सेरेमोनियल सभापति कि शक्तिशाली सभापति ?

आजदेखि बसेको नेपालको सबैभन्दा पुरानो ‘प्रजातान्त्रिक’ पार्टी नेपाली काँग्रेसको महासमितिको बैठकमा पार्टी सर्वोच्च पद सेरेमोनियल राख्‍ने कि शक्तिशाली राख्ने भन्ने विषय मुख्य छ। देशभरका झण्डै १२०० महासमिति सदस्यहरुले यसको निर्णय गर्नेछन् कि यो अधिकार केन्द्रीय समितिलाई नै दिनेछन्, त्यो हेर्न बाँकी कुरा हो। सभापतिलाई सेरेमोनियल राख्‍ने कि नराख्‍ने भन्ने विषयमा भने नेताहरुबीच विभाजन देखिएको छ। महासमितिको उद्‍घाटन गर्दै सभापति गिरिजाप्रसाद कोइरालाले सभापति शक्तिशाली नै हुनुपर्ने आफ्नो प्रस्तावमा सहयोग गर्न आह्वान गरेछन्। तपाईँलाई के लाग्छ ? काँग्रेसमा शक्तिशाली सभापति आवश्यक छ कि सेरेमोनियल ? अब तपाईँको पालो- आफ्नो विचार राख्‍नुस्।

अहिले काँग्रेस सभापति शक्तिशाली छ। काँग्रेसको यो विधानलाई परिवर्तन गरी सभापतिलाई कम अधिकार दिई सामूहिक नेतृत्वमा जाने पक्षमा केही नेताहरु छन्। तर सभापतिको अधिकार कटौति गर्न नहुने भन्नेहरुको उपस्थिति पनि दह्रै छ।

अहिले तीन वटा विकल्प महासमितिमा प्रस्तुत गर्ने भनिएको छ-

१) सभापतिले पदाधिकारी पनि चुन्ने, ५० प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने (शक्तिशाली सभापति)

२) सबै पदाधिकारी र ८० प्रतिशत केन्द्रीय सदस्य निर्वाचित गर्ने (सेरेमोनियल सभापति)

३) ८० प्रतिशत सदस्य निर्वाचित गर्ने, पदाधिकारी चाहिँ निर्वाचित भएर आएका केन्द्रीय सदस्यले चुन्ने (सेरेमोनियल सभापति)

सेरेमोनियल सभापतिका पक्षमा नेताहरु
• रामचन्द्र पौडेल
• प्रकाशमान श्रेष्ठ
• विमलेन्द्र निधि
• रामशरण महत
• अर्जुन नरसिंह केसी
• नरहरि आचार्य
• पूर्णबहादुर खड्का
• नारायण खड्का

शक्तिशाली सभापतिका पक्षमा नेताहरु
• सुशील कोइराला
• सुजाता कोइराला
• शशांक कोइराला
• आनन्दप्रसाद ढुंगाना
• दिलबहादुर घर्ती
• दिलेन्द्र बडु
• पुरुषोत्तम बस्नेत
• गोपाल पहाडी
• बलबहादुर केसी
• प्रकाशशरण महत
• अमरराज कैनी
• दीनबन्धु श्रेष्ठ
• सरकारमा सहभागी सबै मन्त्रीहरु
• शेरबहादुर देउवा

सभापतिलाई सेरेमोनियल बनाउँदा पार्टी कमजोर हुने, नेतृत्व शक्तिशाली नहुने, गुटबन्दी बढ्ने जस्ता बेफाइदाहरु देखाइएको छ। फाइदा देखाउनेहरुले भने एक व्यक्तिको हालीमुहाली अन्त्य हुने, सामूहिक नेतृत्वमा जाँदा सामूहिक जिम्मेवारी र उत्तरदायित्व बढाउने तर्क गरेका छन्।

तपाईँलाई के लाग्छ ? काँग्रेसमा शक्तिशाली सभापति आवश्यक छ कि सेरेमोनियल ? अब तपाईँको पालो- आफ्नो विचार राख्‍नुस्।

महासमिति भनेको के हो ?
राजनीतिमा खासै रुचि नहुनेहरुलाई यो महासमिति भनेको के हो भन्ने लाग्न सक्छ। नेपाली काँग्रेसमा महाधिवेशनपछिको दोस्रो ठूलो निकाय महासमिति हो। देशका प्रत्येक निर्वाचन क्षेत्रका क्षेत्रीय प्रतिनिधिमध्येबाट तीनजना चुनिएर महासमितिमा प्रतिनिधित्व गर्छन्।

67 Comments

  1. राजनीति प्रति तेती चासो त छैन तर पनि कांग्रेश जे सुकै भएपनि देशलाई केहि असर पर्दैन …..

  2. सर्बप्रथम त कांग्रेश ले आफ्नो पार्टी लाई सुधर्नालाई पार्टीभित्रका गलत कार्य र गलत निर्णय हरुको प्रतिरोध शक्तिको बिकाश गर्नुपर्यो . कुनैपनि नेतृत्व को निर्णय लाई अन्धभक्त भै समर्थन गर्नु भन्दा खुल्ला आखा ले सहि गलत छुटयाउनु पर्यो तेसो भए मा कुनैपनि तरिकाको नेतृत्व फलदायक हुन्छ , होइन भने जेभए पनि कांग्रेश सुद्रिदैना

  3. जोत्न को अल्छि ले बारी माँ सुत्ने काम चोर गोरु र परिबर्तन को पक्ष माँ पाइला चालन नचाहने कांग्रेस एकै हो. दुबै को काम छैन.

  4. सामुहिक नेत्रित्तो नै एक मात्र विकल्प हुनु पर्छ त्यो पनि चालिश कम ५०%

  5. kangress party layi sakha fuki aryaghat ma lagera dah sanskar garnu parne ma kaha bat ceremonial or non ceremonial president ko bibad ma fasayeko ye janta haru.sarwa pratham girija layi kalo moso dalera gadha ma chadayera tudikhel pura ghumanune ani koirala bandhu jati sabai layi lauro le lakhati lakhati sima pari patna puraune bandobast agran jaruri chha. k farak payo koirala tantra ra rana tantra ma.

  6. सेरेमोनियलनै राम्रो हो हुनत, तर कसैलाई कुन्ती मोक्तानको "खुट्टा तान्दै गर " भन्ने गित याद नआओस |

  7. namaste mitraharu

    mero bicharma sermonial shabhapati nai best. nepali congress le aafulai democretic party bhanera paribhasit garne ho bhane bebahaar pani democratic hunu parcha.yogye ,educative, ra durdarsi ledarship ko aagaman bhayematra nepali congress full democretic huncha.chakadi garne ra bal michyai garne le party ra desh haakna sakdainan.dui paisa ko dhanga nabhayeko,bolnanajaane,kunai yogdan nabhayeko bekti lai netrito sumpina kojnu party lai sidai khadalk maa haalnu ho.pradeep giri,ramchandra paudel gagan thapa,suprabha ghimire,narahari aacharye ,ramsaran mahat,chitralekha yaadav, np saauad,prakashman singh , arjunnarsimha kc jasta neta haru ko aaguwai hunu pardachha yi neta haru le matra congress lai purna democretic way maa laana sakchan.
    jay nepal
    yogendra shrestha myagdi haal belgium

  8. नेपाली कांग्रेस माने नेपाली भेला बुझ्नुन
    साँची तेस्तै भए देसमा लाग्ने हाँस्ने मेला
    येस्मा धेरैको धेरै प्रस्न उठे किन बुझ्नुन
    तिमि राम्रो तर नराम्रो को हुनत चिनुन
    खोट लागेको त्यो भोट अब त नदिनुन

  9. कांग्रेसिहो प्रजातन्त्र बादी भनि लेख्छौ
    राना राजा तानाशाहा पनि फाले भंछौ
    तर उही तानाशाहा पार्टीमा किन पाल्छौ
    पार्टीको ज्योति तिमि हौ उ मात्र छाया
    पार्टीको शक्ति तिमि किन उसको पाउ मोल्छौ

  10. एउटा बेठीकलाई अर्को बेठिकले ठीक गर्दैन भन्ने बुझ्नु जरुरि छ|

  11. सिक र जान हे कांग्रेसी हो
    गिरिजादिले धेरै फोहर गरे
    उसको मैलोले पार्टीमा किरा पलाए
    उसको कालो कर्मले सबैलाई रुवाए
    अब त आंत्नु तेस्तालाई फाल्नु है

  12. हिजो भर्खर आएको मेरो झोपदिको दैलोमा
    सेवक बन्न भोट पाउँ भनि हात जोडेको
    न रुपया न गहना भोट त हो दियिदियें
    माग्ने उ अब ठुलो रे सेवक उसको म रे
    उ बोले हुकुम म बोले औला पो ठड्याए

  13. काँग्रेस मा सामुहिक नेत्रितोको आबसेकता छ | १ बक्तिको हातमा सक्ति दिदा निरंकुस्था को जन्म हुन्छ| काँग्रेसअब पनि यहि पाराले चल्यो भन्ने यका देशको कथा हुने छ | तेसैले महासमितिको हातमा छ काँग्रेसको भविस्य | काँग्रेस बचाऊ आफै वाच!!!!!!

  14. दुई खुट्टा घाटको अर्घ-जलमा लत्रिसके
    येमराज सित उमेर-दान माग्नु पर्ने भैसके
    तानाशाही सभापति पार्टीकै उपहास भैसके
    प्रजातन्त्रमा नबिक्ने प्रबिती त्याग्नै नसक्ने
    तेस्को के इछ्या किन कसैले सोधिरहे हँ

  15. कांग्रेसी प्रजातान्त्रिक दल हुने भय सेरोमोनिल सभापति हुनु पर्छ, नत्र नाम मात्र प्रजान्त्र ………….

  16. तानाशाही चाहनेहरुले प्रजान्त्र थेग्नै सक्दैन/ आज सम्म सभापतिको तानासाही चलेको पार्टीको सरकार देसमा किन असफल भए त्यो अझै नबुझ्ने कांग्रेसमा देखियो/ दुख लाग्यो/

  17. नरहरी आचार्य जस्ता नेता हरुको समेत समर्थन रहेको सेरिमोनिअल सवापति नै योग्य हुनुपर्छ 1
    Khem

  18. गगन जी ले भन्नु भएको ठिक हो..एउटा नेता ले जे गर्यो सदर गर्ने पार्टी देश मा आवश्यकता छैन… येही सत्य हो…. बुझी लिनुस…. मिस्टर निक …….

  19. माओबादी पार्टी बारे होइन नि काँग्रेस मा कस्तो सभापति हुने भन्ने कुरो को चुरो नै नबुझी कमेन्ट लेख्ने कस्तो हो निक जी तपाईं पनि पूर्वाग्रह सहित लेख्नु हुन्छा कि क्या हो…

  20. दुइ लाइन लेख्यो धेरै लामो भयो भन्छ , के हो यस्तो ?एडमिन जी, येसो मेलो मेसो पाउन पाए जति हुन्थ्यो |

    • parineetaajee
      i tried but all for nothing .can write only 2 and half line in nepali. havent' tried in english. it is said we can write long in english

  21. शक्तिशाली = ज्यू!हजुर! चाकडी प्रथाले प्रमुखता पाउनु = गणतान्त्रिक देश मा यो प्रथा अशोभनिय – –

    • what is feeling all no possible to post here ! it say always " it is too long , try to make short ! "
      and i see here peopel's commente is more then 5 line . it is very hard to understant this new
      system ! and whne we write in english it post ! but not in nepali ! tereable !

  22. Dear admin,
    dui haraf, dui line coment pani lamo bhyo tukryayara pathaa bhanchha ni, keho sir. Kasai kasai kota feri ek-dui pyaregraph nai pani dekhinchha ta. keho bujhiyana, yaso meso pau la.

    • लुना
      मलाई पनि तेही समस्या/ साढे दुई लाईन सम्म मात्रै लेख्न मिल्ने/ अब साढे २लायिन मा कसरि मुटु दुखेको ब्यथा पोख्ने/ अलि गारो भयो/

  23. काँग्रेसमा शक्तिशाली सभापति आवश्यक छ कि सेरेमोनियल ? प्रस्न देशमा नेपालि कांग्रेसकै आबस्यकता छ कि छैन भन्ने हुनु पर्ने हो र तेस्मा मेरो जवाफ चाहि सिधा – छैन !!!

    • गगने,मेरो बिचारमा त माओबादीको आबश्यकता छैन आज र भोलिको नेपालमा|माओबादी लै उत्तर तिरको दादा पछाडी पुर्याएको दिन हामी नेपालीको सुबर्ण दिन हुनेछ| त्यै सित यदि तिमीलाई र पुष्प भन्ने कामरेड लै पनि सति जाने इच्छा भए हामी प्रजातन्त्र बादी बाट हार्दिक स्वागत र शुभकामना छ ल|

      • अझै पानी नेपाली कांग्रेस को भूत ले छोदेको छीना निक जी, कुनै एजेंडा नभएको पार्टी हो गिरिजा कंपनी, अली broadly सोचौ न हो, जसको न k ही एजेंडा छ, न k ही भूमिका छ ! चाहे सरेमोनिअल चाहे powerful सवापति होस , lauda प्रसाद नमरिन्जेल सम्म न कांग्रेस राम्रो हुन६, न देशमा शांति औंछा !

        • क्रमस… ९ महिना सत्ता मा थिए त्यो पनि पनि मरुवा एमालेले गर्दा कार्य गर्न सकेनन | कमसे कम जनता क नजरमा गिरिजा जत्ति को तल पुगेका छैनन् |

      • निक महोदय, तपाई अहिले सम्म कहाँ हुनुहुन्थ्यो? नेपाल मा माओबादी ले होइन कि श्री ३ गिरिजा अनि उसको हुक्के शेरे र स्वामी भक्त माकुने ले राज्य गरेको हुन् | माओबादी केवल

    • नेपाल लै यो स्तिथि मा पुराउने श्रेय नेपाली कांग्रेस लै नै जान्छ | अब तपाई नै भन्नुस नेपाल लै नेपाली-कांग्रेस अबसेकता छ कि छैन….

  24. नेपाली कांग्रेस नेपालको प्रजातन्त्र हो , नेपालको, गणतन्त्र हो र नेपाली को लोकतन्त्र हो त्यसैले यो पार्टी पनि सामुहिक नेतृत्व गयर नेपाल को बल गणतन्त्रलाई मजबुत बनाउन जरुरि छ |

  25. राम्रो त सेरेमोनिएल नै हुन्थ्यो, तर गिरिजाले "म यो भन्छु कि …. " भनेर चोर औला ठडाउना साथ सब बिरालोको आगाडी मुसो भए झैँ हुने हुन् क्यारे, त्यसैले जसले जे भने पनि आखिरमा गिरिजा कै इच्छा अनुसार सबै काम हुनेछ |

  26. यो नेपाली काँग्रेस भन्ने पार्टी कै नेपालमा कुनै औचित्य छैन जस्तो लाग्छ मलाई त , किनकि येस्मा लाग्ने अधिकांस नेता तथा कार्यकर्ता हरु भ्रस्टचारी छन्, एक दुइ जना छोडेर | यिनीहरुको उदेश्य नै आफु बन र आफ्ना लाई बनाउ |

    • There are no one free in any party politics in Nepal. Corruption is rampant. Some takes under the table, some takes by hook or crook, like Maoists. They could become richest political party in Poorest of poor Nepal. Maoists never take money from you. They take wealth from you. The wealth some one has earned so hard. So if you want to say something say so to Maoists rather than NC. You can ask the question about corruption in NC. Can you do same in Maoists party? If you do you will sent to Labour camp. Try it.

  27. देश काल परिस्थिति आनुसार चल्न नसक्नेहो भने 'कांग्रेस' को बिलय निश्चित छ| एमाले, माओबादी जस्ता बलिया र संगठित पार्टी हरु संग प्रतिस्पर्धा गर्न, यूबा शक्तिलाई मूल धारमा आकर्षित गारी परिचालित गर्न, एक ब्याक्तिको एकाधिकारी परम्पराको अंत्य गर्न, 'सेरेमोनिअल' सभापति नै उत्तम प्रणाली हो| ८० प्रतिशत सदश्यहरू निर्बचित हुनु पर्छ, पदाधिकारीहरुको चयन सदश्यहरू ले गारे पनि हुन्छ (आहिले लाई), वा सबैजाना निर्बचित भये झनै बेश|

    एक ब्येक्तिको हैकमबादी प्रणाली बाट कांग्रेसले मुक्ति पाओस – माहाशमिति सदश्यहरू लाइ सद्बुद्धि र परिबार्तनको साथदिने आत्मबल मिलोस |
    जय नेपाल!

    • आशुतोष जी,
      बास्तबमा मेरो मनमा एउटा कुरा बारम्बार आइरहन्छ र त्यसको सहि जबाफ प्राप्त गर्न माधब नेपाल लाइ प्रधान मन्त्रि हुन् जत्तिकै इच्छा छ |

    • के नेपाली कांग्रेस पार्टी हो ? यदि हो भने यसमा प्रजातन्त्र बुझ्ने र अझ व्यवहार मा लागु गर्ने एउत कुनु व्यक्ति छ ? | कृपया मेरो जिज्ञासा मेटाई दिनु हुन्थ्यो कि ?

  28. शक्ति को बाद फाड गर्नु नै सबै भन्दा उत्तम होला . गिरिजा बाबु लाई मात्र शभापति बनाउने अनि सबै अधिकार उनीलाई मात्र दिने हो भने भोलि नै सुजाता लाई प्रधानमन्त्री बनाउछ .

  29. एकलौटी गरेकाहरुलाई सबै अधिकार आफैले लिउ त भैहल्छनि तर जमना सात साल को रहेन तेइभयेर सक्ति बिवाजन गरेको राम्रो |

  30. गिरिजा बुडो लडिजा नभए सम्म नेपाली कांग्रेस मात्र होइन सिंगो नेपालमा पनि केहि हुने वाला छैन चाहे सेरेमोनियल होस् चाहे …

  31. हामी पनि यक पल्ट हेरौं सेरेमोनिअल सवापति कस्तो हुदो रहेछ .

  32. आ … कागलाई बेल पाक्यो हर्स न बिस्मात … देश बनाउने चिन्ता छाडेर पार्टीको चिन्ता … वाहियात

  33. खै राजनीति भनेपछि फिटिक्कै थाहा छैन भनौ खै तैपनि सेरोमोनियल सभापतिमा जादा शक्ति बाडफाड भयपछी सबै आफै आफै हिरो बन्न बेर लाग्दैन अनि पार्टी चाही कम्जोर हुदै जना सक्छ हुन त विपक्ष पार्टी हरुको लागि राम्रो हो तेसैले केहि गर्नु छ बलियो बनाउनु छ भने काँग्रेसलाइ शक्तिशाली सभापति आवश्यक छ …..

  34. गिरिजा को हालीमुहाली हटौना सामुहिक नेतृतो नै हुनु पर्छ

    • mr janak
      in democracy no one else but only the voters ought to be powerful. if you still wish to empower that currupt detector girijaa, may be it is possible only in the hell where he would sure go for his sinful deeds that he had done to nepal and nepalese.

  35. बालै भएन नि काँग्रेस मा जे सुकै होस्, देश चाही जसरि भए पनि राम्रो हुनु पर्यो | हैन क भाको यो लेखकलै, मान्छेलाई यहाँ देशको चिन्ता छ उसलाई चाही राजनीतिक पार्टीको, कतै लेखक महोदय काँग्रेसकै नेता वा कर्येकर्ता त होइन ? कै नपार काँग्रेसको प्रचार गर्न खोज्ने फोकतमा पायो भन्दैमा ???

    • बिमलजी राजनीति भन्ने के हो बुज्न जरुरि छ जस्तो छ किनकि पार्टीको आन्तरिक मामिलाले देशलाइ आसर पर्छ लेखक कुन पार्टीकोत थाहा भयन तर मचै काँग्रेस को भयर लेखेको हैन है जे देखा तेही लेख्य |

  36. अब कोही पनि रैती भएर बाच्न चाहदैन त्यसैले शक्तीको बाँडफाड हुनु पर्छ त्यसैले विशेश गरी काँग्रेसको आवश्यकता भनेको सेरोमोनियल सभापति नै हो ।

    • I think Sushil Koirala is a stupid and senseless people, throw him in dustbean.
      These Koirala and their Spoons want to make president powerfull because they know only this is the way to stick on chair. Rubbish Koirala haru lai dustbean ma falau.

  37. Better way to elect all the members and members elect the president. The Best way is to become HONEST TO THE NATION AND PEOPLE. Nepalese People have never seen such politicians even a single in Nepal.Most of the leaders have seen the development made by Europe, America and Australia. However they have never shown a real intention to learn from them. They have seen a law and order in these countries and continents. But they do not want to make law and order in that way. In a real sense, Nepalese people have no faith in these so called leaders.

Comments are closed.