लज्जास्पद हार सहेर घर फर्कियो अर्जेन्टिना

जर्मनी र अर्जेन्टिनाबीचको क्वार्टर फाइनल खेललाई धेरैले फाइनल जस्तो मानेका थिए। अनि सोचेका थिए-दुवै टिमबीच कडा प्रतिस्पर्धा हुनेछ। तर अन्तिम स्कोर पत्याउनै नसकिने निस्कियो। ० का विरुद्ध ४! कसैले पनि यस्तो स्कोर होला भनेर अनुमान गरेका थिएनन् होला।

म्याराडोनाका फ्यान रहेका धेरै स‍‌ख्यामा नेपालीहरु अर्जेन्टिनाका समर्थक छन्। उनीहरु यसपालि जसरी पनि अर्जेन्टिना जित्छन् भन्ने अति विश्वास गर्थे। अर्जेन्टिनाले जित्दैन कि भनेर त सोच्न समेत चाहँदैन थिए। त्यस्ता समर्थकहरुले आज देखे होलान् अर्जेन्टिना वास्तवमा कस्तो टिम थियो भनेर। जर्मनीको पक्षमा रहेर खेल हेरेकोले मलाई मात्र यस्तो अनुभूति भएको हो कि खै कुन्नि तर आज अर्जेन्टिनाको खेल एसियाली देशहरु कोरिया र जापानभन्दा पनि खत्तम देखेँ मैले। अर्जेन्टिनाको पक्षमा रहेकाहरुले बताउनुस् आखिर किन यस्तो लज्जास्पद स्कोर आएको होला। तपाईँहरुको विश्लेषण के छ?



माथिको चार्टबाट पनि तपाईँ हेर्न सक्नुहुन्छ- जर्मनी र उरुग्वे पाखा लाग्यो भने यस पटकको विश्वकपमा नयाँ इतिहास लेखिने छ। एउटा नयाँ टिम विश्व विजेताका रुपमा उदाउने छ। आशा गरौँ, त्यस्तै होस्। मेरो अनुमान त नेदरल्यान्डस् र स्पेनबीच फाइनल होस् भन्ने हो। तर जर्मनीका पछिल्ला खेलहरु हेर्दा यो एउटा सशक्त टिमका रुपमा उदाएको छ। आत्मविश्वास पनि उनीहरुमा गज्जबले बढिसकेको छ। हेरौँ, स्पेन र पाराग्वेबीचको विजेतासित जर्मनीको सेमी फाइनलमा भिडन्त कस्तो हुने हो। खेल हो, अन्तिम समयसम्म केही भन्न सकिँदैन भन्ने त हिजोको घाना र उरुग्वेबीचको खेलले नै देखाइसक्यो नि। बाफ रे, कति नाटकीय थियो त्यो खेल। कति फास्ट थियो त्यो खेल। कोभन्दा को कम थियो त्यो खेल। जसले के हेर्नु त्यो खेल भनेर छुटाए, उनीहरुले यो विश्वकपको सबैभन्दा नाटकीय र रोमाञ्चक अनि सस्पेन्स थ्रिलर खेल हेर्नबाट वञ्चित भए।

राति १२१५ बाट सुरु भएको खेल थियो त्यो। सुरुमा घानाले गोल गर्‍यो। बराबरी गोल फर्कायो उरुग्वेले। ९० मिनेटको खेल बराबरीमा टु‍गियो। यो बीचमा बल कहिले एउटाको गोलपोस्ट नजिक पुग्थ्यो त लगत्तै अर्को छेउमा। अनि थपियो ३० मिनेट। सुरुको १५ मिनेटको खेल हेरेँ। तर साह्रै अबेला भइसकेकोले सुत्‍नुपर्छ अब भनी दोस्रो १५ मिनेटको खेल रेकर्ड गरेर भोलि हेरौँला भनी सुतेँ। बिहान मलाई उरुग्वेले जित्यो भन्ने थाहा भइसकेको थियो। तर कसरी जित्‍यो भन्ने थाहा भइसकेको थिएन। भोलिपल्ट बिहान त्यो रेकर्डेड भिडियो हेर्दा पनि अहो कति सस्पेन्स थियो त्यो खेलमा। घानाको मुख मै आइसकेको विजय भाग्यले खोसेको थियो। भाग्य भन्ने चिज कति महत्त्वपूर्ण हुन्छ भन्ने हिजोको खेलमा देखियो। खेलको अन्तिम सेकेन्डमा घानाले गोल निश्चित रुपमा गरिसक्ने थियो। बल गोललाइन पार गर्न लागेको थियो। तर उरुग्वेका खेलाडी सुअरेजले हातले बल छेके। फलस्वरुप उनले रेडकार्ड पाए। अन्त्यमा त्यही हातका कारण उरुग्वे सेमी फाइनलमा पुग्यो। किनभने खेलको अन्तिम सेकेन्डमा पाएको पेनाल्टीलाई घानाका स्टार खेलाडी गियानले क्रसबार माथि प्रहार गरिदिए। रेडका्ड पाएर र पेनाल्टी भएपछि मेरो टिम घर फर्कने भयो भन्दै निराश हुँदै मैदान छाड्दै गरेका सुअरेज एक्कासी खुसी हुँदै च्याए पेनाल्टीमा गोल नभएको देखेपछि। सारा अफ्रिका चुप भएको बेला मैदानमा भुभुजेलाको आवाज यसरी हरायो कि उरुग्वेका गोलकिपरले गोलपोस्टमा हेर्दै चिच्याएर कराएको टिभीमा सुनियो। पेनाल्टी गोलमा परिणत गरेको भए घाना सेमी फाइनलमा पुगिसकेको हुन्थ्यो। तर अब निर्णय पेनाल्टी सुट आउटबाट हुने भयो। अघि पेनाल्टी मिस गर्ने गियानले गोल गरे। तर एक जना घानाका खेलाडीको बल उरुग्वेका गोलकिपरले रोके। त्यसपछि आएका उरुग‌्वेका खेलाडीले पनि बल आकाशतिर पो हाने। फेरि घानाका खेलाडीको बल मिस भयो। अनि अन्तिममा आएका उरुग्वेका खेलाडीले गोल गरेपछि बल्ल अफ्रिकाको एक मात्र आशाको अन्त्य भयो।

148 Comments

  1. मेरो विचार मा स्पेन नै जित्नु पर छ/ कि न कि स्पेन अ हि ले सम खेले को मा धेरै नै राम्रो भएको देखिएको छ/

  2. हिजो जर्मनी ले लोकप खायिसक्यो त के को जर्मनी जर्मनी भनि बस्य हो . अब पालो स्पेन को हो साथी हो, जर्मनी मार गोलि/.आफु त सुरु देखि नै अर्गेंटिया र स्पेन को फन हो, अर्जेन्टिना ले हरे पनि स्पेन त छ नि कसो?

  3. football is my favourite game and argentina is my best team .In this world cup they lose the game but no problem another world cup also coming. i hope they read the lesson about meaning of lost and in next world cup they will win

  4. हर्ने पर्थ्यो अर्जेन्टिनाले र हार्यो बडो मेस्सी मेस्सी अर्जेन्टिना अर्जेन्टिना भन्थे नि टिक्का पर्यो पट मुर्ख हरु १९८६ फूटबल जित्यो अनि मरोदोना ले दंना तेह गोर्खाली तियेनन क भन्दियो मुर्ख नेपाली को बहादुरी देखाउनु परि हाल्यो अनि अन्ध भक्त हरु चै जहिले नि अर्जेन्टिना अर्जेन्टिना बल्ल टिक vo

  5. हे भगवान किन सबै जना यसरी हतारिएका कम्मेन्ट लेखना.आखिर तपाई हरुका कमेन्ट कुनै माराडोना,कुनै जर्मनी,कुनै स्पेन क़ा खेलाडी ले सुन्ने होइनन.किन अर्जेन्टिना को पछी लागेको?अरु देसको काम छैन भने अर्जेन्टिना लाई मात्र खेलाए हुन्छ त खेल मैदान मा.

  6. ma Arjentinale worldcup jite bhanda jarmani le harda derai खुसि hunchhu

  7. salokya ji brazil ko kattar fan jasto lagyo.. brazil harda “Worldcup brazil bihin” re…kasto samman janak shabda haru thiye tyo….kati na brazil samman janak hareko jasto… Tara je hos brazil lai sapna ma bishwa cup jitaune haruko sapna mazza le chaknachur bhako chha…….ra shayad argentina ka fan harulai argentina hareko dukha 2-3 din hunchha…….tara brazil out bhako khusi aarko worldcup samma hunchha….. Ra patrakarita garda nispakshya bhayera garda ramro hunchha. Tapai jun team ko supporter bhaye pani lekhda ta tathasta bhayera lekhnu paryo ni haina??.

    German ko khel herda yespali German ra brazil pareko bhaye pani german le brazil lai ni mazzale nai harauthyo jasto lageko chha. Je hos jo jun jun team ko samarthak hunu hunchha…….sabai lai shubhakamana uni haruko team le jitos bhanera

  8. Germany जति खुशी हुनुछ होउ आखिरमा world cup त Spain ले नै जित्छ . Euro cup मा final मा पनि Spain ले हरेको नै हो.

  9. जे होस् अर्जेन्टिना र ब्राजिल हार्यो. सबैलाई सन्चो भएको छ नेपालमा.

  10. Hi everyone, Sorry for all the criticism. I should have not done that. I agreed with Almighty. I apologize to all Argentina and other fans.

  11. यो बर्ष को सबभन्दा मेरो खुशी को दिन !!! मेसी छिर्यो मुसा को दुलो मा हाहा!!!!

    • हेल्लो सर यो मेस्सी को दोस होएना ,,यो सबै मारादोना को गल्ति हो .कसलाई कहाँ बाट खेलाउने भन्ने कुरा नै उसले जानेन ,,,,,,,,,,

    • एक्जना मेस्सिको भर् मा त्यो पनि प्ले मेकर ! (striker) होइन । अनी कहाँ हुनु नि ? म्यरडोनाको आँखामा आसु देख्दा यो World Cup को Semi Final, Final दुबइ खल्लो लाग्ने भयो ।

  12. तितो सत्य को दिपक को मुखमा पनि बुझो लाग्यो होला

  13. Oh, no soccer until on tuesday. No need to worry. Western Europe Holland , Germany , Spain. It becomes now European tournament on world cup soccer.Therefore , I’m enjoying Roterdam, Holland to Paris, France “Tour de France. One of the most famous bike sport on the world. I love to watch paysages of Western Europe. Feeling and experience of western Europe are best. Immigrants European people made Australia and north America developped countries.

  14. साथी हो आज तिमीहरु मरोड़ना लाई गाली गर्दै छौ भने यो तिमीहरु को गलती होइन किनकी तिमीहरु मरोड़ना को हो भन्ने चिनेका छैनौ यदि तिम्रो घर/ छिमेका माँ काका या बुबा जो कोही फूटबल हेर्ने छन भने सोधनु की मरोड़ना को हो भनेर यदि अजपनी उत्तर नपाय मलाई सोधनु म गतिलो उत्तर दिनेछु. तारा मलाई बिस्वास छ तिम्रा बुबा/ काका ले मरोड़ना लाई राम्ररी छिनेका छन

  15. अहिले सम्म को game मा जर्मन को नराम्रो प्रदसन देखिदैन | attacking passing deffence goal keeping सबै त्येतिकै राम्रो छ | जुन कुरा अर्जेन्टिना मा धेरै थोरै देकिन्छ | एक जना को भर मा वोर्ल्ड कप खेलिदिन यो कुरा अर्जेन्टिना ले राम्ररी बुझ्नु पर्छ | २०१४ मा messi जस्ता २-३ जना खेलाडी बनाएर लेरउनु पर्छ अनि मात्र आस गर्न सकिन्छ | एदी जर्मन ले जस्तो राम्रो team को सामना अर्जेन्टिना ले गरेको भए पहिले नै बाहिर गइ सकेको हुन्थ्यो | जे होस् luck ले साथ दिएर quarter final सम्म आयो |

  16. सबैले मेसि मेसि भनिरहेको बेला म भने बिस्वोस्त हुन सकी रहेको थिइन ,किन कि मेरो बिचारमा मेसि मैदानमा मात्र खेल्ने खेलाडी थिए किनकि उनको हरेक गोल प्रहार एकदमै फितलो देखिन्थ्यो ,तेसैले खेल सुरु हुनु २ घण्टा अगाडी फेस बुकमा जर्मनीको लागि थपडी बजाउन तयार हुनुहोस भनेर लेख्दा गाली र खिसितिउरी खुबै खाये . अर्जेन्टिना म्याराडोना र मेसीको नामले खेल्यो तर जर्मनी आत्माबिस्वास र सिपले खेल्यो . सुरु देखिनै क्लोज, मुलर ,लुकास ले आफ्नो सिप बिस्वास पुर्बक देखाए ,जुन अन्तिम सम्म देखिन्थ्यो . जर्मनी खेलाडी हरु घोडा जस्तै मैदानमा दगुरिरहेका थिए , थकान को कुनै संकेत देखिन्न थियो .
    जे होस् यो पालिको कप जर्मनीको हो.

  17. डियर अर्जेन्टिना सपोटर हरु हिजो को रिजल्ट बाट दु:ख नमान्नु होस। किनकी हामीले खेल मा हार जित हुन्छ भन्ने बुझेका छौ। जे भय पनि अर्जेन्टिना भनेको अर्जेन्टिना हो। जर्मन व। स्पेन कदपी अर्जेन्टिना हुन सकदैन।

    • Contemporary football is team work rather than individual brilliance .No team going to win any major tournament unless there is a good team work and excellent management. This is what Argentina lacked; there was not any team work but they heavily relied on MESSI and TEVEZ. But these Players were closely marked by Germans, Not by one but three. Messi was maked by three German players. Once Messi got the ball, three German surrounded him and blocked him from perform. They applied same theory on Tevez. Maradonna was excellent player (I believe, he is ten times better than Pele) but he is not good coach or manager. He does not have tactical knowledge to manage team as Arsene Wanger or Sir Alex Ferguson or Jose Murihno. Every one skeptical about him and they hardly made out from Qualifying round. Bolivia (Yes Bolivia) scored 6 -1 to Argentina on Qualifying round. In other hand, German too much team oriented, long pass and one touch pass, very effective on counter attack. They thrashed Australia, Ghana, England, and Argentina and if they were not ten men (cause Klose got red card), they would surely beat Serbia too. So far, I am convinced by German and Dutch. Spain also has good team work but they lack penetration in D Area The score line shows it all( Switzerland 1 Spain 0, Honduras 0 Spain 2, Chile 1 Spain 2 ,Portugal 0 Spain 1 and Paraguay 0 Spain 1). So, My Guess is, German or Netherlands going to win the Cup Unless Spain comes with Good Counter attack and D Area Penetrating tactic against Germans.

    • राजजी ठिक भन्नु भयो जर्मनी र अर्जेन्टिनालाई तुलना गर्न मिल्दैन किनकि कहाको ७ पटक final पुगेको कहाको ४ पटक, अझै सेमीको हिसाब गर्ने हो भने यसपटक समेत गर्दा १२ पल्ट पुगेको छ जुन ब्राजिलको पनि छैन !

    • Not only that Neetu ji… Germany is going to break few records. 1) Beating Spain, they will reach final for record 8 times (till now which is tied with Brazil for 7) …2) scoring 4 goals in more than 3 separate games at the same WC (this also till now matching with Brazil for 3 times in 1970) and 3) Klose surpassing Ronaldo’s record 15 goals which is now 1 behind… :-{D

  18. साथी हो आज जर्मन ले खेल जीत्न्नु म पनि एउटा कारण छ त्यो कारण के हो भने पर्सी आफ्नु छैमेकी राष्ट्र होल्ल्यान्ड सँग हार्नु छ। त्यो हार हिजो को जित भन्दा नमिथो हुनेछ।

  19. सबैले मेसी मेसी भनिरहेको बेला म भने मेसिको खेलसँग पट्कै सन्तुस्ट थिइन , मेरो विचारमा उनि मैदानमा मात्र खेल्ने खेलाडी हुन ,किनकी उनको हरेक गोल प्रहार फितलो देखिन्थ्यो । तेसैले खेल सुरु हुनु भन्दा २ घण्टा पहिले मैले फेसबूक मा जर्मनिको लागि समर्थन गर्न तयार हुनुहोस् भनेर लेख्दा थुप्रै गाली खिसितिउरी खानु पर्‍यो । अर्जेन्टीना म्यारादोना र मेसिको नामले खेल्यो तर जर्मनी आत्मबिश्वास र सिप ले खेल्यो,क्लोज र मुलरमा सुरुदेखि अन्तिमसम्म आत्मबिश्वासले भरिएका देखिन्थे । जे होस् यो पटकको कप जर्मनी जान्छ ।

  20. विश्व फूटबल जगत का २ माहारथी हरु को यो विश्व कप को यात्रा अन्त्य भएको छ ।यस पटक को बिस्व कप बिजेता होल्यान्ड बनोस अग्रिम शुभ कामना।

  21. हिजो को अर्जेन्टिना भन्दा हाम्रो नेपाली टिम धेरै राम्रो . अनि मेस्सी भन्दा त हाम्रा जुमानु कति राम्रा राम्रा. जुमानु राई ले पनि हिजो मेस्सी भन्दा, र नेपाल ले पनि अर्जेन्टिना भन्दा दुइ गुना राम्रो खेल्न सक्छन.. यसो भन्दा हाम्रा धेरै साथी भाई हरुलाई नपचला तर सत्य तेही हो र अन्तिम सत्य पनि तेही हो . जुमानु जिन्दाबाद !

    • जे मनमा आयो तेही नलेख्दा राम्रो होला साथी, अर्जेन्टिनाको कुरा छोड्नुस होन्दुरस संग खेलेपनि दर्जनौ गोल खान्छ, बिर्सिनुभयो २००३ मा कोरियासंग १६ गोल खाएको नेपालले

      • खै नितु जी तपाई लै नेपाल प्रति किन तेती बिधि नकरात्मक हो . हिजो को अर्जेन्टिना लै त नेपाल ले मात्र होइन भुटान ले पनि हरौछा . फुटबल त नाम ले खेल्ने होइन क्यारे . कि कसो ?

        • सत्य तितो लाग्छ भने मेरो भन्नु केहि छैन, नकारात्मक सोच नराखू भने देखिहाल्नु भयो होला लिग गेममा के गरे, यस्तो किसिमको प्रक्रियाले कहिले प्रगति गर्न सक्छ नेपालले तपाई आफै भन्नुस, अनि माफी पनि माग्न पछी परेनन् गणेश थापा कि कसो जीतेंद्रजी ?

    • tyehi vayera ta nepal kahile koreya sanga ta kahile saudi arab sanga 8-10 gole ko antar le nepal hardai aaye ko ni haena ta sathi.

  22. अब wednesday जर्मनी ले स्पेन लै धुलो परेको हेर्न नभुल्नु होला है

    • जर्मनी ले त होइन तर जर्मनी लाइ स्पेन ले चाही धुलो पार्नेछ मित्र………… त्यो तपाईं ले हेर्न नभुल्नु होला …….स्पेन इस द बेस्ट ………..गो स्पेन गो ……..

  23. हो म्याराडोना लाइ एक प्याकेट कोकिन दिएर म्युजियम मा पठाए बेश हुन्छा

  24. हार्दा खेरि सबैलाई दुख लाग्नु सोभाबिक मान्नु पर्दछ
    अझ नेपाल ओल्ड कपमा भाग लिएर यसै गरि हारेको भए
    आखा मिच्ने मात्रै होइन मत अधिराज्य भरको भाषामा
    पो रुन्थे भैगो म्याराडोना नरौ तिम्ले खेलेको बेलामा हातले सम्म
    गोल्हानेउ अब ति दिन गए इदिन आए चुप्प खाने ठाउमा झुप्प पलाए
    लास्टमा येस्तैहो

  25. अब अहिले सम्म को ज्याली टिम भनेको सबैको आखाले बल हेरैकैहोला ; कति जर्मनलाई प्राथमिकता दियको छ भनेर सबैलाई थाहा भयको कुरा हो :

  26. आजको खेललाई जर्मन र अर्जेन्टिना दुबैले कहिल्यै बिर्सने छैनन् ! अर्जेन्टिना जर्मनी संग नराम्रो संग हार्नु भनेको उसको दुर्भाग्य नै हो ! आजको खेलमा जर्मनी र अर्जेन्टिना दुवैले धेरै राम्रो प्रदर्शन गरे ! जे होस्, जर्मनी धेरै बलियो टिम को रुपमा साबित भैसकेको छ र विश्वकप जित्ने सम्भावना पनि बढ्दो छ.खेल तुलनात्मकरुपमा उत्कृस्ट नै हो ! आज जर्मनीले जुन चमत्कार देखायो , त्यो झनै उत्कृस्ट लाग्यो ! जर्मन खेलाडीहरु ले अर्जेंतिनाकोले भन्दा फेयर खेल खेलेका हुन् ! जर्मनले यै स्पिरिट अन्तिम सम्म यस्तै कायम राख्ने हो भने यो पाली को बिश्वो कप जर्मन लाइ पक्का भयो कि कसो हो साथी हरु ?

  27. अर्जेन्टिना को फ्यान हरु धेरै नै बासेका थिए बल्ल चुप लाग्ने भए हाई सन्चो भयो अब यिनीहरु को बकबक ४ वर्ष लाई बन्द भयो बल्ल यिनीहरुको सेखी तोडियो

  28. हार भनेको जुन खेलमा पनि हुने गर्द छ | यो खेलको नियम हो त्यसरिनाही अर्जेन्टिनाले पनि जर्मन सग हारो यसलाई ठुलो कुरा बनाउनु पर्ने खासै कुनाइ कुरा केही छैन है ,:

  29. टप १६ मा सबै (५ वटै) दक्षिण अमेरिकी देशहरु पुगेको देख्दा त यसपाली को वोर्ल्ड कपमा पहिलो देखि चौथो सम्म नै सबै दक्षिण अमेरिकी हरु नै हुने भए जस्तो लागेको थियो | तर अहिले टप ४ मा उरुग्वेले हल्का इज्जत बचाइदियेको छ | हेरौ अगाडी के हुन्छ |

  30. अति दुखि…!
    अर्जेन्टिना हारेकोमा म एकदम दुखि छु, जर्मनिले आफ्नो टिममा युबा तथा जोसिला खेलाडीहरु समाबेस गरेर यो पटक धेरै राम्रो खेल खेल्न सक्नु अर्जेन्टिना को हारको कारण बन्यो/ ब्राजिल वा अर्जेन्टिना बिनाका आगामी खेलहरु मेरालागि तेती रुचिकर हुने छैनन् /
    तर म अर्को बिस्व कपमा मेस्सी भाइको जादुगरी हेर्न पुन धैर्य गर्दै प्रतिक्षारत रहनछु/

    • अर्को विश्वकपमा मेसि अर्गेंतिनको टिम बाट आउट हुन्छ ………अब युरोकप हेर्नुहोश त्यहाँ भेटिन्छ ……..

      • श्रेष थापा जी
        के हो ? युरो कप के हो युरो कप मा कुन कुन देस खेल६ त्यति पनि थाहा छैन अर्जेन्टिना कुन महादेस मा पर्छ भन्ने नै थाहा नभई कमेन्ट गर्ने ?

  31. जर्मनी ले इंगलैंड र अर्जेन्टिना लाई चाहिने भन्दा धेरै goal को अन्तर ले पराजित गरे पनि अब आउदो खेल मा goal को खडेरी लाग्ने छ ‘ यानेकि स्पेन ले घुंडा टेकाउने छ

  32. मलाई हार र जित भन्दा पनि म्याराडोना खेल मैदानमा गएर कोही कोचले नगर्ने काम गरिरहेको नै मरेन । त्यो हेर्दा मनमनै आधा दर्जन गोल ख्वाए पनि हुन्छ भनेको थिएँ । आखिर ४ गोल । त्यसरी नै जर्मनको खेलको तुलना निकै नै रफ खेल जस्तो लाग्यो । खाली अन्ध सपोर्ट गर्ने मान्छेहरु देखि मलाई सारै दुख लाग्छ ।

  33. Maradona IS the greatest player in the football history, and Messi is the best now. but football is a group sport and when 11 (of course not ordinary) players play like a harmonic group, lonely great players can not beat them. it was the scenario of this match. Germany played like an orchestra, but all of Argentina players were like unconducted solists. but please be honest with yourself, it could happen to each of 32 teams in this tournament. victory and loss are 2 sides of one coin.

  34. यस पालिको खेल सुगुर र बदरको जस्तो हुने छ! अनि चियामा कोला चोबेर खाए जस्तो हुने भो !!!!!!!!!!!!!!!!!!!!!!!

  35. अर्जेन्टिनाले राम्रो नखेलेरनै हारेको हो .
    तै पनि अर्जेन्टिना हारेर अलि नरमाइलो लाग्यो .

  36. खेल भन्ने बुझ्ने सकिदैन यो कसको पक्षमा जान्छा यकिन गर्न गाह्रो जस्तो हाम्रो देस को पम को कुर्ची जस्तो
    मेरो त उरुग्वे हो बाजी थाप्ने भए थापौ कोहि छ हिम्मतिलो …..???

    • होल्याण्डको अगाडी उरुग्वे झिनामसिना …भरि गोल को अन्तरले हार्नेछ पर्खानुष २ दिन बाकी छ ……….

  37. किन नेपाली अर्गीन्तिना को निकै समर्थक भयाचन न आमा तिर को न बाउ तिर को फक्लान्द्को टापू को कुरा गर्दा अर्गीनातिना सांग लडेको हो तर किन नेपाली हरु तेसै को पछि लागेको, कोकीन मरादोना अब मर्छ किन भने तेस्लाई यो worldcup जितेर आफ्नो कर्तुत बचाउनु थ्यो , कि कसो ?

  38. अस्ति मेरो ब्राजिलले हार्दा मध्येरातमा फोन गरेर मलाई जिस्काउनेहरु…थाहा पायौ तिमिहरुको अर्जेन्टिना पनि कुनै अमृत पियर गएका रहेनछन ….ओई मेसिका पुच्छरहरु हो अब पनि केहि भन्न बाकी छ …?

  39. अर्जेन्टिना मात्र होर भने फूटबल खेल्ने अरु ले केरा खेलेर आए को हो र No I on Team. hunu parcha अनि जितिन्छ खेल अब जर्मनी संग होलैंड खेल्छ final मा

  40. खेल मा हार जित त हुन्छ नि तर ऐले को वोर्ल्ड कप नया देश ले जितोस मेरो सुवकामाना!

  41. स्पेन ले जित्दैन भनेर भन्न सकिन्छ र जर्मनीले अर्जेन्टिनालाई यसरि गोल खुवाउछ भनेर कसैले कल्पना पनि गरेको थिएन नि

  42. यो खेल मा अर्जेन्टिना को हार भए पनि म्यारोडोनाको लाज छोपिएको छ किनकी उनि अब नांगै दौडनु परेंन र त्यो दृश्य समर्थक हरुले पनि देख्नु परेंन … उनको प्रतिज्ञा नै उल्टो थियो |अनि अर्जेन्टिना को डिफेनशिभ पोवेर अति कम्जोर भयो | मेस्सी लाइ घेराबंधी पारि आक्रमण को सैली लाइ मुलार को बिजुली खेलाई अति प्रसंसनिय रहयो | अब को स्पेन संग को सेमी नै फल खेल को नतिजा हो |किनकि अर्जेन्टिना को कमजोरी औलाउँन मात्र स्पेन ले सक्छ …..| हेरौ

  43. साथीहरु यो गेममा एउटा हरछा अनि अर्को जित्ने किन हामी यो बिबादमा परेको नि खै के खै के भुझानै गार्हो नेपालीको बनि कि को?????????????????????????

  44. मेसि बनाउने ,म्याराडोना बनाउने ,रोनाल्डो बनाउने सबै इटालीका ,युरोप का क्लब हरु न हुन् |जहा लाखु को लगानी हुन्छ | अब जर्मन र युरोपियन ले जित्यो भनेर के भन्ने उनीहरु को फुटबल मा लगानी नै हाम्रो देश को बजेट जति होला |

    आज जितेपनि स्पेन को खेल त्यति सानदार न रहेजस्तो लाग्यो | जर्मन र स्पेन फाइनल मा भिड्ने हुन् कि ?

  45. What a way to go, 4 goals to nil! Argentina were focussed entirely on scoring and were frequently leaving gaps in their defence which ultimately proved their demise at the hands of Germany who are known for executing calculated moves and ruthless attacks. The Germans thwarted Argentina’s attacking moves through solid defence of their net and successfully penetrated the poorly executed Argentinean defence. No wonder, Germany won the match thanks to a fine blend of effective defence with penetrating attack.

    I may be wrong but I feel that Brazil and Argentina are teams who are used to dictating the flow of the game and when the tables are turned against them, they are at their wit’s end, and being somewhat poor in adapting and implementing counter strategy (one reason could be minimal such experience) make a mess of themselves. Just look at the way Brazilian players were behaving – tempers running loose, a clear sign of loss of composure and coordination – when they were on the verge of being eliminated by Netherlands. As for Argentina, they could not see that the Germans have increased heads in their defence during the second half, and kept making brave but ineffective attempts with just three or four players. Worse, their net was left to be defended by three players with occasional support from midfield players.

    The make up of semifinalists provides a strong indication that the history of any European nation unable to win the World Cup outside home continent would, most likely, be finally laid to rest. The history of host nation always reaching knockout round in World Cup has already been laid to rest for good. Is another history in the making – new winner?

  46. म अर्जेन्टिना को फ्यान हो /…………के गर्ने अर्जेन्टिना ले राम्रो खेल्न सकेन तेही भएर हार्यो …………सबै फ्यान हरुले खुसि साथ् स्वीकार गर्न पर्छ / खेल येस्तई हो….let’s accept it !

  47. falkland युद्द पछि सन 19886 मा मेक्सिकोमा भएको बिश्वकपको सेमिफाइनलको खेलमा म्याराडोनाले ईङ्गलान्ड बिरुद्द हातले गोल गरे र पछि बिश्वकप उपाधि पनि हात पारेका थिए!त्यतिबेला आफ्नो अन्तर्वार्ता दिने क्रममा म्याराडोनाले गोर्खालीलाई ठेस पुग्ने गरि भनेका थिए “कसो गोर्खालीहरु यहाँ फूटबल खेल्न आएनछन”!
    आज उहि म्यारोडोना टिम प्रमुख भएर आएको अर्जेन्टिनाले जर्मनी संग अहिले सम्मकै नराम्रो हार ब्यहोर्नु परेको छ अब एउटा गोर्खालीको नाताले म्यारोडोनालाई जबाफ फर्काउनु पर्दा म के भन्छु भने बरु टिम मेनेजर म्याराडोना र आर्जेन्टिनाको टोलीमा गोर्खालीहरु भई दिएको भए आज एति ठूलो हार सहनु बाट बच्ने थिए’कि?

    • नेपाल भन्ने देश को टीम मा गोर्खाली हरु मात्रै खेल्चन रे साथि/ तिनी हरु विश्व को १५२ नम्बर को टीम छन् आइले/

  48. म्याराडोनाले आफ्नो टिमले वोर्ल्ड कप जितेमा नांगै हिंड्छु भनेका थिए. आफ्नो टिम प्रति पूर्ण विश्वास भएको भए “आफ्नो टिमले नजिते नांगै हिंड्छु भन्नु पर्थ्यो” जुन बिस्वोस्नियता उसमा थिएन. यो त खालि समर्थकहरुलाई धोका दिने उसको(म्याराडोनाको) पुरानै बानि साबित भो.

  49. क्या मज्जा अर्जेन्टिनाले हार्यो मैले त बिट पनि गरेको थियो जर्मन 3 अर्जेन्टिना 0 भनेरा
    तर ४ नै ठोकी दियेछा, तर म जर्मनी फ्यान चाहि होइन म चाहन्छु नया टिम ले जितोस
    वोर्ल्ड कप पनि कति ब्राजिल, अर्जेन्टिना के के …

    • तपैले त जित्नु भएछ ब्राज़ील्कोमा टिन गोल हान्छ भनेर बेट लगाएको गयो पछी फेरी अर्जेन्टिनाले जित्छ भनेर झन् दब्बल बेट थोपरेको त १ महिनाको तलबनै झ्वाम परेर आज त खान सम्म खाएको छैन

  50. गोठालो लाई पाडो पाएनी ब्यौती पाडी पाएनी ब्यौती खुरु खुरु हेर …खेल्न जान्ने होइन …

  51. आफु त जर्मन सपोरटर भएको ले अति खुशी लाग्यो.
    तर म्याराडोना जी तपाई त ट्रेनर भए पछी हार जीत जे भए पनि स्वीकार गर्न सक्नु पर्यो नि. तेसरी रिसाउनु भएन नि जर्मन फ्यान संग.

  52. म्याराडोनाको खराब पक्षलाई मात्र हेर्ने बुर्जुवाहरूहो तिमीहरु म्याराडोना हजार जुनी सम्म पनि हुन सक्दैनौ …..तिमि जे भन…म्याराडोनालाइ फुटबलको ज्यूँदो भगवान मान्नेको जमात यो संसारमा धेरै छ …फिफा को जनमत संग्रहमा सबै भन्दा धेरै मत पाएर सताब्दिकै नम्बर १ राम्रो खेलाडीको उपाधि म्याराडोनाले त्यत्तिकै पायो होला है ?????

  53. म्याराडोनाको खराब पक्षलाई मात्र हेर्ने बुर्जुवाहरूहो तिमीहरु म्याराडोना हजार जुनी सम्म पनि हुन सक्दैनौ …..

  54. माइकल बालक बिनाको जर्मनी हो नत्र 4 हैन कति पो हुन्थ्यो
    होला ???मरडोना & मेसि घर फर्किएर सिरक ओडेर सुत्ने ल अब

  55. knock out stage को खेलमा एउटा टिमले जित्नु वा हार्नु स्वाभाविक नै हो,तर लेखकले भने जस्तो अर्जेन्टिना एसियाली देस भन्दा पनि खत्तम खेल्यो भन्नु सरासर गलत हो,सबैलाई आ आफ्नो कमेन्ट गर्ने स्वतन्त्रता हुन्छ तर main article मै एक पक्षीय ढंगले मन गदंते कुरा अरुलाई थोपर्नु भनेको विकृत मानसिकता बाहेक अरु हुन सक्दैन,यदि लेखक ज्यु ले football र फूटबल को feelings बुज्नु हुन्न भने छुट्टै शिर्षकमा लेख लेख्ने प्रयास गरे हुन्छ ,तपाई भन्दा धेरै राम्रो संग फूटबल बुज्ने र मुल्यांकन गर्न सक्ने माई संसार का पाठक होलान भन्ने हेक्का राखेको देखिएन,आफुलाई मन नपर्ने टिम वा आफ्नो विरोधीलाई खत्तम देख्ने नेपाली बिशेषता देखाएकोमा यहालाई बधाई छ,

    • तपाई फूटबल कति हेर्नुहुन्छ र बुझ्नुहुन्छ थाहा भएन | जापान र कोरियाको खेलको teamwork हेर्नुभेकै होला | तेवेज र मेस्सीले बल दुगुरएर हुन्छ ? पैसा नभएर कोच बन्न आको हो मारादोना |

  56. खेल सकिएपछि जर्मन र उनीहरुका समर्थकहरु खुशी मनाइरहेका ठाउमा गएर माराडोनाले उनीहरुलाई गालि गरे अरे , याहू न्युजले यस्तै लेखेको छ | साथै “मेरो जीवनको सबै भन्दा दुखि क्षण ” पनि भने अरे|

  57. यँहा समाबेस भएका सबै कमेंट्सहरु पढ्दा सागर शर्माजीको कमेन्ट सबैभन्दा बिशेष लाग्यो .

  58. अर्जेन्टिना लाई मरदोना ले हराएको हो .किनकि एदी जितेको भए उ
    बजार मा नांगै हिन्नु पर्थ्यो

  59. blogger जी ,
    तपैन्को सिर्सक हेर्दा त तपैन्मा कुन्दै स हृदय नै छैन जस्तो लाग्यो|मैले अर्जेन्टिना को support गरेको थिएँ | चित्त दुख्यो हरेकोमा तर तपैन्को सिर्सक्ले त कन्चट नै तातेर आयो| तपैन्लाई एती नि थाहा छैन कि क्या हो खेल मा हार जीत त भै हालछ भनेर | तसर्थ तपैन्लाई एउटा सुझाब दिन्छु यो सिर्सक लै अर्जेन्टिना को अप्रत्यासित ठुलो अन्तरको हार | येसो लेखेमा अर्जेन्टिना फान ले अलि चित्त बुझाउने थियो कि| हातमा काम छ भन्दैमा जे नि नलेख्दा राम्रो होला कि मित्र|
    जे नेपाल rakesh

    • ल ल ल सम्मान पुर्बक जमिन को धुलो चाटेर गयो ||||

    • ए ल ल, अर्जेन्टिनाको गौरवशाली हार भनेर लेख्‍नुपर्‍यो त्यसो भए 🙂

  60. Overhere in Haiti i got condolence from Argentinian fans yesterday because Brazil lost with Holand, so i am calling them one by one to give them back there condolence.Anyway the world cup will be with Germany now,no doubt.

  61. Namaste ‘Whole Fan from Nepal.
    Yes Germany is the best Team in this WC.
    They will get it.
    You know: Made in Germany are Teamspritl, Disciplin, thinking and handling.
    Fotball is not only Messi´s foot also Brain.
    Thank you.

  62. वोर्ल्ड कप अर्जेन्टिना बिहिन भन्ने हेडिंग राम्रो हुन्थ्यो कि, हिजोको जस्तो! अनि पर्सि उरुग्ये फर्के पछी चाहि वोर्ल्ड कप साउथ अमेरिका बिहिन भन्नु पर्ला!
    जेहोस साउथ अमेरिकन हरु आधि जसरि आय र तुफान जसरि गय! कालो बादलको मेघ जसरि बढो गर्जेर सुरुक्क गय! तेही एउटा उरुग्ये बाकिछा नेदर्ल्यान्दको झापु खान कुरिराको!
    यो साउथ अमेरिकन हरुलाई फुटबल भनेको हातले खेल्ने होइन भनेर अलिक राम्ररि सिकाउनुपर्ने देखियो के! हुनत बादर हरुले हाट र खुट्टा बराबरी प्रयोग गर्छ के गर्ने बानि छुटाउने गाहारो परेको जस्तो छ!
    जे भय पनि म्याराडोना देखेर चाहि बढो माया लाग्यो, एक छिनत बिचरा अर्जेन्टिनाले जितिदे पनि हुन्थ्यो जस्तो लाग्यो बाबै!
    जे होस् यसपालाको कप जर्मनले उचाल्ने निश्चित जस्त्तै देखिन्छ र होस् पनि यस्तै. जर्मन जितोस!!!!
    हामीलाई अरु देशले जित्नु भन्दा जर्मन जित्नुनै बेश!

  63. जर्मनी ले जित्यो मज्जाले . तिनीहरु मा एक दम एकता छ . व्यक्ति हाबी छैन टिम मा/ अब होलेण्ड र जर्मनी को फाइनल हुन्छ कि जस्तो छ . हेरौ खेल हो केहि भन्न सक्किन्न / sorry for Argentine टिम and fan .

  64. अब फैनल खेल जर्मनी र स्पेन बीच हुने छात्कत लाग्छ |

    • साथी जर्मनी र एस्पेन होइन तिनीहरु त यूटी समूह मा छ एक त ओउट हुनु पर्छ
      if you are not watching world plz dont make coment tahnk you.

  65. अर्जेन्टिना अर्जेन्टिनाह अर्जेन्टिनआह आह आह के हो यस्तो ? खेलको कुरा हो आजको खेलमा अर्जेन्टिना हार्न पनि सक्छ जस्तो त लागेको थियो तर मेरो अर्जेन्टिना यसरि हार्छ होला भन्ने चाही लागेको थिएन | जर्मनीका समर्थकहरुलाई बधाई छ |

  66. आज परगुए र स्पेन को खेल जबर्दस्त हुदाहुदै पनि अन्तमा स्पेनलाई एक गोल हत्लागेतापानी परगुएको खेललाई कम आँक्नु राम्रो हुने छैन |

  67. सारै दुख लाग्यो यार. अर्जेन्टिनाले जित्छ भन्ने ठुलो आशा थियो. अब टन्न बेएर खाएर सुत्नुपर्ला. राम्रो खेल्दाखेल्दै हार्नु भनेको दुर्भाग्य भन्नुपर्छ.

  68. aspali ko game guess garnai garo bhayo. अब त जसले जिते नि जितोस, ब्राजिल र अर्जेन्टिना गोल खाडी पुगी हाले त !!
    खेल भनेको यस्तै हो नि कति सासुको मात्रै कहिले कहिँ त बुहारीको पालो पनि त आउनु पर्छ नि होइन, कि कसो ??

  69. म्याराडोना भनेको कोकिन् खाएर दौडिने मान्छे हो ,
    आफ्नो बुद्धि ले हिड्ने मान्छे होइन , तेसैले उसको बल यति सम्म मात्रै हो , तर जर्मनी येस्पली वास्तविक २१ सताब्दीको टेक्निक लिएर आएको छ , येस्पलिको वोर्ल्ड कप उसैले लिएर जाने निश्चित छ .

  70. जर्मन ले अन्तिम सम्म यस्तै खेल्दै जाने हो भने यो पाली को बिश्वो कप जर्मन लाइ पक्का भयो कि कसो हो साथी हरु ?

    • सारै राम्रो कुरा गर्नु भयो मार्टिन जी , आझ जस्तै ४ गोल गर्ने भने त पकै जित्छा ||||||

  71. Germany is the Best team , with well discipline and team sprit so they deserve to be the champion !!!

  72. विस्वकप प्रतियोगिता हुनु पुर्व मिडियामा निक्कै चर्चित मेस्सी, रोनाल्डो, काका र रोनी नायकहरु विस्वकप मा नालायक भये ।

  73. अर्जेन्टिनाको तुलनामा जर्मनीको खेल स्तरीय रहेकोमा कसैलेपनि संका गर्नु उचित छैन| अर्जेन्टिना प्रति सहानुभूति हुदाहुदै पनि जर्मनीको जीतलाईबधाई दिनुनै पर्दछ | खेलप्रेमी सबैसित मेरो यहिनै अनुरोध छ|

  74. खेल त आखिर खेल नै हो हार्नु जित्नु त हुन्छ नै तर दुख को कुरा अर्जेन्टिना अलि लाजै लाग्दो गरि हार्यो. आफु त हरुवा टोलि को फ्यान आज अलि धेरै बियर जाला जस्तो छ , हारेर हैन कि अर्जेन्टिना बाहिरियर …

  75. म्याराडोनाको कथनलाई सापटी लिने हो भने राम्रा खेलाडीहरू सधैं राम्रोरूपमा उत्रिँदैनन् । यस हिसाबले ब्राजिल पनि बाहिरिएको थियो, आज स्वयम् अर्जेण्टिना बाहिरियो । जे होस्, अर्टिण्टिनी र यसका फ्यानहरूप्रति हार्दिक ‘समवेदना’ … आफूले त बाजी जितियो … 🙂

  76. once again europe proove that east or west europe is best,angain world cup will stay in europe.

  77. मलाई थाहा थिह्यो इंगलैंड जस्तो कडा टिम लाई त पन्छायो अब अर्जेन्टिना चै कहाँ बाट आएको महान टिम होर जे हुनु थियो त्यो भयो maradona को गमंद शान्त भयो मा खुसि छु

  78. क्या मज्जा आयो …………….. राम्रो जर्मनी !!

  79. खेल यहाँ लेखकले भने जस्तो नराम्रो चै होइन बरु अर्जेंतिनेहरुले रणनीति परिवर्तन गरि खेलेकाले यो परिणाम भएको हो. खेल खेल भरिनै प्राय उनीहरुकै पकडमा थियो तर जर्मनी को खुट्टामा पर्ने बित्तिकै अर्जेन्टिनीहरुलाइ अत्ताई हाल्थे. जे होस् ब्राजिल र अर्जेन्टिना बहिर्गमनले धेरै खुसि भएका छन.

  80. German ले जित्यो भनेर कहाँ हुनु नि आखिरमा विस्वो कप त स्पेन कै
    हातमा हो नि!

    • तेही त भन्या , worldcup त स्पेन कै हो नि …….अब ११ july धेरै टाढा छैन ,गो स्पेन गो ……….you are the best ……..

  81. सालोक्य जी तपाई एकदम ठिक भन्दै हुनुहुन्छ अब फाइनल स्पी र होलैंड बीच नै हुन्छा र स्पेन ले वोर्ल्ड कप जित्छा

    • मुलरले सेमी फाइनलमा खेल्न नपाउने भयो भन्दैमा जर्मनीले खेल हार्ला र ? के हुने हो खै

  82. यस्तै यस्तै नतिजा आउने हो भने यसपालि फाईनल उरुग्वे र पाराग्वे बीच हुनेछ ।

  83. अर्जेन्टिना ले हार्नै नहुने भन्ने कहाँ छ हो साथीहरु ? आआफ्नो टिमको पक्ष लिन त सबैले पाउनु पर्छ तर यस्तरी अर्जेन्टिना भनेर मरिहत्ते गर्नु पनि त हुदैन नि होइन र ? ब्राजिल हार्यो अर्जेन्टिनाले पनि हार्न हुन्छा कि कसो साथी हो तर हाम्रो नेपाल मा किन एस्तो पागलपन मैले बुझ्न सकिन जुन देशका मान्छे हरु नेपाली भने पछी गोर्खा हरु भनेर हेला गर्छन रिसाउछं तिनीहरु कोलागिनै एस्तो पागल पनि हामि नेपाली सच्चाई सोझा छौ होइन त?गेम हेर्नु पर्यो साथीहरु नाम होइन फूटबल मा खुट्टाले काम गर्छा लामो कपाल र राम्रो अनुहारले होइन.जुन तपाई हामीले देखि हालयूं खेल मा के के हुन्छा भनेर!यो सबै भन्दा फूटबल हेरौ र हाम्रो देश को फूटबल को बारेमा सोचौ नेपालको फूटबल त गणेश थापा बल भएको छे तेस्लाई सबै मिलेर राम्रो फूटबल टिम बनाउने कोशिश गरे कसो होला?

    • अलि जी,तपाई को भनाई “जुन देशका मान्छे हरु नेपाली भने पछी गोर्खा हरु भनेर हेला गर्छन रिसाउछं””केहि हद सम्म सांचो पनि हुन सक्छ |शान्ति का लागि भ्रमणमा निस्केका नेपाली विश्व साइकल लोक बन्धु कार्की पनि अर्जेन्टिना को भिषाका लागि २/३ चोटी embassy मा धाउनु परेको र अनेकौं प्रश्न हरु सोधिएको सन्दर्भ तथा तपाई ले भने जस्तै मानिसहरुले सुनाउंदा कार्की जी अहिले सम्म त्यो देश पुगेको छैन |जान पनि अप्ठ्यारो लागेछन|केहि गर्ने हो कि भनेर |
      तर मैले चिनेका अर्जेन्टिनाका साथी हरु र न्युयोर्कमा कार्की जी लाई दलाइ लामा को जस्तो डकुमेन्ट्री फिल्म बनाउने कम्पनि का अन्तरबार्ताकार अर्जेन्टिनाका विवियन अलंसो ले नेपाल प्रति त्यस्तो व्यवहार गरेको त पाइएन !!!
      इन्ग्लिश गोरा हरुले गोर्खाली भनेर उक्सौना साथ हामी नेपाली ले बहादुरी त देखाए तर पनि कार्की जी जस्तो शान्ति को कामना गर्दै संसार भ्रमण गर्ने व्यक्ति लाई धक्का पुगेको छ |हामी ले भन्न सक्नु पर्छ कि नेपाली ले फल्क लाण्ड टापु मा युद्ध गर्न आएको होइन …..ब्रिटिश सेना मा जागिरे नेपाली[गोर्खाली भन्ने गरिन्छ ]हरुले मा युद्ध लडेका हुन् …..
      अर्जेन्टिना बासी हरु ले के सोच्छन भने १/२ विश्व युद्ध मा जस्तो नेपाल ले सेना पठाएका हुन्!!!!
      गोर्खाली भनेर के गर्ने हामी ले !!! टट्टूहरु,दलाल हरु ,कठपुतली हरु भए पछी इंडिया को गोल खाडी भैरहेका छौं हामी |

  84. आजको खेलमा जर्मनी र अर्जेन्टिना दुवैले धेरै राम्रो प्रदर्शन गरे. तर पनि अर्जेन्टिना जर्मनी संग नराम्रो संग हार्नु भनेको उसको दुर्भाग्य नै हो. जे होस्, जर्मनी धेरै बलियो टिम को रुपमा साबित भैसकेको छ र विश्वकप जित्ने सम्भावना पनि बढ्दो छ.
    Good Luck Germany and MiroSlav Klose!!!

  85. खाली अर्जेन्टिना को फान मात्र बडी हुन् बास्तबमा जर्मनी अर्जेन्टिना भन्दा धेरै राम्रो टिम हो? यो वोर्ल्ड कप जर्मनी कै हो |
    मा आज धेरै खुसि छु| बधाई छ जर्मनी
    GooooooooooooooooooooOOOOOOOOOOOOOOOOOOOOOl

    • सबै टिमको खुबी उस्तै-उस्तै हो महेस जी,
      ग्रुप म्याच याद गर्नुस त,
      जर्मनीले अस्ट्रेलियालाइ ४-० ले हरायो…तेही जर्मनीलाइ सर्बियाले हरायो! अर्को खेलमा जर्मनीलाइ हराउने सर्बियालाइ अस्ट्रेलियाले २-१ ले हरायो !
      अब भन्नुस कुन टिम धेरै राम्रो ?

  86. बाई बाई अर्जेन्टिना …hope you will have nice journey back home.. अब जसले जे भने नि यो पालि को वोर्ल्ड कप स्पेन को नै हो. अब फेरी आफु ले support गरेको देश आउट भयो भनेर नेपाल बन्द र चक्का जाम चाही न गर्नु ल pliz

  87. मलाइ त आजको यो म्याच हेरेर प्रश्न गर्न मन लाग्यो ‘आखिर यस्तो जर्मनीले सर्बिया सित कसरि १-० को हार बेहोर्यो ?’ कुनै पनि देशको नामको पछाडी नलागेर हेर्दा आजको खेल सार्है नै हेर्न लायकको थियो | अर्जेन्टिना भन्दा जर्मनीले सुरु देखि नै अति नै संयमित भएर खेलेको देखिन्थ्यो |
    वोर्ल्ड कप जित्यो भने म्याराडोनाले नांगै हिड्ने भनेर घोषणा गरेका थिए रे | जे होस् जर्मनीले संसारका अगाडी उनको लाज छोपिदियो | 🙂

    • क्रान्तिजी सर्बियासंग हार्नुको पछाडी कोल्सेले रेड कार्ड पाउनु र पोदोलोस्किले पेनाल्टी मिस गरेकोले हो

      • खेल मा हार्नु नै पोस्ट भित्र बल छिरौना नसक्नु हो !!

  88. येसपाली को बिस्सो कप स्पेन को हो ,,,,, सिर्फ स्पेन को, जर्मनी लाई त स्पेन ले
    हेकुला ले पेलेर जित्छ . सबै लाई चेतना भया,,,,,,,,,,,

    • देखियो हिजो पराग्वे संग को खेल स्पेन को

      • तपाई ले यूरो कप २००८ को final हेर्नु भयो होला नि ,,,,,,,,,,,,,

    • जर्मनी लाई पनि तेसै भन्थे ,अर्जेन्टिना ले पेल्छ पेलेको पेलेई भयो,अब स्पेनले पेल्छा रे , भन्न पाइन्छ , सुन्न पनि हुन्छ ,तर के कुरा बुझ्नु पर्छा भने खेल खेलेर मात्रै जितिन्छ .

  89. खेल तुलनात्मकरुपमा उत्कृस्ट नै हो | मेरो कुनै पक्ष छैन | तर आज जर्मनीले जुन चमत्कार देखायो , त्यो झनै उत्कृस्ट लाग्यो| जर्मन खेलाडीहरु ले अर्जेंतिनाकोले भन्दा फेयर खेल खेलेका हुन् | यै स्पिरिट जर्मनले कायम राख्ने हो भने त वर्ल्ड कप पक्का होला जस्तो पो देखियो| आजको खेललाई जर्मन र अर्जेन्टिना दुबैले कहिल्यै बिर्सने छैनन् |
    खेल हो एउटाले नहारी अर्कोले जित्दैन त्यस्तै एउटाले नजिती अर्कोले हार्दैन, जे होस्, सबै भन्दा राम्रो , फेयर र इमान्दार खेल खेल्ने टिमले कप जितोस ,शुभकामना| “राम्रो” लाइ पाखा लगाएर “हाम्रो “को मानसिकता बाट मुक्त भएर “राम्रो” लाइ नै “हाम्रो ” को भाबना स्वीकार्न सके सदाबहार खुशी हाम्रै पोल्टामा | खेलको भावनाको पालना गर्दै
    जित्नेलाई खुशी मनले बधाई दिदाको आनन्दै बेग्लै|

    • समग्रमा भन्नु पर्दा हामि सबै दहिचिउरे हुनु पर्छ भन्न खोज्नु भाको? 🙂

      • दहीचिउरे ,पिपलपाते जस्ता उपनाम त क्षणिक स्वार्थपूर्तिका लागि बेइमान गर्नेका लागि मात्रै होइन र ?

  90. म पनि जर्मनीको पक्षमा भएको ले क्या मज्जा आयो अर्जेन्टिना का फ्यान हरु हेर्याहेरै हुदा त क्या मज्जा आयो ,,,,,,,,,,,,,,,,,,

  91. अब त जसले जिते नि जितोस, ब्राजिल र अर्जेन्टिना गोल खाडी पुगी हाले त !!
    खेल भनेको यस्तै हो नि कति सासुको मात्रै कहिले कहिँ त बुहारीको पालो पनि त आउनु पर्छ नि होइन, कि कसो ??

  92. तेस्तै हो नसिब मा न भयको खोजेर पएदेना.जर्मनी पनि कम्जोर टिम त होएनानी यार.

  93. म्याराडोना ले भनेका थिय थोमस मुलर संग उनि डराएका छन् . ३ मिनेटमै थोमस मुलर को गोल ले गर्दा अर्जेन्टिना डोमिनेट भयो खेल को कुनै तुक नै भएन. गोल र गोल फेरी गोल अनि फेरी गोल ………………. नमज्जा को हार

  94. तेस्तै हो नसिब मा न भयको खोजेर पएदेना.जर्मनी पनि कम्जोर टिम त होएनानी यार.

  95. आफु त सुरु देखि नै जर्मनको फ्यान परियो,आज त निन्द्रा पनि बिसेस किसिमको लाग्ने भो.अनि अर्को कुरा आज सपनामा भगवान सिवजिले जर्मन खेलाडीहरुलाई यो प्रसाद हो भनेर गाँजा खान दिएका थिए,तपाईहरु विश्वास गर्नुस ,म आफैलाई बिम्जंदा अचम्म लागेको क्या कताका सिबजिको बाहनको मासु खानेहरुलाई के गरेको होला भन्ने सोचेको थिए है!तर कुरो रैछ अर्जेन्टिनालाई ०-४ ले पराजित गर्नु ………….बधाई !!बधाई!! जर्मन टिमलाई!!!!!!!!!!!!

  96. I have previously mentioned that germany’s players are much better than Argentina’s in this world cup. Simple, they proved it today.
    Sorry Argentina and their supporter’s !!!!!! 4 goalssssss……

  97. म्याराडोना ले भनेका थिय थोमस मुलर संग उनि डराएका छन् . ३ मिनेटमै थोमस मुलर को गोल ले गर्दा अर्जेन्टिना डोमिनेट भयो खेल को कुनै तुक नै भएन. गोल र गोल फेरी गोल अनि फेरी गोल ………………. नमज्जा को हार

    • नबिन जी तेही म्यारोडोना ले तिन महिना अगाडी थोमास मुलर लाई प्रेस Conference मा को हो यो म यसलाइ चिन्दिन को हो यो ” Ball Boy ” हो भनेर संगै प्रेस Conference मा बस्न सम्म मानेको थिएन, मलाई त हिजो एति खुसि लागेको थियो जब थोमास मुलर ले अर्जेन्टिना(म्यारोडोना) लाइ धुलो चटाए. म्यारोडोना तेरा मेस्सी ले मात्रा फूटबल खेल्दैना, अरु खेलाडी लै पनि respect गर्न सिक. देखिस होला नि “Ball Boy ” को जादु . देखिस होला नि म्यारोडोना ” Ball Boy ” ले यो बिस्वो कपमा ४ गोल हनेको अनि तेरा मेस्सी जिल्लाराम भएको.

  98. अर्जेन्टिना ले हार्नु मा जर्मनीको खेल प्रदर्सन सारही राम्रो भयको ले हो.

  99. मेरो विचार मा एसको उत्तर सजिलो छ. खाली बल मात्र खेलेर भएननी नि. गूल पनि हान्न सक्न पर्यो अर्जेन्टिनाले . उता जर्मनी को रक्छाक पंक्ति र गूल कीपर सारै कडा. “यता अर्जेन्टिना को रक्छाक पंक्ति बलिओ थिएँन . अर्जेन्टिना ले नराम्रो केलेको होइन . Striker को कमि र रक्छाक गतिलो नभएर हो. केवल D -Area मा बल खेलेर मात्र भएनी नि अर्जेन्टिना ले.

  100. कता कता मलाई त संका लाग्यो वर्ल्डकपमा पैसाको भुमरी लागे जस्तो छ.

    • सियन जी राम्ररी खेल्नु पर्यो नि खेल्नु छैन क पैसा को कुरा गर्नु हुन्छा.बरु फूटबल हेर्न छोडिदिनुस !

  101. Germans are too fast, perfect passing, no surprise i think they will get world cup home. but i am not satisfied that argentina got bad score. i did not expect that.

  102. Hype नै बढी के……खेलेर जित्ने हो, तेसै हल्ला गरेर जित्ने हो र, testo defence ले world cup जित्ने त चान्स नै थिएन…. मजा आयो..but sorry for messii…he could not play well (or could not show his game)……

  103. वास्तबमा म्याराडोनालाई पनि “म्युजियम”मा पठाउनु पर्ने हो कोच बनाउनुको सट्टा।

  104. जर्मन को सुपर्ब फूटबल खेल! यसबाट यो वोर्ल्ड कप जर्मन को नै हो भन्ने कुरामा कुनै संका छैन!
    Well played, Superb, Brilliant.
    Good German keep it up and rise the Cup.

Comments are closed.