रेफ्रीले नदेखेको तर विश्वले देखेको गोल

इंग्ल्यान्डलाई शानदार ढंगले ४-१ले पराजित गर्दै जर्मनी क्वार्टर फाइनलमा प्रवेश त गर्‍यो, तर जर्मनीको विजयभन्दा पनि बढी चर्चा इतिहासमा सँधै इंग्ल्यान्डका लाम्पार्डले गरेको यो गोलको हुने निश्चित छ। मध्यान्तर अगाडि २-१ ले इंगल्यान्ड पछाडि पर्दा विश्वले देखेको यो गोल दुर्भाग्यपूर्ण रुपमा उरुग्वेका रेफ्रीले भने देखेन। यो खेलमा सबै अधिकारीहरु उरुग्वेका नै थिए। मुख्य रेफ्री जोर्गे ल्यारिओन्डा, लाइन्सम्यानहरु पाब्लो फान्डिनो, माउरिसियो एस्पिनोसा र मार्टिनो भाज्कुएज सबै उरुग्वे कै थिए। तर यो गल्तीका लागि रेफ्री मात्र हैन, समग्रमा फुटबलको नियम बनाउने अधिकारीहरु नै दोषी देखिने छन्। किनभने ती अधिकारीहरुले नै गोल लाइन प्रविधि र टिभी रिप्लेलाई अस्वीकार गर्दै आएका छन्। उनीहरुको तर्क छ- ९० मिनेटको खेलमा प्रविधिको सहायता लिँदा खेलको मानवीय पक्ष मर्छ र प्रविधि हावी हुन्छ। अनि के रेफ्रीले तानाशाह जस्तो जस्तो गलत निर्णय गरे पनि स्वीकारिरहने ? यो घटनाले यो विषयमा बहस चर्काउने छ। तपाईँलाई के लाग्छ ? प्रविधिको प्रयोग गर्नुहुन्छ कि हुन्न ?



प्रविधिको प्रयोगका लागि कायरोस र हक आई दुई वटा प्रविधि प्रस्ताव गरिएका थिए। कायरोसमा बलभित्र एउटा चिप हालिन्छ र हक आई टेनिस र क्रिकेटमा प्रयोग हुने प्रविधि हो। केही खेलमा यस्तो गोललाइन प्रविधि प्रयोग पनि गरिएका थिए। तर फुटबलको नियम बनाउने अधिकारीहरु यस्तो प्रविधि प्रयोग गर्न मान्दै मानेनन्।

फुटबलको नियम बनाउने गर्छ अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्डले। यो बोर्डमा फिफाको चार भोट हुने गर्छ। बाँकी चार भोट चाहिँ फुटबल खेलको जन्म देशको रुपमा रहेको बेलायतका चार फुटबल एसोसिएसनसित रहन्छ। खेलको नियम परिवर्तन गर्न छ भोट आवश्यक हुन्छ। बेलायतका दुई एसोसिएसन आइरिस र वेल्सले फिफासँग मिलेर प्रविधिको प्रयोगको विरोधमा मतदान गरेपछि गत मार्चमा भएको बोर्डको बैठकले हालका लागि यस्तो प्रविधि प्रयोग गर्ने ढोका बन्द गरेको थियो। यद्यपि बैठकले चौथो अधिकारीका रुपमा एउटा थप रेफ्री राख्‍ने निर्णय भने पछि गरेको थियो। अहिले विश्वकपका खेलहरुमा चार जना रेफ्रीको नाम तपाईँ देख्‍न सक्नुहुन्छ।

संयोग पनि कस्तो !

सन् १९६६ को विश्वकपको फाइनलमा इंगल्यान्डका Geoff Hurst ले गरेको यो गोललाई रेफ्रीले मान्यता दिएको थियो। यो गोल थियो कि थिएन भन्ने विवाद अहिलेसम्म टुंगिएको छैन। त्यो बेला पनि जर्मनी र इंग्ल्यान्डबीच नै खेल भइरहेको थियो। स्कोर थियो २-२। यो गोलले इंगल्यान्ड ३-२ ले अघि बढेको थियो। खेल सकिँदा इंगल्यान्ड ४-२ ले जित्यो।

यस पटकको गोल त्यति अस्पष्ट थिएन, गोललाइनमा स्पष्टै पार गरेको देखिएको थियो। तर हालको नियम अनुसार रेफ्रीले आफ्नो निर्णयबारे स्पष्टीकरण कसैलाई पनि दिनुपर्ने छैन। विवादास्पद निर्णयबाट इंग्ल्यान्डले बराबरी गर्ने मौका मात्र गुमाएन, अन्ततः आफ्नो विश्वकप इतिहास मै ठूलो अन्तरको पराजय सहेर घर फर्कियो। त्यसका लागि विवादास्पद निर्णय मात्र हैन, इंगल्यान्ड टिमको दुई वटा डिफेन्सको गल्ती प्रमुख जिम्मेवार थियो। फोटोः गेट्टी इमेजेस/रोयटर्स

डेभिड बेकह्याम सहायक रेफ्रीसित गोल भएको बारे कुरा गर्दै।

निराश भए इंगल्यान्डका फ्यान।

44 Comments

  1. क्रिकेटमा जस्तै third एम्पाएर राख्दा हुन्छ विवाद नै नहोला कि?

  2. मेरो बिचारमा रेफ्रीले तुरुन्त निर्णय गर्न नसकेको अबस्थामा 4th रेफ्री replay लाई मान्नु पर६/ १९६६ को विश्वकप फैनलमा इंगलैंड र जर्मन को पनि येस्तई भएको थियो तर त्यो बेलामा गोल भएको थियन तैपनि गोल दिएर इंगलैंड ले फैनल जित्यो. तेस्को परिणाम येस्पली बिपछ्हेमा निर्णय भयो/

  3. beacuse of that wrong decission england loose the game. refree shouldnt do such mistake, that much more mistake then other so that was bad luck for england,

  4. पहिलो हाफ मा भएको इंगलैंड ले गरेको रहस्येमाये गोल नदिने भए त्यो घेरा को के महत्वो रह्यो त ?गोल पोस्ट को जाली त केवल बल्ल सम्हाल्न को लागि होला जस्तो लाग्छा तर त्यहाँ त बल्ल तेस्रो पटक बल्ल उफ्रादा गोलेकीपरले समातेको छ तेती बेला सम्म रेफ्री ले के हेरेको थियो त ?

  5. हरेक खेलको आफ्नै बिशेषता हुन्छ! केहि हद सम्म तेसलाई ब्याबस्थित र प्रायोजित गर्ने अनि सहज गराउने कुरासम्म प्रविधिको प्रयोग गर्नु जाति हुनेछ तर प्रविधिलाई नै सबै कुरा मानेर सुम्पिदापानी मानबियता र खेल अनि बस्तु वा तत् कुराहरुको मौलिकता हराउदै जानेछ! तेसैले जहातही प्रविधिको प्रयोग पनि उपयुक्त नहुनसक्छ!
    तेसैले म फुटबलमा क्यामेरा द्वारा थर्ड एम्पायरको निर्णयगर्ने कुराको बिरोधमा छु! किनकि यो खेल अन्य खेल भन्दा फरक छ! यासखेलामा दुवै पक्षलाई बराबरी र एउटेइ समय दियको हुन्छ! अनि समय निश्चित हुन्छ!
    जहासम्म त्यो इंगल्याण्ड को गोलको कुराछ मा रेफ्रीको निर्णयमा पूर्ण सहमत छु हाला*कि मा इन्गल्यंडको समर्थनमा हेरेको थिय!
    उक्तबल फास्ट र बन्सिंग बल थियो, बन्सिंग बल र रोलिंग अबस्थाको बलमा परिस्थिति र निर्णय फरक हुनसक्छ! यदि रोलिंग बल भयको भय यो बेलामा त्यो बललाई गोल दिनबाट कसरिले रोक्नसक्ने थियन!
    अर्को कुरो त्यो बल बन्सिंग भयारपानी जब बन्सिंग भयो इन् द पोस्ट नभयर आउट द पोस्ट बाँस भैदिनाले त्यो गोला नदियाको मा मेरो कुनै गुनासो छैन! यदि बन्सिंग भयर पोस्ट बाहिर नाफर्कर भित्रतिर गयको भय वा किपर पोस्ट भित्र छिरेर बल समातेर फिर्ता ल्यायको भय मा पनि यो गोल नदियकोमा घोनाघार बिरोध गर्दथिय अब तेसोत हार्ने पक्ष सधै केहिना केहि बखेडा झिक्न खोजेकै हुन्छ झनै अलिकति बिबादास्पद र आफ्नो परम्परागत दुस्मनिसंगको अबस्थामा अझै बढी हुन्छा, तर हालको तेस अबस्थामा म यत्ति भन्न सक्छु “ब्याड लक्”
    जहासम्म अर्जेन्टिनाको गोलको अफसाइड भन्ने कुरा छ त्यो बिलकुल कुतर्क हो! तेसलाई अफसाइड भन्नु जत्तिको मुर्खता यो खेलमा तेस्तो सम्बन्धि कुरामा अर्को कुनै नहोला!
    जेहोस दुवै निर्णय स्पस्ट र जायज छन् बिबाद गर्नु कुनै तुक छैन!

    • तिमीलाई हाम्रो घरको बाटो बाट आउलाउ नि अब ??

  6. जाली नै चुम्नु पर्ने हो भने किपर भित्र गएर जाली छेउ मा बसे भैहलेउ नि वैयात गोल भएर नि नदिएको किन कोर्नु परेउ तेसो वाए त्यो घेरा गोल दिएको भए खेल ले अर्कै मोड लिन्थ्यो

  7. कस्तो गोरु हरु रहे६ यदि गोल दिएको भए बराबर हुन्थ्यो अनि जर्मनले खेल माथि दबाब राख्न सकिदैन थियो,रेफ्रीले गोल दिएन तेही भएर इंगलैंड को खेलाडी हरु मनोबल घटेको हो ,अमग्रमा भन्ने हो भने यो खेल इंगलैंड ले जित्नु पर्ने यो रेफ्रीलाई कारबाई गर्नु पर६,

  8. ए भाईहरु इंगलैंड को त्यो गोल दिएको भय ४-२ हुन्थियो भन्ने सामान्य हिसाब मात्र हो खेल मा अरु धेरै कुरा ले पनि भूमिका खेलेको हुन्छ , गोल नदिनु इंगलैंड को दुर्भाग्य हो

  9. लाम्पार्ड ले हानेको त्यो गोल दिएको भए अर्कै परिणाम आउथ्यो भनेर गफ खोक्नु चाहि पर्दैन है कसैले पनि | पहिलो चरणका ३ वटा म्याच हेरेकै हो इंगलैंड को | फुटबल को जन्मदाता हु भनेर चुरीफुरी गरेर मात्र त हुदैन नि | कुन दिनको खेल राम्रो थियो र इंगलैंड को ? मैले पनि इंगलैंड कै समर्थन गरेको थिए सुरुमा | बिगतमा राम्रो खेलेको थियो भन्दैमा सधै राम्रो खेल्छ भन्ने हुदो रहेनछ | त्यो गोल रेफ्रीले दिएको भए जर्मनी ले अर्को १ गोल थपेर ५-२ को जीत पनि त हासिल गर्न सक्थ्यो | यसरि नभएको कुरालाई यो या त्यो हुन सक्थ्यो भनेर टिप्पणी गर्नु इंगलैंडका कोचले अरुका अगाडी आफ्नो कमजोरी लुकाउन खोज्नु मात्र हो |

  10. कुरा बिबादास्पद गोललाई मान्यता दिनु पर्थियो भन्ने भए पनि खेल हेर्दा पुरै खेल जर्मनीको पक्षमा थियो इंगलैंड त जर्मनी को अगाडी कम्जोर देखियो यो गेममा ..यदि त्यो गोललाई मान्यता दिए पनि जर्मनी को नै जित हुनेथियो

  11. प्रविधिको प्रयोगले मानवशक्तिको प्रयोगमा कमि आइरहेको छ, अर्थात् प्रविधिले मानवशक्तिलाई विस्थापित गरिरहेको छ । अझ सीधा अर्थमा भन्ने हो भने प्रविधिले मानिसहरूलाई बेरोजगार बनाइरहेको पनि भान हुन्छ । शायद रेफ्रीहरूको ‘जागीर’ खतरामा पर्ने भएका कारणले होला फुटबल खेलको प्रदर्शन र प्रशारणमा प्रविधिको व्यापक प्रयोग गरे पनि खेलको नियम पूर्णरूपमा रेफ्रीकै भरमा छोडेको छ; रेफ्रीलाई पूर्ण अधिकार दिइएको छ । तर यस्तो मानसिकता गलत हो; प्रविधिको प्रयोगले मानवशक्ति विस्थापित हुने होइन कि अझ बढी रोजगारको सृजना गर्छ भन्ने कुरा फिफाका पदाधिकारीहरूले बुझ्नुपर्छ ।

    फिफा एउटा संस्था भएको र यसमा विभिन्न विचारका मानिसहरू भएको कारणले प्रविधिको प्रयोगमा कठिनाइ भएको हुनसक्छ । प्रविधिलाई मान्यता दिलाउन पनि रेफ्रीको मिलोमतोमा यो गोल प्रकरण भएको हुनसक्छ; उही भारतले कान्तिपुरको कागज रोकेर कान्तिपुरलाई चोखो देखाउन खोज्या जस्तै क्या … !

  12. दीपक जि,
    ४४ बर्ष देखी को ईतिहास त थाहा छ होलI तपाईंलाई न भय आज को नागरिक हेर्नुस् I ४ बर्ष पछी फेरी सामना गर्न पाइयोस त्यो नाकचरो जर्मन सँग

    ईङ्ल्यान्ड भनेको गोल्ड हो र गोल्ड भेनेको गोल्ड नै हुन्छ।

    • होइन राज जी, जर्मनी किन “नकचरो” ? रेफ्रीले इंगलैंड का लागि गोल दिएन त त्यसमा जर्मनी को के दोष ? जर्मनी ले बिबादास्पद गोल गरेको भए पो उसलाई दोष दिन मिल्थ्यो |
      बरु अर्को खेल मा अर्जेन्टिनाका टेभेज ले गरेको गोल अफ साइड भनेर बिबादास्पद हुदा अर्जेन्टिनालाई चाहि अलि लाज लागेको हुन सक्छ | जर्मनी ले राम्रो खेल्यो जित्यो | फुटबल को जन्मदाता हु भनेर गर्ब गर्दैमा मात्र कप त पाइदैन नि साथि मैदानमा गोल पनि गर्न सक्नु पर्यो |

      • क्रान्ति जी
        के हो माथि को फोटो मा बेकयम ले साईड रेफ्फ्री संग आपति जनाई रहेको देक्नु vaAna कि के हो ?

        • रेफ्री संग आपत्ति जनाउनु पर्छ, फिफा समक्ष कम्प्लेन गर्नुपर्छ | त्यसमा मेरो बिमति कहा छ र यमुना जी ? यो गेम मा निर्णय गर्ने रेफ्रीकै हो नि गल्ति त | तर राज जी ले जर्मनी लाइ “नकचरो” भनेको चाहि मलाइ चित्त बुझेन | जर्मनीले आफु सक्दो खेल खेल्यो र जित्यो | इंगलैंड ले गरेको गोल नदिएकोले उसको गोल अन्तर बढी भयो | मैले बुझेको कुरो चाहि यत्ति हो |

  13. नियम अनुसार त जाली छुनु पर्ने होइनर ? सेतो लाइन क्रस त गरेको थियो तर जाली चाहि छोएको थिएन तेसैले होला यसलाई मान्यता नदिएको .

  14. why is FIFA fearing from the use of technology … Referees made two controversial decision in the last two matches…. we all know that was a big mistake but no correction…. FIFA u must now do something so that no such mistakes r made in upcoming matches…..

  15. इंगलैंडले गरेको त्यो गोल नहुनु र अर्जेन्टिनाले गरेको तेस्तो गोल हुनु र दुवै देश बिजयी हुनु , आधुनिक प्रबिधि को जमानामा व्यक्तिको त्यो गलत निर्णयले संसारका करोडौ दर्शक हरुलाई अचम्म मा परेको छ /

  16. दिपक जी तपाई ले भन्नु भो … यदी रेफृले त्यो गोल देखेको भय पनि ४-२ हुने थियो जर्मनिलाई ।……… तपाईको यो तर्क जर्मनीको Beer ले निकालेको कि आफ्नो दिमाग ले ? एक छिन् कूल भएर सोच्नुस जब कि त्यो गोल दिएको भए खेल ले अर्कै रुप लिन्थ्यो र खेल = पनि हुन सक्थ्यो
    ——बेल्जियम———

  17. जर्मनी को खेल उत्कृस्ट थियो नै तर पनि इंगलैंड को दोश्रो गोल ले मान्यता पाको भए केहि हद सम्म खेल ले अर्कै रुप लिन पनि सक्थ्यो र ४-१ को फराकिलो अन्तर हुँदैनथ्यो, रेफ्री ले कति बेला ह्याण्ड देख्दैन, फ्री किक दिदैन त्यो सब ह्युमन मिस्टेक हो, यो बिगत मा पनि धेरै भएको हो | गोल नदेख्नु पनि स्वाभाविक नै थियो, किनकी यो मानिसको साधारण आँखाले त्यती छिट्टै देखिन सकिदैन थियो । यस्तोमा क्रिकेट खेलमा हरेक मुभ्मेन्टको नतिजा टि.भी रेप्ले लाई मान्यता दिने जस्तो फूटबल खेलको पनि हरेक मुभ्मेन्टको रियल नतिजा यसरी टि.भी रेप्लेको आधारमा नै दिने नियम बनाएनु नै ठीक जस्तो लाग्छ ।
    तर हरेक मुभ्मेन्टको नतिजा यसरी टि.भी replay को आधारमानै दिन थालियो भने गेमको मज्जानै चौपट हुने डर हुन्छ त्यसैले टेनिस खेलमा जस्तो प्रत्यक पक्षले बिपक्ष बिच निस्चित ४ वा ५ चोटि यस्टै मुभ्मेन्ट ( जस्तो आज बनेको थियो ) मा अपिल गर्न सक्ने नियम बनाउनु जरुरी जस्तो लाग्छ ।
    आजको खेल हेरेर जर्मन पक्षले बाहेक सारा विश्वले शायद यस्तै निर्णय गरेको हुनु पर्दछ किनकी आजको खेलमा सारा विश्वले इँग्ल्याडको पक्षमा देखिएको गोल “fifa अफिसियलहरुले” मान्यता दिएनन ।

  18. त्यस्तो गोललाइ पनि के गोल भन्नु , स्वाट्ट नेटनै छुने गरी भएको पो गोल । प्रविधि नराखेकै वेश यसो मान्छे भन्ने प्राणीले पनि काम पवोस न , फेरी पछि कम्पुटरमा नै विश्वकप होला ।

    • अहिले को समएमा जहाँ पनि प्रभिदी हाबी हुदा मानबता भन्ने कुरा नै हरौना थाले को छ ! फूटबल मा रिप्ले भन्दा पनि रेफ्री र लायीन्स म्यान हरु को निर्णय अति रोचक र महत्वोपुर्ण रहन्छ . रेफ्री ले नदेखने गरि खेलाडी ले अनेक गरेका छैनन् र ? England को गोल रेफ्री ले नदेख्नु भनेको दुर्भाग्य भने हो . इंगलैंड को हिजो को हार उसको कमजोरी पनि थियो. इंगलैंड को तुलना मा जर्मनी अति ससक्त टिम को रुपमा देखिएको थियो .

  19. खेल मा मैन त भाग्य ले पनि साथ् दिनु पर्छ तर एङ्ल्यान्ड त धरैइ बिरालू मुसै नमर भो जर्मनी को त थियो पनि को स्टार…….bybyby इंगलैंड!!!!!!!!

  20. Now when high speed HD recording is available I cannot understand what is FIFA’s issue for not using technology to review controversial issues during the game! I’m watching the game between Arg and Mex – and an offside goal was counted while a slow motion immediately afterwards (while discussion on field was going on) clearly showed offside! It does not mean that the referee on field has to refer to technology for every decision but at least when there is a controversy, there should be a way to resolve the issue!

    BTW, I support Germany and Argentina, but still such unfairness still dilutes the fun of winning the game!

  21. त्यस्तै अहिले मेक्सिको र अर्जेन्टिनाको खेलमा अफसाइडको गोललाइ रेफ्रीले दिएको मान्यता पनि विवादित नै रहने छ | रेफ्रीहरुले अत्याधुनिक प्रविधिको सहयोग लिन किन नमानेको हो ?

  22. There is no justification of injustice. Wrong is wrong in anyway. I think FIFA is wrong and we can’t support wrong deeds.

  23. जर्मनी ले चाहेको भए अजै गोअल हन्थियो बिचरा सोचेर नहानेको हो,हिफिप हुर्रे जर्मनी

    • जर्मनीले चाहेको भए धेरै पटक World Cup जित्न सक्थ्यो तर अरुलाई पनि चान्स दिउँ भनी हारीदिने गरेकोले मात्र अरुले पनि World Cup जितेको हो, होइन त samir ji ?

  24. गोल थियो भनेर सबैलाई थाहा छ | यो रेफ्री को जानी जानी गल्ति होइन | यो मानबिय त्रुटी हो | रेफ्री लाई sure नभएको गोल उसले कसरि दिन सक्छ ? एकपटक लियको निर्णय पनि त change गर्न मिल्दैन ? प्राबिधिक लाई मानिस भन्दा अगाडी लेराउना मिल्दैन | मानिस ले technology बनाएको हो न कि technology ले मानिस बनाएको हो | एस मा रेफ्री को गल्ति हो तर german support गरेर गरेको गल्ति देखिदैन | एस्तो गल्ति खेल मा भैरहन्छ, बाद विवाद पनि चल्दै गर्छ तर खेल को मज्जा नै येही हो नि ? यो सबै ले बुझ्नै पर्छ |

  25. यो फूटबल हो साथीहरु /
    त्यो इंगलैंड हो भनेर आएको decision होइन /
    रेफ्री ले नधेखेर हो जर्मनी ले हानेको भए पनि decision तेही हुन्थ्यो /

  26. त्यो गोअल लै मन्येता दिएको भए, खेल ले अर्कै रुप लिने थियो…………..फूट बल मा पनि थर्ड अम्पाएर राख्नु पर्ने आबस्कता छ अब………………….जे होस् गर्मानी को फिनिशिंग धेरी राम्रो लग्यो!

  27. रेफ्री झुर हो …त्यो इंगलैंड को पर्फेक्ट गोल थियो …..लेट्स
    बोयकट हिम ……

  28. मनोबल को कुरा आउछ किनभने इंगलैंड ले त्यो गोल सदर पाएको भए उसकमनोबल बढ्ने थियो हुन् त फूटबल मा भाग्य ले पनि साथ दिनु पर्छ नि त हर र जित त भै हाल्छ

  29. जर्मनी को खेल उत्कृस्ट थियो तर पनि इंगलैंड को दोश्रो गोल ले मान्यता पाको भए केहि हद सम्म खेल ले अर्कै रुप लिन पनि सक्थ्यो र ४-१ को फराकिलो अन्तर हुँदैनथ्यो कि भन्ने मलाई लाग्छ.

  30. यो रेफ्री ले नदेखेको अरु ले देखेको गोल लाई १९६६ मा इग्ल्यान्ड को नभएको गोल को बदला को रुप मा लिए हुन्छ | जे होस् ४-१ को अन्तर ले इग्ल्यान्ड हार्यो | त्यो गोल माने पनि ४-२, हार नै हुन्थ्यो | इग्ल्यान्ड को लागी इतिहास कै सबैभन्दा नराम्रो हार | जर्मनी ले आफ्नो कर्तब्य पुरा गर्यो, त्यस्तो युवा टीम ले इग्ल्यान्ड को धुलो पिठो पार्यो | म खुशी छु , आज त जर्मन बियर जान्छ |

  31. रेफ्री ले कति बेला ह्याण्ड देख्दैन,फ्री किक दिदैन त्यो सब हुमन मिस्टेक हो यो बिगत मा पनि धेरै भएको हो | गोल न देख्नु पनि स्वाभाविक नै थियो ,तेसैले म लाइ लाग्छ तेत्ति बिबाद हुदैन |गोल नै तेस्तै खाल को थियो |
    आखिर ल्यांस म्यान हरु पनि त् थिए ?

  32. जून सुकै कोण बाट हेर्दा पनी यो गोल थियो. स्पस्ट रूप माँ बल गोल पोस्ट को सेतो धर्का भित्र गोल पोस्ट माँ छिरेको थियो. तर पनी किन येस्लाई गोल मानिएन? लौं कसैलाई थाहा भए यो बारे माँ लेखौ.

  33. साथीहरु हो, मैले भनेकै थियँ, जर्मनीले ईङ्ल्यान्डलाई जित्छ भनेर । यदी रेफृले त्यो गोल देखेको भय पनि ४-२ हुने थियो जर्मनिलाई ।
    दिपक अधिकारी
    जर्मनी

    • दीपक जु,
      तपैन्ले त राम्रै अनुमान लाउन्भ्को रहेछ तर यदि त्यो गोअल दिएको भए दीपक जी खेल को परिणाम अर्कै हुन सक्थ्यो |यो कुरा संसारलाई थाहा छ |german दिन बलियो थियो र आज result german को पक्ष्यमा गयो| rks

Comments are closed.