यसरी लुटिँदैछ हाम्रो राजनीतिक उपलब्धि

-बालकृष्ण दाहाल-

त्यस गठबन्धनले राष्ट्रपति यादवलाई संविधान सभा भंग गरी राष्ट्रपतिमार्फत् सैनिक शासन लगाउन दबाब दिइरहेको छ। त्यसैको तयारीस्वरुप लबिङ गर्ने काम सुरु भएको छ। नेपाल मजदूर किसान पार्टीका नारायणमान बिजुक्छेले राष्ट्रपति शासनको विकल्प छैन भन्नु लबिङ सुरु भएको भन्ने ठोकुवा गर्न गाह्रो छैन। अरु बढी लबिङहरु बिस्तरै योजना अनुसार बाहिर आउँछन्। यो सं‍सद अनि संविधान सभा जसमा गठ्बन्धनको कम्जोर उपस्थिति छ यसलाई पङगु बनाउनु उनीहरुको उद्देश्य हो। राष्ट्रपति यादवले अझै पनि त्यस्तो कदम चाल्न मानेनन् भने सी के लालले गरेको विश्लेषण जस्तै अर्को गैर सैनिक ब्यक्ति अगाडि सारेर सैनिक शासन लगाइने छ जुन भनेको प्रधानमन्त्री हुनसक्छ। त्यसको लागि सुजातालाई तयारी अवस्थामा रखेको भन्न सकिन्छ। त्यसो भयो भने राष्ट्रपति या त आलंकारिक बनेर बस्छन् कि त राष्ट्रपति पद खारेज हुन्छ। जुन तयारी नै हो भन्न सकिन्छ किनकि उपराष्ट्रपतिको पद खाली गरिएको छ। यो हेर्दा राष्ट्रपतिलाई पद छोड कि कदम चाल भन्ने सन्देश दिन्छ।

योभन्दा अगाडि “ओबामाले नोबेल शान्ति पुरस्कार पाउनुको गोप्य रहस्य” शीर्षक ब्लगमा ओबामा र अमेरिकाको राजनीतिको बारेमा मात्र भन्न खोजेको थिइनँ। बरु त्यस घटनालाई लिएर नेपालको राजनीतिक अवस्थालाई पनि इंगित गर्न खोजेको थिएँ। अध्ययनशील र बृहत सोच भएका पाठकले त्यस बारेमा पक्कै दिमाग घुमाएको हुनुपर्छ।

यसपाली भने प्रत्यक्ष नेपाली राजनीतिमा नै के उथलपुथल भै रहेको छ भन्ने बारेमा मेरो विचार राख्‍न गइरहेको छु। मेरो विचारमा देश अहिले असाध्यै कठिन मोडमा आएर अड्केको छ। यो यस्तो समय हो जुन पहिलाको गतिरोधहरु भन्दा अत्यन्तै जटिल छ र दुई पक्ष (माओवादी र गैर माओवादी) बीच सहमतिको कुरा भइ रहे पनि यसको सम्भावना एकदमै न्यून हुँदै गइरहेको छ। सकारात्मक सोचाइ लिउँ न त भन्दा पनि घटनाक्रमहरुले ज्यादै चिन्तित बनाइरहेको छ।

आउनुहोस् विश्व राजनीतिलाई ख्याल राख्दै नेपाली राजनीतिको चिरफार गर्ने कोसिस गरौँ। पहिलाको लेखमा लेखे जस्तै यो संसारमा पूँजिवादी संयन्त्रको विकास हुँदै जाँदा संसारको अर्थतन्त्र केही मुठीभरका मान्छेहरुको कब्जामा केन्द्रित हुन पुग्यो। जोसँग पैसा छ उनीहरुले आफूलाई फाइदा पुग्ने नियम बनाउन थाले। अंग्रेजी भनाई “The golden rule is, who got the gold makes the rule” सत्य जस्तो लाग्न थाल्यो। थोरै भन्दा थोरै मान्छेहरुको नियन्त्रणमा विश्वको अर्थतन्त्र र राजनीतिकर्मीहरु उनीहरुद्वारा सन्चालित एजेन्ट हुँदै गए। राजनीतिकर्मीहरुलाई देखाउने वस्तुको रुपमा लिएर जासुसी संयन्त्रद्वारा आफ्नो अभिस्ट पूरा गर्न लगानी गर्ने र त्यसको प्रतिफल उनीहरुमा नै जाने गरी संसारका देशहरुमा के के बहानामा नाङ्गो हस्तछेप गर्दै गए। धेरै उदाहारण छन् यस्ता। विशाल अफ्रिकी देश कङ्गोको कच्चा पदार्थ उनीहरुको स्वार्थको लागि प्रयोग गर्न वितन्डा मच्चाइयो। इराकको पेट्रोलियम पदार्थमाथि कब्जा जमाउन स्वतन्त्र देशमाथि आक्रमण गरियो।

यो समूहले सकेसम्म पैसामा बिक्ने तानाशाह उत्पादन गर्न खोज्छ त्यस्ता देशमा। एक जना मान्छेको नियन्त्रणमा कुनै देश रहनु त्यो समूहको लागि खुसीको खबर हो। त्यस्तो मान्छे स्थापित गर्न जासुसी संयन्त्र र संचार मध्यममा लगानी गर्ने गर्छ यसले। यसको राम्रो उदाहरण हो बर्मा (म्यान्मार)। बाहिरबाट अमेरिकन र युरोपेली देशहरुले विरोध गरे जस्तो गरे पनि भित्री रुपमा त्यो समूहलाई बर्मामा रहेका खनिज पदार्थ तथा अमूल्य वस्तुहरुमा त्यहाँको सैनिक तानाशाहले पहुँच दिलाइरहेको छ।

यदि त्यस्तो व्यक्ति फेला परेन भने फाइदा घाटा मूल्यांकन गरी के न केही बहानामा आक्रमण गर्दछ। जनताको आँखामा छारो हाल्न यो समूहले हामीले सोच्न नसक्ने अति कठोर खालको निर्णय गर्न पछि पर्दैन। समय आफ्नो पक्षमा पार्न अमेरिकाको ट्विनटावर मानव नियन्त्रित तरिकाले भत्काउन पनि पछि पर्दैन। यिनीहरुमा मानवीयता, जात, धर्म, राजनीतिक आस्था देखाउने कुरा मात्र हु र पैसाको सम्बन्धले संगठित भएका हुन्छन्।

हो त्यही शक्ति नेपालमा अहिले एउटा राजनीतिक समूहलाइ समातेर तानाशाह जन्माउन कम्मर कसेर लागेको छ। त्यो शक्ति हाम्रो देशको दक्षिणतिरबाट दक्षिण एसियाको वित्तीय एजेन्टद्वारा संचालित भारतीय जासूसी संस्था र त्यसको अनुमतिमा अमेरिका र केही युरोपेली जासुसी संस्थामार्फत् गतिविधि गर्दै आएको छ। यो कुनै नौलो कुरा हैन, एम आइ-६ र सीआइए का गतिविधि नेपालका खुलमखुल्ला भइरहेका छन। माओवादीलाई सिध्याउने एमआइ-६ को मुस्तांग अपरेसन होस् या तिबेटियनहरुलाई हातहतियार र तालिम दिने सी आइ ए को काम। नेपालको आफ्नो गोप्य सूचना केही पनि छैन सबै सूचनामा विदेशी जासूसीको पूरा पहुँच छ।

चीन आर्थिक र सैनिक तरिकाले शक्तिसाली हुँदै जानु र चीनको अर्थतन्त्र त्यो वित्तीय संगठनको कब्जामा नहुनुको कारण त्यहाको राजनीतिक शक्ति पनि उनीहरुको नियन्त्रणभन्दा बाहिर छ। त्यसैले तिब्बतलाई चीनबाट टुक्र्याएर अथवा तिब्बतको आन्दोलनलाई मलजलबाट अस्थिरता सिर्जना गरी चीनको विकासको गतिलाई कम बनाई अरु बढी शक्तिसाली बन्न नदिने षड्यन्त्र हो गठबन्धनको। केही दिन अगाडि बीबीसी नेपाली सेवामा चीनका स्कलरले दिएको अन्तर्वार्तामा भारतलाई नेपालको आन्तरिक मामलामा हस्तछेप गरेको आरोप लगाउनुले पनि त्यही संकेत गर्छ।

नेपालमा यो वित्तीय गठबन्धनको चासो हुनुको अर्को कारण पनि हुनसक्छ, त्यो भनेको माओवादी नै हो। माओवादीको प्रभाव नेपालमा दिनदिनै बढ्दै छ जसको कारण भोलि नेपाल समाजवादतिर जान्छ र त्यो बाँकी विश्वलाई संकेतको रुपमा काम गर्छ भन्ने उनीहरुको ठम्याई हुनसक्छ। त्यसैले आफ्नो योजनाको बाधक बन्ने कुनै पनि खतरालाई निमिट्यान्न बनाउनु उनीहरुको उद्देश्य हो।

यही वित्तीय समूहबाट संचालित संयन्त्रका कारण हाम्रो देशमा केही व्यक्तिहरु हामीले सोचेको भन्दा शक्तिशाली देखिँदै आएका छन्। साधारण उदाहरण ऋषि धमला। तर धमला नै नेपालको त्यस समूहको प्रमुख भने हैनन्। हामीले देख्दै आएको नेपालको राजनीतिमा प्रभाव पार्नसक्ने शक्तिशाली मध्येका व्यक्ति जसले आफ्नो पार्टीभन्दा दोब्बर ठूलो पार्टीको प्रमुखको भन्दा बढी प्रभाव देखाउन सक्छन्। त्यो नाम हो गिरिजाप्रसाद कोइराला। सोच्नुहोस् त्यो शक्ति कहाँबाट आउँछ होला? उनी पार्टीको औपचारिक निर्णय पनि मान्दैनन्। त्यो भनेको उनको पार्टीको कारणले आएको शक्ति हैन। भर्खरै उनकी छोरी सुजातालाई मनोमानी तरिकाले नितान्त उनको ब्यक्तिगत इच्छाका कारण उप प्रधानमन्त्री बनाइयो जुन पार्टीको निर्णय थिएन। यो बारेमा पार्टीमा उठेका आवाजको दमन गर्ने सिलसिलामा गिरिजाप्रसादले यो सानो मसिनो कुरा हो भने। यसको मत्लब ठूलो कुरा हुन बाँकी नै छ। उता सुजाता आफैले संसदीय दलको नेता रामचन्द्र पौडेललाई तिमी पनि टिके त हौ नी मेरो बाउले नियुक्त गरेको भनेर थर्काइन्। त्यसरी थर्काउने हिम्मत सुजातालाई कहाँबाट आउँछ होला, सोच्नुस् त। त्यो वित्तीय समूह जसले नेपाललाई आफ्नो स्वार्थ अनुरुप प्र्योग गर्न एक जना निरन्कुश तानशाह जन्माउन धेरै प्रयत्न गर्दै आइरहेको छ। शायद वीरेन्द्रको परिवारको हत्या पनि त्यस्तो तानाशाह बन्न नमान्दाको परिणति हुनुपर्छ। ज्ञानेन्द्रलाई त्यो व्यक्तिको रुपमा छाने पनि जासुसी सुचना गलत हुँदा त्यो सफल हुन नसकेको देखिन्छ। माओवादीले संविधान सभामा २०-२५ सिट मात्र जित्न सक्ने जासुसी सूचना गलत हुन जाँदा ज्ञानेन्द्रलाई त्यस्तो व्यक्ति बनाउन नसक्ने भएकै कारण राज्गद्दी पनि त्याग गर्नुपरेको हुनसक्छ। अब उनीहरुको आँखा गिरिजाप्रसादमा छ जसले पैसा र शक्तिको लागि कठोर निर्णय लिन सक्छन् तर उनीहरुलाई यो पनि थाहा छ गिरिजाप्रसाद धेरै बाँच्दैनन। त्यसैले हतार हतारमा उनले उत्तराधिकारी छान्ने तयारी स्वरुप छोरी सुजातालाई उपप्रधानमन्त्री बनाइयो जुन प्रधानमन्त्री बनाउने योजनाको तयारी हो।

अहिले गिरिजाप्रसादको गठबन्धनलाई राष्ट्रपति रामवरण यादव घाँडो भैरहेका छन्। यो गठ्बन्धनले राष्ट्रपति यादवलाई अर्कों जनविरोधी कदम चाल्न दबाब दिइरहेको छ। राष्ट्रपति यादवले तत्कालीन संविधानमा नभएको अधिकार प्र्योग गरी प्रधानसेनापतिलाई पदमा रहिरहन आदेश दिए पनि त्यसपछि अरु कदम चाल्न आनाकानी गरिरहेका छन्। त्यस गठबन्धनले राष्ट्रपति यादवलाई संविधान सभा भंग गरी राष्ट्रपतिमार्फत् सैनिक शासन लगाउन दबाब दिइरहेको छ। त्यसैको तयारीस्वरुप लबिङ गर्ने काम सुरु भएको छ। नेपाल मजदूर किसान पार्टीका नारायणमान बिजुक्छेको बीबीसी नेपालीमा भएको अन्तर्वार्ता र उनले अरु कार्यक्रममा बोलेर राष्ट्रपति शासनको विकल्प छैन भन्नु लबिङ सुरु भएको भन्ने ठोकुवा गर्न गाह्रो छैन। अरु बढी लबिङहरु बिस्तरै योजना अनुसार बाहिर आउँछन्। यो सं‍सद अनि संविधान सभा जसमा गिरिजाप्रसाद गठ्बन्धनको कम्जोर उपस्थिति छ यसलाई पङगु बनाउनु उनीहरुको उद्देश्य हो। गिरिजाप्रसाद गठ्बन्धनका मुख्य मान्छेहरु संविधान सभामा हारेका छन्। देशमा अराजकताको स्थिति सृजना गर्ने जसले गर्दा राष्ट्रपतिलाई बाध्यता भनी कदम चाल्न अहिलेको भन्दा सहज वातावरण बनोस्। त्यो गठबन्धन चाहन्छ माओवादीले आन्दोलन गरिदियोस् जुनभित्र घुसपैठ गरी अराजकता र उद्दन्ड फैलाउन सकियोस्। स्मरण रहोस् गएको महिना माओवादीको कर्यक्रममा यस्ता गतिविधि देखिए जसले गर्दा माओवादी अब चाँडै त्यस्तै खालको आन्दोलन गर्ने मनस्थितिमा देखिँदैन। यदि मैले माथि भने जस्तै राष्ट्रपति यादवले अझै पनि त्यस्तो कदम चाल्न मानेनन् भने सी के लालले गरेको विश्लेषण जस्तै अर्को गैर सैनिक ब्यक्ति अगाडि सारेर सैनिक शासन लगाइने छ जुन भनेको प्रधानमन्त्री हुनसक्छ। त्यसको लागि सुजातालाई तयारी अवस्थामा रखेको भन्न सकिन्छ। त्यसो भयो भने राष्ट्रपति या त आलंकारिक बनेर बस्छन् कि त राष्ट्रपति पद खारेज हुन्छ। जुन तयारी नै हो भन्न सकिन्छ किनकि उपराष्ट्रपतिको पद खाली गरिएको छ। यो हेर्दा राष्ट्रपतिलाई पद छोड कि कदम चाल भन्ने सन्देश दिन्छ।

गिरिजाप्रसाद गठ्बन्धन भनेर मैले यहाँ भित्री गठबन्धन भन्न खोजेको हो। यसमा हामीले बाहिरबाट देख्ने गरेको कङ्रेस्स पार्टी मात्रै छैन र कङ्रेस्स पार्टीका सबै नेताहरु पनि यसमा छैनन्। एमालेको आधा पाटो एस गठबन्धनमा पर्छ भने माओवादीको नेतृत्व वर्गको उपस्थिति नभए पनि क्षेत्रीय र स्थानीय स्तरका नेता कार्यकर्तालाई पैसामा किन्न सकिन्छ भने माओवादीभित्र गडबडी र भित्री सुचना प्राप्त गर्ने उदेश्यले समिलित गराएको देखिन्छ। त्यस्तै गरी अरु साना पार्टीहरु जस्तो फोरम बाट फुटेर गएको गछदार समुहका मुख्य नाइकेहरु एसमा पर्छन्। अरु पनि संलग्न छन् साना दलबाट तर रज्नितिक ब्यक्ती मात्रै छैनन् एसमा बरु ॠशी धमला र उनी जस्ता नितन्त पैसाका लागि काम गर्ने अरु ब्यक्ती पनि पर्छन्। भर्खरै सरकारले पत्रकारलाई जासुसी बनाउने भनी जासुसी सुचना सन्कलन गर्ने जनसक्ती बढाउन खोजेको हो जसले गर्दा पहिला जस्तो गलत सुचना नआओस।

यो गठ्बन्धन जनताको समर्थन बाबजुध पनि कसरी सक्तिसाली छ त? बित्तिय समुहको लगनीमा नाम चलेका बिश्वका जासुसी एजेन्टहरुले प्र्योग गरेर सफल भैसकेका बिधी द्वारा ब्य्हक्तिगत सुचना सन्कलन गर्छन जसबाट ब्यक्तीको कम्जोरी पत्ता लाग्छ, त्यहि कम्जोरीलाई समातेर उनीहरुका बिरुद्दमा उभिन्ने जो कोहीलाई पारिबरिक,सामाजिक तथा राज्नितिक बदनाम गरिदिने चेतावनी दिन्छन जसले गर्दा उनीहरुको आवाज दबियोस वा बार्गेनिङ गर्न सकियोस्। केही हप्ता अगाडि फोरमबाट फुटेर गएको गछदार समुहका १५ जनाले सरकारमा दिएको समर्थन फिर्ता लिने भन्दै पत्रकार सम्भेलन गरे पछी बिजय कुमार गछदारले बिद्रोह गरे काटेर बागमतीमा फलिदिने धम्की दिए, त्यस पछी त्यो कुरा त्यतिकै हरायो। उनीहरुलाई पक्कै पनि बल्याक मेलिङ गरेको हुनु पर्छ।

अरु धेरै यस्ता उदाहरण छन्। प्रचन्ड नेतृत्वको सरकारले रायमाझी आयोगले दोशी ठहराएको ब्वक्ती तत्कलिन प्रधान सेनापती रुक्माङगत कट्वाललाई पदमुक्त गर्ने कुरामा मन्त्री मन्डलबाट निर्णय सहमती बाटै भयो जुन कुरा तत्कलिन उप प्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले नै भन्दै आएका छन,माओबादीले मात्रै हैन। निर्णय गरेर बाहिर आएपछि कसले थर्कायो होला र उनीहरुले सहमति छैन भनेका होलान् तपाईंहरुले बुज्ने कुरा हो। प्रचन्डको विवादास्पद भिडियो बाहिर आउनु अगाडि त्यो समूहले कति बर्गैनिङ गर्यो होला माओवादीसँग जसले सरकारबाटै राजिनामा दिने बनायो। बर्गैनिङबाट केही नमिलेपछि मात्रै त्यो बाहिर ल्याएको हो भन्न गाह्रो छैन।

जिज्ञासा उठ्छ अब के हुन्छ। राजनीतिक सहमतिका कुरा हुन्छन् त्यतिबेलासम्म जब सम्म एक पक्षले अर्को पक्षलाई जित्न सक्ने स्थिति हुँदैन। सहमति दिगो हुने कुनै लक्षण छैन। यो गठबन्धनसँग एक्लै लडाइँ लड्न नसक्ने देखेर माओवादीका प्रमुख प्रचन्ड कहिले राष्ट्रबादी मोर्चा बनाउने कुरा गर्छन् त कहीले आफ्नो समर्थनमा बिश्वमा आफ्नो बिचारसँग मेल खाने संगठन र देशहरुको भ्रमणमा निस्किन्छन्। यस्तो अवस्थामा प्रचन्ड बिदेश घुम्न र रमाइलो गर्न पकै हिडेका छैनन् बरु सित युद्द ताकाको जस्तो दुई सक्तीहरु बीच नेपालमा भिडन्तको त्यारी भएको सन्केत गर्छ। बिदेशी उच्च पदस्त ब्यक्तीहरुको नेपाल भर्मणले पनि त्यही कुराको संकेत दिन्छ। भयानक ज्वारभाटा भित्री रुपमा चलिरहेछ भन्ने बुज्न गाह्रो छैन।

राजनीति आफैमा बिबादस्पद हुने हुँदा मैले माथि लेखेका कुरा सबैलाई पक्कै चित्त नबुज्ने त हुने नै भयो। मैले लेख्नुको उद्देश्य फेरि पनि सत्य पत्ता लगाउन एपिटाइजरको काम गरोस् भने नै हो। तटस्थताको तराजुमा राखेर हेर्ने काम पनि पाठक वर्गकै हो तर उपस्थितिको लागि लेख लेख्ने भन्दा पनि मैले जानेको र बुझेको सत्य जस्ताको तस्तै राख्ने कोसिस गरेको छु। तटस्थताको नाममा सत्य बङ्याउन भन्दा सत्य लेख्न लेखकहरुलाई प्रोत्साहन गर्नुपर्छ जस्तो लाग्छ। नत्र हाइस्कुलमा अभ्यासको लागि लेखेको लेख भन्दा फरक हामी पाउन सक्दैनौ। स्मरण रहोस् मैले जानेको र बुझेको सत्य नै सत्य नहुन पनि सक्छ तर जागरुक नागरिक भएर सोचौँ। बिश्लेषण खास प्रमाण हैन बरु खास प्रमाणहरुलाई जोडेर हेर्दा देखिने चित्र हो। त्यसैले सबै ठाउँमा प्रमाण हुँदैनन विश्लेषणमा तर सार्वजनिक व्यक्ति र विषयमा छलफल चलाउन पाउनु पर्छ भन्ने मेरो मान्यता हो।

[कृपया एक शब्दमा वाहियात, बकम्फुसे भनी लेखकलाई गाली गर्नुको सट्टा तर्कपूर्ण रुपमा आफ्ना असहमति सहमति पोख्नुहोला। रचनात्मक प्रतिक्रियाका लागि सँधै स्वागत]

99 Comments

  1. amazing !!!!!!!!!!!!!!!!! u r correct .yep thats how these agency works. they have killed their own president a n princess daina many more,,,,,,,,,,,,,,,,,, i still belive that east india company is ruling the world!!! company still exixt. we r nothing. do write ,,,dont stop i know for a fact that there r people who understand ur artical !!!!!! som,e thing new for nepalies people ,,,,, its an aeye opener!! grt job

  2. you're right mate, if things doesn't take a u turn soon we will see sujata as a pm with army power and that's for sure. those days are not far away… wake up people!

  3. analytical skill is awsome and is not baseless and bias bro keep on educate degnified people through your outstanding farsighted sharp and valuable writings

  4. साथीहरु हो….केहि सुझाब:
    यो आन्दोलनले नेपालका सबै अनुदारवादी , सामन्तबादका अबसेशहरुलाई उन्मूलन गर्न सक्छ कि सक्दैन , येस्मा चिन्ता गर्नु पर्छ / बिदेसी दलाललाइ पनि घाइते बनाउनु पर्छ (होइन मार्ने पर्छ भन्दा मानब अधिकार हनन हुने होला !)
    जनता ले बुझ्ने भाषा मा भन्नुपर्दा, कांग्रेसको राम्चंद्रे गूट, खुमे गूट, गोबिन्दे गूट, सुजाता उप-गूट र शेरे गूटलाइ छोड्नु हुन्न भने नरहरी-पर्दीप गिरि समूहलाइ भने छुनु पनि हुन्न….है ….
    उता, खड्गेओली गूट र माकूने उप-गूट लाइ बाकी राख्नु हुन्न, यी त कम्युनिष्ट का नाममा कलङ्क हुन् …….देशद्रोही हुन, भारतीय सत्ताका नया दलाल हुन्…!!! उता, झलनाथ -बामदेव समूहलाई हेर्दै जानु पर्छ, निगरानी मा राखे मात्र पनि पुग्छ .

    मधेसी को नाममा कलङ्क चाहि गच्छेदार-गूट हो, हान्नै पर्छ/

    अनि, सहरका गून्डा र डनहरुलाइ यिनै गूटले संचालन गरि राख्या हुनाले समयमै आन्दोलनकारी ले क्याप्चर गरेर थुन्यो भने जनताको जिउ-धन मा थोरै मात्र हानि पुग्छ …
    पूराना-नया भ्रस्त्राचारिहरु, घुस्या तथा सामन्ती सोच भएका कर्मचारीहरु, छाडा पुलिस , नाफाखोर ब्यापारी, कालोबजारीया र तस्करहरु भनेका यी माथि उल्लेखित क्युख्यात गूटसंग निकट सम्बन्ध भएका हुनाले पनि आन्दोलनमा थप समस्या पर्ने हुनाले यो आन्दोलनको निशाना बन्नु पर्छ/
    बैचारिक रुपमा प्रस्तुत हुनेलाइ बैचारिक रुपमै र भौतिक रुपमा प्रस्तुत हुनेलाई भुतिकै रुपमा कारबाही गर्नु उपयुक्त हुन्छ

    हेरौ माओबादीले रूपान्तरणका लागि आन्दोलन गर्छा ki केवल सुधारबादी काममा रमाउछ, येसपाली उसको पनि परिक्षा हुन्छ है/

    माओबादीले गरेनन भने अर्को कोहि त जन्मेको होला नि वा जन्मेला नि भविस्यामा !?! नत्र त देश सधै येस्तई रहने भयो…..आ-आफ्नो ठाउबाट हामि पनि केहि गर्ने पो हो कि….रमिता हेर्ने??

  5. कोहि मधिसे बादी त कोहि माओबादी
    अनि त्यो कांग्रेसी त उ माले येमालेरे
    फेरी कुनैत राजा हटिसके पनि राजा बादी
    अलमल्लमा पर्ने जति आदिबाशी र जनजाती
    तिनीहरु माथि कुनैत मै ठुलो भन्ने हैकमबादी
    यिनिहरुलाई नमान्ने जति मात्र भोट दिने जातिरे
    अब को हुन् त नेपाली, खोज्ने पर्ने/

    सबै वारिनै बस्ने तर पारिकोले टिक्ने नदिने
    उ बसेको ठाउँमा त्यो बस्न नपाउने,
    त्यो बसेको ठाउँमा उ बस्न नपाउने
    येसतो भनेको नमान्नेले सास पनि लिन नपाउने
    को संसद बन्ने को मन्त्रि, जनताले चुन्ने नपर्ने
    तापनि तेस्तैको सरकार बन्दै गर्ने
    कहाँ छ त नेपालीको सरकार खोज्ने पर्ने/

    चोर्नेले चोर्दै गर्छ सजाए दिन रकम “सानो” हुनु पर्छ भन्छ
    मार्नेले मार्दै गर्छ जेल पठाउन “निर्धो” हुनु पर्छ भन्छ
    लुट्नेले लुट्दै गरे पक्दीन उ “एक्लो” हुनु पर्छ भन्छ
    पुलिस र सिपाहीं कानुन होयिन हुकुम मान्छ
    जेल जरिबाना तोकेर पुर्जी काट्छ
    तर कार्येबाही गर्न “माथिको आदेस” छैन भन्छ
    के हो त बिधि को शाशन खोज्ने पर्ने/

    जति पनि केर मेर संसोधन गर्न सकिने,
    उसलाई मन नपरे जस्तै बन्देज पनि लगाउन सकिने
    मन परे आतंककारीलाई समेत अमेरिका लग्न मिल्ने
    कुर्सीमा टिक्न कस्तै सिट पनि सम्झौता गर्न सकिने
    उसलाई चित नबुझ्ने निर्णये अदालतले पनि दिन मिल्ने
    येस्तई येस्तई कोर्दै येही हो नेपालको कानुन भन्ने
    कानुनि राजमा के येस्तै हुन्छ बुझ्ने पर्ने/

  6. ताई का सान ले भने जस्तै
    नेपालमा गरिबीलाइ प्रयोग गरेर राजनीति हुन्छ |

  7. यो लेख अहिलेको नेपालको शंधर्बमा धेरै सम्बन्धित छ
    लेखकले गरेको तर्क मन पर्यो किनकि येस्ता कुराको प्रमाण जुटाउन सजिलो छैन
    सबै कुरा गोप्य रुपमा हुन्छन प्रमाण कहाबाट ल्याउने
    तर हुनुहुनामी चाही भैरहेको हुन्छ जुन हामी भोगिरहेकै छौ

  8. नेपाल पुजी बादी ले वन्द गरिबीले ढाके को हुनाले
    औलामा गनिन सकिने पुजी बाधी पक्कै नै हर्ने छ दाहाल जी

    ताइ का
    जापान

  9. लेखकले जसरि बिश्लेष्ण गर्नुभएको छ ,त्यसका झन्डै सबैजसो कुराहरु गम्भीर र बिस्लेशानात्मक छन्, सबैले लेखको बिश्लेशंलाई ध्यान दिन जरुरि छ अनि हामी सबै मिलेर देशलाई गम्भीर परिस्थितिको घेराबाट बचाउनु जरुरि छ.
    लेखको बिचारलाई धेरै धेरै धन्यवाद

  10. सरकार बनाउने पार्टी फेरिएला , व्यक्ति फेरिएलान. तर नेपालको सरकार भारत सरकारको पुतली , भारत सरकार अमेरिकाको पुतली अनि अमेरिकी सरकार, येहुदी ब्यापारीहरुको पुतली र येहुदी व्यापारीहरु … को पुतली .. यो चक्र तेस्रो .. नभएसम्म फेरिएला र ? खै मलाई त लाग्दैन.

  11. “माओवादीको प्रभाव नेपालमा दिनदिनै बढ्दै छ जसको कारण भोलि नेपाल समाजवादतिर जान्छ र त्यो बाँकी विश्वलाई संकेतको रुपमा काम गर्छ भन्ने उनीहरुको ठम्याई हुनसक्छ”- लेखक
    यो हासो उठादो कुरो भो लेखक ज्यु, युरोप का तेती धेरै देश बाट लोप भयको अनि अहिले को समाजबादी भनिने उत्तर कोरिया बाट संसार ले सिकेकै छन् नि तानासाही कमुनिष्ट को साशन कस्तो हुन्छा भनेर त तेस्को लागि अर्को तानासाह नेपाल मा ल्याउन जरुरत छैन होला.
    यो एकदम हावादारी लेखा भो तपाई को, सी के लाल को लेखा पदनु हुदो रहेछ केहि सिकेर मात्र लेख्ने गर्नुस.

  12. जहासम्म नारायण मान को कुरो छ त्यो पहिले दरबारले बनाएको चुम्निस्ट हो यो राजनैतिकइतिहास हो धेरैलाई थाहाभएको कुरो नै हो उ रस्त्रबदी पनि होइन भासन दह्रो गर्छा त्यो ठिक छ तर अहिलेको राजनैतिक हलो गएर अड्केको ठाउँ माओबादी मा हो तेसैले माओबादी राजनैतिक मुलधार मा गएर न बस्ने र जैले पनि हलो अड्काउने कम गर्ने हो भने अबस्ये पनि लेखक को कुरा सत्ये हुनसक्छ नेपालीमा एउटा भनाइ छ नि भाई फुट्ये गबार लुटे तेही अवस्था छ अहिलेको इस्थिती नेपाल कम्जोर भए पछी जोसले पनि हेप्नु सोबाविक हो तेसैले लेखक ले भनेको दिन आजै टाडा छ हो प्रयेस गरेको छसबैले तर सफल हुन धेरै टाडा पुग्नुछा तिनीहरुलाई आजै के हि बिग्रेको छैन सबैदल मिलौ भाबिस्ये उज्जल छ नेपालको
    जय देश

  13. अलिक बढी काल्पनिक कुराहरु लेख्नु भएको छ. समग्रमा समय अनुशार सान्दर्भिक छ.

  14. बिश्लेषण खास प्रमाण हैन बरु खास प्रमाणहरुलाई जोडेर हेर्दा देखिने चित्र हो।

    यो भनाइ एकदम गहकिलो छ , लेख पढ्ने मौका दिनुभएको मा हृदय देखि नै धन्यबाद

  15. जननिर्वाचित माओवादीको सरकारबाट बाहिरिन बाध्य पारिनु र एक्लै पारिनु; माकुनेजस्ता सोझा देखिनेहरूलाई बुख्याँचामा परिणत गरिनु; छिमेकी देशको जाबो एउटा राजदूतको हैसियत देशको प्रधानमन्त्रीभन्दा पनि बढी हुनु: सुजाताजस्ता पंगुहरू उपप्रधानमन्त्रीसम्म पुर्याइनु; राष्ट्रपति, उपराष्ट्रपतिलगायत मन्त्रिमण्डलमा आधाभन्दा बढीको संख्यामा मधेशी(?) को प्रतिनिधिका नाउँमा बुख्याँचाहरू ठडाइनु; ऋषि धमलाजस्ता पत्रुहरू पुजिनु, त्यस्ता व्यक्ति बिनाकुनै आनाकानी अमेरिकासम्म पुग्ने हैसियत राख्नु; उनकै ‘समयात्री’हरू भने जेलकै हावा खाइरहनु; यस्ता थुप्रै उदाहरणहरू छन्; जसबाट नेपाली राजनीतिको अस्थितरताको चित्र सजिलै कोर्न सकिन्छ; त्यो कोर्ने को हुन् भन्ने कुरा बालकृष्णजीले पहिले पनि उल्लेख गरिसक्नुभएको छ । यो विश्लेषणले हाम्रो आफ्नो अवस्थाको बारेमा विश्लेषण गर्न अवश्य मद्दत पुग्नेछ । पत्याउने-नपत्याउने सबैको व्यक्तिगत विचार; तर एकपल्ट घोत्लौं; केही भएपनि सही-गलतको आभाषा हुनेछ ।

  16. बस्ताव मा कुरा ठिकै पनि हो तर यो विश्लेषण मात्र हो ! हामीले नेताहरुलाई मात्र दोष दिएर हुदैन जनता ले गर्न नसक्ने केहिपनि छैन ! हिजोका ठुला ठुला आन्दोलन जनताले नै सफल बनाएका हुन् नि ! हामी जनता नै सचेत हुने कोशिश गर्दैनौ ! एउटा सरकारी school मा पढाउने शिक्ष्यक ले आफ्नो छोरा छोरीलाइ बोर्डिंग स्कुल मा राख्छ किन? किनकि उसको आफ्नै पढाउने सक्ति मा उसलाई बिश्वाश छैन ! आब भन्नुस हामी कहिले अगाडी बढ्ने? कुनै पनि चिज एक्कै चोटी परिबर्तन हुदैन !बिस्तारै हुन्छ ! केवल सकारात्मक सोच हुनु पर्दछ !तर लेखकले भने झैँ पुराना , बासि , सडेगलेका, भ्रस्टचारी र फटाहा नेता हरुलाई सरकारमा ठाउँ दिनु हुदैन एदी ठाउँ दियेउ भने फेरी देश उस्तै हुन्छ जस्तो बिगत मा थियो !तेसिले please बासि नेता हरु काशी बश जाने हो कि?
    अर्को कुरा माओबादी पनि धेरै नै सच्चिएर आउनु पर्ने देखिन्छ ! येस्तई ताल हो भने अर्को एमाले हुन बेर छैन !

  17. समय सान्दर्भिक लेख। सोचनिय कुरा राख्नुभयो।
    बधाई छ, लेखकलाई।

    तथापी अगाडिको लेख ( “ओबामाले नोबेल शान्ति पुरस्कार पाउनुको गोप्य रहस्य” ) लाई Manupulate गर्ने हिसाबले लिढे ढिपी गर्दै ‘….अध्ययनशील र बृहत सोच भएका पाठकले त्यस बारेमा पक्कै दिमाग घुमाएको हुनुपर्छ।….’ भनेर पाठकको Judgement गर्नखोज्नु भएको रहेछ। लेख सार्वजनिक भएपछि लेखकको पूर्ण स्वामित्व आफै हराउँछ। त्यहि भएर आफ्नो कुरा जवरजस्त नलादनु होला।

    Conspiracy Theory भन्दै पुन कमेन्ट लेखनु हुने मित्रहरुसँग एउटै कुरा भन्न चाहन्छु –
    कहिलेकाहिँ हातमा Hammer छ भन्दैमा जेदेख्यो त्यसलाई ठटाउने प्रवृति छाड्ने कि ? संसारमा अरु Hammer पनि छन् . फेरी हरेक कुरालाई Hammer कै जरुरत नहुन पनि सक्छ . ,

  18. कुरो र कुलोलाइ जता लग्यो त्यतै मोडिन्छ, लेखकको तर्क सकारात्मक भन्दा नकारात्मक पक्ष्य तिर मात्रै बढी ढल्किएको देखिन्छ, जुनै कुरामा पनि नकारात्मक र सकारात्मक दुवै पक्ष्य हुन्छन, विश्लेषकले जहिले पनि दुवै पक्ष्यलाइ समान दृष्टिले हेर्न सक्नु पर्छ, अन्यथा मानसिकता नै त हो जनभावना पनि नकारात्मक विचार तिरै ढल्किन सक्छ | साथै जुनै कुरालाई पनि बिना ठोस आधार यस्तो पो होला, उस्तो पो होला भनेर गरिएको मन्गदन्ते तर्कले पाठक (जनता) हरुले दिग्भ्रमित पार्न सक्छ | अन्तमा यति लामो बकम्फुस्से गफले भरिएको लेख लेखकले आफै विश्लेषण गरेर लेखेका हुन की अस्ति एउटा लेखमा पाठकले कमेन्ट गरे जस्तै कतैबाट copy and paste गरेको हो?????? मलाई त शंकै लाग्यो बा |

  19. चुम्मक मा २ पोल भय जस्तै नेपाल को हाल अवस्था मा २ नोर्थ र सौथ शक्ति को प्रवाब छ . दाहाल जी को लेख नोर्थ मग्नेटिक पोले तिर ढल्केको जस्तो लग्यो . हामी नेपाली न त सौथ तिर ढल्कन हुन्छ न त नोर्थ तिर नै , यसरि ढल्केको कारण ले त देश धल्मलाएको हुन सक्छ. बिदेशी को प्रवाब परेको र हाम्रा मुर्ख नेताहरुले सत्ता को निम्ति बिदेशीको चक सुमने प्रबिद्तीले गर्दानै देश खाडलमा परेको हो. नया नेपालको नाममा नेपाल आमालाई धेरै दुख दियेउ हामीले , एस्तै हो भने हाम्री नेपाल आमा पनि मुम्बई को कोठी मा बेचिन सक्ने सम्वावाना त भयो नै . भारतले त सधै नेपाललाई आफ्नो हिमालयन प्रोविंसको रुपमा हेरेको छ र उसको अजेन्ददामा २०१५ साल सम्म नेपाललाई भारतमा गब्ने प्लान छ… उता तिर चिनले पनि त हाम्रो मामलामा यतिकै चासो देखाको होइन नि, उसका पनि धेरै सपना छ… नेपालको भलो चितौना लै के चिन चैँ हाम्रो मामाघर पट्टिको हो र ! कोइ वन्द कोइ कम छैनन् , हामी अरुको भर पर्न छोडौ साथी हो ! अरु देशको राजनीतिबाट सिक्नु भन्दा बरु आफ्नै नौलो खालको रजनीतिक नियम पैदा गरौ , अरुको चाक सुमने चलनको अन्त्य होस् !
    जय नेपाल

  20. लेखक को कति पय कुरा मा सत्य ता नहोला भन्न सकिन्न तर लेख आफ्नै सोच र मात्र विचार ,र बहाव मा अयारा लेखेको लाग्यो.
    ऋषि धमला तेती ठुलो दिमाग भयको मान्छे पक्कै होइन २/४ लाखमा बिक्ने मान्छे हो त्यो .lakhak को लेख ali sentimental लाग्यो yathatrtaparak bhand apani
    अर्को कुरा हर्क ठुला र सक्ति साली रास्ता हरु सबै अफ आफ्नै स्वार्थ मा छन् ,यो होइन कि कुनै यौटा नेपाल या हामीजस्तो गर्ब रास्ता लै सहयोग गर्न चाह्नाचन .
    देश झन साधेको जुदाई र बाछा को मिचाई तर्फा जादै छ
    चीन कार्ड ,भारत कार्ड ,अमेरिचन कार्ड प्रयोग गरेर राजनीति गर्न खोज्नु कुनै पनि राजनीतिक पार्टी को ठुलो गल्ति हो .
    किन कुनै राजनीतिक पार्टी को दिमाग मा यो कुरा न आयको .
    खेल झन जटिल हुने वाला छ ,यी पापी धोति हरु को साटो झन गयको छ ,चीन ले कास्मिर मा जना को लागि छुटै नियम ल्यायको छ ,खुल्लम खुल्ला अरुनांचल प्रदेश मा नजा भन्न थालेको छ ,भारत पाकिस्तानको बारम्बार को मार र मर को सामना मा छ ,उता कास्मिर लाई रोइ कराई पनि बचाउनु परेको छ ,अनि द्रुत गति आम भै रहेको आर्थिक विकास लाई निरन्तरता दिन चुप चुप नीति लिदै छ ,
    अमेरिका को कुरा नगरु पहिला चीन अनि भारत सिध्यौना चाहन्छ uni हरुको नीति नै jhagada garau हतियार bech हो ,पाकिस्तान लाई ता सिधयै हाल्यो …कहिले सिद्धिने अब पाकिस्तानको गृह युद्ध ,??????
    चीन अब हामी लाई पुग्ने भै सक्यो जे पनि गर्न सकिन्छ ,,,,बोल्न र pelna छोड्नु हुन्न मा छ ,,,चीन लाई अब के कुराको खाचो छ …
    अनि यी येस्ता देश हरुको पछि लगेर नेपालको भविस्य के छ ..कहाँ छ ….कुन चै देश को पुच्चार्र समातेर बैत्रानी तर्न खोज्दै छन् यी चोर पार्टी क नेता हरु ,,,??????
    खुरुक्क ठुलो parti को हैसियत ले माओबादी लाई सरकार बनाउन दिनु पर्छ..
    kangress yamela afno agi या पछि timi हरुको astitwa ता haraune नै छ

  21. नैपथ्ये बात जारि गरिएको हुकुममा नबिकेकाले सता चलाएको देसमा यो हल्लाको अध्यादेस उसलाई बस्न नदिए कुर्सिनै लुकाउने धम्कि मात्रै हो/ आँट भए आतिनु पर्ने केहि छैन/ बुझ्नेले आँटे हुन्छ नभए फेरी जंगल पसे बेस/

  22. दाहाल सर,
    यथार्थसंग समेटिएर लेखिएको लेख पढ्न पाउदा अतिनै खुशी लाग्यो | नेपाली राजनीतिक बिस्लेषणको तितो सत्यलाई आधार बनाई लेख्नु भएकोमा झनै लेखको बास्तबिकसंग एकचोटी गहिरिएर सोच्नुपर्ने अवस्थामा पुर्यायो | यो उधारणिय लेख सत्यमा नबदिएला भन्न सकिन्न | लेखक ज्यु, धन्यवाद लेखको लागी |

  23. सर्ब प्रथम धन्यबाद यस्तो गहकिलो कुरा सम्प्रेसन गारी दिनु भयेकोमाँ! किन भने न्यूज़ एजेंट हरु सपाई त्यों समूह को अधीनमा चाल्दै र पनि यो लेख प्रकाशित भई राख्या छ!
    अनी लेखमाँ उल्लेखित नेपाल मजदुर किसान पार्टीका अध्येक्छे जस्ता मांचेहरुलाइ कहाबात थाहा हुन्छन्! त्येसेईले एस्ता मांचेहरु को सम्मुहनै छन जो बाहिर अर्कै अनी भीत्र त्येसको ठीक उल्टो हुन्छन्! जनतालाइ यिनीहरुबाट जोगाऊ!!!!!
    त्येसैलेपो नेपाली न्यूज़हरुमा नारायण मान जी को खूब लेखहरु र अभिब्येक्तहरु एक दुई महीनामाँ प्रकाशित हुन ठालेको! अब आफै बिचार गर्नुसत कुनकुन न्यूज़ एजेंट हरु यो समूह को अधिनमा छ! बीबीसी त हुनेनै भयो अरुहरु याद गर्नुस्ता आफ्नो नजिक को एजेंट हरु ………..
    धेरै कुराहरु छान लेखकजीले सम्प्रेसन गर्न चाहानु भये को ………………..

  24. I thought Dahal ji was a former aide of Koirala. Perhaps you share the same name.

    Western influence in our country is not new, otherwise the Panchayat regime would not last that long. Now that the US and India are on the same side and China is having problems with that combine, Nepal is certainly destined to face the heat. To pretend that this or that politician is washed with milk and the rest are simply in cahoots with the world of consiparies is probably too naive. No one there is a saint. Cerainly one with some vision would help minimize the effects of the tsunami that the country is awaitng, but it appears that there are none, or maybe it’s an intricate place where everything except the hunger for power ceases to exist.

  25. यो लेख को लागि धेरै धेरै धन्यवाद . जहाँ सम्म लाग्छा यो कुरा केहि हद सम्म सहि हुन पनि सक्छ प्रचण्ड ले छिन भ्रमण गर्नु को उदेस्य लेखकले भने को जस्तै हुन सक्छ . देस मा दरो रुपमा देखिएको अराजकता र राजनीतिक सम्यस्य हरु को समधान हरु सजिलो रुपमा हुदैन भन्ने कुरा त सबैले बुझेको नै कुरा हो .तर अब को कौतुहलता त देस मा के होला भन्ने त धेरै मानिस मा भैरहेको नै कुरा हो .तर पनि तापको को लेख ले झन केहि बढी नै सोच्ने बनायो .हेर्दै जाउँ अब देस मा के हुनेछ .

  26. ९ ११ मा twin tower मा आक्रमण हुदा प्लेन ठोकियेपछी पनि धेरै बिस्फोट हरु सुनिएको थियो . एसको मतलब building मा धेरै bomb हरु फिट भएको मानिन्छ.

    http://www.youtube.com/watch?v=8n-nT-luFIw

  27. दाहाल जी को कुरा ले एउटा मात्र निष्कर्ष दिन्छ– “सबै पुजिवादीहरु का कत्पुतली हरु हुन् र मावोबादी उम्कन खोज्दा खोज्दै पनि उम्कन सकेको छैन!
    लेखक को बिचारमा:
    “त्यस गठबन्धनले राष्ट्रपति यादवलाई संविधान सभा भंग गरी राष्ट्रपतिमार्फत् सैनिक शासन लगाउन दबाब दिइरहेको छ”- यसमा गिरिजा, काँग्रेस, एमाले र राजा समाबेश छन् भन्ने लेखकको विश्लेषण छ…
    “यस्तो अवस्थामा प्रचन्ड बिदेश घुम्न र रमाइलो गर्न पकै हिडेका छैनन् बरु सित युद्द ताकाको जस्तो दुई सक्तीहरु”…….अर्थात प्रचण्ड पनि दवाब मा छन्…….

    मेरो एउटा प्रश्न छ: मावोबादी ले चुनावमा जान हिच्किचाहट देखाएको शर्ब्बिदित थियो तर उ बिजेता भएर निस्क्यो, आफ्नो एकल सरकार जस्तै सरकार बनायो- अनि कुन conspiracy ले उसलाई संबिधान बनाउन रोक्यो?

    लेखक लाई सुझाब:
    सबै केलौनुस, एमाले, मावोबादी, राजा र कांग्रेश को एतिहासिक सम्बन्ध र बिदेशी सक्तिहरु संग को सम्बन्ध केलौनुस र पुन analysis गर्नुस .
    “मावोबादीलाई आफ्नो एकल अनन्त सरकार चाहिएको छ, कांग्रेस र एमाले लाई आफुलोप हुनु बाट बच्नु छ, राजा र सम्भ्रान्त बर्गहरु लाई पुन सत्ता चाहिएको छ; अनि इंडिया लाई आफ्नो दाश, चीनलाई आफ्नो हितैषी र अमेरिका लाई “safe-land” चाहिएको छ!
    अब हामी देश विदेश का नेपालीहरुले के गर्ने?
    ” conspiracy theories दिनु भन्दा सबै पार्टीहरु लाई उत्तिकै जिम्मेबार भई संबिधान बनाउन दबाब दिउँ”……..

  28. लेखकको कुरालाई माँ चै शत प्रतिसत नकार्ण सक्तिन . हाल देश हरुवा, भ्रस्ताचारी, दुराचारी, पुराना, बासी, गन्हायाका, मिति सकियाका औसधि जस्ता ले हाकी रहेका छान . यत्रो आट कसरी आयो . के कंग्रेस्मा चुनाव जितेका सुजाता भन्दा योग्य छैनन र, के एमाले माँ माधब भन्दा दमदार चुनाव जितेका नेते छैनन त, के बिद्या भंडारी भन्दा एमालेमाँ योगदान दियका नेते छैनन त ?? हेर्नुस सुन्नुहोस यी जनता द्वारा छाटियर पनि ईनकी स्वर ठुलो छ, गर्जन बढ़ी छ . हामी ले (अधिकांस नेपाली ले) छानेका चाहे टीराम्रो होस वा नराम्रो होस हामी तिने द्बारा गरियको सासन देखना चाहन्छौ . कांग्रेसमाँ नरहरी गगन सुप्रभा प्रकाशमान, एमालेमा झलनाथ लगायत फोरममाँ उपेन्द्र लगायत हुनु पर्यो होइन भने जित को के अर्थ, जितने को असंतोष त बढ्छ्नै, फेरी क्रांति अनि आन्दोलन आदि इत्यादि . सत्य कुरो सबैलाई तितो हुन्छ . सत्य माओबदिले जितेको हो . नेपालीहरु मओबदिलाई कही बर्ष भोग्न चहन्छन तर अनायास बाह्य सक्तिले नेपाली चाहना चकनाचूर हुन्छ . होइन भने हरुवा , भ्रस्ताचारी, दुराचारी, पुराना, बासी, गन्हायाका, मिति सकियाका औसधि जस्ता ले हाकी रहेका छान . यत्रो आट कसरी आयो . कुरो स्पस्ट छ . बुझने ली श्रीखंड नाबुझ्नेलाइ खुर्पको बिंड . यो पक्का पनि राम्रो होइना देश पहिला पनि अर्की ले चलाको हो चाहे राजा हूँ चाहे नेता हुन हामी नेपालीले कहिले सासन गर्ने आफुलाई . यहाँ कुरो नाबुझेर एस्ता सडेका गन्हायाका नेता चाहे नेका होस, चाहे एमाले फोरम माओबादी का पछि लागने प्रसस्त युवा बुढा अधबैसे बालक छान तर देस भनेर बोलने कोही भयनन . दुःख त यस्मै छ बरु झक्कू प्रधान मंत्री भयको भय राम्रो हुन्थ्यो, नरहरी भयको भय झन राम्रो झालानाथ भय अतिउत्तम तर भय माधब . गिरिजाली के आपत्ति थियो त ? तर प्रभो बनाय नेपाली सर्कार जो नेपाली स्वार्थ देख्छा न नेपाली आवाज बोल्छ . यसलाई नेपालमा लड़ाई छाहियाको छ, नेपालमा अस्थिरता चाहेको छ, नेपाली सयौ भागमा बिभाजित चाहियाको छ . तब इंडिया नेपाललाई अमेरिकी आखाले देखना खोज्दा छ, अमेरिका चैनालाई तिब्बतबाट हेर्न खोज्दछ . हामी नेपाली बहादुर, कान्छा सधै नोकर हुन खोज्दछौ . नेपालीले नेपाली मदिरमा पुजारी राखना सक्दैनाऊ र त्यस्ता पुजारी भट्टी माँ भेटिन्छन . राज्यको सिमाना मिचिन्छ पररास्त्र मंत्री मिचियाको छैन भनछे . सिमानामाँ नेपाली चेली लुतिन्छन नेपालीहरु पितिन्छां तर राज्य मौन बस्छा . बाधले देश दुबाउडा प्रधान मंत्री राजदूत संग बोलना सक्दैन अर्को राज्यका मंत्री संग कसरी बोलोस . बिचारा हारेको छ, मालिक संग मुख्जोरो कसरी गारोस . हमरा कतिपय मित्र माओबादीलाइ गाली गर्दा गर्दै नेका र एमाले फोरामादी बिदेसी पार्टी भयको चाल पौदैनन . मित्र हरु टढाको देउता भन्दा नजिकको भूत प्यारो हुन्छा है . यहाँ बेदिसी राज्य ब्यापारी मार्फ़त परिचालित छ नेपाली भूमिमा तर हामी चिन्दैनौ . नत्र एउटा राज्दुतले नेपाली कार्यकारी प्रमुख प्रधान मंत्री कसरी थर्काउन सक्छ ? हामीलाई नेपाल छाहियाको छ त्यों पनि नया र सासन पनि नया ले गर्न पाउनु पर्छ सबै पार्टीमा . आऊ सबै भानौ हरुवा, भ्रस्ताचारी, दुराचारी, पुराना, बासी, गन्हायाका, मिति सकियाका औसधि जस्ता नेता मुर्दाबाद, नया नेता जिंदाबाद . साग र सिस्नु जिंदाबाद, नेपालीले गर्ने सासन जिंदाबाद बिदेसी हस्ताछेप मुर्दाबाद, बिदेसी नेपाली दलाल मुर्दाबाद. दलाली नेता मुर्दाबाद, तपाईलाई मन नपरे म पनि मुर्दाबाद,अनि तपाई पनि मुर्दाबाद .
    तर मेरो नेपाल जिंदाबाद जिंदाबाद जिंदाबाद
    भन्नु पर्यो मेरो नेपाल जिंदाबाद जिंदाबाद जिंदाबाद ..

  29. बालकृष्ण जी मा तपाइको कुरा मा सहमत नै छु किन कि अमेरिकालाई पनि चलाउने जुईष्टहरु हुन् जसको मिडियालगायत अन्य छेत्रमा निकै पहुच छ पुजीपति बर्गले चलाएको छ .यी माफिया हरुको संजाल ले संसार मा आफ्नो अनुकुल हुने गरि काम गरेका हुन्छन जुन संजाल नेपाल मा पनि पुगेको छ .त्यसैले देश बिदेशी को शक्ति बाट चलेको हो र स्वदेशी को कुनै पहुच छैन र त्यो हुदा पनि हुदैन .
    भगवान भरोसा भने जस्तै राज्य पनि उनीहरु बाट इच्छाएको अनुसार हुनेछ ……………हेर्दै जाउ समयले यो देखाउने छ …

  30. बालकृष्ण जीको तर्क ठीक नभए पनि एउटा कुरा सत्य छ-देश शिकारीको पञ्जामा छ।अब शिकार कसले गर्दैछ?-बाघ,भालू,स्याल,हुँडार,बिरालो,कुकुर आदि।सम्भावना धेरै छन्;त्यही मध्येको एउटा हो-उहाँको विचार!।यसलाई भ्रम भन्नु भन्दा सावधान हुनु जरुरी छ किनभने धमला र सुजाता बिपरित लिङ्गका भए पनि देशका निम्ति उनीहरुको लिङ्ग एउटै हो-नपुंसक लिङ्ग!!!

  31. सुमन जी !
    नारायण मान बिजुक्छे निरंकुस र बौदिक बर्गलाई सोषित गर्ने मान्छे भएकोले नै बार बार चुनाबमा उनकै क्षेत्रबाट जनताले जिताएका हुन् कि ???????????????????

  32. आशाराम जी,

    cspan भन्ने टेलिभिजन हेर्नुस | M पनि पहिला तपाई जस्तै यस्ता भनाइ हरु पत्याउदैनथे | गार्हो पनि छ सजिलै पत्याउन| तर यी तिता सत्य हुन् |

    के दुइ ठाउँ बाट हरेको मान्छे गण तन्त्र नेपाल को प्रधान मन्त्रि भयो भनेर पत्याउन सक्नु हुन्छ त | तर यो पनि एउटा तितो सत्य हो |

  33. dahalji,
    it seems u are a sensitive political journalist. as you said sometimes theres mustn’t be evidence to proved the fact truth, its just a analysis of current political situation of our nation. i am impressed on your art of writing. if really its behind truth u rather be a spy not only a journalist or analyst. thank u if possible keep in touch by email address as given below:

    [email protected]

  34. लेखको उदेस्य राम्रो लाग्यो| सबै कोणका यस्तै पाटाहरु, खोस्री खोस्री बाहिर निकाल्नु पर्छ| लेखको लागि धन्यबाद|

    नेपालको अवस्था के देखिन्छ भने, हाम्रा “खेलाडीहरुलाई” बाहिरका “शक्तिहरुसंग” मात्र “डर” र “त्रास” छ, अनि उनीहरुलाई रिझाए पुगिहाल्छ| सायद अबका दिनहरुमा यो बदलिने देख्दैछु म – यसको शुरुआत हुनै लागेको आभाष हुन्छ| छाडा साढे गोरुहरुलाई “दाउन” जरुरि भैसकेको छ| जबसम्म यिनीहरुलाई “घरभित्र” बाटपनि डर हुन्छ, तब मात्र “सिधा” सोच्लान भन्छु म|

  35. बिजुक्छे आफै पनि निरङ्कुश र बौद्धिक बर्गलाई शोषित गर्ने मान्छे हुन् र साथै तानाशाह प्रबित्ति बोक्ने, आफु कुनै पनि राजनीतिक सहमति नगर्ने चाहे त्यो सबै नेपाली जनताको हित मा नै किन नहोस | तेसकारण उसको अहिलेको अबस्थामा उसको भनाई प्रस्तुत हुनु भनेको माथि लेखकले अड्कल लागेको विश्लेषण लाई टेवा दिने खालको हो | पुरानो सर्बसत्ता बाद अग्रगमन तिर जान नै खोजेको छैन | यिनीहरुलाई राम्रो संग थाहा भैसक्यो, अबको दिनहरुमा नेपालीहरुले बाँकी भएको सास पनि छिनिदिन्छ यदि नागरिक सर्बोच्चता कायम गर्न दिने र नयाँ संबिधान जारी हुनदीइ पछि प्रतिनिधि सभाको चुनाब हुन गयो भने | यदि अनेक बहाना मा संबिधान लेख्न नदिने, नागरिक सर्बोच्चता कायम हुन नदिई रास्ट्रपति शाषण वा गैर सैनिक अगाडी तेर्साएर सैनिक शाषण लादेर देशलाई माओबादी को नाम मा मुठभेडमा फसाउन पाएमा आफ्नो नितान्त व्यक्तिगत स्वार्थ पनि पुरा हुने, सत्तामा लिप्त पनि हुन पाउने अनि माओबादीको नाममा समस्त नेपालीहरुलाई नराम्रो भ्रम सिर्जना गरी तेही नेपालीहरुसंग रगतको होली खेली आफ्नो आयू लम्ब्याउने अभियानमा दछिनतिर बाट स्वचालित छ अहिले को यो माकुने, गिरिजा, सुजाता, सूद तन्त्र |
    सुमन मानन्धर
    (जापान)

  36. लेख ज्यादै यथार्थपरक छ| तर एकथरी मान्छेहरु हरेक कुरालाई आफ्नो आग्रह र पूर्वाग्रहको कालो चसमाले हेर्ने गर्छन| अन्तत आफ्नो बिबेक गुमाउन पुग्छन| बिबेकशील मान्छेहरुको लागि यो लेख ज्यादै राम्रो छ| बिबेखिन मुर्खहरुको लागि भने यति भन्नु नै बेश होला| “बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड” |

  37. टुइन टावर पनि आँफैले भात्काउन लगायका हुन् भनेर लेख्नु भयो | पत्याउन अलि गाह्रो लग्यो है |

  38. बाल कृष्ण महोदय तपाईको बिचार लेख अति राम्रो छ जसमा सत्यता निश्चित छ . हाम्रा राष्ट्र नायक हरुलाई तपाईको जस्तो सोच बिबेक नभयको होइन निश्चित रुपमा छनै तर पाप र स्वार्थता को बाब्जुत देस का राष्ट्र नायक हरुले नेपाल लाइ यो अवस्थामा पुरयायो दुखको कुरा हामी जनता पनी तेस्तै नेताको पछाडी दौदिने बानी छ .हामी जनता कै कारनले एस्ता पापी नेता हरुले मौका पाई रहेका छन

  39. मैले अस्ति बिजुक्छे, (बौद्धिक वर्गको पसिना को शोषक) को बारेमा भनेको थिए | आज दाहालजीले गर्नु भएको विश्लेषणमा म पनि सहमत छु | अहिलेको तयारी नै या त रास्ट्रपति शाषण या त गैर व्यक्ति अगाडी सारेर सैनिक शाषण | तेस्पछी माओबादीको नाममा सर्ब साधारणलाई शोषण गरी, रक्तपात मच्चाई आफ्नो मागी खाने भाँडोलाई यथा सम्भव जोगाई पैसा र आफ्नो कुर्सिको लागि स्थान सुरछित गर्ने |

    प्रेरणा

  40. च्fर सत्य

    राजतन्त्रको जरोमुलो मास्सिदा,
    सामन्तीतन्त्रले नेटो काटने
    हावाका रङ्गीचङ्गी वेलूनहरु
    टायरले किच्न लागिसके
    कमरेड पजेरो रोक,
    हावाको वेलूनभित्र
    त्रि्रो सक्कली अनुहार र
    जनताका अटेसमटेस सपना छन
    पानीको फोकोझै फुट्ला!

    लुटन तिमिले सिकायौ
    लुछ्न तिमिले सिकायौ
    गरेर होईन,
    खोसेरै खान सिकायौ
    कालो सिसाभित्र बसेर
    कमरेड ज्यादती रोक्छु नभन
    वाईसिएले तिम्लाई नै कुटला!

    र्सवहाराको नेता भनेको
    सवैतिर हार्नु हैन,
    र जनता भोकै राखेर
    एक्लै तर् मार्नु हैन,
    कमरेड बादल मडारिदैछ ,
    हिउदमा छाता सिईराख
    बर्खामा पानीले चुटला!

    गाडी चढ्यौ खाट चढ्यौ
    घोडा बनाई जनतालाई
    दश बर्षढाड चढ्यौ
    कोशी फुट्यो कर्ण्ााली फुट्यो
    दुख पिडाको मुल फुट्यो
    तर त्रि्रो हृदयको पथ्थर फुटेन
    हातमा हतौडा बोकेर
    कमरेड खप्पर फोर्छु नभन
    धागाको डोरीजस्तो
    नेपालीको धर्ैयको बाध टुट्ला !

    मिलन बगाले
    तनहँु
    मिलान्बगले@याहू.com

  41. अहिले माओबादी ले आफ्नु माग पुरा गराउने भन्दा पनि देश लाइ बचाउने कार्य गर्नु पर्यो | अनि देश भक्त हरु को एउटा जमात नै तयार गर्नु पर्छ | तेस्रो जनान्दोलन गर्ने हो भने धेरै भन्दा धेरै नेपाली हरु को राय लिएर अनि Transparent तरिकाले कार्य गर्नु पर्यो | पैसा बटुल्ने र मान्छे कुट्नु भन्दा देश बचाउने कार्य हरु गर्न थाल्नु पर्यो | बास्तबमा त्यसो गर्ने हो भने संसार भरि छरिएका नेपाली ले चाहिने पैसा दिन्छन |

    माओबादी ले राम्रो कामगर्ने अवसर हुदाहुदै बहुतै बिचलित मनस्थिति देखायो | यसले माओबादी मा हृदय छ तर ब्रेन छिन जस्तो आभाष दिएकोछा सोच्न सक्ने व्यक्ति लाइ |

    जन आन्दोलन बाट कोहि बच्तैन तर जनता लाइ जन आन्दोलन लान सक्ने बिश्वास दिलाउनु पर्यो | त्यो खाली बोलेर होइन कार्य ले देखाउन सकिन्छ |

    ओबामा ले मकिन र पालिन को ब्लेम को जबाफ दिनमा समय खेर फालेको भए अहिले उनि ह्वाइट हाउस मा हुने थिएनन |

    आगे आफै बुझ्नु होला

  42. “त्यसैले सबै ठाउँमा प्रमाण हुँदैनन विश्लेषणमा तर सार्वजनिक व्यक्ति र विषयमा छलफल चलाउन पाउनु पर्छ भन्ने मेरो मान्यता हो”

    यो तथाकथित ‘विश्लेषण’ मा सबै ठाउंमा होइन कि कुनै पनि ठाउँमा प्रमाण छैन | ‘सी’ ग्रेडको जासुसी उपन्यास को अंश जस्तो लाग्यो |

  43. लेखकको विश्लेषण त ठिकै हो तर लेखकले मावोबादी को चस्मा लगाये जस्तो लागो ??

  44. यसैगरी तर्क र चिन्तन संगै हिडे देखि सबै चेतनशील हुन्थे / तर बिना चिन्तन प्वाक्क कोमेंट गर्ने बानि कहिले छुट्ला कुन्नि !!!! यहि कारणले गर्दा नेपाल र बिकशित देशका राजनीतिक शिक्षित नागरिकहरुलाई संगै मिसाएर राख्यो भने नेपालका राजनीतिक शिक्षित नागरिक चाही अग्ला सालका रुखका मुनिका चहर्याउने पिर्रे झार झैँ पाईन्छन होला बाइ !!!!
    जय देश

  45. यो लेखकले कुरालाई नकार्न सकिदैन . येस्तई भएन भने त ठिकै छ एदी भयो
    भने ?????

  46. गणेश जी कुरा मा मा सहमत छु | केहि तर्क नदिकन “बकम फुसे” भन्नु भन्दा एस्तो एस्तो कारणले तपाइको कुरा बकम्फुसे लग्यो भनेर तर्क दिन सकेपोत हामीलाई पनि बुज्न सजिलो हुन्थ्यो |

  47. what u talking abt Mr.Mike..U cannot even publish your real name and here you come and talk nonsense….use at least some part of yyour brain ( if you have any remaining)….

  48. साचै वहियात्त र बकम्फुसे सोच हो यो. केहि कुरा सत्य छ तर धेरैजसो कुरा वहियात्त हो.

  49. एकदमै सहि विश्लेषण गर्नु भएको छ तपाइले बालकृष्ण जी यो लेख मा…तपाई को विश्लेषण को तारीफ गर्नै पर्छ …माथि केहि साथीहरुले पुरा लेख पढ्न नभ्याए जस्तो लाग्यो मलाई त ….अरु पनि यस्ता गहकिला लेख पढ्न पाइओस….

  50. कटुवालको महाबाणी ब्यारेकहरुबाट हटाउन लगाएकोमा आर्मी चीफ जनरल गुरुंगलाइ स्यालुट छ मेरो तर्फबाट! स्रोत: http://www.nepalnews.com/main/index.php/news-archive/2-political/2076-na-running-out-of-ammunition.html ! यो संसदिये ब्य्वास्थाका मक्केको भ्रष्टहरुलाई पेलेर नै जानु पर्छ ! माओबादीको अबको चीन समर्थित आन्दोलनले यी बिहारीको puppet हरुलाई पाखा लगाउने छ !

    प्रचंड चीन घुमेर आयेपछि गिरिजा बिरामी हुन थालेको छ ! गिरिजा जस्तोलाइ बिरामी बनाउने यो माओबादीको चीन भ्रमण हेर्दा अब यी संसदिये ब्य्वास्थाका भ्रष्टहरुको भात नेपालबाट छितै पाक्दैछ !

    माओबादीलाइ आन्तंकारी सूचिबाट हटाउने प्रयास गर्नेछु भनेर माधव नेपालको बिहारी कठपुतली सरकारले भ्रखरै नियुक्ति गरेको अमेरिकाको राजदूतले किन भन्दैछन ? के यो अमेरिकाको नया राजदूत (शंकर शर्मा )लाइ माओबादीले नियुक्त गरेको हो ? माओबादी “बिरोधी” सरकारको राजदूतले माओबादीलाइ किन आतंकारी सूचिबाट हटाउन पहल गर्नु पर्यो ? शंकरले भ्रखरै थापेको जागीर चट हुने सुइको पाई सकेको छ वा बिहारी-कठपुतली सरकार माओबादिलाई फकाउन खोज्दैछ- आन्दोलनमा नजानको निम्ति ! नेपालको राजनितिमा ठुलै कुरा पाक्दैछ त्यसैले गिरिजा बिरामी भएका छन !

    अजिंगरले हातिलाईपनि निल्छ ! अजिंगारले १९६२ मा पनि हातिलाई गोरखे लौरी लगाए कै हो (India’s humiliation in Sino-India war)! अजिंगारले ८०० बिलियन डलरको ऋण अमेरिकनलाइ दिएकै छ (Treasury Bond) र सुकेको अर्थतंत्र उकास्न अजिंगरसंग अमेरिकनहरु अर्को पैसा माग्दैछ (the second Stimulas Plan) ! अजिंगारले कश्मीर जाने टूरिस्टहरुलाई कश्मीर अलगै देश भएको रुपमा भिसा दिन थालेको छ ! अजिंगरले अरुणाचलमा घुम्न गएको बिहारी प्रधानमंत्री मनमोहन सिंहलाइ अरुणाचल प्रदेश आफ्नो भएको धमकी दिएको छ र दलाई लामालाइ अरुणाचल प्रदेश जान रोकन चेतावनी दिएको छ ! ओबामा अर्को महीना अजिंगरलाइ भेट्न जाने भएकोले दलाई लामासंग भेट्न अस्वीकार गरेको छ ! ओबामाको आगामी भ्रमणमा चीनको मानव अधिकारको स्थितिको बारेमा दबाब दिने त के कुरा अमेरिकाको गुज्रंदो आर्थिक स्थितिको कारण चीनलाइ नबिच्काउने निति अवलंबन लिएको छ ! माओबादी जियो-पोलिटिक्सको पनि खेलाडी देखिन आएको छ ! अजिंगर जागेको बेलामा, माओबादीले पेल्न थालेको छ- प्याकेगमा सहमति गरौ र सरकारको नेतृत्वपनि माओबादीले गर्न पाउनु पर्ने नया माग यसको आधारहरु हुन !

    उपेन्द्र यादवले नोभेम्बर १ तारीख देखि तराईमा आन्दोलनको घोषणा गरेपछि अब बिजय कुमार गच्छेदार जस्तो धूर्त सबै भन्दा पहिले २२ दलबाट निस्किएर टाउको बन्गाये भने कुनै अचम्म मान्नु पर्दैन ! माधव नेपालको राजनितिक भबिश्य ??

  51. प्रचण्डको चीन को भ्रमण, भारत ले सिमाना मा बनाउन थालेको सैनिक एरपोर्ट, नेपाली भुमि भएर भारत मा हतियार को सप्प्लाई हुँदै गरेको भारत को गम्भीर आरोप, रास्ट्रपति सासन लागु गर्न लब्बिन्ग…. कुजातालाई उपप्रधानमन्त्री.. यी कुरा हरुले त्येस्तै ठुलो भूकम्प तिर इंगित गर्दै छ ….

  52. हाडको टुक्रामा स्याल लडाई गरेपछि देशको दुर्दशा हुन्छा/सोझा सिधा जनता जाँतोमा पिसिन्छां र देश प्रभुको भरोषामा चल्छा/

  53. मलाई यो बिस्लेशन धेरै राम्रो लग्यो . नेपाल मा यो समुहले आस्थिरता फैलाउन धेरै लगानी गरेको छ .

  54. सी के लाल को राजनैतिक बिस्लेशन त बुझिन्थियो तर बि के दाहाल को भने बुझ्न धेरै गाह्रो भो. विश्व राजनीति को रिमोट कन्ट्रोल बारे तथ्य फेला पर्न सकिन मैलेत.

  55. यस्तो गहकिलो कुरा गास, बास र कपासको लागि लडी रहेका सोझा नेपाली जनताले कहिले बुझ्छ / संसार यस्तै गरि चली रहेको छ /

  56. मौका मा चौका हान्ने भन्ने यहि हो| नेपालको राजनीतिमा पार्टी हरु को मेल नदेखे पछी यस्ता तत्व हरु ले टाउको उठौंछान | यस्ता तत्वहरु चन्द्रमामा अमेरिकाले मान्छे पठाएकोमा पनि विभिन्न बहसहरु प्रयोग गरि झुठो प्रमाण गर्न चाहन्छन| विभिन्न रहस्यात्मक र रोमान्टिक कारण हरु प्रयोग गरि मानिस मा कौतुहल जगाएर brain wash गर्न खोज्ने यस्ता तत्व देखि साबधान रहनु पर्छ| संसार त्यति रहस्यात्मक छैन जति यो लेख मा प्रस्तुत गर्न खोजेको हो|

    Fahrenheit ९११, अपोल्लो ११ अ Hoax, अनि ओबामा लाइ पुरुस्कार दिनु षडयन्त्र हो जस्तो सन्देस लाइ प्रचार मा ल्याउने अमेरिका मा एउटा माफिया छ | जसको उद्देस्य यो लेख मा जस्तै अनेक रोमान्चित कुरा गरि मानिस लाइ भ्रम मा ल्याउनु हो| यस्तो राम्रो र गहकिलो (रोमान्चित) लेख लेख्ने ले किन हामीलाई राम्रो शिछ्या दिने लेख लेख्दैनन? यो सोच्ने कुरा हो| यत्रो चिन्तन भएको व्यक्तिले नेपालको राजनीतिमा के गर्दा ठिक हुन्छा, नेताहरु लाइ कसरि ठिक बाटोमा ल्यौनेहो त्यो पो लेख्न पर्ने | किन हामि लाइ दिग्भ्रम्बित पर्न खोजेको हो??
    आउनुस बल कृष्ण दाहालजी तपाई जस्ता विद्वान व्यक्ति नेपालमा जरुरि छ | केवल तपाई त्यस्ता बिदेसी हरुको दलाल नबन्नुस अनि हाम्रो नेपाल बनाउने प्रयास मा लाग्नुस|

    Sushil.

  57. तपाई को बिस्लेषण असाधै संधर्भिक लग्यो | कसैले केहि बोल्ला अनि “तेरो कुरा इस ” भनुला भनि बसेका mysansar का चिन्तक हरुले सिर्फ एक सब्द बकम्फुसे भन्नु भन्दा यस्सै गरि तर्क गर्न सिक्दै, तर्क र परिणाम मार्फत आफ्नो विचार राखी बकम्फुसे हो भनि साबित गर्न सक्नुनी ? नत्र सिर्फ तपाई को विचार माथि बिना तर्क प्रहार गर्न खोज्ने हरु को लागि कुजाता को मुज्ज्जा परेको साडी निक्कै होलान आइरन लागौंन गए हुन्छ |

    गणेश प्रसाद ढकाल
    बर्लिन जर्मनी

  58. हो नेपालको स्थिति साह्रै नै संबेदनशील छ – यहि डाहा, पीडा प्रकट गर्न हामीहरु मेरो संसारमा भेट हुन्छौ|

    दाहालजीले भनेका धेरै तथ्यहरु पृथक पृथक रुपमा सहि छन्| राजनीतिमा पैसाको हाबी हुनु, ठूला राष्ट्रहरुले बिदेशमा आफ्नो प्रभुत्व जमाउन खोज्नु, ठूला माछाले साना माछालाई खानु, आदि, आदि| भारतको नेपालमा नाङ्गो नाच, तिब्बतीहरुको बिरोधको स्टेज जस्ता खतरनाक आगोहरु सल्किएका छन् नेपालमा| नेपालका कुहिएका नेता भनाउदाहरुको त कुरै गर्नु परेन!

    तर दाहालजीले Adam स्मिथ, Newton ले जस्तै सिद्धान्त प्रतिपादन गरिहालेको चाहिं
    अलिक पाच्य होला र ? Hasty generalization त भएको छैन कतै?

    Bartender ले Martini बनाउदा जसरी धेरै थोक हालेर हल्लाउछ, त्यसरी नै सबै थोक
    जस्तै ओबामा, नेपालको खालि भएको उपरस्त्रपतिको पद, आदि इत्यादि सबै एउतै
    गिलाशमा हल्लाएर तेल पानी सबै मिल्ला र?

  59. लेखकले भन्नु भए जस्तै सबैको विश्लेषण उस्तै नहुन सक्छ | तर आफ्नो विश्लेषण/बिचार संग अरुको बिचार/विश्लेषण मिलेन भन्दैमा वाईयात भन्नु ठिक होइन | हरेक व्यक्तिको दृस्टीकोण उस्तै नहुन सक्छ | कति हद सम्म लेखको भनाई मलाई सहि नै लाग्छ | यदि उंहाको दृस्टीकोण ठिक लाग्दैन भने तपाईंको आफ्नो दृस्टीकोण लेखेर राख्नुस न | अनि पो बिचार माझिन्छ र हामि तथ्य कुराको नजिक पुग्न सक्छौं | त्यत्तिकै वाईयात भन्नु चाहिं तर्क संगत हुँदैन होला |

Comments are closed.