धन्न जोगिइयो ठूलो दुर्घटनाबाट

पुष्प

आज दिउँसो खाजा खान पाइएन। काम सकाएर घर फर्कने क्रममा लौ न त म:म: खाउँ
भन्ने लाग्यो। जसले जतिसुकै नराम्रो भने पनि मुख र गोजीलाई सुहाउने खाजा
भनेकै म:म: भएको छ। सँधैजसो मनपर्ने ठाउँमा जाने निधो गरेँ।

सवारीलाई पार्किङ गरेर लागे म:म:घरतिर। म:म:घरबाट १०-१२ मिटरकै दूरीमा
गणेश मन्दिर छ; पहिले दर्शन नै गरूँ कि भनेर म:म:घरतिर लम्केको पाइलालाई
मोडेँ। त्यसपछि म:म:घर पुगेँ; सानो, एककोठे, चारतले, इँटा र माटोले
बनेको घर, भुइँतलामा मात्रै साहु-कामदार गरेर पनि १२-१५ जना मानिसहरू थिए। भित्र पस्ने त के कुरा, पाइला टेक्ने ठाउँ थिएन। यसो भर्‍याङतिर आँखा
पुर्‍याएँ, त्यहाँ पनि भीड।



प्राय:जसो केहीबेर १५-२० मिनेट भएपनि म:म: खाएर जाने गरेको थिएँ। तर आज
किन हो, भित्र पस्नै मन लागेन। त्यसपछि ५०-६० मिटर पर गल्लीभित्रको एउटा
पुरानो म:म:घरतिर लागेँ। १०-१५ मिनेटमै म:म: खाइसकाएर गल्लीबाहिर
निस्केकोमात्र के थिएँ, विद्यालय पोशाकमै एकजना छात्राको दुवै हात जलेको
अवस्थामा नजिकैको औषधी पसलतिर लैजाँदै रहेछ। उनीहरूले पानी खोज्दै गर्दा
एकजना वृद्धले फोका उठ्छ, पानी हाल्नुहुन्न भनेर कराउँदै थिए। मैले
चिसोपानीमा डुबाउनुपर्छ, पोल्दैन र फोका पनि उठ्दैन भनेँ। तर भीडभाड र
हतारमा कसैले कसैको कुरा सुनेनन्। त्यसपछि मैले तिनै वृद्धसँग के भएको
हो भनेर सोधेँ। उनले नजिकै घरमा आगो हो भने। हतार-हतार हेर्न गएको त
अघि म:म: नखाई फर्केको घर पो दनदनी बलिरहेको रहेछ।

म:म: खान तेस्रो तलामाथि उक्लेकाहरू र चौथोमा रहेका रेस्टुराँका कर्मचारीहरु समेत आत्तिएर झ्यालबाट हामफालेका रहेछन्। धन्न म जोगिएँ। तर त्यसरी हाम्फाल्नेहरु मध्ये ६ जना र आगोले पोलेका समेत गरी १४ जना घाइते भएछन्। ‘ग्यास लिक’ हुँदा पनि समयमै होस नपुर्‍याएकोले त्यो दुर्घटना भएको अनुमान गरिएको छ। नजिकै रहेको काठमाडौँ दमकल र ललितपुरको समेत गरी चार वटा दमकलले डेढ घण्टा लगाएर आगो नियन्त्रणमा लिएकोले विश्व सम्पदा सूचिमा रहेको यो क्षेत्रमा थप कुनै नोक्सान हुन पाएन।

54 Comments

  1. अनि लेखकले घटना कहाँ भएको भनेर चाही लेख्न बिर्सनु भा हो कि??

  2. ओहो कस्तो दुर्भाग्य,कसको लापरवाही होला |

  3. युनेस्को को सुची मा रहेको मल्ल जुजु हरु को दरवार क्षेत्र अहिले जोखिम मा छ | मरु देखि जुद्दा सालिक सम्म येस्ता म:म: तथा अरु फुटपाते ब्यापारी (कान्तिपुर टि भी को भाषा मा मजदुर) हरु थुप्रो छन् जसले गर्दा यो सम्पदा जोखिम मा परेको छ | पहिला स्थानीय वासी ले खतरा महसुस गरि फुटपाते पसले हटाए को पनि थियो तर अदातल ले त्यै कथित “मजदुर” हरु को साथ दिए | अब एक थरि “हाल काठमाडौँवासी” ले अर्का “हाल काठमाडौँवासी” लै मदत गर्न भ्याई हाले, सम्पदा जलेर नाश भए पनि वाल दिने कुरै भएन कि कसो ?

  4. एक दशी को दिन पनि मोमो पाईने ठाउँ मा यस्तै हुन्छ| श्री गणेशाय नामः| सबैको कल्याण गर्नुस |

  5. काम कुरो एका तिर कुम्लो बोकी ठिमी तिर !!!!! क्या हो सबै जना टी टी टी मात्रै गर्न जानेका रहेछन बाब्बा !!!!!!! यउटा ले एस्सो केहि भन्यो भने सबै खनीनछन् मौरी खनी ये झै त्हेयी कुरा लीएर | च्चा म्म्छा स्सव्व्ख :

  6. भने पछि अब म:म: खाने पसलमा जाँदा त्यो टि टि टि टि गर्ने बोकेर जानु पर्ने भो होइन त ?

  7. न्यु रोडको गल्लिहरुका घरहरु एकदम खतरनाक सुचीमा पर्छ, त्यो गल्लिहरु यति सानो छ कि दमकलहरु छिर्न सक्दैन, त्यहाँ भित्र एउटा सानो आगोको झिल्का मात्र बल्यो भने भयङ्कर ठुलो घटना हुन्छ, यो समाचारले त एकछिन झसङ्ग बनायो….

  8. यो मेरो बाल्यकाल को हुर्केको ठाउँ हो जहाँ मेरो दिन र रात बित्ने गर्छ अबत मैले नबिर्से पनि त्यो ठाउँ ले मलाई बिर्से होला १८ वर्ष पछि मेरो माटो र कोलाहल देखने मौका पायं ! दुर्घटना लापर्भाही को कारण बाट भयको छ , तेसैले अब सचेत हुनु आबशेक छ

  9. मैले पहिलाका लेखाहरुका कमेंट्स हरुमा पनि एउटा कुरा भन्ने बरम्बार प्रयत्न गरि रहेको छु | विचार(thought), र इच्छा (intention) मा ठुलो शक्ति हुन्छ | यदि बिचार स्वच्छा भने मा मस्तिस्क सफा छ भने मानिस लाइ भविष्यमा हुने कुराको आभास हुन्छ | यस बारेको धेरै ठुलो अनुसन्धान भएको छ |

    लिन मकतागर्ट ( Lynne McTaggart) भन्ने एक जना खोज पत्र कर ले गरेको अनुसन्धान बाट विचार, इच्छा र आशा ( expectation) को हाम्रो जीवनमा के महत्व छ भन्ने कुराको ठुलो परिक्षण गरेर Intention Experiment भन्ने एउटा किताबी लेखेकी छन जून धेरै हिसाबले पठनीय छ |

    मैले यस अर्थ मा पनि यस्ता किताबहरु पढ्न उत्प्रेरना दिएरहेको छु कि हामी ले यस्तो बिचार मिल्ने एउटा ग्रुप बनाउन सक्छौ जसले भविष्यमा देश को लागि अबश्य केहि गर्न सक्छ | त्यो ग्रुपलाइ बढाउदै लगेर ठुलै समुह निर्माण गरेर ठुलै कार्य गर्न पनि सकिन्छ |

    यदि मेरो संसारले पुब्लिश गरिदि रह्यो भने मा त्यति बेला सम्म यस्ता कुरा हरु लेखि रहन्छु जब सम्म साथी हरु ले कम्ति मा यसको बारेमा बुझ्न प्रयत्न गर्नु हुन्न |

    http://www.theintentionexperiment.com/
    http://www.youtube.com/watch?v=आजं९ज्ञ्ह्ज़्ल०

    जब साथी हरु ले हेर्न थाल्नु हुन्छ, अनि बिस्तारै हामी अरु योजना हरु बनाउदै जाउला |

  10. समाचारको लागि धन्यबाद कृपया एक्जक्त ठाउँ को बारेमा बताउनु भए हुन्थ्योउ |कृपया कोहि संग एसको बारे थाहा भए सो ठाउको बारेमा लेख्नु भएमा आभारी रहेन थिएँ. rakesh

  11. सरकारले यस्तो लापरबाही गर्ने होटल रेस्तुराको उचित छानबिन गर्नु पर्छा. म म पसल नै भए पनि आवस्यक मापदण्ड को पहल तत्काल अघि ल्याउनु पर्छ /

  12. लुना जी त्यो टी टी टी गर्ने समान घर,पसल मा जडान गरेर मात्र हुन्छ र ? नेपालका पुराना दमकल हरु लाई हटाएर अत्याधुनिक दमकल हरु प्रयोगमा ल्याएको छ त दमकल विभागले ? अनि मात्र टी टी टी गरेर स्मोक डीटेक्टर बज्नासाथ नेपालका आगो लडाकु ( Fire fighters) हरुले धन जनको नाश हुनबाट जोगाउन सक्ने थिए | एस छेत्र मा जानकार कोइ साथी बाट नेपाल को दमकल प्रबिधि बारे जानकारी पाए गजब हुन्थ्यो |

  13. सुखद संयोग र दुखद संयोग मानिसको जीवनमा आइरहने कुरा हो | पुष्पजी यसपटक सुखद संयोगमा पर्नु भयो | यसमा धार्मिक लेपन किन लगाउने ? यो पुष्पजीको सुकर्म,सुविचार र सदाचारिताको फल हो |

  14. नेपाल मा नेपाल प्रेमी बाहेक सबै थोक पाइन्छ, पशुपति को भट्ट लाई त क्याबिन केटि पाउने ठाउँ मा….कि कसो साथी हो?

  15. नेपाल मा नेपाल प्रेमी बाहेक सबै थोक पाइन्छ, पशुपति को भट्ट लाई त क्याबिन केटि पाउने ठाउँ मा….कि कसो साथी हो?

  16. श्री गणेशाय नम:
    पुष्प जीलाइ बधाई छ !
    यो सबै पुष्पजी प्रति भएको गणेश भगवानको कृपाको कारण ले हुन सक्छ !

  17. हजुर, लुना जी !
    बाऊ-आमा बाहेक (बाऊ-आमा भन्दा १ वर्ष कान्छो पैसा रे – भनेको सुनेको ) जे पनि पाउछ नेपालमा पनि आजकल त पैसा भए | नेपालमा हुनुभएका मित्र हरु, एस्सो म:म खान जादा सोधिदिनु हुन्थ्यो कि छेउ-छाउ को पसल तिर ?
    -घैंटे

  18. हो नि लुना जी, थाहा पाए त म पनि घर (नेपाल) लान्थे त्यो टि टि टि गर्ने चीज, बुढीले सिरिअल हेरिबस्दा , घरि घरि दाल जलाएर हैरान नि |
    -घैंटे

  19. कथा चाहिं राम्रै बनेकै हो .. जे भए पनि मसला राम्रै गरि लगाएको छ उमेश ले. …

  20. विश्व सम्पदा सूचीमा रहेका र यस्ता भीडभाडपूर्ण स्थानमा सरकारले अनिवार्य रूपमा स्मोक डिक्टेटर राख्ने व्यवस्था गराउनु पर्दछ । स्मोक डिक्टेटर भएको भए आगो शुरू हुनुभन्दा अगाडी नैं, ग्याँस लिक हुँदै जानकारी हुने थियो र न्यूनतम क्षति हुन्थ्यो ।

  21. मलाई त अझै भुइचालो को पो डर लागि रहेछ त, मित्रहरुलाई थाहानै छ पासो थापेर राखेजस्तो जिजुका पालाका ईट्टाका घरहरु छन् त्यहीमाथि बाँसले टेको लगाएर |
    धन्न बाँच्नु भएछ पुष्पजी,
    -घैंटे

  22. कुनै कुनै गल्लीमा त दमकल छिराउने सक्ने सडक पनि छैन | अलि भित्र को गल्लीमा परेको भए पुरा टोल सखाप हुने थियो | धन्न दैबले हात थामेकै हो भन्न पर्छ |
    अब यस्ता घटना दोहरिन नदिन यी र यस्ता ब्यबसाय गर्ने हरु ले पुरा सुरक्ष्याको मापदण्ड पुर्यायर मात्र ब्यबसाय संचालन गरे हुन्त्यो | अरु साधारण ग्राहकहरुले पनि पुष्प जी ले जस्तै बुझ्नु पर्यो कि धेरै भिडभाड भएको ठाउमा जानु हुन्न भनि बुद्धि पुर्याउन सके दुर्घटना बाट जोगिन सकिन्छ भनेर | जहाँ दमकल र यम्बुलेन्स छिर्न नसक्ने साँघुरा सडक भएका टोलबासी घर धनिहरु र नीति निर्माण गर्ने स्थानीय सरकारी निकायले बाटो विस्तार गर्ने प्रयास सुरु गर्नु अति जरुरि भै सकेको छ | नया बन्ने सहर बासीहरुले त अहिले सुरुमै अलिकति जग्गाको लोभ नगरी सडक खोल्ने हो भने आफैलाई पर्ने सक्ने आपत्तिबाट मुक्ति पाइन्थ्यो |

  23. कुनै पनि कुरा केहि न केहि कारण को लागि हुन्छ, येस्तई कोहि कारण यहा पनि छ जसले भोलि हुने यो भन्दा ठुलो दुर्घटना बाट सचेत बनाउछ / थोरै धन को नास भयो होला तर मानिस को ज्यान गएको छैन/ घाइते सिघ्र लाभ को कामना.

  24. धरै नराम्रो समाचार , तर आगो पानि र तरुनी बाट सधै बच्नु पर्छ भन्छन बुढापाका
    नेपाल को त कुरा हो समय मा दमकल पाउना समस्या छ , घाइतिहरु को उपचार चाडो होस् यही मेरो कामना

    दुर्गा खनाल
    साउदी अरेवीया

  25. हो त नि भनिन्छ नि लेखेको जसरि पनि हुन्छ/ मलाई एसमा विश्वास लाग्छ सायद मा पनि केहि समाए अगी येस्तई घटनामा परेकोले होला / पुस्पा जी भाधई छ तपाइलाई !
    येस्तई गताना केहि समाए अगी ढाकामा मलाई नै भएको थियो] हामी रेक्शा मा थियौ अनि अगाडी बढ्दै जादा एक्कासी ठुलो बसले धान्ने नमरेको ? ताता आखाको सम्मुने धरै को मुर्तु भो / हामी भाग्येमानी रहेछौ जेस्तो लग्यो मलाई त ] अनि कता कता डर पनि ]
    डोल राज सिग्देल
    बंगलादेश

Comments are closed.