यात्रामा माइसंसार

बिहान आँखा खोलेदेखि राति अबेर सुत्‍नलाई आँखा चिम्म नगरेसम्म एकोहोरो कम्प्युटर स्क्रिनमा टोलाउनु पर्ने, हतारमा समाचार, ब्लग लेख्‍नुपर्ने एकनासे जीवनचर्या। दिक्क लाग्यो सँधै उही काम। त्यसैले हिँडे छोटो यात्राका लागि। चन्द्रमाले सूर्यलाई छेक्दा हुने ग्रहणका बेला ‘यात्रा नगर्नू है’ भनी भन्नेहरुलाई ‘यी त सब भन्ने कुरा न हुन्’ भन्दै साथी नवीन विभाससँग हिँडियो माघे संक्रान्तिका दिन काठमाडौँबाट। यतिखेर पनि यात्रा मै छु। यात्रा कै क्रममा पनि ब्लग अपडेट गरौँला भनेको कहिले बत्ती नहुने, कहिले इन्टरनेट नहुने कारणले नियमित हुन सकिनँ। यसबीच माइसंसारको दायाँ छेउको ‘मेरो संसार’ मुनि मोबाइल फोनबाटै ट्विटर स्टायटस अपडेट भने नियमित गरेँ। चितवनको सौराहाबाट विराटनगर हुँदै दमक, फिक्कल, पशुपतिनगरबाट पारी भारतीय भूमिमा समेत पाइला टेकेर यतिखेर फेरि दमकमा छु। यात्राको थकानका कारण यात्राका रमाइला विवरण पछि काठमाडौँमा फर्किसकेपछि बाँडौँला। अहिलेलाई केही फोटोहरु मात्र।

विराटनगरमा अनाथ बालबालिकाको लागि खोलिएको स्कूलको सहयोगार्थ आयोजित कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्कनुअघि विमानस्थलमा मैले खिचेका फोटो हेर्दै नायिका रेखा थापा। यो कार्यक्रमबारे समाचार यहाँ हेर्नुस्। भिडियो र थप फोटो पछि।

चितवनमा थारु बहिनीका साथ। उनी सात कक्षामा पढ्दै रहिछिन् र एउटा सांस्कृतिक कार्यक्रमका लागि यो पहिरन लगाएकी रहिछिन्। एउटा गजबको आत्मविश्वास देखियो उनी र अरुहरुभित्र। अरु बेला उनीहरु यस्तो लुगा लगाउँदैनन्। तर गर्व गर्दा रहेछन् उनीहरु यो लगाउँदा। आफ्नो स‍ंस्कृति र परम्परालाई सम्मान गर्ने यी बहिनीहरुलाई सलाम।


यस पटक तराईमा पहिले आउँदाभन्दा बढी कुहिरो परेको देखियो। दिउँसो अबेलासम्म पनि काठमाडौँमा बिहान जस्तो मौसम हुने रहेछ। जाडो पनि कति साह्रो हौ!


लोक गायिका ज्योति मगर र थारु कलाकारहरुका साथ।


कलाकार रामकृष्ण दुवालका साथ सौराहामा।


सौराहामा जीवनको पहिलो पल्ट हात्ती चढ्दै।


हात्तीको माथि सहयात्री हास्य कलाकार मनोज गजुरेल।


द्वन्द्वकालमा आमाबुबा गुमाएका विद्यार्थीहरुसित फोटो खिचाउँदै रेखा थापा।

40 Comments

  1. रेखा थापा को फोटो चै राम्रै हो तर बनि तेती राम्रो भएन क्या

  2. रेखा थापा राम्रै छ तर थोरै सेकसी छ मलाई मन पर्छ म पनी १ दिन संगै घुमन जाने मन लागेको छ यार
    मुमा राम

    • हैन के सारो यो मामु राम भन्ने मान्छे त ?????? यो कुरा कसैले नवुल्नुहोस की, रेखा थापा पनि एउटा सामाजिक र राष्ट्रिय कलाकार हुन् ! उ पनि कसैको दिदि अनि वैनी हुन् . र कसैको छोरि पनि .. कसलाई गलत कुरा वन्नु भन्दा एकपल्ट सोचेर मात्र लेक्ने र बोल्ने गर्नु होला ..

  3. मेरो गीत यस प्रकारको छ >>
    बचाऊ बचाऊ बचाऊ,
    नेपाललाई बचाऊ,
    …………………………………………….
    गौरब हाम्रो देशको शान,
    दौरा सुरुवाल टोपी बचाऊ,
    रगत हाम्रो वीरहरुको,
    खुकुरीलाई बचाऊ |
    ………………………………………………………
    राष्ट्र अनि राष्ट्रीयतालाई प्राण दियर बचाऊ,
    भ्रष्ट चारी उन्मूलन गरि श्रष्ठाहरु बचाऊ |
    ……………………………………………………….
    ( देशको पूर्ब, पश्चिम, उत्तर,दक्षिन लाई बचाऊ )२
    सिमानालाई बचाऊ |
    ( सगरमाथा, डांफे र गुरास चिंन्ह हरुलाई बचाऊ )२
    राष्ट्रीयता बचाऊ |
    ………………………………………………………………….
    ( स्वयम्भू, पशुपति र गुहेस्वरी मंदिर हरुलाई बचाऊ )२
    धरोहरलाई बचाऊ |
    ( मेची, महाकाली, गण्डकी, नदीहरुलाई बचाऊ )२
    सम्पदालाई बचाऊ |
    ………………………………………………………………..
    ( पंचे, नौमती, बाजाहरू अनि मारुनी नांच बचाऊ )२
    संस्कृति लाई बचाऊ |
    ( गुन्यु, अनि चौबंदी चोली हेम्बरिलाई बचाऊ )२
    पहिरन्लाई बचाऊ |
    ……………………………………………………………….
    रचना+ संगीत ={ डम्बर कुमार प्रधान }
    जयपुर बुधबारे [ झापा – नेपाल ]

  4. धन्यबाद,
    माईसन्सार डट कम लाई, ( अपन दहिके कौन खट्टा कहे ) सबै आफ्नो आफ्नो डम्फु त बजाउदा रहेछन नि होइन त ? रेखा थापा जस्ती नाइका लाई घुमाउनु पाउदा
    तेही पनि सौराहामा तेही पनि हात्ती माथि चडेर | वा!!!माई सन्सार टीम | धन्यबाद ,
    हो यसै गर्नु सधै | तर देशको निम्ति, देश बचाउने खालको कबिता, गीत, लेखहरु भने
    कसैको पनि प्रकासित नहुनुमा माई सन्सार भित्रको कुनै एक जना सदस्यको अबस्य
    हात हुनु पर्छ | स्वार्थ पन लाई त्याग गर्नु नै माई सन्सार टीम को ठुलो योगदान हुने छ भन्ने मेरो छोटो बिचार ब्यक्त गर्न चाहान्छु | कुरो के भने यस अघि मैले तीन पटक सम्म ( बचाउ बचाउ बचाउ ) शिर्षकमा देश भक्ति गीत लेखि पठाएको थिए | सो प्रकाशित नभएकोले आज नेपालको पश्चिम भागमा अवस्थित महाकाली नदी भारतले कब्जा गरेको कुरो यो कानले सुन्नु त पर्ने थिएन |आवस्यक परेमा मेरो इमेलमा समाचार पठाउनु हुन् अनुरोध गर्दछु |( डिएमआर.प्रधान@जीमेल.कम ) धन्यबाद पून:
    डम्बर कुमार प्रधान
    जयपुर बुधबारे (झापा )
    हाल { अमेरिका }
    बोल्डर,
    कोलोराडो,

  5. धन्यवाद सलोक्याजी, विदेश मा बसेता पनि तपाइंको ब्लग मार्फत चितवन घुमैदिनु भयको मा . नेपाली भयर पनि आफ्नै ठाउं हरु घुम्न साइत जुरेको छैनन् .

  6. रेखा थापा त धेरै राम्रो देखिन्छा आजै रेखाको ओटामा कोटीले जनै राम्रो लाग्छा तर उनको बानी चाही कस्तो छ अनि रेखा हजुरको यत्र सफल होस र धन्याबद्छा

  7. साथी हो,बिगत दिनमा रेखा थापा जी ले गर्नु भएको केहि कार्यक्रम सबैलाई मन नपर्न सक्छः, तर केहि सहयोगात्मक कायर्क्रम मा गर्नु भएको प्रयास हरुलाई सकारात्मक रुपमा लिनु उचित होला कि,

  8. यो यात्र पछी राम्रो समाचार सुन्न पाउँ/

  9. उमेश जी,
    तपाई ले रेखा रेखा भन्नु हुन्छ / के छ तेस्तो रेखा मा ?

  10. फोटो र समाचारको लागि धन्यबाद, रेखा थापाले पनि अध्यात्म प्रति बिस्वास गरेकोमा अति खुसि लाग्यो . यस्तै सामाजिक र सकारत्मक संदेश दिने खालका काम गर्नु अति राम्रो साथै सामाजिक र सकारत्मक कामको लागि “हामि सबै नेपाली” को भावनात्मक सुत्रमा गास्न सकोस . यहि मेरो कामना . धन्यवाद .

  11. यो माइ संसार मा कति चोत्ति कमेन्ट गर्न खोजे तर कहिले पनि पब्लिश नै हुदैन किन हो?

  12. जहाँ नि रेखा नै देक्चु
    अब राजनीति मा नि लागनी विचार छ जस्तो छ रेखा जी को !!!

  13. नायिका ;गायिका ;नर्तकी र समाजसेवी रेखा थापा लाइ देखियो/ बहु रुपी ;बहु आयामी रेखा थापा खुसि लाग्यो/

  14. यात्रा त ठिकै नै लगियो तर त्यो जाडो मा रेखा ग को ड्रेस उप चै पटकै नै मन परेन. अरु प्रोग्रम्मे पनि ठिक नै लगियो.

  15. कमसे कम एउटा भएपनि बिज्ञापन हेर्ने बानि बसालौ साथी हो. अनि my sansar बाँच्छ . आज त मैले मी संसारमा भएका सबै बिज्ञापन हेरे. (clicked them and watched.) एक पटक क्लिक गर्दैमा मेरो के जान्छ र?

  16. please thanks for best image and different event to give for long time. now i live in doha for long time so i could not go back in nepal still long time. i hope you will keep good natural image and good place of nepal to us. when i open my computer first see it side when i will come in nepal i would like to meet with you. please may i have you tel no.
    thanks bye see you

  17. क्यामेरा राम्रो लाग्यो. कुन हो ? canon जस्तो छ. फोटो गजब निकालेको छ.slr camera को फोटो नराम्रो हुने कुरै भएन नि.

  18. मोज छ उमेश जी मोज | हेरोइन संग फोटो – LLCC
    मन बहलाउनु भएछ !

  19. उमेश ब्रो राम्रो छ ल, यात्रा सफल होस् राम्रो होस् काम गर्दे हिडेको मा धन्याबद. हाम्रो नेता हरु ले पनि केहि राम्रो काम गरे हुन्थ्यो नि यार…येसो सत्बुह्दी दिनु पर्यो हाम्रो नेता हरुलाई !!!

  20. म चाही यो रेखा थापा भन्ने नाम पहिलो चोटी सुन्दै छु है….

    • बाजे तपाईं त ७०, ७५ बर्ष को जस्तो लाग्यो कहाँ तपाईंलाई रेखा थापा को नाम सुन्नु हुन्छ त ? तपाईंलाई त मधुमाल, दिलिप कुमार हरु जस्ताको नाम थाहा होला है ?

      Prakash
      DC

  21. धन्यवाद उमेश सर , यो तपाइको नियात्रा पनि राम्रो छ, कताकता भावनात्मक रुपमा म पनि संगै गएको जस्तो लागो . बाकी कुरा काठमाडौँ बाट है त सर

  22. तपाईको यसपालाको पुर्बी नेपालको यात्रा सफल भएछ यद्धपि समय समयमा माइ संसारलाई अप डेट गर्न कठिनाई हुदा हुदै पनि मोबाइल बाट भएपनि चुस्त दुरुस्त बनाउने प्रयासको लागि धन्यवाद ! कुनै दिन पश्चिम नेपालको यात्रामा निस्किएर यात्रा येसरिनै सफल बनाउनु होला ! मेरो हार्दिक शुभ-कामना !!!

  23. ल घुमाई त रमाइलो नै भयछ फोटो को लागि धन्यवाद
    अन्य जानकारी को प्रतिक्ष्या मा छु.
    (कृपया कमेन्ट गर्ने साथी हरुले अरु मा जस्तो अनाबस्यक राजनीति घुसयर ब्लग को सुन्दरता लाइ नाबिगर्नुहुन अनुरोध छ मेरो तर्फा बाट)

  24. मलाई त रेखा थापा भन्दा त थारु बहिनि मन पर्यो . कति मासुम कति निर्दोष छिन .

  25. Umesh! You are doing a great job. Please keep on! Boost Nepali people’s mentality by spreading positive massages and sharing promising dreams. My sansar is far more better than any daily newspaper in terms of popularity.

  26. रेखा थापाले फोटो हेर्न धैर्य चाही गरिछिन है | धन्न “लव यु अल ” भनेर ठुम्का चाही लगाएन छ | यात्रा रमाइलो रहोस यहाको,समाचारको लागि धन्यवाद |||

  27. खुसि लागो तपाईको यात्राको बारेमा पढेर | अरु रोचक यात्रा को बारेमा पड़ने पर्खाईमा …..

    Cesar

  28. कमेंट्स पनि खै के गर्नु र हिजोको ब्लगमा गरेको कमेंट्स अझै सम्म Publish को लागि waiting मै छ, उमेश जी लोउ न हो बाकि जे भए पनि माइ सन्सार डिसट्राब हुन भएन

    फोटो र समाचारको लागि धन्यबाद, रेखा थापाले पनि अध्यात्म प्रति बिस्वास गरेकोमा अति खुसि लाग्यो, कुनै पार्टीको आन्दोलनमा गएर ठुम्का लगाउनु भन्दा येस्तई सामाजिक र सकारत्मक संदेश दिने खालका काम गर्नु अति राम्रो, आशा छ येस्तई होस् भबिस्य पनि

    • (लौ एमए पनि पास गरिएछ आज भर्खर रिजल्ट हेरियो नेटबाट। नम्बर चैँ कति आयो कुन्नि )ल बधाई छ है सालोक्य जीलाई

Comments are closed.