घर फर्कियो कोरिया र अमेरिका


दक्षिण कोरियाको विश्वकप सपनालाई उरुग्वेले चकनाचुर पारेको छ। दोस्रो चरणको पहिलो खेलमा कोरियालाई १ का विरुद्ध २ गोलले पराजित गर्दै उरुग्वे ४० वर्षपछि पहिलो पटक क्वार्टर फाइनल प्रवेश गरेको छ। एसियाको आशा भने अब जापान एक्लैले थाम्नु परेको छ। जापानले मंगलबार पाराग्वेसित खेल्दैछ। हिजोको अर्को खेलमा घानाले २-१ ले पराजित गरेपछि अमेरिका पनि घर फर्किएको छ। घानाले अफ्रिकामा भएको विश्वकपमा एक्लै अफ्रिकाको आशा थामिरहेको छ।



उरुग्वे र दक्षिण कोरिया भिड्दा दुवैको कीर्तिमान अनौठो थियो। उरुग्वेले यो विश्वकपमा अहिलेसम्म एक गोल पनि खाएको थिएन। दक्षिण कोरियाले भने अहिलेसम्मका हरेक खेलमा गोल गर्दै आएको थियो। उरुग्वेको गोल नखाएको कीर्तिमान कोरियाले भंग गरिदियो, तर खेल भने जित्‍न सकेन। प्रयास भने कोरियाले निकै गरेको थियो। खेलको अधिकांश समयमा कोरियाले उरुग्वेमाथि दबाब बनाएको देखिन्थ्यो। तर गोलमा परिणत हुन सक्ने कम्तिमा दुई वटा राम्रा प्रयास असफल भए।

उरुग्वेका तर्फबाट सुअरेजले पहिलो गोल गर्दा कोरियाली गोलकिपरको गल्ती स्पष्टै देखिएको थियो। यो विश्वकपमा भएका गोलकिपरका गल्तीहरुमध्ये एक यो गोललाई पनि लिन सकिन्छ। आठौँ मिनेटमा नै उरुग्वेले अग्रता लिएपछि खेलमा दक्षिण कोरियाले गोल फर्काउने प्रयास निकै गर्‍यो। तर मध्यान्तर अघि त्यो सफल हुन सकेन। मध्यान्तरपछि कोरिया झन् आक्रामक रुपमा देखा पर्‍यो। निरन्तरको आक्रमण ६८ औँ मिनेटमा आएर बल्ल सफल भयो। चुङयोङले प्रतियोगिताको दोस्रो गोल गरेर खेललाई बराबरीमा पुर्‍याए।

कोरियाली आशालाई चकनाचुर पार्ने क्रममा खेल सकिन १० मिनेट मात्र बाँकी छँदा पुनः सुअरेजले दोस्रो शानदार गोल गरे। दायाँ खुट्टाले हानेको उनको शक्तिशाली प्रहार पोलमा छोएर जाली चुमेको थियो। निश्चय पनि यस पटकको विश्वकपको उत्कृष्ट गोलहरु मध्ये एकका रुपमा यसलाई लिइन्छ होला।

उरुग्वेले अब क्वार्टर फाइनलमा घानासित भिड्नेछ। त्यसमा पनि विजय हात पार्‍यो भने उसले नेदरल्यान्डस/स्लोभाकिया वा ब्राजिल/चिलीसित सेमी फाइनल खेल्नेछ। ४० वर्षपछि क्वार्टर फाइनलमा पुगेको भए पनि धेरै पहिले दुई पटक उरुग्वेले विश्वकप जितिसकेको छ।

पराजित भए पनि प्रतिस्पर्धात्मक खेल हेर्न पाइयो दक्षिण कोरियाको। फाइनलमा पुग्न भने एसियाली टिमले धेरै मेहनत र थोरै भाग्यसमेत बोकेर आउनु पर्छ जस्तो लाग्छ।


24 Comments

  1. मैले पनि आजका २ वटै गेम हेरे. कोरिया ले राम्रै खेलेको हो. अर्को तिर अम्रिका ले पनि नराम्रो खेलेको होइन. सकेको खेलेकै हो. घाना अलि जब्बर टिम भएर जित्यो. अब भोलिको गेमहरु झन् चाख लाग्दा छन्. हेरौ कसले जित्छ.

  2. second half played by Korean team was superb. I really appreciate them. Don’t be disappointed guys. And, korean team please give your best effort on next world cup games.

  3. कोरिया ले राम्रो खेल्दा खेल्दै हार्न पुग्यो दुख लाग्यो तर पनि जापान ले राम्रो गरुन बेस्ट अफ लक जापान.

  4. i really appreciate that korea played really nice… misses some goal opportunity but they were superb in 2nd half ……But anyways this world cup is of Brazil

  5. दुख लाग्यो कोरीया हार्दा जापान भन्दा कोरीया बाट धेरै आश थीयो हेरौ जापान ले कस्तो खेल्छ । यो पल्टको बिश्वकप ब्राजील ले लान्छ अवश्यपनी ।

  6. मुख्य कुरा खेलाडीको कर्तब्य राम्रो संग खेल्ने हो | हार र जीतलाई समान रुपमा लिनु पर्दछ | हार बाट बिचलित हुनुहुदैन | बुद्ध धर्म मार्गी कोरीयन ले येस लाइ राम्रोसंग बुझेका छन् |

  7. कोरिया ले खेल चाही राम्रो खेलेको थियो, तर के गर्नु. कहिले कहिँ भाग्य ले पनि साथ् दिनु पर्छ. अर्को चोटी लाइ शुभकामना . मैले mysansar मा लेख पथुना खोजेको , कसरि गर्ने हो. कृपया सहयोग गर्नुस है. धन्यवाद.

  8. खेल त हो हारजित भैहाल्छ / कोरिया ले राम्रो खेलेको हो/ अब जापान ले एशिया को इज्जत बचाउनु पर्छ / तर बिश्वो कप चाही ब्राजिल नै लान्छ , ग्यारन्टी हो.
    Happy worldcup to all

  9. कोरिया हाम्रो मन जितेको छ राम्रो खेल छ खेल मा हारजित त हुन्छा तर राम्रो खेलेर हारेको हो उरुग्वे का खेलाडी लाखौ यूरो लियर यूरोप का टप टप club मा खेल्छन तर सर्मनाक हार होहिना अर्को world cup नाजिक छ

  10. एशिया को कोरियाले दोश्रो हाफ मा धेरै राम्रो खेलेको थियो र १ गोल फर्काउन पनि सक्यो | खेल हो हार जित त भैहाल्छ | असफल हुनु नै कुनै दिन सफल हुने बाटो हो | कुनै दिन कोरिया अवस्य सफल हुनेछ |

  11. कोरिया को खेल धेरै नै राम्रो र सफा थियो . तर आज सायद मौसम ले पनि साथ नदिएको जस्तो देखियो .उरुग्वे को बल पानी मा स्विंग भएर गोल भयो तर कोरिया ले प्रहार गरेको बल पानी ले गर्दा पोस्ट सम्म पनि पुगेन .played well is this world cup better luck next time /at least they reach more then france and italy

  12. हारलेनै जीत्न,सिकौछ,तै पनि यो आतिम बिसोंकप होईन ,

  13. जे होस् कोरिया ले राम्रो खेलेको हो मेह नत गरेको हो तर दुर्वाग्य .अर्को वोर्ल्ड कप लै सुभ कामना.

  14. सपना देख्नु कुनै पाप त् हैन ,तर फुटबल को अलिकति पनि सोख राख्ने ले कोरिया ले विश्वकप जित्ला भन्ने चै सोचेको पनि थिएन |यत्ति हो ,अब क्रमश ,जापान,अमेरिका ,इंग्ल्याण्ड नक् आउट हुदै जानेछन |
    बिष कप मा भारत र चिन भिड्ने र जसले जित्छ ,तेस्ले नेपाल सग फाइनल मा खेल्नु पर्ने ,हो अब त्यो गेम मात्र हेर्ने हो |नत्र यो सेतो गेडा ,यता बाट उता जान्छ ,उता बाट यता |

    • के वायात कमेन्ट हो यो | सोचेको हरु ले मात्रै जित्ने हो भने त अरु ले न खेले नि भयो नि त | Brazil, Argentina, Germany, England को मात्र game गरे भै हाल्यो नि | भाग लिने जसले नि जित्न सक्छा | वायात comment गरेर hero हुन नखोज साथी |

      • तपाइँ को कति तुच्छ सोच्है हो ,जाबो कम्मेन्ट लेख्दै मा हिरो हुने हो र |
        ल भैहालो तपाई नै हिरो मा टम क्रुज , राम्रो मा हेमामालिनी,येश्वोर्या , महान बुद्दिजिबी माकुने जस्तो कुट नितिग्य | गच्छेदार जस्तो चतुर |
        प्रचण्ड जस्तो सहासी | बरु अलि राम्ररि हेरेर कुरा काटेको भए हुने ,
        इंग्ल्याण्ड ,अमेरिका ,कोरिया सबै ले हार्छ भनेर लेखिएको थ्यो बिहान गेम सुरु हुनुभन्दा अगिको कम्मेन्ट हो त्यो |

    • Drona is great he knows all, he can fix who can win worldcup, if someone doesn’t like his comment he will give award as this, great person, greater than prachanda, clever than ganendra, hansome than sunil thapa,

      • I am smelling a rat in your writing ‘
        Every body is writing ,making predictions.You are after me ,tis not that intentional.?
        Lets see how many of you are out there.first Rambhakt,then abhay what next???

        of course you are greater than rambhakt?

  15. जे होस् कोरियाले राम्रो खेल खेलेको हो /
    हारे पनि एसियाली फूटबलमा राम्रा छन् भन्ने कुरा कोरियाले सबैलाई देखाएको छ !
    अब एसियाली मुलुकमा जापानले राम्रो गरोस .

  16. I think Korea played as much as they could. Their defense and striking quality should definitely improve! Good luck to Japan!

  17. कोरियाले दोश्रो हाफ मा धेरै राम्रो खेलेको थियो र १ गोल फर्काउन पनि सक्यो | खेल हो हार जित त भैहाल्छ | असफल हुनु नै कुनै दिन सफल हुने बाटो हो | कुनै दिन कोरिया अवस्य सफल हुनेछ |

Comments are closed.