नेताहरुलाई पान्डोरा ग्रहमा पठाइदिने हो भने..

कहिलेकाहीँ तपाईँलाई यी नेताहरुको चालामाला देख्दा दिक्कलाग्दो हो। अनि सोच्न पुग्नुहुँदो हो, यी सबलाई नेपालबाट मात्र हैन, यो पृथ्वीबाटै टाढा कतै लगिदिए कसो होला?

कल्पना मै सही, एकचोटी प्रयास गर्ने कि ?

लौ त्यसो भए आउनुस्, तपाईँ हामी मिलेर यी नेताहरुलाई कतै टाढा पठाइदिउँ। तर कता पठाउने ?

जेम्स क्यामरुनको बहुचर्चित फिल्म ‘अवतार’ हेर्नुभएको छ? त्यसैमा रहेको पान्डोरा ग्रहमा पठाइदिए कसो होला?

तपाईँलाई थाहै छ, फिल्मको कथा अनुसार त्यहाँ मान्छे पठाउँदा त्यहीँ कै बासिन्दाको जस्तो शरीरमा यहाँको मान्छेको बानी, व्यहोरा, अनुहार मिल्ने गरी ‘अवतार’ लिन सकिन्छ। लौ त्यसो भए नेताहरुलाई पान्डोराको अवतार लिन लगाउँ। हेरौँ, कस्ता देखिने हुन् उनीहरु पान्डोरामा ?

दायाँ छेउमा देखिएका व्यक्ति हाम्रा प्रधानमन्त्री माधवकुमार नेपाल हुन्। त्यहाँ उनको नाम हुनेछ केसेओभी। अरु नेताहरुको अनुहार हेरौँ भित्र।

अब अर्को नेतालाई पान्डोरामा पठाउन तयार हुनुस्।

कसलाई पठाउने त ?

१२ वर्ष जनयुद्ध गरेर आएको प्रचण्डलाई पठाए कसो होला ? उता अमेरिकीहरुलाई धपाउन सशस्त्र युद्ध कै खाँचो छ। लौ उडाइदिउँ प्रचण्डलाई पान्डोरातर्फ। उनी यस्तो देखिनेछन्-

यहाँ उनको उपनाम हुने रहेछ तारेरिकी। लौ तारेरिकी कमरेड थाल्नुस् नयाँ जीवन!

अब एमाले अध्यक्ष झलनाथ खनाललाई उतातिर पठाइदिउँ है त। उनी यस्ता देखिने रहेछन्-

झलनाथ खनाल गइसकेपछि केपी ओलीको मात्र के काम? उनलाई पनि पठाइदिउँ। ओली कमरेड यस्ता देखिने रहेछन्-

ओली कमरेड गइसकेपछि रक्षामन्त्री विद्या भण्डारीलाई पनि पठाइदिम् है त उतैतिर। उनी यस्ती देखिन्छिन्-

ला…एक जनाको नाम बिर्सियो। को भन्नुस् त? प्रचण्डलाई पठाएपछि बाबुरामलाई पठाउनु पर्दैन ? लौ बाबुराम भट्टराईलाई पठाउँ। उनी यस्ता देखिन्छन्-

अब केही कांग्रेसी नेताहरुलाई पठाइदिम्। सबैभन्दा पहिला एमआरपी भारतलाई दिन चाहने उपप्रधानमन्त्री सुजाता कोइराला

अब सुशील कोइरालालाई पनि उडाइदिम् है त-

देउवाको चाहिँ के काम त ? शेरबहादुर देउवालाई पनि पठाइदिम् त्यतैतिर-

अब कसलाई पठाउने त? राजतन्त्र सकिएको जस्तो लाग्दैन भनिराख्या छन्, पूर्वराजा ज्ञानेन्द्रलाई पनि पठाइदिम्। उनी यस्तो देखिनेछन्-

पठाउन त संविधान नलेख्‍ने ६०१ जना सभासदहरुलाई पनि उतैतिर पठाउने हो, सबै नेतालाई पनि। सबैको अनुहार त यहाँ राखेर संभव हुन्न। बरु कलाकार चाहिँ कस्ता देखिने रहेछन्? हाम्रा महानायक राजेश हमाललाई पनि पठाइ हेर्ने हो कि ? उनी यस्ता देखिने रहेछन्-


माथिको चाहिँ को भन्नुभएको ? लौ, सबै नेता गएपछि ब्लग गर्न ब्लगर पनि जानु परेन ? त्यो मै हुँ नि।

तपाईँ पनि जाने हो पान्डोरामा अवतार लिन? धेरै गाह्रो छैन तपाईँको फोटोलाई विशेष इफेक्ट दिने मात्रै हो। फोटोसप चलाउन जान्नुहुन्छ भने सजिलो छ। उपाय तलका वेबसाइटले दिन्छन्-
How to make avatar effect in photoshop

Create James Cameron’s AVATAR Movie Poster in Photoshop Tutorial

भिडियो हेरेर सिक्ने भए तल हेर्नुस्-

यो सब गर्न गाह्रो हुन्छ र तपाईँलाई एकदमै सजिलो उपाय चाहिएको हो भने ल पख्‍नुस् एउटा एकदमै सजिलो उपाय छ। तपाईँको फोटो मात्र अपलोड गरे पुग्छ। अझ तपाईँको फेसबुकको प्रोफाइलको फोटोले पनि काम चल्छ। फोटो अपलोड गरिदिनुस्, काम सजिलो। सबै उसैले गर्छ। तर आफैले बनाएको जस्तो राम्रो भने हुन्न। माथिका नेताका सबै फोटो यहीँबाट बनेका हुन्। सजिलो उपायका लागि यहाँ क्लिक गर्नुस्।

50 Comments

  1. कुरा र काम अलग गर्ने नेता लाई जेठ १४ अगावै पन्डोरा pathauna सके देश जोगिने थियो कि ?

  2. हा हा हा खुबै रमाइलो ब्लग …. तर यी नेता ले पन्डोरा मा पनि नेपाल मा जस्तै घुस खाने सत्ता को लागि लिछाचुदी अनि असान्ती मचौछां होला नि त? फेरी पन्डोरा मा गएर पनि नेपाल को बदनाम गर्छन होला संका लाग्छा मलाई त……

  3. नेताहरुलाई पान्डोरामा पठाएको त ठिकै हो तर हाम्रो फिल्म अभिनेता राजेश ब्रो लाई चाँही किन बेकार त्यँहा फटाहा नेताहरु संगै पठाएको नि?सत्य कुरा बोल्नै पर्छ नेपाली फिल्म् धानेको उनैले हुन्।

  4. हाम्रो नेता हरु खुब मख्ख पर्दै होला ब्लग पढेर अनि सोच्दै होला प्याण्डोरा लाई के कस्तो बनाउने भनेर, कही नपाएर यिनी हरु लाई बस्न दिन्छन त्येहा, यिनी हरुलाई छिट्टै धपाउनेछन| बानी र मान्छे उही हो, नेपाल लाई स्विजरल्यान्ड बनाउने भने जस्तै त्यहाँ पनि त्यस्तै घोसडा गर्ला नि | अनी दिन्छ बस्न लाई ?

    • नेता हरु लै यो ब्लग पढ्ने फुर्सद नै कहाँ हुन्छा र है मित्र हरु तिनी हरु त कहाँ कमिसन, घुस अनि कसरि सत्ता हत्याउने भन्ने कुरा ले फुर्सद नै हुन्छा र?

  5. पान्डोरा मा गयर राजनीती गर्ने हो भने यी नेताहरु मध्य कुन चाही लोक प्रिय हुन्थियो होला??? सुजाता???

  6. पाण्डोरा ग्रहको बेज्जत भएन हाम्रो नेताहरु संग दाजेर ?

  7. उमेश जी पनि , नेता हरु लै मात्र पठाएर हुन्छ त????,,तपाईलाई थाहा नै होला नि आज भोलि नेपाल बाट बाहिर अथवा काठमाडौँ बाट बाहिर कतै जना पर्यो कि हाम्रा नेतिनी श्रीमती जीहरु पनि त अनिवार्य भै सके नि?झन् त्यो त पान्डोरा ग्रह!!!!!!तर शंका लाग्छ येही नेपाल उनीहरुको लागि स्वर्ग छ…जान पो मान्छन् कि मान्दैनन्!!!गए पनि तेस्ता घुसेटहरु लाई लगेर पान्डोरा ग्रहकै अस्तित्व धरापमा पार्ने र??????

    • अनि उमेश जी तपाई को ब्लॉग माँ कमेन्ट लेखन केसू, बिराज, दिनेश बीके आदि लाइ पनी पठाउनु परेन र?मलाई ता नपठाउनु होला, माँ ता येते बस्नेछू.

      • हैन महेश जी तपाइको ठाउँ त अफगानिस्थान को ओसामा बिन लादेनको सेकुरिटिमा होलानी !

  8. समाजका धमिरारुपी यी भ्रस्ट नेताहरुलाई पठाउने ठाउमा राजेश हमाल जस्ता समाजमा चलचित्रको माध्यमबाट जनचेतना फैलाउने र सामाजिक सेवा मा समेत समर्पित ब्यक्तित्य लाई भ्रस्ट नेता संग तुलना गर्न त भएन नि . हैनर ? हुन त राजेश हमालको फोटो कस्तो हुन्छ भनेर देखाउन पनि होला तर भ्रस्ट नेताको संद्रभमा न जोडेको भए राम्रो हुन्थ्यो होला .

    • होइन,कल्पना भन्दा बाहिर किन कुरा गर्ने र ! पृथ्बीबाट अन्तै पठाऊन त रकेट प्रपेक्षण गर्नु पर्यो तर यो त नेपालमा सपना भन्दा टाढाको कुरा पनि हो / त्यसैले वास्तविक कुरा गर्ने हो भने अहिले सम्मको हालीमुहाली राष्ट्रलाई कंगाल बनाउनेहरु सबै काशी गोत्रको त हो नि अब झोला र तुम्बी भिडाएर काशी तिरै लखेटे केहि बर्ष मै नेपाल समृधिमा पुगी हाल्छ नि होइन र ?…………….नत्र भने ……………………..

  9. pandora as fantasized by James cameroon is very beautiful place with people living there in harmony with nature. All these Nepalese neta will do their dirty politics there also.therefore pandora is not suitable for them.As one of the friend comments, they have to send where Girija is now.

  10. “पान्डोरा जान पाए त TADA त गजबै आउने थियो”
    भनेर मुख भरि रयाल काढेर बसिराखेका होलान नेताहरु यो ब्लग देखेर/पढेर

  11. सुजाता को नाम किन त्यस्तो हाँस उठ्दो ? मेरीबास्सै , त्यो सफ्टवेर ले कस्तो मिलाएको

  12. तिन मुख्य दलका नेताहरुलाई पान्डोरा ग्रहमा पठाएर रास्ट्रपति शाशन लगाउने बिचार वा मधेशीलाइ शासन सुम्पने विचार हो ! उमेश जी !

  13. पाण्डुराम हरु लाइ पान्डोरा मा पठाउने विचार राम्रो छ

  14. उमेश जी,

    पन्डोरा होइन नर्क तिर पठाउन पर्छ हाम्रो नेताहरु लाइ, जब येमराजको कोर्रा खान्छन, अनि थाहा हुन्छ नेपाली जनतालाइ ठग्दा कस्तो हुन्छ भनेर थाहा पाउछन, पान्डोराको जीवित चिजलाई बेचेर मोज गर्न बेर छैन.

  15. पान्डोरा इफेक्ट पछि चाहीँ सबै भन्दा Interesting शेर बहादुर देउबा लाग्यो मलाइ त !
    🙂

  16. धत् उमेशजी
    तपाईले पन्डोरामा हाम्रो नेताहरुलाई पठाएर के त्यहाको प्राणीहरुलाई दुख दिन खोज्नु भएको त्यहाँ भएको जंगल सखाप पार्न खोज्नु भएको त्यहाको प्राकृतिक स्रोत हरुलाई नस्ट गर्न खोज्नु भएको हाम्रो देशका नेताहरु आफ्नो देशको प्राकृतिक स्रोत त बेच्छन भने त्यहाको प्राकृतिक स्रोत नबेची के हात बाँधेर बस्लान धत् त्यस्तो गर्नु भएन पन्डोराका प्राणीहरुलाई दुख दिनु मनासिब होइन बरु अरु कुनै ग्रह खोज्नुष गूगल मा गएर जहाँ प्राकृतिक स्रोत र साधन केहि नहोस कुनै प्राणीको पनि बसोबास नहोस त्यस्तो ठाउमा पठाएर हाम्रो नेता हरुले गरेको प्रगति उन्नतिको बारेमा तपाइको माइ सन्सार मा ब्लग लेख्नु होला

    • साहारा मरुभूमिमा पठाउनुस,देश र जनतालाई अहिले सम्म गरेको धर्म प्राप्ति गर्नको लागि पाप कटाउन,

      • हुदैन
        बालुवा बेचेर खत्तम पार्छन,

    • MAHESWOR जी त्यसो भए Rai USA ले भन्नु भए जस्तै साहारा मरुभूमी तिर नै पठाइ दिउं यी देशघाती, जनतामारा नालायक नेताहरुलाई । त्यही खाना पानी केही नपाई तडपिएर मरुन । यिनिहरुको कुकर्मको लागि उचित सजाय नै त्यै हो ।

  17. पन्डोरा मा जाने बाटो देखैदिनुहोला तर फर्केर आउने बाट नदेखैदिनुहोला .

    • मन्त्रि (चम्पा चौधरी) को कारमा पठाई दिउ न अनि त फर्किने बाटो देखे पनि केहि फरक पर्दैन /

  18. ह्या यो ब्लग द जे पायो तेही भएन र भन्या. केहि मिलेको छैन जस्तो पो लग्यो त. मनोरंजन को लागि त ठिकै हो तर बिषय अलि फितलो नै लग्यो है मलाई त.

  19. हैन हो उमेश जी हामी सबै जनता मिलेर इ सामन्ती घुसखोरी हरुले पाण्डोरा नै बेचिदेलान् बरु सबै जनता मिलेर चिलौनिको रुखमा घटीमा सुर्कनो परेर तुर्लुंग बदौना बरु

  20. पैसा कति लाग्छा म पैसाको जोहो गर्न थाल्नु पर्यो. विसा कहाँ बाट लिने. उड्ने यान कसरि व्यवथा गर्ने. लौ न ३३ कोटी देवता यी नेपाललाई भार अनि यो लोककै भार लाइ छिट्टै पठाउ सासै फेर्न गारो भैसक्यो. अनि सुजाता र विजय गच्छदार पनि लिस्टमा छुत्याछान भरे भारत् गुहार्न पुग्लान र ब्लागर्लाई आपत्. यिन लाइ पनि नछुटाउ, सकिन्छभने सेरे, रामे, शुशिले आदि ईत्यादी पनि नछुटून. तपालाई नेपाल आमाले धेरै आशिर्बाद दिने छिन भने सर नेपालीले मुरी मुरी धन्यवाद दिने छन्.

  21. बाबुराम लाई बाहेक माथि उल्लेखित सबै नेता हरुलाई पठाउने राम्रो ठाउँ मैले देखेको छु. त्यो हो चिहान!!! जनता मारा लाई पठाउने तेहा भन्दा अरु उपुक्त ठाउँ हुनै सक्दैन. हो मात्र चिहान अर्थात् मसानघाट!!!

    • अहिले भने उमेश जी ले गलत नियत देखाउनु भयो. बाबुराम जस्ता नेता लाइ पठाएर भीमे, खुमे लाइ देश लूटन जिम्मा दिने?

      • अरु सबै लाई पठाउदा राम्रै होला/ उमेश जी लाई एउटा request छ … कृपया बाबुराम र प्रचण्ड को फोटो लाई remove गरेर दिनेश बि के र केसु को फोटो हलिदिनुहोला किनकि माई संसार मा सबैभन्दा बडी कठपुतली को भक्त यी दुइजना देखिन्चन. र अरु जस जस को फोटो छ ति संग पनि इनीहरुको विचार मिल्छ…व्यर्थै मा प्रचण्ड र बाबुराम लाई पठाएर किन पन्डोरा ग्रह मा लडाई गराउनु हुन्छ.. पन्डोरा ग्रह भनेर यी दुइ नेता चुप लगेर बस्दैनन् किनकि त्यहाँ पनि प्रचण्ड र बाबुराम अग्रगमन को ओकालत गर्छन भने यी अरु लुतुवा हरु प्रतिगमन को !!!!!!! धन्यवाद

  22. उमेश जी !
    तपाई पनि जाने भए पछी म पनि जान्छु है तपाइसंग ? ब्लग मा प्रतिक्रिया लेख्ने पनि
    त चाहिन्छ नि .
    ( नलाने पो हो कि तपाइले मलाई ! जस्तो देख्यो त्यस्तै जस्ताको तस्तै लेख्ने बानि छ
    मेरो – – आज भोलि धेरै पत्रकार हरु ( सबै होइन – धेरै मात्रै भनेको ) बाङ्गो बाङ्गो
    लेख्छन – – खै – –

    • लुना जी आजकाल तपाइको लेखहरु पढेर खुशी यसमा लाग्छ कि “you have proved yourself that you stand for something”. मेरो तर्फाट तपाईलाई बधाई, अनि शुभकामना छ|यसरी नै प्रजातान्त्रिक, तपाई यसलाई “लोकतान्त्रिक” भन्नु हुन्छ, को समर्थन गरौँ, हामि सबै मिलेर|नेपाल हाम्रो हो, यसलाई कसैको पोल्टामा हाल्न नदीम|अबको नेपाल “नया नेपाल” मात्रै नभएर “साझा नेपाल” होस् कामना गरम|यसमा हामि सबै अतौना सकम, हाम्रो परम्परा र मूल्य मान्यता माथि बलात्कार नहोस चाहे त्यो सर्बहारा को नाम होस् चाहे तानाशाही राज्तंत्न्त्र मा होस्|कुरो खासै के हो भने हामीले राजा फ्याँकेर ठिक त गरेम तर श्री पेच हटाएर ठिक गरेनम|यो मेरो बिचार हो, मलाइ था छ यसमा समर्थन गर्ने करोडौ नेपाली छन्| जे भए त पनि, यो पन्डोरा बारे केहि लेखना चाहेर नै हो|यो सिनेमामा देखिएका र खिचिएका धरातलीय दृश्यहरु न्यु जील्यांडक दृश्यहरु हुन्|अरु कतिपय चै त्यो देशको सिनेमा स्टुडियो मा गरिएको कम्पुटर यानिमेसन हो|यस्तै खाले बैभव शालि दृश्य हरु भएको देश हो हाम्रो नेपाल पनि|यसलाई सहि प्रयोग र उपयोग गरेमा हामि कति बिकशित, बैभवशालि र प्रख्यात हुन्थें होला हगी?

    • मचाहिँ यतै बस्नुपर्ला लुनाजी । कथंकदाचित ‘यिनीहरू’ (सबै होइन) फिर्ता हुन चाहे भने रोक्ने पनि त चाहियो नि । 🙂

      • पुस्पा जी यो काम को जिम्मा मलाई दिनुस … ब्रिटिश आर्मी भयको ले तपाई को भन्दा मेरो निसाना अलि मिस जादैनकी … कसम नेपाली माटो को तिनीहरु यदि आय भने dragon मा चढेर नै त आउछन होला सिदै खासलिदिन्छु ………….. मलाई यति बिश्वास छ.. तर बाबुराम लाई चाही Well – Come गर्छु
        धन्यवाद

  23. हैन कम्युनिस्ट नेता जति सबै पठाएर अनि के देस चै कुहेका कांग्रेस (कुजाता जस्तै) हरुको जिम्मा लगाएको हो कि के हो ? ओली मार्का त पठाएको ठिकै होला | कि कंग्रेस्स्लाई चै पाताल तिर लखेट्ने हो त? अनि मात्र सचा जनताको हातमा सत्ता आउला कि ! कि सुर्य बहादुरको थापाको जिम्मा लगाउने हो?
    कुरो प्रस्ट भएन | कि पन्डोरामा नै सहमति गरुन भनेको हो | खबर अपडेट गर्न ब्लगर पनि जाने भनेको पो हो कि !

    • साँच्चै है ! तथाकतथित कांग्रेसीहरूलाई उमेशजीले किन नेपालमै राख्न चाहनुभएको होला ? अनि मधेशीका मसीहा भनाउँदाहरू र राजाका हुक्केहरूलाई चाहिँ कहाँ पठाउने हो ? कि कम्यूनिष्ठबाहेकका लाई कुनै अर्कै ग्रहको खोजीमा त हुनुहुन्न ? 😀

  24. पन्डोरा मा पजेरो पाइन्न, अनि पठाए नि फोकट को पजेरो chadna नेपाल नै औंचन गाडी क भोगी हरु …

  25. यिनीहरुलाई त्यति टाढा पन्डोरा नापथायेनी अध्यागमनलाई भनेर नेपाली सिमाना कतौना पाए हुन्थ्यो

  26. पाण्डोरा नै बेचिदेलान् नि फेरि । 🙂 हुन त हामीले कसलाई कहाँ पठाउने भनेर चाहेरै पनि गाह्रै पर्नेरहेछ । ‘प्रभु’ले सक्लान् कि !

  27. होइन…यिनी हरु ले नेपाल लै त बिगार्नु बिगार्यो …
    अब फेरी पन्डोरा मा पठाएर त्यहाँ का प्राणी हरु लै किन बेकार मा किन दुख दिने…
    At least let the pandora ‘nuvi’ live in peace and harmony….
    baru rajesh hamal chai hit hunchaa hola tyaha…

  28. यी पतुर नेताहरुलाई (खै यो नेता पद पनि जनताले दिएको त् होयिन उनीहरु आफैले आफैलाई दिएको हो) कतै पठाउनु हुन्न/ एम राज नै यिनीहरुलाई लिन आए पनि पख यिनीहरुलाई नेपाल बात बाहिर नर्क जान पनि जनादेश पाएको छैन लाग्न पाउंदैन भनि यहि राख्नु पर्छ/

    एक दिन त् जनताको पालो आउँछ नै/ तेती बेला यिनीहरु सबैलाई यिनीहरुको कर्तुत को फल चखाउनु पर्छ/ अनि यि प्रेत-पिशाचहरुको खरानी पनि देसमा राख्नु हुन्न उतै यिनीहरुको प्रभु भूमिमा फाल्नु पर्छ/

  29. उमेशजी
    मा कु ने को त्यो तस्बिर चै खुसुक्क ओबामा लाइ पठाइदिनुस् त् हेरौ चिन्दा रहेछन कि रहेनछन | ढाका टोपी लगाउदा त् परैबाट चिनेर हात उठाएका थिए रे !

    • माकुने ले बडो गर्व का साथ नेपाली मीडिया लै भनेको थियो कि “पर बाट ओबामा मलाई देक्निबित्तिकै हात हल्लाउदै तपाई नेपाल बाट हैन मैले चिने तपाइलाई अनि नाम चाही के परयो भनि सोदे मैले madav हो भने उहाले ओह माधव फ्रम नेपाल भन्नुभयो/ हामी दुबैजना १ मिनेट भन्दा धेरै हात समायर कुरा गर्यो/ यसैले प्रस्ट पारछ कि मेरो अन्तरास्ट्रिय छबी कति छ भनेर ” ओबामा नेपाली टोपी देखेर नेपाली हो भनि सोद्दा माकुने लाई लाग्यो कि उसको जन्म कुण्डली ओबामा ले नै बनायको जस्तो… यस्तो bloody Cheap … मान्छे के भन्नि एरपोर्ट म एस्तो बोल्दा त ह…. लाई भन्दा देख्ने लाई लाज … भने जस्तो भयो अनि येस्ता को सङ्गत गरेर कहिँ उमो लगिन्छ र ????

  30. अरु त तेस्तै हो तारेरिकी को अनुहार चाही ठ्याक्कै मिल्यो.
    अब अरु बाँकि लाइ पनि त तेती पठैदिउ न बरु अनि उतै लेखेर ल्यौछान कि नेपाल देश को संबिधान.
    अनि ओली लाइ अलि बडी सुबिधा दिया जस्तो लग्यो अरु लाइ पनि बेवस्ता गर्दिनु पर्यो नि त , बाबु लाइ हिसिला , तारेरिकी लाइ सीता माकुने लाइ -मिसेस नेपाल. आदि आदि.

  31. I would not send them in pandora. I would like to send them where Girija is. Lets do it be united.

Comments are closed.