अब कस्तो आन्दोलन?

हेर्दाहेर्दै माओवादीको तेस्रो चरणको आन्दोलन पनि आज दिउँसोबाट सकिने भयो। तीन तीन दिनको नेपाल बन्द सरकारलाई दबाब दिन उनीहरुले राखेका थिए। बन्दको व्यापक असर पर्‍यो, जनजीवन ठप्प भयो, सर्वसाधारणले दुःख पाए। तर सरकारलाई यसले एक छेउ पनि छोएको देखिएन। यो अर्थमा माओवादीको तीन दिने बन्द असफल भयो, किनभने जसलाई दबाब दिनका लागि आन्दोलन गरिएको हो, उसलाई यसले छुँदै छोएन। दुःख पाए बिचरा जनताले।

माओवादीले लगातार सदन अवरोध गर्दै आएको छ। महिनौँ भयो सदन चलेको छैन। तर सदन खोल्नका लागि सरकारले केही पहल गर्न सकेको छैन। ऊ ढुक्कका साथ बसिरहेको छ, सरकारलाई यसको केही चिन्ता छैन। यस अर्थमा पनि माओवादीको सदन अवरोध असफल साबित भएको छ। सदन र सडक दुवै आन्दोलनले सरकारलाई केही असर पार्न नसकिरहेका बेला अब माओवादीको आन्दोलनको स्वरुप कस्तो हुन्छ त ? आज दिउँसो तेस्रो चरणको आन्दोलनको समाप्तिसँगै हुने प्रचण्डको भाषणले यसको केही संकेत पाउन सकिन्छ।

माओवादीले तीन दिने आन्दोलनको तयारी गर्दैगर्दा प्रधानमन्त्री माधवकुमार नेपाल सहमति खोज्नुको साटो कोपनहेगनमा गफिँदै थिए- ओबामाले आफूलाई देख्‍ने बित्तिकै चिनेको र मनमोहन सिंहले केही परे सीधै फोन गर्न भनेको भन्दै।

प्रधानमन्त्रीका रुपमा सबैलाई मिलाएर लैजाने जिम्मेवारी उनले पटक्कै वहन गर्न सकेको देखिएको छैन। उनका लागि दुई ठाउँमा हारेर पनि पाएको प्रधानमन्त्रीको कुर्सी जोगाउने विषय नै महत्त्वपूर्ण बनेको छ। त्यसैले सीडीओमाथि हातपात गर्ने मन्त्रीलाई पनि उनले कारबाही गर्न सकेनन्। यो सरकार वास्तवमा निश्चित अवधिका लागि बनेको बहुमत, अल्पमतको सरकार हैन। संविधान सभाको निर्वाचन मूलतः संविधान बनाउन संविधान सभाको लागि भएको हो। तर देशमा व्यवस्थापिकाको पनि आवश्यकता भएकोले सोही संविधान सभालाई नै व्यवस्थापिका संसदको पनि दोहोरो जिम्मेवारी दिइएको हो। तर यही संविधान सभालाई बहुमत अल्पमतको खेलमा अल्झाउँदा संविधान निर्माण कार्य नै ओझेलमा परेको छ। देशमा तीन वर्षभित्र तीन वटा सरकार बनिसके। यो सरकारको काम संविधान निर्माण हो। संविधान निर्माणको काम हुन नसके चल्ने प्रतिक्रान्तिकारीहरुको खेलले उनको पद पनि बच्दैन भन्ने कुरा उनले नबुझेका होलान् कि बुझ पचाएका ?

सरकार प्रमुखका रुपमा उनले सबैलाई मिलाएर सहमतिको बाटोतर्फ लान सक्नुपर्छ। तर बाह्य शक्तिबाट चलेको सरकार भएकोले उनको केही जोर चलेको देखिँदैन। त्यसैले त सहमतिका लागि नेताहरु एक ठाउँमा बसेर वार्ता समेत गर्न सक्दैनन्। आखिर कसले रोकिरहेको छ सहमति गर्न ? देशका नेताहरु सबै एकै ठाउँमा बसेर छलफल गरे दुवै पक्ष नहार्ने गरी दुवै पक्षको सम्मान हुने गरी सहमति निकाल्न सकिन्छ। तर यहाँ कुनै अदृश्य शक्तिको इशारामा त्यस्तो सहमति भाँड्ने काम भइरहेको छ।

अहिलेको राजनीतिक डेडलकलाई खुलाउने सजिलो उपाय छ। यो त्यति गम्भीर र फुकाउनै नसक्ने जटिल विषय हैन। माओवादीले संसदमा राष्ट्रपतिको कदम बारे छलफल मात्रै गरौँ भन्दा पनि सत्तारुढ दल विशेषतः कांग्रेस किन मानिरहेको छैन ? कसको इशारामा कांग्रेसले माओवादीले घुमाउरो भाषामा भए पनि राष्ट्रपतिको कदम गलत थियो भन्ने साझा संकल्प प्रस्तावलाई समेत स्वीकार्न इन्कार गरिरहेको छ ?

यो अदृश्य शक्तिको चलखेलका अगाडि माओवादी लाचार छ। उसले आन्दोलन गरेर सरकारको रौँ पनि हल्लाउन सकेको छैन। सरकारको पछाडि त्यही शक्ति छ। र त देशका सबैको समर्थनमा हैन, सरकार विदेशीको समर्थन छ भन्दै मख्ख पर्दैछ। कोपनहेगन सम्मेलनमा अमेरिका, भारत र चीनको समर्थन छ भन्दै माधव नेपाल मख्ख मात्र परिरहेका छन्।

यस्तो अवस्थामा माओवादीले सरकार र त्यसपछाडिको अदृश्य शक्तिलाई मात्र असर पार्ने, जनतालाई अप्ठेरो नहुने गरी कस्तो आन्दोलनको कार्यक्रम ल्याउला त ?

55 Comments

  1. जून सरकार अए पनी मागी गटने होईन जनजन बाऊ बढ़दही जन्छां नेपाल माँ किना पर्चंडा लाई राम्रो बनू की मदप कुमार लाई राम्रो? की गिरिजा राम्रो योसबैई एउटाई मुलको दियेंग हरु हुन साथी हो,,,, जनता लाई रोट्मा गुमायो बिचारा गरमा जद्दा चामल छैन होलन सब्जी हुदईन बुडा बड़ी को जगर दिउसो रोट्मा जुलुस रति गरमा जुलुस त्यसाई ले आफ्नो गरको मंत्री मंडल लाई बोट दियारा जिताऊ हजूर हरुलाई कस्तो लग्छान? तर मलाई ता योपो ठीक लगियो ………………

  2. मसित नेपाली सेनाको दशहजार नफ्री मात्र हुन्थ्यो भने पहिला प्रत्येकलाई शार्प शूटरको तालिम दिएर (मैले उनीहरुको क्षमतामा शंका गरेको होइन )तिनलाई .५० क्यालिवरवाला स्नाईपर राइफल दिएर सिमा मिच्नेहरुलाई नियन्त्रण गर्ने हुकुम प्रमांगी सहित खटाउने थिए|तिनलाई सेमी -एअरवोर्न हवाई सेनामा रुपान्तरण गर्ने थिए |राष्ट्रिय बदमासहरुलाई पनि शिकार गर्न लगाउने थिए|
    बाकीलाई २५००० को काम सडक निर्माण गर्ने | ७०००० इन्फेन्ट्री २१००० टैक सहितको र १००० जना फाइटर प्लेन चालक |३२० क्षेप्यास्त्र परिचालक र १५०० जना वैज्ञानिकहरु |१६००० लाई अतिरिक्त रिजर्भमा राख्ने थिए |सेनाको लागि आवश्यक आईटी वारीअरको संख्या ५०० भए पुग्दछ |गेहेन्द्र समशेरले बनाएको बन्दुकलाई आधुनिक इतिहासमा उपलब्ध सबै बन्दुकहरुको मोडेल चोरी गरेर अलि हलुका र स्वचालित बनाई सेनालाई बलियो बनाउने थिए |काम नदिएर हो -सेनाले त्यो गर्न सक्दछ |

  3. शिला जी,
    यस प्रकारको कार्यक्रम भूतपूर्व राजा ज्ञानेन्द्र शाहले नै अगुवाई गरे पनि अब जनताले त्यसको समर्थन गर्नेवाला छन् | माओवादीहरुले गरे भने त झन् आगोमा घिऊ हुने नै भयो| यिनीहरु माथि पनि १३ हजार मारेको आरोप छ -हेरौं कसरी जस्तीफाई गर्दछन त्यसलाई |
    कुनै पनि दया माया नराखी फासी दिनु पर्ने मानिसहरु पनि हाम्रो देशमा छन् | तिनले पलपलमा नेपाली जनताहरुलाई मारिरहेका छन् |प्रचण्डहरुले त कम्तिमा एउटा युटोपिया देखाएर मारे -एउटा आदर्श देखाएर मार्न र मर्न लाए |अरु धेरै शान्तिको नारा दिने हरुले गरीब जनताहरुलाई शोषण गरेर दैनिक मारिरहेका छन |अब तिनको व्यवस्था गर्नु पर्दछ |

  4. शिलाजी, तपाईं को लिस्ट लाइ हेर्दा त सबै भन्दा पहिले प्रचंडे लाइ नै कारवाही होला – बिदेशमा लुकी लुकी हजारौं को ज्यान लिने, अरुको सम्पत्ति लुट्ने डाका चोर हरुको सर्दार उही हो, करोडौं नेपाली लाई शान्ति को नाम जप्दै ठग्ने मह ठग ऊ नै हो, लाख रुपया पर्ने खाट मा सुत्ने ऊ नै हो, भारतीय प्रधान मन्त्रि लाइ ग्वाम्लाङ्ग अँगालो हाल्ने ऊ नै हो, राजा संग पहिले सांठ गाँठ गर्ने ऊ नै हो ….

    अरु कुरा केहि हैन – गृह युद्ध हुन्छ अब | आफ्नो आफ्नो कित्ता समातेर बसौं , सत्य र धर्म को विजय होश|

  5. सोझा नेपालि हरु लाइ हिन्शात्मक अपराध हरु मा उक्सायेर आफ़्नो स्वार्थ सिद्ध गर्ने प्रचण्ड बाबुराम को यो जाल हो, र यसमा शान्तप्रिय जनता उक्सियेर होमियेका छन
    बाबुराम प्रचण्ड को यो योजना नै हो; उनिहरु आफ़्नो निहित शतिप्राप्त गर्ने स्वार्थका कारणले सम्बेदनाहिनताको पराकास्ठा सजिलै पार गर्न इच्छुक छन्
    युवा हरु लाइ अपराधमा लगाउन सजिलो हुन्छ, अपराध ले बेरोजगारि बढ्छ, उद्धोग धन्दा चौपट हुन्छ, उत्पादन घट्छ, त्यसले अझ बेरोजगारि बढ्छ जस्ले अझ मानिस आन्दोलित हुन्छन्; मानिस बिरोधि हुन्छन, सरकार प्रति रुस्ट हुन्छन्, असुरक्ष्या बढ्छ, सरकार ले सुरक्ष्या को निति अपनाये शान्ति भन्ग भयेको भनेर दोश लगाउन मिल्छ, अपराध लाइ त्यतिकै सहेर बसे सुरक्ष्या गर्न नसकेको भनेर झन् सरकार असफ़ल भन्न मिल्छ

    प्रचण्ड बाबुराम जनताको जिन्दगि को भर्यान्ग चढेर जनता माथि नै तानाशाहि चलाउन चाहन्छन्

    आज को माओबादी को मुल मन्त्र यहि हो

  6. न् त् अरुले बिरोध गरुन बा आन्दोलन माओबादीले आन्दोलन गरुन बा कसैले/ माकुनेलाई के मतलव/ उ त् ढूक छ भारतको प्रधान मन्त्रीले “आहा माकुने तिमि त् कस्ती ज्ञानी रहेछ” भनि प्रसंसा गरे पछी/ आफ्ना प्रभु नै खुसि भए पछी बिरोधिको वास्ता माकुने गरोस पनि किन/ जसको मतले प्रधान मन्त्रि बन्न सकेको त्यो नै खुसि छजितेर आएको भए पो अलिकति जनताको लाज मान्थे होलान , सरकारमा भएजति सबै हरुवा छन / एक दिन बढी भए पनि टिक्न पाए हुन्थ्यो भन्ने आस होला किनभने फेरी कहिल्यै जितेर आइन्छ भन्ने भए पो ?

  7. खत्तम परे चोर हरुले नेपाल मेरो देश .

  8. मायोबादी

    ले हाम्रो देश लाई खत्तम पारे |यिनी हरु यो देश मा रहे सम्म् नेपालीहरुले शान्तिको सास फेर्न पाउने छैनन |तेसैले यि मायोबादीका नेता हरुलाई देश निकाला गरिनु पर्छ या त फासी दिनु पर्छ |नेपाली को यती खुन पिएर पनि यीनीहरु लाई अझै पुगेको छैन ,देश लाई टुक्याएर के नाटक गरेका हुन | यिनी हरुको बिरोध मा जानु पर्ने अबस्था अैसकेको छ |यदी यिनीहरुको कु चरित्रलाई बुझन सकिएन भने हाम्रो देशमा अझ कस्ता बिपत्ती आउने हुन त्यो त समयले देखाउने छ र् देशको अबस्था हैटी को जस्तो र हाम्रो अबस्था त्यहाँको जनत को जस्तो हुनेछ |

  9. गरिब लुटेरा खाने माओबादी लै देस बाट निकाल्नु पर्चा…यो लुतोजस्तई हो र सकेसम्म एसको छिटो उपचार गर्नु पर्चा .

  10. …..अब को माओबादीले घोषणा गरेको “रास्ट्रीय जागरण तथा भण्डाफोर” आन्दोलनमा माओबादीले जनतालाइ सास्ती दिने type का भन्दा देश-द्रोहीलाइ आघात गर्ने प्रकारका निम्न लिखित कार्यक्रम ल्याओस भन्ने अनुरोध गर्न चाहन्छु…………….:
    १. भारतीय जासूसी संस्था RAW का नेपालि Agents को नामावली संकलन र प्रकासन/ विभिन्न पार्टी मा घुसेका भारतीय जासूसको समेत भण्डाफोर र उनीहरुलाई कारबाही
    २.रास्ट्रीय तस्कारहरु माथि कारबाही/ पर्कने र पुलिसलाई बुझाउने, पुलिसले कारबाही नगरेर छोडेमा आफै कारबाही गर्ने…
    ३.कुख्यात भ्रस्टाचारीहरु माथि कारबाही/ पर्कने र पुलिसलाई बुझाउने, पुलिसले कारबाही नगरेर छोडेमा आफै कारबाही गर्ने…
    ४. घुस्याहा कर्मचारी माथि कारबाही/ पर्कने र पुलिसलाई बुझाउने, पुलिसले कारबाही नगरेर छोडेमा आफै कारबाही गर्ने…
    ५. सार्बजनिक जग्गा-जमिन मिच्ने तथा-कथित् फटाहाहरुलाइ आफै कारबाही गर्ने…र सार्बजनिक रुपमा माफी माग्न लगाई जग्गा फिर्ता गर्न लगाउने र जग्गा बिहिन सुकुम्बासी लाइ कमाएर खान दिने….
    ६. समाजमा रहेका कुख्यात डन तथा गुण्डाहरुलाई समाउने र कब्जामा लिने/ उनीहरुलाई पुलिसकोमा न-बुझाउने किनकि उनीहरुको पुलिस संग दोस्ती र साठ-गाठ हुन्छा./ यिनीहरुले कुनै न कुनै पार्टीको सदस्यता लि सकेका हुन्छन तेसैले त्यो कुरालाई पनि वास्ता नगर्ने/ जस्तै मिलन चक्रे, दिपक मनांगे, मिन क्रिश्ने, चरी, गणेश लामा, रमेश श्रेष्ठ etc…
    ७. असल-उत्कृस्ट कर्मचारी, समाजमा राम्रो काम गर्ने व्यक्ति (जस्तै डा. भगवान कोइराला) , भारतीय हेपाहा प्रवृति बिरुद्ध सिमानामा लड्ने देशभक्त (जस्तै बुद्धि नारायाण श्रेष्ठ) , अग्रगामी विचार राख्ने विचारक/कबि/लेखक/पत्राकार आदि लाइ सामाजिक संमान गर्ने/
    ८. बैंक ठगि गर्ने, Manpower मार्फत युवाहरुलाइ बैदेसिक रोजगारी मा ठग्ने लाइ कालो मोसो दलेर कारणसहित भण्डाफोर गर्ने
    ९. भूमि सुधार, मालपोत, भन्सार, यातायात कार्यालय जस्ता नामूद अड्डा मा स्वयम सबक को रूपमा खटाउने र जनतालाई सहयोग गर्ने
    १० देशद्रोही वकिल, पत्रकारको ID लिएर टिभी वा पत्रिका मार्फत जनतालाई भ्रमित सूचना दिने पत्रकार र भारतीय दलाली गर्ने पत्रकार (जस्तै: ऋषि धमला) को सार्बजनिक भण्डाफोर गर्ने
    ११. संघियता र गणतन्त्र बिरोधि र साम्प्रदायिकता फैलाउनेलाइ जना-कारबाही गरिहाल्ने…
    १२. घुस्याहा मन्त्रीहरुलाई कार्यालय जान नदिने/ जस्तै दिपक बोहरा, स्वास्थ मन्त्रि चौधरी, बाल कृष्ण खाड़, सुजाता, गच्छेदार र सुकुम्बासी को ज्यान-मारा मन्त्रि भिम रावल आदि….

    ……….येस्मा केहि थप्न वा सच्याउन चाहनु हुन्छ प्रस्ताब गर्नु होला….

    • शीला जी
      अति राम्रो प्रतिक्रिया/ साएद मैले पढेकोमा अतिउतम/ र मलाई बिस्वास छ तपाईंको एस प्रतिक्रियाले एस माई सन्सार मा रातोमा टिक लगाउने ठेक्का लिएकाहरु कति जना रहेछ भनि जान्न मदत गर्ने छ/

  11. जितेर आएको भए पो अलिकति जनताको लाज मान्थे होलान , सरकारमा भएजति सबै हरुवा छन / एक दिन बढी भए पनि टिक्न पाए हुन्थ्यो भन्ने आस होला किनभने फेरी कहिल्यै जितेर आइन्छ भन्ने भए पो ?

  12. लेख अलि एकतर्फी भयो, सबै कुरा एक तिर मात्रै बाट बिग्रेको होइन होला!

  13. भने पछी माओबादीको ३ दिने घुर्की जनताले दुख पाए पनि बिना कुनै ठुलो दुर्घटना सकिएछ त्यसलाई उपलब्धि नै मान्नु पर्छ, तर त्यो भन्दा ठुलो उपलब्धि त माकुनेले गरेछ नि, उसलाई ओबामाले टाडाबाटै भए पनि देख्‍ने बित्तिकै चिनेछ, त्यत्रो ठुलो उपलब्धि नया बानेश्वोरबाट छिर्न सकेनछ त्यसैले गौशालाबाट छिराएर बालुवाटार भित्र्याएछ | बधाई छ माकुनेलाई डेनमार्कबाट यत्रो ठुलो उपलब्धि बोकेर ल्याएकोमा |

  14. नागरिक सर्बोच्ता ! नागरिक सर्बोच्ता !!
    बस्ताब मा भन्ने हो भने नेपाल को ८०% जनता लै था छैन होला यो के हो भनेर..( म सुद्ध गरेर) अझ माओबादी को कुरा गर्ने हो भने त ९९% कार्यकर्ता लै थहा छैन यो के हो भनेर… जुन कुरा माओबादी ले उठाउन खोजेको छ त्यो कुरा को पतन उसले आफै गरेको हो भन्ने कुरा जान्नु पर्ने…
    सत्ता मा रहुन्जेल की गर्न न सक्ने.. न त अरु कुनै सरकार लै केहि गर्न दिने यो कस्तो राजनीति हो माओबादी हरु को…
    प्रचंडे को भुकाई अनि बाबुराम को न चाहिदो दुरद्रिस्ती बाट कहेले छुटकारा पाइने हो ….

  15. माओबादीले अरु सबै लाई कटपुतली भन्ने गरेको छ . सोचौ माओबादी ले सरकार बनाउने मौका पाईहाल्यो भने पनि कटपुतली हरुको नै समर्थन नलिइ हुनै सक्दैन . तेसबेला माओबादी हरुको नैतिकता कहाँ जान्छ ?

  16. नेता भनेका देश र जनता चुस्न पल्केका चोर हुन ।
    आन्दोलन गरुन वा सहमती गरुन, यीनैचोर नेताहरुकै लागि हो ।
    जे सुकै गरुन जनता र देशको लागि यी ६०१ जनाले कुनै राम्रो काम गर्नेवाला छैनन बरु अर्को चुनावमा जित्नको लागि कति खर्च लाग्छ त्यही जुटाउन लागिपरेका छन् ।

    नयाँ सम्वीधान वनाउन ठेक्का दिइएको थियो अव त्यो नवनेपछि
    यी सवै (६०१) सभासद हरुका विरुद्द अदालतमा मुद्दा हालेर यीनिहरुले लिएको सेवा, सुविधा, तलव, भत्ता सवै असुली गर्ने तर्फ आन्दोलन अनि अदालती कार्वाही शुरु गर्ने त्यसपछि जनताको तर्फबाट विशुद्ध राजनीति वाहिरका नागरिकहरु, लव्ध प्रतिष्ठित व्यक्ति, उद्योगपति तथा सम्वन्धीत क्षेत्रका सम्वन्धीत विषेशज्ञ तथा अनुभवी व्यक्तिहरुको नियुक्ति गरेर बनाईएको समितिले एक महिना भित्र विरोधरहीत सम्वीधान वनाउन पहल गर्ने ।

  17. सबै ले आफ्नो आफ्नो तागत देखाउने हो भने त कसरि चल्छ र हैन ? सहिद लाई सम्झेर भए पनि देश मा सबै मिल्नु पर्ने होइन र l

  18. अब सबै जना ले सोच्ना परनी बेला आयको कुरा के जनता ले मावोबादी लाई भोट दियर सबै भन्दा ठुलो पार्टी बानयारा पठायको हो ? मावोबादी भनेको सबै भन्दा ठुलो पार्टी हो अरु ले गरेका सबै गल्ती लाई अनि पुरानो राजनातिक लाई छोडेर नया नेपाल निर्माण गर्न सत्ता सम्मा पुगेको पार्टी को हालत के यस्तो सुहौदो छ र?? मलाई त अचम्म लागेको छ मावोबादी को चर्तिकला लाई देखेर सरकार ले मावोबादी को कटा कटी को जस्तो खेल बुझ्न सकेन किन की काग्रेस अनि एमाले भनेको सफल हुन नसकेको राजनैतिक पार्टी हो जसको कारण जनता ले उनी हरु लाई बिस्वास नगरेर मावोबादी लाई जितायको हो फेरी तेहि कटपुतली अनि जनता ले हरायको सरकार सग सिगौरी खेल्दै जनता लाई दुख दिन लाज लग्न पर्नी हो यदि मावोबादी को बोली र मन साची नहीं जनता को लागी हो भने बिस्वास को राजनैतिक गरेर देखौना सक्ना पर्छा होइन भने सरकार लाई यस्तो र उस्तो भन्दै सड़क माँ जनता लाई दुख दिने काम गरेर जनता को मन जित्ना सकिदैना अबा मावोबादी ले पैला भन्दा धरै सोचने बेला भयको छ सबै को आखा माँ मावोबादी को कपटी राजनैतिक अली अली झलकी सकेको छ जनता को मन रक्ना अनि दियको भोट को अर्थ दिन को लागी अबा मावोबादी ले सकारात्मक कदम चल्ना पर्छा

  19. माओवादी को यो आन्दोलन सफल हुनु को कारण केलाउन जरुरि छ| गणराज्य को घोषणा सबै को ध्यान आकर्षण गरेको छ र यसको पोजिटिभ असर परेको छ यो बन्द मा | अब बिरोधि हरु ले पनि यो बिषय मा ध्यान दिनु जरुरि छ

  20. सबै का आ-आफ्ना स्वार्थ छन्. संबिधान शभा सबैलाई घाडो भैसकेको छ. आखिरमा सबै नेपालीले हार्ने छन् र अन्तमा जित्ने त उही भारत् हो. कसले कति भारत् को बिरुद्द्यमा बोल्छ भन्दा नि कसरि उसलाई फाएदा हुने गरि काम गर्छन भनेर नेपालीले भुज्ज्ने दिन, दिन गए पछी आउला जस्तो छ. “भारत् तम सरनम” , खै के गर्ने त ?

  21. मावोबादिले के को लागि आनदोलन गर्दै छ सत्ता कै लागि हो ….हामी नेपाली ले हेरी सके मावोबादी को चरित्र पनि अब सान्ति पुर्नन तरिकाले बार्ता बाट नै कुरा मेलायर अगी बढी बेस्ट होला …कमरेड …न भय नाम निसान मेतिछा है ..बुद्दी पूरानु हस…

  22. sorry मित्रहरु !!! म अलिकति पृथक शैली मा कुरा गर्छु जहिले पनि यो सब नाटकीय कमेन्टहरु गरेर केहि हुने वाला छैन ! मैले कति चोटी भनी सके जस्तो लाग्छ हजुरहरु लाई !!! येदि तपाईहरु साचीकै देशप्रेमी हुनुहुन्छ भने अरे यार गर्नुहोस न आफ्नू आफ्नू सेक्टर बाट देश लाई Represent गर्ने काम : किन अमेरिका, यु. के. कता कता ताकेर बस्नू हुन्छ ? किन केहि गर्ने हिम्मत/प्रयास गर्नू हुन्न तपाईहरु आफ्नै देश मा ? अनि फलानू नेता , ढीसकानु नेता भनेर नेता हरु को धोति पखाल्ने काम मात्रै किन आखीर ? तपाई हरु त झन् ति नेताहरु भन्दा पनि अझै तल्लो इस्तर को हुनुहुन्छ, थाहा छ तपाईहरु लाई !! बलेको आगो मा पेट्रोल हाल्ने अरु कोइ होइन तपाईहरु नै हो ! हो कि होइन छाती मा हात राखेर भनी देनोस ल ? अहीले को Advance technology मा दुनिया कहाँ बाट कहाँ पुगिसके को छ तर यहाँ हरु लाई त के छ र है ? हरेक चीज लाई राजनीति संग दाजेर हेर्ने बानि परिसकेको छ यहाँ हरु लाई ! तपाई हरु जस्तै भेडा जनता ( माफ गर्नूहोला येही सब्द उपयुक्त लाग्यो मलाई त ) ले गर्दा आज यो देश यहाँ सम्म आईपुगेको छ ! वा वा वह: कस्तो team वोर्क यहाँ हरुको ! मेरा पुर्खा को सारा इज्जेत माटो मा विलीन भो आज, म नेपाली हु के कि अरु कुनै संका लाग्छ मलाई त आफै देखी ! लौ जसलाई जे जे गर्न मन लाग्छ त्यी गरु साथी हो !!!” म मरे पनि मेरो देश बाचीरहोस “

  23. यत्रो बबन्डरको जढ, त्यही राट्रपतीको कदम बारे सदनमा छलफल कुनै रुपमा पनि होस् र तीन दलीय कार्यदलले तयार पारेको साझा संकल्प प्रस्तावको भाषामा सहमति गरौँ भन्ने त रहेछ। यि २ कुरामा त्यत्रो विध्न बाधा के छ यो सरकारलाई?

    सरकार र तिनका नेताहरुको उग्र भनाइ सुन्दा माओवादीहरुको आरोपलाई स्वत: स्पुर्त पुषटी गर्दै गएको देखिन्छ।

    आज अर्को उदेक लाग्दो कुरा सुन्न पाइयो – घटनामा भाईते भएका DSP को बादला सरकारले ज्यान मुद्दा लगाएर लिने रे! त्यसो भये आन्दोलनकारीमा स्वयम सभासद पनि भएछन नि त – ज्यान को बदला ज्यान नै खती गराउने सरकारको भनाइले कस्तो स्थिती सिर्जना गर्दै छ??

    यो जनमत नभएको, मनोनितहरुको सरकार जनता प्रती उत्तरदायी हुनु पनि परेन कती सजिलो भो हिंसा भाडकाउनलाई!

    घटना क्रमले एक पछी अर्को गर्दै यो सरकार आँफै चलेको हैन, यस्लाई बोक्ने ईन्डिया हो र उस्ले चाहे अनुसारको गोटी माकुने बाट चलाऊदै छ भन्ने कुरा घाम जस्तै प्रस्ठ भै सकेपछी (माकुनेले स्व्य बकेको मैले आशिर्बाद पाए भन्ने कुरा सम्झिनोस) कुरा आयो यस्तो कहिले सम्म चल्छ त?

    सरकारले कुनै पनि कुरामा सम्झौता गर्न नचाहनुको कारण नै अन्तरिम सभिधान भङ होस् र ईन्डियाको support मा राष्ट्रपती शासन लागु होस् भन्ने नै हो भन्ने बाबुराम को भनाइ पुन पुस्टि हुँदैछ। नत्र ६०१ जना टाउकेहरुलाई जनताको करले भत्ता खुवाएर राखेको सदन को के काम जहाँ राजनीतिक कुरा लाई नितान्त प्रजातान्त्रिक पारीपाटी अनुसार छलफल पनि हुन दीइदैन? र पुरा देश नै ठप्प हुँदा सम्म सरकार लाज पचाएर बस्छ।

    नेपालका जनता मर्दा ईन्डियालाई के फरक पर्छ? उ त् चाहन्छ माओवादीलाई दबाएर नै तह लाउनु पर्छ बरु अन्तरराष्ट्रिय जगतलाई जवाफ दिनु परे – उसैले जस्तो चाहिये पनि दिने हो र अरुले पत्याउने पनि उसैको हो। तर माओवादीलाई उनिहरुले चाहे जसरी दबाउन सम्भव छ र?

    यहाँ याद गर्नु पर्ने औटा जडि कुरा सबैले विर्सेछन। माओवादी रगतको होली खेलेर आएको पार्टी हो र अहिलेको सारा उथल पुथलको भागदार र समाधान को पनि कारक तत्व नै उही हो साथै अरुलाई तितो लाग्ने सत्य उ जनता माझ दिन परदिन लोकप्रिय हुँदै नै छ। खास् गरी गाउँ घर तिर त लग्भग पुरै उनिहरुको प्रभुत्व छ। आज उनिहरुले प्रचरात्मक नै शही स्वायत्त प्रदेश घोषणा समेत गरिसके भने त्यतिकैमा अरु पार्टिहरुको अकर्मन्यता यतीसम्म देखियो कि संघिय प्रणालीको खाका समेत कोर्न सकेका छैनन। बरु आन्तरिक खिचा तानी मा,विदेश भर्मनमा र सत्ता टिकाइ राख्न पाये राष्ट्रियता लाई कफनमा हाल्न समेत तयार छन – उनीहरुले विर्सीसके कि आज उनिहरु कस्तो परिस्थितीमा सरकारमा छन। उनी हरुले विर्सेका मात्रै छैनन कि अस्तित्व समेत स्विकार्न तयार छैनन त्यो माओवादीलाई जस्ले एउटा हातमा तरबार अर्को हातमा मादल लिएर राजनीतिको मैदानमा ओर्लिएको छ।

    अझै माकुने सरकारको चेत नखुलेर कुनै राजनीतिक समझदारि कायम गराउन सकेन भने र ईन्डियाले चाहे जस्तै सभिधानसभा भङ भएमा कल्पना गर्नुस् के होला त?

    मलाई लाग्छ – माओवादीहरुले समननातर् सरकार बनाइ दिन्छन अनी एउटा देशमा २ मुख्य सेना अनी अरु कती स साना गुठ उपगुठ बीच भयन्कर ग्रिह युध्ह!!! यो भयावह द्रीस्य, अब चान्डै नै हाम्रा सामु देखिनेछन – बस केही प्रतिक्छा गरौँ।!!!

    त्यसैले, अबको आन्दोलन १९ दिने जन आन्दोलनलाई विर्साउने हुनु पर्छ – आखिर केही नगुमाइ केही पैइदाइन भन्ने नेपाली जनतालाई थाहा छ। उतिबेला त्यो आन्दोलनले साडे २ सदाब्दी लामो राजतन्त्र बढार्यो – अबको आन्दोलनले यि देशद्रोही भातुवा नेताहरु जो ईन्डियाका दाश हुन लाई सदाका लागि निमोठेर बोर्डर कटाउने छ !

    अक्षय परियार

  24. तत्कालीन राजा ज्ञानेंद्र को साशन अझै हटेको छैन | २२ दलका छोटे राजाहरू को अहिलेको शासन र त्यों ज्ञानेंद्र को शासनमा कुनै फरक छैन | छोटे राजाहरू ले यो किन बिर्सन्छ्न उनिहरु पनि आन्दोलन कै बुई चढेर कुर्चिमा पुगेका हुन | के त्यों बेला जनताले सास्ती भोग्नु परेको होइन ? माओबादी पनि यो देशका नागरिक हुन | उनिहरु पनि आफ्नै देशमा बिदेशी भएर बस्न चाहदैनन | गोरखाल्यांड को आन्दोलन ज्वलंत उदाहरण हो | किन छोटे राजाहरू सहमतिको प्रयास गर्दैनन ? किन जनताको आन्दोलन लाई दमन गर्ने मात्र कुरा गर्छन ? नेपाली नागरिक लाई यो प्रश्न को उत्तर चाहिएको छ | यदि संसद नै सर्बोच्च हो भने संसदमा किन संकल्प प्रस्ताव बारे छलफल हुन दिईएन | कुरो प्रस्ट छ छोटे राजाहरू माओबादी लाई सिध्याएर उही सामन्तबादी राज्य ब्यवस्था कायम गर्न चाहन्छ्न | त्यसैले छोटे राजाहरू को बिदेशी सपनालाई कुनै हालतमा पनि पूरा गर्न दिनु हुदैन | यत्रो सयौ बर्ष अध्यारामै नेपालीहरुले बिताए भने छोटे राजाहरू लाई नबढारे सम्म धैर्य गर्न सक्छन | ढिलो होस तर देश राम्रो होस | छोटे राजाहरुलाई ज्ञानेंद्र को हालत नबनाएसम्म नेपालमा कुनै परिबर्तन हुनेवाला छैन |

  25. अब कस्तो आन्दोलन ?
    अबको आन्दोलन अलिअलि बाकिरहेका भौतिक संरचना हरुलाई पनि ध्वस्त पार्ने. जस्तै हवाई धावन मार्ग. दुरसंचार. बिधुत .यातायातका लागि बनेका पुलहरू बाटाहरु यी सबै लाई ध्वस्त पार्ने .खरानी.भस्म बनाउने. अनि नेपाल राष्ट्र लाई पछाडी धकेलेर ढुंगे युगमा पुर्याउने .एककाईसौ सताब्दीमा पनि ढुंगे युगको देश नेपाल भनेर संसार लाई चिनाउने.
    यो मेरो कामना सबै नेपाल राष्ट्रका नेताहरुलाई
    चेतना भया

  26. सरकार चलाउन नसकेर सत्ताबाट कुलेलम ठोकेको माओबादी लाई फेरी सत्ताको मोह किन बढेको होला. अनि उनीहरुको नागरिक सर्बोच्ता न आउदा त लूटपाट हत्या बन्द र सम्पति कब्जा ले आक्रान्त परेको छ आयो भने त झन् के के गर्लान यो देसमा.

  27. जनता को समर्थन नभएको माकुने ले भारत् अमेरिका र चीनको समर्थन छ भन्दै मक्ख पर्न लाज मान्नु पर्ने हो.

  28. अरे यार आफ्नै गोरुको बार्है टक्का गरे पछी के को सहमति.

  29. माओबादीको आन्दोलन को सक्कली रुप बानेश्वोर र मिन भवन मा छर्लंग देखिई राखेको छ , हेर्न जाउँ. अब अर्को चरण को आन्दोलन मा के देख्नु पर्ने हो तयार भएर बसौं. अब को आन्दोलन को रुप स्पस्ट नै छ, जंगल, खालि जग्गा, व्यक्तिगत जग्गा, घर आदि कब्जा हुनेछन. सरकाले हटाउने प्रयास गर्नेछ , गोलि चल्नेछ अनि केहि कार्यकर्ता मारिने छन् . पार्टी ले झन्डा ओढाउने छ, सहिद घोसणा गर्नेछ . सिउँदो को सिन्दुर खोइ .. फलाना तिलाना तेरो पोइ भनेर महिला नेत्री , एकल महिला हरुलाई उनीहरुको पोइ किटान गरिनेछ . माकुने लाइ पात्र बनाएर गीत रचिनेछ अनि फिल्मी हिरोनी संग कम्मर मर्काएर सोहि गीतमा नाचिनेछ . सात या दस दिन को नेपाल बन्द गरिनेछ , साइकल चढ्ने लाइ हप्काइने छ , हावा खोलि दियिने छ. अबको पटक बाँसको लट्ठी होइन, भेटे सम्म रड, चक्कु, बन्दुक पेस्तोल पनि बोकिने छ. लौ तयार हौं , चौथो चरण को आन्दोलन मा

  30. न त खुलेर भीडन्त नै गर्न सक्छन न त सहमतिनै / अब निकास कसरी निस्कने त ? राजनीति मा आरपार भन्ने कुरो हुन्न रहेछ / यो नटुंगिने नाटक मन्चन कहिले सम्म हुने हो ? हे मुकदर्शक माकुने संस्कारहरु र कथाबिहिन नाटकका प्रचण्ड पात्रहरु हो , नेपाली हरु त टुक्रिएर ने पा ली हुन लागे त अब ?

  31. No body care about country or people, only they care about KURSI & MONEY. so who ever does anything that will effect only to Nepali janta, not any Politicla leader, F*** Neta haru

  32. जाबो एती कुराले किन टाउको दुखी राको सबै जनाले ? जब सत्य युगमा दैत्य र देवताको झगडा परेको थियो अमृतको लागि तर देवताका देव महादेव आएर त्यो अमृत पीदिएका थिए तर ओफ्सोस त्यो त वृषमा परिणत भयो तर पनि महादेव निलकण्ठ भनि परिचित भए र यो संसारलाई जोगाए, अब अरु केहि होइन, त्यो प्रधानमन्त्री पद मलाई देऊ सबै जना मिलेर, माकुने प्रधामन्त्री पनि हुदैन, माओबादी सरकारमा पनि हुदैन, सबै कुरा म मिलौचु हीहीही… ल श्री पशुपतिनाथले सबैको कल्याण गरुन , जय देश, जय नरेश, नेता जति भाडमा गयेस !!!

  33. गर फेरी बन्द गर , मन लागि गर, सत्ता नपाउन्जेल सम्म गर, सत्ता पाएपछि फेरी लुछाचुडी गर, मर्न नसकेका बानहरु, हड्डी नाखिउन्जेल सम्म मोज गर |

  34. अब हामी नेपाली ले बुझी सक्यो तपाई हरु को नाटक खाली नेपाली जनता लाई बेबकुफ बनायको | ठिक छ हामी नेपाली जनताको मजबुरी को फाइदा लियको मा| तर आफुले सरकार चलाउन पाए नागरिक सर्बोच्चता अनि अरुले सरकार चलाए नागरिक सर्बोच्चताको हनन्…”बादर ले आफु पनि घर बनौदैन र अर्काको बनेको घर पनि भात्कैदिन्छ/ तर सोच्नुस एमाले र नेपाली कांग्रेस को जे हाल भो त्यो भन्दा पनि खराब हालत को लागि तयार भयर बस्नुस एक एक तपाई हरु को गलत क्रियाकलाप को लेखा जोखा नेपाली ले लिने छन् | अरु पार्टी भन्दा तपाइको नेत्रितो ले धेरै रगतको हिसाब किताब नेपाली लाई दिनु पर्ने छ |

  35. बिल्कुल गलत
    बन्द को असर न परेको भए
    १) मा कु ने भागेर किन अर्को बाटो बालुवाटार गयो ?
    २)किन तुरुन्त बार्ता को लागि प्रचण्ड लाइ आव्हान गर्यो ?
    असर कति परेको छ कति |मूल कुरा मा कु ने लाइ धाप दिने भारत् ,मावोबादी लाइ धाप दिने उसका लडाकु ,चिन र अरु भारत् बिरोधि तत्त्व | द्वन्द आगामी दिन मा अबश्यम्भाबी छ ,डर छ अरुणाचल को चिन भारत् बिबाद ,दलाइ लामा बिबाद,कश्मिर बिबाद ,अमेरिका चिन को आर्थिक युद्द आदिको असर ले द्वन्द झन् बढ्ने त् हैन ??
    लिचाड मानिस डिक्टेटर हुदैन ,तेसैले माकुने ले दमन न गर्ला बा भानु प्रचण्ड माकुने को हिजो को सम्बन्द ले माकुने पछी हटेता पनि दमन सुजाता को आडमा ,गच्छेदार को आडमा बा रामबरण को आडमा न होला भन्न सकिन्न !!!

    द्वन्द ,बिबाद ,बाट उसको पार्टीलाई फाइदा हुने भएर न मावोबादी ले गण राज्य घोसना गर्यो | हैन र !

    द्रोण

  36. नया नेपालको परिकल्पनामा डुबेका नेपाली जनता दिनदिनैको बन्द र हड्तालले आफ्ना कामकाज ठप्प राखेर, छोराछोरीको भविष्यमा मात्र होइन, सिंगो देशलाई नै बन्दुक, लाठी, मुड्कीले घायल पार्दैछ यो विडम्बना हो नेपाली जनताको, दुर्भाग्य हो। विभिन्न दलका उच्छृंखल व्यवहार र कुर्सीको हानथापले गर्दा देशका संयन्त्र धरासायी बन्दै गएका छन्। साधारण जनताको त कुरै नगरौं, देश विकासमा लागि परेका सञ्चारकर्मी, पत्रकार, कर्मचारी आदिको कसैको पनि ज्यू धनको सुरक्षा छैन। राजनीतिक दलहरूको संरक्षणमा अपराध मौलाएको छ। अपराधीलाई राजनीतिक संरक्षण दिने कुसंस्कारले गर्दा एकातिर दण्डहिनता मौलाएको छ अर्कोतिर उदण्ड व्यवहार र जन उपसर्ग लागेका शब्दहरू जोडी देशलाई षड्यन्त्रपूर्ण चक्रव्यहुमा फसाउादैछन्। नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक, बहुसाास्कृतिक मुलुक हो जहा सयभन्दा बढी भाषाभाषि उनन्साठीभन्दा बढी जनजाति छन्। हिमाल, पहाड, तराईको विविधताले गर्दा विकासका पक्षहरूमा समानता नभइरहेको अवस्थालाई यथास्थितिवादी तत्वहरूद्वारा राष्ट्र विखण्डनजस्ता खेलहरू खेल्ने प्रयास धेरै कोणबाट हुादैछन् स्वेच्छाचारी शासनको अन्त्य गर्न, कानुनबमोजिमको शासन सञ्चालन गर्न ,कुनै डर, धाक, धम्की र हिंसाको प्रवाह नगरी, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि काम गर्नु को साटो आपस मै बाझाबाझ हुनु कती अनुचित होला
    मन परे हरियो नपरे रातो सुझाब र गल्ती भय यही मुख फर्काउनुहोला
    राम चन्द्र

  37. मावोबादी ले अब भूमिगत कालमा जस्तो घर घर गएर यो माकुने र गिरिजा को सरकार को नाङ्गो फोटो देखाउनु पर्छ र आउदो चुनाब मा यिनीहरुलाई पट्टा साफ गर्नु पर्छ . जब सम्म येस्ता देश बिरोधि शक्ति रहिरहन्छ हाम्रो देशको हालत येस्तई हुन्छ . सडक आन्दोलन र बन्द लाइ सदाकोलागी बन्द गर्नु पर्छ .

  38. माओबादीले जनतालाई सडकमा उतारेर सबै कुरा अबरुद्द पार्नु भन्दा सरकारलाई नैतिक दबाब दिने खालका कार्यक्रम हरु ल्याउनु उचित हुन्छा/ जसबाट माओबादीको आन्दोलन पनि सफल होस् जनतालाई सास्ती पनि नहोस/

    • नैतिकता भएकालाई पो नैतिक दवाब दिंदा केहि हुनसक्थ्यो तर यस्ता नैतिकता नै नभएकालाई लाइ त खोइ के पो गर्नु ? यीनीहरुलाई गलाउन सडक आन्दोलनको बिकल्प होला जस्तो छैन | भन्छन नि “जस्तालाई तस्तै ढिडोलाइ निस्तै …”

  39. मा माकुने को fan त हैन, तर यो लेख पढेर हाँस उठ्यो. शुभेच्छा जी, माओबादीले गरेको आन्दोलन सोरै आना सहि र सरकारले गरेको काम पुरै गलत हो जस्तो गरेर लेख्नु भएकोदेख्दा हास उठ्यो. किन माओबादी ले सरकारसंग मिलेर काम गर्न चाहदैन?? किन येत्रो आन्दोलन गर्नु पर्यो? रास्ट्रपति कदम, नागरिक सर्बोछाता को निहुमा जनताले दुख पाएको कसको कारण?? सरकारको कारण कि माओबादी को? माओबादी लै पुरै थाहा छ, तिनीहरुको कारणले जनताले दुख पौने छन्, सरकारले हैन भनेर, तैपनि किन जनताले सुख पाउने काम गर्न सकेका छैनन् त.

    अहिले अब सरकारले हैन माओबादीले सोच्ने बेला आएको छ, यदी उनीहरु जनतालाई सुख दिन खोज्छन भने सरकारसंग बार्ता गरेर सकारात्मक काम गर्न सक्नु पर्छा, आफुले सरकार चलाउन पाए नागरिक सर्बोच्चता अनि अरुले सरकार चलाए नागरिक सर्बोच्चताको हनन्??? एउटा political party भैसकेपछि जो सरकार मा आए पनि जनतालाई सुख दिन सक्नु पर्छा, बिपछी बसेर पनि सकारात्मक कुरा गर्न सकिन्छा.

    त्यसैले हामीले अब माओबादीले सरकार थर्किने अथवा डराउने गरि कस्तो आन्दोलन ल्याउने हो भन्ने आसमा हैन, जनताले सुख पौने गरि माओबादीले सरकारसंग कहिले सम्झौता गर्ने हो भन्ने कुरा सोच्नु पर्छा

  40. हात हात मा ब्लेड लिने अनि पत्रकार को औला काट्दै हिड्ने आन्दोलन गर्छन होला अब/

    सान्ति पूर्ण आन्दोलन गर्न त गतिलो सोच हुनु पर्यो नि/

  41. यी चोर मन्त्रि, अनि कर्मचारी ले जाजरकोट को जनता बाट उठेको कर बाट डेनमार्क मा मोओज गरे / तर जाजरकोट का जनता नून , तेल, चामल , जीवनजल नपाएर मर्दैचन / हैजा लगेर ३००० जनता ले औशादी नपाएर पश्चिम नेपाल मा नेपाली मर्दा यी कुकुर नेताहरु डेनमार्क को होटेल मा जाड खाएर हल्ला गरि रेड लाइट मा गएर सुरा सुन्दरी सिट मोओज मस्ती मा छन् /

  42. हे…भगवान फेरी तेस्रो चरणको आन्दोलन हुने रे! ये…. माकुने दाइ छोदिदिनुहोस भो त्यो कुर्सि कति दुख दिनुहुन्छा र अब जनतालाई . तपाइको एक कुर्सि ले कति जनतालाई दुख खेप्नु परेको छ. hai

  43. माओबादीले आन्दोलन गरुन बा कसैले/ माकुनेलाई के मतलव/ उ त् ढूक छ भारतको प्रधान मन्त्रीले “आहा माकुने तिमि त् कस्ती ज्ञानी रहेछ” भनि प्रसंसा गरे पछी/ आफ्ना प्रभु नै खुसि भए पछी बिरोधिको वास्ता माकुने गरोस पनि किन/ जसको मतले प्रधान मन्त्रि बन्न सकेको त्यो नै खुसि छन् त् अरुले बिरोध गरुन बा आन्दोलन/

    • हेर्दै जानुहोस मदन जी,
      “आहा माकुने तिमि त् कस्ती ज्ञानी रहेछ”
      भनेजस्तो जसरी चितवनमा बोकाले दुध दिएको थियो तेस्तै माकुने हुने त होइन ???

      • शिब लम्जुन्जी
        माकुने चितवनको बोका बनेर दुध नेपालीलाई होयिन एक मधेश बादी लाई दिन्छ/ येही माकुने गिरिजा र सरकारको साँचो लिएर बसेको मधेसी फोरम मात्र सदन मा बसी संबिधान बनाउन दिए संबिधान सभामा छलफल गरि बहुमतले निर्णय गरेर होयिन निर्देशन मुताबिक संबिधान बन्छ/ शिब जी येसैलाई बोकाको दुध मान्ने भए मेरो केहि भन्नु छैन/

        मावोबादीको समर्थक बन्नुस म कहिले भन्दिन, तर मावोबादिलाई उपयोग गर्नुस/ यो भारत् मधेसी बादी र ४०लाख् बिहारी मधिसेलाई जथाभावी नागरिकाता दिएर तराई टुक्राउने आवाज उठाउन दिएर त्यी तराई टुक्राउने माग पुरा गर्छु भनि सम्झौता गर्ने त्यो तनकपुरे गिरिजा भारत् माकुने र मधिसेबादिको यो मिलि भगतको सरकार बात देस बचाउन पूर्वाग्रह नराखी कुरा गर्नुस/ देस बचाउनु अहिलेको दायित्वो हो/ मावोबादिलाई सजाए दिनु पछिको चुनावमा हो/

  44. श्री पशुपतिनाथले सबै नेपालीको भलो गरुन !!!

  45. हे माओबादी का आदरणीय कमरेड यो बन्द बाट दवाब दियर किन नेपाली जनता लाई सताउनु हुन्छ ? यदि तपाई हरु को आन्दोलन सहि अर्थमा नागरिक सर्बोचाताको लागि हो भने किन रास्ट्रपति लाई सरकार को नीति बोल्न दियको? किन बजेट भासन गर्न दियको? किन बजेट पास हुनादियाको? तपाई हरु को यो बन्द भन्दा त ति कुरा गर्न नदियको भय आन्दोलन कडा हुने थियो हैन र कमरेड? अब हामी नेपाली ले बुझी सक्यो तपाई हरु को नाटक खाली नेपाली जनता लाई बेबकुफ बनायको | ठिक छ हामी नेपाली जनताको मजबुरी को फाइदा लियको मा| तर सोच्नुस एमाले र नेपाली कांग्रेस को जे हाल भो त्यो भन्दा पनि खराब हालत को लागि तयार भयर बस्नुस एक एक तपाई हरु को गलत क्रियाकलाप को लेखा जोखा नेपाली ले लिने छन् | अरु पार्टी भन्दा तपाइको नेत्रितो ले धेरै रगतको हिसाब किताब नेपाली लाई दिनु पर्ने छ |

  46. अब कस्तो आन्दोलन नि ………थाहै छ नि सबैलाई ..”बादर ले आफु पनि घर बनौदैना र अर्काको बनेको घर पनि भात्कैदिन्छ/” /हो , माओ बदिले बादरे प्रवृति त देखाई रहेकै हो…तर त्यत्तिले मात्र काम नचलेको हुनाले , अब, माओ बदिले अब एउटा भयङ्कर “ढेडु-बादर-प्रवृति वाला आन्दोलन” गर्नु पर्ला.

    • हैन सधै बन्द, हर्तल चका जाम …….जनतालाई सास्ती ……आखिर मर्ने त उही गरिब जनता नै हो नि ?????बिचहरा दिनभर धुखा गरेर बेलुका छाक तर्नेको के हालत होला ?????तिमीहरुले सोचेको छौ ?????????छि…….. छि…. तिमीहरुको बुद्धिमा बिर्को लागेको ….

  47. एस्ता पानीमरुवा प्रधानमन्त्री बाट जनताले के को आश गर्नु..

  48. जस्तोसुकै आन्दोलन गरेपनि,जनतालाई जतिसुकै कस्ट भए पनि माकुने सरकार दिल्लीको आदेश बेगर केहि सुन्नेवाला छैन . दिल्लीलाइ के मतलब उसको जनताको जीवनमा कुनै कस्टनै परेको छैन.

    • बन्द, तोडफोड, चक्काजाम, नाकाबन्दी अनि आन्दोलन कस्तो
      केटा केटि आए गुलेली खेलाए गए मत्यांग्राको सत्यानास जस्तो
      जनतालाई दुख शास्ती आफुहरु देशको ढुकुटी रित्याउने नेताहरु कस्तो
      बिदेशीको इशाराले नाटकमा खेलाउने एक निर्जीव कठपुतली जस्तो

      • अब हामी जनताले कस्तो र कुन बाटोमा हिडे गन्तप्यामा पुक्ला ?
        ज्ञानेको बाटो भुतै भूत !
        बुजे बुजे भन्नु मात्र सबै झुट !!
        मातप नेपालको बाटो स्यालै स्याल!
        डोका वन्त भए पनि छदैछ झ्याल !!
        गिरिजा बाटो भिरै भिर !
        माओबादी लाई खीरै खिर !!
        एमाले लाई पर्यों पिरै पिर !!!
        दहालको बाटो जहिले पनि अदिबेरी आउने खोलाको तिरै तिर !
        क्यासिनोमा पार्छकी माओको पासोमा , धान पाके आउछकी स्याल ,गाऊ पसे माक्छकी चन्दा ,दैनिक श्रमजिपिका चलाउने गरिबी जनता लाई पिरै पिर !!

Comments are closed.