जर्मनी कि स्पेन? नेदरल्यान्डस् कि उरुग्वे?


विश्वकप जित्‍ने महत्त्वाकांक्षाका साथ दक्षिण अफ्रिकामा भेला भएका ३२ टिममध्ये चार बाहेक सबै घर फर्किसकेका छन्। यी चार दुई बन्नेछन् अनि दुईबाट एक विजेता चुनिने छ। चारमध्ये एक दक्षिण अमेरिकी राष्ट्र र बाँकी तीनै वटा युरोपेली राष्ट्र परेका छन्। चार मध्ये दुईले पहिले विश्वकप जितिसकेको छ, दुईले पहिलो पटक उपाधि जितेर इतिहास रच्ने मौका पाएको छ। को पुग्ला त फाइनलमा ?



पहिलो सेमी फाइनल नेदरल्यान्डस र उरुग्वेबीच हुँदैछ। उरुग्वेले पहिला दुई पटक विश्वकप जितिसकेको भएर नयाँ र राम्रो खेल्ने टिमले विश्वकप जितोस् भन्ने पक्षमा भएकोले म चाहिँ नेदरल्यान्डसको पक्षमा हुनेछु यो खेल हेर्दा। पक्ष विपक्ष एउटा कुरा हो, तथ्य हेर्दा के देखिन्छ त ?

उरुग्वेको डिफेन्स कडा छ। त्यसैले समूह चरणमा उसले एउटा पनि गोल खाएन, विपक्षी पोस्टमा उसले चार गोल गर्‍यो। दोस्रो चरणमा दक्षिण कोरियाले ऊविरुद्ध यो प्रतियोगिताको पहिलो गोल गरेको थियो। त्यो खेल उसले २-१ ले जित्यो। क्वार्टर फाइनलमा अर्कै नाटक भयो। घानाको मुखमा पुगिसकेको विजयलाई उरुग्वेले खोसेको थियो। यो खेलमा उरुग्वेका खेलाडी सुअरेजले हातले गोललाइनमा बल नछेकेको भए उरुग्वे यति खेर घरमा र घाना सेमी फाइनल खेलिरहेको हुन्थ्यो। घानालाई भाग्यले पनि साथ दिएको थिएन। त्यसैले पेनाल्टीमा पराजित हुन पुग्यो घाना। उरुग्वेका गोलरक्षकले दुई वटा पेनाल्टी छेकेर खेल पेनाल्टीसम्म लम्बियो भने आत्मविश्वास पनि जगाइसकेका छन्।

अर्को तर्फ नेदरल्यान्डसको डिफेन्स पनि कमजोर छैन। समूह चरणमा उसले एक गोल मात्र खाएको थियो। यसक्रममा डेनमार्कलाई 2-0 ले जापानलाई 1-0 ले र क्यामरुनलाई 2-1 ले पराजित गरेको थियो। दोस्रो चरणमा स्लोभाकियालाई 2-1 ले पराजित गरेको नेदरल्यान्डस् क्वार्टर फाइनलमा ब्राजिलसित मध्यान्तरसम्म 1-0 ले पछि पर्दापर्दै पनि दुई गोल गरेर नतिजा आफ्नो हातमा पारेको थियो। अर्को नेदरल्यान्डसको बलियो तथ्य- ऊ हार्न जानेको छैन। नेदरल्यान्डस पछिल्लो पटक सन् २००८ को सेप्टेम्बरमा अस्ट्रेलियासित हारेको थियो। त्यति मात्र हैन, यो विश्वकपमा पाँच वटा खेल जित्दै नेदरल्यान्ड्सले २४ खेलको अपराजित यात्रा पूरा गरेको छ।

दुवै टिमले बढीमा एक गोल खाएका छन्। भाग्यले दुई टिममध्ये उरुग्वेलाई बढी साथ दिएको छ। तथ्य नेदरल्यान्डसको पक्षमा बलियो छ। गोलकिपर उरुग्वेका तगडा छन् जसले दुई वटा पेनाल्टी रोकिसकेका छन्। अब तपाईँ आफै भन्नुस्, कसले जित्‍ला यो खेल ?


अर्को सेमी फाइनल जर्मनी र स्पेनबीच हुँदैछ। दुवै युरोपेली मुलुक। एउटा हालको युरो च्याम्पियन। एउटा तीन पटक विश्वकप जितिसकेको टिम। दुवै टिमले समूह चरणमा एक एक हार बेहोरिसकेको छ। जर्मनीले समूह चरणमा पाँच गोल गरेर एक गोल खाएको थियो भने स्पेनले ४ गोल गरेर २ गोल खाएको। समूह चरणपछिका दुई खेलमा जर्मनी प्रभावशाली रुपमा अघि बढेको छ- इंगल्यान्डलाई ४-१ ले र अर्जेन्टिनालाई ४-० ले हराएर। स्पेनको जितमा गोल अन्तर भने झिनो देखिएको छ- पोर्चुगललाई १-० ले र पाराग्वेलाई १-० ले। तथ्याङ हेर्दा आक्रामक फुटबल जर्मनीले खेलेको देखिन्छ। जर्मनीको आक्रमण प्रत्याक्रमण तगडा र डिफेन्स सुदृढ देखिन्छ। स्पेनले स्विटजरल्यान्डसँग हारेको थियो भने जर्मनीले सर्बियासँग। खेलमा त्यो दिनको खेल नहेरी केही भन्न सकिन्न। नयाँ टिमले जिते हुन्थ्यो भन्ने चाहने भएकोले म चाहिँ स्पेनको पक्षमा। तपाईँ नि ?
(फोटोहरुः एपी/एएफपी)


पाराग्वेका गोलकिपरले स्पेनको पेनाल्टी रोक्दा फ्यान खुसीले चिच्याउँदै। तर खेल स्पेनले जित्यो।


स्पेनकी फ्यान।


पाराग्वेकी मोडल Larissa Riquelme पाराग्वेमा ठूलो पर्दामा खेल हेरेर चिच्याउँदै।

85 Comments

  1. कानो गोरुलाई औसिन पुर्ने, तर पनि नेदरलंद ले जितेको चै आलिकता राम्रो हो भन्ने सोच< तर मतलब छैन जसले जिते पनि.

  2. गोठालो लाई भैसी ले पाडो पाए पनि बिगुउती……पाडी पाए पनि बिगुउती ..

  3. मेरो टिम अर्जेन्टिना थियो तर उसको हार बाट चोट मर्महत हुदा हुदै म अब कुनै टिम को साथ लिनु पर्दा जर्मनी को लिन बाध्य भएको छु /विजय होस् जर्मनी .

  4. जर्मनी ले यस पाली को बिश्व कप नजीतने भनेको सूर्य पूर्ब बाट udaudin भनेजस्तई हो म छाती माँ हात राखेर भन्न shakchu जब सम्म क्लोज जर्मन टीम माँ हुन्छ यो seur chh …………..

  5. युरो कपबाट खेल्ने खेलाडी भएका देशहरु सबै बाहिरीसके त्यसैले जर्मनको यसपाली निकै राम्रो टिम भएको छ । फाइनलमा जर्मन र उरुग्वे पुग्ने सम्भावना प्रवल छ भने अन्तमा जित जर्मनको नै हुने देखिन्छ ।

  6. मेरो विचार मा जर्मनी ले यसपाली को वोर्ल्ड कप लंछा होला /खेल त हो केहि भन्न सकिदैन तर केहि आश गर्न सकिन्छा मेरो शुभकामना छ जर्मनी लाई /

  7. पशुपतिनाथले होल्लान्द्लाई वोर्ल्द्कुप परोस

  8. जर्मनी ले यसपाली को वोर्ल्ड चुप लान्छ होला मेरो विचार मा /

  9. uruguya vs holland ko game ma ma holland le jitne sambhawana dherai dekhchu, but penalty vayo vane sure nai uruguay ko huncha.
    Go HOLLAND, bcoz i want to see HOLLAND VS SPAIN IN THE FINAL GAME!!!!

  10. स्पेन ले जित्ने सम्भावना बढी छ ! २००८ मा स्पेन १ -० जर्मन, अनि यो गेम मा Muller खेल्दैन, स्पेन को डिफेन्स भनेको Barcelona र Real Madrid को डिफेन्स हो, जेर्मन लाइ धेरै गार्हो हुन्छ गोल गर्न, स्पेन को अर्को positive point भनेको उसको goalkeeper – Ikir Casillas हो, तेसैले जेर्मानी टिम ले स्पेनिश डिफेन्स लै अर्जेन्टिना र इंगलैंड जस्तो नसोचे हुन्छ,
    GO SPAIN!!!!!!!!!!!!!!!!

  11. अस्त तिर फलानो, ढिस्कानो ,,,,,,,,,,,,,,,,, ले जित्छ भनेर भविष्यबाणी गरेको त गाइखुरेहरु त गोल्खाडी पो गएछन भन्या /

    ” जसले बढी गोल हाल्छ त्येसैले जित्छ ” लौ जा !!!!!!!

    यो पटक चाही मेरो अड्कल शत-प्रतिसत मिल्छ होला, होइन त ( toss अपबाद बाहेक) ?
    यो पटक पनि मिलेन भने चाही अब २०१४ सम्म ” लात्ते-भकुण्डो खेल ” नै हेर्दिन यो मेरो प्रतिज्ञा मेरोसंसार मार्फत सार्बजनिक गरिपाउ प्रभो !!!!

    जय नेपाल
    हिमाली

  12. I think holland is going to Win 2010 World Cup but it’s Game nobody knows it’s depend upon Luck. We all can see holland have 95% chances to win 2010 world cup.

  13. जसले जित्ला जस्तो लागेको थियो त्यो सबै हरेको छ, खै कसले जित्ला भन्ने ?
    स्पेनलाइ सपोर्ट गर्दै छु , हेरौ के हुन्छ ….

  14. Final Germany V/S Netherland
    Winner: Netherland
    (south korea 1- Argentia 4) with germany 4- Argentina 0) No sympathy over them, if they can eat must have to eat too.

  15. मेरो अनुमान :
    सेमीफाइनल विजेताहरू – नेदरल्यान्ड्स, जर्मनी

    उरुग्वेका एक डिफेन्डर र एक स्ट्राइकर सेमीफाइनल खेल्न नपाउने भएको र अर्को डिफेन्डर घाइते भएकोले उरुग्वेलाई भाग्यले साथ दियो भने मात्र फाइनल पुग्ला |

    जर्मनीको गोल गर्ने क्षमता स्पेनको भन्दा दुई गुणाको हाराहारीमा देखिन आएको छ, रक्षात्मक पंक्ति पनि उत्तिकै सबल देखिएको छ | स्पेनको रक्षात्मक पंक्ति पनि बलियो देखिन्छ | त्यस्तै स्पेनले दाहिने, देब्रे र बीच, तीनै दिशाबाट उत्तिकै सशक्त आक्रमण गर्ने क्षमता देखाएको छ | जर्मनीले भने बीचबाट धेरै कम आक्रमण गरेको पाइएको छ, त्यसैले स्पेनले जर्मनीको दाहिने र देब्रे पाटालाई निस्तेज पार्न सक्यो भने मात्र स्पेनको पोल्टामा पासा पल्टन सक्ने सम्भावना म देख्छु, नत्र उहुँ |

    अघिल्लो पटक क्वार्टर फाइनल पुग्ने टिमहरूको अनुमान गर्दा आधा मात्र मिलेको थियो | हेरौं यस पटक कस्तो निस्कन्छ |

  16. उरुग्वे लाई सबैले हेपेको जस्तो लाग्यो . त्यसैले म उरुग्वेको सपोर्टमा . तर जर्मनीले सबैलाई हेरेको हेर्यै पार्छ कि !

  17. friends its a game. and anythings can happens. Germany is getting strong day by day but you must know the recent history of spain with german where spain win most of it. i tell you that if fabrigas plays from begining then spain will win. because you can see the difference of a good player in the game between netherlands and brazil. Robin. this is spain time. or netherland should take.

  18. spen spen spen spen spen,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,no doubt//////////////////////////

  19. दाबेदार मनिएका टिमहरु एकाएक घर फर्किसकेका छन् । जर्मन टिम सँग पनि त्यती दुक्क नहुने कि
    खेल हो कहिले काहि राम्रो खेलेर पनि हारिन्छ, हो यसको शिकारमा जर्मनी टिम पर्न सक्छ। मैले त ०८ को युरो कप विजेता स्पेनको नै भाग्य बलियो देखेको छु ।

  20. नेदर्लैंड- ३ उरुगुए २ स्पेन -१ जर्मन ३ हुनत म जर्मन को सपोर्ट भए पनि नेदर्लैंड ले जितेको हेर्न चाहन्छु किनकि नया देशले जितेको इतिहास बनाएको हेर्न चाहन्छु

  21. मेरा प्रिये फुटबल प्रेमी साथीहरु,
    फुटबलका हस्तीहरु, तपाई हरु दुबिधा मा नपरे हुन्छ कि यसपाली को वोर्ल्ड कसले जित्ला भनेर किन कि निदर्लान्ड्स मात्रै यौटा यस्तो देश हो जसले २०१० वोर्ल्ड कप क्वालिफाई मा १० गेम खेलेको थियो र सबै गेम जितेको थियो,अनि तपाई ले अहिले वोर्ल्ड कप को पनि नतिजा हेर्न सक्नु हुन्छ अहिले सम्म कोहि संग पनि हारेको छैन / यसर्थ म गर्ब साथ भन्न सक्छु अहिले नेदर्लान्ड्स लाई चन्द्रे को बाउ इन्द्रे आए पनि हराउन सक्दैन

  22. यो पालि स्पेनले वोर्ल्ड कप जित्ला जस्तो छ. जर्मनी को खेल तगडा भएर आएको छ , अर्जेन्टिना लाइ ४-० ले र इंगलैंड लाइ ४-१ ले हरायो. उरुगुय को डिफेन्स राम्रै छ तर मैन खेलाडी फोर्लन र सुअरेज हुन् , सुअरेज़ ले रेड कार्ड खैसके र नेदेर्लंद संग खेल्न पाउने छैनन्. तेस्तो हिसाबमा नेदेर्लंद र स्पेन फिनल मा पुग्ने देखिन्छ. हेरौ, के हुन्छ. अर्जेन्टिना र ब्राजिल बहिरियेपछी बिस्वकोप को रौनक तेत्ति छैन

  23. A country of ,Nietzsche, Hegel, Kant, Marx, Leibniz, and Heidegger, to other famous people like Albert Einstein, Marlene Dietrich, Bertolt Brecht, Boris Becker, Erich Maria Remarque, Konrad Zuse, Levi Strauss, Rudolf Diesel… And, of course, one of the most notorious of all in German and World history – Adolf Hitler,,
    Germany will be the winner for the 2010 world cup. that team is the best and always will be!!!

  24. मेरो लागि दुखको कुरा अर्जेन्टिना हार्यो, अब म यो वोर्ल्ड कप को final नेदरल्यान्ड्स र स्पेन को बीच मा भएको हेर्न चाहन्छु, चाहे जो जिते पनि.

  25. १००% नेदेरलान्ड्सले जित्छ योपालि world cup .यो बिषय मा कोहि नबोल्दा हुन्छ / कुनै संखै छैन /

  26. हेलो सथीहरु जस्ले जे भने पनि अखिर वर्ल्डकप जितने स्पेन नै हो

  27. मेरो अनुमान ….
    नेदरल्यान्डस र उरुग्वेमा – नेदरल्यान्डस
    नतिजा: 2:0
    जर्मनी र स्पेनमा – स्पेन
    नतिजा: 1 :2

    अन्तिम नतिजा:
    1st : स्पेन
    2nd : नेदरल्यान्डस
    3rd : जर्मनी
    4th : उरुग्वे

  28. फाइनल खेल चै पक्कै नेदरल्याण्ड र जर्मन को बीच मा हुने छ,लेखेर राखे हुन्छ,अनि मेरो समर्थन चै सधै नेदरल्याण्ड लाइ रहने छ.

  29. कसैले उरुग्वेलाई वास्ता नै गरेको देखिएन तेसैले म चाही उरुग्वेको सपोर्टमा है त

  30. game is game no body can say anything because we see already senior team brizal, argenteena go to home so i ……………. germany.

  31. म त,
    जर्मनी: वोर्ल्ड कप बिजेता!
    नेदरल्याण्ड: उप बिजेता, दोश्रा!!
    स्पेन: तेश्रा
    उरुग्ये: तेश्रो भन्दा पछिल्लो गनिदैन मा!
    आफूत पहिले देशको नजिकको सम्बन्ध र फाइदा सोचेर समर्थन गरिन्छ तेही हो!
    जर्मनी छोडेर अरुलाई समर्थन गर्नुको कुनै तुक नै देख्दिन यी चारमा बाबै,a अब नेपाल खेलिदियको भय वा जापान अहिले सम्म भैदियाको भय वा कुनै यसियाली देश नेपाल संग नजिकको घनिष्ठ रहेको भय यहाँ कुरै अर्कै हुनेथियो!
    खेलको पक्ष र टिमको शशक्त प्रदर्शन लाई हेर्दा पनि जर्मनिनै देखिन्छा क्या!
    जर्मन!

  32. साथी हो तपाई हरु ले यो कुरा नभुल्नु कि बर्सेलोना र मद्रिड संसार को बेस्ट क्लब हो भनेर ,तेही क्लब बाट खेल्ने खेलाडी हरु खेल्चन स्पेन को team मा .जे होश यो बिसो कोप स्पेन को हो .सबै लाईचेतना भया,,,,,,,,,,,,,,,,,,,,

    • साथी हो,
      चिच्याउन भन्दा पनि खेल को पहिचान गर्न सिकौ । जर्मनी ढल्यो भन्ने खबर पनि यही ब्लग मार्फत पढ्न पाईयो, सबै रमाय, जर्मन ढ्ल्य्यो भन्नेले अहिले जर्नमले सबै देश्लाई ४ – ४ गोल गर्दै जाँदा त हरिया दाँत देखाउँदा होलान ।

      म यहाँ बसेकोले गर्दा त्यसो भनेको होईन, खाली हावाको भर मा कुरा गर्नेहारुलाई देखेर त्यसो भन्नु परेको हो ।

      बाजी नै ठोक्ने भयपनी ठोकम । जर्मन ले स्पेन्लाई जित्छ, अनि नेदर्ल्यान्ले उरुग्वेलाई जित्छ ।

      दिपक अधिकारी
      जर्मनी

      • साथी
        यूरोपीयन कप् पनि तेही भयार जर्मनी ले जी को होला नि साथी. बिर्सेअको हो यूरोपीयन कप् मा स्पेन संग फैनल मा हारेर रोयको अनि स्पेन ले यूरोपीयन
        कप् उचालेको हा हा हा हा बरु सक्छौ भने बदला लिने कोसिस गर्छु भन तर त्यो पनि फलाम को चिउरा हुने छ जर्मनी लई
        स्पेन भनेको स्पेन हो सब एक से एक खलाडी छ स्पेन मा ,

    • प्रदिपजी यो पनि नबिर्सनुस कि बिदेशी खेलाडी राखेर ठुलो कुरा गर्नुभन्दा आफ्नै खेलाडी राखेर बायेन मुनिच जस्तो क्लब हुनु राम्रो हैन र ?

      • नीतु जी bayern munich का फ्रान्क रिबेरी र arjen roben जस्ता हस्तीहरु कुन देसका हुन् त ?के उनीहरु पनि जर्मन नै हुन्?

  33. नेदरल्यान्डस र उरुग्वेमा – उरुग्वे
    नतिजा: 0:0 a.e.t. 3:5
    जर्मनी र स्पेनमा – स्पेन
    नतिजा: 0 :1

    अन्तिम नतिजा:
    1st : स्पेन
    2nd : उरुग्वे
    3rd : जर्मनी
    4th : नेदरल्यान्डस

    • मेरो अनुमान चाही एस्तो छ है जीवन जी ….
      नेदरल्यान्डस र उरुग्वेमा – नेदरल्यान्डस
      नतिजा: 2:0
      जर्मनी र स्पेनमा – स्पेन
      नतिजा: 1 :2

      अन्तिम नतिजा:
      1st : स्पेन
      2nd : नेदरल्यान्डस
      3rd : जर्मनी
      4th : उरुग्वे

    • नो नो no पहिलो त पक्कै नेदेर्लान्ड्स नै हो…….

  34. स्पेन ३ जर्मनी १ ….नेठेर्लान्ड्स २ उरुगुय १…

  35. मेरो बिचारमा जर्मनी ले जित्छ होला
    र उरुग्वे ले जितनु पर्छ जस्तो लाग्छ
    धन्यवाद

  36. स्पेन ले जर्मनी लै धुलो चतौचा , हेर्दै गर्नु होला . spain all the way going to win this world cup.

  37. जस्ले जिते पनि मलाई केहि मतलब छैन. आफु त सधै अर्जेन्टिना को सपोर्ट गर्ने परियो!

  38. बुधबार जर्मनी ले स्पेन लै धुलो पारेको हेर्न नभुल्नु होला है

    • राम्रै साग जेर्मानी धुलो हुने छ स्पेन बाट

  39. यो वर्ष . Netherlands ले १००% जित्छ,भै हरु धेरै झगडा नगर है . Netherlands पोल्टोमा एसपाली world चुप…………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………….कुनै संका छ ?

  40. यो बिश्वकप जर्मनी कै हो एसमा कसैले सन्का नगर्नु भए हुन्छ ।
    अब साइड लाग्ने पालो हो स्पेन को । ढुक्क हुनुस् साथीहरु । कडा चुनौती को सामना गर्दै आएको जर्मनी लाई सक्दैन !!!
    बिजय निस्चित छ ।

    • संतोष जी अलि भ्रम हुनुहुन्छ जस्तो छ ,साइड लाग्ने पालो स्पेन को होइन जर्मनी को हो ……..

  41. german 1……..spain 2
    urguay 0……..holand 3

    holand 1……….spain 2

    hureeeeeeeeeeeeeeeeee badai 6 spain lai world cup jiteko ma

  42. २००% स्पेनको हो जित ,अन्दो बक्ता हरु पहिला सबै कमेन्ट Arjentina, ra brazil को support को औथियो देख्नुभयो कसले जितो ?euro cup कुन देस ले जितेको थियो? गेम राम्रो खेलेर जित्ने हो देस को नामले होइन, Best of luck spain ,

  43. सेमी फाइनल मा जर्मनी र Netherlands ले जित्छ ani फाइनल मा जर्मनी ले jitcha

    • राम जी ले स्पेन नि छ भन्ने कुरा चाही बिर्सिनु भयो कि क्या हो???

  44. पाराग्वेले जितेको भए मोडेल नामधारी फोहोरी आइमाइको नाङ्गो सरिर हेर्नु पर्ने स्थिति आउन सक्थ्यो. नाङ्गो सरिर हेरेर आँखा छोप्नु वा घोसे मुण्टो लगाउनु भन्दा त खेलाडीहरुले खेल हारेर भए पनि फोहोरी सरिर हेर्न बाट शहरबासीहरुलाई जोगाएका छन्.

    धन्यबाद खेलाडी हरुलाई

  45. yo world cup ta spain le nai jit6,yadi kosaile arule jit6 bhanema yo usko sapana matra hune 6. kina ki spain ko khel hamile ramrari hereka 6u.sabai kheladi ma yakrupta 6, tiniharu ko passing style ramro 6.so “SPAIN” will win the game.

  46. मा त नेदरल्यान्डस् ले world cup जितोस भन्ने चाहन्छु.

  47. खेल हो हिजो जसरी अर्जेन्टिना लाई ४ गोल गरेको थियो तेसरी नै ४ गोल खान
    बेर छैन जर्मनी ले.

  48. Any ay friends,

    Holland is not weak !!!!!!!!!
    Holand has 50% chance of winning wrld cup 2010!!

    Rest 50% for Ge4rmany.

    DP Mainali
    The Hague

  49. Netherland र स्पेन को बीच मा final हुने लगभग पक्का छ , अनि final चाही स्पेन ले जित्नेछ . एसपाला को worldcup स्पेन ले लैजानेछ ………स्पेन इस द बेस्ट ……..गो स्पेन गो ………..

    • घरवार सप्तकोशी ले लग्न आट्यो, राज्य सत्ता प्रचेन्ड़ेले र सूदले ओगटी सक्यो, चेलीबेटी दिन दहाडै बलात्कृत हुन थाले, साधारण नागरिक लुटिन थाले, लुला लंगडा कुटिन थाले, शहिद हरु पनि मारिन थाले, सिमा स्तम्भ हराउदै गएका छन्, महंगी ले आकाश छोईसक्यो हजूर, के को गो स्पेन गो……

      • आग्रा को कुरा भै रा ठाउँ मा के को गाग्रा को कुरा गरि रा होला यो भोजपुरे ले …………….अनि तिमि ले चाही के हेरी बसी राखेको त देश बरबाद भै राख्दा नि …….बढो फुर्ति लाउने रहेछन त आफु ले के के न गरया जस्तो …..

  50. germany seems strong in all the points …. they have high chances of winning but still my support is for THE NETHERLANDS & SPAIN …. may the best team win …. a new team … in the new place … GOOD LUCK

  51. सालोक्य जी
    केटि हरु को मात्र धेरै तस्बिर छ नी हाहाहा दाल मा केहि कालो छ है !

  52. २ ओटा ल त जिती सक्य, रहों स्पेन, स्पेन पनि युरो champion भयो, बाकी पिडित neatherland तेसै ल नै जितोस.

  53. I think Germany is going to Win 2010 World Cup but it’s Game nobody knows it’s depend upon Luck. We all can see Germany have 85% chances to win 2010 world cup.

    Yuen Long, N.T. Hong Kong

  54. जर्मनी १००%. यो पटकको वोर्ल्ड कप जर्मनी को हो. यसमा कुनै शंका छैन.

  55. अब जर्मनी र नेदरल्यान्ड्स पालो जस्तो छ ,,,,,,,,,,,,,,,,,

  56. ठिकै भयो पाराग्वेले हारेको नत्र त Larissa Riquelme ले नाङ्गै हिड्नु पर्थ्यो किनकि पाराग्वेले World Cup जितेमा शरिरमा Paint गरेर उनले नाङ्गै हिड्छु भनेकी थिईन।

  57. लग्यो जर्मनी ले येस्पालीको विश्व कप | कुनैं संका ??

  58. यूरो कप मा हारेको बदला जर्मनी ले लिन खोजेको छ भने स्पेन ले आफ्नो खेल झन् ससक्त रुप मा खेलि जेर्मानी लाई यहि बाट अलबिदा भन्न खोजे को छ किन कि world cup सुरु हुनु भन्दा केहिदिन अगाडी स्पेन र अर्जेन्टिना बीच को खेल मा पनि स्पेन ने अर्जेन्टिनालाई ३ गोल गरे को थियो टक्कर राम्रै हुन्छ जेर्मानी सग खेल कसको पच्छ मा हुन्छा भन्ने २ दिन पछी को कुरो हो ?. किन कि घाना साग को खेल कस्तो थियो सबै ले हेरिसके को छ सर्बिया ले जेर्मन लाइ हरा को नै हो paraguay ले इतिहास कै राम्रो खेल खेले को बिसलेसक को भनाइ छ paraguay ले स्पेन लाई जितेको भा यक paraguay को top model ले बीच चोक मा सबै कपडा खोलेर पैदल citi घुम्छु भने को थियो मई ले तर ति युवती को interview नै सुने को थियो तर सपना अधुरो रयो येस्तै जेर्मानी को पनि सपना अधुरो नै हुने छ यो cup स्पेन र हलेंद बीच मा नै रहोस जेर्मानी को सपना चकनाचुर होस् मेरो जेर्मानी लाई यहि नै शुभकामना छ I love I love I love स्पेन स्पेन स्पेन स्पेन

    • एउटा कुरा याद रहोस तिर्थजी सर्बियासंगको खेलमा कोल्सेले रेड कार्ड पाएको भएर खेल नराम्रो भयो त्यसपछी घानासंगको खेलमा पनि कोल्सेले खेल्न पाएन, नतिजा १-० मात्र अनि यसपटक मुलर खेल्न पाउने छैन केहि न केहि असर पर्ला नै अर्को कुरा स्पेन पनि switzerland संग हारेकै हो, केहि महिना अगाडी खेल्दा अर्जेन्टिनाले जितेकै हो जर्मनीलाई, तर मेरो मतलब यो होइन कि स्पेन नराम्रो टिम हो यूरो कप २००८ जितेकै हो जर्मनी बिरुद्ध अनि जर्मनीले केहि खेलाडी परिबर्तन गरि सकेको छ जस्तो माइकल बालाक ………… जेसुकै होस् खेल हो केहि भन्न सकिदैन

      • तपाई को कुरा राम्रो हो तर wold cup मा १ जना खेलाडी भर मा खेल्नु हुन्न के कोल्से नहुदा जेर्मन वोर्ल्ड cup मा छनोट हुन्न थियो कि कशो? केहि महिना अगाडी खेल्दा अर्जेन्टिनाले जितेको होहिना सायद तपाई ले कि खेल हेर्नु भय न या गलत समाचार सुन्नु भो स्पेन ले अर्जेन्टिना लाई ३ गोल गोल गरे को हो किन कि यो पालाको कप new country ले राखोश मा सोप्पोर्ट स्पेन को हो र कप पनि स्पेन ले नै राखोश भने चाहन्छु यदि नभय होल्लंद ले राखोश नया देश ले राखोस tirtha

Comments are closed.