निराश भएनन् नेपाली फ्यान

south korea fan राजनीतिमा सहमति नजुटेर निकास ननिस्के झैँ विश्वकपको पहिलो दिनको खेलमा पनि कुनै जित दर्ता नभई बराबरीमा टुंगिएको खेल हेरी बस्नु परेका नेपाली दर्शकहरुलाई दोस्रो दिनका खेलले भरपूर मनोरञ्जन दियो।

एसियाली देश भएकै नाताले पनि दक्षिण कोरियालाई समर्थन गर्छन् नेपाली दर्शकहरु। त्यसमाथि दक्षिण अफ्रिकामा भइरहेको विश्वकप २०१० को पहिलो विजेताका रुपमा युरो कप च्याम्पियन भइसकेको ग्रीसलाई २-० ले शानदार ढंगले कुल्चन सफल भयो रेड डेभिल। २००२ मा सह आयोजकका रुपमा सेमिफाइनलसम्म पुगेको दक्षिण कोरियाको जित यति एक पक्षीय हुन्छ भनेर शायद कसैले चिताएका थिएनन् होला।

नेपालमा म्याराडोना र म्याराडोना कै कारण मात्र समेत अर्जेन्टिनाका फ्यान बन्नेहरुको संख्या निकै ठूलो छ। यी फ्यानहरु खेलमा जित-हारको मतलब गर्दैनन्- मात्र खेलमा समर्थन गर्छन्। तर कडा चुनौति प्रस्तुत गरेको नाइजेरियालाई फराकिलो अन्तरले पराजित गर्न नसके पनि अर्जेन्टिनाले जित भने दर्ता गर्‍यो।

१९९४ मा लागू पदार्थको सेवन गरेको आरोपमा विश्वकपबाट बाहिरिएका म्याराडोनालाई यस पटक फ्यानहरुले प्रशिक्षकको भूमिकामा देखेका थिए। प्रशिक्षणको अनुभव नभएकोले अर्जेन्टिनाको विश्वकप यात्रा कठिन हुनसक्ने भनी हुँदै आएको आलोचनाविपरीत अर्जेन्टिनाले विजयी यात्रा सुरु गर्‍यो। यो यात्रा म्याराडोनाको नाङ्गो यात्रासम्म पुग्ने हो कि हैन, त्यो भने समयले देखाउने छ। (विश्वकप जिते सनकी म्याराडोनाले नाङ्गै दौडने वाचा गरेका छन्)


दक्षिण कोरियाका गोलकर्ता पार्क जी सुङ। फोटो सौजन्यः टोकसुएडे

आउँदो बिहीबार समूह बीका दुवै विजेता टिम दक्षिण कोरिया र अर्जेन्टिनाबीचको खेलमा भने नेपालीहरु विभाजित हुनेछन्। एक पक्षले परम्परागत रुपमा अर्जेन्टिनाको साथ छाड्ने छैनन् भने एसियाली भएको नाताले केहीले दक्षिण कोरियालाई समर्थन गर्नेछन्।

इंग्लिस प्रिमियर लिगका दर्शकहरु भएको कारण नेपालमा इंग्ल्यान्डका समर्थकहरुको पनि ठूलो समूह छ। एक पटक विश्वकप उचालिसकेको इंग्ल्यान्ड त्यसपछि भने सँधै अभागी टिमका रुपमा रहिआएको छ। खेलको चौथो मिनेटमा नै कप्तान स्टेफन जेर्राडको गोलले अग्रता लिइसकेको थियो इंग्ल्यान्डले। तर मध्यान्तर अघि गोलकिपर ग्रिनको गल्तीले गोल खाएपछि उसलाई अमेरिकाले बराबरीमा रोक्यो। इंग्ल्यान्डका समर्थकहरुलाई इंग्ल्यान्ड विश्वकपमा अभागी टिम हो भन्ने थाहा छ। उनीहरु अब अर्को खेलमा राम्रो नतिजाको आशा गर्न सक्छन्।

अमेरिकाका डेम्पसीले २५ यार्ड टाढाबाट बायाँ खुट्टाले हानेको प्रहारलाई रबर्ट ग्रीनले छेके, तर समाइ बलियो भएन र बल फुत्केर जालीतर्फ बढ्यो। जतिबेला ग्रीनले त्यसलाई चाल पाई रोक्न खोजे, त्यतिबेला अबेला भइसकेको थियो।

दक्षिण कोरियाका गोल

अभागी इंग्ल्यान्ड

अर्जेन्टिना अघि बढ्यो

सबै फोटो सौजन्यः एपी

15 Comments

  1. अहिले यहाँ फुटबल भन्दा Lakers र Celtics बीच हुँदै गरेको एन.बि.ए. बास्केट बल फाइनलको चर्चा बढी छ 🙂

  2. फोटोहरु हेरे पछी त मलाई पनि कोरिया कै सपोर्ट गर्न मन लाग्यो. हेहेहे……

  3. नेपालीले अफ्रीकनहरुलाइ काले गरीब अशभ्य, मान्छेको मान्सू खाने नराम्र्रो दृष्टीले हेर्थे l नेपालीले अफ्रीकन भन्दा आफुलाइ सभ्य थान्ठे l अमेरिकामा कतिपय नेपाली केटी काले संग लसपस l साउथ अफ्रीका देशले वर्ल्ड कप गरेर बिस्वमा नै इज्जत बधायेका छन l हामी नेपाली फिल्म झै सपना जिंदमीमा देख्चओ l रालिटी जिंदगीलाइ भूजन प्रयशा कहिले पनी गर्दैन l चन्दा माग्ने , अरुको सम्पति लुट्ने , मेहनत कहिले नगर्ने हाम्रो नेपालीको बानी हो l नेपाली सवैलाइ राजनीतिक गर्नुपर्ने l जसले राम्म्रो गर्छ तएसको पुक्चर तानेर बिगार्ने नेपालीको बानी हो l देशमा कुनै योजना निति छैन l हामी भन्दा पछि परेका देशले योजना बनाएर बिस्वमा बिकाश गरी हिडेका छन l हामी संबिधान जस्तो खुसरो कागजमा नै अडकी बस्ने छन l सांति छेत्र गोशाना,एशिया माप दंड , नयाँ नेपाल, संबिधान, येस्तई बकबास आशा सपनामा नै नेपालीको जिंदगी बित्छ l देश गृहयुद्धमा धक्लेर तुक्र्रा टुकरा हुन लागेको वास्ता नगरी हाम्रा नेता चाही अरु देशले गरेको वर्ल्ड कप हेर्दै बस्ने l नेपाली अरुलाइ मुर्ख ठान्ने तर हामी आफै संसारै कई महामूर्ख अबिकसित बनी राखेको छ l नेपालमा रोजगार नपयेर कतिपय नेपाली अफ्रीकामा नै कुल्लीको काम गरी हिडेका छन l नेपाली डॉक्टरहरु पनी नेपालमा सुरछित हुन नसकेर अफ्रीकामा आएर काम गरी बसेका छन l

  4. हिजो अर्जेन्टिनाको खेल खासै राम्रो चाहि मलाइ लागेन | ‘मेसि’ को वाह वाह पनि केहि जमेन | त्यस्तै खेल्ने हो भने कोरियाले अर्जेन्टिनालाई बराबरीमा रोक्न सक्छ | मलाई त कोरिया अगाडी बढेको हेर्न मन छ |

  5. The US-England game was broadcasted live via ABC channel instead of ESPN as ABC is freely available and you need subscribe to ESPN via cable or sattellite service. Most of the popular games (for US viewers) are broadcasted via ABC instead of ESPN. http://abc.go.com/

  6. उसस…….अहिले चेक गरेको त रिक्याप भनेर अमेरिका र इंग्ल्यान्ड को गेम राखेको रहेछ …..अमेरिकाकै कारस्तानी पो रहेछ………बिचरा अमेरिकालाई आफु हार्छु भनेर श्योर थियो होला….अहिले बराबरीमा आएपछि चाही गेम राखेको होला…….

  7. अघि अमेरिका र इंग्ल्याण्ड बीच भएको गेम ई.एस.पी.एन. को प्रसारण बाट लाईव म्याच हेर्ने मिलेन……ई.एस.पी.एन ले खालि गेम्कास्ट मात्र देखायो……तर मैले त्यही स्ट्रिम बाट अर्जेन्टिना र नाइजेरियाको म्याच हेरेको थिए….अमेरिकालाई आफू हार्छु भनेर त प्रसारण बन्द गरेको हैन??

    • इ एस पी एन ले अमेरिका र इंग्ल्याण्ड मात्र को होइन अरु धेरै खेल पनि live streaming गर्दैन. त्यो schedule मा गएर हेर्दा हुन्छ. सायद हार जित भन्दा पनि ब्यापारिक कारण ले गर्दा प्रसारण नगरेको होला. अब फोकट मा नै हेर्न मन छ भने धेरै साइटले फ्री मा live streaming गर्छ. येसो गूगल गर्नु नि. नत्र justin.com मा पनि streaming गर्छ तर खोज्नु पर्छ.

      • “अब फोकट मा नै हेर्न मन छ भने””-बरदान
        बरदान कति सम्म निच सोंच राख्ने रहेछ भन्ने था पाइयो ! अब देखि हामी संग कमेन्ट आदान प्रदान नगर्नु है मित्र ! स्तर मिल्दैन क्या !

        • प्रकाश जी हुन त मुख फर्काउन मन थिएन, तर पनि तपाईले मेरो विचारलाई निच भनि हाल्नु भो. अब तपाईले मलाई राम्रो भने पनि नराम्रो भने पनि मलाई फरक त पर्दैन तर यो मलाई अतिबादी सोच लाग्यो, अर्काको विचारको सम्मान गर्न सक्नु हुन्न भने त्यो बिचार लाई जित्ने राम्रो तर्क दिनुस न सबै को चित्त पनि बुझ्छ गलती गरिएको रहेछ भने माफी पनि माग्ने ठाउँ हुन्थियो तर यो मुढे बलको प्रयोग ले तपाई को नै credibility झर्छ. अरु त तपाई लाई नै बढी थाहा छ म जस्तो सानो मान्छे ले तपाई जस्तो मान्छे संग के तर्क बितर्क गर्नु. अनि रह्यो कुरा कमेन्ट आदान प्रदान को मेरो २, ४ कमेन्ट ले तपाईलाई अप्ठेरो पर्यो जस्तो छ, तर मैले गलत कुरा लेखेको जस्तो त लाग्दैन. अनि कमेन्ट आदान प्रदान नै नगर्ने हो भने प्रथम त तपाई ले नै कमेन्ट लेख्न बन्द गर्नु पर्ला, तपाई ले नै कमेन्ट नलेखे तपाई को कमेन्ट माथि कमेन्ट नआउने भै हाल्यो नि कि कसो?

          • @Bardan: I second your opinion. But justin.tv stops the transmission at times. I prefer myp2p.net p2p4u.eu and atdhe.net they are all good.
            @Prakash: The word Cheap is promounced “Cheap” but it actually means Smart. So, watching world cup free online is smart not cheap.

    • के वैयात कुरा गर्नुहुन्छ यो समिरजी!! अमेरिका लाई एस्तो एउटा खेल को हार-जीत को के को मतलब…..अझ अमेरिका मा धेरै मान्छेले फूटबल को मतलब नै छैन!! हावादारी कमेन्ट, र आफुले नजने कुरा मा कमेन्ट नै नगर्दा बेश

Comments are closed.