रिप्ले देखाउनु चैँ गल्ती रे


अर्जेन्टिनाको अफसाइड गोलः यसरी रिप्ले देखाउनु गल्ती हो रे फिफाका अनुसार।
यस पटकको विश्वकपमा रेफ्रीका निर्णयहरु एकपछि अर्को गर्दै विवादमा पर्दै प्रविधिको उपयोग गर्न दबाब बढिरहेका बेला फुटबलको सर्वोच्च संस्था फिफाका प्रवक्ताले भने रिप्ले देखाउनु गल्ती भएको बताएर जग हँसाए। अर्जेन्टिना र मेक्सिकोबीच भएको प्रिक्वार्टर फाइनल खेलमा अर्जेन्टिनाका कार्लोस टेभेजले गरेको पहिलो गोल खेल मैदानका स्क्रिनमा रिप्ले गरी देखाइएको थियो। रिप्लेमा गोल स्पष्ट रुपमा अफसाइड देखिएपछि मेक्सिकोका खेलाडीले रेफ्रीसँग विवाद गरेका थिए। रेफ्रीले लाइन्सम्यानसँग सल्लाह पनि गरेका थिए। तर अहँ, इटालीका रेफ्रीले गोललाई मान्यता दिएरै छाडे।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा फिफाका प्रवक्ता निकोलस मेनगटले गल्ती स्वीकार गर्दै भने ‘त्यस्तो नहुनुपर्ने थियो।’ हैन, हैन निर्णय गल्ती भनेर भनेका हैनन् है उनले। उनले त रिप्ले देखाउनु चैँ गल्ती भएको पो भनेको त। रिप्ले देखाउन नहुने होइन तर त्यो विवादास्पद समयमा होइन। भविष्यमा यस्तो हुन दिन्नौं।’

वाह, वाह- भविष्यमा गलत निर्णय हुन दिन्नौँ भन्नु त कहाँ हो कहाँ- गल्ती देखाउने रिप्ले चाहिँ देखाउन दिन्नौँ पो भन्छन् बा फिफाका प्रवक्ता त। क्या गज्जब छैन त ?

धेरै प्रश्नको जवाफ दिन मानेनन् प्रवक्ताले पत्रकार सम्मेलनमा। रिप्ले देखाउनु गल्ती भएको र अब नहुने चाहिँ स्पष्ट बताए। मतलब अब गल्ती भए पनि देखाउन पाइने छैन। रेफ्री भनेका भगवान हुन्, उनले कहिले गल्ती गर्दैनन्। उनको गल्ती देखाउन नि पाइँदैन।

इंगल्यान्ड र जर्मनीको खेलपछि गोल लाइन यस्तो बनाउने प्रस्ताव गरौँ फिफालाई 🙂

रेफ्रीको विषयमा कुरा आएपछि पहिले कै यो एउटा जोक पनि सान्दर्भिक हुन आउँछ है-

पृथ्वी भन्ने देशमा सब मनुवाहरु विश्वकप फुटबलमा मस्त भएको देखेसि स्वर्ग र नर्कमा पनि यसको फिभर चढेछ। विष्णु भगवान शेषनागको शैय्यामा सुतेर डिटीएच जोडेर टिभी म्युट गरेर वर्ल्डकप हेर्दै थिए। किनभने भुभुजेलाको आवाजले विष्णु भगवानलाई पनि टेन्सन दिराथ्यो। महादेव नन्दीभृङ्गीका साथ कैलाशमा बसेर वर्ल्डकपमा मस्त थिए। उनले भुभुजेलाको आवाजबाट बच्न कानमा कपास कोचेका थिए। सबभन्दा टेन्सन ब्रम्हाजीलाई थियो। त्यति धेरै टाउको छ, सबैमा कपास कोच्दै दिक्क। हातमा किला ठोक्किएकाले येशु चाहिँ गोलमा ताली पिट्न पाउँदैन थिए।

नर्कतिर पनि त्यस्तै थियो हालत। चित्रगुप्त, यमराज सबै वर्ल्डकपमा नै मस्त थिए। एक दिन नारदले स्वर्ग र नर्कबीच युनिभर्स कप फुटबल आयोजना गर्ने प्रस्ताव दुवैतिर राखे। यसविषयमा छलफल गर्न दुवै पक्षबीच बैठक बस्यो। स्वर्गका देवताहरुले फूँइ देखाएर भने- ओए, तिमीहरुलाई थाहा छैन, राम्रा खेलाडीहरु जति सबै मरेर स्वर्गमा आएका छन् भनेर ?

नर्ककाहरु पनि के कम, यमराजले शानका साथ भने- हाहाहा, तर तिमीहरुलाई थाहा छैन होला, रेफ्रीहरु त सबै नर्कमा नै भेला भएका छन् नि !

29 Comments

  1. यहाँ जहिले पनि यश्तई हो साथी गलत गर६न् अनि सुधारम भन६न् क गर्ने यार जहिले पनि यश्तई हो जो दादा ६ उसैको भरमा रेफ्री कल६ क गर्ने

  2. रेफ्री ले नदेखेर हुन सक्छा रेफ्री पनि त कम्प्युटर होइन नि
    तर पनि ठिकै छ
    अर्जेतिना ले जित्यो

  3. Stadium भित्र replay देखाउनु चाही गल्ति हो भन्या हो फिफा ले | कुरा ठिकै हो | एस्तो रीप्ले ले दर्शक लै उत्तेजित पार्न सक्छ | मेक्सिको का खिलाडी नि उत्तेजित भएर हात हालाहाल को इस्थिती आको थियो |

  4. I agree with Bibash. The Argentinian player was returning after the attempt for goal. In this case if he turns back immediately before the ball arrives near him, then it is said to be offside, which didn’t happen. So, I think that was not an offside.

  5. होइन अब पहिले बल लिएर गएको तर गोलाकीपरको बाट फर्केर आएपछि त्यस्तो हुन गएको देखिएको छ अब बल लिएर जाने व्यक्ति बल्ल पछाडी पास हुनासाथ अकस्मात पछाडी हुने त कुरा हुदैन नि ? कि भगवानको चर्तिकला देखाउने हो र? अनावस्यक विवाद गर्नु भन्दा त्यो बेला को स्थितिलाई बुझ्नु जरुरि देख्छु मा त । मलाइ यो अफसाइड गोल भनेर लाग्दैन किनकी गोलकिपरले बल फर्काउने वित्तिकै खेलाडि उडेर पछि फर्कने कुरा आएन त्यसैले यो अवस्थामा कन्डिसनल गोल भनेर बुझ्नु अति उत्तम होला । अनावस्यक विवाद गरेर रेफ्रीहरूलाइ गलत सम्झनु पनि हामी गलत हुन सक्छेो । यस्ता कन्डिसनहरूमा भएका अफसाइडलाइ पक्कै फिफाले मध्यनजर गरेर नयाँ नियम बनाउनु पर्ने हुन्छ । किनकी यो कन्डिसनमा उक्त खेलाडि बल पछाडि आउनासाथ उडेर पछाडि आउने कुरा हुदैन र यस्तो अवस्थामा पाएको मेोका गोल नहानेर हेरेर बस्ने पनि त भएन नि? कि कसो साथी हो ?

  6. यो संसारमा स्वच्छ प्रतिस्पर्धा र निर्णय बनेको कहिँ पनि देख्न नपाइने भो !!!

  7. I think the football is different than any other games like cricket or base ball, where there are certain time breaks when players are knock out, footall is in action even the players are injured.Refree cannot watch every goal replay in TV stopping the games.If put all those high tech watches in football game, there will be no exictment. The linesman also is a refree if they also cannot judge the mistake then there is no way, they have to fined in some way for their mistakes.2 more linesmen can be added for better judgement on four direction of fields.

  8. हाम्रा नेता हरु लाइ चै नसोध्नु होला है .. रेप्लय देखाउनु राम्रो कि नराम्रो भनेर ….. जनांदोला पछी जनता ले रेप्लय देखाउदा पनि अझै गल्ति गर्दै छन् ….. सो, रेप्लय देखाउनु गल्ती नै हो ……….!!!!!!!!!!!!!!

  9. भोलिका दिनमा ‘प्रत्यक्ष प्रशारण देखाउनु नहुने’ भन्लान् … हाहाहा

  10. धोका दिने लाई के भनौ र खोइ ? येस्तई भो साथी !!!!

  11. रेफ्री भनेको रामवरण यादव होला नि त !!!

  12. माइसंसार जत्तिको फुटबल प्रेमी ब्लग कहिँ देखिन !!

    • मलाई लाग्छ बेलायत प्रेमी, बेलायती भक्त

  13. रेफेरी ले गल्ति देखेर होइन प्राय नदेखेर नै हो गलत निर्णय गर्ने .
    किन भने हामि हरु ले टेलिभिन मा रि – प्ले गरि सोलो गरि हेर्दा मात्र
    इस्पस्थ गोल गरे को देखिन्छ तर रेफ्री ले तेसों गरि हेर्न सक्दैन उति खेरै निर्णय दिनु पर्ने हुन्छ तेसकारण मैले रेफिरी लाई खासै दोस दिन सक्दैन येदि तपाइँ हामी रेफिरी भए पनि
    तेस्तो अबस्था मा सारै गारो हुन्छ कि कसो

  14. हैन ए फूटबल वोर्ल्ड कप को बेला समाचार र राजनीति हराउदा रहेछन कि क्या हो?

  15. गल्ति लाई गल्ति भन्न पाइनछ येस्मा रेफ्री को गल्ति भाकै हो .

  16. हग्दा पाध्दा जतिखेर पनि अनि जुनबेला पनि राजनीति र राजनैतिक कुरा गर्नु नेपाली हरु को एउटा अंग नै भई सकेको जस्तो लाग्यो / खेल को कुरा गर्ने हो भने खेल कै कुरा कानी गर्ने नि किन बेकार मा यी राजनैतिक नेता हरु र राजदूत हरु को कुरा लाई लिएर खेल संग जोड्ने / राजनीति एकातिर खेल अर्को तिर छ होयिना र सबै लाई अलग छेत्र मा राखेर त्यसको ब्याख्या गर्नु पर्ने हुन्छा अनि मात्र कम हरु सुचारु रुप ले अगी बद्छा नि /त्यसैले भएर होला नेपाली हरु जे चिज मा पनि राजनीति घुसाउने भएर होला आज २१ओ शताब्दी मा पनि २०० बर्ष पछाडी धकिलिएको हो /

  17. saathi ho,
    jasle je bhane ne yesto bela ma cricket ma jastai third umpire call garna paye khel ko biswosniyata ajha badhane chana| tara maile tha bhaye dekhi yo blatter bhanne mora haamro deshko neta kurshi ma taanseko taansai cha| samachar herda yo prabidi ma birod garne yo nai pramukh dekhincha|
    jai nepal rakesh

  18. यो लेख पढ़दात इटालीका रेफ्री भन्दानी जान्ने त नेपाली पत्रकार पो रहेछ जस्तो लग्यो नि ?अर्को म्याच हुदा नेपाली पत्रकारलाइ रेफ्री बनाउदा राम्रो होला जस्तो लाग्यो !कहिँ नभयको जात्र हादी गाउमा ? केकनै नेपालीले फुटबलमा सबै थाहा भय जस्तो ?

    • तिमि के सबै जाने जस्तो गर्छौनी फेरी. हिपोक्रेटे नबन. पत्रकारलाई
      थाहा नभयर तिमि मुलालाई थाहा हुन्छ. what is journalist and journalism? u don’t know man. Norway ma rahechhau kehi sika.

  19. होइन होइन फिफा को विरुद्ध मा जुलुस निकालेर तोडफोड गरौं/ आफ्नो देश को बाटा घाटा , structure सबै भत्काऊ अनि फिफा को chair man लाई फासी दे भन्देइ कराउ/ एस्लाई ठुलो issue बनाऊ/ अनि आफ्नो जात जनाऊ/
    यो केस मा पनि ठुलो राजनीति गरौ / अनि आफु आफु भिडाउ, एक अर्को लाई मारौ/
    आखिर हामी एती मात्रेई त जन्दछौ नि /
    good Luck

  20. नेपाल माँ रास्त्रपति को कदम को छलफल गर्न र प्रश्न गर्न पाइदें, त्यहा रेफ्री को निर्णय माँ प्रश्न उठाउन पाइदें, ………………………………….उस्तै उस्तै हो नानू.

  21. गल्तिले मिस्टेक भै’गो, यसमा के काईंकुईं गरि रा’नु ।

  22. माधव नेपाल (नेपाल का नेताहरु ) र रेफ्री उस्तै उस्तै हो

  23. संसार यस्तै अन्याय र अत्याचार ले ग्रस्त छ… भगवान को जो इच्छा ~~!!

  24. हाँसो लाग्दो कुरा !!! साथी हो हामी आफ्नो काम गरम आफ्तो देश अनि नेपाल को लागि चिन्तित बनौ , फोकट को बाजी राखेर आफु ले आफु लै मुर्ख साबित नगरम है

    • नेपाल को लागि चिन्ता गर्दा गर्दा थाकेर येसो फुटबल हेरेको नि | सुद ले गडबडी गर्ला भनेर यहा कत्रो चर्चा परिचर्चा हुन्छ ,तैपनि सुद मोरो कता कता बाट लुसुक्क गडबड गर्छ गर्छ |

  25. नदेखेर बा न जानेर मिस्टेक भएको बाहेक जानी जानी अन्याय गर्ने रेफ्री चै पापी नै हो | पेनाल्टी न लिने पर्ने बेला लिने,लिनु पर्ने बेला न लिने ,रातो कार्ड को दुरुपयोग गर्ने , अप्साइड गोल लि इ दिने लाइ के भन्नु खै |

Comments are closed.