तपाईँले अहिलेसम्म नदेख्‍नुभएको स्वयम्भू


यो फोटो त तपाईँले धेरै पटक धेरै ठाउँमा देख्‍नुभएको होला। हजुर, यो काठमाडौँमा रहेको विश्व सम्पदा सूचिमा सूचिकृत स्वयम्भू स्तुप हो। तर अहिले स्वयम्भू यस्तो छैन। आउनुस्, हामी तपाईँलाई देखाउँदै छौँ, तपाईँले अहिलेसम्म नदेख्‍नुभएको स्वयम्भूको रुप। हेर्न भित्र आउनुस्।

स्वयम्भू त अहिले यस्तो पो देखिन्छ त हेर्नुस्-

कति उराठलाग्दो देखिन्छ हैन त ? अझ तपाईँले स्वयम्भूको आँखा याद गर्नु भो ? छैन त आँखा। सँधै स्वयम्भूमा जाँदा म त्यो आँखा हेरेर शान्तिको महसूस गर्थेँ। तर अहिले त आँखा नै रहेनछ। अहिले त यस्तो पो देखिन्छ-

सानोमा हामी कवितामा पढ्ने गर्थ्यौँ- स्वयम्भूका दुई आँखाले न्याय अन्याय छुट्याइ हेर्छ। तर अहो, यो अन्याय र अराजकता बढेको बेलामा कहाँ गए ती न्याय अन्याय छुट्याउने आँखा ?

तर धन्दा नमान्नुस्, यो अस्थायी परिवर्तन हो। अहिले त्यहाँ पुननिर्माण भइरहेको छ। अलि लम्बिएको मात्रै हो। सुनिन्छ त्यहाँ अब सुनले मोड्ने तयारी भइरहेको छ रे। आँखामात्र हैन त्यहाँभन्दा माथिका मूर्तिहरु पनि अहिले छैनन्। साँच्चै भनेको, अहिले यो रुपमा स्वयम्भू त साह्रै खल्लो देखिने रहेछ। थप फोटोहरु तल भिडियोमा क्लिक गरी हेर्नुस्-

47 Comments

  1. जे होस् नया comments system राम्रो लाग्यो/ प्रमेय जी यो धेरै नै राम्रो सुधार हो /

  2. नया सुधार सहित को my संसार राम्रो लाग्यो

  3. नया अनुहार त ठिकै लागो तर कमेंट्स नहुदा बेठिक लागो | अरु त ठिकै छ |बेला बेला लिप पोत त गर्नु पर्छ |

  4. नया अनुहार माइसंसारको दामी लग्यो माई त 🙂

  5. katai marmatko namma chori ta hune hoina? sarai dar lagchha malai ta nepal ma yasta kam dherai hunchhan. je hos ke garne aphno bas ko kuro bhaena, ki kaso

  6. के नै भयो होला भनेर हतार हतार शब्दहरु पढेँ । तस्वीरहरु हेरेँ । केही न केही । एक छिनको लागि गरगहना खोलेर बसेकी बेहुली जस्ती स्वयम्भू ।

  7. पुननि्र्माण गर्नु लागेको रहेछन खुशी लाग्यो

  8. बेला बेलामा मर्मत सम्भार को कार्य गरेता पनि पुरानो स्वोरुप लाई बिगार्ने काम नहोस / कतै मर्मत सम्भारको नाममा यस्ता देसका संरचना हराउदै जानेहो भने एक दिन नेपाल पनि कहाँ छ भनेर खोज्नु पर्ने दिन नआउला भन्न सकिदैन तेसैले यस्ता संरचना जोगाउनै पर्छा ……….

  9. स्वयम्भूको दर्सन गर्न पाई मनै आनन्द भयो. तपाईलाइ धन्यवाद.
    यसरीनै कुनै दिन बलाजुपारी धर्मस्थली मा रहनुभएको महान्कालिमाइको मन्दिर अनि वरिपरी को भिउको दर्शन गराई दिनु हुन्च कि भन्ने आशा राख्दछु.
    ओम: नम: शिवाय:

  10. पुनर्निमाण ले पुरानो स्वोरुप लाइ बिगार्ने काम नहोस. समय समय मा मर्मत सम्भार को कार्य जारी नै रहोस!
    जय नेपाल

  11. स्वयेम्भु नाथ को आँखा नहुदा त एकदमै खल्लो देख्ने रहेछ| मलाई यो स्वोयेम्भु नाथ को आँखा देखेर एउटा गजब को लेख याद आयो| तपाई हरु कसै लाई थाहा छ यो आँखा बारे? यो आँखा को बारे अनुसन्धान गर्नु भएको छ एक जना रुसी बैज्ञानिक ले| वहा को नाम हो “Ernest Muldashev” |वहा ले एस सम्बन्ध एउटा किताब पनि लेख्नु भा छ| वहा आफै पनि आँखा चिकित्सक हुनुहुन्छ| यो आँखा भित्र ठुलो रहस्य लुकेको वहा दाबी गर्नु हुन्छ| येदि कोहि नेपालीलाई एस बारे थाहा भए माई संसार मा लेख्नु होला|

  12. You are the lucky one Swayembhunath that you have no eyes and you are not obliged to see the breaked नेपाल. Afterall all we Nepalese are teared on the broken situation of nation. Save the Nation!!!!!!!!!!!!!!!!!!

  13. देशनै भिडन्त तिर उन्मुख छ शान्तिको प्रतिक के कुरा गर्नु र खोइ ? नेपालका नेतालाहरु सबै खोइ के खोइ के भन्या जस्ता छन् !

  14. हुदैन हुदैन यो सुनको के राख्ने भन्ने बारे अब मन्दिरमा चप्पल नि हराउने ठाउँमा यो सुन त कोत्त्याई कोत्त्याई सिद्ध्याई हाल्छन नि डाकाहरुले, मर्मत गर्नु चाहि नराम्रो काम होइन है सबैले प्रसंसा र सहयोग गर्ने पर्छ है

  15. धन्न धन्न एक छिन त डर नै लाग्यो…. कसैले वास्ता गरेन भनेर….

  16. स्वयम्भुको दुई आँखाले न्याय अन्याय छुट्याइ हेर्छ ।

  17. जहाँ छैनन बुद्ध का आँखा हाहा…… नेपाल को बिजोग हेर्न नपरोस वनेर आँखा हटाएको होला…ठिकै गरेको जस्तो लग्यो मलाई त….

  18. खुसि लाग्यो स्वयम्भूको पुननिर्माण हुन् लागेको समाचार सुन्दा. जुन निकायले पहल गरेर यो राम्रो कामको सुरुवात गर्यो त्यसलाई पनि धन्यवाद छ.

  19. अ सचिकै उराठ लागदो पो देखिदो रहीछ आँखा हरु नभयपछी त अब कती बर्ष लागने होला एस्को मर्मत गर्नलाई ।

  20. होइन पुन निर्माण गर्न लागेको भनेर भनि सके पछी फेरी के को कचकच होला हाम्रा दाजुभाई दिदि बहिनीहरुलाई/ अब नेपाल को काम ५/१० महिना त लागि हाल्छ नि/ नेपालमा कुन काम समय मा नै हुन्छ र?

  21. “स्वयम्भुको दुइटा आखाले न्याय अन्याय छुट्याई हेर्छ/” अब आखानै भात्कौना लागेको होकी क्या हो पापीहरुले स्वयम्भूको …………………../

  22. Tapai lai samachar sankalan garnai audaina raicha…
    aare yar construction huda pani yesto usto bhanne?
    teti nabhye feri chattai kurup dekhine dar huncha ni hau.

    aba naya akha haley pachi Nepal ma santi aucha hajur…

  23. अब यो सुनले मोड्ने काम मा कतिले कमाउने होला

  24. पुनर्निमाण ले पुरानो स्वोरुप लाइ बिगार्ने काम नहोस. समय समय मा मर्मत सम्भार को कार्य जारी नै रहोस!
    जय नेपाल

  25. देशमा शान्ति हराए पछी बुद्धका आँखा पनि हराए छन् / यसको लागि को जिमेबार?

  26. लौ अब स्वयम्भु ले पनि मास्क lagayecha फ्लु बाट bachna

Comments are closed.