प्रेम के हो?

अलर्क

संसारमा सबभन्दा बढी परिभाषा गरेर पनि परिभाषित हुन नसकेको शब्द सायद ‘प्रेम’ होला। प्रेमको सार कुनै कुराप्रतिको आकर्षण मात्रै हो कि अरू केही पनि हो, यो प्रश्न बडो जटिल छ मेरो लागि। प्रेम मानिस-मानिसको बीचमा मात्र नभएर मानिस र चराचुरुङ्गीदेखि सबै प्रकारका जन्तु जनावर बीचमा रहेको देखिन्छ। तपाईँ कुकुरलाई औधि माया गर्न सक्नुहुन्छ, बिरालो तपाईँको प्रिय रहेको होला, वा तपाईँको घरमा सुगा, मैना वा कुनै सुन्दर चरा होलान्। एक भाषावैज्ञानिक छन् – जे. आर. रोस (J. R. Ross)। मान्छेलाई पानी र हावा जत्तिकै बिरालो पनि अति जरुरी चिज हो, रोसका अनुसार! उनले आफ्ना दुई बिरालालाई कृष्ण र अरिस्टोटल नाम दिएका थिए। पशुपक्षी र जनावरहरू पनि परस्परमा प्रेमको आदानप्रदान गर्छन्।


जेरिड डायमन्ड (Jared Diamond) को एउटा किताब छ राइज एन्ड फल अफ थर्ड चिम्पान्जी । लेखकले यो किताबको एउटा च्याप्टरमा चराहरूको रोमाञ्चक प्रेम कहानीको वर्णन गरेका छन्। मजुर किन नाच्छ? भाले मजुर पोथीलाई आकर्षित गर्नको लागि नै नाचेको हो। यस्तै अरू धेरै उदाहरणहरू छन्। तिनका आफ्नै रोचक कथा र तथ्यहरू छन्, त्यो चर्चाको छुट्टै विषय हुन सक्छ। हात्तीहरूबीचका प्रेम प्रसङ्गका त किम्बदन्ती नै बनेका छन्। भाले ब्वाँसोको सन्तान प्रेम ईखलाग्दो छ। यिनीहरू सन्तानलाई नख्वाई आफू खाँदैनन्। यस्तै यस्तै। फ्रान्ज डी वाल (Franz de Waal) ले नैतिकताको क्रमविकासको चर्चा गर्ने क्रममा आफ्नो पुस्तक गुड नेचर्ड: दी ओरिजिन् अफ राइट एन्ड रङ इन ह्युमन्ज एन्ड अदर प्राइमेट्स मा प्रेम र स्नेहको पनि चर्चा गरेका छन्। भौतिक शरीर जस्तै अभौतिक तत्वहरू न्याय, नैतिकता, प्रेम आदि कुराहरू पनि क्रमविकासबाटै आजको यो उत्कर्षमा आइपुगेको हो भनेर लेखकले भनेका छन्। तपाईँ नरवानरविद (Primatologist) रबिन डन्बार (Robin Dunbar) का वैज्ञानिक लेखनी हेर्नुस् कि आचरणशास्त्री (Ethologist) देस्मोन्ड मोरिस (Desmond Morris) का कृति पढ्नुस्, प्राणीजगतको प्रेमको विविधताभित्रको एकरूपताले तपाईँलाई अनौठो संसारमा पुर्‍याएरै छाड्छ, तपाईँको मुटुलाई छोएरै छाड्छ, द्रवीभूत पारेरै छाड्छ।

पश्चिमी देशहरूमा पारिवारिक विघटनको उत्कर्षको कारणले गर्दा होला मानिस र घरपालुवा जनावर (pet) हरूसँगको सामिप्यता हामीलाई असामान्य लाग्ने हदसम्मको देख्‍न पाइन्छ। मानिसहरूमा आफ्नो स्वार्थअनुसारको प्रेमयोग्य वस्तु फेला पर्ने बित्तिकै आफ्नो परिवारलाई चटक्क छाडिदिने प्रवृत्ति हुन्छ, तर जनावरहरू त्यस्तो स्वार्थी नभएकोले हो कि? जेसुकै रूपमा होस् र जे जेको बीचमा रहेको किन नहोस्, प्रेमको मूल तत्व भने पक्कै पनि एउटै हुनुपर्छ। मलाई अहिले चर्चा गर्न मन लागेको प्रसङ्ग मानिस-मानिसबीचको प्रेम हो।

प्रेमका विविध रूप छन् – सन्तान प्रेम, मातृपितृ प्रेम, सखा प्रेम, दाम्पत्य प्रेम आदि। दाम्पत्य प्रेमभित्र मैले युवा-युवती वा पुरुष र स्त्रीबीच हुने विपरित लिङ्गी आकर्षणलाई राख्न खोजेको छु। त्यसो त यो परिभाषा आज खन्डित भइसकेको छ समलिङ्गी दाम्पत्य जीवनका प्रसङ्गहरूले। हाम्रो समाजमा यो नराम्रो लाग्न सक्ला, अपाच्य होला, घृणाको विषय हुन सक्ला, तर पश्चिमी समाजले यसलाई बिस्तारै सहज रूपमा लिन थालेको देखिन्छ। (नेपालमा पनि समलिङ्गी विवाहले वैधता पाउन थालेको हो कि भन्ने सङ्केतहरू देखिएका छन्। अहिलेको बजेटले यौन अल्पसङ्ख्यकलाई सामुहिक आवासको व्यवस्था गर्ने घोषणा गरेको छ।) प्रौढावस्थामा सन्तानहरू आफूसँग नरहने हुँदा विवाहको मुख्य उद्देश्य सन्तान उत्पादन हो भन्ने परम्परागत परिभाषा विखण्डित भएको अवस्था हो यो। जब विवाहको अर्थ सन्तान उत्पादन होइन भने किन विपरित लिङ्गीसँग मात्र विवाह गर्नु? के विपरित लिङ्गीबाट मात्र माया, स्नेह र प्रेम पाइने हो र? अर्को कुरा रह्यो यौनसम्बन्धको। यौनआनन्द भनेको शारीरिक कम, मानसिक र मनोबैज्ञानिक बढी हो भने अब जोसँग जसरी भए पनि के फरक पर्यो र? समलिङ्गी विवाह र सम्बन्धको बारेमा मैले बुझेको कोरा गन्थन हो यो। कसैको आँखाले यसलाई प्राकृतिक नदेख्ला तर देख्नेहरूले देख्न सक्छन्। यसमा मलाई अहिले साक्षी भावले हेर्न मात्र मन लागेको छ।

जे होस्, कुरा प्रेमको हो, कुरा आकर्षणको हो, कुरा समर्पणको हो। सोह्रौँ शताब्दीतिर होला एक रीतिकालिन कविले खडी भाषामा लेखेको कविताको दुई हरफ मलाई सँधै याद आइरहन्छ।

माई न होती बाप न होते प्रेम न होता काया
तुम नहीँ होते हम नहीँ होते कौन कहाँ ते आया?

हाम्रो उत्पत्ति हाम्रा बा-आमाबीचको प्रेमको परिणाम हो भनेर कविले स्वीकारेका छन्। सन्तान उत्पादन एउटा ठूलो कर्म हो र त्यो प्रेमविना सम्भव छैन भन्ने यी दुई हरफको सार हो जस्तो लाग्छ मलाई। जब सन्तान उत्पादन सबैले गर्छन् भने प्रेम पनि सबैले गरेकै होलान् भन्नुपर्‍यो। तर सबै प्रेमहरू सन्तान उत्पादनमै गएर टुङ्गिने चाहिँ होइनन्। त्यसैले सन्तान उत्पादनभन्दा पनि बढी अरू नै केही हुन्छ कि जस्तो लाग्छ मलाई प्रेम भन्ने शब्दभित्र। त्यो थप केहीले प्रेमलाई अजर, अमर बनाएको होला भन्ने ठान्छु म। केही यस्ता प्रेमका कथाहरू छन् जुन अजर अमर बनेर बाँचिरहेका छन्। जब जब यी कथाहरूमा घोत्लिन्छु प्रेमको फेद टुप्पो केही पनि फेला नपरेको भान हुन्छ मलाई। मान्छेमा यस्तो भावनाको जड के होला? यसको रसायन के होला? सबै कुरालाई भौतिक पदार्थको मार्फत व्याख्या गरे पनि भावनालाई भौतिक तत्वसँग कसरी जोड्न सकिएला? एउटा किताब पढेको थिएँ धेरै अगाडि यसै विचारले वशिभूत भएर, डायन याकर्मन (Diane Ackerman) को अ नेचुरल हिस्ट्री अफ लभ। त्यसमा यौटा एकाइ छ, प्रेमको रसायनशास्त्र (Chemistry of love)। मलाई त्यो पढ्दा एक प्रकारको वेचैनी हुन्छ, स्नायुहरूबाट ती रसायनहरूको मस्तिष्कमा प्रवाह र आनन्दानुभको साइनो के होला भनेर। मानिसहरूले आनन्द प्राप्तिकै लागि लागूपदार्थ पनि सेवन गर्ने गरेको पढेको छु। योगको चरमावस्थामा पुग्दा यसबाट पाइने आनन्द अवर्णनीय, अतुलनीय हुन्छ भन्ने सुनेको छु। लागू पदार्थबाट पाइने आनन्द जीवननाशक हो भने प्रेमानन्द जीवनको लागि हो भन्ने लाग्छ मलाई। ‘योग’ शब्द स्वयंले एकप्रकारको (पारमार्थिक?) मिलनको अर्थ दिन्छ। तर प्रेमको नाममा बलिदानी किन हुन्छ, प्रश्न आउन सक्छ। यसको जवाफ मसँग छैन भन्दा मलाई बढ्ता सन्तोष हुन्छ।

मैले जति पनि प्रेमका प्रसङ्गहरू देखे पढेको छु, त्यो आफ्नो लागि भन्दा पनि आफ्ना प्रेमी / प्रेमिकाका लागि बढी बाँचेको देखेको छु। त्यो किन हो म व्याख्या गर्न सक्दिन। धेरै दृष्टान्त छन् प्रेमका लागि जीवन अर्पण गरेका। कैयौँ घटना हाम्रा समाज, परिवारमा घटिरहेकै छन्। सुन्दा मुटु चसक्क हुन्छ, आँखा अलिकति रसाउँछ। बस् हामी फेरि आफ्नो सांसारिक जीवनमा फर्किहाल्छौँ। आफूले रोजेको केटा वा केटीसँग विवाह गर्न नपाउँदा आत्महत्या गरेका घटनाहरू बेलाबेलामा सुन्नमा आइरहन्छन्। घरपरिवारले अस्वीकार गरेको खण्डमा घरपरिवार नै त्यागेका कुरा पनि यत्रतत्र देखिन्छन्। सिनेमाहरूमा त प्रायः यस्ता कुरा प्रशस्तै देख्न पाइन्छ। विशेष गरी हिन्दी सिनेमाको एउटा मुख्य विषय यही रहेको हुन्छ। र धेरैजसो वियोगका कथाहरू नै चर्चामा रहन्छन् र यसले साहित्य पनि निकै जन्माएको छ। मलाई अहिले भक्तराज आचार्यको स्वरको एउटा गीत सम्झना भइरहेछ यो प्रसङ्गमा।

कोही नगरोस् प्रेम अमर प्रेमको मूल्य कहाँ छ?
मिल्दो रहेछ व्यथा हजार सुखको किनार कहाँ छ?

ग्रिक पुराकथामा ओर्फियस (Orpheus) र युरिडसी (Euridyce) को वियोगान्त कथा छ एउटा। ओर्फियस थिए महान सङ्गीतकार। सङ्गीतका मसिहा, सङ्गीतकारका आदिगुरु, सङ्गीतका देवता। भनिन्छ यिनको सङ्गीतमा मानिस त के चराचुरुङ्गी, पशुपक्षी, कीटपतङ्ग, रुखबिरुवा र ढुङ्गामाटोसमेत टोलाउँथ्यो, लोलाउँथ्यो र मग्न हुन्थ्यो! यी प्रतिभावान व्यक्ति युरिडसी नामकी सुन्दरीसँग प्रेममा परे। विवाह पनि गरे। तर विवाहको लगत्तै युरिडसी सर्पदंशबाट मरिन्। प्रेमले विह्वल ओर्फियसले मृत्युलोकको यात्रा गर्ने निर्णय गरे युरिडसीलाई फर्काएर ल्याउन। मृत्युलोकको यात्रा सहज थिएन जिउँदोको लागि। मृत्युलोक पुग्नको लागि स्टिक्स (Styx) भन्ने नदी तर्नुपर्थ्यो। ग्रिसमा अहिलेको मभ्रोनरी (Mavronery) नदीलाई नै मिथकीय स्टिक्स नदी हो भनिन्छ। यो चट्टानमुनि झण्डै ६०० फिट धसिएको छ हाम्रो सेती नदी जस्तै। यो नदीको पानी एकदमै विषाक्त थियो। अलेक्जेन्डर महान, जो एकाएक मृत्युको मुखमा पुगेका थिए, उनलाई यही पानी खुवाइएको थियो भन्ने किंवदन्ति छ।

यस्तो खतरनाक नदी पार गर्नुपर्ने थियो ओर्फियसलाई। यो नदीका माझी थिए क्यारन (Charon)। क्यारन मृतकलाई मात्र पार गराउँथे। अनि मृत्युलोकको ढोकामा पाले थियो भयानक कुकुर सर्बरस (Cerberus)। यो तीन टाउके कुकुरको आँखा छलेर कोही पनि जान सक्दैनथ्यो र जो भित्र जान्थ्यो ऊ बाहिर आउन पाउँदैनथ्यो। तर ओर्फियसले आफ्नो सङ्गीतले यी सबैलाई, यहाँसम्म कि मृत्युलोकका राजा हेडिज (Hades) लाई समेत, मुग्ध पारेर युरिडसीलाई फिर्ता ल्याउन सफल भए। यो क्रममा हेडिजले एउटा शर्त राखेका थिए। त्यो के त भन्दा मर्त्यलोकमा नआइपुगुञ्जेल उनले फर्केर पछि हेर्न पाउने छैनन्। कथंकदाचित हेरेमा युरिडसी फेरि मर्ने छिन्, दोहोर्याएर फर्काउन चाहिँ ओर्फियसले पाउने छैनन्। ओर्फियसले यो कुरा मञ्जुर गरे। तर विधिको बिडम्बना, सूर्यको हलुका उज्यालो देख्ने वित्तिकै, केही क्षण मात्र बाँकी थियो सीमा कट्नु, ओर्फियसको मन चञ्चल भयो। उनले पछाडि फर्केर हेरे। युरिडसी तुरुन्तै गायब भैहालिन्। विह्वल ओर्फियसलाई संसारसँग विरक्त लाग्यो। मानिसको समाजमा जानुभन्दा उनी जङ्गलमा गएर पशुपक्षी, रुखबिरुवा र ढुङ्गामाटोलाई सङ्गीत सुनाउन थाले युरिडसीको नाम जप्तै। यसै क्रममा उनलाई डायनाइसस (Dionysus) का भक्तिनीहरूको समूहले फेला पार्‍यो। अपोलो (Apollo) को भक्त भनेर ती महिलाहरूले ओर्फियसको शरीरलाई काटेर टुक्रा टुक्रा पारे। हुत्याइएको उनको टाउको अझै पनि युरिडसीको गीत गाउँदै थियो। एउटा प्रेमको दुःखान्त यसरी भयो।

ग्रिक पुराकथाकै अर्को जोडी छ हिरो (Hero) र लियान्डर (Leander)। यिनीहरू अर्को वियोगान्त प्रेमकहानीका नायिका र नायक हुन्। हिरो याफ्रडाइटी (Aphrodite) को मन्दिरमा पुजारी थिइन्। डार्डानेल्ज जलडमरू (Dardanelles strait) को एसियापट्टिको सहर अबाइडस (Abydos) का लियान्डर नामका एक युवक हिरोसँग प्रेममा फसे। लियान्डर याफ्रडाइटीको मन्दिरको उज्यालो पच्छ्याउँदै रातको अँध्यारोमा लुक्तै लुक्तै हिरोलाई भेट्न जान्थे। एकदिन आँधीले त्यो बत्ती निभाइदियो र लियान्डर डार्डानेल्जको पानीमा डुबे। हिरोसम्म पुग्न सकेनन्। लियान्डरको मृत्युको खबरले हिरोलाई विह्वल बनायो। सहन नसकेर उनले पनि त्यहीँ डुबेर प्राण त्याग गरिन्। यो वियोगको कथाले मर्मान्त भएर अङ्ग्रेज कवि लर्ड बाइरनले १८१० मा डार्डानेल्ज जलडमरू पौडी खेलेरै पार गरेका थिए!

यस्ता धेरै प्रेम कहानीहरू छन्। जस्तो कि लैला-मजनु, रोमियो-जुलियट, मुना-मदन, हीर-राँझा, नल-दमयन्ती, सावित्री-सत्यवान आदि। नल-दमयन्ती र सावित्री-सत्यवानका कथाहरू वियोगपछि संयोगमा टुङ्गिएका छन्। ताजमहल प्रेमको तीर्थस्थल बनेर उभिरहेकै छ। तर पनि मेरो तिर्सना जस्ताको तस्तै छ – प्रेमको बारेमा मेरो मनमा उब्जेको जिज्ञासा जस्ताको तस्तै छ। प्रेमको साश्वततालाई मृत्युले पुष्टि गर्छ कि जीवनले? प्रेम आदिसत्य हो कि अन्तिम सत्य हो? कि प्रेम, माया जस्ता कुरा प्राणीहरूलाई संसारमा अल्मल्याउने एउटा भ्रम मात्र हो? अद्वैत वेदान्तीहरूलाई सोध्दा ‘हो’ भन्लान्। तर सबै मानिस अद्वैत वेदान्ती हुन पनि सक्दैनन्। सबै वेदान्ती भए यो सृष्टि यहाँसम्म आइपुग्ने पनि थिएन। अनि यो प्रश्न पनि ‘प्रश्न’ हुँदैनथ्यो होला। गन्थन जति गरे पनि म घुम्दै फिर्दै फेरि प्रारम्भमै पुगेको छु। प्रश्नहरूको ‘कुचक्र’ मा घुमिरहेको छु।

आखिर प्रेम के हो?

प्रथम प्रकाशित मितिः October 10th, 2008

164 Comments

  1. मैले केहि समय अगाडी Valentine Day ko बेलामा एउटा धेरै राम्रो लेख पढेको थिए जसको मूल सार: थियो ” Love is Lust plus Trust “. मैले यो भन्दा राम्रो विचार अहिले सम्म पुन सकेको छैन / Lust because almost no love starts intellectually, but from attraction. यदि यसले उग्र रुप लिएमा धोका वा बिग्रह रुप लिन्छ / If lust is supported by truth, then it might turn to eternal love.
    मेरो बिचारमा मायाले पागल बनाउछ भने रोग हो र मायाले सबल गराउछ भने त्यो भाग्य हो जसलाई हामी जीवन संग गर्वका साथ् जोड्न मन लाग्छ /

  2. प्रेम भनेको चाही माया हो जुन निस्वार्थ हुन्छ: येसले धन, जात, पढाई. जस्ता मानिसमा हुने क्षडिक बिसेस्थालाइ बेवास्था गर्छ. यो निश्छल हुन्छ: येसले आफ़्नो प्रेमी लाई जे पनि गर्न सक्छ. र आफ़्नो प्रेमीलाई लाग्ने जे कुरा गर्दा पनि स्वीकार्य हुन्छ: यो सबै भन्दा माथि हुन्छ: सच्चा प्रेम क्षडिक नभई जुनी जूनी को हुन्छ: प्रेम जति टाढा भएपनि गाडा हुन्छ.

  3. Yes it is really difficult to define love, that all we agree.Even the greatest of the humankind are not able to define Love and it is really an abstract concept in itself.I tried to define love for several years and came to the definitation, however, it might be incomplete but tries to shed the true definitation of love.I define love as’Love is psychological,spiritual and physiological bond between two minds, two souls and two bodies’.These three elements has to be in complete balance to give the true meaning of love. Guys this is my own definition and might not be able to give the true definition of love but I believe in broadest sense above definition is well fitted for true love.

    B.R.Sharma
    Wollongong
    Australia

  4. प्रिय
    भनेर सम्बोधन गर्न नि अब त कता कता गर्हो मह्जासुस गरिरहेछु ,खोइ कुन शब्द ले सम्बोधन गरौ ?? आज आफ्नै भुमी मा बिरनो भएको महसुस गरिराखेको छु । नलेखी बस्न नि मन लगेन लेख्न नि हात चलेन ,जिन्दगी को यो अकल्पनिय क्षण मा अहोरात्र तिमीले दिएको नुनिला आँशु रको साथ सम्झना र पिडा का जहर रुपी सित्तन हरु पियर दिन बिताइ रहेको छु । हुन त मरेर जने हरु लाई क् थाहा हुन्छ र जिन्दगी जिउन कती गर्हो हुन्छ आज मलाई अनुभव भैराखेको छ धिक्कर छ यो भगवान लाई किन जुटाइदिनु यदी टुटाउनुनै भए । प्रिय किन अज मलाई कुन जन्म को सजाय तिमीले दिन खोजेउ त्यो त मलाई थाहा छैन यो जन्म मा मैले स्के सम्मा तीमिलाई सुख र खुशी दिन चाहन्थे आँफु दु:ख गरेर भयपनी हरपल संघर्श गर्न चाहन्थे तिमीले दिए देखी । खोइ कस्लाई देखेउ तिमीले मैले भन्दा माया दिन सक्ने त्यो त मलाई थाहा भएन तर लाग्छ आफ्नो पहिलो माया लाई जरै देखी निमो ठे र कुन लक्ष्य प्राप्त गर्न खोजेउ भौतिक रुप ले त तिमी सुखी होउली तर तिम्रो अत्मा ले तिमीलाई कहिले नि चेन दिने छैन। लाग्छ क्षश्निक प्रलोभन मा तिमीले अज सच्छ माया लाई तोडदै छौ र भन्दै छौ यथार्थ भनेर खोइ कुन यथार्थ ता भेटेउ त्यस्मा जिन्दगी को मलाई लाग्छ त्यो तिम्रो भ्रम मात्र हो आँफैले सरेको प्रेम रुपी फुल को मुना चुडेर कसरी सुखी र खुशी हुन सकौली र??
    दु:ख अनी आचार्य मर हैन टिठ लाग्यो अज मलाई टिम्रो बौदिकता देखेर । बिरह को हाँसो पनि लाग्छ !!! खुशी लाग्यो तिमीले गरेको जीवन को अनी माया को पारीभशा देखेर मैले सपना मा बिपन कल्पना पनि गरेको थियन आज तिमीले यसरी सम्पूर्ण कुर हरु को अहुती दिन्छेउ भनेर हो तिमीले भनेको जस्तो भनेको समय मा मा नेपाल आउन सकिन त्यो मेरो कम्जोरी हो मैले स्विकर्न नै पर्छ ।ेक पटक आँखा चिम्लेर अत्मा लाई साछी रखेर मन लाई सोध त के तिमीले गरेको निर्णय ठीक छ ??
    टिम्रो अट्मा ले ठीक छ भण्छ भणे ठिकै छ तिमी जहाँ जसरी सुखी र खुशी हुन्छउ त्यै गर मेरो भन्नु केही छैन म ट तिमीलाई माया गरने मान्छे माया भनेको पौनु मात्र हैन गुमौनु पनि पर्छ त्यसैले तिम्रो खुशी को लागि मैले तिम्रो बाटो छोडेको मन पर्छ भने ठिकै छ तिमी खुशी हुनु मा त्यसइमा खुशी छु .

    चादनी छर्ने चन्द्रमा पनि बादल भित्र लुकेको देखे
    शितलता दिने रुख पनि शिशिर यमा म सुकेको देखे
    मिलन बिछोड यस्तै रहेछ कहिले हसौने कहिले रुवा उने
    तिम्रो मेरो अतित भुल्न खोज्दा भिजेको आँखा फेरी रसाउने !!!!

  5. प्रेम त्याग हो, बलिदान हो |
    बदलामा केहि नमाग्ने प्रेम
    वास्तविक प्रेम हो जुन सधैं -सधैं
    याद आइरहन्छ |
    गुरुङ सन्जोग |

  6. सम्पूर्ण साजिब प्राणीको जिउने आधार हो |

  7. अलर्क जी,

    तपाईंको तर्कशिलता, व्याख्याको शैलीबाट म निकै नै प्रभावित छु।
    खाली घोच्न र चिमोट्न खोजेको मात्रा।

    अनी धेरै प्रशंसा गर्ने देखी मलाई कता कता डर लागेर आउछ।

    फेरी पनि तपाईंको द्रुतगतिको लेखनशैलिको लागि धन्यवाद!

    नेपाल (Neo-Poul)

  8. प्रेम अनन्त छ; प्रेमप्रतिको दृष्टिकोण परिवर्तन हुनसक्छ, तर यसको सारतत्व अपरिवर्तनीय छ । प्रेमरूपी सुगन्ध कहिल्यै विलीन हुँदैन ।

  9. साच्चै नै लोभ लाग्दो प्रस्तुती । पछि पनि खुराकसहित भेट होस् ।

  10. यो अथाह सागर प्रेम लाई जसरी यहाँले प्रस्तुत गर्नु भएको छ, यो साच्चै नै लोभ लाग्दो छ । मैले त तपाईंको आर्टिकल पढेर तर्क गर्नै ठाउँ नै भेटिन, अलर्क जि । सैली र प्रस्तुती मिठो छ । फेरी पनि यहाँको आर्टिकल पढ्न पाउने आशा गर्दछु ।

  11. प्रेम भन्नु कपटी खेल रहेछ यार
    थोरै ठीक धेरै जालझेल रहेछ यार

    आफ्नो दुनो सोझ्याउनेहरुको हूलमा
    दुई स्वार्थी ह्रदय को मेल रहेछ यार

    मान्छे कहिले काही बहकिन्छ भन्थे
    तेस्तै कुनै भाबनाको भेल रहेछ यार

    घुमाउरो बाटो रोज्ने अघी बड्दा रहेछन
    सोझो बाटो रोज्ने सधैं फेल रहेछ यार

  12. प्रेम भन्नु कपटी खेल रहेछ यार
    थोरै ठीक धेरै जालझेल रहेछ यार

    आफ्नो दुनो सोझ्याउनेहरुको हूलमा
    दुई स्वार्थी ह्रदय को मेल रहेछ यार

    मान्छे कहिले काही बहकिन्छ भन्थे
    तेस्तै कुनै भाबनाको भेल रहेछ यार

    घुमाउरो बाटो रोज्ने अघी बड्दा रहेछन
    सोझो बाटो रोज्ने सधैं फेल रहेछ यार

  13. प्रेमेकालब्य जी

    प्रेम र माया को पनि cause छ् । प्रेम, affection , attraction जस्ता कुरा हरु मान्छे र अरु non primate human मा चै तिनिहरु को cognitive ability ले गर्दा हो किनभने यिनिहरु मा neocortex को volume ठुलो भएर हो । कारण – continuity of life र बाँच्न को लागि हो । अब किन continuity of life हो चै म भन्न सक्दिन , its not my field । जनवर मा पनि कारण एही हो । र primates र non primates मा हुने र पत्तालागेको reward center stimulation भएर हुन्छ । र एउटा अनुसन्धान को finding म भन्छु ।। १ बर्षा अगाडि हामी ले एउटा कुकुर म परिछ्यण् गरेका थियौ , जस्मा त्यो कुकुर ले आफ्नो घर को male (he is caretaker ) सग चै कैले happy नहुने र टोक्ने गर्थ्यो र female सग चै जैले happy र नटोक्ने गर्थ्यो , त्यो कुकुर लाई हामी ले nasal spray गरेउ , oxytocin hormone को, पारीणम सकारत्मक् आयो । मैले भन्न खोजेको चै क् भने लभ को scientific cause छ र अरु पनि धेरै अनुसन्धान ले प्रमाणित गर्दै छन । र यो कुरा पनि खासै अचम्म र रहस्यमय् हो जस्तो लाग्दैन ।

  14. यो संसारनै विश्वाश, माया दया, सद्भाब, मित्रता, सर सल्लाह, सहयोग, प्रतिस्प्रधा, मानबता आदिबाट बनेको छ । यही नै हो प्रेम ।

  15. अलर्कजी,
    तपाईंले प्रेमको प्रसँग भन्दा पनि आफ्नो लोकप्रियाताको लागि र विद्वान छु भन्ने प्रमाण दिन चाहनु भये जस्तो लाग्यो, किनकी ९९ प्रतिशत मान्छेहरुले (नेपाल भित्रका)तपाइले दिनु भएको उधाहरण सुनेका पनि हुँदैन।
    अर्को कुरा प्रसँग जाएज छ। तर पनि उधाहरणको लागि दक्षिण एसिया लगायत हाम्रो देश नेपालको साथ साथ छिमेकी देशहरु उधाहरण पनि दिन सक्नु हुन्थ्यो। जस्तो कि सीता-राम, राधा-ऋष्ण-मिरा, हीर्-राझां, ताजमहल को कथा, नल्-दमायान्ती, दिब्यानी-दीपेन्द्रका साथ कुनै अमुक जिल्लाको किषानको पशु प्रेम, ६०,७० नाघेका रुढी ग्रस्त दुर्गाम गाऊंका बिदवा-बिदुरका प्रेम कथा, तल्लो-उच्च जात बिच प्रेम कथा प्रस्सतै छन।
    अनी तपाईंले राख्नु भये बिषयलाई उधाहरणले गौण बनाएको छ। तपाईंको लेखन क्षमता, शैली र बिषय राम्रो हुँदाहुँदै पनि कता कता मपाई बिद्वता झल्किन गएको छ।

    गल्ती भये क्षमा पाऊं।

    धन्यवाद!

  16. अर्लक्जी,
    यो पनि शायद प्रेम नै हो ।

    A Love Story of All Time!

    An incredible love story has come out of China recently and managed to touch the world. It is a story of a man and an older woman who ran off to live and love each other in peace for over half a century.

    The 70-year-old Chinese man who hand-carved over 6,000 stairs up a mountain for his 80-year-old wife has passed away in the cave which has been the couple’s home for the last 50 years.

    Over 50 years ago, Liu Guojiang a 19 year-old boy, fell in love with a 29 year-old widowed mother named Xu Chaoqin..

    In a twist worthy of Shakespeare’s Romeo and Juliet, friends and relatives criticized the relationship because of the age difference that Xu already had children

    At that time, it was unacceptable and immoral for a young man to love an older woman.. To avoid the market gossip and the scorn of their communities, the couple decided to elope and lived in a cave in Jiangjin County in Southern ChongQing Municipality

    In the beginning, life was harsh as they had nothing, no electricity or even food. They had to eat grass and roots they found in the mountain, and Liu made a kerosene lamp that they used to light up their lives.

    Xu felt that she had tied Liu down and repeatedly asked him, ‘Are you regretful? Liu always replied, ‘As long as we are industrious, life will improve.’

    In the second year of living in the mountain, Liu began and continued for over 50 years, to hand-carve the steps so that his wife could get down the mountain easily.

    Half a century later in 2001, a group of adventurers were exploring the forest and were surprised to find the elderly couple and the over 6,000 hand-carved steps. Liu MingSheng, one of their seven children said, ‘My parents loved each other so much, they have lived in seclusion for over 50 years and never been apart a single day. He hand carved more than 6,000 steps over the years for my mother’s convenience, although she doesn’t go down the mountain that much.’

    The couple had lived in peace for over 50 years until last week. Liu, now 72 years, returned from his daily farm work and collapsed. Xu sat and prayed with her husband as he passed away in her arms. So in love with Xu, was Liu, that no one was able to release the grip he had on his wife’s hand even after he had passed away.

    ‘You promised me you’ll take care of me, you’ll always be with me until the day I died, now you left before me, how am I going to live without you?’

    Xu spent days softly repeating this sentence and touching her husband’s black coffin with tears rolling down her cheeks.

    In 2006, their story became one of the top 10 love stories from China , collected by the Chinese Women Weekly. The local government has decided to preserve the love ladder and the place they lived as a museum, so this love story can live forever.

    Note: unable to download the pictures.

  17. एउटा एस्तो भावना जुन तपाईंले त्याग गर्ने सक्नु भयो भने तपाईं संसार को केही महान आत्मा मध्ये एक हुनुहुनेछ।।

  18. लेख धेरै राम्रो लाग्यो , प्रेम के हो भनेर सोध्नुभएको रहेछ ,प्रेम लाई जून रूप बाट हेर्नु हुन्छ तेस्तै फेला पार्नु हुन्छ ,

  19. प्रेम – “आत्मा आत्मा बिच सामिप्यता हुनुका साथै प्राणी मष्तिस्कमा सुसुप्त अवस्थामा रहेको अद्रिश्य शक्ती हो” । जस्लाई समय,परिस्थिती र आवश्यकता अनुसार फरक-फरक सन्दर्भ र बिषयहरुमा फरक-फरक ढंगले अभिब्यक्त गरिन्छ ।

    धन्यवाद । ।

  20. अलर्कजी,

    तपाईको अन्तिम टिप्पणी पढेपछि मलाई दुईवटा कुरा लाग्यो । एक, तपाई वास्तविक (real) प्रेम’ लाई होईन कि ‘कल्पित (fictional) प्रेम ‘ लाई बुझ्न खोज्दै हुनुहुँदो रहेछ । दुई, त्यो कल्पित प्रेमको भावनात्मक अस्तित्व तपाईको मनमा गहिरोसंग जरा गाडेर बसेको रहेछ । पूर्वधारणा भनम् न । बौद्धमार्गीहरु त्यसलाई केजाती भन्छन् । खैर, यी दुई कारणले गर्दा नै तपाईको (र यहाँका कैयौं टिप्पणीकारहरुको समेत) लागि यो प्रेम भन्ने वस्तु elusive/incomprehensible हुन पुगेको हो भन्ने म एक स्वयंप्रशिक्षित प्रेमविदको ठहर छ ।

    प्रेम के हो भनेर बुझ्न चाहनु हुन्छ भने दुई काम गर्नुपर्‍यो । एक, मनबाट प्रेमबारेका पूर्वकल्पनाहरु हटाएर यसलाई पूर्णरिक्त र पूर्ण स्वतन्त्र राख्नुहोस् । त्यसपछि, कल्पित प्रेम (पुराण देखि लिएर आधुनिक गीत सम्ममा वर्णित) लाई विश्वास नगर्नुस् वा थाती राख्नुस् ।

    त्यसपछि कुनै वास्तविक रुपमै घटित प्रेम (तपाईको आफ्नै वा अरु कसैको) लाई लिनुहोस् र यसको यथासक्य गहिरो शोध गर्नुहोस् ।

    म अहिल्यै बाजी थाप्न तयार छु, तपाई छक्क पर्नुहुनेछ । प्रेममा यसका अनेक सामान्य लाग्ने झिनामसिना components, modules, आयामहरु देखेर, यसको नित्यता र अनित्यता निर्धारण गर्ने अनेक हिसाबकिताबका चलायमान समिकरणहरु देखेर, र आखिरमा आफ्नै आँखा अगाडि यो demystify भएकोमा ।

    धेत्, पहाड खनें, मुसो निक्ल्यो चाही नभन्नुहोला ।

    जे होस्, प्रेम के हो भनेर सोध्नेलाई मेरो पहिलो प्रश्न सधै हुनेछ- fictional प्रेम कि real प्रेम ?

    Real प्रेम खासै रहस्यमयी छैन । खासै महान पनि छैन । खासमा त्यही भएर नै हामी कल्पित प्रेमप्रति जिज्ञासु, आकर्षित र ईच्छुक हुन्छौं । कुरा बुझ्या हो 😉 रे क्या ।

    प्रेमेकालव्य

  21. -:THE LOVE:-

    what is love, but an emotion,
    so strong and so pure,
    that nurtured and shared with another
    all tests it will endure?

    What is love, but a force
    To bring the mighty low,
    With the strength to shame the mountains
    And halt time’s ceaseless flow?

    What is love, but a triumph,
    a glorious goal attained,
    the union of two souls, two hearts
    a bond the angels have ordained?

    What is love, but a champion,
    To cast the tyrant from his throne,
    And raise the flag of truth and peace,
    And fear of death overthrow?

    What is love, but a beacon,
    To guide the wayward heart,
    A blazing light upon the shoals
    That dash cherished dreams apart?

    And what is love, but forever,
    Eternal and sincere,
    A flame that through wax and wane
    Will outlive life’s brief years?

    So I’ll tell it on the mountaintops,
    In all places high and low,
    That love for you is my reason to be,
    And will never break or bow.

    SOM R. BASNET
    Victory, Liberty

  22. प्रेम के हो??

    बस्तुमा भोग हो प्रेम
    आकर्शणमा चाहना
    अध्यारोमा ज्योति हो प्रेम
    जीवनमा मृत्‍यु ।।

    दु:खाईमा मलम हो प्रेम
    मिलनमा बिछोड
    नितिमा वाद हो प्रेम
    समाजमा धर्म ।।

    ध्वनीमा संगीत हो प्रेम
    शब्दमा गीत
    समयमा पर्खाइ हो प्रेम
    दु:खमा सुख ।।

    आखिर के हो त प्रेम्????
    प्रेम चेतना हो
    यो अब्यग्त भाव हो
    प्रेम अजन्म ईश्वर हो ।।

  23. Sacrifice is love,,,,,
    If you can do sacrifice that mean you r in love,,,,
    Just do it without any intention……

  24. वास्तब मा प्रेम को कुनै एउटा मात्र अर्थ छैन ।प्रेम का हजार रुप छन तेसैले प्रेम यही हो भन्नु मुर्खता हो ।सोम पराजुली .

  25. acharya ns
    What is “PREM’ It is great phylosophy behind it. If u are in love with some one and you are unable to meeat or see him /her than you can feel what is PREM.
    Love is the eternal thing which you can feel in your life. Loveor Prem is not only in beetwin boys and girl but it can be with any one who is leaving in her/his mind or heart. The feeling which gives you happyness is the Prem . It can be with any on.

  26. प्रेम मनको शान्ती हो ,बिना उद्देश्य ,बिना प्रतिफलको आशामा गरिने निस्वार्थ लगानी हो।

    अलर्क जी को आगमनले माइ संसारको लेखकिय स्तर बढेको छ,फेरी पनि यस्तै लेखहरुको आशा राख्दै ।

  27. माफ गर्नु होल अलर्क जि हांसो गरे तपाईं को कोमेन्ट बहुत राम्रो छ प्रेम को पारीभास बहुत गाह्रो छ तर पनि मेरो बिचार म प्रेम भनेको जिन्दगी र मृत्‍यु दुबइ हो । बुज्न सजिलो को लागि मिठो र तितो को मिलन नै प्रेम हो

  28. केवल आकर्शण । रहस्य पनि । सबैले आफ्नो भोगाइ र अनुभब को आधारमा प्रेम को परिभासा लगाएको बुझिन्छ। एक को लागि एक थोक अर्को को लागि अर्कै थोक । बुज्ने लाई श्रिखन्ड नबुज्नेलाई खुर्पाको बिड।

  29. प्रेम मेरो साथी को नाम हो आहिले स्पेन म काम गर्दै छ अलर्क जि

  30. Originally “God is Love and Love is God” So Love should be holy as God is Holy. But, unfortunately today we cannot find Love in its original form. Today in the name of love Selfishness, greediness, attraction, Shameful artificial love available in the world.

  31. प्रेम कुनै परिभाषाले खुत्रुक्कै अर्थ्याउन नमिल्ने मश्तिष्कको यौटा सोच हो जस्लाई ह्रदयले काबुमा राखेको हुन्छ ।

  32. अलर्कजी,

    तपाईको अन्तिम टिप्पणी पढेपछि मलाई दुईवटा कुरा लाग्यो । एक, तपाई वास्तविक (real) प्रेम’ लाई होईन कि ‘कल्पित (fictional) प्रेम ‘ लाई बुझ्न खोज्दै हुनुहुँदो रहेछ । दुई, त्यो कल्पित प्रेमको भावनात्मक अस्तित्व तपाईको मनमा गहिरोसंग जरा गाडेर बसेको रहेछ । पूर्वधारणा भनम् न । बौद्धमार्गीहरु त्यसलाई केजाती भन्छन् । खैर, यी दुई कारणले गर्दा नै तपाईको (र यहाँका कैयौं टिप्पणीकारहरुको समेत) लागि यो प्रेम भन्ने वस्तु elusive/incomprehensible हुन पुगेको हो भन्ने म एक स्वयंप्रशिक्षित प्रेमविदको ठहर छ ।

    प्रेम के हो भनेर बुझ्न चाहनु हुन्छ भने दुई काम गर्नुपर्‍यो । एक, मनबाट प्रेमबारेका पूर्वकल्पनाहरु हटाएर यसलाई पूर्णरिक्त र पूर्ण स्वतन्त्र राख्नुहोस् । त्यसपछि, कल्पित प्रेम (पुराण देखि लिएर आधुनिक गीत सम्ममा वर्णित) लाई विश्वास नगर्नुस् वा थाती राख्नुस् ।

    त्यसपछि कुनै वास्तविक रुपमै घटित प्रेम (तपाईको आफ्नै वा अरु कसैको) लाई लिनुहोस् र यसको यथासक्य गहिरो शोध गर्नुहोस् ।

    म अहिल्यै बाजी थाप्न तयार छु, तपाई छक्क पर्नुहुनेछ । प्रेममा यसका अनेक सामान्य लाग्ने झिनामसिना components, modules, आयामहरु देखेर, यसको नित्यता र अनित्यता निर्धारण गर्ने अनेक हिसाबकिताबका चलायमान समिकरणहरु देखेर, र आखिरमा आफ्नै आँखा अगाडि यो demystify भएकोमा ।

    धेत्, पहाड खनें, मुसो निक्ल्यो चाही नभन्नुहोला ।

    जे होस्, प्रेम के हो भनेर सोध्नेलाई मेरो पहिलो प्रश्न सधै हुनेछ- fictional प्रेम कि real प्रेम ?

    Real प्रेम खासै रहस्यमयी छैन । खासै महान पनि छैन । खासमा त्यही भएर नै हामी कल्पित प्रेमप्रति जिज्ञासु, आकर्षित र ईच्छुक हुन्छौं । कुरा बुझ्या हो 😉 रे क्या ।

    प्रेमेकालव्य

  33. एक जाना जी
    त्यों बाहुनी मनीषा कोइराला थिन की ?मनीषा को सपना देखने पानी धेरै थिए ?

  34. प्रेमके हो?मलाई सोध्ने हो भने……………………..म भन्न सक्छु.
    भनु कसरी?
    मैले नि माया गरेको छू ……………..
    आफु भन्दा बेसी गरेको छू.
    थियो एउटा बाहुनी……
    जसलाई मैले भन्न सकिन
    कटी माया गर्छु भनी
    एकतर्फी माया सधै
    गारो हुन्छ ………………………..
    तेसैले त म पागल भएको छू.
    मेरो गीत उसको लागी………..

    दुई ज्यान दुई मुटु
    एक कहिले हुदैन
    धोखा नपाई मायामा
    मन तेसै रुदैन ……………..

    अनी अर्को नि थियो मेरो माया अर्कैको बुडी

    नेट माँ कहिले माया न्लाउनु …………..

    सपना मेरो जलाई
    के सजाये दियौ मलाई?
    तिमी नै भन निस्ठुरी……..
    मायामा कमी थियो की????????????
    स्वार्थी रहिछौ तिमी त
    मुटु संग खेल्नु पुग्यो र??????/

    आज सम्म बिहे गरेको छैन,म नामर्द नि होइन.

    अर्को लव को लागी मेरो यो गीत::::::::::::::::::::::::::::::::

    येस्तै रछ जिन्दगी ,
    बेदनाहरू अंगाली………….
    मर्दै बाच्नु पर्छ यहाँ
    रुदै हास्नु पर्छ यहाँ

    के ऍम इमरान,पाल्पाली
    हाल तारुत आइसलैंड,३१९११
    साउदी अरबिया

  35. यहाँ मित्र हरुले प्रेमको पारीभाशा
    जसरी दिये पनि मेरो ब्यक्तिगत
    बुझाईमा

    प्रेम जिबन को सकारत्मक पाटो हो
    जसले सजिलै सबैको आत्मा र
    भाबना लाई समेट्न सकोस,

  36. The only person who loves someone knows the definition of love.And definition defers depending upon you and the person you love.One can’t define the love that one has not done.

    I know one definition of love. But I can’t express the one.I just can feel.

  37. प्रिय साथी हरु

    प्रेम भनेको अकर्सन हो। प्रेम मा त्यग हुन्छ अनी बलिदन पनि हुन्छ। प्रेम मेरो र् मेरो श्रीमती को चाहना जस्तो हो। एक छीन नदेख्दा छtpati हुन्छ ।

  38. मलाई एक सायरी को याड आयो । एक मुम्मी को बेटिने बोली मा ए सब माया प्रिती क्य होता है । सब लोग यिसिका बात कर्ताहै । यिसिको बारेमे फिल्म भि बन्ता हे । मेरेको भि अफर आ रहा हे। ए क्या हे मुम्मी । मुम्मी बोली ए कुछ भि नही बेती एतो फ्री मी चो दनेका बहान है।

  39. “प्रेम” प्रेम कार्की हो जो अत्यन्तै क्रुर अनी निर्दयी मान्छे हो, जो मेरो जीवन कै सबै भन्दा ठुलो अभिशाप हो, उस्लाई म आफ्नो मृत्‍यु पर्यन्त पनि म माफ गर्ने छैन।

  40. मेरो बुझाईमा प्रेम सम्बन्ध दुई किसिमको हुन्छ । एउटा शारीरीक र अर्को भाबनात्मक । यि दूबै हुँदा प्रेम अझ गाढा हुन्छ । येही सम्बन्ध नै प्रेम हो जस्तो लाग्छ मलाई त ।

  41. Love-it has been always a mystery word and hard to describe the way everybody satisfy. Everybody has their own view about love. If I said I have perfect description about love then I would be rather silly person. It has always been historic debate what is love actually. Is it affection? Is it immortal? Is it the way of living or the meeting point of two living soul, well I do not all of this, I just say love is nothing noting for real but everything for them who lives in dream. Love forces you to have dream and dream never comes true. I am talking about the love, which seems to be happen in two opposite sex, am not talking about the love between you and your family or your own people. We have been seen lots of body were destroyed on the name of so-called love for nothing, if losing your own body for nothing love then I am sorry for all those who think love exist. well, making love and falling in love, its all about your perfection and greediness to get something beautiful, because if your really know the meaning of love then you would not commit suicide for nothing, tell me are we going to get anything after our death which we have just committed for nothing, the answer is always no then why the hell we are going destroyed our own living body which we won’t have again?. to me love is nothing, nothing for real, if u attracted with opposite sex then that’s your infatuation and if you falling for opposite sex then that’s your natural desire not love, I don’t think that kind of love ever exist in this universe and I don’t believe the well written story of Romeo and Juliet and neither laila maju. Cheers.

  42. Do you know how the word FAMILY made

    let me tell you

    [F]ather [A]nd [M]other [I] [L]ove [Y]ou

    hope you agree with me

  43. अलर्क जि
    प्रेम अनन्त तर्कहरुको बिशाल सागार हो जस्लाई मन्थन गर्दा अमृत पनि मिल्छ बिश फेला पार्न गाह्रो हुँदैन

  44. मेरो अर्थयाइमा, प्रेम “चाहना हो” ।

  45. प्रेम १सिक्‍काको २ पाठा हो,समुन्‍द्रको दुइ किनार हो,आकास र धर्ती बिचको गुरुता आकारशन गर्ने शक्‍ति हो,अद्रिस्‍य
    मिलन पनि हो,पानी र आगो पनि हो।

    मान लामा

  46. अलर्क शिरोमणि जी, लेख राम्रो छ, लेख्दा लेख्दै तपाईं रनभुल्लमा पर्नुभएछ। यसो बिचार गरे तर तपाईं बिबाहित् हो या अविवाहित हो थाहा भएन। यस्तो लाग्यो कि तपाईंले २० बर्सीय निहिता विश्वाशको आशा राख्नु भएको थियो। तर त्यस्लेत तपाईंलाई लत्याएर ६४ बर्सीय बिकिनी किल्लर सँग विवाहा गरी त्यसैले ………।

    नत्र स्याल पनि करायो कुखुरा पनि हरायो भने जस्ताइ भयो नि? यो लेख कि त अली अघी आउनु पर्थ्यो या अली पछी। हिजो विवाहा आज लेख।

  47. Good Effort!

    In fact, somewhere you relate love to objects,” मानिसहरूमा आफ्नो स्वार्थअनुसारको प्रेमयोग्य ‘वस्तु’ फेला पर्ने बित्तिकै आफ्नो परिवारलाई चटक्क छाडिदिने प्रवृत्ति हुन्छ”, in my opinion, the very wrong perception and the futile effort of contemplating in defining Love comes out of it. Just experience the fragrance of it and don’t put your energy to define it…, if you eat something delicious stuff, feel its taste, experience it and enjoy on it…but don’t define it to others …let them have experience the taste of it on their own…yeah, you can motivate them you can have one, it worth the effort.

  48. अलर्क जी
    गजब राम्रो लेख लेख्नु भयो । म तपाईंको प्रेम के हो भन्ने कुरा को उत्तर दिने प्रयास गर्छ। म एउटा मस्तिस्क र ब्यवहाँर बिसय् मा अनुसन्धान गर्ने मान्छे को नाता ले । degree of encephalization अनुसार हामी primates हरु को दिमाग को अगाडि को भाग ज्यादा बिकसित छ अरु जनवर भन्दा। तेसैले प्रेम, दया, माया, जस्ता कुरा हरु को सन्तुलित आचरण् ब्यवहाँर मा देखिन्छ । ईतिहास का पात्र हरु जस्ले असन्तुलित रुप मा ब्यवहाँर देखये तिनिहरु को दिमाग को एउटा भाग जस्लाई limbic cortex भनिन्छ , त्यो या त ठुलो थियो , या तेस्मा कुनै कारण ले hyperexcitation भयो ( स्नयु बिज्ञान को आधार मा ) । limbic cortex सामान्यताय प्राय nonhuman primates र मुख्य तया rodents जस्तै मुशा हरु म हुन्छ। यो दिमाग को भाग को काम sexual behavior मा देखिन्छ । माया, प्रेम, पनि sexual behavior को एउटा भाग हो। जनवर हरु ले गर्ने sexual behavior र mating ,reproduction को लाई मात्रै होइन भन्ने कुरा प्रमाणित भईसकेको छ। र प्रेम गर्दा, सम्भोग गर्दा, सन्तान लाई माया गर्दा, आदी मा यि दिमाग का बिभिन्न भाग हरु कृयासिल हुन्छन । कृयासिल हुँदा र कृयासिल भये पछी केही समय सम्म र अझ पहिले पहिले अनुभव छ् भने लामो समय सम्म इस्नायु बाट chemical हरु जस्तो dopamine, Oxytocin, vasopressin हरु निस्कन्छन फल्स्वरुप हामीलाई आनन्द आउछ। विश्वाश, प्रेम, मा मुक्ख्यतया Oxytocin निस्कान्छ, अरु काम जस्तो, धुम्रापन, मादक् पढार्थ सेवन जस्ता बेला मा dopamine को प्रमुख भूमिका हुन्छ । जहाँ सम्म बुवा अथवा male ले आफ्नो सन्तान को माया गर्दा vasopressin निस्कन्छ। यो अहिले को बिज्ञान को उत्तर हो। हुन सक्छ अरु पनि करण ।।।। तेसैले प्रेम भनेको Oxytocin को अशर हो , विश्वाश र माया सबै नै तेही हो, mainly female जाती मा र केही हद सम्म male मा पनि।।।।

    • तेती राम्रो लेखलाई ताई न तुइ को scientific परिभाषा दियर नबिगारौ न हो मित्र …….

  49. प्रेम
    —-
    संगै छदा धेरै सस्तो
    टाडा हुंदा धेरै महँगो |

    घृणा माँ पनि फुल्ने|
    बेस्कन मल,जल हाले पनि कहिले काई टुशो समेत न पलाउने |

    प्राय,वान वे ट्राफिक जस्तो |
    टू वे बनाऊंन खोज्दा आक्सीडेंट को डर !!

    बलेको आगो ताप्न खोज्ने !
    निभ्न आतेको छ भने उलटो पानी समेत हाल्दिने !
    ” म २ ,४ दिन जाच माँ ब्यस्त भा बेला यहाँ एकजना प्रचंड भक्त मदन ले पनि मदन कई नाम बाट लेख्नु भएको पाये ठीकई छ ,यो पनि राम्रै हो ,अब दुबैजाना मिलेर प्रचंड को पुजै गरुला ”

  50. great article alarka ji,
    in my opinion,
    love is life(no life is possible without love)
    thanx
    hope to get your article again n again .

  51. have you studied the story “What mens live by?” Actually the answer is LOVE. Love is the string that binds life together.

  52. I just think my self in my own view that, Love is Friendship……. maya nai sathee ko arko parivasha ho….

  53. Arlak Ji !!!!

    You took all subject matter from Bechlor Major English which i was also read that . your article presentation way is nice keep it up !!!!

    Y2K

  54. laraka ji ke ho naam pani la ra ro banaya kasto naramro hune khaalko….laroka chhyaa…ha ha mare mata…
    suntali

  55. prem bhanya makura ko jalo ho
    dukha kasta ko salo ho
    prem dukha ko gahiro sagar ho
    malai chaindaina je sukai hos ho !!!!!!!!! 🙁

  56. प्रेमलाई महाभारत कथाको टेलिसिरिअलमा कृष्णका माध्यमबाट पनि देखाउन खोजेका छन् चोपडा बन्धुहरूले निकै शक्तिशाली हतियारको रूपमा । भगवान र भक्तको बीचको निस्वार्थ प्रेम सर्वोत्कृष्ट प्रेम हो भनिन्छ । हाम्रो समाजमा देखिने यौनको लालसाले गरिने नाटक प्रेम हो कि होइन ? प्रेममा उत्सर्गभाव हुनुपर्छ । प्रेममा मात्रा सम्भोग (सम भोग) सम्भव हुन्छ भनेर पढेको थिएँ मैले कतै । के अहिलेका प्रेमी जोडीहरू रतिक्रिडामा साँच्चिकै समभोग गरिरेहेका छन् त ? यदी छैनन् भने हामीले परिभाषित प्रेम साँच्चिकै प्रेम हो ?

  57. प्रेम भनेको निर्जिब या सजिब बस्तु को बस्तु परिचया हो जो साकारआत्मक र नकरत्मक दुबइ हुन्छ एस्मा न एक्लौती प्रप्ती मात्रै हुन्छ न एक्लौती पारीत्यग प्रेम आँफै मा पूर्ण छ । प्रेम भुझन चाहने ले सबै भन्दा पहिला आँफैलाई भुझ्न जरुरी छ प्रेम को पुर्न पारीभश भनेको नै उु स्वम हो तेसैले त ढुङ्गा ढुङ्गाको रुप मा पारीचित छ चाँहे बगर्को होस् चहे सगर को प्रनी प्रनी नै हो चाहे मनब होस् चाहे दानब फरक केबल एती हो प्रस्तुत गर्ने सैली …..
    जिउनु मात्र पूर्ण प्रेम होइन
    मरेर माटो म घुल्नु पनि प्रेम हो
    अन्गालो म बधिएर हिंड्नु मात्र प्रेम होइन
    बिछोडइएर टाढा बस्नु पनि प्रेम हो
    भबवनामा दुबी हेर्नु मात्र प्रेम होइन
    कर्के नजर लौनु पनि प्रेम हो
    कसैको मन्जित्नु मात्रै पनि प्रेम होइन
    कसै लाई रुस्त पर्नु पनि प्रेम हो
    प्रप्ती मात्रै पनि प्रेम होइन
    पारीत्यग पनि प्रेम हो ….

  58. अलर्क शिरोमणि जी, प्रेम यहि हो भन्ने ठ्याक्कै परिभाषा भएको भए के यत्रो बहस चल्थ्यो होला र?

  59. अलर्कजी,
    प्रेम शान्ती,स्थिरता,मेलमिलाप,सद्भभाब,प्रगती र निर्माणको जग हो \प्रेम नभए बिनास र मृत्‍यु हाबी हुन्छ \जुन समाज र प्राणीको प्रमुख शत्रु हो \

  60. लेख एकदम राम्रो छ
    प्रेम हरेक प्रानीहरुको जिउने आधार हो प्रेमबिना कुनै पनि प्रानीको आयु छैन
    बिकास

  61. अलर्कजी, मैले कुनै एक उपन्यास्मा पढेको थिए (उपन्यास्को नाम अली थाहा भएन अहिले)
    प्रेम हाङगामा फुलेको त्यो फुल हो, जुन हाङगा बाट झरे पनि सधैं अमर हुन्छ त्य्सको बास्नाले।
    यती भए प्रेम्को परिभषा पुग्दैन र?

    ठुले

      • विवाहयोग्य युवायुवतीबीच हुने प्रेम यौनसन्तुष्टिअघिको हुटहुटी, आैडाहा र जलन हो । प्रेमको पराकाष्ठा यौन हो र यौनको पराकाष्ठा यौनतृप्ति वा यौनसन्तुष्टि हो । यसरी भन्न सकिन्छ कि प्रेम यौनतृष्णाको छटपटी र पीडामात्रै हो । अथवा सम्भोगको तीव्र चाहना वा इच्छा नै प्रेम हो । यौनेच्छा नभएको वा यौनतृप्ति दिन वा लिन नसक्ने व्यक्तिसँग प्रेम सफल हुन सक्दैन ।

        विना प्रेमको यौनेच्छापूर्ति चाहिँ वेश्यावृत्ति हो, पशुवृत्ति भन्दा पनि हुन्छ ।

        कुनै व्यक्तिसँग माया बस्यो भन्नुको अर्थ उसँग यौनेच्छाको तीव्र तृष्णा जाग्यो वा यौनेच्छा प्रकट भयो भन्ने नै हुन्छ । मलाइ यस्तै लाग्छ, मलाइ जस्तो अरुलाइ नलाग्न सक्छ ।

      • प्रेम जिबन बाच्ने आधार हो .
        बिना प्रेमको जिबन सार्है खल्लो हुन्छ .
        जिबन लाइ अघि बढौंन शक्ति दिने सामर्थ्य हुन्छ प्रेममा .
        प्रेम माया हो .

Comments are closed.