यसरी उडाउँदैछ तपाईँको सपना युनिटीले


बोइङ ७८७। विमान कम्पनीले बजारमा ल्याएको लेटेस्ट मोडल। ३ सय जनासम्म यात्रु अट्छन् यसमा। नेटवर्क व्यापार गर्ने कम्पनी युनिटीले आफ्ना छ लाख सदस्यलाई देखाएको सपना हो यो। यो फोटो उनीहरुको आधिकारिक साइटबाट साभार गरिएको हो। अहा, हेर्नुस् त कति राम्रो छ। एउटा लेटेस्ट विमानको मोडलमा युनिटीको लोगो। अझ भनिएको छ- अबको ७ महिनाभित्रै यो विमान सरर उड्न थाल्नेछ काठमाडौँबाट क्वालालम्पुर अनि क्वालालम्पुरबाट काठमाडौँ।

सुरुमा सदस्य बनेकाहरु मात्रै मालामाल हुने र पछि बनेकाहरु कुनै न कुनै बेला डुब्ने निश्चित हुन्छ पिरामिड शैलीको नेटवर्क व्यवसाय। यस्तै गरिरहेको युनिटीले आफ्ना सदस्यहरुलाई सपनाहरु देखाउने क्रममा यसको प्रयोग गरिएको कुरा अलिकति पनि बुद्धि भएको व्यक्तिलाई बुझ्न गाह्रो छैन।

बोइङ ७८७ विमान भनेको रत्‍नपार्कमा बेचिने खेलौना विमान जस्तो हैन। बोइङ कम्पनीको आधारिक साइटमा लेखिए अनुसार यसको मोल पर्छ १५० मिलियन अमेरिकी डलरदेखि २०५ मिलियन अमेरिकी डलरसम्म। नेपाली रुपैयाँ पर्न आउँछ झण्डै १४ अर्ब ५५ करोड ५० लाख। तर युनिटी लाइफ इन्टरनेसनलले ६ लाख ५० हजारभन्दा बढी ग्राहकबाट संकलन गरेको रकम ६ अर्ब रुपैयाँ मात्रै हो।

सरकारी स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमले समेत नयाँ विमान किन्न खर्च जुटाउन सकिरहेको छैन। युनिटीले विमान किन्ने हैन, भाडामा लिएर चलाउला नि भन्ने पनि केहीलाई लाग्न सक्ला। तर विमान कम्पनीको व्यवस्थापन गर्नु चानचुने कुरा हैन। विमान भाडामा लिन कम्पनीको व्यवस्थापन चुस्त र दुरुस्त हुनुपर्छ। त्यही नभएकै कारण कयौँ वायुसेवा कम्पनीहरु डुबेका छन्। तर युनिटीको व्यवस्थापनको चुस्तताको त कुरै छाडौँ, आफ्नो आधिकारिक वेबसाइटमा आफ्नै बारेमा जानकारी राख्‍ने नैतिक हिम्मतसमेत उनीहरुको छैन।

हेर्नुस् युनिटीको साइटमा About Us मा के छ?

कम्पनीका सञ्चालक को हुन् भन्ने बारे यसमा केही उल्लेख छैन। बरु रकम जम्मा गर्ने प्रक्रिया, विमानका फोटोसपबाट बनाइएका रंगीन फोटोहरु मात्र यसमा छन्।

कम्पनीको साइटमा युनिटी दुध, युनिटी बटर, युनिटी चिज आदि उत्पादनका झिल्के विज्ञापनहरु पनि राखिएका छन्। तर बजारमा अहिलेसम्म कसैले पनि यस्तो उत्पादन देखेकासम्म छैनन्।

बोइङको सपना बेच्ने ‘मास्टरमाइन्ड’हरु


शिशिर योगी, उनलाई पनि केही ठाउँमा युनिटीको एमडीका रुपमा चिनाइएको छ।

बिरामी आएपछि बल्ल फोनबाट डाक्टर बोलाउने अस्पताल
युनिटीका ग्राहकहरुलाई आजीवन नि:शुल्क स्वास्थ्य सेवा वा उपचार पाइने आश्वासन दिइएको छ। तर भने जस्तो सजिलो भने यसमा छैन। किनभने शर्तमा स्पष्ट भनिएको छ- यस्तो सेवा युनिटी कै अस्पतालमा मात्र पाइनेछ। १९ जिल्लामा युनिटीको अस्पताल त छ तर काठमाडौं, पोखरा र इटहरीमा बाहेक कुनै पनि जिल्लाका अस्पतालमा न्यूनतम सुविधासमेत छैन। केही कोठामा चलाइएका ती अस्पताल क्लिनिकजस्तै छन्। अस्पतालहरुमा बिरामी पुगेपछि मात्रै फोन गरेर डक्टर बोलाउने गरिन्छ। अस्पतालको मान्यता अनुसार २४ सै घण्टा त्यहाँ डाक्टर हुनुपर्ने हो।

किन गैरकानुनी ?
युनिटीले एस्योरेन्स नाममा इन्स्योरेन्स अर्थात् बीमा पोलिसी बेचिरहेको छ। बीमा समितिको अनुमति बिना यसो गर्न पाइन्न। त्यसैगरी रकमको कारोबार गर्न नेपाल राष्ट्र बैँकबाट अनुमति लिनुपर्छ। युनिटीले त्यो पनि गरेको छैन।

कसरी डुब्दैछ तपाईँको पैसा?
युनिटीको एस्युरेन्स योजनाअन्तर्गत कम्पनीले आफ्ना ग्राहक (जसलाई ऊ ‘सदस्य’ भन्छ) सँग प्रतिव्यक्ति १५ हजार रुपैयाँ उठाउँछ। स्वास्थ्य कार्यक्रमअन्तर्गत युनिटीले आफ्ना ग्राहकसँग प्रतिव्यक्ति १५ हजार ७ सय ५० रुपैयाँ उठाउँछ। यो रकम निश्चित अवधिपछि फिर्ता दिने भनिएको छ। यसबापत् ५ लाख रुपैयाँको दुर्घटना मृत्यु बिमा र १ लाख रुपैयाँको स्वाभाविक मृत्यु बिमा सुविधा दिने उसले बाचा गरेको छ। ग्राहक जीवित रहेको अवस्थामा पाँच वर्षपछि वार्षिक १० प्रतिशत व्याजसहित पैसा फिर्ता गर्ने उसको दाबी छ।

एक त अनुमति र सरकारी अनुगमन बिना यसरी बीमा पोलिसी बेच्नै पाइन्न। अर्को केही गरी कुनै ग्राहकको दुर्घटना भयो वा मृत्यु भयो भने दिनुपर्ने रकमका लागि कम्पनीले उठाएको रकम नाफामूलक कार्यमा लगानी गरेको हुनुपर्छ। तर सर्वसाधारणबाट उठाएको रकमको ४३ प्रतिशतसम्म मार्केटिङ, भ्याट तथा अन्य प्रशासनिक खर्चमा प्रयोग भइरहेको छ। यस्तो खर्चले नाफा आउँदैन। बाँकी ५७ प्रतिशत रकमलाई हो कम्पनीले नाफामूलक काममा लगानी गर्ने। नाफामूलक कामको प्रचार बोइङ ७८७ को उदाहरण त तपाईँले माथि पढिहाल्नुभो।

कम्पनीले घरजग्गामा लगानी गरेको तर्क गर्नेगर्छ। तर घरजग्गाको भाउमा सँधै ठूलो नाफा हुने हुँदैन। त्यही भएर बीमा कम्पनीहरुले घरजग्गामा लगानी गर्न अनुमति दिइँदैन।

युनिटीले सजिवन आयोजनाद्वारा छिट्टै बायोडिजेल उत्पादन र कार्बन व्यापारमा पनि हात हाल्ने बताउँछ। सन् २०११ सम्म २ लाख ५० हजार हेक्टरमा सजिवन खेती गर्ने, एक अर्ब लिटर बायोइन्धन उत्पादन हुने र २०१७ सम्ममा डिजेलमा आत्मनिर्भर हुने युनिटी बताउँछ। तर ऊर्जा विज्ञहरूको विचारमा यो ‘हावादारी गफ’ भन्दा बढी केही हैन। ‘विकसित देशहरूमा भएका विशिष्ट अनुसन्धानले पनि सजिवन तेलले डिजेल प्रतिस्थापन गर्छ भन्ने पुष्टि गरेको छैन,’ ऊर्जा अध्ययन केन्द्रका संयोजक अमृत नकर्मीले भने। सजिवन तेल १० प्रतिशतभन्दा बढी डिजेलमा मिसाउन पनि नसकिने उनले बताएका छन्। तर युनिटी अबको ७ महिनामा नै नेपाल डिजेलमा आत्मनिर्भर हुने गफ दिन्छ।

माथिको मोटाउने, तलकोलाई मार पर्ने
ग्राहकले अर्को दुई सदस्य बनायो भने प्रति साता पाँच हजारदेखि एक लाख ७५ हजार रुपैयाँसम्म कमाउन सकिन्छ भनेर सपना बाँडिएको छ। तर बुझ्नुपर्ने कुरा के हो भने सदस्य बनाउँदैमा त्यति रकम घर बसीबसी आउने हैन। ती दुई तपाईँले बनाएका ग्राहकले पनि थप दुई दुई जना ग्राहक बनाउनु पर्ने हुन्छ। त्यसवापतको निश्चित कमिसनमात्रै तपाईँले पाउनु हुन्छ।

तपाईँले दुःख गरी गरी ग्राहक बनाएको फल तपाईँभन्दा माथि तपाईँलाई ग्राहक बनाउने व्यक्तिले पाइरहेको हुन्छ। अझ त्यो तपाईँलाई ग्राहक बनाउने व्यक्तिलाई जसले ग्राहक बनाएको हुन्छ, उसले बढी नाफा पाउँछ।

मानौँ तपाईँले ग्राहक बनाउनु भएको एक जना व्यक्तिले मात्रै अर्को दुई ग्राहक बनायो र अर्को व्यक्तिले ग्राहक बनाउन सकेन भने नेटवर्कको सञ्जाल टुक्रियो र तपाईँले पैसा पाउनु हुन्न।

यसरी हेर्दा सुरु सुरुमा ग्राहक बनेकाहरु, यसका सञ्चालकहरुले प्रशस्तै पैसा कमाउँछन्- उनीहरुले सपना देखाए जस्तै हरेक हप्ता १ लाखसम्म पनि कमाउलान्। तर बिचरा पछि ग्राहक बन्नेहरु त्यस्तो बन्न सक्दैनन्। विश्वका सबै मान्छे यसका ग्राहक बने पनि तलतिर ग्राहक बन्नेहरु मारमा नै पर्छन्। अन्ततः यो संरचना नै धराशायी हुन्छ। यसको फाइदा केही निश्चित सीमित व्यक्तिले मात्र पाउँछन्। अहिले ६ लाख सदस्य बनाएको युनिटीका पनि १० हजार जति सुरुमा ग्राहक बन्ने व्यक्ति मालामाल भएका छन्। बाँकीले नाफा पाउने त कुरै छाडौँ, लगानी गरेको रकम पनि डुब्ने संभावना हुन्छ। युनिटी मात्र हैन अहिले सञ्चालन भइरहेका dxn, deosoft, dlink, herbo international सबको नियति त्यही हो। सबैसँग सतर्क हुनुपर्छ।

कसरी चलेको छ त?
युनिटीले सबै दलका नेताहरु र प्रभावशाली व्यक्तिलाई आफ्नो पकडमा राखेको छ। नेपाल भरका जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले युनिटीका कार्यक्रम सहज रूपमा सञ्चालन गर्न निर्देशनै दिएको रहेछ।

विदेशमा विशेष गरी खाडी तथा पूर्वी एसियाली मुलुकहरूमा रहेका नेपालीहरुमा सञ्जाल फैलाउन युनिटी सक्षम भएको थियो। यसका लागि विदेशमा रहेका दूतावासले पनि सहयोग गरेको खबर छ। यदि तपाईँलाई कुनै दूतावासले यसको सञ्जाल फैलाउन गरेको प्रयास तपाईँलाई थाहा छ भने कमेन्टमा लेख्‍नुहोला।

अब के गर्ने त ?
युनिटीमा सदस्य बनेका र अरु सदस्य खोज्दै गरेकाहरुलाई यस्तो कुरा पढ्दा रिस उठ्न सक्ला। तर पैसा तपाईँको हो, जोखिम तपाईँको हो। युनिटीका सञ्चालकहरु को हुन्, कसरी यसले आफ्नो व्यवसाय सञ्चालन गरिरहेको छ, तपाईँलाई थाहा छ? किन युनिटीले आफ्नो आधिकारिक साइटमा सञ्चालकहरुको नाम र फोटो राख्‍ने हिम्मत गर्न सकेको छैन? किन बोइङ विमानको असंभव सपना देखाउँदैछ? किन बजारमा नभएको उत्पादनको प्रचार गरिरहेको छ?

आफूलाई ग्राहक बनाउनेसँग यससम्बन्धी कुरा राख्‍नुस् र तत्काल पैसा फिर्ता माग्नुस्। नत्र तपाईँले दुःख गरी कमाएको पैसा युनिटीको बोइङ ७८७ विमान जस्तै हावामा उड्ने निश्चित छ।

77 Comments

  1. पत्रकार हरु ले खालि नेताको भासन भन्दा चेतना मुलक पत्रकारिता गरेमा देश र जनताको भलो हुने थिया. माइ संसारले यो कुरा हरुलाई पर्दा फास गरेको मा धेरै धेरै धन्यवाद छ.

  2. i joined unity last year only because i was forced to join it by family members who convinced me that it was good to invest in nepal and nepali businesses. i discussed this with my husband who advised me against it, but however at the time family pressure and the patriotic “investing in nepal” sentiment. i havnt not tried to make any members below me because pyramid schemes in general do not sit well with investors etc. I hope to be able to cancel my membership in 5yrs time and get my initial money back….. they can keep their interest lol.

  3. बिगत चार वर्ष अघी देखी आज सम्म ६-७ लाख मनिस हरु ठगिदा सम्म निदाएको सरकार आज युनिटी लाई मात्र ठग देख्छ भने यूनिटी का जिम्बेवारि मानिस भन्दा सरकार महा ठग हो /

  4. पुलिस् बाट भागेको मान्छेलाई आज सम्म पुलिसले नै चिनेन छ । कस्तो अच्म्म? येस्ता अरु पनि भगौड पुलिसहरु छन् कि? बेलैमा नेपाल पुलिसले होस पुर्याउनु जरुरी छ । नत्र पुलिसको छबि बिग्रन सक्छ ।
    यत्रो ३ बर्षसम्म करोबार गर्न दिएर मात्र होइन युनिटी कार्यक्रममा मिठो भषण गर्ने मन्त्रीहरु, यसलाई सहयोग गर्न् परिपत्र गर्ने गृह मन्त्रालयका पदाधिकारीहरु, शुभकामना दिने नेताहरुको कत्तिको दोष छ? छान्बिन गरी यस सम्बन्धमा पर्दफास गर्न् पनि मिडियाको ध्यान जानु आबश्यक छ ।

  5. पिरामिड मार्केटिंग मा मा बिस्वाश गर्दिन तर यत्रो हुनु अगाडी नेपाल सरकार र नेपाली पत्रकारहरु कहाँ थियो? अस्पतालहरु र शप्पिंग कोम्प्लेक्ष् बनाउनु प्रगति कुरा हो, प्लाने किन्ने भनि सोच्नु पनि राम्रोम हो जुन हाम्रो सरकार ले गर्न सकेको छैन. रितिक्रोशन पत्रकारिता पनि देखेकै हो. नेपालीहरु ले बास्तविक समाचार कहिले पढ्न पौने हो ? कहिँ भाग बन्द नमिले यो समाचार पत्रिका मा आयको त होइन ? नेट पत्रिका र काठमाडौँ मा भैरहेको मेल खादैन नि ! नेपाली जनता लै वास्तविक समर कसले दिने? निस्पछ्या पत्रकारिता कहिन्ले हुने?

  6. बिगत चार वर्ष अघी देखी आज सम्म ६-७ लाख मनिस हरु ठगिदा सम्म निदाएको सरकार आज युनिटी लाई मात्र ठग देख्छ भने यूनिटी का जिम्बेवारि मानिस भन्दा सरकार महा ठग हो /

  7. एदी यो संजाल गैरकानुनी थियो भने एती लामो समय सम्म सरकार वा सम्बन्धित पक्ष्य ले के हेरेर बसे.? कमिसन पाउन्जेल मुख थुनेर बस्ने , आहिले कमिसन नपाएपछि नाटक गर्ने नेपाल सरकार र बिसेस गरि गृह मन्त्रालय को के चाला हो? नेपाल मा आरु पनि नेट वोर्किन बिजनेस हरु ले पनि सोझा जनता को पैसा बटुली राखेका छन्| सरकार ले तेत पनि तेत्तिकै निगरानी राख्नु आवस्येक छ l राम्रो काम, जनता को पैसा डुब्नु हुदैन | मलाई पनि धेरै मानिस हरु ले मेम्बेर बन्नु पर्यो भन्नु भएको थियो | छोटो समयमा धेरै धनि बन्ने सपना ले काम गर्दैन भन्ने थाहा थियो, तेसै ले बनिन |

  8. सबै निकाएले यो संस्था अबैधानिक भएको र कहीं दर्ता समेत नगरिएको भनि सके/ तर एस्तो संस्थालाई गृह मंत्रालाये समेतले सहयोग गर्नु भने पछी प्रहरी प्रशासन लाचार बने केहि कार्येबाही गर्न सकेन/ नेपालको सबै राजनतिक दलहरु समेत यो संस्थाको प्रभावमा भएकोले केहि कार्येबाही गर्न सकिएन भनि कार्येबाही गर्ने जिम्मेवारी पाएका उच्च पदाधिकारीहरुले भनिरहेको छ/ यो कुरा मिडियाले उठाई रहेको छ/ ६ अरब रुपैया गरिब नेपाली जनता बात उठाई सके/ तैपनि सरकार चुप छ/ गरिब मरे मरून सरकारलाई वास्ता छैन/ गरिब नेपालीहरु युनिटी जस्तो संस्थाले ठगिए ठगुन उनीहरुको भाग पुगे पुग्छ/

    कहीं कतै दर्ता नगरिएको, प्रचलित कुनै पनि कानुनले बढ्ता नदियिएको कारोबार बर्सौं देखि चलाई आएको छ, तर कसले चलाई रहेको छ त्यो समेत कसैलाई थाह छैन/ सम्बन्धित निकाएको अधिकारि हरु बात यो कुराको पुस्टि समेत भई सकेको छ/ तैपनि कसैले कुनै कार्येबाही गर्ने नाम लिंदैन/ सबै पन्छी रहेको छ/ अरु त् अरु रास्ट्र बैंक जस्तो निकाएले हामि अध्ययन गर्दैछु भनेर हाँसो उठ्ने कुरा गर्दै छ/ गरिब नेपालीहरु बात एउटा गैरकानुनी संस्थाले ६ अरब रुपया लुटी सके तैपनि सरकार चुप/ होयिन कस्तो सरकार हो यो कसको सरकार हो यो?

    जनता मारे पनि यो सरकार टिकाउन सहयोग गर्छ भने तिनीहरु सिट समेत सम्झौता गर्ने/ जनता ठगेर यिनीहरुलाई रकम तक्राउने हो भने युनिटी जस्तो संस्था लाई सहयोग गर्नु भनेर गृह र विदेश मंत्रालाये समेत भन्ने/ यति गैर कानुनि तरिकाले आर्थिक कारोबार चलाई आएको छ, जनतालाई हिस्यायेर अझै बिज्ञापन गर्दै छ, रास्ट्र बैंक चुप जीला अधिकारीको कार्यालाये चुप प्रहरी प्रशासन चुप, मन्त्रि चुप प्रधान मन्त्रि चुप/ के यो युनिटी भारतको सेन्ट्रल बैंकले नै पो चलाई आएको छ कि? सुद नै यसको प्रमुख एजेन्ट हो कि? बा नेपाल लाई कङ्गाल बनाउने RAW को योजना हो?

    नेपाली जनता ठगिंदै छ/ सिमा मिचिएको छ नेपालीको घर जग्गा हडपिएको छ/ भारत बिरोधि भएको आरोप लगाएर भारतीय हवल्दार आएर नेपाली मारेर गएको छ/ कोसीको बाँध थुनेर लाखौ नेपालीको घर बार दुबायिएको छ/ सरकार केहि बोल्दैन केहि गर्दैन/ गरि हाले पनि आफ्नो भत्ता आफै बढाउँछ/ नेतालाई मात्र होयिन नेताको पत्नी साला भाई भतिजाहरुलाई समेत सरकारी कोष लाखौँ रकम तेतिकै लुताउन्छ/ फलाना तह को नेतालाई फलाना गाडी/ प्रधान मन्त्रि भएकोलाई आजीवन घर गाडी बति पानि नोकर चाकर को ब्यबस्था गर्छ/ उता देशमा महामारी र अनिकाल बात जनता मरे पनि एक पुरिया जिबन जल र एक मुठ्ठी चामल दिन बजेट छैन भन्छ/

    अब यस्तो सरकारको अझै देशमा सङ्कट काल को घोसना गरेर भए पनि कुर्सि छोड्दै नछोड्ने भनेको छ/ अब के गर्ने? यसरि जबर्जस्ति गर्नेहरुको सरकारलाई कार्येबाही गर्ने प्रहरी सेना सिट कुनै कानुन छैन उपाए छैन?

    अब सबै नै निसहाये छ भने एउटै व्यक्ति बात केहि होला कि भन्ने आस छ/ श्री बाल कृष्ण नेउपाने जी र उहाँ जस्तै अधिबक्ताहरु अब नेपाली जनतालाई मुक्ति दिलाउन तपाईंहरु एक चोटी पहिला झैँ अगाडी आनुस/ येस्ता युनिटी र युनिटीको पछाडिको व्यक्तिहरुलाई जेल पथाउनुस/

  9. हेर्नुस्, प्रगतिको शिखर चढ्नेको खुट्टा तान्नेहरू प्रशस्त हुन्छन्। युनिटी विरुद्धको हल्ला पनि खुट्टा तान्ने प्रवृत्तिकै उपज हो। सतीले सरापेको देशमा राम्रो काम गर्नेलाई जस पाउन गाह्रो छ। युनिटी विरुद्ध जति पनि प्रचार भइरहेका छन् त्यसमा कुनै सत्यता छैनन्। यो निराधार हल्ला हो र भ्रमको खेती मात्र हो।

    ० अन्त्यमा…..
    हामी समृद्ध नेपाल निर्माणका लागि नेपाली जनतासँग हातमा हात र काँधमा काँध मिलाउँदै अघि बढेको संस्था हौं। यसका विरुद्ध जति पनि प्रचारबाजी भइरहेका छन् यसको विश्वास नगर्न सम्पूर्ण युनिटीयनहरूलाई आग्रह गर्दछु आर्थिक क्रान्ति र समृद्ध नेपाल निर्माणको हाम्रो अभियानलाई साथ दिनुहुन सम्पूर्ण जनताहरूमा आह्वान गर्दछु।

    • ठिक छ ! तपाईले भनेको कुरा सहि छ भने तपाईहरुको वेबमा about us कसरि कमिंग सून ? about us को अर्थ के ?
      यदि तपाईहरु ठिक हुनुहुन्छ भने आफ्नो बारेमा अनि संचालक समिति बारे किन कुनै कुरा लेखिएको छैन ?

      शुभेच्छा पन्तजी ले प्रस्टै लेख्नु भा’छ ” युनिटीमा सदस्य बनेका र अरु सदस्य खोज्दै गरेकाहरुलाई यस्तो कुरा पढ्दा रिस उठ्न सक्ला। तर पैसा तपाईँको हो, जोखिम तपाईँको हो। युनिटीका सञ्चालकहरु को हुन्, कसरी यसले आफ्नो व्यवसाय सञ्चालन गरिरहेको छ, तपाईँलाई थाहा छ? किन युनिटीले आफ्नो आधिकारिक साइटमा सञ्चालकहरुको नाम र फोटो राख्‍ने हिम्मत गर्न सकेको छैन? किन बोइङ विमानको असंभव सपना देखाउँदैछ? किन बजारमा नभएको उत्पादनको प्रचार गरिरहेको छ? ”
      यो कुरा कसै को प्रगतिको daha गरेर होइन जानेको कुरा उहाले राख्नु भा हो
      शुभेच्छा पन्तजी धन्यवाद !!!!!!!!!

    • ठिक छ ! तपाईले भनेको कुरा सहि छ भने तपाईहरुको वेबमा about us कसरि कमिंग सून ? about us को अर्थ के ?
      यदि तपाईहरु ठिक हुनुहुन्छ भने आफ्नो बारेमा अनि संचालक समिति बारे किन कुनै कुरा लेखिएको छैन ?

      शुभेच्छा पन्तजी ले प्रस्टै लेख्नु भा’छ ” युनिटीमा सदस्य बनेका र अरु सदस्य खोज्दै गरेकाहरुलाई यस्तो कुरा पढ्दा रिस उठ्न सक्ला। तर पैसा तपाईँको हो, जोखिम तपाईँको हो। युनिटीका सञ्चालकहरु को हुन्, कसरी यसले आफ्नो व्यवसाय सञ्चालन गरिरहेको छ, तपाईँलाई थाहा छ? किन युनिटीले आफ्नो आधिकारिक साइटमा सञ्चालकहरुको नाम र फोटो राख्‍ने हिम्मत गर्न सकेको छैन? किन बोइङ विमानको असंभव सपना देखाउँदैछ? किन बजारमा नभएको उत्पादनको प्रचार गरिरहेको छ? ”
      यो कुरा कसै को प्रगतिको daha गरेर होइन जानेको कुरा उहाले राख्नु भा हो
      शुभेच्छा पन्तजी धन्यवाद !!!!!!!!!

    • थुक्क बुद्धी नभा ?? कहाँ बेचेर खायो हो बुद्धी ??

  10. One of my friends had forced me to be a member of unitylife. I took detailed idea about it and I had come to a conclusion that all this is a cheating profession. Only the top-posted people can get benefit from it. Ordinary people will be cheated. Never forget in life that money cannot be earned easily.

  11. उडायो………….सपना सबै युनिटीको हवाई जहाजले
    (युनिटीको हवाई जहाजले)2 ……..हे हे …
    यस्तै खाले नेटवर्किंग ब्यापारले ……….

  12. मा पनि सदस्य बनेर फसे . तर युनिटी को मात्र किन , हर्बो ले पनि नेटवर्किंग कम गरि रहेको छ त . खै त हेर्बो को बारेमा केहि पनि बुझिएना त . ल यो माइ संसार बाट निकै कुरा हरु आओस है त हर्बो को बारेमा पनि.

  13. if unity life is iligal what’s see the government of nepal “if the work of unity assurance,health,finannce,toor&traval all thing r iligal…my question what is leagel. ?

  14. युनिटी सञ्चालकलाई नियन्त्रणमा लिइने

    केदार ओझा

    काठमाडौ, जेष्ठ ३ – गृह मन्त्रालयले युनिटी लाइफ इन्टरनेसनलका सञ्चालकहरूलाई नियन्त्रणमा लिई उसले गरेको काम कारबाहीबारे अनुसन्धान गर्न मातहतका सबै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएको छ ।

    युनिटीले ६ लाख ५० हजार सदस्य बनाई करिब १० अर्ब रुपैयाँ संकलन गरिसकेको कम्पनीका अधिकारीहरूले सार्वजनिक रूपमा बताउने गरेका छन् । यसमध्ये विदेशमा रहेका नेपाली र अन्य नागरिक गरी २ लाख ५० हजार सदस्य भएको दाबी कम्पनीको छ ।

    मन्त्रालयले आपmनै सूचना संयन्त्रबाट युनिटी इन्टरनेसनलबारे विस्तृत विवरण संकलन गरेर अध्ययन गर्दा ठगी गरिरहेको खुल्न आएपछि पदाधिकारीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान गर्न पत्राचार गरेको हो । मन्त्रालयको निर्देशनलगत्तै सञ्चालकहरू भाग्न सक्ने अवस्थालाई ध्यान दिई नाकाहरूमा सतर्कता अपनाउनसमेत निर्देशन दिइएको छ । ‘नेटवर्किङ व्यवसायको नाममा नियमनकारी निकायहरूको अनुमति नलिई बैंकिङ र बिमा सेवा उपलब्ध गराउने कार्य गैरकानुनी हो, त्यसैले तत्काल हस्तक्षेपका लागि निर्देशन दिएका हौं’, गृह मन्त्रालयका प्रवक्ता जयमुकुन्द खनालले भने, ‘यो लोकपि्रय नारा दिएर ठगी गर्ने धन्धा हो ।’

    चारवटा प्रमुख नियमन निकायहरू राष्ट्र बंैक, बिमा समिति, धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रारको कार्यालयले २०६५ साल असार ३ गते युनिटीको नाम उल्लेख नगरी नेटवर्किङका नाममा अवैध बिमा र बैंकिङ कारोबार गर्नेहरूको फन्दामा नपर्न सार्वजनिक अपिल जारी गरेका थिए । मन्त्रालय आफंैंले गरेको प्रारम्भिक अनुसन्धानमा ‘बिमा कम्पनीको झै कारोबार गरिरहेको तर बिमा समितिबाट स्वीकृति नलिएको, प्रबन्धपत्रको उद्देश्य खण्डमा नेटवर्किङ गर्नेसम्बन्धी उद्देश्य उल्लेख नभएको साथै सञ्चालन इजाजत/स्वीकृति लिनुपर्ने निकायबाट स्वीकृति लिएको नदेखिएको, नेटवर्किङ व्यवसायसम्बन्धी निर्देशिका २०६४ मा पीरामिड शैली र सेवामा नेटवर्किङ गर्न नपाइने सर्तको उल्लेख भएकामा उल्लंघन भएको, बंैकिङ प्लानअन्तर्गत मुद्दती खातामा रकम जम्मा गर्ने गरिएको तर बैंकिङ कारोबार गर्न राष्ट्र बंैकबाट इजाजत वा स्वीकृति नलिएको देखिएको छ । त्यस्तै ‘सदस्यहरूबाट उठेको रकम फिनावल्र्ड नामक सहकारी संस्था काठमाडौंमा जम्मा हुने गरी पठाउने गरेको तर सम्बन्धित व्यक्तिहरूको नाममा मुद्दती खाता सञ्चालन नभएको, संस्थाको अध्यक्षले काशीराम गुरुङ तथा प्रसाद गुरुङ भनी फरक-फरक नामबाट पत्राचार गर्ने गरेको र सर्वसाधारणलाई विभिन्न किसिमको प्रलोभन देखाई सदस्य बन्न पे्ररित गर्ने गरेकोसमेत गृह मन्त्रालयको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

    यसअघि युनिटीका सदस्यहरूले इलाममा पैसा फिर्ताको माग गर्दै धर्ना दिन थालेपछि गृह मन्त्रालयले इलामका प्रजिअलाई फोनबाट युनिटीका स्थानीय सञ्चालकलाई हिरासतमा लिई सबै ग्राहकको पैसा फिर्ता गराउन निर्देशन दिएको थियो । युनिटीले यसअघि विभिन्न पत्रपत्रिकामा ‘आपmनो कार्यक्रममा गृह मन्त्रालयले पनि सहयोग गर्न अपिल गरेको’ आशयसहितको विज्ञापन प्रकाशन गरेको थियो । मन्त्रालयका केही पदाधिकारीलाई भ्रममा पारी लिएको उक्त चिट्ठीबाट सर्वसाधारणलाई भ्रममा नपर्न मन्त्रालयले यसअघि नै सञ्चालकहरूलाई ध्यानाकर्षण गराउँदै सचेत गराइसकेको छ ।

  15. तपाईं हरु को प्रयास सफल भयको छ आजको कान्तिपुर मा गृह मन्त्रालय ले unity कस संचालक लाई सम्तने भयछ खुसि lagyo tapain हरु को प्रयास सफल bhayo नेपाली मध्ये केहि त जोगिने भय तपाईं हरु को प्रयास को निकै सराहना गर्नु पर्ने हू धन्यबाद है – प्रदीप सानेपा

  16. यो आफन्तले आफन्त ठग्ने धन्दा हो| नचिनेको मान्छे त्यति सजिलै ग्राहक बन्ने कुरा भएन , त्यसैले आफ्ना चिनजान भित्रका सोझा साधा हरुलाई भए नभएको कुरा लगायो, सपना देखायो, ठग्यो | रेअली,,,,,,

  17. आब नेपालका जनता लै ठगेर पुगेन तेसैले आजकल उनिटी का दलाल हरु बिदेस पस्न थालेका छन्, अनन्य नेपाली लै ठग्न, बुध्ही पुरु है सबैले.

    • गृहमन्त्रालय, नेपाल रास्ट्रबैंक, र अन्य सम्बन्धित निकायको मुख कति रकमले थुनेको थियो हिजो सम्म ? किन समयमा सु-सुचित गरिएन ? कि युनिटीको तेत्रो टाओर काठमाडौँ देखिदैन ? मिडियाले आज मात्र थाहा पाएको हो ? नेपालीको बुद्धि पछाडी आउछ भनेको यहि हो | काशिराम गुरुङ हुन् वा प्रसाद हुन् तर उनि तेस्रो ग्रह बाट आएका होइनन र सबैले चिने देखेकै मानिस हुन् उसले भ्रममा सोझा ग्राहकलाई होइन सम्भ्न्धित निकायलाई पारेको स्पस्ट हो | युनिटीले १० /१० ठाउमा अस्पताल बनाएको छ तर संचालन कसरि गरेको छ भन्ने कुरा बल्ल आज अनुगमन गर्ने ? कमजोरी सरकार प्रसासन सम्बन्धित निकाय र नेपालका ठुला ठालुको हो | बेलैमा जानकारी गराएको भए एस्तो हुने थिएन | सरकारमा बसेका हरुनै एसको संरक्षक हुन्

  18. अब साथी लाई के दोष दिने आफूत सदश्य बनियो ‘ तर पैसा कसरि फिर्ता लिने उनिटी संग उपाय भय कसैले यहि mysansar मा लेखिदिए हुन्थ्यो नि pl .

    • तपाइलाई जसले मेम्बेर बनायर फसयाको हो उन्हा संग जाने अनि जसरि वाय पनि पैसा दिनुस भन्ने. नत्र नजिको कार्यालमा सम्पर्क गर्ने. हिमाल पत्रिकामा त १४५५३ जनालाई मात्रै फिर्ता दिन पुग्ने पैसा ६ vaniyako thiyo. चाडो गर्नु पर्छा जस्तो लग्यो मलाई त . आगे तपाइँको जो विचार.

  19. के गर्ने नेपाली ले नेपालीलै ठग्ने भय दुखले कामयको धन खाने भय सबैजना होसियार हुनु पर्चा

  20. तपाई ले २ वटा ग्राहक मात्र बनाउनु पर्छ तपाई घर बसी बसी अरुले ग्राहक बनाएको भर मा बोनस पाएको पाई, तपाई ८ घण्टा कम गरेर तेती कमौना सक्नु हुन्न तर तपाई बसी बसी २४ घण्टा मा ४८ घण्टा को काम हुन्छ | तपाई सुते नि तपाईले बनाएको ग्राहक ले कम गरि रहेको हुन्छ |

    अब भन्नु एस्तो सुनेपछि कुन नेपाली ले ग्राहक नहोला त | सबै अल्छि नेपाली हरुको जाबो १०/१५ हजार त हो नि, बैंक मा राख्नु भन्दा त हाल्दिउ भन्दै आफ्नै मान्छेले उकास्दै ठग्ने धन्दा | यो भन्दा अरु केहि होइन |

  21. म त अरुलाई डुबाउन पल्केको मान्छे। ग्राहक बनाउने पर्‍यो। यो देखेर अरु ग्राहक नबन्ने भए भन्ने चिन्ता लागेको छ।

    • त्यसरी अफुत बिग्र्यो
      अरु लाई त बिगार्न भएन नि ?

  22. यो आफन्तले आफन्त ठग्ने धन्दा हो| नचिनेको मान्छे त्यति सजिलै ग्राहक बन्ने कुरा भएन , त्यसैले आफ्ना चिनजान भित्रका सोझा साधा हरुलाई भए नभएको कुरा लगायो, सपना देखायो, ठग्यो | रेअली,,,,,,

  23. यी शेरबहादुर देउबा र डा. आरजु राणा का चेला हरुले मान्छे ठग्ने नै भए नि!

  24. कसलाई के भन्नु र खोइ एक छाक खानको भरमा आफ्नो अमुल्य मत बिक्रि गर्ने नेपालीको माझमा यस्तो झुटको खेतित फस्टाउनेनै भयों नि कहिले आउने होला नेपालीको बुद्दी .कर्मको फल पो खोज्नु पर्छा त अल्छी गरेर दुनिया कुराको प्रलोभनमा पर्न हुन्छ ? म यहाँ कतारमा २ साल हुन लाग्यो मलाइ आएको २ महिनामा नै दोलाखाको मिन तामांग भन्ने ब्याक्तिले सदस्य बन्नलाई सम्झाको थियो उ एजेन्ट रहेछ तर महिले लाइफभिजन र यसमा कुनै फरक देखेन र म फुत्किए तपाईहरु पनि बिचार पुर्यौनुस है .

  25. खुशीको खबर…..यो बायु सेवा कम्पनीको चाही अख्तियार संग कुरा मिले छ नत्र………???? पहिलाको २-३ ओटा उडान गर्ने भन्ने कम्पनीहरु अहिले के गर्दै छन् हो कुन्नि….?

  26. आफुलाई आफ्नै दिदि ले बन भाइ भनेर बनाईदिनु भएछ मेरै दिदि ले मलाई नै ठग्नु भयो भनौ या के भनौ आफन्त ले आफन्तलाई ठग्ने खेलदेखि म मात्र होइन ७ लाख नेपाली ठगिनु भएछ यो भन्दा अरु/अति सुन्न नपरोस

    प्रकाश पुन इराक

    • तपाइको दिदिले तपाइलाई ठग्नु भा को होइन , bhai को माया लागेर तपाइलाई पनि धनि banauna खोज्नु भा हो तर तपाइको खप्पर ठिक रहेनछ – दिदीलाई पनि dubaunu भो !!

  27. राम्रो लेख !!
    साथी लाइ चोर भन्नु भन्दा आफ्नो थैली राम्रो सग बान्ने बेला भयेको छ !!!
    नत्र घाटो ! घाटो!!!!!!!!!!!!!!

  28. आफ्नो बारेमा कार्टुन चित्र फेसबुक मा आउदा फेसबुक बन्ध गर्न निर्देसन दिने हाम्रा गृहमंत्री यसरि बारम्बार राष्ट्रिय स्थर का पत्र पत्रिका ले युनिटी को बारेमा पाठक लाइ सचेत गरिरहदा समेत किन चुप लगेर बसेका छन / जनता लाइ ठगेको सरकार ले मुक दर्सक भएर हेर्न मिल्छ ?

  29. सबै निकाएले यो संस्था अबैधानिक भएको र कहीं दर्ता समेत नगरिएको भनि सके/ तर एस्तो संस्थालाई गृह मंत्रालाये समेतले सहयोग गर्नु भने पछी प्रहरी प्रशासन लाचार बने केहि कार्येबाही गर्न सकेन/ नेपालको सबै राजनतिक दलहरु समेत यो संस्थाको प्रभावमा भएकोले केहि कार्येबाही गर्न सकिएन भनि कार्येबाही गर्ने जिम्मेवारी पाएका उच्च पदाधिकारीहरुले भनिरहेको छ/ यो कुरा मिडियाले उठाई रहेको छ/ ६ अरब रुपैया गरिब नेपाली जनता बात उठाई सके/ तैपनि सरकार चुप छ/ गरिब मरे मरून सरकारलाई वास्ता छैन/ गरिब नेपालीहरु युनिटी जस्तो संस्थाले ठगिए ठगुन उनीहरुको भाग पुगे पुग्छ/

    कहीं कतै दर्ता नगरिएको, प्रचलित कुनै पनि कानुनले बढ्ता नदियिएको कारोबार बर्सौं देखि चलाई आएको छ, तर कसले चलाई रहेको छ त्यो समेत कसैलाई थाह छैन/ सम्बन्धित निकाएको अधिकारि हरु बात यो कुराको पुस्टि समेत भई सकेको छ/ तैपनि कसैले कुनै कार्येबाही गर्ने नाम लिंदैन/ सबै पन्छी रहेको छ/ अरु त् अरु रास्ट्र बैंक जस्तो निकाएले हामि अध्ययन गर्दैछु भनेर हाँसो उठ्ने कुरा गर्दै छ/ गरिब नेपालीहरु बात एउटा गैरकानुनी संस्थाले ६ अरब रुपया लुटी सके तैपनि सरकार चुप/ होयिन कस्तो सरकार हो यो कसको सरकार हो यो?

    जनता मारे पनि यो सरकार टिकाउन सहयोग गर्छ भने तिनीहरु सिट समेत सम्झौता गर्ने/ जनता ठगेर यिनीहरुलाई रकम तक्राउने हो भने युनिटी जस्तो संस्था लाई सहयोग गर्नु भनेर गृह र विदेश मंत्रालाये समेत भन्ने/ यति गैर कानुनि तरिकाले आर्थिक कारोबार चलाई आएको छ, जनतालाई हिस्यायेर अझै बिज्ञापन गर्दै छ, रास्ट्र बैंक चुप जीला अधिकारीको कार्यालाये चुप प्रहरी प्रशासन चुप, मन्त्रि चुप प्रधान मन्त्रि चुप/ के यो युनिटी भारतको सेन्ट्रल बैंकले नै पो चलाई आएको छ कि? सुद नै यसको प्रमुख एजेन्ट हो कि? बा नेपाल लाई कङ्गाल बनाउने RAW को योजना हो?

    नेपाली जनता ठगिंदै छ/ सिमा मिचिएको छ नेपालीको घर जग्गा हडपिएको छ/ भारत बिरोधि भएको आरोप लगाएर भारतीय हवल्दार आएर नेपाली मारेर गएको छ/ कोसीको बाँध थुनेर लाखौ नेपालीको घर बार दुबायिएको छ/ सरकार केहि बोल्दैन केहि गर्दैन/ गरि हाले पनि आफ्नो भत्ता आफै बढाउँछ/ नेतालाई मात्र होयिन नेताको पत्नी साला भाई भतिजाहरुलाई समेत सरकारी कोष लाखौँ रकम तेतिकै लुताउन्छ/ फलाना तह को नेतालाई फलाना गाडी/ प्रधान मन्त्रि भएकोलाई आजीवन घर गाडी बति पानि नोकर चाकर को ब्यबस्था गर्छ/ उता देशमा महामारी र अनिकाल बात जनता मरे पनि एक पुरिया जिबन जल र एक मुठ्ठी चामल दिन बजेट छैन भन्छ/

    अब यस्तो सरकारको अझै देशमा सङ्कट काल को घोसना गरेर भए पनि कुर्सि छोड्दै नछोड्ने भनेको छ/ अब के गर्ने? यसरि जबर्जस्ति गर्नेहरुको सरकारलाई कार्येबाही गर्ने प्रहरी सेना सिट कुनै कानुन छैन उपाए छैन?

    अब सबै नै निसहाये छ भने एउटै व्यक्ति बात केहि होला कि भन्ने आस छ/ श्री बाल कृष्ण नेउपाने जी र उहाँ जस्तै अधिबक्ताहरु अब नेपाली जनतालाई मुक्ति दिलाउन तपाईंहरु एक चोटी पहिला झैँ अगाडी आनुस/ येस्ता युनिटी र युनिटीको पछाडिको व्यक्तिहरुलाई जेल पथाउनुस/

  30. युनिटीमा बनेका सदस्य हरु मध्ये एक जना मेरो साथी पनि पर्नु भएको छ. तर मेरो साथीले त १५ हजार मेरो मात्रै त डुब्यो नि भनेको सुन्दा अचम्म लग्यो. कारण यस्तै १५-१५ हजारले त अर्बौ संकलन गर्न भ्याएको रहेछ. यसरी आफ्नो पसिना को कमाई लाई त्यतिकै खेर जान दिनु हुदैन, मेरो विचार मा. तसर्थ सकेसम्म छिटो भन्दा कानुनी उपचार तिर लाग्नुपर्छ साथीहरु.

  31. Thanks for your timely suggestion.But it is already late for me.Coz I am already one of the members of Unily Life.I was forced to have a membership by my brother who was already a member.I could not deny him although I already know it’s gonna be in vain.Once i took the membership, I never advertise it even once.I really know that this business is fraud.That’s why I advise all Nepalese not to take the membership.Henceforth, all who already have membership should think on how to make it trustworthy….and long lasting….

  32. south कोरिया मा पनि yes को एजेन्ट हरु छन .यहाँ बाट पनि धेरै पैसा यिनी हरु ले colection गरेका छन् .लौन अब क गर्ने .केहि उपाए छ कि ?

    • हेल्लो साथी सउल पुलिस अफिसमा निबेदन दिने नत्र चर्च मार्फत आफु ठगिएको कुरा जानकारी गरे सहयोग पाउन सकिन्छा!!!!!

  33. नेपाल भित्र र बाहिर रहेका जति पनि उनिटी मेम्वर ओर उनिटी को मार मा यो जानकारी नपाएको भए पर्न सक्ने सारा जनता यू उनिटी बहिस्कार मा उत्रनु पर्दछ, यो गरिब मर्ने ठगि काम हो, सरकार ले यो फेलेर मास्टर माइन्ड बन खोज्ने ठग हरु लाइ कारबाही तुरुन्तै चलाउनु पर्चा हैन वने तेस्को लागि सबै जनता ले प्रेसुरे दिनु पर्दछ

    बान्तवा

  34. हैन यो DXN भनेको के हो एसले पनि मा लाइ हैरान पार्दै६ लौन मा लाइ अलिकति प्रस्ट पारि दिनु पर्यो यो त इन्तेर्नेस्नल कम्पनि हो भन्छन .

    • Dear Friends,
      These so called active companies are called “MULTI LEVEL MARKETING” companies.
      As it is clearly explained above by Subeksha Pant jee, that the first level or the establishers are the only persons who can benefit from these kind of multi level marketing.
      I have gone through this. I became member of one of the multilevel marketing company here in Cyprus. It is called LR health & beauty systems. There are other many such as AVON and so and so. But these companies don’t show false dreams like UNITY that they will invest the money collected from the members and build the nation.
      Instead of this, any multilevel marketing company encourages its members to make new members and win a commision from that. The percentage of commision varies from different level. Once a new member is found, the commision goes to the one who made him member + to the other senior members above till the most senior one.
      It is better not to be hookedup in such kind of companies. You spend lots of time to win a little. But every new member you make the seniors are the one to gain more commision …….

  35. हेर्दा आकर्षक लाग्ने यो वेबसाईटमा लेखिएको छांट न कांटको अंग्रेजीमा मैले धेरै ब्याकर्ण त्रुटीहरु पाएं। एउटा उदाहरण स्वरुप: Unity-Life has been stand for those who have keen interest to be participate in the nations building process and raising their earnings together.
    यस वाक्यमा Unity-Life has been stand को बदला standing हुनु पर्ने हो। त्यस्तै to be participate को बदला participated हुनु पर्ने हो..
    नजानी नजानी छांट न कांटको अंग्रेजीमा लेख्‍नु भन्दा बरु वेबसाईट सबै नेपालीका लागि सरल नेपाली भाषामै लेखिएको भए सान्धर्वीक हुन्थ्यो होला।

  36. यो आफन्तले आफन्त ठग्ने धन्दा हो| नचिनेको मान्छे त्यति सजिलै ग्राहक बन्ने कुरा भएन , त्यसैले आफ्ना चिनजान भित्रका सोझा साधा हरुलाई भए नभएको कुरा लगायो, सपना देखायो, ठग्यो |

  37. यो कुरा सुन्धा मलाई अचम्म लग्यो / नेपाली जनता अझै पनि भेडा भाख्रा रहेछन / पैसाको पछि अख चिम्लिएर किन येसरी पछि लागेका हुन् ?

  38. अब आखा खोल्ने समाए आएको छ.
    यो news दैनिकी पत्रिकामा पनि चप्पना पर्यो .
    उनिटी देखि सवादन साथी हरु हो.

  39. साउदी अरब को जुबेल मा om फुयाल नाम को मान्छे एस को सक्रिय कार्यकर्ता हो लास्ट weak मा मेरो रूम मा पनि आयको थिएओ तर हामी हरुले एस लै भगायम camp बाट. सम्पूर्ण जुबेल area को मान्छे हरु लाई सतर्क हुन अनुरोध छ मेरो

  40. कतारमा भने एस्ले राम्रै सम्म जरा गाडेको छ ! सायद पुरै गल्फ मा यो फस्टायको छ होला ! कतार को हकमा भन्नु पर्दा यहाँ का,बाट टाठा र जाने बुजेको वर्ग बाट नै भर्खर गाउँ बाट आयका सिधा साधा दाजुभाई लाई नै लोभ देखायर फसाउने गरियको पायको छु ! बारम्बार साथीहरुको अनुरोध हुँदा पनि आजको दिन सम्म मा भने Unity Life को सदस्य बन्न बाट जोगियको छु ! कुनै पनि नेटवर्क व्यापार भनेको आफ्नो मन मिल्ने व्यक्ति लाई बाध्यतामा पारेर ठगि गर्नु नै हो भन्ने ठहर मेरो छ !
    DXN पनि तेतिकै मौलायको छ यहाँ , जसले गर्दा नम्बर पुरा गर्न को लागि कि त समान किन्नु पर्ने कि त अर्को सदस्य बनाउनु पर्ने ! त्यो बाधेता पुरा गर्न समान किन्नु नै सजिलो उपाय हुन आउछ ,सजिलै धनि हुने आसमा महिना भरि रगत र पसिना गरेर कमायको पैसा खोलो लगाउने को कमी छैनन् !
    झुट को खेति गर्न यस्ता कम्पनिहरुले बिभिन्न लोभ देखने र हामी अल्छी छिटै धनि हुन् खोज्नु नै जानाजान खाल्डोमा पर्नु हो! तेसैले १ / डेढ लाख तिरेर खाल्डो मा पर्न आउने देखि केहि लाग्दैन भने जानी जानी यहाँका जान्ने बुज्ने ब्यक्तिहरुले पनि आफ्ना दाजु भाईहरुलाई ठग्ने कोसिस नगरी दिय राम्रो हुने थियो कि ?

  41. मलाई यो सबै ठग कम्पनीहरुको राम्रो अनुभव छ…dewsoft, amway, अनि कृष्ण टावर मा रहेको vision international अनि एकपटक बजार मा चलेको इन्टरनेट मा click गरि हप्ताको $१००० कमाउने business ……………………..Nearly I was going to lost my money in dewsoft but that time i was luckey. After that I saw to many frens they became member of these companies and they even didnt get back their money.
    When I first came to australian I dint have any job and I met one Nepali brother and he told me he is going to give me IT job because he is working there.He invited me in semnar. I went their n after 1 hour i realized the same shit story was there. Membership fee was $400.He tried to convience me.
    Next day again he came in my house.I asked him “did you get back your money??” He said of course More than 10 times.That time i was really angry n i said then may be u did crime n sponteneously i called the police and he ran away and never called me back.
    These Business are not only in Nepal its everywhere so Becareful

  42. सिधै बेचे को है हाम्रा सोझा साधा दाजु भाई हरु लाई,,,खासमा कुरै नबुजी तेतिकै हावाको भरमा लगानी गर्ने दाजु भाई दिदि बहिनि हरुको पनि दोस छ ….यो पिरामिड सिस्टम को व्यपार लाई धेरै देशले गैरकानुनी मानेको छ …गुगुल मा गुगलिंग गर्दा पनि तेही परिणाम …….सकेसम्म सबैले आफ्नो पैसा फिर्ता लिन थाल्नु भय मा नै बेस,,,,छिटै ठग हरुले देश छोड्नु भन्दा पहिले नै कठालो समाउनु बेस …नत्र पहिले का नेटवर्क बेपार हुन् दिन गन्नु पर्नी देखिन्छ ,,,,

  43. यस्तो लाग्छ अब छिट्टै यौटा ” युनिटी पीडित संघ ” खुल्नेछ / हाम्रो लुटिएको रकम फिर्ता गर भन्दै पीडितहरुले चक्काजाम , बन्द र हड्ताल को आयोजना गर्नेछन / नेपाली समाजमा बौद्धिक मानिने केहि मानिसहरु जो युनिटी का सदस्य भएका छन् , तिनीहरु लाइ त्यो बिरोध मा भाग लिन लाज लाग्नेछ / पहिले सदस्य बनेका व्यक्तिहरु, चन्दा,घुष वा अन्य प्रकार का दक्षिणा ग्रहण गर्ने सम्बन्धित प्रशासन, राजनीतिक दल र ति संग आबद्ध संगठन जस्ता केहि निर्लज्ज हरुले त्यो तमाशा हेर्नेछन / यस्तो लाग्छ , बरु सरकार ढल्ला , तर युनिटी ढल्नेवाला छैन / हुनत चप्पल चड्न सक्ने जनता को गोजी बाट अलिकति सुटुक्क चोरेको त हो नि युनिटीले , हाम्रा मुलुकमा चप्पल नै कहिल्यै चड्न नसक्ने सोझा जनता त लुटिएका छन् /
    अब युनिटीले ठुलो अर्थ संकलन गर्न सकेकोमा कुन दिन सरकारी प्रशंशा पो पाउने हो कि ?
    शुभेच्छा जी, तपाइको संदेश प्रशंशायोग्य छ /

  44. “धन भयेको बुद्दी नभयेको” छिट्टो भन्दा छिट्टो अर्काको धन लुटेर धनी हुने चाहने लोभी र क्रुर मनसाय भएका हरुले नै यस्ता स्किममा भाग लिन्छन!

    युनिटीमा सदस्य भएको प्रतिफल “लोभले लाभ लाभले विलाप” चेतना भए!

  45. ठिक समयमा ठिक सुझाब दिनु भयको मा धन्यवाद सुभेक्ष्या पन्त जी,
    तपाइले सारै राम्रो लेख लेख्नु भएछ यो ब्लग मा.
    i like it very much.I have questtion to all of mysansar viewer that is : What types of Organisation is Unity Life ?? is this Private or Public if this is profitable company and registered in Comapny act.?
    What was the paid up capital ?? authorised capital?? issued capital?? There is always limited capital whn company registered on.In case of unity, who gave them to issue common share holder or subscription member in their own word.Almost 5 hundred thousand people had paid their money, is tht for share or member only?? There is The government also a big cheater in case of Unitys collection money from individual.Becasue, Nobody can collect money over than authorised capital.

    One more question, if this is company, One single company does only one work.Financial institution does financial transaction under NRB and All insurance company do work under insurance Poliy.Who gave to Unity to work as bankers and insurance provider???
    Please comment it and provide all information those you know

  46. सबै कुराको राम्रो अनि नराम्रो पक्ष हुन्छ हामीले राम्रो कुरालाई ठीक अनि नराम्रो कुरालाई गलत भन्न सक्नु पर्छ , यूनिटीले बाड़ेको सपनाहरु सपना मै सिमित हुने हो कि , पुरा गर्ने आधार हरु पनि छन त्यों पाटोलाई पनि केलाउने तर्फ धयान दिनु पर्छ हामिले … अन्धो भएर सपनामा हराउनु भन्दा पनि बुजेर मात्र येस्मा लाग्न वा जानेको कुराहरु सबैलाई शेयर गरौ जसले गर्दा बेलैमा सबै जना सचेत हुन सकुम….. ..

    • भने पछी निश्चल जी पनि युनिटी मा अलि अगाडी छिरेर नाफा आर्जन गर्न सफल युनिटी सदस्य भएको गन्ध आउछ तपाइको कमेन्ट हेर्दा/

  47. सबै भन्दा पहिला लेखक ज्यू लाई धन्यबाद सत्य तथ्य कुरा लाई पाठक समछ ल्याइदिनु भएको मा म पनि goldquest को ग्राहक थिए पिरामिड तरीका मा चल्दा खेरी मैले आफ्नो हिस्सा मा वा आफ्नो तर्फ मान्छे ल्याउन सकिन त्यस को एक बर्ष पछि goldquest नै पैसा लिएर गायब भयो फेरी पनि यस्ता बदमास हरु लाई सजाए दिनु पर्ने बेलामा सरकार ले केही नबोली बस्नु पक्का पनि मिलोमोतो छ भन्ने कुरा प्रस्ट हुन जान्छ| राजनकुमार छेत्री, बेलायत

  48. मान्छे लोभी हुन्छ…..बिना परिश्रम धनि बन्न चाहन्छ..!
    अरूको सम्पति को इर्श्या गर्छ! चोर्छ, डाका डाल्छ या त कब्जा गर्छ !
    जब सम्म मान्छेमा लोभ रहन्छ… तब सम्म येस्ता कम्पनी बिभिन्न नाममा आई रहन्छन !

    युनिटीको सदस्य बन्नेहरुलाई,
    के तपाइँ बिना परिश्रम (शारीरिक वा दिमागी) धनि हुने सपना देख्नु भएको त छैन ? छ भने तपाइँ गलत हुनुहुन्छ…तेस्को मूल्य तपाइले चुकाउनु पर्नेछ !

    • हर्के जी यो तपाइको विचारसंग म सहमत छु बास्तमा आजको दुनिया केवल लोभ र पापले जगदियर भताभुंग भयको प्रमाण दिनु हुने लेखिका सुभेच्छा तपालाई मुरी मुरी धन्यबाद सायद यस्ता गरिब जनतालाई ठग्ने ठहरुले जनतासंग जनताका इमान्दरिसंग खेबाड गर्ने नैतिक अधिकार नहोला यसो गरे कसो होला जनता भनेका केवल २/४ पैसामा आस गर्ने प्राणी हो यसलाई अनेथा नसोच्न पनि त् हुन्ना तर यसरि जनताको भबिस्यमा खेलबाड गर्ने यो अपराधी समुहलाई अब सम्पूरण जनताहरु मिलेर नागोजार बनाउनु नाइँ उपुक्त होला

  49. म पनी एउटा साथी ले ल आज हाम्रो एउटा कार्यक्रम छ जाऊ भनेर एकदिन यूनिटी को कार्यक्रम मा गएको थिए त्यहा बोल्ने बक्ता हरु बोल्दा त यस्तो लाग्छ की होइन म समय म member नबनेर गल्ति गरेछु अब जसरि भए पनि बन्नु पर्छ पैसा कमाउने idea त यो पो हो जस्तो लाग्छ . तर वास्तविक त सोझा सिधा को बुद्दी भुटेर एउटा चाही धनि पक्का बन्छ अरु त तेस्तै हो .

  50. अन्तिम को सोझा हरु त पक्कै दुब्चन / ६ अरब उठायो भने पछि /६ अरब खैसकेचा /

    माकुने ले कति पायो, प्रचण्ड, बुबुरम ले कति पाए? सुशील, सेरे, पौडेल, कुजता ले कति पाए..?

    वैस्यल , यौथ force ले कति पाए…?

  51. गोल्डक्वेष्टलाई अवैधानिक नमान्नेहरूले चलाएको संस्था – अब आफैं विचार गरौं यसको भविष्य ।

  52. कति सकारात्मक अनि सन्देशमुलक लेख “तर पैसा तपाईँको हो, जोखिम तपाईँको हो।”
    informatic लेखको लागि धन्यबाद ल /

  53. “Bulls Make Money, Bears Make Money, Pigs Get Slaughtered”

    पछि ग्राहक बन्ने जति सबै पिग हुन सक्छन / किन भने ६ अरब रुपया त पहिले नै उठायेचा र पहिलेका ले सबै फाइदा लिई सके./ यो जति member बदधई जान्छ तेती अरब पैसा बद्धदै जान्छ / अरबौ रुपिया ठग्ने उपाए हो /

    खै वाइस्यल, यौथ फोर्चे, तरुण दल , यी सब गवाका सिचक लाइ काट्ने , मार्ने पैसा उठाउने अनि राति रक्सि भट्टी जाने /

    नेता , माकुने , प्रचण्ड , खनाल, ओली, सेरे, सुशील को त कुरै छाडौ / नेपाली जनताले कुनै आस लिएका छैनन् यी गद्दार नेता बात../

  54. झुटो सपना बाडेर चल्ने यस्तो बिजीनेसलाई सरकारले किन खुल्ला रुपमा चल्न दिई रहेको छ त ? हुनत नेपालमा सरकार नै कहाँ छ र बिगत डेढ दसक देखि …. अनि सर्बहारा जनता को दासत्व निर्मुल पार्ने भनि भासण दिने माओबादी पनि किन चुप छ येस मामला मा ? येस्तई कुरा बाट प्रमाणित हुन्छ नेपाली राजनीतिक दल , येस का भात्री संगठन र सरकार स्वयं नेपाल र गरीब नेपाली जनता प्रती कती जिम्मेवार छन् भन्ने कुरा …. ठुला बडा नेता ले पाउने अलिकति दक्षिना को लागी कसरी यसको खुल्लम खुल्ला कारोबार बिना रोकतोक चल्न सक्छ भन्ने कुरा को गतिलो उदाहरण युनिटी ले पेस गरेको छ . बाउ, बजे ले जोडेको सम्पति सामन्ती को भन्दै खोस्न सक्ने जत्था किन जनता लाई युनिटी को नाम मा दिउसै सबैको अगाडी लुट्दा पनि मुक दर्शक भएर हेरी रहन्छा त ? सबै ले बुझ्नु बेला आएको छ !!!!

  55. सब सपनाक ब्यापारी हुन् | यस्ता ठग संस्थाहरुको त के कुरा सबै नेता हरु ले यसरी नै सपना बेचेर नै आफु मोटाएका हुन् नि | प्रचण्ड ले पनि देश Switzerland बनाउने सपना बेचेर नेपाली जनता लै झुकाएको नै हो, माकुने ले नि Singapore बनाउने सपना बेचेकै हो |

  56. सही जानकारी दियर जनता लाई डूबन बाट बचाउनु भय को मा धन्यवाद छ/ यसमा हामी नेपाली को पनि कमजोरी छ, बास्तबिक कुरा नबुझी अरु को लह लहै मा लाग्ने को नियति यस्तै हुंछा/ नेपाली को भाग्य मा ठगिने भनदा अरु केहि छैन/अब सबै मिलेर युनिटीको नाममा ठगि गर्ने हरुलाई गोर्खे लौरी कस्नु पर्छा अनि टुडिखेल मा जनता को अगाडी सजाय दियर प्रदर्सन गर्नु पर्छा/ सरकार ले केहि गर्ला भन्नु त आकास को फल …..जस्तै हो/ आफ्नो रछा आफै गरौ नेपाली हो/ कमल

  57. यी सब चोर हरु हुन ठग हरु हुन सबै जना यी ठग हरु बाट सतर्क हुनु होला /

  58. यो जस्तो पहिले पनि गोल्ड कोस्ट भन्ने थियो , तेस्ले पनि धेरै लाई डुबायो ..

    सबै जना चनाखो हुनु पर्यो ..

    बहादुर मात्र होइन बुद्धि मानी हुनु पर्यो ..

  59. जब सम्म यस्ता सामाजिक अपराधीहरुलाई हामीले समयमै चिन्न सक्ने अबस्थामा पुग्दैनौ, तब सम्म यिनीहरु समाजमा यस्तै क्रियाकलाप गर्दै हिड्ने छन. हामीले थाहा पाउदा सम्म लाखौ नेपालीहरु यिनीहरु को चक्रब्युह मा परि सकेका हुनेछन. समय अनुसार नाम र ठेगाना फेर्दै. साथीहरु आजै देखि होसियार …………..

    मनोज
    हाल, दोहा, कतार.

  60. गरिब दरिद्र देश का धनि मान्छे हरु…….हामी नेपाली

  61. When it is too good to be true, it most likely is!!
    जबसम्म पैसा तपाइको खल्तीमा हुन्छ, निर्णय तपाइको चल्छ! खल्तीबाट गएपछि
    यी ठग हरुसंगबाट फर्काउने भन्ने कुरा आकाशको फल आखा तरी मर!
    चेतना भया!

Comments are closed.