झ्याम्म झ्याम्म शिशा फुटाइन् मन्त्रीले

माधव नेपाल सरकारको ४४ जना मन्त्रीहरु मध्ये कोही कोही त नमूनै रहेछन् बा…! ह्वाँ प्रधानमन्त्रीलाई आफ्नो कुर्सी जोगाउन कस्तो गाह्रो भइरहेको छ। कहिले टुरिस्ट बसमा सहर घुमेर कहिले जनआन्दोलनका घाइतेलाई जागिर दिएर जनतामा राम्रो सन्देश दिन खोजिरहेका छन् उनी। ह्याँ उनकै मन्त्रिमण्डलका मन्त्री भने वाहियात काम गरेर मन्त्री पद कै बेइज्जत गरिरा’छन्।

भएछ के भने तमलोपाबाट युवा तथा खेलकूद सहायक मन्त्री बन्ने सौभाग्य पाएकी चन्दा चौधरी मन्त्री निवास पुल्चोकतिर जाँदै रहिछिन् आफ्नो झण्डावाला गाडीमा झण्डा फरफराउँदै। कुपन्डोलमा पुगेपछि घच्याक्क लाएर गाडी रोकिएछ। सबलाई नयाँ गाडी काँ पाएर ल्याउनु ! अलि पुरानो गाडी थियो, बिग्रिएछ। युवा मन्त्री, युवा जोश- रिसले आँखा देखिनन्। मुक्का हानिन् गाडीको शिशामा- झ्याम्म, झ्याम्म। चकनाचुर भयो गाडीको शिशा।



गाडी उनको आफ्नै निजी भएको भए त के मतलब हुन्थ्यो र ! तर त्यो गाडी थियो बा १ झ ४६३४ नम्बरको सरकारी गाडी। अर्थात् तपाईँ हाम्रो करले किनेको गाडी। ल हेर्नुस् त मन्त्रीको रजाइँ- उसको केही जाने हैन भन्दै त्यसरी सरकारी गाडीको शिशा फोड्न पाइन्छ ? मन्त्री त यस्ता छन् भने देशका ठूला भनाउँदाहरु, नेतृत्व गर्नुपर्नेहरु त यस्ता छन् भने उनका कार्यकर्ताहरुले आन्दोलन सान्दोलनमा शिशा फुटाउँदा उनीहरुले के मुखले गल्ती गरेको भन्ने ?

४४- ४४ जना मन्त्री भएको देशमा यो त ट्रेलर मात्रै होला हजुर, पूरै फिलिम त अझै आउनै बाँकी छ होला।

अब यस्तो मन्त्रीलाई केही कारबाही होला कि भनेर सोच्नु मूर्खता सिवाय केही हुँदैन। बरु उनलाई पुरानो गाडी परेकोमा माफी माग्छन् होला बाब्बै ! कि कसो त ?

कसरी बनिन् चन्दा मन्त्री ?
माधव नेपालको सरकार बन्ने भएपछि गठबन्धनमा सामेल दलहरुलाई मन्त्री बाँड्न धौ धौ भयो। भागवण्डामा तमलोपालाई पर्‍यो शिक्षा, युवा तथा खेलकूद मन्त्रालय। टुक्राइयो दुई भागमा- शिक्षा र युवा तथा खेलकूद छुट्टै मन्त्रालयका रुपमा। तर लामो समयसम्म तमलोपाले मन्त्री छान्न सकेन। कारण उही त हो, पदको लोभ। सबलाई मन्त्री पद चाहिने। सरकार गठन भएको साढे तीन महिनापछि गत भदौ २६ गते आठौंपटक मन्त्रिमण्डल विस्तार गर्दा चन्दा मन्त्री बनेकी हुन्।

प्रधानमन्त्री समक्ष हिन्दी भाषामा शपथ लिँदा पदको मर्यादा कायम राख्छु भनेकी थिइन् चन्दाले। सर्लाही निवासी चन्दाले चुनाव जितेकी छैनन्। उनी त ‘पार्टीलाई सहयोग गरेको, समानुपातिकमा परेको’ कोटाकी हुन्। तमलोपासम्वद्ध महिला स‍ंघकी अध्यक्ष पनि हुन् चन्दा।

96 Comments

  1. makune u never use your brain o i forget u don;t have brai . why u give that post for chanda kick out that beach women from your gang.nepali people don;t need those kind of people.

  2. येस्तै हो जो पायो तेही लाई मन्त्रि बनाएपछि हुनु पर्यो नि बुद्धि, इज्जयत, गाडी चड्ने हैसियत. गाडी नदेखेकी थसुल्ली लाई के थाहा गाडी मा हान्दा गाडी को सिसा फुट्छ भनेर …सबै मधेसी नेता हरु लाई हेर्नुस न त्यो भन्दा कुन चै कम छ र

  3. गाडीको सिसा नमुना मात्र हो इनले पाए भने देश फोर्ने तयारी मा छन् होस् गरूँ है नेपाली हो तेसैले मैले इनी हरु ले उठाउदै आएको नारा को बिरोध गरेको होर |

  4. हरे नेपाल, के के सुन्नु पर्ने | येस्ता वाहियात त मन्त्रि, कवाडी मन्त्रि | सारै बेजत हो | हुन त येस्ता कवाडी ले त्यो भन्दा अरु पनि के जानेको हुन्छ र ?

    विक्रम
    थाइलेडं

  5. खत्तरा रहेछन नि हाम्रो युवा मन्त्री त? अब यसलाइ यो पदबाट हटाइरा रास्ट्रिया बक्सर खेलाडी बनाउनु पर्छ होला,
    मधेशीहरू स्वाभावले नै नराम्रो मान्छे हो र मधेशबादी दलहरूको अन्तरिक खिचातानीले र तिनीहरूको विगतका दिनहरू हेरेरा पनि हामी पत्ता लागउनु सकिन्छन, हाम्रो त्यो मन्त्री पनि मधेशी नै हो त्यसकारण पनि गाडीको शिशा त्यसरी फुटाइदिएको हो। यदि निजि गाडी भैदिएको भए र त्यसको बाउको सम्पतिले खरिद गरेको भएमा यसरी तोडने थिएनन, अब एक दिन यसले माकुने अनुहारमा पनि यो मुक्का प्रहार गर्नु बेर लाग्दैनन गाडीको शिशा लाइ त यसरी चक्नचुर परेको मुक्काले माकुनेको मुख पनि,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

  6. राम्रो नै हो मेरो विचारमा. रिस उठे पछी यस्तै हो.

  7. येस्ता येस्ता बेद्वन मन्त्रि हरु भए पछी हाम्रो देश को बिकाश हुने भयो … हह्हहः, अ गधाहरु हो अलि कति त सरम गर,
    मन्त्रि बन्ने आश मा देश कुन दिशा मा गएको हेरेका छौ , नेपाल नै नरहे के को मंत्रे भंलोउ, भाभी सुन्ताते ले गले गर्लान,

  8. जसरि मुम्बैमा राज ठाकरे को पार्टी(MNS) ले हिन्दी भोजपुरी बाले UP & Bihari लाई तह लगाउदै छ तेसरिनै नेपाल मा पनि कुनै योद्धा निस्किनु पर्यो अनि मात्र यिनीहरुको चुरीफुरी कम होला नत्र त अबको १० वर्षा मा नेपालनै खाई दिन्छन सबैलाई चेतना भय

  9. Her frustation may be geniun, but display of responsible behaviour from minister is minimum requirement. Failing to display that or if she had genion concern or felt insulted, she should have resigned which would have earn some respect for her.

    It is an example of incompetent government, incompetent management of incompent politicians. The ordinary people will like to see, this sort of people are sacked not only as minister but people must reject them as leader or politicians. There are too many Bhalu Bhutte in Makune’s government and Makune is responsible for such appointment.

  10. कस्तो बेइज्जतिहरुलाई नेपालको मन्त्रि भन्नु परेको… देशको इज्ज़तनै सखाब पारि सक्यो…

  11. अरुका देशका मंत्री साइकलमा चढेर हिन्छन हाम्रा देशका मंत्री
    गाडी फोडेर हिन्छन ! यस्ता असभ्य नेतालाई मंत्री बनाएपछी यस्तै हुन्छ किकसो त ?

  12. बादर हातमा नरिवल भनेको यहि हो हा हा हा यस्ता माकुने का मुर्ख मन्त्रि हरु . सन्की अनि अलि कति पनि कमन सेन्स नाभाकी, संसार जस्तो गाडी चाहे कम्पनी बाट भर्खैरै तयार गरेको गाडी पनि त बिग्रदैन भन्ने ग्यारेन्टी कम्पनि ले पनि दिन सक्दैन, यो त मेसिनरी चिज हो. आखिर मानिस कै जीवन कै त कुनै ग्यारन्टी छैन भने गाडी को के ग्यारेन्टी हुन् सक्छ. सुरु यिनी संका लाई मेन्टल हस्पिटल लग्नु पर्छ ताकी अरु कुनै क्षति हुन् नपाओस. त्यसपछि यस्ता राज्यको ढुकुटी दुरुपयोग गर्ने लाई कडा भन्दा कडा कारबाही गरिनु पर्छ अनि अबिलम्ब पदच्युत गरेर कारबाही प्रक्रीया अगाडी बढाउनु पर्छ. नत्र भने यो जिम्मेवारी माकुने लिनु पर्छ अनि कारबाही भोक्नु पर्छ.

  13. गाडीको शिशा फुटाउने मन्त्री के भन्छिन्?
    अजय फुयाल, काठमाडौ, कात्तिक ८– युवा तथा खेलकुद सहायक मन्त्री चन्दा चौधरीको कार बाटोमै बिग्रिएको यो पहिलो घटना थिएन। उनकै सव्दमा यो २० औ पटकभन्दा बढी हो। ‘एक पटक होइन दुई पटक होइन, कति सहनु। मन्त्रीको गाडी बीच बाटोमा सधै बिग्रिइरहदा कति सहनु,’ मन्त्री चौधरीले नागरिकसँगको कुराकानीमा आक्रोस पोखिन्, ‘गृह मन्त्रालयसँग मैले डेढ महिनादेखि लगातार गाडीका लागि अनुरोध गरिरहेको थिएँ, तर मेरो अनुरोधको कहीँ सुनुवाई भएन। त्यही भएर आज मैले सहन नसकेर सिसामा हानेको हुँ। आखिर कुहिएको फर्सी रहनु र नरहनुको फरक नै के र।’

    मन्त्री चौधरीले रिसको झोकमा कारको पछाडिको सिसामा मुक्का बजार्दा सिसा फुटनाको साथै उनको हातमा पनि थुप्रै ठाउँमा सिसाले काटेर घाउ भएको छ। उनले हातमा सात ठाउँमा घाउ भएको र स्वास्थ्यकर्मीको सल्लाहमा टिटानसको सुई लगाएको बताइन्।

    छठ पर्व मनाउने क्रममा बल्खुबाट फर्कदै गर्दा शनिबार उनको कार बिग्रिएको थियो। गाडी बिग्रिएकै कारण गौरीघाट जाने योजना सफल हुन नसकेको उनले बताइन। ‘म एउटा मधेसी महिला मलाई छठको ठुलो महत्व हुन्छ, आज मैले राम्ररी छठ मनाउन नपाएपनि सबै ब्रतालु महिलालाई सुभकामना दिन चाहन्छु,’ उनले भनिन।

    छठका लागि परिवारसहित जान मन्त्रालयबाट बोलाएको अर्को गाडी पनि संगै भएको कारण मन्त्री चौधरी त्यही गाडीमा सहजै क्वार्टरसम्म जान पाएकी थिइन। एकपटक बिजुली बजारको उकालोमा राति गाडी बिग्रिँदा एक घन्टा भन्दा बढी समय कुर्नुपरेको अनुभव र उपप्रधानमन्त्री सुजाता कोइरालाको सपथ ग्रहणमा जाँदा बानेश्वरमा गाडी बिग्रिएको उनको मन्त्री भएयताका सवैभन्दा दुखद स्मरण हुन्।

    ‘रातविरात गाडी बिग्रिदा सुरक्षाको चिन्ता हुन्छ। एक त मन्त्री त्यो माथी महिला भएपछि मलाई झन सुरक्षाको चिन्ता रहन्छ,’ मन्त्री चौधरीले भनिन,’ बिजुली बजारको सानो उकालोमा पनि नचढने पुरानो गाडी मन्त्रीलाई दिने गृह मन्त्रालयको मानसिकताले देशको कस्तो सुरक्षा गर्ला। मन्त्री बनाएपछि राम्रो अवस्थाको गाडी दिनु उसको दायित्व हो।

    आफूसँग नभए मन्त्रीलाई भाडामा लिएर भएपनि राम्रो गाडी दिनुपर्छ। सँधै मन्त्रीको गाडी बाटोमा बिग्रिइरहदा झण्डा छोपेर धकेल्दा कति बेइज्जत होला, यो अनुभव मैले मात्र गरेकी छु। सपथ ग्रहणदेखि मेरो धेरै बेइज्जत भइसक्यो। देशको काम गर्न मलाई ५० औ लाखको गाडी चाहिदैन। मैले ट्याक्सी चढेर ओहोर दोहोर गर्छु भनेकी थिए, तर गृहले मानेन।’

    चौधरी तराई मधेश लोकतान्त्रिक पार्टीका तर्फबाट युवा तथा खेलकुद सहायक मन्त्रीमा भदौ २६ गते नियुक्त भएकी थिइन्। source: nagariknews

  14. एस्ता खाते मंत्री अनि हरुवाहरुको सरकारले के नै पो गर्नु सक्छ र ? गरिब जनताहरुको कर उडाई दिनु र देश बिगारिदिनु मात्र त हो /

  15. हैन हो साथी हो
    यो माकुने गिरिजा र प्रचण्डले नै करले हने होला
    के को यो थरुनिले मुक्का ले हान्नु बरु उत्तानो पार्छे होलानी

  16. गतिलो मान्छे मन्त्रि भएपो राम्रो आशा गर्नु | झारपात मन्त्रि भएपछि यस्तै हो | जनता को परिश्रम को कर मा राजाइ गर्न पल्केका नकचरा हरु |

  17. मार्शल आर्ट खेल्नेहरु मन्त्रि बन्छन ,पढेलेखेकाहरू मन्त्रि हुदैनन /त्येसैले आफुले प्रयोग गर्ने गाडीको सिसा नाफोरेरा अरु के गरुन त?आफ्नो हैसियत देखाउने काम गरिन खेल कुद सहायक मन्त्रीले/

  18. नेपाल को manttri जति sabai lai car को satta gadha दिनु parcha जस्तो छ
    किन भने harda पनि manttri hune होइन gadha herne जस्ता छन् l neta manttri
    मा त केhe vision हुनु paryo नि l yasta neta कl janta kasta hune होला ?

  19. हरुवा हरुको राजमा यस्तै हुन्छा, नियम कानुनले कम गर्दैनन तेह तेस्करंले गिरिजेको मन्त्र एंड मधबेको मनपरी र उसको सेक्रेट साथी सुजाता कोइराला प्लस विद्या भण्डारी एंड उसको बोफ़्रिएन्द कप ओली मिलेर हरुवा हरुको ज्ञानले जे गरेपनि हुन्छा त्यो गरिब देशमा क्या. दिमाग बिग्रेका, छोरि डकैतीको आरोप लागेका हरुको सरदार हो मधबे क्या तेसैले तेस्को क्याबिनेटका मेम्बेर्ले ज पनि गर्छान्नी, कस्सो द्रिवेर्लाई पितेना छे त्यो मदिशेनिले क्या, तेस्ता पागललाई ट्राफिक रुल भैलेसन केसमा पोलिस ओफ्फिस लाने र छेती पूर्ति तिर्न लगाउनु पर्ने हो साथीहरु

  20. हेर्दै दिल्लीको जे बी रोड तिर बस्ने जस्तै देख्दो रहेछ ! माधव नेपालको २२ दलका सौदागरहरु – यस्ता त मंत्री !

  21. येस्ती नौटंकी को के कुरा गर्नु ४४ जना मन्त्रि ६०१ सभासद भयको यति सानो देश अनि,,,,,येस्ता हरु लै न त मर्यादा को ज्ञान छ न त देश को बारेमा ,,,,देश ले अर्को जंग बहादुर पक्कै मागेको हो …..नत्र यस्तो भद्रगोल किन,,,,??????????????????

  22. हा हा हा हा जिउडाल हेर्दै दुइ तिन जनालाई सिधै भकुर्ली जस्तो रहेछिन | बठेनीलाई मंत्रिनी नबनाएर नेपालको बक्सिंगवाली बनाउनु पर्ने थुक्क बुद्धि नपुगेको माकुने ? ल ल बठेनी अबो गाडीको शिसा मात्र होइन माकुने, प्रचण्ड र गिरिजालाई पनि देउ दुइ तिन मुक्का यिनीहरुलाई त सजिलै धाल्छौ होला | बधाई छ तिम्रो करामत र ब्यक्तित्वोको परिचय हामी जनताले जान्न पायौं र हामी जनताले तिमि नेताहरुलाई फेरी पनि भोट दिन्छौं सत्तामा पुगाउन्छौँ …………………………

  23. मन्त्रीहरु बलिया रहेछन एउटा गाडीको सिसा पनि फुटाउन नसक्ने भएको भए कसरी उनी मन्त्री हुन्थिन त ?अझ फुल मन्त्रीहरु कती बलिया होलान है !कसका पाखुरामा तिग्रामा कती मासु छ ?पहिलो योग्यता हो मन्त्री हुन |हेर्नु भएन सुजाताले रामचन्द्रलाई झन्डै नभकुरेको !!

  24. धेरै राम्रो, हामीले चाहेको यस्तै आँटिला / फुर्तिला मन्त्रि र मंत्रानीहरु हो.

  25. अब लण्डनमा हुने अलम्पिक खेलमा नेपालको तर्फबाट मुक्केबाज खोज्नु नपर्ने भयो ।

  26. अरे हो!! साथीभाई !!!उ धोतिनी मन्त्रीनिको बात तपाईहरु काहा! पत्त्ता छ ?? उ टाँगा चढ्ने वाली गाडी चड्दा रिंगटा लगेर गाडीको शिशा फुताईहालेछा!!!!! उसको अब सरकारले टाँगा खरिद कर्नेवाला छ !!!!!!!!!!!!!!

  27. उस्ककै तलबले तिराउने नि हाम्रो पैसा किन तिर्ने? हेर्दै मन्त्रि जस्ती छिन उनि त उल्टो बाटो

    जेनिश

  28. बधाई छ मन्त्री ज्यु लाई । अब एसै गरी यो सम्सध रोकिएको छ, माकुने प्रचण्ड र गिरिजा का मुख्मा त्यो सिशा फुटाउने मुक्का हानी दिनुपर्‍यो ।
    युवा जोश युवा जाघर.

    दुर्गा खनाल
    साउदी अरब
    रियाध

  29. बिचरा मलाइता धारू सम्झेर माया लाएर आयो !!!!

  30. मेरो पुरानो घर भत्काउनु पर्ने भएको धेरै भयो, त्यसको लागि मेरो गृहमंत्री पनि चन्दाजी लाइ नै बनाउ कि कसो ?

  31. नेपालका मन्त्रि त यस्ता छन् भेने देशको विकास कसरि हुन्छ धन्य होस्

  32. होइन साथी यी मन्त्रि लाइ के भन्ने अलिकति पनि धैर्य छैन यीनीसंग | मैले त कसैले नगरेको काम गरे भनेर धक्क फुलेर बसेकी होली कोठा मा | मन्त्रीहरुले त जे गर्दा पनि हुने रहेछ नि त हो नयाँ नेपालमा |

  33. मलाइ उनको श्रीजनशिलता मन पर्यो!
    खेलकुद मन्त्रीको हैसियतले नया किसिमको बाक्सिंग या कराते खेलको उत्पत्ति गर्नु
    भनेको त राम्रै कुरा हो! के थाहा येही खेल ओलम्पिकमा पुग्यो भने त उनको साथै
    नेपालको पनि नाक ठूलो!

    खेलका आधारभूत नियम:
    गाडीलाई सिसामा बजाउने, मात्र एक मुक्काले-
    १) कसले सबभन्दा ठूलो भ्वाङ पार्छ
    २) कसले सबभन्दा सानो प्वाल परेर हात छिराउछ
    🙂 🙁
    रिस उठ्ने भन्दा पनि अर्को खुशीको कुरा त हुँदैन कतै: मन्त्रीको गाडी राजधानीको बीच शहरमा बिग्रेर खडा हुने! कतै यो पनि किर्तिमान त हुँदैन? कतै गिनिज बुकमा नाम त लेखिन्न!?

    धन्य हाम्रो नेपाल! हरुवा गोरुहरुको छेरुवा दाउ!

  34. यो देश मा कस्ता कस्ता मान्छेहरु मन्त्रि बन्छन भन्ने कुरा यो घटना बाट प्रुफ हुन्छ | अब सबै सडक छाप हरु लाई पार्टी, नाता, जात, रंग, भेष-भुषा, भाषा, उचाई, लिङ्ग, आदि इत्यादी को भरमा मन्त्रि बनाउने भएपछी, येस्ता घटना हरु त हुने नै भए | अब कुरो आयो, तेस्ता व्यक्ति बिशेष लाई, कारबाही गर्ने कि नगर्ने? Vandalism को charge लगाएर खोर मा थुन्न सक्नु पर्यो नि त, अरु सर्ब साधारण लाई जस्तै ! तर बिडम्बना हाम्रो देश को, नेता लाई त त्यो हुन सक्ने कुरै भएन नि, कि कसो?

  35. अरु केही हैन, नेपाल र नेपालीहरूलाई हेपेका हुन् यो भारतीय टट्टुहरूले ।

  36. नेपाली जनता हरुलई साइकल चड्ने पैसा छैन मन्त्रि भएर गाडी चदना पाउदा पनि उनलाई खुसि छैन . बिग्रेको देशमा भत्केको नेता हरु भनेको येही हो !

  37. यी त नमुना मात्र हुन् नि साथीहरु हेर्दै जानुस न अरु के _के गर्छन यी जनतामारहरुले !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  38. यी चरी होइनिन साथी यी त नकक्चरी पो हो त |

  39. शयेद चन्दा मैया नेपाली महिला बोक्सर हुनु पर्छा.

  40. गल्ति गर्ने हिंजोको राजा त गद्दी छाड्नु पर्यो भने हिंजोका भुशुना आजका लिखालाई कारबाही नभएमा कथित जुम्राका धादि वा जुगालाई जितेको नाममा राजस्वको रकम दुरुपयोग हुँदा पनि सिन्को नाभंचेमा इनको पनि पत्तै नपाई करान्ग्का हड्डी खुस्किना के बेर?
    तर छदमभेशी कार्यकर्ता बनि खान पल्केकालेत कथित sonukarki को जस्तै “अलि सभ्य भाषा लेखने प्रयास गरौ” भनि जागिर खाए हुन्छ / हिंजोको राजा जस्तै गैर कानूनी काम गर्ने काम नभएका र सिन्को पनि भाचना नसक्ने असति संग सति जान तयार होउ होसियार चम्चाहरुहो / गल्ति गर्ने प्रयास कदापी नगर है / हिंजोका दिन गए आज के गर्दै छौ तयार भै ठिक्क पर तिम्रो पालो आउंदै छ भोलि छोरा छोरीको अगाडी बलिको बोको बन्न /
    यल. बि. थापा

  41. भेडा बाख्रा हेर्ने गोठालालाई मन्त्रि बनाए पछि यस्तै हुन्छ . यस्ता औकात नै नभएका लाई मन्त्रि बनाए पछि यस्तै त हो नि
    .
    दिपक

  42. बधाई छ मन्त्री ज्यु लाई । अब एसै गरी यो सरकार पनि रोकिएको छ, माकुने लगायत सबै को मुख्मा त्यो सिशा फुटाउने बज्र मुक्का हनिदिनुपर्‍यो प्लिज ।
    युवा जोश देखैदिनुपर्यो भतुवा हरुलाई .

  43. i think the government must punish her by compensating all the damage from her salary. There is no place for anti-social behaviour.

  44. मंत्री लायक लाइ पो मंत्री बनाउनुपर्छ .. यो आइमाई १० क्लास पास पनि हो कि होइन ? बादरको हात मा नरिवल जस्तो

  45. la ल ठिक छ, प्रचार प्रसारमा आउने यो एउटा अर्को तरिका पनि हो
    जाबो मन्त्रीलाई कसले पो तेर्छारा? उही एकदुई कर्मचारीले मात्र त honi, त्येस्पच्ची त उही कल्लारी अनि झलारी त नहो |

  46. जनता को खुन पसिना बाट आएको गाडी फोडी रे ? तेस्को तेत्रो मुढे बल छ भने………. भरे मेरो घर मा आओस न म संग लडन लाई…. कत्ति को फुर्ति रहेछ हेर्न हुने थियो … येस्ता मन्त्रि लाई मन्त्रि भन्नु भन्दा….म संग लडेको भिडियो देखाएर बरु बेईजती सहने थिए

  47. हिजो सम्म जनकपुर मा दिन भरि जाल मा माछा मारेर बेसको ,ह हिले मन्त्रि ,अनि कसरि उसले अफ्फ्नो जिम्मा वारी सम्जन्छ/ राजा ले प्रजात्रन्त्र दियर सबै भन्दा ठुलो
    गल्ति गरे / यो हामी सोजा नेपाली को दुर भाग्य हो /

  48. थरुनी का छिप्पेका हात, बजैदिछ, राम्रै गरि, भक्कुमार संग

  49. हो र? के परेछ तेस्तो? सच्चाई हो र ? घ्यच्च इमरजेन्सी ब्रेक हान्दा टाउको ठोकियर फ़ुटेकोत होइन!
    सर लेत लाइभ देखेको जसरि भन्नु भयो तर खबर अपुरो भयो!
    कि कसो.

  50. मधेशी बज्यै परिन क्या हो ! पान खाने बानी होला, थुक्न खोज्दा ढोका खुलेन होला त्यहि भएर पो सिसा झ्याम्म-झ्याम्म पारेकिन ति बज्यैले ! अब न त सिसा खोल्नु पर्यो, न त ढोका नै खोल्नु पर्यो मोज गर बज्यै..!!! के गर्ने तिम्रो आमाले किनी दिएको भए त माखा पनि बस्न दिने थिएनौ, तिम्रो के जान्छ र सरकारी समान हो त्यसैलाई कहिले सिरानी बनाउ, कहिले चप्पल बनाउ |

  51. अपांग सरकार

    पारिकोले रंगायेको
    हात आतंककारीले भिराएको
    मिलोमतोको बैशाखी टेकेको
    आँखा नजिकको कुर्सि बाहेक केहि नदेख्ने
    मुखमा जिब्रे छैन, उताकोले स्पिकर जोडेको
    अपान्गै अपांगको आतंकले देस चलाएको
    वारिको हाम्रो आफ्नै को चिन्नै नसकेको
    पारीको रंगले रंगायेको त्यो, वारिको भनि रोजेको
    हामीनै मुर्ख, येस्तालाई त जन-सरकार मानेको

  52. गाडीको सिसामा हान्नु भन्दा माकुनेको मुखमा मुक्काले हानेको भए हुन्थ्यो |

  53. कबाडी साइकल चद्थी होलि पहिले अनि फिरी मा पायको गाडी लाई कबाडी साइकल को पौदन भनेर किक हानेकी होलि नि कुकुर्नी मन्त्रि भानौदि ले

  54. हाम्रो नया नेपाल मा यस्तो लाई पनि मंत्री बनायको छ

  55. “घच्याक्क लाएर कुपन्डोलमा गाडी रोकिएछ”, लोभी मन्त्रिको पापी मन, प्रधानमन्त्रिको करोड जाने, मेरो चाहिं एस्तो!! गाडीको शिसा प्रधान मन्त्रीको मुखै ठान्छ, मुक्का हान्छ शिशा फुताउन्छ/

    येस्तई हो साथि देस जनता फुटाउन आएको हो यिनीहरु, गाडीको शिसा मात्रै के हामीलाई पनि फुताउन्छ यिनीहरुले/ सहि बिकल्प के हो बुझ्दै नबुझी ढ्वांग फुकेको सुनी दंग भई भोट दिएर खोट रोज्ने हामि नै दोषी, उनीहरुलाई के भन्ने, जस्ता थिए तिनीहरु तेस्तै गरे, के गालि गर्ने तिनीहरुलाई, तेस्तालाई भगाउन पहिला हामीले हामीलाई सच्याउनु पर्यो/ सहि बिकल्प रोज्नु पर्यो/ सुनेर होयिन हेरेर रोज्नु पर्यो/

    कुर्सि पाए म पन्चे पनि बन्छु भन्ने/ उ सिंह दर्बार पुगे राजाको गर्दंमै टाँसिने, नपुगे के राजा के प्रजा सबैलाई निमोठ्ने/ हामीले येस्तैलाई त रोजे/ अब के कुरा काट्ने, नसचिने बा नसच्याउने हो भने येस्तई हो नियेती भन्दै भोग्ने नि/ तर साथीहरु समय को अंत कहिले हुँदैन आँट गर्नु पर्छ ढिलो अझै भए छैन/ सहि बिकल्प के हो मनन गरूँ, हाम्रो प्रतिनिधि हाम्रो गोरु, दाम्लो उसलाई हामीले बाँध्ने के गोरुले हामीलाई? सहि उतर के हुनु पर्ने बुझेरै मात्रै भोट दिनु पर्ने/

    उहिले त गल्ति गर्यौं अब नगरुं/ भोटको थैलीं बरु कस्सेर बाँधेर राखूँ, येस्तै उस्तैलाई थाम्न त के चिहाउनु पनि नदिउँ/ येहित हो नेपालीको श्री सम्पति/ येही गुमे देसै गुम्छ अनि वारि बस्ने हामिलाई पारीकोले कमारो बनाउँछ/ येस्ता नेता उतैको दलाल त हो भनि चिनिसके पछी पनि के को मन्त्रि के को नेता त्यो/ उताको दल्लेलाई उतै भगाउँ, एताको हाम्रो को हो अब त खोजुं/

    तर उ पनि कम्तिको धुर्त छैन येस्को हेक्का राखूँ/ हामि नेपालीको एकता हिमालयेको हिउँ पग्ली बनेको जल जस्तै निश्चल पवित्र/ उसले तेस्मा शंघियेता, जातियेताको चिल्लो घोलेर हामीलाई बिखन्डन गर्न खोज्दै छ/

    हाम्रो सुन्दर शान्त सानो नेपाल, के कसको शंघ, कसको के जात, सबै हामि नेपाली/ म बाहुन तिमि छेत्री त्यो नेवार उ लिम्बु नभनुँ/ थर थरि थरिका, तर बस्ने ठाउँ हाम्रो नेपाल हो, येति नभुलूं/ भाई भाई फुटेर सानो नेपालको अंस बन्दा गरि सुन्दर सानो घर जस्तो नेपाललाई टुक्रा टुक्रा नगरुं/ बरु टुक्रै गर्नु परे टुक्रा गर्न खोज्नेलाई गरूँ, टुक्रा गरि भएन भने पिस्नु पिसेर तेस्लाई धुलो बनाउँ अनि कोशी गण्डकी मा फेरी पनि बाढी आउलानै त्यो धुलो तेसैमा बगाई पारीको धुलो पारिनै पुर्याउँ/

  56. तेस्को बाउले किनिदिएको गाडी होलानी येसरी मनपरी गर्ने / तेस्को भत्ता बाट हर्जाना भराउनु पर्छ/

  57. मन्त्री त यस्ता छन् भने तिनका कार्यकर्ता कस्ता होलान? अनि फेरी यस्ता नेतालाई भोट दिने हामी जनता पनि कस्ता? अनि देश कहिले उभो लाग्छ? जबसम्म यस्ता नेताहरु रही रहन्छन र हामीले तिनीहरुलाई भोट दिएर जिताई रहन्छौ तब सम्म नेपाल उभो लाग्ला भन्नु एउटा दिवा स्वप्न मात्रै हो | त्यसकारण पहिलो नम्बरमा जनता नै सचेत हुनु पर्यो |

  58. बिग्रेको देशमा भत्केको नेताहरुले दिने भनेकै यहि हो | अब कुन दिन हामी “बन्दे मातारम” भन्न पर्ने हो ?

  59. यो पनि त हुन सक्छ नि साथीहरु चन्दालाई कुनै……….. कोठामा तुरुन्त पुग्नु थियो होला अनि काठमाडौँ को ट्राफिक समयमा पुग्न नसकेपछि रिस ले आँखा देखिनन् अनि त गाडीको शिशा झ्याम्म झ्याम्म |
    युबा जोश र ईमोशन के को रोकिन्थ्यो र मन्त्रि जूको यो नेपालको स्थिति र यो जमानामा |

  60. हेरौ न श्री माकुने जी ले के भन्दारहेछन!!!! संकानै लाग्छ मलाई त की यीनित(चन्दा) साह्रै जोसिली रहिछिन हाम्रो देशमा एस्तै मन्त्रि चाहिन्छ पो भन्ने हुन् की |

  61. एउटा साइकल किनेर दिनु पर्नेलाइ गाडी दिए पछी येस्तै हो……गाडी चाहिए आफै किन्नु भन्नु पर्नेहरु………..

  62. ………………………..निवास पुल्चोकतिर जाँदै रहिछिन् आफ्नो झण्डावाला गाडीमा झण्डा फरफराउँदै। कुपन्डोलमा पुगेपछि घच्याक्क लाएर गाडी रोकिएछ। युवा मन्त्री, युवा जोश- रिसले आँखा देखिनन्। मुक्का हानिन् गाडीको शिशामा- झ्याम्म, झ्याम्म। चकनाचुर भयो गाडीको शिशा।…………………

    गाडी चाँही किन रोकिएछ ? अनि कुन सन्दर्भमा वा के भएर गाडीको शिशा फोरिएछ कुन्नी ?

  63. क्या गज्जबको हासो लाग्ने समाचार देख्न पाइयो आज बिहानै …. हे हे . देश बिकास होला भनेर हामीले आशा गरेर बस्नु? कहिले देश बिकाश होला सुरक्छ्या सुद्रिड होला र आफ्नै देश फर्किउला भनेर कुरेर बसेको, यतै विदेश तिर बुदो भैयेला जस्तो छ कुर्दा कुर्दै !

  64. उसको बौको के जान्छ र ?
    फेरि यहाँ कारवाही गर्ने भए सुरुमा राष्ट्रपति अनि हारुवा प्रधानमन्त्रीलाइ नै गर्नु पर्छ.

Comments are closed.