गिरिजाप्रसाद कोइरालालाई मोटरसाइकल उपहार


ल है दशैँतिहारको उपलक्ष्यमा इन्द्रचोक क्लबले बेचेको चिठ्ठामा २२० सीसीको पल्सर मोटरसाइकल उपहार त गिरिजाप्रसाद कोइरालालाई पो परेछ। गिरिजाप्रसाद कोइराला त क्या लक्की नाम पो रहेछ।

कहिलेकाहीँ पत्रपत्रिकामा विज्ञापन हेर्न पनि मज्जा हुन्छ। आजै हेर्नुस् न अन्नपूर्ण पोस्टमा छापिएको चिठ्ठाको यो एउटा विज्ञापन।

कोइरालाको नाममा परेको भए पनि पूर्वप्रधानमन्त्री कोइरालालाई भने चिठ्ठा परेको हैन होला। हो भने त गिरिजा निवासको ठेगाना पनि राखिन्थ्यो होला।

किनभने यो अस्ति एक जना नेपालीले अमेरिकी बूढालाई ठगेर टाप ठोकेको चिठ्ठा जस्तो हैन। यो चिठ्ठामा नाम खाली पनि राख्न पाइन्छ। हेर्नुस् न माथि कति चिठ्ठा पर्नेको नामै छैन। अनि जयमनकामना माइ, जयपशुपतिनाथ जस्ता नामहरु पनि राख्ने गर्छन्। माथि हेर्नुस् त दक्षिणकाली ठेगाना भएका दक्षिणकाली माइले वासिङमेसिन उपहार पाइछन्। गिरिजालाई पल्सर र दक्षिणकाली माइलाई वासिङ मेसिन के काम !

दक्षिणकाली माइलाई समेत जितेर यस पटक यो चिठ्ठाको पहिलो पुरस‌्कार गिरिजाप्रसाद कोइरालाको नाम राख्नेले पो पाएछन्। कति लक्की रहेछ यो नाम, हैन त ? ल है अब चिठ्ठा किन्ने मेसो परेमा यही नाम राख्दा जाति। के थाहा तपाईँको तालुमा आलु फल्ने पो हो कि !

41 Comments

  1. गीरीजाबाबु ल बधाई छ ल मोटरसैकिल पो चलाउन सकीन्छा की नी

  2. खोइ मलाई त त्यस्तो लागेन तर पनि अर्को पल्ट कोसिस गर्न पर्ला जस्तो लग्यो .

  3. कमेन्ट गर्दा सभ्यता पुर्बक नभएको देखेर मलाई नेपाली प्रति अचम्म लगेर आयो अरु लै गाली गर्दा आफु नकचरो भएको थाहा नपाउने हरु यस्तै हुन्छन

  4. यो नेपाली समाजको सबै भन्दा तल्लो दरिदताको चिन्न हो.

  5. मर्ने बेलामा सरकारको त लोभ गरिरहेको गिर्जालाइ जाबो २२० सी सी को पल्सर परेको के हो र ?

  6. हा हा हा……, होइन त्यै गिरिजा बाबुलाई नै पल्सर मोटरसाईकल चिट्ठामा पर्नु पर्ने, अब नाथे त्यों पल्सरको के काम घरभरी सत्तरी अस्सी लाखको कार भएको बूढाबालाई,तर पनि नेपालमा चक्काजाम र बन्दको बेलामा राजधानीको गल्ली वा चोर बाटोबाट छिरेर कार्यालय जान चाही ठुलो नै काम दिने भो ,धन्यवाद छ है चिठ्ठा संचालक ईंद्रचौक क्लबलाई गिरिजा बाबुलाई नै चिठ्ठा पारीदिनु भएकोमा ,
    मेरो इमेल limbu100@gmail.काम

  7. चिट्ठा को नाम मा ठगि गर्ने ठग हरु को अत्ता न पत्ता (ठेगाना ) नमिलेको नाम हरुको लिस्ट हो त्यो …..सर्बसाधारण संग पैसा उठायो नाम र ठेगाना नमिलेको मान्छे लै चिट्ठा पर्यो अनि भाग्यो …

  8. सुजाता कोइराला भर्खर “उप प्रधान” भन्ने चिट्टा परेको थियो | पालो त बाउ को नै हो | तर यो चाही बाबुको हो की अरुको थाहा भएन ?
    लाउडा लाई लागुडा (ला गुडा) बनाउने इतिहास बोकेकाहरु लाई पल्सर बाइक पर्दा कागलाई बेल पाके सरह नै हो |
    बरु महामहिम राकेश सुदलाई पर्नु पर्ने नि !

  9. यो समाचार पढ्दा मलाई सानू हुँदा सुनेको कथा जस्तो … याद आयो ।
    गिरिजा को बाऊले बि पि, मातृका र गिरिजालाई तिनै जनालाई भनेर एउटा साइकल किनिदिएका थियरे । बुढा लोभि रहेछन कि क्या हो तीन तीन जना ज्यामाराज जस्ता छोराहरु लाई भनेर एउटा जबो साइकल किनिदिएका । Anyway तिनै जनाले पालै पाली गरेर चलाऊनु भन्ने हुकुम दिएछन । तिनै जना मध्ये हरामी, डाँका, फटाहा, मर्निबेलामा काँक्रो भनेको जस्तो चै यही गिरिजा नै थिए रे । हुन पनि होला त्यसै त त्यस्तो त्याहा माथि कान्छो छोरो । (कान्छो साथी हो रिसाउनु माफ ) यो मोरो गिरिजाले के गरेछ भन्नु होला भने दुइटै दाजु हरुलाई धम्क्याएर भए पनि आफु पहिला चलाऊछु साइकल भनेछ । अनी दिनै भरी बेपत्ता भएछ । कता टाप ठोकेछ भनेर बि पि र मातृका खोज्दै जदाँ गिरिजाले साइकल दिनभरी चलाएछ र बेलुका तिर फङ्लाङ् फुङ्लुङ पारेर घरमा भात बजाउन पुगिसकेछ । पछी दुबै दाजु हरुले किन साइकल फाङ्लाङ् फुङ्लुङ परेको भन्दा मैले चलाइहाले तिमीहरुलाई किन चाहियो र चाहिय कै भए भैंसी चाढ्न जाओ भनिदिएछ । त्यसैले क्लब का मित्र हरु लाई के सुझाव दिन चाहन्छु भने दिने भए भैंसी … त अली चढ्न गाह्रो हुन्छ होला सुढ्ढो लाई बरु एउटा गधा किनेर दिनु होइन भने त्यस्तो जाबो मोटर साइकल त एकै दिन्को लागि मात्र हो । भोली अपगाल आऊला र फेरी अर्को दिनपर्‍यो पहिला को डुप्लिकेत पर्‍यो भन्न बेर छैन । फेरी बाउलाई दिए पछी छोरी चाहिले पनि ३ बर्ष पछी माग्न होइन दाबी गर्न आउछे नि त्यता पनि ध्यान दिनु होला । क्रमश

  10. साथिहरु ………………. अब त्यो पल्सर बाइक बुडाले रिपोर्टर्स क्लबका अध्यक्ष लाई गाईजात्राको बिशेष अवसर पारेर एक समारोहको बिच प्रचण्ड को प्रमुख आतित्थ्य मा सुजाताको हातबाट हस्तान्तरण गर्ने रे ।

  11. सुजाता कोइराला भर्खर “उप प्रधान” भन्ने चिट्टा परेको थियो | पालो त बाउ को नै हो | तर यो चाही बाबुको हो की अरुको थाहा भएन ?
    लाउडा लाई लागुडा (ला गुडा) बनाउने इतिहास बोकेकाहरु लाई पल्सर बाइक पर्दा कागलाई बेल पाके सरह नै हो |
    बरु महामहिम राकेश सुदलाई पर्नु पर्ने नि !

  12. त्यो चिठ्ठा गिरिजालाइ नै परेको हो / यो सबै प्रभुको लिला हो / यो सबै भगवान कै तजबिज हो, भगवानले नै पठाएको हो / अब स्वर्ग जाने उम्मेदवार भए गाई पठाउने थिए बैतरणी नदि तर्नु को लागि भनेर तर उनि परे नर्ककुण्ड को निर्बिरोध हकदार अनि त गाइ के पठाउठे नि, त्येही BIKE पठाएको नि / लौ गिरिजाजी नर्क यात्राको अग्रिम शुभकामना /

    जय नेपाल
    हिमाली

  13. हामीलाई परेन क्यारे, तात्तो न छारो अरुको के मतलब ?

  14. स्याल ले सराप्दै मा साँढे मर्ने भए गिरिजा प्रसाद कोइराला उहिले नै हे राम भैसकेका हुन्थे होला नेपाल मा सब भन्दा बढी(ज्ञानेन्द्र भन्दा अलि कम है ) सत्तो श्राप पाएका मान्छे उनी हुन् मर्लान भन्ने बेलामा त चिठ्ठा पो परेछ….भाग्य त दह्रो पो छ हौ बूढाको त्यसै तिन तिन पटक प्रधानमन्त्री भैकन प्रचण्ड समेत लाई गर्जेरै तर्सौन्थे होला र ?
    तर मलाई लाग्छ त्यो चिठ्ठा गिरिजा ले नै त किनेका हैनन होला तर पनि उनको नाम मा चिठ्ठा लिने मान्छे ले चाही बुद्धि पुराकै हो……ल बधाई छ

  15. के को लक्की भन्नु देसमारा, भस्टाचारी मर्ने बेला मा हरीयो काक्रो ——–

  16. यो केही होइन जनता ठगनी खेल हो. हेर्नुस त ठुलो ठुलो चिट्टा परेको को नाम ठेगाना केही न केही वा दुवै छैन . यो त ठगी हो मत्र ठगी हो

  17. ‘हात्ती को मुख माँ जीरा’ लाउदा धमीजा खायाको मुख माँ पाजी मोटरसाईकल को के काम.

  18. सुजाता जलिनी पुरस्कार लिनलाई फेरी ……
    जय नेपाल , जय काँग्रेस ,

  19. ये ……….हो रहेछा ………
    लक्की नै हो नि त्यो नाम नत्र बार बार प्रधान मन्त्रि हुन्छा त .
    तर सिंगापुर को चिट्ठा मा लिने बेलामा नाम लेखिदैन. जिते पछी मात्र पछाडी नाम लेखेर दाबी गर्न कम्प्युटर मा स्कनिंनग गर्नु पर्छा . अनि थाहा भैहल्छा नि . कति जित्यो भनेर मोनिटर मा देखौछा . जे भए पनि गिरिजा को नाम लिएर काट्नु पर्यो . सास भयिन्जेल आस भंचन परिपो हल्छा कि . म पनि टोटो किन्न जानु पर्यो .

  20. के को लक्की भन्नु मर्ने बेला मा मलामी घटाउदै छ …..कांग्रेस को नेता न पर्यो ……..जिब्रो निकाल्दै जान बेर छैन पल्सर को दाबी गर्न ..

  21. चिट्ठा पक्कै गिरिजा इंडिया छिरिजा लै परेको त होइन होला अरुले उसको नाम राखेर काटेको होला भाग्य नै रहेछ प्रधान मन्त्रि पनि धेरै चोटी भयको अनि नेपालमा तेसैको हैकम चल्दै आएको भनेर उसको नाम मा चिट्ठा काटेको होला parihalechh ni फस्ट upahar …….moj gare hunchh aba …..

  22. कमसे कम प्रष्टरूपमा नाम र ठेगाना त प्रष्ट उल्लेख गराइनुपर्छ ! हैनभने यस्ता चिट्ठाको के विश्वास गर्नु ! हैनभने यो चिट्ठा पर्ने गिरिजा प्र कोइराला त्यही क्लब नै पो हुन् कि !

  23. तिन तिन पल्ट प्रधान मन्त्रि भैसकेको मान्छे को नाम लक्की नहुने कुरै भएन नि

  24. अब गिरिजाप्रसाद लाइ नै बोलाएर दिदा के भो र नाम मिलिहाल्छ अनि इन्द्र चोव्क क्लुब पनि famous hune ani kehi sahayog pani Grija ko Private Congress bata /
    bastav mai chitta khelaune sathi haru ley thagi gareko po hoki ?

Comments are closed.