पिकनिकमा पुस्तकालयलाई सहयोग

खाँदबारी, संखुवासभास्थित बागेश्वरी उच्च माविमा पुस्तकालय स्थापनाको हामी सर्वसाधारणले थालेको अभियानका अपडेटहरु हामी यहाँ निरन्तर गरिरहने छौँ। सुओमी नेपाल सेउरा, सुअमालाइनेन नेपालीलाइनेन युह्डिस्तुसको साथमा एनआरएन-फिन्ल्यान्डद्वारा हेल्सिन्कीको सेउरासारीमा शनिबार आयोजित नेपाली पिकनिक कार्यक्रममा पुस्तकालयका निम्ति १०० युरो सहयोग रकम उठेको छ। करिब ६० को संख्यामा उपस्थित भएकाहरुसँग “तपाईंको एक युरो, नेपालको एउटा पुस्तक हुनसक्छ” भनेर कम्तिमा एक युरो रकम संकलन गरिएको थियो।

अपडेटः आज एउटा इमेलले हामी सबैको ह्रदय छोएको छ। दुबईबाट भुवन गुरुङले लेखेको इमेल अनुसार तीन दिनभित्र उनले आफूसँगै काम गर्ने साथीहरु मिलेर हामीलाई १२ हजार ३ सय ५१ रुपैयाँ ४५ पैसा पठाएका छन्। नेपालीमात्र हैन, भारतीय, फिलिपिनो बङ्गलादेश, पाकिस्तान आदि देशका गरी ५० जना साथीहरुले यसमा योगदान गरेका रहेछन्। तपाईँहरुको मनमा रहेको महान सहयोगी भावनालाई सलाम गर्न चाहन्छौँ र विश्वास दिलाउन चाहन्छौँ, पुस्तक किन्न तपाइँले दिएको रकम पुस्तक किन्नमै मात्र खर्च गरिनेछ। ढुवानी, यातायात सहितका अन्य खर्च हामी अभियानकर्ता स्वयंले व्यहोर्ने छौँ। पुस्तकालय स्थापना नभएसम्म यसबारे हामी निरन्तर अपडेट तपाईँहरुलाई गराइरहनेछौँ।

ग्रामीण विद्यालयमा शिक्षाको पूर्वार्वाधार राम्रो छैन। शैक्षिक सत्र सुरु भएको चार महिना बितिसक्दा ग्रामीण विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्दैनन्। हो अनि यो पनि यथार्थ हो कि ग्रामीण विद्यालयबाट परिवर्तन नथाली मुलुकको मुहार फेरिने छैन। केही फरक तरिकाले सोचौं। यो काम गर्ने समय हो। छिमेकी भारत र चीन विकासको बाटोमा यूरोप-अमेरिकालाई चुनौती दिने भइसके। तर तपाइँलाई थाहा छ ? नेपालका आधी मान्छे निरक्षर छन्। आर्थिक समृद्धिको आधार शिक्षा हो। त्यसैले हामीले थालेका छौं एउटा सानो अभियान आफ्नै तहबाट। खाँदबारी, संखुवासभास्थित वागेश्वरी उच्चमाविमा पुस्तकालय स्थापनाको हामी सर्वसाधारणले थालेको यो अभियानमा तपाइँलाई पनि निम्तो छ।

खाँदबारी-१२ स्थित वागेश्वरी उच्चमाविमा पाँच सय विद्यार्थी पढ्छन्। पाठ्यक्रमकै पुस्तक पाउन कठिन गाउँमा बाह्य पुस्तक पाउन झनै गाह्रो छ। हो राम्रा पुस्तक ज्ञानका प्राथमिक स्रोत हुन्। पुस्तक र पुस्तकालयको अभावमा नयाँ कुरा सिक्ने बालबालिकाको तिर्खा मरेर जाँदैछ। खाँदबारीका एकजना शिक्षासेवी रामबहादुर श्रेष्ठ र वागेश्वरी विद्यालयका प्रधानाध्यापक गोपाल निरौला गाउँका विद्यार्थीमा नयाँ विषयको ज्ञान भर्न चाहन्छन्। बालबालिकामा मर्दै गएको ज्ञानको तिर्खालाई जगाउन चाहन्छन्।

२०१५ सालमा स्थापना भएको बागेश्वरी विद्यालयमा पोहोरदेखि उच्चमाविसम्मको पढाइ सुरु भएको छ। शिक्षाशास्त्र संकायको पढाइ अहिले विद्यालयले गरिरहेको छ। छोरीलाई पढाउनु हुँदैन भन्ने सामाजिक मूल्य विपरित यो विद्यालयमा ६० प्रतिशत विद्यार्थी केटी छन्। अझ उच्चमाविमा पढ्ने ४१ मध्ये ३० जना केटी छन्। विद्यालयमा छिमेकी जिल्ला तेह्रथुम र भोजपुरबाट आएका श्रमिकका छोराछोरीको संख्या बढी छ। पुस्तकालय बनाउन सके विद्यार्थीले प्रतिस्पर्धात्मक विश्वमा आफूलाई बलियो बनाउन सक्थे भन्ने चाहना राखेका छन्-  शिक्षासेवी श्रेष्ठ तथा प्रधानाध्यपक निरौलाले। पुस्तकालय स्थापनाको हाम्रो अभियानमा यो पटक नायिका झरना बज्राचार्य पनि थपिएकी छन्। उनी पुस्तक जम्मा पार्न हामीसँगै हिँड्नेछिन्।  तपाइँ यो अभियानमा दुई तरिकाले सघाउनसक्नुहुन्छ- आर्थिक सहयोग गरेर तथा पुस्तक दिएर।

कस्ता पुस्तक चाहिएको हो त ?

·         कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि उपर्युक्त हुनसक्ने चित्रसहितका पुस्तक;
·         कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम तथा पाठ्यक्रमलाई सघाउने पुस्तक;
·         शिक्षकहरुका निम्ति साइन्स, कम्प्युटर, म्याथ लगायतका रेफरेन्स पुस्तक;
·         नेपाली, अंग्रेजी र हिन्दी साहित्यका पुस्तक तथा अनुदित बुक;
·         विश्वका महान व्यक्तिका जीवनी तथा प्रेरणादायक कथाका पुस्तक;
·         वैज्ञानिक आविष्कारबारे जानकारी दिने पुस्तक;
·         सामान्य ज्ञान, विश्व इतिहास र भूगोलसम्बन्धी पुस्तक

यी बाहेक विद्यालय तहका विद्यार्थीलाई उचित हुन्छन् भनी तपाइँलाई लागेका पुस्तक दिनसक्नुहुन्छ। पुस्तक नयाँ भए राम्रो। यहाँ भनिए जस्ता पुराना पुस्तक छन् भने पनि दिनसक्नुहुन्छ।

आर्थिक सहयोग

तपाँइसँग पुस्तक दिने परिस्थिति छैन भने पैसा दिएर सघाउन सक्नुहुन्छ। तपाइँले दिएको रकमले पुस्तकालयमा राम्रा पुस्तक किनेर हामी खाँदबारीको वागेश्वरी विद्यालय पुर्‍याउनेछौं। जम्मा भएको रकम र दाताको नाम माइसंसारमा अपडेट गर्नेछौं। पुस्तक किन्न तपाइँले दिएको रकम पुस्तक किन्नमै मात्र खर्च गरिनेछ। ढुवानी, यातायात सहितका अन्य खर्च अभियानकर्ता स्वयंले गर्नेछन्।

क्रेडिट कार्ड मार्फत पुस्तक रकम पठाउने पेपाल ठेगाना: [email protected] ,
चेक पठाउन चाहेमा:
Uttam Babu Shrestha,
76 Cross St. Apt. # 2, Somerville,
MA 02145, United States

अहिलेसम्म हाम्रो व्यक्तिगत सम्पर्कबाट २ सय जति पुस्तक जम्मा भएका छन्। थप पुस्तक किन्न अमेरिकाको बोष्टन बस्ने उत्तमबाबु श्रेष्ठबाट रु. ५००० र माइसंसारकी पाठक लुनाबाट रु १०,५०० (१ सय २० युरो) प्राप्त भएको छ। विद्यार्थीको शैक्षिक जीवन बदल्न सुरु भएको यो अभियानमा तपाइँ पनि साथ दिनसक्नु हुन्छ।

ब्लग प्रकाशित भइसकेपछि आएको सहयोग-
पूर्ण गुरुङमार्फत, मकालु एनआरएन युनिटी संखुवासभा-१, दुवइ Rs. 17,370/-
लारा, वेलायत 10,000/-
प्रेरणा बम्जन, ग्रामीण पुन:निर्माण संस्था (RRN) Rs.5000/
दिलीप योगी USD $15
विनोद चापागाइँ मार्फत्, नेपाली एकता समाज,
उल्सान, दक्षिण कोरिया 10,000/-

सन्ध्या नेपाली, इजरायल, 11,175/-
अज्ञात, टेलिकम कार्यालय, भद्रकाली, सीडीएमए शाखा, Rs. 1500/-
दूर्जेया चेतना USD $30
हरिसचन्द्र र सोविता घिमिरे, ओहाइयो USD $30
सुमन प्रसाद श्रेष्ठ, मेरील्यांड USD $200
शशांक लामा, न्युयोर्क Rs. 10,002/-
बसन्त थापा, मेरील्यांड USD $100
प्रविन खड्का USD $20 with PayPal
भुवन गुरुङमार्फत् दुवइका दाताहरुबाट प्राप्त Rs.12,351/-
राजेन्द्र महर्जन, USD 51 with PayPal
कौशल्या श्रेष्ठ, टेलिकम कार्यालय, भद्रकाली, सीडीएमए शाखा, Rs. 1005/-
गोमा खनाल, इजरायल Rs. 5000/-
फिनल्यान्डबाट अज्ञात Euro 25
भक्तपुरे, माइसंसार पाठक, Rs.5000/-
संदीप अधिकारी, नेपाल दूरसञ्चार प्राधिकरण, Rs. 1500/-
किरण काफ्ले USD 20
भानु राज भट्टराई USD 135
पदम गुरुङ, जापान Rs. 7500/-
समीर रेग्मी USD 20.50
प्रकाश श्रेष्ठ USD 25
प्रज्वल बराल USD 30
विपिन खड्का USD 25
स्वाति पौड्याल (सुनील पौड्याल मार्फ़त) USD 20
प्रमोद पौडेल USD 15
बिजय रेग्मी USD 20
डोमा लामा £30 GBP with PayPal
प्रमोद पौडेल $15 USD with PayPal

पुस्तक सहयोग गर्नेहरु
Rabindra Mishra, BBC Nepali Sewa, 10 books
Binita Dahal, Gothatar, KTM 20 books
Chanki Shrestha, Bhaktapur 8 books
Ramesh Khanal, Clean Energy Development Bank, math exercise book
Bikram Limbu/Rabin Siwakoti, Anamnagar, 20 books
Richa Bhattarai/Sewa Bhattarai, Kritipur 14 books
Kausalya Shrestha, NTC Head Office, CDMA Branch 60 books
Sushila Budhathoki, Bansbari, KTM 100 books
Diwakar Neupane, Thimi, Bhaktapur 500 books
Sunil Regmi, Orbit MBBS, Putalisadak 40 books
Laxmi Rayamaji, Teenkune 25 books

Book Transportation Help
Mahesh Pandey, Adventure Kathmandu Club, Lainchaur

जुन महिनाको अन्त्यसम्ममा पुस्तक लिएर खाँदबारी पुग्ने हाम्रो लक्ष्य छ। काठमाडौ, ललितपुर र भक्तपुर हामी पुस्तक लिन आफैँ आउनेछौं।

काठमाडौमा सम्पर्क गर्नुहोस्
स्याटेलाइट [email protected] मोबाइल: 98510 32213
कृष्ण ढुङगाना [email protected]  मोबाइल: 9841 540019
उमेश श्रेष्ठ [email protected]

पोखरामा
सचिन 98460 59388
विजय 9846163330

सबैको मंगल होस्।

यी लिङ्क पनि हेर्नुहोस्:

डोकोमा ज्ञानको पोको, पूरा भयो पुस्तकालयको धोको

आफ्नै शैलिको नयाँ वर्ष  -रवीन्द्र मिश्र (कान्तिपुर दैनिक)

नयाँ वर्षमा पुस्तक उपहार


यस्तो छ वागेश्वरी उच्चमावि



विद्यालयमा केटी विद्यार्थी बढी छन्।

84 Comments

  1. लभ भन्ने चिज एस्तो हो कि साँच्चिकै मान्छेलाई अन्धो बनाउछा यो आमाछोराको कुरा बाट थाहा पाउनु हुनेछ /
    आमा:- धिक्कार छोरा तैंलेत कस्तो बुहारी ल्याइस हँ ? अलकत्रा भन्दा कालो, आँखापनि दुवैटेड़ो,दांतपनि सबैकिराले खाईसकेको, टाउकोको केसपनि धमिराले
    खाको ठुटो जस्तो, तेरो मति बिग्र्यो हैन ?
    छोरा:- आमा बिस्तारै नभनेर जोडले भनेनी हुन्छ क्या उनले कान पनि सुन्दैनिन

  2. हामी केहि अफघानिस्तान मा कार्यरत नेपालीले पनि खाँदबारी संखुवासभा बागेश्वरी उच्चमाबी मा भएको सुगम कार्यलाई सहयोग गर्न मन लागेको थियो साथै हामीले मेरो संसारलाई ईमेल पनि गर्योउ कसरि हामीले त्यहाँ सहयोग पुर्याउन सक्छौ भनेर तर मेरो संसारले केहि जवफ नदिंदा हामीलाई दुख लग्यो

  3. पुस्तक पढ्नु जीवनलाई उज्यालो बनाउनु हो
    उज्यालो जीवनले प्रकाश प्रदान गर्छा
    त्येही प्रकाशले भ्रस्ट नेताहरुलाई सखाप पार्छ
    म पनि मेरो गाउँमा नाम मात्रको पुस्तकालय नभई काम दिने पुस्तकालय कसरि बनाउन सकिन्छा भनेर सोच्दै छु, कुनैपनि काम गर्दा प्राबिधिक अनुभब चाहिन्छा
    सर्ब प्रथम त मैले पुस्तकालय कसरि चलाउने हो भनेर बुझ्नु पर्छा, साथीहरु त्येस्तो कुनै त्रैनिंग लिने निकाय छ?

  4. यस्ता पढ्नै नसकने, बुझनै नसकिने expression “सेउरा, सुअमालाइनेन नेपालीलाइनेन युह्डिस्तुसको” बाट पैसा लिनु भन्दा त नालिकेकै बेस. बरु यिनेहरुले कति दिएका हुन् म दिन्छु. कृपया उनीहरुको offer reject गर्न मिल्छ कि?

    • कुकुर लाई घी पच्दैन भने को अहे हो,(औल्तोपुल्तो) किन राम्रो काम गरे को मन नपर्ने कून जन्तु आए छ यहा पैसा धेरै छ भने किन यहा कमेन्ट गरे रहे को खुरुक्क देये भै हाल्यो नी.

      • पूर्ण जी,
        माथि फर्केर नथुकेकै बेस हुन्छ, आफैलाई छिट्टापर्छ । कुनै पनि राम्रो कार्य गर्दा यस्ता खुट्टा तान्नेहरु प्रशस्त भेटिन्छन । तर यति चै बुझ्नुपर्छ जब जब यस किसिमका मानिसहरु सलबलाउछन, सफलता झन झन नजिक हुन्छ ।
        अनी अटोपाइलट जी ती संस्थाले कार्यक्रम आयोजना गरेका हुन, आधिकारिक रुपमा चन्दा दिएका होइनन । हामी सम्पुर्ण फिन्ल्याण्डबासी नेपालीबाट आएको हो ।

  5. यस्मा पनि MY SANSAR का पाठकहरुले vote गर्नु हुन्छ की? एस्मा तपाईले पैसा वा किताब donate गर्नु पर्दैन| vote गरे पुग्छ|यो पनि Nepal को लागी हो|

    Website चाहि यो हो:
    http://www.betterworldbooks.com/voting.aspx

    यो organizationलाई Vote गर्नु होला:
    Rural Education and Development (READ) Global

    READ Global would use $20,000 to bring literacy to 12,000 villagers in rural Nepal.

    यो organizationको बारेमा जान्नलाई http://www.readglobal.org
    मा जानुहोला

    • मैले त झन नेपालमा Library खोल्नको लगी यो organization लाई vote गर्नुहोला भनेर पोस्ट गरेको त| के खालको मुर्ख मान्छेहरुले मन नापरउनु भएछ| तपाईहरु जस्तो ले देश बिकाश गर्नु हुन्छ | मन नापरउनु अघि एसो पढेर मात्र मन नापरएको भये त हो | थाहा छ यो organization ले २० वर्ष देखि नेपालको लागि काम गरिराखेको छ| त्यो पनि Bill & Milenda Gates Foundation बाट Fund पाएर|

      धन्यबाद

  6. To start or to establish something is always easier compared to its continuity and efficient sustenance. I hope you guys have good plan for the continuous sustenance of the library on one hand and at the same time enliven all the doner’s aspirations !!
    Keep up the good work !
    Best wishes.

  7. जहिले पनि हत्या हिंसा अपहरण र सत्तालिप्तको खेल र काहानीहरुले मात्र रंगिने पत्रिका र वेबसाईडहरुमा अज भिन्न खालको समाचार पढ्न पाईयो त्यो पनि आफ्नै जिल्लाको । मानिसको पहिलो आधारभुत आवश्यकता शिक्षामा सहयोग पुर्याउने उधेस्य ले सबैले सहयोग गरेको पढ्न पाउँदा त झन खुशी भयो मन । बडो राम्रो काम , हामी पनि यसमा हातमा हात राखेर यस कम मा सहयोग गर्न चाहन्छौ।हामी ”मकालु प्रवासी एकता समाज संखुवा- सभा यु ए ई,,ले पनि केही हप्ता भित्र मा निर्णय गरी सहयोग उपलव्ध गराउने छौ। हामीलाई रकम कहाँ र कसरी उपलब्ध गराईदिने बारेमा जानकारी दिनु होल , र सम्भव भए भुवन गुरुङ जीको मेल आईडी र टेलिफोन नम्बर पनि उपलब्ध गरै दिनु भए आभारी हुने थियौ धन्यवाद ।

    ”मकालु प्रवासी एकता समाज संखुवा- सभा यु ए ई

    Email – [email protected]/[email protected]

  8. जहिले पनि हत्या हिंसा अपहरण र सत्तालिप्तको खेल र काहानीहरुले मात्र रंगिने पत्रिका र वेबसाईडहरुमा अज भिन्न खालको समाचार पढ्न पाईयो
    त्यो पनि आफ्नै जिल्लाको । मानिसको पहिलो आधारभुत आवश्यकता शिक्षामा सहयोग पुर्याउने ईरादाले सबैले सहयोग गरेको पढ्न पाउँदा त झन
    खुशी भयो मन । बडो राम्रो काम हामी पनि यसमा हातमा हात राखेर यस कामको सहयोग गर्न चाहन्छौ।हामी ”मकालु प्रवासी एकता समाज संखुवा- सभा यु ए ई,,ले पनि केही हप्ता निर्णय हुनेछ ।
    ”मकालु प्रवासी एकता समाज संखुवा- सभा यु ए ई

  9. जहिले पनि हत्या हिंसा अपहरण र सत्तालिप्तको खेल र काहानीहरुले मात्र रंगिने पत्रिका र वेबसाईडहरुमा अज भिन्न खालको समाचार पढ्न पाईयो
    त्यो पनि आफ्नै जिल्लाको । मानिसको पहिलो आधारभुत आवश्यकता शिक्षामा सहयोग पुर्याउने ईरादाले सबैले सहयोग गरेको पढ्न पाउँदा त झन
    खुशी भयो मन । बडो राम्रो काम हामी पनि यसमा हातमा हात राखेर यस कामको सहयोग गर्न चाहन्छौ।हामी ”मकालु प्रवासी एकता समाज संखुवा- सभा यु ए ई,,ले पनि केही रकम सहयोग गर्नेछौ ।सहयोग रकमको बारेमा July पहिलो हप्ता निर्णय हुनेछ ।

    ”मकालु एकता प्रवासी समाज संखुवा-सभा यु.ए.ई.,,

  10. great job is done.congratulation for all of the the team who helped to stablish the liberary in such a rural area.
    Thanks so much all.

  11. Ma sanga kehi school level ko used books chhan, testa books hunchha ki hudaina hola? Hunchha bhane ma pack garchhu ni ra aaru pani khojchhu ni.

    • किरणजी,
      हंगकंगमा पनि यस्तो कार्य भएको हो सायद तपाइले थाहा पाउनु भएन होला।
      गत बर्ष हंगकंगका कबि भोगेन “एक्ले” ले करिब १०० किलो पुस्तकका ठेलाहरु आफ्नो गाउँ दिक्तेलको लाइब्ररी स्थापानाका लागि निजि पहल साथै हंगकंगका महाबाणिज्यदुत तथा नेपाल एयरलाइन्सको सहयोगमा नेपाल पुर्याएर राम्रो काम गरेका छन्। फरक यति हो, उनको कामको चर्चाको माध्यम कम भो होला।

      बास्तवमा, अमेरिकी नागरिक जोन उडको “माइक्रोसफ्टदेखि बाहुन डाँडासम्म” पढेपछि यी तन्नेरी अभियन्ताले यो कामको थालनी गरेका हुन्। मैले पनि २१ किलो बराबरको बालबालिकाको लागि रंगिन पुस्तकहरु दिएकी थिएँ। जानेसम्म हंगकंगका पत्रकार देवराज राई र उनका अभिन्न मित्र अमोद राईले पनि पुस्तक संकलनमा प्रसस्त सहयोग पुर्याएका थिए। त्यस्तैगरि,पन्सेटिया प्राईमरी स्कूलका गणेश ईजम र,लिटिल बड किण्र्डरगार्टेनका धन थापाले पनि धेरै पुस्तकहरु दिनुभएको थाहा छ।

  12. डोकोमा ज्ञानको पोको लिएर फेरी गाउँ छिर्दैरहेछन स्याटलाइट! यो समेत यिनले तीन उदाहरणीय काम गरेका छन। माइसन्सारको भित्तामा शाब्दिक बाण हानेर उधारो देशप्रेम देखाउने बग्रेल्ती भेटियो, दुबइका निम्न आय भएकाहरुले आफ्नो गच्छे अनुसार किताब किन्ने पैसा दिइसके। बेलायत र अमेरिकामा बस्नेहरुले दर्शन मात्र नछाँटेर अब दामपनि अलिकति झार्ने की! गरीबी निवारण र साक्षरता अभियानमा लागेका स्याटलाइट जस्ता युवापिढिलाई होस्टेमा हैँसे गर्नेबेला भएन र ? मेरो तर्फबाट रु १०००० दशहजार। स्याटलाइटजीले यथशिघ्र यो रकम पाउनु हुनेछ।

  13. यो ब्लग प्रकासित भए पछि मैले पनि येहा मा संगै काम गर्ने सबै नेपालीसाथि हरु संग मिलेर अलिकति केहि गर्न सकिन्छ भनेर थोरै भए पनि सबै जना संग चिया खान राखेको पैसा भए पनि जम्मा गर्ने विचारले ३ दिन को पुस्तकालय सहयोग अभियान चलाए/ काम बाट बचेको २/४ मिनेट मा जतिलाई यो बारे भने सबैले सहयोग गरे र सबैले मैले मागे भन्दा बढी नै दिनु भयो अहिले सम्म जम्मा ५० जनाले सहयोग पनि गरे अनि सहयोग गर्ने मा नेपाली मात्र होइन मा संग काम गर्ने अरु देस भारत, फिलिपिन्स, बंगलादेस र पाकिस्तान को साथि हरु पनि छन् /
    उनीहरुले समेत तपाईहरुको कामको प्रसंसा गरेका छन/ राम्रो कामको लागि भएर होला सबैले सके जति खुसीले सहयोग गरेका थिए/ अझ समय अलि कम्ति भएको ले साथिहरुको सल्लाह बमोजिम अरु साथि हरु भएको ठाउमा पुग्न सकिन/
    आज सम्म थोरै थोरै रकम जम्मा गर्दा पनि नेपालि १२,000 रुपया भन्दा बढी जम्मा भएको छ र भोलि सुक्रबार मेरो छुट्टी भएकोले भोलि नै त्यो रकम तपाई हरु माझ पुर्याउने बाचा गर्दछु/
    सन्सार बदल्न एक्लैले सक्दैन जसको लागि सबैको साथ् चाहिन्छ र हामि येहा काम गरि रहेका सबैले मिलेर अलिकति भए पनि सहयोग गरेर तपाईहरूले थालनी गर्नु भएको काममा साथ दिने प्रयास गरेका छौ र भबिस्यमा पनि राम्रा काम हरुको लागि सहयोग गर्न तयार रहेको जानकारी गराउन चाह्न्छोउ/
    अन्त्य मा म संगै agilitylogistics Dubai ( DIP branch) मा काम गर्ने सबै साथि हरुलाई पनि मेरो पनि धन्यबाद ,राम्रो काममा सहभागी भै दिनुभएकोमा भएकोमा भएको मा/

    • भुवन जी
      Namaskar
      धेरैराम्रो
      कामगर्नु
      भ​एकोमा
      यहालाइ
      कोटि कोटि
      धन्य वाद छ​

  14. Nepal ma jaba samma education system change hudaina, taba samma futeko kaudi pani dinna. nepal ko education ‘baluwa ma pani’ bhanne thah huda hudai pani paisa dine? ma ta dinna ra yo abhiyan kunai halat ma safal hudaina. bideshi le kati paisa dinchan, khoi ta kehi bhayeko? Nepal ma education engineer doctor accountant kasaile kam pauna sakeka chhainan. Nepal ma padhera pani kehi kam chaina. padheka nepali le Nepal ma k nai garna sakeka chhan? testo education system ma jasto sukai kitab padhe pani nepali haru goru nai rahanchhan.

    • सरी मोहनजी कस्तो कुरा गर्नु भएको / तपैले सत्य बोल्नु भयो हार्दिक धन्यवाद कुरा के भने मन नलागे किन माईसंसारको पेज र महत्वपुर्ण हज्र्को समय बर्बाद गर्नु हुन्छ ? एकातिर शिक्ष्या प्रणाली दोषी देखाउने अर्कोतिर यो प्रयास कदापी सफल हुँदैन भन्ने ?
      एल. बी. थापा

    • यो मोहन को हो ? यसले के गरेको छ नेपाली शिक्षा क्षेत्रलाई अनि माइसन्सरको पुस्तकालय अभियानलाई ?@ र यत्रो चुरीफुरी ! तिमीले कौडी नदिँदैमा पनि यो बन्छ। तिमी नजन्मिँदा पनि यहाँ केही भइरहेको थियो। तिमी जस्ता तथाकथित बुज्रुक मरेपछि पनि यहाँ केही भइरहनेछ। सिस्टमलाई दोष दिएर राम्रो काम गर्न लागेकाहरुलाई निरुत्साहित गर्ने यो दानवीय सोचको भण्डाफोर गर्नैपर्छ साथिहरु। बाँदरले आफ्नो घर पनि बनाउँदैन अरुको पनि बन्न दिँदैन भनेको यही हो।

      • यस्ता मोहन जस्ताले नै गर्दा देश उँभो नलागेको हो | खाना नपाएको मानिसलाई स्वास्थ्यबर्द्धक खानाको भाषण छांटे जस्तै हो मोहनको कुरा ! तलबाट बगाएर माथि खोज्नु पर्ने मानिस रहेछन ….

  15. sarba pratham त धन्यवाद झरना जी र यस्तो राम्रो कामको निरन्तरता को लागि शुभकामना. yo pangu makune ko sarkar le pani सिक्छाकी त. gauma अस्त कति school छन् जहाँ kitabai begar pani पद्छां school क नानी haru ले,

  16. म यस अभियानमा १०० वटा मेरा किताबहरु उपहार दिन चाहन्छु. जसको मुल्य १५००० रुपया पर्छ. यो सानो उपहारलाई सुइकर्नु होला.
    मैले मैल बाट सम्पर्क राख्ने र किताब लिने बारेमा लेखि सकेको छु. माई संसार को अभियानको लागि मुरी मुरी धन्नेबाद छ. यसो सर सहयोग नै बास्तबमा देश प्रेम र बिस्कश को नया प्रयोग हो.

    हस्त गौतम मृदुल

    • मिर्दुल्जी
      तपाइको प्रयासलाई धेरै धन्यवाद / थोपा थोपा गरेर नै घडा भरिन्छ / बगेस्वोरिको कार्यक्रमलाई तपैन्को प्रयासले अर्कोपनि मन छुन्छ कि / स्याटेलाइट , कृष्णजी, उमेशजी भोलाजी तथा स्कूलका संचालक श्रेष्ठजी सब धन्यवाद का पात्र हुनुहुन्छ /
      धन्यबाद
      एल. बी. थापा

  17. यस महान काममा आफू अलिकति भएपनि संलग्न हुनपाउदा खुशीको अनुभव भइरहेको छ । अरु मित्रजनहरुलाई पनि यस महान काममा संलग्न हुन अनुरोध गर्दछु । आश गरौ, हाम्रो सानो सहयोगले ति सुदुर बस्तिमा, ति कलीला मस्तिस्कमा ठुलो भिन्नता ल्याउने छ । प्रतक्ष्य रुपमा लाग्ने मित्रहरुलाई बधाई छ यस्तो सद्कार्यको लागि ।

    प्रज्ज्वल बराल ‘प्रबल’
    अष्ट्रेलिया

  18. You are doing the best. I am very very unhappy to say that our Nepal government are just busy on how to make stable there seats only. Now we ‘Janta’ have to step on these kinds of good stuffs for the future. Of course, I am also going to donate. Thanks MySansar

  19. राम्रो कामगर्नु भएकोमा धन्बाद /म पनि किताब सहयोग गर्न चाहन्छु .तर कसरि गर्ने ?
    सबैको सहयोग मिलोस तपैलाई सुभकामना /

  20. अत्यन्तै खुसि लग्यो … सपना बिपना मा परिणत भए जस्तै 🙂

  21. मेरो गाउको स्कुलमा पुस्तकालयको लागि सहयोग गर्दैहुनुहुंनछ भन्ने सुनेर ज्यादै खुशी लाग्यो मैले पनि केहि रकम अबस्य दिन्छु /

  22. शब्द र प्रसंसाको भोगी त सबै हुन्छन तर किन यस्तो नकारात्मक सोचाई हो प्रसंसा प्रति ? मन भएका धन नभएका प्रतिको आक्रोस हो यो ?

  23. कमेन्ट मा आउनु भयका साथी हरु नबिन थपलिया र ramesh जी मेरो पुरानो हि मा बि का साथी हरु जस्तो लाग्छा
    मा चाही हरि हाल होंग कोंग मा

    • हरि जी म चाँही तपाईंले भनेको होइन अर्कै रमेश परें , हालसम्म सङ्खुवासभा जाने अवसर पाएको छैन, तर जाने धेरै इच्छा छ ।
      Ramesh Khanal

  24. शिक्षाप्रद पुस्तकले मार्ग देखाउछ / उदाहरणको लागि ‘ सोच ‘ ‘ प्रतिभाको खोजि ‘ आदि पुस्तकहरु सबैले पढ्ने मौका पाएका हुदैनन् ( आर्थिक – भौगोलिक कारणले
    पनि अबरोध खडा गरिरहेको हुन्छ – शिक्षाप्रद पुस्तकहरु सबै सबै किनेर पढ्न गार्हो नै हुन्छ – पहाड बिकट तिर पुस्तक पुग्न सकेको हुदैन बाटोघाटो को कारणले )/
    थोपा थोपा मिलेर नै गाग्री भरिन्छा , पोखरी – तलाउ भरिन्छ /
    शिक्षा को तिर्खा मेट्न पुस्तकालयले मद्दत गर्छ / एउटा किताब – दुइटा किताब हुदै
    धेरै जम्मा गरेर पुस्ताकालय खोल्न तपाइँ हामि सबैको साथ् चाहिएको छ खादबारी
    १२ स्थित बागेस्बरी उचामाबी लाइ / आउनुहोस हातेमालो गरौ यो पुन्य अभियान मा /
    आफूलाई जे जस्तो अनुकूल पर्छ त्यहिँ हिसाबले सहयोग गरौ /
    हामि संग पक्कै पनि आफूले पढी सकेका किताब हुन्छन नै , त्यो दिएर या पुस्तक
    किन्नको लागि माद्दत गरेर हुन्छ , जे जसरि सकिन्छ त्यसरी नै मद्दत गरौ /
    पुस्तकालय स्थापना अभियान लाइ क्रमश : रुप दिदै जाउ ( एबम रितले अन्य ठाउ
    हरुमा पनि यो अभियान जारि राखौ ) /

    • लुना जी! नाम सुनेर विचार गलत भन्ने हरुको पनि जमात बढेछ नि!! एस्तो पबित्र विचारलाइ पनि नकारात्मक भन्ने हरु को संख्या देख्दा म छक्क परे!!

  25. ओहो ! खादबारी ! २०४६ सालको जनान्दोलन पश्चात म सायद २०४७ सालमा खादबारी गएको थिए \ पहाडको काखमा अबस्थित यो रमणीय ठाउ अनि गोलो आकारको खादबारी बजार अनि जनताको माया पाएको ठाउ कसरि बिर्सनु \मेरो जिबनको एक पाटो दाजु मन्जुल संग गित गाउदै नाच्दै गर्दा जनताको त्यो हर्स,तालि,नाच मा कसरि बिर्सन सक्छु र अनि अहिले सानो सहयोग गर्ने मौका पाएकोमा कसरि मुख फर्काउन सक्छु र ! २० वर्ष अगाडी तालि बजाउने,नाच्ने,हर्सले उफ्रने ति भाइबहिनिको आखाका नानीहरु, ति युवाहरुको नातिनातिनीहरु,बुढा बुढी बाबा आमा हरुको पलाती पलातिनिहरुको शिक्षाको लागि एउटा सानो सहयोग स्वरूप १०० डलर दिदैछु \ मौकाको लागि धन्यबाद !

  26. कस्तो राम्रो अभियान,अति खुसि लग्यो र मन पनि भरिएर आयो/सबैबाट एस्तो अभियान शुरु भए देशले नै काचुली फेर्ने थियो/तर दुर्भाग्य,हाम्रा पार्टीका नेताहरु ढुंगा मुढा गर्न उक्साउछान,हिंशा हत्या ,आतंक फैलाउन उक्सौछन,नियेम बिपरित रकम निकाशा गर्ने,आशार महिनामा आएर योजना शुरु गर्ने लौ नेपाली हामी आफै भनौ के एस्तो गर्दा पनि हामी चुप बस्ने?येस्तालाई टुडिखेलमा न उभ्याउने /यो त अति भयो नि/
    जन स्तरबाट भैरहेको आजका युबाहरुको यो अभियान सबैका लागि उदाहरनिय मात्र होइन प्रेरनादाई छ/यो अभियानमा आफुलाई पनि समाबेश गर्न पाए र सके भने म स्वेम आफु लाई धन्य सम्झने छु/

    • प्रभात ज्यु, दुर्भाग्य त त्यहाँ छ जहाँ हजारौ नेपाली हरु अन्धभक्त बनेर आफ्नो अमुल्याजीवन पार्टी को पछाडी धकेलिरहेका छन्.. बरु यस्ता कार्य मा लागि परे कस्तो हुन्थ्यो… मन हुदा हुदै नि सहयोग को सेवा बाट बन्चित छु.. खादबारी आको बेला सक्दो सहायोग गर्ने छु….

  27. केन्द्रीय सरकारले आफ्नै चाक राख्ने कुर्सि अरुले तानला भन्दैमा उसको रात दिन बित्छा राज्यका संसद नेता हरु खल्तीमा पैसा सकिन्न बित्तिकै अनेक किसिमको सभा मिटिंग को योजना बनाएर भत्ता खाने खल्तीमा पैसा भर्ने अनि त्यो पैसाले पुगीन्जेल चुप लागेर बस्ने जातै बाट पनि जनताले पसिना बगाएको श्रम चुस्ने देखि केहि नै जानेन तर खांदबारी संखावासभा येस्तो दिब्य कार्य हुन लागेको मा हामि धेरै आभार प्रकट गर्दछौ

  28. कृष्ण ढुंगाना जी र शालोक्य अनि माइसंसारका साथीहरुले साह्रै राम्रो काम थाल्नु भयो । मेरो यसमा धेरै समर्थन छ । धेरै त सक्दिन, एउटा सानो पुस्तक सप्रेम उपहार दिन चाहन्छु कृष्णजी मार्फत् ती विद्यार्थीहरुका लागि। अघि बढ्दै जानुस् साथीहरु, हामी माइसंसारका पाठकहरु तपाईंहरुको साथमा छौँ र रहनेछौं ।
    Ramesh Khanal
    Kathmandu

  29. राजनीतिको फोहरी कुरा सुन्दा, पढ्दा पढ्दा यो आँखा र कान पाकिसकेको बेला धन्य यो एउटा सार्है राम्रो खबर पढ्न पाउदा दिल खुशीले भरिएको छ. हाम्रो देशमा देशको लागि केहि गरु, समाजको लागि केहि दिउ भन्ने भाव भएका ठुलो युवा जमात छन्, तेस्तो जामातलाई सरकारले अलिकति मात्र पनि टेवा दिने हो भने देश बिकाश हुन केहि बेर लाग्दैन तर…………. के गर्नु? जे भएपनि mysansar र झरना जी को team लाई सुभकामना दिन चाहन्छु यहाहरुको कामले सफलता पावस!!! र एस सुभ कार्यमा मेरो पनि सानो आर्थिक सहयोग अबस्य रहनेछ . तेस्को लागि मा
    satelite जी वा कृष्णजी लाई फोन गर्नेछु. र फेरी पनि एस्तो राम्रो कामको प्रसम्षा गर्न म त कन्जुसाई गर्दिन, क्या बात!!! क्या बात!!! क्या बात!!! ( अब त हिन्दी पनि सिक्नु पर्ने बेला भो. हाम्रो नागरिक पार्टी भनौदाहरुको चाला हेर्दा १.२ बर्षमै हामी पनि छिमेकी रास्ट्रको प्रान्त हुँदैछौ)

  30. नागरिकको शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पूर्तिमा मा राज्य नै लाग्नुपर्छ । तर दु:खको कुरा सरकार चलाउने नेताहरू सरकारी ढुकुटी सरकार टिकाउन रित्याइरहेका छन् । सरकारलाई यस्ता कुकर्म गर्नबाट जोगाउन पत्रकार, नागरिक समाज, बुद्धिजीवी तथा अन्य पेशाकर्मीजस्ता ‘ठूला-ठालू’ सबै लाग्नुपर्ने हो; तर अहँ, यस्ता विषयमा दुइचार लाइन वा शब्द लेख्यो-बोल्यो पुग्यो । उनीहरू त धमलाहरूलाई बचाउन लागिपर्छन्; उनीहरू आफ्नो धर्मविपरीत भएभरको बल लगाएर एउटा डाक्टरको रिहाइका लागि लगाउँछन् । तर गाउँका गाउँ सिटामोल र किताबबाट वञ्चित हुँदासमेत चुँइक्क बोल्दैनन् । ‘ठूलाठालू’हरूको यस्तै स्वार्थका कारण पनि हो हाम्रो देश उँभो नलागेको ।

    ‘मेरो संसार’ले आफ्नो ब्लगीय धर्मका साथै सामाजिक कार्यहरूमा हातेमालो गर्दै आइरहेको छ; यो खुशीको कुरा हो र यस्ता कार्यका लागि बधाइ तथा शुभकामना । तर यस्तो प्रक्रिया कतिञ्जेल त ? दाताहरूको थैली कतिञ्जेल खुल्ला रहला ? त्यसैले राज्यले उपलब्ध लगाउनुपर्ने आधारभूत कुराहरूमा राज्यलाई नै दबाब दिने कार्यक्रम पनि गर्नुपर्छ; स्थायी र दीर्घकालीन समाधानका पनि यही नै हो ।

    कोशीको घाउ भरिन पाएको छैन उच्च बाँध बनाउन भारत जोडतोडले लागिपरेको छ । अहिले सरकार बस्नेहरू त उनीहरू धोती समाउने भइहाले; तर लाग्छ यस्तो राष्ट्रघाति कामको विरोध गर्ने जिम्मा माओवादीले मात्र लिएको छ । होइन भने खै त ‘ठूला-ठालू’हरू यसबारे बोलेका ? बरु सके केही ‘सुकिला-मुकिलाहरू’ माओवादीको यस्ता विरोधमा पनि कसरी छिर्की लगाउने भन्ने सोच्दा हुन् । यस्तै चाला रहने हो भने त बाँध कहिले सकिलाए र त्यसले कति धनजनको क्षति होला भन्ने अनुमानसँगै सहयोगका लागि पनि अहिले देखि नै अपिल गरे हुन्छ ।

    • पुष्प जी ,नमस्कार| गैर कम्न्युस्टहरु तपाई को कम्मेन्ट मा “मुख फर्काउनुस्”मा थिचेर पनि जवाफ दिन नसकेर बिश्व कप तिर मात्र लागे जस्तै छन् |तपाई लाई उत्तर दिन लैनचोर को तलब भत्ताले काम दिएन जस्तो लागिरहेको छ मलाई |बधाई छ पुष्प जी! यस्तै यस्तै किसिम को कम्मेन्ट हरु तपाई को तर्फ बाट आइरहुन | टट्टू हरु को बिस्तारै बिस्तारै रास्ट्र प्रति को स्वभिमानता बढ्दै जावोस्|
      कांग्रेसी “जय नेपाल ” को पनि “मुखमे राम राम बगाले मै छुरा ” हट्दै जावोस् |

      • प्रकाशजी आफ्नो सब्दबाँडले अरुलाई होच्यौदैमा कोहि मान्छे ठुला र जान्ने हुदैनन्| यो त मात्र विकृत नेपाली राजीनितिक मानसिकताको उपज हो| तपाईमा पनि यो हावी भएको देख्दा दुख लागेको छ|

        • बिजय जी , म नेपाल को प्रतिनित्व गरेर ८० वटा देश घुमेको खेलाडी हुँ|लपन छपन मैले जानेको छैन ,बुज्नु भयो ? म आफै देश को लागि ठुलो मान्छे हुँ ,तपाई हरु जस्तो लैनचोर बाट बिक्ने मान्छे होइन!!!!!!!!!!!!! स्वाभिमान नेपाल आमा को सन्तान हुन अग्रशर हुनुस |

    • के यार सधै घुमाई फिराई कुरो फेरी माओबादी कै तारिफ मै,….राजनीतिक बिस्लेसन बाहेक अरु लेखना आउदैन ??? यो पुष्पजी र मदन बज्रच्र्यजीलाई ???? कु रो को चुरो भन्दा सधैं बाहिरकै बिस्लेसन ,,,,झुर ,,,,,

      • थापाजी,

        झट्ट याद आएन, तर कसैले भनेका छन् कि हामी जति राजनीतिबाट भाग्न वा टाढा हुन खोज्छौं, त्यति नै राजनीतिले हामीलाई गाँज्छ; नेपाल यसको ज्वलन्त उदाहरण हो । त्यसैले पनि अचेल राजनीति ‘मेरो चियाको कप होइन’ भन्नेहरूलाई राजनीतिले विस्तारै गाँजेको । राजनीतिमा चाख राख्नेहरू त यसमा घुलिएकै छन्; उनीहरूका लागि यो कुनै अनौठो विषय नै भएन ।

        हरेक क्षेत्रसँग राजनीति टाँसिएरै बसेको हुन्छ; झन् हाम्रो देशको कुरै नगरौं । त्यसैले हाम्रो देशको वर्तमान अवस्थाको केन्द्रविन्दु नै राजनीति भएको अवस्थामा राजनीतिलाई कुनै पनि कुराबाट टाढा राखेर हामी अघि बढ्न सक्दैनौं । मैले माओवादीको गुणगान गाएको होइन; सत्य कुरा गरेको मात्र हुँ; सत्य तीतो हुन्छ भन्ने त थाहा भएकै कुरा हो ।

      • Well said Thapa-ji.

        But do not use the phrase राजनीतिक बिस्लेसन to these kind of people. राजनीतिक बिस्लेसन is beyond their capacity. They are just political KAMAIYA of Maoists. They know nothing except reciting maoists propoganda. They are just waiting for Maoist capturing the state power, and monopolizing state resources.

  31. जाहा सिक्छित मानिसहरु हुन्छन त्यहाँ सहि कुराको सहि किसिमले नियम कानुन बन्छ साथै त्यसलाई सहि सदुपयोक गर्छन र नगर्नेलाई सहि किसिमले सजाय हुन्छ, चाहे रास्ट्रपति नै किन नहोस त्यसैले सिक्छा भनेको अति जरुरि कुरा हो मानिसको जिबनमा | जस जसले यो सुभ कार्य गरेर, यो अभियानमा लाग्नु भयका सम्पूर्ण नेपालीहरुलाई मेरो हिर्दय देखिनई धन्यवाद दिन चाहनुछु |

  32. Excellent initiative !
    मैले भर्खर $ ७५ पेपाल बाट पठाएको छु CONFIRM गर्नुहोला!

    • हामी अरुको कुरा छाडेर आफ्नो काम कर्तब्य गरेउं भनेमात्र सफल भईन्छ! तेसरिनै सबैले आ आफ्नो काम र कर्तब्य गरेत देश माथि लागिहाल्छ नि! बिध्यार्थिहारू र शिक्षकहरूमा पनि नैतिक शिक्षाको खाँचो मैंले देखेको छु! मैंले गत बर्ष एउटा विद्यालयको लागि केहि बजेट छुत्त्येको थिएँ प्रोजेक्टबाट तर त्यो बिधार्थी र अविभावकको श्रमदान बाट माछापोखरी खन्ने सर्तमा! तेस्को उद्देश्य पनि विद्यालयको लागि सदाको लागि आम्दानी को स्रोत होस् भन्ठानेर ! तर विद्यालयले राम्रो गरेन! किन भनेर सोद्धा थाहा भयो कि, कहाँ आजकालका बिद्द्यार्थिलाई काम लगाउन सक्नु? जमाना धेरै फेरिई सकेको छ! अनि अविवाबक पनि कहाँ काम गर्नु बिद्द्यालायाको लागि भनेर? उनीहरु सोच्छन यो त सरकारले गर्नुपर्ने! आफ्ना छोरा छोरी पढ्ने ठाउँमा पनि एस्तो राजनीति अनि नाना भाँती कुरा चल्दै छन् ! अनि सक्नेले boardingma नसक्नेले सरकारी स्कुलमा! अहिले नेपालका धेरै जसो सरकारी स्कुल हरु बन्द हुने अवस्थामा छन्. देस धेरै नै बिग्रिएको छ ! अझ यसको असर त लामो समयेको लागि हो, कति पछाडी ध्केलिंछा भन्ने कुरा तपाईं हामि सबैले मनन गर्नु पर्ला र आफ्नो ठाउँ बाट सक्दो सहयोग पुर्युनो हाम्रो कर्तब्य हो, होइन भने कसले र कहिले देस बनाउँछ?

  33. अति सुन्दर कामको सुरुवात ,सुन्दर युवती बाट धन्यवाद……यसको निरन्तरता को लागि सुभकामना पनि

  34. धन्यवाद झरना जी र यस्तो राम्रो कामको निरन्तरता को लागि शुभकामना.

  35. चाइनिज उखान:
    यदि तपाई एक बर्से योजना गर्नु हुन्छ भने धान रोप्नोस
    यदि तपाई दस बर्से योजना गर्नु हुन्छ भने रुख रोप्नोस
    तर यदि तपाई सय बर्से योजना गर्नु हुन्छ भने मान्छेलाई शिक्षा, ज्ञान दिनोस .

  36. झरना जति राम्री छिन तेती नै मन पनि राम्रो रहेछा. मलाई कलाकार को ये बनि सारै मन पर्यो, यसरि नै फिल्म मा अबिनाया र राष्ट्र मा चेतनामुलक कार्यक्रम गर्दै जानु होला , यहि छ मेरो शुभकामना दन्याबाद

  37. अति उत्तम विचार,झरना जी को कदम प्रति मुरी मुरी धन्यबाद नदिई रहन सक्दिन !हामी किन पीछडियों भ्रष्ट नेता भ्रष्ट कर्मचारीहरुको मनोमानीले गर्दा!
    यी भ्रष्टहरुले विदेशीले दिएको डलर तिनीहरुको स्वास्नी छोरा छोरी पोस्ने र आफ्नो बैंक खातामा जम्मा गर्ने गरेका छन्!जव सम्म यी भ्रष्टहरुको जारी देखि निर्मुल गरिन्न तव सम्म देशले मुहार फेर्न सक्ने अवस्थामा छैन!यी चोर नेता र कर्मचारीहरुले,महाबिर पुन,झरना बज्राचार्य,र अन्य देश प्रेमी सहयोगी नेपालीहरु बाट पाठ सिक्न आवस्यक छ!

  38. राम्रो काम को लागि सहयोग गरौ साथी हो. कृष्ण जी, यो अनुरोध लाई english मा translation गरुन अनि म मेरा साथीहरु जो बिदेशी छन् उनिहरु लाई पनि request गर्छु हेल्प गर्न / Try गरू कत्तिको सहयोग हुदो रहे छ /

  39. ,धेरै धेरै सपना देखाउने यो नेता हरु बाट कै नहुने भए पछि के गर्नु ! ..आफ्नु सानो सुन्दर देश प्रति माया गर्ने र अरु को लागि पनि जिउने मान्छे र सोच्ने मान्छे पनि छ आजै पनि हाम्रो देश मा |
    …मलाई देरै खुशी लागि रहेछ यस्तो सराहनीय काम प्रति कसैले अफ्फु भन्दा माथि सोचेको मा | र झरना जी को काम प्रति मा सधै नै आभारी रही रहने छु |
    ..र अजै पनि एस्तो सराहनीय काम गर्ने हाम्रो बगबीर पुन प्रति मा सधै नै आभारी रहीरहने छु |

  40. सधै यो भएन उ भएन भनेर दोष मात्र देखाउने बानी बन्द गरेर यस्ता राम्रा कामको सुरुवात गर्नेलाई प्रोत्साहन गर्न सिकौ! Well done Jharana !!!

  41. सुन्दर युवती बाट अति सुन्दर कामको सुरुवात .. म पनि सक्दो सहयोग गर्नेछु ….

  42. झरानाजी लाई एउटा सलाह
    उहिले मैले पनि साथीहरु सित मिलेर २०२८साल तिर कथामान्दुको १७ वडा छत्रपाती छत्रपाती युबा पुस्ताकालाये नाम दिएर पाठ्य पुस्तकहरु समेत संकलन गरि पुस्ताकालाये र शोभा भगवती जाने बाटोको पाटीमा निशुल्क ट्युशन पढाउने संस्था खोलेको थिएँ/ तेती बेला मैले अमेरिकन र सोभियेत पुस्ताकलायेमा सहयोग को लागि अनुरोध गर्दा ती पुस्त्कालायेहरु बात मोटर भरि भरिनै पुस्तक निशुल्क उपलब्ध गरेको थियो/ कयौं पुस्तकहरु अत्यन्त महँगो र अत्यन्त उपयोगी थिए/ अनुपयुक्त पुस्तकहरु कसैलाई दिएर अरु पाठ्य पुस्तकहरु लिएको थिएँ/ त्यो पुस्ताकलाये पछी सम्म चकला दवु पुस्ताकालाये को नामले संचालन भएको थियो/ झरानाजीले पनि ब्रिटिश अमेरिकन पुस्ताकालाये तिर केहि कुरा गर्ने कि? सकिन्छ भने टोल टोलमा भएको युबा संघ क्लवहरुको सहयोग लिनु भएमा ती क्लवहरुले पाठ्य पुस्तक संकलन गर्न घर दैलो कार्येक्रम गरि टोल टोल बात धेरै पुस्तकहरु जम्मा गर्न सक्छन/

    • मदन जी, तपाई को उत्कृस्ट योगदान को लागि मन परे हरियो थिच्ने पहिलो मै परें ,तर अचम्म लाग्छ लैंचोरका तलब थाप्नेहरु चुपचाप छन् ! कता हराए यस बाट नै प्रस्ट हुन्छ कि कपुत नेपाल आमा का सन्तानहरु कस्ता रहेछन ! फोगत मा लेख्न पायो भने जे पनि लेख्छन |

    • Madan Jee is it fact ??… I also spent all my childwood at Chhetrapati Dhobichour and i never found gadi bhari bhari books in that library but there were few hundred books there … Guff ali kati kam garne ho ki… huna sakcha ti books haru chori bhayo ki… ki tapai le nai pachau nu bhayo… Tapai gufist hunu hudo rahe cha…

  43. सलोक्य्जी
    हामीले त् सहयोग गर्छौं र लुनाजी लगाएत सहयोग गर्ने साथीहरुलाई धन्यबाद दिंदै सदाझै अहिले पनि माई संसारको यो प्रेरणादाई प्रयत्नलाई हृदये श्रद्धा समर्पण गर्छौं/

    हाम्रो माई सन्सार सहि कामको लागि सहयोगी संस्था बन्दै गएकोमा मन पुलकित भएको छ/ माई संसारको हुँकारले देश बिदेशमा रहेको नेपालीहरु समेत आज नेपालमाथि अन्याय गर्ने हरुलाई चुनौती दिन कम्मर कसेको छ/ अरु के भन्ने जय होस् माई संसारको/ अझै शसक्त बनुन माई सन्सार/ माई संसारमा कुरा उठ्यो भनि जान्ना साथ् पापी र भ्रस्ट हरुको मुटु कामुंन, मरिनै जाउन/

    कहिले प्राथमिक तह त् कहिले माध्यामिक तह सम्म निशुल्क शिच्या दिने बकम्फुसे नारा सरकारले कति लगाए कति/ निशुल्क शिछ्या को नारा लगाए लगतै स्कुल बन्द बा अरुनै शिर्षकमा झन् बढी रकम असुल्दै आएको छ/ पाथ्याक्रमको किताव निशुल्क भन्छन तर किताव पढाई चालु भएको महिनौ सम्म किताव उपलब्ध गर्दैनन्/ अब यो प्रयत्नले गरिब बिद्यार्थीहरुलाई केहि सहयोग पुग्नेछ/ प्रयत्न गर्ने सबै लाई धन्यबाद/

    अब हेरी हालौं न सरकारले पनि कति सहयोग गर्छ/ मन्त्रीहरुले बिभिन्न तरिकाले आफन्त र पार्टी कार्येकर्ताहरु र मन्त्रीका श्रीमतिहरु समेत लाई लाखौँ उपचार आदिको लागि भनि दिंदै आएको छ/ मायिसंसार बा सम्बन्धित व्यक्तिले मंत्रालाये र संबिधान सभाको सभाशादलाई पनि सहयोग गर्न लेखि पठाउने कि/ आखिर संबिधान नलेखी झैँ झगडामा अरवौं खाई पचाई सके लाज पचाउन पनि केहि दिन्छन कि/

  44. अति राम्रो कामको थालनी गरेको मा धन्यवाद……यसको निरन्तरता को लागि सुभकामना पनि, खाँदबारी र आसपासका स्कुल हरु त अलि राम्रो आर्थिक र ब्यबस्थित हुनु पर्ने……थुदाम, किमाथांका र पावाखोला तिर पनि नजर गए कसो होला? अर्थ, संचार र यातायात बाट दूर यो भेग का जनता को लागि बोल्ने र गर्ने को? पावाखोला ७ भोटे गाउँ को शान्ति क्षेत्र प्रा वि को लागि मा पनि केहि पुस्तक हरु संकलन गरि नेपाल सम्म पठाउछु तर कसैले त्यो स्कुल को शिक्षक वा समिति सदस्य हात लगइ दिन सक्छ? कृपया जवाफ दिनु होला

    • तामांग जी लाइ पनि धन्यवाद| यस्तै शुभ समाचार पधिराख्न पावोस | अबश्य हामी ले देश बनाउन सक्छौं ,भारतिया दलाल हरुले जतिसुकै जालझेल रचेपनी!

  45. Will we see Jharana going to the school and also supporting this initiative? However a great step. More groups and we the people aswell should actively do this aswell as to encourage others.

  46. म विद्या सागर तपाईं को काम प्रशंसा गर्छु /

  47. यो विद्यालय खाँदबारी को ढुंगेधारा मा रहेछ कि क्या हो? हिमालय मा वि मा उच्चमाविसम्मको पढाइ भएको थाहा थियो, बागेश्वरी उच्चमावि भन्ने थाहा भएन मलाई !!!!!

  48. झरनाजी तपाईले यो काम गर्नु भनेको अहिलेको हामी जस्तो नेपाली युवाहरुको लागि उदाहरणीय हुनेछ I हजुर जस्तै मिडियामा भएका अरु हस्तीहरुले पनि यस्तै अभियानमा लागेमा हाम्रो नेपाल र नेपालीलाई धेरै भलो हुनेथ्यो; र प्रोत्साहन पनिI
    र हाम्रो नेपालको लागि यस्तो अभियानमा साक्षर र देशको लागि केही गर्छु भनेर अठोट लिने सबै नागरिकले यो अभियानमा सहभागी हुनुपर्छ भन्ने मलाई लाग्दछ I
    धन्यवाद!

Comments are closed.