'साढे तीन सय' अभियान


विश्वका १८० देशसँगै हाम्रो देशका युवाहरुले पनि आज ऐतिहासिक साढे तीन सय अभियानमा सहभागिता जनाए। आजको दिन जस्तो वातावरणसम्बन्धी जनचेतना फैलाउन पृथ्वीको इतिहासमा यति वृहत् कार्यक्रम भएको थिएन। हाम्रो देशसहित विश्वका १८१ राष्ट्रमा पाँच हजारभन्दा बढी कार्यक्रम भए। सबैले चाहेका छन् जलवायु संकट कम पार्न साढे तीन सयको लक्ष्य प्राप्त गर्न कडा कदम। के हो त साढे तीन सय अभियान ? जान्नलाई र आज स्वयम्भूमा खिचिएका थप फोटो हेर्न भित्र आउनुस्।

साढे तीन सय मानवका लागि सुरक्षित कार्बन डाइ अक्साइडको सीमा हो। यसलाई पीपीएम अर्थात् पार्टस् पर मिलियनमा मापिन्छ। जलवायु परिवर्तनका खराब असरबाट बच्ने हो भने जतिसक्दो छिटो हामीले पृथ्वीको वातावरणमा कार्बन डाइअक्साइडको मात्रा साढे तीन सय पीपीएममा पुर्‍याउन जरुरी छ। हाल यो स‍ंख्या ३८७ पीपीएम रहेको छ।


मुख्य बाधक को ?
अमेरिका। विश्वका कुनै पनि देशभन्दा बढी CO2 उत्पादन गर्छ अमेरिकाले। per capita emissions मा पनि औद्योगिक राष्ट्रहरुमा सबभन्दा बढी उत्पादन अमेरिकाले नै गर्छ। अहिले आएर चीनले वार्षिक रुपमा सबभन्दा बढी CO2 उत्पादन गर्ने भए पनि प्रति व्यक्ति कार्बन अमेरिकाले नै धेरै गुणा उत्पादन गर्छ। यसलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सन्धिहरुलाई पनि अमेरिकाले बारम्बार रोकेको छ।

CO2 लगायतका ग्रिनहाउस ग्यासहरुले पृथ्वीमा सूर्यबाट आउने परावैजनी किरणलाई रोक्ने ओजोन तहलाई प्वाल पार्छ। यसले पृथ्वीमा तापक्रम बढ्न जान्छ।


हामीलाई के मतलब ?
यो विकसित देशहरुले सिर्जना गरेको समस्या हो। हामीलाई के मतलब ? के यो धारणा सही हो ? हैन, बिल्कुलै हैन। किनभने पृथ्वी एउटा मात्र छ। यही पृथ्वीमा उनीहरु पनि हामीहरु पनि बस्नु पर्छ। जलवायु परिवर्तनका असरहरु नेपालमा देखा पर्न थालिसक्यो। माउन्टेन फ्लाइट उडाउने पाइलटहरु भन्छन्, अहिले पहिले जस्तो हिमालमा हिउँ नै देखिँदैन। हिउँ नै हिउँ हुने सगरमाथा आधार शिविरमा अहिले तालै ताल देखा पर्न थालेका छन्। सगरमाथा चढ्नेहरु भन्छन्, अहिले हिउँ नै देखिन्न। त्यसैले हामीले आवाज उठाउनु पर्छ। अनि मात्र विकसित देशका नेताहरु सुन्न बाध्य हुनेछन्। त्यसैका लागि विश्वभर यो साढे तीन सय अभियान चलाइएको हो। ६ सातापछि डेनमार्कको कोपनहेगनमा जलवायु परिवर्तनसम्बन्धी १५ औँ बैठक हुँदैछ। त्यहाँ ३५० को लक्ष्य पूरा गराउन दबाब दिन पनि आज विश्वभर कार्यक्रम गरिएको हो। विश्वका विभिन्न देशका फोटोहरु हेर्ने भए यहाँ क्लिक गर्नुस्।


44 Comments

  1. wow……..gr8 article n fotos too!!!!well dats my frend in the 1st foto n m proud that she is one of the member for this awareness programme!!!!!!gr8 job guys!!!!nw we youths are the one to save our earth……..

  2. हैन यो के हो ……………………….. मैले त बुजनै सकिन नि त नेपाल जति इंडिया ले लुट्न लागी सको हाम्रा नेता भनौदा साले हरु झगडा र कट मार मा नै ब्यस्त
    छन् खै के हुने हो थाहा छैन तर हामी जस्ता नेपाली यौवा ह
    रु लै विदेश मा बेचेर आफ्नो टेन्सन कम गर्न मा बेस्त छन् बीचार नेता हरु नेपालमा भएको प्रकिति को सदुपयोग को बारेमा मा के था मुर्ख हरु लाई यो कुरा को जानकारी को लागि पनि यस्तै ३५० जस्तै आर्को कुरा आइदीय
    को हुनीथेओ नि बरु खै खै खै के के के के के के मा पनि …………………………………………………………………………

  3. गाला, अनि निधार मा ३५० लेखेर अनि वर्ष को १ दिन प्लेकार्ड बोकेर हिँड्दैमा केही हुनेवाला छैन । आफ्ना प्राइभेट घाडिमा धुँवा उडाउँदै आउँछन्, अनि ३५० को भाषण ठोक्छन्, सबका सब वाहियात गफ दिन्छन् यार ! हाहाहा

  4. धेरै पछी माइ संसार मा सालोक्य जी ले अति नै राम्रो र जल्दो बल्दो बिसय बस्तु राख्नु भएको छ . थोरै प्राबिधिक त्रुटी ( ओजोन लेयर र CO2 को सम्बन्ध) बाहेक जनता लै सचेत गरौन बिसय बस्तु काफी छन् / कोहि कोहीं साथि हरुले गरीब देश लाई जलबायु परिबर्तन को के मतलब जस्ता bhabana राख्नु भएको छ . त्यो बहुत अलपकलिन सोच हो. बास्तवमा परिबर्तन को असर गरिब देश हरु ले झन बढी बेहोर्दै छन् र बेहोर्नु पर्ने छ. तुवालु (TUVALU) जस्ता Pacific countries, Sea level rise को असर ले डुब्दै छन् र सम्पूर्ण जनता नै Climate refugee मा परिणत हुँदै छन् साथि हो !

  5. देश मा तेस्तो लथालिङ्ग अवस्था छ | विकाश को गति नाजुक छ |अधिकांस देसवा सिहरुको जीवनस्तर दयनीय छ | हामीले आफ्नो प्राथमकिता पहिचान गरेर अगाडी बढ्नु पर्छ | विकाशका पूर्वाधारहरु निर्माण का क्रममा यस्ता कुराहरुलाई पनि ध्यानमा राख्नु चाँही नराम्रो होइन | तर खोइ कहाँ छ विश्व वातावरण लाइ नै उल्लेखनीय असर पर्ने विकाश निर्माण का काम कुरा हरु भयका हाम्रो नेपाल मा ?

  6. ||| आश |||
    मेरो गाउँ को गैरीखेत पनि बनमारा ले लपक्कै खाएको छ,
    पाखे जर्पनको चामललाई इउरीया ले माया लाएको छ,
    मेराबुबाले पहिला चार बोत्तल(कोदोको तीनपाने) दिनमा पिउनु हुन्थ्यो रे( 70 पुग्नुभयो)
    तर, म दिनमा चार गिलाश दुध पिए पनि,
    50 सम्म त बाच्छुकि भन्ने आश पलाएको छ ||
    अस्तु ,
    घैँटे याजेन(Dubai)

  7. खै के खै के >>>>>>म त आफ्नै जगेर्ना को बाटोतिर छु हजुर !

  8. “तेसो भए सहि के हो त??” बिकाश जीले
    खोजेको उत्तर त माथि प्रदिप जीले पनि दिनु भएको छ/ अहिले को समयमा climate change को issue र त्यसको impact को तुलनामा ओजोन तह बिनाश को कुरा पछाडी छ, जुन कुरा अत्याबश्यक छ पृथ्बी मा भएका जीवित प्राणी हरुको लागि/ यसो हुनुको कारण पनि के हो भने ओजोन तह बिनाश गर्ने तत्वको alternative पत्ता लाग्नु र सबै औधोगिक देश हरुको प्रतिबद्दता ओजोन तह बिनाश गर्ने तत्वको प्रयोग कम गर्न/

  9. Article राम्रो लग्यो, तर नि Solokya Ji CO2 ले Ozone layer lai प्वाल पर्ने हैन. यो त greenhouse gas हो र एसले Earth बाट heat escape हुन बाट रोक्छ जस्ले गर्दा Earth को temperature बढ्दै जन्छ | Trichlorofluoromethane, Dichlorotetrafluoroethane, Monochloropentafluoroethane, etc जस्ता chemical हरु ले गर्दा Ozone layer depletion हुदै जन्छ भन्ने कुरा proof भएका छन् |

    Pradeep
    Los Angeles, CA

  10. भोेतिक दुनियाँका सबै बस्तुहरू परिवर्तनशिल छन, एक दिन हाम्रो नेपाल पनि मरूभुमि बन्न सकिन्छन भने खाडीका मरूभुमिहरू हरियाली भुमिमा परिवर्तन हुन सक्छ? जलबायु परिवर्तनको लागि हामी बिश्वका सबै देशले ३५० पालान गरेमा केही मात्रमा रोकथाम गर्नु सकिन्छन तर निर्मुल र परिवर्तनको गतिलाइ भने रोक्न असम्भव नै छन।

  11. कसलाई के को धन्दा कसलाई के को धन्दा भन्या जस्तो हाम्रो देसमा आधारभूत आबस्यकता कै लागि मानिसहरु दिनरात मिहेनत गरि राखेका छन् तैपनि उनीहरुको दैनिकी यस्तो कठिन छ. बिचरा तिनीहरु लाई के को मतलब बाताबरण बिग्रोस कि सप्रोस. यो त धनि देसका खान र लाउन पुगेका मान्छेले सोच्ने कुरा हो. फेरी यो बिस्वमा बाताबरण बिगार्ने पनि त धनि देस नै हो नि त्यसैले उनीहरुले नै जिम्मा पनि त लिनु पर्यो नि!!! नकारात्मक सोचाई राखेको त होइन तर हामीले यस्ता कुरामा बढी ध्यान दिनु भन्दा नेपालीहरुको जीबन स्तर पो कसरि उकास्न सकिन्छ त्यस्तर्फ़ ध्यान दिनु पर्छ.

  12. ल हेरौ कल्ले कति कार्बन EMISSION गर्छ संसारमा : DATA 2006
    (SOURCE : http://en.wikipedia.org/wiki/ List_of_countries_by_carbon_dioxide_emissions )
    List of countries by 2006 emissions

    Rank Country Annual CO2 emissions
    (in thousands of metric tons) Percentage of total emissions[8]
    – World 28,431,741 99.0 %
    1 China 6,103,493 21.5 %
    2 United States[9] 5,752,289 20.2 %
    – European Union[10] 3,914,359 13.8 %
    3 Russia 1,564,669 5.5 %
    4 India 1,510,351 5.3 %
    5 Japan 1,293,409 4.6 %
    6 Germany 805,090 2.8 %
    7 United Kingdom 568,520 2.0 %
    8 Canada 544,680 1.9 %
    9 South Korea 475,248 1.7 %
    10 Italy[11] 474,148 1.7 %
    11 Iran 466,976 1.6 %
    12 Mexico 436,150 1.6 %
    13 South Africa 414,649 1.5 %
    14 France[12] 383,148 1.4 %
    15 Saudi Arabia 381,564 1.3 %
    16 Australia 372,013 1.3 %
    17 Brazil 352,524 1.2 %
    18 Spain 352,235 1.2 %
    19 Indonesia 333,483 1.2 %
    30 Pakistan 142,659 0.5 %

    53 Singapore 56,217 0.2 %

    55 Denmark 53,944 0.2 %

    57 Sweden 50,875 0.2 %
    58 Bulgaria 48,085 0.2 %
    59 Qatar 46,193 0.2 %

    63 Switzerland 41,826 0.2 %
    64 Bangladesh 41,609 0.2 %

    66 Norway 40,220 0.2 %
    67 Hong Kong 39,039 0.1 %
    88 Sri Lanka 11,876 <0.1 %
    91 Luxembourg 11,277 <0.1 %
    96 Myanmar 10,025 <0.1 %
    126 Nepal 3,241 <0.1 %
    160 Maldives 869 <0.1 %
    209 Saint Helena 11 <0.1 %
    210 Niue 4 <0.1 %

  13. “CO2 ले पृथ्वीमा सूर्यबाट आउने परावैजनी किरणलाई रोक्ने ओजोन तहलाई प्वाल पार्छ/”
    यो चाहिँ गलत जस्तो लाग्यो मलाई/

  14. Do people even realize what this means to Nepal?
    The world is being hijacked by the United Nation.
    Actually Nepal can’t do anything otherwise, all the corrupt political leaders are already paid for. It probably would make no difference to countries like Nepal which doesn’t have strong manufacturing base, but we need to be aware about the bigger picture.
    I feel bad for Nepal, but can’t do otherwise, just lament over here.

    People be aware what your leaders are up to.
    Be aware about how they are selling the sovereignty of our country to the United Nation.

  15. अब झनै खबरदार गर्ने बेला आयो/
    बबुरो नेपाल बाराबरण बिग्रंदै गएकोमा के पो गर्न सक्छ / दिन एक दिन येस्तई आउँछ भनेरै प्रकृतिले धन माग्ने देशलाई धन दिए तर नेपाललाई माया गरेरै पानि धेरै दिए/ अब धनले तिर्खा मेतिन्दैन पानिनै चाहिन्छ पानि नेपालमा तैपनि धेरै नै हुन्छ तेसैले आँखा गाड्ने छन् तिनीहरुले अझै धेरै/ आज सम्म धेरै लुते ठगे, अब बाकि रहेको बचाउने बेला आयो/ हिमाल्नै सुक्दैछ/ अब जति बगेर आउँछ मात्र हामीलाई मात्रै पुग्छ/ तेही पनि गए हिमाल मुनि पानीको धनि हामि तिर्खायेरै मर्छ/
    खबरदार गरुन साथीहरु कोशी गण्डकी टनकपुर माहाकाली लुटाउने र लुट्ने मौका अझै धुरी रहेको छ/ अरब जनता भएको त्यो छिमेकीलाई लोटा भरिले पुग्दैन उसलाई, हाम्रो नदि नाला खोला पोखरी ताल दह सुक्ने गरीनै चाहिन्छ/ के गर्ने उताको भैयाँ लाई सैंया मान्ने मैयाको दुलाहाहरु ससुरालिलाई पोस्न घर मात्र होयिन देसै मास्छ/ उस्लायित के छ र उ त जान्छ पारीको घर ज्वाईं बन्न, बाकि याहाँ होस् नगरे तिर्खायेरै मर्छ/
    साथीहरु कोशी गण्डकी टनकपुर त गए गए, DPR समय सिमा मा बनाउन नमानेकोले महाकाली सन्धि मरी सके, तर पनि महाकाली बकश दिने दिलाउने बाउ छोरा गिरिजा र माधव जिउंदै छन्, अर्को सन्धि गर्लान है/ खबरदार गरूँ उनीहरुलाई/ चुनेको छैन जनताले उनीहरुलाई/.जनताको सम्पति हो माहाकाली नदि/ खबरदार गरुन साथीहरु तेस्लाई अर्को सन्धि कुनै गर्ने तेरो के औकात भनि/

  16. संसारका सबै भन्दा सक्तिसाली भनिएका मुलुकहरुले सबैभन्दा बढी बाताबरण प्रदुसन गर्छन/

  17. धरै उपाय मध्ये “परिवार नियोजन” सबै भन्दा उत्तम उपाय हो तर सबै को ध्यान CO2 तिर मात्र गएको छ. आखिर CO2 किन उपदान गरिन्छ त? उपभोक्ता को लागि नै हो. अनि उपभोक्ता हामी मानब नै हौं . हामीले धरै सन्तान बनायौ भने उपभोक्ता हरु बद्चन तिनीहरुको लागि उपदान गर्दा CO2 ब्रिदी हुन्छ. तिनीहरुले चलाउने कार हरुले Global warming बढ्छ . त्यसैले “परिवार नियोजन” मा पनि धरै धयान दिनु पर्यो . ४ – ५ सन्तान पौने अनि अरुको बिरोद गर्ने गर्नु हुदैन. भारत र चिन ले येस्मा सबै भन्दा बडी धयान दिनु पर्दछ. अरु लै मात्र दोष दिएर हुदैन.

    प्रकाश_पौड्याल_एबी_क्यानाडा

  18. पृथ्बी सबैको साझा घर हो यसमा तेरो र मेरो नभनी कन सबै मिलि कम गर्नु पर्छ जस्तो यो पुर्बेली लाई लागेको छ है |

  19. उतरी युरोपका ५ वटा देशहरुलाई नर्डिक देश भानिन्छा जसमा स्वीडेन ,नर्वे, डेनमार्क फिनल्याण्ड र आइसल्याण्ड पर्छन यी ५ वाटको कर उठाउने लयता सामाजिक संरचना उस्तै उस्तै छ . यहाँ शिक्षा स्वास्थ्यमा सरकारको पुरा लगानी छ .
    स्वीडेन उतारी युरोपमा पर्छ यो देश हाम्रो नेपाल भन्दा लगभग ३ गुणा ठूलो छ यहाको जनसंख्या करिव ९१ लाख छ यो देश संसारका धनि देशहरुको सुचिमा १७ नम्बरमा पर्छ भने नेपाल संसारको गरिव देशहरुको सुचिमा १७ नम्बरमा छ. त्यसकारण नेपाल र स्वीडेन म तुलना गर्दिन तर म नेपाल सरकार लगायत त्यहाका कर्मचारीहरुलाई के आगह्र गर्न चाहन्छु भने कुनै पनि काम गर्दा योजना बनाउदा दिगो हुने गरि बनाउ जसले गर्दा पछी आउनेलाई पनि सजिलो हुन्छा

  20. हो! हामि सबै मिलेर यसलाई घटाउनु पर्छ! यो साढे तिन बाट बढेर साढे सात पुग्यो भने पृथ्बी खत्तम.

  21. पृथ्वी सबैको हो, सबैले बढ्दो तापक्रमका विरुद्ध सबैले चर्को स्वर गर्नैपर्छ ।

  22. जलवायु परिवर्तनले नेपालमा पारेको असरसम्बन्धी समाचारहरु
    सगरमाथा बेस क्याम्पमा तालै ताल
    श्याम भट्ट, काठमाडौं,कात्तिक ४- पहिलो सगरमाथा विजेता तेञ्जिङ शेर्पाले सगरमाथा विजय गर्न १५ दिन भन्दा बढी समय लगाएका थिए। एडमन्ड हिलारी र तेञ्जिङको पूरै सगरमाथा अभियान भने ३ महिना बढी समयको थियो। तर पछिल्लो समयमा यो साहसिक दूरी ८ घन्टामामै छोट्टिएको छ। दस पटक सगरमाथा विजय गरेका पेम्बा दोर्जे भन्छन् ‘अहिले त सगरमाथामा ८ हजार मिटरसम्म नै चट्टान देखिन्छन् जसले गर्दा यो साहसिक अभियान सजिलो भएको हो’।
    सन २००० मा १९ वर्षे युवा जोशमा पहिलो पटक सगरमाथा विजय गरेका पेम्बाले यसपालि गत मे १९ मा आफ्नो १० औं यात्रा तय गर्दाका अनुभव मर्मस्पर्शी छन्। भन्छन् ‘उहिले कालापत्थर नजिक ६ हजार मिटरको उचाइमा हिउँमा हिँड्न लगाइने विशेष जुत्तामा लगाइने काँडाहरु ‘क्याम्प्रुन’को मद्दत लिन्थ्यौ। अहिले साधारण जुत्तामा यो दुरी तय गर्न सकिन्छ। पहिलो बेसक्याम्पमा उतिबेला खानेपानीको विकल्प हिँउ गलाउनु थियो तर अहिले त्यहाँ कयौ साना ठुला ताल बनेको बताउँदै उनले आक्रोश पोखे, ‘सरकार सगरमाथामा आइरहेका परिवर्तन बारे चिन्तित छैन। उसलाई हिमाल आरोहणको शुल्क लिए पुग्यो’। हिमाली जनतामा यो परिवर्तनले त्रास बढाएको उनी बताउँछन्।
    हिमालमा सन २००४ देखि परिवर्तन भेटेको बताउँदै पेम्बा भन्छन् ‘सन २००६ पछि त परिवर्तन धेरै भएको छ नर्थ र साउथ पोलमा यो प्रष्ट महशुस गर्न सकिन्छ’। आफूले हिमालमा आएका परिवर्तन बारे ‘भिडियो’समेत खिचेको उनले बताए। जलवायु परिवर्तनको असर नेपालका हिमालमा धेरै परेको बताउँदै उनले भने सरकारले विश्व समुदायको ध्यान तान्न एक दुई वर्ष भए पनि आरोहणमा बन्देज लगाउन आवश्यक भएको छ।

    पेम्बाको यो कथनलाई यसपाली १९ औं पटक संरक्षणको सन्देश लिएर सगरमाथा चुमेका कीर्तिमानी आरोहीले आप्पा शेर्पाले पनि बताइसकेका छन्। आप्पाले ८ हजार मिटरको उचाईमा नै पानी भेटेको दावी गरिसकेका छन्। अर्का आरोही तथा संरक्षण राजदुत दावा स्टेभन शेर्पा पनि सगरमाथामा आएका परिवर्तन बारे वकालत गर्दै सरकारलाई समयमै सजग हुन आग्रह गर्छन्।

    पेम्बा दोर्जे हिमालमा आएको परिवर्तन बारे विश्व शक्ति केन्द्र अमेरिकाको ध्यान आर्कषण गर्न आउँदो नोभेम्बर ७ मा उता लाग्दैछन। राष्ट्रपति बाराक ओबामा लाई भेटेर हिमालमा आएको परिवर्तन बारे वेलिविस्तार लगाउने उनको कार्यक्रम तय भएको छ भन्छन ‘म मेरो तर्फबाट हिमाली जनताले बेहोर्नु परेका र पर्न सक्ने समस्या बारे सहायोग गर्न अग्रह गर्ने छु र बेसक्याम्पको ढुंगा उपहार दिने छु’।

    पेम्बाको यो काम विश्वव्यापी युवाहरुको जलवायु परिवर्तन विरुद्धको समन्यायी अभियान ‘३५०’ अर्न्तगतको एक अंग हो।३५० एक संख्यात्मक परिणामाम हो जसलाई वैज्ञानिकहरु कार्वनडाई अक्साईडको मथिल्लो सुरक्षित परिणाम मान्छन।

    नासाका वैज्ञानिक जेम्स हन्सनका अनुसार पृथ्वीको सतहमा अहिले कार्बनडाई अक्साईडको मात्रा ३९० पीपीएम (पार्टस पर मिलिएन) छ।समयमै कार्बन उर्त्सजनमा कमी ल्याउन प्रदुषक देशलाई दवाब दिएर यो मात्रा ३५० पीपीएममा मा झार्नु नै अभियानको लक्ष हो।

    कार्बन उर्त्सजन ३५० पीपीएममा सिमीत गर्न बिश्व समुदायको ध्यानाकर्षण गर्न आगामी अक्टुबर २४मा विश्वभरका अनेकौ समुदाय ‘ताज महलदेखि ग्रेट ब्यारियर रिफसम्म’ १५२ राष्ट्रमा २२०० भन्दा बढी कार्यक्रम आयोजना हुँदैछन।

    आप्पाले भेटे आठ हजार मिटरमा पानी !
    श्याम भट्ट, काठमाडौं जेठ १४

    किर्तिमानी आरोहि आप्पा शेर्पाले राष्ट्रपतिलाई आफ्नो् अनुभव सुनाउदै भने, “यसपाली आठ हजार मीटरको उचाँईमा पानी भेटें।” आप्पाको यो कुराले राष्ट्रपति मात्र होईन संगै रहेका संरक्षणकर्मी प्रशान्त सिंहलगायत सबै अचम्म परे सिंहले सोधॆ यो त नहुनु पर्ने कुरा हो।

    उनले आफ्नो कुरा जारी राख्दै भने पहिला तेस्रो क्याम्प पछि साउथ कोलमा हामीहरु त्यो ठाँउमा पानी पगालेर खान्थ्यौ तर यसपाली त पानी नै भेटियो। वार्ताक्रममा संगै रहेका राष्ट्रपतिका प्रमुख स्वकिय सचिव ललित बहादुर बस्नेतले नागरिक संग भने आप्पाको कुरा सुनेर हामी स्तब्ध भयौ।

    १९ औ पटक सगरमाथा सफल आरोहण गरेकोमा सम्मान गर्न बुधवार आप्पालाई शितलनिवास बोलाईएको थियो ।उनका साथमा आयोजक र बिश्व वन्यजन्तु कोषका केहि प्रतिनिधि थिए। सगरमाथाको सफल आरोहण पछि सोमबार काठमाण्डौ पुगेका आप्पाले आफुलाई अझै आरोहणको ‘हयाङ’ रहेकाले धेरैकुरा बिर्सिराखेको बताएका थिए।

    यदी आप्पाको कुरा साँचो हो भने यो जलवायु परिवर्तनको पराकाष्टा मात्र होईन अध्ययनको गहन विषय पनि भएको संरक्षणकर्मी प्रशान्त सिँहले भने।

    शितल निवासमा उनलाई राष्ट्रपतिले आरोहण अनुभव सुनाउन आग्रह गरेका थिए यसक्रममा आप्पाले चिनतिर रहेको सगरमाथा को भिरालो चोईटिएको र हिलारी स्टेप पनि पहिले भन्दा गाह्रो भएको बताएका थिए ।पहिले हिँउ हुने ठाँउमा अहिले चट्टान भएकाले यात्रा गाह्रो भएको सुनाउदै उनले भनेका थिए हिलारी स्टेपमा हिँउ छैन आधार शिविर देखी पहिलो क्याम्प सम्मको यात्रा खतरनाक भएको छ । विश्वको शिर सगरमाथावाट सबैलाई जलवायु परिवर्तन विरुद्ध कार्य गर्न आव्हान गर्न उनी यसपाली चुचुरोमा पुगेका थिए।

    आप्पालाई उनको १९औं सफलतामा र आयोजक संस्था एशियन ट्रेकिङका अध्यक्ष आङछिरिङ शेर्पालाई सगरमाथामा सफाई गरेवाफत राष्ट्रपतिले सम्मानित गरेका थिए ।

    विज्ञानका विद्यार्थीका नाताले जलवायु परिवर्तनको विषयमा जानकारी रहेका र चाख लिएका राष्ट्रपतिले उनलाई यो काम समयमै भएको बताउदै राम्रो काम गरेकामा बधाई दिएका थिए भने यस्ता अभियान जारी राख्न सल्लाह दिएको प्रमुख स्वकिय सचिव बस्नेतले बताए ।राष्ट्रपतिले आगामी दिनमा सगरमाथा सरसफाईका लागी सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन उनले भने ।संरक्षणकर्मीले जलवायु परिवर्तन जस्ता गम्भीर विषयको नेतृत्व राज्यस्तारवाट हुनु पर्ने आग्रह गरेका गरेका थिए।

    आप्पा बिहीबार अमेरिका फर्कदै छन उनलाई शनिवार त्यहाँको युटाह राज्यले ‘युटाह स्टेट बेस्ट अवार्ड’ दिने कार्यक्रम छ। उनी युटाहका साल्टलेक सिटीमा बस्दै आएका छन्।

    “जलवायु परिवर्तनलाई रोकौं-हिमाललाई बाँच्न दिउ संदेश लेखिएको डब्लु डब्लु एफको ध्वजा आप्पाले शिखरमा पुर्‍याएका थिए यसपाली । उनी दुई पटक सगरमाथा घुमेका आरोहि एवं जलवायु परिवर्तनका वकालतकर्ता दावा स्टेभेन शेर्पाले नेतृत्व गरेको इको-एभरेष्ट पर्वतारोहण टोलीमा थिए ।
    सुख्खा हिँउदका कारण यसपाली मौसम बेमौसममा हिँउपरेकाले आरोहण क्रममा हिमपहिरो जाँदा एक सदस्य लाक्पा नोरु शेर्पाको मृत्यु भएको थियो ।शायद बेमौसममा हिँउ पर्नु जलवायु परिवर्तनकोकारण भएको उनले बताएका थिए।
    आप्पाको यात्रा अघि डब्लु डब्लु एफ इन्टरनेशनलका महानिर्देशक जिम लिपले भनेका थिए, “जलवायु परिवर्तन सम्वन्धि यस किसमका प्रयासले विश्व समुदायलाई यसका सवालमा जागरुक हुन मद्दत पुर्‍याउने छु।”

    स्थानीय समय अनुसार विहानको करिब ८ बजे पुर्‍याएकॊ ध्वजामा तेङवोचे गुम्बाका श्रद्धेय रिम्पोचे द्वारा मन्त्रणा गरिएकॊ बम्पा धार्मिक फूलदानी लाई आपा शेर्पाले शिखरमा पुर्‍याएका थिए। फूलदानीमा विभिन्न चार सय प्रकारका पवित्र तत्व थिए। हिमाली क्षेत्रमा रहेका पवित्र उपत्यकाको स्वच्छतामा वातावरणीय परिवर्तनवाट नकरात्मक असर नपरोस् भन्ने मनसायले फूलदानीलाई शिखरमा पुगाईएको हो ।
    जलवायु परिवर्तनले हिमाली क्षेत्रमा गम्भिर संकट ल्याउने मानिन्छ । जलवायु परिवर्तनका विषयमा गम्भीर नभएमा आगामी २५ वर्षमा सबै हिमनदि सुक्ने अवस्थामा पुग्ने दावी वैज्ञानिकहरु गर्दै आएका छन्।

    एसियन ट्रेकिङद्वारा आयोजित पर्वतारोहण टोलीले यो यात्रामा पारिस्थिकीय सम्वेदनशिलताको पक्षलाई विशेष ध्यान दिएको थियो। उनीहरुले वाटोमा रहेका क्षेत्रमा रहेका छ टन पुराना फोहर मैला एवं मानविय निष्काशनलाई उपयुक्त व्यवस्थापनका लागि आधार शिविरसम्म ल्याई दिएका छन्। पर्वतारोहणको क्रममा उनीहरुले वैकल्पिक उर्जाको प्रयोग समेत गरेका थिए।

Comments are closed.