उरुग्वेलाई ढाल्दै नेदरल्यान्डस फाइनलमा


उरुग्वेलाई २ का विरुद्ध ३ गोलले ढाल्दै नेदरल्यान्ड्स विश्वकपको फाइनलमा पुगेको छ। ३२ वर्षपछि डच टिम फाइनलमा पुगेको हो। यसअघि १९७४ र १९७८ मा नेदरल्यान्डस फाइनलमा पुगेको थियो। अनि दुवै पटक आयोजक राष्ट्रसित पराजित भई उपाधिविहीन बन्न पुगेको थियो- ७४ मा जर्मनी र ७८ मा अर्जेन्टिनासित। यसपालि आयोजक दक्षिण अफ्रिका पहिलो चरणबाटै बाहिरिसक्यो। के तेस्रो पटक फाइनलमा पुगेको डच टिमले सुन्तले विजय हासिल गर्न सक्ला?


पहिलो गोल नेदरल्यान्डसका Giovanni van Bronckhurst ले १८ औँ मिनेटमा गरेका थिए। ३० यार्ड टाढाबाट गरेको कडा प्रहार बिजुली चम्के सरह सीधै दायाँ छेउको पोस्टको पोलमा ठोक्किएर भित्रपट्टी छिरेर भएको यो गोललाई प्रतियोगिता कै उत्कृष्ट गोलका रुपमा कमेन्टेटरहरुले लिएका थिए। बिचरा उरुग्वेका गोलकिपर हेरेको हेर्‍यै भए। तल फोटो हेर्नुस् त-

एउटा कप्तानले गोल ठोकेपछि अर्को कप्तान मात्र किन कम। उरुग्वेका डियगो फोर्लानले मध्यान्तरका लागि ४ मिनेट बाँकी छँदा २५ यार्ड टाढाबाट जालीको छततिर ताकेर गरेको प्रहार गोलकिपरको हातमा छुँदै जाली चुम्यो। मध्यान्तरसम्म स्कोर रह्यो १-१।

त्यसपछि चम्किए दुई तालु खुइले खेलाडीहरु- एकको हेडर गोलले खेल निर्णायक बन्यो। स्नाइडरले ७० मिनेटमा र त्यसको तीन मिनेटपछि नै आर्यन रबिनले अर्को गोल गरी खेल ३-१ मा पुर्‍याए।

उरुग्वेका डिफेन्डरबाट डिफ्लेक्ट भएर स्नाइडरले हानेको बल छक्याउँदै भान पर्सीको खुट्टामुनिबाट पोस्टको छेउबाट गोल भएको थियो। निर्णायक गोल भने आर्यन रबिनको हेडरबाट भएको थियो।

उरुग्वेका म्याक्सी परेराले ३ मिनेट थपिएको इन्जुरी टाइममा गोल गरेर हारलाई इज्जतिलो मात्रै बनाएनन्, रेफ्रीले इन्जुरी टाइम पाँच मिनेटसम्म खेलाउँदा नेदरल्यान्डस समर्थकहरुको मुटुको ढुकढुकी बढाइदिए। रेफ्रीको सिटीलाई खेल सकिएको सिटी ठान्दा नेदरल्यान्डसका बोमेलले पहेँलो कार्ड पनि खाए।


खेलअघि उरुग्वेका समर्थकहरुको पनि उत्साह गजबको थियो। तर खेलपछि निराश भए उनीहरु।


जितेपछि हाँस्नै पर्‍यो नि।

र, यो सपना साँचो होला त?

माथिका फोटो रोयटर्स र एएफपीका हुन्। तलका केही फोटो भने नेदरल्यान्ड्सको आइन्डहोभनबाट रविन्द्र रिजालले [email protected] मा पठाएका हुन्।


43 Comments

  1. म पनि आजको गेम स्पेन ले र फाइनल गेम नेदरल्यांडसले जितेको हेर्न चाहन्छु

  2. कसलाई सप्पोर्ट गर्ने भनेर दोधारमा थिए साथीहरुको comments बाट थाहा पाइयो डचहरु नेपालीलाई साथ सहयोग,मायापनी दिने रहेछ / अब मेरो पनि support उही सुन्तला रंगलाई / सुभकामना छाहै मेरोपनि/

  3. Young players,young sprit, big unity and a chalanging concept GERMANY TEAM will the WORLD CUP. Go Germany go………

  4. This game was not like semi final. It did not have that intensity and play we expected though the second half was more interesting and challenging… My sympathy to Uruguay … they played well and congrats to the Dutch….

    I hope Next team for the final would be the Spain….

    Salokya , i liked your concept (innovative) of using orange color…. It is nice… my suggestion , u can use watermark background of WC related photos for WC blogs…. Thanks..

  5. नेदर्ल्यंद लै मैले ब्राजिललाई जिते पछी सपोट gareko हु.ल ल बधाई छ है नेदर्ल्यन्द अब मलाई lagchha स्पेन र नेदर्ल्यंद फैनल मा लड़छा र मेरो त नेदर्ल्यंद नै भयौ क्यारे तपाई हरुको को?

  6. स्पेन होस् या जर्मनी जो भएपनि नेदर्ल्यान्द्लाई फलामको चिउरा चपौनुसरि हुनेछ पक्कैपनि

  7. म सुरु देखि नै holland को support गर्थे किन कि dutch हरु ले नेपाल लाई माया गर्छन . wish you all द best orrenge

  8. बत्तीस वर्षपछिको यो विजय सारा डचका लागि रगरगाउने खुशीको क्षण हो | अपूर्व एवम् ऐतिहासिक खुशीको क्षण मात्र एक खेल टाढा छ | ‘सुन्तला’ लाई बधाई अनि अग्रिम शुभकामना |

    संजोग नै भनौं खेल हेर्न अघि सुन्तला खाएको थिएँ, गजबको रसिलो परेछ | नेदेर्ल्यान्ड्स र उरुग्वे बीचको खेल उत्तिकै रसिलो लाग्यो | इन्जुरी टाइममा उरुग्वेले दोस्रो गोल गरेपछि त सिटमा उभूँ कि बसिरहूँ भएको थियो | उरुग्वेको खेल प्रशंसायोग्य थियो | नक्कली डाइभ, छोयो कि करायो जस्ता चतुर भनौं धूर्त कर्म अपेक्षाकृत कम थिए |

  9. म पनि आजको गेम स्पेन ले र फाइनल गेम नेदरल्यांडसले जितेको हेर्न चाहन्छु

  10. सुन्तली नानी हिडन फुटबल खेलन!

  11. कति जित्नु त जर्मनी र बेलायतहरुले , यसपाली त नेदरल्याण्डले विश्वकप जित्तोस हौ !!!!

      • नेदरल्यान्ड ले खेलेको प्रतेक गेम ले यो प्रमारित गर्दै आएको छकी २०१० को विश्व कप बिजेता नेदरल्यान्ड नै हो भनेर। सफलता को लागि अग्रिम शुभकामना।

  12. “पाडो पाए पनि बेगुती ,पाडी पाए पनि बेगुती”
    जसले राम्रो खेल्छ तेसैले जितोस , राम्रो खेल हेर्न पाइयोस ,
    तर ससुराली देस ले
    जिते ,सुनमा सुगन्ध भए सरि हुने छ ,
    जय जर्मनी !!!

  13. @aasish,switzerland
    Citizens of German are called deutch rather than dutch (citizens of the Netherlands)

  14. जुरेन जी म पनि तपाइको विचार लाई समर्थन गर्दै यसपालिको बिश्वो कप नेदेर्लंद ले नै जित्छ वन्चु ल हहहहः

  15. के गर्नु जस्को खेल राम्रो उस्ले नजिते कस्ले जित्छ त !!

    अब हुने ११ तारिखको फाइनल खेल पनि उसैले जित्छ ,

    भगवानले कल्याण गरुन ,

    म त जस्ले जित्दै जान्छ उसैको समर्थक हो ,

    जस्ले पनि बलेको आगोनी ताप्दो रहेछ

    दिल राई – केप कोड

  16. मैले यहा जर्मनी ले जित्छ भन्दा तपाइको र अरु पाठक बृन्द को चित्त दुख्ला |
    हेर्नुस न उरुग्ग्वे ले समेत २ गोल हान्दियो त् |
    जित जर्मन को पक्का छ |

    • हिजो अक्टोपस ले त स्पेन ले जित छ भने को छ है खै के के आफु त जर्मनी को खेल मन परे को हो . 🙂

  17. लौ यो चै गज्जब आइडिया हो है.आफुले समर्थन गरेको टिम भनेर हो कि किन हो यहा पनि ओरेन्ज कलर नै देखियो नि.राम्रो छ,जय सुन्तला रंग…………

  18. ल बधाई छ है नेदरल्याण्ड लाइ,मैले सपोर्ट गरेको टिम ले जित्यो,अब भोलि को खेल मा म चै जर्मन टिम को सपोर्ट गर्दै छु,हेरौ के हुन्छ अनि फाइनलमा चै फेरी डच(नेदरल्याण्डलाइ भनेको है फेरी,जर्मन लाइ पनि डच नै भन्छन भन्न त) टिम लाइ समर्थन…………

      • साथि जर्मन लाइ जर्मनी भासामा दोइच होइन डचल्याण्ड भन्छन अनि यसको छोटकरी के हुन्छ??डच नै होइन र???हुन त नेदरल्याण्ड लाइ चै छोटो डचच हो भन्ने तर जर्मन लाइ चै लामो डssच भन्छन….होइन र????

  19. परिबर्तन को लागि द Netherland ! सधै जर्मनी, ब्राजिल वा अर्जेन्टिना ले मात्र world cup जित्नु पर्छ भन्ने कहाँ लेखेको छ! कसो त साथीहरु! गर्मि मा सुतान्ला लै support !
    बिनोद
    Toronto

  20. म aile पोर्तुगल मा छु तर म कल्पना गर्न सक्छु कि holland aile पुरै सुन्तला रंग ले dhakiyako छ, holland मा आज उत्सब छ जुन ३०औ वर्ष पछि फर्केको छ. म सुरु देखि नै holland को support गर्थे किन कि dutch हरु ले नेपाल लाई माया गर्छन . wish you all द best orrenge .

  21. २०१० को विश्व कप बिजेता नेदरल्यान्ड.. हो भने हाम्रो मानेता छ … आ माने …उमेश ब्रो ले पनि नसुती नसुती यति तुरुन्त …खेलको समिछा गर्नु भो तेस्को लागि पनि ऊहा लै …धन्यबाद … भने माने हाम्रो ….बुजाई छ ?

  22. जर्मनले नेदर्लान्द्लाई सजिलै जितने पक्का छ |

    • पहिला स्पेनलाइ हराउनु पर्यो नि नेदर्लान्ड्स लाइ सजिलै जित्न कि कसो ?

  23. जुरेन जी! नेदरल्यान्ड मा कस्तो छ खुसीयाली को माहोल ???? शेअर गर्नुस है mysansar ko माद्यम बाट

    Thanks !

  24. १९७८ को इतिहास फेरी दोहोरिन्छ जस्तो छ !!!

  25. ब्राजिल लै हराउने टिम हो! हातले फूटबल खेल्नेलाई त सजिलै जित्यो नि ?? हा …..हा……हा……हा …..
    अग्रिम सुभकामना छ नेदरल्यान्डनै !!!

  26. भ्नेय्कै हो east or west europe is the best,who ever what ever say in europe world cup stay.तर पनि अब world cup हेरेको मज्जा आउने भयन,किनकि europe cup हेरेजस्तै हुने भो,

  27. २०१० को विश्व कप बिजेता नेदरल्यान्ड…. सफलता को लागि अग्रिम शुभकामना!

  28. नेदरल्यान्ड ले खेलेको प्रतेक गेम ले यो प्रमारित गर्दै आएको छकी २०१० को विश्व कप बिजेता नेदरल्यान्ड नै हो भनेर। सफलता को लागि अग्रिम शुभकामना। जुरेन सुब्बा,नेदरल्यान्ड

Comments are closed.