मुठभेड त सुरु भइहाल्यो नि :(

माओवादीले आन्दोलनका कार्यक्रमले मुठभेड निम्तिएला भनेर शंका गर्नु परेन। किनभने मुठभेड त सुरु भइसक्यो। मात्राको कमि न हो। हिजो आन्दोलनका कार्यक्रम घोषणा हुँदै गर्दा नारायणगढमा माओवादी र काँग्रेसका कार्यकर्ताहरुबीच मुठभेड भयो। आजको पत्रपत्रिकामा आएका समाचार अनुसार माओवादी कार्यकर्ताहरुले शेरबहादुर देउवा र गगन थापालाई खोजी खोजी आक्रमणको प्रयास गरे। नेतालाई त केही भएन, केही कार्यकर्ताहरु घाइते भए। देउवाको गाडीको सिसा फुट्यो। गगन थापा एक जना साथीको घरमा लुकेर भित्रबाट ढोका लगाएकाले बचे।

माओवादीले अहिलेसम्म मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई मात्र कालो झण्डा देखाएर विरोध गर्दै आएका थिए। चितवनमा सिंचाइमन्त्री बालकृष्ण खाँडलाई कालो झण्डा देखाउन नपाएर मात्रै देउवा र थापालाई आक्रमणको तारो बनाइएको हैन होला। यो मुठभेड कै नियत देखिन्छ। नत्र किन देउवा ? किन गगन थापा ? अनि त्यसको प्रतिक्रियामा आज ती नेताहरुबाट आएका मुखका बोली पनि मुठभेड निम्त्याउने नै छन्। देउवाले भनेका छन्- काँग्रेस पनि अब प्रतिकारमा उत्रन्छ।

आक्रमणको तारो बनेका सिँचाइ मन्त्री बालकृष्ण खाँणले आज भनेका छन्- अति भयो, अब शान्ति सुरक्षामा सरकार कडाइका साथ प्रस्तुत हुन्छ।

उता, सरकारमा सहभागी नभए पनि सरकारको प्रमुख सहयोगी एमाले नेता केपी ओलीले हिजो कास्कीमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै भनेछन्, माओवादी आइलागे जाइलाग्नुस्। परेको म बेहोर्छु। प्रतिकारबाट हुने क्षतिको जिम्मा म लिन्छु भनेर उनले भनेछन्।

सरकार सहमति नहुने भयो अब बजेट कसरी पास गर्ने भन्ने रणनीतितर्फ लागिसकेको छ।

यता माओवादीहरु आन्दोलन चर्काउन कार्यकर्ताहरुलाई प्रशिक्षण दिइरहेका छन्। अब चार दिनपछि उनीहरुले दिएको अल्टिमेटम सकिँदैछ। त्यसपछि झन् मुठभेड कै स‍ंभावना हो। आजका माओवादी पत्रपत्रिकाहरु हेर्दा त्यस्तै देखिन्छ। जनदिशा दैनिकले हवाई नाकाबन्दीलाई प्रमुख रुपमा उल्लेख गरेको छ। कात्तिक २४ गतेको उपत्यका नाकाबन्दी कार्यक्रममा काठमाडौँ भित्रिने स्थलमार्ग बाहेक हवाई मार्गमा पनि नाकाबन्दी गरिने रे। विमानस्थलमा कुनै पनि हेलिकप्टर, विमान उड्न, अवतरण गर्न नदिने रे।

आजसम्म भएका कुनै पनि आन्दोलनमा हवाई बन्द गरिएको थिएन। ज्ञानेन्द्रले कू गर्दा मात्रै एक पटक राति विमानस्थल बन्द गरिएको थियो। विमानस्थल पक्कै पनि संवेदनशील क्षेत्र हो। त्यहाँ कसरी माओवादी कार्यकर्ताहरु भित्र छिरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरुलाई बन्द गराउलान् त ? मुठभेडबिना यो संभव हुन्न।

अझै पनि नेताहरु आ-आफ्नै अडानमा, आफ्नै स्वार्थमा लिप्त रहे भने आउँदा केही दिनहरु नेपालका लागि ज्यादै कठिन हुनेछन्। यसले नेताहरुलाई हैन, हामी नेपालभित्र बस्ने सर्वसाधारणलाई दुःख दिनेछ, हामीलाई पीडा हुनेछ।

202 Comments

  1. नेपालीहरुले एक दिन राजनीतिका गफ गर्न पाएनन भने यिनीहरुले खाएको पनि पच्दैन होला शायद!!! देस त्यसै बिग्रेको हो र!! सबैले खुरुक्क आ आफ्नो काम गरेर बस्नु नि!!!

  2. haruwa harule des chalauna k shakchan r ? oli makuna girija ramchandra shere + suud thoese are very very harmful for our country anyway we shoud kill or shoot them

  3. विमानस्थलभित्र प्रवेश निषेधसम्म गर्नु सामान्य कुरा हो । तर जहाजहरूनै चल्न नदिने, कसरी गर्दा हुन् ? योचाहिँ खुलदुलीकै विषय हो । साँच्चिकै यसका लागि त ठूलै मुठभेड हुनेजस्तो देखिन्छ ।

    अस्तित्वहीन यात्रामा लाग्नुभन्दा दु:ख खपेरैपनि आफ्नो अस्तित्व रक्षाका लागि लड्नुपर्छ ।

    • पुस्पजी
      सजिलो छ/ म ३० बर्स त्याहाँ काम गरेको/ माओबादी कर्मचारीहरु प्राबिधिक छेत्रमा धेरै छन्/ जहाज उड्न योग्य छ भनेर सिफारिस प्राबिधिक कर्मचारिलेनै गर्ने/ अनि ……

  4. Go ahead Maoist, make it your day! You gotta win this game this time and correct what were mistaken. The New-Nepal awaits you and will welcome you. And one more thing… don't leave those corrupted bastards alone, they need to be punished in-front of all of us.

  5. आज सम्म आन्दोलनले खराब ज्ञानेन्द्र को प्रतिस्थापन चोरेंद्र, ठगेन्द्र मात्रै बात भएको पाए/ तसर्थ अबको यो आन्दोलन पनि तेस्तैको निमित हो भने अर्को आन्दोलन जनताले उनीहरुको अन्तेस्तिको लागि गर्ने छन्/

  6. माओबादी हरु सम्बिधान बनाउन चाहदैनन भन्ने प्रस्ट छ

  7. अहिले देशको हाल बेहाल छ, संसद चलेको छैन, माओबादीले आन्दोलनको सुरुवात गरेका छन् | अनि अरु दलहरु प्रतिकारमा उत्रिने भनेर भनेका छन्|

    रक्षामन्त्री बाट शान्ति सम्जौताको संसोधन (खारेजी )को माग, प्रधानमन्त्री र अरु मन्त्रिहरुबाट संसदमा मार्शल लगाएर संसद चलाउने|

    नारायणमान बिजुक्छे, रामसरण महत बाट खुलम खुल्ला रास्ट्रपति शासन लागु गर्नु पर्ने माग (एमरजेंनसी लगाउने)|

    यो सबै घटना क्रमले हाम्रो देश एउटा नराम्रो समय बाट गुज्रिदै, भयंकर दुर्घटना तिरी मोडिदै छ जस्तो लाग्छ| यो समय हामीले देशलाई दुर्घटनाबाट जोगाउनु पर्छ | संसदको ढोका खोलि तेहा सम्बाद गर्नु पर्छ , सबैले लचकता देखाउनु पर्छ, नत्र भने भाबी पिडीको लागि नेपाल अहिलेको अफगानिस्थान, इराक , सुडान, सोमाल्लिया जस्तो हुन् जान्छ |

  8. सरकार चलाउन नसक्ने भए पछी सरकार छोडेर प्रतिपक्ष्य भएर बसे अब सरकार चलाउन नसके पनि आन्दोलन चै मज्जा ले चलाउन सकिन्छ ..अरुलाई डर धम्कि दिएर…भन्ने सोचेर फेरी आन्दोलन मा उत्रिएका होलान… अनि नेपाली जनता सधै भरि येही आन्दोलन सहेर बस्ने बानि परिसकेको छ क्या रे…तिनीहरु को आन्दोलन मा पनि साथ दिहाल्छन..डर धम्कि ले गर्दा …अनि आन्दोलन सफल हुन्छ …अनि फेरी माओबादी सरकार मा जान्छ…अनि फेरी चलाउन सक्दैन ..केहि कुरा मिल्दैन फेरी अर्को पार्टी सरकार मा जान्छ ….यो क्रम भैरहन्छ …अनि सबिधान चै कहिले लेख्ने होला त.. माओबादी ले हाम्रो मुख्य माग नै नया संबिधान बनाउने हो भन्छन …अनि यिनी हरु ले नै संबिधान बनाउन अड्को थपिरहेका छन्… के भैरहेछ साथीहरु ..मलाई बुझाउनु त…..

  9. कुरा बुज्दा अब माओबादी र अन्यका बिच वार कि पार को वारदात होला जस्तो छ, जुन बर्तमानका लागि नराम्रो भए नि, जसले जीते पनि शान्ति चाहने जनताका लागि राम्रै होला, सधै को किच किच भन्दा

  10. मावो बाढी जति सबै जंगल पसे हुन्छ किन सबै लाई आतंक फैलाउने तर्साउने अनि सत्ता पनि बस्न पर्ने

  11. नया नेपालमा पुरानो नेता हरुले k गर्ने ! नया नेपाल मा नयानै नेताहरु चाइयोनी होइन र !

  12. haruwa harulai taha lagayera chodna parchha sala chor haru so go ahead Maoist must do something i strongly support you

  13. janata ko kaslai pani matlab chaina sub lai sarkar chalayera ghus khanu ra ghar banoune matra cha janata ta khali khlaouna matra banako cha

  14. It's very importaint to go through another revolt in nepal by this time, need to sweep all the bloody brokers n foreign agents.

    I heartly support to this aandolan. Go a head Moist good luck !!!!!

  15. B)

    congress & uml ko govt pani dekhiyo – aba khurukka janata lai dherai dukha nadiney hoo bhaney sarkar chad diya bhai goni.

  16. यो आन्दोलन कुनैपनि हालतमा रोकिनुहुन्दैन, हेर्दै जाउ आन्दोलन बिरोधि साथीहरु ई तिम्रा नेता भानौन्दा नेपालको गरिबीलाई मागिखाने भाँडो बनाएका चोर, भ्रष्ट,कटपुतली, हरुवा,नेपालका धमिराहरु अब कुन दुलोमा पस्छन / माईसंसारमा थें थें गर्नु भन्दा समाए पर्ख र हेर/ माओबादी के हो भन्ने तिमीहरुलाई अझ थाह रहेन६ /

  17. काठमाडौंका गुण्डाहरु त सबै नै रु पच्चिस तिरेर माओवादी भाईसके । तेसैले अहिले काठमाडौं लगाएतका शहर र अन्य गाउमा गुण्डाहरु छैनन । अहिले जता ततै माओवादी छन । गुण्डाराज छैन । माओवादीराज छ । तरवार बोकेर बालुवाखानी र ढुङ्गाखानि सन्चालन गर्ने र थेकेदारको समुह पनि अहिले माओवादी भइसके । तेसैले कतैपनी गुण्डा छैनन । छन त केवल माओवादी छन । यही आजको सत्य हो । यस्तोमा जति नै लामो आन्दोलन गरे पनि सफल त भैहल्छा नि यिनीहरुका साथ पाएपछि / आज आन्दोलन सफल भयो भने भोलि भन्सारबाट टन का टन सुन छुटाउन, जति सुकै गरिव भए पनि उसको बालुवाको डाडा खन्न एउटा ठेकेदारलाइ पुरै प्रशाशनले साथ दिने आश्वाशन दिएपछि आन्दोलन त सफल भैहल्छा नि / यो कुरा ति आन्दोलन मा हिड्ने र साथ दिने कार्यकर्ताहरुलाई चै थाहा हुदैनन है / यो तो माथिल्लो स्तरका नेताहरुका आन्तरिक सल्लाहा हो / आन्दोलनको लागि बामदेव पनि लाग्छन किनकि उनलाई अब बन्ने सरकारमा उपप्रधानमन्त्री बनाइने कुरा राखिएको छ / भित्र भित्रै गोविन्दराज जोशी, खुम बहादुर खड्काको पनि साथ मागिएको होला किन कि उनीहरुले कांग्रेसभित्र बिद्रोह गर्छन / जो जो सुजाताको बिरोधि छन्, जोजो माधव नेपालको बिरोधि छन, सबैलाई माओबादीको सरकार आएपछि कुनै न कुनै रुपमा उत्कृष्ट पद दिने योजना होला नि / गच्छदारलाइ हटाएर यादवलाइ साथ लिने योजना होला चाहे उनले मधेस फुटाउने कुरा नै किन नगरुन / अहिलेको राष्ट्रपति नित्तान्त nepalbadi हुन् किनकि उनले मधेस फुटाउने कुरामा कहिले साथ दिएनन / आफ्नै जातका समुहलाई पनि नेपाल फुटाउने कुरामा सहमत भएनन / तेसैले उनलाई पनि माओबादीको सरकार आएपछि कारबाही गर्ने योजना होला / तेसैले कोहि त तेस्तो मान्छे होला कि जसलाई नेपालको राष्ट्रपति बन्ने ठुलो धोको छ, चाहे अहिलेको सरकार bhandaa पनि laachaar नै किन नहोस /
    अब हुने आन्दोलनमा चाहे जति नै मान्छे मरून, ति सबैको जिम्मा बाइस दलको समर्थानप्राप्त सरकार नै हुनेछा चाहे आन्दोलनकारीहरुले नै लुछी लुछी नै किन नामारुन / यहि हो आजको बास्तविकता /

    यदि यसो होइन भने, अहिलेको संसद सरकार चलाउन भन्दा बढी संबिधान बनाउन हो / संबिधान बनाउन कुनै तेस्तो प्रधान मन्त्रि चाहिदैन जो “आकास छुने अग्लो होस्, ठुलो पैताला होस् , च्यात्तिएको मुख होस् इ ” //
    इश्वोरले हाम्रो कल्याण गरुन /

    जय देश

  18. यी भ्रष्ट, नालाएक घोषित, चुनाब-हरुवा, बिहारीको मुन्ताला चाट्ने र मकुन्दोधारी प्रजातन्त्रको बापतिहरुको करंग यही आन्दोलनमा भाच्नु पर्छ ! करंग = राजनीतिक अस्तित्व !

    माओबादी हुनु सम्म लचक भइसक्दापनि यी सबै भ्रष्टहरु माओबादीलाई पेलेको-पेलै छ ! संसारको बहुदलिए राजनीतिको इतिहासमा देशको ठुलो दललाई पुरै पाखा लगाएर झिना-मसिना दलहरु मिलेर बिदेशीको घोडा चढेर उल्टो राजनीति गरेको दृष्टान्त काँही भेटिन्न !

    जनतासंग मिलेर यी फताहहरु बिरुद्ध आन्दोलन गर्नु बाहेक कुनै उपाय म देख्दिन ! कृतिम सहमतिको नाममा अब माओबादीले घोषित आन्दोलन फिर्ता लिने काम नगरोस ! आन्दोलन हुनै पर्छ – यिनीहरुको करंग भाच्नै पर्छ !

  19. काठमाडौंका गुण्डाहरु त सबै नै रु पच्चिस तिरेर माओवादी भाईसके । तेसैले अहिले काठमाडौं लगाएतका शहर र अन्य गाउमा गुण्डाहरु छैनन । अहिले जता ततै माओवादी छन । गुण्डाराज छैन । माओवादीराज छ । तरवार बोकेर बालुवाखानी र ढुङ्गाखानि सन्चालन गर्ने र थेकेदारको समुह पनि अहिले माओवादी भइसके । तेसैले कतैपनी गुण्डा छैनन । छन त केवल माओवादी छन । यही आजको सत्य हो ।

    जय देश

  20. ऊफ !! फेरी निर्दोष जनता ले बलि दिनु पर्ने यीनिहरुलाई सत्ता दिलाउन !!! जसरि होस् सत्ता चाहिएको साम, दाम , दण्ड भेद … हे भगवान

  21. कमरेड हरु ,यसो कमेन्ट हेर्दा के माओस्ता पार्टीको बारेमा बुजेर नै होता कु तर्क गर्नु भयको? के तपैहरुको विचार मा मैओस्त नाराम्रोनै होता?के मैओस्त्लाई कुन कुराबाट नराम्रो भन्नु भयको ? के कारण सहित दिन सक्नु हुन्छा?हमिता शेरे.गिरिजा,माकुने,राम चेन्द्र, ,केपी,बिदधे भण्डारी,सुजाता,राम सरंमाहत, गच्छेदार,सबैको बारेमा भन्न साहस छ हामीसंग त? के मैओस्त को नेताको बारेमा नराम्रा कुरा के छ सक्नु हुन्छा भन्न? तजत छ? फेस गर्ने हो?आठ छ?बेकारको कुरा नगर्नुस ,के तपाइलाई नेता जोगाउने कुरा गरेको कि नेपाल बचाउने कुरा गरेको?राज त्रंत्र फाल्नु के गल्ति हो?भर्स्ता नेता हरुलाई कार बाई गर्ने कुरा ,भर्स्ता रोक्नु पर्चा भन्नेकुरा, विकास गर्न पर्छा भन्नेकुरा,बिदेसिको भर पर्नाहुदैना भन्नेकुरा ,गणत्रन्त्र लेयाको कुरा ठिक भयन तिमीहरुलाई ? यो के मैओस्त बाहेक सम्बब थियो? १००००००००००% अस्म्बाब थियो? आनी समय लाक्छा सबै ठिक हुन्छा हेर्दै जाउ!! कु नेताको भरौटे हो? बिदेसिको गुमाली हो? अझैइ प्रचण्ड, भट्टराई र किरण जस्ता देस प्रेअमिलाई खत्तम भन्ने ? लाज पचेको कुकुरहरु !!!
    खबरदार आझै पनि हरुवा र भर्स्ता को पछेमा कुरा गर्ने नेपाली आमाको सरप्लाक्छा त जस्तालाई त? विचार गरेर बोल,त पनि कुनेताको चित्तमा संगै पर्लास .ह्वेदै ज आब कति समय लाक्छा तेरो बा हरुलाई सखाप पर्न? जम्मा २ मैना. के जनसेना,आनी मैओस्त्को आरु सेना देखेको छिन त जस्ता aन्दोले? हेर्दै जा काली,…….लगायतले!!
    दिलिप . धादिंग खहरे,हाल स्वीडेन

  22. नेपाल का नेता हरु को भारत पलायन हुन पर्छा अनि शान्ति हुन्छ चोर हरु ले सखाप पारे नेपाल लाई

  23. यो के पी ओली त फताहा पो रहेछ ,एस्ले जनताको रगत अनी पसिना को मुल्य को पो कुरा गर्छ हैन एस्ले के खोजेको ह तर्बार !

  24. लौ अब चै माओवादी ले गर्ला गर्ला जस्टो छ है यी फटाहाहरु कटी दिन लुक्दा रहेछन होला ? तपाईंहरुको आन्दोलन मा १००% समर्थन है मेरो पनि ।

  25. साथी हरु को वलुअब्ले कमेन्ट का लागि धरै धरै धन्येबाद!

  26. २०६२/६३ को आन्दोलन राजाको ठाउमा रास्ट्रपति राख्न भएको थिएँन . त्यो आन्दोलनको udesya देशमा आर्थिक सामाजिक rupaantarana, दिगो र समुन्नत शासन ब्यबस्थाको स्थापनापनि थियो. आफ्नु दलीय अपेक्षा प्रतिकुल माओबादी संबिधान सभामा सबै भन्दा ठुलो दल बन्यो र कांग्रेस एमालेलाई सहि नसक्नु भयो.सबैको सहमतिमा बनेको अन्तरिम संविधानको सहमतीए अबधारणालाइ बहुमतिए अबधारणामा बदलियो . फलस्वरूप कांग्रेस सरकारमा गएन . सरकारका आदेश पालना नगर्ने प्रधान सेनापतिलाइ कारबाई गर्ने कुरामा सहमति जनाएर पछीहट्ने एमालेको ब्यबहार मुख्यत दक्षिण पन्थीए दबाबको परिणाम थियो. जुन एमालेका तमाम बाम झुकाब राख्ने कार्यकर्तालाई चित्त बुझंने कुरा थिएन . उही पुरानै सम्सदिए गोलचक्करमा देशलाई घुमाउने, समबिधान नबनाउने,शान्ति प्रक्रियालाई टुंगोमा पुग्न नदिने, नेता पुरानै प्रक्रियाबाट कमाउ धन्दा गरिरहने र देश – जनतालाई संधै संधै उस्तै आसै आसमा राख्ने गोरख धन्दामा कांग्रेस एमाले लगाएतकापार्टीहरु लागेको जुन देखियो म जस्ता एमालेलाइपनि लाग्न थाल्यो अब अर्को jan-आन्दोलन आबस्यक chh. त्यहि badhyata को upaj ahileko माओबादी आन्दोलनको घोसणा हो. अरुको फरक द्रिस्त्रिकोन हुन सक्छ. tar त्यो बिचार दक्षिणpanthi यथास्थितिबादी बिचार हो त्यसले देशलाई मागेको निकासा दिन्दैन hai साथि हो यदि tapaai haru को tippani jimmebaari पूर्ण हो भने deshale निकास paaune कुरालाइपनि bichhar garau.
    janaardan दाहाल, mahankal -7 kathmandu

  27. dear friend

    It is no good for our country but प्रचण्ड is very very bad oppertunist person who did not like to give other leader. Why he had given resignation after that
    he has gready for his prime minister post,it is bad think because he has no idea and no any experience like those fataha प्रचण्ड what he need now he could not do nothing.These are all fatha lucha dalai ‘s ledear……like this many more now again they are thinking for to give tension .it is no good for all.

  28. हैन येत्रो १५००० जनता, माओबादी, जनसेना, सेना तथा प्रहरी मर्दा कति जना ठुला कांग्रेशका नेताहरु मरे त? यो त निमुखा सोझा साझा जनता लाइ जनगणतन्त्रको नाममा मार्ने काम मात्र हो . खुरुक्क समयमा संबिधान बनाएर तेश्पाची चुनाब गरे त भै हाल्यो नि . जनताले निर्णय गर्नु पर्छ कुनै बलले होइन .

  29. कमरेड हरु ,यसो कमेन्ट हेर्दा के माओस्ता पार्टीको बारेमा बुजेर नै होता कु तर्क गर्नु भयको? के तपैहरुको विचार मा मैओस्त नाराम्रोनै होता?के मैओस्त्लाई कुन कुराबाट नराम्रो भन्नु भयको ? के कारण सहित दिन सक्नु हुन्छा?हमिता शेरे.गिरिजा,माकुने,राम चेन्द्र, ,केपी,बिदधे भण्डारी,सुजाता,राम सरंमाहत, गच्छेदार,सबैको बारेमा भन्न साहस छ हामीसंग त? के मैओस्त को नेताको बारेमा नराम्रा कुरा के छ सक्नु हुन्छा भन्न? तजत छ? फेस गर्ने हो?आठ छ?बेकारको कुरा नगर्नुस ,के तपाइलाई नेता जोगाउने कुरा गरेको कि नेपाल बचाउने कुरा गरेको?राज त्रंत्र फाल्नु के गल्ति हो?भर्स्ता नेता हरुलाई कार बाई गर्ने कुरा ,भर्स्ता रोक्नु पर्चा भन्नेकुरा, विकास गर्न पर्छा भन्नेकुरा,बिदेसिको भर पर्नाहुदैना भन्नेकुरा ,गणत्रन्त्र लेयाको कुरा ठिक भयन तिमीहरुलाई ? यो के मैओस्त बाहेक सम्बब थियो? १००००००००००% अस्म्बाब थियो? आनी समय लाक्छा सबै ठिक हुन्छा हेर्दै जाउ!! कु नेताको भरौटे हो? बिदेसिको गुमाली हो? अझैइ प्रचण्ड, भट्टराई र किरण जस्ता देस प्रेअमिलाई खत्तम भन्ने ? लाज पचेको कुकुरहरु !!!
    खबरदार आझै पनि हरुवा र भर्स्ता को पछेमा कुरा गर्ने नेपाली आमाको सरप्लाक्छा त जस्तालाई त? विचार गरेर बोल,त पनि कुनेताको चित्तमा संगै पर्लास .ह्वेदै ज आब कति समय लाक्छा तेरो बा हरुलाई सखाप पर्न? जम्मा २ मैना. के जनसेना,आनी मैओस्त्को आरु सेना देखेको छिन त जस्ता aन्दोले? हेर्दै जा
    ठाकुर धरेल. धादिंग खहरे,हाल स्वीडेन

  30. अब त अत्ति नै भयो मावोबादी भानौदा डाकाहरु संग चोर डाकाहरू सबै लाई पालेर अझै जताततै आतंक लुट पाट मचाउदै खान पाई रहेको हरुको सत्ता वादी हरुले रोक टोक भये पछि आन्दोलन गर्न तीर लागेका छन अरु केही होइना सत्ता हडापेर पुनः जनता लाई नोकर बनाउन लागी परेको छ अबको आन्दोलन माँ त्यही चोर डाका bahek kohi sathma hune वाला chhain

  31. कति बस्ने यो घिड घिडोलाइ हेरेर? अब त कि वार कि पार हुनै पर्यो| परिवर्तन चाहने र नचाहनेबीच स्पष्ट दुइ कित्ता विभाजन नभई मेलो सर्ला जस्तो लागेन |

  32. छत्रमान जी, यी सब लाइ जेल, जंगल पठाएर देश बचाऊ संविधान को कुरो पछी गरौला. कमसेकम गरिब जन्ताता मर्दैन

  33. भीरबाट हाम्फाल्ने गोरुहरुलाई राम राम भन्न सकिन्छ , पुच्छेर तान्न नसकिने रैछ !

  34. हे मित्रहो मलाई समाचार अनि तेस्को प्रतिउत्तर (कोम्मेंट्स) पर्दा धेरै दुख लाग्छ / मलाई राजनीति के हो थाहा छैन अनि म चासो पनि राख्दिन / मलाई कुनै दल संग कुनै गुनासो पनि छैन किनकि म कुनै दलको पनि होइन / तर म के भन्न चाहन्छु भने नेपालमा जति दंगा फसाद भए पनि ति राजनेता भन्ने हरुलाई केहि फरक पर्दैन / मर्ने अनि दुख पाउने त तपाई हामी जस्ता साधारण जनता हुन् / तेसकारण गिरिजा, माकुने, प्रचंडे, कमल थापा, गच्छेदार, अनि सुजाता जस्ता कुजात ठुला थाला राज नेता भनाउदा हरु जस्ता लाई मार्न सक्यों भने बरु हाम्रा नेपालका साधारण जनताले केहि चैनको सास फेर्थे कि ?

  35. हे माकुने तिमीलाई छ चिन्ता आफ्नो सत्ता को
    छैन चिन्ता सबै सभासद लाई बाडेको भत्ता को

    माओबादीले तिमीलाई अनेकौ दोष लाइरहेछ
    तिम्रो दिन छोत्तिन्दै आइरेहेछ

    खुरुक्क देउ रिजनामा सत्ताबाट
    बच्च्छौ तिमि बाडेको सबै भत्ता बाट

    जति कमायोउ बन सन्तोषी तेतिमा
    लगानी गर त्यो रकम आफ्नो गाउको खेतीमा

    खत्तम पार्योउ स्वास्नीको जागिर बैंक बाट
    कमाएको डलर विदेश पठाएर साट

  36. Deepak जी,
    जानुस सुजाता को सारी मा खोज्नुस प्रजातन्त, माकुनेको रयाल मा खोज्नुस प्रजातन्त, कत्तुवाल को कट्टु मा खोज्नुस प्रजातन्त्र अनि राम बरण को कोटको खल्ती मा खोज्नुस प्रजातन्त | तेही नै होइन त तपाई ले खोजेको प्रजातन्त्र |

  37. Deepak जी,

    के आज सम्म का सबै नराम्रा कम माओबादी ले गरेको हुन्? अबस्यै उग्राबाद लाइ बढावा दिन सकिन्न तर अर्को राजा निर्माण गर्ने हरुवा हरु को कदम लाइया कसरि मान्यता दिने तपाई हामी लाइ सुझाब दिनुस त?

    शेरे युद्ध पिपासु हो किन भने उसलाई थाहाछ हतियार किन्दा सब भन्दा बादी कमिसन खान पाइन्छ | तेस्तै फेरी युद्ध भयो भने त शान्ति शुरक्षाको नाममा असिमित भ्रस्टाचार गर्न पाइन्छा | के देश लाइ यिनीहरुकै गुलाम बनाइ राख्ने कि दासता बाट मुक्त गर्ने प्रयत्न लाइ सहयोग गर्ने |

  38. Deepak जी,

    के आज सम्म का सबै नराम्रा कम माओबादी ले गरेको हुन्? अबस्यै उग्राबाद लाइ बढावा दिन सकिन्न तर अर्को राजा निर्माण गर्ने हरुवा हरु को कदम लाइया कसरि मान्यता दिने तपाई हामी लाइ सुझाब दिनुस त?

    शेरे युद्ध पिपासु हो किन भने उसलाई ठहछा हतियार किन्दा सब भन्दा बादी कमिसन खान पाइन्छ | तेस्तै फेरी युद्ध भयो भने त शान्ति शुरक्षाको नाम न असिमित भ्रस्टाचार गर्न पाइन्छा | के देश लाइ यिनीहरुकै गुलाम बनाइ राख्ने कि दस्ता बाट मुक्त गर्ने |

  39. १) संविद्दानको प्रस्तावनामा राश्ट्रपतिबारे छलफल गर्नुहुदैन लेख्नुपर्छ।
    २) २०४७ कोसंविद्दान लगाउनु पर्दछ किनकि राजा(राश्ट्रपति)बारे कुनै छलफल गर्नुपाईदैनथ्यो, र सबै राजा(राश्ट्रपति)को क्षेत्रधिकार भित्र पर्दछ।
    ३) कुनैकुरो संसदमा छलफलमा ल्याए त्यो दल गैर प्रजातान्त्रीक हुनेछ। छलफलमा ल्याउन नदीनेदल प्रजातान्त्रीक मानीने छ।
    ४) जम्मा १४ वटा (अन्चल) राज्य हुनेछ।
    ५) सबै नागरिकको मातृभाषाको सुरक्षाको ग्यारेन्टी हुनेछ, तर प्राथमिक पढाई भने
    नेपालीबाट सुरु हुनेछ ।

  40. सुन हुनेले सुन जोगाउन – Golden Rule बनाउने |
    पैसा हुनेले पैसा जोगाउन – Money saving Rule बनाउने |
    जग्गा हुनेले जग्गा जोगाउन – भूमिसुधार भनि आफ्नो भुमि जोगाउने Rule बनाउने |
    …………………………………………………………
    ………………………………………………………

    अनि हामी बिश्वोमा सम्पन्न नेपाली भनेर ६ महिना मै चिनिन सक्छम |

    ——————नेता हरुले हामी सबै ……..गरुन !!!!!!!!!!!

  41. संविधानसभाको निर्वाचनपछि मुलुककै ठूलो राजनीतिक दल हुन पुगेको एनेकपा (माओवादी) झन्झन् गैरजिम्मेवार बन्दै गएको देखिएको छ। अरू दलको सत्ता र शैलीदेखि वाक्क भएका, नयाँ दलको काम हेर्न चाहने र आतंकबाट आत्तिएका जनता सबैले निर्वाचनमा माओवादीलाई यो हैसियत दिएका हुन्। संसदमा सबैभन्दा वढी संख्या भएकाले माओवादी गणतान्त्रिक नेपालको पहिलो सरकार बनाउने मौका पाएको थियो। नौ महिना नपुग्दै विदेशी प्रभुलाई दोष दिँदै माओवादी सत्तावाट बाहिरियो।
    युद्धताका जनतालाई देखाएका सपना चुनावमा संत्रास मिसाएर दोहोर्‍याइए। मुलुकको निश्चित् स्रोत र साधन अनि पुरानो संरचनाका कारण सपनाको खेती साकार नहुने देखेपछि माओवादीले राष्ट्रपतिको कदमको बहाना बनाएर सत्ता छाडे। यस्तै, सत्तामा रहँदा सरकारको दायित्व, कर्तव्य र हैसियत कायम राख्न नसकेको आत्मग्लानि पनि माओवादीमा हुनुपर्छ। प्रधानसेनापति थमौतीलाई मुद्दा बनाएर माओवादीले बहिर्गमनको सहज बाटो रोजे।
    उनीहरू सरकारमा रहँदा पनि नेपाली जनताको साझा बन्न नसकेको पुष्टि विकास निर्माणमा समेत उनीहरूकै कार्यकर्ता ठेकेदार, उपभोक्ता समिति र हर्ताकर्ता बनाइनुले स्पष्ट पारेको थियो। सरकार पुगेपछि पनि माओवादीले विस्तृत शान्ति सम्झौतालगायतका सम्झौतामा पटक पटक जनताको सम्पति फिर्ता दिने भनेको निर्णय पनि कार्यान्वयन गरेनन्। उल्टै जनताको घर, जमिन, अनाज र सम्पति कब्जा गर्ने कामलाई निरन्तरता दिए।
    सरकार छोड्नुभन्दा केही दिन अघि आफ्ना कार्यकर्ताकालागि करोडौँं रुपैँया छुट्ट्याउन सक्ने माओवादीले विद्रोहकालमा आफ्नै कारण मारिएका माडी घटनाका पीडितलाई सान्त्वनासम्म दिएनन्। विद्रोहका घाइते, अपांग आफ्नै कार्यकर्ताको पनि मुल्यांकन नगरी चैते भदौरेलाई पदीय हैसियत दिए। यस्तो कामले माओवादीलाई नै नोक्सान पुर्‍याएको छ।
    शान्तिको अपेक्षा गर्ने जनतालाई युद्धकै झझल्को दिने काम गरेको उदाहरणमा माओवादीले कैलालीमा गरेको धान लुटपाट काण्ड र त्यस्को विवाद पनि हो। माओवादीले विगतमा लुटिएका जमिन, घर, सम्पति र जायजेथा त फिर्ता त गरेनन् नै मुलुकको ठूलो दल भएर पनि पुरानो शैली छोडेनन्। माओवादीले सामन्ती र शोषकलाई नेपाली जनताले कारवाही गरेका हुन् भन्ने गरेका छन्। त्यो बन्दुकको धङधङीबाहेक केही होइन। कानुनी राज्यको मूल्य र मान्यतालाई आत्मसात् गर्न हो भने गलत वा गैरकानुनी काम गर्नेलाई कारवाही गर्ने राज्यको निकायलाई जिम्मा दिनुपर्छ। अनि कथित कारबाहीमा पर्ने पनि त नेपाली जनता नै हुन्। सरकार छ, कानुन, सत्ता छ , नीति छ नीयम छ। कानुन उल्लंघन गरी आफँै कारवाही गर्ने र जनताको नाम दिएर उल्टै आन्दोलनको धम्की दिने काम राजनीतिक नभएर बन्दुके मानसिकता हो। यसलाई आपराधिक व्यवहार भन्न मिल्छ।
    यसै साता माओवादीका कार्यकर्ताले कैलालीको चुहामा एमालेका कार्यकर्ता शंकरमान बोहराको दुई बिघा क्षेत्रको धान लुटपाट गरेको खवर छ। माओवादीले मुक्त कमैया र सुकुम्वासीलाई उचालेर धान लुटेपछि घटना बढी चर्चित भएको हो। किसानहरुको दबाबमा प्रशासनले घटनमा संलग्न सात जनालाई प्रमाणसहित समातेको छ। तर माओवादी उनीहरूको निसर्त रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। रिहा नगरे कडा आन्दोलन गर्ने र स्थानीय समानान्तर सरकार निर्माण गर्ने धम्की माओवादीका जिम्मेवार नेताले नै दिन थालेका छन्। सत्ता छोडन् राष्ट्रपतिको कदमलाई बहाना बनाएजस्तै आफैँले निहँु खोजेर उव्जाएको समस्यालाई स्थानीय सत्ता निर्माणको आधार बनाउने माओवादीको रणनीति हो कि भन्ने शंका गरिएको छ।
    आफँै उव्जाएको समस्या आफै चर्काएर माओवादीले कस्तो राजनीति गर्न खोजेको हो? उनीहरू माओवादी कार्यकर्ता होइनन् भने अरूको सम्पति लुट्नेलाई कानुनले दिनुपर्ने सजाय दिन नहुने माग माओवादी किन राखेका हुन्? राष्ट्र निर्माणको अभिभारा लिएका दल र संगठनले यसरी राज्यको कानुनको उपहास गरेर हिड्न हुन्छ? कानुनी शासनको मूल्य र मान्यतालाई कुल्चेर नयाँ नेपालको परिकल्पना गर्न सकिन्छ? सत्ताबाट बाहिरिनेबित्तिकै विध्वशात्मक प्रवृत्ति अपनाउनु गणतन्त्रको उदाहरण हो?
    नेपालका हजारौं किसान, निमुखा जनताको खोसिएको घरजग्गा अझै फिर्ता भएको छैन। युद्धमा आफन्त गुमाउनेको घाउमा मल्हम लगाइएको छैन्। तैपनि, माओवादी एकपछि अर्को वितण्डा झिकेर शान्ति प्रक्रिया र संविधान निर्माणलाई अगाडि बढाउन लागेका छैनन्। सत्तासीन दलहरू पनि मिल्न सक्ने विन्दु खोजेर निकास निकाल्नुभन्दा मन्त्री पद वितरण गरेर सरकारको आयु लम्याउने कसरतमा लागेको देखिएका छन्। माओवादी, सरकार र अन्य दलले नेपाली जनताको जनादेश शिरोधार्य गर्नुको विकल्प छैन। त्यसो नगरेर आफँै झाँक्री र आफैँ बोक्सी हुने हो भने जनताले हैसियत देखाइदिने छन्। राजनीतिमा द्वैध चरित्र हैन इमान्दारीको खाँचो छ।

  42. हाम्रो देसमा के पी ओली जस्ता नेता हरु बचिन्जेल सम्म देशलाई राम्रो हुन दिदैनन,कोखा मा नईतो छ के पी ओलीको, तेस्ता नेता ले नेपाल र नेपालीको हित हुन दिदैनन,जनता ले हराए तैपनि नाना थरि भन्दै कार्यकर्ता हरु लाई उचाल्दै हिडेको छ ,पोखरामा किन स्वागत गरेको तेस्लाई ,डाडो कटाउनु पर्ने

  43. माओबादी लाइ हत्यारा बनाउने माहा हत्यारा त तपाइकै गिरिजे र शेरे नै हुन् नि होइनन र?? पटक पटक देश को प्रधानमन्त्री भएर ब्रम्हलुट गर्ने , ताण्डव न्रित्ये गर्दै हिड्ने अशली हत्यारा त यिनै दुइ होइनन र? अनेकन भ्रस्टाचार गरि देशको ढुकुटी रित्याउने यी दुइ नर पिपाशु हरु रहे सम्म यो देश कहिले उभो लाग्ने छैन | यिनीहरुले के मात्रै गरेनन | यिनीहरुले गरेको अपराध सम्झने हो भने त, टुडिखेल मा झुन्दायेरा मार्नु पर्ने हो यी दुइलाई?

  44. यो माकुनेको दिन अब एक हप्ता मात्र अहो
    खुरुक्क रिजिनामा दे

  45. सबै नेताहरु लाई एउटा खाल्डोमा पूर्ण पाए लगभग ९०% नेपाली जनता खुसि हुनेथिए होलान | नेताहरु एदी कुहेर मल बनेचन भने र कसैले आफ्नो खेतमा हल्योभाने त्यो खेत कित बाजै हुन्छ कित फल फलेपछि किराले खान्छ | तेस्पछी किरास्क हेरेको हेरेइ | गोरु को जति बुद्धि नहुनेहरु किन बच्नुपर्यो हे भगवान किर्पा गरेर सबै नेताहरु मरिदेउ अनि अर्को जन्ममा कुकुरको जुनी दिएर नेपाल पठाऊ |

  46. आन्दोलन रहर होइन बाध्यता हो| दसौ हजारले रगत बगाएको फेरी पुरानै फटाह हरुलाई सत्ता सुम्पनालाई थिएन| पुरानाहरुबाट नयाँ नेपालको आशाः गर्नु मुर्खता बाहेक केहि होइन| तिनले गर्ने भए पहिलानै गरि सक्थे| तिनले त कसरी भ्रष्टाचार गर्ने, कसरी ब्यतिगत स्वार्थ पुरा गर्ने, कसरी भारतीय दलाल बन्ने र सत्ता टिकाई राख्ने भन्दा केहि जानेको छैन|

  47. माओबादीको ओचित्य राजातन्त्ररसगै समाप्त भाईसकेको छ। होइन, भने सम्ब्रिद नेपालको लागि माओबादी एउटा “काउसो” र “लुतो” नै हुने छ। कन्याइ रहनु पर्ने केही गर्न नै नदिने। नेपाली जनताबाट यो महान भुल नहोस् कि नेपाली कोङ्रेस र नेकपा ( एमाले) नै नयाँ नेपालको वहाक हुन् र यी पर्टीहरुसँग थुप्रै कजोरीहरु छन् जो तुरुन्त सुधार्नै पर्ने छ। गल्ती नहोस् ।

  48. यो देश को नेता र जनता दुबै पार्टीहरु हून ! जनताहरू त अब दास भई सके ! देशलाई बिकाश गर्ने कुनै पार्टी को पनी दर्सन र योजना छैन ! नेता बिग्रे त बिग्रे बिग्रे तर यो जवान हरु पनि दलाल हरुको पछि लागेर देश द्रोही बन्न आटे पो त चिंता भो यिनिहरू त देशलाई थाम्ने खम्ब्बा भन्थानेको त तहस नहस पर्ने अणुबिक बम पो बनिन लागे हे सत्ये इश्वोर कृपा गरी हाम्रो मात्री भूमि लाई बचाऊनु होस !

  49. यो घटना ले माओबादी आतंकबादी हो भन्ने कुरालाही झन बल मिलेको छ, प्रचण्ड र इदिअमिन बीच केहि फरक नभएको कुरामा अब दुबिधा भएन, मान्छे मारेर लेनिन ले सुरुगरेको बेवास्ता ९० बर्समा ध्हलो , माओ को बुदे लाही जेल हाले , उत्तर कोरियामा बु पछि छोरा नेता भयो, राजा को जस्तै , चुबा मा झन तेस्तै छ , तेशाई ले दुनियाका सबैभन्दा ठुला दलाल र सामन्ती हुन्, अब कम्युनिष्ट हरु को जमाना गयो, नेपाल मा bhayeka मर्क्ष लेनिन र माओ क प्रेत हरुलाही पनि दादा कटाउनु पर्दछ, कोलम्बिया मा कटाएको जसरि.

  50. Ashish kumar तमाङ
    के तपाईं ग्यारेन्टी दिन सक्नु हुन्छ कि फलनो ढिस्को, फलानो ले गर्दा यो समस्या आयो । तिनको थेगानमा सब थोक ठीक हुन्छ भन्ने ?

  51. माओबादिले के जनगणतन्त्ररको अघोषित आन्दोलन थालेको हो त ?

  52. मुटभेड को सुरू त भयो अब हामी जनताले कसको साथ दिने भन्ने कुरा बाकी छन, अबको अन्दोलनको उपलब्धी के हुन्छन त्यो पनि बुझ्न अबश्यक्ता छ? यो सबैको दोष रास्ट्रपति र त्यो कटवाल भन्ने चोरको कारण नै हो, जसमा साथ दिने ति साना मसिना पार्टीका नेता हरू लाइ पनि निर्मुल र सखाप अबको अन्दोलन ले नै गर्नु पर्छ र जसमा राप्रपा,मजदुर किसान,मधेशी जनधिकार फोरम प्रजातन्त्रीक,फलाना,डिस्काना अदि जस्ता मसानहरूका कारण नै अाज यो विकाराल स्थितिको सृजान भएको हो,
    हामी नेपाली जनाताहरू अन्दोलन र बन्दबाट दिक्क भएको छ तर पनि फेरी अर्को अन्दोलन गर्नु पर्ने बेला अायो, अब दिनहरू नेपाल र नेपाली जनताको निमिता धेरै दु.खको दिन हुने छन।
    अझै हामी माअोबादी लाइ हेर्ने कि?
    अन्दोलनले जम्मै भन्दा पहिला त केपी अोली र रामचन्द्रे जस्ता फटाहहरूलाइ नै ठेगान लाउनु पर्छ,

  53. सबै बकम्फुसे comments हरु मात्र छन् यो कुरो कसैले बुजेको रहेनछ वास्तविक कुरो के भने अहिलेको सरकार जनताले चुनेको होइन यो त हरुवा जनताले पाखा लगायका रद्दीको टोकरीमा फालेका कटुवालको भर्यांग चढेर सक्तिको आड लियर येतिले नपुगेर भारतको टेको लगायको सरकार हो tesaile हामीलाई जनताको सरकार चाहियको छ जुन सरकार जनताको मत बाट बनेको होस् येस्तई हो भने २०६२/ २०६३ को आन्दोलन किन गरेको हो अहिले सम्मको अवस्था येथास्थिति बादी छ बिकासको कुरा गर्ने हो भने २०६२/०६३ को भन्दा १० वर्ष पछाडी धकलियाको छ यो कसले गरेको हो हरुवा सरकारका मन्त्रीहरुले दशैँ को बिदामा कार्यालय निरिक्चेन गरेको भनेर ५०औ हजार भत्ता लियका छन् के यो ठिक हो के तपाई हरु येही सरकारलाई समर्थन गर्ने २०६२/०६३ को आन्दोलन के को लागि भयको हो एसको जवाफ मलाई चित्त बुझ्ने गरि दिन सक्नु हुन्छ

    भिम सुबेदी

  54. मदेशी सर्वोच्ता को नाम मा अर्को आन्दोलन गर्नु parcha ! ल है सप पार्टी हरु हो एउटा एउटा word अविस्कार गर अनि आन्दोलन गर !

  55. नेपाली सर्बहारा जनताको प्रतिनिधित्व गरेको पार्टी एक मात्र पार्टी माओबादी तर सामन्त दलाल हत्यारा राष्ताघतिको नजरमा सधै दोसी बनिरह्यो. राम्रो कामलाई प्रोत्सहन गर्नुको सट्टा उल्टै खुट्टा तान्ने काम भएराखो इ भ्रष्ट दलालहरुलाई साच्चै एक पल्ट पत्तासाप बनाई नया नेपालको उदय गराउनु पर्छ. साच्चै भन्दा चीनमा जस्तो कमयूनिस्टको शासन बेबस्ताको खाचो परेको छ.एहा प्रजातन्त्र लाई बेश्या बनाइयो सबैभन्दा पहिला देश बिगार्ने इ दलाललाई आन्दोलन बाट परास्त गरे अनि मात्र समुन्नत नेपालको कल्पना गर्न सकिन्थो कि????????????

  56. पुँजीवादी, जमिन्दार र साम्राज्यवादीका लागि माओबादी आतंकवादी हुन सक्छांै तर आम जनताका लागि माओबादी आतंकवादी होइनांै।’

  57. पुँजीवादी, जमिन्दार र साम्राज्यवादीका लागि माओबादी आतंकवादी हुन सक्छन तर आम जनताका लागि भने माओबादी आतंकवादी होइनांै।’

  58. जनावर हरुले आफनो जात पनि देखाऊन न पाउने ,के कुरो गर्नु भएको .

  59. जोहोस् माओबादिले केही गर्ला कि जनतालाई भेडा भाख्रा ठानेर!!

  60. अब गाडी मा मात्र होइन नेता को टाउकै मा हान्नु पर्छ. सामन्तबाद को जरा गोड्नु पर्छ . अनि मात्रै नया नेपाल बन्छ

  61. कुकुर, चोर, शाला , भातेहरु ………. सबै लै जिउदै पुर्ने जन्मन्छ अब …………नेपालमा अब नेता भन्ने नै राख्नु हुन्न ……………..तर के गर्ने नेपाली जनता हामी नै उस्तै , भेडा …………………

  62. kesu जी ! माओबादी लाइ हत्यारा बनाउने माहा हत्यारा त तपाइकै हजुरबा गिरिजे र काका शेरे नै हुन् नि होइनन र?? पटक पटक देश को प्रधानमन्त्री भएर ब्रम्हलुट गर्ने , ताण्डव न्रित्ये गर्दै हिड्ने अशली हत्यारा त यिनै दुइ होइनन र? अनेकन भ्रस्टाचार गरि देशको ढुकुटी रित्याउने यी दुइ नर पिपाशु हरु रहे सम्म यो देश कहिले उभो लाग्ने छैन | यिनीहरुले के मात्रै गरेनन | यिनीहरुले गरेको अपराध सम्झने हो भने त, टुडिखेल मा झुन्दायेरा मार्नु पर्ने हो यी दुइलाई? अझै तपाइँ उनीहरुकै बखान गर्दै हिद्नुहुन्छ !!!!

  63. भ्रस्टाचारी नेताहरुलाई ठिक लगाउन सैनिक सासन नै अहिलेको आबस्यकता हो / मेरो बिचारमा देशलाई बचाउन यहि नै उत्तम विकल्प हो /

  64. माओबादी लिट्टे उन्मुख हुदै छ अब चाडै नै प्रचण्ड को हाल पनि प्रभाकरण को जस्तै हुन्छ

    दिपक

  65. ओइ पशु (Kesu ) , तेरो हजुरबाउ गिरिजे र त्यो शेरे भन्ने तेरो काका ले गरेका अपराध र लुटपाट सम्झने हो भने ति दुबैलाई टुडिखेल मा झुन्दायेरा सबैको सामु मार्नु पर्छ. यो देशका सबै भन्दा ठुला अपराधि यिनै दुइ हुन्. पटक पटक प्रधानमन्त्री भएर ताण्डव नृत्य गर्ने नालाएक पशु हरु जसले भ्रस्टाचार मात्र गरेनन , यिनी हरु वास्तविक हत्यारा अनि यिनी हरुकै कारणले माओबादी जन्मिएका हुन्. सबैलाई थाहा भया. त्येसैले त धेरै नकुर्लि |

  66. बल्ल धेरै नेपाली हरु ले असली माओबादी लाई बुजेका छन् कि जस्तो लाग्यो ,यहाको कमेन्ट बाट,अब चाही जनता हरु ले माओबादी को सक्कली अनुहार चिने होलान जस्तो लग्न थाल्यो , अब ०५२ साल कै पोजिसन मा पुग्छन यिनीहरु

  67. एसको एउटा मात्रै कारण केहो भने हरुवाहरु , जनता द्वारा बहिस्कृतहरु तथा भ्रस्टचारी हरुले फेरी पनि यो देश को बागडोर सम्हालेर बसेका छन् जुन हामि नेपाली को लागि ठुलो दुर्भाग्य हो | येत्रो आन्दोलन भयो जनताले बलिदान गरे , आखिर परिबर्तन के भयो त? फेरी पनि उही नालाएक, कुलंगार र भ्रस्टचारीहरु नै सरकारमा. यो त अत्ति नै भयो नि भएन र ??? बिजय गच्छेदार, सुजाता कोइराला, दिपक बोहोरा , भिम रावल जस्ता मति भ्रस्ट सैतान हरुले यो देशलाई आफ्नो पेवा बनाएपछि, हामि साधारण जनताले के आशा गर्ने त? अब अत्ति भयो साथीहरु, हामि यी सबै नेताहरुल्लाई सामाजिक बहिष्कार गरौ, दण्डित गरौ र नया जोश , जागर र नया vision भएका youth हरुलाई यो देश को नेतृत्व मा पठाउँ | अनि मात्रै केहि हुन्छा कि, तर के गर्ने यी धुर्त ब्वासाहरुले फेरी पनि सोझा जनता हरुलाई झुक्क्यौने छन् |

  68. सान्ति पूर्ण तरिका ले गर्नु राम्रो हो

  69. माओबादी हत्यारा नै हुन, देउवा र बालकृष्ण खाँड जनता ले जितायर भयका सभासद हुन् भने गगन थापा लाखौ युवा का धुकधुकी हुन, खाते माओबादी ले आफु इतर का सबै लाई गर्धन काटेर मात्र चुनाव जितेका हुन अनि अब अरु बाँकि लाई पनि मार्न लागेका छन्,
    भारतीय दलाल माओबादी हुन १२ बर्ष भारत मा बसेर दलाली गर्दा पुगेन अझै माहा दलाली गर्दै छन्

  70. माओबादीको पछाडी लागेको सोझा सिधा जनतालाई मेरो सुझाब ,,,,छोडी दिनोस तिदरुको साथ ……..तिनी हरु गरिब दुखि नेपाली जनताको ,,,नेता हो भन्ने सोच्नु भा को होला होइन… तिदरुत सामन्त बादी ठुला ठालुको चम्चे हुन् ,,,तिदरुले कैले गरिब दुखि जनताको लागि काम गरेको छ?/

  71. पहिले राजालाई सम्बोधन गर्दा “श्री”…. लगाईनथियो भने अब यी पार्टीका नेताहरु लाई सम्बोधन गर्दा “कुकुर” लगाउनु पर्ने भयो ….. एक दिन होइन …… दुइ दिन होइन …… सधै सधै झगडा | ….. कुकुर बरु यी नेता हरु भन्दा शान्त होला !!!!!!….

  72. माकुने भारत को दलाल हो मकुना ले देश लाई सिक्किम बनून खोजी राखेको छ

  73. नेपालमा आन्दोलनको मात्र आधिवेरी आउछ,,,,,,, विकासको आधिवेरी कैले आउछ!!!!!!!!!!!! कुन्नी

  74. नेपालमा विकास चाहने हो भने सबै भन्दा पहिले सडक लाई आन्दोलन निषेधित छेत्र घोसना गर्नु पर्छा अनि जसले सडक बन्द गर्छा तेस्लाई गोलि हान्नु पर्छा अनि मात्र बन्द बन्द सदै को लागि बन्द हुन्छा यो सबैको लागि हुन्छा

  75. अहिले सबै भन्दा बढ़ी घुस खाने र भ्रष्टाचार गर्ने मा आफुलाई माओबादी बिल्ला लगाउने कर्मचारी हरु नै बढ़ी छन्. मुख्ले खूब चोखा र नक्कली कुरा गर्ने अनि पैसा हसुर्न र देश कंगाल (देश होइन जनता ) बनाउन कोई भन्दा कम भयेनन बरु बढी भए. समय अनुसार रंग फेरना फेरी बहुत सिपालु हुने रहेछन इनिहरू . मेरो मतलब ति साना स्तरका कर्मचारीहरू होइनन जो सानो तलब ले आफ्नो रा परिबारको पेट पाल्न मजबूर छन , मेरो इशारा तिनिंहरु हुन जो प्रोजेक्ट हाक्छन, DG र DDG छन .

  76. विमानस्थलभित्र प्रवेश निषेधसम्म गर्नु सामान्य कुरा हो । तर जहाजहरूनै चल्न नदिने, कसरी गर्दा हुन् ? योचाहिँ खुलदुलीकै विषय हो । साँच्चिकै यसका लागि त ठूलै मुठभेड हुनेजस्तो देखिन्छ ।

    अस्तित्वहीन यात्रामा लाग्नुभन्दा दु:ख खपेरैपनि आफ्नो अस्तित्व रक्षाका लागि लड्नुपर्छ ।

  77. ओहो मुठभेड त सुरु भैसकेछा त!!!!!
    धेरै दिन पछि बल्ल बल्ल राम्रो समाचार सुन्न पाइयो /
    जे होस् आशाको किरण बल्ल देखा पर्यो /

    लौ पुष्पकमलजी माकुनेजी को सफाया गरिदिउ, अनि माकुने कमरेड आफु सफाया हुनु अगाबै बाबुराम sir को इहलिला समाप्त गर्नु नाबिर्सु है, अनि झल्लु कमरेड तपाइको PM लाइ सफाया गर्दा सम्म के herera बस्या भन्या? येही हो मौका, लौ छिनाल्नु होस् पुष्पकमल जी को गर्धन, ,,, पहिले झापामा जस्तै क्या, हेर हेर त्यो गिरिजाबाबु हास्येको, लौ न बिजय गछ्छ्धार जी यहि हो मौका तपाइको यौटा आखाको मूल्य असुल्ने बेला नछोदौ है नाछोदौ, हानी हालौ पहिले अखिले लाई हानेकै जस्तो तरिकाले and so on ,,,,,,

    मलाई विस्वाश अनि आशा छ अब चाहिँ राजनैतिक दलका नेता भनाउदाहरु आफु आफुमा भिड्ने छन् , काटा-काट गर्ने छन् , मारा-मार गर्ने छन् अनि सबै नेताहरु, धरतीको बोझहरु सिध्धिने छन् अनि बल्ल सोझा सिधा जनसाधारणले राहतको साश फेर्नु पाउने छन् /

    जय नेपाल
    हिमाली

  78. धेरै बर्ष पहिले एउटा `प्रजातन्त्र` शिर्षकमा लेखिएको कविता पढने अवसर पाएको थिए,
    “एउटा खेलौना
    जथाभाबी तिमी खेल्दैछौ
    जथाभाबी म खल्दैछु
    बेनियम एस्तो खेलमा
    हुन सक्छ-
    खेलौना अचानक टुट्न सक्छ”

  79. नेपाल मा सान्ति चाहने हो भने माओबादीलाई सखाप नै पर्नु पर्छा ,,,

  80. `माओबादी खाते नै हो खाते मात्र होइन चोर डाका लुटेरा हत्यारा हो

  81. वर्तमान नेपाल सरकार आफु लाइ देश हित गराउने सम्झांचा भने घोसना भएको अल्दोलन लाई तुरुन्तै सम्बोधन गर्ने हो हैन भने यो आन्दोलन ले उनि हरु बढारिने त चदैचा यो आन्दोलन ले जनता मा पर्ने पिर मर्का को जिम्मा यो दुवै को लागि तयार हुने हो सरकार संग अझै पनि बिबेक गुमेको छैन भने अब चाडै मावोबादी को माग लाई सम्बोधन गर्दै रासतिये सरकार बनाउने बाटो खोलेर संबिधान निर्माण कार्ये मा सहयोग गर्नु पर्दछ हैन भने राजनैतिक घाटा मात्र होइन देश मा मावोबादी इतर मा पार्टी को राजनैतिक उपस्थिति नै पनि धराप मा पर्न सक्छ भने मलाई लाग्दछ किन कि यो एअउता आन्दोलन मात्रै हैन जनता ले १२ वर्ष भन्दा अगाडी सुरु गरेको यो जनता को एअउता लामो अनि महान अभियान हो, अनि यो अभियान भने को मूल नदि जस्तै हो अन्य सहयेक नदि अथवा खोला हरु यो मूल नदि मा नमिली धरै छैन पर्किर्तिक नियेम नै एस्तो छ /

    गौतमराज
    जर्मनी

  82. जो जो Ladchha लड्दै Jau Mardai Jau, तर Sarkarko Dhukuti Rittyaera Ladna र मर्न पaudaiनs, तेरो बौहरुले कामaeरa राखेको सम्पत्ति छैन त्यो Dhukutima ! Partu Parti Lad कार्य Karta Lad अनि Mar, तिमीहरु जस्तो यो DESHLAI भरि bHAACHHA, टिमहरुको स्वार्थी पनाले हो यो गतिमा puryako. कुनै Partylai Bokera Aandho भक्ति हुनु पनि Napumsaknai हो. Bas

  83. प्रतिपछीको मागलाइ सम्बोधन गर्न नसक्ने हरुवाहरुका छोटे राजा माकुनेले तुरुन्त राजिनामा दिनुपर्छ. सबैभन्दा ठुलो दललाइ बाहिर राखेर १/२ वर्ष सरकार त चलाउन सकियला तर संबिधान बनाउन सकिदैन. सबैलाई चेतना भया !

  84. खाते माओबादीहरु जनता ले त चुनाब जिताकै होनी …केहि गर्न न सकेर राजिनामा दिने अनि आइले आएर बिरोध र आन्दोलन मार त जनता लै नै पर्ने हो नि ..हुन त जंगल बाट आएका हरु बाट अरु के नै आसा गर्न सकिन्छ र ..ल ल खाओ नेपाल मा जे जे बाकी छ थुइक्क छ तिमि हरु लाइ ….बेकार भोट दीएछु..येस्ता पिसाच हरु लै …

  85. देश को इस्थिती अब ठिक छैन ! अब झन राम्रो होला भनेको झन खराब हे भगवान !

  86. साथीहरु हो….केहि सुझाब:
    यो आन्दोलनले नेपालका सबै अनुदारवादी , सामन्तबादका अबसेशहरुलाई उन्मूलन गर्न सक्छ कि सक्दैन , येस्मा चिन्ता गर्नु पर्छ / बिदेसी दलाललाइ पनि घाइते बनाउनु पर्छ (होइन मार्ने पर्छ भन्दा मानब अधिकार हनन हुने होला !)
    जनता ले बुझ्ने भाषा मा भन्नुपर्दा, कांग्रेसको राम्चंद्रे गूट, खुमे गूट, गोबिन्दे गूट, सुजाता उप-गूट र शेरे गूटलाइ छोड्नु हुन्न भने नरहरी-पर्दीप गिरि समूहलाइ भने छुनु पनि हुन्न….है ….
    उता, खड्गेओली गूट र माकूने उप-गूट लाइ बाकी राख्नु हुन्न, यी त कम्युनिष्ट का नाममा कलङ्क हुन् …….देशद्रोही हुन, भारतीय सत्ताका नया दलाल हुन्…!!! उता, झलनाथ -बामदेव समूहलाई हेर्दै जानु पर्छ, निगरानी मा राखे मात्र पनि पुग्छ .

    मधेसी को नाममा कलङ्क चाहि गच्छेदार-गूट हो, हान्नै पर्छ/

    अनि, सहरका गून्डा र डनहरुलाइ यिनै गूटले संचालन गरि राख्या हुनाले समयमै आन्दोलनकारी ले क्याप्चर गरेर थुन्यो भने जनताको जिउ-धन मा थोरै मात्र हानि पुग्छ …
    पूराना-नया भ्रस्त्राचारिहरु, घुस्या तथा सामन्ती सोच भएका कर्मचारीहरु, छाडा पुलिस , नाफाखोर ब्यापारी, कालोबजारीया र तस्करहरु भनेका यी माथि उल्लेखित क्युख्यात गूटसंग निकट सम्बन्ध भएका हुनाले पनि आन्दोलनमा थप समस्या पर्ने हुनाले यो आन्दोलनको निशाना बन्नु पर्छ/
    हेरौ माओबादीले रूपान्तरणका लागि आन्दोलन गर्छा ki केवल सुधारबादी काममा रमाउछ, येसपाली उसको पनि परिक्षा हुन्छ है/
    माओबादीले गरेनन भने अर्को कोहि त जन्मेको होला नि वा जन्मेला नि भविस्यामा !?! नत्र त देश सधै येस्तई रहने भयो…..आ-आफ्नो ठाउबाट हामि पनि केहि गर्ने पो हो कि….रमिता हेर्ने??

  87. नेताहरुमा गिदी भईदिएको भएपो केहिहुन्थ्यो. घोडाको लिदी भए पछि फेरी मर्ने भए नेपालीको सन्तान.
    पशुपतिनाथ रक्षा गर.
    ओम: नम: शिवाय

  88. नेता हरु साछी कै चोर हरु छन्……केहि माया छैन देश को….

  89. देशको प्रतिकुल आवस्था हुदाहुदा पनि नेताहरु रिश्को झोकमा जेपनि बोल्दा रहेछन् |

Comments are closed.