दुई घण्टा पढाउने फुर्सद छ ?

-स्याटेलाइट

सहरमा बोर्डिङ स्कूलका गगनचुम्बी बिल्डिङहरु छन्। तिनको मासिक ‘फि’ गरिब विद्यार्थीका अविभावकले थेग्न सक्ने छैन। महँगो ‘फि’ र बाहिरी तडकभडकका स्कूल पठाउन ‘टाइ’ मिलाइदिने अभिभावक पनि सन्ततिको नैतिक आचरणप्रति ढुक्क छैनन्। सबै अभिभावक चाहन्छन् सन्तान विवेकी बनुन्, नैतिकवान बनुन्। एक तहका अभिभावक छोराछोरीको औंलो समातेर लाइब्रेरी र चिल्ड्रेन पार्क पुग्लान् तर काठमाडौं एउटा त्यस्तो वर्ग पनि छ जो हातमुख जोर्नको लागि बिहानैदेखि रातिसम्म सडक किनारमा ब्यस्त हुन्छ सानोतिनो व्यापार लिएर। र ‘लौ आयो! लौ आयो!! सय रुपेमा टिसर्ट’ भन्दै सडकपेटीमै जीवन सिध्याउँछ।


तिनका छोराछोरीमध्ये अधिकांश विद्यालयको मुख देख्न गाह्रो छ। विद्यालय पुगे नै पनि फर्किंदा भान्छादेखि बेडरुम, गेष्टरुम एउटै कोठामा। सिकाउने अभिभावक कोही हुँदैन। अविभावक उही आफ्नो व्यवसायमा ब्यस्त भेटिन्छन्- ‘लौ आयो! लौ आयो!! सय रुपेमा टिसर्ट।’

केटाकेटी न हुन्, गल्लीमा निस्किए। बसिरहेको कुकुरलाइ ढुङाले हिर्काए। लाजिम्पाटको चिल्ड्रेन लाइब्रेरी र भृकुटीमण्डपको भ्याली लाइब्रेरीको भ्रमण तिनका लागि एकादेशको कथा जस्तै हो। संगत र वातावरणले मानवीय विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। अनि त्यस्ता निम्नवर्गका अभिभावकका बालबालिकाको हालत के होला ? झगडा, विवाद अनि विस्तारै सडकको संस्कृतिमा ती बानी पर्छन्। सडक संस्कृतिले जेके रोलिङको ह्यारी पोट्टर सिकाउँदैन बरु खलासी भाइहरुको ‘लवज’ पढाउँछ। सही अविभावकत्व नपाउँदाको परिणाम हो- त्यो। अभिभावकलाई गरिबीले गाँजेपछि ती भाइबहिनाले के नै गरुन्!

काठमाडौंको एकसाँझ बालकुमारिस्थित शान्ति सेवा आश्रम पुगेको थिएँ। हिले गल्ली मोटरसाइकल छिराउँदै एउटा तिनतले भवन अगाडि पुगियो। म पुग्दा एउटा हल र दुइटा कोठामा थुप्रै भाइबहिना आफ्नो गृहकार्यमा व्यस्त थिए। शान्ति सेवा आश्रमका संस्थापक डा. चिन्तामणि योगीले ती भाइबहिनासँग परिचय गराउनुभयो। मैले त्यहाँ काठमाडौंको सडक व्यवसायबाट गुजारा चलाउने सबै किसिमका प्रतिनिधित्व गर्ने सबै भाइबहिना भेटेँ। त्यहाँ हिन्दू, मुस्लिम, बौद्ध थिए। तामाङ, थापा, यादव र खनाल थिए। पहाड, हिमाल र तराई सबैतिरका भाइबहिना थिए। उनीहरु काठमाडौस्थित फरक-फरक विद्यालयमा पढ्दा रहेछन्। प्रायः सरकारी स्कूलमा। उनीहरुका अविभावक काममा व्यस्त छन्। शान्ति सेवा आश्रममा अहिले लगभग दुइसयजति भाइबहिना विद्यालयसमयपछि अतिरिक्त शिक्षाका लागि आउँछन्। त्यहाँ पहिलो डेढ घन्टासम्म बालबालिकाहरु आफ्नो गृहकार्य गर्छन्। त्यसबाहेकको आधा घण्टा बालबालिकालाइ व्यवहारिक नैतिक शिक्षा दिइन्छ।

शिक्षित हुँदैमा नैतिकवान हुन्छ भन्ने पनि छैन। त्यसैले नैतिकवान विद्यार्थी उत्पादन गरिने लक्ष्य डा. योगीको छ। मेरो दुइघण्टे बसाइमा बालबालिकालाइ दैनिक जीवनका समस्यालाई कसरी अहिंसापूर्वक समाधान गर्ने र बाबु-आमा, परिवार, समाज र देशप्रतिको जिम्मेवारी बोध गराउने प्रयास भइरहेको देखेँ। साँझको यो अतिरिक्त कक्षाले ट्युसन पढाउन नसक्ने अविभावकहरुको बोझ बोकिदिएको छ।

कसरी बन्ने त स्वसेवक ?
शान्ति सेवा आश्रमले बालबालिकालाइ दिने शिक्षा निःशुल्क भएजस्तै त्यहाँ पढाउने स्वदेशी र विदेशी स्वंसेवकहरुले कुनै पारिश्रमिक पाउँदैनन्। अमेरिका र वेलायतबाट बेलाबेलामा कलेज विद्यार्थीहरु आउँछन् र स्वदेशी स्वयंसेवकहरुले समेत सिकाइरहेका छन्। तर आश्रमले पर्याप्त स्वंयसेवी पाउन सकेको छैन। तपाइँ पनि हाम्रा साना मायालाग्दा भाइबहिनालाई गृहकार्य गर्न सघाउन चाहनुहुन्छ ?

स्वंयसेवी बन्न सजिलो छ। पहिलो त यो काठमाडौमै हो र इच्छुक स्वंयसेवकको शैक्षिक योग्यता एसएलसी उत्तिर्णभन्दा माथि भए पुग्छ। तडकभडक भन्दापनि बालबालिकाहरुलाइ केही सिकाउने चाहना भएको हुनुपर्छ र दिनुपर्ने समयपनि साँझ ४:३० देखि ६:३० सम्म मंगलबार र शुक्रबार बाहेक हप्ताको पाँच दिनमात्र हो। यति नै समय सिकाउनुपर्ने भन्ने कुनै नियम छैन। तपाँइको अनुकुल अनुसार केही दिन, हप्ता या महिनासम्म तपाँइ स्वयंसेवक बन्नसक्नुहुन्छ।

आश्रममा स्वंयसेवक बन्ने इच्छा भए कृपया डा. सीएम योगीलाई [email protected] इमेल लेख्नोस्। अथवा कार्यालय समयमा ०1-5527924/ 5006125 मा सुजन वीकेलाई सम्पर्क गर्नोस्। शान्तिसेवा आश्रम नेपालमा शान्ति स्थापनाका लागि योग्य शान्तिप्रेमी नागरिकको उत्पादनको लक्ष्य राखेर सञ्चालित परोपकारी संस्था हो।

भाइबहिनाहरु सिक्ने उत्कट चाहना बोकेर तपाइँको बाटो हेरिरहे छन्। तपाँइभित्रको शिक्षकलाई जगाउनुहोस्। उपदेश र तर्क वितर्क गर्ने हजार ओठ हैन ती भाइबहिनालाई सहयोगी हात र मनको खाँचो छ। साँझको चिसोमा म आश्रमबाट बाहिरिँदा साना भाइबहिनाहरु हुत्तिँदै आफ्नो बासस्थानतिर लाग्दै थिए। तिनका आँखा देखिएको सिक्ने तिर्खाले म आफैलाई रोक्न सकिनँ। मनमनै लाग्यो- ‘म फेरि छिट्टै आउनेछु तिम्रो पढ्ने तिर्खा मेट्न।’

सबैको मंगल होस ।
[email protected]

55 Comments

  1. योगी जी को जय जय होस् !
    तपाई मेहनेत गर्दै जानुहोस ,
    हामी तपाइको साथ दिने छौ !!!!!!!!

  2. प्रयास प्रसंसनिय छ | भन्न सजिलो हुन्छ तर गर्न गारो हुन्छ | यहाँ कमेन्ट लेख्नेहरु खाली अरुको कमी, कमजोरी देखाउने र आफु नै बुद्धिजीवी र जान्ने बुझ्ने ठान्नेहरु नै धेरै छन् | अनि कमेन्टको लागि कमेन्ट गर्नेहरुको जमात मात्रै छन् | कुरा गर्नेहरु काम गरेर देखाउनु नि | त्यो ठाउँ, टोलमा त्यस्ता सहयोगी र स्वयंसेवी भएको भए र यस्ता कार्यमा सहयोगी भएको भए स्याटलाइटले माइसंसारमा ब्लग लेखेर हाम्रा गाऊ, टोल, छिमेकमा भएका समस्याहरुलाई उजागर गरिरहनु पर्थ्यो र?

  3. There should be some credit for internship volunteering in colleges of Nepal. Then every college students would be motivated towards volunteering.

  4. क्यानाडाका प्रकाश जी को बिचारमा म पनि राजी छु| हो! अहिले पशुपति लगाएत अन्य सम्पूर्ण येस्तई येस्तई स्थानहरुका जेथा/जमिनबाट आउने सम्पूर्ण आम्दानी लाई येस्ता सामाजिक कार्यहरुमा लगाउनु राम्रो हो| पशुपति गुठिका सम्पूर्ण आम्दानीहरु येस्ता कार्यमा लगाउने हो भने अति नै उत्तम हुन्छ| अझ राम्रो कुरा त यस गुठीका जग्गा जमिनहरु हिजोका दिनका शासकहरुले देउताको नाममा जुन रुपबाट अधिकरण गरियो त्येही रुपमा यहाका आदिवाशी रैथानेहरुलाई नै फर्काईदिउ त कुन्चै देशको पुजारी स्व्येमसेबक बनी आउछ हामी पनि हेरौ त? यो अमुर्त शिवजीको धेरै धन-सम्पतीले गर्दा नै खिचा तानी भइरहेको हो, संधै झयाउ झयाउ!! तपाइले भने झैँ सम्पूर्ण आम्दानी लाई येस्ता सामजिक कार्यमा लगानी गर्न सकेमा गरिब जनताका छोरा छोरीले राहत पाउनुको साथै बर्तमानका सबै विवादहरु पनि समाप्त हुन्छ र फेरी भएन येसो गर्नु त पुजारीलाई भत्ता दिएको भन्दा पनि उत्तम हो र शिवजी पनि अतिनै प्रशन्न हुने कुरामा दुइमत छैन|
    ज्वाला,

  5. धेरै राम्रो काम स्यटेलाइट जी अनि डा सी एम योगीबाट|

  6. सर्बप्रथम त समाज सेवा मा समर्पित सबै किसिमका समाचार हरुकोलागी स्याटेलाइट ज्यु लै धेरै धेरै धन्यवाद | मेरो संसारमा आएका कमेन्ट हरु देख्दा मलाई अचम्म लाग्छ | कुनै राजनीतिको कुरा तपिक्स देख्यो भने तिन चार सय कोमेंट हरु हुन्छन तर एस्तो किसिम को समाचार मा चासो राख्ने को संख्या कति कम छ एसले के बतौन्छा भने हाम्रो समाजका सबै नागरिकमा देसका लागि आफु बाट के टेवा पुराउन सकिन्छ भन्ने भावना को निक्कै कमि छ |

  7. dr s m yogi ji, thanks sayed ma teha bhaye ko bhaye maile pani child lai 2 years time diyera study garaune thiye…. mahile le pani 3 years jati bharatpur chitwan ma rahe ko sukumbassi ya garibi le choye ko thauma lumanti bharatpur ko marfat bata 3 years 2 hour time daily diye ko thiye malai aafulai garba chhha ki pahile ti child haru le a pani bhanna na janne ra raat din plastic khojne balbali ka haru ramro ra study ma matra dhayan dine bhaye ka chhhan tesalai le ma ke bhanna chhhan chhhu bhane dr s m yogi ji le aafule matra hoina ki aru ngo ingo sanga saha karye garnu bhaye ma ramro hune thiyo ……….

  8. Hats off to Dr Yogi. I wish I could return Nepal soon and start same kind of work along with my professional life. But I also have to complete my study here. I wish I could return soon.

  9. साथीहरु हो योगिजिको कार्य राम्रो हो
    अरु साथी harukaa पारदर्शिता हुनुपर्छ भन्ने खालका विचारहरु पनि नकार्न मिल्दैन
    के कुरा बिर्सनु हुदैन भने हामी हरुले गालि गर्ने एनजीओ र आइनजियो पनि राम्रो विचार र राम्रो नारा लगाएरै खुलेका त हुन् नि

    किन हामि अरु एनजीओ र आइएँजियो लाइ गालि गर्ने त?
    सतर्कता हुने पर्छ शुरुदेखि नही

  10. राम्रो कामको लागि युगी जी लाई धेरै धेरै बधाई

  11. ल साथीहरु जे-जस्ले यो कुरालाई मनन गर्नु भयको छ उहाहरु प्रती आभारी छु। तर हाम्रो नेपालको education को quality नै छैन। बिशेष त यो सरकारी पक्ष तिर भन्नु पर्ला। एस्मा पनि सबैको ध्यानआक्रशित भय कस्तो हुन्थयो होला। यी गरीब का छोराछोरी को भबिषयमा ध्यान दिनु हुने तपाईंहरु सबैलाई धन्याबाद।

  12. १० वर्ष आगाडी देखि नै म्मैला सोचेको जस्त्यो नैतिक सिक्च्या दिन यक सस्था स्थापना भयको मा अतिनै खुसि लागो धन्य बाद योगी जी लै म पनि नेपाल फर्केपछि सहयोग गर्न चाहन्छु .मेरो टोले मा पनि त्येस्त्यो सिक्च्या दिने

  13. Hats off for your exemplary work Dr योगी…………………….तपाइले अर्को हात पाउनुहुनेछ

  14. म नेपाल आए पछी त्यहा अवश्य पढाउन जाने छु |

    गणेश प्रसाद ढकाल
    बर्लिन जर्मनी

  15. धेरै राम्रो लागो किनकि हामी नेपाली हरु थानकोट भन्दा बाहिर पनि छौ
    नेपालको अबस्ता येस्तई छ . आस गर्नुपर्छ सिक्ष्या स्वास्थ्य हाम्रो आधिकार हो

    दुर्गा खनाल
    साउदी अरेवीया
    रियाध

  16. Room to read ले गरेजस्तै बिदेशमा बस्ने प्रत्येक नेपालीले बार्षिक २५० $ सहयोग गरि नेपालमा रहेका एक एकजना गरिब बच्चा आफुले जिम्मा लिने हो भने हजारौको संख्यामा हामी पढाउन सक्छौ | न्युयोर्कमा म जुन संस्थासंग सम्बन्धित छु, त्यसले ताप्लेजुंग जिल्लाको एकजना गरिब जेहेन्दार विधार्थीलाई छात्रवृति दिएर बोर्डिंग स्कुलमा पढाउने यसपाली निर्णय गरेको छ| बिदेशमा बस्ने अरु जिल्लाका मानिसहरुले पनि हाम्रो अनुशरण गरेमा ७५ जिल्लाका ७५ जनाले त शिक्षाको उज्यालोबाट बन्चित हुनु परेन| तपाइले महिनावारी दिएको २० $ ले एकजनाको भविष्य बन्यो भने त्यहि नै तपाइको देश प्रेम हो| मेरो झण्डा,मेरो माटो भनेर जपेर मात्र केहि लछारपाटो लाग्दैन| यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भनेर फोस्रो कमेन्ट मात्र दिएर के गर्नु? बिदेशमा बस्नेहरुले नेपालमा रहेका एक एकजना गरिब बच्चा जिम्मा लिने हिम्मत गर्न सक्नुपर्यो |स्याटलाइटले फेरी एकचोटी सबैलाई झकझकाएको छ|

    शशांक लामा

  17. Mr. Satelite, Again u did the fantastic job. Hope more will be coming in future.
    DR. C.M. YOGI, your job is highly appreciated.

  18. हे मित्र ! तपाइको काम पर्सस्निया छ, हामी तपाइको साथ मा छौ ! लेख्दै जानुस ———-

    नबिन बन्जाडे

  19. माथिको लेख अति नै प्रेरणा दिने किसिमको छ.एस्तो काम मा हात बढाउने हरुको प्रसंसा गर्नुई पर्छा . एसले हामी सबै नेपाली हरुलाई केहि राम्रो काम गर्न प्रेरणा मिलेको हून .संसारमा सबै किसिमको धन हरु बाड दै जादा सकिन्छा एक दिन तर , ज्ञान बुद्दी र प्रेम जति बढ्यो त्यति बद्छ मेरो विचार मा,.हामी सबैले यसरि नै ज्ञान बुद्धि ,माया बाड्न सके ,ति निर्दोस बाल मस्तिस्क मा सिक्षा को दियो बाल्न सके आफुलाई पनि केहि आत्मा संतुस्ती मिल्थियो ,नेपाल गएको समय मा केहि राम्रो काम गरे झैँ लग्थियो होला ,ति बाल बालिकाको स्मृति मा रहिन्थियो .प्रयास किन नगर्ने ?सहयोग को आब्हान को लागि धन्यवाद .

  20. ल यो भने malai पनि अति राम्रो काम लाग्यो मलाइ पनि अब आफ्नो गाउ गएर यो अतिरिक्त समय मिलाएर अनि गाउमा भएका केहि बिध्वान र बुद्धिजिबी हरुको सहयोग मा यो काम गरिहाल्ने छु यहाँ बच्चाहरुलाई आफ्नो कोर्स मात्रै नभएर एस्तै नैतिक सिछ्या र बाहिरि ग्यान दिनुनै हो तेसैले यो काम तेती गाह्रो नहोला ११ १२ पढ्दै गरेका भाइ बहिनि साथीहरुले पनि मजाले तिमे दिन सक्नेछन स्याटेलाइट जी लाइ यो समाचार का लागि हार्दिक धन्यबाद र डा योगीलाई पूर्ण सफलता को सुभकामना

  21. I am going to Nepal in Dec for 6 weeks I will definitely contact Mr. Yogi, I would love to be part of this school. I really appreciate Mr. Yogi’s work, all the best!

    Jenish

  22. डा. योगीको काम उदहरणिय छ भने स्याटेलाईटजीको कार्य प्रसंसनिय छ | दुबैलाई बधाई छ र यस्तै कामहरु गर्दै जानुस शुभकामना |

  23. अरुले गरेको काम प्रतिको डाहा गर्ने तर आफु केहि नगर्ने मान्छे भन्दा केहि गर्ने योगी जी लाई मेरो सुभकामना छ

  24. जे कुरोमा पनि शका गर्ने, नकारात्मक कमेन्ट गर्ने माइ संसारका कमेन्ट लेख्ने बुज्रुक साथीहरुलाई त्यो शिक्ष्या को झनै खाचो छ. एकपटक योगिजिलाई भनेर तेस्को पनि व्यवस्था गर्न पाए हुन्थ्यो?

    योगिजिले अमेरिकामा पनि बच्चाहरुलाई समर्क्याम्प चलाएर राम्रो कुरो सिकाउनु भएको छ. वहा प्रति मा गर्व गर्छु. धेरै का अमेरिकामा जन्मेका बच्चा बच्ची हरुको बानि अहिले ठिक भएको छ, डल्लास मा.

  25. स्याटलाईट जी,
    तपाईंको कदम अति प्रसंसनिय छ / यो लेख पढदा मेरो मनलाई अति छोयो / यो शान्ति सेवा आश्रम लाई केहि “फण्ड” को व्यवस्था गर्न चाहन्छु ति बाल बालिका हरुको पढाइमा सामग्रीहरुको व्यवस्था को निम्ति / कृपया तपाई मार्फत या अन्य कुनै भरोषा योग्य माध्यम बाट थोरै भए पनि सहयोग गर्न चाहन्छु /
    आफु स्वयम उपस्थित भएर स्वयम सेवक हुने अवस्था त छैन, तै पनि ति बाल बालिकाहरुलाई नैतिक रुपमा शिक्षित तुल्याउने यो आश्रम को लक्ष्य अति मन पर्यो मलाई /
    मेरो सम्पर्क = Mani Raj Thebe (President NRN Cyprus)
    e-mail = [email protected]

  26. नेपालीहरु नैतिकवान हुनु एकदम जरुरी छ | सहि र गलत छुटेयाउन र जिन्दगी मा केहि गर्न को नीमीत्त मानिस पहिले नैतीकवान हुनु एक दमै जरुरी हुन्छ साथी हो !!!! सहि प्रयास डा. योगी

  27. मलाई पनि शिक्षण गर्न एकदम मन पर्छा/ यति बेला मसंग समय छैन तर सनिबार यक्दीन को लागि फ्री हुन्छु/ सम्भव भय सम्म म पनि चहान्छु उनीहरु संग समय बितौना अनि आफुले जानको कहिँ कुरा सिकौना चाहन्छु.

  28. डाक्टर योगी,

    तपाइलाई सास टाँगा दण्डबत. हाल कामको सिल्ल्सिलामा देश बाहिर छु. जागिर जीवन को अन्त्य हुन धेरै समय छैन. म निश्चित रुपमा तपाइको सहयोगी बन्नेछु. कृपया यो राम्रो कम हो, कुरा काट्ने र संका ले हेर्नेको अभाब हुँदैन. तर अरुले कसले के भन्छ भन्दा पनि राम्रो कम हो भनि तपाई दृढ बन्नुहोस. सहयोगी पक्कै पाउनु हुनेछ. हाम्रो देशमा काम सारैनै कम ले गर्ने भएकोले तपाई माथि आरोप लाग्छा. आफु संग आफ्नो कान छ भन्ने विश्वास छ भने कागलाई न लाखेत्नुस.

    बधाई तपाइलाई.

  29. Chinta mani Yogi जस्तो मान्छे हरु जस्तो मान्छे नेपाललाई अति नै खाचो छ उहा को कामलाई जति प्रसंशा गरे पनि पुग्दैन . सुभकामना येही छ कि नेपालमा अरू धेरै चिन्ता मणि योगी जस्तो मान्छे को उत्पादन गर्ने काम मा सफलता मिलोस .

  30. हामीले पनि डाक्टर साबसंग हात मा हात मिलौनेकी? उत्क्रिद्त कदम /

  31. अरु त त्यस्तै हो, नैतिक शिक्षाको अति नै खाँचो छ । यसका लागि योगीजीलाई धन्यवादका पात्र हुनुहुन्छ ।

  32. अतिनै राम्रो काम हो त्यो, तेस्तो कामको प्रसंशा गर्नु पर्छा, तपाई हामीपनि येस्तई सोच राखेर अघि बढ्यौं भने डाँका नेताहरुले भनेको जस्तो नयाँ नेपाल hami nepali janatale nai banauna sakchhun. ramro kam ko lagi shubhakamana !

  33. काम भन्दा उपदेशमात्रै दिने काम नगर्नुस न साथि । काठमाडौमा कुनै टोल छ र जहाँ निमुखा बालबालिकाको शिक्षा र आचरणका बारेमा सोँचियोस । काठमाडौ त ब्यक्तिहरु बस्ने ठाँउ हो जहाँ कुनै समाज या टोल छैन । अनि तपाँइ भन्नुहुन्छ संस्थाको जिम्मा टोलबासिले र पदेलेखेकाले लिनुपर्छ भनेर , तिनले लिनेभय सियम योगिले छेकेका होलान र यार ? पारदर्शिताको कुरा त निशुल्क पढ्ने र पढाउने ठाउमा कुन डलरको खेति भयको छ र ? मेरि बहिनिले शान्ति सेवा आश्रममा पढाउँथिन अष्ट्रिलिया जानु अघि । जतापनि उपदेशको मात्रै खेति गर्ने र शंका गर्ने बानि नगरौँ न सम्मुखजि । सक्नुहुन्छ भने तपाँइले केहिदिन पढाउनुस माइसंसारमा कम्प्युटर्बाट कमेन्ट कसरि लेख्ने भनेर ति केटाकेटिलाइ । खालि उपदेश दिनकै हतारो ।

    राम्रो काम गरेकालाइ राम्रो भन्नपनि कस्तो टाउको दुखेको नेपालिलाइ । हरे शिव । अझ यिनै जान्नेसुन्ने छन यहाँ ।

  34. खासमा त त्यो टोलका पधेलेखेकाहरुले नै यसको जिम्मा लिनु पर्ला / बाकी कुरा भनेको बाहिरकालाई प्रियोरिटी दिने हो /
    त्यो संस्था भनेको त्यो टोलको गहना हो / यसको जिम्मा राम्ररी लिन सक्ने बुद्धिजीवी तेही टोलका हुन सक्छन / कतिपय गाउका सरकारी बिद्यालयमा तेही गाउका बुद्दिजिविहरुले समय निकालेर स्वोयम सेवकको काम गरेका छन् हाम्रो देशमा /तेसै गर्न सकिन्छा / यसका लागि त्यो संस्थाका प्रमुख निकै लचिलो बन्न सक्नु पर्छा / संथा पारदर्शी तथा सार्बजनिक रुपमा निकै लचिलो हुन सक्नु पर्छा /

    जय देश

  35. डा.सी एम योगीलाई धन्यवाद यो कदम चालेकोमा धेरै राम्रो अनि सबैले सक्दो भाबहिनिहरुलाई शिक्षा प्रदान गरुन ………..

Comments are closed.