन गरेका थिए।

त्यस्तै ख्वाङ्जुस्थित चोसन विश्वविद्यालयमा अध्यनरत नेपाली विद्यार्थीहरुले पनि उक्त महोत्सवमा आफ्नो कला र सँस्कृतिको प्रदर्शन गर्नु भएको थियो। छोटो तयारीका बाबजुत् उक्त प्रदर्शनहरुलाई धेरै कोरियाली र विदेशीहरुले उत्साहका साथ अवलोकन गरेका थिए। नेपाली विद्यार्थीहरुको गाना र नृत्यमा दर्शकहरुले सँगसँगै नाचेर वहाँहरुको मेहेनत सार्थक भएको प्रमाण दिएका थिए। नृत्य र गीतहरुको प्रस्तुतिमा देखिएका भादगाउँले टोपी र नेपाली झण्डाले वातावरणलाई नेपालीमय बनाईदिएको थियो।


24 Comments

  1. हामी नेपाली एक होउ भन्दै यही २०६६ शालको बिजयादसमी र दिपावली इराकमा रहेका फ्लुओर कम्पनीमा काम गर्ने कामदारहरुले पनि शुभकामना आदान पर्दान गर्दै अनि नाच गणका साथमा सम्पन्न गरेका छौ ! फोटोहरु पनि सेन्ड गरेको छु !
    फोटो राज हाल इराक, बग्दाद

  2. नाम नै त तोकेर मा भन्दिन तर एउटा साथीले नेपाली झन्डा विदेशीले मन पराएको छैन तेसैले यसलाई फेर्नु पर्छ भन्नु हुन्छ भने भोलि कसैले तपाइको आमा राम्रो छैन भन्दियो भने के गर्नु हुन्छ ?????????

  3. राजा फेंचा भने जण्ड फेर्नु तुलो कुरा हिना रसिया जस्तो तोलो देश मा फेरियो भने नेपाल के हो र .

  4. रमेश बाबुको restaurant को news online हेर्न पाएकोमा खुसि लाग्यो | Nice लूकिंग.

  5. होइन किन विदेश मा मानेको तिहार मात्र राख्नु हुन्छा नेपालमा मानेको तिहार पनि राखे हामी आफ्नै नेपाल सम्झेर बिदेशमा दङ्ग पर्नेथिययूं नि. नेपाल मा गरेको नेपाली संस्क्र्ति झल्कने कुरा चै हामीलाई महत्वपुर्ण हुन्न र? कृपया तेस्मा पनि ध्यान दिनु होला
    अरु त राम्रै लग्यो

  6. जसो गर जे भन जता सुकै लैजाऊ मलाई यो मन त नेपाली हो |
    म नेपाली …..

  7. चित्त बुझ्यो यो प्रस्तावप्रति । वास्तवमा हाम्रो देश र हाम्रो झण्डा विश्वमै पृथक छ । तर राष्ट्र र राष्ट्रियता भनेको साताको एक दिन मात्र हैन हरेक नेपालीले हप्ताको सातै दिन सम्झनुपर्छ

  8. नेपाल प्रेम अमर रहोस!
    नेपालको जय होस्!
    🙂 🙂

    “झ्याउरेको मादल बजाउंला कहाँ मादलै नरहे,
    नेपाली बनी नाचौला कहाँ नेपालै नरहे!”
    साभार- (?)

  9. ल त रमेश दाइलाई हार्दिक बधाई अनि शुभकामना. दोहा, कतार मा दिनु भएको काठमान्डू किचेन को सेवा अनि नेपाली पन को मिठास त्यहा दिने जमर्को गर्नु भएको मा |
    धेरै धेरै सम्झना अनि शुभकामना छ है रमेश दाइ फेरी एक पटक |

  10. माइ सन्सार ले यो झण्डा भयेको शनिवारको column राखेर नेपालि झण्डा को लोकप्रियता लाइ स्थापित गरेको छ
    हामि नेपालि को जस्ले जे भने पनि, जति बुझि बुझि बुझ पचायेपनि रास्ट्रिय चिन्ह हरु प्रति हाम्रो अगाध प्रेम रहि आयेको छ
    गाइ शान्ति, करुणा, र मात्रित्व को प्रतिक हो; नेपालि को घर घर मा पालियेको यो जनावर गाइ प्रति को स्रद्धा र सान्स्क्रितिक महत्व ले गर्दा यो रास्ट्रिय जनावर हुन गयेको हो
    डाफ़े हाम्रो देश मा पाइने सन्सार कै दुर्लभ पन्छि हो
    लालि गुरास हिमाल को प्रतिक हो, प्रक्रिति को अनुपम सौन्दर्य हो
    यि सबै लाइ हामि ले हाम्रो पहिचान को रुपमा कायम राख्नु पर्छ

  11. हेर्नुस साथी हो, यी माओबादी केहि गर्दैनन, खाली जनतालाई भ्रममा पार्न अझ त्यो भन्दा पनि आफ्ना कार्यकर्ता लै पुरा भ्रममा राखी जुलुस र नारा अनि ढुंगा हान्न टायर बाल्न लगाउन मात्र सफल छन्. नेता कमरेड हरु मैले भनेको लेखेर राख्नुस तपैहरु को हालत एमाले को भन्दा नराम्रो हुन्छ. केहि समय मात्रै कुर्नुस अनि देख्नु होला. काम गरेर खाने संस्कृति को विकास मा लाग्नुस. अझै बेला डुबी सकेको छैन तपैहरु को लागि. बेला डुबेको नेका र एमालेको लागि मात्रै हो. यो अनाबस्यक झन्डा फेरेर देश को बिकाश हुँदैन. कार्यकर्ताको भरमा झन्डा फेरेर धेरै जनताको मुटुमा चोट नपुर्यानु होस्. समयमा नै पछाडी फर्केर हेर्नुस. बिदेशमा बस्ने नेपालीले झन्डा लाई र देशलाई कति माया गर्छन भन्ने कुरा पहिले पत्ता लगाउनुस. अनाबस्यक बिसय लाई बिसय बनाउन न्वारन देखिको बल नानिकल्नुस. यदि हालको झन्डा मा सामान्य कुरा छन् भने त्यसमा सामान्य परिवर्तन गर्नुस. तर यस्ता छेत्रमा लाउने बुध्दी काम गर्ने, अनुसासित बन्ने र बनाउने सिकौनोस. यसमा देश, जनता र तपैहरु को लागि ठुलो भलो हुन्छ.

    यी सबै साथीहरु दिएका सल्लाह हरु कमरेड ले पढे हुन्थ्यो. मलाई लाग्छा यिनलाई पढ्ने पनि फुर्सद छैन. जे कुरा मा पनि राजनीति गर्दै ठिक छ.

  12. धेरै धेरै राम्रो काम गर्नु भयो रमेशबाबु ज्यु ले बेलायतमा नेपाली चिनारी रोधी घर खोलेर, म नेपाली रोधी घर को प्रगति को कामना गर्दछु!

  13. हामी नेपाली जहाँ रहदा हामीलाई नेपाल को माया त लाग्छ

    यो देश सधै अगाडी बिकसित हुदै अगाडी होश

Comments are closed.