‘सुन्तला’ र ‘साम्बा’को भिडन्तमा कसले जित्ला?


विश्वकपको सेमी फाइनलमा प्रवेशका लागि ‘सुन्तला’को देश नेदरल्यान्ड्स र ‘साम्बा’को देश ब्राजिलबीच रोमाञ्चक भिडन्त हुने भएको छ। नेदरल्यान्डसले अहिलेसम्म खेलेका सबै खेल जितेको छ- समूह चरणका तीन खेल र प्रि क्वार्टरको खेल मात्र हैन, विश्वकप छनौट चरणका १० वटै खेल पनि उसले जितेको थियो। ब्राजिलले भने समूह चरणमा एउटा बराबरी खेलेको छ। शुक्रबार हुने यो खेलमा परम्परागत विजेताले मात्र विश्वकप जित्‍नु हुँदैन, राम्रो खेल्ने अरु टिमले पनि जित्‍नु पर्छ भन्ने मान्यताका साथ म नेदरल्यान्ड्सको समर्थन गरिरहेको हुनेछु। ब्राजिल र नेदरल्यान्ड्सबीचको खेलका विजेताले सेमी फाइनलमा घाना र उरुग्वेबीचको विजेताका साथ खेल्नुपर्नेछ। सेमी फाइनलको खेलभन्दा पनि क्वार्टर फाइनलको यो खेल बढी रोचक हुन्छ जस्तो छ।

क्वार्टर फाइनलका लागि आठ टिम छनौट हुने क्रममा सुन्तलाको देश नेदरल्यान्ड्सले सोमबार नाम लेखाएको हो। इटालीलाई घर फर्काएको स्लोभाकियाले अर्को अप्रत्याशित नतिजा निकाल्ने चुनौति नेदरल्यान्ड्सले २-१ ले समाप्त गरिदियो।

१२ वर्षपछि नेदरल्यान्डस अन्तिम आठमा पुगेको हो। दुई पटक विश्वकपको फाइनलसम्म पुगिसके पनि सँधै खाली हात फर्कनु परेको छ नेदरल्यान्डसले।

अर्को प्रि क्वार्टर फाइनलमा ब्राजिलले चिलीलाई ३-० ले पराजित गर्‍यो।


अर्को लहरमा भने अर्जेन्टिना र जर्मनी सेमी फाइनलमा प्रवेशका लागि भिड्दैछन्। पाराग्वे र जापान अनि स्पेन र पोर्चुगलबीच खेल हुन बाँकी छ। पोर्चुगल यो विश्वकपमा अहिलेसम्म गोल नखाएको सबैभन्दा डिफेन्स तगडा भएको टिम हो। उसले तीन खेलमा सात गोल गरेर एक गोल पनि खाएको छैन। स्पेनलाई भने स्विटजरल्यान्डले १-० ले पराजित गरी अप्रत्याशित नतिजा दिएको थियो। स्पेन अहिलेसम्म एउटा पनि कार्ड नपाएको अनुशासित खेल खेल्ने टिम हो।



36 Comments

  1. आज बेलुका को फूटबल गेम मा ब्राजिल ले जित्छ ……… १००% ग्यारेन्टी छ l

  2. दुवै देशका सुन्दरी हेरे पछि कुन देशलाई समर्थन गर्ने, कुनलाई नगर्ने भइ राखेको छ | अब ड्रा त हुदैन होला नि ????

  3. अर्जेन्टिना ले जित्नु पर्छ र जित्छ पनि good luck maradona you deserve it

  4. अर्जेन्टिना , ब्राजिल र जर्मनी बाहेक जसले जिते पनि राम्रो .

  5. फाईनल जस्ले जिते पनि क्वाटर् फाईनल चाहि‌ हल्याण्ड कै हुन्छ। Just see the statistics, Holland has won each and every games on this tournament.

  6. ब्राजिल को खेल हेर्दा धेरै आशा गर्नु बेकार जस्तो लाग्दै छ, हैन त्यो काका बेकार मा किन सन्केको होला? बेकार मा पहेंलो कार्ड खान, अब अर्को खेल मा फेरी खान्छ तेस्तै सन्की रहने हो भने अनि final मा बिना काका ब्राजिल हार्छ जस्तो लागेको छ है मलाई त /

  7. पांच पटक वर्ल्डकप जितेको देश ब्राजिल हो त्यसैले धेरै पटक जित्ने देशले नै यसपाली पनि हात पार्छ भनेर धेरै लाइ भ्रम परेको छ |तर वास्तविकता भने त्यो छैन |जर्मनी, अर्जेन्टिना,स्पेन र पोर्चुगल यी चार मध्ये कुनै एकले अवस्य जित हात पार्ने छन् |तर म चाहिं नजिते पनि जापान को सपोर्ट गर्दछु |

  8. काकाले रसिलो भरिलो सुन्तला क्वाप्प नखाला भन्न सकिन्न ! एकै गाँस गर्दा किक्लिक्क परेर काका चट् हुन पनि बेर छैन है !! 😉

  9. विश्वकप फूटबलमा यस पटक पनि पुराना बिजेताहरु मध्येबाट दक्षिण अमेरिकन टिमहरु ब्राजिल वा अर्जेन्टिना एकले जित्ने सम्भावना बढेर गएको छ | विश्वकप फूटबलको इतिहास हेर्ने हो भने युरोपियन महादेशमा भएका विश्वकप फूटबलका सस्करण बाहेक अन्य महादेशमा आयोजित कुनै पनि विश्वकप युरोपियन देशहरुले जित्न सकेका छैनन | पुराना विश्वकप बिजेता युरोपियन टिमहरु पहिलो चरणबाट बाहिरिनुले पनि दक्षिण अमेरिकन टिमहरुमा इतिहास पुनरावृति गर्ने हौसला बढेर गएको देखिन्छ | यदि कुनै टिममा नया इतिहास लेख्ने हौशला छ सिप छ कौशल छ भने त्यो एकमात्र टिम स्पेन हो | नत्र विश्वकप फूटबलको यो सस्करणको बिजेता पुन: ब्राजिल हुनेछ |

  10. विस्वो कप त ब्राजिलले नै जित्छा.
    तेसकारण मा
    साथीहरुलाई दुइटा अण्डा एउटा कोक र चौमिंन खुवाउनेछु. धन्नेबाद

    • साथी मलाई त भंगेराको गुड मन पर६ तेस्तो कोक, एग्ग साब तपाई को मुख मा है

  11. USA Today भन्दा त salokya जी को my sansar नै update रहेछ / बिस्व प्रसिद्द पत्रिका USA Today को अन लाइन साइड मा मेक्सिको vs जर्मनी quarter final खेल हुने भनेर गलत सूचना लेखेको छ / हेर्नुस त : http://www.usatoday.com/sports/soccer/worldcup/schedule.htm

  12. Loves to see Dutch into semis..Brazil being so powerful team in every aspects of the game, defence, mid and strike.To beat Brazil is possible if Dutch plays their best of all till date.Otherwise its Brazil.

  13. If my prediction comes true, there will be a tough competition between Netherland and Spain in the final match.
    Again, this will happen only IF MY PREDICTION COMES TRUE…..lol

    I wish that my prediction will come true…….

    Vicky

  14. अबको क्वार्टर फाइनलको खेल धेरैनै प्रतिस्प्रधात्मक हुने पक्का छ तर ब्राजिल खेल दिमागले खेल्ने भयकोले जित चाही ब्राजिलको पक्षमा हुने छ

  15. go holland go.yo brazil brazil bhanne mula saagharulai dekhai deu.we are with u go hollan go.all the best .
    ajha ta malai nepal ra brazil final herne iccha cha sayad baanchujel pura hola ra!result nepal 3 -0 brazil,
    rakesh
    jai nepal

  16. लुना बहिनीको खुर्सानी पड्काएर गुन्द्रुक को झोल संग भात् खाने रहर पुरा नभएकोमा दुख लाग्यो/ मेरो सपोर्ट त्यो टिमलाई हुन्छा जो ११ जना मात्र खेलाडी हुन्छन १५ जना (११+४ जना रेफ्री ) होइन . अर्जेन्टिना लगायत केहि देश मा १५ जना ले खेल्छन तेसैले मेरो सपोर्ट पाउदैनन /

  17. म पनि नेदेर्लान्ड्सको supporter . HUP HOLLAND हुप!!! robben + snijder + van persie le brazillai thangnama sutaidinchha.

  18. yespali जित्ने चाहि स्पेन हो अब अहिले क्वाटर फाइनल सम्म नेदर्लांड ब्राजिल जापान जर्मनी घाना स्पेन उरुग्ये अर्गेंतिना हुन् सेमी मा पुग्ने ब्राजिल जर्मनी अर्जेन्टिना र स्पेन हुन् लास्ट विनर स्पेन हो सबैले याद गर्या भया

    • माथिको चार्ट हेर्नु भएन ? जर्मनी र अर्जेन्टिना मध्ये एउटा टीम मात्रै पुग्छ सेमी-फाइनल मा | फुटबल को विश्लेषण गर्नेले त अलि जानकारी पनि राख्नुपर्यो नि, होइन र ? 🙂

  19. ब्राजिल बाहेक अरु को चान्स छैन धेरै सपना न देखाउन है साथीहरु

  20. ब्राजिल ले त सधै जित्दै आएकै छ ,
    च्यालेन्ज मा परेको चिल्ली हो , चील्लिको समर्थन .
    ( चिल्ली ले जित्यो भने खुर्सानी पड्काएर गुन्द्रुक को झोल संग भात् पकाउछु
    भोलि )

  21. मलाई त जापान र घाना को बीच हुने फाइनल खेल हेर्ने रहर छ! चाहे रेफ्री ले झेल गरुन चाहे घानाका खेलाडीले फाउल खेलून बाल मतलब !

    • ब्राजिल र घाना भनेको भए तथास्तु भन्नु हुन्थ्यो |

      • द्रोण जी ब्राजिल र घाना त सेमी फाइनल मै खेल्छन नि , खै कुरा बुझेको?

  22. सुन्तला त् पुग्यो ,म लाइ त् केरा को चिता छ ,केरा (अर्जेन्टिना ) को डिफेन्स त्यति राम्रो छैन | येस्पाली चाकु हरु (घाना ) को पनि फाइनल सम्म पुग्ने हो कि ?
    आज पहिले भुइकटर् (ब्राजिल ) खेल हेरी हालौ |

Comments are closed.