आफ्नै शैलीको नयाँ वर्ष

-रविन्द्र मिश्र-
नयाँ वर्ष सन् २०१० सुरु भएको चार हप्ता भएको छ। नयाँ वर्षकै कारणले गर्दा यी चार हप्तामा म्याग्दीको दुर्गम शिख देउराली गाउँमा रहेको शिख उच्च माबिका विद्यार्थीहरू जति खुसी अरू कोही भएको यो स्तम्भकारलाई थाहा छैन। उनीहरूको त्यो खुसी आफ्नै शैलीमा नयाँ वर्ष मनाउने केही युवाको रचनात्मक ऊर्जाका कारण सम्भव भएको हो।

नयाँ वर्ष सुरु हुनु केही दिनअघि यो स्तम्भकारलाई दुईटा फोन आयो। एउटा फोन कहिले नभेटेको तर राम्रा कामहरू गर्नका लागि सहयोग माग्दै बेलाबखत परिचित/अपरिचित साथीहरूमाझ समूहगत इमेलहरू पठाइरहने अनि इन्टरनेट र पत्रिकामार्फत पनि सहयोगका लागि पाठकहरूलाई उत्प्रेरित गरिरहने स्याटेलाइट (हरी भुसाल) को थियो। अर्का चाहिँ मेरा एकजना पुराना मित्रको थियो, जसको नाम यहाँ उल्लेख गर्नु सान्दर्भिक हुँदैन। स्याटेलाइटले फोन गर्नाको कारण खुलाउँदै भने- उनी र उनका केही साथीहरूले यसपटक नयाँ वर्ष म्याग्दीको एउटा विकट गाउँमा एउटा पुस्तकालयको स्थापना गरी मनाउने योजना गरेका छन् र त्यसैका लागि उनीहरूले पुस्तकहरू संकलन गरिरहेका छन्। मैले पनि सकेको पुस्तक दिएर सहयोग गर्नुपर्‍यो भन्ने स्याटेलाइटको अनुरोध थियो।

त्यही दिन मेरा पुराना मित्रले गरेको फोनमा चाहिँ यसो भनियो, ‘क्या हो…न्यु इयर मनाउने विचार छैन ? न्यु इयरमा याक एन्ड यतीमा गेट टुगेदर गर्ने प्लान गरिरा’छौं, आउनुपर्छ है यसपटक त।’ मूलघर बुटवल भएका स्याटेलाइट काठमाडौंमा डेरा गरी बस्ने एकजना युवा कम्प्युटर इन्जिनियर हुन् भने मेरा मित्रचाहिँ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत राम्रो आम्दानी र आर्थिक पृष्ठभूमि भएका एकजना विकासविद् हुन्। ती दुईबीचको सोचाइको अन्तर सामाजिक विडम्बनाको एउटा दुःखद तर स्पष्ट चित्र हो।

मेरा मित्रको योजनामा न कुनै नौलो सोच थियो, न त्यो रचनात्मक नै थियो। हरेक वर्ष संसारभरिका पाँचतारे होटलहरूमा नयाँ वर्ष त्यसैगरी मनाइन्छन्। नेपालमा पनि त्यसको प्रचलन बढ्दो छ। त्यसैले त्यो कुनै अनौठो कुरा भएन। तर स्याटेलाइटको नयाँ वर्ष मनाउने सिर्जनात्मक सोच भने यो स्तम्भकारलाई साँच्चै रोचक लाग्यो। त्यसको पृष्ठभूमिचाहिँ राम्रै राम्रा सोचहरूको एउटा मीठो संयोग रहेछ। एकपल्ट मुस्ताङ जाँदा स्याटेलाइटले झन्डै २० वर्ष बि्रटिस गोर्खा सैन्यमा काम गरेर फर्किएका एकजना गज्जबका प्रेरणादायी लाहुरे बाघवीर पुनलाई भेटेछन्। बाघवीरले सेवानिवृत्त भएपछि धेरै लाहुरेहरूले झैं काठमाडौंमा शानदार घर बनाएर या बेलायततिरै बरालिएर बाँकी जीवन जिउन चाहेनछन्। बरु आफूले सानो छँदा राम्रो शिक्षा हासिल गर्न नपाएका कारण सैनिक सेवामा खासै प्रगति गर्न नसकेको दुःखद इतिहास सम्भिmँदै म्याग्दीस्थित आफ्नै गाउँ फर्किएर शिक्षाको विकासमा काम गर्न चाहेछन्। त्यही ऊर्जाका कारण आफैंले अग्रसरता लिएर गाउँको शिख माविलाई उच्च माविमा परिणत गरेछन्। तर उच्च माविमा परिणत गरिसक्दा पनि त्यहाँ पुस्तकालय रहेनछ। अनि उनले केही महिनाअघि मुस्ताङमा ‘मैले गर्नसक्ने केही भए, फोन गर्नुहोला है’ भनेर छुट्टिएका युवा यात्री स्याटेलाइटलाई सम्भिmएछन् र फोन गरेछन्।

त्यस्ता कामहरूमा पहिले पनि संलग्न स्याटेलाइटलाई लाग्दोरहेछ, ‘देशमा जति सपिङ मलहरू बने पनि हाम्रा केटाकेटीहरूले उचित शिक्षा पाएका छैनन् भने त्यो विकासको के अर्थ ?’ त्यसैले बाघवीरको सम्झना स्याटेलाइटका लागि प्रेरणामा परिणत भएछ र उनी पुस्तक संकलन अभियानमा जुटेछन्। व्यक्ति-व्यक्तिलाई सम्पर्क गरेछन्, भेटेछन्, पुस्तक बटुलेछन्, अनि लोकपि्रय इन्टरनेट साइट माईसंसार डट कममा एउटा अपिल पनि छापेछन्। १,६०० भन्दा बढी संख्यामा प्राप्त पुस्तकहरूलाई आफ्नो सानो डेरामा थुपारेछन्, अनि उनी र उनका साथीहरू नयाँ वर्षको दुई दिनअघि पुस्तकले भरिएका ठूल्ठूला बाकस जिप र बसमा लोड-अनलोड गर्दै शिख देउराली गाउँतर्फ हिँडेछन्।

मोटर बाटो अन्त्य हुने विन्दुसम्म युनिर्फम लगाएका स्कुलका विद्यार्थीहरू डोको बोकेर र बाघवीर स्वयम्चाहिँ दुईटा खच्चड डोर्‍याएर स्याटेलाइटको टोलीलाई स्वागत गर्न आएको देख्दा स्याटेलाइट र उनका साथीहरू दंग परेछन्। त्यो साँझ उनीहरूसँगै बिताएर जनवरी १ का दिन पुस्तकहरू विद्यालयलाई जिम्मा लगाएर फर्किएपछि स्याटेलाइटले माईसंसार डट कममा छोटो टिप्पणी लेख्छन्, ‘३१ डिसेम्बरको त्यो साँझ पूणिर्माको चन्द्रमा अन्नपूर्ण हिमालको चुचुरो छेउबाट माथि सर्दै गर्दा हामी शिख उच्चमाविको पुस्तकालयका लागि पुस्तक लिएर उकालो लाग्दै थियौं। आफ्नै शैलीमा नयाँ वर्ष मनाउन शिख देउराली पुगेकोमा हामी त्यसै दंग थियौं।’

उनीहरूले ३१ डिसेम्बरको साँझ पूर्णचन्द्रको मन्द प्रकाशमा नयाँ पुस्तक विरलै देख्न पाउने विद्यार्थीहरूलाई पुस्तकालय उपहार लिएर शिक्षित नयाँ वर्षको कामना गर्न उकाली-ओरालीको यात्रा गर्दा, मेरा विकासविद् मित्र भने विदेशी ह्वीस्कीमा मस्त भएर सुखद नयाँ वर्षको कामना

गर्न तयार हुँदै थिए। राम्रो काम त आफ्नो ठाउँमा छँदैछ, तर त्यो राम्रो कामको पनि अन्तरेमा निहित आफ्नै शैलीको नयाँ वर्षले चाहिँ यस लेखकलाई यो स्तम्भ लेख्न प्रेरित गरेको थियो।

हरेक वर्ष विश्वभरि करोडौं मानिसहरू रक्सीमा झुम्दै, चियर्स गर्दै, सुखद नयाँ वर्षको कामना र स्वागत गर्छन्। तर तिनले आफ्नै सुखका लागिमात्र कामना गर्छन् या शिख देउरालीजस्तो गाउँका पढ्न नपाउने केटाकेटीहरूका लागि पनि कामना गर्छन्, त्यो तिनीहरूले नै बुझुन्। आफ्नै र आफन्तहरूको लागिमात्र सुखको कामना गरेर कोही पनि बढी सुखी भएको मैले देखेको छैन। व्यक्तिगत सुख बृहत्तर सामाजिक सुखभित्रको एक अंशमात्र हो। तर सामाजिक प्राणी भएर पनि अधिकांश मानिसहरूले सो तथ्यलाई व्यवहारमा प्रतिविम्बित गर्न चाहँदैनन्। त्यसैकारणले होला, रक्सीमा झुम्दै सुखद नयाँ वर्षको कामना गर्न अधिकांशलाई अरू कसैको चासो हुँदैन। नयाँ वर्ष मनाउनु हुँदैन भन्ने यो लेखको भाव होइन, तर हरेक नयाँ वर्ष मनाउँदा बढी सिर्जनशील र रचनात्मक हुन सकिन्छ भन्न खोजिएको हो, जसले आफूलाई पनि आनन्द देओस् र हामीजति आनन्द मनाउन नसक्नेहरूलाई अलिकति खुसी पनि देओस्।

अन्नपूर्ण हिमालको पृष्ठभूमिमा उदाइरहेको पूर्णचन्द्र हेर्दै विकट गाउँमा पुस्तकालय उपहार दिन पुगेका चेतनशील र ऊर्जाशील ती स्याटेलाइट र उनका साथीहरूलाई जीवनभर सन् २०१० को नयाँ वर्षमा आफूले गरेको कामले सधैं आनन्दको अनुभूति र ऊर्जा प्रदान गरिरहनेछ। तर पाँचतारे होटलमा पार्टी गरेर नयाँ वर्ष मनाउनेहरूका लागि नयाँ वर्षले एक-दुई दिनका लागि रक्सीको ह्याङओभरबाहेक केही दिने छैन। उनीहरूका लागि हरेक नयाँ वर्ष त्यसैगरी आएका छन्, त्यसैगरी गएका छन्। नयाँ वर्ष त्यसरी बिताउनेहरूमध्ये आधाले मात्र पनि अलिकति कल्पनाशील र चेतनशील भइदिने हो भने हरेक वर्ष कति नयाँ पुस्तकालयहरू बन्ने थिए होलान्, अनि हरेक वर्ष कति नयाँ बाघवीर र साना-साना नानीहरू दंग पर्थे होलान्, सहजै अनुमान गर्न सकिन्छ। साभारः कान्तिपुर

37 Comments

  1. जगेन्द्र छन्त्यालजी
    नामस्कार
    तपाइको पस्ताब अत्यन्तै सकारात्मक छ । म तपाईसंग स्वयम सेवक सम्वन्धमा छलफल गर्न चाहन्छु । यस सम्वन्धमा जिमि लामा र मेरो बिच यस बारेमा लामो छलफल भएको छ । म तपाईसंग त्यो पनि सेयर गर्न चाहन्छु
    भोला
    ९८४१५९२३५५

  2. जगेन्द छन्त्यालजि
    तपाइको विचार प्रेरणादायि छ। धन्यवाद ।म पनि स्याटलाइको कामको सहयोगि हु ।तपाइले जुन त्यागको प्रस्ताव गर्नु भयो त्यसको लागि म पहिले तपाईलाई धन्यवाद र शुभकामना दिन्छु। बागविर पुनको बिध्यालयले स्वागत गरेसम्म तपाईले सेवा गर्नु तहि पर्छ। यदि ताहा अनुकूल परेन भने म व्यवस्थापन समितिको अध्यक्ष भएको विधालयमा स्वागत गर्न चाहन्छु। मैले सामुदायिक पुस्तकाल र विधालयलाप कम्पटर शिक्षा दिलाउने प्रयास गद्रैछु । तपाईले हामी इन्फरमेसन साईन्समा पनि रा्मो सिकाउन सक्छौ भन्नु भएको छ । तपाईको त्यो लाइले सुन सुगन्ध थपे जस्तो लाग्यो । के तपाई जान तयाप हुनु हुन्छ । तपाईको इमेल र फोन लेख्नु होला म सम्पर्क गर्ने छु । पुन धन्यवाद
    भोला
    ब्न्लाम्सल@ग्मैल.काम
    9841592355

  3. जगतजी धन्यवाद, तपाईंले हामिमा थप आशा जगाउनुभयको छ ।

    कृपया मलाई [email protected] या [email protected] मा एकपल्ट इमेल गर्नुहुन अनुरोध छ ।

    (दीपेन्द्रजी, शिख उच्च माबीको नीम्ति लाइब्रेरियन तालीमको ब्यवस्था गर्नुभयकोमा धन्यवाद । हामी थप केही लाइब्रेरीहरु स्थापना गर्ने क्रममा रहेको हुँदा कृपया ईमेल गर्नुहुन अनुरोध छ । सायद अन्य कामहरुपनी हामी सँगै गर्न सक्छौँ होला । )

    स्याटेलाइट
    लाजिम्पाट, काठमाडौं

  4. कृपया यी स्याटेलाईट जीको इमेल पाउन कहां निवेदन हाल्दा हुन्छ?मलाई उहांसंग सम्पर्क गर्न मन लागेको छ।गंभीरतासाथ मैले बोलेको कुरामा आफ्नो अडान राख्दै म बिदा हुन्छु।धन्यवाद।

  5. लुंगा ज्यू,
    सेवारो आदाम्बे है !
    मैले गरेको यो निर्णय निकै सोचेर गरेको हो |मैले संसार देखे ,भोगे र केही शिक्षा पनि हासिल गरे अब मुलुक फर्कनु र गाउमा बस्नु जरुरी छ |राजनीतिदेखि टाढा रहेर दश वर्ष मात्रै थप बाचेर आफूले सिकेका ग्यानहरु नया पुस्तामा दिन सकियो भने मरे पनि मेरो आत्मा रमाउने छ |त्यहा मेरो आवश्यकता रहेनछ भने लाग्नु पर्ला उतै अमेरिका तिर जहा प्रतिस्पर्धा गरे सजिलो सग बाच्न सम्म पाइन्छ |
    मेरो प्रमुख विषय अग्रेजी साहित्य हो |नेपालीमा पनि राम्रो दक्खल छ |साथै सुसाम्ख्य सम्बन्धि पर्याप्त ग्यान समेत हालै आर्जेको कुरा जानकारी गराउदछु |तीनवटा व्याकरण र चारवटा साहित्यका पुस्तकहरु प्रकाशानुन्मुख छन् |

    जगेन्द्र छन्त्याल (एम.ए,एम फिल ,एस टी एम )

  6. हामीहरु शिखको पुस्तकालयकोलागि लाइब्रेरीयनको तालिमको प्रबन्ध गर्छौ भनेर बाग वीरसँग केहीदिन अघी बेनीमा भेट्भकोबेला कुरा गरेका थियौ सोही अनुसार शिखबाट दुइजना बेनिको सामुदायीक पुस्तकालयमा आउने र तालिम लिने भन्ने सल्लाह भएको छ।म र लाइब्रेरीयन सुमित पनि एकपटक त्यहाँ पुगेर लाइब्रेरीको म्यानेजमेन्टमा सघाउने प्रोग्राम मिलाएका छौ।शिखबाट खबर मिलेपछी हामी त्यहाँ पुग्ने छौ। केही समय अघिमात्र रिड नेपाल र यहाँको सामुदायीक लगानी/स्रोत मिलाएर म्याग्दी जिल्लासदरमुकाम बेनिमा भब्य( सुबिधासम्पन्न) पुस्तकालयको निर्माण सम्पन्न गरिएको छ।

  7. रुक्मांगत कटुवालको बिरोध गरेको मलाई मन परेन. उनी नेपाली रास्ट्रिय सेनाका पूर्व प्रधान सेनापति हुन्. नेपाली सेना भनेको नेपालको गौरव हो. नेपाली सेनाले जनताको सम्पति लुट्ने, उद्योग धन्दामा आगो लगाउने, उद्योगी ब्वायासायीलाई चन्दा मागेर हैरान पर्ने काम गरेको छैन. नेपाली सेनाको बिरोध गरेर देशघाती र bidhwangsa बादीको समर्थन गर्ने व्यक्ति देशभक्त हुन सक्दैन.

  8. हार्दिक बधाई स्याटेलाइटजीलाइ , बागबिर पुन र थुप्रै प्रेरणाका स्रोतलाई अनि रबिन्द्रजी, माइसंसार लाइ पाठक सबैलाई / काम कुरो एकातिर कुम्लो बोकी आर्कैतिर ठिक हो र ? राजनीतिक गाफ छाँट्ने ब्लग अरु नै छन् जथाभावी बिचार र दुखेसो पोख्ने यो लेख र ब्लग अवस्य होइन /
    लहरमा धेरैले धेरै कुरा भन्छन तर सहयोग गर्ने बेलामा भाग्छन यो कुरा बिगतमा गरिएका धेरै अनुरोध बाट स्याटेलाइटजीलाइ , बागबिर पुन र थुप्रै प्रेरणाका स्रोतलाई अनि रबिन्द्रजी, माइसंसार लाइ पाठक सबैलाई थाहा भएकै तथ्य हो / धेरै धन्यवाद सबैलाई जसले सकारात्मक काम गर्ने अठोठ बनाउनु भएको छ / सक्नेले सहयोग गरुन / जथाभावी राजनितिक बिचार र दुखेसो पोख्ने लेख र ब्लग थोपर्ने माइसंसार लाइ कसैले नबनाउन /
    किर्पया Jagendra Chhantyal जी तपाइलाई हार्दिक स्वागत छ / आउनुहोस सहयोगी हात, काँध, विचार, र कर्म लिएर आउनुहोस स्वागत छ तपाइलाई /
    इमेल गर्न सक्नुहुन्छ स्याटेलाइटजीलाइ , रबिन्द्रजी, माइसंसार लाइ वा मलाई पनि हजुर जस्ताको खाँचो छ / यो देश को मुहार फेर्नलाई / क्याप्टेन विजय लामा, डाक्टर सी. यम. योगी, डाक्टर भगवान कोइराला, डाक्टर उपेन्द्र देवकोटा, मनोज पन्डित, महाबिर पुन, कर्ण शाक्य, हरि थापा, भोला नाथ लम्साल, किरण थापा, प्रोफेसोर डाक्टर खगेन्द्र थापा, प्रोफेसोर डाक्टर मन वाग्ले, प्रोफेसोर डाक्टर सुरेश चालिसे, प्रोफेसोर डाक्टर चैतन्य मिश्र, प्रोफेसोर डाक्टर राम प्रसाद चौधरी, प्रोफेसोर डाक्टर प्रमोद कुमार झा, माननीय गौरी प्रधान, बरिस्ठ वातावरणविद नारायण बेलबासे लगायत जस्ता सुकर्म गर्ने हरु यो देशलाई चाहिएको छ./

  9. बिकास गर्नु राम्रो तर बिकास गर्दा आफ्नो संम्स्कृति को बिनास नहोस् भन्ने पनि बिचार गर्नु राम्रो । अर्को पाली पुस्तकालय खोल्दा नेपाली नयाँ बर्ष (बैशाख १ गते) पारेर गर्नु भए सुन मा सुगन्ध हुने थियो ।

    धन्यवाद ।

  10. यदी त्यो उच्च माध्यमिक विद्यालयले अग्रेजी भाषाको स्वयसेवक प्रोफेसरको समेत माग गरेको खण्डमा म एक मोहोर नलिई पाच वर्ष पढाउन तयार छु |सम्पर्क गर्नु होला|साथै इन्फर्मेसशन टेक्नोलोजीमा पनि हामीले राम्रो सिकाउन सक्दछौ |

    • धन्यवाद जगेन्द्र जी,
      यसरि भन्न सक्नु पर्यो, यो पो हो त लेख पढेर दिएको कमेन्ट.| तपाइको जोसिलो अनि परोपकारी जागरणले अरु शिक्षित र सम्पन्न साथीहरुलाई राम्रो कम गर्न उक्स्येको छ |
      आगामी दिन हरुमा माई संसार बाट अरु नया बिकासका कुरामा सहयोगको लागि प्रचार भएमा मलाइ पनि हातेमालो गर्ने इच्छा जागेको छ |

    • श्री जोगेन्दजी
      तपाईको प्रतिक्रिया र प्रतिबद्दता पढे । मलाइ पनि तपाई जस्ताको खाचो छ । ३३ बर्ष सरकारी सेवा गरी निवृत्त भएको मानिस हु मैले आफ्नो जन्थलोमा शहरी जीवन छोढरे र सामाजिलक काम गर्दै छ । तपाईसंग सम्पर्क गर्न इमेल चाहियो के दिनु हुन्छ धन्यवाद

  11. I am absolutely touched by the very article. Rabindra Mishra indeed should be accredited for inscribing such a motivating article in Kantipur. People like Satellite are indeed very few in this world full of cynics and so called highly educated or intellectual arrogants.Satellite does stand as a role model to many who espouse and love to stand as a bastion of philanthopy. Above all, he is a lesson to all of us who helplessly and with futility linger for political activists cum parties to change the ambience and the structure of our society. My best wishes to Satellite. Lastly I would be outright grateful if I could be availed with Satellite’s contact information. A small contribution or effort from our part can make a big difference. Thank you.

  12. धेरै धन्यबाद मई संसारलाई यती राम्रो खबर अनि यसरी नेट क्षेत्रमा संचार को प्रयोग गरि विभिन्न पुस्तक सामग्रीहरु उपलब्ध गराई यो ठाउमा यति राम्रो पुस्तकालय बनाउन सहयोग गरेकोमा साथै यसरीनै सहयोग गरी अझै यस्तै नया, नौला,राम्रा कुराहरुले साथ दिनुस भन्दै आशा गर्दछु, साथै यसलाई सधै प्रगतिको बाटो मा लैजान शिखा बाशीहरुले अनुरोधा गर्दछु…….

  13. सबैले हरेक नयाँ बर्षमा एउटा सकरात्मक नयाँ सोच राखी तेस्लाई ब्येबहारमा उतार्ने प्रएत्न गर्ने हो भने नयाँ नेपालको नयाँ मुहार चाडै देख्न पाइन्थ्योकी……..

    बिकाशे मित्रको पनि नाम सार्बजनिक गरिदिएको भए अर्को बर्षबाट सुध्रिनु हुन्थ्योकी….

  14. मिश्र जी अहिले काठमाडौँ को जत्ति पनि ठुला ठुला पार्टी मा इनै विकास विद भानुदा हरु को हाली मुहाली त हुन्छ नि अनि कागजी रुपमा राम्रो लेखेर सोझा गाउले को नाममा आउने डलर आफ्नो छोरा छोरि लै बिदेस पदौना येस्तई बिदेसी संस्कृति मा रम्न अनि बेलुका कुनै बार मा बसेर कक्टेल खादै नेता ले देस बिगार्यो भन्ने तेसैले त्यो हजुर को परम् मित्र को नाम खुलाइदिनु भाको भए जति हुने थियो

  15. कान्तिपुरमा यो लेख हेर्ने मौका मिलेको थिएन | यति राम्रो लेख यो ब्लगमा राखिदिनु भएकोमा मुरी मुरी धन्यबाद | झन्डै यति राम्रो लेख पढ्न बाट बन्चित भईएछ | सबै कुरा मन हो, सोचाई हो | यी दुई कुराहरु राम्रो छन् भने सबै राम्रो हुन्छ, होइन भने जे पनि नराम्रो हुन्छ | स्याटेलाईट मित्र, तपाईंका यस्ता राम्रा कामहरुको बारेमा पढेर मेरो मन पनि अति नै खुशी भएर बुर्लुक्क उफ्रन्छ | अहिले नै कुदिहालौं तपाईं संग जस्तो पनि लाग्छ | यसरि नै तपाईंका सेवामुलक कामहरुको बारेमा यो ब्लग मार्फत जानकारी दिईरहनु होला भन्ने मेरो बिनम्र अनुरोध छ | तपाईंका कामहरुले हामीलाई तपाईं संगै वा अर्को तरिकाले भए पनि यस्तै सेवामुलक काम गर्न प्रेरणा दिने छ | यो हाम्रो लागि ठुलो प्रेरणाको श्रोत हुनेछ |

  16. देशमा जति सपिङ मलहरू बने पनि हाम्रा केटाकेटीहरूले उचित शिक्षा पाएका छैनन् भने त्यो विकासको के अर्थ ?’

    हरेक वर्ष विश्वभरि करोडौं मानिसहरू रक्सीमा झुम्दै, चियर्स गर्दै, सुखद नयाँ वर्षको कामना र स्वागत गर्छन्। तर तिनले आफ्नै सुखका लागिमात्र कामना गर्छन् या शिख देउरालीजस्तो गाउँका पढ्न नपाउने केटाकेटीहरूका लागि पनि कामना गर्छन्, त्यो तिनीहरूले नै बुझुन्। आफ्नै र आफन्तहरूको लागिमात्र सुखको कामना गरेर कोही पनि बढी सुखी भएको मैले देखेको छैन। व्यक्तिगत सुख बृहत्तर सामाजिक सुखभित्रको एक अंशमात्र हो। तर सामाजिक प्राणी भएर पनि अधिकांश मानिसहरूले सो तथ्यलाई व्यवहारमा प्रतिविम्बित गर्न चाहँदैनन्। त्यसैकारणले होला, रक्सीमा झुम्दै सुखद नयाँ वर्षको कामना गर्न अधिकांशलाई अरू कसैको चासो हुँदैन।

  17. आहा कस्तो राम्रो समाचार पढ्न पाइयो आज भने …..आजको मेरो दिन कत्ति खुसि ले बितनेछा……मलाई पनि एस्तो सामाजिक कार्य हरु मा एकदमै लगाव छ…. कृपया कसैले स्याटलाइटजी को इमेल ठेगाना बतैदिनु सक्नुहुन्छ कि …….

  18. समग्रमा लेख प्रेरणादायी छ। तर यसमा कालो दाल पनि मिसिएको छ। किनभने रविनद्र मिश्र भन्ने मान्छे परोपकारी काम र सोच मेरो सर्वाधिकारको क्षेत्र हो जसमा अरूले दावी गर्न पाउन्न भन्नेगर्छन। जुन उनको पुरानो रोग हो। हुँदा हुँदा अरूले गरेका परोपकारी कामको उल्लेख गरेर आफूलाइ चर्चित तुल्याउने वा प्रचारगर्ने रविन्द्रको खुवीलाइ यहाँ सुझबुझ भएका नेपालीहरूले याद गर्नुपर्ने भएको छ। स्याटलाइट जीलाई मख्ख पार्दै उनको तारिफ गरिएको भएर होला मेरो संसारले कान्तिपुरको लेखलाइ साभार गरेको । सबै प्रचारका भोका र कपडा लगाएका नाङा भएर हो देश दरिद्र भएको । कुन दिन माइ संसारको तारिफ गर्दै अर्को लेख लेखिन्छ अनि त्यसको नेपालमा राजतन्त्रको पक्ष पोषण गर्दै मनुज चौधरीको नाममा पनि लेख्ने गरेका रविन्द्र मिश्रले त्यसलाइ नेपाली ब्लगकारिताको सर्वोच्च नमुना भन्नेछन् र पुरस्कृत गर्न आह्वान गर्नेछन्।

  19. सारै राम्रो खबर पढ्न पाइयो बिहानै..धन्यवाद माई संसारलाई चाहन्छु कि जहिलेपनी येस्तई ताजा..सुभ समाचार पढना पाइयोस..

  20. स्यटलाइटको नयाँबर्षको resolution अत्यन्तै संदेश मुलक र प्रेरणादायी छ| झन् उमेशले आफ्ना मित्रहरुबारे तुलनात्मक विवेचना गरेर आफुलाई स्याटलाइट मार्का कित्तामा उभ्भ्याएर माइसंसारका समस्त पाठकहरुलाई हाँक दिएको छ | स्याटलाइट नौलो नेपालको प्रतिबिम्ब हो भने त्यो पाँचतारे विलासी पुरानो नेपालको परजीवी हो| अब यो लेखमा कमेन्टको ओइरो बर्सिन्छ : ” म्याग्दीमा मात्र किन? नेपालका सम्पूर्ण गाउँहरुमा पुस्तकालय खोल्नुपर्छ ” भनेर विद्वता छाँटनेहरु प्रशस्त निस्कन्छन, जबकी यस्ता व्यक्तिहरुले आफ्नै टोलको पुस्तकालयलाई एक कन्ची पनि सहयोग गरेको हुँदैन | अझ स्याटलाइटको काममा खोट देखाउन बेर लगाउन्दैन् | राजनीतिका जाली र झेली खेलहरुबारे भन्दापनि यस्तोखाले सन्देशमुलक लेखहरुलाई माइसंसारमा बढी प्रश्रय दिइनु पर्छ | नेताहरुले जथाभावी बोल्दै खण्डन गर्दै गरेको कुरा सुन्दा र पढ्दा घांटीसम्मै आइसक्यो |

  21. म पनि एक दिन अबस्य फर्कने छु | लेख धेरै प्रेरणा दिने लाग्यो |

  22. रबिन्द्रजीको यो लेख मलाई साह्रै राम्रो लग्यो | यस्ता लेखले भित्रैबाट सकारामत्मक भावना पैदा गर्छ | सक्नेहरुले जीवनको केहि हिस्सा सामाजिक उत्थानको लागि उपयोग गरेर आत्मीय सन्तुष्टि पाउन मदत गर्छा | रबिन्द्रजीले उल्लेख गरेका पात्रहरु बाघबिर , हरि भुसाल काम गरेर देखाउने हामी हरुकै समाजका धन्य व्यक्तिहरु हुन् | राम्रा कुरालाई धेरै मान्छेसम्म पुर्याउन भूमिका खेलेका लेखक रबिन्द्रजी अनि विभिन्न मेडिया हरुलाई धेरै धेरै धन्यवाद |
    अनन्त

  23. I मेरो विचार मा एक चोटी सबै नेपाली हरु ले आ आफ्नो ठाउँ बाट जुरुक्क उठेर सकारात्मक सोचाई लियर केहि गर्ने हो भने ,नेपाल मा १-२ वर्ष मै केहि राम्रो संकेत देखा पर्छ!
    यस को लागि मेडिया ले आग्रगामी भूमिका खेल्न पर्छ !
    मलाई पनि लण्डन को दैनिकी छोडेर नेपाल पर्किन मन लाग्दछ .२-३ वर्ष पछि पकै पनि मा पनि नेपाल मा हुन्छु !

  24. मेरो प्रेरणादायी व्यक्तित्वहरुको लिस्टमा महाबिर पुन र डा. बाबुराम भट्टराई कहिल्यै नछुट्ने पात्र हुन् , उसबेलाको जमानामा पनि अमेरिका पढेर आफ्नै गाउ सम्झी फर्केर महान सामाजिक योगदान दिने पुन अनि पढाईमा कहिल्यै सेकेण्ड नभएर पनि जागिरको लोभमा नफसी जिबन मरणको राजनीतिमा होमिने भट्टराईको बारेमा यहा बयान गरिरहनु आबस्यक छैन. तर आजकाल पत्रकार रबिन्द्र मिश्र अनि स्याटलाइटका लेख र कार्यहरु पनि म लगायत धेरैका लागि प्रेरणादायी बन्दै गैरहेका छन्, धेरै समयसम्म लण्डनमा कार्यरत मिश्र उतै पलायन भैदिएका भए, कम्प्युटर ईन्जिनियर स्याटलाइट आफ्नो पेशामा मात्र सिमित भैदिएको भए, महाबिर पुन अनि भट्टराई विदेशको कुनै प्रख्यात बिश्वबिद्यालयमा प्रोफेसर भएर उतै हराईदिएको भए सायद नेपाली समाजले यो प्रेरणा पाउन, अनि यस्तै मान्छेहरु भेट्टाउन सायद अझै धेरै समय कुर्न पर्थ्यो कि? चारै जनालाई मेरो बधाई अनि शुभकामना !!!

    • मित्र प्रभात,
      १४ वर्ष सम्म जनताका छोरा छोरी मारेका कुख्यात बाबुराम जी कसरी प्रेरणा का स्रोत हुन् ? तपाईं ले भन्नु भएका अरु तीन जना त पक्कै पनि राम्रा मानिस हुन् तेस्मा कुनै संका छैन. कि तपाईं को बिचार मा भावी पुस्ता ले पनि क्रान्ति को नाम मा जनता का छोरा छोरीको वली चदाउन पर्यो? कृपया रक्त पिपाशु हरुलाई समाज का प्रतिष्ठित व्यक्ति हरु संग तुलना गरि माइ सन्सार का पाठक हरुमा भ्रम छर्ने काम बन्द गरे कसो होला.

      • सुदर्शन जि,

        कस्ले कसलाई मार्यो अथवा कती योगदान गर्‍यो त्यो ईतिहासले मुल्याङ्कन गर्ने कुरा हो। मैले किन किन भट्टराईलाई प्रेरणा स्रोत माने त्यो कारण स्पस्ट लेखिएको छ अनी यो मेरो आफ्नो ब्यक्तिगत कुरा पनि हो किनकी आफ्नो ब्यक्तिगत दर्शन अनुसार लेख्ने, पढ्ने, हिंड्ने अनी डुल्ने अधिकार म, तपाईं लगायत सबैमा सुरछित छ। कसैको लागि दिपक मनाङे, मिलन चक्रे अनी रुक्मागत कटुवाल पनि प्रेरणाका स्रोत हुनसक्छन, त्यसबेला उनिहरुमाथी प्रश्न उठाउने नैतिक अधिकार न तपाईंसँग हुन्छ अनी म सँगै !!

        प्रभात

        • प्रभात जी,
          तपाइले उल्लेख गर्नु भएका प्रेरणादायी ब्यक्तिहरु मेरा पनि प्रेरणाका श्रोत हुन । यहाँ बिबाद आएछ डा भट्टराईको बारेमा । हत्या हिंसा नहोस् भन्ने चाहना राख्नेले हिंसासँग नाम जोडिएको मान्छे मन नपराउनु कुनै गलत होईन तर यो भन्दैमा उनमा भएको ब्यक्तित्वप्रति आँखा चिम्लिन पनि मिल्दैन नी । उपेन्द्र देबकोटा पनि हाम्रो देशको गहना हुन । तर एकपटक राजाको पालामा मन्त्री भएका भन्दै नाना भाती भन्दै उनीबाट अपरेशन नै नगराउनु ? राजा रामले पनि रावणको थुप्रो सेना त मारेकै थिए, अब उनको पनि पुतला जलाउनु ?(यसको भट्टराईलाई रामसँग तुलना गरेको भन्ने अर्थ नलागोस)बिदेशको रमझममा जीवन बिताउन नसकिने होईन तर आफ्नो जन्मभूमीको नीम्ति केही गर्नको नीम्ति फर्किनु महानता हो । हामी जस्ता बिदेशिएका विद्यार्थीको लागि त्यस्ता ब्यक्ति सदैव प्रेरणाका श्रोत हुन्छन् । आफु पनि केही बनौ र समाजलाई पनि केही गरेर देखाउ भन्ने भावना अवश्य हुन्छ । रबिन्द्र मिश्र जीको लेख पनि प्रेरणाको अर्को पाटो हो ।

        • सुधर्शन मित्र तपाइँ जस्तो सडक मा टायर बाल्नु यातायात का साधन मा आगो लाउनु अर्काको सम्पति फोगत मा खानु लुटपाट गर्नु भन्दा त खाडी मा भाडा माज्दा मन खुसि हुन्छ ! खाडी मुलुक लगायत नेपाल बाहिर का नेपाली को रेमिटान्स बाट वर्तमान नेपालको अर्थतन्त्र बचेको छ यदि सबैजना सडगमा टायर बालेर बसेको भा नेपाल को गति प्यालास्तान हुन्थियो ! सब्द प्रयोग गर्दा आधा करोड नेपाली को मुटु मा बाड छुरा न रोप्नुस ! तपाई को यो भनाइ “साउदी अरब लगायत सम्पूर्ण खाडीमा भाडा माझेर वा अन्य घरेलु काम मा आफ्नो श्रम बेचेर बस्ने ” चन्द्र बि के माथि मात्र होइन तपाई स्वोयेम लाई पनि हो ! धन्यवाद – दुर्गा पाचथरे

          • ओके दुर्गा खनाल जी गर्ब गर्नुहोस तेसो भए साउदी मै बसेर!!! अनि एउटा कुरा मित्र
            सडक मा टायर बाल्ने यातायात जलाउने अरुको सम्पति मा मोज गर्ने म होइन. तपाइंलाई ठुलो भ्रम रैछ, तेस्तो कार्य को लागि त बाबुराम का सेना मेना सन्सार प्रसिद्द छन्. अर्को कुरा मैले बिदेशिएका प्रति कुनै दुराभावाना राखेको छैन, विदेश मा श्रम बेच्नु भन्दा त नेपाल मै शान्ति संग बाच्न पाउनु पर्छ र आफ्नो पशिना माथि आफ्नै हक हुनु पर्छ भन्न खोजेको हो..किन साउदी जान पर्यो भन्नि कुराको जरो बुज्न सक्ने हिम्मत तपाईं जस्ता संग छ? त्यति बुज्न सक्ने भएको भए त नेपाल को यो हरि बिजोग किन हुन्थ्यो र !!!

            • धन्यवाद तपाई पनि नेपालीनै भएको मा ! विचार आफ्ना आफ्ना हुन्छन ! बिदेश बिलासिता होइन बाध्त्यता हो ! यो बिदेश को कथा किन सुनाउनु र ! म पढेको पन्डित भएको भए गाडीका सिसा र बाटोमा टाएर बाल्ने थिए कि !! अनपढ र मुर्ख भएर नै म बिदेश हिडेको हो तेती बेला बाबुराम भट्टराई तत्कालिन मावोवादी का सस्थापक अध्यक्ष्य हुनुहुन्थेयो आत्मरक्षा को लागि लाठी र खुकुरी बोकेर जनताको घरमा आफ्ना विचार बाड्दै हिड्नु हुन्थियो ! बाबुराम भट्टराई ” म ” होइन ” हामी ” हुन् र प्रचण्ड “हामी ” होइन “म ” हो ! बाकी हजुर को विचार !!!!!!!!

      • सुधर्शन अर्याल जी नमस्कार !बाबु राम भट्टराई एउटा देस भक्त नेता हुन् उनको बारेमा एस्तो घटिया लेख लेख्न हजुरलाई अलिकति पनि दुख लागेन ?
        जय नेपाल
        चन्द्र बि क
        साउदी अरेवीया रियाद

        • चन्द्र बि के जी,
          तेही देश भक्त नेता को प्रेरणा ले गर्दा होला तपाईं जस्ता हजारौं ले मुलुक छोडी गएको. साउदी अरब लगायत सम्पूर्ण खाडीमा भाडा माझेर वा अन्य घरेलु काम मा आफ्नो श्रम बेचेर बस्ने अवस्था को सृजना पनि तिनै देशभक्त नेता जी ले बनाएका होइनन र! सत्य सत्य नै हुन्छ, देश भक्त हो कि जनता मारा हो त्यो त समय ले अबश्य बताउने छ. अजै पनि तपाईं जस्ता बिबश नागरिक हरुमा उनि प्रति ठुलै आशा रैछ, म पनि तपाईं लाइ शुभकामना दिन चाहन्छु कि तपाइंको देशभक्त नेता सबै पाप हरुको प्रायास्चित गरि साचिकै देशभक्त बनोस अनि तपाईलाई स्वदेश फर्कने मौका चाडै मिलोस..कमसे कम साउदी अरब मा सभ्य समाज त देख्नु भएकै होला, तदानारूप नेपाल मा पनि तपाइंको भूमिका रहोस.

          अनि अन्त मा मित्र प्रवात जी लै एउटा जिज्ञाशा, दीपक मनांगे चक्रे मिलन अनि बाबुराम भट्टराइ मा तात्विक भिन्नता म त देख्दिन, पि एच दि गर्दै मा मन्छे को बुद्दी राम्रो हुदैन भन्ने कुरा त उसैले प्रमाणित गरिसकेको छ. अन्पद सोजा गाउले हरुलाई शिक्षा दिनुको साटो बन्दुक बोकाएर आफु त नेता बन्यो तर समाज लाइ के दियो त. भन्नुहोला उनीहरुले गर्दा गणतन्त्र आयो. त्यो त उनीहरुले ल्याएको भन्दा पनि ज्ञानेन्द्र ले दिएको हो. अनि महत्व पूर्ण कुरो त गणतन्त्र आइसके पछी का दिन त सबैका आँखा ले हेरिरहेका छन् येश्मा कृपया तपाइको ब्याख्या जरुरि नहोला..

          kina

          • सुदर्शन जी पुनह नमस्कार,
            होइन हजुर लाई के लाग्दछ साउदी लगाएत खाडी मुलुकमा बस्ने हरुले भाडा माझेरै बसेकाछन् ?अनि श्रम सोसड गराई रहेका छन् ?एदी हजुरको सोचाईत्यो हो भने गलत साबित हुन जान्छ !
            र बाबुराम भट्टराई लाई गलत सोच्नु पनि पुनह भन्छु हजुर गलत हुनुहुन्छ । किनकि मेरो नजरमा नेपालमा उनि जतिको बिधुवान अरु कुनै नेता पनि छैनन् मैले मावोबादी पार्टी लाई राम्रो भन्न खोजेको भने होइन !बाबुराम लाई मात्रै हो र म बिदेसिएको बाबुराम जस्तो नेताको कारणले होइन मेरो आफ्नै रहर हो येस्मा अरुलाई दोसी बनाउन पनि मलाई दुख लाग्छ । छन् हजुरको नजरमा नेपालमा कुनै तेस्तो सोच्छ छबी भएका नेता ?
            देखि हाल्नु भएको होला हेरी राख्नु भएको होला नेपालमा बसेर फिल हाल देस को गति बिधि कि कसो ?असल नेता हरुले चलाएको देसको हालत ! बाबुरामले पैसा को लागी राजनीति गरेका होइनन किन कि एदी उनि पैसा कमाउन चाहन्छन भने उनको तुलना हामीले नगरे पनि हुन्छ साएद हजुरलाई पनि अवगत नै होला उहाँ को बिगतको बारेमा !
            अन्तमा सुदर्शन जी आउदो दिनमा कमेन्ट लेख्दा कृपया बिदेसिने भनौ वा प्रबाश मा बसेर आफ्नो कार्य गर्ने हरुको लागि पनि केहि सम्मान दिने बनि बसाल्नु हुन अनुरोध गर्दछु !!!!!!!!!!ताकी भाडा माझेर होइन ल

            • बि के जी
              तपाईं को नजर मा भट्टराई देशभक्त होला तर हिंशा को सुरुवात नेपाल मा उसले किन गरायो यो प्रश्न को जवाफ छ तपाइसंग??? माफ गर्नुहोला, मेरो भनाइ तपाईं को आत्मा सम्मान मा ठेस पुर्याउने होइन, र बधाई छ येत्लिस्ट तपाईं त राम्रै काम गर्नु हुदो रैछ. बाँकी अरुको अवस्था कस्तो छ तपाइंले भनिरहनु पर्दैन दुनियालाई थाहा छ. र अर्को कुरो मित्र मान्छे को ज्यान मान्छे ले लिने कार्य कुनै पनि सभ्य समाज मा स्वीकृत हुदैन, बाँकी कुरो तपाईं आफै नै विचार विमर्श गर्नुस. जय होस् !

    • Pravat जी को कमेन्ट पढेर मलाई एउटा कुरा याद आयो…. हामी हरु जहिले पनि जुन कुरा को बढी प्रचार भएको छ, जुन कुरा media मा बढी छाएको छ, त्येही कुरा को मात्रै पछी लाग्छु, त्यसै को वाह वाह मा शब्द खर्चंछौ …. pravat जी को लागि प्रेरणादायी ब्येक्तित्व हरु मा media मा छाईरहने ब्येक्तित्व हरु त पर्नु भयो तर बुढेस काल मा आराम संग बाच्न पाउने आफ्नो अवसर लाइ त्यागेर र जिन्दगि भरि को आफ्नो कमाइ लाइ एउटा स्कूल मा लगानी गरी चुप चाप आफ्नो कर्म गरी रहने शिक्षा सेवी बाघबीर पुन को नाम न आउदा अलि दुख लाग्यो

Comments are closed.