राष्ट्रिय ढुकुटीमा रजाइँ गर्न नपाएपछि..

दुई ठाउँबाट हारेर पनि बल्लबल्ल चिठ्ठा परेर प्रधानमन्त्रीको कुर्सी पाउँदा पनि राष्ट्रिय ढुकुटीमा रजाइँ गर्न नपाएपछि कसलाई रिस उठ्दैन? हेर्नुस् न, हाम्रा प्रधानमन्त्री माधवकुमार नेपाल कमरेडलाई त्यस्तै भइरहेको छ। जथाभावी प्रधानमन्त्रीले पैसा बाँडेर कीर्तिमानै तोडेको खबर आएपछि राष्ट्रिय ढुकुटीसम्म पुग्ने उनको हातलाई बाँध्न तीन साताअघि एउटा नियम ल्याइएको थियो- नागरिक राहत, आर्थिक सहायता तथा क्षतिपूर्ति सम्बन्धी कार्यविधि २०६६। त्यसअनुसार प्रधानमन्त्रीको तोक आदेशमा आर्थिक सहायता बाँड्न पाइँदैन। नेता लगायत विशिष्ट भनिएका व्यक्तिको औषधिउपचार सरकारी अस्पतालमा गर्नुपर्छ र त्यसो गर्दा नि पैसा हातमा नदिएर सरकारी अस्पतालमा बुझाइन्छ। क्या राम्रो छ है नियम सुन्दा। तर यो नियम हाम्रा प्रधानमन्त्रीलाई भने पटक्कै मन परेनछ। राष्ट्रिय ढुकुटीमा हालिमुहाली गरेर पैसा बाँडेर सत्ता टिकाउन पाइरहेको बेलामा त्यो सब रोकिएपछि कसको पारो चढ्दैन? प्रधानमन्त्रीको पनि चढ्यो। रिसले आँखा नदेखेका उनले आफ्नै मन्त्री, सचिव सबलाई हप्काएछन् वर्तमान परिप्रेक्ष्यमा।


तर हप्कीदप्की खानु परे पनि नियम तोड्न मिल्दैन भनी अर्थमन्त्री मुख्य सचिव, सचिवहरु मिलेर प्रधानमन्त्रीलाई सम्झाउँदा रहेछन्। प्रधानमन्त्री भने जेसुकै नियम बने पनि मलाई बाल मतलब छैन भन्दै हिँड्दा रहेछन्।

उनी परे लोकतान्त्रिक गणतन्त्र नेपालका दोस्रो प्रधानमन्त्री। सबै कार्यकारी शक्ति उनकै हातमा छ। अरु कुरामा विदेशीको दबाब सहनु पर्छ। वर्तमान परिप्रेक्ष्यमा आफ्नै स्वविवेकले गर्न पाउने भनेको त्यही एउटा सहायता बाँडेर पपुलर हुने काम थियो, त्यसैमा पनि रोक लगाएपछि कसरी सहने भन्या ? प्रधानमन्त्रीको हातखुट्टा बाँध्ने गरी नियम बनाउन पाइँदैन भन्ने उनको तर्क रहेछ।

हुन पनि क्या मज्जा भएको थियो उनलाई यो नियम नबन्दासम्म बाब्बै। प्रधानमन्त्रीको आर्थिक सहायता कोषमा एक वर्षका लागि भनी २५ लाख रुपैयाँ राखिएको थियो। त्यो त उनले साउन महिना मै सकाइदिए। दशैँ अगाडि भदौ महिनामा उनले थप ३१ लाख रुपैयाँ बाँड्न भ्याए।

अहिले नयाँ नियम बने पनि प्रधानमन्त्रीले उपचार खर्च दिनू भनेर २६ जनाको सूची पठाएका रहेछन्। नयाँ नियममा पूर्वसभामुख, प्रधान न्यायाधीश १० लाख र पूर्व मन्त्रीलाई ५ लाख रुपैयाँमात्र दिन पाउने सीमा तोकिएको भए पनि प्रधानमन्त्रीले कम्युनिस्ट विचारधाराका माणिकलाल श्रेष्ठलाई १० लाख देऊ भनेर आदेश दिएका रहेछन्। अनि स्वास्थ्य उपचार खर्चका लागि भनेर सत्तामा रहेकै २६ जनामा नेता/कार्यकर्ताको नाम पनि पठाएका रहेछन्। कमल थापाको पार्टी राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीलाई पनि उपचारका लागि २ लाख रुपैयाँ दिनू भनेर प्रधानमन्त्रीले तोकआदेश दिएका रहेछन्। राप्रपा नेपालले प्रधानमन्त्रीको निर्वाचन हुँदा समर्थन दिएको नबिर्सनुस् है।

तर पास भएर लागू भइसकेको नियम र सरकारको यो निर्णय बाझिएकोले पैसा भुक्तानी अहिलेसम्म दिइएको छैन रहेछ। अहिले प्रधानमन्त्री यो नियमलाई उल्ट्याउन लागिपरेका रहेछन्। यसमा उनी सफल भए भने उनले ठूलै उपलब्धि पाएको महसूस गर्लान् तर रेस्टुरेन्टमा एक कप कफी खाँदा पनि १३ प्रतिशत सरकारलाई कर तिर्ने हामी निरीह जनताले के गर्ने ? ङिच्च हाँस्ने ?

69 Comments

  1. अब यो माधब , गिरिजा , प्रचण्ड (अनि अरु अरु खराब विचार भएका हरु ) भन्ने प्राणी (animal ) कोइ पनि होइन है भन्ने कुरा फैलाउनु पर्ला जस्तो छ / . आखिर को हुन् एनी हरु १० -२० जना मान्छे पछि लाग्दै मा लगाउदैमा आफैलाई प्रभु भन्ने ?. भूकम्प आएर अपाङ्ग त होस् अनि थाहा पाउला/

  2. जनताको सम्पतिमा होलि खेल्नेहरु
    जनताको पसिनामा रामौनेहरु
    राष्ट र रास्तियेताको मतलब नगर्नेहरु
    कदापी नेपाल आमा का संतान हुन सक्दैनन
    तेसकारण येनिहरुलाई सुलीमा चडाउने एउटा
    अर्को नियम पनि बनाउनु पर्छ

  3. शुभेच्छा पन्त ज्यु समाचार लेखेर सचेत गराउनु भएको मा धन्यवाद / यसै जनताले ढुंगा र कालो झन्डा देखाएका हुन् र / यो माकुने भन्ने जनावर लै लाज छैन. / एसको छाला उतारेपछि थाहा पौछा प्रचण्ड ले जनतालाई एउटा डिसिजन मा कम आकडा खेरि आज यो हबिगत भयो नेपाली जनता , कर्मचारी, राजनैतिक दल, र सम्पूर्ण देश बासीको. मोज चाही बिदेशी लै मात्रै.

  4. विदेश प्रभुको आशिर्वादले, चोर बाटो बाट सत्ताम्मा पुग्ने हरुवा राष्ट्र र जनता प्रती जिम्मेवार भएपो राष्ट्रिय सम्पत्तीको सदुपयोग हुन्छ! कसै प्रती जवाफदेहिता न भएको हरुवा हरु लाई “लुटको धन फुपुको सराद्द” हुने नई भयो! गजब नेपाल अजब मा कु ने!

  5. उफ , अनि यो प्रधानमन्त्री बाट अरु के आशा गर्नु र ? अझ हेर्दै जानुस, भित्र-भित्र इंडियासंग के कति गोप्य सन्धि हुन्छ…..के इंडियालाइ रमाइलो लागेर मात्र यो सरकार बनाइ टोपलेको हो र? यो सरकारले बिगार गरेको कुरा सुधार गर्न देशलाई फेरी कति दसक लाग्ने हो ? थाहा छैन साथि हो, मातृभूमिलाई इंडियाको उपनिवेशबाट मुक्त गर्न भर-मग्दूर प्रयत्न गरौ ।यहि नै ,यो पुस्ताले आफ्नो देश र भावी सन्ततिकालागी गर्ने अर्थपूर्ण योगदान हुनेछ ।
    अन्तमा मा कु ने सरकार ले फेरी कुन पो राम्रो काम गरेको छ र ?यो सरकार सित राम्रो काम को अपेछ्या राख्ने !!!!!!
    चन्द्र बहादुर बि क
    नवलपरासी नेपाल ( हाल )
    साउदी अरेवीया रियाद

  6. नेपालि राजनैतिक परिवृत्तमा मलाइ सबै भन्दा घृणा र घटिया लाग्ने मान्छेहरुको क्रम्बद्दतामा सबैभन्दा अघिल्लो पंक्तिमा आउने दोश्रो नम्बरको नाम र व्यक्ति हो माकुने, झन् यो मान्छे नेपालको प्रधानमन्त्री बनेको देख्दा त देशाप्रतिनै घृणा उठ्न खोज्छा कहिलेकाही तर आफैलाई सम्झाउछु देश भनेको जनताहो नेताहों देशैले यहि कारण ले देशलाई त होइन तर यस्तो पाउदुरे नालायक र असिम पद र सत्तालोभी हरुलाई यहासम्म पुर्याउने ति तमाम् नेता र नाइके हरुमा छाही मेरो पूर्ण घृणा छ र भन्छु- थुक्क असत्ति नालायक कुसंतान हरु हो!
    पहिलो नम्बरमा चाहि त्यो केपी ओली आउछ! यी दुवै खातेहरु लाइ सुन्ने मौका पायको थिया र सुन्न बुझ्न र बिचार गर्न पनि गयको थिया एक पटक, कथा लामो छ यहा लेखिरहन!
    : माकुनेको भासन सुनेको थिय, घन्टौ अरु ताइरे,धुपौरे हरुको पट्यारलाग्दो घटिया भासन सुन्न बाध्य भयको थीय माकुनेको त्यो भन्दा पनि काइते र घटिया भासन सुन्न (मलाइ पहिले थाहा हुदो हो माकुने को स्तर त, तेस्तो घटिया भासन सुन्न नगय मार्दिन्छु भने पनि जान्नथे ल!) करिबन दश पन्ध्र मिनेट सुनेर माकुनेको मात्र होइनकी एमालेकै स्तर ठम्यायार हिडेको थीय तेस बखत!
    : के पी संग त इन्टर-रियाक्सन कार्यक्रम भनेरनै गयको थीय१ अनि थाहा पाय कस्तो र के कति स्तर रहेछ यी एमाले हाकेरा देश चलाउछु भन्ने नेताको (कुरो लामो नलेखी यहा छ्या!!! भनेर टुंग्याउनु उचित ठान्दछु)
    तेतिबेला केपी उप-प्रधानमन्त्रि थीय भने, माकुने को पालामा माकुने पूर्व-उप-प्रम थीय तेसैले उप-प्रम र पूर्व उप-प्रम को कुरा र भासन सुन्न लालायित भयर काम छोडी दाम र समय खर्चेर गयको थीय, आउदा देशको लाइ निराशा र यी अनि यिनीहरुको पार्टी प्रति घृणा बोकेर फर्कीय!
    धैत!! यस्ता मान्छेले देश चलाउछन् अनि हामि नेपालि देश प्रति आशा बोक्दै र पिडा पोख्दै यस्तो देश र उस्तो देश भन्छौ!
    मेरो सोचैमात यी गाबिस को पियन को स्तर मा पनि उचित देख्दिन, तर के गर्ने खप्पर मा लेखेर आयपछी!

  7. नया नेपालको आशा गरेकोले नया त नया तर अगाडी “माधप” थपेर नेपाल पाउने भए जै हो हाम्रो नया “माधप” नेपाल को

  8. देश को विकास कता हो कता जनताको सम्पति कसले धेरै लाने है भन्दै होड बाजी गर, माकुने गय पनि
    तेही हो त्यो कुर्सीमा प्रचंडे गय पनि तेही हो गिरिजाको त झन् कुरै नगरौं उ त रास्ट्रको न १ चोर नै भै हाल्यो गर नेता हो गर हाम्रो सम्पति मा मोज गर मारेर गए पछी के पाउँछौ यो मौका नछोड स्याबाश माकुने तिमीले त झन् छोड्नै हुँदैन किन भने अब भारतले फेरी-फेरी यस्तो मौका दिने हो कि होइन जितेर त्यो कुर्सि पाउन लाई गएकै चुनाबले लक्ष्छन् देखाई हाल्यो Come on माकुने !!!

  9. अनि यो प्रधानमन्त्री बाट अरु के आशा गरेको थियो र!
    अझ हेर्दै जानुस, भित्र-भित्र इंडियासंग के कति गोप्य सन्धि हुन्छ…..के इंडियालाइ रमाइलो लागेर मात्र यो सरकार बनाइ टोपलेको हो र….!!! यो सरकारले damage गरेको कुरा Repair गर्न देशलाई फेरी कति दसक वा सताब्दी लाग्ने हो…/ हामि “भूटान” त भैसकेका छौ, अब सिक्किम तिर लम्कदै छौ./
    साथि हो, मातृभूमिलाई इंडियाको उपनिवेशबाट मुक्त गर्न भर-मग्दूर प्रयत्न गरौ/ यहि नै ,यो पुस्ताले आफ्नो देश र भावी सन्ततिकालागी गर्ने अर्थपूर्ण योगदान हुनेछ/

  10. oh what a sad news? we need to solute by our foot Mr. Priminister & you will suit to go to Jungle with group of goat.
    Mr. Madav this the reason, you couldn’t win from both place during the CA Election. You are so smart for donation of public assects , can you kindly provide your list what you are donating from your personal income?

  11. के गरुन त बिचरा नाम मात्रको प्रधानमन्त्री कामरेड मा. कु. ने. जि ले । जनताको mandate बिना गिरिजाको असिम निगाहले बल्ल प्र. मं. हुन पाएको छ । के गरोस त उपाय अरु केहि छैन । देश चलाउने साँचो गिरिजा र राकेश शुदको हातमा छ ।

    मा. कु. ने. जि ले भनेको बेलैमा संबिधान पनी लेखी छाड्छन हेरि मात्र राखौं न कारण राकेश शुदले अस्ती भर्खर नयाँ दिल्ली पुगेर नयाँ नेपालको लागि नयाँ संबिधान को Draft लेखेर ल्याई सकेको छ । अब त्यो Draft लाई एक दुई वटा नेपाली शब्दहरुले खालि ठाउँ भर्न मात्र बाँकी त छ नी । अब ४/५ महिना होइन की चाहे भने एकै महिना भित्रमा संबिधान जारी गरी देखाई दिन्छन् हाम्रा मा. कु. ने. जिले। कम नठान्नु होस हाम्रा प्र. मं. ज्यू लाई ।

  12. हरे शिव
    जुन जोगी आए पनि कानै चिरेको
    सतिले सरापेको देशका यी नेताहरु कहिले नसुध्रिने भए
    देशलाई यिनीहरुले कहिले पनि उभो लग्न दिने भएनन् !

  13. ना आप का जाएगा ….. ना बाप का जाएगा ……जाएगा तोह जनता का जाएगा ना

  14. यी गरिब जनताको हरिप दानब मन्त्रि हुन् ! दानबका बिरोध होइन गरेर केही हुदैन , खाली अन्त्य मात्र हुन्छा |

  15. नया नेपाल बनाउने बैज्ञानिक नया तरिका | जय होस् माकुने |

  16. थुक्क माकुने, जनता कहिलै हार्दैनन् मा गिरिजालाई गालि गरेको देख्दा त त मा साचिकै राष्ट्र भक्त झल्किन्थ्यो तर माकुने त रास्ट्र घाती शोसक पो साबित भइस,

  17. तपाइको लास्टको sentence चै दामी लाग्यो, हो भन्या, खिसिक्क हास्नु र माई संसारमा कमेन्ट लेख्नु बाहेक गर्न पनि के पो सकिदो रहेछा र? भोट दिने अधिकार को पनि खुल्लेआम बलात्कार गरि हाले यिनीहरुले- हरुवा लै pm बनाएर |

  18. जनताले चुनेर पठाएको भए पो जनताप्रति उत्तरदायी हुन्थे; ‘प्रभु’को निगाहबाट पद पाएका हरुवाहरूबाट योबाहेक अरु के नै पो आशा गर्नु !

    • ठिक भन्नु भयो तपाइंले पुस्प जी ! जितेर आउने ले त तेही बाटो खेदे भने यो मोरो त remote को बटन त पर्यो

  19. देशमा नागरिक सर्वोच्चता बहाल भएको छैन भनेको यही होला नि नियम कानून को धज्जी उडाउदै हिड्ने, चुनावमा हारे पनि मन्त्रि र प्रधान मन्त्रि हुन् पाए पछि किन र को संग डराउने तपाइँ हामि पनि त्यै गर्छौ होला !

  20. नेपाल मा अहिले सम्म भयको नेता हरु मध्ये लाजै नभयको
    नेता माधब कुमार नेपाल हो .जसलाई सामान्य मानबता पनि थाहा छैन उसले देश हाक्नु नेपाल र नेपाली जनता को यो भन्दा ठुलो दुर्भाग्य अरु केहि पनि हुन सक्दैन
    महा पापी
    माधब कुमार नेपाल
    नेपाली जनता दिनानु
    मरिरा छ त्यो कुकुर जस्तो विदेश ढुलेचा……………….

  21. प्रधानमन्त्री माकुने को यस्तो हठ र जनता मर्ने कम ठिक होइन, नसक्ने, आर्थिक अवस्थाले नाभायुने र देशकालागि उल्लेखनीय योगदान गर्ने मान्छे लै त सहयोग गर्नु पर्चा, त्यो पनि नियम कानुन को परिधि भित्र रहेर . आर्थिक परदार्सिताका लागि लयको नियम प्रधानमन्त्री ले नै नमाने पछि अरुले कसरि मनालन,

    पत्रिका मा पढे अनुसार अर्थ मन्त्रालय ले यसलाई मानेको छैन रे. अर्थ ले प्रधानमन्त्री को यस्तो कदम लै पालना नगरोस र माकुने बाट देश को ढुकुटी रित्तौने कमलै रोकोस.. कर्मचारीतन्त्रले पनि यसको बिरोध गरोस, र जनता ले पनि दबाब दिनु पर्छ,

  22. एकातर्फ, जनता बाट तिरस्कृत मण्डले लावती,काठमाडौँमा घर घडेरी जोड्दै अकुत सम्पति कमाएका भ्रष्टहरु , छोरा छोरी लाइ बिदेशमा पढाइ राखेका नेता आदि इत्यादी आफ्ना कित्ताका मतियार हरुलाई विविध बहाना जनताको धन अंश लगाउछन यी मा. कु. ने. हरु भने अर्कोतर्फ बाढी पहिरो पीडित, घर जग्गाविहीन सुकुम्बासी का नाउँमा बन्दुक को गोली पर्छ / हुम्ला तिर झाडा पखाला को औषधि नपुगेर जनता एकै चिहान हुन पुग्छन / किसानले ऋणसम्म नपाएर खेत बाँझै राख्नु पर्छ / हुनत कुनै पार्टीलाई पनि बहुमतको सरकार दिन नरुचाउने प्रतिपक्षी जनता लाइ के दिउन र ? धन्य हो हाम्रो नेतृत्व !

    • राम पाण्डेजी,
      माईसंसार माओबादीको चम्चे हो भन्नु हुन्छ भने, तपाई कसको चम्चे पर्यो त ? मैले बुझेको चही यो एउटा सम्पूर्ण नेपालीहरुको साझा चौतारी हो | सायद तपाई बहुन/छेत्रीको छोरो परेर त होइन ? मओबादीको समर्थन गर्ना साथ मिडीया वा ब्यक्ति ति पार्टीको चम्चे भन्नु भाको | मओबादीमा पनि प्राय गरेर बाहुन/छेत्री नेताहरु नै हुनुहुन्छ सबै नेपाली जनताहरूले थाहा भएकै कुरा हो | तर अन्य पार्टी नेताहरु भन्दा माओबादीलाई नेपालका अधिकांस सोसित,पिडीत,दलित,आदिबासी जनजाती, महिलाहरु आदि द्वुरा माओबादीलाई पूर्ण समर्थन छ | किनकी माओबादीले ति आदिबासी जनजाती लगाएत अन्य सोसीत पिडीत,दलित,महिलाहरु आदिका माग पुरा गरिदिने आसाले गर्दा | सायद यी कुराहरु बाहुन/छेत्रिहरूलाई अमान्य हुन्छ वास्तबमा खुलेर भन्ने नै हो भने | जति पनि सडयन्त्रकारी नितिहरू आदिबासी जनजाति लगाएत सोसीत,पिडीत,दलित,महिलाहरु आदिले राम्ररी जानी बुझी सकेका छन वास्तबमा के हो यिनीहरुको (बाहुन/छेत्री) निति भनी | अब बाहुन/छेत्री बर्गहरुले खुल्लेर भने पनि केही फरक पर्दैन गोप्य सडयन्त्रको बारेमा | अब आशा गर्नु बाकी माओबादीको मात्र छ | कांग्रेस,एमाले, पंचेको सम्पूर्ण क्रिया कलाप देखि सक्यो, भोकी सक्यो र हार खाई सक्यो | यिनिहरूले(कांग्रेस,एमाले,पन्चे) बिशेस गरी आदिबासी जनजाती, सोसीत,पिडीत, दलित, महिलाहरुका निमित केही गर्ने वाला छैन मात्रै मिठो भाषण छाडेर लाठ्याउने काम बारम्बार भई आएको र दोहोर्याऊदै आई रहेका छन | अब कोही पनि यस्तो भाषण, लोभ लालचमा नफसी कन अगि बढेमा नेपाल र नेपालीहरु शिर ठाडो गरी बिस्वाको सामु हिड्ने सौभाग्य मिल्नेछ अवस्य पनि एक दिन | यदि कोही पनि ब्य्कतिगत स्वार्थ र भाषण प्रति नलठी कन अगि पईला सारेमा |

    • रामजी,
      Mysansar नयाँ सोच भएका हजारौं पाठक र लेखकहरुको साझा चौतारी हो । यहाँ हरेक बर्तमान घटनाक्रमहरु प्रतिबिम्बित हुने गर्छन । चम्चा,काँटा,डाडु,पनियौ,नाङ्लो,कुचो आदि किचनमा नै छोडम् । मलाई यस्तो बिज्ञापन Mysansar मा पच्छ जस्तो लाग्दैन ।

    • राम पाण्डे जी
      माई सन्सार मावोबादीको चम्छ हो ठान्नु हुन्छ भने तेही चम्चा किन चाट्दै हुनु हुन्छ नि?

  23. There is no need even use of people like Makune. He expetiting process of making Nepal poorer and Nepalese poorer. He should be finished at any cost. Why people just bhakurain him and his accomplish wherever they find him.

  24. सरकार टिकाउन देशको ढुकुटी प्रयोग गर्नु भनेको आकाश तिर फर्केर थुक्ने काम गर्नु हो /येसरी थुक्यो भने थुकको छिटा आफ्नै मुखमा पर्छ /

  25. सेर बहादुरदेउबा ले संसद खरिद बिक्रि र पजेरो प्रवृति भित्र्याएर सरकार तिकायेजस्तो माधव नेपालले देशको ढुकुटी रित्याएर सर्कार टिकाउने चेस्टा गर्नु भएन /

    • प्रकाश जी
      अलि मिलेन कि क्या हो/ सिंह दर्बार मा बिहारी चटकेको बाँदर भनू पर्ने हो कि/

  26. माकुने नियेम मा बाँधिन नचाहेमा जन्जिरमा बाँधिन पर्ने छ/ संसारको ईतिहास साछी छ माकुने बसेको भन्दा अग्लो कुर्सीमा बसेका हरु नियेम भन्दा माथि टाउको उठाएको मा टाउकै काटिएको छ, नियेम बिपरित औंला चलाउनेको हाते काटिएको छ/ तेस्तै जनताको अधिकार मिचेर उनीहरुको असहमतिमा दरबार भित्र राजाशाही चलाउनेहरु गल्हात्यायिएको कुरा त् ज्ञानेन्द्र कै उदाहरण लिए पुग्छ/ यो बबुरो माकुने को के औकात छ र? अहिले भारतिय सुरछ्या चक्र भित्र बसेर केहि दिन अरु लुट्ला तर तेस्को हिसाब दिने पर्ने बेला मा रुँदै बस्नु पर्ने हुन्छ/

  27. सबै जनताहरुले प्रम लाई फोन गरेर यो के गर्नखोज्नु भाको भनेर प्रस्न गर्न सके साएद राष्ट्रिय अहितकारी कार्य गर्न अघि उनले एक पटक अवस्य सोच्ने छन्

    • नितेश जी
      नेपाल बात नेपालीले फोन गरे त् सुन्दैनन् होला/ दिल्ली बात “हेलो माधव जी ये क्या चवन्नी के पिछे भाग रहे हो हम देंगें न तुम्हे ..बस हमरा काम होना चाहिए… छोडो ये नेपालके पैसेके चक्करमे..’ बस यति कसैले भनि दिनु छ माकुनेले उसले पाएको प्रधान मन्त्रि भत्ता पनि दान दिंदै साधु बनेको देखाई दिने छ/ तर तेस पछी हामि नेपालमै बसेर उहिले यो हाम्रो देस थियो भन्दै हिड्नु पर्ने हुन्छ /

  28. भगवान ले माफ गर्ने छैन ….यो माकुने को सन्तान लै ठुलो विपति आउने छ…ठुल्ठुल्ला रोग लग्नेछां किनकि एसले सारा नेपाली को पसिना र रगत चुसेको छ….

  29. माकुने एउटा ब्वासो हो | हुनत अरु पनि तेस्तै हुन् के गर्ने चोर को अगाडी कसको के लाग छ र | तर पर्खनु मात्र सक्नु पर्दछ सबै देखिन्छ |

  30. देश र जनता प्रति आफुले के गर्ने भन्ने थाहा पाएका भए पो, बाड बाड यहि अन्तिम मौका हो फेरी कहिल्यै आउने छैनौ, एक एक हिसाब किताब जनताले राखेका छन /

  31. यो त अत्ति नै भयो , हे मा कु ने जनताको लागिपनि सोच्ने गर …यो तिम्रो बाउको सम्पत्ति हो र ?

  32. साथीहरु हामीले एसको बिरोध गर्नु पर्छ . हरुवा हरुलाई जनताको रगत चुस्न दिनु हुदैन . यिनीहरुले पाएसम्म प्रतेक जनताको रगत खान्छन

  33. साला जुन जोगी आएपनि कानै चिरेको, कहिल्यै नसुध्रने भए नेपालका नेता भनौदाहरु …

  34. ङिच्च नहाँसेर के गर्ने त? रुनु भएन, बहुलाएर हिड्नु भएन। माकुनेको बिरोध गर्यो कि त माओबादी भएको दोष लाग्छ। नेपालको कानुन, नेपालले मानुन कि नमानुन।

  35. यो कसरत माकुने सरकारको कुर्चीप्रतिको गतिलो आकर्सनको नमुना हो \ माकुनेले आफ्नो सत्ता तिकौना जे गर्न पनि तयार छ \ यमालेको र कांग्रेसको लागि यहि नै अन्तिम अवसर हो तब उनीहरु नेपाललाई कंगाल बनायर छाड्न लागि परेका छन् \ यि कठपुतलीहरु र यिनका भाबी पिंडीलाइ नेपाली सुमुम्बसी र गरिब जनताको आँसुले कसरि राम्रो होला र ? यिनका दिनहरु काउन्ट डाउन हुँदै छन् \ हामी बिदेशमा बस्नेले पनि यिनीहरुलाई कुर्चीबाट गलात्यौना सहयोग गर्नु जरुरि छ, अनेथा हाम्रो भाबी पुस्ताले निकै पछुताउनु पर्ने छ, होइन र ? समयमा नै चेतना हुनु आबसेक छ \

  36. यो कसरत माकुने सरकारको कुर्चीप्रतिको गतिलो आकर्सनको नमुना हो \ माकुनेले आफ्नो सत्ता तिकौना जे गर्न पनि तयार छ \ यमालेको र कांग्रेसको लागि यहि नै अन्तिम अवसर हो तब उनीहरु नेपाललाई कंगाल बनायर छाड्न लागि परेका छन् \ यि कठपुतलीहरु र यिनका भाबी पिंडीलाइ नेपाली सुमुम्बसी र गरिब जनताको आँसुले कसरि राम्रो होला र ? यिनका दिनहरु काउन्ट डाउन हुँदै छन् \ हामी बिदेशमा बस्नेले पनि यिनीहरुलाई कुर्चीबाट गलात्यौना सहयोग गर्नु जरुरि छ, अनेथा हाम्रो भाबी पुस्ताले निकै पछुताउनु पर्ने छ, होइन र ? समयमा नै चेतना आबसेक छ \

  37. शायद मगर भाषा मा होकी अरुकुनै मा हो “माले ” को अर्थ ‘सक्कियो” हो जस्तो लाग्छ यो हाम्रो देश को पार्टी “ए-माले ” अब “ए- सक्कियो ” पार्टी हुँदै छ र तेस पार्टी लाइ “ए-सक्कियो ” पार्टी बनाउन मा यो हिटलर को झड्केलो छोरो (बोडी फिचर मात्र )ले ठुलोयोग्दान पुराए को मा धन्यबाद को प्रथम पात्र बनेको छ

  38. सर्बप्रथम माकुने देशको प्रधान मन्त्रि हुन लायक नेता नै होइन, यस्तो नेताबाट हामीले अरु के नै पो आशा गरेका थियौ र ?

    • बिर जी
      सटिक भन्नु भयो/ अरु लेख्नै परेंन तर यो बात सतर्क हुनु पर्यो है /

  39. लुट को धन फुपु को श्राद
    – माधब कुमार (?) नेपाल (?)

  40. “”” मामा को धन मा फुपुको श्राध !!!”””

    प्र. म. ज्यु ,मस्ती गर्नुस मस्ती!

  41. यी बुडा देख्दा का मात्र सोजा हुन् , तर सिल्ली मा नेपाल कै तिन नम्बर भित्र का बरियता मा पर्छन उनि / लम्रेड प्रचंडे र फिरिजा भन्दा झन्डै अघि नै छन् सिल्ली मा /अनि मौका पाए दाम चडाएरनै नाम कमाउन चाहन्छन यी खप्पिस बुडा /राष्ट्रिय ढुकुटी को त कुरै छाडी दिनुस /बालमतलब उनलाई न उनका बा को न उनको ससुरा को /

  42. हैन येस्ता असत्ति प्रधानमन्त्रीलाइ टपक्क टिपेर फुत्त दिल्ली तिरै हुरयाई दिने कोहि छैन भन्या !!!!!!
    के सुन्नु परेको होला एस्तो ए राता मकै !!!!!!!!!!!!!!!!!!

    द्रोण

    • आचार्य !!!
      के दिल्ली(हस्तिनापुर ) तिर फेक्दैमा उतै बस्ला र ??यअर इन्डिया को बिमान चडेर फेरी कान्तिपुरी नगरी आइहाल्छान नि |
      बरु तात दुर्योधन भएको ठाउमा पठाइदिन पाए भ्राता सकुनी सग पासा खेलेर बस्थे कि ?नत्र यी नेपाल नाम धारिले नेपाल कङ्गाल बनाउने छन् |

    • dronjee
      हामि मिलुन नसकिने काम त् होयिन त्यो/ दल बचाउन तिर लाग्ने भन्दा अहिले रास्ट्र बचाउनु पर्यो भनि सबै लागे के गर्न सकिन्न र? माकुनेको जरा भन्दा राजतन्त्रको जरा धेरै मजबुत थियो तर तेहित उखेलियो भने बबुरो माकुने बिहारी गमलाको बोट जतिकै मात्र हो/

      मात्र नामको पछाडी नेपाल राखेर सच्चा नेपाली कोहि हुन् सक्दैन/ माकुने यसको उदाहरण हो/

  43. हैन ये !! के हो नेपालको rasatra ढुकुटी माकुने को बाउ को सम्पति हो कि के हो ..?? कि ससुराली देयाको दाइजो हो ? १० लाख को उपचार खर्च के मा गर्न २६ जना लाई तोक लगायको ?? इ सबै नेता लाई एड्स लग्यो कि के हो ?? यो मकनु जोकर ले के गर्न खोजेको हो ? हेर्दै सर्कस बाट भागेको जोकर जस्तै छ ..काम चैं सर्कस को गधा को जस्तो गर्छ ..

  44. बैजेती को के इजोत हुन्छ र ! छैटौ को दिन लेखान्त ले लेख्न भुलेछन कि तँ वार्ड को वार्डअदक्ष हुनु भनेर के गर्नु पर्धान्मंत्री भा छन् ! खाऊ खादो खाऊ तिम्रो के जान्छ
    हिजो सम्म अघाइका पेटहरु
    आज सुकेर जादैछन
    हिजोसम्म अघाका पेटहरु
    भोलि गएर भोकाउने छन्
    तेस्पछी चालपाउने छन्
    जनता को भोक को स्वाद
    कुईई कुटुट्टू धयाउ !!!!!

  45. सर्बप्रथम, म हाम्रा राष्ट्रसेवक हरुलाई धन्यवाद दिन चाहन्छु जसले परिस्थितिको नाजुकतालाई बुझेर देशको ढुकुटी बचाउन यस्ता नियम ल्याए . हामी अरु नेपालीहरु पनि टाठा बाठा भएर देशका कर्मचारीलाई गाली मात्र गर्ने भन्दा सरकारी जागीर खान र देश सेवा गर्न छोराछोरीलाई प्रेरित गर्ने गर्नु पर्छा. कति पढेलेखेका नेपालीहरु सरकारी जागीर पनि कसैले खान्छा भनेर नाक खुम्च्याउछन् , पैसा धेरै कमाइन्न भनेर . सरकारी जागीर भनेको आफुले पैसा कमाउन मात्र हैन, सर्वसाधारण नेपालीको करोडौ पैसा जोगाउन पनि हो.

    • फासिस्ट पंचेले खाँदा खाना पाइएन भनि जंगल पसेर स्याल रोए झैँ
      मुख आकास तिर फर्काएर भोक भोकै रुने कांग्रेस र एमाले
      ले बर्ग संघर्ष र ससस्त्रक्रान्तिको नाममा एकतीस सालमा राम लक्ष्मन् र क्याप्टेन यज्ञ बहादुरलाई बलि चढाए,बर्ग संघर्ष को नाममा भात खाँदै गरेको बाबु छोरालाइ छाँटेर सुरुंग भित्र हजारौंलाइ बलि चढाए,छतीस सालको आन्दोलनमा बिधार्थीलाइ हतियार बनाइ अगाडी बढायो, आखिर किन यसो गरेको रहेछ भनि अध्यायन गर्दा कोइराला परिवार मोटाउन र माकुने,ओली,झाले,बामे मोटाउनुलाई गरेको कर्तुत पो रहिछ,

    • चोर डाका फटाहा मा १ न मन्त्रि प्रधानमन्त्री सभासद इनिले नै देस स्वाहा परेका छन् अरु जनता हेरेरमात्र बस्ने त हो नि

  46. ना आप का जाएगा ….. ना बाप का जाएगा ……जाएगा तोह जनता का जाएगा ना

    • के गर्ने , मोज गर्न नपाए पछि विचरा,,,,,, मोज गर भैरे मोज गर , धेरै दिन बाकी छैन त्यो कुर्चीमा बस्ने दिनहरु… तर उ मात्रै पहिलो व्यक्ति होइन त्यो मोज गर्ने ,, सबै लाई समान निएम कानुन लाग्नु पर्यो नि, होइन र ??????????

    • माथिको हिन्दी प्रतिक्रिया को नेपाली सार: न तपाई को जान्छ, न बाऊको जान्छ, जान्छ भने जनता को जान्छ …

      ( धोति मुर्दाबाद )

      • Bidur Bahun jee’
        “चाहे धोती होस या टोपी होस” जे भय पनि उ यौटा राष्ट्रबादी हो किनकी येथार्था मा उसले नेपाली जनता ले तिरेको करको दुरुपयोगको बिरुद्धमा बोलेकोछ, so he is right but you are wrong(Bahun) because of one part of your comment …(धोती मुर्दाबाद)

        • माफ गर्नुस मित्र. समर्थन त म पनि गर्थे होला तर क गर्ने त्यो भाषा नै तेस्तै छ. माथि को साथि को भनाइ भारतीय भाषा भन्नु भएको होला. धोति त नेपाली हरुको पहिरन मध्येको एक पनि हो तराई बासीको गलत चै बोल्नु भएको हो तर भाव भने सहि छ. सर्बसक्तिमान प्रधानमत्री को व्हाट लाग्ने नै भयो भने पछी.

Comments are closed.