सरकार क्या अप्ठ्यारोमा !

काठमाडौँ जिल्ला अदालतले माधव नेपालको सरकारलाई र्‍याक गरिदिएको छ। आज न्यायाधीश शेखरप्रसाद पौडेलको इजलासले सरकारलाई भनेको छ- ऋषि धमलाको मुद्दामात्र फिर्ता लिन मिल्दैन। कि सबैको मुद्दा फिर्ता लेऊ, कि कसैको पनि नलेऊ। एउटै अभियोग लगाइएकाहरुमा कसैलाई मुद्दा लगाउने, कसैलाई फिर्ता लिने गर्न मिल्दैन।

अमेरिका लैजान प्रधानमन्त्री माधवकुमार नेपालले ऋषि धमलामाथि लागेको अभियोग हतार हतार फिर्ता लिने निर्णय लिएका थिए। मन्त्रिपरिषद्‍को बैठकमा धमलाको मात्रै मुद्दा फिर्ता लिने प्रस्ताव राखिए पनि मधेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले मधेसी पत्रकारहरुको पनि मुद्दा फिर्ता गर्नुपर्छ भनी अडान लिए। अनि मन्त्रिपरिषद्को बैठकले धमला, रामशुभक महतो र वीरेन्द्र केएमको मुद्दा फिर्ता लिने निर्णय गर्‍यो। सोही अभियोग लगाइएका अर्का एक जना मनोज महतो भने पत्रकार थिएनन्। पत्रकारलाई काखा र उनलाई पाखा पारियो।

अमेरिकामा पत्रकारहरुलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री माधवकुमार नेपालले पत्रकारहरुको टोलीले गरेको छानबिनमा निर्दोष देखिएकोले उनीहरुको मुद्दा फिर्ता लिएको बताएका थिए।

सरकारको निर्णयपछि धमला अमेरिका घुमेर फर्किसकेका भए पनि अर्का दुई पत्रकार रामशुभक महतो र वीरेन्द्र केएम भने जेलभित्रै थिए। मन्त्रिपरिषद्‍को निर्णय स्पष्ट नभएको भन्दै उनीहरुलाई जेलबाट रिहा गरिएको थिएन।

अब आज अदालतको यो फैसलापछि भने सरकारलाई अप्ठ्यारो परेको छ। अब सरकारसँग दुई वटा विकल्प बाँकी छ। मनोज महतो लगायत सो अभियोग लगाइएका सबैको मुद्दा फिर्ता लिने र कसैको पनि मुद्दा फिर्ता नलिई मुद्दा जारी राख्‍ने।

तपाईँलाई सरकारले कुन चाहिँ विकल्प अपनाउला जस्तो लाग्छ ?

123 Comments

  1. म त krishna Gopal jee को खोजीमा छु, वहाका कुरा सुन्न मज्जा laagchha, धेरै भो साथि त हराए ! मलाई त न्यास्रो पो लाग्यो, हजुरहरु लाइ नि… ? वहा पनि mysansar का Dhamala जस्तै हो !!

  2. नमस्कार प्रभुधा जी तपाई सहि हुनुहुनुंचा धेरै हद सम्म अधपी मेरो केहि असहमति हरु बिधमान नै छन् म आशा गर्दछु तपाई संग को अरुगुमेंट आगामी दिन मा आउने अफ्फैर्स हरु माथि पनि हुदै रहने छ,

    गौतमराज राई

  3. ओह साथीहरु,त्यो धमला लै पनि मन्त्रि बनाए सबभन्दा राम्रो, मन्त्रालय चाहिं क होला कमेन्ट गरौं

  4. कमरेड राई जी नमस्कार,
    मैले त खाली सम्बैधानी प्रक्रियाको कुरा मात्र गरेको हो|किनकि संबिधान ले नै राज्य चलाउने होला जस्तो लाग्छ| भाबना को कुरामा त म पनि तपाई संग सहमत छु| तर भाबना र राजनीति अलिक फरक हुदो रैछ| नेपाल को अन्तरिम संबिधान ले संबिधान शभा को निर्माण मा समानुपातिक र प्रत्छय निर्वाचन लाई नै पद्धती बनायको छ | तपाई को कुरा मा म सहमत छु कि प्रत्छय मा माओबादी को बहुमत नै हो तर समानुपातिक को निर्वाचनमा त बहुमत हैन नि| अनि त ६०१ मा दुवै निर्बाचन बाट २४० सिट सहित माओबादी संबिधान शभा को ठुलो पार्टी नकी बहुमत को पार्टी| अब तपाइले भने को बहुमत मा मा अलिक अन्योल मा परे | ६०१ मा २४० बहुमत हुदैन अनि भोट कै पनि तथ्यांक हेर्ने हो भने ३७% पनि बहुमत हैन होला| निश्चित छ यो सिट त मत माओबादी को मात्र हो तसर्थ उ ठुलो पार्टी हो| तथ्यांक र भावना अलिक फरक हुन्छ जस्तो लाग्छ | मेरो लागि माओबादी नै बहुमत वाला पार्टी , यस बाहेक का अरु को अधिकार छैन देस चलाउन यी कुरा मेरो भावना भो| देस त संबिधान बाटै चल्छ हो यो परिवर्तन गर्न सकिन्छ यदि समयानुसार छैन भने | तर परिवर्तन नगरुनजेल यहि हो देस चलाउने माध्यम| अब म पनि तपाई को कुरा मा सहमत छु कि माओबादी बिना को सरकारले संबिधान बनाउन सक्दैन | अब सरकार बनाउन त माओबादी ले नै पहल गर्नु पर्ने को १३/१४ महिना अगाडी त उनी को नेत्रित्वोमा सरकार बनेको थियो | सबैले सहमति गरेका नै थिय| अब पनि सहमति को आधारमा सरकार बन्नु पर्छ होला| यसको प्रमुख भूमिका त माओबादी ले नै लिनु पर्छ शभाको ठुलो दल को नाता ले|

  5. प्रबुधा जी तपाई को पर्तिकिर्य को लागि मा धयेबाद वन्दचु, ३०१ जना सवासाद को मंजुरिनामा मात्रै नेपाली जनता को पर्तिनिधित्य गर्ने मापदण्ड हो भने मलाई लाग्दैन, अहिले को बिसिस्ट संग्कर्मकलिन अवस्था मा नेपाल को वर्तमान अन्तरिम संबिधान मात्रै पनि पर्याप्त होइन भने मलाई लाग्छ, तेसो त चुनाब हुदा समानुपातिक छाडेर कुरा गर्ने हो भने बहुमत कोमुनिस्ट पार्टी मावोबादी को हुदै हो पछि एअकता केन्द्र को सम्म जोड्दा त तेयो वन्द बढी नै हुन्छ, असारी बहुमत नेपाली जनता को पर्तिनिधितेयो यो सरकारले गरेको छैन अनि क कुरा घाम जस्तै प्रस्ट हो भने अहिले को मावोबादी इतर को कुनै पनि सरकार निर्माण भएछ भने पनि तेयो बहुमत नेपाली जनता को भोइस बोकेको नहुने घाम भन्दा पनि प्रस्ट छैन र ? कामरेड प्रबुधा जी?

  6. लोकतन्त्रमा न्यापालिका, व्यबस्थापिका र कार्यपालिका बीच एक अर्का ले गरेको निर्णय लाई निगरानी गर्नुनै लोकतन्त्रको राम्रो पाटो हो| जस्तै धमला केस लाई पनि सरकारबाट भयको गल्ति लाई राम्रो झापड दियको छ न्यापालिका बाट| यो सबै लोकतन्त्र को अभ्यास नै होला| श्री मान पौडेल को निर्णय ले माकुने सरकार लाई निकै राम्रो झापड दियको छ| आगे माकुने को निर्णय हेर्नु पर्ला?

  7. भुलसुधार मथिकोमा अलिक फेरबदल भएछ मुद्रा राक्छेसले गर्दा

    बधाई छ / शेखरजीलाई, धन्यबाद छ / सालोक्य जीलाई कानून देशमा छ भने सोहि बमोजिम कसैसंग पनि पैसा नलिई मुद्दा फिर्ता लिने र फैसला गर्नु पर्छ / यसो नभई पैसा लिई मुद्दा फिर्ता लिने र फैसला गरेमा दुवै कानून बिपरित हुन् / यस्तोमा संलग्न सबैलाई अदालतले उपयुक्त फैसला नगरे जनताले फैसला गर्ने दिन नजिकिदै छ / मर्नेबेलामा कमिलाको पनि प्वाँख उम्रिन्छ भनेको यस्तै हो जस्तो लाग्छ /
    कतिपय माथिका कमेन्ट हेर्दा त अक अर्कामा रिस्पोखे जस्तो छ लाग्छ किर्पया सम्पादकज्यूले पनि यस्मा ध्यान दिनु होला /
    यल. बि. थापा

  8. बधाई छ शेखरजीलाई, धन्यबाद छ सालोक्य जीलाई कानून देशमा छ भने सोहि बमोजिम कसैसंग पनि पैसा नलिई मुद्दा फिर्ता लिने र फैसला गर्नु दुवै कानून बिपरित हुन् यस्तोमा संलग्न सबैलाई अदालतले उपयुक्त फैसला नगरे जनताले फैसला गर्ने दिन नजिकिदै छ मर्नेबेलामा कमिलेको पनि प्वाँख उम्रिन्छ भनेको यसतै हो जस्तो लाग्छ .
    कतिपय माथिका कमेन्ट हेर्दा त रिसिबिले लेखे जस्तो पनि लाग्छ किर्पया सम्पादकज्यूले पनि विचार दिनु होला

  9. Nothing gonna happen.
    Neither Dhamala will go jail neither his case will be reopen.
    Only what we all have to understand is that we are Nepali,and our corrupted politicians,and our corrupted media .
    Just wait and watch the Dramma.
    If Sujata can be a DPM and Crimer Dhamala can be a superman of Nepal than what we can expect from our politicians???
    I am 100% sure until our some corrupted politicians won’t go to “pashupati Aryaghatt “there will be a hell situations for another 50 years.

  10. ऋषि धमला लाइ मात्र किन छाडे सबैलाई छाड्नु पर्यो नत्र कसैलाई काख र कसैलाई पख गर्नु भयन शेखरप्रसाद पौडेलको इजलास लाइ सोलुट गर्छु .

  11. मा. कु. ने. ले कुर्सिको लागि जे पनि गर्न सक्छ यसमा कुनै द्विविधा छैन.

  12. के को बिकल्प हो नि विकल्प नै छैन यो सरकार शंग योकठपुतली सरकारले देशलाई दल दलमा फसौदै छ जति सक्दो यसलाई लत ले हानेर नेपाली जनताले राष्ट्रिय सरकार बनाउन पहल गर्नु पर्छा

  13. कुनै पनि राजनीतिक नेताहरुले केहि लछारपाटो लगाऊदैनन नेपालमा कांग्रेसले १५ बर्षसम्म लुट्नु लुट्यो नेपाल र नेपाली जनताहरुलाई, माओबादीमा अलिकति आशा पलाएको थियो जनताको , माओबादी पनि चमत्कार गर्छु भनेर फलाक्दा-फलाक्दै, भ्यागुतोको उफ्राइमा कटुवालको कट्टु समाउन पुगेको भुईमानै झरेर लुटुपुटु गर्दैछ | एमालेको नौटंकीको त झन के कुरा गर्नु जो अपराधि छ तेसैलाई निर्दोष छ भन्दै झ्याली पिट्नु यीनिहरुको काम भए को छ | दोषीलाई निर्दोष अनि निर्दोषीलाई दोषी, बांगोलाई सिधा अनि सिधालाई बांगो……. फेरी कुर्लनछन विधिको सासन लागु गर्छौ!!!!!!! अनि काम्रेडहरु हो यस्तो चालाले भुत्रोको विधिको सासन लागु हुन्छ |

  14. अब माकुने लाए कोच्नु पर्छ जेल यस्तो अपराधीको मुद्दा फिर्ता लिने ………………………

  15. ऋषि धमला लाइ फासी दिनु पर्छा सथिहो, अब त अति भयो लोकतन्त्र मा.

  16. हाम्रा नेताहरुको चर्तिकला चाई जनता लाई उल्लू बनाई आफ्नो र आफन्त हरु को पेट भरनी मात्र भयो.अब चुनाब जितका नेता लाई फिरता बोलऊनी अधिकार जनता लाई दिनु पर्छा. अदालत को निर्णय अंतिम हुनु पर्छ धमाल जस्ता पत्रकार र सुजाता जस्ता नेता लाई जेल हाल्नु पर्छ. एक पटक मुद्दा लगाको बय्क्ति लाई चुनाब माँ भाग लीना दिनु हुदैना. घूसखोरी नेता हरुले नयपालिका बात चारित्रिक पर्मान्पत्र लियर मात्र चुनाब माँ भाग लीन पाउनी कानून बन्नू पर्छ.

  17. malai lagchha sarkarle dhamalalai feri mudda chalaune hoina baru kas kasko mudda firta linu pare ho sabaiko mudda firta gar6.

  18. चोर ऋषि धमला लाई थुन्नै पर्छ| नामर्द माकुने सक्छस भने ऋषि धमला जस्तो चोर, डाका , फटा , कुकुर , गधा, भाते , (गलिगर्ने शब्ध छैन) लाई फेरी जेल मा हालेर देखा | देशमा LAW AND REGULATION त हुनुपरो | ऋषि धमला जस्तो चोर लाई फेरी थुने देशमा CRIMINALS डराउथे की ?

  19. अब यो सरकारले के नै गर्न सक्छ र बरु टेन्सन साफ हुनेभयो भन्दै सबैको मुद्दा फिर्ता गर्ला | आखिर………………मा ऋषि जस्तै सिसीहरु मात्र त छन् |

  20. सरल उत्तर | आफ्नो कुर्सि जोगाउन सबै पापीहरुको मुद्दा फिर्ता लिन्छ | नैतिक विहिन येस्ता लंगडो, नपुंसक, तथा देश द्रोही माकुने गठबन्धन सरकार बाट अरु के नै अपेछ्या गर्न सकिन्छ र |

    सुमन मानन्धर
    (जापान)

  21. पत्रकार पतनको बाटो
    कसैलाई छुट कसैलाई जेल कसैलाई अपहरण कसैलाई वेपत्ता
    काँग्रेसमा गिरिजा ले कुजातालाई जो गरे
    त्यसले काँग्रेसमा भुइचालो गएको छ
    त्यस्तै पत्रकारमा पनि सुरुवातको संकेत हो ।
    नेपालका ठेकेदार (ठगदार) र पत्रकार भनेको एउटै हो
    देश सखाप पार्ने यिनै हुन

  22. मलाई आज अतितको सम्झना भयो
    कुरा हो २०४८ सालको । म निजामति कर्मचारी संगठनको सदस्य थिएँ । निजामति कर्मचारीका केही हक अधिकार र सुविधालाई लिएर आन्दोलन चलि रहेको थियो यही क्रममा म लगायत ८ जना साथीहरु हिरासतमा प¥यौं । तर प्रहरीले हाम्रो लागि पनि निजामति कर्मचारीले आन्दोलन गरिदिएका हुन् भन्ने कुरा प्रहरीहरुमा थियो । सरकारको आदेश पालना गर्दै कर्मचारी हिरासतमा लिईयो तर हामीहरु दिनभर वजार घुम्थ्यौं, नजीक घर हुने घरपनि पुग्थ्यौ । रात साँझ स–सम्मान जिल्ला प्रहरी कार्यालयको सभाकक्षमा आरामसाथ रात विताउथ्यौं ।
    कुरा के भने सरकारले आदेश दिदैमा सवै त्यस्तै हुन्छ र गरिन्छ भन्न सकिदैन । प्रहरीको नियत प्रति बढी भर पर्दछ । सरकारले छाड्दे भन्यो छोडीदियो, त्यस अपराधीको पिछा ग¥यो अलि पर पुगे पछि पुन अर्को आरोपमा गिरफ्तार ग¥यो यसै गरि गरि त्यस अपराधीलाई ठिक पार्न पनि त सक्छ नि ।
    सरकारले भनेको कुरा सवै हुदैन र नभनेको कुरा पनि हुन्छ । यस्ता उदाहरण धेरै छन् । सरकारले आले टाले गरेर अहिले जुन अवस्था छ त्यही अवस्था रहिरहन्छ । काग कराउदै गर्छ पिना सुक्दै गर्छ ।

  23. एउटा जनताले थुकेका हारुवा नपुसक व्यक्तिलाई प्रधान मन्त्रि बनाए पछी अरु के पो गर्लान ?
    माकुनेको त लाज सरम अनि इज्जत भनेको कुन चरीको नाम हो थाहा छैन / देशको अरु जटिल समस्या अनि मुद्दाहरु त छोडी दिनोस अब तेही धमाल अनि सुजाता कोइ मुद्दाले एक दिन प्रधान मन्त्रि को कुर्ची छोड्नु पर्छ / हे भगवान नेपाली जनताहरुलाई यी चोर हरुका चंगुल देखि मुक्ति दिलाउनु होस् /

    माकुने सरकार मुर्दाबाद /
    सुजत्ता कोइराला मुर्दाबाद /
    माकुने सरकार मुर्दाबाद /

  24. प्रम ज्यु तपाई ले किन पतन को बाटो रोजिरहनु भयको छ यो नेपाली जनताले बुझ्ने सकेका छैनन, माकुने जी इतिहासमा किन कालो अक्षर लेखिने सोच गरिरहनुभाको छ. यो भन्दा कति कुख्यात हुने विचार छ. हामीलाई शंका लागिरहेको छ. धमला को काण्ड मा कतै तपाइको पनि छ कि जस्तो लग्यो यदि हैन भने अदालत को निर्यण लै उल्टो बनायर किन एक अपराधी देशद्रोही अनि आतंकबादी धमाललाइ मात्र किन माफी ? अनि अदालत लाई किन अप्ठ्यारोमा पर्नु भयको होला? माकुने जी कतै तपाई लाई लागेको होला यसलाई माफी दिए भने अर्को चुनाब सम्म मेरो बारेमा अतिरंजीत तरिका ले समाचार लेखिदिन्छ अनि चुनाब जित्छु भन्ने लागेको होला. कठै बिचार माकुने जी तपाई को केहि लाग्ने वाला छैन अब तपाई को राजनीतिक दिन अस्ताए, बरु सक्छौ भने माकुने रास्ट्रपति मुद्धा फिर्ता लेउ अनि माओबादी लाई सहमति ल्याऊ अनि देश लाई निकाश देउ न. यसो गर्नुको सट्टा किन तपाई ध्यान अरु तिर लगाउनु भाको होला नि, देश लाई निकाश देउ माकुने जी देश लाई निकाश देउ अरु हैन देश लाई निकाश देउ. हैन भने तिमिलाई पनि धमाललाई सपोर्ट गरेको देखिन्छ अनि तिमीलाई पनि जेल कोचिन्छ ……………………. एक चोटी सोच माकुने देश लाई अनिर्णयको बन्दि किन बनाई राखेका छौ.

  25. यो सब माकुनेको दिन छोत्त्तिएको हो , मंगसिर महिना भित्र चट

  26. धमला भारतीय दलाल हो | तेस्लाई लाई सूद को दबाब मा छोडिएको हो| तेस्लाई फेरी जेल मा कोच्नु पर्छ |

  27. धमला र माकुने दुवै लै जेल मा कोच्नु पर्छ.

  28. जे मन लग्यो गर सुजाता यो सबै तेरो नाटक हो,,आउने चुनाब मा तेरो पार्टी कोइराला कम्पनी कांग्रेस ले कति भोट ल्यौचा ….तेती बेला थाहा पौनेछाउ ,माधव नेपाल को त के कुरा गर्नु रोबोट न पर्यो जता बटम चलायो उतै जान्छ ..
    सबै देश बिगारनी सुजाता को काम हो ..तेस्तो अपराधी लाई,,,,,,,,,नेपाल पुलिस तिमीहरु लाई धन्यबाद ,,,,धेरै धेरै ,,,,काम गर्दै जौ ….चोर नेता हरुले अपराधी लाई छोद्दाई जान्छ …..

  29. मेरो बिचारमा सबैलाई रिहा गरेर हरुवाहरुको माकुने सरकारलाई जाक्नुपर्चा |

  30. मलाइ क लाग्छा भने सरकारले बाकि रहेका कामरेड को पनि मुद्दा फिर्ता लिन्छ अनि अदालत बाट छोड्न नपाउदै नेपाल प्रहरी ले ति छोडिएका अपराधि हरुलाई नाटकीय रुपमा फेरी गिराफ्तार गर्छ | सरकारले भने को नेपाल प्रहरीले मान्ने भा ति बाकि लाई पनि सगोल को अपराधीले अमेरिका सयर गर्नु भन्दा पहिला नै छोड्ने थियो ! भन्न पनि लाज लाग्छ तर हाम्रो नेपालमा कानुनि राज नभई केवल निमुखा, गरिव अनि आफ्नो माथि कोइ नभएका लाई मात्रै हो कानून को मतियारमा जेल कोच्ने | ठुला लाई सधै चैन, साना लाई मात्रै ऐन हाम्रो असफल राष्ट्र नेपालमा !

    हुदा हुदा यो नकचरो सरकारले आफैले दाना पानि ख्वार राखेको नेपाल प्रहरी को भन्दा पत्रकार हरुको भनाइ लाई मान्यता दिने भो, थुक्क छ अनि धिक्कार छ यो लोभी निच हरुको बथान लाइ जसले सरकारको नाम को मुकुण्डो लगाका छन् |

  31. के गर्नी अद्दलातले त
    राम्रो काम गर्छ नि
    तर नेता हरुले गर्दा देश बिग्र्यो

  32. के हुनु र, धमलालाई बचाउन सबै लाई छोडी दिन्छन होला | धमला त हिन्दी फिल्म को गुन्डा जस्तै पो पोवेर्फुल रहेछा त है..बज्या त..

  33. धमलामात्र होइन, मन्त्रिमण्डलका सबै मन्त्रिहरुलाई खोरमा जाक्नुपर्छ | देशमा बम्ब पड्काएर जनता मार्ने र आतंक फैलाउने कुकुरहरुलाई सुँगुरको खोरमा जाक्नु पर्छ र खानामा, रशायण दिनु पर्छ |

  34. कुन चाही बिकल्प भन्दा पनि रिसी धमला दोसी होकिहैन भन्ने कुरा आउछ यदी उनि दोसी नभैकन हल्ला पक्कै पनि भयन यदी उनि दोसी हुदाहुदै पनि यसरी जनता सामु बिकल्प को बिस्कुन लगाई दिन्छ भने जनता ले यही सोच्ने छ कि? कि चाही समाचार प्रबाह गर्ने व्यक्ति मा खोट छ कि चाही माकुने को मिलेभागत छ

  35. एउटा जनताले थुकेका हारुवा नपुसक व्यक्तिलाई प्रधान मन्त्रि बनाए पछी अरु के पो गर्लान ?
    माकुनेको त लाज सरम अनि इज्जत भनेको कुन चरीको नाम हो थाहा छैन / देशको अरु जटिल समस्या अनि मुद्दाहरु त छोडी दिनोस अब तेही धमाल अनि सुजाता कोइ मुद्दाले एक दिन प्रधान मन्त्रि को कुर्ची छोड्नु पर्छ / हे भगवान नेपाली जनताहरुलाई यी चोर हरुका चंगुल देखि मुक्ति दिलाउनु होस् /

  36. जाक्नु पर्ने त सबै अभियुक्तलाई हो तर सबैले जानेको कुरा त्यो झन्झटमा पर्नु भन्दा सरकारले बाँकीको पनि मुद्दा फिर्ता लिने पक्का छ|

  37. मेरो विचारमा कसैको पनि मुद्दा फिर्ता नलिई मुद्दा जारी राख्‍नु पर्छ | तेस्को तात्पर्य येही होकी धमला जस्ता देश द्रोही हरुलाई जेल मा फिर्ता पठाएर मुद्दा चलाइनु पर्छ, अरु सबै सरह | देश मा कानुन नमान्ने मन्त्रि हरु लाइ पनि अब केहि गर्नु पर्ने बेला भैसकेको छ, मित्रहरु !

  38. माकुनेले के नै गर्ला र ? सबैलाई सुनपानीले छर्केर पवित्रम पवित्रम भन्छ अनि कुरोलाई एकातिर सिल्टाई दिन्छ नि | माकुने चानचुने नेता होइन है दुइ दुइ ठाउँ बाट नजितेको मन्त्रि पो हो त …त्यसै प्रधान मन्त्रि भाको हो र ? .यो कुरा नेपालीलाई चेतना भया भनेर हामी सबैले बुझिलिना जरुरि छ रे क्या ?

  39. अबसरबादी, बेइमान, अपराधीहरु ले परापुर्ब काल देखि नै मस्ती राज गरिरहेको देश नेपाल मा कहिल्यै न्याय को राज होला जस्तो लाग्दैन | दादा हरुले जे गर्छन टुलु टुलु हेरेर सहेर बस्नु बाहेक हामिले के नै गर्न सक्छौं र | ब्लग मा कमेन्ट लेखेर मात्र चित्त बुझाउनु परिरहेको छ | धिक्कार छ मलाई |

  40. धमलाको बारेमा छानबिन पुन नया तरिका बाट सुरु हुनु पर्छ | धमलामात्र होइन उसलाई निर्दोष भनेर फुकुवा गर्ने अन्य पत्रकारहरु माथि पनि कारबाही हुनु पर्छ | उनको यो केसमा किन धमलालाई मात्र निर्दोष भनियो र बाँकि अन्य को मुद्दा चलिरह्यो आदि कुराहरुको पनि दुधको दुध पानीको पानी छुत्यैनु पर्छ | माकुने सित उनीनै अमेरिका जानै पर्ने के कारण थियो होला र यी सब प्रपन्च हरु रचिए ति सबैको खोजि हुनु पर्छ |

  41. मा प्रसन्न छु यो खबरले! ऋषि धमला जस्ता अपराधीलाइ कस्टकर काराबासको प्रबन्ध सरकारले मिलाउनुनै पर्छ. सुजातालाइ पनि संगै जाक्दिये त झन सुन मा सुगन्ध हुने थियो !!!

  42. कानुन भनेको सबैलाई समान हुनु पर्दछ अनि गल्ति गर्ने कसैलाई पनि राज्य ले उम्किन दिनु हुँदैन चाहे त्यो जो सुकै होस् | कसले गल्ति गरेको छ छैन भन्ने कुरा राज्य को कानुनी निकायले निर्णय गर्ने कुरा हो नकी कुंनै पत्रकार टोलि ले | तसर्थ मेरो विचारमा कसैलाई पनि छाड्नु हुँदैन अनि यो बिषय लाई थप अनुसन्धान गरेर अरु को को दोषी छ , सबै बाहिर ल्याउनु पर्दछ |

  43. अहिले को यो माधव नेपाल को सरकार नै असैबधानिक हुदै हो यस्तो असिम्बधानिक र मजोरिटी नेपाली जनता को प्रतिनिधितव नगरेको सरकार नेपाल मा हुनु यो हामी नेपाली जनता को दुर्भाग्ये हो येस्तू सरकार ले अनि यो सरकार को प्रिमिन्स्टर ले गरेको सबै निर्णय हरु असिम्बधानिक त हुदै हि गलत पनि छ तेही कडी हो धमला को केश,एअउता कुरा मलाई अस्चार्ये लाग्छ यो सरकार लाइ गल्हातायेरा घोक्रे ठाक लगाउन ओप्पोजिशन पार्टी ले साहस किन नगरेको? नेपाली जनता ले अहिली को नेपाल को अप्पोजिशन पार्टी को खुट्टा दरो बने दिएको छ तेसैले अप्पोजिशन पार्टी ले खुटा नकमाई अहिले को गोवेर्मेंट लाइ बधारी दिने साहस गर्नु मात्रै नेपाल को पोलिटिकल निकास हुनु सक्छ

  44. साथी हो मैले सबैको प्रतिक्रिया पढे, माकुने सरकारले सबैको मुद्दा फिर्ता लिन्छ, भन्ने तर्क सहि लाग्यो.

  45. धमला लाई बचाउने मात्र हैन कट्टु नै फुकालेर दौडी वने पनि दौडिन छ माकुने …एउटई सर्त मा त्यो हो प्रधान मन्त्रि को कुर्सि न फुसकीयोस ! कति सम्म गिर्न सक्ने मान्छे हो यो माधव कुमार नेपाल भन्ने मान्छे !

  46. अदालतमा मुद्दा दर्ता भै सकेपछी फिर्ता गर्न मिल्दैन / न्याय दिने काम अदालतको हो / यस्तै रास्ट्रपति बिरुद्धको मुद्दा पनि सर्बोच्चोले चाडै निर्णय दिनु पर्यो /

  47. सबै भन्दा ठुलो गल्ती त मन्त्रीपरिषदको हो नि किन अपराधीहरूलाइ छुटकारा दिने निर्णय गरियो?
    धमाला चाही बहिरा!!!!!! विचारा!!!!! चोर र डाँका पत्रकारको नाममा अपराध गर्न ति मधेशीहरू चाँही खोरमा यो त भएनन त्यो पत्रकारको नाममा अपराधी क्रियाकलप गर्ने धमाला लाइ पनि जाग्दा राम्रो होला।

  48. खोर त खोर जनता बिनको खोर मा हाल्नु पर्छ यो म्कुनेलाई किन स्मरण शक्तिमा कमी भयो १ जनको धमाल को मुद्दा फिर्ता अरुको चाही नलिने कति मजाको दिमाग भयको प्रदान्म्न्त्री ज्यु जनताले के बन्ला भनेर पनि नसोच्ने मन्त्री गोबर गणेश …

  49. काठमाडौँ जिल्ला अदालतले माधव नेपालको सरकारलाई र्‍याक गरिदिएको छ। lol 😀

  50. मेरो बिचारमा त माकुनेले धमलाको मुद्धा “अ-कारण” फिर्ता लिएको हुनाले भृष्टाचारको अभियोगमा माकुनेलाई नै खोरमा जाक्नु पर्छ, अनि धमला लाई पनि।

    के गरोस्, माकुनेलाई सुदले हप्काएर कट्टुमै मुताईदियो होला। तर जनताले माकुनेले कट्टुमा मुतेको कारणले कम्प्रोमाईज गर्ने कुनै कारण छ त?

  51. अब माधब नेपाल ले गिरिजालाई राजा, सुजाता लाई प्रधानमन्त्री घोसना गरि आफु सहायक उपप्रधान मन्त्रि हुन बाँकि छ.

  52. चोर चोर मिलेर सप्पै सोर /
    सुजाता लाए होटल मा रक्सि पुराउने त दमिजा कसरि जेलमा हाल्ने?
    नेता को कमिसन मिलाउने त दमिजा कसरि जेलमा हाल्ने?

  53. अब माधब नेपाल ले गिरिजालाई राजा, सुजाता लाई प्रधानमन्त्री र आफु सहायक उपप्रधान मन्त्रि हुन बाँकि छ.

  54. लोक/प्रजातन्त्र को खोल ओडेका मुकुन्दोधारी बिदेसी दलालहरु धेरै अघि नान्गीयेकैथिए र लुगा त यिनीहरुको आंगमा थिएन नै तर अब नाङ्गो सरीरकोछाला पनि काटेर भित्रि अंग पनि देखाऊ किनभने तथाकथित गोप्य अंग त पहिल्यै देखाइसकेका छौ . कारण धेरै भैसके : भारतले बाँध थुनेर पश्चिम डुबायो तिमीहरु राहत बा ड्दै छौ , अर्को बर्सलाई फेरी राहत जोहो गरेर राख्छौ होला , झापा र इलाममा सिमा मिचेर घरै बनाइसकेको कुरा गृह मन्त्रालयको सिमा निरिछन टोलीको रिपोर्टमा पडियो, अब ति घर भत्काउने त परै जावस तिनीहरुको सुरक्षाको लागि गार्ड पठाउछौ होला नत्र फेरी प्रभु रिसाए भने सता खुस्किएला. धमला काण्ड पनि प्रभुकै चमत्कार को एक पाटो थियो होला तर धन्न अदालतले केहि गरेछ. कुनै कुनै न्याय मुर्तिहरु केहि न केहि त गर्दै रहेछन कतै कुरो नमिलेर पो हो कि ( माफ गर्नुहोला सबै हैनन ) . अब धमलाका धोति भित्र पसिसकेका तथाकथित कलाकोटे अर्ध श्रीमानहरु ले धमलालाई सिरमा राखी काखीमा पैसाको बिटो च्यापी पौडेल श्रीमान बिरुद्ध सर्बोचमा बहस गरेको सुन्न पनि पाइएला. सकभर माकुने ले राहत स्वरूप धमलालाई वकिल खर्च देलान . नाथे एकै तोक त हो नि . आपत परेका नागरिक लाई सहयोग गरि ऐतिहासिक बनिसकेका माकुने ज्यु कसो एक अर्को सुनौलो मौका नगुमाउनु होला , प्रचार प्रसारको जिम्मा पत्रकार साथीहरुको छदै छ त्यसमा पनि उनीहरुलाई धेरै पटक भोज पनि त खुवाएकै छनि/

  55. साथीहरु
    ऋषि धमलाको मात्र उसको सेल फोन को कुरो प्रमाण बनाएर उसलाई जेल पठायो भने गिरिजा-सुजाताको टनकपुर, धमिजा लाउडा, माधव नेपालको महाकाली आदि काण्डमा उनीहरुको सेल फोनको कुरा पनि बाहिर आउने छ भनेर धम्क्यायो कि क्या हो/

    पत्रकार समितिले निर्दोष भने भनिएको कुरा भित्रै रहस्य छ/ ऋषि धमला प्रकरणमा मात्र ऋषि धमला कार्येबाहिमा परेको थिएँ उसित अरु पनि थिए/ त मात्र ऋषि निर्दोस भनि प्रतिबेदन दिने कुन कुन पत्रकारको समिति थियो त्यो?

    माकुन-सुजाताले ऋषिलाई मात्र छोड्न खोजे, तव मधेसी फोरम ले आपति जनाए पछी मात्रै महातो लगाएत लाई छोड्ने भनेको बाटै त्यो पत्रकार समितिले निर्दोष भने भनेको एउटा नौटंकी थियो र भित्रि कुरो जनता लाई लुकाएको देखियेंर?

    रन बीर सेना भनिने जथ्था कट्टर जातिवादी जथ्थालाई भारतले पनि आतंककारी घोसना गरिएको छ/ एसको कुनै पनि मतियार हरु तसर्थ आतंककारिनै भएको स्पस्तई छ/ तापनि तेस्तो बिदेशी आताककारी जत्था सिट मतियारी गरेर नेपालमा अपराधको योजना समायोजन गर्ने व्यक्ति कुन आधारमा निर्दोष भनिए? के नेपालमा उनीहरुले गर्न लागेको अपराध माकुने-सुजाताको सरकारले बैधता दिन खोजेको हो?

    नेपालमा तराई बिखण्डनको माग गर्दै तराईमा अरुमुल्को नेपालीहरुलाई लुट्दै मार्दै गरेको अपराधिहरु जय कृस्ण गोयित र तेस्का अन्य मतियाहरु भारतमा प्रशये पाईरहेको र तेहीं बात नेपालमा आतंक मच्चाउने काम गराउंदै आएको सबैले थाहा पाएकै कुरो हो/ सुबोध महतले तिनै आतंककारिहरु भारतमा कहाँ बसिरहेको भनेर तिनीहरु बसेको घर को फोटो खिचेर सार्बजनिक गरिएको समाचार यसै mysansaar मा प्रकाशन मा आएको हामीले पढेकै हो/ कतै तिनै कारणले सुबोध महतलाई फसाउन खोजियेकोट होयिन? न भए तेसै प्रसंगमा समातिएको सुबोध पनि पत्रकारै थिए त उनि निर्दोष भनि प्रतिबेदन किन दिएँ उनीलाई चाहि जेल मात्र ऋषि लाई किन मुक्ति?

    अब नया प्रसंग जोडियो, त्यो अपार्धि समुहमा ऋषि जस्ता पत्रकार भनिएकाहरु सिट पत्रकार नभएका पनि रहेछ/ न्यायेधिसको बिबेकी आँखाले ययूतई अपराधमा कसैलाई मुक्ति कसैलाई सजाए दिन नमिल्ने भनेर माधव नेपालको लंगौती र सुजाताको पेटिकोट फुस्काई दिए/ नाङ्गो भए माधव सुजाता/

  56. लाज नभयको नेताहरु अब के गर्न खोजेको ह? सबैलाइ रेबिज लागेजस्तो छ|यो धमला लाइ त निर्दोष देखायौ अब बाकि को पनि मुद्दा फिर्ता लिनेमा म १००% बिस्वोसत छु यो पागालharu ले जे गर्दा पनि हुनेरहेछ नेपालको छबी नै बिगारिदिनी भयो|य जंगल पसेर थाकेका हरु तिमीहरुको चै आउदो plan के छ किन चुपचाप यो गर्छु तो गर्छु भन्ने तिमीहरुको राजनीतिक पनि देखियो| तिमीहरुको १ हप्प्ता को अल्तिमेतन ले के गर्छ र तिमीहरु सबै गल्लि मा भुक्ने भुसया कुकुर हरु हौ|यो सबै नाटक मात्र हो|

  57. साले सबै जना चोर नै चोर छन् ! पत्रकार हरुलाई मुद्दा फिर्ता लिएर रिहा गर्नु पर्छ अनि चोर मा कु ने र सुजाता लै भित्र कोच्नु पर्छ ! कि कसो त?

  58. मेरो विचारमा अब सरकारले सबैको मुद्दा फिर्ता लिन्छ | तर मुद्दा चलाउने पर्थ्यो भन्ने चाहना चाही नेपाली जनताको हो | मुद्दा परिसकेपछि अदालतको निर्णय आउनैपर्छ नत्र मुद्दा हाल्ने अनि पछि कुनै सम्झौता भएपछि मुद्दा फिर्ता लिने प्रक्रिया गलत हो | यसो भएमा अपराधीहरुले पैसाको बलले पनि सरकार र यसका निर्णयहरुलाई प्रभावमा पार्दछन् |

    नारायण अधिकारी
    अमेरिका |

  59. मेरो विचार मा त सरकार ले यो मात्र होइन, कुनै पनि मुद्धा कुनै पनि बहाना मा फिर्ता लिन नपाउने प्राबधान राखिनु पर्छ. को दोषी को निर्दोष भनेर छुट्याउने काम त अदालत को पो हो त.

  60. जवाफ सजिलो छ नी …. नपुंसक सरकार ले अब सबै को मुद्दा फिर्ता लिन्छ …… धमला लाइ छुने त हिम्मत नभएको सरकार ले अब फेरी त्यसलाई समातेर खोर भित्र जाक्छ भन्ने आस गर्नु त अब काठमाडौँ का जनता ले मेलम्ची को पनि खाना पाउनु भनेको जस्तै हो ….

  61. ऋषि धमला पनि पत्रकार हो र त्यो त पत्रकार को नाममा एउटा ठुलो कलंक हो साथि हो. हारेको प्रधानमन्त्री अनि हारेका दुइ जना उपप्रधानमन्त्री अनि पत्रकार को नाममा ब्वाँसो धमला ! मलाई लाग्छ अब देस गयो, डुब्यो, सकियो लौन माओबादी केहि गर अब !

  62. मा.कु .ने .जी लाइ लाज लागेपो,ऋषि धमला बाहेक नेपालमा राम्रा पत्रकार छैनन् कि के हो अभियुक्त पत्रकारलाई अमेरिकाma lageka /

  63. सरकारले कुन चाहिँ विकल्प अपनाउनु नि … सबै निकाली सक्यो अब एक जना त बाकी छ, त्यो एउटा निकाल्न कुन ठुलो कुरा हो र ! अब केहि दिनमै निस्किन्छ त्यो पनि ! अनि अदालत ले भनेको कुरा सरकार ले कहिले पो मानेको छ ?

  64. यो अरुको खुट्टामा उभिएको सरकार संग कुनै पानि कुराको आफैँले निर्णय गर्न सक्ने विबेकता भैदिएको भए आज मेरो संसारको यो ब्लगमा सरकार क्या अप्ठ्यारोमा !भन्ने शिर्षकको लेख पढ्न पर्नेनै थिएन……………।जहाँसम्म मुद्दाको कुरा छ यहाँ सरकार यानेकि मा.कु.ने भन्दा धमला निकै नै शक्तिशाली देखिन्छन(सर्बसाधारण जनता को नजरमा) फेरी आफ्नो कुर्सि पनि त जोगाउनु छ नि प्रधानमन्त्रीज्यु लाई कि कसो साथीहरु………………….???
    टोक्यो ।

  65. माकुनेले छोडिदिन्छ सबैलाई | सत्तामा बस्न जे गर्न पनि तयार छ माकुने र एमाले |

  66. येस्तै हो भने सबैको मुद्दा फिर्ता हुन्छ | कानै सन्चो, गरि खाओ |

  67. अब माकुने लाए कोच्नु पर्छ जेल ………….जे मन लाग्यो तही गर्न पैन्च…….हुन त सुजाता पुछार नै माकुने वाए पछि के नै गरोस त बीचारा

  68. अब आफ्नो इज्ज़त धान्नलाई उसले अरु अभियुक्तलाई पनि रिहा गर्छ नि!!!! कानून को नाङ्गो नाच नाचौनी देश मा अरु के नै हुन्छ र? धमला लै जाक्नु भन्दा त अरु लै पनि निकाल्नु उचित ठान्छ नि येस्ता मानसिकता भएका हरु ले!!!

  69. हाम्रो देसको ८०% पत्रकार हरु चोर छन्, पहिला त तिनीहरु लाइ जेलमा जाक्नु पर्छा, last वीक को घटना हो, नागरिक मा बाबुराम र हेसिला सबै भन्दा बढी भास्ताचार भनेर हेअडलैनेस मा आयको तर भित्र पढदा त मात्रिका ले भनेको रे. यस्ता खाले पत्रकार देसमा भयापाची देस माथि चै होइन तल जान्छ.

  70. अब माकुने ले सकुनी को चाल चल्ला नि कम्ति को छ त्यो माकुने!!!कति राम्रो हो ! अनुहार नपरे को !!!

  71. माकुने धमला र मदेशी पात्र हरु शाब चोर हुन् येस्ता को बारेमा कमेन्ट गरेर किन आफ्नो इज्जत down गर्ने यार. मन्त्रि पनिकास्तो हो पत्रकारको छानबिन रे…….. अनि धमला फ्री आनी आरु जेल मा. हासो लाग्दो त कुरा ke भन्दा प्रचण्ड कुकुर पनि त्यस्तै आफ्नै आदेश मा धमलालाई जेल jakcha आनी गलती भयोभने र chodidincha . थाहा थिए नारा धमला भारतीये दलाल हो भन्ने. saab चोर नै चोर हुन् यिएनिहरुले के ही गर्ने वाला छैनन्. सबै बेलैमा मसचेत

  72. धमला लाई जाक्नु पर्छ. कसै लै लाखा कसै लै पाखा गर्नु हुन्न अनि पत्रकारहरु गरे को गरेको छानबिनमा किन पत्रकार मात्र निर्दोष देखिएको? मनोज महतो भने पत्रकार नभय को कराण ले हो ?

  73. माकुने सरकार ले त्यो सबैको मुद्दा फिर्ता लिनेछा भन्ने कुरामा मा बिस्वोस्ता छु.
    धमलालाई मर्का पर्ने कुनै काम माकुनेले गर्ने छैन. पहिले त नसकेर मुद्दा फिर्तालियाको थियो अहिले त झन धमलाको ग्रान्ड मदर इन ल उप-प्रधानमन्त्री भाछिंन कसरि धमलाको मुद्दा पुन-दर्ता गर्ला, यदि धमलाको मुद्दा पुन:दर्ता भयमा यो प्रधान मन्त्रि र उप-प्रधान,पररास्ट्र मन्त्रिलाइ महा अभियोग लगायर कारबाही गर्नु पर्छा.
    लाज घिन र इज्जत भयका हरु भयापो ए भन्न हुन्थ्यो र. सबै हरुवा जनता बाट बहिस्कृत हरु छन् जे मन लाग्छा तेही गर्छा जता आफ्नो कुर्ची जोगिन्छा तेती ढोग्छन,
    थुक्क पाजी हरु.

  74. कट्टु नै फुकालेर दौडी रहेको सरकारले कुन बिकल्प अपनाउछ भन्ने ??
    उसले धमला लाइ पक्कै जेल हाल्न सक्दैन ,भने सबैलाई रिहा गर्छ |
    मतलब!! तुम भी चलो ,हम भी चले ,चल्ती रहे सरकार |

  75. अमेरिकामा पत्रकारहरुलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री माधवकुमार नेपालले पत्रकारहरुको टोलीले गरेको छानबिनमा निर्दोष देखिएकोले उनीहरुको मुद्दा फिर्ता लिएको बताएका थिए। =
    छानबिन गर्ने कम पत्रकार को हो कि अदालत को हो? एस को जबाब नपुसक माकुने संग छ?

  76. केसु लाई यो कुरो मन पर्यो.धमला लाई जाक्नु पर्छ.

Comments are closed.