जापानको पीडादायी विदाइ


आँसु झार्दै जापानी समर्थक।
एसियाको एक मात्र आशाको रुपमा रहेको जापानको विश्वकप यात्रा पीडादायी रुपमा अन्त्य भएको छ। ९० मिनेटको निर्धारित समय र थपिएको ३० मिनेटमा पनि गोल हुन नसके पछि भएको पेनाल्टी सुट आउटमा जापानलाई भाग्यले साथ दिएन। पेनाल्टीमा दुवै गोलकिपरले एउटा पनि बल रोक्न सकेनन्। तर जापानका कोमानोले हानेको बल माथिल्लो बारमा लागेर बाहिरियो। बल मात्र हैन, यसले जापानलाई समेत प्रतियोगिताबाट बाहिर्‍यायो।


गोल गर्न नसकेपछि जापानका युइची कोमानो। उनकै पेनाल्टी गोलमा परिणत नहुँदा जापान विश्वकपबाट घर फर्कन बाध्य भयो।

हामी समर्थकहरुलाई त दुर्भाग्यपूर्ण रुपमा यसरी आफूले समर्थन गरेको टिम बाहिरिँदा कस्तो नरमाइलो महसूस हुन्छ भने खेल्ने खेलाडीहरुलाई कस्तो हुने होला? अझ मेरै कारणले मेरो देश बाहिरियो भन्ने लाग्ला पेनाल्टी मिस गर्ने कोमानोलाई- उनलाई कस्तो महसूस होला ?


गोल गर्न नसकेपछि कोमानो निराश हुँदै।


निराश जापानी समर्थक।


पराजित भएपछि रुँदै जापानी खेलाडी होन्डा।


यो मुटुलाई कसरी सम्झाई बुझाउँ: पेनाल्टी मिस गर्ने कोमानो (बीचमा) र जापानी टिमका अन्य खेलाडी रुँदै।


यस्तै हो चित्त नदुखाऊः कोच ओकादा खेलाडीलाई सम्झाउँदै गर्द इन्डो रुँदै।


पाराग्वेका कोच मार्टिनो जापानी कोच ओकादालाई सान्त्वना दिँदै।


खेल भावनाः पाराग्वेका खेलाडी एडगर बारेटो (रातो) पेनाल्टी मिस गर्ने जापानी खेलाडी युइची कोमानोलाई सान्त्वना दिँदै।

खेल हुँदै गर्दा जापानी कोच ताकेसी ओकादाको मुखाकृति र बडी ल्याङ्ग्वेज हेर्दा दङ्गै परेँ। पाराग्वेका कोच मार्टिनो होस गुमाए जस्तै गरी चिच्याइ चिच्याइ कराइरहँदा उनी भने शान्त वा ‘कूल’ थिए।

खेललाई खेल भावनाले लिन सक्यो भने मात्र हुन्छ। खेल हो, आजको खेलमा एउटा टिम त हार्नु नै थियो- जापानको दिन रहेनछ- हार्‍यो। दक्षिण अमेरिकी टिमलाई एसियाली टिमले विश्वकपमा कहिल्यै जित्‍न सकेको इतिहास रहेनछ। आज त्यो इतिहास मेटिन सकेन। तर, १२० मिनेटको खेलमा जापान कहिल्यै पनि ‘कमजोर’ भने देखिएन है। बराबरीको प्रतिस्पर्धा गर्‍यो उसले। यस पटकको यात्रामा उसले युरोपेली देश डेनमार्कमाथि ३-१ को गौरवशाली जित हासिल गर्‍यो, अफ्रिकी देश क्यामरुनलाई १-० ले पराजित गर्‍यो। अनि नेदरल्यान्ड्स जस्तो सशक्त टिमसित १-० को अन्तरले मात्रै पराजित भयो। तर यी तथ्याङ्कका कुरा मात्र हुन्, एसियाली देश सेमी फाइनलसम्म पुग्न सकेको भए त्यो नै ठूलो उपलब्धि हुन्थ्यो। यस पटक दक्षिण कोरिया र जापानले देखाएको खेलले अर्को पटक त्यो उपलब्धि प्राप्त गर्ने आशा मात्रै गर्न सकिन्छ।

निराशावादी विचार हावी हुँदा कहिलेकाहीँ त दिक्क लाग्छ- विश्वमा सबैभन्दा कमजोर देखिन्छ फुटबलमा हाम्रो महादेश एसिया। अनि एसियामा पनि सबभन्दा कमजोर देखिन्छन् दक्षिण एसियाली देशहरु। अनि दक्षिण एसियामा कमजोर मध्येमा पर्छ हाम्रो देश नेपाल।

पाराग्वे ब्राजिल, अर्जेन्टिना र बोलिभियाले घेरिएको भूपरिवेष्ठित देश हो। हाम्रो नेपाल पनि भूपरिवेष्ठित देश भएकोले अर्को भूपरिवेष्ठित देशले जित्यो भनेर चित्त बुझाउँदा कसो होला त 🙂

पाराग्वेका मोडल Larissa Riquelme रमाउँदै।

पाराग्वेका समर्थक रमाउँदै। फोटोहरु सौजन्यः एपी/गेट्टी इमेजेस/रोयटर्स

39 Comments

  1. जापान बैधानिक पुर्बक हारेता पनि उसको हराई सानले भएको छ. जापानी खेलाडीहरुलाई मेरो तथा सम्पूर्ण जापानी समर्थकहरुको तरफबाट सलाम र बधाई छ. एशियाको इज्ज्जत राखेको लागि.

  2. खेल सकिए पछि गर्ने कुरा त हैन तर पनि रेफ्रीहरुले पछ्यापात गरे जस्तोपो लग्यो त मलाइ त. कति लापरबाही भन्या. हार भए पनि समस्त एसियाको जित हो झैँ लाग्यो. धेरै धन्यबाद कोरिया र जापानलाई. उत्तरोक्तेर प्रगतिको कामना.

    • हरेर पनि जित्नेलाई माधब कुमार नेपाल भन्नु पर्ने होइन र ? हाहाहा ………..

  3. राम्रो खेल्दा खेल्दै पनि हार्नु कस्तो दुर्भाग्य हो यो जापान अनि एसियाको ? यो जापानको मात्रै हैन समस्त एसियाकै हार हो । सारै दु:ख लाग्यो ।

  4. हिजो त सारा एसिया ने रोए को तियो तर कै छैन अर्को चोटी RAMRO गर्ने छ हामी लाइ गर्भ छ जापान संग

  5. यस्तै रहेछ यहाको चलन, हार्नेको आँसु-आँसु जित्नेको को हाँसो ……. नरोउ जापान |

  6. हामी सबै ले हिजो को जापानले देखायको शाशिपुरता को कदर गर्नु पर्छा. अनि जापान को कोच ma जस्तै धयारता हुनु अनिवार्य छ.

  7. Great!! All are giving sympathy to JAPAN. सायद पहिलो चोटी होला एकै प्रकारको कमेन्ट हरु आएको!!

  8. Penalty is a kind of toss! This time toss did not favor to luck of Japan. Overall Japan did very well. Why refree became so bias? He shold be evaluated.

  9. haha… Salokya.. i too noticed Japanese coach..lol … he was v. cool person… tetro tight competition huda pani chup chap…. team lai ta tesai control ma rakhya raicha jasto cha ta…hehe

  10. हिजो जापानले धेरी राम्रो प्रदशन गरेको थियो तर पराजय भयो / केहि छैन अर्को पटक राम्रो प्रदशन हेर्न पाऊ / बधाई छ जापान おめでと日本。

  11. जापानले करिब १२० मिनेट सम्म देखाएको खेल प्रदर्शनले अन्य एशियाली मुलुकहरुलाई पनि प्रेरणा प्रदान गरि भविष्यमा विश्व कप बिजेता हुने अवसर प्राप्त होस् भने शुभकामना !!!!! क्याबात् जापान !!!! धन्यवाद जापान !!!

  12. Technically and physically नै जापानको खेल उत्तम थियो /
    अझ पेनाल्टी किक त technically सारै नै राम्रो थियो यद्धपि सफलता हात परेन त्यो त केवल दुर्भाग्य मात्र हो, सारा सन्सार जापानले हारेको मान्न तयार छैनन्, हारे पनि येस्तो उत्कृस्थ खेल प्रदशन गरेकोमा जापानलाई
    ” बधाई “

  13. साचिकै पीडादायी थियो जापान को त्यो हार…तर जापान ले डेनमार्कलाई हराएको सम्झिदै चित्त बुझौं….

  14. कस्ता कस्ता हस्ती देशका खेलाडीले त पेनाल्टीमा बिगार्छन अझ फाईनल खेलमा , यो त क हो र ? टिमले तेस्लाई सबैको गल्तिको रुपमा लिनु पर्छ . एक टिम त हार्नु नै थियो जापान ले खेलेको खेल राम्रो छ , त्यो पेनाल्टी बराबर भय पनि पछी के हुन्त्यो भन्ने के थाहा . जे होस् राम्रो खेल खेल्यो हामीलाई आस देखायो अर्को खेलको लागि. बधाई छ सबैलाई.

    राजु, क्यानाडा

  15. जापान को होन्डा लै धेरै धेरै बधाई छ यो टिम ले हारेको होइन यो पनि जित हो .

  16. रेफ्री ले जापानी खेलाडी लाई अति नै पक्षपात गरेको देखिन्छ किन कि जापानी खेलाडी लाई सामान्य गल्ति मा पनि पहेलो कार्ड देखायो तर पारगुया का कुत्ता हरु लाई भने तीन तीन जना ले tackle गरि ladaunda पनि खेल सुचारु राख्यो येस्पल्ट फिफा क सबै रेफ्री crape र bias भएको देखियो

  17. जापान ! जापान!! जापान !!!
    केहि छैन यसपाली को यात्रा रोकिएको मात्र हो अर्को पटक कोशिश गर ….

  18. जापान सरल खेल अनि सफल समय होइन रहेछा अजा तर संसारलाई थर्कायो अजा

  19. नरोउ जापान एकदिन हास्ने दिन हाम्रो नि आउने छ हामी एसियन हरु आज सबैजना को कुदीन रहेछा तर पर्खनु नै छ एकदिन त्यो चुप उचालेर देखौछौ तिनी हरु नि हर्ने छन् सेमिफिनल मा हेर न नपत्याए रम्रो खेलेको छौ संसारले नै देखेको छ हाम्रो वग्य ले साथ दियाना तर हामी जित्छु एकपल्ट होइन लगातार बिस्व रेचोर्द राख्ने गरि .

  20. हारे पनि जापानले धेरै राम्रो खेलेर एसियाको नाम विश्व सामु राख्न सफल भएको छ.

  21. जापानले करिब १२० मिनेट सम्म देखाएको खेल प्रदर्शनले अन्य एशियाली मुलुकहरुलाई पनि प्रेरणा प्रदान गरि भविष्यमा विश्व कप बिजेता हुने अवसर प्राप्त होस् भने शुभकामना !!!!! क्याबात् जापान !!!! धन्यवाद जापान !! जापान आर्को वोर्ल्ड कप मा निस्चय नै बिजयी हुन्छ कुनै संका छैन.japanese हरुले धेरै राम्रो खेलेको छन्

  22. जापानले धेरी राम्रो खेल खलेको छ/ एशिया महादीप को नाम राखेको छ जापानले/ बधाई छ जापान लाई/

  23. साह्रै नै दुक्ख लग्यो र खल्लो पनि महसुस भयो! जे होस् सानसंग हार्यो भन्ने लग्यो मलाई!

  24. धेरै राम्रो खेल थियो / हामीलाई जापानको खेलाडी प्रति गर्ब छ / यहाँ सम्म को खेल को लागि お疲れ様です。बधाई छ निला समुराईहरु //

  25. जापान आर्को वोर्ल्ड कप मा निस्चय नै बिजयी हुन्छ कुनै संका छैन.japanese हरुले धेरै राम्रो खेलेको छन् .

  26. तर जे भने पनि खेल चाहिँ राम्रो खेल्यो जापानले … अब अर्को विश्वकपमा पुरा तयारी का साथ् आउने छ जापान….

  27. अब अर्को पटक को लागि अजि मेहनट गर्नु

  28. तेही त कस्तो नराम्रो लग्यो मलाई त

  29. जापानले करिब १२० मिनेट सम्म देखाएको खेल प्रदर्शनले अन्य एशियाली मुलुकहरुलाई पनि प्रेरणा प्रदान गरि भविष्यमा विश्व कप बिजेता हुने अवसर प्राप्त होस् भने शुभकामना !!!!! क्याबात् जापान !!!! धन्यवाद जापान !!!

Comments are closed.