शनिबारदेखिको आन्दोलनले जनविद्रोहको रुप लेला?

काठमाडौमा केहिको चर्चा छ भने त्यो-मे १ को मजदुर दिवसका दिनबाट शुरु हुने एकिकृत माओवादिको अनिश्चितकालिन अान्दोलनको छ । अखबारका सम्पादकहरुदेखि सडक किनारका च्या पसलहरुमा मान्छेहरु टिकाटिप्पणीमा ब्यस्त छन । सडकमा ब्यापक प्रहरि परिचालन शुरु भैसकेको छ । म सधै हिँड्ने लाजिम्पाट सडक खण्डमा आज सवारि नहुँदापनि प्रसस्त सशस्त्र र जनपद प्रहरिहरु तैनाथ देखिय । काठमाडौका सडकहरुमा महिनौँपछि यति धेरै सुरक्षाकर्मि तैनाथ देखियका हुन । आम मान्छेहरुमा त्राश छायको छ । ‘अब के होला ?’ यो प्रश्न जताततै ब्याप्त छ । उत्तर कसैसँग सायदै होला । परिणाम गर्भमा छ ।

बिगतमा जस्तै एकिकृत माओवादिले आन्दोलन घोषणा गरेर फिर्ता लियन भने अनिस्चितकालिन आन्दोलनले जनबिद्रोहको रुप लिने मेरो बिश्लेषण छ । मैले यहाँ उठाउन खोजेको बिषय, के देशले जनबिद्रोह मागेको छ त ? भन्ने हो । पानि, बत्ति, स्वच्छ हावाको समेत अभाव झेलिरहेका नेपालिहरुको जीवन बाहिरबाट हेरेजस्तो सहज छैन । निराशा हरेकतिर ब्याप्त छ । अखबारका फ्रण्ट पेजहरु राजनितिक आरोप-प्रत्यारोपले भरियका छन । भर्खरै आयका नयाँ अमेरिकि दुतले प्रचण्डलाइ भेटेर ‘प्रतिपक्ष्यसँग सर्त राख्ने सरकार त मैले देखेको थिइन’ भन्छन, माधवकुमारलाइ भेटेर माओवादिले आफनो ब्यवहार सुधार्नुपर्ने बताउँछन । माधवकुमारलाइ दोष दिनु ब्यवहारिक देखिँदैन, उदघाटन, शिलान्यास र बृक्षारोपणबाट फुर्सद पाय न उनि केहि गरुन ? सुर्यबहादुरदेखि, प्रचण्ड र गगन थापाहरु ‘सहमतिको बिकल्प छैन’ रट लगाइरहेका छन । सहमतिको परिभाषा आफनो अनुकुल बनाइन्छ यहाँ । माओवादि सहमति कुर्सि पाउनुलाइ मान्छ भने, माधवकुमार पद छाड्नेबाहेकको सहमति गर्न चाहन्छन । सडक छेउ बदाम बेचिरहेका नागरिकहरु देशको ढुकुटि सिध्याउने डाँकाहरुको सवारि हुँदा उडेको धुलोले ढाकिन्छन । बिद्यालयहरु बन्द छन । धारामा पानि आउँदैन । नेपाल टेलिकम होस या बिद्युत प्राधिकरण, सेवा नदिइ उपभोक्ताको ढाड सेकिरहेका छन । हरेक तिर ठगि छ । पहाडे र मधेसिभन्दै सदभाव खल्बल्याउने लोभि मन्त्रि तराइमा रथयात्रा गर्दैछन। परराष्ट्रमन्त्रि र उपप्रधानमन्त्रि स्वयं यो सरकार निकम्मा छ भन्दै रिपोर्टर क्लबको पुतलिसडकस्थित पसलमा कुर्लिरहेका छन । सरकार भनेको के हो ? तिनिहरु सरकार होइनन र ? सरकार निकम्मा छ भन्ने लाग्छ भने, राजिनामा दिने आँट किन देखाउँदैनन ?

मन्त्रिको सङख्या यति छ कि, जनताहरु मन्त्रि चिन्दैनन । अधिकांश राज्य, सहायक मन्त्रि र सचिवहरु बिदेश सयरमा छन । नेपालमा भयकाहरु उदघाटन र पार्टि मिटिङहरुमा ब्यस्त छन । यहाँका अर्थमन्त्रि कवितासंग्रह बिमोचन कार्यक्रमको प्रमुख अतिथि हुन्छन । मानौ अर्थसम्बन्धि कामहरु देशमा बाँकि नै छैनन । प्रधानमन्त्रि कैंचि गोजिमा बोकेर हिँ्डछन ताकि सक्दो बढि उदघाटन गरेर जनतालाइ राहत दिन सकियोस ।

जुन तन्त्र आयपनि उनै अनुहारहरु हावि छन सत्तामा । जसका र जुन प्रवृत्तिका बिरुद्वमा आन्दोलन गरियो तिनैले शासन गरिरहेको स्थिति छ । आर्थिक संकटकाल घोषणा मात्र नगरियको अवश्था छ । उपभोग्य बस्तुहरुको भाउ छोइनसक्नु छ । सभामुख बैठक सारेको घोषणामै ब्यस्त छन । संविधानसभा हल अपहेलित छ । ६०१ डाँकाहरु त्यहाँ उपस्थित हुनै खोज्दैनन । कसैको घरमा चोरि गर्ने नैतिकताहिन मान्छेलाइ डाँकाको उपाधि दिइन्छ, देशको कमजोर ढुकुटिबाट संविधान बनाउँछौ भनि पारिश्रमिक र भत्ता लियर संविधानको ‘स’ उच्चारण गर्न नखोज्नेहरु डाँका होइनन त ? खोक्रा आदर्शका कुरा गरेर, लेखेर ‘इन्टेलेक्चुअल’ बर्गमा त परियला तर आममान्छेहरु खरो र ठेट बुझ्छन ।

मुल्य नतिरि पाइयको बस्तुको महत्व हुँदैन । ज्ञानेन्द्रका रुपमा नेपाली जनता एकजनाबाट शासित थिय तर उनले हात उठायपछि हामि ६०१ स्यालहरुबाट शासित हुन बाध्य छौँ । लोकतन्त्र या गणतन्त्र जे सुकै भन्नुहोस, नेपालले बास्तविक परिवर्तनका लागि मुल्य चुकाइसकेको छैन । गणतन्त्र सहजै आयको दलहरुले भन्दा ज्ञानेन्द्रले सजिलै नारायणहिटि छाडेर हो । उनले देशमा रक्तपात हुनबाट त जोगाय तर २२ थरि दलका पचासौँ दर्जन नेताले यसलाइ आ-आफनो अनुकुल अनुसार परिभाषित गरे । इतिहासले सबैको भुमिकाको मुल्याङकन गर्नेछ ।

देशले, कुनै ब्यक्ति बिशेषको अवसान या उत्थानको लागि भन्दा पनि अहिलेसम्म दोहोरिँदैआयका प्रबृत्तिका बिरुद्वमा जनबिद्रोह खोजेको छ । आमुल परिवर्तनका लागि मुल्य मागेको छ । प्रजातन्त्र या गणतन्त्र अपेक्षितरुपमा कम जनधनको क्षतिसहित आयका थिय भलै ति नाममात्रका किन नहुन तर अबको परिवर्तनले चर्को मुल्य लिनेछ । आइतबारबाट शुरु हुने आन्दोलनले जनबिद्रोहको रुप लिनसक्ने ‘ग्राउण्ड रियालिटि’ मैले देखेको छु । देशको राजनितिमा अब के होला भनेर भविष्यवाणि गर्ने राजनितिक पण्डितहरुभन्दा कहिलेकाँहि आम मान्छेको बिश्लेषण सहि हुनपनि सक्छ । संविधानसभाको निर्वाचन र परिणाममा ति प्रमाणित भैसकेका छन ।

अबका सम्भावनाहरु:

-माओवादिले आन्दोलन फिर्ता लिनेछैन ।
-शुरुमा आन्दोलन शान्तिपुर्ण हुनेछ, घुसपैठको प्रवेशसँगै भिडन्तमा परिणत हुने सम्भावना नकार्न सकिन्न । यसपालि माओवादिहरु तयारि अवस्थामा छन । भिडन्त भयमा धेरै मान्छे मर्नेछन । सरकारपनि सहमतिभन्दा बल प्रयोग गरेर तह लगाउनेतिर छ ।
-एउटा फरक के हुनसक्छ यसपालि भने, बिगतमा जस्तो जनताका छोराछोरिमात्र मर्नेछैनन, सत्तारुढ दलका केन्द्रिय स्तरका नेताहरुपनि मारिनेछन । शुरुमा माओवादि कार्यकर्तामात्र भयपनि जनतामा रहेको चरम नैराश्यता र बर्तमान सरकारप्रतिको
बितृष्णालाइ माओवादिले शक्तिमा परिणत गर्नेछन । परिणामत: जन सहभागिता नचाहेरैपनि बढनेछ । राष्ट्रिय राजनितिमा चलखेल गर्ने प्रभावशालिहरुको मृत्युसँगै आजसम्म चलिआयको राजनितिक समिकरणको अन्त्य हुनेछ । भर्खरैको किर्गिस्तान बिद्रोह
नेपालमा दोहोरिने सम्भावना छ । यस्तो भयमा केहि राजनितिक खेलाडिहरुको राजनितिक क्यारियरमात्र होइन, ति भौतिक रुपमै सकिने सम्भावना छ ।
-नेपालमा रहेको ‘एलिट’ बर्गले नचाहेरैपनि र माओवादि उत्तम बिकल्प नरहेको अवश्थामा पनि, तिब्र निराशित नेपालिहरुको ठुलो हिस्सा माओवादिको आन्दोलनको छाताभित्र आउनेछ । ‘एण्टि इण्डियानिज्म’ लाइ साँचो राष्ट्रियता ठान्ने नेपाली समाजको त्यो
बर्ग जो सामान्यत: माओवादिप्रति अनुदार मानिन्छ तर बर्तमान सरकारले कुख्याति कमायको पासपोर्ट काण्डले ति आन्दोलनको पक्षमा उभिनेछन । सम्भवत: माओवादिले बिद्रोहको सम्भावना देखेर नै पासपोर्ट काण्डमा भारतसँग जुध्ने आँट गरेको थियो ।
-सर्सर्ति हेर्दा मुठभेडको सम्भावना प्रवल देखिन्छ । नाममात्रैको सहमतिको समय गैसक्यो । परिवर्तनका निम्ति मुल्य चुकाउनै पर्ने समय आयको छ ।
-संविधान नबन्ने अवश्था र दलहरुबिच सहमतिको सम्भावना नदेखियको बर्तमान समयमा आउँदो आन्दोलन जनबिद्रोहमा परिणत हुने थुप्रै आधारहरु देखियका छन, यदि यस्तो भयमा यो जनबिद्रोह नेपालि इतिहासमा पहिलो यसप्रकारको बिद्रोह हुनेछ जहाँ
चर्को रक्तपात हुने सम्भावना छ ।
-जसका या जुन प्रबृत्तिका बिरुद्वमा आन्दोलन/बिद्रोह गरेका हुन उनैसँग बिचैमा सम्झौता भयन भने परिवर्तन निश्चित छ ।

आन्दोलनमा करोडौ नेपालिको सहभागिता हुनेछ भन्ने माओवादि र आन्दोलन त शुरु गर तिमिहरुको हैसियत देखिनेछ भन्ने दुबैखाले अति को यथार्थ हेर्न बैशाख १८ सम्म पर्खनै पर्ला तर काठमाडौको अनिश्चित मौसमले भयानक जनबिद्रोहतर्फ इंगित गरिसकेको छ ।

आन्दोलन या बिद्रोह कसैले चाहेर शुरु हुने होइनन । समयको माग रहेनछ भने ति सेलायर जानेछन । माधव नेपालको थेगो ‘बर्तमान परिपेक्ष्यमा’ सापटि लियर भन्नुपर्दा आन्दोलनको बिकल्प छैन, जुन जनबिद्रोहमा परिणत हुनसक्नेछ आमुल परिवर्तनका निम्ति ।

सबैको मंगल होस ।

[email protected]

137 Comments

  1. अब यहाँ बहस गरेर बस्नु भन्दा म त हिडे आन्दोलन तर्फ ….

  2. आन्दोलन चाहे जो सुकै ले गरोस यो आफैमा नराम्रो र देस लै दुर्गति को बाटो मा लाने खेल हो! २०४६ साल देखि तेस्तो कुनै दिन नेपाली जनताले भोग्न पयानन जुन दिन आन्दोलन नभयको होस् ! यी नेता र पार्टी चोर र देस द्रोही हुन् जो कोहिले पनि साधारण जनता माथि दुख दिन आन्दोलन गर्छ भने लायैन लगायर गोलि ठोकी दिनु पर्छ ‘तेस्पछी अर्को पार्टीले उ प्रतिपछी मा भयको समयमा आन्दोलन गर्ने आट गर्दैन!अन्नेथा यो औता नजिर बस्ने छ, एक को पालामा अर्कोले ,अर्कोको पालामा अर्कोले !
    हामी जनतालाई न त सरकार ले हेरोको छ, न त माओबादी लगायतका अन्य पार्टी ले, हेरेका छन त उनीहरुकै आफन्त र भरौटे हरुलाई .बरु सनिक होस् या अन्य कोहिले एक १०/१२ साल को लागि एक तंत्री साशन चलायमा गरिब जनतालाई सहदै यो अन्दोलान को मार त खेप्नु पर्ने थियन !
    यदि देस र जनताको साचिकै माओबादीले माया गर्थियो भने सेवा गर्नको लागि सत्तानै चाहिन्छ ? हैन यो त सबै आफ्नो स्वार्थ पूर्तिको लागि हो!तेसैले आन्दोलन मा भाग लियर मार्तु भुमि माथि बलात्कार नगर्न अनुरोध गर्दछु ! यो गति छाडा सरकारलाई बहस र बार्ता द्वारा प्रतिथापन गरन लग्नु उपुक्त हुनेछ !

  3. बास्तवमा हेर्ने हो भने नाम मात्र को नयानेपाल भने हुन्छ / नेपालमा गणतन्त्र आए को छ सबै कुर्चे को दाउमा छन् खाली लड्ने मात्र उनती होईन

  4. It is good to read satellite’s analysis on current political crisis. But he wrongly wrote the word “jana Bidroha” and forgot to mention the main decisive power of Nepalese politics. We are still in a delusion that the main actor of Nepalese political changes is Nepalese people and their representative parties. Since the twelve point agreement, all political parties handed over the key of Nepalese sovereignty and political changes. Since then, whatever the changes we faced are the wished of that unseen super power, either replacement of government or announcement of secular state. I don’t mean I am against that decision, but we Nepalese first want peace, rule of law, control of excessive price rising of daily necessities, solution to load shedding and water scarcity etc. No party spoke a sentence about these. They started to pray for power to that impostor. As a result, one party reached the power that was able to convince the impostor and the other in the road. These parties are responsible for this current political typhoon. And now Maoists are misleading people on unconcerned issues to quench their power thrust. It does not make any different to people whatever party leads the government. These Maoist’s activates are for showing the power to that unfavorable super power only after the many unsuccessful snivel efforts. If they get succeeded in political bargaining with them, then, they will lead the government; otherwise we can’t see any dramatic changes on coming days. Second, it is not truly a “Jana Bidroha.”. As I have already written, main public concern is not about the toppling down the government. We want to live a life. We want to get rid of this social and political imbroglio. Similarly, without the support of that impostor super power, the so called “Bidroha” is not going to happen.

  5. यस पाली को बिद्रो यस्तो हुनु पर्चाकी देस बाट सारा सामन्ती र सत्ताका भोगी हरु लाइ जरायी देखि उकलेरा फाल्नु पर्छ तब यो देस मा शान्ति हुन्छ तेस्को लागि माओबादी कै नेता हरु पनि किन नहुन/ देस को लागि बलिदान दिनय दीन अय्जस्तो छ साथी हो तयार रहनु ल कि मरिन्छ कि मारिन्छ/ तर नेपाली आमा लाइ अब धेरेई रुनलाई दिदइनौ /

    • हे मुर्ख सधै यस्तै हुन्छ नेपाल मा ,कहिले राम्रो गरेको छ र नेता हरु ले .अनि अझै पनि महोबदी लाई विश्वास गरछौ?? तिम्रो महोबदी अनि नेता हरु ले केई गर्देनन .खाली हामी सोझा जनता को खुन लीयारा आफ्नो कुर्सि को दाउ हेरेयको छन् .

  6. यस पाली को बिद्रो यस्तो हुनु पर्चाकी देस बाट सारा सामन्ती र सत्ताका भोगी हरु लाइ जरायी देखि उकलेरा फाल्नु पर्छ तब यो देस मा शान्ति हुन्छ तेस्को लागि माओबादी कै नेता हरु पनि किन नहुन/ देस को लागि बलिदान दिनय दीन अय्जस्तो छ साथी हो तयार रहनु ल कि मरिन्छ कि मारिन्छ/ तर नेपाली आमा लाइ अब धेरेई रुनलाई दिदइनौ /

  7. स्याटलाइट जी आमुल परिबर्तन को लागि अब तपाइँ हाम्रो काध मा ठुलो जिम्मेवारी आइसकेको छ अरु ले जे भनोस भौतिक रुपमा मा म नेपाल मा त छैन तर नैतिक रुपले अबको जन बिद्रोह लाइ पूर्ण समर्थन गर्द छु / सारा परिबर्तन कारी नेपाली जनता सबै जन साबधानी पुर्बक आ आफ्नो ठाउबाट समर्थन गरौ /
    परिबर्तनकारी जनता जिन्दाबाद !!!! जिन्दाबाद !!!
    बोर्ते श्रेष्ठ JAPAN

  8. पुलिसले आन्दोलनकारीलाइ घेराउ गरेर बिहान देखि बेलुका सम्म तहीं सडकमै थुनेर राख्नु पर्छ| हतियार को प्रयोग गर्नु हुन्न | पानी पनि खान नदिने मुत्न पनि नंदिने| बेक्कारमा जनतालाई दुखः दिन आएका माओबादीलाई २-४ दिन ब्रत बस्न कुनै प्रोब्लेम त हुन्न होला नि|

  9. नेपाली नेताहरुका आँखा ठुला छन् – सपना ठुला-ठुला देख्छन र आ-आफ्नो घांटी भन्दा ठुलो-ठुलो “हड्डी” ताक्छन…इतिहास देखि यस्तै हुदै आइरहेछ|

    अब उप्रान्त यस्तो नहोस-शुभेक्क्षा सहित|

    • जनताको नाममा प्रजातन्त्रको निम्ति लड्ने रे तर जनताको ढाडमा टेकेर निचोरेर मरुन्जेल बन्दमा परी राख्ने रे. सबै पार्टीहरु अब चुनावमा भोट माग्न आए भने सडक, स्कूल, शहर बन्द नगर्ने प्रतिबद्धता होइन कि माग उठाउन लगाउनु पर्छ… अर्को चुनाव किन अहिले नै सबै पार्टीहरुले यस्तो बन्द विरोधी प्रतिबद्धता र जबर्जस्ती चन्दा असूल उपर नगर्ने स्वीकार गर्न भन्नु पर्छा… यस्तो जनताको माग नमान्ने पार्टीहरुको कार्यालयहरु किन चाहियो हामीलाई उसो भए, सबैलाई तोडफोड गरि पाठ पढाउनु पर्छा.

  10. काँग्रेस र एमाले भन्ने पार्टी नै खतम हुनु पर्छ अनि मात्र देशले मुक्ति पाउछ/

  11. देशकै ठुलो पार्टी भएर के गर्नु ! बुद्धी रत्ती भर छैन । बिबेकशुन्य नेताहरुका भिड नै अहिले देशको घान्डो भएको छ । देशको माया भये त गैर राजनीतिक नेत्रित्वमा सरकार बनाएर संबिधान बनाउने प्रस्ताव लिएर जान्थे नि प्रचन्ड !!! तर खै !! यिनिहरुलाई संबिधान र देश भन्दा पनि सत्ताको लोभ छ भन्ने कुरा प्रमाणइत भाईसकेको छ नि !! भुस्या कुकुरले कहिले पो बाडेर खाने, मिलेर खाने कुरा गर्छन् र !! यिनिहरुका बिशेषता भनेको झगडा गर्ने र जसले सक्यो तेसले खोसेर खाने त हो नि । यती पनि नभुझ्ने हामी नेपाली जनता चाँही अती मुर्ख भएका छौ । सुरक्षित स्थान र ओहदामा बस्नेहरुले ‘शान्ती’ को बखान लगाउदैमा फुर्सद छैन । यिनिहरु अरुलाई अश्वासन दिन र मुखले शान्तिको कामना गर्नमा नै ठुलो काम गरेको ठान्छन । दु:ख गरु खानेलाई हात मुख जोड्न नै धउधउ छ । अहिलेको आन्दोलन पनि ठुलो रक्तपात निम्त्याउन ल्याइएको नै त हो नि !! ठुलो काम भयो भने पनि ‘केवल सत्ता परिवर्तन मात्रा हुन्छ’ । खै कुरा बुझेका हामी सडकबासी नेपालीले । सडकमा गोली लागेर लड्ने ब्यक्ती केवल ‘लाश’ बाहेक केही हुँदैन । कोही शहिद हुँदैमा देश बिकास हुने पनि होइन । यो कुरा प्रचन्डले राम्ररी बुझेका छन । तर सडकबासी अध्यारोमा छौ । उज्यालो मागमा सडकका बत्ती फुटाउदै हिड्छौ । शान्तिको मागमा अर्काको घर तोड्फोड गर्दै फुर्सद हुँदैन हामी सडकबासी नेपालीहरुलाई !! आफ्नो अधिकारको मागमा अर्काको अधिकार खोस्दै हिड्छौ हामी नेपाली सडकअवासी !!!! वा हामी नेपाली !!!

  12. मे १ यी घोड्ताप्रे नेताको लागि होइन ,यो त तमाम सरम्जीबी बिस्वका मजदुर ,किसन ,आफ्नु बलबुताले आर्जन गरेको सम्झना मनाउने चाडपर्ब हो| सबैले आफ्नु आफ्नु मजदुर दिवश मनु तर यी नेता ले भनेको सस्थांमा भेला नहुन सन्देश प्रकासित गरिदिन म मेरो संसार लाई अनुरोध गर्दछु ,

    भाद्र नेपालीको छोरो

  13. प्रविन जी!
    यो देशको परिवर्तन को लागि स्पस्ट र गहन एजेन्डा बोकेर आयको अरो कुनै पार्टी भेट्टाउनु भयको छ?
    देशको लागि र जनताको पक्षमा युद्द गर्ने अनि युद्द बाटनै स्थापित भयको अर्को कुनै पार्टी छ?
    देश र नागरिक सर्बोच्चताको लागि भनेर सरकार बाट नैतिकताले राजिनामा दिने अर्को कुनै नेता वा पार्टी भेट्टाउनु भयको छकी?
    कि माकुने र यी यावत बुख्याचा हरुबाट देशको परिवर्तन र बिकाश हुन सक्ने सम्बाभाना देख्नु भयको छ?
    मा योदेशमा परिवर्तन गहन र पूर्ण परिवर्तन भयर नागरिक स्वोतन्त्र बाच्नको लागि र यो देशको भबिस्य उज्जल र सुनौलो बनाउन को निम्ति पर्नी धरमर र अधमर को होइन कि अलौकिक र पूर्ण परिवर्तन को आबस्यकता छ भन्ने कुरामा मा दरिन छु!
    यदि यस्तो परिवर्तन दिन सक्ने अर्को कुनै पार्टी छ भने मलाइ देखैदिनुस मा पनि समाहित हुनेछु! अन्यथा नेपका माओबादी जिन्दाबाद! किनकि योदेशामा हालको लागि यसको कुनै विकल्प छैन!
    जान बिद्रोह हुने पर्छ, क्रान्ति हुनुपर्छ! अब जनता होइन नेता भै टोपल्ने बुख्याचाहरु मर्नु पर्छ! राहत दिन्छु भन्दै जनतालाई आहात दिने नाइके मर्नु पर्छ!
    यो विद्रोह भयो भने साथ् जनताले दिनेछन(मा पनि जनता नै हु, मेरो पूर्ण नैतिक र पहुँच भयासंमको भौतिक समर्थन र साथ् दिनेछु! यो हुने पर्छ अझै ढिलो गर्दा अझै बढी आहात हुन्छ तेसैले अहिले नै हुन् पर्छ! धेरै असत्ति हरु देश छोडेर भाग्नु पर्छ नभाग्ने असत्ति हरु काटिनु पर्छ!
    यसको विकल्प छैन भन्ने कुरा आम निर्बाचन देखिको हालसम्मको समयले देखायको छ!
    बिद्रोह भयमा आर्मी र सुरक्षा अंगको धेरैनै सैनिक र प्रहरीहरुले पनि बिद्रोह मा भाग लिने छ!
    अबको बिद्रोहमा जनता होइन नेता baniTopalne नाइकेहरु छानीछानी मारिनु पर्छ, निमिट्यान्न हुनुपर्छ! desha ra janataale abadherai khapna ra sahana sakdain!
    aarmi ra pulis harupani lobh laalach tyaagera janabidroh maa samaahit hunuko kunai bikalp chhain!

  14. स्याटेलाइटजीको बिश्लेषण राम्रो लाग्यो, आमुल परिवर्तनका आशा जगायो| सधै हतियारले तर्साउने माओवादीले लाठिले तर्साएको सुन्दा गजब लाग्यो|
    तलब खाएर, विदेश भ्रमडमा रमाएर सत्तामा बसिरहने अहिलेका मन्त्रिहरुको शैलीमा केहि परिवर्तन आओस, देशलाइ भन्दा पार्टीलाइ धेरै माया गर्ने जनतालाइ यो आन्दोलनले दोषी-चस्मा खोल्न बाध्य बनाओस, अनि सबैको मंगल होस ।

    • खुसिजी

      “देशलाइ भन्दा पार्टीलाइ धेरै माया गर्ने जनतालाइ यो आन्दोलनले दोषी-चस्मा खोल्न बाध्य बनाओस”

      यो सारै राम्रो भन्नु भयो | मेरो संसार का अधिकांस पाठक हरुलाई यो मन नपर्ला|

    • नेपालि राजनीतिले निर्णायक मोड लिन लाग्दा जहिले पनि भारतले खरिदेका ब्वाँसा हरुको हालीमुहाली चल्छ . कहिले मधेस आन्दोलन, कहिले प्रधान सेनापति बिबाद .यस्तै यस्तै …अनि जन्म हुन्छ मानबरुपी रोबर्ट हरुको जसमा न त कुनै मानवीय समबेदना हुन्छ न त कुनै नैतिकताको “न” नै !!!. अनि चुस्न थाल्छन गरिबीमा छ्त्पताएका नेपालि जनताको रगत . मुलुकलाई अब मात्र चाहियको छ तिनै ब्वाँसा लाइ चिन्न सक्ने जंगबहादुर !!! जुन यहि आन्दोलन मा जन्मियोस !!! कामना गरौँ !! जय मेरो देश.

  15. Wyo,,, hi hello ladies and gentlemen, Our lovely Nepal destroyed bye bahun and schetry after Late King Birendra, NCP political leader bahun schetry, UMAL political leader bahun schetry, Maoist political leader bahun schetry I mean anywhere.

  16. “यो आन्दोलन अन्तिम होस् तर पहिले को जस्तो प्रदुषित नहोस”

    १९९७ सालमा प्रजापरिषद पार्टीले सुरु गरेको आन्दोलनलाई २००७ साल पछी सरकारमा बसेको नेपाली कांग्रेस पार्टीको माध्यम बात भारतले १९५०को सन्धि लादेर कोशी गण्डकी कब्जा गर्न दिनेले प्रदुषित गरे/ तेसैले त्यो आन्दोलनको उपलब्धि एतिहासिक भएर पनि फलदायी भएँन र मासियो/

    २०४६ सालमा बाम-प्रजातान्त्रिक शक्तिको मेलको अदभुत उपलब्धि लाई तनकपुरे प्रबिती भएकाले २०४६ साल को क्रान्तिको सह योद्धा बाम मित्रहरुलाई “माले मण्डले मशाले एक हुन्” भन्दै मावोबादी बनाए/ बिदेसी बिहारीलाई नेपालीलाई नागरिकता दिएर नेपालीलाई पहाडी भन्दै लखेट्न दिए/ तेसैकारण त्यो आन्दोलनको प्रतिफल पनि गन्हाउने गरि कुहियो/

    अहिले लोकतन्त्रको बहालीको नाममा कसै गरि पनि तराईलाई बिहारीकरण गर्ने कुनियेत स्पस्तै देखिएको छ/ यसै षड्यन्त्रमा लिप्त भएकाहरु सिंहदरबार देखि संबिधान सभा र तराई देखि पसुपतिको मन्दिर सम्म घुस पैठ गरेको छ/तिनीहरु कै षड्येंत्रको कारण आज संबिधान बन्न नसक्ने स्थिति आएको हो/

    साँच्चै भनु भने नया संबिधान बनाउने भनेको र अब संबिधान बन्न नसक्ने भनेको उनीहरुकै षड्येंत्र्को चालहरु मात्रै हो/ नभए पुरानै संबिधानमा जस्तै पनि संसोधन गर्न सकिने थियो/ राजा हटाउने निर्णय गर्न सक्ने गरि दलहरु एक मत भएको बेला २०४८ सालको संबिधानको अनुपयुक्त बुंदाहरु परिबर्तन गरे आज यति झन्झट आउने नै थिएँन/ चुनेको सभासदहरुले निर्णय गर्न नसक्ने गरि गठन गरिएको यो समिधान सभाको कुनै औचित्य छैन/ यो त् मात्र महिनाको करौडौं भत्ता चुहिने घैंटो हो पार्टीलाई राजस्वो ख्वाउने थलो हो/

    नेपालमा हुने कुनै पनि आन्दोलन अब नेपालको राजनीतिमा भारतीय प्रदुषण बाट हुन् बात गरिनु पर्छ/ १९५० देखि अरु जति पनि असमान सन्धि हरु भएको छ त्यो खारिज बा संसोधन गरि नेपालको हक स्थापित गर्नु पर्छ सिमाना दुरुस्त गर्नु पर्छ/

    भारत स्वोतन्त्र हुने बेला भारत लाई हिन्दुस्थान पाकिस्तान मा विभाजन गर्न हिन्दु मुसलमान को कुरा उठाएकै जस्तो नेपालको तराई टुक्राउन मधेसी पहाडी भन्ने कुरा उठायिन्दै छ/ यो नेपाल को अखंड़ता बिरोधि भावनालाई बोलि ले नभए गोलीले भए पनि दवाउनु पर्छ/

    लोकतान्त्रिक नेपालमा नेपाली जनताले जुन पार्टीलाई बहुमत दिएको छ तेसैको नेत्रित्वोमा सरकार चलन दिनु पर्छ/ गठबन्धन मेल मिलाप समानुपातिक आदि भन्दै जनमत लाई अल्पमत पार्न खोज्ने लाई पाखा लगाउनु पर्छ/

    अरब जनता भएको भारतको नागरिकहरु यसरि धमाधम नेपाली नागरिकाता दिंदै गर्ने हो भने नेपालको तराई सिक्किम जस्तै भारतको प्रदेश बन्न जाने छ/ तेसकारण सिमा नियेंत्रण हुनै पर्छ/ भारत सिट अब रास्ट्र संघले समेत अंगालेको पंचशील को सिधान्त अनुशर मात्रै सन्धि सम्भंद हुनु पर्छ/

    नेपालको संबिधान लेखुन बा नलेखुन तर नेपालको अखंड़ता र नागरिक अधिकारको को सम्मान सबैले गर्नु पर्छ/ कुनै पनि नेपालीलाई यो जात उ जातको र पहाडी मधेसी नागरिक हकमा विभेद गर्ने आवाज उठाउनेको घान्तिनै निमोठ्नु पर्छ/ कुनै पनि नेपालीले कुनै पनि राज्यमा समान नागरिक अधिकार सहित बस्न बच्न पाउनु पर्छ/

    समानुपातिक बिकाशको अबधारणा अन्तर्गत मात्रै राज्य विभाजन हुनु पर्छ/ सिङ्गो तराईलाई मधेसीकरण गर्ने भन्ने माग बिखन्डन कारी माग हो/ तरयिमा बस्ने मात्र तराई बासि हुन् र तिनीहरु नेपाली हुन्/ बिहार बात आएर बसेर नेपाली नागरिकता लिएकाहरुले भन्दैमा तराई बासि सबैलाई मधेसीकरण गर्नु हुन्न/ सिमा पारीको गुण्डा को भर मा नेपालको शान्ति मा खलल पुर्याउने राजनीतिमा हाबी हुने कुरा को सम्भावना समेत अन्त गर्नु पर्छ/

    नेपाल भारत सिमा नाकाहरु पनि नियन्त्रित हुनु पर्छ/ आवाज जावत मात्र सिमा नाकाहरु बात गर्न दिनु पर्छ/ तव न कुनै अर्को हवल्दार आएर अर्को कुनै जमिम मार्न नसक्ने हुन्छ/ आफ्नो परिबारको सदस्य हरु बेलिका घर फर्किन सक्ने हुन्छ/ हतियार बम आदि देस भित्र कसैले ल्याउन नसक्ने हुन्छ/

    अब को आन्दोलन बात जुनसुकै दलले बा कसैले नेपालको सरकार चलाए पनि यति गर्न सकिंदैन भने नेपालमा कुनै नेपाली मात्र होयिन नेपाली हौँ भन्ने भावना समेत मार्दै जाने छ र अन्तत् नेपाल भारतकै एक प्रदेश बनाई छाड्ने छ/

    भारत मित्र हुन् मित्र मात्रै रहुन भन्ने नीतिको राजनीति गर्न नसक्ने पार्टीले अब देसमा सरकार चलाउन दिनु हुन्न/ यो आन्दोलन मात्र कुर्सीबात कसैलाई उठाउन बा बसाउन नहोस देस चलाउन भन्दा देस बचाउन होस्/ नेपाली जनताले बिन सित्तै को आन्दोलनमा ज्यान दिनु परि रहेको छ/ हराएक आन्दोलनले नियेत उही भएको मात्र अनुहार फरक परेको व्यक्ति पाएको छ/ पशुपति देखि सिंहदरबार सम्म सबै कुरा उस्तै उस्तै भएको छ/ एसको अन्त हुनै पर्छ/

  17. सायेद सक्नु हुन्छ बने मलाई छमा गरिदिनुहोला! आपनो बेक्तिगत स्वार्थको लागि मैले बिबिन्न पार्टीका नेताहरुलाई देरै नै सयोग गरे,जुलुस गर्ने , बन्दा गर्ने, टायर बाल्ने सार्बजनिक सम्पतिहरु थोड्फोद गर्ने एबम अरु अनगिन्ति कुकार्य हरु यी राजनीति अबसरबादी का लोलाचमा लागेर! तर आज मेरो आखा सुर्यौदौदका जे छर्लंग खुलेको छ, अब आइन्दा म रतिबर पनि एस्त कुकार्य मा लाग्दिन, आफ्ना नजिकका सथिबाई दिदीबहिनी र अरु कसै नेपाली सथिबैहरुलाई पनि एस्त कुकर्यमा नलाग्न सल्लाह दिन्छु, देस वा देसका सर्बाजानिक सम्पति अरु कुनै नेताका होइनन, ये त हाम्रा मन, दन, कर्म र पसिनाका सम्पति हुन्,यिनका जगेर्ना गर्ने हाम्रो कर्तब्य हो, जनान्दोलन जरुरि छ तर कान्ग्रेशी तन्त्र का लागि हैन, एमाले का लागि हैन, माओबादीका लागि पनि हैन, अरु कुनै पार्टी का लागि पनि हैन, श्रिफ त्यो पार्टी लै समर्थन को जरुरि हुन्छ जसले ले नया नेपालको बबिस्य को लागि सोचेको हुन्छ, अब त्यो पार्टी खोलनालाई हामी सम्पूर्ण कर्नादर युबक को जरुरि छ, जागौ साथी हो …आजै बाट हातेमालो सुरु गरम…..,

    • शेर्पा जी
      तपाईंले टायर जलाउँदा देसको सम्पति मास्छु भनेर जलाएको त् पक्कै होयिन/ तपाईं ले बुझे अनुशार देसको राम्रो चितायेरै तेस्तो काम गरेको होला/ तेसैले माफिनै मागी हाल्नु पर्ने तेस्तो अपराध तपाईं बात भएको थियो जस्तो लाग्दैन/ तापनि आत्मालोचना गर्नु भयो तेही ठुलो कुरा हो/ तपाईं को त्यो जोस र जाँगर अहिले पनि देसको निमित जरुरि छ/ परिबर्तन बिना बलिदान नपाउने कुरा अब निश्चित छ/ अब को उपलब्धि देसको लागि हाम्रो लागि अन्तिम उपलब्धि हुने कुरा लगभग निश्चित छ/ असफल क्रान्ति बा आन्दोलनले देस टुक्राउने छ/ देस बचाउन अब ताएर होयिन देस द्रोहिलाई जलाउनु छ/ अब पनि हामि असफल भए यात हामि आफ्नै देसको कुनै भागमा बिदेसी बनि बस्नु पर्ने छ या नेपाली नागरिकतानै हामि बात खोसिने छ/

  18. नेपालमा आन्दोलन मा केन्द्रीय नेताहरु किन मर्दैनन खाली गरिब जनताका छोरा छोरि मात्र मर्छन? नेता हरु खाली भाषण मात्र छाट्ने अनि निमुखा जनता लहै लहै मा लागेर मर्ने? ए विभिन्न बादी नेताहरु ताकत छ भने संबिधान सभा बाट लिएको तलब पैसा सबै जनता लै फिर्ता गरिदेउ किनकि तिमीहरु लै जनता ले दिएको mandate पुरा गर्न सकेनौ. जिम्मा लिए पछि काम सकाउनु पर्यो वा सक्दिन भनेर छोड्नुपर्यो.

  19. लाठि,खुकुरी,ग्रिनेट लिएर गरेको आन्दोलन पनि कहिँ शान्ति मय हुन्छ प्रचण्ड जी ? हिजो एउटा कटुवाललाई हटाउन खोज्दा त यस्तो स्थिति आयो भने आज सम्पूर्ण राज्य आफ्नो पाउ मुनि राख्न रगतको होलि खेल्न तम्सिनु भैरहेको स्थितिमा के नेपालि सेना टुलुटुलु रमिते भएर बस्लान त ? सेना सडकमा आए पछी के होला ? बिद्रोहको नाममा चन्दा आतंक,भिन्न बिचार राख्नेको हत्या,गाउ निकाला,सम्पति हरण के यो स्टालिन,लेलिन र माओ जीवित रहदा को समय हो ? कसैको पनि दुइ तिहाइ बहुमत नभएको हालको संबिधान सभाको स्थितिमा तपाइले भने झैँ तपाइँ कै नेतृत्व मा सरकार बन्नु पर्ने अनि भोलि तपाइले भने जस्तै संबिधान बन्नु पर्ने लौ सरकार त तपाइको बन्ला तर भोलि तपाइले भने जस्तै संबिधान बनेन भने फेरी अर्को जनान्दोलन गर्ने ? जे पनि आन्दोलन धम्कि बल कै आधारमा निर्णय गराइन्छ भने के यो भोलि तपाइको सरकार रहदाको स्थितिमा अरुले गर्दैनन् र ? के तपाइको सरकार बने पछी बिपक्षी नै नभएको राज्य बनाउने हो कि ! जनता , राजनैतिक शक्ति,भारत,अमेरिका,चीन लगायत अन्य बिदेशी शक्तिको सहयोग सदभाब बिना कुनै पनि आन्दोलन सफल हुदैनन् सरकार बन्दैनन् र सरकार टिक्दैनन भन्ने अलिकति कुटनैतिक ज्ञान पनि छैन कि कसो ? अनि किन ति शक्तिलाई देश र जनताको पक्षमा पार्न कुटनैतिक ब्यबहार गर्न सक्नु हुन्न ? के तपाइँ बाहेक अन्य कुनै व्यक्ति प्रधान मन्त्रि हुन् लायक छैनन् माओबादीमा ? तपाइँ नै हुनु पर्ने ? राजनैतिक पार्टीमा बिचार प्रधान हुन्छकी हतियार ? प्रजातान्त्रिक पद्दति मा बिचार हाबी हुन्छ कि हतियार ? हतियार र दादागिरी नै सबै थोक हो भने अरुले पनि हतियार र दादागिरी देखाएमा के गर्नु हुन्छ ? के सबै ज्ञानेन्द्र जस्ता बुद्दिमान (शान्तिपुर्बक गद्दी छोडेको संन्धर्बमा ) हुन्छन ? के त छैन के म छैन एकदिन मर्न र सबै सम्पति परिबार छाडी जानु परि हाल्छ भन्ने व्यक्ति आउँन सक्दैनन् ? सरकार चाहिएको कि संबिधान ? के आफनै सरकार छदा गरिएको चुनाब नै आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने लागेर सरकार सरकार भनेको हो \ किन निस्पक्ष सरकार र प्रशाशन ले आम चुनाब गराउने प्राबधान नराखेको ? ठुलो दल हुदैमा तपाईहरु कै सरकार ,तपाइहरुले चाहे कै संबिधान हुनु पर्छ त ? संबिधान सभा सरकार बनाउन कि संबिधान बनाउन ? तपाईहरुको सरकार बन्ने बित्तिकै सबै समस्याको सबधान तपाइहरुले भने जस्तै आउछ त / अन्य राजनैतिक शक्ति तपाइहरुले जे जे भन्यो त्यहिँ त्यहिँ मान्दै जालान त ? गाउ टोल सहर जता ततै लाठि खुकुरी ग्रिनेट बोक्ने जमात प्रजातन्त्रको लागि कि एकतन्त्रीय कम्निस्ट शाशन ल्याउन ? अनि आज तपाईहरुको जित भयो भने अरुले त नबाचे पनि भयो त ? के त्यस्तो स्थिति आउँन खोज्दा अन्य रास्ट्रिय र अन्तरास्ट्रिय शक्ति चुप लागि बस्लान त ? लौ बधाई छ कामरेडहरु तपाईहरुको आन्दोलनले सफलता चुमोस \

  20. मलाइ अब अन्तिम विद्रोह चाहियो म लड्न आउछु तर वार पार हुनै पर्छ म ज्यान दिन तयार तर यस्तो भद्रगोलम बाच्न सक्दिन, सधै किचकिच कति सहनु यार, कि मार्ने कि मर्ने, तर परिवर्तन चाहियो मलाइ।

    • अज्ञात जी !
      यो सत्य हो जनताले परिबर्तन चाहेका छन् .
      बाताबरण साच्चै नै झन् भन्दा झन् उकुस मुकुस हुदै गएको छ .
      वार कि पार अब चै हुनै पर्छा .

    • साथी तपाई जाने नै निर्णय गर्नु भयको हो भने तपाई संगै सबै भ्रस्टचारीहरु लाई पनि लियर गैदिनु पर्यो,तपाइको धेरै पुण्य हुने थियो.

    • अज्ञात जी
      कृपया मलाई पनि साथ् लग्नु होला है/ दिक्क लागि सक्यो/

  21. बिश्लेषण सहि लाग्यो दाई । सधैंको किच किच भन्दा की वार की पार त हुनै थियो । भनिन्छ झिस्मिसे बिहानीको एक छिन् अगाडी निष्पट्ट अन्धकार हुन्छ । अबको बिद्रोह नेपालको नीम्ति निष्पट्ट अन्धकारको अवस्था हुनेछ जसले झिस्मिसे बिहानी लिएर आउनेछ । सहमतीबाट हुदैन भने एक पक्ष बढारिनु नै पर्छ । पशुपती नाथले हामी सबको रक्षा गरुन ।

    • अन्तिम हुने ग्यारेन्टी दिनुस, म पनि तपाई संग सहमत हुन्छु| तर २००७ साल देखि हरेक आन्दोलन अन्तिम नै हुने भन्ने हाम्रा अग्रज नेताहरुले ठगेको कुरा हामीले कसरि बिर्सिने त?

  22. satelite जी को बिस्लेशन लाई सपोर्ट गरु माओबादी को प्रबक्ता भनिने डर, नगरु अहिले को परिपेक्छ्या मा वास्तविक बस्तु स्तिथि को चित्रण … जे परे पर्ला लौ म त गरे सपोर्ट

    • जे पर्ला, पर्ला, मैले पनी दिए एउटा भोट तपाई को कमेन्ट लाइ, रोहित राना जी.

    • रोहित राना जी लाइ मेरो पनि एक भोट ल! परेको व्यहोरुला, जे सुकै होस् |

    • रोहित जी
      कांग्रेस एमाले लगाएतको कर्तुत देखेर नेपालको ३०% जनताले मावोबादिलाई भोट तेसै त् दिएको होयिन/ भोज खाँदै जिब्रो चत्काउन्दै भोज ख्वाउने लाईनै गालिगर्दै गर्नेहरु हामीले टोल समाजमा देख्दै आएकै हो/ मावोबादिले नै पस्केको लोकतन्त्रको अधिकार को प्रयोग गर्दै गालि गर्नेहरु पनि उस्तै नै हुन्/ ढुक्क भएर छाति फुलाएर सत्य कुरा उठाउनुस/ त्यो भारतीय गम्छाको ढाल बोकेर नेपाल माथि वार गर्ने रास्त्र्घातीहरु देखेर डराउने बेला होयिन अहिले रोहित राना जी/

  23. के गर्ने सोझा नेपाली जनतालाई जे भने पनि ठिकै, बेरोजगार जनता एक छाक भातमा बिक्नु पर्ने अवस्था छ , यसको भरपुर फाइदा नेपाली राजनीतिक दलहरु ले उठाउदै छ , खै कहिले सुध्रिने हो नेपाली हरु को भाग्य!!!!!!!!!!!!!!!!!!!

  24. कुरा गरयो कुरा कै दु:ख हुन्छ होला फेरि तैपनि मुख खोल्नै पर्ला जस्तो लाग्यो
    *यो देशमा क्रान्तिकारि नारा, आमुल परिवर्तन, खुलेआम र नाङ्गो भारतीय हस्तक्षेप आदि आदिको बिरोध…. जस्ता नारा अरु राजनितिक पार्टीहरुले किन ल्याउन्नन् ?
    *किन उनिहरु सधैँ भारतकै चाकरि गरेर बाँच्न चाहन्छन् ? के उनिहरुलाई नेपाल र नेपाली जनता प्रति अलिकति पनि जिम्मेवारि छैन र ?
    *परिवर्तन र विकासबादी कुरा उठाउने काम किन अरुहरु गर्दैनन र उठाउने माओबादी हरुका कुराको गैरिएर विस्लेषणै नगरि किन विरोध मात्र हुन्छ यहाँ ? यसको जड खोजेर त्यीनलाई पनि उतै(भारत तिरै) पठाउनु पर्ला जस्तो छ ।
    * वास्तविकता केलाउने क्षमता यी सत्य कुराहरु केलाएर जनता माझ राख्दा mysansar लाई समेत माओबादि देख्ने माधव नेपाल र के पी ओली अनि तिनका भारतीय भाडाका टट्टुहरुसँग छ ? ? ?
    * यदि छ भने माथि यो लेखको विरोध गर्ने नकचराहरु( for eg. Kesu Paudel, rabi, etc ..) ले जवाफ देऊ…….
    *तिमीहरुले ईतिहास पढेका छौ ? छ भने सुन १/२ टा कुरा
    माहाकाली सन्धिका नाईके को-को हुन् ?
    टनकपुर बेचेर खाने को हुन ?
    १९५० को असमान सन्धि र त्यस अघिका असमान सन्धिका पृष्ठपोसकहरु को हुन ?
    खुलेआम दिन प्रतिदिन नेपाली भुमिमा सिमाना सारेर नेपाली चेलीवेटिको बलात्कार हेरेर मात्र बस्ने अनि त्यसको सट्टा आफैँ उनिहरुकै भाडाका टट्टु भएर नेपाली जनताबाटै तिरस्कृत हुदा पानि सत्तामै राज गरिरहनेहरु को हुन ????????????
    अरुको ईसारामा आफ्नो देशका जनता सच्चा देशभक्तहरुको टाउकाको मुल्य तोक्नेहरु को हुन ?

    कृपया सुन्ने र अरुको विरोध मात्र गर्ने भन्दा बुझेर त्यसमा आफु पनि सामेल हुने काम गरौ मित्रहरु खाली माओबादीको विरोध मात्र गर्नु भन्दा राम्रा काममा साथ दिऔँ ।
    म माओबादीको कार्यकर्ता चाहि होइन बरु मेरो विचार ऊनिहरुसग मिलेको हुनसक्छ ।।। अनि के त्यसो भन्दैमा मेरो विरोध गर्नु पर्छ ?
    तसर्थ जसले यस्ता कुराको विरोध गर्छ ऊ अरु कोई नभएर उहि प्रगति,शान्ति र नेपाली जनताका विरोधी हुन् ।

  25. साथीहरु माओबादीको आन्दोलनलाई आ-आफ्नो तरिकाले सहयोग गरोउ ,माओबादी नै हो यो देशको सुव्चिन्तक .

    • समर्थन गरौँ| तर बुझेर मात्र गरौ| विश्वास गरौँ तर अन्धबिस्वास कसैलाई नगरौ|

  26. हाहाहा satelite भाई को कुरो अली हजम भएन जस्तो छ। जुन माओवादी ले फुर्ती लगाएर सत्ता छोदेको थियो अहीले त्यहि सत्ता को लागि किन यसरी रोयेको होला प्रचन्दे, उनीहरु कुर्सी मा बस्दा छैन सम्बिधान बन्ने रे अरु हुँदा चै संबिधान नबन्ने रे । कुरा अली दुई जिब्रे भएन र? त्यो शक्तिखोर को भिदिओ ले नै प्रचन्दे को असली चेहेरा जनता को सामु उज्गार गरि दी सक्यो , अझै जनता ज्यान्मारा को पछाडि आउछन भन्ने ? माओवादी को यो चुरी फुरी निभ्न लागेको बत्ती अली उज्ज्यालो बलेको जस्तै हो। अन्यथा नथान satelite भाई यो अनी साचो हो। भगवान ले तिम्रो अनी तिम्रो पार्टी अनी तिम्रो नेता हरु लाई सद्बुद्दी दिवोस ।

  27. कुनै पार्टी को पछी लाग्न छोडेर स्वबिबेक ले काम गरि खाउ यसैमा सबै को भलो हुन्छा. आफ्नो क्षमता ले भ्याउने काम गरे राष्ट्र को परिबर्तन संभव छ क्रान्ति गरेर हैन . बरु शासक हरुलाई मार्गदर्शन गराउ राजा जसरि गद्दी छोडेको हो तेसेरी नै फर्किने मौका नदेउ

  28. तपाईको भाबिस्यबानी त एक्दमै ठीक हो तर बिगतका राजनितिक घटना हरु हेर्दा सोचेजस्तो नहुन सक्छ . नेपालको राजनितिमा एउटा एस्तो अद्रिस्य सक्ति छ उसले जे चाहन्छ नेपालमा त्यों मात्र हुन्छ र भएको पनि तेहि छ.तेसैले के हुन्छ भनेर भंनासकने अबस्था छैन/ नेपालमा भएका बिभिन्न राजनितिक परिबर्तन ती प्रजातंत्र, राजतन्त्र, लोकतंत्र जे सुकै हुन तेस्मा कहिन कही त्यों अद्रिस्य सक्ति को भूमिका छ नै / त्यों अद्रिस्य सक्तिका नायक हरु पनि आफ्नै देस्मा बसेर आफ्नो भूमिका निरबाह गरिरहेका छन जसलाई यो देसको कुनै पनि समस्या सग कुनै पनि किसिम को लेना देना छैन/ उनिहरु लाई परिचालन गर्ने रिमोट अनन्य कुनै दोस्रो मुलुक बाट परिचालन छ/ जब सम्म हामी त्यों अद्रिस्य सक्ति सामू घुडा टेकन छड्दैनौ तव सम्म यो देस्मा कही हुनेवाला छैन र यो कुरा यी ६०१ स्याल हरुलाई राम्रो सग थाहा छ तर पनि थाहा नपाएजस्तो गारी बसेका छन/ जब सम्म यो देसका नागरिक यिनी स्याल हरुका पछाड़ी लागेर यिनिहरुलाई मथिजान सीढ़ी को काम गर्छन तवा सम्म कही हुदैन/ हामी सबै आफ्नो अबस्थामा सछ्यम छौ/ तेस्रो आन्दोलन ले येहा कही हुनेवाला छैन हुन्छ त एक निर्दोष नागरिक को मिर्त्यु, फुट्छ एउटा प्रहरी जवान को टाउको,खोसिंछ रिक्सा चालक को रोटी, बद्छ ब्याबसाई को बैंक को ब्याज.

  29. satellite दाई.
    मलाई विश्लेषण मन पर्यो दाई. १९१७ को रसियाको स्थितीमा हाम्रो राजनैतिक स्थिती पुगेको जस्तो लागेको छ मलाई त दाई.

  30. यो लेखक को दिवा सपना हो कि माओबादीको कथित् नाम दीयको जन बिद्रोह सफल हुन्छ भन्ने मा त्यसकारण लेखक ले मन को लड्डु घ्यु संग खादै मा .यो माओबादी सिद्दिने चाल मात्र हो साथी हो.

  31. यस कारण आन्दोलन लाई समर्थन ,
    १. हरुवा
    -प्रधानमन्त्री
    – मन्त्रीहरु
    -प्रधानमन्त्रिको सल्हाकार
    को बिरुद्दमा
    २. असंबैधानिक रास्ट्रपतिको को बिरुद्दमा
    ३. लोभी पापी २२ दल को बिरुद्दमा
    ४.सिडिओ पिट्ने राज्य मन्त्रि को बिरुद्दमा
    ५. MRP भारत मा छाप्न दिने देश द्रोही को बिरुद्दमा
    ६ पैसा को खेल मा बिक्ने मधिसे नेता तथा पार्टी ( सबै होइन ) को बिरुद्दमा
    ७. माओबादी मरेको समाचार भुसुना अच्छेर र एमाले कांग्रेस मरेको भंगेरे टाउके अच्छेर मा समाचार लेखने दलाल र पित पत्रकार अनि पत्रिका को विरुद्ध मा
    ८. माओबादी सरकार मा भयपनी , बिपछिमा भयपनी, उसका नेता कार्यकर्ता मरेपनि जिम्मेबार बन्नुपर्छ अरुपारती लाई पर्दैन भन्ने नागरिक समाज तथा लोकतन्त्र बादी भनौदाहरु को बिरुद्ध मा
    ९. केपी ओली र उसको यकल महिला साथी विद्या को विरुद्ध मा

    ऐले लाई यति

    • मलाई satellite जी को माओबादीले गर्ने आन्दोलन ले जनविद्रोह को रुप लिनेछ भन्ने विचार संग पटक्कै सहमत छैन/ अहिले सम्म उनीहरुको आन्दोलन मा जनताको सहभागिता छैन मात्र कार्यकर्ता को लागि काम दियजस्तो भैरहेको छ/ उनीहरुले गर्ने आन्दोलनको उद्देश्य सत्तामा गयर हालीमुहाली गर्ने मात्र हो, जनतालाई राहत दिने कुनै योजना छैन/ नत्रभने किन प्रचण्ड नै प्रधानमन्त्री हुनुपर्ने, बिद्द्वन बाबुराम लाई दिय हुन्न जनताको खातिर? पुरा स्वार्थले भरिपुर्ण छ/ आफ्नै पार्टीका नेता कार्यकर्तामा विश्वास छैन हेडक्वाटर को/ देशलाई झन् अश्थिरतामा धकेल्ने दुस्वास भन्दा अरु केहि हैन/ म त यो आन्दोलन प्रति बिरोध जाहेर गर्छु/

    • सर मनको कुरा भन्नु भयो। यो अपराधी को सरकार हो यसलाइ टिकाउने पनि अपराधिनै हुन अझ त्यो के पि को रछ्यान को त कुरै नगरौ

  32. तपाईले भनेजस्तै माओवादीले हिम्मत गर्‍यो र आम हड्ताल फिर्ता लिएन भने अब हुने जनबिद्रोह सफल हुने संभावना धेरै छन् । हिजो नीति एउटाको र नेतृत्व अर्कोको हुदा त आन्दोलन सफल भयो भने यसपटक नीति र नेतृत्व एउटैको हुदा सफल नहुने कुरै छैन । हिजो माओवादीले जोडबल गरेर नै २०६२ चैत्र २४ देखि आमहड्तालसहितको निणर्ायक आन्दोलन शुरु भएको हो, उसले नै गाउबाट लाखौं जनता राजधानीमा पठाएको हो तर त्यसको नेतृत्व एमाले-कांग्रेसले गरे । तर, अहिले नीति, नेतृत्व र सहभागिता सबै माओवादीको हुदा सफल नहुने कुरै छैन । अब यो देशमा एकपल्ट जनबिद्रोह अनिवार्य भएको छ ।

  33. नेपालको वर्तमान बदहालीका लागि आजको सरकार अथवा हिजोको सरकार जिम्मेवार छ भन्ने नेता र विश्लेषक दुवैखाले पण्डितका ज्ञानबारे छानबिन गर्नुपर्छ । न विनाश एकदिनको हुन्छ, न विकास । नेपालको विनाशको प्रक्रिया २००७ सालदेखि आरम्भ भयो । ००७ सालसम्म नेपाली समाज एउटा सानो, संकुचित, जड र झन्डै-झन्डै दासयुगीन मानसिकता बोकेर बाँचेको थियो । नेपालको वैदेशिक आम्दानी भनेको गोर्खाभर्ती, त्यस भर्तीबाट राणाशासकलाई प्राप्त हुने रोयल्टी, दार्जिलिङ भारतलाई लिजमा दिएबापतको आम्दानी यस्तै थियो होला । गोर्खाभर्तीको रोयल्टी र दार्जिलिङको लिज-रकम सीधै राणाको खल्तीमा जाने भइहाल्यो ।

    त्यसबाहेक, उतिवेला नेपाल भारतभन्दा बाहिर निस्कन पाएकै थिएन । त्यसैले नेपालको अर्थतन्त्रले पनि अन्तर्राष्ट्रिय अर्थतन्त्रसँग कुनै सरोकार राखेको थिएन । ००७ सालसम्मको जनताको अर्थतन्त्र भनेको, भए खायो, मालिकले जुठोपुरो छोडेको वेला आँतमा दुई मुठी अन्न हाल्यो । मालिकले केही छोडेन भने एक अम्खोरा पानी तान्यो र मृत्युको मुखमा नछिरुन्जेल यातनाको जिन्दगी धान्यो । यस्तो अर्थतन्त्रलाई के राष्ट्रिय अर्थतन्त्र भन्ने ?

    ००७ सालको क्रान्तिले नेपालको ठोस राजनीतिमा कुनै परिवर्तन गर्न सकेन । जुँगा पाल्ने सत्ताधारीका ठाउँमा जुँगा काट्ने सत्ताधारी आए । बिर्केटोपीको ठाउँमा भादगाउँले टोपी आयो । लामो कोटका ठाउँमा छोटो कोट आयो । तर, क्रान्तिले परिवर्तन गर्नुपर्ने मन, पटक्कै परिवर्तित भएन । सामन्तवाद जस्ताको तस्तै रह्यो । गहिरिएर भन्ने हो भने सामन्तवाद अझ बाठो भएर आयो । राणातन्त्रलाई प्रजातन्त्र, राष्ट्रियता जस्ता आधुनिक शब्द र प्रणालीको चासै थिएन । तर, सात सालपछिका त्रिभुवन शाहले त गणतन्त्रकै भाषण पो ठोकिदिए ।

    ००७ र ०१७ बीचको १० वर्षमा लगातारको बाठो चलखेल गरेर राजा महेन्द्रले सत्तामाथि आफ्नो नियन्त्रण मात्र बलियो बनाएनन्, मुलुकलाई ‘गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली’ बाट फनक्क पछि फर्काएर ‘श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति’ को निरंकुश सामन्तवादको चेतनालाई सामाजिक रूपमै स्थापित गरे । ००७ सालको क्रान्तिले अगाडि लैजानुपर्ने मुलुकलाई ०१७ सालको राजाको असंवैधानिक कूले १९९० सालको भुइँचालोभन्दा अगाडिको दशकतिर लग्यो । बाहिर मुखले जे-जे भने पनि भित्री मनले चीन र भारत दुवैको सत्तासमर्थन लिन सफल राजा महेन्द्रले आफू बाँचुन्जेल नेपाली समाजलाई झन्झन् सामन्ती बनाए । राजनीतिक रूपमा झन्झन् क्रूर, विद्रूप र स्वेच्छाचारी बनाए ।

    यस्तो अवस्थामा मुलुकको राजनीतिले उत्पादन, समृद्धि, विकास र सम्पन्नतासहितको स्वाभिमानको परिकल्पना गर्ने सोचसमेत कतै पलाउन सकेन । अकर्मण्य निरंकुशतन्त्रविरुद्ध हतियारबद्ध, शान्तिपूर्ण, गुरिल्ला खेल, व्यापक जनपरिचालन सबैखाले उपाय अवलम्बन गरेर २९ वर्षसम्म निरन्तर लडेपछि नेपाली राजनीतिको उपरी ढाँचामा ०४७ सालमा अर्को परिवर्तन भयो जनआन्दोलनमार्फत । मुलुकमा लेख्ने, बोल्ने, सभा-संगठन गर्नेजस्ता अधिकार घोषणाकै रूपमा जारी पनि गरिए । तर, राजनीतिक दलहरूको आर्थिक कार्यक्रम शून्यको मापनमा झर्‍यो र मुलुकमा पञ्चायतकालीन भाषणको झोले राजनीतिको अभियान बढेर गयो

    ०५२ सालबाट आरम्भ भएको हत्याको त्रासदीले नेपाली राजनीतिलाई झनै निकम्मा, पत्रु र गैरजिम्मेवार बनाउँदै लग्यो । राज्य अकर्मण्य र माओवादी ध्वंस अभियानको बाहक । अहिले आआफ्नो राजनीतिक नाफानोक्सानको हिसाब गरेर यसलाई दसवर्षे जनयुद्ध भन्नुस् कि हिंसाको आतंकवाद भन्नुस्, शब्द जे भने पनि ०५२-६२ को दशक नेपाली इतिहासको कालो दशक हुने दर्जनौँ तथ्य छोडेर राजनीतिको क्षितिजमा बास बस्न गयो । १० वर्षमा धेरै गर्न सकिन्थ्यो । सहरको सरकार अकर्मण्य त छँदै थियो, त्यसले आफ्नो निष्त्रिmयतालाई पचाउन माओवादी आतंक र विध्वंसको ‘हजमोला’ पनि पायो । ०५५ सालपछि त माओवादीले ग्रामीण क्षेत्रमा गरिने कुनै पनि रचनात्मक कार्यमा लगानीकर्तालाई ढिम्किनै दिएनन् । ग्रामीण क्षेत्रतिर निर्माणको सपना बोकेर काम गर्न गएका कोही लुटिएर फर्किए भने कोही कुटिएर फर्किए ।

    जे होस् ०६२/६३ को जनआन्दोलनमा नेपालका परिवर्तनकारी दलहरू एक ठाउँमा भेला भए । पहिलो जनआन्दोलनका सहकर्मी तथा जंगली ध्वंसमा होमिएको माओवादी दुवै पक्षले सहकार्य गर्ने तमसुक पनि गरे । सबै दल मिलेपछि जनताको जीवनस्तर सुधि्रएला, राष्ट्र समुन्नतितर्फ अघि बढ्ला भन्ने आश जनतामा पलाउनु स्वाभाविकै पनि थियो ।

    तर, मुखले जनताको नाम जपे पनि, नागरिक सर्वोच्चताको चर्को भाषण गरे पनि, आर्थिक क्रान्तिको घोषणा गरे पनि मुलुकका सबै राजनीतिक दल झोले जोगीमा रूपान्तरित भए । कथित महान् क्रान्तिको कुरा गर्ने माओवादीको सरकारले समेत भीक्षापात्र थाप्न अप्ठ्यारो मानेन । चुनावी घोषापत्रमा धेरै मुद्दा उठाइए होलान् । तर, कुनै पनि पार्टीले आफ्नो व्यवहारमार्फत जनताको समृद्धिसँग जोडिएको आर्थिक कार्यक्रम अघि सार्न सकेनन् । उल्टो पञ्चायती परम्परालाई अघि बढाउँदै गणतन्त्र घोषणापछिका सबै पार्टीले बतासे योजना घोषणा गर्ने, तर काममा भने सिन्को नभाँचेर आफूलाई अकर्मण्य, स्वाभिमान गुमाएको समूहमा रूपान्तरित गरे ।

    नेपालमा गर्न साह्रै मिहिनेत पनि गर्नुपर्दैन । नेपाल प्रकृतिको एउटा यस्तो वरदान हो जहाँ जे पनि हुन्छ । नेपाल त आफ्ना जडीबुटीको व्यापार गरेरै पनि अर्बौं कमाउन सक्छ । भारत या चीनसँग प्रतिस्पर्धा गर्नुपर्ने उद्योगधन्दालाई चटक्कै छोडिदिएर कृषिक्षेत्रको सानो बारी स्याहार्दा पनि नेपाली जनताको समृद्धि बढ्छ । हामी फलफूल बाहिरबाट आयात गरिरहेका छौँ, जब कि गर्न चाहने हो भने हामी आफैँ फलफूल निर्यात गर्न सक्छौँ । बेच्ने कुरा त हामीसँग कति छन् कति ! तर खै पार्टीहरूको आर्थिक प्याकेज ? नेपाल आफ्नै सागसब्जी र आलु खाएर बाँच्न सक्छ । पशुपालनको शिक्षादीक्षालाई बलियो पार्ने हो भने दुग्धपदार्थ र मासुमा नेपाल आत्मनिर्भर बन्न सक्छ । १० वर्षमा पाँच हजार मेगावाट बिजुली उत्पादन गर्ने घोषणा गरेको नेपालमा घोषणाको मितिपछि पाँच सय किलोवाटको नयाँ योजना थालिएको छैन । ६ दर्जन नेपाली निजी उत्पादकलाई प्रेरित गरेर लोडसेडिङ न्यूनीकरण गर्ने कार्यक्रम ल्याउनुपर्ने सरकार उल्टै उत्पादकहरूलाई ठाउँ-कुठाउँ अप्ठेरोमा पार्ने काम मात्र गरिरहेको छ ।

    नागरिकका आकांक्षा अग्घोरै बढे भन्नेहरू पनि पाइन्छन् । नागरिक बेरोजगार छ । ऊसँग न सीप छ न धन । ऊसँग ज्ञान र चेतना पनि छैन । किनभने, अहिलेसम्मको नेपाली शिक्षामा काम गरेर खानु र स्वाभिमानी जीवन जिउनु असल हो, सम्मान हो भनेर सिकाउने एउटा वाक्य राखिएको छैन । झोले राजनीतिले झोले विद्वान् जन्माउने र झोलामा आफूले पाएका १० कक्षादेखि एमएसम्मका कागजपत्र बोकेर सिफारिसका ढोका ढक्ढक्याउने बुद्धिबाहेक नेपाली राजनीतिले बौद्धिक समुदायलाई कुनै काममा लाग भनेर प्रेरित गर्ने सूचनाकेन्द्रसमेत खोल्न सकेन ।

    अगाडि बढ्ने कुनै बाटो नपाएपछि बेरोजगार युवाले खालि सपना देख्न मात्रै सक्छ । हो, गर्नेले सडकपेटीमा चिया बेचेर पनि छोराछोरी बोर्डिङमा पढाएकै छन् । सहरी क्षेत्रमा घर प्लास्टर गर्ने एउटा मजदुरले महिनामा तीस हजार कमाएको पनि देखिएको छ । घरनिर्माण गर्दा डकर्मी, सिकर्मी र घरनिर्माणसँग सम्बन्धित अन्यान्य काम गर्नेहरूले सम्मानको जीवन बाँचेको पनि देखिएको छ । तर, यस्ता कमाइमा राजनीतिक दलहरूको कुनै भूमिका छैन । सामान्य सर्वेक्षण गरेर आम्दानीका आधार भेट्टाएपछि झोले पढाइलाई किनारमा राखेर उत्पादनशील शिक्षामा लगानी गर्ने सामान्य चेत अहिलेसम्म एउटा पनि पार्टीमा देख्न सकिएन ।

    • राकेश जी

      साह्रै नै राम्रो प्रतिक्रिया दिनुभएछ, धन्यबाद छ /

      जय नेपाल
      हिमाली

  34. देस बर्बादिको प्रमुख कारक माओबाद मुर्दाबाद्।।

    • फेरि यो प्रेम लामा भन्ने को परेछ तर्क गर्न सिक भाइ अनि कमेन्ट गर। नो लजिक त्यसै मचि्यर हुन्छ।

  35. what we need now in nepal is not some sort of movements..enough with the movements..now we need some plan to put bullets in madhav ,prachanda ,sher bdr heads…these vampire won’t be afraid until they got some brutal punishment…see kamal thapa is still doing politics after killing people in janaandolan….what does loktantra do to him? nothing ..he is still hero ..

  36. निको हुन्न घाउ काँडा झिकेर नफाली… हो, रात ढल्ने छैन राँको ठूलै नबाली ।

    • कस्लाई पो काडा भन्ने खै ! यो युद्द नेपाली नेपालि कै बिचमा हुन गैरहेको छ .
      कदमकदाचित मुडभेड् भैहाल्यो भने मर्ने – हातखुट्टा भाचिने – अपाङ्ग हुने त नेपाल आमाकै सन्तानहरुको हो . भौतिक सम्पत्ति नाश हुने पनि हाम्रै नेपालको हो . भू पू
      राजाले मुलुकमा जनता र शान्तिको लागि दह्रो मुटु गरेर गद्दी त्यागेका थिए . राजा
      ले त्याग गरे झैँ गरेर बर्तमान कठपुतली सरकार ले सरकार छोड्ला र ? रिमोट वर्तमान सरकार को हातमा छैन . यी फ्याउ फ्याउ बोल्ने मात्रै हुन् .
      भारत् ले नेपालमा माबोबादिको सरकार ले राम्रो गरेको हेर्न चाहदैन , कारण यदि नेपालमा माओबादीका कारण नेपाली जनता को सम्रिद्दी भयो भने भारत् का
      माबोबादी को जमात ह्बात्तई बढ्छ जुन भारत सरकार देखि लिएर अमेरिका जस्ता

      पूजीपति ब्यबस्था अपानाएका रास्ट्र हरु चाहदैनन् .
      यसो हुदा हुदै पनि यदी अपार जनसागर को साथ् पायो भने एकपल्ट पुन माबोबादी ले सरकार चलाउन पाउला , यदि माबोबादिको हातमा सरकार भयो भने उसले लैनचौर स्थित शूद हरुको दरबार लाइ अन्तै सार्न सक्ला ? किनकि शूद हरु कुनै
      आइतबार नपर्खी हाम्रा मन्त्रि – प्रधान मन्त्रीहरुलाई हप्कौना सबारी हुन्छन , तिन्को
      हप्काई संगै मुलुकको राजनीतिमा तरंग्ग फैलीन्छा . हाम्रो आन्तरिक मामलामा हस्तछेप गरेर हामीलाई कम्जोर बनाउदै नेपाल टुक्राउने उनीहरुको जाल दह्रो संग
      बुनिएको प्रमाणित भैसकेको अबस्थामा त्यो जालमा नेपाल लाइ नफसाउना बिशेस नीति त अपनाउनै पर्छा नेपालले – – अनि मात्रै बिहानी उदाउला – –

  37. जनविद्रोह भनेको जनता द्वारा जनताको लागि गर्ने बिद्रोह हो, कथित् माओबादी ले गर्ने बिद्रोह लाइ कदापी जनविद्रोह भन्न सकिन्न, एकातिर माओबादी बिरोधि जो माओबादी को भन्दा दोब्बर संख्या मा छन् भने अर्को तिर हतियार को राजनीति गर्ने माओबादी अनि तेही कथित् हतियार को भर मा जनतालाई तर्सायर गर्ने आन्दोलन को कुनै तुक छैन तेस्ले जनान्दोलन र जनविद्रोह को रुप लिंछा भन्नु लेखेक स्याटलाइट को दिवासपना मात्र हो.
    *माओबादी ले आफ्नो हठ छाडेर जनताको लागि राजनीति गर्नु पर्छा सत्ता मात्र ताकेर संबिधान बनाउने काम मा अबरोध गरेर आफ्ना मतदाता लाइ धोका दियको छ.
    * ६/६ पटक संबैधानिक परिसद को बैठक मा नजाने अनि सरकार ले ति खाली संबैधानिक पद मा नियुक्ति गर्दा अदालत मा मुद्दा हाल्ने प्रचंडे को दिमाख ठिक छैन जस्तो छ.
    ** काठमाडौँ मा आन्दोलन गर्न जिल्ला जिल्ला बाट हतियार,लट्ठी ,हाते बम,ग्रिनेड ( चितवन र काभ्रे मा हतियार सहित पकाउ) भित्रौदै संतिपुर्ना आन्दोलन भन्ने माओबादी हतियार को आड मा जनतालाई तर्साउदै छ.
    *** पोखरा मा क्याम्पस को झगडा मा एमाले अखिल लाइ खुकुरी हान्ने लाइ पक्रिदा २ दिन तमुवान (पोखरा) बन्द राख्दै एमाले को पोखरा आमसभा बिथोल्ने प्रयास गर्दै अरु पार्टी लाइ निशेद गर्ने प्रयास.
    *** संबिधान सभा मा सबैभन्दा ठुलो दल हुँदा पनि उच्च स्तरीय संयन्त्र को बैठक मा सहभागी नहुने अनि आफु बैठक नबोलाउने.
    यस्तै गैर राजनीतिक र घोर अलोकतान्त्रिक क्रियाकलाप गर्दै राज्य कब्जा गर्न खोज्ने माओबादी को सपना नेपाली जनता ले तुहाइदिने छन्.
    माइ संसार का माओबादी प्रबक्ता हरु (पुष्प,महेश,मदन,भिम… आदि )ले पनि पक्के खुकुरी तालिम लिनु भयो होला अनि आन्दोलन को तयारी मा हुनुहोला फुर्सत भय केहि लेख्नुहोस यो बिषय मा.

    • केसू जी
      हामी ले त खुकुरी चलाउन लाइ तालीम लिन पर्दछ, तपाई का धर्म भाई नेबी संघे गुंडा हरु ले त गर्व माँ नै सिकेर आएका हुदा रहेछन खुकुरी चलाउन लाइ. नपत्याय, नेत्र तिमिल्सिना को हत्यारा तत्कालीन कांग्रेसी नेता गच्छेदार, र त्रिचन्द्र तीर का नेबी संघे गुंडा लाइ हेर्नुस न .

      • महेश जी,
        तपाइँ हरु त गर्व बाट नै बन्दुक चलाउन सिकेर आउनु भो नि त अनि खुकुरी त तालिम लिनु पर्यो है.
        देव गुरुङ को बिबिसी मा अन्तरबार्ता सुन्नु भो होला नि खुकुरी हतियार मा पर्दैन रे यो त राष्ट्रिय चिज रे नि त होइन अनि ने बि संग ले तेही सुनेर होला नि त.

        • केसू जी
          तपाई को पार्टी धमला लाइ कारबाही गर्न पाइदें भन्छ र तपाई को धर्म भाई नेबी संघे गुंडा हरु खुकुरी हान्ने गुंडा लाइ पक्राऊ गर्न पाइदें भन्दा रहेछन. टी गुंडा हरु गर्भ माँ नै खुकुरी चलाऊं सिकदा रहेछन. तपाई र तपाई को पार्टी लाइ कुरी कुरी!हामी ता तेस्तै नेबिसंघे गुंडा को प्रतिरोध गर्न खुकुरी र बन्दुक चलाऊं सिकेका हौ. ती नेबी संघे गुंडा ले के को निम्ति हो खुकुरी चलाएका?

    • केशुजी,

      जनविद्रोह भन्ने कुरालाई संविधान सभाको चुनावमा पाएको मतलाई मात्र आधार बनाउनुभएछ, हाँस्नबाहेक अरु केही गर्न सकिन्न । हुन त माओवादीका कट्टरविरोधीहरूमा माकुने, रामचन्द्र, सुजाता, विद्या, ओली, कमल थापा, गच्छेदार, गोविन्दराज, खुमबहादुर (अझै धेरै ‘अनुहारहरू’ छन्) जस्ता हरुवा, भारतपरस्त, भ्रष्ट, राष्ट्रघाति र सामन्तहरूकै हालीमुहाली छ । जनयुद्धको प्रतिफल गणतन्त्र, धर्मनिरपेक्ष राष्ट्र आदिजस्ता उपलब्धिहरूका विरुद्ध पनि यिनै कलंकितहरू लागिपरेका छन् । यस्ताहरूका विरुद्ध हुने विद्रोहलाई अरु के नाउँ दिने ? आफै विचार गर्नुस् ।

      *के शान्तिप्रक्रियाविपरीत सेना भर्ना गर्दा कार्यकारी अधिकार भएको प्रधानमन्त्रीले सबैको सहमति (हुन त पहिले सहमति गर्नेहरू कसरी र किन रातारात परिवर्तन भए भन्ने कुरा पनि छर्लंग नै छ) मा प्रधानसेनापतिलाई बर्खास्त गर्नु जनविरोधी राजनीति हो ? के राष्ट्रपतिको असंवैधानिक कदमले कुठाराघात गरेको नागरिक अधिकार रक्षार्थ राजीनामा दिनु जनविरोधी राजनीति हो ? अनि राष्ट्रिय अखण्डता र सुरक्षाको विषयमा कुरा उठाउनु पनि जनविरोधी र राष्ट्रविरोधी नै काम रहेछ कि कसो ?

      *संवैधानिक परिषद्को बैठकमा नगएको भन्दा पनि बहिष्कार गरेको बुझ्नुपर्छ । हरुवा र भारतको निगाहले प्रधानमन्त्री भएको वर्तमान परिप्रेक्ष्यमा जननिर्वाचित र भारतीय नीतिविरोध नेता किन जाऊन् ?

      *हतियारसहित पक्राउ परेका भनिएका माओवादी कमाण्डरका विषयमा माओवादीले नै केही भन्लान् । हामीजस्तालाई दलको आन्तरिक विषयमा नसोधेकै बेस ।

      *अहिलेको राजनीतिक खिचातानीको अवस्थामा एउटा दलको कार्यकर्ताले अर्को दलको कार्यकर्ता कुट्यो भनेर कुर्लनु बेकार छ । माओवादीले खुकुरी चलाएको मात्र देख्नेले माओवादी नेता र कार्यकर्ताहरू मारिएको पनि त सुनेकै हुनुपर्छ ।

      *उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक कतिचोटि र कहिलेसम्म बस्ने हो कुन्नि ? अनि जतिचोटि बसे पनि लैनचौरबाट निर्देशित कुराभन्दा अगाडि नबढ्नेहरूसँग केको बैठक बस्नु ? यसरी समय बर्बाद गर्नु र राज्यको ढुकुटी रित्याउनुभन्दा त सडकमै आउनु बेस होइन र ?

      माथि पवनराजजीले ‘तपाईंहरू’लाई केही प्रश्न गर्नुभएको छ । फुर्सद भए जवाफ लेख्नुहोला ।

  38. जे जे मन लाग्छ गरे हुन्छ हाम्रो हात मा केइ छैन/ सबै नेता हरु चोर डाका जस्तै छन्/ अब घर मा बस्ने समाचार सुन्ने/ १९ दिन को आन्दोलन जस्तै

  39. जता पनि सोझा जनता नै मर्का मा पर्ने हुन् . आन्दोलन को समयमा ज्याला मजदुरी गरेर खाने नेपाली जनताको हालत के होला ? आन्दोलन गर्नु भन्दा मिलेर गएको राम्रो हुन्थ्यो तर हामीले भनेर कहाँ हुन्छ र यिनी हरुलाई त कुर्ची मोह छ . जे हुन्छ राम्रै को लागि हुन्छ भने जस्तै यो आन्दोलन बाट राम्रो फल निस्कियोस , हामी सबैको यहि छ कामना .

  40. ” नागरिक सर्वोच्ता ” र ” राष्ट्रिय स्वाभिमान ” जस्ता फिल्म का निर्देसक प्रचण्ड को अर्को प्रस्तुति , ” सत्ता कब्जा ” यहि मे २ देखि प्रदसन भै रा छ , हेर्न नभुल्नु होला |

  41. “बिगतमा जस्तै एकिकृत माओवादिले आन्दोलन घोषणा गरेर फिर्ता लियन भने अनिस्चितकालिन आन्दोलनले जनबिद्रोहको रुप लिने मेरो बिश्लेषण छ” स्याटेलाइटजी, यस पाली चाही जनविद्रोहको सपना नदेख्नुस ल ? किनकि गएको जनविद्रोहमा राजा एकातिर र अन्य सबै पार्टीहरु एकातिर थिए साथै सबैले बिद्रोहमा साथ दिएका थिए, तर अहिलेको बिद्रोहमा माओबादी मात्रै एकातिर र अरु सबै पार्टीहरु अर्को तिर छन्, साथै माओबादीको अनुहार पनि जनताले देख्ने मौका पाई सकेका हुनाले माओबादीका समर्थक बाहेक अन्य स्वतन्त्र र निष्पक्ष जनताले पनि त्यति साथ दिने छैनन्, त्यसैले यो पनि माओबादीको नागरिक सर्बोच्चताको लागि आन्दोलन गरे भन्दा बढी हुदैन, जनताले सास्ती पाउने मात्रै हुन्, | तपाइको मनको लड्डु घिउ सित खानु होला |

  42. There is a place called “Chambal ki Ghanti” in India, and this place is more orderly and more peaceful than Nepal.

    The term “People of Nepal” is a funny term. Every Nepali believes that he or she will become rich and powerful one day by following these political parties. Following parties here means achievement without working at all, a kind of back-door pass.

    Why else would these Nepali follow any parties, royalists, communist, democratic, or ethnic if not to climb the ladder of success by the back-door, which is the corrupt way? The reasons these Nepali follow political parties are: They hope they will get a job without academic qualification or professional experience; they hope they will make money without working; and they hope they will not have to pay penalties or go to jail if they commit crime, etc. These Nepali follow criminal politicians, hoping these things will happen, thus institutionalizing corruption and crime.

    Here is a movement, remember there have been many such movements by all kinds of parties, to put one person in power, and these Nepali people believe, falsely one more time, their days of achieving power, position, and wealth will come by just sloganeering in the street. That’s illusion.

    My appeal: Wake up, Nepali, fight for yourself, not political gangsters.
    Stop going to all demonstrations. Stop being fooled.
    Overthrow all politics and administrations.

    Nepal is better off without constitution that power people don’t follow; we are better off without politics that only tells lies and institutionalizes corruption and immunity; we are better off without kings that think of only their chairs; we are better off without bureaucracy that knows nothing but obstruction and bribe.
    Wake up and work hard with innovation.

  43. संगीता दिदि मा पनि हजुर
    संग मिलेर देस चलाउछु है म युवा मन्त्रालय ल संगीता दिदि अहिले को मन्तिरिले भन्दा १० गुना राम्रो चलाउछु लेखा र अर्थ पनि पढेको छु मैले ल है साथी हो मलाई पनि सम्झनु

  44. जसले जति नै खोके पनि प्रचण्ड सत्तामा जाने वा माकुने सत्तामा रहने प्रपन्च मात्र हो / अनि कुरो के स्पस्ट छ भने माकुने ले सत्ता छाड्दै छोड्दैन र प्रचन्डले पाउनुको लागि जे पनि गरि रहन्छ अनि नेपालीको तालुमा आलु पनि सधै फलिरहन्छ /

    अनि के गर्ने त अब?

    बाबुरामलाई प्रधानमत्री
    नरहरिलाई उपप्रधान्मत्री
    गगनलाई गृह मन्त्रि
    को प्रस्ताब कसैले ल्याउनु सक्यो भने हेरौ त कसले कारण सहित बिरोध गर्दो रहेछ ? कतै सहमति पो भैहाल्छ कि ?

  45. “लाठी पनि नभाचिने, सर्प पनि मर्ने”
    जुक्ति निकाल्नु सकिन्न र भन्या ?

  46. माओ बादी आए के गरे , माकुने ले क गर्यो, गिरिजा ले के गर्यो , कमल थापा ले के गर्यो , मधेसी फोरम ले के नै गर्यो , ज्वाला सिंग ले क गर्यो , साचै भने हो भने कसले पो क गरे आखिर राम्रो कम जनताको लागि , जुन जोगी आए पनि कानै चिरेका , गर्ने क होइन गर्न खोज्ने ले पनि पाउने हैन . सबैले आफ्नो दुनो सोजौन बाहेक अरु के हि गर्ने वाला छैनन् .

  47. मलाई यो खबर ले सारै दुख लग्यो, के गर्न अनि के हुन खोजेको होला हाम्रो देश मा? जनता लै किन येसरी तर्साएको होला कुन्नि? लेखक महोदय लै कसले येसरी यो लेख लेखनलाई उक्क्सएको होला भन्नि कुरा त हामी सबै ले आनुमान लाउन सक्छौ, तेसैले साथी हो एस्ता लेख को पछि नलागौं, जय नेपाल !!

  48. आम जनसमुदायका नाममा एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को अपिल
    दशवर्षको जनयुद्धको जगमा आधारित १२ बुँदे समझदारी र १९ दिने जन-आन्दोलनद्वारा हासिल गरिएको शान्ति, प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने र संविधान-सभाद्वारा जनताको संघीय गणतन्त्रात्मक नयाँ संविधान निर्माण गर्ने ऐतिहासिक कार्यभार यतिबेला गम्भीर धरापमा परेको छ। संविधान-सभाको ऐतिहासिक निर्वाचनमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) देशकै सर्वाधिक लोकप्रिय र ठूलो पार्टीका रुपमा स्थापित भए पछि नै परिवर्तन विरोधी प्रतिक्रियावादी र यथास्थितिवादी शक्तिहरुले शान्ति र संविधानका विरुद्ध षड्यन्त्रका तानावाना बुन्न सुरु गरे। त्यो षड्यन्त्रको पहिलो कडिका रुपमा संविधान सभाबाट नयाँ संविधान नबन्दासम्म सहमतिका आधारमा अगाडि बढ्ने अन्तरिम संविधानको मर्म र भावना विपरीत बहुमतीय प्रणालीमा जाने कसरतका रुपमा अगाडि आयो। संविधान-सभाको निर्वाचनमा अभिव्यक्त स्पष्ट जनादेशका बाबजुद चार महिनासम्म नयाँ गणतन्त्रात्मक सरकार निर्माणमा व्यवधान खडा गर्नेदेखि माओवादी नेतृत्वको सरकारले आरम्भ गरेको परिवर्तनलाई सम्बोधन र संस्थागत गर्ने तथा शान्ति र संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने स्वभाविक पहलका विरुद्ध अनगिन्ती बखेडा झिक्दै अन्ततः राष्ट्रपतिलाई अगाडि सारेर अन्तरिम संविधान र सहमतिको मर्ममाथि प्रहार गरियो र निर्वाचनमा अभिव्यक्त जनादेशको खिल्ली उडाउँदै अत्यन्त अप्राकृतिक गठबन्धन कायम गरी नेपालको राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक मूल्य विपरीत राष्ट्रिय आत्मसमर्पणवादी र घोर दक्षिणपन्थी सरकार कायम गर्ने प्रपंच गरियो। यी तमाम षड्यन्त्र र प्रपंचहरुको विरोध गर्दै हाम्रो पार्टीले त्यतिबेलै स्पष्ट शब्दमा व्यवस्थापिका संसदमा राखेको थियो कि सरकार बदल्ने यो प्रपंच बस्तुतः र अन्ततः शान्ति प्रक्रिया भंग गर्ने र संविधान-सभालाई पंगु बनाउने नियोजित रणनीतिमा आधारित रहेको छ। त्यतिबेलै हामीले यो पनि स्पष्ट गरेका थियौं कि ‘माओवादी सत्ता कब्जा गर्दैछ’ भन्ने मनगढन्ते र कपोलकल्पित दुष्प्रचारद्वारा जन-समुदायलाई भ्रमित पार्ने र हाम्रो पार्टीलाई ‘उत्तेजित’ पारी देशलाई अर्को द्वन्दमा धकेल्ने षड्यन्त्र पनि त्यो नयाँ र अपवित्र गठबन्धनको रणनीतिमा रहेको छ।
    गत एक वर्षको राजनैतिक घटनाक्रम र अहिलेको परिस्थितिले हाम्रो पार्टीको त्यो विश्लेषण र निष्कर्षलाई सत्य सावित गरी रहेका छन्। प्रतिक्रियावादी मनोकांक्षा र रणनीतिलाई गलत सिद्ध गर्दै एकीकृत ने.क.पा.(माओवादी) भने वर्षभरिनै शान्ति र संविधानप्रति प्रतिबद्ध एक जिम्मेदार पार्टीको हैसियतले लोकतान्त्रिक मान्यताभित्र रहेर बिना कुनै उत्तेजना, शान्तिपूर्ण रुपले चरणबद्ध विरोध कार्यक्रम सञ्चालन गर्दै आएको छ। हाम्रा तमाम विरोध कायक्रमहरुको केन्द्रबिन्दुमा मुख्य नारा ‘शान्ति र संविधान सुनिश्चित गर्न राष्ट्रिय संयुक्त सरकार गठन गर’ भन्ने रहँदै आएको तथ्य सर्वविदितै छ। राष्ट्रिय स्वाधिनता, नागरिक सर्वोच्चत, शान्ति, संविधान र राष्ट्रिय संयुक्त सरकारको नारालाई सूत्रबद्ध गरी पार्टी जनताका बीचमा निरन्तर क्रियाशील रहेको तथ्य पनि कसैबाट छिपेको छैन। यसका साथै पार्टीले सहमतिद्वारा राजनीतिक निकास खोज्न अन्य पार्टीहरुसँग निरन्तर संवाद गर्दै संविधान निर्माण प्रक्रियामा व्यवधान उत्पन्न हुन नपाओस् भन्ने कुराप्रति संवेदनशील रही अपनाइएको लचकता र जनताको दैनिक जीवनमा कठिनाई उत्पन्न नहोस् भन्ने कुरामा संवेदनशिल रही आफ्ना विरोध कार्यक्रमहरुलाई धर्ना, घेराऊ, प्रदर्शन र सभाहरुमा केन्द्रित गरिंदै आएको एक वर्षको तथ्य पनि यहाँ स्मरणीय छ। पछिल्लो चरणमा शान्ति र संविधान-निर्माण प्रक्रियाका प्रमुख पहलकर्ता मध्येका एक प्रमुख नेता गिरिजाप्रसाद कोइरालाको विशेष आग्रहमा उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गरी राजनीतिक गतिरोधको अन्त्य गर्ने, शान्ति र संविधान निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यमा हाम्रो पार्टीले खेलेको सकारात्मक भूमिका पनि हामी यहाँ स्पष्ट गर्न चाहन्छौं। उच्च स्तरीय राजनीतिक संयन्त्रलाई समस्या समाधानको मञ्च होइन, उच्चस्तरीय षड्यन्त्र ठान्ने प्रवृत्ति जुन गिरिजाप्रसाद कोइराला जीवितै छँदा स्पष्ट देखापरेको थियो, आज उहाँको निधनपछि त्यही प्रवृत्ति सरकारवादी पार्टीहरुमा हावी हुन गएको छ। हामीले पटक-पटक संयन्त्रको बैठक बोलाउँदा त्यसलाई वेवास्ता गर्ने, पर धकेल्ने तथा पछिल्लो पटक हाम्रो पार्टीको तर्फबाट १२ बुँदे समझदारीदेखि यता भएका सबै सहमति र सम्झौताहरुलाई दृढतापूर्वक कार्यान्वयन गर्ने तथा राष्ट्रिय संयुक्त सरकारका लागि वर्तमान सरकारलाई राजीनामा गर्न आग्रह गर्ने निर्णयका लागि राखेको प्रस्तावलाई अस्वीकार गरेर सरकारवादी पार्टीहरुको नियत वस्तुतः संयन्त्रलाई नै पङगु बनाउने रहेको तथ्य पनि स्पष्ट भएको छ।
    निर्वाचित होइन निर्वाचनमा पराजितहरुको सरकारका रुपमा कुख्यात वर्तमान सरकार नेपालको इतिहासकै सबैभन्दा भ्रष्ट, नालायक, जनविरोधी र राष्ट्रघाती रहेका तथ्यहरु दिनको घाम जत्तिकै छर्लङ्ग छन्। महङ्गी, भ्रष्टाचार, हत्या र आतंकका बेलगाम श्रृङ्खलाहरु, अराजकता र अस्तव्यस्तताले जनजीवन सन्त्रस्त छ। देशका उद्योग, व्यवसायहरु धराशायी बन्दै गएका छन्, पूँजी पलायनको प्रक्रिया उग्र भएर सिंगै अर्थतन्त्र गम्भीर संकटको भूमरीमा परिरहेको छ। देश र जनताका यस प्रकारका विकराल समस्याहरुप्रति पूरै वेखबर जस्तो गरि भ्रष्टाचारको खुला छुट दिएर जसरी पनि कुर्सी बचाउने सरकारको एक सुत्रीय कसरत शान्ति र लोकतन्त्रको उपहास बन्न गएको छ। राष्ट्रको सुरक्षा संवेदनशिलतालाई अन्तर्राष्ट्रिय मान्यता र संसदको निर्देशन समेतलाई दाउमा राखेर गरिएको पासपोर्ट छपाई सम्बन्धी निर्णयको आम जनतादेखि अदालतसम्मको विरोध पश्चात् फिर्ता लिइए पनि नैतिकताको आधारमा कुर्सी छोड्ने कुरा त परै छ, अझै छलछाम गरेर पुरानै निर्णय लागू गर्ने कसरत देखा पर्नु कम लज्जाको विषय होइन।
    उपरोक्त समग्र परिस्थिति र पृष्ठभूमिलाई विचार गर्दा हाम्रो पार्टी यो निस्कर्षमा पुगेको छ कि राष्ट्रिय स्वाधिनताको रक्षा, जनताको सर्वोच्चता एवम् शान्ति र संविधान सुनिश्चित गर्न जनसमुदायको व्यापक दबाब-हस्तक्षेप अनिवार्य बन्न गएको छ। सामान्य विरोध र संवादको माध्यमले रिमोट कन्ट्रोलबाट चल्ने कठपुतली सरकारलाई कुनै असर नपर्ने कुरा एक वर्षको अनुभवले सिद्ध गरेको छ। अतः राष्ट्रिय स्वाधिनता, शान्ति र संविधानका निमित्त हाम्रो पार्टी देशका सम्पूर्ण सच्चा लोकतन्त्रवादी र राष्ट्रवादी शक्तिहरुसँग वृहत्तर संयुक्त मोर्चा कायम गरेर अगाडि बढ्ने दृढतासहित यही वैशाख १८ गते अर्थात् १ मई को अन्तर्राष्ट्रिय मजदूर दिवसका दिन राजधानी र देशका विभिन्न भागमा विशाल जनप्रदर्शन गर्ने निर्णयमा पुगेको छ। यो जनप्रदर्शन लोकतान्त्रिक मान्यता अनुसार सम्पूर्ण रुपले शान्तिपूर्ण प्रदर्शन रहने कुरा हामी यहाँ विशेष रुपले स्पष्ट गर्न चाहन्छौं। जुन प्रदर्शनलाई व्यवस्थित पार्नको लागि हजारौं युवा स्वयम् सेवकहरु तयार पारिएको छ। शान्तिपूर्ण जनप्रदर्शनलाई व्यवस्थित पार्नकै लागि तयार पारिएका युवा स्वयम् सेवकहरुको सामान्य प्रशिक्षणलाई ‘सैन्य तालिम’ भनि गरिएका सबै खाले प्रचारबाजीलाई हामी पूरै खारेज गर्दछौं।
    जनताको मतअभिमत र आवाजसँग तर्सने वर्तमान सरकार हाम्रो शान्तिपूर्ण वृहत् जनप्रदर्शनको आयोजनाबाटै तर्सेर नियोजित दुस्प्रचार गर्दै निरंकुश दमनको तयारीमा लागेको छ। देशलाई पुनः हिंसात्मक द्वन्द्वमा धकेल्ने दुराशय उसको त्यो प्रचार र तयारीमा स्पष्ट देखिएको छ। हाम्रो पार्टीले त्यसप्रकारका दुस्प्रचारलाई आफ्नो शान्ति र बहुदलीय प्रतिस्पर्धाप्रतिको प्रतिबद्धताद्वारा व्यवहारत चिर्दै आएको छ र आगामी दिनमा पनि चिर्दै जानेछ। यदि हाम्रो शान्तिपूर्ण प्रदर्शनमाथि बलप्रयोग गरेर रोक्ने वा हिंसात्मक दमन गर्ने दुस्प्रयास गरिएमा त्यसबाट उत्पन्न हुने कुनै पनि परिणामको जिम्मेवार सरकार नै हुनेछ।
    मई दिवसको जनप्रदर्शनसम्म पनि शान्ति र संविधानको सुनिश्चितताको लागि आवश्यक सहमति नगरिएमा हाम्रो पार्टीले वैशाख १९ गतेदेखि अनिश्चितकालीन देशव्यापी राजनैतिक हड्ताल गर्ने निर्णय समेत गरेको छ। यो आम राजनैतिक हड्ताल हाम्रो रहर नभएर शान्ति र संविधान निर्माणको ऐतिहासिक आवश्यकता पूरा गर्ने बाध्यात्मक विकल्प भएको तथ्य पनि हामी यहाँ स्पष्ट गर्न चाहन्छौं। हाम्रो यो राजनैतिक हड्ताल पनि शान्तिपूर्ण जनसंघर्षकै अंगका रुपमा अगाडि बढ्ने छ। यसलाई हिंसात्मक दमनद्वारा रोक्ने कसरत गरिएमा त्यसबाट निस्कने परिणामको जिम्मेवार पनि सरकार स्वयम् हुनुपर्नेछ। यहाँ हामी यो पनि स्पष्ट गर्न चाहन्छौं कि प्रदर्शन र हड्तालका बीचमा पनि संवाद र सहमतिको ढोका खुला रहनेछ।
    शान्ति र संविधान निर्माणका लागि ऐतिहासिक आवश्यकता बन्न गएको यो आम हड्ताल (बजार, यातायात, शिक्षण संस्था, कलकारखाना सबैको हड्ताल) मा आम समर्थन सहयोग र सहभागिता जनाई यथाशीघ्र सफल पार्न हामी सबै तह र तप्काका आम जनसमुदायहरुसँग हार्दिक अपिल गर्दछौं। सरकारद्वारा प्रायोजित दुस्प्रचारको भ्रममा नपरी यो आन्दोलनलाई शान्ति र संविधानका निमित्त अपरिहार्य तेस्रो जनआन्दोलनका रुपमा ग्रहणगरी व्यापक सहभागितासहित सफल पार्न हामी आम जनसमुदायसँग विशेष अनुरोध पनि गर्न चाहन्छौं। अहिलेको प्रदर्शन र हड्तालका केन्द्रहरु देशका प्रमुख शहर एवम् मुख्यतः राजधानी हुनेछन्। अतः हामी राजधानीका नेवारलगायतका जनसमुदायहरुसँग यो ऐतिहासिक प्रदर्शन र हड्ताल सफल पार्न विशेष सहभागिताको अपिल गर्दछौं।

    मिति : १३ वैशाख, २०६७
    प्रचण्ड
    अध्यक्ष
    एकीकृत नेकपा(माओवादी)

  49. स्याटेलाइट जी
    तपाई ले भन्न खोज्नु भाको कुरो बुझिएन. ६०१ डाका मध्ये कति छन् माओबादी डाका हरु. अनि कसरि यी डाका हरु को पछी लागेर जनविद्रोह सम्भव हुन्छ. अरु डाका हरुले ले त देश को ढुकुटी रित्याय, सुब्यबस्था कहिले दिन सकेनन. गरिबी बढाए. बकम्फुसे कुरो, खोक्रा आदर्श देखाउने र जनता लाइ पर्यायबाची बनाउदै जस्तै “लोकतन्त्र” “प्रजातन्त्र” भन्दै आफ्नो डम्फु बजाए. माओबादी डाकाहरु यी सबै भन्दा अलि अलग्गै खालका डाका हुन्. माथि उल्लेखित अन्य डाकाहरु ले गर्ने गरेका काम बाहेक यिनीहरु जनताका नाम मा जनता लाइ नै आतंकित पार्दै, रक्तनदी बगाउन पनि सिपालु छन्. अनि यिनै डाकाले सत्ता प्राप्त गर्न गरेको आतंक लाइ जनविद्रोह को संज्ञा दिन सकिन्छ? देश को कुहालत राजतन्त्र कै कारण ले भाको हो र हामि आए ठिक हुन्छ भनेर पाठ पढाएर राज्य गर्दै गरेका हरुलाई सोधौ के राजतन्त्र मा देश को यो हालत थियो? कुन चाही राजाले देश मा हत्या हिम्सा र आतंक लाइ बढावा दिए? तर पनि बिद्रोह भयो, उन्नति होस् प्रगति होस र सबै नेपाली ले स्वतन्त्र जीवन जिउन पाउन भनेर, तर खोइ कहाँ छन् ति स्वन्तन्त्रता? कसैले आफ्नो बिचार राख्ने ठाउँ कहा छ? माइ सन्सार ले त सेन्सर गर्छ, अरु ककुरा गरौ? अब को जनविद्रोह यी सबै ६०१ डाका हरुको बिरुद्ध मा हुनेछ. तर मे १ बाट सुरु हुने माओबादी को सत्ता प्राप्त गर्ने बिद्रोह होइन, अरु कुनै बिद्रोह को रुपमा जसमा तपाई हामि सबै सामेल हुनेछौ.

  50. जिबन जलमा कन्जुसी गरेर हवाई आम्बुलेंसमा खर्चिने/
    आतंककारीको मतियार ऋषि धमलालाई अमेरिका घुमाउने/
    कुर्सि पाए बिस्तारबादीलाई प्रभु र घुस्याहलाई गुरु मान्ने/
    दस पांच सिंह दरबारमा बाकि समय सुद महलमा बिताउने/
    समस्यामा गाँठो माथि गाँठो कस्दै संबिधान बनाउन नदिने/
    जनमतलाई गठबन्धनको बूटले कुल्चेर कुर्सि छोड्दै नछोड्ने/
    यो बातले जाने त् हुँदै होयिन त् लात हानि किन ननिकाल्ने/

  51. ~~अवश्यम्भावी आन्दोलनमा समर्पित~~

    बहुदल,एक्दल संगै
    राजतन्त्र आए, प्रजातन्त्र आए
    समाजवाद, साम्यवाद आए
    जुलुस आए, पुलिस आए
    बालबच्चा पनि आए
    युवा,बुढा सबै आए
    तर गए त केवल
    पल्लोघरे आमैको कान्छो छोरो
    र टोलको चियापसलेकी छोरी!
    आँखामा नयाँ नेपालको सपना सजाइ
    भेडा बनी हाम्फालेकाहरु
    भीरबाट खस्दै गए
    एक सहिदको पनि इज्जत नपाई
    मरेका ती सपुतहरुको श्राप
    देशलाई फेरी लागेको छ
    निश्चय छ, फेरी पनि
    माथ्ला घरे आमैको छोरो
    र त्यही बदम बेच्नेको छोरी
    उत्रनेछन् मैदानमा
    र चिच्याउने छन्
    “नेपाल जिन्दाबाद”
    “स्याल नेताहरु मुर्दाबाद”
    तर जति नारा लगाये पनि
    तिनीहरु नै पिसिनेछन्
    र उनै नेतारुपी ब्वाँसाहरुले
    पुन:नियमित अद्ध्याय सुरु गर्ने छन्
    नेपाल अझै चलिरहने छ
    र पशुपतिनाथले देशको कल्याण गरिनैरहनेछन्।

  52. ठीक विश्लेषण गनुभेा । शाहवंशकेा पतनपछी केही राहत महसुस गरेका थियैा । तर देशकेा अवस्था दिनपरदीन गिरदेा छ । सबकेा शासन देखिहाल्यैा अब यी सब डाकाहरूलाइ पाखा लगाएर तपाइ हामी मिली देश चलाउनु परला जस्तेा छ, कि कसेा?

  53. लाज र सरम नभयको माकुने अबत कुर्सि छोडदेउ | तेई जनताले तिमि लाइ कति भोट दिएय्तेय थाहा होला अब त छोड | अब पनि नछोडे घर बाट बैर निस्कधा स्व्स्नी को चुरा,पोते लगायर बाहिर निस्कने गर ल/

  54. आज त भयंकरै लेख्नुभो स्याटेलाइटजी । राजाका कुरा छाडिदिउँ, साँचो अर्थमा भन्ने हो भने अहिलेको आन्दोलन ‘ती अनुहारहरू’विरुद्ध मात्र नभई नेपाल र अन्य दक्षिण एशियाका अन्य देशहरूको प्रगतिका बाधक ‘इण्डियानिज्म’का विरुद्ध हो भन्ने बुझ्नुपर्छ । जनधनको क्षति नहोस् भन्ने कामना गरुँ, तर भारतको धोती समातेर बसेकाहरूले तपाईंले भनेजस्तै ज्ञानेन्द्रले सजिलै गद्दी छाडेजस्तो छाड्लान् भन्नचाहिँ गाह्रै पर्छ । तर जनशक्तिका अगाडि के दरबार, के भारत !

    • खोइ कसको बिरोधमा भन्ने यो आन्दोलन/ मोबदिहरु लाई यो सरकार को बिरोधमा , सकार मा बस्ने हरुलाई उनीहरुको कुर्सि को बिरोधमा होला/ तर म जस्तो (तपाई होइन पुष्प जी , तपाई त माओबादी को प्रबक्ता नै भयो) लागि चाही यो आन्दोलन काग लै बेल पाक्यो हर्ष न बिस्मात /

      • राष्ट्रघातिहरूको पिछलग्गु हुनु र राष्ट्रिय अस्मिता र नागरिकअधिकार कुण्ठित भइरहँदा ‘तपाईं’जस्तो (शायद निष्पक्ष भन्न खोज्नु भएको होला) भएर बस्नुभन्दा माओवादी ‘प्रवक्ता’ नै हुन रुचाउँछु रवीजी । धन्यवाद ।

        • ए हो त, नेपालका माउबादीहरु नागरिक अधिकार, मानव अधिकार उल्लङ्घन नगर्नेमा नम्बर एकमा पर्छन रे ! कठै बरा… घांटी रेट्ने, ६ इन्च घटाउने, हात खुट्टा भाँच्ने, बेपत्ता पार्ने, जबर्जस्ति चन्दा माग्ने, सम्पत्ति कब्जा गर्ने, गुरुलाई पिट्ने, कालोमोशो दल्ने, आदि आदि सुकर्म हरु कहा माउबादीले गर्छन र ? बरा दुधले नुहाएका हरु !!

      • रबि जी, तपाई गलत लेख्दै हुनुहुन्छ येथार्थलाई बुहेरा पनि बुझ पचौना खोज्दै हुनु हुन्छा तपाइँ ! हेर्नुस तपैहरु जत्ति कराए पनि समयको माग हो माओबादी ! केहि नराम्रा कम होलान तर समग्र मा मान्छे को आशा माओबादीमा नै छ ! तपाईहरु काग कराउदै गर्नुस पिना पनि सुक्दै गर्छा !

        • बिष्णु जी
          तपाई सायद एउटा दल बाट धेरै प्रभाभित हुनु हुन्छा होला त्यसैले समय को माग भनेर राग अलाप्नु हुन्छा तर मा कुनै दल बाट प्रभावित छैन/ मेरो लागि यी सबै दल हरु नराम्रो छन्/ कसैले केहि गर्दैन/ सबै कुर्सि को खेल हो / एउटा कुर्सि बाट झर्यो अर्को जना हतार/ यो खेल चली रहने छ/ हरेक पल्ट नया सरकार आएर केहि गर्ला भन्ने आशा हुन्छा तर हुने केहि होइन/ सब चोर हून/ मेरो समर्थन कसैलाई पनि छैन/ सब देखियो , यिनी हरु फगत आफ्नो स्वार्थ को लागि लड्दै छन्/

          • रबि जी ,,

            अनि तपाई चाही कसको स्वार्थ को लागि उठ्दै हुनुहुन्छ नि !!!

        • यो साइट माऊबदिको हो जस्तो छ ? र यसलाई मावोबादी ले धरै पडदा रै छन् जस्तो छ ?

          • Prasai jee,
            होइन, यो ब्लगमा माओबादी मात्र होइन, खाओबादी पनि छन्/ CA को चुनाबलाइ आधार मान्ने हो भने त देश भरिमा करिब ४०% माओबादी रेछन, कांग्रेस र एमाले क्रमैसंग १८ र १६ % अरु तेस्तै तेस्तै……./ यो ब्लगमा पनि तेस्कै प्रभाब होला नि त, के टाउको दुखाउनु! अर्को चुनाब मा कसैले २/३ नल्याए सम्म एस्लाई मान्नु पर्ला कि कसो प्रसाई जी?

  55. पुष माघको जाडोमा झरी लागेको बेलामा एउटा व्यक्ति डाक्टर कहाँ गएछ रे रुघाको दबाई माग्न!
    डाक्टरले दबाई लेख्नु पहिले त्यो बिरामीलाई बाहिर ५ मिनट दौडेर आउन भनेछन्| बिरामीले भनेछ, ” डाड साप त्यो चिसो झरीमा भिजेर आएपछि त मलाइ टाईफाईड भै हाल्छ नि!” अनि डाक्टरले भनेछन, “हो भाइ ठीक भन्नु भो, मैले खोजेकै त्यहिँ हो| किनभने रुघाको त कुनै औषधि हुँदैन, तर तपाइलाई टाईफाईड बनाएर एन्टीबायोटिक दिने नै मेरो बिचार हो!”

    खै साथीहो मैले त के लेखेँ, के लेखेँ – खुर्पाको बिंड लेखेँ कि श्रीखण्ड, लु है भनि दिनुस न
    चिरिप्प पारेर, परेको माओबादीलाई र हरुवा माकुनेलाई बेहोर्न लगाउँला!

  56. घण्टा को नेपाली जनता????साले सब जनता चोर हुन्.जनता ले नै बिगारेको हो देस.एस्त नेता हरु लाई सप्पोर्ट गरेर.थुक्क नेपाली जनता हरु…तिमिहारी कहिले सप्रिने वयेनौ..जसले जे गरेपनि चुप लगेर बस्ने हिजडा हरु…

  57. लेख पढे पछी थाहा पाए satellite पनि माओबादी को हनुमान रहेछ / तिमीले भनेको जस्तो जन बिद्रोह हुँदैन बरु जन बितृष्णा पक्कै बढ्ने छ / तिम्रो समाज सेवा को कदर गर्छु तर एउटा तथष्ट धार लिन नसकेको समाजसेवी धेखारा खेद लग्यो/ आशा छ प्रचण्ड प्रधान मन्त्रि भयो भने तिमीले पनि केहि पद पहुने छौ /

    • रबिजीको योग्यता कति हो त थाहा भएन बुझ्ने क्षमता कमजोर रहेछ | अलि पढेर बुझेर प्रतिक्रिया दिनुहोला | हुनसक्छ तपाई माओबादी मन पराउनु हुन्न म पनि उनीहरुका दादागिरी मन पराउदिन | तर आफु सत्ताको आसेपासे भएर अरुलाई पनि त्यस्तै देख्नु दृष्टिभ्रम हो | दीपक

  58. जो आवोस तर मधबे को सरकार चाही ढाल्नै पर छ .

  59. बन्द र हड्ताल बाहेक अरु कुनै विकल्प छैन यो नेताहरुको लागि ? माथि उल्लेखित सम्भावना हरु १००% मिल्न सक्छ/

  60. I feel realy very sad for nepalese people. FACT IS A FACT: THIS IS WHAT U GET FOR COMPROMISING WITH TERRORIST. NEVER FEED THE SNAKE. BABURAM AND PRACHANDA ARE CRIMINALS. THEY SHOULD BE HANGED.

  61. बेकार देशको लागि भनेर लड्नु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु हो…..be safe peoples yourself…

  62. सेटेलाइट जी को लेख समय को माग हो/ बस्ताबमा नै नेपाली जनताले विद्रोहको साथ नदिए सम्म नेपालीहरुको परिबर्तन असम्भव बनैदिएका छन् ६०१ स्यालहरुले/

  63. जनबिद्रोह भएमा त के सबैको मंगल होला र खै ?
    बाच्न सफल हुनेहरुको चाही मंगल होला कि ?
    देशले परिवर्तन त चाहेकै हो तर पटक पटक गरेर किस्तामा हैन | समग्र परिवर्तन ल्याउन सक्ने भए गर तर तड्पाई तड्पाई नेपाल र नेपालीको बिजोग नपार नेता भनाउदा नरपिचाश्हरु हो | तिमि नेताहरु मर्ने हैनौ मर्ने त जनताका छोराछोरी हुन् | एकपटक तिमि नेता नेता आफै भिड र मर मार अनि थाहा पाउने छौ जीवनको मूल्य, पिडा, दुख, कस्ट | छ हिम्मत तिमिहरुसग ?
    कार्यकर्ताहरु पनि नेतालाई अघि लगाएर मात्र आन्दोलनमा उत्र र नेताहरु मरिसके पछी मात्र अघि बढ | सुरक्षाकर्मीहरु पनि अधिक्रितहरुलाई अघि लगाएर मात्र कार्य क्षेत्रमा उत्र र हाकिमहरु सखाप भए पछी मात्र अघि बढ | दुवै तिरका नेता र हाकिमहरु सकिय पछी शासक सामन्ती वर्गको अन्त्य हुन्छ | अब बाकी रहेका कार्यकर्ता र तल्लो तहका कर्मचारी भनेका सबै एकै बर्ग तथा शासित वर्ग हो र यहा अब कुनै संघर्षको आवश्यकता पर्दैन | सवै मिलेर देशको उन्नति तिर लम्क | अन्यथा यस्ता लडाई आउने पुस्ताले पनि लडीरहनु पर्ने छ | आउने पुस्तालाई लड्ने हैन देशको उन्नति गर्ने अवशर देउ |

  64. लेख सारै राम्रो लाग्यो. आन्दोलन र मुठभेड निश्चित देखिन्छ. तर यो आन्दोलन मा जीत जसको सुकै भए पनि हार फेरी एक चोटी नेपाल र सच्चा नेपाली कै हुने देखिन्छ. आफु सरकार मा छदा सिन्को नभाच्ने अनि सरकार बाट हाते पछि आफुले बाहेक अरु कसैले संबिधान बनाउन सक्दैन भन्छन माओबादी. अर्को तिर तेही प्रजातन्त्र भएन जनता ले चुनेको मान्छे सरकार मा भएन भनेर तेत्रो आन्दोलन गरेर राजतन्त्र हटाइयो तर प्राय सबै चुनाब हरेका हरु बाट कथित् लोकतन्त्र को सासन भोगी रहेका छन् नेपाल र नेपाली. एस्तो अवस्था मा आन्दोलन को विकल्प पनि देख्दिन म. तर आन्दोलन के को लागि त? ७ साल, १७ साल, ४६ साल, ६१ साल मा पनि आदोलन भएकै हो. र ति सभाई आन्दोलन मा जनता सामेल भएकै हो र जनता ले मागेको कुरा पाएकै हो. तर तेस्को परिणाम के भो त? आज हामीले भोगी रहे छाम. तेसैले अब जनता ले दोषी खोज्न अन्त होइन आफु लाइनै हेर्न पर्ने अवस्था आएको छ र स्वयम बिस्लेसन गर्न पर्ने अवस्था आएको छ कि देश लाई आखिर चाहिएको के हो त. मेरो personal opinion लिने हो भने सबैलाई अनुसाशन मा ल्याउन सक्यो भने सबै समस्या को हाल हुन्छ र अनुशासन ल्याउन देश मा सैनिक सासन लगुना पर्चा .

  65. नेपालमा जन्मिनु नै अभिशाप न बनोस भन्ने आशा थियो कतै कुनामा . तर यी चोर नेताहरु को कुकर्मले गर्दा हामी नेपालीहरु न नेपालमै बसेर केहि गर्न सक्छौं, न त नेपाल छोडेर नै शान्तिको सास फेर्न पाउछौँ.

    दर लाग्छ कि नेपालको नाम कतै बिस्शो इतिहासमा आन्दोलन को देश भनेर न रहोस!!!!
    भगवान बचाऊ मेरो देशलई !!!

  66. त्रसीत जनता लाइ कीन अझ तसाउँन खोजियो बुझिन!

  67. माइकल ब्रो सारै राम्रो लेख ! तर यो अवाज सुन्ने कसले ? सरकार निकम्बा छ ! सबै कुर्ची को खेल मात्रै भए को छ . देस विकास गर्ने – जनता को पिर मर्का बुझ्ने काम कसै बाट पनी भएन ! तीन करोड नेपाली जनता को अवाज नसुन्ने ती नपुंसक नेपाल का कुपुत नेता भनौदा ६०१ डाका हरुलाई नेपाली जनता ले सामुहिक मिर्तु दण्ड दिनु पर्छ! अनि नेपाल आमा को मुख मा हासो अनि जनता को जिबन मा खुसियाली आउछ ?

  68. बिश्लेष्ण एकदम राम्रो लाग्यो. निरास जनताको मन आन्दोंलन तिर तानिन सक्छ, अन्तत नया तुलसी गिरीहरु को अन्त्य पक्का छ .

  69. हामी नेपाली त सारै अभागी रहेछौ ,,है सधै यस्तै मात्र जुन जोगी आय पनि कानै चिरेको झैँ ,,,देश को लागि गर्ने त कोइ नि भयन,,,,किन सबै राज्नितीं गर्ने हरु यस्ता पत्लाम्फु …..चोर ///

  70. होइन के हो मित्र
    माओवादी को मुखपत्र हो कि क्या हो ?अति भयो नि .

    • हरि जी चाहि रघुजी पन्त को पनि प्रबक्ता ??? हा हा हा हा हा हा

  71. “देशले, कुनै ब्यक्ति बिशेषको अवसान या उत्थानको लागि भन्दा पनि अहिलेसम्म दोहोरिँदैआयका प्रबृत्तिका बिरुद्वमा जनबिद्रोह खोजेको छ”

  72. अति राम्रो बिश्लेषण बास्तव मा नेपाल मा अब पनि चुप लागेर बस्ने हो भने देश एका देश को कथा हुन्छ| तेशैले पनि जबिध्रोह गर्नु पर्छ | देश अहिले कुर्ची मा भयका हरु ले सकाका हुन् अबको आन्दोलन ले इनिहरुलाई सकाउनु पर्छ|

  73. यो समय आन्दोलनको नभएर संबिधान जसरिहुन्छ बनाउने तिर लाग्नुहो संबिधान बनाउने बिसयेमा जनतालाई आन्दोलनको बहानामा भुलाउने खेल सुरु गरेको मात्रहो तेसैले मेरो यो माओबादी निर्णय प्रति घोर आपत्ति छ ,संबिधान देउ अनि जे मन लाग्छ गर ,,,,,,,,,तर पटक पटक जनताका छोराहरुलाई बलिको बोका नबनाओ!!!!!!!!!!!!!!!!!

  74. ” खोक्रा आदर्शका कुरा गरेर, लेखेर ‘इन्टेलेक्चुअल’ बर्गमा त परियला तर आममान्छेहरु खरो र ठेट बुझ्छन ”
    स्याटेलाइटजी ले सहि कुरो गर्नु भयो /
    हो बस्ताबमा नै नेपाली जनतालाई बकम्फुसे आदर्स होइन , कुनै बाद होइन “परिणाम” चाहिएको छ / खोक्रो आदर्शको के काम ? टोक्नु न बोक्नु को बेकारको खोस्टो / जुनसुकै बाद आओस, साम्यवाद,समाजबाद, पुजिबाद, फासिवाद, नाजिबाद, ….. जनताले सुख पाउनु पर्यो कुरो त्यति नै हो तर हामी कहाँ जुनै बाद आए पनि जनताले दुख पाउनु छोडेन, राणाकाल,शाहकाल, पंचायत, प्रजातन्त्र, गणतन्त्र जहिले पनि दुख , पिडा, उत्पीडन हाम्रो साथमा रही रह्यो र हालमा त स्वाभिमानमा पनि ठेस लागेको महसुस जो सुकैले गर्दैछन /

    यहाँ धेरै परिबर्तन नाम गरेका परिबर्तनहरु भैसके तर त्यो परिबर्तन नाममा नै सिमित रहिरहेको छ /

    किन?

    यसको मूल कारण अति नै सरल र सबैले बुझेको छन् त्यो हो “आर्थिक क्रान्ति ” / जब सम्म देश र समाजमा आर्थिक क्रान्ति हुदैन तबसम्म देशमा कुनैपनि राजनैतिक परिबर्तन ले केहिपनि लछारपाटो लगाउनु सक्दैन / यो कुरो कसैले माने पनि नमाने पनि तितो सत्य हो / अनि अब कुरो आयो आर्थिक क्रान्तिको / हो सबैले भनिराखेको छन् “आर्थिक क्रान्ति गर्ने”, “आर्थिक क्रान्ति गर्ने “आर्थिक क्रान्ति गर्ने “आर्थिक क्रान्ति गर्ने………….. तर कसरि ?

    # आज सम्म आर्थिक क्रान्तिको रुपरेखा कसैले कोरेको छ ?
    # कसैले बनाएको छ आर्थिक क्रान्तिको योजना ?

    हो यी प्रश्नको उत्तर्स्वरूप उनीहरुको सुगारटाई उत्तर के छ भनेर जनतालाई थाहा छ उनीहरु भन्छन ” देशमा लोकतन्त्र, शान्ति कायाम भएमा आर्थिक उन्नति आफै हुन्छ ” भुत्रो हुन्छ आफै / कहाँ भएको छ त्येस्तो चमत्कार अहिले सम्म? यो कदापी सम्भब छैन / त्येसको लागि बैज्ञानिक खाका, बृहत योजना चाहिन्छ र आज सम्म त्येस्तो खाका हाम्रा नेताहरुबाट जनतासम्म उजागर भएको छैन /वा तिनीहरुको सामर्थ्य भित्र नै छैन / हो यसबारेमा बकम्फुसे गफ भने भएका छन् , जस्तो कि जल बिद्युत उत्पादन गरि निर्यात गरेर खरबौ कमाउने, लाखौ पर्यटक भित्राएर खरबौ कमाउने, चीन र भारत् बीचको ब्यापारिक केन्द्र बिन्दु बन्ने …..आदि इत्यादी / बस्ताबमा नै भन्नु पर्दा यो केवल बकम्फुसे गफ हुन् / किनकी अहिलेको नै स्थिति मा रही रहनेहो भने जब नेपालले बिद्युत बेच्ने स्थितिमा पुग्छ तब सम्म उनीहरुलाई (चीन र भारत्) त्येसको आवस्यकता नै पर्दैन कि उनीहरु हाम्रो बिद्युत कुरेर बसिरख्छ जस्तो लाग्छ ? जहासम्म पर्यटन को कुरो छ त्यो पनि यस्तै स्थितिमा सम्भब छैन किनकी जिउ ज्यान सबैलाई प्यारो हुन्छ र त्यति मात्र होइन हाम्रो सहर तथा गाउ अझै पनि पुर्बधारको दृष्टिले अयोग्य नै छन् / सरसफाई र प्रदुषणको स्थिति कहाली लाग्दो नै छ / अनि कसरि हुन्छ पर्यटन प्रबर्दन? अनि भारत र चीन को बिचमा आर्थिक केन्द्र बन्ने रे , कसरि? के भारतले आफ्नो समान सिधै चीन पठाउनु सक्दैन? वा चीन ले सिधै भारत् पठाउनु सक्दैन? यी सब बेकारको कुरो हो बास्तबमा जनतालाई ढाट्ने जाली कुरो मात्र हो /

    जय नेपाल
    हिमाली

    • माथि नै मैले भनि हाले “आर्थिक क्रान्तिको योजना नै छैन” हाम्रा नेताहरुसंग र आर्थिक क्रान्ति बिना जस्तोसुकै परिबर्तन आए पनि हुनेवाला केहि छैन / यो त भयो “समस्या” र समस्या उठान मात्रले केहि पनि हुदैन, त्येसको समाधान के त ? हामी कसरी तिनीहरुलाई आर्थिक क्रान्तिको बारेमा सोच्नु बाध्य पार्नु सक्छौ त ? यस बारेमा नेताहरुले भन्दा पहिले जनताले सोच्नु पर्ने स्थिति छ र त्येसको (जनताको ) प्रतिनिधित्व संचारकर्मी हरुले गर्दा सजिलो र प्रभावकारी हुन्छ / जब जब नेताहरुले बकम्फुसे गफ दिन थाल्छन तब तब संचारकर्मीहरुले आर्थिक बिकासको कुरो उठाएर उनीहरुको मुखमा बुचो लगाउनु पर्छ वा आर्थिक बिकासको अबधारणा दिन बाध्य बनाउनु पर्छ / हो राम्रो कुरो गरेमा साथ दिनु पर्छ तर हचुवाको भरमा बकम्फुसे कुरो गरेमा मेडियामा तिनीहरुको योजनाको धज्जी उडाउनु पर्छ (त्येसको लागि संचारकर्मीले पनि गृहकार्य गर्नु जरुरि छ) ता कि भबिस्यमा त्येस्ता बकम्फुसे कुरो गरेर जनतालाई फेरी फेरी पनि न झुक्काउनु वा साच्चै नै आर्थिक क्रान्तिको बारेमा सोच्नु बाध्य होउन / सबैले सोचेमा एक न एक दिन र एक न एक जनाले त राम्रो सम्भब योजना पक्कै पनि ल्याउलान नि कि कसो?

      जय नेपाल
      हिमाली

      • राजनैतिक क्रान्ति नभैकन जसले जतिसुकै खोके पनि आर्थिक क्रान्ति हुनेवाला छैन दिल्ली दरवार र एन जी ओ हरुले बनाएको नीति बाट आर्थिक क्रान्तिको सपना देख्ने हरुको मानसिक कमजोरी लाइ के भन्ने खै?

        • २००७ साल देखि यता मात्रै कतिवटा राजनैतिक क्रान्ति भैसके ? खोइ त उपलब्धि ? के पाए सोझा निमुखा जनताले ?

          तालुमा आलू ?

          हो राजनैतिक क्रान्ति नभई अन्य क्रान्ति हुनु गार्हो हुन्छ तर असम्भब पनि हुदैन अनि मुख्य कुरो राजनैतिक क्रान्ति ” आर्थिक क्रान्ति संगै आउनै पर्छ नत्र कुनै पनि क्रान्ति सफल हुदै हुदैन ” अनि हामि कहाँ भैरहेको पनि त्येही नै हो र कुरोको चुरो त्येही हो तर यति सरल कुरोलाई दिल्ली र डलरसंग जोड्नु कस्तो मानसिकताको उपज हो यो तपाई आफै मनन गरेर हेर्नुस /

          जय नेपाल
          हिमाली

          • हिमाली जी, हाम्रो आर्थिक विकास हाम्रो स्वाधीनता संग गहिरो गरी जोडिएको छ, दिल्ली र डलर संग जोड्नुको तात्पर्य पनि त्यहीहो | हामीले विगतमा देखेका छौ कुनै पनि आर्थिक महत्वको ठुला आयोजना वा व्यापारिक डील हुँदा भारतीय हस्तक्षेप नाङ्गो रूपमा हुने गरेको छ, त्यस्तै विदेशी ऋण वा अनुदान दाता हरुकै विभिन्न शर्त राख्ने विगत देखिको अनुभवले पनि देखाउछ कि उनीहरु नेपालको होइन आफ्नो केही निहित स्वार्थ पूरा गर्न चाहन्छन |

            हाम्रा नजिकका छिमेकी देशहरु चीन र भारत् लाइ नै हेर्ने हो भने पनि राजनैतिक क्रान्ति पछि मात्र किन त्यस्तो आर्थिक विकाश भयो भन्ने छर्लंग हुन्छ होइन भने त्याहाको गरीबी पनि नेपालकै जस्तो थियो |
            रह्यो नेपालमा २००७ मा र त्यसपछि भएको क्रान्तिको कुरा, त्यसलाई सुरुवात मान्न सकिन्छ सम्पन्न भएको छैन त्यसकै को लाइ नै अब अन्तिम आन्दोलन गरी राष्ट्रिय आत्मसमर्पणवादी हरुलाई पाखा लगाई देशलाई सदाको लागि स्वतन्त्र र स्वाधीन गर्नु छ सेनालाई जनसरकार मातहतमा ल्याउनु छ, जनताको संबिधान बनाउनु छ | अनि मात्र खास काम को सुरुवात हुन्छ त्यो हो सम्पूर्ण नेपालि हरु आर्थिक क्रान्तिको लागि होमिनु, मा यो पनि भन्न चाहन्छु कि यसमा अति उच्च राजनैतिक इच्छ्या शक्ति भएन भने त्यो सम्पन्न गर्न ज्यादै मुश्किल हुन्छ |

      • हिमाली जी,

        तपाई को विचार को उच्च सम्मान गर्दै अलिकति थप्न चाहन्छु/ कुनै पनि बिषय मा साम, दाम, दण्ड र भेद यी ४ कुरा लाई अपनाउदा राम्रो हुन्छ/ जब एउटा ले काम गर्दैन अनि अर्को को उपयोग गर्नुपर्छ जस्तो लाग्छ/ अब तपाई नै भन्नुस यी ४ सुत्र मद्ये कुन चाही उपयोग गर्न बाकी छ ??? मलाई लाग्छ साम र दाम को समय अब सकियो … अब दण्ड र भेद मात्रै बाकी छ जसलाई उपयोग गरेर तपाई ले चाहे जस्तो आर्थिक क्रान्ति गर्न सकिन्छ जस्तो लाग्छ/ हामी जति सुकै राम्रो र निश्चल भयपनी देस लाई अग्र गतिमा लैजान को लागि position नै चाहिन्छ/ जुन लुटेरा हरु ले ज्यान जाला बरु छोडदैनन् / तपाई हामीले अब यी धुन्दुकारी बाट मुक्ति पाउन को लागि एक पटक जुर्मुराउनुनै पर्छ/ अनुरोध र आग्रह गरेर केहि हुने वाला छैन/ इन्डियन भाषा बुज्ने लाई तपाइले इन्डियन भाषा मा नै सम्झाउनु पर्छ / नकी Chinese भाषा मा ….. यदि तपाई कसैलाई सुधार्न चाहनु हुन्छ भने सम्झाउन को लागि उसैले बुज्ने भाषा प्रयोग गर्न जरुरि छ/

        जय नेपाल

    • नेपाल मा अहिले जनविद्रोह बाहेक अरु कुनै विकल्प छैन/ यी धुन्धुकारी हरुलाई खुकुरी ले टुक्रा टुक्रा परेर एउतै खाल्डो मा पुर्नुपर्छ/ र यो आन्दोलन बाट प्रतिगम लाई सदा को लागि नस्ट गर्नुपर्छ/ अनि मात्र आर्थिक क्रान्ति, संकृतिक क्रान्ति, Educational क्रान्ति, रोजगारी को क्रान्ति सबै सफल हुन्छ/ हिम्मत र बिश्वास नहुने हरु खाली कुरालाई बंग्याउन मात्र सिपालु हुन्छन … समस्या मात्रै देख्चन समाधान खोज्ने चेस्टा गर्दैनन् किनकि समाधान खोज्न पनि हिम्मत र बिश्वास को आबश्यकता पर्दछ/ कायर हरु हो complain मात्रै गर, शंका मात्रै गर, अरु को कट्टु खोल्ने कुचेस्टा मात्रै शोच/ देखाउन को लागि जय नेपाल को रट लगाउछौ अनि त्यहिँ नेपाल लाई संब्रिध् र सुन्दर बनाउने कुरामा चाही जय लाई मेटायर नेपाल को अगाडी गु लगाउछौ अनि बिदेस मा बसेर गन्हायो भन्दै थु थु गर्छौ / खबरदार >>>>>>>> तिम्रा यी नक्कली रस्त्राबाद को रुवाई बन्द गर… देस लाई कठपुतली बनायको मा गर्ब होइन घृणा गर.. रस्त्रघती निर्णय लिन सक्ने राष्ट्र लुटेरा हरु को समर्थन होइन बिरोध गर … सक्छौ ? ? सक्दैनौ किनकी तिमि संग बिबेकशील हिम्मतनै छैन/ कुकुर पनि आफ्नो area मा पराइ आयो भने भुक्छ/ आत्मसमर्पण बादी शोच बन्द गर ….. समस्या को समाधान डटेर गर्न सिक पुछर लुकायारा तलुवा चाट्न बन्द गर ……. देस को लाई ज्यान दिन तैयार छौ भने ज्यान लिन पनि तयार भयर बस …. यदि तिमि पनि सचेत नेपाली हो भने हात मा हात मिलाउदै सबै प्रतिक्रियाबादी लाई परास्त गरेर नेपाल आमा लाई सहि दिशा मा निर्देस गराऊ… मुर्दा शान्ति चाहिदैन …. जय नेपाल

      • “यी धुन्धुकारी हरुलाई खुकुरी ले टुक्रा टुक्रा परेर एउतै खाल्डो मा पुर्नुपर्छ”
        भनेर लेख्नु त भएछ तर यस्तै सोच राख्नेहरुलाई नै धुन्दुकारी भनेर चिनिन्छ भनेर चाही बिर्सनु भएछ, अफसोस /

        जय नेपाल
        हिमाली

        • माथिको प्रतिक्रिया मैले एउटा प्रतिक्रियाको प्रतिक्रियास्वरूप लेखेको थिए तर त्यो प्रतिक्रिया नै हटेछ / त्येसैले अलिक असान्धर्भिक देखिनु आएको छ है मित्रगण /

  75. सबै कुरा सहि छ. पड्दा दिक्क लग्यो. यो कुरा मैले पनि अनुभव गरेको छु.

    के गर्न सकिन्छ र? सबै कुरा मिलोस र हामीले सान्तिको अनुभूति गर्न सकियोस. हामी नेपालीले गर्वसंग यो हाम्रो देश हो भनि गर्व गर्न सकियोस.

    सबैमा सान्ति होस्. लेखक ज्युलाई धरै धन्यवाद, तार्किक विचार राखिदिनु भएकोलाई.

  76. satelite ज्यु ले भन्नु भएको जस्तो जनविद्रोह , सत्ता कब्जा यी त माओबादीको सुनाउने , जप्ने र घुर्कौने मन्त्र मात्र हो बस्ताबिक्तामा यिनीहरुलाई मात्र सत्ता चाहिहेको छ किनभने यिनीहरुलाई सत्ताको स्वाद लागि सकेको छ भोलि मकुनेले राजिनामा दिएर प्रचण्ड लाई अफर गरेमा आन्दोलन फिर्ता हुनेछ काले काले मिलेर खाऊ भाले भन्ने छ हामी निरिह जनता हातमा लग्यो सुन्य

  77. मेरो आशा छ येस्तई होस् र अबको आन्दोलन बाट फाइदा जनतालाई होस्|

  78. लेखक ले भने जस्तो केहि हुने छैन| मावोबादी लाई सत्ता चाहियको हो माधब नेपाल ले पर्चंड बाहेक जसलाई भय पनि छाड्छु भनेका छन् तेही मा सहमति हुन सक्छ र तेसै मा सबै को भलो पनि छ|

  79. भारत मा ब्रिटिश हरु ले राज गरे देखि नै नेपाल को राजनीति मा भारतीय हरु को प्रत्यछ वा परोछ प्रभाव रहदै आएको छ , साथै नेपाल मा आज सम्म भएको परिबर्तन हरु चाहे ०७ साल, ४६ साल वा ०६३ साल मा होस् तत्कलिन शासक हरु को भारत संग को खटपट ले नै सम्भव भएको हो . भारत ले येह को सबै राजनीतिक पार्टी, कर्मचारीतन्त्र , सरकार मा खेल्दै आएको छ . राजदूत का रुप मा आउने कुटनीतिक सेवा का सह सचिब कुनै जंगी अड्डा का जर्नेल भन्दा कम देखिदैनन . तर दोष हाम्रा नेता हरु को नि कम छैन जसले एस्त लै ठाउँ दिन्छन. गणतन्त्र स्थापना पुर्व सेना को कमाण्ड परम्परागत रुप मा राजा संग रहेको मा अब त्यो पनि साउथ ब्लोक तिर सरेको भान हुन्छ . त्यसै ले नेपाली हरु ले अहिले सम्म गरेको आन्दोलन अन्तरिक शक्ति हरु को विरूद्ध थियो भने अब को आन्दोलन बाह्य हस्तछेप को बिरुद्ध हुनु पर्छ . खुलेरै भारत लै आफ्नो औकात बताई दिनु पर्छ नेपाली हरु ले . अनि संग संगै बिहान उठ्ने बित्तिकै भारत को चाकडी बजौना जाने नेता हरु को नि सत्यानाश गरिनु पर्छ

  80. “ज्ञानेन्द्रका रुपमा नेपाली जनता एकजनाबाट शासित थिय तर उनले हात उठायपछि हामि ६०१ स्यालहरुबाट शासित हुन बाध्य छौँ ।”

    यो कुरा ठिक हो, तर नेता हरु ले किन बुझेनन्, आफ्नो खेचातनी मा मात्र लागि रहे,
    आऔ हामी हाम्रो नेपाल लै बचाऊ. अब हाम्रो देश लै अस्ट्रेलिया जस्तो बनाउन सहयोग garau
    जय देश

  81. यो त माओबादीको लेख जस्तो लाग्यो I हल्का रुपमा मात्र होइन, खुलेरै आन्दोलन को प्रचार भो I

  82. मलाई लेख “काइते” लाग्यो….सत्ताकोलागि गरिएकोले यो आन्दोलानले केहि लछारपाटो लागौदैना….यो पैलाको राजा फालनी आन्दोलन जस्तो एतिहासिक agenda बोकेको आन्दोलन हैन……तर…….माकुनेलै घिसारेर भएपनि सडकमा नाङ्गो बनाउन पर्नी बेला भने भाकै हो……

  83. Great Analysis! This is really true! Can we chase these politician out side of the Nepal? I think that will solve our 90% problems.

  84. सोर्री, सालोक्य जी हैन satellite जी लाई सम्बोधन गर्न खोजेको, भूलसुधार ल/

  85. होइन किन यस्तो हुदै छ म तपाइको विचार प्रति सहमति छु मलाई पनि लाग्दै छ अब नेपाल म डरलाग्दो अबस्ता आउदै छ होसियार डाकाहरु ????????///

  86. अति उत्तम विश्लेषण सलाम छ स्याटे लाइट !
    ‘बर्तमान परिपेक्ष्यमा’ आन्दोलन (जनबिद्रोह) को बिकल्प छैन |

  87. ” प्रधानमन्त्रि कैंचि गोजिमा बोकेर हिँ्डछन ताकि सक्दो बढि उदघाटन गरेर जनतालाइ राहत दिन सकियोस ”
    I Iike this. ….ha ha ha

  88. हिजो को बिद्रोह केवल ज्ञानेन्द्र को संस्थाको बहिर्गमन का निम्ति थियो / अबको बिद्रोह चारैतिर ब्याप्त कुसंस्कार र कुप्रबृति को अन्त्यका निम्ति हुनु पर्दछ / जनता मात्र हैन कहिले काहीं त नेता नै सहिद होउन न / केहि ऐंजेरु नेता पनि सिद्धिनु पर्छ / नत्र मुलुक ले निकास नपाउने भो /

  89. यो त बनाउने हैन बिगार्ने लेख हो, हुन त केहि सत्य पनि छ/
    सत्येकी

  90. धेरै राम्रो विश्लेषण | नेपालमा गणतन्त्र आए पनि शासकहरु पुरानै रहे | जनताबाट चुनिए पनि नया नेत्रित्वोलाइ खुला मौका दिएनन | एउटा ठुलो हुरी आएर पुराना सडेगलेका वस्तुहरुलाइ बडारन जरुरी छ भन्ने लाग्दछ |

Comments are closed.