विदेशी भूमिमा जापानको पहिलो जित

होन्डाको यही गोल निर्णायक रह्यो। फोटो सौजन्यः गेटी इमेजेस
क्यामेरुनलाई 0 का विरुद्ध १ गोलले पराजित गर्दै विदेशी भूमिमा जापानले पहिलो जित हात पारेको छ। खेल सुरु हुँदा जापान जित्ला जस्तो लागेकै थिएन। तर पनि हारे पनि, जिते पनि म जापान कै पक्षमा थिएँ। खेलको अन्तिम समयतिर, अझ एक्स्ट्रा थपिएको चार मिनेटमा क्यामरुनले पेलेको र झण्डै झण्डै गोल भएको अनि जापानी गोलकिपरले जसोतसो बल बचाएको हेर्दा सासै रोकिएला जस्तो पो हुन्थ्यो त। आठ वर्ष अगाडि आज कै दिन ओसाकामा जापानले ट्युनिसियालाई 2-0 ले हराएको थियो। आज पनि जापान कै विजय भयो।

जापानी फ्यान। फोटो सौजन्यः रोयटर्स
अभागी रह्यो त क्यामेरुन जो पराजित भएर एउटा अर्को इतिहास कोरियो। नत्र अभिलेख केलाउने हो भने क्यामरुन अहिलेसम्म विश्वकपको पहिलो खेलमा पराजित भएको थिएन। एक पटक उसले जितेको छ भने चार वटालाई बराबरीमा टुंग्याएको थियो। जापान भने दुई पटक हारेको थियो भने एक पटक बराबरीमा रोकेको थियो। घरमा भएको बेल्जियमविरुद्धको खेलमा उसले 2-2 को बराबरी खेलेको थियो। यसअघि १९८८ मा अर्जेन्टिनासँग 1-0ले र २००६ मा 3-1 ले जापान हारेको थियो। जापानले विदेशी भूमिमा पहिलो विजयका साथै ओपनिङ खेलमा विजयको कीर्तिमान पनि राखेको छ।

योसँगै एसियाली देशले दुई फरक महादेशका टिमलाई पराजित गरेका छन्। दक्षिण कोरियाले सन् २००४ को युरोपियन च्याम्पियन ग्रीसलाई २-0 ले पराजित गरिसकेको छ भने आज जापानले अफ्रिका महादेशको राष्ट्र क्यामेरुनलाई पराजित गर्‍यो। अब भोलि अर्को एसियाली देश उत्तर कोरियाले ब्राजिलसँग खेल्दैछ।

दुई एसियाली देशको खेलमा दक्षिण कोरियाको खेल जापानको तुलनामा राम्रो लाग्यो मलाई त। क्यामेरुनलाई त जसोतसो हरायो जापानले तर उसको समूहमा नेदरल्यान्डस् र डेनमार्क जस्तो टिम रहेको छ। दक्षिण कोरियाको अर्को खेल अर्जेन्टिनासँग छ।

जापान-क्यामेरुन भिडियो हेर्नुस्-

यसअघिको अपडेटः क्यामरुनको कमजोर डिफेन्सको फाइदा उठाउँदै ३९ औँ मिनेटमा होन्डाले गोल गरेपछि जापान 1-0 ले अगाडि छ। इतिहास नयाँ बनोस् कामना।

खेल सुरु हुनु अघिको अपडेटः पान र क्यामरुनबीचको खेल सुरु भएको छ। जापान जित्ला जस्तो नलागे पनि जापान कै समर्थनमा खेल हेर्दैछु। जापानले अहिलेसम्म आफ्नो देश बाहिर विश्वकपका खेलमा एउटै खेल जित्‍न नसकेको इतिहास भंग गरे हुन्थ्यो। क्यामरुन रोजर मिल्लाको पालाको जस्तो टिम हैन तर पनि उनीहरुको शारीरिक शक्ति खेलमा हावी हुने त हैन ?

क्यामेरुनको प्रहार बचाउँदै जापानी गोलकीपर कावासिमा

26 Comments

  1. ल जापान मा इन्टर नेट नहुनी ले फेरी वोर्ल्ड कुप् हेर्न पाउनी भयो आफ्नु खेल छैन लाइभ दिदैन यो जापान को टिभी ले

  2. जापान ले जितेको मा निकै खुशी छु हिप हिप हुर्रे ………………

  3. नेपाल ले खेल्न नपाए पनि एशिया को तर्फा बाट जापान ले जितेको मा खुसि नै लागेको छ | अब येही भनेर भएपनि चित्त बुझाउनु पर्यो 🙁

  4. NORWAY देश यूरोप नै पर्छ l पोलैंडबाट आएको भनेपनि यूरोपेँ नै हो l
    Discovering the best places to live provides inspiration for travel so that we can get a glimpse of highly ranked quality of life. Here’s the top five:
    1. Iceland
    2. Norway
    3. Australia
    4. Canada
    5. Ireland
    Iceland, Norway, Ireland यी तिनै देश पनि यूरोपे भित्र नै पर्छ l
    Iceland, Norway, Ireland are members of communtiy Europe (CEE) and inside the map of Europe. CEE has more than 25 members including Germany , France , England, Italy, Sweden, Holland , Denmark, Belgium, Spain, Austria, Luxembourg, Finland, Poland,etc …….

  5. जित को लागि जापान लाइ बाधाई छ !!! तर आज को खेल जस्तो खेलियो भने होल्लैंड अनि डेनमार्क संग बिजयी हुन एकदम मुस्किल छ !!!

    • आजको जापान र क्यामरून बिचको खेल सायद यो प्रतियोगिताको सबैभन्दा रोचक लाग्यो मलाई.यदि जापानले यहि स्तरको पर्दर्सन कायम राख्यो भने quarter final सम्म पुग्न सक्ने हो.

  6. जापान ले जितेको मा निकै खुशी छु लक्की साबित भयो जापान.बादाई छ होन्डा
    लाइ //

  7. आज को game जापान ले जित्यो आर्को game मा पनि सफलता मिलोस मेरो येही सुभ कामना .

  8. I hope Japan breaks all of the previous record and will establish new winner record as a new history.

  9. जापान ले जितेको मा निकै खुशी छु लक्की साबित भयो जापान, किनकि क्यामरुन ले नि नराम्रो खेलेको चाही होइन

    • गूगल मा गएर channelsurfing.नेट गरि इन्टर गर्नु तेहा बाट हेर्न सकिन्छा र मैले पनि इन्टरनेट बतानै हेर्छु.

  10. लौ जापानले नै जित्यो । १ गोल हान्यो । हिप हिप हुर्रे ।

  11. खेल को पूर्वार्ध मा (जापान १ – ० क्यामरून ) खेल खासै रोचक चाही छैन .. hh

  12. अहिले सम्म जित जापान कै छ/ बधाई हामीलाई…

    ध्रुब दाहाल
    इराक

  13. म पनि जापानको समर्थन गर्दै खेल हेरिरहेको छु

  14. शारिरीक रुपमा क्यामरुनका खेलाडी बलिया देखिय पनि जापानीहरु उनिहरुको तुलनामा निकै छरितो देखियका छन्. निकै ब्यस्त देखिने टोकियोका सडकहरु केहि मात्रमा शान्त छन् अहिले, किनकि अहिले जापानले खेल खेलिरहेको छ क्यामरुन संग.जापानी किपर खावासिमाले आफ्नो नियमित कला र क्षमता देखाउन सके भने जापानले जित्न सक्ने सहज अनुमान गर्न सकिन्छ . तर होन्डा र माचुईले दरो भिड्नु पर्ने त छदैछ

Comments are closed.