लाशको पनि टाउको काट्ने पापीहरु

बाँचुञ्जेल त सुखले बस्न पाएनन्, पाएनन्, मरिसक्दा पनि सुख दिएनन् पापीहरुले। जब मानिस पैसाको मात लागेर अन्धो बन्छ, तब के गर्न हुने, के नगर्ने सब बन्धन हराउँछ। अब हेर्नुस् न धादिङमा, के त्यो कुनै सभ्य समाजले सोच्ने चिज हो ?

धादिङको जोगिमारा गाविसको वडा नम्बर १ मा पर्छ हुग्दी खोला। त्यसैको दोभानमा गाडिन्छन् जोगिमाराका चेपाङ र दलित जातिका शव। केही दिनअघि त्यहाँ गाडिएका लाशलाई निकालेर टाउको काटेर बाँकी शरीर त्यतिकै अलपत्र छाडेर गएछन् कुन पापीहरुले।

एउटा लाश एक हप्तामात्रै अघि गाडिएको रहेछ। अरु लाश भने पहिले नै गाडिएकाहरु।

टाउको मात्र काटेर शरीरका बाँकी भाग यत्तिकै छाडेर गएपछि डुङडुङ्ती गनाएपछि गाविसले हजार रुपैयाँ दिएर फेरि गाड्न लगाएछ शवलाई।

अब त्यहाँ बस्नेहरु डराइरहेका छन्- मरेकाको त टाउको बाँकी नराख्‍नेले जिउँदोलाई के गर्लान् भन्दै।

हिरोइन, अफिम जस्ता अवैध नशालु पदार्थ बनाउन, तन्त्रमन्त्र गर्न मानव खप्पर महँगो मोलमा बिक्री हुन्छन्। त्यसैले तस्करहरुले टाउको काटेर लगेको हुनसक्ने शंका छ।

जब मानिसमा डर हुन्न, तब यस्ता कल्पनै गर्न नसकिने अपराध पनि समाजमा देखा पर्छन्। यो त्यसैको एउटा नमूना हो।

42 Comments

  1. नेपालमा घट्ने राम्रा समाचार पनि सुनौं न हो। कति यस्ता यस्ता समाचार मात्र पढ्ने सुन्ने। दिक्क लागीसक्यो। बुद्धको फेरि जन्म होस् नेपालमा चाँडै।

  2. यो सबै गरिबीको करण हो भन्छु म त अब मान्छेले बाच्नै कै लागि यो सब गर्नु पर्छ आफ्नो ज्यान तरवारको धार मा राखेर अझ हामी नेपाल र नेपाली को दुर्दशा र माहोलमा त………..

  3. वास्तवमा पैसा भन्ने चिज नै मानब जाति को ठुलो सत्रु हो!! पैसा को लागि के नै गर्न बाकी राखेका छन् र मानब जति ले?

  4. तेसरी नै गिरिजा कुजता ऋषि धमला शम्भु तामांग माकुने धोली barachande जस्ता को टाउको काटेको भए गुड news हुन सक्थ्यो तर अफसोच त्यो दिन कहिले पनि औला जस्तो लागेन

  5. कुन दिन देखि “बिस्वकै सबै भन्दा जंगली मानिस बस्ने देश” भनेर नेपालको नामपनि बिस्वमा प्रसिद्ध हुन्छ |

  6. येस्ता किसिमका क्रियाकलाप्लाई येथासक्य रोक्न प्रयाश गर्नु हामी हरुको कर्तब्य हो

  7. है न यो मरेको मान्छेले त सुख पायन अब बाचेको के हाल हुने हो|

  8. हैन हो ! के के सुन्नु परेको होउ भन्या डर पो लाग्नु थाल्यो त ! यहाँ मलाई भने कहिले नेपाल पुग्ने होला जस्तो भाको बेलामा नेपालनै बिर्सनु पर्ने हो कि क्या हो ! tut……!!!!!!!!!!

  9. टाउको तस्करहरुलाई समाएर जेलमा थुन्न प्रहरी हरु को कडा पहल र निगरानी हुनु पर्यो तत्काल |

  10. तन्त्र मन्त्र,गर्न लाई होस् या लागु औषधीको प्रयोग को लागि होस् त्यो मुर्दा को टाउको काटेर लाने पापि हरुले पक्का पनि धादिङ् बाट राजधानि नै लगे होला किन कि बिदेश पुर्याउने नाका नै राजधानि हो तर त्यो भन्दा पनि मुख्य नाका पर्यो थानकोट, लाखौं रुपयां भेटि चढाएर त्यहां दरबन्दी पाएका प्रहरि हरु को मिलिमतोमा खप्पर तस्कर हरु ले त्यहां बाट सजिलै पार गर्न कुनै ठुलो कुरो होइन। होईन भने सर्व साधरण मानिश हरु को झोला खोतालेर अनावश्यक दु:ख दिन जान्ने हरुले के तिनि हरुको बोरा र झोला जांचे उनि हरु पकडाउ मा पर्ने थिएनन र?अनि नेपाल को कानुन ले तिनि हरु लाई कडा भन्दा कडा सजाय दिएमा अर्को पल्ट फेरि त्यो अपराध गर्नको लागि हिचकिचाउने त थियो। जब सम्म प्रशासन र तस्कर को मित्रता रहि रहन्छ तब सम्म ति चिहान का निर्दोश मुर्दा शरिर हरु को टाउको यसरि नै हराई रहन्छ धादिङ् मा मात्र होइन नेपाल अधिराज्य भरि बाट चिहान खनेर मुर्दा को टाउको काटेर लगेको समाचार त हामिले बर्सौ देखि सुनेर आएका छौं।चोर डांका को डर ले हामिहरुले आफ्नो टोल को छर-छिमेकि को समुह् बनाएर टोल-टोल मा रात भरि पहरा दिने गर्छौ अब त यस्तो समाचार पनि आउला भन्न सकिन्न कि सबै मिलेर चिहान र घाट को पनि पालो पालो संग पहरा दियो रे?

  11. अब नेपाल मा राम्रो सग बाच्न पनि गर्रो पर्ने भयो है ((राम राम राम ))

  12. अब केहि बाँकी छैन मान्छेले बेच्न र खान………….सुन्न पनि गार्हो छ, गर्न कसरि सकेको होला………धिक्कार छ तिनीहरुलाई

  13. साथीहरु,
    गाडी सकेको लास उघारी हेर्नु पनि पाप मान्ने हामि नेपालीको काम होयिन त्यो
    सिमा पारि तर थुप्रै छन् तेस्तो, लासको हाड खोर खप्पर को मोल तोकी बेच्ने/
    पारीको छिमेकि नराम्रो तेसमाठी खापा पनि नभएको ह्वांग खुलेको ढोका हाम्रो
    उस्तै आउँछ तेस्तै गर्छ, हाम्रै चोर्छ, तेरै हो तँ पनि खा भनि समोशा ख्वाउँछ, नेता दंग
    खापात राख्नु पर्यो छोरा छोरी भन्छ, नेताको ठुल्दायी पारि बस्छ हुन्न भन्छ/
    के गरूँ, जब सम्म येस्ता नेताहरुको सहि बिकल्प हामीले खोजेर रोज्न सक्दैन लासको खप्पर मात्रै के, हाम्रो जिउँदो शरीरको अंग अंग पनि उनीहरुले काटेर बेच्छ/

  14. उफ..फ..फ..फ……….. के हुन् लाग्यो यस्तो ? पैसाको लागि के मात्रै गर्न सक्या मान्छेले यस्तो |

  15. राम राम राम !!! जिउदो छउन्जेल सुख न पाउने मानीस अब मरे पछी पनि सुख न पाउने भो!!! मान्छेको मतिभ्रष्ट नै भएकोले यो घिन लाग्दो कार्य गर्न सकेको हो !

  16. कस्तो समाचार सुन्न पर्नी यो फुटेको कान ले

  17. यो ता अति नै भयो मान्छे हरु रक्ष्याश भय पछि मान्छे देखि नै मान्छे डराउनु पर्ने भयो !!! हरे दैब मान्छेलाइ सुबुद्दी देऊ प्रभु !!!

  18. मान्छेको नै मतिभ्रष्ट भएपछि कसको के लाग्छ र!!!

  19. हेत्तेरिका यो के हुदै छ नेपाल मा?अब हुदा हुदा यस्तो दिन पनि देख्नु सुन्नु पर्ने भयो होइन?त्यो टाउको काट्ने लाइ त्यै मान्छे को भुत ले खयपानी हुने नि.

Comments are closed.