अमेरिकामा नेपाली खेलाडीहरुको भीड


नेपालका खेलाडीहरु दिनदिनै आप्रवासीका रुपमा पलायन हुने क्रम बढेको छ। जन्म आफ्नै मुलुकमा भयो, हुर्कन–बढ्न आफ्नै देशले सिकायो। एउटा सफल खेलाडी उत्पादन गर्न एउटा गरिब देशले थोरै भए पनि लगानीको भार बेहोरेको हुन्छ। तर खेलकुद क्षेत्रमा देशले गरेको लगानी लगभग अस्तित्वहीन बन्न पुगेको छ। नेपालीहरु आप्रवासीका रुपमा जाने विश्वका धेरै देशहरु छन्, जसमध्ये अमेरिका पहिलो रोजाइको देश हो। नेपाली खेलाडीहरुको घुइँचो पनि यहीँ बढी देखिन्छ। तेक्वान्दो क्षेत्रबाट अन्तर्राष्ट्रिय सहभागिता जनाइसकेका र विभिन्न प्रतियोगिताहरुमा मेडल प्राप्त गरिसकेका खेलाडीहरुको अमेरिका पलायन संख्यात्मक हिसाबले बढी पाइएको छ। को को खेलाडी छन् त अमेरिकामा ? आउनुस्, हामी दिन्छौँ सम्पूर्ण नालिबेली।

अमेरिकामा रहेका तेक्वान्दो खेलाडीहरु
नाम, पद तथा प्राप्त पदक
सन्तोष प्रधान, चिफ कोच (५ डान)
अमिर श्रेष्ठ, सिनियर कोच र अन्तर्राष्ट्रिय रेफ्री (५ डान)
किशोर श्रेष्ठ, ४ डान, एसियन गेममा कास्य पदक
सविता राजभण्डारी, अन्तर्राष्ट्रिय रेफ्री (४ डान), बैंकक एसियन गेममा रजत (अहिलेसम्मकै रेकर्ड)
(किशोर श्रेष्ठ र सविता राजभण्डारी लोग्नेस्वास्नी हुन्)
रेणुका मगर, वर्ल्ड च्याम्पियनसिपमा कास्य पदक विजेता
लव गोर्खाली, तेक्वान्दोका पहिलो प्रशिक्षक (५ डान)
निरञ्जन श्रेष्ठ, ३ डान
निर्मल श्रेष्ठ, ३ डान, आठौं साफमा स्वर्ण पदक
(निरञ्जन र निर्मल दाजुभाइ हुन्)
दिवाकर महर्जन, प्रशिक्षक (६ डान)
सीता राई, बार्सिलोना ओलम्पिकमा सहभागी खेलाडी (४ डान),
प्रमिला थापा, ओलम्पिकमा सहभागी (३ डान)
यमबहादुर पुन, अन्तर्राष्ट्रिय रेफ्री (६ डान)
कुमार कार्की, अन्तर्राष्ट्रिय सेकेन्ड क्लास रेफ्री (५ डान),
कल्पना कार्की, राष्ट्रिय टिमका खेलाडी
सुदर्शनबहादुर केसी, सिनियर कोच (४ डान)
रुपा स्याङ्तान, ३ डान, साफ गेममा स्वर्ण पदक विजेता
मनमोहन वाइवा, ३ डान
जगनलाल श्रेष्ठ, ५ डान
रितु जिमी राई, ३ डान, साफ तथा एसियन गेममा विभिन्न पदक विजेता
वसन्त पाण्डे, सिनियर प्रशिक्षक (३ डान)
सपना मल्ल, अन्तर्राष्ट्रिय खेलाडी, एसियन गेममा कास्य पदक
सुद्धोधनमान रञ्जित, अन्तर्राष्ट्रिय खेलाडी/अन्तर्राष्ट्रिय रेफ्री (५ डान)
रीता श्रेष्ठ (सुद्धोधनमान रञ्जित र रीता श्रेष्ठ लोग्नेस्वास्नी हुन्)
विधान लामा, सिनियर अन्तर्राष्ट्रिय खेलाडी (६ डान), ओलम्पिकमा कास्य पदक विजेता
सीता धामी, अन्तर्राष्ट्रिय खेलाडी
बिपिन श्रेष्ठ, कोच
पद्मा गुरुङ
बन्दना श्रेष्ठ
विभा राई, साफ मेडलिस्ट

यसरी तेक्वान्दो क्षेत्रका मात्र ३० जना राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याति कमाएका नेपाली प्रशिक्षक तथा खेलाडीहरु अमेरिकामा रहेको पाइन्छ। हालसम्मकै रेकर्ड राख्न सफल एक मात्र तेक्वान्दो खेलाडी विधान लामा हुन्। उनले दक्षिण कोरियामा सम्पन्न भएको १९८८ को ओलम्पिक गेममा कास्य पदक प्राप्त गरेका थिए। लामासँग अमेरिका पलायनको विषयमा प्रश्न राख्दा ओलम्पिक गेम सम्पन्न हुनासाथै कोरियन गुरु जेसिनले पोर्टल्यान्डमा तेक्वान्दोसम्बन्धी विद्यालय खोलेपछि सन् १९९० मा अमेरिका आएको बताए। नेपालमा खेलका लागि धेरै मेहनत गरियो तर राष्ट्रले त्यति महत्व नदिएका कारण विदेसिन बाध्य बनाएको लामाको अनुभव छ। नेपालका सर्वोत्कृष्ट खेलाडी विधान लामा अमेरिका आएपछि अमेरिकामा क्रिमिनल जस्टिस पढ्न पुगेपछि पोर्टल्यान्ड प्रहरीलगायत जेलमा करेक्सन अफिसरसम्मको काम गरे उनले। हाल उनी बैंक र एटीएममा पैसा ओसारपसार गर्ने काम गर्दछन्। त्यसको अलावा पोर्टल्यान्डमा ३०० जना बच्चाहरु भएको तेक्वान्दो स्कुल सञ्चालन गर्न पनि उनले भ्याएकै छन्। अमेरिका आएपछि फिलिपिनो अमेरिकनसँग विवाहबन्धनमा बाँधिएका लामा आफ्नै खुट्टामा उभिन सकेकोमा गर्व गर्छन्।
धन्य विधान लामाले अमेरिका आए पनि आफ्नो पेसा भने छाडेका छैनन्।

विधान लामा मात्र होइन तेक्वान्दोका सिनियर प्रशिक्षक दिवाकर महर्जनले पनि आफ्नो व्यावसायिक धर्म अमेरिकामा गतिलैसँग निभाएका छन्। अमेरिकी व्यस्त जिन्दगीमा तेक्वान्दो खेल र तेक्वान्दो व्यवसायमा अत्यन्त व्यस्त रहने महर्जन डबल मास्टर्सका लागि क्यालिफोर्निया गएका बखत प्लेनबाट उत्रनासाथ फोनबाट गरेको सम्पर्कमा उनले बताएपछि मात्र थाहा भयो। उनी पनि सन् १९९४ मा कोरिएन गुरुको निमन्त्रणामा अमेरिका आएका रहेछन्। नेपालमा रहँदा ललितपुर सातदोबाटोमा निकै पुरानो मैत्री तेक्वान्दो डोजाङ सञ्चालन गरेका मजर्हनको त्यो अनुभवले सन् १९९५ देखि १५ वर्ष भयो अमेरिकाको पोर्टल्यान्डमा झन्डै ४०० प्रशिक्षार्थी रहेको हलिउड फेमेली मार्सल आर्टस् नामक स्कुल आफ्नै स्वामित्वको घरमा सञ्चालनमा रहेको छ। आफ्नो स्कुलका प्रशिक्षार्थीहरुलाई आफैं प्रत्येकको जानकारी राख्ने महर्जनको मेहनतका कारण युएस ओलम्पिक कमिटीअन्तर्गत युएस तेक्वान्दो युनियनले सन् १९९८ मा यिनलाई इन्सपेक्टर अफ द इयरको उपाधि दिएको रहेछ। कुराकानीका दौरान प्रत्येक पटक नेपालको खेलका बारेमा चिन्तित हुने महर्जन नेपालीप्रति भने भावनात्मक रुपमा निकै नरम देखिए। सायद त्यसै कारण होला, यिनले प्रत्येक वर्ष नेपालका विभिन्न डोजाङ र कतिपय समय खेलकुद परिषद्लाई नै विभिन्न सहयोग गर्दै आएका छन्।

आफ्नो विद्यालयको आम्दानीको करलाई खर्च देखाउन मिल्ने गरी यिनले ‘फ्रेन्डसिप टुर्नामेन्ट’ नामक गैरनाफामुखी संस्था दर्ता गरेका रहेछन्। यो संस्थामार्फत नेपालको खेलजगतमा सेवा र सहयोग पुर्‍याउँदै आएका छन्।

यिनै दिवाकर महर्जनको स्वामित्वमा रहेको विद्यालयमा नेपाली महिला तेक्वान्दो खेलाडी सीता राई पनि प्रशिक्षक छिन्। मलेसिया र बेल्जियमको अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण पदक विजेता, कोरियाको वर्ल्ड च्याम्पियनसिपमा कास्य पदक, साफ गेममा स्वर्ण र एसियन गेममा कास्य पदक जित्न सफल सीता राई बिहान १० बजे स्कूल खोल्ने र ९ बजे बेलुका स्कुल बन्द गर्ने गर्छन्। सीता अमेरिका पलायन भए पनि आफ्नै क्षेत्रको तेक्वान्दो सिकाउने काम गर्न पाएकोमा खुसी छिन्। यिनी सन् २००४ देखि पोर्टल्यान्डमा बस्दै आएकी छिन्।

त्यस्तै अमेरिका आएर आफ्नै क्षेत्रमा काम गर्ने खेलाडीहरुको सूचीमा नारायण गुरुङ पनि पर्दछन्। उनको पनि पोर्टल्यान्डमा तेक्वान्दोको आफ्नै स्कुल सञ्चालनमा छ। तेक्वान्दो खेलाडीहरुमा अमिर श्रेष्ठ र रुपा स्याङ्तान टेक्ससस्थित तेक्वान्दो स्कुलमा प्रशिक्षक छन् भने कुमार कार्की र कल्पना कार्की भर्जिनियामा तेक्वान्दो सिकाउने काम गरेर बसेका छन्।

नेपालको तेक्वान्दोको इतिहासमा पहिलो प्रशिक्षक लव गोर्खाली हुन्। २०४४ सालमा राष्ट्रिय खेलकुद परिषदबाट नियुक्ति लिएर उनी अञ्चल–अञ्चल घुमेका थिए। पहिलो पटक तेक्वान्दोको प्रशिक्षकका रुपमा जुम्ला पुगेर प्रशिक्षण दिएका गोर्खाली ६ वर्षदेखि मिचिगनमा छन्। नेपालमा १०औं हजार मान्छेलाई तेक्वान्दो सिकाएका उनी पनि नेपालको खेलजगतमा भएको भेदभावपूर्ण व्यवहारले अमेरिका पलायनको बाटो रोजेको बताउँछन्। तर उनी अमेरिका आएपछि पनि तेक्वान्दोको सानातिना कार्यक्रममा सहभागी हुन भने भ्याएकै छन्। तर उनको जीविकोपार्जन भने तेक्वान्दोबाट होइन वालमार्टको क्यासियर भएर भइरहेको छ। नेपालको तेक्वान्दो खेलाडीहरु वास्तवमा एक्स्ट्रा अर्डिनरी खेलाडीहरु हुन्। तर अगाडि उल्लेख गरिएकाबाहेक अधिकांश खेलाडीहरु आफ्नो पेसालाई थाती राखेर अन्य क्षेत्रमा काम गरिरहेका छन्। आर्थिक पक्षलाई छाडेर उनीहरु कहिल्यै सन्तुष्ट हुन सकेका छैनन्।

कराँतेतर्फ अमेरिकामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु
नाम, पद तथा प्राप्त पदक
थानेश्वर राई, चिफ कोच, ६ डान
समर गोले, किक बक्सिङमा नेपालबाट पहिलो पटक वर्ल्ड च्याम्पियन, एसियन मेडलिस्ट
आनन्दु लामा, नेपाल कराँते महासंघका महासचिव
मकेन्द्रबहादुर सिंह, किक बक्सिङमा साफ मेडलिस्ट
सरोज भट्टराई, अन्तर्राष्ट्रिय रेफ्री
जनक सुवेदी
धनराज घिसिङ
प्रेम लामा
राजेश सुब्बा
शान्ता थोकर
बीरबहादुर कुँवर

अमेरिका आएका कराँतेका खेलाडीहरुमध्ये न्युयोर्कमा शान्ता थोकरले आफ्नै स्वामित्वको इन्टरनेसनल मार्सल आर्टस् एसोसिएसन सञ्चालन गरेका छन्। तर यिनलाई पनि यो पेसाले आर्थिक रुपमा सन्तुष्टि दिलाउन नसकेका कारण ट्याक्सी चलाउन बाध्य छन्। अन्य खेलाडीहरुले आप्रवासी भएसँगै आफ्नो नेपालको खेलाडी भन्ने पहिचानलाई त्यति प्राथमिकतामा राखेको पाइएन।
तर यस विषयमा थानेश्वर राईको कथा भने बेग्लै छ। ब्रुसलीको सिनेमा हेरेर कराँतेका लागि अग्रसर भएका थानेश्वर राई नेपालमा २६ वर्ष लगातार प्रमुख प्रशिक्षक थिए। ५ वर्ष कराँते महासंघको अध्यक्ष र ४ वर्ष नेसनल स्पोर्टस् काउन्सिलको तालिम तथा प्रशिक्षण विभागको डाइरेक्टरसम्म भएका थानेश्वर राईले अमेरिका बसाइँको एक्स्ट्रा अर्डिनरी कानुनी मान्यता त पाए तर यिनले नेपालको स्तरको काम नपाउँदा सेभेन इलेभेनमा काम गर्नुपरेको बाध्यता सुनाउँछन्। सन् २००७ मा लास भेगासमा कराँतेको ठूलो कार्यक्रममा भाग लिन अन्तर्राष्ट्रिय रेफ्री सरोज भट्टराई र यिनी आएछन्। परिस्थितिबस यिनीहरु बाल्टिमोर पुगेका बखत वर्तमान अवैतनिक राजदूत प्रेमराजा महतसँग भेट भएपछि उनकै ‘प्रेरणा’ले अमेरिका ख्यालख्यालमै बस्न पुगेको उनी बताउँछन्। काम नै नपाउने हो कि भन्ने डरले राईले नेपालमा बनाएको आफ्नो पहिचान रोजगारदातालाई बताउन पनि सक्दैनन् र थाहा पाएर कामबाट निकाल्ने हो कि भन्ने डर पनि उनलाई छ। आफ्नो थानेश्वर राईको नेपाली अस्तित्व जोगाउन अझै पनि उनी बेलाबेलामा न्युजर्सीको नेवार्क सिटीका स्थानीय क्लबहरुमा गएर कराँतेको प्रशिक्षण दिने काम गर्दछन्।

फुटबलतर्फका अमेरिकामा रहेका खेलाडीहरु
राजन रायमाझी
देवनारायण चौधरी
दीपक अमात्य
उमेश प्रधान
राजकुमार श्रेष्ठ
दीपक राना मगर
बसन्त थापा
प्रलय राजभण्डारी
प्रशान्त गिरी
उमेश मास्के

उल्लेखित खेलाडीहरुको सूची हेरेपछि महसुस हुन्छन् कि यति १० जनामा अर्को एक जना फुटबल खेलाडी थपिने हो भने एउटा फुटबल टिम नै अमेरिकामा बन्न सक्दो रहेछ। तर विडम्बना, अमेरिकामा आइपुगेका नेपाली फुटबल खेलाडीहरु कसैले पनि आफ्नो पेसालाई निरन्तरता दिन सकेको पाइएन र भनौं भने कुनै फुटबल खेलाडीले त फुटबल नछोएको पनि धेरै भइसकेको रहेछ।
विभिन्न समयमा साफ गेमलगायत ओलम्पिक छनौटमा समेत पटक–पटक नेपालबाट बढी गोल गर्न सक्ने खेलाडी तथा बेस्ट पर्फमेन्सको पदवी प्राप्त गरेका राजन रायमाझीले भने सौखका रुपमा हप्तामा एक पटक फुटबल खेल्ने समय चाहिँ निकाल्ने गरेका रहेछन्।

भुटानमा आयोजित प्रेसिडेन्ट कप र सिक्किममा आयोजित गभर्नर्स गोल्डकपमा भाग लिएका राजन रायमाझी सन् १९९७ को ‘ए’ डिभिजन लिगमा बेस्ट पर्फमेन्स र हाई स्कोरर भएपछि एकाएक चर्चामा आएका खेलाडी हुन्। उनलाई अमेरिका पलायनका बारेमा प्रश्न गर्दा उनी भन्छन्– नेपालको हकमा फुटबल खेल जवानीका लागि मात्र खेल्ने खेलजस्तो देखियो। भविष्य सुरक्षित नदेखेपछि अमेरिका आइयो। नेपालमा छँदाखेरि नै फुटबल खेलेर खान नपुगेपछि हिमालयन बैंकमा जागिर खान पर्ने बाध्यता भयो। हाल बसन्त थापा र राजन रायमाझीको परिवार फ्लोरिडाको वेस्ट पार्ल्म बिचमा बस्छन्। उनीहरु मुलुकको अवस्था देखेर नेपाल फर्कने सोचमा छैनन् भने रायमाझी हाल क्यासिङ र मनिग्रामको काम गर्दछन्। अझ मिल्यो भने उनी आफ्ना मातापितालाई समेत अमेरिका नै ल्याउने सोचमा छन्।

ब्याडमिन्टनतर्फ अमेरिकामा रहेका नेपाली खेलाडीहरु

पशुपति पनेरु
सुमिना श्रेष्ठ
प्रकाश राना
बलराम थापा

ब्याडमिन्टनका खेलाडीहरुमा पशुपति पनेरुले आफ्नो नेपालको पेसालाई राम्रैसँग अमेरिकामा अँगालेको पाइयो। धनगढीमा स्थायी घर भएका पनेरु विभिन्न खेलहरुमा प्रतिस्पर्धा गर्दै सन् २००१ मा ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगिताबाट ब्याडमिन्टनबाट नं. १ खेलाडीका रुपमा परिचित हुन पुगेका थिए। नेपालमा मेन्स सिंगलमा १२ पटक पहिलो भएका पनेरुले २५ वटा जति अन्तर्राष्ट्रिय म्याच खेलिसकेका छन्। पाकिस्तान र श्रीलंकामा भएको एसियन गेममा तेस्रो स्थान हासिल गरेका पशुपति पनेरु विश्वभरिका ब्याडमिन्टन खेलाडीको गणनामा १६०औं स्थानमा उनी परेका थिए।
सन् २००८ मा अमेरिका आएर बसेका उनलाई पलायनको विषयमा प्रश्न गर्दा भन्छन्– आफ्ना देशका लागि ब्याडमिन्टन खेले पनि मेरो दर्जाको मान्छेले चुलो बाल्ने वातावरण बनेन नेपालमा। म खेलाडी छँदा स्पोर्टस् काउन्सिलमा मैले जागिर पाइनँ तर राजनीति गरेर हिँड्नेले त्यहाँ जागिर पाउँछन्। २५/३० वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएँ तर खान पुग्ने पैसा कमाई कहिल्यै भएन, राज्यले कहिल्यै सोचेन हाम्रो बारेमा।

भावुक मुद्रामा उनी थप्छन्– राज्यले मेरा लागि खर्च गरेको हो तर बाँच्न सकिएन, नेपालमा ब्याडमिन्टन खेलेर। अहिले अमेरिकाको बोस्टनमा मगस ब्याडमिन्टन क्लबमा कोच छु, म त्यहाँ सिकाउँछु। अहिले म सन्तुष्ट छु। मलाई पुग्ने पैसा क्लबले दिएको छ।

त्यसै गरी बक्सिङतर्फ, विजय डंगोल (भर्खरै मात्र आइपुगेका), सुशील पोखरेललगायत अमेरिकामा नै छन् भने भारत्तोलनका लालबहादुर आयर पनि यतै छन्। त्यसै गरी सुटिङ खेलकी निलम खड्का पनि न्युयोर्कमै छिन्। धावक नरबहादुर दहाल लामो समय सन् १९९६ देखि न्युयोर्कमै छन्। उनी सन् १९८० मा मस्कोमा आयोजित ओलम्पिकमा १० हजार मिटर दौडेर राष्ट्रिय कीर्तिमान राखेका खेलाडी हुन्। लामो समयदेखि न्युयोर्कस्थित एउटा कुरियर कम्पनीमा जागिरे उनले बैकुण्ठ मानन्धर, टीका बोगटी र श्याम राईसम्मलाई नेपालमा प्रशिक्षण दिएका थिए। अमेरिका पलायनको विषयमा यिनको पनि एउटै मत छ– स्पोर्टस् काउन्सिलमा राजनीतिकरण हुन थालेपछि गरौंला–सकौंला जस्तो भएन, घरमा चुलो धुवाउन गाह्रो पर्‍यो अनि अमेरिका आइयो।
त्यसै गरी उसुतर्फ चन्द्रमान लामा र श्रीमती बिना खड्का लामा भर्जिनियामा बस्छन्। चन्द्रमान लामा नेपालका उसुका सिनियर कोच हुन्।

नेपाली खेलजगतका अर्का चम्किला तारा एथलेटिक्सअन्तर्गत ज्याभलिङ थ्रोका माहिर खेलाडी खुर्सिद अहमद खान पनि खेलाडीकै हुलमा मिसिन अमेरिका आइपुगेका छन्। नेपालको प्रतिनिधित्व गरेर गएका पाँच वटा साफ गेमहरुमा चार वटामा काश्य र एउटा रजत पदक प्राप्त गरेका खान आईटीसी खेलहरुमा पनि काश्य पदक विजेता हुन्। नेपाली ज्याभ्लिङ खेलाडीहरुमध्ये उनले आठौं साफ काठमाडौंमा फ्याँकेको ७० मिटर ४३ सेन्टिमिटरको रेकर्ड आजसम्म कसैले तोड्न सकेको छैन। अमेरिका आएको ९ महिना मात्र भएछ यिनी पनि। सरकारी संरक्षण नपाएपछि र भविष्यप्रतिको चिन्ता अनि सन्तानको भलाइका लागि अमेरिका आएका रहेछन्।नेपालको नमस्कारले पेट भरिएन अनि अमेरिका भासियो भन्छन् खान। तर, यहाँ पनि त्यति सजिलो त भएको छैन भनेर असन्तुष्टि व्यक्त गरे उनले।

यो अवस्थालाई हेर्दा नेपालमा राज्यले एउटा खेलाडीलाई वास्तविक रुपमा खेलाडी बनाएर प्रस्तुत गर्नु भनेको खाली आप्रवासी बनाउने बाटो खोलिदिनुजस्तो देखिन गएको छ। एउटा खेलाडी उत्पादन गर्नु कठिन काम हो, जहाँ श्रम, पसिना, पैसा र समयको खर्च भएको हुन्छ। त्यसैले अब पनि राज्य पक्ष यस विषयमा गम्भीर नदेखिने हो भने नेपालको खेलजगत् आगामी दिनहरुमा नाम मात्रको हुने जोखिम छ।

लेखक अमेरिकाबाट प्रकाशित विश्वसन्देश पाक्षिकका प्रधान सम्पादक हुन्

44 Comments

  1. बसन्त थापा र राजन रायमाझी अमेरिका को फ्लोरिडा वेस्ट पाल्म beach मा छन् र लिकुओर स्टोरे मा काम गरि खुशी छन् र साथी हरु पिर गरु पर्दिन हो

  2. बसन्त थापा त जर्मनी मा छन् अमेरिका मा होइन साथी.

  3. देश को माया नगर्ने को होला , नेपाल मा खेलेर खानु पुग्दैन, विदेश नगई के गर्नु, जान परिवार हुन्छा केटा केटि लाई सिछ्या दिछ्या दिनै पर्यो , नाम कमायो दाम भने छैन, के गर्नु विदेश नगई..

  4. खेलाडी हरुलाई भने जस्तो सुबिदा र महत्वो न दियापछी उनीहरुले पनि के गरुन , सधै भरि खेत , बारी र घर बेचेर देशकोलागी भनेर खेली रहन को सक्छा र ?

  5. पैसा का प्यासी हरुका लिस्ट लै त्यति ध्यान दिइन मैले, तीन करोड नेपाली मा इनीहरुको नाम र दाम केहि न केहि अवस्य थियो, तैपनि तिमि हरु लै पुगेन, राज्यले जति सक्छ उति दिने हो, दाम कै लग्ही खेलजगत्लाई तिलान्जली दिने खेलाडी नेपाल लै चाहिन,,कालो गय गोरो औछन् ,,

  6. नेपाल मा खेल क्षेत्र को कुरा गर्ने हो भने देश ले खेलाडी लाइ होइन खेलाडी ले देश लाइ बढी लगानी गरेको हुन्छ | नेपाल मा खेलाडी को भबिस्य के छ र ? कति चाप्लुसी गर्नु पर्छ परिषद को जागिर खान र बचाउन | यौटा सच्चा स्वाविमानी खेलाडी लाइ त्यहाँ बाच्न कति गाह्रो हुन्छ | यदि सोर्स फोर्स छैन भने केहि हुने वाला छैन | दीपक राज गुरुङ जस्ता भ्रस्ट कुहिएका पदाधिकारीहरुको जमात ले भरिएको खेलकुद परिषद ले कहिले पनि खेलाडी को हित मा काम गर्दैन | अहिले हेर्नुस दिपक बिष्ट लाइ च्यापेर कारबाही गर्दै छन् | किन

  7. लेखक ले लेख्नु भएको
    राम्रो छ तर भखर अमेरिका आएको लाई ,समेतन समेत सकेको छ ,
    तर boxing को पुरानो खेलाडी तथा प्रसिख्यक केहि लाई बिर्सिनु भयो
    म आफु पनि नेपाल को boxing को काच थिए २००४ मा अमेरिका आए
    १० वर्ष नेपाल मा काच मा काम गरे
    तेस्तेई मनोज बहादुर श्रेष्ठ १० एसियन गमेस कोरिया मा कास्य पदक जित्ने पनि
    १९९६ देखि येही अमेरिका मा छ ,अर्को प्रकाश धर तुलाधर पनि अमेरिका मा छ .
    नेपाल भन्न्दा अमेरिका मा अवसर पाउने तथा नेपाल मा नाता बाद कृपा बाद र
    चाकरी गुर्नु पर्ने .भएको ले अमेरिका मा आए .
    लेखक ले अझ सोद खोद गरे मा अरु खेलाडी पनि छ ,कत्ति को त मलाई नाम नेइ थाहा छैन , तेस्तेई सुनिल चौधरी vollybal को राष्ट्रिय खेलाडी पनि अमेरिका छ ,धन्यवाद .

    • आफ्नो नाम आएन भनेर कम्मेन्ट गरे भैहाल्यो नि ,किन अरु हरु को नाम लिनु पर्ने ,ध्रुब ?????? न्युयोर्क को लेखक सम्पादक भएको साधारण पत्रिका मै निस्की सकेको यो लेख मा मेरो नाम पनि छापेकोले मैले लेखक लाई संशोधन गर्ने भनिए पछी छापिएको लेख मा तिमि ध्रुब किन जान्ने सुन्ने हुनु पर्ने?????

  8. हिजोमात्रै अष्ट्रेलियाको प्रतिष्ठित दैनिक ‘सिड्नी मर्निङ हेराल्ड’ मा एउटा लेख प्रकाशित भएको थियो। न्यूजिल्याण्ड सरकार आफ्ना देशका धेरै दक्ष जनशक्ति अष्ट्रेलियातिर लागेकोमा चिन्तित रहेछ। न्यूजिल्याण्ड आफैमा अति सुन्दर र सम्पन्न राष्ट्र हो। दक्ष कामदारहरूले त्यहाँ राम्रै आम्दानी गर्छन्। तर अष्ट्रेलियामा अझ धेरै अवसर देखेर धेरै जना यता आउँदा रहेछन्।

    यता अष्ट्रेलियाको पनि आफ्नै चिन्ता छ। यताका पनि धेरै दक्ष जनशक्ति युरोप र अमेरिकातिर पलायन भएका छन्।

    यस्ता विकसित राष्ट्रका राम्रा जनशक्ति त अझ राम्रो अवसरको खोजीमा बाहिरिँदा रहेछन् भने हाम्रोजस्तो मुलुक जहाँ आधारभूत आवश्यकताको लागि संघर्ष गर्नुपर्छ, न गरीब भएर बाँच्न सजिलो छ न धनी भएर नै, अनि जहाँ हरेक क्षेत्रमा अति राजनीतिकरण छ, त्यस्तो अवस्थामा नागरिकहरू विदेशिनु स्वभाविक हो।

    विदेशिएका नागरिकलाई गाली गरेर र ‘देशको माया नभएका’को पगरी गुथाएर मात्र समस्याको समाधान हुँदैन। नेपालमा बस्ने सबै ‘देशप्रेमी’ र विदेश बस्ने सबै ‘घोर अवसरवादी’ भन्ने सोच गलत हो। नेपालका खुमबहादुर वा गोविन्दराजभन्दा युक्रेनका उपेन्द्र महतो बढी राष्ट्रवादी हुन्, नेपालका शम्भु थापालाई भन्दा बेलायतमा बस्ने सूर्य सुवेदीलाई नयाँ संविधानको चिन्ता छ, अनि नेपालमै बसेर ‘पत्रकारिता’ गर्ने ॠषि धमलाभन्दा प्रवासमा बसेर कलम चलाउने विजय पौडेल नेपालको बारेमा बढी सोच्छन्।

  9. क्रिकेट खेलाडी बरदान चालिसे नि येताई हुनु हुन्छ ..वहा ले राम्रै ठाउँमा पढाई पुरा गर्दै गरेको र क्रिच्केट पनि खेलेको सुनेको थिए…

  10. आज भन्दा ठिक यक बर्ष अगाडी काठमाडौँ को एरपोर्ट मा नेपाली कराते का हस्ती आदरणीय थानेश्वर राई दाजु सित अनौपचारिक अन्तर्वार्ता लिदा उहा को देश पार्टी को माया र खेलकुद पर्तिको लगाव देखेर मा निकै खुसि भएको थिए. उहा हरु भाध्यता ले देश लै छोडे पनि देश पर्ति को कर्तव्य बिर्सनु भएको चाही छैन है. नेपाल मा हालीमुहाली गरेका खेल पदाधिकारी हरु भन्दा उहा हो अहिले पनीको सक्रियता तेब्बर छ .
    युत्युब मा राखिएको उक्त अन्तर्वार्ता को असम्पादित अन्सा हेर्दा पनि मन निकै खुसि हुन्छा
    लिंक http://www.youtube.com/watch?v=OLSI3dwBn4Q

  11. बिधान लामालाइ नेपालले थुप्रै दिएको छ ! बिधान लामाको परिवार पहाडबाट काठमाडौँमा झर्दा खेरि ब्रिटिश एम्बसी लैनचोर अगी गुठि देवताको जग्गामा टहरा बनाएर बसेका थिए ! पछी त्येही सबै जग्गा गुठियारलाइ नै पुजा गर्न नदिएर बिधान लामाको बुबाले त्यो जग्गा हदब गरे!लाजिम्पाट टोलको सबै मानिसलाइ थाहा छ !पछी दरबार कै सोर्स फोर्स लगाएर त्यो जग्गाको लालपुर्जा पनि बिधान लामाको परिवारले निकाले! जुन जग्गाको मोल अहिले ६ करोड पर्छ! सोउथ एशियामा कसैलाइ पनि कोरियामा तौकन्दोको छातबृति नदिदा नेपाल सरकार सरद चन्द्र शाहले नै बिधान लामालाई कोरिया पठाए!
    त्येसले मेडल पनि पाये!. जुब नेपालले सबै दिए पछी नेपाल आमालाइ नै लात मारेर अमेरिका गये! खोइ अमेरिका गएपनि त्येही पालेको काम महिनाको हजार दल्लर जाबो जागिर त हो! जे नेपालमा ठगे चोरे पाए ! के बिधान लामाले त्येत्रो लाजिम्पाट करोडको जग्गा अमेरिकामा किने?

    • कंहा खेलको कुरामा परिवार र व्यक्तिगत इर्श्या किन? गर्यो त गर्यो, यो
      डंगोललाइ के को जलन? यसरि सानो कुरामा पनि देशबासीले
      टोलेहरूले नै लात मार्न थालेपछि नेपाल कसरि सप्रन्छ?
      थुक्क मोरो अरुले गरेको खाएको देखेर जलने, खरानी भैजावास|

    • राजेशजी , किन विधानलाइ मात्र देखिबक्सेको हजुरले? उसले त अलम्पिकमा नेपालको सर्बप्रथम पदक हासिल गरेको हो| लाजिम्पाथको भएर हजुरलाई अझ गर्व हुनपर्ने हैन र? हजुरलाई थाहा छ काठमान्डूमा मात्र जग्गा हडप गर्ने कति छन्?
      हिज हडप गरेर र मोही बनेर पाएको मोहियानीले करोडौ कमाउनेहरुको गन्ति गर्ने काममा कसलाई फुर्सद छैन| हजुरको नीचपना देखिएको छ र यँहा कमेन्ट
      गर्नेहरुले हजुरको निम्नस्तरको कमेन्टको भर्त्सना गरेंन भन्दैमा हजुरको
      कुरो ठीक हुने हैन|

    • हिजो अस्ति त माकुने लाइ गालि गर्ने हरुको त भिड नही हुन्थ्यो माई सन्सार मा , अब येका एक माकुने लाइ मन पराउन थाले जस्तो छ रेड लाइट हेर्दा त ?

  12. मेरो खेल जीवनको एउटा तितो अनुभव :
    मैले पनि खेलकुदलाई नै एउटा पेशा बनाउने उदेश्यले ५/७ वर्ष कंराते क्षेत्रमा लागे | प्रतियोगितामा भाग लिने क्रममा मेरो दाहिने हातको कान्छी औंला फ्याक्चर भएर उपचारको लागि रास्ट्रिय खेलकुदकै डा.अजय रानाको सिफारिशमा बिर अस्पतालमा उपचार गरेर उपचार खर्च खेलकुद परिषदबाट लिने क्रममा मेरो चेकमा हस्ताक्षेर गराउन ५०औ पटक धाउदा पनि असफल भए पछी उक्त चेक नै त्यहिको कर्मचारीलाई फ्याकेर हिडेको …………..
    सो औलाको उपचार फेरी बि. एण्ड बि.अस्पतालमा डा.बास्कोटा बाट आफ्नै खर्चमा गराए पनि उक्त औला अहिले पनि चिसोमा कहिले काही दुख्ने अझ भनौ भने यी हरफहरु टाइप गर्दा पनि दुख्ने नेपाली खेलजगतको अमुल्य चिनो साचेर ….
    सन २००० मा भारतको गुजरातमा भएको अन्तराट्रिय कराते प्रतियोगितामा आफ्नै खर्चमा गएर नेपालको तर्फबाट सोर्ण पदक प्राप्त गर्दा पनि भारतमा जति हाम्रो इज्वत गरियो नेपालमा उल्टो आफ्नो खर्चमा किन गएको भनि हप्काई खाइयो ….
    भक्तपुरमा भएको दोस्रो राष्ट्रिय रेफ्री तालिम पास गरेर पनि प्रमाण पत्र हात लाउन नसकेको …
    खेलाडीलाई आउन जान भनि हेलिकप्टरको भाडा लिएर खेलाडीलाई बस र हिडेर लगेको …..आदि इत्यादी यस्ता थुप्रै तिता अनुभव बोकेका नेपालका खेलाडीको सामु यो पलायनको बाद्धेता हो रहर भने पक्कै होइन |
    अमेरिका आउदैमा देशको माया नै मारेको हो कि भन्ने सोच चाही नाराखौ कि ? यसो गरे कसो होला ? भौतिक शरीर जहाँ भए पनि मन त नेपालमा नै छ नि हो !

  13. बाच्न को लागि मान संम्मान को साथ मा पैसा पनि चाहिन्छा, अझ राष्ट्र मा चिनीए पछी उसको जीवन सैली स्वाभाविक रुपमा अलिक खर्चिलो हुन पुग्छ ….तर हाम्रो देशमा कसलाई फुर्सत छर,खेल र खेलाडी प्रति ध्यान दिनलाई. / यहाँ त खेल मा राजनीति ,नाताबाद र कृपाबाद, अनि नेताबाद, यस्तो माहोल मा खेलाडी को भबिस्य कसले सोच्ने, खेलाडी खेल खेलोस कि बिहान बेलुकाको छाक टार्ने कुरा सोचोस् ,,,,, एउटइ विकल्प बैदेसिक रोजगार जानु बाहेक…… जब सम्म निस्पक्ष खेल समिति र उत्तरदाइ सरकार हुदैन तब सम्म यस्तै होला हाम्रो खेल जगत……….

  14. यो कुरा भन्न र सुन्न नराम्रो लागे पनि नेपालमा बाच्न कि त कुनै राजनीतिक दलको नेताको मान्छे हुनुपर्छ या त दादागिरी देखाउन सक्नु पर्छ| यदि यो दुवै समूहमा नपर्ने हो भने देश छोड्नु नै उचित छ| नेपाल छोड्ने नेपालीले खुसि भएर आफ्नो देश छोडेका होइनन| काम गरेर खाने बाताबरण नभए पछी कसरि नेपालमा बस्ने? फेरी आफ्ना सन्तानको भबिस्य पनि त सोच्नु पर्यो नि! ठुला ठुला राजनीतिक दर्शनका कुरा मात्र गरेर आफ्नो समस्या समाधान हुदैनन्! यति हुदाँ हुदैं पनि कुनै व्यक्ति नेपालमै बस्न चाहन्छन भने उनको देशप्रेम प्रति को त्यो महान विचारको म सम्मान गर्दछु| खेलाडीहरुले लिएको अमेरिका जाने निर्णय त्यसैले ब्यबहारिक छ|

  15. नाम जपेर बस्नु साथी, इनिहरु त पैसा कै लागि अमेरिका तिर लागे

  16. के गर्ने विजय जी, अहिले हाम्रो देशको अवस्था खेलाडीहरु बस्ने सक्ने छैन यहाँ मात्र यो, उ, त्यो विभिन्न बहानामा सर्बसाधारण नेपाली नागरिकलाई पेल्न सक्ने पेलाड़ी चाहिएको छ … आशा गरौ कुनै दिन हाम्रो नेपाल देशको अवस्था सुध्रिने छ र प्रबासी हुन् पुगेका हाम्रो सबै दाजुभाई दिदीबहिनीहरु रमाउदै आफु देश फिर्ने छन्…

  17. कोही बाध्यताले हानिन्छन्, कोही रहरले; तर पनि नेपालमै जेनतेन चलिरहेछ भने किन हानिनु परदेश ? माथिको विवरण पूर्णरूपमा पढ्न पनि मन नलागे, वा भनुँ एककिसिमको नमजा लाग्यो । तर पनि विवरणलाई सरसर्ती नियाल्दा बाध्यताभन्दा रहर वा पैसाको भोक नै बढी देखिन्छ । नेपालमै बसेर पनि केही गर्न सक्नेहरू, अझ केही नामदाम कमाएहरूसमेत यसरी विदेश पलायन हुन थालेपछि … खै के भन्नु ! अझ विदेश पलायनको कारण देशको राजनीतिक अस्थिरता, भेद्भाभाव आदिलाई मात्र दोष दिने ‘आवाज’ भएकाहरूलाई त झन के नै पो भन्नु र खै !

    • पुष्प जी ,नमस्कार विदेश पलायनको बिषयमा तपाई को कम्मेन्ट हेर्दा अलि सहानुभूति लाग्यो नेपाल आमा लाई| तर तपाई ले बाध्येता भन्नु भएको ले केहि लेखौं जस्तो लाग्यो |बाध्येता केमा पर्यो भने मलाई छोरी पढ्न अमेरिका आइन, मास्टर डिग्री पढ्न पैसा धेरै जाने भयो ,त्यसकारण ग्रीन कार्ड आबेदन दिएँ र छोरी ले बर्ष को अमेरिकी $ ४०००० सुबिधा पाउने भएँ,त्यो पनि पढ्न को लागि | तपाई नै भन्नुस देश लागि त खेलकुद मा लागेर गोर्खा दछिन बाहु नपाए पनि निरन्तर योगदान गरेको नेपाल आमा को छोरा ले अमेरिका बाट अतिरिक्त क्रियाकलाप बाट आबेदन दिएर ग्रीनकार्ड आबेदन दिन नपाउने ???? तर लेखक साथी ले खेलाडी को साथै पत्रकार र माओबादी पिडित साथी हरु को पनि भीड लाई उल्लेख गर्नु भएको भए अलि सुहाउँदो लेख हुने थियो कि ????

  18. one another football player name is missing, Ramsaran Chettri who played from friend’s club and also went to play from Mahindra and Mahindra, Bomaby’s football club. He went USA last year. just imagine this is the list of players who are in USA, and many more talented player have left nepal

  19. only for the servive also players rapidly leaving our country , goverment should look after them.

  20. The intent of the article is bad. Why only athletes, there are several professionals staying in America such as actors, professors, doctors, engineers and so……….so. It is unfortunate that our country has too much politics in every sector, and we only know to blame on others. At least these players decided to work hard rather than staying in Nepal and be corrupt officials.

  21. As per application seeking for the license pursuant to sub-section (2) of section 8 of excise duty act and rule 4 of excise duty regulation 2059, this license has been issued to produce/purchase/sell/export/ import/store or to provide service of excise duty bearing with the terms to be followed following conditions. The alcohol transact doer must be abide by the alcohol act。

  22. येस्तई हो साथि, नेपाल मा बस्न लाई त अरुको डमरुको ताल मा बुलाहा बाँदर भएर नाच्न जान्नु पर्ने रहेछा. मानब भएर बाँच्न त गारो भै सकेको बेलामा आफ्नो बुद्दी ले बाँच्नु त पारो नी.

  23. नेपाली चलाचित्त्र जगत जस्तो सारा नेपाली ले चिन्ने अनि आफ्नो दाल भात पनि लगभग जुटाउन सक्ने हरु त ७५% अमेरिकामा आफ्नो सुन्दर भाबिस्येकोलागी संघर्स गर्दै छन् भने खेलाडी बिचरा काचो चना र एउटा उसिनेको अन्डा को भर मा साफ खेल खेलेर देशको इज्जत राख्छन अनि पाउछन जलप लगाको मेडल र जिप मा राखेर घाटी भरि माला लगाएर नगर परिक्रमा भबिस्य खोइ???उनीहरुको पनि घर परिवार हुन्छ सुन्दर सपना हुन्छ अनि भबिस्य हैन र???कुनै विदेश मा खेल्न जानु पर्र्यो भने खेलाडीको खेल्ने छ्येमता हैन कुन चाहि को पावर छ उ छानिन्छ अनि खेलाडी भन्दा पदादिकारिको हुल दोब्बर विदेश घुम्ने मौका को लागि तेस्तो खेल छ्येत्त्र मा तपाई लेखक स्वोयेम भए पनि बस्न सक्नु हुनेथियेना तेसैले बिचरा हरुले गरेर खाको किन रिस गर्नु हुन्छ?????

  24. Data collection त राम्रो छ | यस्तै गरि नेपाल को Pension प्राप्त सचिब स्तर महानुभाव हरु को (जो हाल अमेरिका मा retired life बिताई राख्नु भएको हरु ) पनि data राख्नु भए अझै राम्रो हुनेथियो कि? जागिर हुदा राष्ट्र को अथाह कुम्लाएको सम्पति अमेरिकामा खनाउने लाई केहि नभन्ने, बिचरा खेलाडी लाई, जो आफ्नो सिप ले विदेशिएको लाई राष्ट्र ले यो गर्यो उ गर्यो भनि आलोचना गर्नु त्यति सान्धर्विक देखिएन |

  25. अर्को कुरा काट्नु भन्दा पहिले आफु चै कहाँ हो साथी ? तपैचाई कुन कामले अमेरिका बसाई हो , तियो पनि थाहा दिया राम्रो हुनथ्योकी कसो साथी सत्य अलि तितो हुन्छ भन्छन | के गरुन त खेलाडीले नेता आफै खेल को मैदान मा छन् , मैदान त खाली गर्दिनै पछ नी खेलाडी,को नेता जस्तो बुद्धिमा बिर्को लागेका छैनन् ,|उनीहरु को पनि भबिस्य छ ,| अमेरिका बसेका हुनाले दाल भात को समस्सिया त कम्तिमा छैन |

  26. तय बसे र के गर्ने देश ले कुनै क्षेत्र मा पनि बिकाश गरेको होइन , तय कोइए पनि सुरचित छैनन्. उनीहरु को की दोष chaina

  27. लेखक लाई धन्द्यबाध येसरी बेला बेला मा विदेश मा बस्न्नी फरक फरक छेत्र का नेपाली हरु को खोजमुलक समाचार दिने गर्नु भएका बिजय पौडेल .तपाई को कार्य को प्रसंशा गर्ने पर्छ सबै मिलेर .

    डा.कृष्ण सिंह बम

  28. नेपाल मा खेलेर बाच्ने स्थिति नभए पछी क गरुन त ,बिचार राष्ट्र का गहना हरु !

  29. अब यो ग्लोबलैज़शनको जमानामा पनि के को यो देश र उ देश ? जोगी ले भनेको पनि थिकहो, मान्छे को जात जहाँ सुबिधा र अवसर पौन्छा त्यहाँ जान्छा हाम्रा बौबजे हरु पनि कति ठाउँ बसी सर्दै सर्दै नेपाल को कुन गाउँ पख सहर पुगेका हुन्, आफ्नो पारिबारिक इतिहास थाहा भएका हरुलाई जानकारी होला, नभए भुझ्नु होला/ अब कुरा आयो देश को लागि केहि गर्ने भन्ने कुरा/ यो पनि अर्को चिप्लो कुरा हो सबैले आफ्नो छामता र अबसर अनुसार गर्दा देश को लागि योगदान हुने हो/ तर आफ्नो बिगारेर कसैले केहि गर्दैन. आज सम्म जति खेलाडी, कर्मचारी, शिछक, नेता, डाक्टर, इन्जीनीयार छन् सबै पहिले आफ्नो नाम र माम को लागि कम गर्दा गर्दै र उपलब्ध अवसर उपभोग गर्दै गरेका हुन्, नकी अरु गरेर/ तेसैले येस्मा बडो ठुलो दुख मान्नु पर्ने कुरा छैन, बरु यथार्थ बुझ्नु जरुरि छ/ भाबबेश लै छोडेर! मेरो भन्नु तेत्ति हो अहिले लै/ आँफु पनि राम्रो अवसर मिले हिदिन्छा विदेश तिर, नपरेर हो अझ सम्म/ ढाट्ने किन र?

  30. के गर्ने नेपालमा खेलाडीको भोबिसेनै हुन्न अनि बिदेसमा जानु पर्दैन त?पहिला मपनि फूटबल खेलाडी नै हो आज भोलि मा पनि पैसाको कोलागी अफघानिस्तान मा सेकुरिटी को कम गर्दै छु थ्रीस्तर र त्रिभुबन कलब बाट पनि खेलेको छु

  31. उहाहरु मध्ये कति जना त खेल खेल्न आउदा भागेर अथवा प्रशिछानको लागि आएर अमेरिकामा देशको नाम बेचेर ‘पोलिटिकल asylum’ apply गरेर ग्रीनकार्ड लिएर बस्नु भएको छ भने कति जना त illegally बस्नु भएको छ | देशले उहाहरुको लागि खेलक्षेत्रमा गरेको लगानी उहाहरुबाट जफत गर्नुपर्छ |
    र येहीकुरा कलाकारहरुको केसमा पनि लागु हुनु पर्छ

    • नेपाल मा खेल क्षेत्र को कुरा गर्ने हो भने देश ले खेलाडी लाइ होइन खेलाडी ले देश लाइ बढी लगानी गरेको हुन्छ | नेपाल मा खेलाडी को भबिस्य के छ र ? कति चाप्लुसी गर्नु पर्छ परिषद को जागिर खान र बचाउन | यौटा सच्चा स्वाविमानी खेलाडी लाइ त्यहाँ बाच्न कति गाह्रो हुन्छ | यदि सोर्स फोर्स छैन भने केहि हुने वाला छैन | दीपक राज गुरुङ जस्ता भ्रस्ट कुहिएका पदाधिकारीहरुको जमात ले भरिएको खेलकुद परिषद ले कहिले पनि खेलाडी को हित मा काम गर्दैन | अहिले हेर्नुस दिपक बिष्ट लाइ च्यापेर कारबाही गर्दै छन् | किन?

  32. कुरा सुनेर दुख लागेर आयो ,तर गर्ने के देशलाई खेलाडी ,कलाकार,बैज्ञानिक भन्दा पनि युथ फोर्स,बाइ सी यल,फोरम ,तरुण दल ज्वालासिंह समुह आदि मा काम गर्ने ,ठोक भन्नासाथ ठोक्ने ,दिमाग लाइ सकभर पार्टी अफिस मै छोडेर हिड्ने जन शक्ति चाहिएको छ |

  33. यी त खेलाडी मात्र अमेरिका गएको भयो /
    अरु डाक्टर, nurse , engineer , scientist , प्रोफेस्सोर पलाएन कति भए कति भए / अब देश मा karina begam jasta CDO kutne ko मात्र habi hola jasto cha…यी त अमेरिका ko मात्र भयो , संसार भरि कति भासिए कति भासिए..

    एउटा डाक्टर उत्पादन गर्न लाइ देश लाइ २० लाख lagcha .. ra कति पाए सरकारी schlorship खाएर भासिए … .

    भासिने क्रम जारी छ …मधेश टुक्रिने क्रम पनि जारी छ../ nepal टुक्रिने क्रम पनि जारी छ..
    जात जति को आधार मा सासन चल्ने क्रम पनि जारी छ….

    नेपाल अब सिक्किम , bhutani कारण हुने क्रम पनि जारि छ…

    पशुपति ले नेपाल लाइ के बचौना सकलन र ?

  34. तपाई हामीले पनि हाम्रा बाबु बराजुले हलो जोतेर पढाए पछि सानदार अफिसमा काम गर्छौ | फेरी हलो जोतन त जादैनौनी | तेस्तै हो यो पनि | आ आफ्नो कर्मको फल | जे होस् आफ्नो देस सम्झिनुको साथ साथै देसको निम्ति केहिन केहि गरि राखेकै रहेछ केरे |

  35. खै के भन्ने आफ्नै हाल यस्तो छ …आफु बलियो भय पछि देशको लागि केहि गर्छु भन्ने सोचाई आउदो रैछ तर समय गुज्रे को पतै नहुने सबैको हालत यस्तै हो जस्तो लाग्छ यी सबै मा देशको लागि भनेर सधै सोचाई पक्कै छ ढिलो चाडो मात्र हो…किनकि प्राय सबै मधेम परिवार बाट आयका हरुलाई गर्न तेती सजिलो पक्कै छैन ,….पहिले आफ्नो स्थिति सुधार पछि अरु …

  36. के गर्नेता बाबुहो नेपाल्मता नेता हरु को मात्र दिन रहेछा.च्हपलबाट शुरु गरेर पजेरो, बलेरो र private प्लेन किन्न सक्छन ति नेता हरु, जस्तै जोशी,थापा,तारारनाव्हत ,बारा बर्षसम्म राज गरेका र मन्त्रि हरु.तिनी हरु लै अख्तियार ले नाम लिए तरकेहि गर्न सकिएन.हुनत अख्तियार क मतियार हरु पनि पाएता hasurchhan .तेसैले खेलाडी साथी हरु त्यो पापी पेट र परिवारको लागि vaye पनि तो lawless country छोड्नु राम्रै हो.

Comments are closed.