अर्जेन्टिना कि मेक्सिको? जर्मनी कि इंग्ल्यान्ड?


विश्वकपमा आज एक ल्याटिन अमेरिकी देश र एक युरोपेली देशको ‘बलि चढ्ने’ छ। आजको खेलमा स्पष्ट रुपमा हारजीत हुनुपर्ने भएकोले अर्जेन्टिना र मेक्सिको मध्ये एक ल्याटिन अमेरिकी देश र जर्मनी र इंग्ल्यान्डमध्ये एक युरोपेली देश मात्रै क्वार्टर फाइनलमा प्रवेश गर्नेछ। अर्जेन्टिनाले समूह चरणका सबै खेल जितेर ७ गोल गरी एक गोलमात्र खाएर सशक्त खेल प्रदर्शन गरिरहेको छ। मेक्सिकोले भने समूह चरणमा तीन खेलमा जित,बराबरी र हार तीन वटै सहेको छ। अहिलेसम्मको प्रदर्शन हेर्दा अर्जेन्टिनाले मेक्सिकोलाई पार लगाउला जस्तो देखिन्छ। तपाईँ कसको पक्षमा?

अर्जेन्टिना र मेक्सिकोबीच भएका खेलको इतिहास पनि अर्जेन्टिनाको पक्षमा छ। यी दुई बीच १४ वटा खेल भएकामा सात पटक अर्जेन्टिना जितेको छ। पाँच वटा बराबरीमा टुंगिएको छ भने दुई वटा मात्रै मेक्सिकोले जितेको छ। मेक्सिकोका क्याप्टेन राफायल मार्क्वेज पनि भन्छन्- ‘अर्जेन्टिना भएर के भयो त ? दुर्भाग्यवश हामीमा अरु टिममा जस्तो आत्मविश्वास छैन। त्यो माइन्डसेट परिवर्तन गर्नुपर्छ। अर्जेन्टिनालाई पनि पराजित गर्न सकिन्छ भनेर हामीले खेल्नुपर्छ।’ विश्वकप नयाँ देशले जिते हुन्थ्यो भन्ने सोच भएका कारण म भने मेक्सिकोको पक्षमा यो खेल हेर्नेछु।

अर्को खेल जर्मनी र इंग्ल्यान्डबीच हुँदैछ। यी दुईको समूह चरणको खेल त्यति राम्रो भएको थिएन। जर्मनी सर्बियासित पराजित भएको थियो भने इंग्ल्यान्डले अल्जेरियासँग गोलरहित बराबरीको निरस खेल खेलेको थियो। दुई वटा खेल बराबरीमा रोकेर अन्तिम खेल जित्‍नै पर्ने दबाबका साथ इंग्ल्यान्ड दोस्रो चरणमा गाह्रो गरी प्रवेश गरेको थियो।

जर्मनीले अस्ट्रेलियासित शानदार विजयका साथ खेल सुरु गरेको भए पनि सर्बियासित एक गोलको अन्तरले पराजित हुन पुग्यो। अन्तिम खेलमा घानालाई एक गोलले पराजित गर्न नसकेको भए जर्मनीको दोस्रो चरणको यात्रा पनि संकटमा पर्न सक्थ्यो।

दुई देश बीच अहिलेसम्म २७ पटक भिडन्त भएको छ जसमा १२ पटक इंग्ल्यान्ड र १० पटक जर्मनीले जितेको छ। दुई पटक जर्मनीको जित गोलरहित बराबरीमा निर्धारित समय टुंगिएपछि पेनाल्टीबाट भएको हो।

जर्मनीभन्दा इंग्ल्यान्डको खेल समूह चरणमा निराशाजनक थियो। १९६६ मा एक पटक विश्वकप जितेको ‘हिङ बाँधेको टालो’ देखाउने इंग्ल्यान्ड त्यसपछिका प्रतियोगिताहरुमा सँधै अभागी रहँदै आएको छ। तर पनि आजको खेलमा म इंग्ल्यान्डको समर्थनमा खेल हेर्नेछु। तपाईँ कसको पक्षमा ?

43 Comments

  1. इंगलैंड गयो जर्मनी हिप हिप हुर्रे

  2. उफ ! यो ” बलि चड्ने” छ भन्ने शब्द किन प्रयोग गरेको सालोक्य जी ? यो त अस्तित्व नै नरहने र निर्मता पुर्बक अर्काको ज्यान लिने प्रबिती वा आस्था पुर्बक गरिने बलिदान बुझाउने शब्द हो नि ! जहा सम्म टिमको कुरा छ MAXICO प्रति सहानुभूति छ है !

  3. अर्जेन्टिना अनि जर्मनी १००% / मेरो / बाजी राख्ने कोइ छ?
    ल वोर्ल्ड कप को मज्जा लिनुस / बाजी हारेमा आनो घरको टिभी अनि बाटो मा टायर बोत्तल नाफुतौनुस ल /

  4. यो बिस्व कप अर्जेन्टिना ले नै जित्नु पर्छ अर्जेन्टिना इस द बेस्ट र होल्याण्ड पनि राम्रै छ

  5. इंग्ल्यान्ड………. र………अर्जेन्टिना

  6. अर्जेन्टिना ,अर्जेन्टिना यो नाम फिफा २०१० को सबै खेल जित हासिल गर्ने देश हुने छ.जय होश अर्जेन्टिना ..

  7. जर्मनी……………….र………..अर्जेन्टिना .

  8. म नया देश ले यो खेल जित्नु पर्छ भन्छु ,तेसैले यो खेल मा म इंग्ल्यान्ड र मेक्सिको पक्षमा खेल हेर्ने छु|
    कृष्ण कंडेल

  9. म अर्जेन्टिना हारोस भन्ने पक्ष म छु किन कि अर्जेन्टिना ले बिस्वकप जित्यो भने मेरो खल्ती बाट एउटा हात्ती बाहिर निस्कने छ ,मलाई अरु जसले जितोस बाल छैन अर्जेन्टिनाले हारे १ रात झुमिन्छ

  10. अर्जेन्टिना र ईङ्ल्यान्ड्लाई जित्छ ।
    खेल राम्रो हुनेमा म निकै आसाबादी छु ।

    बिनोद सिम्खडा
    लण्डन

  11. ओवेबिऔस्ल्य अर्जेन्टिना नै हो माथि साथीहरु ले भनेको जस्तो अनि हो पछि फिनल मा इंगलैंड र अर्जेन्टिना को गमे त्यो गमे जस्तो हेर्नलायक को गमे सायद क्रिच्केट मा इंडिया वस पाकिस्तान को हुन्छ .

  12. म अर्जेन्टिना र जर्मनी को पक्षमा खेल हेर्ने छु|
    ध्रुब

  13. आज को खेल मा इंगलैंड ले जर्मनी लै धुलो chatauchha / Rooney ले कम्तिमा एक गोल हन्छ /
    ल सबै बिश्वो का जनता हो फूटबल को आनन्द लिनु होस्./ तर हामी नेपाली जनता चाही आफ्नो टिम ले हार्दा जुलुस निकालेर तोडफोड चाही नगर्नु होला/ हामी नेपाली सज्जन छौ, हामी पनि मान्छे त हौ आखिर.
    जय बिश्वो कप

  14. म जर्मनी को जित हेर्न चाहन्छु अनी जर्सी नम्बर ८ मेरो मन पर्ने खेला।।। हो ! र अर्को खेल्ल म भन्न सक्दिन सयाद अर्जेन्तिन को नै हुन सक्छ

  15. पहिलो गेम जर्मनी ले जित्छ र दोस्रो गेम अर्जेन्टिना को नै हो भन्ने कुरा मा म बिस्वस्त छु, आज को खेल मा म जर्मनी र अर्जेन्टिना को समर्थक …..

  16. आजको खेलमा अर्जेन्टिना ले मेक्सिको लाइ सजिलै पाखा लगाउन सक्छ अर्को खेलमा इंगलैंड जर्मनी को अगाडी घुडा टेक्छ ……….म आजको खेलमा अर्जेन्टिना र जर्मनीको पक्षमा

  17. Looking forward to gripping matches between Germany vs England and Argentina vs Mexico. My guess is that Germany and Argentina will reach quarterfinals.

    • म आज को खेल माँ आर्जेन्टिना र इन्ग्ल्यांड को पक्ष माँ छू. अंतत इन्ग्ल्यांड ले यो पटक को वर्ल्ड कप जितेको चाहन्छु.

  18. The most awaitet rivalry clash will occur tomorrow. England have always lost a game against Germany in WC, except in 1966, in which England won in final because of refree’s mistake. Otherwise since then, Germany have advance more than England did.

    And see this:
    http://news.bbc.co.uk/2/hi/world/europe/10420131.stm

    भोली जर्मनीले इंगल्यान्डलाई धुलो पारेको हेर्न नबिर्सौहै साथी हो |

  19. जित्न त अर्जेन्टिना ले अनि जित्ने होला …तर नजिती दिए हुन्थ्यो ….

  20. No doubt argentina gonna win mexcico. I mean mexico also good team. For intresting final match argintina should win todays game otherwise next country easily win mexico in next game so go argentina go ahead.baru Pareko ma behorlaula…

  21. It will be gr8 plesure to watch match between Germany Vs England, coz there will be tie and winner will be decided by penalty kick….its only my guess…Argentina vs Mexico tough to say….though am gr8 fan of Argentina, we had already lots of unexpected results in first round….but anyway in my opinion this world cup 2010 goes to ARGENNNNNNNNNNNNNTIIIIIIIIIINAAAAAAAAAAAAAAA…..East or West Argentina (Gr8 combination of Living legend of football Maradona and Messi).

  22. अर्जेन्टिना नै हो मेरो favourite टीम हो र यो वोर्ल्ड कप troffee अर्जेन्टिना ले नै हात पारछा

  23. अर्जेन्टिनाले मेक्सिकोलाई जित्छ र
    जर्मनिले ईङ्ल्यान्ड्लाई जित्छ ।
    खेल राम्रो हुनेमा म निकै आसाबादी छु ।

    दिपक अधिकारी
    जर्मनी

  24. पहिलो गेम मा इंगलैंड ले जित्छा भने दोस्रो गेम मा अर्जेन्टिना नै हो येस्मा संका गर्नु पर्ने कुनै ठाउँ छैन

  25. मेक्सिकोमा खेलाडी यौंग छन् | भन्न गारो छ |
    खेलाडी मात्रै हेर्ने हो भने अर्जेन्टिना र इंगलैंड जाने देखिन्छ | तर यो खेल टिमवोर्क भर पर्ने भएकाले भन्न गारो छ | म अर्जेन्टिना र जर्मनीको समर्थनमा |

  26. मेक्सिको र जर्मनीको पक्छ्यमा मेरो समर्थन!

  27. England & Argentina Tonight …… Wishing to see the game between them in the Quarterfinal …and one ot them loosing bitterly ….. that wud be the most interesting match in the worldcup 🙂

  28. पहिलो खेल इंगलैंड र दोस्रो खेल अर्जेन्टिना ले नै जित्छ ,कुनै शंकै छैन !!!!!!!!!

  29. अर्जेन्टिना ले इथिहाश मा नै पहिलो पल्ट mustandh , बलिया र राम्रा खेलाडी हरु मैदान मा उतारेको छ……येस्पली म बिस्वस्त छु…कप अर्जेन्टिना को नै हो./

  30. अहिले सम्मको खेल हेर्दा खेरि ४ देसको खेल धरै राम्रो छ बर्जिल अर्र्जिन्तिना स्पेन र नेदरल्याण्ड हो यी मध्ये फाइनल जितने चाहि स्पेन हो येस्मा संका nai छैन

  31. सबैले रोजेको सबैले चाहेको……..अर्जेन्टिना अर्जेन्टिना अर्जेन्टिना ………..

  32. अर्जेन्टिना अर्जेन्टिना अर्जेन्टिना always अर्जेन्टिना बेस्ट अफ लक. पहिलो गेम मा चाही इंगलैंड.

  33. कसको पक्ष्य मा भन्ने कुरो आयो ,
    मेरो बिचार मा बिजयी हुने छ मेक्सिको र जर्मन |
    कारण!! किनभने विश्व कप को यो चरण खेल्ने सबै टिम लग बाग उस्तै हुन्छ |
    अर्जेन्टिना अलि पपुलर भएको ले मेक्सिको ले बिसेस सतर्कता अपनाउछ र जो सतर्क हुन्छ जित उसैको हुन्छ |
    जर्मन हरु नया सैली र प्रयोग मा बिस्वास गर्छन ,तेसैले उसले जित्छ |
    यो मेरो आफ्नो तर्क भयो ,अरु सहमत हुनुपर्छ भन्ने छैन |

  34. अर्जेन्टिनाको जीत सुनिस्चित छ भने बेलायत र जर्मन मा बेलायत ले जीतला जस्तो छ .

Comments are closed.