राजतन्त्र समाप्त भइसकेको छैन भन्छन् ज्ञानेन्द्र

पूर्व राजा ज्ञानेन्द्रले तीन वर्षपछि नेपाल कै एउटा निजी टिभीमा अन्तर्वार्ता दिँदै राजतन्त्र समाप्त भइनसकेको विचार राखेर गणतन्त्रको रट लगाउनेहरुलाई ठाडै चुनौति दिएका छन्। एभिन्युज टिभीलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्- राजसंस्था समाप्त भइसकेको छ जस्तो लाग्दैन। त्यो हाइपोथेटिकल प्रश्न जस्तो लाग्यो। संविधान सभाको पहिलो बैठकले राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गरी देशमा राष्ट्रपतिको पद स्थापना गरेको उनका लागि हाइपोथेटिकल जस्तो भएको रहेछ। जेठ १४ गते संविधान नबने हुने रिक्तताकै आडमा राजतन्त्रलाई पुनः फर्काउन सकिन्छ भन्ने मनसाय उनको विचारबाट प्रष्ट भएको छ।

एकातिर कमल थापा उनका लागि जनमत तयार गर्दैछन् भने अर्कोतिर ज्ञानेन्द्र स्वयंले मुख खोल्न थालेका छन्। लो प्रोफाइलमा बसेका ज्ञानेन्द्र अब हिन्दु सेन्टिमेन्ट बटुल्न मन्दिर मन्दिर चहार्न थालेका छन्। रामनवमीको दिन जनकपुरको यात्रा त्यसैको अंश हो। यसअघि उनी मकर मेला गए। कालीबाबाको हिन्दु राज्य फर्काउने यज्ञमा गए। अनि खुमबहादुर खड्कासँग कानेखुसी पनि गरे।

लोकतन्त्रमा सबैलाई विचारको स्वतन्त्रता हुन्छ। पूर्वराजाले बोल्न थाल्नु यसैको उपभोग हो। कम्तिमा उनले के सोचिरहेका छन् भन्ने उनको बोलीबाट प्रष्ट हुन्छ। उनको यो अन्तर्वार्तालाई उनी भित्रभित्रै राजतन्त्र फर्काउन सक्रिय हुँदै गरेको उदाहरणका रुपमा लिन सकिन्छ। जनताले जे चाहन्छ, त्यही हुने भन्दै कम्तिमा उनले जनमत स‍ंग्रह गराउन खोज्ने र त्यो अघि राजतन्त्रको गुमेको मर्यादा पुनः कायम गराउने रणनीति लिएको हुनसक्छ। त्यसैले उनले सीधै भनेका छन्- राजतन्त्र समाप्त भयो भन्ने कुरालाई नै म मान्दिनँ।

एभिन्युजका सुमन गिरीले लिएको अन्तर्वार्ताको पूर्ण पाठ-
अहिले देश जुन मोडबाट गुजि्ररहेको छ, यतिखेर के महसुस गरिरहनु भएको छ ?

बहुमत जनताले के खोज्छन् त्यो नै हाम्रो चाहना हो । मेरो पनि त्यही हो । अहिले देशमा सर्वसधारणको जीउ धनको सुरक्षाको खाँचो छ भन्ने मलाई लागेको छ । देशमा शान्ति होस् नेपाली जनताले के खोजेका छन् त्यही होस् । सबैलाई अटाउने ठाउँ होस् र हाम्रा पूर्खाहरुले जसरी यो देशलाई एकताको सुत्रमा बाँधेका थिए त्यो माला नचुँडियोस् भन्ने हाम्रो चाहना छ ।

राजतन्त्रको अन्त्यपछि देश कतातिर जाँदै गरेको अनुभूति हुन्छ, दण्डहीनता र अराजकता बढेको छ, दलहरु सहमतिमा आउन सकेका छैनन्, हालै मात्र शिखरपुरुष गिरिजाबाबुको निधन भएको छ, यस्तो अबस्थामा नेपालको राजनीति कतातिर जाँदैछ भन्ने लाग्छ ?

यो कुरा मैले भन्नु भन्दा पनि सर्वसधारणहरुलाई सोध्नु र उहाँहरुबाट यसको जवाफ लिनु फाइदाजनक हुन्छ ।

नेपाली जनताले पुनः राजतन्त्र पुनःस्थापित गर्न चाहे भने तपाईं तयार हुनुहुन्छ ?

यो ‘हाइपोथेटिकल’ कुरा भयो । राजतन्त्रको विषयमा होस् वा अन्य कुनै पनि राष्ट्रिय सवालमा होस् । जनताको विचार, भनाइ, जनता जनार्दन नै हुन्छन् । त्यसैले सबैले त्यो मान्नै पर्ने हुन्छ ।

पूर्व राजा ज्ञानेन्द्र बाहिर बसेर शक्तिको राजनीति गरिरहेको छ भनेर भन्नेहरु पनि छन् । तिनीहरुलाई के जवाफ दिनु हुन्छ ?

त्यसो भए त धेरै अगाडि धेरै कुरा भइ सक्थ्यो । त्यस्तो हाम्रो बिचारै छैन । नत त्यस्तो नियत नै छ । देशमा अमनचयन र शान्ति होस् भनेर नै केही नमानेर हामीले छाडेका हौं । नेपाली जनताले त्यसको मान्यता, मुल्य बुझेका छन् जस्तो लाग्छ । जनतालाई छाड्नुपर्छ यस्तो प्रश्न ।

तपाईंका दिन कसरी वितिरेहेको छ ?

के भन्ने ? जंगलमा बस्दाखेरी फाइदा हुने रहेछ । शान्ति पनि हुन्छ । विचार गर्ने मौका पनि पाइन्छ । तर, चिन्ता चाहिँ राष्ट्रकै छ । राष्ट्रिय एकता कै छ । सर्वसाधारणले राम्रोसँग, सुखीसँग बस्न पाउन् भन्ने छ । मेरो दिनचर्या पनि यही छ ।

नेपाली जनताले कुनै वेला निक्कै सम्मान गथ्र्यौ राजतन्त्रलाई, भगवानकै रुपमा मान्थे । तर, यतिवेला समय र परिस्थिति त्यस्तो रहेन । एक जना आम नागरिक जसरी नै हामीसँग आउनु भयो, एक जना शक्तिशाली राजा र अहिलेको अवस्थाबीच के भिन्नता पाउनु हुन्छ ?

कहिल्यै पनि शक्ति खोजेको छैनन् राजाहरुले । कहिल्यै पनि कुनै पनि राजाले म देउता हो भनेर बोलेको पनि छैन । त्यो त जनताको माया र विश्वासले भएको कुरा हो जस्तो लाग्छ । मलाई व्यक्तिगत रुपमा कहिल्यै पनि जनताको माझमा अप्ठ्यारो महसुस भएन । पहिले पनि थिएन, अहिले पनि छैन । आज पनि भनौं हामी जानकीको नगरी जनकपुरमा आइ रामनवमीको दिनमा जानकी मन्दिरमा दर्शन गर्न पाउँदा जुन स्नेह, माया, ममता सर्वसाधारणबाट पाएँ, यसको मैले जवाफै दिन सक्दिन । त्यो त, जे जति, जसो बुझेको छु मैले भित्र राखेको छु । मैले बुझेको छु । भएजति जनतालाई मैले धन्यवाद दिनु पर्छ । अरु के भनौं ।

नारायणहिटी काण्ड र माघ १९ को ‘कु’ पछि राजतन्त्रलाई नेपाली जनताले बिस्तारै कम कम माया मार्दै गएको त सत्य हो नि ?

दुईवटा कुरा त्यसमा । एउटा पाठ जनताले सिकाउँछ पनि र नेतावालाहरुले सिक्नु पर्छ । जनताले हामीलाई त्यस्तै एउटा सन्देस दिएको हो की ? राजाहरु बरु सक्रिय नभएकै जनताले खोजेको हो की ? त्यही एउटा पाठ मैले सिकेको छु । तर, जनताले बिर्सन हुन्न । राजाले अभिभावकको रुप लिनु पर्छ । कहिले त्यसका लागि जे गर्नु पर्छ त्यो समयमा कदम उठाउनै पर्छ ।

सर्वसधारणको सुरक्षा, रक्षा गर्नुपर्ने अबस्था आउँछ । त्यो समयको विचार गर्दा परिस्थिति अर्कौ थियो । त्यो पछाडी फर्केर हेर्नु मात्र होइन, अगडि देश कस्तो हुन्छ ? समृद्ध, सफल त्यस्तो देश हामीलाई चाहिएको छ । त्यतातिर हामी सबै जुटेर जानु पर्दछ ।

दरबार हत्याकाण्ड र माघ १९ राजतन्त्र अन्त्यमा प्रमुख कारण हो भन्छन् । आजसम्म पनि दरवार हत्याकाण्डको रहस्य खुल्न सकेको छैन । यसमा के भनाइ छ ?

सर्वप्रथम म काठमाडौं मै थिइन, घट्ना हुँदा । जे जति हाम्रा परिवार छन् त्यो घट्नामा बाँचेर आएका । उनीहरुको कुरा सुन्दा तथ्य सत्य कुरा आयोगहरुबाट पनि निस्किसकेको छ ।

राजतन्त्रको इतिहास समाप्त हुनुमा कहाँनिर के कमजोरी भयो भन्ने महसुस हुन्छ ?

समाप्त भइसकेको छ भन्ने जस्तो लाग्दैन । त्यसैले त्यो पनि अलि ‘हाइपोथेटिकल’ नै भयो । अघि भने जस्तै देशको इतिहासको पानाहरु पल्टाएर हेर्दाखेरी माथिजाने, तलजाने, भित्रिने-बाहिरिने भइरहन्छ । फेरि म दाहोर्‍याउछु, जनताले यो कुरालाई गहन र जिम्मेवारीका विचार गरेर जे निधो गर्छन् । त्यही सबैले मान्नु पर्छ ।

नेपाली जनताले राजतन्त्र हटाइसकेपछि दलहरु गठबन्धन बनाएर अघि बढ्न खोजी रहेका छन् । तर, पनि संविधान निर्माण हुन र शान्ति प्रकृया टुङ्गोमा पुग्न बाँकी छ । माओवादी र अन्य दलहरु मिलेर शासन गरिरहेका छन्, यो किसिमको शासन प्रणालीलाई के भन्नुहुन्छ ?

जनताले यही चाहन्छन् भने ठिक छ । तर, देशलाई, सर्वसाधारणलाई यही ठिक छ यही बाटो नै हिड्न सक्छ भने हामीले के भन्नु । उहाँहरुलाई चित्त बुझेको छैन, कुनै न कुनै ठाउँमा, कुनै न कुनै कुरामा भनेदेखि जस्ले अहिले शासन गरिरहेका छन् । उहाँहरुले विचार गरेर जनताको कुरालाई मान्यता दिनुपर्छ । जनताको र राष्ट्रको हितलाई ध्यानमा राखेर काम गर्नुपर्छ भन्ने हामीलाई लाग्छ ।

तपाईंका भावी योजना अव के छन् ?

नेपालमै बस्छु । नेपालको सेवा गर्छु । नेपालीको सेवा गर्छु । मेरो योजना पहिले पनि यही थियो । अहिले पनि यही छ । भावी पनि त्यही हुनेछ ।

180 Comments

  1. यी ४० lakh इन्डियन आप्रबासी लै नागरिकता बाड्ने, जातिय/साम्प्रदायिक राजनीति गर्दै जातिय संघियेता भन्दै नेपाली नेपाली मा फुट पारेर गृहयुधा मचाएर नेपाल लै टुक्र्याएर इंडिया मा गाभन को लागि RAW बाट परिचालित भन्ने आरोप लागेका माओबादी र अरु इन्डियन दलाल हरु भन्दा त राजा हजार गुना देशभक्त छन्.!!! राजसंस्था मरिसकेको हो भने यी इन्डियन दलाल नेता भनिने हरु राजा ले बोलेको कुरालाई लिएर, किन डराएर छेर्दै जे मनलाग्छ तेही बकबक गरेको त ? येसबाट पनि प्रस्ट हुन्छ राजसंस्था अझै पनि एउटा सक्ति र विश्वास को केन्द्र हो!!
    राजसंस्था, संघियेता र अरु देश लै दिर्घकालिन असर गर्ने कुरा हरु को निर्णय जनमत संग्रह बाट गर!!!!
    जय नेपाल, जय नेपाली

  2. Ex king Gynendra, You still do not know what people like or dislike. It is not people dislike your direct rule, it is choise of corrupt person in govt do not like. it is your performance to incerase your and yours families seleries while you are in power that we do not like. it ie your performance to plunder country Nepal and it s people we do not like. Yes we supported you when you took direct power dismissing these currupt leader we thought at that time you will do some for our nation, but it comes you also in same line as these corrupt leader and started filling your pocket and supporting old corrupt leader which we do not had expected. So try to understand real point and do not go for more hypotetical things. Of coures we need a good leader in country who can think nation not their own family and pocket.

  3. नारायण काजी श्रेष्ठले ज्ञानेलाई जनकारवाही गर्ने रे ? ? ? ? !!!!!! =

    पार्टिको विशेसता त देखाउनै पर्यौ कि कसो ? जे भएपनी देश सेवाको लागि केही गर्न नसके पनि तपाईंको पार्टिले
    जनकारबाही चै कहिले पनि रोकेको छैन है । यही हो आधुनीक राणा शासन किन कि सर्वसाधारणले तपाईंको पार्टिको
    नराम्रो कामको बिरोध गर्न पाउदैन निरङ्कुसतन्त्रको बिल्ला भिराइदिन्छ । कसैले स्वतन्त्र बिचार राख्छ भने जनकारबाहिको
    नाममा अन्कुस लगाउछ । आखिर किन ? प्रतिपक्षमा हुँदा त यस्तो झन सरकारमा भयो भने के गर्ला ! मैले पनि एक भोट्
    दिएको हो तर अहिले पछुतो लागि रहेको छ । गिरिजा पछी सरकारको स्टेरिङ्ग तपाईंको पर्टिको हातमा छ । अनी ज्ञानेलाई
    तपाईंको पार्टिले तहलगाको होइन जनताले हो । गद्दी छाडेर निर्बासित जीवन विताइरहेको भु पु राजा प्रती किन यतिको डर ?
    उन्ले जे बोले त्यो हुनलाई जनताको साथ चाहिन्छ । तपाईंको पार्टिलाई पनि मौका दिएकै हो तर खोइ त जनता प्रती उत्तरदायी
    बनेको ? फेरी पनि चहियो भने जनसागर उर्लेर राजाको उपस्थिती गराइदिन सक्छ जनताले । र यसमा संसारको कस्तै सक्तिले
    पनि रोक्न सकिन्दैन । शक्ती राजाको हातमा होइन जनताको हातमा हुन्छ अध्यक्ष जु । र जनतालाई कुनै पनि बादी र तन्त्र
    चाहिएको होइन जन सेवक सरकार चहिएको छ । म बिन्ती गर्छु नेपालमा नेपालीको स्वतन्त्रता होस् मातृभूमी लाई प्लटिङ
    नगरौ कसैले पनि, अरु कुरा सहे पनि स्वतन्त्र नेपालीजनताको आत्माले यो कुरा चै सहने छैन ।

  4. पारस को छोरोलाई राम्रो बातावरण मा हुर्काएर राम्रो राजामा हुनुपर्ने ज्ञान सिकाएर अब राजतन्त्र नै ल्याउनु पर्ला जस्तो छ कमसेकम आहिलेको जस्तो नेपाल को हालत त हुन्थेन होला.नेतालइ जिताउनु भनेको चोर लाई घर को ढुकुटी को चाबी दिनु जस्तै हो भन्ने मलाई लागेको छ.सब पैसाको पछि लागेका हुन् देस को लागि हैन.

  5. 601 चोरहरुलाई मर्न सके हजुरको सरकार,देशमा शान्ति,बिकाश,सबै औछा/जनताले पनि हजुरलाई इजत,सम्मान,slute दिने छन्/

  6. राज संस्था नेपाली जनता को मन मस्तिस्क मा छन् यो कुरा साचो हो तर चोर फटाहा हत्यारा हरु को धम्की र आतंक ले चुप लगेर बसेका मात्र हुन् … तर कतिन्जेल जनता ले एक न एक दिन त असहे भए पछि त बोल्चन बोल्चन नि
    जनमत संघ्रह हुनु पर्छ
    जय देस जय नरेश !!!!

  7. शक्ति नभएपछी ज्ञाने ठाउं ठाउंमा यस्तै कुरा छेर्दै र बमन गर्दै हींडेका छन्।

    • धिक्कार छ पत्रकार महाशय ,
      तपैन्ले प्रजातन्त्र भनेको के हो त्यो स्कूल मा भर्ना हुनु होस् र 1 ,2 class पास गर्नुहोस . पुर्ब राजा ले बिनम्र भएर सत्य कुरा गर्दा तपैन्को ब्रम्हाण्ड खल्बलियो ! आखिर किन ? अरु नेता हरु ले तथानाम निर्लज्ज ब्यक्ती को नाम किटेर अमर्यादित भासन खुला मंच मा दिंदा तपाइको पत्रकारिता कता लुक्छा ?
      पत्रकार ले hypothetical कुरा सोध्ने अनि पूर्व राजा ले त्यस लै hypothetical question भयो भन्दा पत्रकार साथि नै कुरा बंग्याएर “राजतन्त्र गएको कुरा hypothetical भने ज्ञानेन्द्र ले ‘ भनेर कुर्लने यो त जोक भयो यार . पत्रकार ले नै कसैको interview यसरि राम्ररी बुझ्दैन भने जनता लै के दोष दिनु!
      कसैले आफ्नो व्यक्तिगत भावना ब्यक्त गर्दा आत्तिने मनस्थिति किन ? ……किनकि नेताहरु लै , पत्रकार हरु लै आफैंमा विश्वास छैन . ज्ञानेन्द्र को interview मैले पनि हेरे तर उनि जति प्रजातान्त्रिक भएर प्रस्तुत भएका छन् र बोलेका छन् त्यति त अहिले सम्म को कुनै प्रजातान्त्रिक नेता ले बोलेको सुन्न पाएको छैन .
      तर सबै पत्रिका मा ज्ञानेन्द्र को खोइरो खनिएको कुरा बाट नेपाल का नेता मात्र होइन पत्रकार साथि हरु पनि पुर्बग्राही र अप्रजातान्त्रिक लग्न थाल्यो .
      राजा र राज संस्था प्रति आस्था राख्दैमा पाषण यूग मा पुगिने होइन . राजा होस् या एक साधारण प्रजा , यदि कसै ले भावनात्मक कुरा हरु गर्छा , देश र देश्बशी को बारेमा चिन्ता गर्छा भने त्यो जो सुकै होस् …हामीले श्रध्हा गर्न सिक्नु पर्यो .
      पूर्व राजा ले positive कुरा गरेको छ भने यो कुरा positive हो भनेर पत्रकार ले लेखना सक्नु पर्यो र नेताहरु ले कुर्लनु को साटो त्यो कुरा लै मनन गर्नु पर्यो किनकि गनेंद्र पनि प्रजा हो र उसलाई देश को चिन्ता छ भने त्यो मेटाउने जिम्मा नेता हरुको हो …कुर्लने र त्यसको बिरोध मा ऊर्लाने होइन ..यो त आफैं नाङ्गो हुनु हो. यदि यस्तै चाल हो भने भोलि मैले एक प्रजा को हैसियत ले देश प्रति , देश बाशी प्रति चिन्ता प्रकट गर्न पौने कि न पौने? पत्रकार तटस्थ हुन सके देश मा अहिले राजनीतिक दल हरु अलि अनुशाशित हुन्थे जब कि अहिले पत्रकार हरुलाई पार्टी हरुले दलाल को रुप मा प्रयोग गरिरहेका छन् र पत्रकार महोदय हरु लै पत्तो छैन .
      म कसै को पछी लाग्ने व्यक्ति होइन , मा outcome मा विश्वास गर्छु . प्रजा तन्त्र मा विश्वास छ तर नेपाल मा प्रजातन्त्रको नाम use गरेर अनैतिक काम गर्ने संस्कार बढेको छ .
      पार्टी हरुलाई सत्ता रुपी पिंग मा मच्चिने होडबाजी छ र यो चाला ले देश अझै कति खत्तम हुने हो imagine गर्न सकिन्न . राजतन्त्र फेरी आउनु पर्छा भनेको होइन तर ज्ञानेन्द्र जस्तै देश को माया गर्ने leader देश ले खोजेको छ भन्दा अत्युक्ति नहोला.
      उनले सिधा interview मा भने ‘ जनता ले हटाए अनि हटे र जनता ले राखे फेरी रहने छ ‘ यसमा सबै पार्टी क नेता हरु खनिनु पर्ने त केहि देख्दिन , ठिकै भनेका हुन् . जो पनि जनता ले राखे रहने फाले फालिने नै हुन् …यति सरल नेपाली पनि हामीले बुझ्न छोद्देछौँ त ?
      जनता ले राजा लै चाहे राजा आउछन , माओबादी चाहे माओबादी आउछन …आखिर जनता ले जो चाह्यो उही आउने हो…अहिले त जनताले जो चाह्यो त्यो आउने बाताबरण पनि रहेन …प्रजातन्त्र शब्द मा सिमित भएको छ. सेनाको बल ले राजा ले कहिले पनि देशबाशी लै दुख दिएको इतिहास छैन, तर पार्टी को सानो सेना को टुकडी को बल ले सिङ्गो नेपाल ध्वस्त हुने बाँदर प्रबित्ति देख्दा ..एस्त मान्छे ले फुल power र सेना पाएमा के होला सोच्न पनि सकिन्न. दुनिया थरि सिद्धान्त क किताब पढेर भएन नि , आफ्नो ब्यबहार सुधार्ने मा खोइ कसरत? खोइ उदारता? खाली ..प्रतिगमन …सामन्तबाद … जस्ता कठिन सब्द जुन साधारण जनताले राम्रै अर्थ बुझ्दैन…त्यो शब्द को रटलाएर भएननी. देश बिकाश गर्न के येस्तई शब्द हरु नेपाली ले कण्ठस्त पर्नु पर्ने भयो त?
      ज्ञानेन्द्र को यो news ले नेता हरु कति छोटो प्रबित्ति क रहेछन..कति संकीर्ण रहेछन भन्ने प्रस्ट भयो…जय देश!

  8. प्रत्क्ष्य निर्बाचनबाट “कार्यकारी रास्ट्रपति” चुन्ने ब्यबस्था मिलाए त भैगो नि,
    किनकी
    ज्ञानेन्द्रे , प्रचंडे, माकुने, झाले, माले,शेरे, रामे, च्यामे,…….. को कति पानी मा छन् भन्ने कुरो दुध को दुध पनि को पानि भै हाल्छ नि /

    जय नेपाल
    हिमाली

  9. ज्ञानेन्द्र एक साधारण नेपाली हुन् त्यसैले उनको अभिव्यक्ति सम्बन्धि अब अल्झिनु जरुरी छैन /

  10. प्रजातन्त्र मा राजा राख्ने नराख्ने निर्दय बस्ताब मा जनमत संघर बाट नै हुनु पर्चा जस्तो लाग्छ. जसले जनमत संग्र को बिरोध गर्छ त्स्लाई कि जनता मा विश्वास छैन अथवा तानासाही पर्बिती छ. जनमत गर्ने कुरा को मेरो पुर्दा समर्थन छ, यस्ता भात मार नेता ले गरेको निर्दय ले दुरगामी असर राम्रो हुदैन. जुन हमेरु अहिले भोज्दै छौ.

  11. Thank you our ex king but unfortunately we are republican and we are happy in this system.It is meaningless that u talk about nepal , nepali and its political parties . First u have to thank for the people that u hv to give to speak in this way . Yes, we thrown you but it takes some years to through the old royal culture, and mentality as whole we know in army ,police in major posts they are still your relatives even some poltician so you may have idea to recapture it but for whom , let the people practice in democracy obviously it takes time but one day will born a real nepali to develop nepal but from you we don t hope because we are poor and backward due to your royal system and offcourse you are hatest person and you are the cause of demolition of royal familly,don t talk more and don t try to be clever otherwise people will bring the french revolution in nepal …..

  12. कोहि नेपालीले अभिव्यक्ति दिनपाउनु उसको नैसर्गिक अधिकार हो र पूर्व राजा ले अन्तरबार्ता दिंदैमा कोहि पनि डराउनु पर्ने अवस्था छैन. माओबादीले जन् युध्हा को नाममा निरिह हजारौ जनता मारे. आफ्नो मान्छे मर्दा सहिद घोषणा गरे तर जनता मार्दा सुराकी भने. नेपालमा जोले पनि जे भने पनि जनता संधै नै किन चुप लागेर बस्छ?

  13. baaneswor जी
    सहि छन् तपाईं ले भन्नु भएको कुराहरु/ राजतन्त्र असल थिए खराव थिए त्यो समसामयिक कुरामात्रै थिए/ राजतन्त्र भन्दा राम्रो सपना देखाएर हामीलाई उल्लु त् बनाएकै हो/ नेपालको अस्तित्वो को जगेर्ना राजाहरुलेनै गरेको हो/ राजतन्त्र हटाउने योजना भारतकै थियो/ पढ़नुष पुर्ब सांसद दिर्घ राज प्रसाई जी को लेख इन्टर नेट मा छ/

    सहि लोकतन्त्र देउन हामीलाई/ लोकतन्त्रको नाममा भारत तन्त्र नेपालीले सहने छैनन्/ यसरीनै नेपाललाई कुना देखि च्याप्दै कोशी गण्डकी टनकपुर महाकालीको पानि झैँ भारत तिर बगाउन्दै लाग्न दिए नेपाली जनताले अप्रिय निर्णय गर्न बाध्य हुने छ/

  14. Kings government equals no election equals no choice for people to get rid of corrupt governing bodies.
    Democratic government equals election equals at least you have a right to choose your ruler every five years.
    So, pro king people of mysansar community you need to think twice before you talk about bringing King back to power.

    • हो तर ४० जना मा ४० जना नै हारेको नेता मन्त्रि हुन्छ भने कसरि राम्रो भयो. } दुइ ठाउमा हारेको माकुने प्रम हुन्छ भने तपाइले भनेको जस्तो choice को कुरा कहाँ आयो र? के अहिले को मन्त्रि मण्डल तपैले भोट दिएको हो कि हरेको हो?

  15. यतिखेर नेपालको राजनीति खोलाको भेलको धमिलो पानी जस्तो छ, यो बेला सबैले माछा मारेर/दाउरा खोजेर छाक टारन खोज्नु स्वभाबिक नै हो ,पूर्व राजाले जे बोलेका छन त्यो स्वभाबिक नै हो,जनताले खोजेको परिबर्तन नेताहरूले दिन सकेनन ,नेताहरुलाइ धिक्कार छ ! ,अझै पनि मौका गैसकेको छैन नेता हो प्रतिबध्दता पूरा गर जनताको साथ जारिरहने छ , अन्यथा बेलायतमा जनताले राजालाई रेटेर हटाए ,फेरि राखे ,अहिले छ्दै छ ,त्यो दिन नेपालमा पनि आउन धेरै टाढा छैन !!!!चेतना भया !!!!

  16. जहाँ गुलियो त्यहिँ भुलियो के फेरी ज्ञाने राज मा मर्न मन लग्यो कि के हो जनता जनार्दन ?

    • पाठक मित्रहरु,
      अब यहाँ कुरा आउछ ६०० कटियारका डाका र एउटा ” ब्येमान “अनि तपाईंहामि सर्बसाधारण अबके गर्ने त ??? मेरोनजरमा हाम्रा देशका जतिपनि राजनैतिक पार्टीका नेताहरु छन ति सबई गल्लि मा बस्ने कुकुरको जतिपनि बुद्धि र इज्जत नभएका भारतले भाडा मा लियको भाडाका टट्टू हुन् तर म आफुले आफुलाई भन्नु पर्दा देश र जनता मुखी भएर काम गर्नुपर्यो,शान्ति सुरछ्या हुनु पर्यो,निएम र कानून को पालना हुनुपर्यो,भ्रस्टाचार र अपराध हुनु भएन भएमा बिजुली जस्तै छिटो भएर कारबाही हुनुपर्यो, परिआएमा अपराधीलाई बिगो हेरेर फासीसम्मको सजाए बेबस्था हुनुपर्यो,राजनैतिक गर्ने डाकाहरुको नाताबाद र कृपाबाद को अन्त हुनुपर्यो, नेताहरुलाई एउटा राजनैतिक लिक को बेबस्था गरिदिने नियेम र कानून बनाएर जुन देश र जनता को हितमा होस् तेस्मा एदी आफ्नो लीक छोडेर नियेम र कानून अनी जनता र देश को बिपरित काम गर्योभने सिपाही बुठ लगाएर गर्धनै गर्धना लात्का लात ठोक्दै टूडिखेल मा लगेर तेस्को जीवनलिला खत्तम गरिदिने बेबस्था हुनुपर्यो ,प्रहरीको भान्छे देखि लिएर महानिरिछेक सम्मलाई रुद्री लगाएर अनी अरु निजामति कर्मचारीहरुलाई चण्डीपाठ लगाएर चोख्याउन को साथै फेरी सफत गराउनु पर्यो कि पदिय जिम्मेवारी बाट बाहिर गएर काम गर्दिन देश र जनताको सेवामा समर्पित हुन्छु भनेर,, सबै मन्त्रालयका साथसाथै बिशेस गरेर जलविद्युत ,परेटन ,उद्योग बाणिज्य र यातायातलाइ उच प्राथमिकताका साथ् द्रुतगति मा लैजाने, बिदेशीको इशारा मा रतिभर नपर्ने र देशमा पटकै पर्ननदिने आदि इत्यादी येस्ता बहुसंखेक कुराहरुलाइ ध्यानमा राखेर एदी कुकुर या बिरालो ले सासन गर्छभने पनि समर्थन गर्छुम मेरोकुनै पार्टीछैन ! अर्को कुरा ४६ साल पछाडी जब प्रजातन्त्रको उदय भयो सबै नेपालीहरुले आशाको दियो बलेको अनुभूति गरेकाथिए तर त्यो तुरुन्तै निभाए किरापरेको दिमाग भएका नेताहरुले र देशले खोलाको बाटो अनुशरण गर्यो अनी एसबाट दिक्कभयेका जनतालाई ज्ञानेन्द्र को कदम ले केहिहदसम्म राहत र देशले पनि किनारा लिन्छ कि भन्ने आशा जगायको थियो तर उनले पनि खियालागेका लगभग सडिसकेका मान्छेहरुको साहारा खोज्नाले देश फेरीउही हालातमा छ ! यसर्थमा फेरी आएर देश र जनतामुखी भएर कामगरी देश ले किनारा र जनताले ओहो भनेर खुसिको महसुस गर्न एदी पाए भने डाका भन्दा त ब्येइमान नै ठिक जस्तो लाग्छ है मलाई त ! एदी सबैलाई चेतना भया !!
      जयदेश नेताहरु सबै मरेश !

  17. बिगत तीन बर्ष यता हाम्रा नेताहरुले आफ्ना स्वार्थका निम्ति बैदेसिक चलखेल र उनिररुको नेपाल प्रति को हस्तक्षेप प्रसस्त बढाएको देखिन्छ! जिउ धनको सुरक्षा छैन, अनुसाशन एक आपस प्रतिको आदर सत्कार र माया ममता लूट र हत्यामा परिबर्तन भै सकेको छ! जनमुखी संबिधान बनाउनु जनताले पठाएका प्रतिनिधिहरु राज्यको सम्पतिमाथि पौडी खेल्दै आपसी भागबन्डा गर्नुमै ब्यस्त छन्! यस्तो बेलामा आएको ज्ञानेन्द्रको अभिव्यक्तिलै समय सान्दर्भिक नै भन्नु पर्ने हुन्छ र एउटा नागरिकले आफ्ना मनमा लागेका विचार प्रजातान्त्रिक मुलुकमा गर्न पाइन्छ! केहि नेताका अभिव्यक्ति सुन्दा अथवा पढ्दा लाग्छ उनको बोल्ने अधिकार खोसिएको जस्तो लाग्छ! विधिसम्मत जनमतसंग्रह अर्थात् जनताको प्रतक्क्षे मत मार्फत राजसंस्था राखने या फ्याक्ने निर्णय जनताले गर्न पाउनुपर्छ! देशलाई सहि दिशानिर्देश को निम्ति राजसंस्था अपरिहार्य छ!

  18. आज का मान्छेहरु जहाँ गुलियो त्येही भुलियो मा जान बेर छैन होस् गर नेते हरु /

  19. राजतन्त्र बिउताउदै राजा बन्ने सपना बोकेर होइन नेपालमा देखियको जननेताको कमि पुरागर्ने अठोट र देश र जनताको लागि त्याग र योगदान गर्ने अठोट का साथ् सत्य र सच्चा दिल बाट बिगत को लागि माफी माग्दै आत्मालोचना साथ् नेत्रित्वो लिने बिचार ले आयमा गगने पनि पक्कै पनि सोच्न बाध्य हुनेछ!
    यदि राजानै बन्छु भन्न थाले भने जनकारबाही भोग्न तयार भय होला!

  20. हे पाखण्डी अवसरबादी, फासिवादी माओबादीहरु हो तिमीहरुलाई अलि कति पनि लाज लाग्दैन आफ्नो नामर्दीपन र लाचारी पन देखि . यत्रो जनताले राज्य सत्ता चलाऊ भनेर तेत्रो राज्यको अविभारा सुम्पिदा पनि सत्तामा पुगेर आफ्नो गिद्दे दृष्टि, नामर्दिपन र लाचारी पनले सरकार बाट भाग्ने अनि जहिले पनि अरुमाथि षडयन्त्र मात्रै देख्ने र प्रचार गर्ने कुराले राष्ट्रको अहिले को मूल समस्या बाट भाग्न खोज्ने चाल मात्र हो भन्ने बुझिन्छ. यात्रा जनताको रगत पियोउ र घरबार उजाडेउ अव त केहि सुद्र हे राक्षस हो .

    आफ्नो देशको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको महत्वो नबुझ्ने बिदेशका ति निर्दोष जनताका रक्त पिपाशु ज्यानमाराहरुलाई आदर्श मान्ने यो पाखण्डी पन नभयर के हुन् सक्छ ?

  21. माघ १९ गतेको घटना तत्कालिन अबस्थामा चालिएको एउटा राम्रो कदम थियो, सफल हुन सकेन त्यो अर्कै कुरा हो. राजाले पनि त सधै शासन गर्छु भनेकै थिएन नि। हामी नेपाली जनता हत्या र हिंसाबाट यति आक्रान्त भएका थियौं कि यस्तो अबस्थामा पनि राजाले किन केहि नगरेको होला जस्तो लाग्थ्यो. यस्तो लाग्थ्यो राजा मुरली बजाएर बसिरहेका छन्. माओबादीले यति हत्या, हिंसा र आतंक फैलायो कि बरु यिनीहरु नै सत्तामा जाउन जस्तो लाग्यो सोझा नेपाली जनतालाई , संबिधान सभामा माओबादीको त्यति धेरै सिट आएको पनि अन्य कारणहरु लगायत त्यहि कारण हो जस्तो लाग्छ, एउटा खुल्ला हृदयले सोच्नुस त माओबादीले ‘जनयुद्ध’ को नाममा कति आतंककारी हर्कत गरेका थिए। राजनैतिक दलहरुको काम कारबाही पनि त हामीले देखेकै हो नि. प्रजातन्त्र को नाममा यी दलहरुले कति लुटे कति लुटे, त्यसको कुनै लेखा जोखा नै छैन. पहिले यो देशलाई राणाहरुले लुटे, त्यसपछि पंचले, त्यसपछि कांग्रेसले, एमालेले अहिले माओबादी लगायतले ।
    हामी जस्तो एउटा स्वतन्त्र जनतालाई के फरक पर्छ माओबादी आओस कि खाओबादी आओस? कथित् लोकतन्त्र देखेको पनि ४ बर्ष पुगिसकेछ। खोइ त हामीले के पायौं? महंगी, दण्डहीनता, दलीय भागबन्डा? कोइ आए पनि केहि हुने रहेनछ यो सतिले सरापेको भनिएको देशमा

  22. बोल्ने अधिकार ज्ञनेन्द्र लै छ किन कि ओनी एक नेपाली नागरिक हुन् होइन कोसैले भन्छा भने माई संसार मा कमेन्ट गर्ने अधिकार तपाई लाई पनि छैन . राजा रहने नरहने जनता ले निर्णय गर्ने हो साला भाते नेता ले होइन

  23. यो देशमा चाहे क्रान्तिबादी पार्टीका या प्रजातान्त्रिक पार्टीका आदर्शवादी भनाउंदा नेता हुन् या यी पुर्व राजा हुन् यिनले कहिले पनि राष्ट्र र जनता प्रति इमान्दार हुन सकेनन खाली यकले अर्कालाई दोष लादेर पनि माथिको ओभानो हुने काम मात्रै गरे .
    अहिले आवस्यकता भनेको यी सबै शक्ति र व्यक्तिहरुले एक अर्का प्रति गाली गलौच र लान्छना लाउन छोडेर सबैको महत्व र दक्षतालाई बुझेर सहमति साथ अघि बढनुनै अहिलेको स्थितिमा राष्ट्र हितको सहि कदम हुन जान्छ .

    एउटा कुरो सबैले बुझ्नु पर्ने कुरो के हो भने पुर्व राजा पनि यो देशको जनतानै हुन र उनको पनि हरेक क्षेत्रमा एक आमनागरिक झैँ आफ्नो विचार राख्ने काम गर्न पाउने अधिकार छ .

  24. हामी ली अब राजा चाहिन्छ नेता ले कहि गर्न सकेनन

  25. हात्तिको देखाउने दात…… भाई मारने ले नागरिक मारन के बेर

  26. मिठा कुरा गर्नु भयो ज्ञानेन्द्र जी ले तर मुखले वनेको जस्तो कुरा कम मा गरे राम्रो हुन्थ्यो. मैले अन्तर्वार्ता पनि हेरे अन्तिम मा कस्तो मिठो हास्नु भयो नि ज्ञानेन्द्र जी त हाहाहा

  27. यो घडीमा नेपालमा नेपाली जनताले विकास , सुरक्षा , रोजगार , एकता र शिक्षा चाहिएको छ/ तेही पुराना नेताहरु चै मन्त्रि टिकाउने होड मा छ / तेसैले अहिले नेपाली जनता जुन परिपार्टी आएपनि देस को विकास गर्ने , नेपालीको भलो चिताउने लाई विश्वास गर्छन / ति नेता हरु ले केहि गरेर जनता को मन जित्न सकेनन / राजाले पनि राम्ररी सासन चलाउन सकेन भने राजसस्था पतन भएर जान्छ/ पहिले पनि राजा ज्ञाने ले देस चलाउन सकेन / नेपाली जनता मारेर त सासन चलाउन पौदैनान कसैले पनि / नेपाली को भलो होस् / सान्ति छवोस नेपालमा

  28. राजा तिमि आउ र यो देश लाई बचाऊ / यी साला कुकुर नेताहरु बाट दिक्क भैयो /

    • तिम्रा राजाले तिम्लाई बचाए मात्रै नत्र नेपालीलाई चाहीं खुब बचाएका थिए कमले र भैरवनाथ लगाएर, थुईक्क तिम्रो बुद्धी।

      • तिम्रा नेता ले १४००० मार्नु हुन्छ कमले ले १४ जना मर्दा किन येत्रो गुनासो गरुचौ हो. तर म राजा बादी चाही होइन है फेरी | खाली के भने ६०१ जना लै नेपाल आमा माथि बलात्कार गर्न दिनु भन्दा एउटा राजा लै बलात्कार गर्न दिदा कम पिडा हुन्थ्यो कि मात्रै भने को. |

  29. हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ/डाकाहरु ले देश लै लुते अब राजा औनुपर्छा

  30. लोकतन्त्र लाई असफल पारेर फेरी हत्यरो ज्ञानेन्द्रलाई राजा बनाउने प्रयास भये ज्ञानेले अहिले पाइ आएको नागर्जुन् त के यो देशमा पैतला राख्ने ठाउँ सम्म पाउदैन सबै लाई चेतना भया ज्ञाने का टत्तु हरु होसियार ।

  31. देसमा सुखहोस् ,सान्तिहोस, बिकासहोस् . गास बास कपास को व्यवस्थाहोस् . बालबालिकालाई स्कुल होस्. रोगि बिरामीलाई हस्पिटल अनि औसधि होस् . गरिबलाई घर र खाना होस् . अनि बिस्वमा सबैभन्दा सुबिधा भएको देस नेपाल होस्.
    अनि असान्ती चाही बिल्कुलै नहोस. ” देसमा कालो आओस कि गोरो ” तर सबै राम्रोहोस्.

  32. पुष्प जी,
    यो पाना हेर्दा यहाँ राजसंस्था को समर्थन भन्दा अहिलेको भ्रष्टहरुको जमात प्रतिको बितृष्णा हो कि जस्तो लाग्यो / बुझेर ल्याउदा माओबादीको बाह्र बुदे समझदारी नै गलत हो कि जस्तो लाग्यो / वार कि पार को युद्ध छोड्नु नै नहुने / नेपाल मा नाम मात्रको गणतन्त्र आएको छ तर सत्ता जनताको हातमा कहिले आएन / माओबादी सरकारमा भएपनि स्वतन्त्र चल्न पाएन / माओबादी बाहेक अरु दलको चालामाला बुझ्दा गणतन्त्र लाइ नेपालमा असफल तन्त्रको रुप मा नेपाली माझ भ्रम छर्ने सुनियोजित ‘ग्रान्ड डिजाइन’ नै हो रहेछ कि भन्ने लागेको छ / जसरि हुन्छ देश लाइ भताभुङ्ग बनाई, शान्ति सुरक्ष्या खत्तम पारी कहाली लाग्दो स्थिति मा नेपाल लाइ पुर्याइयो भने सोझा नेपाली ले फेरी राजतन्त्रको आवश्यकता ठान्नेछन / अनि नेपालमा कमल थापा हरु चिहान बाट उठेर फेरी नेपालीको भाग्य विधाता बन्ने सपना बुन्ने छन् / यदि यी मसानहरु नेपालीको भाग्य विधाता बन्ने मौका पाए भने हिजो राजतन्त्र लाइ दागबत्ती दिने नेपालि लाइ कुन सजाए दिने हुन् भगवान ले नै जानुन / हे इश्वर , नेपालीको बुद्धि कहिले आउने होला / यो चिहानमा गाडेको मुर्दा लाइ उखेल्नु भन्दा बरु अहिलेका भ्रष्ट हरुलाई कसरि तेही चिहानमा पुर्याउने भन्ने सोच्न छाडेर किन अस्ति पछाडी बाट छुरा घोप्नेको पछाडी कुदेका होलान …????

  33. हाम्रा भूत पुर्व राजा लै धेरै धेरै सुभकामना हामी सम्पूर्ण देशबाशीबाट

  34. बाबुराम भट्टराई ले भने राजा लाई यस्तो बोलेको मा कारवाही गर्नु पर्छा त्ara बाबुराम भट्टराई ले बुझ्नु पर्ने हो कि हामी समस्त नेपाली लाई अब राजा चाहिएको छ खबरदार भात्तरारी याद gara अब राजा चाडै नै आउने भए

  35. नेपाली जनताले पुनः राजतन्त्र पुनःस्थापित गर्न चाहे भने तपाईं तयार हुनुहुन्छ ?

    यो ‘हाइपोथेटिकल’ कुरा भयो । राजतन्त्रको विषयमा होस् वा अन्य कुनै पनि राष्ट्रिय सवालमा होस् । जनताको विचार, भनाइ, जनता जनार्दन नै हुन्छन् । त्यसैले सबैले त्यो मान्नै पर्ने हुन्छ ।

    राम्रो संग पढौ एक चोटी ज्ञाने ले जनता ले चाह्यो भने राजतन्त्र आउन सक्ने कुरा hypothetical bhanya ho rajtantra gai sakyo bhanne kura hypothetical bhanya haina.. yesari sarasar jhuto lanchan laune nepali patrakar bandhu haru ke bhayeka hun…

  36. जंगलको भंसी नदेखेर कपालको जुम्रा पो देखेछ राजनीतिक पर्टिहरुले ह ह ह ।
    सबै दललाई हेरीसके जंगल बाट आएको,बिदेश बाट आएको, शहर बाट निस्केको, आन्दोलन बाट आएको तर परापुर्ब कालदेखी
    तरबार चालाएर देश चलाऊने राजतन्त्र भन्दा राम्रो त कुनै लागेन हो । । साथी हो । । कोही मुर्ख साथी हरुले एक गिलास ठन्दा पानी
    खाएर सोचौ त जनताको लागि भनेर लडेर अेको पार्टिले डेढ लाखको पलङमा सुतेकै हो । र एक करोड भन्दा माथिको गाडी मगाएकै हो ।
    त्यसैले यो पर्टिको निती राम्रो हो है भनेर आँखा छोपेर पछी लाग्ने मुर्ख नेपाली जनता हो – यो नबिर्स कि गल्ती गुरुको पनि केलाउनु पर्छ र
    ज्ञान सत्रुको पनि लिन सक्नु पर्छ ।

  37. मर्ने बेलामा हरियो काक्रो, म पारश जस्तो तस्कर, चोर र गुन्डाराज लाइ राजा मान्नु भन्दा बरु नेपाली नागरिकता त्याग गरेर भारतमा शरणार्थी जिबन बाच्न उचित सम्झने छु या अर्को गणतान्त्रिक आन्दोलनको शहिद बन्न नि:शर्त तयार हुनेछु /

    • साथि ब्लगमा म सहिद हुन्छु भन्न सजिलो छ तर एथार्थ मा सारै गारो हुन्छ . नेपाल क यी पातकी नेता भन्दा त राजा नै ठिक कमसे कम सत्ता को एस्तो लुछाचुडी त थिएन राजामा अलिकति भए पनि देशभक्ति त थियो यी पातकी नेताहरु ले मिल्ने भए देश्सै बेचथे. म राजा को भक्त चाही होइन है.एक देश भक्त नागरिक मात्र हु.जो नागरिकता त्याग गरेर भारतमा शरणार्थी जिबन बाच्न उचित संझिन्न.

    • तिम्रो शहीद बन्ने सपना चाडैं नै पुरा होस्.

  38. लोकतन्त्रको सदुपयोग गर्दै साथीहरुले यो इ पानामा स्वतन्त्र बिचारहरुलाई प्रस्फुटन गरेको रहेछ शायद कुनै झोक्की पार्टीको हात परेमा कारबाहीमा पनि पर्नुहोला है लेखदा बिचार गर्नुहोला ! हाम्रो समाजमा एक्ले अर्कोको इर्श्या गरे जस्तै नेपाली राजनीतिक दल्ले पनि राजतन्त्रको इर्श्या गरेको हो कि ? ! खास गर्नु त केही पनि छैन देशको लागि तर एक्ले अर्को पर्टिको वकालत गरेकै हुन्छ । जनमत भनेको
    जनताको मत हो । जनताले मत दिएर जिताएको पर्टी माओवादीले त देश सम्हाल्न नसकेर हरुवाको हात्मा थमाइदियो भने ज्ञानेले
    जनमत सङ्ग्रह गरेर के फाईदा ? वास्तम्मा भन्नेहो भने सबैले सुन्नु होला यहाँनेर कुनै पर्टी राम्रो होइन ,जुनै पनि पर्टी
    भित्रको कुनै ब्याक्ती राम्रो हो । राजतन्त्र नराम्रो होइन राजतन्त्र भित्रको कुनै राजाको बिचार , कदम नराम्रो थियो । राजा बिरेन्द्रको
    कसले बिरोध गरेको थियो र ? अनी यहाँ नेर देश टुक्र्याउन खोज्ने पर्टिहरुले एक चोटि प्रिथ्वी नारायण लाई सराप्न नबिर्सौ ,
    र न्याय नदिलाउने सरकारले राम शाहलाई । गान्धी, मदनभन्डारी ,बेन्जिर भुट्टो जस्तो ब्यक्तिलाई किन मारिएको हो बिचार गरौ ।

  39. म करुण गुरुङ मेरो दार्जीलिंग हामी तपाई सबैकै दार्जीलिंग दाजुभाई र जनताले जे खोजेका छन त्यही होस हामी सबै तपाईकै दार्जीलिंग दाजुभाई मेरोपनि त्यही हो

  40. ज्ञानेन्द्र को जय जय. केहि सिख न भ्रस्टचारी नेताहरु.
    जय नेपाल

  41. मेरो प्रसङ्ग pharak परेको ले माफ गर्नु होला मेरोसंसार ko heding मा dharka matra dekchhu कुन फोंट्स कम्प्युटर मा इन्स्टल गर्नु पर्ला kripaya कसैले सोलुशन दिनु हुन्छ कि ?

  42. हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ

  43. तेही त हो लेखक ज्यु, नया नेपाल मा राजनैतीक दल हरु ले बोले सबै कुरा ठिक हुने तर पूर्व राजा ले बोले भने षड्यन्त्र हुने होइन त ? क्या गज्जब को परिभाषा छ येह हरु को है ?ल ल राम्रो हो तपाई हरु को सोचाई.

  44. ज्ञानेन्द्रका हाइपोथेटिकल कुरा :
    “अहिले देशमा सर्वसधारणको जीउ धनको सुरक्षाको खाँचो छ भन्ने मलाई लागेको छ ।”
    “धेरै अगाडि धेरै कुरा भइ सक्थ्यो (शक्तिको राजनीति)”
    “सर्वसाधारणले राम्रोसँग, सुखीसँग बस्न पाउन् भन्ने छ”
    “कहिल्यै पनि शक्ति खोजेको छैनन् राजाहरुले”
    “समृद्ध, सफल त्यस्तो देश हामीलाई चाहिएको छ”
    “म काठमाडौं मै थिइन, घट्ना (दरबार हत्याकाण्ड) हुँदा”
    “समाप्त (राजतन्त्र) भइसकेको छ भन्ने जस्तो लाग्दैन”
    “नेपालीको सेवा गर्छु”

    ‘महाराज’, तपाईं वा तपाईंका छोरा फेरि नारायणहिटी फर्कने सपना नदेखे हुन्छ, यो कुरा लेखेर राख्दा पनि हुन्छ । बरु आफ्ना नातिलाई लोकतन्त्र, देश र जनताको (प्रजाको होइन नि) अनि नैतिकताको पाठ पढाउन कुनै त्यस्तै शिक्षालयमा भर्ना गर्नुस् (किनकि तपाईंबाट त्यो सम्भव छैन), कुलंगार नेताहरूको हालिमुहाली फेरि बढे उनलाई सम्झिएलान् । त्यसबेला यो हाइपोथेटकिलको कुरा सत्य सावित होला ।

  45. लोकतन्त्र मा सबैलाई बोल्ने अधिकार छ तेसैले एउटा नागरिककै आधारमा पूर्व राजा ज्ञानेन्द्र ले पनि देश को बारेमा चिन्ता लिनु लाइ कुनै हाउगुजी को रुप मा लिनु पर्ने केहि कारण देख्दिन म. राजा चाहिन्छ कि चाहिदैन भन्ने कुरा जनता ले निर्णय गर्ने छन् …राजा फ्याकेर नेतालाइ ल्याउने जनताहरु ले नेताहरुलाई फ्याकेर राजा ल्याउने हैसियत पनि राख्दछन भन्ने कुरा सबैले सम्झी राखे राम्रो होला ..

  46. लोकतन्त्र को वकालत गर्ने नेता हरुले साचिकै लोकतन्त्र चाहेको हो भने जनता लाई जनमत संघ्रह बाट राजतन्त्र को पक्छ्य बा बिपक्छ्या मा चुनाब गर्न दिन पर्छ . अनि मात्त्र लोकतन्त्र को सहि माने लाग्छ.

    • खड्काजी ।

      राजतन्त्रलाई नागार्जुनबास गराएको पनि त जनताकै बलले हो नि । होइन भने उहिल्यै जनमत संग्रहको कुरा किन गरिएन ? १९ दिनको कर्फ्यू र दमन सारा जनताले भोगेकै हो । त्यस्तो अवस्थामा रोपिएको लोकतन्त्र र गणतन्त्रको बीउमा भर्खर त टुसा पलाएको छ । पुरानो सत्ताधारीहरू मानसिकता र नयाँ प्रगतिशील सोचका बीच भइरहेको अहिलेको द्वन्द्व अस्वभाविक होइन । बरु यस्तो अवस्थामा जनमत संग्रहको कुराचाहिँ धमिलो पानीमा माछा मार्ने जस्तै हो ।

  47. राजासस्था रहदा केही गल्ती त हाम्रो राजा बाट पनि त भएकै हो । तर जती गल्तीहरु यि नेताहरु बाट भएका छन त्यो भन्दा त धेरै कम हो। राजा हुँदा र नहुँदाको देशको अवस्थाको बारेमा हामी सबैले राम्रोसँग बिचार गरेर हेर्ने हो भने राजा हुँदानै देशको राजनीतिक, आर्थिक, सास्कृतिक, भौगोलिक र समस्त देशको शान्ती सुब्यबस्था राम्रो थियो भन्न सकिन्छ । अहिले देशमा भ्रस्टाचार, दुराचार, आशान्ती छाएको अवस्था छ । हामीहरुको सर्बभौमसत्ता कमजोर भएको छ । बिदेशी चलखेल बढेको छ। यि यस्ता कुराहरु सबैले मनन गर्न जरुरी भएको छ । के माओवादीले देशको यो अवस्थालाई ठीक गर्न सक्छ ? नेपाली कांग्रेस र एमालेले देशको र जनताको रक्षा गर्न सक्लान ? हामी सबैले देखी सकेको रहेको र भोगी सकेको कुरा हो कि यिनिहरु सक्षम छैनन भनेर ! अहिले सबै नेताहरु राजा बन्न खोज्दै छन भन्ने कुरा पनि हामीलाई सर्बबिदितै छ । यो सबै कुराहरु बुझेर पनि हामी किन मौन छौ त ? भन्दा डर र त्रासले गर्दानै हो। अब पनि चुप लगेर बस्ने हो भने धेरै ढिला हुनेछ र हाम्रो राष्ट्रिय अखन्डतानै खतरामा पर्न सक्दछ । कुनै पनि संगठन होस या घर नै किन नहोस् त्यस्लाई कुशल नेत्रीत्वको आबश्यक्ता पर्दछ जुन हामीले अहिलेका नेताहरुमा पाउन सकिरहेका छैनौ । यि सबै कुराहरु बिचार गरेर भन्नुपर्दा हामीलाई सधैं राजाको आबश्यक्ता महसुस भैरहेको छ । राजाको साथ बिना हाम्रो राष्ट्रिय अखन्डता, सर्बभौमसता बलियो रहन सक्दैन भन्ने यथर्थता बुझ्न जरुरी छ ।

    • आरेशजी,

      अहिलेको राजनीतिक परिवर्तनको संघारमा भइरहेको भाँडभैलोमा २४० वर्षदेखि राजतन्त्रको लत परेका हामीहरूलाई राजाको अभाव अवश्य खट्किएको महशुस भइरहेको छ, तर ज्ञानेन्द्र र पारसको होइन । याद गर्नुस्, सुशासन र सार्वभौमिकता कुनै तन्त्रले दिने होइन । यो व्यक्तिको सोचमा भरपर्ने कुरा हुन्म, सिद्धान्त र तन्त्र त एउटा आवरणमात्र हो । हिजो राजतन्त्रको विकल्प नदेखेका हामीले ज्ञानेन्द्रको उदयसँगै राजतन्त्रलाई तिलाञ्जली दिन बाध्य हुनैपर्यो । त्यसैले हजारौंको बलिदानीले प्राप्त भएको लोकतन्त्र र गणतन्त्ररूपी बगैंचामा रम्न अझै मेहनत गर्न आवश्यक छ । लोकतन्त्रको प्रवर्द्धन गर्ने भनेकै हामी जनता नै हौं । उही ज्ञानतन्त्ररूपी चिहानमै रम्ने इच्छा भए रामराम ।

  48. Well Said former HMG’s , We all need Peace cuz always the strikes n bandhs by several Protestors really annoying us this days. Nepalese Politics will always be false cuz al the parties leader just need their seat to stay in the cabinet. After 3 years, nice to see our former king in the Hot News that makes us delightfull. Hope he learned many things and the matters what should be given to the peoples of the nation in these gap. False Politics will ruin our country soon
    Jaii Nepal

  49. राजाको कुरा पनि जायजै छ जनताले जितयमा आउछु भनेका त छन नि !!!!!!!!!!!

  50. यो मुला ज्ञाने अझै पनि राजा छु भन्ने सोच्दो रहेछा कुकुर साले

  51. अहिलेको नेतातन्त्र भन्दा राजतन्त्र नै मलाई ठिक लाग्छ बरु सकिन्छ भने सुरु गरौँन जनमत संग्रह ! कोहि छ नेताका कुकुरहरु यसको लागि तयार! मेरो १ वोट राजालाई!

  52. राजा ले राम्रो छबी लिएर आउने हो भने नेपाली जनता ले पक्कै पनि फेरी पनि स्वीकार गर्न सक्छन किन कि राजनीतिक दल हरु संग नेपाली जनता वाक्कै भयका छन् .

    • हैन इतिहास को एउटा पागल पत्र ले एस्तो सपना देखनु कुनै नौलो कुरा भएन”! जनता बनेर देश को सेवा गर्छु भन्नु ठिकै होला तर राजा बनेर गर्छु भन्नु सपना मात्र हुनेछ !

  53. जनता बेवस्थाप्रति नभई अवस्थाप्रति चाहि चिन्तित हुन् .

  54. Avenues Television has distorted the news. मैले youtube video पनि हेरें, यो ब्लग पनि पढें तर ज्ञानेन्द्र ले राजतन्त्र को समाप्ति लाइ hypothetical भनेको पाइन! उनले त राजतन्त्र को पुन:स्थापना को अवस्था लाइ पो hypothetical भनेका रहेछन्! नपत्याए आफै पढ्नुस या हेर्नुस के प्रसङ्ग मा तेसो भनिएको छ!

    पत्रकार:
    नेपाली जनताले पुनः राजतन्त्र पुनःस्थापित गर्न चाहे भने तपाईं तयार हुनुहुन्छ ?
    पुर्व राजा:
    यो ‘हाइपोथेटिकल’ कुरा भयो ।

    पत्रकार या मेडिया ले सत्य तथ्य तेसरी बन्ग्याउछन् र त पत्रकार हरु र मेडिया को कुनै भरोसा र सुरक्ष्या हुन्न आजकल! ऋषि धमला जस्ता त छन् पत्रकार अनि के होस्!

    • कृष्ण जी राम्रो संग पुरै भिडियो हेर्नु पर्यो, hypothetical सब्द दुइ चोटी प्रयोग भएको छ, दोश्रो प्रश्न मा मात्रै राजा ले राजसंस्था समाप्त भयो भन्नु काल्पनिक हो भनेका छन्………

    • कृष्ण जी अन्तिम बात तेस्रो मा छ तपाइको प्रश्न को उत्तर …………………….
      –राजतन्त्रको इतिहास समाप्त हुनुमा कहाँनिर के कमजोरी भयो भन्ने महसुस हुन्छ ?

      –समाप्त भइसकेको छ भन्ने जस्तो लाग्दैन । त्यसैले त्यो पनि अलि ‘हाइपोथेटिकल’ नै भयो । अघि भने जस्तै देशको इतिहासको पानाहरु पल्टाएर हेर्दाखेरी माथिजाने, तलजाने, भित्रिने-बाहिरिने भइरहन्छ । फेरि म दाहोर्‍याउछु, जनताले यो कुरालाई गहन र जिम्मेवारीका विचार गरेर जे निधो गर्छन् । त्यही सबैले मान्नु पर्छ ।

      • ठिक भन्नु भयो योगी जी| अल्ली हतार मै लेखेछु|

        तर, पनि पुर्व-राजाले राजतन्त्र को समाप्ति लाइ ‘हाइपोथेटिकल’ नभनेर राजतन्त्रको इतिहास को समाप्ति लाइ तेसो भनेको हो कि जस्तो लाग्छा मलाइ त! राजतन्त्र त समाप्त नै भएको छ, कम्तिमा अहिलेलाई, जुन सबैले देखेकै छ, स्पष्टै छ, तर राजतन्त्र को इतिहास त कसरि समाप्त भो होला र?

        खोइ, मेरो दिमाग अल्ली सानो र सोझो भो कि त! ज्ञानेन्द्र ले नै भन्लान अथवा गरेर देखाउलान चांडै नै के भन्न खोजेका रहेछन!

        अरु चै मलाइ सबै कुरो जायज लाग्यो उनको त!

  55. it was like a culture and we should continue it.britain,denmark,netherland,australia,canada etc all the developed countries have not thrown the royal families because that reflects their culture.paila 1 jana ley khanthiyo ra ahiley 601 jana ley badera khanchan

  56. ज्ञानेन्द्र को साखा सन्तान जिउदै छन् त अनि कसरि राजतन्त्र अन्त्य हुन्छ त????आब २०५८ जेठ १९ को जस्तै २०६७ जेठ १९ naagarjun दरबार हत्याकाण्ड मछ्यायो भने बल्ल राजतन्त्र को अन्त्य हुन्छा कि????

    • Mero एउटा सल्लाह राजालाई:
      नेपालीहरु जनता हुन् जन्तु होइनन.
      जनताहरु जनार्दन हुन् जनावर होइनन
      नागरिक हुनु राजा होइन
      ज्ञानेन्द्र शाह हुनु ज्ञाने चोर होइन
      नारायणहिटी हत्याकाण्ड जस्तै अर्को हत्याकाण्ड दोहोर्याउनु नपरोस अस्तु!

  57. la la raaja aau nepali ko gayegujreko kamjor deemag ko faida uthaudai daas banau..nabirsanu aaja deshko sarnochcha padmaa euta kisanko chhora birjamaan chha…tyo haami maaj baata nai aayeko ho…gyanendra mula ta bina yogdaan deshko sarbochcha pad ma biraajman thiyo…..sabailai chetna baya

  58. दलहरुको यस्तै पारा रहिरहने हो भने इतिहास फर्कन बेर लाग्दैन साथी हो | पूर्व राजाको यस्तै सक्रियता अनि दलहरुको निकम्मापन हुने हो भने राजतन्त्र फर्कन पनि सक्छ | यस्तो नहोस साथी हो | होसियार

  59. श्री ५ ज्ञानेन्द्र को जय होस् , मन ले चितायाको पुगोस , नेपली लाई राजा को खाचो छ………………………..

  60. राजा को सबै कुरालाई गलत अर्थ लगाउने बानि छोडौ

  61. मा कन्फ्युज भएँ/ माइ संसारमा कमेन्ट गर्ने र रातो हरियोमा भोट गर्नेहरुलाई शिक्षित मान्ने हो भने- यी शिक्षितहरु कसरी पारसलाई राजा मान्न तयार छन्? यस्तो पनि लाग्छ कतै ज्ञानेन्द्रका मान्छेहरु खाली माइ संसारमा टिक लगाउन मात्र उपस्थित त छैनन्! मैले खोजेको जवाफ:
    १. के देशको सेवा गर्न राजा नै बन्नु पर्छ? जनताले चाहेको ब्यबस्था मै समाहित भएर राजनीति गर्न, मौजुदा व्यवस्थालाई आत्मसात गरेर सरकारमा पुग्न ज्ञानेन्द्रलाई कसले छेकेको छ? जनताको बिश्वास जित्न सके हामी पनि भोट दिन तयार छौं/ जन्मजात शासक बन्न खोज्नुको कारण के हो ज्ञानेन्द्र?
    २. आफुलाई त्यति लोक प्रिय छु भन्ने लाग्छ भने आउनुहोस चुनाब जितेर; हजार बर्ष राज गर्नुस; हामीलाई मन्जुर छ/ जनताले बिश्वास गर्छन भने पारसलाई पनि स्वीकार्न तयार/ तर ज्ञानेन्द्र आफै भन्नुहोस के तपाई र तपाईका सन्तान भन्दा क्षमतावान मान्छे नेपालमा छैनन्?
    ३. अहिले धेरै नेताहरु खराब देखिएका छन्/ हामीले चिन्दै छौँ र अर्को पटक हामीले यिनीहरुलाई पाखा लगाउने छौँ/ अहिले हारेकाहरुले सरकारमा पुगे/ हामी चाहन्छौ यसरी हारेकाहरु शक्तिमा नपुगुन/ के यही ब्यबस्था होइन जहाँ हामीले नचाहेकाहरुलाई पाखा लगाउन सक्छौं? के ज्ञानेन्द्र लगायत उनका पक्षधरलाई यस्तो अति सामान्य नियम जुन प्राकृतिक नियम जस्तै छ, पनि थाहा छैन?

    • तपाइको प्रश्नहरुका उत्तरहरु तल हेर्नुस:
      — राजा ब्याक्ति विशेषलाई मान्ने हैन संस्थालाई हो | नेपाललाई एकिकृत राज्संस्थाले मात्र गर्न सक्छ | यो इतिहासले प्रष्ट देखाएको छ | टिक लाउने कुरा तपाई लाचार भएर गर्दै हुनुहुन्छ |
      — तपाईले अझ सम्म कुरा बुझ्नु भएको छैन रहेछ | राजसंस्था कुनै राजनीति पार्टी हैन, नेपाली जनताको अभिभावक हो | चुनाब त राजनीति पार्टीले लड्ने हो राजसंस्थाले हैन |
      — राजा ज्ञानेन्द्र भन्दा क्षमतावान मान्छे पक्कै छन् यो देशमा तर त्यस्तो मान्छेले गरिखाने वातावरण छैन यहाँ , नेताहरुको बिहारी राजनीति पनले | जन्मजात ग्रहण गरेको देशलाई एकिकृत गर्ने र सबैको सम्मान जित्ने व्यक्ति चाहिँ पक्कै छैनन् |
      — अर्को पटक हामीले यिनीहरुलाई पाखा लगाउने छौँ भनेको कति वर्ष भयो? तपाईले बिर्सिनु भयो भने म सम्झाउनछु तपाइलाई ! ठ्याक्क २० वर्ष | केहि बदल्यो त देशमा ? भिरालो लाग्दै छ अरिंगालजी देश ! १०० वर्ष मौका दिने हो यो नेताहरुलाई ?

      सबैलाई चेतना भया !

      • Netra जी,
        “राजा ब्याक्ति विशेषलाई मान्ने हैन संस्थालाई हो” सहि कुरा हो, मान्छु!
        तेसोहो भने त्यो सस्थालाई नेत्रित्वो गर्न सधै र निरन्तर एकै परिवार को मुली मात्र नभयर पुरानो गोरखामा जस्तै दौडेर राजा बन्ने नियम र प्रबित्तिको सुरुवात गरुन त! तेसोभय तपाही मा या ज्ञानेन्द्र या पारस सबै ले स्वोस्फुर्त भाग लियर राजा बन्न सुअवसर पाइन्थ्यो होला कि कसो?
        एउटा परिवारमा जन्मेकै आधार मा जस्तै नालायक र कुकृत्य भय र गरेपनि सम्पूर्ण नेपालीको अभिभावक बन्न पाउने, भुडी भित्रै बाट भत्ता खाना पाउने अनि उसको भुडी भर्न र इक्छा पुरा गर्न अर्को एउटा नेपालीले आफ्नो पसिना बगायर मात्र नपुगेर रगत र किड्नी सहित बेच्नुपर्ने कुरा कत्तिको पच्छा तपाहिलाई?
        Netra जी, परिवर्तित सन्क्रमणकालिन अबस्था को भद्रगोलता अबस्य हुन्छा र पार गर्नु पर्ने हुन्छ यतिबेला जनतालाई हरेस ख्वाउने कोशिस गर्नु भनेकोनै प्रतिगमन को मतियार हो तेसैले यसो नगरे कसो होला!

    • aringal जी यो टिक लगाउने हरु सबै शिक्षित नेपाली हरु नै हुन् | तर बिडम्बना यो सब भएको यी दलहरु को निकम्मा पन ले गर्दा नै हो हजुर |

  62. आज मेरोसंसार पढेर निकै खुशी लाग्यो | जन गणनामा र statistics मा sample लिएर निर्णय गरिन्छ | म राजाबादी नभए पनि यो देशलाई राजतन्त्र चाहिन्छ भन्ने कुरामा विश्वास गर्दछु पहिला देखि नै | आजको यो लेखबाट sample लिने हो भने यो देशमा पक्कै पनि राजतन्त्र फिर्ता आउंछ | सबै देशको आ-आफ्नो खालको “लोकतन्त्र” हुन्छ | नेपाललाई प्रजातन्त्र फाप्छ | अर्थात राजतन्त्र सहितको हिन्दु राष्ट्र अनि बहु-दल शासन |

    यो कहिले नसोच्नुस कि राजालाई जनताले फालेको हो | ती बे-कामका नेताहरुले जनतालाई झुक्कएर आफ्नो पेट भर्न सफल भएका मात्र हुन् | राजतन्त्रको निर्णय लिने जनमत संग्रहको प्रतिक्ष्यामा छु | मेरो तर्फबाट राजालाई guaranteed vote.

    श्री पशुपतिनाथले हाम्रो रक्षा गरुन र राजा आएर हाम्रो देश बचाऊ |

  63. जहाँ सम्म लाग्छ अब जनताले निर्णय लिने बेला भएको छ
    राजा सक्रिय हुन छाडेको अब २० वर्ष भैसक्यो यो बिस वर्ष भरि जनताले शान्तिको महसुस गर्न पाएनन् जता ततै हत्या हिंसा माओबादी जनयुद्ध लगभग १२ वर्ष भयो १२ वर्ष मा १५००० को ज्यान गयो आखिर के भयो त राजतन्त्र फालेर …
    भारतले देश खान लागिरहेको छ . अब ज्ञानेन्द्र बाहेक अर्को विकल्प नै छैन देश रहोस भन्ने चाहने हो भने
    जै देश जै नरेस

    • नरेशजी ! १५००० मर्नेमध्य आधाभन्दा बढी त राजाको शाहीसेनाले मारेको हो, २४० बर्षको राजतन्त्रको इतिहासमा हजारौं व्यक्तिहरुलाई बेपत्ता बनाइएको छ| देश अहिले संक्रमण अवस्थामा छ र यस्तो बेलामा अशान्त हुन्छ नै ! त्यही अशान्तको आगोमाथि घिउ थप्नेहरु राजावादी र प्रतिक्रियावादीहरु नै त हुन् | नरेशजी ! दास हुन अझै पुगेको छैन ! कठैबरा !

      • तपाईंको कुराम ankit जि ले राम्रै प्रतिकृया दिएको हो । किन भने नेपाली जनता जस्ताको तस्तै छ ।

      • ससंग जी तपाइको कुरा ठिकै हो….तर एसो सोच्नु हुन्छ कि संक्रमण काल को बहाना नेताहरुले बनाएकै ४ वर्षा काटिसक्यो आझा कति वर्ष हामी निमुखा जनता ले कर तिरेर ६०१ भ्रस्ट र तिनका भै भारदार पाल्ने हो….सबैलाई करोद जाने कार र घर दिएर ……नेता हरु पनि जनता कै छोरा हुन् नेता हुनासाथ करोडौ जाने कार छाड्ने पर्चा भन्ने नि छैन नि…..मारुती चढेर हिड्दा लाज हुन्छ र…..अस्ति सम्म जंगल मा खान नपाउदा नि ठिकै थ्यो ऐले उपरी माथि थुपारी हुदा पनि कोइ जंगल नै जन६उ भंचन कोइ लै रिबन काट्दै मा ठिक्क छ, कसैलाई गिरिजा रहेन अब उसको ठाउँ ओगट्न लै लड्दै मा ठिक छ…..हामी चै सदै यी खाते लै कर तिर्दै पाल्दै गर्ने र/….राजा नै ल्याउनु पर्ने नि होइन….तर अब हामी आफै ले सबैलाई खबरदारी गरौ न…किन ज्ञाने लै गाली गर्ने….बोल्ने सबैको आधिकार हो….कसैको पछाडी अन्धो भक्त भएर नहिदौ तर ठिक लै ठिक त बेठिक लै बेठिक भन्न चाही पछाडी नपरु ……जय नेपाल…..

      • प्रतिक्रियावादीहरुले मलाइ हुल बाँधेर हजार वटै रातो बुढी औंला दिएपनि म बिचलित हुन्न क्यारे ! बरु मेरो कमेन्टबाट तिलमिलाएका प्रतिक्रियावादीहरुले दिएको ९६ रातो बुढी औंला देखेर मा रोमान्चित भएको छु|

  64. अहिलेको कुतन्त्र भन्दा त राजतन्त्र नै ठिक थियो नि | कम्तिमा शान्ति सुरक्षा र अमनचयन त थियो | अहिलेका यी डाँकाहरुले त देश नै लुटी सके | देश दिनप्रतिदिन जर्जर हुँदै गैरहेको छ , अचेल त झन् | राजा आउ, कडा शासन ल्याऊ | म त यहि भन्छु | अब गिरिजा पनि रहेन | तर राजा आएपछि नियम चाहीं कडा हुनु पर्छ है | हुलदंगा गर्ने हरुलाई एक एक गर्दै ठिक पार्नु पर्छ | नेपाल बन्दलाई सधैं को लागि बन्द गर्नु पर्छ | नमान्नेलाई जेल हाल्नु पर्छ |

    • कस्तो राम्रो कुरा गर्नुभयो रंजन जी कडा कानुनले नै मान्छे अनुसासित हुन्छ . सम्पूर्ण जनता इमान्दार र अनुसासित भएर काम गरेमा कुनै पनि तन्त्र चाहिदैन .

  65. गंद्र ले भनेको कुरा ठिक हो किनकि नेता हरुलाई चुर्चिको लोवे गर्छन त्यो भन्दाता राजा आएकै ठिक हो

    • हा…….अनि गंद्र भनेको के नि गन्द्रुक….? चुर्ची भनेको गन्द्रुकको झोल होला नि है…!!!

  66. ग्येनेंद्र ठिक हो. उसलाई उस्को घरको राजा बन्न मन लाग्यो . हामी सबै आफ्नो आफ्नो घरको राजा हौं.

  67. श्री ५ ज्ञानेन्द्र को जय होस् ! राजा आउ देश बचाऊ ! ६०३ कुकुर हरुलाई पार लगाउ !

  68. हामी नेपाली हरु ले प्रभु येसु क्रिस्ट को प्रेम लाई चिन्नु पर्‍यो देश को बिकाश र शान्ति को लागि
    आज हामी नेपालीहरु युरोप मा जान मन पराउछौ युरोपियन हरु को दिमाग जस्तो हुन मन पराउछौ युरोप को समान हरु प्रयोग गर्न मन पराउछौ युरोप मै बसो बास गर्न मन पराउछौ तर युरोपियन हरु ले अगालेको पायेको पर्मेस्वोर पर्भु येसु क्रिस्ट किन हामी ले किन चिन्न कोसिस र चासो राख्नदैनौ कुन्नी । पर्भु येसु क्रिस्ट आज भन्दा २००० साल अगाडि यो धर्ती मा आउन भन्दा अगाडि सारा युरोपमा बेब्लोन धर्म थियो क्रिस्टिअन धर्म थिएन तेतिखेर युरोप मा अहीले को जस्तो हाम्रो देश नेपाल को जस्तो समसै सम्स्या थियो । तर जब पछी आयर जब युरोप को मानिस हरु ले पर्भु येसु क्रिस्ट मात्र सान्चो सत्त्य पर्मेस्वोर हुनुहुन्छ भनि बेब्लोन धर्म लाई छोडी क्रिस्ट धर्म लाई अपनाए तब यू एस् ए यू के जस्ता देश हरु मा पर्मेस्वोर येसु क्रिस्ट को आसिक पाउन थाले तेसैले आज हामी आयेर हेरौ ती देश हरु विश्व को सक्तिसाली हुन पुगे तेसैले हामी ठकुरी हरु सबैले क्रिस्ट को जिवनी लाई आज नै अनुसन्धान गरि आफ्नो हेर्दये मा आज नै निम्म्त्याउन सबै नेपाली दाजु भाई दिदी बहिनीहरु लाई म बिनम्र अनुरोध गर्दछु/ नेपालीहरु ले प्रभु यसु क्रिस्ट लाई नचिनेको करण हाम्रो देश नेपाल खत्तम हुन पुग्ग्यो र हामी हरु क्रिस्ट लाई चिनेको देश युरोप मा जान मज्बुर हुन पुगेउ । तेसैले अजै पनि समय छ हामी ले पर्भु येसु क्रिस्ट लाई आफ्नो जीवन को पर्मेस्वोर बनाउ किन भने उहाँले भन्नु भएको छ पर्मेस्वोर को बचन बाइबल ले भनेको छ २ ईतिहास ७ को १४ पद मा यदि मेरो आफ्नै नाम दिएको प्रजाले आँफैलाई नम्र पारेर पार्थना गर्छ र मलाई खोजेर आफ्ना दुस्ट चाल हरु बाट फर्कन्छ भने म स्वोर्ग बाट तिनीहरु को पार्थना सुन्नेछु र तिनीहरु को देश लाई नीको स्वोस्थ पार्नेछु ।

    • (बिनोद सेन जी )ए हजुर कति डलर मा बिकेर क्रिश्चियन धर्म को वकालत गरिरहनु भयको छ ? “काम कुरो एक तिर कुम्लो बोकी ठिमी तिर” प्रसङ्ग के छ कुरा धर्म को सबैलाई थाहा छ नि नेपाल धर्म निरपक्ष्य देश घोषणा भयो भनेर …सबैले देखे सुनेकै कुरा हो क्रिश्चियन धर्मको नाम मा डलर कुम्लायाको तपाई हरु जस्ता पादरी हरुले बाइबल मैले पनि पढेको छु कुनै पनि धर्मले नराम्रो काम गर्न कहाँ भनेको छ र ? मैले धर्मलाई अवहेलना गर्न खोजेको चाही होइन है मात्र प्रसङ्ग नमिलेको भएर मात्र……..

    • हे मुर्ख बिनोद ..के तिमीले बाइबल पढेको छौ..वा त्यसै इशाई धर्म को वकालत गर्छौ…बाइबल को साचो रुप एकदम घिन लाग्दो छ..मैले पुरानो तेस्तामेंट र नया तेस्तामेंट पढेको छु..त्यो अति नै सानो चित्त र सानो विचार भक्को छ ..आँखा खोला हे मुर्ख

    • तिमि गलत हो मित्र धर्म संग तुलना नगर देसको समस्यालाई….तिमि येसु मान्छौ….अर्को बुद्द मंछा अर्को हिन्दु मान्छा अनि के सबैले आफ्नै धर्म संग तुलना गर्ने अनि देशलाई धर्मको आडमा परिबर्तन गर्न खोज्ने????यो राम्रो हैन एसले समस्या समाधान हैन झन् बद्हौछा बरु सबैलाई…….

    • nepali जनताले नाम मात्रको राजतन्त्र गणतन्त्र लोकतन्त्र प्रजातन्त्र धर्मतंत्र भन्दा पनि शान्ति र अमनचयन चाहेका छन् यीनै कुराको आसमा जनता भेडा जस्तो बनेका छन् ……

    • अति भो यार. कति पछी लागेको डलरको . ये बाबा आफ्नो कर्म, संस्कृति सबै बिर्सेर मुला क्रिस्टियन बनेका छन् यार, यहाँ कुरा एउटा हुदै छ साथि लाइ यहाँ पनि यशुको नाम जप्दै फुर्सद छैन यार. बिनोद सेन बाबु यशु क्रिस्ट कै नाम लिदै बस्नुस, भोलि त्यै नाम ले दंगा भए पछी दंग पर्नु होला. जीवन को मुलभूत प्रश्न हरुको उत्तर खोज्नु हुन्छ भने बेद पढ्नुस होइन डलर खोज्नु भाको हो भने तपाई कै बिचार. मैले सुनेको त अझ Protestant हरुले त टन्न दिन्छन रे तपाई कता तिर हुनुहुन्छ.
      रह्यो राजतन्त्र को कुरो, नेपाल लाइ नेपाल नै रहन दिनु छ र शान्ति र सुरक्षित भएर बाच्ने हाम्रो अधिकार सुनिस्चित गर्ने हो भने “राजा आऊ देश बचाउ”.

    • मुर्ख बिनोद, तिम्रो यसु जन्म नलिदाखेरी नै हिन्दु धर्म यो विश्व मा थियो अनि बुद्ध ले संसार भरि बौद्ध धर्म विस्तार गरिसकेका थिए, तिम्रो भनाइ अनुसार त् नेपाल मा २००० वर्ष पहिले देखिने भद्रगोल थियो, मुर्ख नेपाल भद्रगोल भएको २० बर्ष मात्रै भयो, जुन तिमि हरु जस्तो फटाहा क्रिस्टियन नेपाल मा छिरे पछि भएको हो ………

    • साथी हरु हो यौटा कुरा नबिर्सौं कि अहिले संसार मा ४५ भन्दा बढी इस्लामिक देश छन् क्रिस्टियन नेतृत्व भएका देश पनि टन्नै छन् अनि बिश्वो को तेश्रो ठुलो धर्म अनि एउटा पनि हिन्दु kingdom chaina.. तेसैले नेपाल लै फेरी हिन्दु kingdom बनाउनु पर्छ.

  69. साथीहरु मैले माथिको सबै कमेन्ट र तेस्को प्रतिक्रिया हरु पढेर हेर्दा नेपाली जनता ले अब राजतन्त्रनै चाहेको छ / यो चोर नेताहरु भन्दा त राजतन्त्र नै ठिक छ मेरो लागि /

  70. स्व. गिरिजाले भन्ने गरेको “ग्राण्ड डिजाइन” को सार्थकता ज्ञानेन्द्र को अन्तरबार्ताले पुस्ठी गरेको छ ! गिरिजा मर्दा त्यो “ग्राण्ड डिजाइनको” यथार्थ साथै लिएर मरेकाले, अब ज्ञान दाइको दिन खुलेको छ, चेतना भया !

    हामि नेपालीको भाग्य नै तेस्तै हो, न त सबै कुरा बुझ्न खोज्छौं, न त बुझ्ने अवसर नै पाउछौ !

    दर्बार हत्याकाण्डको नायकको थियो…अड्कल-बाजीको बिकल्प छैन !
    मदन भण्डारी को हत्या कसले गर्यो ? माओबादीले अमर लामालाइ मारेपछि, अड्कल-बाजीको विकल्प छैन !
    अब देश पनि अड्कल-बाजी मै चलाउनुको बिकल्प छैन !

  71. खासगरी गयानेंदर्ले कुरा जे गरेपनि नाता नेपाल मा गदतंत्र आयर केहिभायो नत लोकतन्त्र आयर केहिभायो खाली नेताहरु कुर्चीको दहुपेच्मा लागे जुनसुकै जोगी किन नआओस अहिले भयका कुनाही पनि नेताले देस र जनताको लागि कम्गर्ल्लन वन्नेकुरमा नेपाली जनताले बुजिसके . हालत सधै उस्ताही छ अबत कस्लाही हर्ने हो

  72. मेरा सुझाबहरु:-
    १. नेपाली जनताले सदासयता देखाएर एउटा नागरिकको हैसियतमा कुनै बाधा नपुर्र्याई सहज जीबन यापन गर्ने अवसर दिएका हुन्/ त्यसको अधिकतम उपयोग भनेको नागरिकको हैसियतमा सामान्य जीबन यापन गर्नु नै हो/ होइन अझै पनि छिर्के दाउ हेरेर धमिलो पानीमा माछा मार्न खोज्ने हो भने संसारमा राजतन्त्रको अन्त्य हुँदा राजाहरुको जे हबिगत भएको थियो त्यो नेपालमा पनि हुन सक्छ/
    २. जनता अहिले असन्तुष्ट छन् सत्य कुरो हो/ तर बुझ्नु पर्ने कुरा के हो भने जनता व्यवस्था (System) प्रति नभई ब्यबस्था(System) लाई ब्यबस्थित (Systemetic) गर्न नसक्ने नेता र नेतृत्व प्रति असन्तुष्ट छन् र सक्षम नेता र नेतृत्व खोजेका छन्/ पारस शाह जस्तो बहुलट्ठक जन्मजात शासक हुने ब्यबस्था प्रति कुनै पनि सचेत प्राणीले यो युगमा समर्थन जनाउन सक्दैन/ त्यसैले जनताको असन्तुष्टीको निस्कर्ष जनताले राजालाई ब्युताउना चाहन्छन भन्ने निकालेर अहिले पनि जन्मजात शासक हुने सपना देख्ने हो भने भिरबाट लड्ने गोरुलाई कमल थापाले पनि राम राम मात्र भन्ने हुन् राजतन्त्रको समाप्ति संगै संसारका राजाहरुले भोगेको नियति भोग्नबाट त्यतिबेला कसैले जोगाउने छैन/ नेपाली जनताले दोश्रोपटक त्यो सहुलियत दिने छैनन्/
    ३. देश र जनता प्रति राजाहरु कति समबेदनशील कति असम्बेदनशील भन्ने कुरा अब तपाई ज्ञानेन्द्र शाहले सायद भनिरहनु पर्दैन/ र, अब साच्चिकै देशको चिन्ता छ तपाइँ भित्र भने आजैका दिन देखि समाजसेवामा लाग्नुस्/ होइन शासक बनेरै देशलाई गति दिन्छु भन्ने लागेको छ भने (सायद अबको ब्यबस्थामा देशको कार्यकारी प्रमुख जनताबाट प्रत्यक्ष चुनाब जितेर आउने छन्) आउनुहोस चुनाबी मैदानमा, हाम्रै सहानुभूतिले त्यो अधिकार पनि तपाईमा सुरक्षित छ, जित्नुहोस चुनाब गर्नुस देशको विकास/ हामी फेरी पनि तपाईलाई प्रधानमंत्री वा राष्ट्रपतिको रुपमा स्वागत् गरौला/ himmat छ?

    • नेपाल मा राजनीत दल हरु बाट भए को विकास भने को मोबइल (संचार) को विकास मात्र भए को छ अरु ……………………………… सबै राजा को पल मा भए को हो

  73. पुर्व राजा र कमल थापा मात्र हैन, गच्छदार भन्ने जन्तु पनी उसको कच्छा छोड्ला झई गरी “नेपाल लाई फेरी जसरी भए पनी हिन्दु राष्ट्र बनाउछु” भनी फुर्ती गर्दी छ! हिजो अस्ती भर्खर विदेशी प्रभु हरुको दर्शनमा जाँदा कान फुकीमागेछ कि के हो!

    यो बिहारी राजनिती गर्ने कच्छादार संग सतर्क हई!!!

  74. हरिकृस्न
    तपाइलाई मेरो १०० % समर्थन ६ एकदम चित्त बुज्दो र वास्तविक कुरा गर्नु भयो तपैले

  75. ahile राजा र माओबादी milekaa Chan
    माओबादी राजा baadee भएका Chan
    राजा माओबादी भएका Chan
    uniharu puraano mitra हुन्

  76. एक चोटी यो मेरो संसार सिटे मा नै jan mat sangraha garera herum na ke hudo rahechha?????

  77. राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्र मध्ये जुन तन्त्र आउदा सुख, शान्ति र स्वतन्त्रता पुर्बक बाच्न पाइन्छ त्यही तन्त्र चाहिएको छ मलाई त |

    • हो ठिक कुरा हो राजतन्त्र आएर देश शुखी हुन्छा भने हामी सबै नेपाली जनता फेरी पनि तयार हुनु पर्छा. पहिला शुख सान्ति होला भनेर तेत्रो आन्दोलन गरियो साले सबै चोर हरुले पहिला को भन्दा देश लै बिगारे. मलाई देश मा आजै औता ठुलो revolution लौनू पर्छा जस्तो लाग्छा. यी माओबादी हरु लै १३००० मारेर पुगेन अब १३ लाख मर्ने विचार मा छ तेश मद्ये आफु चै सबै सकिन्छन.

    • बिराज जी ले भन्नु भयको कुरा ठिक हो | हामीलाई सुख, शान्ति र स्वतन्त्रता चाहियको हो अरु केहि हैन | तर यसो भन्दैमा गइ सकेको राज तन्त्र फर्काउने कुरा चाही राम्रो भयन | राजा हरुले सदियौ शासन गरेकै हुन् तर के नेपाल अगाडी बढेको थियो ? यो कुरा बुझ्नु जरुरि छ | हो अहिले का नेता भनौदा हरुले देश लाई खाडल मा धकालिसके तर यो भन्दैमा सधै आजकै नेता बाकी बस्छन भन्ने छैन | बिस्तारै बिस्तारै जनताको मत को कदर हुन्छ | नराम्रा हरु हट्दै जान्छन अनि कुनै दिन जनताले नै रोजेको असल अनि इमान्दार व्यक्ति बाट जनता शासित हुन्छ | अमन चैन, सुख, शान्ति र स्वतन्त्रता अनि मात्र आउछ |

      हरेक राम्रो काम को लाई समय लाग्छ सथिहो आत्तिनु हुन्न | नया युग को सुरुवात गिरिजा को मृतु बाट हुदैछ अत: आशा गरौ अब को नया युग राम्रो युग हुनेछ |

      democratic system भन्दा राम्रो system नै छैन | जनता बाट छानियकाले जनतालाई शासन गर्ने अनि फेरी केहि समय पछि पुन निर्बाचन गरिने र फेरी छानिने | यसो हुदा बिस्तारै बिस्तारै नराम्रा हरु बाटो लाग्नेछन अत: कुनै न कुनै दिन हामीले सोचे जस्तो सुख, शान्ति र स्वतन्त्रता पुर्बक बाच्न पाइन्छ |

  78. उम्केको माछा ठुलो भेने जस्तै हो नेपाल क नेता हरु कुनै पार्टी का पनि ठिक होइनन सबै नाता बाद कृपा बाद देश र जनता लुटेरा हुन् राज तन्त्र नेपाल को लागि राम्रो कुरा हो तर राजा बिगार्ने नेता हरुनै हुन् हरुवा नेता हरु मन्त्रि तेस मा पनि कति मन्त्रि कति मन्त्रि पुस्पा कमल ले जनता को नाममा जनता नी कति मरे धुखा दे त्यो जनता लै थाहा छ झन् अहिले त देश टुक्रा पर्न लग्गेको छ उ यौटा गफाडी मात्र हो गिरिजा जी मारेर गय आज उनको हाई हाई छ तर उनले पनि केहि गरेनन कुनै दिन उनि सित केहि गर्न सक्ने पावर थियो समग्र मा हेर्दा नेपाल लै राजा ठिक छ तर सुधारियाका राजा विदेश का राजा जस्ता

  79. अहिले को गणतन्त्र भन्दा चाई राजतन्त्र नै ठिक लागेको छ मलाई चाई / साथी हरु र आम नेपाली जनता लाई चाई कस्तो लाग्ने हो कुन्नि ?जय नेपाल/

  80. माइसंसार मा अनापेक्षित रुप मा राजतन्त्र को वकालत गरेर एती धेरै जनता ले गणतन्त्र लोकतन्त्र वादी हरुलाई झटारो हानेको कुरा सत्य हो . हरेक नाम गरेर फरक फरक तन्त्र ल्याए तर आखिर नेपाली जनता ले चाही राजतन्त्र नै मन पराए जस्तो छ…. हेरौ हेरौ भन्दा भन्दै देश खाडल मा पुगी सक्यो… सुसाशन को खाचो छ नेपाल लाई बेलैमा…… र मैसंसर लाई पनि जनमत संग्रह को लागि आव्हान छ…

  81. साथी हो सबै लाई हेरेयौ, सबै एक से एक फटाहा हुन् ,तेसैले मा भन्छु विचार गरम अझ पनि बिग्रेको छैन राजा लै नै ल्याउम् ,राजा भने पछि नेता हरु थर्र्र्रर्र्रा त हुन्छन,तिनीहरु लाई रोक्ने तिनी हरु लै तर्साउने कोइ त हुन्छ ,नेता हरु को भगवान भारत लाई बनाउनु भन्दा राजा लाई नै बनाम न . कांग्रेस नि पहिला माओबादी जस्तै क्रान्तिकारी पार्टी थियो हैन र कांग्रेस ले प्रजातन्त्र ल्यायो भंचन हैन र ,तर आज हेरुम न सबै भन्दा फटाहा नेता हरु नै कांग्रेस क छन्,माओबादी क अहिले क नेता तेस्तो न होलान तर यौता लक्ष्मन् रेखा न कोरे क हुन्छ के .पहिले त राजा थिए थिए सबै भन्दा ठुलो अब त को सबै नेता हुन्.
    कुनै नि डाँका ले आफ्नो गिरोह मा कसैलाई पस्न न देको जस्तै,पार्टी पनि यौता गिरोह हो,आफै खाम अरु लाई पस्न न दिने हुन्.पहिले त यौता राजपरिवार थियो,अहिले जति वोटा दल तेतिवोता राजपरिवार.आखाँ खोलम ,नेता हरु लाई क छ भारत ले हमको देश बेचो हम अपना सेना तुम्हारे देस मे भेज दिंगे तुम पैसा ले को विदेश मे बिथो भने कुन नेता लोभिन्न,येसो सोचम कुन छैन नेता देश को लागि छ अहिले ….

  82. राजा र उनका परिवार को हत्यामा बिदेशीको हात छ. बिह्चरा ज्ञज्ञनेन्द्र. हत्या छिमकी मुलुकको गुप्तचर संस्था को इशारा मा नेपाली आर्मी लै गाराको हो.

  83. दरबार हत्याका बारेमा जे कुरा भने पनि ज्ञानेन्द्रका कुरा जनताले पत्त्याउदैनन/किनकी आफ्नो परिवारको कुनै सदस्य पनि नमर्नु तर दाजु भाई को परिवार सबै मारिनु संयोग हुन सक्दैन/ दरबार काण्ड पछिनै नेपालमा राजतन्त्रको बारेमा व्यापक प्रस्न उठान हुन थालेको थ्यो./यदि दरबार काण्ड हुदैनथ्यो भने राजतन्त्र यति चाडै समाप्त हुदैन थ्यो /रिपोर्ट ले जे भने पनि त्यस मा लेखियका बिबादास्पद कुराहरुले रिपोर्टको खण्डन गर्छ /जे भयपनि जनताले राजाको रुपमा मानेकै थिय तर ज्ञानेन्द्र आफैले आफ्नो खुट्टामा बन्चरो हान्ने काम आफु सक्र्य भयर हो.पार्टी हरु लै घटिया आरोप नलगाउनु पर्थ्यो /अनि आफ्नो दरबार को बजेट आफैले बडायर १२ करोड बाट ७५ करोड पुरयाउनु हुदैनथ्यो/गरिब देस मा धनि राजा बन्न खोज्नु पक्कै पनि राम्रो होइन /नेपाल को भौगोलिक अबस्थाले गर्दा राजसस्थाको जरुरि अजैपनि देखिन्छ /तर जनताको भाबना अनुसार चल्ने राजा बन्न नसक्नु नेपालका राजाहरुको दुर्भाग्य नै हो र ज्ञानेन्द्रको मुर्खता पनि /तर नेपालको राजनीतिक केहि अनुमान लगाउन नसकिने भयको छ /यस्तै चाल हो भने कुनै दिन राजतन्त्र आय कुनै आश्चर्य भने हुने छैन /तर जे होस् है जो आय पनि चाल त उही हो./मतलब गर्दिन भने पनि नहुने भने/ कहिले कहिँ त सोच्छु फेरी अर्को काण्ड किन हुदैन नेपालमा चोर नेताहरु सकाउने /सब चोर भयर हो देस बिग्रेको.कमसेकम देस र जनता को बारेमा आफ्नो दिमाग ले त सोच्नुनी/

    • ज्ञानेन्द्रको मात्र किन कुरा गर्नुहुन्छ साथि, बिरेन्द्र ले पनि आफ्नो बाउ ( तत्कालिन राजा ) महेन्द्र लाइ जंगल मा सिकार खेल्न जादा मारेर नै आफु राजा भएको कुरा अहिले सम्म रहश्यमय नै छ….

  84. सुझाब:-
    १) नेपाली जनताले राजतन्त्रको समाप्ती पछि पनि पूर्व-राजालाई सहज रुपमा नागरिकको हैसियतमा जीवनयापन गर्न दिएका छन्/ नेपाली जनताले दर्शाएको त्यो सहानुभूतिको अधिकतम उपयोग भनेको नागरिककै हैसियतमा जीवनयापन गर्नु हो/ होइन फेरी राजा बन्ने सपना देखेर यसै गरी बर्बराउदै हिड्ने र धमिलो पानीमा बल्छी खेल्ने हो भने नागरिकको हैसियतमा बाँच्न पाउने अधिकारको त कुरै छाडौं संसारका राजाहरुको राजतन्त्र समाप्ति पछि जे हबिगत भएको थियो त्यही हबिगत होला/
    २) अहिलेको अबस्थाबाट जनता रुष्ठ भएको पक्कै हो/ त्यसबाट जनताले राजतन्त्र नै ठिक थियो भन्छन भन्ने निष्कर्ष निकाल्नु ठुलो दुर्भाग्य हुनेछ/ जनताले यो व्यवस्था (system) बेठिक भनेका होइनन र व्यवस्था प्रति रुष्ठ भएका पनि होइनन/ जनताले त सहि व्यबस्थाको लागि सहि नेता नभैदिएकोमा असन्तोष ब्यक्त गरेका मात्र हुन्/ राजतन्त्र त न व्यवस्था (system) ठिक अझ त्यसमाथि तपाईहरुको आफ्नै अनुहार हेर्नुस ( त्यो पनि जनताले राम्रो संग चिनेकै छन्)/
    ३) देशको साच्चिकै चिन्ता छ भने देशबासीले राजा होइन असल नेता र नेतृत्व खोजेका छन्/ जनताको उदारताको कारणले तपाइँ चुनाब लड्न पाउने अधिकारबाट बन्चित हुनुहुन्न/ आउनुहोस चुनाबी मैदानमा (सायद अब देशको कार्यकारी प्रमुख सिधै जनताबाट निर्बाचित भएर आउने ब्यबस्था हुन्छ होला), जित्नुहोस चुनाब, र दिनुस देशलाई गति/ हामी सबै स्वीकार्न तयार छौं/ होइन जन्मजात शासक हुन पाउने छिर्के दाउ खोजेको हो अझै पनि भने भीरबाट लड्ने गोरुलाई कमल थापाले पनि राम राम मात्र भन्ने हुन्/

    • अरिंगल जी, धेरै चित्त बुझ्दो प्रतिक्रिया दिनु भएछ…/ बगी सकेको खोलाको पानी अब कहिले पनि फर्किएर आउदैना…// कमल थापा, पशुपति सम्सेर, खुमे, दरबारको कुकुर कटुवाल हरु जस्ता निरंकुशी राछ्यासहरुले ज्ञानेद्रको शासनमा फेरी मोज गर्ने छु भनेर दिउसै सपना नदेखे हुन्छ // भिर बाट गोरु लडी सक्यो र मरी सकेको अबस्थामा पनि अब यी मण्डलेहरुले मरेको गोरुलाई बचाउने काम गर्नु भनेको बढो हास्यास्पद कुरा हो.///

  85. माईला दाईको चलखेल र यता उपप्रधानमन्त्री को हिन्दु राज्यको बोलि ले फेरी नेपाल मा केहि हुन लागेको संकेत दिदै छ.अब भविष्य हेर्ने बुडा पनि रहेनन्.नेपाली जनता ले फेरी के सास्ती खेप्न पर्ने हो होसियार.सबै काबिनेट मन्त्रि,पूर्वराजा तथा रास्ट्रपति दिल्ली भ्रमण सकेर बसेका छन्, सबैलाई निर्देसन भै सकेको छ कि भारत ले अब क कदम चल्ने हो भनेर. कसैको केहि लाग्दैन हाम्रा सबै नेता हरु एकपटक दिल्ली भ्रमण गरेपछि खोपडी मा चिप धारण गरेर आउछन.अब जनता ले आफ्नो मानसिकता मा परिबर्तन गरे हुन्छ कि हामी को बाट सासित छौ.

  86. राज तन्त्र को ईतिहास समाप्त हुनुमा कहाँ निर कमजोरी भयो? यो प्रसं को उतार मा ज्ञानेन्द्र ले राज तन्त्रको ईतिहास समाप्त भएको जस्तो त् लाग्दैन भन्नु को गलत अर्थ लगायो कि जस्तो लाग्यो/ इतिहास कहिले मित्दैन चाहे त्यो राज तन्त्रको होस् बा कसैको/

    नेपालमा कसैले माने बा नमाने पनि नेपाल को संरचना र जगेर्ना मा राजतन्त्रकै हात छ/ यो इतिहासमा उल्लेख भईनै रहने येथार्ट नै हो/ यो कुरा उतरमा हिमाल, दछिनमा बिहार, पूर्वमा मेची र पछिम मा महाकाली भएको यो मुलुक नबिलाये सम्म रहिनै रहने छ/

    मानिस परिबर्तन चाहन्छ/ परिकल्पनाको संसार खोजिनै रहेको हुन्छ/ २००७ साल मा केहि परिबर्तन को अनुभुटी भयो/ तेस्पछी २०१७ सालमा पनि परिबर्तन नै भएको थियो/ अनि २०४६ सालमा पनि ठुलै उपलब्धि भयो भनि नाचेकै थियो/ अहिले ती सबै ठिक रहेन छ भनि लोक तन्त्र खोजि रहेको छ/ लोक तन्त्र पाएकै त् छैन पाउलाकी भन्ने आसमा जनता बसी रहेको छ/

    अब राजकीय ब्यबस्था मा लोकतन्त्र को बिकल्प छैन/ तर लोकतन्त्र धान नसक्नेको हातमा नेत्रित्वो परे देसमा फेरी हुकुम तन्त्र नै फर्कन्छ/ त्यो हुकुम तन्त्र कसैको पनि हुन् सक्छ/

    तेसकारण राजाले चाहेर राज तन्त्र फर्कने होयिन फताह नेताहरुले देसमा लोकतन्त्र सम्हाल्न सकेन भने राजतन्त्र फर्किन सक्ने मात्र होयिन राजा बात एकिकृत नेपाल पुन टुक्रा टुक्रा हुन् पनि सक्छ सिमा बदलिन पनि सक्छ सिमा हराउन पनि सक्छ/

  87. कहिले बुढो मर्ला र राजतन्त्र फर्काउने बारे बोलुँला भनेर बसेको रहेछ ज्ञानेन्द्र । धन्न ति बुढाले भूतपूर्व राष्ट्र प्रमुखले पाउने सर सुविधा दिएका छन् र नेपालमा बस्ने वातावरण बनेको छ । ज्ञानेन्द्रलाई भए भरका सम्पत्ती छोडेर विदेशीन मन छ कि क्या हो नत्र किन बक बक । अब राजतन्त्रकव गाडि छुटी सक्यो । सक्छौ भने राजनीतिमा आउ र राष्ट्रपति बन । गयो राजतन्त्रको जमाना । नेपाली जनताले ज्ञानेन्द्र र उनका सन्तान पारस जस्ता गुण्डा भोली राजा भएर देश बर्वाद पार्छ भनेर राजतन्त्रको जरा उखेलेका हुन्। विरेन्द्र र दिपेन्द्र रहेको भए राजतन्त्र उन्मुलन सायद हुने थिएन। रह्यो राजदण्ड र श्रीपेच नासो दिएको कुरा । त्यो नासो नेपाली जनताले कमाएर राजालाई टेक्न र लगाउन पो नासो दिएका हुन्। त्यो उनको बौपती होइन । त्यो जनताको नासोको रूपमा संग्रहालयमा रहने छ र भावि पुस्ताले त्यसलाई लोकतन्त्र विरोधी पापी राजासित नेपाली जनताले खोसेर लिएका भनि बुझ्ने छन्।

  88. जो सुकै आए पनि नेपाल र नेपाली को बिकाश गरौ भन्ने भावना लिएर आए सबै नेपाली ले स्वीकार गर्ने कुरा हो/ तर नेपाली जनता ले विश्वास कसलाई गर्ने भन्ने भैसक्यो, ऐले पनि माकुने चाकडी गर्न मै ब्येस्त छ, काँग्रेस त अबिबाहक बिहिन भैहाल्यो, माओबादी ऐले सत्ता मा र जनता माझ आएर पनि फेरी जुन्गले पस्छु भनेर घुर्की देखौछा अरु त झिना मसिना भैहाले/ देश मा की गर्न सक्ने ले पनि मा बाट माथि उठेर देश र जनता हेर्न छोडेर जनता को कर को पैसा मोज मा नै उदाएका छन्/ ज्ञानेन्द्र हुदा ८-१० ओटा पजेरो, मेर्चेडीस बेन्ज, आदि हुन्थ्यो ऐले त ६०१ र तिनीहरु का परिवार मा छ त्यो पनि लुछाचुडी छ….सबै स्याल ले सिनो मा रजाई गरिरहेका छन्, न त देश को सेकुरिटी को चिन्ता छ न त देशबाशी को नै…..कमसे कम ज्ञानेन्द्र हुदा त केइ नभए पनि सेकुरिटी थियो….न त मैले ज्ञानेन्द्र नै आउनु पर्चा भनेको हो न त कुनै नेता नै…तर जो आएपनि म र मेरो स्वार्थ नभनी देश र देशबाशी को लागि गर्न पर्यो …..कुनै समएमा फ्रान्स म क्रान्ति आउदा राजा लै जनता ले मरेका थिए तेस्तै नेपाल म पनि क्रान्ति आउन सक्छ जसमा राजा हैन नेता हरु पर्चन…..तेसैले नेता हरुलाई देश र देशबाशी को हित को लागि काम गर्नु पर्चा भन्ने चेतना भयो भने राम्रो हुनेछ….ऐले सोचे बचियेला ….ढिलो सोचे भन्न सकिन्न…..तेसैले ऐले बाट देश र जनता को लागि गर्न थालौ….जय नेपाल …..मेरो देश….मेरो मातृभूमि…..मेरो माटो ……जहाँ भएपनि आफो देश आफ्नै हुन्छ….देश को माया झनै हुन्छ….मेरो प्यारो नेपाल…….

  89. अब राजा आउने अवस्था बन्न लागेको छ । नेपालमा राजनीतिक दलले राष्ट्रको मर्यादा राख्न सकेनन् । अहिले विदेशी राजदूतले चलाउँछन् मुलुक । मिडिया ल्यापडग बनेको छ विदेशी विज्ञापनको लोभमा । पढेका मासिन विदेश भासिएका छन् ।

    देशमा हिजो राजा हुँदा भन्दा आज गणतन्त्रमा धेरै गन्हाएको व्यवस्था तयार हुँदैछ । शब्दमा सरकार र व्यवस्था आफ्नो आयो तर देशै अर्काको बन्यो नि ।

    • ” शब्दमा सरकार र व्यवस्था आफ्नो आयो तर देशै अर्काको बन्यो नि ।”
      हरिकृष्ण जी अति वास्तविक र मार्मिक शब्द भन्नुभो, हामी नेपाली नेता अनि जनतामा नभएको सबैभन्दा ठुलो कुरो भनेको दुरदर्शिता हो, जहिले पनि भेंडा जस्तै अरुको पछाडी दौदिन्छौ अनि दुख्ख पाउछौं, हतारमा निर्णय गर्छौं अनि फुर्सदमा पछुताउछौँ…..

      • ज्ञाने दाइ !!!नेपालि जनताको जीउधन अनि देश को शान्ति सुरक्षा प्रति साँच्चै नै चिन्तित हुनुहुन्छ भने तिम्रो पुनरागमन नभएकै राम्रो हुन्छ !ईतिहासका थुप्रै घटनाक्रम साँची छन् अस्ताएका शासक हरुको पुनार्गमन सजिलै सम्भब छैन कथम कदाचित भैहाल्यो भनेपनि देशमा अमन चैन होइनकी झन् ठुलो जनहत्या अनि सङ्कट उत्पन्न हुन्छ भन्ने कुरामा कुनै द्वुबिधा छैन !!! बरु प्रजातान्त्रिक प्रक्रिया बाट यदि जनताले मत दिए भने जननिर्बाचित प्रतिनिधिको रुपमा केहि हद सम्म ठिकै हो तर शाशक को रुपमा भने होइन !!!

    • हरि क्रिश्नाजिको कुरामा सहमत छु यो कुरा राम्रो लग्यो

  90. साथीहरु हो….!! माइला दाई त्यो दरबार हत्याकाण्डमा नहुनुको कारण निक्कै गहिरो छ…त्यो हामीले बुझ्न सक्दैनौं…उखानै छ नि ”चोरको हजार दाउ हुन्छ भन्ने” ….माइला दाई ले यसरि नै गोटी चालेको बुझिन्छ….खै माइलि भाउजु लाई पनि त्यो बेला गोली लाग्यो रे…कहाँ लाग्यो भन्दा खुट्टामा.. भन्ने सुनिथ्यो…// गोली लागेको मान्छे पनि तीन दिन नबित्दै हस्पिटल बाट डिस्चार्ज हुदो रहेछ…// खै कस्तो नदुख्ने गोली लागेको थियो हो….??? बिरेन्द्रको स-परिवार चाही सबै ठाउँ को ठाउँ खत्तम हुनु….माइली भाउजु चाही हासतै हस्पिटल बाट बाहिरिनु….// दीपेन्द्रले कालो पदार्थ खाएको र गोली चलाएको….कालो पदार्थको नाम नै खुलौना नसक्ने कस्तो आयोग गठन भएको ?.तारानाथ रानाभाटको रट ट ट ट …..भट ट ट ट…. कस्तो प्रतिबेदन हो…? प्रश्न गर्दा….उत्तर नो-नो मात्र…. यस्तै यस्तै…//

    • ” बिरेन्द्रको स-परिवार चाही सबै ठाउँ को ठाउँ खत्तम हुनु….माइली भाउजु चाही हासतै हस्पिटल बाट बाहिरिनु….” हो…………. गाँठी कुरा यहिहो, जुन शक्तिले राजपरिवार खत्तम गर्यो, उसको उदेस्य नै ज्ञानेन्द्र माथि दोष थोपर्नु थियो तेसैले त्यो अदृस्य सक्ति (इंडिया )ले ज्ञानेन्द्र को परिवारलाई मात्रै बचाएको हुन सक्दैन र ? कुरा गहिरो छ, हामि भेंडा नेपालीले खाली सतहको कुरा मात्रै देख्छौं र भुझ्छौँ, त्यो समयमा ज्ञानेन्द्र चुप लाग्नुको अर्थ, बडाल्नु पर्ने कसिंगर हावाले उदायो भनेर चुप बसेको हुन सक्छ, जुन उसको जिन्दगीको सबै भन्दा ठुलो भुल थियो, तर पारश दरबारको सुरक्षा चुहाउँ पारश संलग्न भएको चाहि हुन सक्छ, गोब्रे गणेश न हो …..

      • मित्र, यहाँ त्यो सन्दर्भमा अरे….गरेको…कुराले त्यस्तो ठोस् प्रमाण दिन सक्दैन // आजको युगमा पनि अरे र गरे कै कुराको पछि लाग्ने हो भने त ”कसैले तेरो कान कागले लग्यो भन्दैमा कानै नछामी कागको पछि दौडनु जस्तै मूर्खता हो…// त्यसैले त्यस्तो मूर्ख बन्ने कोशिस आफैले नगरौं…// दरबार हत्याकाण्डको सही छान बिन नगरी कनै उल्टो जनताको प्रस्नलाई ठाडै इन्कारेर….दिउसै कर्फ्यू लगाएर….सबै हत्याको प्रमाणहरु जलाउनु नै सबै भन्दा मूल कुरा त्यहाँ रहेको छ….//

    • हिजो गिरिजा ,प्रचण्ड पी यम भएको बेला , आज मा कु ने पी यम भए को बेला हत्यारा साबित गरेर जेल मा हाल्न कसले रोकेको थ्यो र छ ?
      आफ्नो अलिकति मजाको को लागि अरुलाई के तेसो भन्नु |
      छोरा बदमास भन्ने कुरा लोक लाइ थाह छ ,ज्ञानेन्द्र पनि भोगति रहेको होलान |
      यो बुढेसकाल मा आएर उसले शान्त जिबन मागिरहेको छ ,ठिकै छ नि |

      • द्रोंजी
        गद्दी त्याग गरेर सर्ब साधारण नागरिक भई बसेको माथि यति पूर्वाग्रह ठिक छैन/ शाति सिट बस्न देउन उ पनि त् नेपालीनै हो/ नकली नागरिकता लिएका जस्तो त् छैन/ राजनीति गर्न चाहन्छ भने त्यो पनि गर्न दिनु पर्छ/

        ज्ञानेन्द्र आफै लुत्रुक्क परेर गद्दी छोडेको पनि होयिन फुरुक्क उफ्रेर गद्दीमा फेरी बस्न जान सक्ने पनि होयिन/ जनताले चाहेंन तव शिर निहुरायेरै गद्दी छोड्न बाध्य भए/ अब उसलाई गद्दी बात हताउने जनतालेनै फेरी उसैलाई चाहेमा कसले रोक्न मिल्छ/ बास्तविक जनार्दन जनता हो नेता हरु होयिनन/

        लोकतन्त्र पाउलाकी भनेर अहिलेको नेताहरुको धेरै निर्णय जनताले चुपचाप माने, धेरै कर्तुत हरु धेरै सहे/ लोकतन्त्र बहाली गर्नमा कुनै धुर्त्यायिं नहुन/ यो चेतावनी सबै नेताहरुले मनन गरि बसे हुन्छ/ ज्ञाने पुन फर्किंदैन तर लोकतन्त्र बहाली गर्ने काम मा कपट खेल कसैले खेले तेस्को नतिजा भोग्न तयार भई बसे हुन्छ/ तेतिबेला तेस्तालाई एमराजले पनि लग्न दिंदैनौ/ यो जन-चेतावनी हो/

        • मदनजी
          मा कु ने,परमानन्द हरुको नेपालि सत्ता मा हालीमुहाली !!यो भन्दा कपट खेल के हुन् सक्छ ?
          जनता जनार्दन हुन् भन्ने कुटनीति भासामात्र हो | जनता भने को भिड भाड जस्तो,हावा जस्तो आजकाल हेर्यो भने पानि जस्तो |
          अब मिठाइ देखेपछी झिंगा ले टासीरहण खोज्नु उसको धर्म हो |जनताले झिंगा फाल्नु पर्दैन ??समय बितेपछी त् धेरै कुरा बित्छ नि |

          • द्रोण जी
            नकार्न सकेन मैले तपाईं को कुरा/ ज्ञानेन्द्र अहिले मात्र साधारण नागरिक को हैसियेत्मा बसी रहेको छ/ उ आफैले आफुलाई म भू पु राजा भन्दै गरेको पनि छैन/ भू पु राजा भनेर यी नेताहरुको चम्चाले मात्रै भन्दै आएको मात्रै हो/

            एउटा नागरिकले आफु रास्ट्रपति बन्ने, राजा बन्ने, मन्त्रि बन्ने सपना देख्न सक्छन/ येस्मा यति ठुलो बवाल किन? कोहि महिने दुई महिने प्रधान मन्त्रि बन्न बिन्ति पत्र राख्दा हुने, यो दल उ दल सिट गठबन्धन राख्दा हुने एउटा साधारण नागरिकले चाहिं सपना पनि देख्न नपाउने?

            हे कपुत नेताहरु हो तिमीहरु ज्ञाने भन्दा राम्रो भएर देखाउन/ हामीले चाहेको यति मात्रै हो/ नभए तिमीहरु यो ज्ञाने जतिकै सर्व साधारण नागरिक समेत बन्न पाउने छैन/ तिमीहरुलाई अहिले पनि हामि जनतालाई धोका दिए तिमीहरुलाई पिण्ड खाने प्रेत बनाई दिने छ/ यति याद राखे हुन्छ/

  91. अरु नेता चोर भन्दा त राजा नै ठिक / पैले राज्तान्त्त्र फाल्न गरे को आन्दोलन प्रति मलाई पश्चाताप छ/ नेता हरु को काम देख्ता आफु लाइ नेपाली भन्दा पनि लाज लाग्छ/

  92. राजतन्त्र र हिन्दु राष्ट्रको बारेमा जनमत बाट मात्र गर्नुपर्छ भन्ने मेरो मान्यता
    हो

  93. हैन शान्तिले बाच्न पाइन्छ भने मलाई त स्वीकार्य छ है राजतन्त्र! यो गणतन्त्र चै सारै गारो भो भन्या

  94. हरेक नागरिकले आफ्नो भनाइ राख्न पाउनू पर्छ/जँहा सम्म मेरो मान्यता छ अबको समय र परिस्थितिलाई बुझ्दा मओबधि र राजा मिलेर यो देशलाई बचाउनु पर्दछ /साएद कोम्बोदियाको जस्तै गरि यी दुइ मिल्न जरुरि छ /सबैलाई चेतना भया /

  95. अब १४ गते भित्रमा संविधान बनेन भने चै राजतन्त्र फेरी आउन पनि सक६ है साथीहो .
    सायद राजा पनि तेई दाउ मा होलान

  96. इन्डियाले तीन तिरबाट आ मुख बायर बसेको छ अब नालायक नेताहरुले गर्दा बिस्तारै खान्छ
    अनि नरहे बास नाबजेगा बासुरी हुन्छ बेलैमा चेत खुलोस नेताहरुको !

  97. साथिहरु हो…!! ज्ञानेन्द्रलाई अहिले चिन्ता राष्ट्रको बारेमा छ रे…..खै के सुन्नु परेको यस्तो….? ५८ सालमा त्यत्रो आफ्नै दाजुको सन्तान पुरै नाश हुँदा त यो माइला दाईलाई कत्ति पनि दुख्ख अनि चिन्ता लागेन…..केवल कत्ति चाडो आर्यघाटमा जलौना पाऊँ र राजगद्दीमा बसौं भन्ने लाग्यो …./ अब त उही हो कसरी हुन्छ जनताले खोसेको राजसत्ता ब्युँउ तौं भन्ने मात्र चिन्ता लागेको….///

    • Who is bigger or greater for nation? Nepali People or Birendra? Politically stabled nepal or Nepal where peoples grow Opium and leaders fight each other for chairs? Think from the right angle… Dont be the dog of any political views.

  98. माओबादी ,सात दल र राजतन्त्र बीच को भिन्नता के त? सबै जनता को पैसा मा मोज मस्ती गर्ने जनता को वास्ता नगर्ने भयपछी,
    तन्त्र कहिलेई मर्दैन यो कुरा ज्ञाने ले भने पनि जसले पनि पनि सत्य हो.राजतन्त्र ले रुप परिबर्तन गरेर बसेको मात्र छ, अहिले कै पारा मा देश चलाउन खोज्ने अनि संबिधान को स पनि नलेखेर आफ्नो नालायकी पन मात्र प्रदशन गर्ने हो भने भोलि अत्यधिक जनता ले राजतन्त्र को माग गर्दै अर्को जनान्दोलन गर्दैनन् भन्ने के ग्यारेन्टी छ?
    अब ग्राइन्द डिजाइन को कुरो खोल्ने मान्छे पनि छैनन्,ज्ञाने केवल गिरिजा संग मात्र डरमान्थ्यो अब त त्यो पनि रहेन, प्रचण्ड त भित्र भित्र मिलेकै पनि हुन सक्छन तेसैले जे पनि सम्भावना छ नकार्न सकिन्न.

    • ज्ञानेन्द्र राजा हुन् जन्मेको पनि हैन ,र सायद अब फर्किन्न न पनि होला | अन्तरबार्ता दिनु जो कोइले पनि दिन्छ , हो हिजोको राजसी ठाट अझै उनमा रहेछ |
      नेताहरु भए पो खुरापाती गर्छन ,मेहनेत गर्छन जसरि भएपनि चुनाब जित्छन |
      ति विलासी जन्तु ,जनता ले खोपामा राखेको ढुंगा जस्तो,अब आश गर्ने अधिकार चै ज्ञानेन्द्र लाइ छ ,आश न भए मानिस कसरि बाच्ने ?
      संबिधान समय मा न बने देस मा अरु घटना घटे पनि राजतन्त्र चै फर्कन्न |नेपालि लाइ आफ्नो बाबु आमा को आदर ,सत्कार गर्ने त् अब फुर्सद न भएको बेला मा महाराजधिराज कि जय के भन्ने | अब को जागरुक जनताले बरु बाबुराम लाई नेपालको नया प्रधान मन्त्रि बनाए हुन्थ्यो , प्रचण्ड पनि तेती लायक हैन रहेछन |
      द्रोण

    • केसु जी
      तपाईंको पहिलो हरफमा पूर्ण समर्थन छ/ जनताले बिबश भएर फेरी राज तन्त्रनै मागेर आन्दोलन गर्न सक्ने अबस्था नआउला भन्न सक्ने अबस्था छैन/ यी नेताहरु ज्ञाने भन्दा आफुलाई राम्रो छ भनि प्रमाणित गर्न सकुन/ यहि कामना गर्छु/

      पछिल्लो हरफमा ज्ञाने गिरिजा देखि डराए भन्ने कुरामा बिमति छ/ ज्ञाने मात्र हटाउन उपयुक्त उम्मेदवार थिए/ उ राजा बन्ने पनि थिएँन/ राजतन्त्र हटाउने ठुलै ग्रान्ड देजायिन अन्तर्गत ज्ञानेलाई केहि समाएको लागि राजा बनाईएको थियो/ त्यो घटना एउटा ग्राण्ड देजयिन नै थियो/ यो कुरा गिरिजाले पनि बोलेकै थियो/ मर्ने बेला मा गिरिजाले यो कुरा स्पस्ट बनाएर गएको भए पापी गिरिजाले मुक्ति पाउने थियो/

      जे होश हुने भई गए/ यी नेताहरुले प्रिथ्बिनारायण शाहले बनाई गएको जति नेपाल बनाउन नसके पनि कमसे कम १९५०को सन्धि पछी बाकि रहेको जति त् रही रहन देवस्/ नेपाल भित्र हामि लड्दै गरुँला हास्दै गरुला तर घर भाड्ने बिदेसी सिट घर भित्र लड्न नपरुन यहि अन्तिम चाहन हो मेरो त्/

  99. खै शंका नै भई सक्यो अब त…..नया संबिधान बनाउने समय भइन्जेल दलहरु सत्ताकै खेलमा लुछा चुडी गरी रहे… केही गर्छु भन्नेहरुलाई पनि डाहा गरेर टिक्नै दिएनन….// अब संबिधान जारी गर्ने समय पनि थोरै छ….दलहरुको भाग बंडा मिलेकै छैन…गिरिजा बाबु बाटो लागि हाले…. उता ज्ञानेद्रको कुकुर कटुवाल खोकेको खोकै छ…त्यस्तै कमल थापा, पशुपति सम्शेर, खुमे जस्ता भतुवाहरु पनि लागि परेका छन्….// त्यसैले ज्ञानेन्द्रले फेरी ”कु” गर्ला जस्तो छ…नेपाली जनता होसियार हौँ…. ///

    • अब के को होसियार !!! कसलाई पत्याउने जनताले !!! देश बनाउने सब्बै नेता भारतीय दलाल भै हाले !!! कमसेकम राजाले देश त बेच्दैनन कु गरेर के भो !!

      • सबैलाई थाहा नै भएको कुरा हो नि…जति देश बेच्ने नेताहरु यहि अहिलेको कठपुतली सरकारमा छन….// टनकपुर, कालापानी, महकलि जस्ता नेपाली भू भागलाई १२-१५ बर्ष अगाडी नै भारत लाई उपहारस्वरूप दिई सकेको हो // अब पनि कसको त्यस्तो हैसियत छ…? ल हेरौं त….!!

  100. !!!!!!!!!
    आखिर मा जो जो भारत् भ्रमण बात फर्किन्छ तेही मन्त्र सुनेर आउछ. दिल्ली को महाबानी ! U are next इन् लाइन. उहिले उहिले राना ji haru ko रोल क्रम चल्थियो अब आएर सर्दार जी को ! येही नै दुर्भाग्य छ नेपालि हरु को. खान न पाउने भिख मंगा नेता हरु यिनी हरु को इशारा मा माथि पुगे पछि.

  101. साथी हो,
    मैले पहिले नै भनेको थिएँ, ज्ञानेन्द्रले राजतन्त्र समाप्त भयो भनेर पहिले राजदरबारको बहिर्गमन मा पनि भनेको नै थिएन, एकपटक फेरी त्यो पत्रकार सम्बेलन हेर्नुहोला, उहाँले केवल श्रीपेच दलका नेताहरुलाई नासोको रुपमा दिएको छु भनेको छ, “नासो” को अर्थ केहि समयको लागि आफ्नो अनुपस्थितिमा सुरक्षित् राख्न दिएको भन्नु मात्रै हो, तर त्यो सब्दलाई कसैले पनि याद नै गरेको छैन,

    “राजसंस्था समाप्त भइसकेको छ जस्तो लाग्दैन। त्यो हाइपोथेटिकल प्रश्न जस्तो लाग्यो”, यो कुर पक्कै पनि सत्य हो किनभने राजा लाई जनताले फालेको होइन र छैन पनि, त्यो त इंडिया ले चोर बाटो संबिधान सभा बाट फालेको हो, तेसैले हिन्दु राज्य र राजसंस्था को बारेमा जनमत संग्रह हुनै पर्छ, जनताले फालेमा सबैले मान्नु पर्छ र त्यो कुरालाई ज्ञानेन्द्रले पनि मान्नै पर्छ, तर यस्ता s.l.c. पनि पास नगरेका अनि s l c जस्तो साधारण शिक्षा पनि इन्डियन certificate भएका मन्त्रि अनि ६०१ को भेडा हरुको हुलले गरे को निर्णय मान्नै पर्छ भन्ने पनि छैन,
    मलाई गिरिजा मन पर्दैन थियो, तर यो विचार गरिन कि उनि नभएमा देश को बागडोर हातमा लिन सक्ने अनि बिदेशी संग टक्कर लिन सक्ने नेता को छ , यो त सोचेकै थिएन,तेसैले गिरिजाको मृत्यु गलत समयमा भयो जस्तो लाग्छ, तेसैले पनि त्यसको पूर्ति राज्संथा भन्दा अरु हुनै सक्दैन जस्तो लाग्छ, यदि राष्ट्र, रास्त्रियता,स्वाधीनता अनि नेपालीको एकता लाई आधार मानेर हेर्नेहो भने,

    र अर्को कुरा मैले मेरा साथीहरुको बिचमा, राजदरबार हत्या काण्ड भएको दिनमानै के भनेको थिए भने, यो सबै इंडियाको हात हो र ज्ञानेन्द्र लाई पनि कि हत्या गर्छ कि सक्ति बाट बिस्तारै बिमुख गरिन्छ अनि नेपाल को सक्ति इंडियाको हातमा जान्छ भनेको थिए, आखिर तेही भयो, र आज पनि तेही भन्छु राजतन्त्र बिउतिने सम्भावना भएकोले अझै पनि ज्ञानेन्द्र इंडिया को तारोमा नै छ, तेसैले नेपाली जनता अनि ज्ञानेन्द्र स्वयमं त्येसमा सजग हुनु अत्यन्त जरुरि छ, ज्ञानेन्द्र को अबसान पछी पारशलाई कसैले मान्दैन यो ध्रुब सत्य हो… क्रमश:

    • गणतन्त्र को दुर्घन्ध अब चै अति नै भएछ क्यारे नेपाली जनता लाई . मलाई पनि तेस्तै लागेको छ किन कि नेपाल मा शान्ति सुरक्षा को बिनाश भएको छ. सबै पार्टी हरु को आश पनि गरेकै हो . सबै भन्दा ठुलो पार्टी ठानेको माओबादी ले पनि केहि लछारपाटो लाएन . अब जंगल बाटै जनयुद्द गरेको पार्टी लाई पनि गर्छ कि भनेर भोट दिए भने अब ज्ञानेन्द्र को पनि बुद्दी फिर्यो कि भनेर विचार गर्न बेर लगाऊदैनन् नेपाली जनताले . मारेर जाग्छ भने त्यो झन् अवतार हो . अबश्य केहि हुन्छ….

    • होइन , यो म्य्संसर मा कमेन्ट गर्ने सबै मण्डले पो छन् त !!

      • ईण्डले (इंडिया को भतुवा) हुनु भन्दा त मण्डले हुनु नै राम्रो होइनर ?
        देशको बारेमा राम्रो सोच्दा मण्डले भन्छन भने भनोस लजा……………

      • किशोर जी ,
        तिमि चाहि श्रावन मा आँखा फुटेको गोरु जस्तै रहेछौ जहिले पनि एउतै रंग देख्ने, हिजो नेपालीले सुन र पित्तल मा फरक छुट्याउन सकेन भन्दै मा आज पनि तेही अवस्था रहन्छ भन्ने छ ? समय परिवर्तनशिल छ, साथी …………

        • हैन , यो योगी त माहिलालाइ फेरी राजा बनाउन तपस्या गर्ने जस्तो पो छ त .
          योगी बाबु , इंडिया को डर देखाएर पारसतंत्र लाउने तिम्रो सपना ” सोम शर्माको कथा ” जस्तै दिवा – सपना हो .
          के तिमीले नेपाली जनता हरु माईसंसार मा कमेन्ट लेख्ने मण्डले जस्तै मुर्ख छन् भन्ने ठानेको ?

          भ्रष्ट नेताहरुलाइ त जनता ले तह लगाई हाल्छन , ढिलो चाडो को मात्र कुरा हो .

      • मण्डले नभनौ तर स्व.गणेशमान ले दिएको नाम चै पक्का हो रहेछ / हिजो गणतन्त्र भन्दा तेतै हुरुरु आज राजतन्त्र भन्दा यतै हुरुरु / राजतन्त्र भनेको हुकुमी तन्त्र, टिके तन्त्र, बिर्ते तन्त्र, जहानिया तन्त्र इत्यादी हुन् भन्ने बिर्सी सके कि के हो ? हामीले राजतन्त्र सहित देशका यी भ्रष्ट नेताहरुको बिरुद्धमा पनि हो युद्ध लडेको तर अन्तिम मा यिनै भ्रष्ट हरुकै चतुर्याई ले यिनीहरु कै हालीमुहाली हुन्छ भने गणतन्त्रको के दोष ? खोइ त सत्ता जनताको हातमा आएको ? सत्ता जब जनताको हातमा आउछ भने जनताले कसरि दुख पाउछ र भन्या ??

      • देश मा शान्ति खोज्दै मा मण्डले होइईन्छ र

  102. त्यस्तो देशद्रोही कुरा गर्दा हतकडि लगाएर झ्यालखानामा हाल्नु पर्ने ज्ञानेलाई। म र त्यो मा अब के फरक छ, मैले त्यसो भन्दा हतकडि लगाईन्छ भने त्यस्लाई किन छुट?
    आफ्नै अदुरदर्शिता र अयोग्यताका कारण समाप्त भएको राजतन्त्र ब्युंताउन खोज्ने कस्तो पटमुर्ख यो? आफु असक्षम, अयोग्य र अदुरदर्शि भएको कारणले जनताले “लात” हानेर कुर्सि बाट खंदारी सक्दा पनि फेरी कुर्सिकै लोभ लोभ गर्ने? आफु अ लोकप्रिय भएको कुराको अझै होश छैन यो मानिस् लाई? त्यस्को कालो थुतुनोलेनै भन्छ त्यस्ले देशको लागि कति गर्न चाहान्छ भनेर। दाईको हत्या पछी सत्ता कब्जा गर्दा यस्ता राजतन्त्र त्यति अलोकप्रिय थिएअन तर उस्कै अदुरदर्सिताले अलोकप्रिय भयो र अन्त्यमा पतन भयो। यस्तो असक्षम र अयोग्य मान्छे राष्ट्रपती वा प्रधानमन्त्रिको रुपमा पनि चाहींदैन। बरु ज्ञाने, लोकसेबाको जांच दिएर शाखा अधिकृतमा जागिर खा, तेरो भलो हुन्छ।

  103. सायद राजा ले भने को कुरा मा पनि कै सत्य चै छ….तेसै ले राजा को कुरा लाइ नकार्न सकिदैन ……देश र जनता को लागि जुन तन्त्र आएपनि,सुख सान्ति र सम्वृद्धि हुनैपर्छ..यही नै सत्य हो र आज को अवासेकता पनि यही नै हो….

  104. म येस्मा पूर्ण सहमत छु राजतन्त्र कुनै घृणित नेताहरुले बनाएको होइन राजतन्त्र आँफैमा नराम्रो संस्था होइन नेपालको परिपछेमा राजतन्त्र एक सबै जातिको केन्द्रबिन्दु हो जसलाई अहिले मैले परिभाषित गरिरहनु पर्दैन आज आएर भारत सबैले आफ्नै राज्य चाहिएको छ जुन नहुनु पर्ने थियो. नेताहरुलाई कसिको डार र लाज छैन देस सिधा भारत बाट चलिराख्या छ जुन पहिला थियन ओक लेट्स COME IN राम्रो POINT , SABAIBHANDA राम्रो उपाए जनमत संग्रह हो

  105. नेता harule आची खाएपनि जनताले खादैनन् ,राजाको सासन आउनु र girija उठेर आउनु यौटै हो अब नेपालमा ,

    • पारस को छोरो ठुलो भै सकेको र आदर्स व्यक्ति थियो भने म चैं राजतन्त्र आए हुन्त्यो भन्छु / अहिले त नेपालमा बिजोक नै भयो…

      • दासत्व प्रबृत्ति भएका नेपालीलाई राजतन्त्रनै मन् पर्छ। रैतीनै भएर बस्न मन पराउंछ।
        सही नेता चुनेर प्रजातन्त्र मजबुत बनाउने, प्रजातन्त्रमा सुधार गर्ने आत्मविश्वास छैन हामिमा, धिक्कार छ हामिलाई।

        ज्ञानेले नेपालि मनोबृत्ती राम्रो संग बुझेको छ, नेपालीले आफ्नै चाकमा लात खाएको पनि १ बर्षमा बिर्सिन्छ। हुनत आफु पनि नेपाली परीयो, के गर्ने?

  106. किन चाइयो त लोकतन्त्र अब? केहि हेर्न बाकि छ लोकतन्त्रको ताण्डव नृत्य अझै? राजतन्त्रमा बरु १,२ जना फ्याट फुट्ट दरबार मार्ग अगाडी पारसको गाडीले किचेर मर्थे, लोकतन्त्रमा त किरा मरे जस्तो जता ततै मर्छन, राजतन्त्र हुदा मा एक्लै एक्लै जता ततै जतिबेला पनि निडर भएर हिन्थे, लोकतन्त्र आए पछी बेलुकी ६ बजे घरभित्र छिरेर ढोका चुकुल नहाले घरमा बुडिले बाहुन बोलाएर जुठो बार्न तयारि गरिसकेकी हुन्छे लाश चाइ २,४ वर्षा भेटे पछी लगेर जलाउला भनेर.

    राजतन्त्र मा एउटा राजा थियो, एउटाले मोज गर्थ्यो, लोकतन्त्र आए पछी सबै स्याल , माउबादी स्याल, मधिसे स्याल सबै स्याल राजा, कति राजा भए कत्ति, को को संग डराएर सक्नु?

    राजा फेरी आइज आब, मा भोट हाल्छु सबैलाइ देखाएर.

  107. कुनै पनि तन्त्र स्वीकार्य छ गरि खान पाउनुपर्छ हाम्रो नेपालमा कसैले राजतन्त्र चाहने वा नचाहने बहानामा देस लै अनिर्णयको बन्दि बनाउन हुदैन अब त लेखौ बोलोउ साथी हो कि देश कसैको बपौती होइन यदि हो भने त्याग को उचत्तम राजनीति को सुरुवात हाम्रो देशमा हुनु पर्छ बिद्रोह अनि बिरोध हरुका सृन्खालले आज हामी कहाँ छौ ? ?निर्माण को राजनीति को सुरुवात हुनै पर्छ रह्यो कुरा ज्ञानेन्द्र को भनाई बारे ,..
    एउटा नेपाली को हैसियतले आफ्नो आविमत प्रकट गर्ने अधिकार को उपयोग को सुरुवात हो उनलाई पनि प्राप्त नया संस्कार को अनुपम उपहार…आगे प्रजातान्तिक पद्दति मार्फत हुने निर्णय सर्वमान्य हुनेनै छ.

  108. here is full interview if u r interested. courtesy hamroblog
    यहांलाई स्वागत छ । देश र जनता जुन मोडवाट गुज्रिरहेका छन । तपाईले के महसुस भईरहेको छ ?

    जनताले जे खोजेको छ त्यही हाम्रो चाहना हो । मेरोपनि त्यही हो । अहिले देशमा सर्वसाधारणको जिउधनको शुरक्षाको खांचो छ जस्तो लागेको छ मलाई । र, त्यसैमा नै हाम्रो प्रार्थना त्यही छ । देशमा शान्ती होस । नेपाली दाजुभाई र जनताले जे खोजेका छन त्यही होस । सकेसम्म चाडो होस सबैलाई अटाउने ठाउं होस । हाम्रो पुर्खाले जसरी यो देशलदाई एकताको सुत्रमा बाधेका थिए त्यो माला नचुडोस

    देश कुन मोडमा छ ?
    यो कुरा चै मैले भन्नुभन्दापनि सर्वसाधारणलाई सोध्नु र उहांवाट जवाफ लिनु तपाईहरुका लागि पनि फाईदाजनक हुन्छ जस्तो लाग्छ ।

    तपाई राजतन्त्र फर्काउन सक्रिय हुनुहुन्छ ?
    यो हाइफोथेटिकल कुरा भयो । तर राजसंस्थाको विषयमा होस या अरु राष्ट्रिय सावलको विषय होस । जनताको विचार भनाई नै सर्वोपरी हुन्छ । जनता जर्नादन हुन । उनीहरुले जे फैसला गर्छन त्यसलाई सबैले मान्नुपर्छ ।

    शक्तिको राजनीति गर्नुहुन्छ रे नी ?
    हैन,त्यसो भए त धेरै अगाडि कुरा गरिसक्थे होला । त्यस्तो विचार छैन । केही नमानेर छोडेका हौं । जतताले त्यसको मुल्य मान्यता बुझेका छन जस्तो लाग्छ ।

    कसरी दिन वितेको छ ?
    जंगलमा बस्दा फाइदा हुने रहेछ । शान्ती र विचार गर्ने मौका पाइने चिन्ता राष्ट्रको छ । राष्ट्रिय एकताको छ । सर्वसाधारण सुखी र राम्रोसंग बस्न पाओस भन्ने चिन्ता ।

    नारायणहिटी भित्र भएको जटिल कान्ड र राजनीतिक कु पछि जनताले राजस.स्थालाई कम माया गरेको त हो नी ?
    २ वटा कुरा छ त्यसमा एउटा, पाठ जनताले सिकाउछ पनि । र नेतावालाहरु जो भन्छ कहलन्छ उनीहरुले सिक्नुपर्ने पनि छ । जनताले हामीलाई पनि केही शन्देस दिएको हो कि ? राजाहरु बरु सक्रिय नभएकै जनताले खोज्या हो कि ? त्यही एउटा पाठ मैले सिकेको छु । तर जनातले विर्सनु हुन्न । राजा भनेको अभिभावको रुप पनि लिनुपर्छ । देशका लागि जे गर्नुपर्छ त्यो कदम उठाउंनै पर्छ । सर्वसाधारणको शुरक्षा, रक्षा गर्नुपर्ने अवस्था आउंछ । त्यो समयको विचार गर्दा परिस्थिती अर्कै थियो । अहिले परिस्थीती र मोड अर्कै छ । समय गई सकेको छ । अगाडि देश कस्तो हुन्छ सम्बृद्ध, सफल देश चाहिएको छ । त्यतातिर हामी सबै जुटेर जानुपर्छ ।

    राजा भगवान हुन भन्ने मानिनथ्यो अहिले नागरिकको रुपमा जीवन कस्तो छ ?
    सर्वप्रथम भ्रम मेटाउनुपर्छ राजाले शक्ति खोजेको छैन । राजाले म देउता हो भनेर भनेको छैन । जनताको माया र विश्वासले भएको कुरा हो जस्तो लाग्छ । कहिलेपनि मलाई जनताको माझमा जानलाई कहिल्यै अप्ठ्यारो थिएन । हिजो पनि थिएन । आजपनि छैन । जानकीको नगरीमा रामनवमिको दिनमा जनाकीको दर्शन गर्न पाउंदा जुन माया सर्वसाधारणले देखाए त्यसको म जवाफ दिन सक्दिन । जनालाई धन्यवाद दिनुपर्छ । अरु के भनौं ।

    दरवार हत्याकान्ड अझै खुलेको छैन नी ? त्यसमा केही भन्न चाहनुहुन्छ ?
    घटनाहुंदा म काठमाडौंमा थिइन । जे जति हाम्रो परिवार छन त्यो र्दुघटनामा बांचेर आएका उहांहरुको र उनीहरुले भनेको सुन्दाखेरी सत्य तथ्य आयोगहरुवाट पनि निस्किसकेको छ । यि कारणहरु हुन राजसंस्थालाई केही न केही अप्ठ्यारो पारेको हो भनेदेखी । माघ १९ को कदमका बारेमा पनि पनि भन्छु म । अलिकति पछाडि फर्केर हेर्दा त्यो सही हो हैन भन्ने अझै विचारणिय कुरा हो । त्यसको फैसला जनतालाई नै छोडौ ।

    राजसंस्थाको समाप्तीमा कहां कमजोरी भयो ?
    पहिलो कुरा राजसंस्था समाप्त भईसकेको छ जस्तो लाग्दैन । त्यो हाइपोथेटिकल प्रश्न जस्तो लाग्यो । देशको इतिहासको पानाहरु पल्टाएर हेर्दा यो माथि जाने तल जाने भित्रीने बाहिरिने भईराखेको छ । यसैले फेरी म दोहो¥याउंछु जनताले नै यो कुरालाई गहन र जिम्मेवारीसाथ विचार गरेर जे निधो गर्छ त्यो सबैले मान्नुपर्छ ।

    अहिलेको शासन प्रणाली कस्तो लागेको छ ?
    जनताले यही चाहन्छ भनेदेखी ठिक छ भन्नुपर्छ । तर देशलाई सर्वसाधारणलाई यही ठिक छ यही बाटो हिड्नुपर्छ भने लागेको छ भने हामीले केही भन्नुहुन्न । तर केही कुरामा चित्त बुझेको छैन भने जसले अहिले शासन गरिहनुभएको छ उहांहरुले विचार गरेर जनताको कुरालाई मान्यता दिनुपर्छ र जनताको हितमा काम गर्नुपर्छ ।

    तपाईको भावि लक्ष के छ ?
    नेपालमा बस्ने, नेपालीको सेवा गर्ने । पहिला पनि अहिले पनि र भावी पनि त्यही छ

  109. जनताले चाहे भने राजतन्त्र को फेरी उदय हुनेछ,राजतन्त्र मरेको चाही पक्कै होइन,अर्कै अवतर मा बसेको मात्र हो, केवल जनता ले मात्र त्यो अवतार लाइ परिबर्तन गर्न सक्छन.मरेको कुरा त कहिलेइ फर्केर आउदैन नि,देश मा अहिलेकै जस्तो आबस्था रहने,नया संबिधान नबनी किन अरु केहि बर्षा जाने हो भने एस्तो दिन पनि आउन सक्छा अनि राजतन्त्र लगायत अन्य कुरामा जनमत संग्रह हुने अनि आत्यधिक जनता ले राजतन्त्र को पक्ष्य मा मतदान गरे भने पक्कै राजतन्त्र आउने छ तेसैले राजतन्त्र मरेको छैन.
    अर्को कुरा गिरिजा संग मात्र डराउने ज्ञानेन्द्र अब कोहीसंग डराउने छैन र सक्रिय पक्कै हुनेछन,जनता को मन जितेमा राजतन्त्र पनि स्वीकार,तर जनताको मन जित्नु अपरिहार्य पक्कै छ.

  110. कोइरालाको देहाबसान के भएको हेर न ज्ञाने को फुर्ती…………..ज्ञानेलाइ free tips छ रामदेब गर्नुस स्वस्थ रहनुस

  111. खबरदार यस्तै हो भने राजतन्त्र या सैनिक तन्त्र आउनेछ ! गणतन्त्रबादी नेताहरुको चेतना नपलाए !!

    • राजतन्त्र र सैनिक तन्त्र ले नेपाल मा सान्ति हुन्छ भने हामीले तेस्लाई स्विकार्नु पर्छ/ त्यो त्यो सासन मलाई मान्य हुनेछ / जय राजा

  112. हाम्रो नेता हरु ले उनलाई दिन प्रतिदिन बालियों बनाउन सहयोग गरी रहेका छन, भन्ने त भइ हाले नि / जून जोगी आये पनी कान चिरेको भने जस्तो / तात्तो न छरो जे सुकै होस मलाई त आजकाल मतलब नै छैन /

Comments are closed.