हार्‍यो भन्दैमा ढुंगै हान्नुपर्छ त?

नेपाली फूटबलको महिमा गाइसक्नु छैन। सँधै सुनिन्छ पत्रपत्रिकामा फुटबलको हर्ताकर्ता बनेकाहरुबाट- नेपाली फूटबलले प्रगति गर्‍यो, ह्याँ गर्‍यो त्याँ गर्‍यो। जब मैदानमा खेल हेर्न पुग्छन्, तब भने अक्सर हार बेहोर्नुपर्छ। कहिले गोलै गर्दैनन्, कहिले गोल गरे पनि जित्‍न पुग्ने गोल गर्दैनन्। भर्खरै काठमाडौँमा सम्पन्न यु १६ फुटबल प्रतियोगिताको छनौट चरणमा त नेपालले ऐतिहासिक ‘उपलब्धि’ हासिल गर्‍यो- दर्जन बढी गोल खाएर पनि एउटै फर्काउन सकेन। अहिले भइरहेको यु १९ मा त्यस्तो हुन्न भनेर वाचा गरे फुटबल अधिकारीहरुले। तर

पहिलो खेलमा बिना कुनै गोल, विपक्षीको गोल खाएर मात्र सकियो खेल। दोस्रो खेल चाहिँ जित्‍यो नेपालले। तेस्रोमा फेरि हार्‍यो। अनि हिजो भएको जोर्डनसँगको खेलमा फेरि पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको रिसमा दर्शकहरुले उपद्रो गरिदिए। दर्शकले हानेको ढुंगा लागेर इरानका सहायक रेफ्री सकुर हैदर घाइते भए। टाउकोमा तीन टाँका लगाउनु परेछ बिचराले।

भन्नलाई त जोर्डनका रेडकार्ड पाएका खेलाडी मुस्ताफा अनवरले मैदान छोड्ने क्रममा प्यारापिटतिर लात्तीले पानीको बोटल हानेर दर्शकलाई उत्तेजित पारेको पनि भनिएको छ। तर रेफ्रीलाई घाइते हुने गरी ढुंगा हानेर उसको थाप्लोमा सबै दोष थोपर्नु कहाँ उचित हुन्छ र।

दशरथ रंगशालामा दर्शकले गरेको यो पहिलो उपद्रो हैन। हालैमात्र पनि यस्ता घटनाले धेरै चर्चा पाएका छन्। एएफसी च्यालेन्ज कप २०१० को छनोटमा किर्गिस्तानविरुद्धको खेलमा दर्शकले मैदानमा ढुंगामुढा गरेका थिए। मार्च २८ मा रंगशालामै सम्पन्न छनोट खेलमा पनि यस्तै भएको थियो।

खेल भनेको खेल भावना अनुसार खेल्नुपर्ने हो। हारजीत भनेको त भइ नै रहन्छ नि। यो आदर्शको कुरा मात्र हैन। हरेक खेलको अगाडि फेयर प्लेको ब्यानर देखाउँदा पनि कोही हारले उत्तेजित हुनसक्छन्। तर त्यसको रिस ढुंगा हानेर रेफ्रीलाई घाइते बनाएर पोख्ने हैन। बरु हाम्रो खेल गुणस्तर बढाउन, सँधै प्रगति भइरहेको छ भनी झुक्याउने पदाधिकारीहरुलाई दबाब दिएर पो हाम्रो फुटबललाई सहयोग हुन्छ त। त्यसो पनि भएन भने हार्दैमा केही हुन्न। देश त हारेकाहरुले सञ्चालन गरिरहेका छन् भनेर भए पनि चित्त बुझाउनु पर्‍यो। ढुंगा हानेर त देशको इज्जत कहाँ पुग्यो, यसो विचार गर्नुस् त !

38 Comments

  1. ढुंगा हान्नलाई प्रक्तिक्स गरेको नि भोलिको आन्दोलनको तयारीको लागि हाहाहा

  2. i like football very much. i also want to see our country to be a powerful football team but always we have faced humiliation. regardless of any investment or any ambitious project our national team still disappoint us. when i saw youth under 16, at that time i thought all the investment in national team soccer is just like pouring water in sand. if we can never improve then why do we bother trying? at least we don't have to see that white washed score line which really insults our nation. my simple recommendation: stop investment in football, dismiss the team forever. If no gain then why take pain?

  3. नेता हरु को त यो चाल छ देश मा बिच्हरा साना खेलाडी का ठुला दर्शक के गरुनत जाने कै तेही हो …………….

  4. दुइ चार जना वाईसीएलका लटेथ गएका भए त खेल्नु नै पर्दैनथ्यो होला नि कठालो समातेर भए पनि नेपालले जिती हाल्थ्यो नि कस्तो नजानेका नेपाली खेलाडीले!!!

  5. भन्न दु:खलाग्छ तर इज्जत भए पो बेइज्जत हुन्छ। जीतसँगसँगै इज्जतका साथ हार पनि स्वीकार्न सक्नु पर्छ। जे कुरामा पनि गुड्डा गर्दी गरेर हुन्छ?

  6. *******************************************
    *******************************************
    How can I see my Nepal whom I love more than anyone, losing. My faith, Maoism told us – lift your weapons whenever you disagree with your fellow in order to bring them at your will and at your desire. So we did it to make him lose but we havent lose anything, we make them loose some blood. That's our victory for the moment but we will show them next time. Jai Nepal, I love you so much, more than any living things in this world.
    ******************************************
    ******************************************

  7. देश त हारेकाहरुले सञ्चालन गरिरहेका छन् भनेर भए पनि चित्त बुझाउनु पर्‍यो।

    सारै चित्त बुज्ने उदाहरण |

  8. जब सम्म घुसखोरी र नाताबाद रहन्छ फूटबल मा तब सम्म नेपाली फूटबल यसरि नै हार खानु पर्छ

  9. भालुको रिस खन्न्यु माथि भनेको यहि हो, आफ्नो ढंग छैन अरुलाई ढुंगा हान्ने | नेपालमा अन्तरराष्ट्रिय खेल नै ब्यान गरि दियो भने हान्लास ढुंगाले बल्ल |

  10. बाबु-बाजेले गरि आएको चलन हामीले किन छोड्ने…!!! बधाई छ पुरानो नेपाली सोचकको लागी ! आखिर तपाई हामी कहिले सुध्रने |

  11. हार जीत भै रहन्छ हैन, गणेश थापा (फुटबलको तानाशाह) भैन्जेल हार मात्र भै रहन्छ |

    • तानाशाह हरुले देस खाएका छन् यस टिप्पणीमा मेरो सहमति छ .

  12. """" देश त हारेकाहरुले सञ्चालन गरिरहेका छन् भनेर भए पनि चित्त बुझाउनु पर्‍यो।"""" यो चाई कमेन्ट एकदम मन पर्यो नि त !! धन्यबाद हरिहर जी!

  13. हामि नेपाली अझै पनि ढुंगे युग बाट माथि जान सकेका छैनौ भन्ने देखौना खोजेको होला/

    • हामी नेपालीहरुलाई बानी नै परिसक्यो नि ढुंगा मुढा गर्नलाई अब फुटबल मैदानमा पनि आफ्नो कला प्रदसन विदेशीहरुको सामु प्रतक्ष प्रसारण गरिदिएको नि ढुंगा मुढा हानेर वाह वाह कमाउनलाई बिचरा सहायक रेफ्री सकुर हैदरले पनि देखिहाले तोरीको फुल नेपालीहरुको प्रतक्ष चर्तिकला ……..

    • सरी तुलसी जी र थापाजी, अरुले गरेको गल्तीमा "हामी नेपाली" भनेर किन समुहिक अपमान लिन खोज्नु हुन्छ। म मान्छु तिनीहरु पनि नेपाली हुन तर त्यस्तालाई "हामी" भित्रको दायरामा किन ल्याउने। "हामी नेपाली हामी नेपली" पढ्दा अरुले गरेको गल्ति आफूले काँध थापे जस्तो हुन्छ। किनकि त्यो "हामी नेपाली" मा म पनि पर्छु। म जिसस वा वुद्ध वा माहात्मा होइन – अरुको गल्तीलाई आफ्नो कोल्टामा पर्न।

    • ढुंगे युग त नभनौ साथी तपाई हामी पनि परिन्छ फेरी बरु भनौ आन्दोलन छक्क जाम तोडफोड गर्न हामी अगाडी छौ तेही सन् देखाको नि …..

  14. मान्छे को बुध्धी र मुर्खता उस को रिस बाट अन्दाज गर्न सकिन्छा/त्येसैले हार्ने हरुले मुर्खता नदेखाउनु राम्रो/

  15. ढुंगा मुदा गरेर कोहि ठुलो मान्छे र असल खेलाडी बन्न सक्दैन /मान्छे कति मुर्ख छ भन्ने कुरा उ कति छिटो रिसौछ गर्न सकिन्छा/

  16. नेताहरु को बिडो थाम्ने भए नेपाली जनताले? शब्य र अनुशासीत हुन कैले सिकेनन ??:@

  17. lack of sportsmanship!

    education should address such problems from the early age of primary schools. this show how important it is to include sports as a carriculum if we want to produce good citizens for the country.

    we r a bunch of bad loosers.

  18. लौ न ! आब त केहि गरुम…नेपाल आमा संसार मा राम्रो कुराले चिनौन खोजौ | तर आजै पनि बुद्दी आएन kasaiko भने हामी छौ साथीहरु नेपाल आमा लै सदैभ जोगाई राक्ने | जय नेपाल !!

    SRAcharya
    USA

    • लौ न ! आब त केहि गरुम – यो उक्ति नेपालमा प्रख्यात "के गर्ने?" syndrome बाट केही फरक छैन। के गर्नेमात्र भनेर वाक्यलाई आधिकल्चो बनाउनु भएन। lay it all down! propose what to do! amen!!!!

    • के हि गरेर हुने वाला छैन मित्र जे छ माईसंसार छ पद्नुस र चुप लागेर बस्नुस !किन कि तपाई हाम्रो कुरा सुन्ने कोहि छैन देश मा,हामी कुनै देश को राजदुत होइनौ …

  19. किन यो कुरा देख्दैनन सबैले ? लौ न ! आब त केहि गरुम…नेपाल आमा संसार मा राम्रो कुराले चिनौन खोजौ | तर आजै पनि बुद्दी आएन भने हामी छौ साथीहरु नेपाल आमा लै सदैभ जोगाई राक्ने | जय नेपाल !!

  20. खोइ क भन्नु र !! आहिले नेपाल कुनै कुरा पनि प्रगति देखिएको पाईदैन | न बती छ बल्न, न पनि छ खान| खाली नचाहिने काम गरेको छ बसेको छ सबै जना नेता देखी प्रजा सम्म |

  21. सबै तिर एस्तो चलन चल्दै आएकोमा फूटबल मात्र कहाँ बाँकि रख्थियो र | हामीले सब्य बन्न अब कसैले सिकाउन सक्दैन जस्तो लाग्छा |

  22. """ देश त हारेकाहरुले सञ्चालन गरिरहेका छन् भनेर भए पनि चित्त बुझाउनु पर्‍यो। """ ल चित्त बुझ्ने कुरा गर्नु भएछ .

Comments are closed.