अर्जेन्टिनाको जीतमा रमाएका नेपाली

दक्षिण कोरियालाई लज्जास्पद ४-१ ले पराजित गर्‍यो अर्जेन्टिनाले आज। अर्जेन्टिनाको जितमा रमाएका काठमाडौँ गोठाटार निवासी फ्यानहरुको यो फोटो [email protected] मा जनक दाहालले पठाएका हुन्।

दक्षिण कोरियाको आशा ग्रीस र नाइजेरियाबीचको अहिले हुने खेल बराबरीमा सकियो भने बलियो हुने थियो। तर खेल ग्रीसले जितेपछि अब समूहको दोस्रो स्थानका लागि ग्रीस र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ। कोरियाले नाइजेरियाविरुद्ध जित दर्ता गर्नु जरुरी हुनेछ। ग्रीसले अर्जेन्टिनालाई हराउनु पर्नेछ। अर्जेन्टिनालाई हराए पनि गोल अन्तरमा कुन टिम अगाडि भएर दोस्रो चरणमा जाने हो, अहिल्यै भन्न सकिन्न। अर्जेन्टिनाले भने दोस्रो चरणमा मात्र हैन, उपाधि जित्ने बलियो दावेदारी पेश गरिसक्यो।


दक्षिण कोरियाले सुरुदेखि नै राम्रो खेल देखाउन सकेन। कोरिया युरो २००४ च्याम्पियन ग्रीसलाई २-० ले हराउने टिम हैन, निरीह एसियाली टिमका रुपमा देखियो सुरुदेखि नै। सुरुको १० मिनेटसम्म त अर्जेन्टिनी गोलकिपरले बल छुन समेत परेको थिएन। बल खाली कोरियाको हाफमा मात्र थियो। त्यति धेरै पेल्दा पनि गोल भने हुन सकेको थिएन। दुर्भाग्यवश कोरियाली डिफेन्डरको खुट्टामा लागी बल पोस्टमा छिरेपछि अर्जेन्टिनाले अग्रता लियो। ३३ औँ मिनेटमा अर्को गोल गरेपछि खेल एक पक्षीय रुपमा खेलमा अर्जेन्टिनाको डोमिनेसन हुने स्थिति देखिएको थियो। दक्षिण कोरियाको खेलले उत्तर कोरियाको ब्राजिलविरुद्धको उत्कृष्ट डिफेन्सलाई झल्झली सम्झाइरहेको थियो। मध्यान्तर सकिनु केही सेकेन्ड बाँकी छँदा योम कि ह्युनले अर्जेन्टिनी डिफेन्डरको अक्षम्य गल्तीको फाइदा उठाउँदै गोल गरेपछि खेल एक पक्षीय हुनबाट जोगिएको थियो।

मध्यान्तरपछि कोरिया खेलमा फर्किएको थियो। एक गोल गरे बराबरीको स्थिति आउने भएकोले कोरिया हौसिएको थियो। कोरियाले पहिलो हाफमा भन्दा राम्रो खेल देखाएको पनि थियो।
ह्याट्रिकर्ता हिगुएन। फोटो साभारः फिफा
Gonzalo Higuain ले लगातार तीन गोल गरी यस पटकको विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेपछि कोरियाको पतन निश्चित भयो। उनले ३३, ७६ र ८० मिनेटमा गोल गरेका थिए। चारै गोलमा फिफा प्लेयर अफ दि इयर मेस्सीको योगदान थियो।

एसियाली टिम र ग्रीसविरुद्धको खेलमा देखाएको प्रदर्शनका कारण पनि कोरियाली टिमको समर्थनमा खेल हेरेको थिएँ। हारको मजा राम्रैसँग चाखियो। यस पटकको विश्वकपमा उत्तर कोरिया ब्राजिलसित पराजित हुँदा मात्र मेरो अनुमान गलत भएको थियो। तर, उत्कृष्ट टिमले जित्दा रमाइलै भयो। अझ मेस्सीको खुट्टाबाट एक गोल भएको देख्‍न पाउने चाहिँ कहिले हो !


45 Comments

  1. I can’t believe France lost. That was so fast. I believed that they had a good shot to do well in this years world cup. I guess I will have to wait. Maybe its time to jump on the Argentina bandwagon. Looks like Demichelis has already scored. Go Argentina. To make me feel a little better from that by France, I have been watching some funny jokes.. This was kinda funny: http://www.youtube.com/watch?v=N3j7uSbccSc

  2. गाडी ले खायो रायो को साग, नेपाली हरु चाहिने भन्दा बढी हुनु पर्ने,

  3. अर्जेन्टिना जितेकोमा मत सारै खुशी छु/ वोर्ल्ड कप मा अर्जेन्टिना
    नै जीट्नु पर्छ/

  4. हिना साथी हरुको कमेन्ट हेरेरा मलाई पानी कमेन्ट लेखने अली कटी जागर चल्यो कुरा फूटबल को हैन एशियन भएर एशियन देश को सपोर्ट गर्नेमा मपनी परे सायद माँ गलत छू अर्जेंटीना संग साऊथ कोरिया हारेको माँ मलाई दुख छैना तरचार गोअल हनेको माँ चै दुःख लाग्यो तर एशियन देश को लाई चार चार गोअल हने जस्तो यूरोप देश लाई पनि हानेर देखावाश बल्ल बल्ला म अर्जेंटीना लाई सलाम गर्छु येदी यूरोप देश हरुलाई हन्ना सकना भने म अर्जेंटीना को खेलाडी हरुलाई टीवी मई ठुकी दिन्छु साथी हरु तयेस बेला म संग नारीसु होला हामी एसियन देश हरुका खेलाडी हरु शारीरिक अवस्था ले साइज सानो भएको फ़ायदा अर्जेंटीना ले भरपूर

  5. what a shame. only people to whom good football doesn’t matter or even don’t understand or never have any idea of football make such bullshit comments. argentina plays one of the best football and i always appreciate them.

  6. नेपाली भएकै भर मा एसियनलाई support गर्न पर्छ भन्ने केही छ र? यो त आफ्नो freedom हो नि, किन बेकार मा अरुको स्वतन्त्र देखी रिस गर्छौ ए नेपालीहरू । तिमीहरू जसलाई support गरे नि गरो न अरुलाई किन कराउँछौ ? सक्छौ भने नेपाली फुटबललाई माथि उकास्ने काम गरो न ।

    • हेल्लो अनुज सबै भन्दा ठुलो माहादेश एसिया जम्मा ३ देश मात्र सहभागी छ, विशोकप खेल्छ ३२ देश जीत भाग्य भनु य खेल जित्त्ने यूरोप र नोर्थ अमेरिका , सधैं जसो एसिया र अफृका हेर्नीए मात्र हो अनि नेपाली त ताली मात्र बजाउने अब यो ताली पनि तेही पनि उतै यूरोप र नोर्थ अमेरिका भय फूटबल को के मजा, एउटा आफ्नो पन हुन्छ नि त्यो के साचै हर्यकै हो र

  7. niras nai ta hunuparne ajhai chhaina,korea next round ma pugna sakchha bhanne lagchha.

  8. I like Argentina but i support south korea because i am asian and i give first priority to asian then after other country.Any way argentina well done as well as best of luck to south korea for next between nigeria.

  9. नेपालि को हातमा अर्जेन्टिनाको झन्डा ????? फेरि हामि रोजगारको लागि कोरिया जान तछाड मछाड गर्छौ अनि फेरि कोरिया ले हारेको मा खसि ढाल्छौ अनि अर्जेनटिनाको झन्डा हातमा लिएर नाच्छौ ??? माथिको फोटो देखेर मन चिसो भयो………

  10. i support asian country even that is north korea or southi arebia dosnt matter. because i m asian so i dont need to be happy when argentina win. but i respect also the right of the peoples so no comment

  11. The score line 4-1 does not reflect the game. I don’t agree with the writer’s view that s Korea were helpless. South Korea really played well and they have lots of positive things to take from this game and I believe they will come back stronger.

  12. same argentina,same brazil, even when asian team again these countries , people who doesn’t have heart they support in this situation. Well go on korea you have chance to attack nigeria.

  13. kasailai ke ko dhanda kunni kaslai khannu kai dhanda.
    Argentina le jite pani Brazil le jite pani, haami chahi kina uphrinu paryo Naya Nepal ma?
    Give me freedom, give me fire
    Argentina thottro tire.

  14. It is debatable whether South Korea’s loss against Argentina is a humiliating one.

    Looking only at final scores of 4 against 1 does support the widely accepted notion of Argentina being one of the powerhouses of football game and Asian football has much room to improve. Moreover, the defensive and rarely attacking style played by South Korea in the first 15 minutes did not go well as planned. It was quite painful to watch during that time when South Korean players looked like they had adopted an awkward style and could not play confidently as in the first match against Greece. When they got burdened with 2 goals, they gradually changed their style and mixed offensive part to their heavily defensive strategy. Suddenly, the game became gripping and Lionel Messi’s intermittent bursts of slick play added spice to it. Despite the lively performance by the South Korean team during the second half, they had to concede two more goals. Overall, I would say South Korea defended nervously at the beginning and fought well to the end.

    As for Diego Maradona’s boys, they are certainly buoyed up by this success. With their confidence swelling, will they transform into a juggernaut that stops at nothing less than the coveted cup?

  15. We poor Nepalis..Our Lute Lamre National team can’t even win south asian cup with poorest performance in the last saarc game..We have to be Happy with another country’s win far far away from diffrence continent. What a shame !!

    I want to see Argentina loose otherwise I don’t want to see that Drug adict Diego Maradona running around in the street necked as he promised if Argentina wins this World Cup title, just for that reason.

  16. अर्जेन्टिनालाई कप जित्नबाट कसैले रोक्न सक्दैन , वास्तविक दाबेदार नै अर्जेन्टिना हो.हिजोको खेलमा कोरियाले हार्यो भनेर म दुखि छैन , अर्जेन्टिनाले जित्यो खुशी छु, ४ वटा गोलमा नै मेस्स्सीले योगदान दियको छ, तर मेस्सीको नाममा एक गोल पनि नहुदा सारै नरमाइलो लागेको छ तर आगामी खेलमा हुन्छ , पक्कै हुन्छ

  17. खाई न पाई छाला को टोपी लाई भनेको एही हो,एशीया को देस हारेको मा खुशीयाली!!!!!!

  18. म पनि बच्चा देखि नै अर्जेन्टिना को समर्थक हो | अर्जेन्टिना ले जितेको मा म त खुसि नै छु |

  19. एसियन भयर के को अर्जेन्टिनालाइ समर्थन हो . फुकल्यंड को लादै पछी अर्जेन्टिनाक मान्छे ले नेपाली लाई भाडाका मान्छे भनेको बिर्सेका नेपली धन्य ………………….

    • we all have forgoten when maoist killed thousands innocent nepalis why should we remember past war between england and argentina?no matters who s asian awo s not.only they win who deserve to win,

    • Testo kura garne ho bhane Nepali le World cup herne kunai karan chaina. Malie euta matra desh dekhau jasle Nepal lai ramro bhancha ani Nepali lai Mahan bhancha. International Corruption report ma sabai bhanda corrupted country, Poorest country in the world, worst and danger political situation.

      Aba yeha aayera badi desh ko chinta cha bhanera furti nalagye huncha. This is sport. Whenever it comes to battlefield I may not support anyone.

    • नेपाली भाडा को मान्छे नै त लागेको हो नि

  20. मलाई पनि एसियन देश कोरिया ले जिते को भए देखि एकदमै राम्रो लाग्ने थियो तेस माथि पनि अर्जेन्टिना ले फोक लण्ड को लडाई लाई लिएर हामि नेपाली लाई ब्रिटिश को कुकुर भनेको पत्रिका मा पढे देखि अर्जेन्टिना प्रति तेती support गर्न मन लाग्दैन.

    • if u were so patriotic why you guys always support to indian in every crictet match?so put away politics in sport.

      • Mani ji, it is wrong to say every Nepalese support Indian Cricket team, for example I don’t. In every match Indians play, I wish them to lose.

        • Mani ji neither we support Indian cricket nor Argentina’s soccer. If u support these team then dont think all nepalese do the same.

    • guys come on, the war was between britain and argentina, and those who fough for british [even if they were nepali] do not at all represent nepal,, so why are you against argentina…it’s just a sport and let it be sport,, not a place to recall worthless reasons

  21. आफ्नो टिम वा आफुले समर्थन गरेको पक्षको जीतमा रमाउनु र हारमा केहि निराशा हुनु त मानवीय स्वभाव नै हो तर नेपाली युवाहरुको अभिरुची प्रतिस्पर्धा र खेलकुद तर्फ वृद्धि हुनुलाई सकारात्मक रुपमा लिनुपर्छ !

  22. किन हो नेपाली को बुद्धि खराब भयको ह मलाई त asain county ले win गर्रयाको भा good लग्गहथायो

  23. @ सुदर्शन तिमि लाइ के लाग्छ तिमि मात्रै एउटा रोजगार छौ यो देशमा. तिमि लाई मात्रै यो देशको चिन्ता छ. सायद तिमि अरुलाई खुसि भाको देख्न सक्दैनौ…एदी कसैलाई खुसि देख्न सक्दैनौ भने दुख पनि न देयु आफ्नो घिन्लाघ्दो कमेन्ट गरेर..

  24. आफ्नो एसियन countrylai सपोर्ट नगरेको देख्दा नेताहरुले भारत गुलामी गरेको झैँ लग्यो

  25. येस्तई हो हाम्रो देश का बेरोजगार युवा हरु को ताल, आफ्नो घर अथवा देश मा होस् नहोस अर्का को देश को जर्शी लगाई लगाई चिच्याउनु पर्ने , त्यो पनि घांटी सुकाई सुकाई !!! त्यो बिदेशी जर्शी किन्ने पैसा , कुनै नेपाली माग्ने अथवा बिरामी लाई दिएको भए कति राम्रो हुन्थ्यो होला ,हुन त् आ आफ्नो शौख हो , येस्तई शौख अनि बिदेशी को पिछलग्गु भएका कारण युवा देखि नेता सम्म को स्वभाब पनि एयुतै खाल को छ

  26. कागलाइ बेल पाक्यो हर्स न बिस्मात…………. तर ठिकै छ हत्या हिंसाको समाचार र तस्बिर हेर्दा हेर्दा वाक्क भयको दिमागलाइ एकछिन भय पनि शान्त त मिल्छ.

  27. दक्षिण कोरिया को एउटा गल्ती(सुसाइड गोल)बाहेक समग्र खेल उत्कृष्ट थियो ।
    मलाई त दोश्रो चरण सम्म पुग्छ भन्ने लाग्छ । अर्जेन्टिना पनि क्वाटर फाइनल सम्म पुग्छ ,सेमी फाइनल मा चाँही ब्राजिल इङ्ल्यान्ड ,जर्मनी र घाना को सम्भाबना देखिन्छ ।

  28. मलाई चाही सारै खल्लो लागो. एसियन को आधार मा Shout कोरिया लाइ समर्थन गरेको थिया तर खेर गयो क गर्नु? कहिले कहिँ त एसियन Country जित्ता खेरि सारै राम्रो लाग्थ्यो.नया नया team ले कहिले कहिँ record बिस्व कप राख्दा पो रमाइलो हुन्छ त

  29. it was not shamefull….d koreans give their all n delighted d world by playing beautiful game though they lost d match…

Comments are closed.