सजिलो रहेनछ लाइभ वेबकास्ट

जुन कुरालाई रुचिका हिसाबले परीक्षण गरिएको थियो, त्यसलाई व्यवस्थित रुपमा व्यवसायिक हिसाबले गरेर नेपाली अनलाइनमा एउटा नयाँ प्रयोग त गरियो, तर त्यति सजिलो भने रहेनछ लाइभ वेबकास्ट र लाइभ ब्लगिङ। ज्ञानेन्द्रको शासनकालले ब्लगर बनाएका हामी दुई (उमेश श्रेष्ठ र उज्ज्वल आचार्य) र उतिबेलै परेवा डट कममार्फत् अनलाइन पत्रकारितामा होमिएका कृष्ण ढुंगानाले यस्तै अनुभव गर्‍यौँ।

टिम अनलाइनः म, कृष्ण, ऋषिकेश, अशोक, उज्ज्वल, विपुल र विनिता।

शनिबार रिपब्लिका-नागरिक समिटको सोल्टी होटलबाट र बुधबार याक एन्ड होटलबाट शीर्ष तीन दलका तीन नेताहरुसितको तीन घण्टाको बहस। पाँच दिनभित्र नागरिकन्युज डट कम र माइरिपब्लिका डट कमका लागि दुई वटा लाइभ वेबकास्ट र ब्लगिङ गर्दाको चुनौति र रोमाञ्चको अनुभवलाई अन दि रेकर्ड लिपिवद्ध गर्न यो ब्लग लेख्‍ने जमर्को गरिएको हो।



भिडियो ठीक छ? रिपब्लिका नागरिक समिटको वेबकास्ट गर्दै।

अपर्याप्त तयारी
त्यसो त माइसंसारबाट वेबकास्ट र लाइभ अपडेट धेरै पटक गरिसकेको हो। संविधान सभाको पहिलो बैठकमा, ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्दा नारायणहिटीभित्रैबाट पनि वेबकास्ट गरेका हौँ कृष्ण र म मिलेर। तर त्यतिबेला उति व्यवस्थित हुन सकेको थिएन। इन्टरनेटको एकदमै समस्या, सीडीएमए कार्डबाट लाइभ गरेका थियौँ हामीले त्यतिबेला जसका कारण भिडियो धेरै बेर रोकिएर प्रसारण हुने गर्थ्यो। अडियोको भने समस्या थिएन उतिबेला।

अहिले यी दुवै वेबकास्ट गर्ने निर्णय एकदमै छोटो समयमा लिइएको थियो जसका कारण त्यति धेरै तयारी गर्न पाइएन। शनिबारको समिट लाइभ गर्नका लागि एक दिनअघि शुक्रबार हामी सोल्टी होटल पुगेका थियौँ। त्यहाँ हामीलाई वर्ल्डलिङ्कले १ एमबीपीएसको वायरलेस इन्टरनेट प्रदान गर्दै थियो। तर होटलले आफ्नै इन्टरनेटबाहेक अरु आइएसपीको इन्टरनेट चलाउन नदिने रहेछ। ‘तपाईँ सोल्टीमा कार्यक्रम गरेर अन्नपूर्ण होटलको खाना ल्याउँछु भनेर कहाँ पाइन्छ र’ भनेर डाइलग पेले त्यहाँका कर्मचारीहरुले। ‘बाहिरबाट बियर ल्याएर त्यहाँ खोल्यो भने मात्रै पनि ६ सय रुपैयाँ चार्ज लाग्छ, उनीहरु सुनाउँदै थिए। अन्ततः घण्टाको छ सय रुपैयाँभन्दा बढी पर्ने इन्टरनेटका साथ समिट आयोजना हुनु तीन घण्टाअघिबाट लाइभ थालेका थियौँ हामीले।


छुट्ला है छुट्लाः रिपब्लिका नागरिक समिटमा म र कृष्ण।

इन्टरनेटको समस्या
वेबकास्ट गर्न कम्तिमा पनि एक एमबीपीएसको इन्टरनेट चाहिन्छ। त्यसको अभावमा राम्रो वेबकास्ट हुन सक्दैन। सोल्टी होटलमा अन्तर्राष्ट्रिय कम्पनी डोकोमोको इन्टरनेट एकदम छिटो र भरपर्दो थियो। त्यहाँ इन्टरनेटले खासै समस्या दिएन, तर याक एन्ड यतिमा भने इन्फोकमको इन्टरनेट रहेछ। होटलका आइटी कर्मचारी भास्कर भट्टराई लगायतले निकै प्रयास गरे वेबकास्टका लागि योग्य हुने स्पिडको इन्टरनेट दिन। अझ लाइभ ब्लगिङका लागि चाहिने वायरलेस इन्टरनेटको सिग्नल लो भएर कन्फ्रेन्स हलभित्रै डिभाइस जोडेर उनीहरुले धेरै मेहनत गरेका थिए।
उनीहरुको प्रयास जारी रहँदारहँदै कार्यक्रम सुरु भइसकेको थियो, जसका कारण सोल्टीको कार्यक्रममा जस्तो अडियो सानो हुने समस्या यस पटक हटाउन गर्नुपर्ने प्रयोगहरु गर्न सकिएन। र, इन्टरनेट कै कारण वेबकास्ट पनि पहिलेको जस्तो बिना व्यवधान अघि बढ्न सकेन, बीचबीचमा केही पल रोकिए।

लन्डनमा अध्ययन गरी फर्केका सहकर्मी कमलकुमारले बेलायतमा न्युनतम १० एमबीपीएसको इन्टरनेटको गति हुनुपर्ने अभियान चलिरहेको कुरा सुनाउँदा हामी भने टाउकोमा हात राखी नेपाली आइएसपीहरुको जयगान गाउन बाध्य थियौँ।


रिपब्लिका नागरिक समिटको लोगो।

टिम स्पिरिट
वेबकास्ट र लाइभ अपडेट हाम्रो टिम स्पिरिट बिना संभव हुनसक्ने कुरै थिएन। हाम्रो मिडियाका प्रबन्ध निर्देशक विनोद ज्ञवालीले लाइभ वेबकास्टका लागि ओबी भ्यानबाट आउने तार तान्दै मिलाइदिएर र प्रसारण भइरहेको/नरहेकोबारे बीचबीचमा चासो लिएको देख्दा हामीले गौरव गर्‍यौँ। उज्ज्वल आचार्य, कृष्ण ढुंगाना र मेरो सहकार्य राम्रो चलेको थियो। भिडियोतर्फ उपेन्द्रमान सिंहको प्राविधिक सहयोगबिना असंभव थियो।


रिपब्लिका नागरिक समिट।

सोल्टीको कार्यक्रम आफू कार्यरत संस्था कै भएकोले व्यवस्थापनसम्बन्धी खासै समस्या भएको थिएन। तर याक एन्ड यतिको कार्यक्रम त्यस्तो थिएन। आयोजकको निर्देशन अनुसार गर्नुपर्ने भएकोले सुरुमा त पासबिना लाइभ टिम सबै हलमा बस्न पाउने कि नपाउने अन्यौल भइसकेको थियो। कार्यक्रममा सिट नम्बर र स्टिकर नम्बर टाँसेर सहभागी राखिएको थियो। सुरुमा भिडियोका लागि म ओबी भ्यान नजिकै बस्नुपर्ने अवस्था आएको थियो। लाइभ अपडेटका लागि कृष्ण र उज्ज्वलमात्रै हलमा बस्न पाउने जस्तो देखिएको थियो। तर एक एमबीपीएसको वायर इन्टरनेट हलमा मात्रै उपलब्ध गराउन सकिने बताएपछि म पनि हलको एक कुनामा बस्न पाउने भएको थिएँ।

कृष्ण र उज्ज्वल बसे मञ्च नजिकै अडियो कन्सोलको छेउमा। म बसेँ हलको पछाडितिरको एक कुनामा। कार्यक्रम सुरु भयो। सहभागीहरुले बोलेका कुरा बोल्ने बित्तिकै टाइप गरेर नेपालीमा लाइभ अपडेट गर्थे कृष्णले। उनको भन्दा गाह्रो काम थियो उज्ज्वलको, जो माइरिपब्लिकाका लागि सहभागीले बोलेको सुनेर त्यसलाई अंग्रेजीमा अनुवाद गरी अपडेट गर्थे।


म भने भिडियो वेबकास्ट सुचारु भएको सुनिश्चित गरिसकेपछि एक जनाले बोल्दै गरेको बेला फोटो खिच्थेँ, दौडदै ल्यापटप छेउ आउँथे, क्यामेराबाट कार्ड निकाल्थेँ, फोटोसपमा हल्का इडिट गर्थेँ र सीधै पोस्ट गरिहाल्थेँ। यो क्रम कार्यक्रम नसकिँदासम्म जारी रह्यो। बीचबीचमा बहसका विषय कतातिर मोडिएको छ, कति समय भयो, वातावरण, मूड जस्ता विषयमा टेक्स्ट पनि अपडेट गरिदिन्थेँ। एकदम चुनौति र रोमाञ्चको अनुभव भयो मलाई यो काम गर्दा।

तर उता उज्ज्वल र कृष्ण भने बोल्ने नै व्यवसाय भएका नेताहरुको बोली टाइप गर्दागर्दा थाकेर हैरान भएछन्। सोल्टीको कार्यक्रममा सँगै बसेको भएर कहिलेकाहीँ यसो पालो साटासाट गरिएको भए पनि याक एन्ड यतिको कार्यक्रममा भने पूरै तीन घण्टा हलचल बिना बसे उनीहरु। त्यसमाथि हलको गर्मीले कृष्ण झण्डै ढलेको कुरा सुनाउँदै थियो उज्ज्वल। साह्रै गाह्रो भो, उनीहरु दुवै कराउँदै थिए।


हामीले सक्यौँ, हामीले गर्‍यौँ
मार्केटमा पहिलो हुन गाह्रो हो। पहिलो भएपछि दोस्रो, तेस्रो आउन कति समय लाग्दैन- उज्ज्वल हामीले नेपाली अनलाइन पत्रकारिताको इतिहासमा थालेको नौलो प्रयोगका विषयमा कार्यक्रम स्थलबाट फर्केपछि भन्दै थिए। व्यवस्थित वेबकास्ट नेपाली मूलधारका मिडियाले प्रयोग गरेको यो पहिलो अवसर थियो भने लाइभ अपडेट पनि वेब 2.0 अनुसार अपडेट हुँदै गर्दा नयाँ अपडेटका लागि दर्शकले ब्राउजर रिफ्रेस गरिरहनु नपर्ने सजिलो थियो।

हामीले सक्यौँ र हामीले गर्‍यौँ। गोरेटो खन्ने काम हामीले गर्‍यौँ। अब यो बाटोमा सहज रुपमा अघि बढ्न निरन्तरता आवश्यक छ र यसका लागि पूर्वतयारी, व्यवस्थापनको त्यही अनुरुपको पूर्ण सहयोग जरुरी हुन्छ। सबभन्दा महत्त्वपूर्ण हुन्छ पाठकहरुको साथ, उनीहरु बिना यो कामको कुनै अर्थ हुँदैन।

कार्यक्रम सकिएपछि ड्यासमा फोटो सेसन।


46 Comments

  1. I am totaly shocked to know that I got 6 thumbs down for my previous comment regarding Internet project in Australia . It was not my intention to get thumbs up or down but some people I don’t know why they did down. So if u are one of them then would u please explain me why u did this . Ur comment will be appriciated.

  2. मेरो भुजहैमा उत्तम बाबु पनि प्रचण्ड जस्तो चलाख रहेछा
    जनतालाई उल्लु बनाउने

  3. कोसिस त निकै गरेको हो तर अरु traffic ले गर्दा लिंक स्लोव भएको हो है सर्थिहरु …

  4. हरे Nepal को Internet येहा अस्ट्रेलिया मा. १०० Mbps. को इन्टरनेट को लागि सरकारले कदम चली सक्यो र ३- ४ वर्ष भित्र पुरा हुन्छ जुन संसार कै सबै भन्दा छिटो हुनेछ ! नेपाल भने उही पुरानो युग मा नै छ !

  5. के भनु खोइ ….असाधई राम्रो लाग्यो … तपाईंहरूको प्रयासलाई म सलाम ठोक्चू .. यसैगरी काम जारि राख्नुहोस्.. बधाई छ!

  6. सुरुवात भएकोले कार्य प्रशंशनिय छ. खनेको गोरेटोलाई घोडेटो हुँदै राजमार्गसम्म पुर्याउनु पर्दछ. खुशी लागेको छ. तर यदि तपाईंले आफ्नो क्यामरालाई आफ्नो ल्यापटपबाट संचालन गर्न सक्नु भएको भए केहि समय बचत हुने थियो.

  7. चुनैातिपूण र प्रशसनीय कारयकेा लागि यहां लगायत टिमलाइ हृदयदेखि धन्यवाद and best of luck!

  8. राम्रेा तथा चुनैातीपूण काम सम्पन्न गनुभएकेामा यहां लगायत सम्पूण टीमलाइ हृदयदेखि बधाइ ।

  9. यो एकदम राम्रो काम गर्नु भो , बधाई छ , अलिकति audio मा समस्या थियो anyway पहिलो प्रयास , मैले त webcasting हेर्दै रेडियो को audio सुनेर मज्जाले हेरें .
    पछि पनि एस्तै हेर्न पाइयोस .
    शुभकामना
    रुपा
    अस्ट्रेलिया

    • म धेरै खुशी छु तापैहरुदेखी बेस्ट ओफ लुच्क

  10. धेरै राम्रो लाग्यो.कडा मेहनत गर्नु भएकोमा धन्यवाद उमेस एंड टिम लाइ ….

  11. धन्यवाद उमेश जी

    तपाईंहरुको प्रयासले नै त हामीले यहाँ विदेशमा बसेर आफ्नो देशमा के भइ रहेछ जान्न पाउछौ। साधुवाद तपाईंहरुको प्रयासलाई

  12. धेरै धेरै राम्रो प्रयास हो ,
    My Sansar Team लाई मेरो हृदय बाट धन्यवाद

  13. Mr Salokya, you did what you could do. That was great and appreciable. Although, I watched with “Republica” broadcast stream. However, you are doing a good effort of making my sansar more attractive and in the middle.

  14. धेरै राम्रो छ.तपाई हरु को काम बदाई अजिइ राम्रो गर्दै जानुस …गूड luck ….

  15. अन लाइन मेडियामा नया आयाम . बधाई माइसंसार टिम लाइ .

  16. लु लु उमेशजी प्रगति गर्दै गर्नोस हामी चाही हेर्दै सुन्दै गरौला |

  17. you are the pioneer in the webcast in Nepal. Congratulations !!! People in other media services (kantipur, Avenues) they just do nothing in the today’s technological advancement. They will later say that we are the pioneer.

  18. बधाई छ , उमेश जी र सम्पूर्ण माइ संसार परिवार लाई, !!!!!!!

Comments are closed.