वैदेशिक रोजगारः टुट्दैछ परिवार

सुशीला बुढाथोकी

• उदयपुर गाईघाटका मानबहादुर परियार मलेशियाबाट बिदामा आएलगत्तै ४ फागुनमा पाँच लाख नगद र एक तोला सुनसहित बेपत्ता भएकी श्रीमतीले नाबालक छोराको समेत माया मारेर दुई सन्तानका बाबुसँग विवाह गरिन्। वैदेशिक रोजगारमा गएर हाडछाला घोटी काम गर्नु व्यर्थ भएको भन्दै परियार भन्छन्, “बच्चा जिम्मा लगाउन मात्र बसेकी रहिछ।”

• चार वर्ष कुवेतमा काम गरेकी जुनु भट्टराई (नाम परिवर्तन) गाउँका बहिनीहरूलाई बस चढाउन गएकी फर्केर आइनन्। केही दिनपछि फोनमा कुरा हुँदा उनले दोस्रो घरजम गरेको र छोराको राम्रो हेरचाह गर्न भनेको श्रीमान् डम्बर कार्की बताउँछन्।

• मलेशियाबाट फर्केका श्रीमानले परपुरुषसँग लागेको आरोप लगाउँदै दिनहुँ शारीरिक र मानसिक यातना दिन थालेपछि दाङकी कलावती चौधरी (नाम परिवर्तन) सम्बन्धविच्छेदको माग गर्दै काठमाडौं जिल्ला अदालत पुगेकी छन्। एक छोरीको हेरचाह पनि उनै गर्दैछिन्।

• लामो समय अमेरिका बसेकी काठमाडौंकी श्रद्धा तामाङ (नाम परिवर्तन) फर्कंदा श्रीमानले दोस्रो विवाह गरिसकेछन्। तीन छोराछोरीको पालनपोषण गरिरहेकी श्रद्धा छोडपत्रको मुद्दा लडिरहेकी छन्।

पति वा पत्नी कमाउन विदेश गएपछिको आम्दानी, एक्लोपना र बढ्दो सामाजिक खुलापनका कारण पारिवारिक सुख गुमाएका प्रतिनिधिपात्र हुन् मानबहादुर, डम्बर, कलावती र श्रद्धा। पछिल्लो समय महिलाहरू वैदेशिक रोजगारीमा जाने क्रमसँगै पारिवारिक विखण्डन झ्न् बढेको छ। परस्पर छुट्टिएर रहँदा युवा दम्पतीमा आउने अनेकन् विचलनबाट तिनका बालबच्चा पनि मानसिक दबाबमा परेका छन्। विवाहित युवायुवती विदेशिँदा हुने यस्तो परिणामले परम्परागत सामाजिक सम्बन्धलाई चुनौती दिँदै विवाहेत्तर यौन-सम्बन्ध र दोस्रो विवाहलाई सामान्य बनाउँदै लगेको समाजशास्त्रीहरू बताउँछन्। समाजशास्त्री सुरेश ढकाल भन्छन्, “मानिसहरू स्वच्छन्द र व्यक्तिगत बन्दै गइरहेका छन् भन्ने सङ्केत हो यो, यद्यपि यो सबैमा लागू हुँदैन।”

वैदेशिक रोजगारीमा गएकाहरूको विवाहेत्तर सम्बन्धका घटना वा विवाद प्रहरीकहाँ पनि पुग्न थालेका छन्। काठमाडौंकी एक महिलासँगको यौन-सम्बन्धलाई उनको श्रीमान् फर्कने भएपछि पनि निरन्तरता दिन चाहने युवकमाथि गएको माघमा माइती पक्षले शारीरिक हमला नै गर्‍यो र यो झ्गडा महाराजगञ्ज प्रहरी वृत्तमा समेत पुग्यो। प्रहरीले दुवै पक्षलाई एकअर्काको जीवनमा हस्तक्षेप नगर्ने शर्तमा मिलापत्र गराएर पठाएको यो मुद्दामा महिलाले श्रीमानसँगकै सम्बन्धलाई निरन्तरता दिन चाहेकी थिइन्। महाराजगञ्ज वृत्तमै परेको यस्तै अर्को मुद्दामा एक युवतीले नेपाली सेनामा काम गर्ने अस्थायी प्रेमी विरुद्ध गालीबेइज्जतीको कारबाहीसहित आफूले दिएको मोटरसाइकल फिर्ता पाउन माग गर्दै उजुरी दिएकी छन्। यस्ता मुद्दा शुरुमा कुटपिट, गालीबेइज्जतीअन्तर्गत आउने, पछि अर्कै तथ्य खुल्ने प्रहरीहरू बताउँछन्।

पति विदेशिएका कतिपय पत्नीहरूको स्वच्छन्द जीवन शैली र उनीहरूको आर्थिक स्रोतलाई दुरुपयोग कतिपय पुरुषहरूको नियतका कारण धेरै घर बिग्रेका छन्। लाखौं सम्पत्तिसहित पत्नी बेपत्ता हुनु यसैका परिणाम हुन्। महिला सेल कालीमाटीकी प्रहरी निरीक्षक हर्षमाया महर्जन भन्छिन्, “सम्पत्ति लिएर वा नलिएर बालबच्चा छोडी बेपत्ता भएका भनेर उजुरीपर्ने महिलामध्ये धेरैजसो दोस्रो विवाह गरेर बसेका छन्।” यस्ता कुरामा बदनामीको डरले उजुरी नपर्ने घटना पनि धेरै हुन्छन्।

विदेश गएकी पत्नीको कमाई उडाउने, यौन जोडी बनाउने वा अर्को विवाह गर्ने पतिहरूको सङ्ख्या पनि कम छैन। वाफलकी श्रद्धा अमेरिकाबाट फर्केपछि पतिले पुर्ख्यौली सम्पत्तिमा जेठी श्रीमतीको अंश दाबी नलाग्ने आशयका साथ पारपाचुकेको मुद्दा हालेका छन्। महिलाको आर्थिक सबलतालाई स्वीकार नगर्ने परम्परागत पुरुष मानसिकताका कारण पनि यस्तो हुने गरेको समाजशास्त्रीहरू बताउँछन्। पत्नीलाई आफूमा निर्भर ठान्ने तर त्यस्तो आर्थिक अवस्था सिर्जना गर्न नसक्ने पुरुषहरू स्वयं आफ्नो दाम्पत्य जीवनमा तिक्तता ल्याउने कारण हुने गरेको उनीहरूको भनाइ छ। तथ्यहरूले पनि वैदेशिक रोजगारमा गएका महिलाको ठूलो हिस्साले पुरुषहरूको यस्तै प्रवृत्तिका कारण सम्बन्धविच्छेद गर्नुपरेको देखाउँछन्।

सांस्कृतिक मेलमिलापसँगै पारिवारिक र सामुदायिक सम्बन्ध फराकिलो हुँदै गएको तथा युवापुस्ता पश्चिमा जीवनशैलीसँग अभ्यस्त बन्न खोजिरहेकाले दाम्पत्य र यौन सम्बन्धको परिभाषा पनि बदलिँदै गएको छ। एकातिर हिजोका सामाजिक मूल्यमान्यता कमजोर हँुदैछन् भने अर्कातिर खुल्लापनले त्यति आकार लिइसकेको पनि छैन। यही बीचको स्थितिमा विदेशबाट आउने पैसाले मध्यमवर्गीय परिवारहरूमा उपभोगवादी संस्कृति बढाइरहेको छ। जीवनलाई उपभोगमय बनाउने, पैसाका लागि लामो समय विदेश बस्ने प्रवृत्ति बढ्दा युवा दम्पतीहरू टाढा हुने बाध्यात्मक अवस्थासँगै शारीरिक सामीप्यता खोज्ने अवस्थामा पुग्छन्। भर्खरै विवाह गरेर विदेशिएकाको मात्र होइन बालबच्चा हुर्किसकेकाहरूको समेत विवाहेत्तर सम्बन्ध बढ्नुले यही बताउँछ।

वैदेशिक रोजगारमा जाने मात्र होइन, वैवाहिक जीवन तोड्न आर्थिक रूपले सबल हुने महिलाको सङ्ख्या पनि बढिरहेको छ। र, उनीहरू आफ्नो यौनचाहना पनि पूरा गरिरहेका छन्। शिक्षित र आर्थिक रूपले सबल महिलाको अलग पहिचान, हैसियत र निर्णय क्षमताले पतिव्रता सामाजिक संस्कार सहितको परम्परागत पुरुष वर्चस्वलाई चुनौती दिएकाले पनि यस्तो भएको हो। यसबाट एकातिर आजका महिला अब परम्परागत पुरुष दबाब सहन तयार छैनन् भन्ने देखाउँछ भने अर्कोतिर यौनसम्बन्धी नेपाली समाजमा बदलिँदो धारणा देखाउँछ। नेशनल इन्स्टिच्युट अफ साइकोलोजीका मनोविश्लेषक गङ्गा पाठकका अनुसार बालबच्चा हुर्किन लागेको अवस्थामा महिलाहरू आफूलाई सामाजिक रूपमा बढी बन्धनमुक्त, स्वतन्त्र र चञ्चल अनुभव गर्छन्। सामान्यतः ३५ वर्षपछि हुने हर्मोनहरूको उतारचढावले यौन चञ्चलता बढाउँछ। यस अवस्थामा उनीहरू हठी हुनुका साथै सजिलैसित बहकिन्छन् पनि।

कतिपय अवस्थामा परिणामप्रति सचेत रहँदारहँदै जैविक आवश्यकताले पनि विवाहेत्तर यौन सम्बन्धका लागि उक्साउँछ। समाजशास्त्री ढकालका अनुसार युवा जोडीहरूले हिजो सँगै हुँदा कायम राखेको पारदर्शिता, विश्वास र सामीप्यतालाई विदेश गइसकेपछि निरन्तरता दिन नसक्दा एक-अर्काको खोजी कम हुँदै जान्छ। उनी भन्छन्, “यसबाट पारिवारिक जिम्मेवारीभन्दा पनि व्यक्तिगत इच्छा निर्णायक हुँदै जान्छ। र, हिजो सामाजिक मानिने सम्बन्धहरू व्यक्तिगत हुँदै जान्छन्।”

अहिले गाउँघरमै पनि संयुक्त परिवार टुट्दै गएको छ। विवाहपछि सगोलमा नबस्ने र दम्पतीमध्ये एक विदेशिँदा पति वा पत्नी गाउँ छाडेर शहरमा बस्ने चलन बढेको छ। यसरी बसेका महिला वा पुरुषको जोडी विदेशिनेवित्तिकै पारिवारिक र सामाजिक सम्बन्ध अझ् कमजोर हुन जान्छ र यसले उनीहरूलाई झ्न् बढी स्वतन्त्र एवं खुल्ला अनुभव गराउँछ। परिणाम, जोडी विदेशिएकाको परिवार आर्थिक रूपमा सबल हँुदै जाँदा विवाहेत्तर यौन-सम्बन्ध बढ्दछ। कतिपय समाज विश्लेषकहरू यसलाई अस्वाभाविक मान्दैनन्। पत्नीले कुवेतबाट फर्केपछि देखाएको अनौठो व्यवहार सम्झ्ँदै डम्बर कार्की भन्छन्, “विवाह भएदेखि ऊ विदेश जाँदासम्म हामीबीच कहिल्यै झ्गडा भएको थिएन, तर उसले त छोराको भविष्यको समेत चिन्ता गरिनँ।”

संयुक्त परिवारमै बसेका महिलालाई पति विदेश गएपछि शङ्काको दृष्टिले हेरिने र फर्केपछि पतिले समेत अरूको भनाइमा लागेर शङ्का गर्ने अवस्थाले पनि परिवारमा विखण्डन निम्त्याएको देखिन्छ। जस्तो, पति विदेशिएपछि दुई छोराछोरी लिएर भक्तपुरमा बसेकी रोल्पाकी माया घर्तीमगरलाई (नाम परिवर्तन) श्रीमान् फर्केर आएपछि परपुरुषसँग लागेको आरोप लगाए। आरोप मात्र लगाएन, सम्बन्धविच्छेद गरेर तुरुन्तै अर्को विवाह पनि गरे। माया भन्छिन्, “बालबच्चासहित उसैलाई कुरिरहेकी थिएँ, तर फर्केर आएपछि अरूको कुरा सुनेर जथाभावी भन्दै सम्बन्धविच्छेदका लागि दबाब दिन थाल्यो, त्यसपछि मैले पनि दोस्रो विवाह गरेँ।” दाङकी कलावती चौधरी भन्छिन्, “तीन वर्ष परिवार छोडेर बसेको मानिस सुधि्रयो होला भन्ठानेकी थिएँ, तर न घरखर्च पठायो न त शङ्का गर्न छोड्यो। रिसमा मैले पनि मेरो केटा छ, उसैसँग बिहे गर्छुभन्दा कुटेर मरणासन्न बनायो।”

पढाउनु-बढाउनुपर्ने बालबच्चा भएका परिवारका पति विदेशिनु आर्थिक हिसाबले राम्रो देखिए पनि अन्ततः पत्नीहरूका लागि हानिकारक सावित हँुदै गएको छ। गएको अक्टोबरमा काठमाडौंमा भएको समाजशास्त्री र मनोविज्ञहरूको एक छलफलमा नेपालमा डिप्रेसन भएका महिलाहरूको सङ्ख्या अचाक्ली बढेको निष्कर्ष निकालिएको थियो। पति विदेश भएको समयमा यौन जोडी बनाउने महिलाहरू पनि यस्तो सम्बन्ध राख्ने क्रममा तनावमै हुन्छन्। नेशनल इन्स्टिच्युट अफ साइकोलोजीमा गत दुई वर्षमा परामर्शका लागि आएका ८८ महिला-पुरुषको समस्या विवाहेत्तर सम्बन्धसँगै जोडिएको थियो। यो वर्ष परामर्शका लागि आएका ४२ जनामध्ये पति विदेशिएपछि बाहिर यौन-सम्बन्ध भएका २० महिला र पति वा पत्नी विदेशबाट फर्केपछि मनमुटाव बढेका १२ पुरुष र १० महिला छन्।

बढ्यो पारपाचुके
काठमाडौं जिल्ला अदालतमा गत वैशाखदेखि माघसम्म दर्ता र फैसला भएका ६८१ सम्बन्धविच्छेदका मुद्दामध्ये १३५ वटा विदेशिएका जोडीसँग सम्बन्धित थिए, जसमध्ये १३१ वटा मुद्दा महिलाले दायर गरेका हुन्। तीमध्ये पनि एकदेखि चार बालबच्चा भएका महिला ८३ जना थिए। ९७ वटा मुद्दामा पत्नीहरूले विवाहको केही समयपछि नै पति विदेशिएको, लामो समय सम्पर्कविहीन भएको, अर्को सम्बन्ध राखेको शङ्का तथा परिवारको बेवास्ता गरेको आरोप लगाएका छन्। विदेश गएर आएका वा उतै काम गरिरहेका ३४ महिलामध्ये अधिकांशले आफूले पठाएको पैसा पतिले दुरुपयोग गरेको, लामो समय खोजखबर नगरेको र दोस्रो विवाह गरेको फिराद गरेका छन्। पतिद्वारा दायर चार वटा मुद्दामा आफू विदेशमा रहँदा पत्नीले परपुरुषसँग सम्बन्ध बढाएको, सम्पत्ति नासेको आरोप छ।

वैदेशिक रोजगारमा जाने मात्र होइन, कामको सिलसिलामा धेरै समय देशभित्रै भएपनि घरबाहिरै बस्नेहरूको सम्बन्धविच्छेदका पनि २५ मुद्दा दायर भएका छन्। काठमाडौं महानगरपालिकामा नौ वर्षदेखि पारपाचुकेसम्बन्धी मुद्दा हेरिरहेका कानुन अधिकृत वसन्त आचार्यका अनुसार पहिलेका मुद्दाहरू अधबैंसे, मागी विवाह गरेका र समान जातका दम्पतीका हुन्थे; अहिले वैदेशिक रोजगारमा गएका र अन्तरजातीय विवाह गरेका युवा बढी छन्। आचार्य भन्छन्, “उजुरीमा वैदेशिक रोजगार नभने पनि मेलमिलाप गराउने क्रममा त्यो पत्ता लाग्छ, जुन भित्रभित्रै बढे पनि बाहिर कमै देखिन्छ।”

२०६५ सालमा काठमाडौं जिल्ला अदालतका कर्मचारी कैलाश केसीले त्रिविको स्नातकोत्तर तहको शोध गर्ने क्रममा गरेको ४० वटा सम्बन्धविच्छेदको मुद्दाको अध्ययनमा ७५ प्रतिशत पुरुषको धन कमाउन जाने क्रममा विवाह भत्किएको देखिएको थियो। त्यस बेला पत्नीले दोस्रो बिहे गर्दा स्वतः सम्बन्धविच्छेद हुने र पुरुषहरूले सम्बन्धविच्छेद गर्न चाहे गाविस वा नगरपालिकामा स्वीकृति लिनुपर्ने कानुनी प्रावधान थियो। १९ चैत २०६६ मा सर्वोच्च अदालतले पुरुषले पनि सम्बन्धविच्छेद गर्न सीधै अदालत जान पाउने कानुन बनाउन सरकारलाई निर्देशनात्मक आदेश दिएको छ। यसबाट सम्बन्धविच्छेदको सङ्ख्या अझ् बढ्ने अनुमान गर्न सकिन्छ।

सन्तानको बिचल्ली
मनमुटाव र नयाँ सम्बन्धपछि सन्तानको जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले बालबच्चाको बिचल्ली हुने र तिनको स्याहार गर्ने अभिभारा आफन्तहरूमा थोपरिने गरेको छ। जोडी विदेशमै रहेको अवस्थामा दोस्रो विवाह गरेका महिला-पुरुषका सन्तानको त बिजोग नै भएको छ। कतारबाट आउनु केही दिनअघि आफूले पठाएको पैसा मासेर त्यसमाथि थप ६० हजार ऋण बोकाई पत्नी अर्कैसँग हिँडेपछि उदयपुरका दिनेश राई दुई छोराछोरीलाई काठमाडौंको धापासीमा डेरा गरी बस्ने भाउजूको जिम्मा लगाएर काममा फर्केका थिए। भाउजू नीला भन्छिन्, “अहिले त यिनलाई मैले स्याहारिरहेकी छु, भोलि के हुन्छ भन्न सक्दिनँ।”

विज्ञहरूका अनुसार आमा वा बाबुको विवाहेत्तर सम्बन्धका कारण बिथोलिएको परिवारका बालबच्चालाई मनोवैज्ञानिक उपचार आवश्यक हुन्छ। नत्र, स्वभावैले आमाबाबुको सिको गर्दै हुर्कने बालबालिकाहरूमा जीवनपर्यन्त यसको नकारात्मक असर पर्न सक्छ। छोराछोरीले विरोध जनाउँदा-जनाउँदै जारी रहेको बाबु वा आमाको बाहिरी सम्बन्धको परिणाम निकै घातक हुन सक्छ। यसले उनीहरूमा समाजविरोधी भावना विकसित हुन्छ। मनोविज्ञ गङ्गा पाठक भन्छिन्, “यस्ता बालबालिकामा बदलाको हिंस्रक भावना हुन्छ र भविष्यमा तिनले आफ्नो जोडीलाई पनि यस्तै व्यवहार गर्न सक्छन्।”

रोजगारीका लागि युवाहरूको विदेश पलायनसँगै यसले दाम्पत्य जीवनमा पार्न सक्ने प्रभावबारे विश्लेषण गर्ने सचेतना बढेको देखिँदैन। व्यक्ति विदेशिएपछि वा फर्केपछि उसको परिवारको आर्थिक, पारिवारिक र सामाजिक सम्बन्धमा आएको परिवर्तन तथा त्यसले समाजमा पारिरहेको प्रभावबारे विश्लेषण गर्नु पनि आवश्यक देखिन्छ। (साभारः ‘हिमाल’ पाक्षिक १-१५ वैशाख २०६७)

46 Comments

  1. सम्बन्ध बिछेत हुनुभनेको बिदेशिनुले मात्र होइन जस्तो लाग्छा मलाई यसमा धेरै कारणहरु छन् जसमा मुख्य कारण भनेको दुई दम्पतिबिच्को अविश्वास हो,त्यसपछि समाजको छाडापन,अत्यधिक यौन चाहाना,गरिबी,अशिच्छित अनि कु-सङ्गत हुन् l तपाई विश्वको जुनसुकै ठाउँमा रहेपनि यदि तपाईको आफ्नो पत्नी/पति प्रति कत्तिपनि बिश्वास (माया) छैनभने मन मा विभिन्न किसिमको नकारात्मक सोंचाईहरु ऊत्पन्न हुन्छा फलस्वरूप यसले दुई दम्पतिबिच्को सम्बन्धमा भूकम्प ल्याऊछ जसको पिडा हामि कल्पना पनि गर्नसक्दैनौउ l

  2. म पनि यी पिडित माध्येको एक हो, मेरो पनि श्रीमतिले मलाइ यस्तै गरेको छन। म विगत ८ बर्षाबाट साउदी अरेबियामा कार्यरत छु। नेपालको कानुन कमजोर भएकोले गर्दा पनि यस्तो किसिमको बिकृती भएको हो भन्ने मेरो भनाइ हो। मैले मेरो श्रीमतिको इच्छा बमोजिम अास्ट्रेलियामा पढ्रन जाने कुरालाइ स्वीकार गरे जहाँ मलाइ श्रीमतिले म त्यो ठाँउ सम्मा पुग्नको लागि करिब ६ लाख खर्च लाग्यो भन्ने कुरा गरे र मैले त्यो सबै खर्च दिएँ।
    भने उनी जाने बेलामा म पनि नेपालमा पुगेको थियो र हामी करिव १० दिन सम्मा संगै बसे तर मैले श्रीमति माथी विश्वास गरेको थियो कि उनी राम्रो किसिम र मेरो इज्जात राखेरा नै जाने होला भन्ने र मैले कुनै पनि कुरामा चासो नै व्यक्त गरेनन र उनीले जे जे भनेको त्यो त्यो समानहरू किनमेल गरिदिएँ । मलाइ पनि के ही अफान्ताहरूले संगै जानु मिल्छ भन्ने कुराहरू गर्दै थियो तर मलाइ त्यो ठाँउमा भन्दा साउदीको नोकरी नै राम्रो र उचित लाग्यो साथै मैले मेरो त्यो जागिर निकै मिहनेत गरेरा राम्रो ठाँउ बनाएको कारण छोडन सकेनन भने मैले मेरो श्रीमति लाइ पनि यही साउदीमा ल्याउने कोशिस गरेको थियो तर उनी बाट इन्कार गरेको थियो।
    त्यस पछि उनी अस्ट्रेलियामा पुगेर PR पाए पछि मात्र म जाने मेरो योजन थियो र उनीले पनि मसंग यस्तै सल्लाह गरेको थियो। साथै मेलै अस्ट्रेलियामा पुगेर पनि उनीले धेरै समय सम्मा काम पाइनन र मैले पैसाहरू पाठइरहे १ बर्षा पछि मैले यो कुरा थाहा भयो कि उनी त कुनै मान्छे संग विवाह गरेरा पो त्यो ठाँउमा पुगेको रहेछन र मात्र ७० हजार लागेको कुरा थाहा भयो र त्यसपछि हामीमा तनाव पैदा भयो।
    यसमा मेरो नेपालको कानुनलाइ केही प्रश्नहरू छन।
    १,विवाहित नारी ले सम्बन्ध बिच्छेदको प्रमाण बिना नै अर्के व्यक्ति संग पनि बिवाह दर्ताको प्रमाण पत्र बनाउनु सकिन्छन?
    २, यस्तो किसिमको दोषी लाइ नेपाल सरकारको कानुनमा कस्तो किसिमको संजाय हुन्छन ?

    • आशिस किमार जी
      सारै दर्दनाक धोका को कहानी रहेछ तपाइको , मानिस ले बनाएको कानुन ले त् कुन्नि ,तर भगवान को कानुन ले ति नारीलाई पक्कै सबक सिकाउने छ |
      के गर्नु सोझो र असल बन्नु को पनि ठुलो मुल्य चुकाउनु पर्छ कहिले काही |

  3. यदि हामी मानिस स्वतन्त्र प्राणी मान्छौ भने उल्लाई स्वतन्त्र निर्णय गर्ने हक पनि छ / रह्यो सम्बन्धको कुरा श्रीमान श्रीमती एकै स्थान बसेको सबै भन्दा राम्रो हो / बस्दैनन भने पनि कसैले टाउको दुखाई राख्नुपर्ने आवयासेकता छैन /

    • पशु र मान्छेमा फरक चेतनशील को मात्र आखिर यौन चाहाना त उतिकै हुन्छ क्यारे कि कसो हो?पैसा कमाउने लोभमा फसेर लोग्ने स्वास्नी लामो समय सम्म छुटेर बस्दा जवानीको रस मौलाउने बेला किन बौलाउन्दैनन र /

  4. लेखक ज्युहरुले नाम परिबर्तन भनेर ब्राकेट भित्र लेख्नु हुन्छ तर थर वा जात चाही परिबर्तन गरिएको हुँदैन सायद, परिबर्तित नाम मात्र राखे कसैलाई मर्का नपर्ला कि ? जय होस्

  5. नेपाली को बिडम्बना भनौ वा बाध्यता ! आर्थिक स्तर उकास्न को लागि बिदेशी भुमिमा संघर्स गर्दा पनि आफन्त ले फेरी तल झार्ने वा कुनै चोट छाडेर जाने ! यसरि छाडेर जानेलाइ के नै गर्न सकिन्छ र सिवाय गाली दिन…नेपाली लाइ भगवानले सद्दबुद्धि दीउन………………….

  6. मानिषको जीवनमा २ वोटा कुराले ठुलो प्रभाव पार्छ.व्यक्तिगत इक्छ्या र सामाजिक परिवेश.उस्तै उस्तै इक्षया, बिचार र चेतना भएका मान्छेहरु एकै ठाउँमा बस्न रुचौन्छान र समाज बन्छ. अनि त्यो समाजले कानून बनौंछा जसले सामाजिक उदेश्य भन्दा फरक मत राख्ने कार्य हरुलाई बहिस्कार वा दण्डित गर्छ. र नैतिकता पनि समाजको संरचना अनुसार नै परिभाषित हुन्छ.मानिष स्वभाभिक रूपमा स्वतन्त्रताको पूजारी भयपनी सामजिक प्राणि भएकोले कि त क्रान्ति गर्न पर्यो समाज को परिबर्तनलाई नत्र जस्तो देश उस्तै भेस गर्न पर्यो एदी तेही समाज मा बस्न पर्यो भने. खाडी मूलुकहरुमा महिला ले अनुहार नाछोपेरा बाहिर निस्किनु समेत सामाजिक नैतिक अपराध हुन्छ,पस्च्मेली मूलुकहरुमा व्यक्तिगत स्वोतान्त्रता सम्बन्ध गास्ने निजि मामलालाई सम्मान गरिन्छ, नेपालको समाज खाडी मुलुक भन्दा स्वोतन्त्र तर पस्चेमेली समाज भन्दा कम स्वोतन्त्र छ एस मामिलामा. तेसैले कुन गलत कुन सहि भन्दा पनि कुन समाजमा बसेको छ तेसैको मर्यादा राख्न पर्चा हैन भने समाजलाई परिबर्तन गर्न पर्यो कि समाज मिल्ने ठाउँमा बसाई सर्न पर्यो. तेतिन्जेल सम्म कपाल अनुसारको केश, देश अनुसारको भेस गर्नु नै उचित होला.

  7. छाडा कमेन्ट छोडी वास्तविक्ता तर्फ विवेचना गरौं … यसैबाट कल्याण छ……..

  8. प्राकृतिक आबस्यकता भनेर सामाजिक मान्यता त्याग्नु हुन्ना , बिदेश जानू अगाड़ी श्रीमान श्रीमती बिच समझदारी बनायर गयमा टेन्सन र समसया कम हुन्छ, श्रीमान श्रीमती बिच बारम्बार फोन संपर्क भयमा बिक्रितिबाट बचना सकिन्छ , टेन्सन हुन्छ भनेर बाहिर नजाने कुरा पनि भयन, त्यों हाम्रो बाध्यता हो

  9. हाम्रो नेपालमा वा हामी नेपालीमा सबै कुराहरु संग सेक्स का कुरा हरुमा पनी सोच फराकिलो हुदै आएकोछ . पहिला पुरुषहरुलाई मात्र यी कुराहरुमा छुट थियो भने आहिले महिलाहरुले पनी आफुलाई अली खुल्ला महसुस गर्दै छन . येस्लाई कसरी लिने ? मेरो आफ्नो बिचार मा पहिला सबै कुराहरु भित्र भित्रै हुन्थे भने अहिले खुला हुन थालेको छ . यो ता दुबईले सोच्नु पर्ने जस्तो लाग्छ . अनी हाम्रो समाजमा एस्ता किसिमका लोग्ने मानिसहरु को पनि कमी छैन जसले उसको मायाको होइन की उसको सम्पति वा टाइम पास ? खास त यही कुराले बढ़ी स्थान पाएको जस्तो छ र उसले आफ्नो सबै कुरा सफे राखी अर्कालाई बर्बाद बनाएको छ . हुन त महिला पानी कम छैनन त यो सबैले सोच्नु पर्ने कुरा हो र समाधान के त ????

  10. यो वास्तविकताको अर्को पाटो हो , केहि खोजि हिड्दा अर्को गुमेको हुन्छ थाहै नपाई , दुवै पाउन त कसरि होला जब देसमा कुनै उपाय नभएर प्रदेश लागे पछि. धन्य जीवन साथी भनेर कति दिन रात पर्खी रोइ रोइ पर्खेका छन् आफ्ना प्रिय लाई अनि आफन्तलाई .यो त पर्खानेलाई पो थाहा छ हामी ले नराम्रा अर्थ लाएर के गर्ने ?

  11. बिहे त भाको छैन, तर मेरी प्रेमिका नेपालमा मेरो लागि भनेर कुरेर बसेकी छन् तेस्मै खुसि छु.

    • साथी ! यो समाचार ले त अर्कै माहोल का घटना हरुलाई व्याख्या गरि रहेको छ | फेरी तपाई को त सिर्फ प्रेमिका !!! दुख गरेर धेरै माया को नाम मा धन रेल्ने काम मात्र होइन धन दिने चेष्ठा सम्म पनि नगर्नु होला है | फेरी उता अर्कै ले उडाईदेला वा तपाई फर्के पछी I DON ‘T KNOW WHO IS THIS GUY भन्ने शव्द सुन्नु पर्ला नि होस गर्नुस |

      • राज बाबु जी सही सुजब दिनु भयो तपाई ले/ भनिन छ नि ” जसलाई बिश्वाश गर्ने हो उसंग सभाधन पनि हुन ऊतिकै जरुर छ”/

  12. मेरो बिचारमा यो बिदेस नै खतम हो जसमा पनि बिहे गराएर बिदेस आउनु भने को सारै नराम्रो हो जिबन चलाउनु पर्छ तर बिदेस होस् या कुनै ठाउमा होस् संगै आफ्नो pariwar संग बस्नु नै सबै भन्दा उत्तम हुन्छ

    • यो Buddhi जी को बुद्धि पनि अलि कमै भए जस्तो लाग्यो | बिहे गरेर विदेश आउनु नै नराम्रो रे | विदेश गएका सबै को यस्तै चाला त् हुँदैन नि होइन र ? कहीं कदा हुने गर्छन एस्त घटनाहरु, फेरी बिहे गरेर उही परिवार संगै बस्ने का पनि कोहि लोग्ने मान्छे ले घरकी लाइ भुलेर अर्की भित्र्याएका छैनन् र ? श्रीमान संगै बसेका श्रीमती ज्यु हरु पनि अर्को टिपेर पोइला गएका छैनन् र ??? आफ्नो परिवार संग बस्दै मा यो १००% नहुने भएको भए पो | कि कसो बुद्धि जी, हँ ?

  13. पति पत्नी ,बा प्रेमी ,प्रेमिका लामो समय अलग रहन परे प्राबिधिक सामान (यौन खेलौना )पनि अपनाउने गर्छन बिदेसी हरु | नेपाल मा पनि एसको बिक्रि वितरण
    अलि ब्यापक भैदिए येस्ता घटना रोकिन्थ्यो कि ?
    तर धेरै उधारो र पैचो मा चल्ने समाज मा एस्तो चिज बिज मा चै उधारो बन्द गरेकै राम्रो | होस्टेल बस्ने जवान युवा युवती ले आर्थिक अभाब को कारण साथि को खेलौना उपयोग गर्न थाले भने तेस्ले अर्को समस्या निम्त्याउन सक्छ |

  14. यथार्थ हो या बास्तबिकता सित्छित भानु या असित्छित बिषय आली गम्भीरनैहो तर मेरो बुझाईमा सेक्स भन्नि कुरा एती बलियो हुन्छकि …………………………………………
    उफ………… के भानु भान्नि आली गाह्रोभो ……………….. अफु भन्नी बिर्सियेपछी बुदपकाले भन्थेरे बाहिर जादा अण्डाको नापो गर्नु पर्छारे भनेर

  15. यो हाम्रो नेपाल को लागि नासुवाने र ढुख को कुरा हो हामी नेपाली को बनि अरुले घोडा चढेको देखेर धुरी चड्ने बनि छ नेपाल को सरकार तेस्तै छ हाम्रो देश यो देश र त्यो देश जस्तो बनाउनु पर्छ तर हुने केहि होइन पश्चिमा देश लाई दोष किन दोष ति देशमा कतिराम्रा बिकाश र कानुन छ इ देश मा जे गरे पनि कानुन को दयारा मा हुन्छ नेपाल को सरकार देखि जनता समग्र मा भन्नु पर्दा यो अबस्ता नराम्रो नक्कल गर्नाले हो

  16. Sex मानिसको जीवनको लागि एक आवश्यक साधन हो तर मानिसलाई बचाउने जीवन होइन…..// त्यसैले Sex लाई जथाभाबी रुपले प्रचार प्रसारण गरेर समाजमा बिकृति फैलाउनु हुदैन /

  17. मा अब फेरी जिम्मा दिंदा यो सबै दोष नापुंक्सक सरकार लै नै दिन्छु आज देश मा सान्ति र कम गर्ने बातावरण भैदेएको भए थोरिनै कमै गरेर भए नि घर मा बस्थे अनि संगै परिवार भएपछि मन यता उता जान्न थियो, गए नि १०० मा ५ प्रतिसत मात्र एस्तो घटना सुनिन्थ्यो

  18. के हो बाबु जी प्रिकती को नियम हो भने जनावर जस्तै गर्नुस तपाई ले , जे मन लग्यो त्यही बोल्ने .

  19. सके सम्म श्रीमान श्रीमती अलग रहेर बस्ने स्थिति नबनाउनु नै धेरै राम्रो हो \ यौन मानिसको अति आबस्यक कुरा हो \ आदर्स स्वोरुप मानिस यस्तो गर्न हुन्न उस्तो गर्न हुन्न भन्छ तर एक्लै हुदा केटा होस् या केटि यौन कै बारेमा धेरै सोचिरहेको हुन्छ \भन्ने हरु भन्छन जवान मानिस आधा उमेरको समय त यौन कै बारेमा सोच्छन \ अनि अर्को कुरा समाज,व्यक्ति नै मूल कारक हो यस्तो हुनुमा \ मौका पाउना साथ छेडछाड,हर्कत शुरु गरि हाल्छन ठाउ कुठाउ जहा पनि मानिसहरु ! यसैले जब सम्म मानिस आफै सम्पूर्ण पक्ष सम्झेर निर्यंत्रण हुदैन तब सम्म यस्ता घटना समाजमा घटिरहन्छ\ हो यहा बिबाहित या अबिबाहित नेपालि हरुमा पनि जिब्रो टोकनु पर्ने घटना सुन्नमा आउछ \त्यसैले मेरो आग्रह जवान छोरा छोरी वा श्रीमान श्रीमती एक्लै आउने,बस्ने परिस्थिति नबनाउ,अनाबस्यक र नपुग्ने आर्थिक चाहाना र भबिस्यको कल्पना नगरौ \यहि नै उत्तम विकल्प हुन् सक्छ कि ?

  20. मलाई पनि कहिले कहिँ त आफ्नो …………………देखि डर लागेर आउछ, कतै केटा साथी बनाएर कतै भाग्ने त हैन????????? के गर्नु केटी को जात कसैले बुझ्न नसक्ने, भगवान लाई त गारो हुन्छ बुझ्न लाई…………… प्रभु मेरो रक्षा गर………

  21. यी सब कुरा सामान्य हुन् , अन्यथा लिनु पर्दैन . अस्ट्रेलिया मा पनि कति छन् कति केटा र केटि साथी बनाउने चलन. पश्चिमी मूल को अनुसरण त गर्नु नै पर्यो नि हैन र????????????

  22. यो समस्या हाम्रो देशको मात्र होइन न त वैदेशिक रोजगारको परिणाममात्र नै । संवेदनशील यौनलाई अतिरञ्जितरूपमा बढावा दिनुको परिणाम हुन् यी सब । जबसम्म यौन विषयलाई अनुशासित बनाइन्न यस्ता कुकृत्यहरू बढ्दै जानेनैछन् ।

  23. खै के भन्ने….? यस्ता समाचाहरु सुन्दा त दुख लागेर आउछ नि….तर खासै नेपालमा केही गर्न नसकिने रहेछ // ”जति भ्यागुतो उफ्रिए पनि कान्ला मुनिको मुनि भने झैँ”…//

    केही गरौँ….गाउँ र देशलाई प्रगतिको मार्ग तिर लगौं भन्दा यी पुंजिबादी र बर्षौ देखि यथास्थिति सोच बोकेका शक्तिहरुले नेपाली जनतालाई टाउको उठाउन दिदैनन….// अनि हरेक छेत्रमा हामी नेपालीहरुले यसरि नै दुख-कष्ट झेल्नु परी रहेको अवस्था छ…// त्यसैले जब सम्म नेपालमा यस्ता शक्तिहरुको पहुच रही रहन्छ तब सम्म हामी नेपालीहरुको भबिष्य अन्धकारमय निश्चित देखिन्छ….// नेपालमा आमुल परिबर्तन असम्भब….// यस्ता शक्तिहरुलाई पूर्ण रुपमा निर्मूल पार्नु हामी सम्पूर्ण गरिब-दुखित, पिडित, र सोझा नेपाली जनताको कर्तब्य हो…//

  24. मान्छेको व्यक्तिगत कुरो हो । कसले छोड्यो, कसले अपनायो यसको लेखाजोखा गरिरहन समाजलाई के को चासो ? बुढाबुढी मिल्दैनन्, टाढाको मायाप्रेम कहिले सम्म बाँच्छ र ? जो जस् सँग सुखी छन् दिन हुनोस ।

    • अलिना जी होइन यो मानिस को व्यक्तिग कुरा होइन, जब सम्म अरुको ज़िन्गादी पनि आउछ यो व्यक्तिग होइन . बुदबुदी को कुरा भने र अपराध गर्ने हरुको घुइएचो लागि साक्यो / धेरै को बायापर नै बनिसक्यो / PEOPLE LIKE YOU ARE ENCOURAGING SUCH SOCIAL CRIMINAL DARE TO COMMIT SHAMELESS CRIME. Please if you like them and their activities do not persuade rest, who wants to live in better social structure.

      • What do you mean by “if I like them” and “persuading others” ? म कहिले देखि यसको ब्रान्ड एम्बेसेडर भएँ र । लाइक र डिस्लाइकको कुरा होइन । कुरा हो अरुको दाम्पत्य जीवनको प्राइभेसीको । मैले गर भनेर कसैले गर्ने होइन, तपाईँले नगर भन्दैमा अरुले नगर्ने होइन ।

        अरुको जिन्दगीको पनि सवाल हुन्छ त्यसैले व्यक्तिगत होइन भन्नुभयो । अरुको जिन्दगीको सुखको निम्ति आफू दुखी भएर बस्नुको औचित्यपनि म देख्दिन । आफ्ना बच्चाहरुलाई त्यागेर हिंड्नु अपराध हो, यसको निम्ति कानून बनाउनुपर्छ । तर फलानाले यसो गर्‍यो, ढिस्कानाले यसो गर्‍यो भनेर रमाउनुको साटो अनि moral police बन्नु साटो, अलि धेरै समय आफ्नासँग बिताउनुस् । छाडेर हिंड्दैनन् । 😉

  25. तेस्तो गर्नु पसुतुल्या सोच हो / स्वतन्त्रता र चाड पन मा धेरै फरक छ/ पश्चिमा संस्कार को कुरा गर्ने काजी हरु बुझा बिबहेत्तर सम्बन्ध यहाँ पनि मान्य छैन/ चितिंग गर्दा कति ठुला ठुला सेलिब्रेटी को पनि पारपाचुके भाको कुरा सुनेका छैनौ?
    हामी अरु भन्दा फरक छौ किनकि हाम्रो परम्परा अरु को भन्दा बिसिस्त छ तेसैले सामाजिक जग बलियो छ यो बिथोल्नु राम्रो होइन!

  26. यो त पुरै गलत सस्कृति भयो नेपालमा छाडा प्रवृति .सेक्स त अजिब को हुदो रहेछ यो सबै सेक्स को कारण ले भएको कुरा हो

  27. बाबु अम्रिच मा बसेर आफ्नो धर्म संस्कृति बिर्सिनु भयो कि क हो, घर फर्किएर हेर्नुस कतै तपाई को पनि परिवार ?????

  28. के गर्नु आफ्नो देश गरिब हुनु र रोजगारी नपाउनुको पिडा हो यो…. रोक्न पनि गारो छ…. तेसैले सकेसम्म आफ्नै देशमा खेतीकिसानी गरेर बासु तेस्को लागि त कसैले केहि दिनु पर्दैन….. जसले गर्दा परिवार बाट टाढा हुनु नपरोस पारपाचुके सम्मको अवस्था न आओस.

    • कस्तो कुरा गरेको यार किन देश लै दोष नी आफ्नो बुडी पोइल जान्छा तेस्मा पनि देस्नई खाराब ?

  29. मान्छे ले आफुमा भएको बुध्ही र बिबेक सहि ठाँउमा प्रयोग गर्न जान्नु पर्छ होइन भने त मान्छे र पशुमा फरक नै क रह्यो र होइन र ?प्रकितिक नियम ,स्वतन्त्रता जे जे भने पनि हरेक काम गर्दा तेस बाट आउने रिजल्टको पनि ख्याल गर्नु पर्छ ,आफन्तको साथ् चाहिन्छ भने पैसाको लोभ नगर्नु यदि पैसा चाहिन्छ भने २/४ वर्ष कुर्न पनि नसक्ने कस्तो जनावर जस्ता होलान जो जहाँ भेट्यो तेही पाए हुने ,

  30. सुने बेला नमिठो र पढ्ने बेलामा नराम्रो लागे पनि बास्तबिक्ता यस्तै छ नेपालमा आज…….माथि दिएका त केवल उदाहरण मात्र हो यस्ता घटना नेपालको गाऊँ घर तिर अझ बढी देख्न पाईन्छ। यसको लागि संम्बन्धित निकायले समयमा नै ध्यान दिनु पर्छ।

  31. तेसरी बाहिर पसिना चुहाएर रात दिन नभनिकन अलिकति भएपनि पैसा हुन्छ भनेर काम गर्नेलाई धोका दिनु चै अति नै नराम्रो र गलत कुरा हो अनि कुरै नबुझी अरुको कुरा सुनेर श्रीमान वा श्रीमतीलाई शंका गर्नु अझ बढी मुर्खता हो

  32. यो अहिले को यथार्थ हो. वास्तावमा यो परि पाटी पशिम संस्कृति मा २-३ सय वर्ष पहिले आएको थियो . हामि अब हाम्रो परम्परा बचाउन भनेर घर मा बसेर भएन . काम को लागि बाहिर जाने अनि मन परेको संग सम्बन्ध राख्ने गर्दा स्थिति ले बिकराल रुप लिन्छ .

    मान्छे ले बुझेर सोचेर सम्बन्ध बिच्छेद को कुरा गर्नु पर्छा . बच्चा भएको ले धेरै सोच्नु पर्ने देखिन्छा ..

  33. यो नै प्रकिर्तिक नियम हो , कसैले पनि रोक्न सक्दैन.मानिस स्वतंत्र छ,तेसैले उ जे चायो तेही गर्छ .यो कुनै नया बिसय होइन.

    • वा वा वा !!! क्या छोटो मिठो तरिकाले कमेन्ट गर्यें जस्तो लाग्यो होला है तपाई लाई ! साएद मलाई लाग्छ तपाई पनि यो दलदलमा फसिसक्ये जस्तो छ | खै जीवन निर्वाह को लागि केहि समय को लागि परिवार फरक वस्नु पर्दै मा उ स्वोतन्त्र हुने जे पायो त्येही गर्ने उसलाई छुट, यो प्रकृति को नियम मा पर्यो है तपाईलाई ! तपाई ले बुझ्नु भएको छ, प्रकृति को नियम र जीवन चलाउने शैली को नियम विच कति फरक छ ???

      • राज बाबु जु, हो तपाई को कुरा ठिक हो कि केहि वर्ष छुतिदैमा परिवार को सम्बन्ध बिगार्न हुदैन, सबै आफ्नो ठाउँ मा बस्नु पर्छ.तर त्यो कुरा नैतिक मात्र हो.हो केहि मानेका पनि छन् ,गरेका पनि छन्. अर्को तर्फन तेस्ता नगर्ने को संख्या पनि बढी रहेको छ.एसको मतलब मान्छे हरु नगर्ने तर्फ बढिरहेका छन्. त्यो नै पर्कृतिक नियम हो.उदाहरण को लागि तपाई ले राम्रो महिला देखुनु भयो भने,तपाइलाई यौन को चाहना हुन्छ, तपाई गर्नुहुन्न होला किनकि त्यो नैतिक ले दिन्न. तर भित्रि मन बाट चाहना त हुन्छ. एदी तपाई समाज र परिवार बाट दर हुदैन भने तपाई पनि कुनै सम्बन्ध मा पछि पर्नुहुन्न होला जस्तो लाग्छ.तपाई ले माने पनि नमाने पनि मानिस स्वतन्त्र तिर अघि बढिरहेको छ.धन्यवाद

    • बाबु धेरै अमेरिका लग्यो हो,अमेरिका मा त दिदि बहिनि की भन्दिने सक्छौ भने तिमि त्यो पनि अपनाउने कि समन्य हो नि त्यो मा नि अम्रिका मै छु

      • हेर्नुस रामु जी ! बाबु को त्यो स्वोतन्त्र भन्ने शव्द नै मलाई मन परेन ! तपाई को त्यो अमेरिका मा त दिदि बहिनि पनि भन्दिने पाए ……….. यो पनि मन परेन | भनाइ र गराई मा धेरै फरक छ | हो SEX IS A FOOD . यो कुरामा म पनि असहमत छैन | तर त्येही परिवार को भविष्य सोचेर विदेश जाने ले आफ्नो परिवार ले कुरेर बसेको बिर्सनु हुँदैन | अनि परिवारले पनि आफ्नो मान्छेले विदेशमा पसिना चुहाउदै छ भन्ने भुल्नु हुँदैन | जसलाई दिदि बहिनि भनिन्छ उस्लाई त्यै नाताले हेरिन्छ | तपाई ले भने जस्तै पनि एक दुइ छन, न भएका होइनन | LIFE IS NOTHING, IT IS ONLY FOR RELAX . भन्ने सोच्ने मान्छेले मात्र यो दिदि बहिनि भन्ने पायो भने …….गरेका होलान तर जो जिन्दगि लाई अलि अलि मात्र मै बुझेका छन् उनीहरुले दिदि बहिनि कै मान र मर्यादा दिएका छन् | तपाई को अन्तिम हरफ ले तपाई आफै लाइ इशारा गर्नु भएको हो जस्तो पनि लग्यो | तपाई अमेरिका मै हुनुहुने रहेछ | ल बधाई छ तपाई लै दिदि बहिनि भन्दै ………. ति एक दुइ भित्र तपाई पनि पर्नु हुँदो रहेछ | गर्नुस मोज |||

Comments are closed.