मुठभेडतिरै उन्मुख भो राजनीति, राजधानी नै नाकाबन्दी गर्ने रे

नेताहरुको बोलीको भर हुन्न भनेको अहिले खुबसँग देखियो। जनता झुक्याउन उनीहरुले बारम्बार कहिले दशैँपछि त कहिले तिहारपछि र कहिले छठपछि सहमति हुन्छ भने। के खाएर हुनु सहमति ? आ-आफ्नो अडानमा मेरो गोरुको बाह्रै टका गरिबसेकाहरुले अन्ततः देशलाई मुठभेडको राजनीतितर्फ नै उन्मुख नै गराएका छन्। आज माओवादीले घोषणा गरेको आन्दोलनका कार्यक्रमले त्यस्तै देखाएको छ। भन्नलाई त उनीहरुले जनतालाई असर नपर्ने शान्तिपूर्ण कार्यक्रम भनेका छन्। तर कार्यक्रमको खाका हेर्दा मुठभेड हुँदैन भन्नेमा विश्वासै गर्न सकिन्न। आन्दोलनको एउटा कार्यक्रममा त राजधानीलाई नाकाबन्दी गर्ने समेत भनिएको छ। यो दिन काठमाडौँ उपत्यका भित्रिने स्थल र हवाई सबै नाकामा उनीहरुकै भाषामा ‘हजारौँ जनता’ लाई उतारेर बन्द गर्ने। के खाएर आउनु जनता यो आन्दोलनमा। जनता त दिक्क भइसकेका छन्। उनीहरु त दलहरुले मिलेर सात महिना बाँकी रहेको समयमा संविधान बनाएर फेरि चुनाव भएर दीगो सरकार आओस् भन्ने चाहिरहेका छन्।

विमानस्थल र स्थलमार्गका सबै नाका समेत बन्द गर्दा मुठभेड हुँदैन भनेर कसरी भन्ने ? मुठभेडले कति अराजक स्थिति निम्त्याउने हो ? सम्झँदै चिन्ता मान्नुपर्ने स्थिति आएको छ। माओवादीले कात्तिक २४ गते यसो गर्ने भनेको छ।

त्यति मात्र हैन, माओवादीका अन्य कार्यक्रम पनि मुठभेडउन्मुख नै छन्। माओवादीले माग पूरा गर्न अल्टिमेटम दिएको कात्तिक १५ गतेको साँझ देशभर मसाल जुलुस निकाल्ने रे। मसाल जुलुसमा खासै त्यस्तो केही नहोला तर भोलिपल्टदेखि गरिने आन्दोलनले भने अप्रिय स्थिति निम्त्याउन सक्छ। कात्तिक १६ गते उनीहरुले गाविस र नगरपालिका भवन घेराउ गर्ने भनेका छन्। त्यो पनि पहिला जस्तो एक दुई घण्टाका लागि हैन, पूरै अफिस समय भर रे।

केही महिनाअघि उनीहरुले एक दुई घण्टा घेराउ गर्दा त कति सास्ती पाइएको थियो अब पूरै दिनभर रे। १८ र १९ गते दुई दुई दिन जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने रे। त्यो पनि दिनदिन भर। कुनै कर्मचारीलाई छिर्न नदिने रे।

२३ गते स्वायत्त गणराज्य आफैले घोषणा गर्ने अनि २४ गते उपत्यकामा नाकाबन्दी भइहाल्यो। २६ र २७ गते चाहिँ उनीहरुकै भाषामा लाखौँ जनताले सिंहदरबार दुई दिनसम्म घेरेर कुनै मन्त्री, प्रधानमन्त्रीलाई छिर्न नदिने रे।

अब भन्नुस्, यस्तो कार्यक्रम कसरी शान्तिपूर्ण हुनसक्छ। कसरी हामी जस्ता सर्वसाधारणलाई सास्ती नहुने हुनसक्छ ?

आशा गरौँ, अझै पनि सहमतिका लागि प्रयासहरु भइरहेका छन्। त्यो सफल होस् र देश मुठभेडको स्थितिमा जानबाट जोगियोस् !

271 Comments

  1. Dear Learned Friends,

    The word comments implies some sort of negativity, can we use the word OPINION instead of comment?

    Thanks
    HARI

  2. पुरानो कमेन्टहरु सबै कता गयो होला? कृपया मिल्छ भने रिलोड़ गरि दिनुस | 🙁

  3. पर्तिकिर्या हरु राम्रो छ
    मलाई एस्तो लाग्दैछ यो ब्लग मा आउने साथी हरु सबै मा घोसना गरिएको आन्दोलन पार्टी थोरै र देरै को कुरा मात्रै हो तर समर्थन चाही छ रहेछ साथै मलाई एस्तो लागेको छ थोरै समर्थन गर्ने हरु मा पनि बितारै समर्थन को हिस्सा बढ्दै जाने छ आन्दोलन को गति संगै, यो सुभ संग्केट हो

    आन्दोलन भनिएको अहिले लै हुन सक्ने जना आन्दोलन को सफलता को सुवाकमाना गरौ
    गौतमराज Germany

  4. साथी हो, कति गर्ने आन्दोलन? मेरो जीबन को तिन चौथाही भाग त आन्दोलन को कुरा मात्र सुनेर बित्यो. कहिले विकास हुने, कहिले त्यो विकास को प्रतिफल भोग्ने…अबत बुदो पनि हुन थाल्यो|खोइ मैले त कुनै सुख को त्यान्द्रो देख्दिन| हेर त साथी हो “मेरो संसार” ब्लग मै कतिको तछाड मछाड छ हामी हरु बीच| आन्दोलन मा के हुनेहो| आन्दोलन पछि फेरी अर्को आन्दोल पक्का छ| आन्दोलन भएर के गर्ने, कुर्सि मा आएये पछि गिरिजा=माकुने=प्रचण्ड=भ्रस्टाचार| के गर्ने, एक त नेता त्येस्तै त्येस्म पनि जनता पनि सुहाएकै छ|
    मेरो मत एस्तो छ| सिम्पल फोर्मुला| सथिहो जबसम्म छोरो राम्ररी बुझ्ने भा हुँदैन तब सम्म उसको आफ्नो भलाई को लागि उसलाई आमा बुबा ले निगरानी मा राखेको हुन्छ | कहिँले काही निगरानी कडा पनि गर्छ |छोरो बुझ्ने भए पछि आमा बुबा ले छोरा लाई स्वोतन्त्र छाडछ नै| बस, नेपाली हरु बहुदलिए प्रजातन्त्र को लागि फिट भा को छैन जस्तो लाग्छ मलाई चाही| धेरै नेपाली जनता हरु अशिचित छन् |प्राय स नेपाली हरुलाई थाहा छैन केले आफ्नो भलो गर्छ भनेर| नेपाल लाई चाहिए को छ एक कडा शासक| जसले एउटा सिस्टम को विकास गरुन कि, सिस्टम आफै काम गर्न थालोस| तोड फोद, ढंग फसाद, हर्तल, आन्दोलन नियेंत्रण मा राखोस| आन्तरिक बेबस्था सुध्रिड गरोस| देस को विकास गरोस| बिदेशी नीति बालांस गरोस| अनि नेपाली साथी हरु र नेता हरुले ले धैर्ये हुन सिकुन |

  5. राजजी तपैले भन्नु भएको ठिक होला ,,,तर के आन्दोलन को बिकल्प छैन ?आन्दोलनले कसलाई फाइदा भाको छ?तपाई आफै सोच्नु होस् त दिन भर काम गरेर एक छाक खाने नेपाली कति छ ?ति नेपालीको क हालत हुन्छा?अहिलेत माओबादी संसदमा छ तिनीहरुले संसदमा पनि कुरा राखनु सक्छा ……पहिले पो तिदरु संसद मा थिएन त ….अब त संसदमा पुगेर पनि पहिलाको जस्तै गर्छा भने के भन्ने माओबादी लाई? ,,,…तेही लुटेर खानु बानि परेको जंगलमा बस्नु मन परेको मान्छे मार्नु मज्जा लागेको बन्द गर्नु आन्दोलन गर्नु खुसि लागेको नभने के भन्नु ?

  6. मित्र हरु
    नेपाल मा अहिले घोसना गरिएको आन्दोलन होस् अथवा अरु जेसुकै कुरा आफुलाई सहि लाग्ने कुरा को समर्थन गर्नु अथवा बिरोध गर्नु यू हरेक मान्छे को सेल्फ अधिकार को तेसैले यो दुनिया को जुनसुकै पार्ट मा बसेर तेयो कुरा हरुको समर्थन अथवा बिरोध गर्नु लाई मैले मेरो आफ्नो अहिले को लागि डेमोक्रेटिक अधिकार सम्झेको छु तेसैले तेही गरि रहेको हु येस्मा थप कुरा मा जहाँ बाट यो आन्दोलन को समर्थन गरि रहेको भएपनि यो आन्दोलन लाई सहयोगी नै हुन्छ भने कुरा मलाई लाग्दछ /

    गौतमराज

  7. साथीहरु हो….केहि सुझाब:
    यो आन्दोलनले नेपालका सबै अनुदारवादी , सामन्तबादका अबसेशहरुलाई उन्मूलन गर्न सक्छ कि सक्दैन , येस्मा चिन्ता गर्नु पर्छ / बिदेसी दलाललाइ पनि घाइते बनाउनु पर्छ (होइन मार्ने पर्छ भन्दा मानब अधिकार हनन हुने होला !)
    जनता ले बुझ्ने भाषा मा भन्नुपर्दा, कांग्रेसको राम्चंद्रे गूट, खुमे गूट, गोबिन्दे गूट, सुजाता उप-गूट र शेरे गूटलाइ छोड्नु हुन्न भने नरहरी-पर्दीप गिरि समूहलाइ भने छुनु पनि हुन्न….है ….
    उता, खड्गेओली गूट र माकूने उप-गूट लाइ बाकी राख्नु हुन्न, यी त कम्युनिष्ट का नाममा कलङ्क हुन् …….देशद्रोही हुन, भारतीय सत्ताका नया दलाल हुन्…!!! उता, झलनाथ -बामदेव समूहलाई हेर्दै जानु पर्छ, निगरानी मा राखे मात्र पनि पुग्छ .

    मधेसी को नाममा कलङ्क चाहि गच्छेदार-गूट हो, हान्नै पर्छ/

    अनि, सहरका गून्डा र डनहरुलाइ यिनै गूटले संचालन गरि राख्या हुनाले समयमै आन्दोलनकारी ले क्याप्चर गरेर थुन्यो भने जनताको जिउ-धन मा थोरै मात्र हानि पुग्छ …
    पूराना-नया भ्रस्त्राचारिहरु, घुस्या तथा सामन्ती सोच भएका कर्मचारीहरु, छाडा पुलिस , नाफाखोर ब्यापारी, कालोबजारीया र तस्करहरु भनेका यी माथि उल्लेखित क्युख्यात गूटसंग निकट सम्बन्ध भएका हुनाले पनि आन्दोलनमा थप समस्या पर्ने हुनाले यो आन्दोलनको निशाना बन्नु पर्छ/
    हेरौ माओबादीले रूपान्तरणका लागि आन्दोलन गर्छा ki केवल सुधारबादी काममा रमाउछ, येसपाली उसको पनि परिक्षा हुन्छ है/
    माओबादीले गरेनन भने अर्को कोहि त जन्मेको होला नि वा जन्मेला नि भविस्यामा !?! नत्र त देश सधै येस्तई रहने भयो…..आ-आफ्नो ठाउबाट हामि पनि केहि गर्ने पो हो कि….रमिता हेर्ने??

  8. शेरे ब्रो त जस्ता को धम्कि नेपाली जनताले धेरै देखि सकेको छ तिमर्को धम्कि ले अब कोइ दरौदैन …..तिमारु जस्तै…बन्दुक बोक्नु गोला बारुद बनाउनु अब सबै नेपाली ले सिकिसकेको छ …पहिलापो पटका नदेखेको नेपालीलाई जति धम्कायेउ धम्कयेई सकेउ अब तिमारुको केहि चल्दैन ….

  9. तपाई हरु सबै ले एक चोटी छाती मा हात राखेर भन्नुस त के माओबादी ले अहिले नराम्रो काम को लागि, राष्ट्र घात को लागि आन्दोलन गर्न लागेको हो त के अहिले माधब कुमार नेपाल ले राम्रो गरिराखे को छ त मेरो यो प्रस्न सम्पूर्ण नेपाली जनता को लागि हो जो आफ्नो राष्ट्र को हित को लागि आफ्नो रगत बगाउन पछि पर्दैन. कृपया जसले राम्रो गर्न लागेको छ तेस्को सधै साथ दिनुस यो नै सच्चा राष्ट्र प्रेम हुने छ. धन्यबाद.

    मेरो नेपाल, हाम्रो नेपाल, जय नेपाल…………………………!

  10. माओबादी चाहि कुन पानी माथिको ओभानो हो ,,,,माओबादीका जिल्ला नेताहरु तिन वर्ष भूमिगत भएर निस्कदा तिन तले बिल्ल्डिंग घर बनाउछ भने केंद्रिये नेताको के कुरा गराई भयो र ….झन माओबादीले young criminal leg गठन गरे पछी त के भन्नु ,,……..सबै भए भारको गुन्डा डाका दृग्स अडिक लुटेरा फटाहा मात्र भेला गरेको छ……हुनु पनि त्यो जंगली आतंकी हिंसा लुट पात अपहरण बिनास गर्ने पार्टीमा कुन राम्रो, साजन मान्छे जान्छ र ?

  11. कांग्रेसले र एमाले ले गरेको गल्ति सुधार्न नागरिक सर्बोच्चताको नाम मा माओबादीले पनि गल्ति गर्दैछ होसियार है जनता ! अब आँखामा पट्टि बाधेर पार्टी हरुको पछी लाग्न बेकार छ देखियो कुर्सिको लागि नेता हरु के के गर्दा रहेछन!

  12. मेरोसंसार लै माओबादीको ब्लग भनेर सबैले चिन्चन. अबा यो अर्तिच्ले पछि त झन मेरोसंसार चलाउने ने माओबादी हो भनेर सबैले छर्लंग बूझ्चन यो पोस्टले हामीलाई तर्सौना खोजेको छ माओबादीले भनेको जस्तो मानेन भने कहालीलाग्दो परिणाम हुन्छ भनेर. तर उमेशबाबु तेत्रो १८ दिनको चुर्फेव त झेलको काठमाडौँबासीले एस्तो जाबो माओबादीको विरोधले केहि हुनेवाला छैन.
    काग कराउदै गर्छ पिना सुक्दै गर्छ कि कसो ?

  13. यो लेखका लेखक, मईसंसार्का आन्दोलन बिरोधि पaत्रहरु, नेपालका धमिरा, लुटेरा,चोर भ्रष्ट हेर्दै जाउ युद्धकालमा त काठमाडौँ आएर ज्ञेनेको आडमा बंचेउ अब हेर तिम्रो हाल हामी के बनौन्छौँ?

  14. माथि सबै comment मा कांग्रेस र एमाले लाई मात्र दोस लागको छ ….साचै भन्ने हो भने माओबादी झन खत्तम छ……कांग्रेस र एमाले ले माओबादी जस्तो धम्कि असान्ती अपहरण लुटपाट हत्या त गरेको छैन ..देस बनाउनुको लागि सफाया गर्नु छ भने सबै भन्दा पहिला माओबादीलाई सखाप पार्नु पर्छा ……..माओबादी देसमा कति सास्ती दिएको छ त्यो त देस मा बस्नेलाई थाह छ….

  15. नेपाली जनताले कुनै पार्टी कुनै सरकारसंग खानु लाउनु मागेको छैन ,,मात्र सान्ति चाहेको छ त्यो आन्दोलन ले दिदैन……त्यो कुरा माओबादीले खै बुजेको?

  16. यो अरु केहि होइन माओबादी श्रीलंका को लिट्टे हुन् खोजेको हो अब छिट्टै प्रचंडे को हाल प्रभाकरण को जस्तो हुन्छ .

    दिपक

  17. होसीयार काँग्रेस र एमाले (ओंली पछ) का मान्छे—- अब खोजी खोजी पच्काईन्छ

  18. मेरो पूर्ण समर्थन छ किन की ?

    १) सक्तिशालिले नै सरकार चलाउनु पर्छ;

    २) काँग्रेस को र एमाले ले असंबैधानिक कदम का बारे छलफल हुन नदिएर सारा नेपालीलाई अब आन्दोलनमा होम्दैछन

    3) “सफा” गर्न यो “आन्दोलन” अपरिहार्य छ| काम फत्ते नभैन्जेल यो नतुहियोस|

    ४) काँग्रेस एमाले भित्रका लोविपापिहरुले गरेको कु लाई ढिलै भए पनि आखिरमा जनताले बुज्नेछान

    ५) अरु त तेस्तै हो सरकार बाट हरुवा हरु लाई त हटाउनै पर्छ.

    ६) एमाले र गिरिजा पार्टी को भन्दा त माओबादी का नेताहरु धेरै गुना राम्रा छ देश को लागि

    ———होसीयार काँग्रेस र एमाले का मान्छे—- अब खोजी खोजी

  19. bastab maa hareka bharaute nepal kaa neta haru lai hamle nepal maa basne thau dina nahune tesaile garda yasto arajakata srijana bhayako ho aba bhisan andolan garera yi neta haru lai yamalok puryaunu parchha. ho yamalok puryaunu parchha…. jaya nepal.. jaya pasupati nath.. jaya gorakhkalai mai.. jaya manakamana mai andolan kari lai sacho kaam garera nepal jogaune sakhti ra budhi deu..

  20. हामी जनता मुर्ख भएर सबै एस्तो भएको हो/ हामी ले नै जिताएर बनाएका नेता हरु ले अब हामी जनता लाइ नै दुक्ख दिने भए / जे जस्तो गरे पी ठिकै छ भनेर हामी ले समर्थन गरेको ले अब हामी सबै ले ठुलो सास्ती भोग्नु पर्ने बेला आएको छ/ यो देश र जनता को लागि सोच्ने कुनै नेता नेपाल मा जन्मे का रहेनाचन / सबै लै कुर्सि नै प्यारो भए पछि के गर्ने ? खै हामी नेपालीले कहिले शान्ति को सास फेर्न पैयेला / आहिले का सबै नेता हरु लै रानीपोखरी मा टाउको मात्रै देखिने गरि डुबाएर राख्ने र नया युवा नेता लै देस बनाउने जिम्मा दिनुपर्छ जस्तो लाग्छ मलाई त / न यी नेता हरु ले संबिधान नै बनौचन न सान्ति प्रक्रिया लै टुंगो मा पुराउन्चन / कि कसो हो साथी हरु??

  21. आन्दोलन को विकल्प छैन / संसदीय व्यवस्थामा यदि राष्ट्रपतिको असंबैधानिक कदमका बारेमा छलफल हुन्न वने के को संसदीय व्यवस्था त ?
    यो आन्दोलन लाई औचित्यहीन ठान्ने साथीहरु ले छातीमा हात राखेर भन्नुस कि के अहिलेका राष्ट्रपति पंचायतका राजा हुन् कि बहुदल का पारश हुन् ?
    काँग्रेस को र एमाले ले असंबैधानिक कदम का बारे छलफल हुन नदिएर सारा नेपालीलाई अब आन्दोलनमा होम्दैछन

    यिनको समयमै चेत आवस
    यिनको लिडे ढिपीले नेपाली जनताले ठुलो मूल्य चुकाऊन नपरोस
    चेतना भया

    बिष्णु भुसाल
    कोहलपुर बाँके

  22. खै कति बिरोध गर्ने / तर समय त एकदिन आउछनै यी बदनामी नेताहरुलाइ खतम पार्नलाई / मावोबाढीले गर्नु पर्ने काम के हो त ? गरिब जनतालाई फेरी पनि दुखः दिन नछाड्ने ? धम्कीको राजनीति कति दिन सम्म चल्छ?

  23. यो खेल कसैलाई मन परेको छैन | कोइराला लै निकालेर दाहाल, दाहाल लै निकालेर माकुने, अब माकुने लै निकालेर फेरी दाहाल, कोइराला, ओली अथवा पौडेल ? देशवासी हो हामी नराम्रो चक्रब्युह मा फसेको जस्तो छ |

  24. आन्दोलन लाई सम्रथन गर्ने सबै मेरो सुभाचुक साथी हरू लाई मेरो पूर्ण समथन / अब यौत्ता भिसन आन्दोलन हुनु पर्छ र माकुने अनि ओली गुट हरू र काँग्रेस लाई देश निकाला गरे पछि मत्रै यो देश मा पूर्ण सान्ति आउछ. खोइ मित्र हरू ले कुरा बुजेको / किन कि काँग्रेस र एमाले को यौटा पच्चा इंडिया को दिशा खाने नेता हुन्/

  25. अब मुसाहरु दुला पस्ने भए…

    “सफा” गर्न यो “आन्दोलन” अपरिहार्य छ| काम फत्ते नभैन्जेल यो नतुहियोस| कतै केहि भैहाल्छाकी! शुभकामना|

  26. माओबादीले गर्न लागेको आन्दोलन उनीहरुको व्यक्तिगत स्वार्थको निम्ति भन्नु बकबास हो उनीहरुले सत्ता कब्जा गर्ने भनेको पनि व्यक्तिगत स्वार्थको निम्ति देश जनता लाई नै बन्दक राखने कोही कोशी बेच्ने त कोही महाकाली बेच्ने त कोही गण्डकी बेच्ने हुँदा हुँदा पद को निम्ति देश नै भारतको जिम्मा लगाउन चाहने राष्ट्रघाती हरु , जनासंप्रभु सत्ता सम्पन्न व्यबस्थापिका संसदको अधिकार रास्ट्रपति लाई प्रयोग गर्न लगाएर संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको अन्तरिम संबिधान छ्यत बिछ्यत पारेर, रास्ट्रपतिको निरङ्कुश कदमको बारेमा जनासंप्रभु सत्ता सम्पन्न व्यबस्थापिका संसदमा छलफल नै गर्न नदिएर अधिनायेकबाद आफैं लादने तर माओबादीहरुलाई अधिनायेकबादीको बिल्ला लगाउने ढोंगी लोकतन्त्रबादीहरुको विरुध्दमा देश र जनताको मुक्तिको निम्ति संघर्षको विकल्प छँदै छैन यी फटाहा, भ्रस्टचारी, बिदेशी दलाल, सामन्तीका पृष्ठपोषक हरुलाई सत्ता छ्युत गरि जनताको निम्ति जनताले सत्ता कब्जा गर्नु भनेको नै माओबादी ले भनेको सत्ता कब्जा हो आन्दोलन ले केहि समय नेपाली जनतालाई असुविधा त पक्कै होला तर राष्ट्रिय स्वाधीनता र जनमुक्तिको निम्ति यी गौनकुरा हुन् र नेपाली जनताले डटेर सामना गर्नेछन जो आन्दोलनको बिरोधको कुरा गर्छन कि उनीहरुले क्रान्तिलाई बुझेका छैनन् कि उनीहरु दुइ ठाउं बाट हारेर पनि कसैले प्रधानमन्त्री बनाई दिए नैतिकता नै बेचेर लोकतन्त्रको उपहाश गर्ने नमर्दाका भरौटे हुनु पर्छ कि त सामंतिकै पृष्ठपोषक कि बिदेशी कै दलाल हुनु पर्छ

  27. जंगलमा बस्ने माओबादीले यो भन्दा अरु क नै गर्नु सक्छा र?आन्दोलन बन्द हिन्ग्सा काटमार लुटपाट ,,येही हो माओबादीको सिधान्त ,,,यो माओबादी पनि कुर्सिको लागि त मारी मेट्ने रहीछा ….अखिरमा जो आएनी ,,जनताले कहिले काम गरेर खानु नपाउने रहेछा …जनताको लागि कस्लेपो सोच्दो रहेछा ?म त भन्छु यो माओबादी लाई जनताले नै गाउ गाउ ,,सहर सहर सबै ठाउँ बाट लखेट्नु पर्छा…नेपालमा सान्ति चाहने हो भने मओबदिलाई सदैको लागि नेपाल बाट फाल्नु पर्छा ….जब सम्म देसमा माओबादी रहन्छा देसमा सान्ति कहिले हुदैन…

  28. हामी नेपाली ले जे चाहेको थियोउ तेही नै भै राखे को छ येस्मा कुनै नया कुरा नै छैन. हामी त के कसैले पनि एदी जंगली जनावर लाई घर मा राख्न सकदईनौ. एदी राखी हाले पनि तेस्को वय्वोहर घरेर्लु जनवार जस्तो हुदैन. माओबादी हरू पनि तेस्तै हुन् . कहिले कसैलाई शान्ति ले बस्न दिदैनन. खोइ त जनता ले उनि हरू लाई त सत्ता सम्म पुराए के गर्न सके त उनीहरू ले. नगर्ने काम किन गरे त. उनि हरू लाई के को हतार थियो. यी सबै नेता हरू येउतै दयांग क मुला हुन्. यिनी हरू को आफ्नो बुद्धि छैन र यिनी हरू सबै को आत्मा मरी सके को छ. तेसैले यिनी हरू चिमेको को इसारा मा चल्दा छन्

    आफ्नै दुना सोझाऊदै छन् अरू को के चिन्ता. बरू चुप चाप संबिधान सकाएर जनता आगाडी आए को भए सायद जनता ले पनि बुज्थे होलान. ओटा भनाइ छ ” जब स्याल को मृत्यु आउछ अनि त्यो सहर तिर भाग्छ रे
    मलाई पनि किन किन यो माओबादी हरू को अन्तिम समय आए को जस्तो लाग्छ. तेस्लाई यिनी हरू आब depression मा जान लागेको जस्तो छ. आन्तिम कोसिश बधाई छ नेता जी हरू लाई

  29. माओबादीहरु काम छैन काज छैन आन्दोलन गर्यो बस्यो त्यो भन्दा बढ्ता के नै पो जानेको छ र खत्तम छ हाम्रो नेपालमा अनि धिक्कार छ छबिलाल एंड कम्पनि लाइ लौ जा

  30. लालु प्रसाद यादबले पायो भने पुरा भारत नै बिहार जस्तो बनाउछ, किनकि उ बिहारि हो !
    तेस्तै माओबादीले पनि पुरा नेपाल जंगली बनाउला जस्तो छ !

  31. मलाई त बीरजिको कमेन्ट मन पर्यो है यी बिदेशमा बस्नेहरुको हातमा छ कि के हो आन्दोलनको रिमोट कन्ट्रोल तातो न छारो उचाल्ने र पछार्ने गरि रख्छा सिदासादा जनताहरुलाई दुख दिएर के गर्न खोजेको हो कुन्नि ? आन्दोलनमा जाने त कुरै छैन प्रतिकारको लागि चै यसै भन्न सकिन्न है माओबादी मित्र हो

  32. *कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ। * जथाभावी उपनाममा लेखिएका प्रतिक्रियाहरुले स्थान नपाउन सक्छन्। *नाम र ठेगानासहितका कमेन्टले प्राथमिकता पाउने छन्। फर्जी नाम, उपनाम र गलत इमेल लेख्नेको कमेन्ट प्रकाशित नहुन सक्छ। *असभ्य भाषा र धाकधम्की सहितका कमेन्टको आईपी प्रकाशित गर्न सकिनेछ। *हिंसालाई बढावा दिने, विद्वेश फैलाउने र निरंकुशताको पक्षपोषण गर्ने प्रतिक्रियालाई सकेसम्म स्थान दिइने छैन। * प्रतिक्रिया प्रकाशन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा सबै निर्णय गर्ने अधिकार म आफैमा रहनेछ। * प्रतिक्रियामा व्यक्त विचारहरुप्रति मेरो सहमति-असहमति हुनुपर्छ भन्ने छैन *प्रतिक्रिया सुरुमा मोडरेसनमा जाने भएकोले प्रकाशित हुन केही समय लाग्नसक्छ, दोहोर्‍याएर लेख्नु जरुरी छैन /

  33. जनताको नाममा राजनीति गर्ने, अनि जनता लाई नै सास्ती दिने, के को नागरिक सर्बोच्चता हो यो ? यति धेरै सत्ता मोह भएको पार्टीले के खान खुरुक्क राजिनामा दिएको त्यति बेला ? नाटक गरेको ? गलत कुरा जसको होस् बिरोध गर्नु नै पर्छ | पार्टीको चश्माले हामीले हेर्नु हुँदैन | हामीले जहिले पनि जनता र देशको लागि बिचार गर्नु पर्छ नेपाल आमाको सच्चा सन्तानहरुले | खुरुक्क प्रति पक्षमा बसेर राम्रो संग देश र जनताको लागि संबिधान बनाए हुँदैन भनेको ? मेरो बिचारमा चाहिं कि पहिले राजिनामा नै दिनु हुन्थेन, अब राजिनामा दिएर नाटक गरेको होइन भने किन फेरी सत्ताको लागि मरिमेटेको ? राम्रो संबिधान बनाऊ, अनि त्यसपछि को चुनाबमा त तिमीहरुको नै दुई तिहाई बहुमतले बिजय सुनिस्चित छ नि | मुखले जे बोले पनि शायद यो कुरामा उनीहरुलाई बिश्वास नै छैन जस्तो मलाई लाग्छ | होइन भने के को आन्दोलन ? जनताले कति सास्ती खप्ने ? नेपालि जनता लाई तिमीहरुले के सधैं जोतिरहने गोरु सम्झेका छौ ? गोरुले पनि २४ सै घण्टा जोती रहन सक्दैन | तिमीहरुको अलिकति सोच्ने शक्ति भए यो कुरा त दिमाग मा आउनु पर्ने होइन ?

  34. आन्दोलोनको विकल्प नै अहिलेको सबैभनदा उत्तम बिकल्प हो/काँग्रेस एमाले भित्रका लोविपापिहरुले गरेको कु लाई ढिलै भए पनि आखिरमा जनताले बुज्नेछान/

  35. अरु त तेस्तै हो सरकार बाट हरुवा हरु लाई त हटाउनै पर्छ.
    माओबादी को आन्दोलन मा मेरो पनि सहमत छ . एमाले र गिरिजा पार्टी को भन्दा त माओबादी का नेताहरु धेरै गुना राम्रा छ देश को लागि .
    धेरै धेरै सुभकामना डा बाबु राम भट्टराई, we need you, Nepal need you,

    japan

  36. ल ल कसैले जर्मनी, कसैले अमेरिका, कसैले बेलायत, कसैले जापान, कसैले अस्ट्रेलिया सबैबाट आन्दोलनको घोषणा गर्नु म पनि यहाँ घरबाटै आन्दोलनको घोषणा गर्दछु | झुन्ड्याउनु पर्छ यी माओबादी, खाओबादी सबैलाई त्यसपछि साह्रै भएन भने आफुहरु पनि झुन्डिएर मर्नु | आखिर कसैले लछार्ने केहि होइन, सक्छौ भने नेपाल गएर गर न आन्दोलन, के को माई संसारमा आन्दोलन को गफ दिन्छौ ? देशको साच्चिकै माया छ भने देशमा गएर होम्मिउ आन्दोलनमा, गर क्रान्ति, बदल देशलाई, होइन भने आनन्दले बिदेशमा बसेर जनतालाई भड्काउने काम यो माइ संसार बाट नगर्नु, अरुलाई झगडा गराएर आफु चाँही थपडी बजाएर बस्ने प्रवृति चाँही राम्रो होइन |

  37. आन्दोलन को समर्थन गर्नु हुने सबै पर्ति मा आभारी छु ,तपाई को समर्थ ठाक कुरा मा ठाक आन्दोलन को लागि भयेअको मलाई लाग्दछ,धन्येबाद
    गौतमराज राई
    जर्मनी

  38. जून जोगी आएपनि कानै चिरेको| फेरी जनता लै नै दुख दिने भयो होइन र ? जब अरु विकल्पहरु साथमा छन भने किन सडक को बाटो रोज्चन यी धेरै दिमाग भएका हाम्रा नेताहरु | बेलुका साथ मा ठुला नेताहरु व्हिस्की का चुस्की लागौनाचन र भोलिपल्ट आफ्ना पाल्तु कुक्कूर (कार्य कर्ता ) लै आफ्नो कार्यक्रम सुनौन्चन जून जनताको नौमा जनतालाई घान्तिसम्मा पुग्ने गरि दुख दिनचन यो कुरा साधारण जनतालाई थाहा हुँदा हुन् दै पनि बोल्न सकेका छैनन् जून दिन जनता जाग्ने छन् त्योबेला तिमीहरुको के गति होला| हूसियार धुर्त नेताहरु र अन्धभक्त कार्यकर्ताहरु| राकेश

  39. बास्तबमै यो देशमा जनताको शासन चाहिएको छ तेसैले देशको मुक्तिको लागि यो आन्दोलनमा सहभागु हुनु नेपाली जनताको कर्तब्य हो .

  40. आदरणीय साथी हरु,
    यो आन्दोलन त सरकारको लागि हो जस्तो लाग्दैन किनकि सरकार बनाउन त अन्तरिम संबिधान ले नै प्रस्ट परिसकेको छ | अनि प्रचण्ड कमरेड लाई पनि राम्ररी थाहा छ सरकार कसरि बन्छ नकी आन्दोलनबाट | अब यो आन्दोलन त मैले बुझे अनुसार नागरिक सर्बोच्चता को लागि होला जस्तो लाग्छ| हुन सक्छ यो कुरा धेरै जना लाई नराम्रो लग्न सक्छ किन कि यो माग त माओबादी को हो| र माओबादी लाई चुनाबमा समर्थन गर्ने ३७% मतदाता त हुन् तर सधै बहुमत ले मात्र जायज कुरा उठाउछ भने छैन| यदि नागरिक सर्बोच्चता कै लागि आन्दोलन हो भने हामी सबै ले समर्थन गर्नु पर्छ तर कतै यो नागरिक सर्बोच्चता को माग प्रभु हरुको दबाब मा सरकार पाउने नाटक नहोस | किनकि बिगत हरुले नेपाली लाई निकै धोख दिसकेका छन्| चाहे यो वा त्यो पार्टी बाट| अस्तु ……………..

  41. राम नेपाली जी
    पुजीबादी समाज अथवा देश जेसुकै भनौ मा बस्दा मोज हुने भने कुरा आफै मा गलत छ तेसैले तेयो मोज यहाँ मैले गरि नरहेको प्रस्ट हुन्छ , उत्तर कोरिया र अन्य कमुनिज्म देश मा जाने भने कुरा पनि पुरै गलत छ हुनुई पर्ने त नेपाली माटो मै रहनु उत्तम थियो तर दुर्भाये तेसो पनि भै हालेको छैन एस मा मलाई खेद छ , मलाई लाग्छ निकट भाबिस्ये मा यो हुने नै छ,तपाई को अन्तिम कुरा कुनै पनि आन्दोलन क्रान्ति हुदा हुने सास्ती भन्दा बढी तेयो आन्दोलन ले प्राप्त हुने उपलब्धि महान हुन्छ भने कुरा मा मा निश्चित प्राय छु साथै अहिले यो मावोबादिले जनता को सुपेर्माशी को लागि होस् अथवा आपनो पार्टीको अभिस्ट प्राप्त गर्ने यो दुवै कुरा बहुमत सर्बहारा नेपाली जनता अनि बाकी बिस्व का तमाम सर्बहारामानब समुदाय हरु को मुक्ति कै लागि हुनेछ, तेसैले यो नेपाल कोमुनिस्ट पार्टी मावोबादी ले घोसना गरेको आन्दोलन भनिएको छ,(यो आन्दोलन जन आन्दोलन मै पनि मोडिन सक्छ )को समर्थन गरेको हु,यो अहिले लाई आन्दोलन तर हुन सक्ने जन- आन्दोलन को समर्थन लाई जोकोही ले अभद्र नाम दिन्छ भने ती मान्छे को सोच पूर्ण रुप मा जन बिरोधि अनि देश घाती हो /तेसो हुनाले मा एअउता नेपाली हुनुको नाता मात्रै ले पनि तेयो अभद्र नाम दिदै देश घाती कम कुरा दुवै नगर्न मा खबरदारी गर्दछु,

  42. आफ्ना कार्यकर्ता मात्र जनता, बाँकि जनता सबै जन्तु र स्याल,
    पार्टीलाई समर्थन गर्ने गुन्डा, दादा, खाते, लोफ़र जति सबै वाई स्याल,
    प्रचण्ड पथ मान्ने जति सबै क्रान्तिकारी,
    बाँकि सबै दुराचारी र आतंककारी,
    आफुहरुले गरेको जति सबै उचित,
    अरुले गरेको सबै अनुचित,
    समर्थन गर्नेलाई काँध माथि बोक,
    नगर्ने जतिलाई लौरोले ठोक,
    जंगलबाट शहर छिरेको भोलि पल्टै करोड पति,
    हिजो साइकल नदेख्नेहरु आज पजेरो पति,
    मुखमा राम राम बगलीमा कटुवा पिस्तोल,
    उधो बगाएर उभो खोज्ने नीति र सिद्धान्त,
    देशलाई १३ टुक्रा पारेर झन्डा फेर्नु पर्छ भन्ने क्रान्तिकारीहरु जस्तै
    तिनीहरुको पछाडी आँखा चिम्म गरेर लाग्ने हामी पनि उस्तै
    त्यसैले त जनतालाई जन्तु भनेका होलान,
    देश टुक्रेर भारतले निलेमा बल्ल खालान,
    अब आएर घेराबन्दी र नाकाबन्दीको घोषणा गर्छन,
    फेरी पनि मेरो केहि गुनासो छैन

  43. देस को झन्डा त फेर्छु भन्छ माओबादी , जुन सर नेपाली को ढुक ढुकी हो अब एसको आन्दोलन लाई सहमत गर्यो भने देस को नाम फेरेर चिन लाई बुझाई दिन्छ.

  44. नेपाललाइ अब जंग बहादुर होइन पार्क चुंग ही चाहिएको छ | दोस्रो विश्व युद्ध र कोरियन युद्ध पछी दक्षिण कोरिया पनि एकताका नेपाल जस्तै राजनीतिक लुछाचुडीमा अल्झिएको थियो | यो स्थितिबाट वाक्क भै जनरल पार्क चुंग ही ले सन् १९६१ मा मिलिटरी कू गरि सत्ता हातमा लिएर कडा शासन नियम लगाई देशलाई निकास दिएका थिए | त्यसबेला दक्षिण कोरिया एशिया र संसारकै गरिब (नेपाल भन्दा पनि) देशहरुको सुचिमा पर्दथ्यो, तर जनरल पार्कले सत्ता हत्त्याएर सहि बाटोमा देशलाई मोडे पछी कोरियाको अर्थ तन्त्रले माओबादीले भने जस्तै छलांग लगाएर अहिले संसारकै धनि देशहरुको सुचिमा (टप १५) आउछ | त्यसैले अहिलेको राजनीतिक लुछाचुडीलाइ हेरेर नेपालमा पनि पार्क चुंग जस्ता एक साहसिक नेताको खाँचो छ |

  45. गौतमराज राइ,

    तपाई को कुरा सुनेर खुबी ठुलो कम्युनिष्ट हुनुहुन्छ जस्तो छ त. अनि कम्युनिष्ट साशन भएका उत्तर कोरिया र क्युबा तिर नलागेर पुन्जिबदी जर्मनी मा बस्नु भाको त? आफु मोज ले बस्यो अनि सर नेपाली लै सास्ती हुने आन्दोलन को समर्थन भनेर मुख बायो. यो त बाँदरे प्रबर्ती भएन र ?

  46. जब सम्म स्वार्थी नेता हरुको पछी लाग्ने कार्यकर्ता भनौदा बेबकुफ हरु को जमात हुन्छ येस्ता आन्दोलन भैरन्छ. मधेसी आन्दोलन, लिम्बुवान खुम्बुवान नेवा जे जे वा नागरिक सर्बोच्ता जे जे भने पनि सार मा कुरो उही नेता लै मोज गर्ने र कार्यकर्ता ले भोज गर्ने हो.

  47. समन्येताया सबै राजनीतिक आन्दोलन हरु नेपाल जस्तो अवस्था मा रहेको राज्य मा पूर्ण रुप मा सान्ति पूर्ण त हुदैन नै र अब यो घोसना गरिएको आन्दोलन पनि पूर्ण रुममा santipurna त हुनै सक्दैन तर तमाम नेपाली जनता अनि सारा बुद्धिजिबी हरु ले के कुरा बुझी दिनु अबसेक छ भने राज्यले येअस आन्दोलन मा हस्तछेप नगर्दा को अवस्था सम्म यो आन्दोलन शान्तिपूर्ण नै रहन सक्छ तर राज्य ले फोर्स युज गर्छ भने त सेल्फ डिफेन्स त गर्ने पर्दछ नि अनि तेसो गर्दा सान्ति खल्बलिंचा भने तेस्को जिम्मा खाली हात सडक मा आइ आवाज उठाउने तेयो जनता होस् या त कुनै पार्टी को कर्येकर्ता को हुन्छ कि बन्दुक हात मा बोकाएर तेयो आवाज लाइ रोअकन पठाउने दलाल हरु को? तर मलाई आशा छ तेस्तो सिर्जना नगरौदै मावोबादी ले घोसना गरेको कर्येकर्म लै सयोग नै गर्ने छन् सबै ले आदि तेसू गरिन्छ वने कोहि सक छैन मावोबादी क कोहि कर्येकर्ता न कुनै नेपाली हामी जनता कसैको सिर छेदन गर्न रहर बोकेका छैनौ,सो यो कुरा प्रस्ट नै छ यो आन्दोलन मा सहवागी हुने जोकोही लै बाद्ये नापरिन्जेल को अवस्था सम्म शान्ति भाडिने छैन.अनि आत्मा रक्छा गर्न को लागि कसैलाई बद्ये परिन्छ भने तेस्को जिम्मा तेयो बाद्ये पर्ने ले लिने हो अरु कसैले हैन.

  48. अब नेपाल तु गयर फर्किनु पर्यो अनि असईलम गर्नु पर्यो, माओबादीले धेरैलाई सहयोग गर्ने भए .

  49. एस्तो पाराले नया नेपाल बन्ने बfल. छैन . प्रगतिको नाममा सिन्को भाच्न नसkeको सरकारको पksha लिएर बस्नु आफुलाई पनि भद्खारोमा हाल्नु जस्तै हो . येत्तिका बर्स यिनै नेता लाई देस सुम्पियेओ खोइ के गरे अहिले सम्म संगसंगै स्वोतन्त्र भएका देस हरुले कति विकास गरि सके सबैलाई थाहा भएकै कुरा हो एस्तो sthitima अझै पनि हामीहरु यो नेता र त्यो नेता, यौ पार्टी र त्यो पार्टी गरेर बसेऔ भने यिनीहरुले हामीमाथिको फोहोरी खेल खेल्न बन्द गर्ने वाला chhaiनन तेसैले नागरिक सर्वोर्चाता को कुरा मात्र होइन माओबादी mritudand को पनि कुरा लिएर आवोस हामी सबैको समर्थन तेसैलाई हुनेछा.

  50. नेपालको कुन चाहि राजनितिक परिवर्तनहरु संसदबाट भएको छन आजसम्म ?????
    (क) धर्मनिरपेक्षता को घोषणा
    (ख) सेनालाई नागरिक नियन्त्रनमा ल्याउने घोषणा
    (ग) नेपाल गणतन्त्र भएको घोषणा
    मित्र, यसो अखबारहरुपनि हेर्नेगर्नुस न हौ/

  51. यो माओबादीले देश बनाउने काम कहिले गरेन तर देश बिगार्ने काम चै निकै गरो . किन सबै ले यसले भनेको मात्र मान्नु पर्छ साला डाका हरु आफु पनि केहि नगर्ने अरुलाई पनि केहि गर्न नदिने . तिमि माओबादी हरु को प्रताप ले तराई मा त्यत्रा सशस्त्र समूह हरु जन्मिए र नेपाल लै चिथोर्दै छन् . ठुलो पार्टी बनाएर सरकार मा पठाउदा पनि सरकार चलाउन नसक्ने प्रतिपक्ष मा बस्दा पनि भाडभैलो गर्ने . माओबादी हो अब तिमि हरु ले नेपाल लै अर्को इराक बनाउने भयौ हैन त .

    दिपक

  52. पहिले पनि भएकै हो; नागरिक सर्वोच्चता स्थापित नहुञ्जेल हुनैपर्छ ।

  53. जनता हो, फेरि श्रीमान गम्भिर नेपाली गाउने दिन फर्कने जस्तो छ है- लोकतन्त्रलाई bye भन्न नपरोस्। तर नेपालको राजनितिमा हामी जनताको कहिल्यै केही थियो नै? राणा र राजाको पालोमा रंक भईयौं, Democracy मा पनि रंकै भईयौं। जे जे गर्छन् हेरेरै बस्नुपर्ने हुनेवाला छ।

    लौ त, साथीहरु श्रीमान गम्भिर नेपाली प्रचण्ड प्रतापि भूपति…

  54. माओबादी को अत्ति नै राम्रो निर्णय
    यो धेरै अघि गर्नु पर्थ्यो अनि यति मानिस हरु मर्ने र देश मा अन्याय को राज्य हुने थिएन

    हे कांग्रेस एमा ले हरु तथा अन्य दल हरु हो
    यो कुरा बुझा कि संबिधान चाहिएको मुख्य माओबादी लाइ हो
    तिनीहरु ले जस्तो सुकै संबिधान मा सहमति गरेर शान्ति पूर्ण राजनीति मा अवतरण गर्नु भन्दा ठुलो विकल्प छैन, यदि ठुलो भाग खोज्न थाल्यो भने ज्ञानेन्द्र को झैँ पतन हुन्छ
    तेसैले धैर्य गर
    यी माओबादी हरु लाइ खेलाई खेलाई नाश पार्नु पर्चा

  55. माओबादी को यकल सरकार नबनी नेपाल मा नागरिक सर्बोचता कायम हुन सक्दैन . माओबादी बाहेक का कुनै दल र राजनीतिक कार्य कर्ता बाकि भैन्जेल सम्म पनि नेपाल मा शान्ति हुन सक्दैन | तेसैले नेपाल मा शान्ति चाहने हो भने सबै माओ को भक्त बनौ |

  56. नितिगत (माथिल्ला तहका) कुराहरुले खुद्राकुराहरुलाई (तल्लो तहका) निर्देशित गरीरहेको हुन्छ ! यो नियेम जहापनि एउटा ब्यवस्था (System) हुन्छ त्याहा लागू भइरहेको हुन्छ ! जस्तै:- १) कंप्यूटरको सिस्टममा Operating System (माथ्थिल्लो तह) ले Application Software ( तल्लो तह) लाइ निर्देशित गरिरहेको हुन्छ २) अर्थशास्त्रमा Macro Economics (माथ्थिल्लो तहको) को नितिहरुले Micro Economics (तल्लो तह) नितिहरुलाइ निर्देशित गरिरहेको हुन्छ ! आदि !

    माथिल्लो तहको नीतिगत ब्यवस्थालाई सुब्य्वास्थित गर्न, परिमार्जित गर्न, update गर्ने क्रममा तल्लो ब्यवस्थाहरुले दुःख पाउनु प्रिय नहुन सक्छ तर कहिले काँहि बाध्यतापनि हुन आउछ ! सर्वसाधारण नेपालीहरुलाइ दैनिक रोजी-रोटी चलाउने दौरानमा माओबादीको यो घोषित आन्दोलनले गार्हो पार्न सक्छ ! तर, मूल प्रश्न के हो भने आफु बसेको घरको छानाको भ्वांग टालने की नटालने ???? सत्य के हो भने छानामा भ्वांग परिसकेपछि बेड रूम र लिभिंग रूम हीरा-जवाहारातले सिंगारेपनि कुनै अर्थ रहन्न – शीत, पानी, हावा झिरेर राती सुत्न मुश्किल हुन्छ ! हाम्रा राष्ट्रपति यादवको बारेमा संसदमा बहस नै गर्न नपाउने, र यी नेपाली कांग्रेसको राष्ट्रपति संसद र कानून भन्दा माथी हुने कुराले नेपाली राजनीतिको छानामा भ्वांग पारेको छ ! भारतको संसदको इतिहासमा सन १९४७ पछिको निर्वाचनपछि “६ जना सभासदहरुमात्र” भएको पार्टीले संसदमा सकल्प प्रस्तापको माग गर्दा नेहरुले सकल्प प्रस्तापमा बहस गर्न दिएका थीए ! जनताको प्रतिनिधिले प्रतिनिधित्व गर्ने संसदको गरिमा प्रजातंत्रमा त्यसरी पो बढ्छ त, यहाँ नेपालमा त जनताले चुनेर पठाएको सबै भन्दा ठुलो दललाइ हरेक कुरामा घेरा-बंदी गरेर संसदमा सकल्प प्रस्तापमा बहस गर्न रोकेर प्रजातांत्रिक बिधि पनि अवरुद्ध गरी रहेको छ – संसदबादी प्रजातंत्रबादी भनाउदोहरुले !

    आन्दोलनको बिकल्प छैन ! माओबादीको अडान सही हो वा गलत जनताले नै निर्धारण गारोस सड़कबाट ! नेपालको कुन चाहि राजनितिक परिवर्तनहरु संसदबाट भएको छन आजसम्म ?????

  57. अन्तिकबदी हरुलाही मुलधार मा lyahuna खोजेर पनि कहिँ हुन्छ, सत्ता मा जना नपाएर आन्दोलन गर्न खोजेका हुन्, अस्ति भाखेर महरा मनमोहन सिंग को दर्सन गर्न देल्ही गएको थोयो, तेश पछि प्रचण्ड चिना गयो, अर्को दाजु को दर्सन गर्न . सत्ता नपाएर गरे को अल्दोलन को घोसदा हो यो, जुन कहिले पनि सफल हुदैन नेपाली जनता बेबकुफ्फ छैनन , तेसैले अब प्रचण्ड ले सिङ्ग दरबार मा राज गरेर, स्वशनी र छोरा लाही अमेरिका घुमाउने सपना नदेखे हुन्छ, संबिधान बनाउने भए यहि सरकार मा सामेल भए राम्रो, नत्र फेरी जुन्गले गए हुन्छ , आज देउवा लाही मर्न खोजेर माओबादीले फेरी एकचोटी अफुलाही ह्रिंसक आतंक बादी भएको प्रमाणित गरेका छन् ,

  58. एस्तो पनि आन्दोलन हुन्छा र? माओबादी लाई सत्ता चाहियो तेत्तिहो अरु केहि हैन/
    एक चोटी सत्ताको स्वाद चाखेको वाईसिएल र माओबादी रुपी ब्वाँसा हरुलाई केको नागरिक सर्बोच्चता को पिर? त्योता हात्तिको देखाउने दांत मात्र हो/ जसको आफ्नो सेना छ त्यसलाई कहिले पनि नागरिक सर्बोच्चता को कुरा गर्न सुहाउने कुरा होइन, तर पनि माओबादीले नेपाली जनता लाई भेडा बनाउने प्रयाश गरि राखेको छ तर अब धेरै त के टिक्ला र एस्तो भ्रम को खेति/

  59. हरिभक्त कटुवालले जमानामा पन्चेहरुलाई कवितामा भन्थे रे,

    “” जो घर तिमि बस्दछौ, त्यो भत्कदैछ
    भुइचालोलाइ त्यो पर्खदैछ””

    Is Nepal awaitining another earthquake?

  60. माओबादीले केहिगर्छाकी भंनेआसा मललाई पनि थियो आसमरिसक्यो , मजस्तै अरु धेरैजनत मन पनिमरिसकेको छ त्यसैले यो आन्दोलनले जनताको साथ पौलाजस्तो लाग्दैन किनकि janatako साथ पौनेभय पहिलेनै मा ku नेपाल को सरकार dhalisakne थियो .

  61. हो हो आन्दोलन गर्नै पर्छ नौमैना मा हेर माओवादी ले गरेको बिकास खान नपुग्ने नेता लाई ५ तारे होटेल को खाना नाङो खुट्टा का नेता लाई करोड को गाडी गाउको छप्रो को सट्टा शहर मा महल त्यो कसरी बिर्सने न जङल जान सक्ने न सत्ता को जुठो भुल्न सक्ने क्रान्ति त देखियो नि साथी हो बैन्क चन्दा अपहरण को कर्तुत अब त पर्भाकरण हुन बाकिछ पर्चन्द लाई जसले मान्छे मर्छ त्यही नागरिक सर्बोच्चता को कुरा मान्छे को रगत चाखे को बाघ ले फेरी पनि मान्छे कै रगत खाने कोशीस गर्छ रे त्यसै ले त्यो मानव हारी जन्तुलाई लाई खत्तम गर्नै ठीक होला नि

  62. अब पनि नेपाली हरु येस्ता कुरा को पछाडी लागे भने तिनीहरु को उदेश्य यो देश लाई बिनासको बाटोमा लाने बाहेक अरु केहि हुने वाला छेन ! माओबादीहरुको पनि सरकार हेरियो के गरेत तिनीहरु ले ? खाली भासन छाट्ने काम बाहेक आरु केहि गर्न सकेन ! तेसकारण के का लागि आन्दोलन गर्ने ? हामी नेपालीहरु को सबै समस्याको समाधान भनेको नै economic development and Infrastructure development हो ! त्यो काम गर्न नसकेर खाली आन्दोलन गर्ने मात्री भनेका छन ! This is totally ridiculous. Try to understand the facts Maoist and its cadres. This is 21st century and people from other countries even neighboring countries are heading towards economic revolution and high living standard but why the hell you idiot leaders and your cadres only think violence and todphod ,aagjani , destruction politics for power. so sad .

  63. खाते पाते नेताहरुले देश बर्बाद त गरे नै भड्खालोमा नै जक्कने भए नेपाली जनतालाई | एतिखेरा कमल थापाको भासंको याद आउन थाल्यो, त्यो केरे भने,,,,यी खाते नेताहरुको चालबाजी जति कमल lai थाहा छ त्यति नेपाली जनतालाई थाहा छैन,

  64. बाबु सुरेन्द्र झिंगा को सराप ले डीन्गा मर्दैन !!जति भित्ता चिथोर केहि हुने वाला छैन ,तिम्रा कांग्रेस र हरुवा कुमाले हरु को कन्तबिजोग अब कसरि हुन्छ हेर्दै जाऊ

  65. कसैलाई नी विश्वास लाग्ने छाडेको छ ! जब विश्वास तोडिन्छ नाता पनि सकिन्छा भन्छन तेस्तै छ मेरो नेताहरुसंगको विश्वास

    प्रकाश पुन मगर
    इराक

  66. ” नयाँ राजा हरु लाई फ्याक्न रे?????” …… सहमति नगरी अर्को नया राजा बन्न खोजेको हो माओबादी ले …. मेरो सराप छ माओबादी तलाई ….. तेरो येही वर्ष भित्र पतन होस् !!!!!!!!!!!

  67. मेरो यो आन्दोलन मा पूर्ण समर्थन छ ,बिदेशी बाट बनेको सरकार बाट ससित हुनु भन्दा यो नि ठिक छ …..यो सरकार ले देश नै बेच्ला भन्ने के बेर …..कम्ति मा मावोबादी ले राष्ट्र घाती बिदेशी संग झुक्ने कुरा त गरेको छैन ……

  68. मेरो यो आन्दोलन मा पूर्ण समर्थन छ ,बिदेशी बाट बनेको सरकार बाट ससित हुनु भन्दा यो नि ठिक छ …..यो सरकार ले देश नै बेच्ला भन्ने के बेर …..कम्ति मा मावोबादी ले राष्ट्र घाती बिदेशी संग झुक्ने कुरा त गरेको छैन ……

  69. मेरो यो आन्दोलन मा पूर्ण समर्थन छ ,बिदेशी बाट बनेको सरकार बाट ससित हुनु भन्दा यो नि ठिक छ …..यो सरकार ले देश नै बेच्ला भन्ने के बेर …..कम्ति मा मावोबादी ले राष्ट्र घाती बिदेशी संग झुक्ने कुरा त गरेको छ …….

  70. हो हो आन्दोलन गर्नै पर्छ । किन ?
    दोस्रो जन आन्दोलन पछि जनताको लागि के परिवर्तन भयो ?
    जनताले के को लागि आन्दोलनमा होमिएर रगतको खोलो वगाए ?
    शहिदको सपना के थियो ? यस्तै सयौं प्रश्नहरु हुन सक्छन् ।
    ज्ञानेको ठाउमा रामवरण आए ।
    रायमाझी, सु.व.था., कमल, तुल्सी जस्ताको ठाउँमा अहिले अर्कैले भोज गरेका छन् ।
    २०५ को ठाउँमा ६०१ ले देश रित्याउन थाले जसको कारण सर्वसाधारण जनता कंगाल भए यतिले नपुगेर १२। रुपैयाँ किलोको आलु ५०। रुपैयाँ तिर्नु पर्छ, ३२। रुपैयाको चिनि हाल ७०। रुपैया तिर्नु पर्छ । यी उदाहरण हुन यही अनुपातमा कुनचाही उपभोग्य वस्तुको मूल्य बढेको छैन ? यो प्रत्यक्ष प्रभाव भनेको २०५बाट ६०१ गराउन आन्दोलन गरेर गरिव र सिमित आय हुनेहरुको लागि यही अनुपातमा बढेको मूल्यले रुवाएको छ । यही कारण दोस्रो जन आन्दोलन जनताको लागि धोका मात्र होईन धिक्कार सावित भएको छ । दोस्रो जनआन्दोलनको उपलव्धी यसैलाई भन्न सकिन्छ ।
    पंचायती व्यवस्था फाल्न यिनै जनता लागेका थिए । १२ वर्षे संसदीय व्यवस्था फाल्न भनौं वा राजतन्त्र फाल्न यीनै जनता लागेका हुन । अवको आन्दोलन फालिसकेको राजतन्त्र फिर्ता ल्याउने ? वा जनवादी व्यावस्थाको लागि आन्दोलन गर्ने ? किनकि संसदीय व्यवस्थापनि असफल वनाई सके । यीनै चोर, डाँका, लुटाहा, भ्रष्टाचारी नेताहरु अव यिनैको विरुद्धमा आन्दोलन गर्नुपर्छ । मौजुद ६०१ भन्दा वाहीरका लागि मात्र अवसर दिने गरि आन्दोलन गर्नुपर्छ एक पटक मात्र हैन पटकैपिच्छे फेल भएका नेताको लागि होईन ।

    भिम सुबेदी

  71. जब जब देशमा भ्रस्टाचार महंगी अत्याचार बलात्कार दुराचारी अनि तनाशाको बिहबिगी बढ्छ तब तब क्रान्ति को आबसेकता पर्छ एक पल्ट फेरी नेपाली जनताले वार कि पार बनाएर आन्दोलन गर्ने बेला आएको छ एसको लागि सबै अक जुट भै तेस्रो जनान्दोलन गर्नु पर्छ.

  72. खै यिनी हरुको घैंटोमा घाम लाग्ने कैले हो | सबलाई गोलि ठोक्दै मार्दै गर्नु पर्चा आब जनताले कि कसो साथीभैहरु |

  73. यिनीहरुको बुद्धि कैले औला खै आब त चिन्ताको बिसय नै बन्न थाली सक्यो |

  74. पुजारी फाल्न नसक्नेले के माकुने सरकार फ़ाल्छ प्रचण्ड अब फासीमा झुन्डीछ,
    झन्डा फेर्ने , गाइ को सत्ता भेडा चोर माओबादी अब खान्छा.

  75. हुण्डरी ले बढारिएका बादर हरु !! चाबी खोसाखोस मा लडदै छन् !!उल्लु र गधा लाई नाइके बनाई !! प्रतिगमन को सगरमाथा चड्दै छन् !!

  76. हिजो राजाहरू कानून भन्दा माथि हुन्थे | संसदमा राजाहरु को बारेमा केहि प्रश्न उठाउन पैदैनाथ्यो | राजाहरु को बारेमा कुनै छलफल गर्न पैदैनाथ्यो | राजाहरु कानून भन्दा माथि हुन हुदैन | राजा को बारे मा पानी संसदमा छलफल गर्न पाउनु पर्छा भन्दै राजाहरु फलियों |
    अ़ब यो रास्त्रपति लाई किना राजा बनाउने ? रास्त्रपति को बारेमा कसैले संसदमा छलफल गर्छु भंछा भने छलफल गर्न पाउनु पर्छा | पछि मत दान भयो भने जसले बहु मत लौछा उसई ले जित्छा | रास्त्रपति को बारेमा कसैले संसदमा छलफल पैदैना भन्नु ची ठीक होइन |

  77. माओवादीले गर्न लागेको आन्दोलन सफल होस्.
    अबको सरकार माओवादी एक्लैको हुनु पर्छ.
    अनि मात्र देशमा परिवर्तन हुन्छ.
    यो साला कांग्रेस र एमाले चोर हुन्.

  78. नकचरो माओबादी फेरी जनतालाई दु: ख: दिदै छ, के को लागि आन्दोलन गर्ने? प्रचंडे लाई प्रधानमन्त्री बनाउन ? थुक्क वैसियल भन्ने जन्तु र तिनीहरु क समर्थक हो अझै लाज छैन? जनतालाई मारेर अझै पुगेन तिमि हरुलाई, संबिधान बनाउने तिर ध्यान दियको खै?
    अब तिमि हरु लाई जनताले लखेटछन बिचार गर जन्तु हो.

  79. यो सहमति भनेको के हो ? के का लागि हो यो सहमति ? देश लुट्नका लागि मिलिभगतको सहमति भए यो खाले सहमतिको पछाडि जनता जादैनन् । नेताहरुलाई शक्ति र सहमति जुटाउदैमा जनताका दिन सकिए । नागरिक सर्वोच्चताको अहं प्रश्न जहिल्यै माथि रहन्छ तर अव त्यसैको नाममा पुरानो भै सकेको राष्ट्रपति-सेनापति प्रकरण भन्दा अझ जल्दावल्दा सवालहरु नागरिक सर्वोच्चताका विषयमा आइसकेका छन र यी सामयिक विषयहरुका पछाडि लागेर आन्दोलनको औचित्य प्रस्तुत गरियोस । अहिलेको मूल मुद्धा जनसरोकारका थुप्रै विषयहरुसंग छ न कि नागरिक सर्वोर्र्च्चताको पुरानो रागसंग । औचित्यहीन र असामयिक आन्दोलनहरुका नाममा फेरि जनताको दैनिकी विगार्ने कामले आखिर कसैलाई हित गर्दैन । सत्ता भित्र वाहिरका सवैले बुझिदिनु होला ।

    -बिमलीजी

  80. यी सबै नेताहरु देश का लागि केहि गरिरहेका छैनन् ! यिनीहरुलाई जनताको केहि वास्ता छैन ! यिनीहरु त खाली हामीले तिरेको करको दुरुपयोग मात्र गरिरहेका छन् ! हामी यिनीहरुलाई बदमाशी गर्न किन कर तिरिरहने? मलाई त यिनीहरु सत्ता लोलुप सत्ता पिपासु भन्ने यिनीहरुकै शब्द प्रयोग गर्न मन छ ! जनताको नाममा पदको दुरुपयोग गरि भ्रस्टाचार, तस्करी, गुन्डागर्दी गर्ने चाल मात्र हो !
    फेरी हाम्रा भैबहिनी पनि तिनीहरुको शब्द जालमा कति परिरहेका हुन्? कत्ति त आफुले पनि भाग पाइन्छ भनेर पनि लागेका छन् र तिनलाई त यो कुरा पक्का पनि मन पर्ने छैन र एक दुइ ले त प्रतिक्रिया दिएर आफुलाई चिने हाल्छन ! तर तपाई हामी साधारण नेपाली लै त यो अत्ति नै भै सक्यो!
    लौ न हामी सबै मिलेर एसको बिरोध र भण्डाफोर गरौ!!!

  81. सता सता कुन दिन रामले राबन लै मारे जस्तो दुर्गति हुन्छ होस् गर

  82. यी सबै नेताहरु देश का लागि केहि गरिरहेका छैनन् ! यिनीहरुलाई जनताको केहि वास्ता छैन ! यिनीहरु त खाली हामीले तिरेको करको दुरुपयोग मात्र गरिरहेका छन् ! हामी यिनीहरुलाई बदमाशी गर्न किन कर तिरिरहने? मलाई त यिनीहरु सत्ता लोलुप सत्ता पिपासु भन्ने यिनीहरुकै शब्द प्रयोग गर्न मन छ ! जनताको नाममा पदको दुरुपयोग गरि भ्रस्टाचार, तस्करी, गुन्डागर्दी गर्ने चाल मात्र हो !
    फेरी हाम्रा भैबहिनी पनि तिनीहरुको शब्द जालमा कति परिरहेका हुन्? कत्ति त आफुले पनि भाग पाइन्छ भनेर पनि लागेका छन् र तिनलाई त यो कुरा पक्का पनि मन पर्ने छैन र एक दुइ ले त प्रतिक्रिया दिएर आफुलाई चिने हाल्छन ! तर तपाई हामी साधारण नेपाली लै त यो अत्ति नै भै सक्यो!
    मैले त हेर्दा, सुन्दा भोग्दा अत्ति नै भएर पो लेखेको !
    लौ न हामी सबै मिलेर एसको बिरोध र भण्डाफोर गरौ!!!

  83. के नेपाल मा सदै येस्तई मात्र भै रहन्छ किन येस्तो भएको होला सबै को दिमाक कता गयो के येस्तई गरे र नेपाल ढेश कतिदिन रहन्छ होला सबै जना ले विचार गर्नुस्त ?

  84. माओवादीलाइ जसरिभएपनि सत्ता चाहिएको हो भन्ने कुरा सवैले वुझेका छन् । पहिले आफू सत्त्त्तामा छ‌दा के गरेर यिन्ले अव गर्लान भनेर विश्वास गर्ने ? सत्ता चाहिएको यदि होनै भने स‌सदमा बहुमत देखाएत भैगयोनि हैनर ? प्रजातन्त्रमा विश्वास साख्नेहरुका लागि यो भन्दा सही वाटो अरु कुन होला र ? अन्यथा जसले जे गरे पनि आखिर सोझा र गरिव जनतालाइ मार पार्ने त होनि, चलाख र पैसावालहरुलाइ न यिनले पहिले छोए न अवनै छोलान । ल गर आन्दोलन ! हेरौ यसपाली कति अवुझहरु सडकमा उत्रनेछन् …………………..

  85. राम सुबेदी न्यु जर्जी अमेरिका, तपाई को कुरा पढ्दा तपाई त ज्ञानेन्द्र को सल्लाहकार हुनुहुन्छा जस्तो लाग्यो.

  86. ल आन्दोलन नै गर्ने । फेरि मान्छे मार्ने। आफ्नै दाजुभाइलाई काट्ने। तर यो आन्दोलनले जनतालाई के हुने नि? यो आन्दोलनको औचित्य र उद्देश्य के हो? लुटेर जबरजस्ती सत्ता कब्जा गर्ने? जनताको सर्वोच्चता मुखमा जपेर जनतालाई नै भोकमरिले मार्ने? जनताले किन यस आन्दोलनमा सहभागी बन्ने?

  87. हामी सबैको लक्छ्य प्राप्ति को लागि एसको जरुरत छ | होइन भने पहिलाको र अहिले को अवस्था मा के नै फरक भयो त | सधै अल्झाएर आफ्नो स्वार्थ पुरागरौ भन्नका लागि १० वर्षा जनयुद्ध र दोश्रो जनआन्दोलन भएको त होइन | यदि एस बाट नागरिक सर्बोच्चता कायम गर्न सकियो भने स्वत: भारत ले सिधै गर्ने हस्तछप पनि कम हुन्छ र मुलुक अगाडी बढ्ने छ |

    सुमन मानन्धर
    (जापान)

  88. अब सैनिक सासन लगाउनु पर्छ र सबैलाई ठिक पार्नु पर्छ /

  89. अब देशमा के हुने हो /….यस्तो लाग्छ नेपाली जनता विश्वमै अभागी रहेछन./.कहिलै राम्रो शाशकको छत्रछायामाँ बस्न पायेनन..अब त विकल्प पनि केही रहेन..जुगौंदेखिको शास्ती कैलेसम्म ?

  90. “माओबादीलाई अब आंतककारी घोषणा गरी”
    खुबै राम्रो विश्लेषण लाग्यो र तपाईं राम सुबेदी जी जस्ता को विचार ले गर्दा नै राजा ज्ञानेन्द्र ले संकटकाल लगाउन पुग्यो, आखिर रिजल्ट के हात लाग्यो यहि अवस्था आयो, अनि अर्को कुरा संबिधान सभामा जुन दल ठुलो भएर आयो उसैलाई आतंककारी घोषणा गर्ने र फेरी पन्चे हरुको राज्य ल्याउने विचार जस्तो लाग्यो, हुन त अमेरिका बस्नु भएको रहेछ र विचार पनि अमेरिकी जस्तो लाग्यो मलाई त/

  91. सरहरू आन्दोलन को मर्म लाई नबुझी एकोरो बिरोध गरेर प्रगति कहिले हुन्छ दिमाखको भन्छु म , माकुने किन भयो बुझ्नु जरुरि छ पहिला , यहाँ सैनिकीकरण भयो भने के हुन्छ ठण्डा दिमाख लगाउने कि , यो आन्दोलन ले सबै पार लगाउनै पर्छ

  92. हामी सबैको लक्छ्य प्राप्ति को लागि एसको जरुरत छ | होइन भने पहिलाको र अहिले को अवस्था मा के नै फरक भयो त | सधै अल्झाएर आफ्नो स्वार्थ पुरागरौ भन्नका लागि १० वर्षा जनयुद्ध र दोश्रो जनआन्दोलन भएको त होइन | यदि एस बाट नागरिक सर्बोच्चता कायम गर्न सकियो भने स्वत: भारत ले सिधै गर्ने हस्तछप पनि कम हुन्छ र मुलुक अगाडी बढ्ने छ |

    सुमन मानन्धर
    (जापान)

  93. माओबादीलाई अब आंतककारी घोषणा गरी, केही समयको लागि देशमा संकटकाल लगाएर बर्तमान सरकारलाई अपदस्त गरी बंगलादेशको जस्तो सरकार गठन गरी देशलाई सही लीक मा ल्याएपछि मात्र संविधान सभाको पून चुनाव गराउनु पर्छ! तेसको लागि प्रथमत, वर्तमान सबिधान सभाको खारेज र सरकारको अन्त्य र वर्तमान वा पुर्व प्रधान न्याधिसको अध्यक्छतामा मन्त्रीमंडलको गठनगरी तेसले संबिधान सभाको निवार्चन गर्ने र माओबादीलाई सशस्त्र कारबाही गर्ने!क्यान्तोन्मेन्तमा भएका सबै लडाकुहरुलिई नेपाली सेनाद्वारा केहि समयको लागि घेराऊ गर्ने. माओबादीलाई दबाउनुको लागि अन्तरास्ट्रिय सहयोग र समर्थन समेत लिने. भ्रस्टाचारमा लागेका सबै व्यक्तिहरुलाई कारबाही गर्ने र ती सम्पत्ति जफत गरी विकास, निर्माणमा लगाउने, पूर्व राजाहरुको सम्पूर्ण सम्पत्ति पनि जफत गर्ने र तेसलाई पनि तेही लगाउने.
    सेनालाई सिर्फ़ विकास,निर्माण र माओबादीलाई नियन्त्रण गर्ने तिर मात्र लगाउने.सेनालाई रास्त्रपतिको पूर्ण नियन्त्रणमा राख्ने, सेना र पुलीसमा भएका र प्रसाशनमा भएका बिकृतिहरुको पूरा नियन्त्रण गर्ने र तिनीहरुलाई जनताप्रति मात्र उत्तरदायी बनाउने. देशमा जब जनताले राहत महसुस गर्छन त्येसपछी जनताको सरकार बनाउने तिर प्रेसिडेन्ट ले पहल गर्ने र संबिधान निर्माण मा ध्यान दिने,

  94. छोटे राजा हरु को लुट को स्वोर्ग मा आगो न लगाई नया नेपाल बन्दैन,बाबुराम को भद्रगोल बल्ल सुरु भाको छ हेरौ अघि अघि हुन्छ के….

  95. je sukai gara tara andolan nagara guys…its quite boring….neta lai dina samma dukkha deu…………….. janata lai please dukkha na deu maoist ho..

  96. क्रान्ति अहिलेको आबस्यकता हो ! कुनै पनि हालतमा छोटे हरुवा राजाहरुले राजिनामा दिनुपर्छ.

  97. कुकुर हरु को काम नै भुक्ने हो ,काग कराउदै गर्छ, पिना सुक्दै जान्छ,

  98. गर्नु पर्छ आन्दोलन नगरी हुन्न पुराना नेता लाई पाठ नसिकाइ हुदैन हो अब त नबुझ्ने घास नेतालाई आन्दोलन ले पाठ सिकाउनु पर्छ

  99. अब गर्नु पर्छा यी सामन्ती काँग्रेस र यमाले लाइ बडारनु पर्छा तेस्को लागि बलिदान दिन नेपाली जनता अजैपानी तयारी छौ

  100. आन्दोलन त गर्ने भने कम्रेटहरु ले तर साथ पो कसले देला??

  101. खै के भन्ने साचिकई बालकृष्ण दाहल ले भने झै राष्ट्रपति शाशन लागू भएर फेरी एउटा तानाशाह को जन्म त हुने होइन, यी नेताहरु ले देश दुबौने भो

  102. कुकुर हरु को काम नै भुक्ने हो ,काग कराउदै गर्छ, पिना सुक्दै जान्छ,

  103. कुनैपनि हालत मा यो माकूनेले राजिनामा दिनुपर्छ |

  104. भारतीये कठपुतली माकुने सर्कार लाई कठ्घरमा उभ्यौनै पर्छ| एस्मा मेरो पूर्ण समर्थन छ| छोटे राजा हरु अब बडारिने छन् |

  105. आन्दोलन कुनै रहर होइन होला , यो बाध्यता होला जस्तो लाग्छ , यहाँ सम्म माओबादी ले ल्याओ राम्रै भाथ्यो नि राजनीति को लागि त , कस्तो कुरा नबुझेको हाम्रा पुराना नेता ले २०१७ साल को जस्तो खतरा नहटाउने हो भने यत्रो आन्दोलन को के को उपलब्धि , आन्दोलन गर्ने पर्छ , कार्यकारिणी को हात मा पूर्ण अधिकार नभई खतरा त जसताको जस्तै भै गो नि , म कुनै पक्ष्य म छैन अहिले को पक्क्ष्य चाही माओ को आन्दोलन को पक्क्ष्य म छु लाग्छ सबै आउनै पर्छ , अब हुने आन्दोलन ले पार लाग्नै पर्छ साथ दिनै पर्छ , नदिकन सुखै छैन कि जस्तो लाग्छ , यसले नगरे पनि यो मुद्दा लाई साना पार्टी विचार बोक्ने हरुले गर्छन जस्तो लाग्छ , भनाइ को गल्ति क्षमा गरिदिनु होला

  106. आन्दोलन कुनै रहर होइन होला , यो बाध्यता होला जस्तो लाग्छ , यहाँ सम्म माओबादी ले ल्याओ राम्रै भाथ्यो नि राजनीति को लागि त , कस्तो कुरा नबुझेको हाम्रा पुराना नेता ले २०१७ साल को जस्तो खतरा नहटाउने हो भने यत्रो आन्दोलन को के को उपलब्धि , आन्दोलन गर्ने पर्छ , कार्यकारिणी को हात मा पूर्ण अधिकार नभई खतरा त जसताको जस्तै भै गो नि , म कुनै पक्ष्य म छैन अहिले को पक्क्ष्य चाही माओ को आन्दोलन को पक्क्ष्य म छु लाग्छ सबै आउनै पर्छ , अब हुने आन्दोलन ले पार लाग्नै पर्छ साथ दिनै पर्छ , नदिकन सुखै छैन कि जस्तो लाग्छ , यसले नगरे पनि यो मुद्दा लाई साना पार्टी विचार बोक्ने हरुले गर्छन जस्तो लाग्छ , भनाइ को गल्ति क्षमा गरिदिनु होला

  107. माकुने सरकाले युद्दा नै चाहेको हो त ? फेरी युद्द दोहोरिने खतरा देखियो |

  108. तेसै
    ले त नेपाल मा आर्मी सासन को अबसयेक छ सबै को चहाक मा दण्ठ
    लगाउनु पर्छ अनि देशको भलो हुन्छ

  109. अरु केहि होइन, नेपालमा श्री पाँच महाराजधिराज ज्ञानेन्द्र बिर विक्रम शाह देवको कमि भएको हो | सारा नेपाली जनतालाई आकाशको फल देखाएर, घुर्कयेरा र तर्साएर एहक्रिकित माओबादीले तेत्रो सिट चुनाबमा लिएर त आयो तर असक्ष्यामताका कारण सरकार भनी चलाउन सकेन | तेतिले नपुगेर आब देशलाई नै ठप्प पर्ने लाजमर्दो दिशा तिर उन्मुख भएको देख्दा आफैलाई लाज लग्न थालिसक्यो | एउटा कुरा कसैले मलाई भनि दिनु पर्यो, माओबादीको यो आन्दोलनमा फेरी पनि जनताले साथ दिने छन् भनेर जति नै फुर्ति लाए पनि YCL र जनमुक्ति सेना बाहेक अरु कोहि हुने होइअना क्यारे त्यो आन्दोलन मा भनेर सबैलाई थाहै होला | फेरी यो आन्दोलन गरेकै भरमा देश मा सान्ति, सुबेबस्ता हुन्छ भनी ग्यारेन्टी कसले गर्छ ? एक पटक आन्दोलन गरेर सधैको लागि हुने भैदिएको भए नेपालमा तेत्रो आन्दोलनहरु हुने थिएनन | कामरेड छबिलाल किन एस्तो उभद्र गर्दै हिद्च ? ज होस् आब देश जोगौना श्री पाँच नै आउनु पर्ने भयो.
    जय देश, जय नरेश |

  110. ” नयाँ राजा हरु लाई फ्याक्न त्यो नगरी नसक्ने भएपछी के गर्ने त ?”

  111. भारतीये कठपुतली माकुने सर्कार लाई कठ्घरमा उभ्यौनै पर्छ| एस्मा मेरो पूर्ण समर्थन छ|

  112. होसियार जनता लै दुख दियर नागरिक सर्बोच्ता हुंदैन .

Comments are closed.